१४.सडक निर्माण, विस्तार वा सुधार गर्दा अरूजग्गा अधिग्रहण गर्न सकिनेः
(१) कुनै सार्वजनिक सडकको निर्माण, विस्तार वा सुधार गर्ने काम पूरा नभएसम्म देहायको कामको लागि सडक विभागले कुनै जग्गा अस्थायी रूपले अधिग्रहण गर्न सक्नेछ –
(क)त्यस्तो सडकको निर्माण, विस्तार वा सुधार गर्न आवश्यक निर्माणका सर–सामान उपकरण राख्न वा त्यस्तो निर्माण विस्तार वा सुधार सम्बन्धी कार्यको रेखदेख वा नियन्त्रण गर्ने व्यक्तिहरूबस्ने घर, कटेरो बनाउन,
(ख)त्यस्तो सडकको निर्माण, विस्तार वा सुधार गर्ने कार्य सम्पन नभएसम्म त्यस्तो सडकबाट हुने आवागमन चालू राख्न वा निर्माण पूरा नभएसम्म सो सम्बन्धी सरसामान वा उपकरण ओसार पसार गर्न आवश्यक पर्ने अस्थायी किसिमको छुट्टै सडक बनाउन ।
(२) उपदफा (१) मा उल्लिखित कामको लागि विशेष स्थिति परेमा बाहेक देहायको घर जग्गा अधिग्रहण गर्न हुँदैन –
(क)कुनै व्यक्तिले आफनो वासस्थानको निमित्त प्रयोग गरी राखेको घर, टहरा वा इमारत,(ख)देवस्थल, स्कूल, अस्पताल, धर्मशाला वा अनाथालयको निमित्त प्रयोग भई रहेको जग्गा ।(३) उपदफा (१) बमोजिम अधिग्रहण गरेको जग्गा जुन कार्यको निमित्त अधिग्रहण गरिएको हो, सो कार्य सम्पन्न भएपछि त्यस्तो जग्गा सम्बन्धित जग्गावाला वा निजको हकवालालाई भरसक अधिग्रहण गर्दा कै अवस्थामा फिर्ता गरि दिनु पर्नेछ ।
१५.अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र त्यसको निर्धारणः
(१) देहायको अवस्थामा बाहेक दफा १४ बमोजिम कुनै जग्गा अधिग्रहण गर्दा कुनै क्षतिपूर्ति दिइने छैन
–(क)कुनै घर, टहरा वा इमारत सहित कुनै जग्गा अधिग्रहण गरेकोमा त्यस्तो घर, टहरा वा इमारतको धनीले सो घर, टहरा वा इमारत उपभोग गर्न नपाए बापतको क्षति,
(ख)बालीनाली लगाउने समय नाघ्ने गरी कुनै जग्गा अधिग्रहण गरिएमा त्यस्तो बालीनाली लगाउन नपाए बापत सम्बन्धित जग्गावालाले व्यहोर्न परेको नोक्सानी,
(ग)अधिग्रहण गरिएको जग्गामा कुनै अस्थायी सडक बनाएको वा निर्माणका सरसामान राखेको फलस्वरूपसो जग्गालाई अधिग्रहण गर्दाको स्थितिमा ल्याउन त्यस्तो जग्गा फिर्ता पाउने व्यक्तिले व्यहोर्न पर्ने जति रकम ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकमको निर्धारण देहाय बमोजिम गरिनेछ –
(क)सडक विभाग र सम्बन्धित जग्गाधनीको बीच सम्झाैता भएमा सोही बमोजिम,(ख)खण्ड (क) बमोजिम सम्झाैता हुन नसकेमा मध्यस्थताद्वारा निर्धारण गरिनेछ र त्यसको प्रयोजनको लागि निम्नलिखित मध्यस्थहरूरहनेछन्ः–
(१)सम्बन्धित नगरपालिकाको प्रमुखले तोकेको सो नगरपालिकाकोसदस्य वा सम्बन्धित गाँउपालिकाको अध्यक्ष,
(२)प्रमुख जिल्ला अधिकारी, र(३)भूमि प्रशासन कार्यालय वा माल अड्डाको हाकिम ।
१६.सडकको दायाँ बायाँ रुख लगाउने र त्यसको रेखदेखः
(१)”सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका” आवश्यकताअनुसार सार्वजनिक सडकको दायाँ वायाँ रुख लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लगाएका रुखहरूको रेखदेख र संरक्षण गर्ने कर्तव्य सम्बन्धित गाउँपालिकावा नगरपालिकाको हुनेछ ।
(३) उपदफा (१) बमोजिम लगाइएको रुखको काँटछाँट गर्ने वा त्यस्तो रुखले आवागमनमा बाधा पु¥याएमा त्यसलाई हटाउने जिम्मेवारी सडक विभागको हुनेछ ।
(४) उपदफा (१), (२), र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका” ले सो उपदफाहरूमा उल्लिखित कार्यहरू तोकिएबमोजिम अन्य कुनै व्यक्ति वा संस्थाद्वारा गराउन सक्नेछ ।
१६क.वजनको हद निर्धारण गनेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै सार्वजनिक सडकले वहन गर्न सक्ने वजनको हद तोकी त्यस्तो सार्वजनिक सडकमा त्यसरी तोकिएको हद भन्दा बढी वजनको सवारी चलाउन नपाउने गरी निषेध गर्न सक्नेछ ।
१७.आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन सकिनेः
(१)सार्वजनिक सडकको निर्माण, मर्मतवा सम्भारको सम्बन्धमा कुनै आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन आवश्यक परेमा सडक विभागको आदेशानुसार आवश्यक परिमाणमा माटो, ढुङ्गा वा बालुवा लिन सकिनेछ । त्यस्तो जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिंदा त्यसमा रहेको कुनै बाली रुख विरुवा वा अन्य कुनै चीज वस्तुको नोक्सानी भएमा क्षतिपूर्ति दिनु पर्नेछ । त्यस्तो जग्गाबाट माटो ढुङ्गा वा बालुवा लिंदा खाल्टो पर्न गएमा त्यस्तो खाल्टो सम्याउन व्यहोर्नु पर्ने जति रकम क्षतिपूर्ति दिनु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै घरको निकट आसपासको जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिनु परेमा भने सम्बन्धित घरधनीको स्वीकृति प्राप्त नगरी त्यस्तो जग्गाबाट माटो, ढुङ्गा वा बालुवा लिन हुँदैन ।
१८.सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने माल वस्तु हटाउने अधिकारः
(१) कसैले सार्वजनिक सडकमा कुनै माल वस्तु छोडेको, राखेको वा फालेको कारणबाट त्यस्तो सडकको आवागमनलाई कुनै किसिमले बाधा पु¥याएको भए त्यस्तो माल वस्तु हटाउनको निमित्त मुनासिव माफिकको अवधि तोकी सरोकारवाला व्यक्तिको नाउँमा सट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका” आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेशको अवधिभित्र नहटाएको वा धनी पत्ता नलागेको माल वस्तुलाई सट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका”सडकको छेउ लगाई राख्न वा आफना कब्जामा राख्ने गरी अन्यत्र लैजान सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सडकमा छाडिएको, राखिएको वा फालिएको कुनै माल वस्तुले त्यस्तो सडकको सम्पूर्ण आवागमनलाई अवरोध पु¥याएमा त्यस्तो माल वस्तुलाई तुरुन्त सडकबाट हटाउने अधिकारसट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका”लाई हुनेछ ।
(४) उपदफा (१) माउल्लिखित माल वस्तु बाहेक सार्वजनिक सडकको दायाँ बायाँ रहेको कुनै घर वा परखालमा सडकपट्टि निस्कने गरी राखिएको, जडिएको वा बनाइएको कुनै चीज वस्तु वा ढोका वा रुखको हाँगा वा लहरा वा तारले त्यस्तो सडकमा हुने आवागमनमा अवरोध हुन गएकोछ भन्ने ठहराएमा त्यस्तो अवरोधलाई हटाउन वा अवरोध नहुने गरी मिलाई राख्न सरोकारवाला व्यक्तिको नाउँमा मुनासिब माफिकको म्याद तोकी सट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका”ले आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशमा सम्बन्धित चीज वस्तु वा ढोकालाई राख्ने, बनाउने वा जडने ढाँचा र रुख वा लहरालाई काँट छाँट गरी कायम गर्नु पर्ने उचाईसमेत तोक्न सक्नेछ ।तर, यो ऐन लागू हुनुअघि बनेको वा रहेको कुनै चीज वस्तु वा ढोकालाई हटाउन पर्ने भएमा त्यस बापतको क्षतिपूर्ति दिई र केही फेर बदलसम्म गर्नु पर्ने भएमा त्यस बापत लाग्ने खर्च सट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका”ले व्यहोर्नेछ ।
(५) उपदफा (४) बमोजिम जारी भएको आदेशमा तोकिएको म्यादभित्र त्यस्तो आदेशमा लेखिएको काम कुरा गर्न नसक्ने भई म्याद बढाउन चाहने व्यक्तिले कारण समेत खोलीसट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका”मा निवदेन दिन सक्नेछ र त्यस्तोमा सडक विभागले एक पटकसम्म आवश्यक देखिए जति म्याद बढाईदिन सक्नेछ ।
(६) उपदफा (४) बमोजिम तोकिएको म्याद वा उपदफा (५) बमोजिम म्याद बढाइएकोमा त्यस्तोम्यादभित्र बढाइएकोमा त्यस्तो म्यादभित्र पनि आदेशमा लेखिएको काम कारवाई नगरेमा सट्टा “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका”ले आफनो कर्मचारी वा अन्य कुनै व्यक्ति खटाई त्यस्तो आदेशमा उल्लिखित काम कारवाई गराउन सक्नेछ । त्यस्तोमा सम्बन्धित व्यक्तिले उपदफा (४) को प्रतिबन्धात्मक वाक्याँश बमोजिम क्षतिपूर्ति वा खर्च दावी गर्न पाउने छैन।
१९.स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुनेः
(१)सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन ।
(२) कसैले सडक विभागको स्वीकृति प्राप्त नगरी उपदफा (१) मा उल्लिखित कुनै कार्य गरेमा सडक विभागले त्यस्तो व्यक्ति उपर यस ऐनको अन्य दफा बमोजिम कुनै कारवाही चलाउनु पर्ने भए सो समेत चलाई स्वीकृति नलिई बनाएको प्रवेश मार्ग बन्द गर्न, खनेको खाडल वा कुलो पुर्न वा गाडेको वा उभ्याएको किला लट्ठा तगारो आदि उखेल्न वा हटाउन वा बनाएका घर टहरो वा छाप्रो भत्काउन वा आवादी गरेको जग्गा बझ्याउन मुनासिब माफिकको म्याद तोकी त्यस्तो व्यक्तिको नाउँमा आदेश जारी गर्न सक्नेछ ।
(३) सम्बन्धित व्यक्तिले उपदफा (२) बमोजिम जारी भएको आदेश पालन नगरेमा त्यस्तो व्यक्तिले बनाएको प्रवेश मार्ग बन्द गर्न वा खनेको खाडल वा कुलो पुर्न वा गाडेको वा उभ्याएको किला, लट्ठा, तगारो आदि उखेल्न वा हटाउन वा बनाएको घर, टहरो वा छाप्रो भत्काउन वा आवादी गरेको जग्गा बझ्याउन सक्नेछ र सो बापत लागेको खर्चको रकम सम्बन्धित व्यक्तिबाट सडक विभागले असुलउपर गरी लिन सक्नेछ ।
२०.धरौटी दाखिला गराउने वा दस्तुर लिने अधिकारः
(१) कसैलाई कुनै कामको निमित्त सार्वजनिक सडक वा सडक सीमा खन्नु वा भत्काउनु परेमा सडक विभागको स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृतिको लागि माँग गरेमा सडक विभागले आवश्यक जाँचबु ́ गरी त्यसरी खनिनेवा भत्काउने सार्वजनिक सडक वा सडकसीमालाई मरमत गरी पूर्वानुरूपमा कायम गर्न लाग्ने खर्चकोरकम धरौटी लिई स्वीकृति प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सार्वजनिक सडक वा सडक सीमा खन्ने स्वीकृति दिंदा त्यसरी सडक वा सडक सीमा खन्दा अपनाउनु पर्ने तरीका वा जुन कामको लागि खनिएको हो सो समाप्त नभएसम्म पालन गर्नु पर्ने अन्य शर्तहरू सडक विभागले तोक्न सक्नेछ र त्यस्तो शर्तहरू पालन गर्नेछु भनी स्वीकृतिको माँग गर्ने व्यक्तिबाट कबुलियत गराउनु आवश्यक देखेमा सडक विभागले सो समेत गराई लिन सक्नेछ ।
२१.खर्च भराउन सक्नेः
(१) दफा १८ को उपदफा (२) बमोजिम सडकमा छाडेको वा राखेको माल पन्छाउँदा वा सोही दफाको उपदफा (६) बमोजिम कुनै काम कारवाई गर्दा सडक विभागले गरेको खर्चको रकम सरोकारवाला व्यक्तिबाट भराई लिन सक्नेछ ।(२) उपदफा (१) बमोजिम भराई लिनु पर्ने रकम बुझाउन सडक विभागले सरोकारवाला व्यक्तिको नाउँमा पैंतीस दिनको म्याद तोकी म्याद जारी गर्नेछ र सो म्यादभित्र उक्त रकम पनि नबुझिएमा वा थप म्यादको लागि माँग पनि नगरेमा सरकारी बाँकी सरह असुलउपर गर्ने तर्फ कारवाई चलाउनु पर्नेछ ।(३) सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने गरी छोडेको वा राखेको कुनै माल वस्तुलाई सडक विभागले आफनो नियन्त्रणमा लिएको भए त्यस्तो माल पन्छाउँदा वा अन्यत्र लैजाँदा सो विभागले व्यहोर्नु परेको खर्च उपर नहुन्जेल त्यस्तो माललाई रोक्का गरी राख्न सक्नेछ र एक वर्षसम्म पनि त्यस्तो खर्च उपर हुन नआएमा वा त्यस्तो माल वस्तुको मालिक पत्ता नलागेमा सो माल वस्तु नेपाल सरकारमा लाग्नेछ ।