Skip to contentSkip to left sidebar Skip to footer

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३

प्रमाणीकरण मितिः २०७४।१।१०

प्रस्तावना : नेपाल पक्ष भएको सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि, १९७३ को कार्यान्वयन गर्न सङ्कटापन्न वन्यजन्तु र वनस्पतिका विभिन्न प्रजातिको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्नको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३” रहेको छ ।
(२) यो ऐन नेपालभर लागूहुनेछ र नेपाल बाहिर जहाँसुकै रही बसी यस ऐन अन्तर्गत कसूर मानिने काम गर्ने व्यक्तिको हकमा समेत लागुहुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अनुमतिपत्र” भन्नाले दफा ६ कोउपदफा (१) तथा दफा ८ को उपदफा (३) बमोजिम ,दिइएकोअनुमतिपत्र सम्झनु पर्छ ।
(ख) “अनुसन्धान अधिकृत” भन्नाले दफा २३ बमोजिमको अनुसन्धान अधिकृत सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “दुर्लभ वन्यजन्तु वा वनस्पति” भन्नाले महासन्धिको अनुसूची–१ मा उल्लिखित वन्यजन्तु वा वनस्पतिको कुनै प्रजाति वा उपप्रजाति सम्झनु पर्छ ।
(ङ) “नमुना” भन्नाले देहायका कुरा सम्झनु पर्छः–

(१) सङ्कटापन्न वन्यजन्तुको जीवित वा मृत शरीर वा त्यस्तो वन्यजन्तुको शरीरको कुनै अङ्ग, अंश, रगत, दाँत, र्याल, हाड, छाला, रौं, सिङ वा कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट बनेको वा तयार भएको वा प्रयोग भएको कुनै वस्तु, र
(२) सङ्कटापन्न वनस्पति वा त्यस्तो वनस्पतिको कुनै भाग, टुक्रा, डाँठ, हाँगा, पात, फल,फूल, बिउ, बोक्रा, जरा वा कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट बनेको वा तयार भएको वा प्रयोग भएको कुनै वस्तु वा साेकाे सार तत्व ।

(च) “निकासी” भन्नाले नेपाल बाहिर निकासी गर्ने काम सम्झनुपर्छ र सो शब्दले पुनः निकासी समेतलाई जनाउँछ ।
(छ) “नियन्त्रित प्रजनन् (क्याप्टिभ ब्रिडिङ्ग)” भन्नाले दुर्लभ वन्यजन्तुको परस्थानीय (एक्ससिटु) संरक्षण गरी वंश संरक्षण गर्ने उद्देश्यको लागि प्रजनन्गराई त्यसबाटप्रथम पुस्ताको वन्यजन्तु पैदागर्ने वा दुर्लभ वनस्पतिको परस्थानीय (एक्ससिटु) संरक्षण गरी वंश संरक्षण गर्ने उद्देश्यको लागि रोप्ने, हुर्काउने, बढाउने र त्यसबाट बिउ वा बिरुवा पैदा गर्ने काम सम्झनु पर्छ ।
(ज) “महासन्धि” भन्नाले संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा सन् १९७३ को मार्च ३ तारेखका दिन सम्पन्न भएको सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (कन्भेन्सन अन इन्टरनेशनल ट्रेड इन इण्डेन्जर्ड
स्पेसिस अफ वाइल्ड फाउना एण्ड फ्लोरा) सम्झनु पर्छ ।
(झ) “लोपोन्मुख वन्यजन्तु वा वनस्पति” भन्नाले महासन्धिको अनुसूची–२ मा उल्लिखित वन्यजन्तु वा वनस्पतिको प्रजाति वा उपप्रजाति सम्झनु पर्छ ।
(ञ) “वैज्ञानिक निकाय” भन्नाले दफा १८ बमोजिमको वैज्ञानिक निकाय सम्झनु पर्छ ।
(ट) “व्यवस्थापन निकाय” भन्नाले दफा १६ बमोजिमको व्यवस्थापन निकाय सम्झनु पर्छ ।
(ठ) “सङ्कटापन्न वन्यजन्तु वा वनस्पति” भन्नाले दुर्लभ वन्यजन्तु वा वनस्पति, लोपोन्मुख वन्यजन्तु वा वनस्पति र संरक्षित वन्यजन्तु वा वनस्पति सम्झनु पर्छ ।
(ड) “संरक्षक” भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापनको लागि नेपाल सरकारले खटाएको व्यक्ति सम्झनु पर्छ ।
(ढ) “संरक्षित वन्यजन्तु वा वनस्पति” भन्नाले महासन्धिको अनुसूची–३ मा उल्लिखित वन्यजन्तु वा वनस्पतिको प्रजाति वा उपप्रजाति सम्झनु पर्छ ।
(ण) “संस्था” भन्नाले वन्यजन्तु वा वनस्पति सम्बन्धी कार्य गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको सङ्गठित संस्था सम्झनु पर्छ ।

परिच्छेद–२ सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार सम्बन्धी व्यवस्था

३. दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुनेः (१) कसैले पनि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना खरिद बिक्री गर्न, आफूसँग राख्न, प्रयोग गर्न, रोप्न, हुर्काउन, नियन्त्रित प्रजनन् गर्न, ओसारपसार गर्न वा निकासी वा पैठारी गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ बमोजिम अनुमतिपत्र लिई तोकिए बमोजिमको शर्तको अधीनमा रही
देहाय बमोजिमको उद्देश्यको लागि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना राख्न, प्रयोग गर्न, नियन्त्रित प्रजनन् गर्न, ओसारपसार, निकासी वा पैठारी गर्न सकिनेछ :–

(क) वन्यजन्तुको पालनपोषण गर्न,
(ख) वनस्पति रोप्न, हुर्काउन,
(ग) वन्यजन्तु वा वनस्पति वा सो को नमुना उत्पादन गर्न, स्वदेश वा विदेशमा खरिद विक्री गर्न,
(घ) अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा शैक्षिक प्रयोजनमा उपयोग गर्न ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले निजी जग्गामा लोपोन्मुख वनस्पति रोप्न, त्यसरी रोपिएको र निजी जग्गामा प्राकृतिक रुपमा उम्रिएको लोपोन्मुख वनस्पति हुर्काउन, सोको नमूना उत्पादन गर्न, राख्न र प्रयोग गर्न सक्नेछ ।

४. अनुमतिपत्र माग गर्नु पर्ने : दफा ३ को उपदफा (२) बमोजिमको कुनै कार्य गर्न चाहने व्यक्ति, संस्था वा निकायले तोकिए बमोजिमकाे ढाँचामा व्यवस्थापन निकाय समक्ष अनुमतिपत्र माग गर्नु पर्नेछ ।

५. परामर्श माग गर्नु पर्ने : (१) दफा ४ बमोजिम अनुमतिपत्र माग भएमा व्यवस्थापन निकायले सो सम्बन्धमा वैज्ञानिक निकायबाट सिफारिस
सहितको परामर्श माग गर्नेछ ।

(२) उपदफा (१) बमोजिम सिफारिस सहितको परामर्श माग भएमा वैज्ञानिक निकायले सो विषयमा अध्ययन गरी त्यस्तो अनुमतिपत्र दिँदा नेपालमा रहेका दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपर्ने कुरामा विश्वस्त भएमा त्यस्तो अनुमतिपत्र दिन व्यवस्थापन निकायलाई सिफारिस गर्नेछ ।

(३) उपदफा (२) बमोजिम वैज्ञानिक निकायले सिफारिस गर्दा अपनाउने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

६. अनुमतिपत्र दिन सक्नेः (१) वैज्ञानिक निकायबाट दफा ५ बमोजिम सिफारिस प्राप्त भएमा र व्यवस्थापन निकाय देहाय बमोजिमको अवस्था
विद्यमान भएको कुरामा विश्वस्त भएमासो निकायले अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायलाई तोकिए बमोजिमको अनुमतिपत्र दिन
सक्नेछः–

(क) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायको स्वामित्व वा नियन्त्रणमा रहेको देखिएमा,
(ख) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम प्राप्त गरेको देखिएमा,
(ग) सम्बन्धित निकायबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको स्वस्थताको प्रमाणपत्र प्राप्त भएको देखिएमा,
(घ) जीवित वन्यजन्तु भए त्यसलाई ढुवानी गर्न सकिने पर्याप्त र उपयुक्त बन्दोबस्त भएको र ढुवानी गर्दा त्यसलाई घाउ, चोट नलाग्ने, त्यसको स्वास्थ्यमा हानि नोक्सानी वा त्यस  उपर निर्मम व्यवहार नहुने कुरामा विश्वास गर्न सकिने आधार भएमा,
(ङ) जुन मुलुकमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुना निकासी गर्न लागिएको हो सो मुलुकको अधिकारप्राप्त निकायल त्यस्तो
वन्यजन्तु वा वनस्पति वा सो को नमुना पैठारी गर्न दिएको अनुमतिपत्र वा अनुमतिपत्र दिने मनसायपत्र वा जुन मुलुकबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुना नेपालमा पैठारी गर्न लागिएको हो सो मुलुकको अधिकार प्राप्त निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को
नमुना निकासी गर्न दिएको अनुमतिपत्र वा अनुमतिपत्र दिने मनसायपत्र प्राप्त भएको देखिएमा,
(च) जुन प्रयोजनका लागि नेपालमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना पैठारी गर्न लागिएको हो सो प्रयोजनका लागि मात्र प्रयोग हुने र व्यापारिक प्रयोजनका लागि प्रयोग नहुने देखिएमा,
(छ) जुन मुलुकमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुना निकासी गर्न लागिएको हो सो मुलुकमा त्यसको प्रयोग व्यापारिक
प्रयोजनका लागि नहुने गरी त्यस्तो मुलुकको अधिकारप्राप्त निकायबाट आश्वासनपत्र प्राप्त भएको देखिएमा ।

(१क) उपदफा (१) को खण्ड (ङ) र (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि लोपोन्मुख वनस्पति र वन्यजन्तु वा सोको नमूनाको निकासी गर्दा निकासी हुने मुलुकले दिएको त्यस्तो अनुमतिपत्र तथा आश्वासनपत्र आवश्यक पर्ने छैन ।

(२) उपदफा (१) बमोजिमको अवस्था रहेको कुरामा विश्वस्त हुनका लागि आवश्यकता अनुसार व्यवस्थापन निकायले कुनै सक्कल कागजात वा प्रतिलिपि माग गर्न सक्नेछ र यसरी माग भए बमोजिमका कागजात सम्बन्धित व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम अनुमतिपत्र दिँदा व्यवस्थापन निकायले अनुमतिपत्रमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको प्रयोग, व्यवस्थापन, पालनपोषण, संरक्षण, बासस्थान, ढुवानी साधन वा मार्ग आदिका आवश्यक शर्तहरु तोक्न सक्नेछ र त्यस्ता शर्तहरु पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।

(४) उपदफा (१) बमोजिम व्यवस्थापन निकायबाट जुन प्रयोजनको लागि अनुमतिपत्र दिएकोहो अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले सोही प्रयोजनका लागि मात्र त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको प्रयोग गर्नु वा गराउनु पर्नेछ ।

(५) यस दफा बमोजिम प्रदान गरिएकोअनुमतिपत्र जुन व्यक्ति, संस्था वा निकायले प्राप्त गरेको हो सोही व्यक्ति, संस्था वा निकायको
प्नयाेजनका लागि मात्र मान्य हुनेछ र अन्य व्यक्ति, संस्था वा निकायले प्रयोग गर्ने गरी हस्तान्तरण हुन सक्ने छैन ।

(६) उपदफा (३), (४) वा (५) को प्रतिकूल हुने गरी अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलेकुनै काम गरेमा व्यवस्थापन निकायले तोकिए बमोजिमको कार्यविधि पूरा गरी जुनसुकै बखत अनुमतिपत्र रद्द गर्न सक्नेछ ।

(७) अनुमतिपत्रको अवधि, नवीकरण, दस्तुर र खारेजी सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

७. लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना मानिनेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (१)
बमोजिम प्रदान गरिएको अनुमतिपत्र बमोजिम कुनै व्यक्ति, संस्था वा निकायले तोकिए बमोजिम परस्थानीय संरक्षण गरी उत्पादन गरेको देहाय बमोजिमको वन्यजन्तु वा वनस्पति वा सो को नमुनालाई लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो कोनमुना मानिनेछ :–

(क) नियन्त्रित प्रजनन् गराई प्रथम पुस्ता (एफ–१ जेनेरेशन) पैदा गर्न अनुमतिपत्र बमोजिम बिउको रुपमा प्रयोग भएको दुर्लभ वन्यजन्तु
वा सो को नमुनाबाट उत्पादन गरिएको प्रथम पुस्ता र सोबाट उत्पादन गरिएका वन्यजन्तुतथा सो कोनमुना,
(ख) कृत्रिम रुपमा हुर्काउन वा उत्पादन गर्न अनुमतिपत्र बमोजिम बिउको रुपमा प्रयोग भएको दुर्लभ वनस्पति वा सो को नमुनाबाट हुर्काइएको वा उत्पादन गरिएको वनस्पति तथा सो कोनमुना ।
तर त्यस्ता वन्यजन्तु वा वनस्पतिको उत्पादन गर्न बिउको रुपमा प्रयोग भएकोअनुमतिपत्र बमोजिमको वन्यजन्तु वा वनस्पति वा सो को नमुनालाई दुर्लभ वन्यजन्तु वा वनस्पति वा सो कोनमुना नै मानिनेछ ।

८. संरक्षित वन्यजन्तु वा वनस्पतिको नमुनाको कारोबार गर्न सकिने – (१) संरक्षित वन्यजन्तुको पालनपोषण गर्न वा संरक्षित वनस्पति रोप्न, हुर्काउन वा त्यस्तो वन्यजन्तु वा वनस्पतिको नमुना आफूसँग राख्न,  प्रयोग गर्न, उत्पादन गर्न, बिउको रुपमा व्यापार गर्न, ओसारपसार गर्न
वा निकासी वा पैठारी गर्न चाहने व्यक्ति, संस्था वा निकायले अनुमतिपत्र लिनु पर्नेछ ।

तर कुनै व्यक्तिले निजी जग्गामा संरक्षित वनस्पति रोप्न, त्यसरी रोपिएको र निजी जग्गामा प्राकृतिक रुपमा उम्रिएको संरक्षित वनस्पति हुर्काउन, सोको नमूना उत्पादन गर्न, राख्न र प्रयोग गर्न त्यस्तो अनुमतिपत्र लिनु पर्ने छैन ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्र लिन चाहने व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निवेदन परेमा सो कोजाँचबुझ गर्दा देहायका कुरामा विश्वस्त भएमा वैज्ञानिक निकायसँग परामर्श गरी व्यवस्थापन निकायले उपदफा (१) बमोजिमको कुनै वा सबै प्रयोजनका लागि तोकिए बमोजिम अनुमतिपत्र दिन सक्नेछ :–

(क) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायको स्वामित्व वा नियन्त्रणमा रहेको देखिएमा,
(ख) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम प्राप्त गरेको देखिएमा,
(ग) जीवित वन्यजन्तु ढुवानी गर्नको लागि पर्याप्त बन्दोबस्त भएको र त्यसलाई ढुवानी गर्दा घाउ, चोट नलाग्ने, हानि नोक्सानी नहुने वा त्यस उपर निर्मम व्यवहार नहुने कुरामा विश्वास गर्ने आधार भएमा ।

(४) उपदफा (३) बमोजिम अनुमतिपत्र दिँदा व्यवस्थापन निकायले आवश्यकता अनुसार त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना राख्ने, प्रयोग गर्ने, पालन पोषण गर्ने, रोप्ने, हुर्काउने तथा उत्पादन गर्ने तरिका सम्बन्धमा तथा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना बिउको रुपमा व्यापार गर्न, ओसारपसार गर्न वा निकासी वा पैठारी गर्नको लागि मार्ग, ढुवानी गर्ने तरिका, बासस्थान र अन्य आवश्यक विषयमा शर्त तोक्न सक्नेछ र त्यस्ता शर्तहरु पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।

(५) उपदफा (४) बमोजिमका शर्तहरु पालना नभएमा व्यवस्थापन निकायले तोकिए बमोजिमको कार्यविधि पूरा गरी जुनसुकै बखत त्यस्तो अनुमतिपत्र रद्द गर्न सक्नेछ ।

(६) यस दफा बमोजिम दिइएको अनुमतिपत्रको अवधि, नवीकरण, खारेजी, दस्तुर तथा सो कोकार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

९. उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र आवश्यक हुने : दफा ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि संरक्षित वन्यजन्तु वा
वनस्पतिको नमुना पैठारी गर्दा त्यस्तो वन्यजन्तु वा वनस्पतिको प्रजाति महासन्धिको अनुसूची–३ मा समावेश गर्ने मुलुकले प्रदान गरेको उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र आवश्यक पर्नेछ ।

१०. पुनः निकासी सम्बन्धी विशेष व्यवस्था : (१) एकपटक नेपालभित्र पैठारी गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना यस दफा बमोजिम पुनः निकासीको अनुमतिपत्र प्रदान नभई निकासी हुन सक्ने छैन ।

(२) उपदफा (१) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना पुनः निकासी गर्न चाहने व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निवेदन परेमा र पुनः निकासी गर्न लागिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना यस ऐन वा प्रचलित कानून बमोजिम नेपालमा पैठारी गरिएको भएमा व्यवस्थापन निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना दफा ६ वा ८ बमोजिमको प्रकृया पुरा गरी पुनः निकासी गर्न अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।

११. वन्यजन्तु वा वनस्पतिको अस्तित्वउपर जोखिम हुन नहुने : (१) दफा ६, ८ र १० मा जुनसुकै कुरा लेखिएको भए तापनि सो बमोजिम
अनुमतिपत्र प्रदान गर्दा त्यस्तो वन्यजन्तु वा वनस्पतिको अस्तित्व लोप नहुने वा त्यसको थप खतरा वा जोखिम नहुनेर जुन प्रयोजनका लागि
अनुमतिपत्र प्रदान भएको हो सो प्रयोजनका लागि मात्र प्रयोग हुने कुरामा सुनिश्चित हुने गरी प्रदान गर्नु पर्नेछ ।

(२) यस ऐन बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार गर्न अनुमतिपत्र प्रदान गरेपछि त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना के कसरी प्रयोग गरेको छ सो को व्यवस्थापन निकाय वा सो निकायले अख्तियारी दिएको निकायले नियमित अनुगमन वा निगरानी गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम अनुगमन वा निगरानी गर्दा अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था वा निकायले अनुमतिपत्रको शर्त प्रतिकूल हुनेगरी सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको प्रयोग गरेको पाइएमा अनुगमन वा निगरानी गर्ने निकायले जुनसुकै वखत त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना जफत गर्न वा नियन्त्रणमा लिन सक्नेछ ।

(४) अनुमतिपत्र प्राप्त व्यक्तिले सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको निकासी गरेको भएमा व्यवस्थापन निकाय वा सो निकायले अख्तियारी दिएको निकायले निकासी गरिएको मुलुकको अधिकारप्राप्त अधिकारीसँग यस दफाको प्रयोजनका लागि नियमित रुपमा तोकिए बमोजिम सम्पर्क गर्नु पर्नेछ ।

१२. महासन्धिको पक्ष राष्ट्र हुनु पर्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना महासन्धिको पक्ष भएको राष्ट्रमा मात्र निकासी गर्न अनुमतिपत्र दिइनेछ ।

परिच्छेद–३ सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको दर्ता सम्बन्धी व्यवस्था

१३. सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको प्रजाति दर्ता गर्नुपर्ने ः (१) यो ऐन प्रारम्भ हुँदाका बखत कसैले अनुमतिपत्र लिई वा नलिई कुनै जीवित सङ्कटापन्न वन्यजन्तु वा वनस्पति अध्ययन, अनुसन्धान, परीक्षण, प्रशिक्षण, प्रदर्शन, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण, शैक्षिक प्रयोजन वा अन्य कुनै प्रयोजनका लागि राखेको, प्रयोग गरेको वा कुनै सङ्कटापन्न वन्यजन्तुलाई पालनपोषण गरेको वा घर पालुवा बनाई त्यसबाट लाभ प्राप्त गरेको भए ताेकिएको अवधिभित्र त्यस्तो वन्यजन्तु दर्ता गर्न सम्बन्धित व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष तोकिए बमोजिम निवेदन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा त्यस्तो वन्यजन्तु  प्रचलित कानून प्रतिकूल नहुने गरी राखेको वा प्रयोग गरेको कुरामा व्यवस्थापन निकाय विश्वस्त भएमा सो निकायले त्यस्तो वन्यजन्तु  तोकिए बमोजिम दर्ता गरी सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दर्ता प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।

(३) यस दफा बमोजिमको कार्यविधि पूरा नगरी राखेको वन्यजन्तु तोकिए बमोजिम जफत हुनेछ ।

(४) यस दफा बमोजिम दिइने दर्ता प्रमाणपत्रको अवधि, नवीकरण, दर्ता शुल्क तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१४. पैठारी गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्नु पर्ने : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम
नेपालमा पैठारी गरिएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना तोकिए बमोजिम दर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्नको लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना पैठारी गरेको पैंतीस दिनभित्र देहायका कागजात संलग्न गरी व्यवस्थापन निकाय समक्ष निवेदन दिनु पर्नेछ :–

(क) त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना निकासी गर्न सम्बन्धित मुलुकको अधिकार प्राप्त निकायले दिएकोअनुमतिपत्र,
(ख) त्यस्तो वन्यजन्तु वा वनस्पतिको नमुनाको उत्पत्तिको प्रमाणपत्र,
(ग) व्यवस्थापन निकायले पैठारी गर्न दिएको अनुमतिपत्र,
(घ) भन्सार महसुल चुक्ता गरेको निस्सा,
(ङ) त्यस्तो वन्यजन्तु वा वनस्पतिको नमुनाको स्वस्थताकोप्रमाणपत्र ।

(३) उपदफा (२) बमोजिम परेको निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पैठारी गरिएको देखिएमा व्यवस्थापन निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गरी सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई तोकिए बमोजिम दर्ता प्रमाणपत्र दिनेछ ।

१५. हस्तान्तरण गर्न नहुने ः (१) दफा १३ वा १४ बमोजिम दर्ता भएका कुनै पनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन
निकाय वा तोकिए बमोजिमको अधिकारीको अनुमति बिना हक हस्तान्तरण वा नामसारी हुने छैन ।
(२) उपदफा (१) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको हक हस्तान्तरण वा नामसारी गर्न अनुमति प्रदान गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–४ व्यवस्थापन निकाय तथा वैज्ञानिक निकाय सम्बन्धी व्यवस्था

१६. व्यवस्थापन निकायः (१) यस ऐनको प्रयोजनको लागि देहायका निकायलाई व्यवस्थापन निकाय मानिनेछः–
(क) वन्यजन्तु वा सो को नमुनाको सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,
(ख) वनस्पति वा सो कोनमुनाको सम्बन्धमा वन तथा भू-संरक्षण विभाग ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको सम्बन्धमा कुनै खास निकायलाई व्यवस्थापन निकायको रुपमा तोक्न सक्नेछ ।

१७. व्यवस्थापन निकायको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त व्यवस्थापन निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिवा सो कोनमुना निकासी वा पैठारी भए वा नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्ने,
(ख) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था वा निकायले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा अनुमतिपत्रमा उल्लिखित शर्त उल्लङ्घन गरेमा अनुमतिपत्र रद्द गर्ने,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको सम्बन्धमा अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्ने वा गराउने,
(घ) महासन्धिको कार्यान्वयनको स्थितिका सम्बन्धमा गर्नु पर्ने नीतिगत, संस्थागत र कानूनी उपायका सम्बन्धमा नेपाल सरकारको तर्फबाट आवधिक प्रतिवेदन तयार गर्ने,
(ङ) महासन्धि कार्यान्वयन सम्बन्धमा अन्य आवश्यक व्यवस्था गर्ने, र
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

१८. वैज्ञानिक निकाय : (१) यस ऐनको प्रयोजनको लागि देहायका निकायलाई वैज्ञानिक निकाय मानिनेछः–

(क) वन्यजन्तु वा सो को नमुनाको सम्बन्धमा प्राकृतिक विज्ञान सङ्ग्रहालय, त्रिभुवन विश्वविद्यालय,
(ख) वनस्पति वा सो को नमुनाको सम्बन्धमा वनस्पति विभाग ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको सम्बन्धमा कुनै खास निकायलाई वैज्ञानिक निकायको रुपमा तोक्न सक्नेछ ।

१९. वैज्ञानिक निकायको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त वैज्ञानिक निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) नेपाल सरहदभित्र पाइने सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको अस्तित्वको अवस्था बारेमा नियमित रुपमा अध्ययन अनुसन्धान गरी  व्यवस्थापन निकायलाई आवश्यक परामर्श प्रदान गर्ने र त्यस्तो अध्ययन अनुसन्धानको सम्बन्धमा आवश्यकता अनुसार प्रतिवेदन प्रकाशन गर्ने,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको स्वस्थताको प्रमाणपत्र जारी गर्ने,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिका प्रजातिहरुबारे व्यवस्थापन निकायलाई आवश्यकता अनुसार सल्लाह वा परामर्श उपलव्ध गराउने,
(घ) विभिन्न प्रजातिका सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको परिचय, पहिचान र वर्गिकरणबारे निर्णय गर्ने,
(ङ) महासन्धिमा सूचीकृत सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिका प्रजातिहरुको वैज्ञानिक तथा प्राविधिक विषयमा प्रचार प्रसार गर्ने वा गराउने,
(च) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणका लागि महासन्धिसँग सम्बन्धित विभिन्न निकाय बीच समन्वय गर्ने, र
(छ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

परिच्छेद–५ कसूर र सजाय

२०. कसूर गरेको मानिने ः कसैले देहायको कुनै काम गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ :–
(क) दफा ३ विपरित दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना खरीद बिक्री गर्ने, आफूसँग राख्ने, प्रयोग गर्ने, पालनपोषण गर्ने, रोप्ने, हुर्काउने, नियन्त्रित प्रजनन् गर्ने, ओसारपसार गर्ने, निकासी वा पैठारी गर्ने कार्य गरे वा गराएमा,
(ख) दफा ८ विपरित संरक्षित वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको खरिद बिक्रि गर्ने, आफूसँग राख्ने, प्रयोग गर्ने, पालनपोषणगर्ने, रोप्ने, हुर्काउने, ओसारपसार गर्ने, निकासी वा पैठारी गर्ने कार्य गरे वा गराएमा,
(ग) दफा १३ वा १४ बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता नगरेमा,
(घ) दफा १५ बमोजिम अनुमति नलिई सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुना हक हस्तान्तरण वा नामसारी गराएमा, वा (ङ) खण्ड (क), (ख), (ग) र (घ) मा लेखिए देखि बाहेक यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरित कुनै कार्य गरेमा ।
२१. सजाय ः (१) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ :–
(क) दफा २० को खण्ड (क) बमोजिम दुर्लभ वन्यजन्तु वा सो को नमुना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा अनुसार पाँच वर्षदेखि
पन्ध्र वर्षसम्म कैद वा पाँचलाख रुपैयाँदेखि दशलाख रुपैयाँसम्म जरिबाना वा दुबै र दुर्लभ वनस्पति वा सो को नमुना सम्बन्धी
कसूर गर्नेलाई कसूरको मात्रा अनुसार एक वर्षदेखि पाँचवर्षसम्म कैद वा एकलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबानावा दुबै ।
(ख) दफा २० को खण्ड (क) बमोजिम लोपोन्मुख वन्यजन्तु वा सो को नमुना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि
दशवर्षसम्म कैद वा एकलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबानावा दुबै र लोपोन्मुख वनस्पति वा सो को नमुना सम्बन्धी कसूर गर्नेलाई छ महिना देखि एक वर्षसम्म कैद वा पचासहजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबानावा दुबै।
(ग) दफा २० को खण्ड (ख) बमोजिम संरक्षित वन्यजन्तु वा सो को नमुना सम्बन्धी कसूर गर्नेलाई एक वर्ष देखि पाँचवर्षसम्म कैद वा
बीसहजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुबै र संरक्षित वनस्पति वा सो का नमुना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा अनुसार एक महिनादेखि छ महिनासम्म कैद वा एकहजार रुपैयाँदेखि पचासहजार रुपैयाँसम्म जरिबाना वा दुबै ।
(घ) दफा २० को खण्ड (ग) र (घ) विपरित कार्य गर्नेलाई कसूरको मात्रा अनुसार पचासहजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबाना ।
(ङ) दफा २० को खण्ड (ङ) बमोजिमको कुनै कार्य गर्नेलाई कसूरको मात्रा अनुसार एकहजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिबाना ।
(च) यस ऐन बमोजिमको कुनै कसूर गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न उद्योग गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(२) यस ऐन बमोजिम कसूर ठहरिने कुनै कार्य गर्ने व्यक्तिलाई मद्दत गर्ने वा कुनै किसिमले सहयोग पु¥याउने मतियारलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(३) यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान सम्बन्धी कार्यमा बाधा विरोध गर्नेलाई तीन महिनासम्म कैद वा पाँचहजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
२२. जफत हुने ः यस ऐन अन्तर्गतको कसूरसँग सम्बन्धित सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना तथा त्यस्तो कसूरमा प्रयोग भएका अन्य वस्तु, सामग्री, हातहतियार तथा सवारी साधन समेत जफत हुनेछ ।

परिच्छेद–६ मुद्दाको अनुसन्धान तथा दायरी

२३. अनुसन्धान अधिकृतः (१) यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान गर्ने अधिकार राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित संरक्षक वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी र अन्य क्षेत्रको हकमा जिल्ला वन कार्यालय रहेको जिल्लामा जिल्ला वन अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी तथा जिल्ला वन कार्यालय नरहेको जिल्लामा नेपाल सरकारले तोकेको अधिकृतस्तरको कर्मचारीलाई हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन अन्तर्गतको कसूरको अनुसन्धानको लागि संयुक्त अनुसन्धान टोली गठन गर्न वा नेपाल सरकारको कुनै अधिकृतलाई तोक्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको अनुसन्धान अधिकृत वा टोलीले कसूरको अनुसन्धान गर्दा देहाय बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ :–
(क) कसूरदारलाई तत्काल गिरफ्तार गरी आवश्यक कारबाही गर्ने,
(ख) यस ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्दा वा सबुद प्रमाण सङ्कलन गर्दा प्रचलित कानून बमोजिम जुनसुकै कार्यालय, घर, भवन, गोदाम, सवारी साधन वा अन्य कुनै स्थानको खानतलासी लिने वा लिन लगाउने,
(ग) कसूरसँग सम्बन्धित सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना तथा त्यस्तो कसूरमा प्रयोग भएका अन्य वस्तु, सामग्री, हातहतियार, सवारी साधन तथा दशी प्रमाण प्राप्त भएमा बरामद गर्ने,
(घ) कसूरको अनुसन्धान गर्दा प्रचलित कानून बमोजिम अनुसन्धान अधिकृतको हैसियतमा आवश्यक अधिकार प्रयोग गर्ने ।
(४) अनुसन्धान अधिकृतलाई यस ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्दा अभियुक्तलाई बयान गराउने, सरजमीन मुचुल्का तयार गर्ने समेतका अनुसन्धान कार्यको सम्बन्धमा प्रचलित कानून बमोजिम प्रहरी अधिकृतलाई भए सरहको अधिकार हुनेछ ।
(५) यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान तथा तहकिकातको कार्यमा आवश्यक सहयोग गर्नु सुरक्षा निकायको कर्तव्य हुनेछ ।

२४. अभियुक्तलाई थुनामा राख्न सकिने : (१) यस ऐन अन्तर्गत कारबाही चलाइएको कुनै व्यक्तिले कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा, व्यवधान वा प्रतिकूल प्रभाव पार्न सक्ने पर्याप्त कारण भएमा अनुसन्धान अधिकृतले कारण खुलाई निजलाई प्रचलित कानून बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आरोपित व्यक्तिलाई थुनामा राख्नु परेमा बाटाको म्याद बाहेक पक्राउ
गरेको चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई निजकोअनुमति लिएर मात्र थुनामा राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमति माग गरेकोमा मुद्दा हेर्ने अधिकारीले अनुसन्धान सन्तोषजनक भए वा नभएको विचारगरी एकपटकमा तीस दिनमा नबढ्ने गरी बढीमा नब्बे दिनसम्म थुनामाराख्ने अनुमति दिन सक्नेछ ।
२५. मुद्दाको दायरीः (१) यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी हुनेछ ।

(२) यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान सम्पन्न भएपछि अनुसन्धान अधिकृतले मुद्दा चल्ने वा नचल्ने निर्णयको लागि सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ र सरकारी वकीलबाट मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान अधिकृतले मुद्दा दायर गर्नु पर्नेछ ।

२६. मुद्दा हेर्ने अदालतः यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।

परिच्छेद–७ विविध

२७. नेपाल सरकारको विशेष अधिकार – (१) दफा ३ र ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउने वा सो प्रयोजनको लागि अध्ययन वा अनुसन्धानलाई उपलब्धिमूलक बनाउन प्राविधिक सहयोग पुर्याउने कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि नेपाल सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको सङ्कटापन्न वन्यजन्तु वासो कोकुनै नमुना वा तोकिए बमोजिमको सङ्ख्या वा परिमाणमा कुनैसङ्कटापन्न वनस्पति वा सो को नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रुपमा उपहार स्वरुप त्यस्तो मुलुकलाई उपलव्ध गराउन
सक्नेछ ।

(२) उपदफा (१) बमोजिम उपलव्ध गराएको वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यापारिक प्रयोजनका लागि प्रयोग नगरिने आश्वासन सम्बन्धित मुलुकबाट त्यसरी उपलव्ध गराउनु अघि नै नेपाल सरकारले कुटनैतिक माध्यमबाट प्राप्त गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम वन्यजन्तु वा वनस्पति वा सो को नमूना उपलब्ध गराएको वार्षिक विवरण वन तथा वातावरण मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सङ्घीय संसदको सम्बन्धित समिति समक्ष पेश गर्नु पर्नेछ ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनैपनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना अध्ययन, अनुसन्धान, अवलोकन, पर्यवेक्षण, परीक्षण, जैविक स्रोत संरक्षण वा संरक्षण शिक्षाको प्रयोजनका लागि राख्न, प्रयोग गर्न वा दुर्लभ वन्यजन्तुभए नियन्त्रित प्रजनन् गराई पहिलो पुस्ता पैदा गर्न र दुर्लभ वनस्पति भए कृत्रिम रुपमा बिउ र बेर्ना उत्पादन गर्न, रोप्न वा हुर्काउन सक्नेछ ।

२८. पारवहनमा रहेको अवस्थामा लागू नहुने – (१) दफा ३, ८ र १० मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा
सो को नमुनाको शिलबन्द बाकस (कन्साइन्टमेन्ट) अर्को मुलुकबाट नेपालको इलाकामा पारवहन भई तेस्रो मुलुकमा ढुवानी गर्दा यस ऐनको
व्यवस्था लागू हुने छ्रैन ।

(२) उपदफा (१) बमोजिमको शिलबन्द बाकस नेपालमा रहँदाको अवधिमा वैज्ञानिक निकाय वा सम्बन्धित क्वारेन्टाइन अधिकारीको
निगरानीमा रहनेछ ।

२९. व्यापारिक प्रयोजनको लागि कारोबार भएको नमानिने – प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पर्यटकीय, साँस्कृतिक, परम्परागत ज्ञानको प्रवद्र्धन, शैक्षिक, मनोरञ्जनात्मक, खेलकुद,  अनुसन्धानात्मक, सौन्दर्यपरक प्रयोजनका लागि तोकिए बमोजिमको
दरमा नबढाई सामान्य शुल्क लिई कुनैसङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको दृश्यावलोकन वा प्रदर्शनी गराउने कामलाई
व्यापारिक प्रयोजनका लागि भएको कारोबार मानिने छैन ।

३०. जफत भएका वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको व्यवस्थापन – (१) यस ऐनको प्रतिकूल हुने गरी कुनै काम कारबाही भएको कारणले यस ऐन बमोजिम जफत भएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन निकायले देहाय बमोजिम व्यवस्थापन गर्नु पर्नेछ :–

(क) जीवित नरहेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको नमुना नष्ट गर्ने,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति जीवित नै रहेको भएमा र संरक्षण गर्न आवश्यक देखिएमा नेपालभित्रको प्राकृतिक बासस्थानमा
छोड्न वा रोप्न वा सार्न वा संरक्षणको लागि अन्य आवश्यक उपाय अपनाउन सम्बन्धित निकायमा पठाउने,
तर जीवित नै रहेको भए तापनि संरक्षण गर्न हानिकारक हुने वा नेपालका रैथाने सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिलाई प्रतिकूल प्रभाव पुर्याउने वन्यजन्तु वा वनस्पति वा सोको नमुना नष्ट गर्नु पर्नेछ ।
(ग) संरक्षण गर्न आवश्यक नदेखिएको वा संरक्षण गर्न सम्भव नभएको लोपोन्मुख वा संरक्षित वन्यजन्तु वा वनस्पति वा सो को नमुना
प्रचलित कानून बमोजिम लिलाम गर्ने,
(घ) आवश्यक शर्त तोकी शैक्षिक, वैज्ञानिक, अध्ययन, अनुसन्धानको प्रयोजनका लागि वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वा
निकायलाई उपलव्ध गराउने,वा
(ङ) तोकिए बमोजिम अन्य तरिकाले व्यवस्थापन गर्ने वा गराउने ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको
सङ्कटापन्न वन्यजन्तुवा वनस्पति वा सो कोनमुना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सम्बन्धित अधिकारीलाई नेपाल
सरकारले लेखी पठाउनेछ ।

(३) उपदफा (२) बमोजिम लेखी पठाउँदा सम्बन्धित मुलुकले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना फिर्ता लैजान चाहेमा
वा त्यस्तो मुलुकको अधिकारप्राप्त निकायले अनुरोध गरेमा नेपाल सरकारको निर्णयबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना
सम्बन्धित मुलुकलाई फिर्ता दिन सकिनेछ ।

(४) उपदफा (३) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुना फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले
व्यहोर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम निर्णय भएको मितिले नब्बे दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना फिर्ता लैजानु पर्नेछ ।

(६) उपदफा (२) बमोजिम लेखी पठाउँदा सम्बन्धित मुलुकले फिर्ता लैजान इच्छा व्यक्त नगरेमा वा इच्छा व्यक्त गरे तापनि उपदफा
(५) बमोजिमको अवधिभित्र फिर्ता लैजान नसकेमा त्यस्ता वन्यजन्तु वा वनस्पति वा सो कोनमुना व्यवस्थापन निकायले उपदफा (१) बमोजिम
व्यवस्थापन गर्नु पर्नेछ ।

(७) उपदफा (१) बमोजिम कुनै सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना नष्ट गर्नु अघि त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो
को नमुनालाई वैज्ञानिक परीक्षणका लागि तोकिए बमोजिमको प्रयोगशालामा पठाउनु पर्नेछ र सो प्रयोगशालाको प्रतिवेदनबाट त्यस्तो
वन्यजन्तु वा वनस्पति वा सो को नमुना नष्ट गर्नु पर्ने देखिएमा सम्बन्धित जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका
प्रतिनिधिकोरोहवरमा तोकिए बमोजिम नष्ट गर्नुपर्नेछ ।

३१. सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति राष्ट्रिय समन्वय समिति – (१) यो ऐन तथा महासन्धिको प्रभावकारी कार्यान्वयन गर्नको लागि सङ्कटापन्न
वन्यजन्तु वा वनस्पतिको प्रजातिको संरक्षण र संवर्धन गर्न अपनाउनु पर्ने नीतिगत, कानूनी र संस्थागत उपायका सम्बन्धमा नेपाल
सरकारलाई सिफारिस गर्न र यस ऐनको कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्न देहाय बमोजिमको एक सङ्कटापन्न वन्यजन्तु
तथा वनस्पति राष्ट्रिय समन्वय समिति रहनेछ :–

(क) सचिव, वन तथा वातावरण मन्त्रालय– संयोजक
(ख) सहसचिव, कानून, न्याय, तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ग) महानिर्देशक, भन्सार विभाग – सदस्य
(घ) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा
वन्यजन्तु संरक्षण विभाग – सदस्य
(ङ) महानिर्देशक, वन विभाग – सदस्य
(च) महानिर्देशक, वनस्पति विभाग – सदस्य
(छ) महानिर्देशक, हुलाक सेवा विभाग – सदस्य
(ज) प्रहरी नायव महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी – सदस्य
(झ) अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग – सदस्य
(ञ) कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला – सदस्य
(ट) प्रमुख, प्राकृतिक विज्ञान सङ्ग्रहालय, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ठ) समितिले तोकेको पदाधिकारी – सदस्य–सचिव

(२) उपदफा (१) बमोजिमको समितिको वैठकमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

(३) उपदफा (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

३२. वन्यजन्तु र वनस्पतिको नाम प्रकाशन गर्ने – (१) नेपाल सरकारले महासन्धिको अनुसूची–१, अनुसूची–२ र अनुसूची–३ मा उल्लिखित
वन्यजन्तु तथा वनस्पतिको विभिन्न प्रजाति वा उपप्रजातिको वैज्ञानिकनाम, अङ्ग्रेजी नाम तथा सम्भव भएसम्म नेपाली नाम सर्वसाधारणको
जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम प्रकाशन गर्दा त्यस्ता वन्यजन्तु वा वनस्पति नेपालमा पाइने हो होइन सो समेत खुलाउनुपर्नेछ ।

३३. विवरणको अभिलेख राख्ने -(१) व्यवस्थापन निकायले प्रत्येक आर्थिक वर्षका लागि देहायको विवरणको अभिलेख राख्नु पर्नेछ :–

(क) दफा ६ को उपदफा (१), दफा ८ को उपदफा (३), दफा १० को उपदफा (३), दफा १३ को उपदफा (२), दफा १४ को
उपदफा (३) र दफा १५ को उपदफा (१) बमोजिम प्रदान गरिएको अनुमतिपत्र र दर्ता प्रमाणपत्रको सङ्ख्या, अनुमतिपत्र वा प्रमाणपत्र प्रदान गरिएको मिति र त्यसको किसिम,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना निकासी, पैठारी, खरीद, बिक्री तथा ओसारपसार गर्ने व्यक्ति, संस्था वा निकायको
नाम तथा सो को परिमाण र सम्भव भएसम्म त्यस्ता वन्यजन्तुको आकारको विवरण र भाले वा पोथी के रहेको हो सो खुल्ने विवरण,
(ग) दफा २२ बमोजिम जफत भएको वा दफा २३ को उपदफा (३) को खण्ड (ग) बमोजिम बरामद भएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको विवरण,
(घ) दफा २७ को उपदफा (१) बमोजिम नेपाल सरकारले विदेशी मुलुकलाई उपलव्ध गराएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको विवरण,
(ङ) यस ऐन बमोजिम जफत वा बरामद भएका सङ्कटापन्न वन्यजन्तु, वनस्पति वा सो को नमुनाका सम्बन्धमा दफा ३० को उपदफा
(१) बमोजिम गरिएको व्यवस्थापन सम्बन्धी विवरण,
(च) दफा ३० को उपदफा (३) बमोजिम सम्बन्धित मुलुकले फिर्ता लगेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको विवरण ।

(२) उपदफा (१) बमोजिमको विवरण व्यवस्थापन निकायले प्रत्येक वर्ष तोकिए बमोजिम सार्वजनिक गर्नु पर्नेछ ।

३४. कोष खडा गर्न सकिने- (१) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिकोसंरक्षण, संवर्धन, अध्ययन तथा अनुसन्धान समेतको लागि एउटा कोष खडा गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा गरिने रकम, कोषको सञ्चालन तथा व्यवस्थापन र त्यसको आन्तरिक नियन्त्रण तोकिए बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कोषको लेखाको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।

३५. पुरस्कार दिन सकिने- (१) यस ऐन बमोजिम कसूर मानिने कार्य भएको वा हुन लागेको सूचना दिने र अनुसन्धान तथा सबुद प्रमाण सङ्कलनको कार्यमा सहयोग पुर्याउने व्यक्तिलाई व्यवस्थापन निकायले एकलाख रुपैयाँसम्म पुरस्कार दिन सक्नेछ ।

(२) यस ऐन बमोजिम कसूर मानिने कार्यको अनुसन्धान तथा सबुद प्रमाण सङ्कलनमा उल्लेखनीय योगदान पुर्याई सङ्कटापन्न वन्यजन्तु
वा वनस्पति वा सो को नमुनाकोव्यापार नियन्त्रणमा सहयोग पुर्याउने व्यक्ति वा कर्मचारीलाई व्यवस्थापन निकायले एकलाख रुपैयाँसम्म रकम
प्रोत्साहन पुरस्कार स्वरुप उपलब्ध गराउन सक्नेछ ।

३६. प्रचलित कानून बमोजिम हुने – यस ऐनमा लेखिएका कुरामा यसै ऐन बमोजिम र अन्य कुरामा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

३७. नियम बनाउन सक्नेः नेपाल सरकारले यो ऐन कार्यान्वयन गर्नको लागि आवश्यक नियम बनाउन सक्नेछ ।

३८. निर्देशिका बनाउन सक्ने -(१) नेपाल सरकारले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही निर्देशिका बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तु वा  वनस्पति वा सो को नमुनाको अन्तर्राष्ट्रिय व्यापार नियमन र नियन्त्रणको लागि खासगरी देहायका विषयमा निर्देशिका बनाउन सक्नेछ:–

(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबारको लागि अनुमतिपत्र प्रदान गर्ने विषय,
(ख) पैठारी गरिएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्ने सम्बन्धी विषय,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको अभिलेख राख्ने सम्बन्धी विषय,
(घ) जफत भएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन गर्ने सम्बन्धी विषय,
(ङ) अन्य आवश्यक विषय ।