३२. अधिकार प्रत्यायोजनः नेपाल सरकारले यस ऐन बमोजिम आफूलाई प्राप्त भएको अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै निकाय वा नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
३३. दण्ड सजायः (१) कुनै श्रमजीवी पत्रकारले गरेको काम कारवाहीबाट सञ्चार प्रतिष्ठानलाई हानि नोक्सानी हुन गएमा सो भए गरेको मितिले तीन महिना भित्र व्यवस्थापकले नालेस गर्न सक्नेछ ।
(२) कुनै श्रमजीवी पत्रकारले जानीजानी वा लापरवाहीसाथ कुनै काम गरेकोले सञ्चार प्रतिष्ठानलाई कुनै हानी वा नोक्सानी हुन गएको ठहरिएमा त्यस्तो श्रमजीवी पत्रकारबाट भएको हानि नोक्सानीको हर्जाना भराउन लगाई निजलाई एकहजार देखि दुईहजार रूपैयाँसम्म जरिबाना हुन सक्नेछ ।
(३) कुनै व्यवस्थापकले पटक–पटक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा प्रेस रजिष्ट्रारले त्यस्तो व्यवस्थापकलाई पच्चीस हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम भएको सजायउपर चित्त नबुझ्ने व्यवस्थापकले त्यस्तो सजाय भएकोे मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
३३क. सुविधा रोक लगाउन सिफारिस गर्न सक्नेः कुनै सञ्चार प्रतिष्ठानले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा पे्रस रजिष्ट्रारले त्यस्तो सञ्चार प्रतिष्ठानलाई देहाय बमोजिमका सुविधा प्रदान गर्नबाट रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ ः–
(क) सञ्चार प्रतिष्ठानले पत्रपत्रिका प्रकाशन गर्ने भएमा त्यस्तो पत्रपत्रिकालाई प्रचलित कानून बमोजिम पत्रपत्रिका वर्गीकरणमा समावेश नगर्न,
(ख) नेपाल सरकारबाट दिने अनुदान वा विज्ञापनमा रोक लगाउन वा कटौती गर्न,
(ग) सञ्चार सामग्री एवं सोसँग सम्बन्धित कच्चा पदार्थको आयातमा रोक लगाउन,
(घ) सरकारी भ्रमण दलमा सहभागी नगराउन ।
३४. कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्थाः (१) श्रमजीवी पत्रकारको नियुक्ति, सेवाको शर्त र सुविधाका सम्बन्धमा यस ऐनमा भएका व्यवस्थाहरू कर्मचारी तथा कामदारका हकमा समेत समान रूपमा लागू हुनेछन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी वा कामदारको पारिश्रमिक तथा सुविधा बाहेकका अन्य व्यवस्थाहरू सम्बन्धित सञ्चार प्रतिष्ठानको सेवा, शर्त र सुविधा सम्बन्धी कानून बमोजिम हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी वा कामदारले यस ऐनमा लेखिएभन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने भएमा त्यस्तो बढी पारिश्रमिक तथा सुविधा पाउन यस ऐनले कुनै बाधा पु¥याएको मानिने छैन ।
३४क. ट्रेड युनियन गठन गर्न सक्नेः श्रमजीवी पत्रकारहरूले आफ्नो व्यवसायिक तथा पेशागत हक हितको संरक्षण र सम्वद्र्धन गर्ने सम्बन्धमा आफु कार्यरत सञ्चार प्रतिष्ठानमा ट्रेड यूनियन सम्बन्धी प्रचलित कानूनको अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्नेछन् ।
३४ख. विवाद समाधान सम्बन्धी व्यवस्थाः (१) श्रमजीवी पत्रकार, कर्मचारी वा कामदार र सञ्चार प्रतिष्ठानका व्यवस्थापनबीच सेवा शर्त र सुविधा सम्बन्धी कुनै विषयमा विवाद उठेमा पे्रस रजिष्ट्रारले वार्ता, मेलमिलाप वा मध्यस्थ जस्ता विभिन्न माध्यमबाट त्यस्तो विवाद समाधान गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको माध्यमबाट कुनै विवाद समाधान हुन नसकेमा त्यस्तो विवादको समाधान प्रचलित श्रम कानून बमोजिम हुनेछ ।
३४ग. क्षमता विकास सम्बन्धी व्यवस्थाः (१) नेपाल सरकार तथा सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारको व्यवसायिक दक्षता, क्षमता र सीप विकासको लागि अध्ययन तथा तालिमको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यको लागि नेपाल सरकारले सञ्चार प्रतिष्ठानलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछ र सञ्चार प्रतिष्ठानले आफ्नो वार्षिक कुल आयको एक प्रतिशत रकम छुट्याउनु पर्नेछ ।
३४घ. निरीक्षण तथा अनुगमन गर्न सक्नेः (१) सञ्चार प्रतिष्ठानले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरे वा नगरेको सम्बन्धमा प्रेस रजिष्ट्रारले कुनै सञ्चार प्रतिष्ठानको निरीक्षण तथा अनुगमन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण तथा अनुगमन गर्दा कुनै सञ्चार प्रतिष्ठानले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेको देखिएमा पे्रस रजिष्ट्रारले त्यस्तो सञ्चार प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पे्रस रजिष्ट्रारले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित सञ्चार प्रतिष्ठानको कर्तव्य हुनेछ ।
३४ङ. यस ऐनको व्यवस्था लागू नहुनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले समितिस“गको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको कुनै सञ्चार प्रतिष्ठानको हकमा यस ऐनको कुनै व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले यस ऐनको कुनै व्यवस्था कुनै सञ्चार प्रतिष्ठानको हकमा लागू नहुने गरी तोक्दा देहायका आधार लिन सक्नेछः–
(क) पत्रपत्रिकाको बिक्री संख्या,
(ख) रेडियोयन्त्रको क्षमता,
(ग) केबुल टेलिभिजनको ग्राहक संख्या,
(घ) हिट्स हुने अनलाईन पत्रिका संख्या,
(ङ) कार्यक्रम उत्पादन संख्या,
(च) समाचार वितरण संख्या ।
३५. प्रचलित कानून बमोजिम हुनेः यो ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अरूमा प्रचलित कानून बमोजिम हुनेछ ।
३६. नियम तथा विनियम बनाउने अधिकारः (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।
(२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार, कर्मचारी वा कामदारको सेवा, शर्त एवं सुविधा सम्बन्धी विनियम बनाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सञ्चार प्रतिष्ठानले विनियम बनाउँदा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको सेवा, शर्त र सुविधाभन्दा कम हुने गरी विनियम बनाउन सक्ने छैन ।