सामाजिक व्यवहार (सुधार) ऐन, २०३३
लालमोहर र प्रकाशन मिति -२०३३।७।४
संशोधन गर्ने ऐन
१. न्याय प्रशासन ऐन, २०४८ -२०४८।२।१६
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ -२०६६।१०।७
३. केही नेपाल कानून संशोधन तथा खारेज गर्ने ऐन, २०७२ – २०७२।६।१४
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ – २०७२।११।१३
२०३३ सालको ऐन नं. ३१
………….
सामाजिक व्यवहारमा सुधार गर्न बनेको ऐन
प्रस्तावना : सामाजिक व्यवहारमा भइरहेको र बढ्दो प्रतिस्पर्धात्मक भडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।