Skip to contentSkip to left sidebar Skip to footer

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

४.स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति

(१) यो ऐन पालन भए नभएको सुपरिवेक्षण गर्ने प्रयोजनको लागी तथा स्तनपानको संरक्षण तथा सम्वद्र्धन र उत्पादनको बिक्री वितरण नियन्त्रण गर्नको लागि नेपाल सरकारले स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति गठन गर्नेछ ।

(२) समितिमा देहायका सदस्यहरु रहनेछन्ः–

(क)  सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय -अध्यक्ष

(ख)  प्रतिनिधि (रा.प.प्रथम श्रेणी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य

(ग)  …………………………………………

(घ)  …………………………………………

(ङ)    प्रतिनिधि (रा.प.प्रथम श्रेणी), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय    -सदस्य

(च)    प्रतिनिधि (रा.प.प्रथम श्रेणी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  -सदस्य

(छ)प्रतिनिधि, नेपाल बाल चिकित्सक संघ–सदस्य

(ज)प्रतिनिधि, नेपाल उद्योग वाणिज्य संघ–सदस्य( ́)आमा तथा बच्चाको स्वास्थ्य क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिहरु मध्येबाट समितिद्वारा मनोनीत दुई जना व्यक्ति–सदस्य

(ञ)नेपाल सरकारद्वारा मनोनीत प्रतिष्ठित पोषणविज्ञ–सदस्य

(ट)बच्चाहरुको पालन पोषण तथा स्याहार सम्बन्धी अनुभव प्राप्त आमाहरुमध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना–सदस्य

(ठ)नेपाल सरकारले तोकेको व्यक्ति–सदस्य–सचिव(३) मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ र समितिले निर्धारण गरे बमोजिम पुनः मनोनीत हुन सक्नेछन्।

(४) समितिले बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन स्वदेशी वा विदेशी विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।
(५) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिको सदस्यहरुमा थपघट वा हेरफेर गर्न सक्नेछ

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

 

लालमोहर र प्रकाशन मिति
२०२९।११।२८

संशोधन गर्ने ऐन
१. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पहिलो संशोधन) ऐन, २०३१                                                                     २०३१।६।२०
२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (दोस्रो संशोधन) ऐन, २०३९                                                                      २०३९।९।८
३. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (तेस्रो संशोधन) ऐन, २०४६                                                                      २०४६।६।११
४. न्याय प्रशासन ऐन, २०४८                                                                                                                               २०४८।२।१६
५. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (चौथो संशोधन) ऐन, २०४९                                                                     २०५०।२।२७

प्रमाणीकरण र प्रकाशन मिति
६. केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३                                                                                                     २०६३।४।२३
७. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६                                                                   २०६६।१०।७
८. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                                                                                 २०७२।११।१३
९. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) ऐन,                                                                                        २०७३ ।१२।१७
१०. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन
र खारेज गर्ने ऐन,                                       २०७४                                                                                                २०७४।६।३०

११.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५                                                                          २०७५।११।१९

 

२०२९ सालको ऐन नं. २०
……………..
राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु संरक्षण गर्न बनेको ऐन
प्रस्तावना – राष्ट्रिय निकुञ्जको व्यवस्था, वन्यजन्तु र यसको वासस्थानको संरक्षण, शिकारमा नियन्त्रण र प्राकृतिक सौन्दर्यको दृष्टिकोणबाट विशेष महत्व राख्ने ठाउ“हरुको संरक्षण, सम्बद्र्धन, विकास तथा उचित व्यवस्था र उपयोग गरी सर्वसाधारण जनताको सदाचार र सुविधा कायम राख्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेकोछ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९” रहेकोछ ।
(२) यो ऐन नेपाल ………. भर लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मिति देखि लागू हुनेछ ।

२. परिभाषा

– विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “राष्ट्रिय निकुञ्ज” भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भू–दृश्यको संरक्षण, व्यवस्थापन र उपयोगको लागि छुट्याइएको क्षेत्र सम्झनु पर्छ ।
(ख) “संनियमित प्राकृतिक आरक्ष” भन्नाले वैज्ञानिक अध्ययनको निमित्त छुटयाइएको, पारिस्थिकी महत्वको वा अन्यथा महत्व राख्ने क्षेत्र सम्झनु पर्छ ।
(ग) “वन्यजन्तु आरक्ष” भन्नाले वन्यजन्तु सम्पदा र तिनीहरुको वासस्थानको संरक्षण तथा व्यवस्था गर्न छुट्याइएको क्षेत्रलाई सम्झनु पर्छ ।
(घ) “शिकार आरक्ष” भन्नाले शिकारीहरुलाई शिकार गर्न दिनको निमित्त वन्यजन्तु सम्पदाको व्यवस्थापनको लागि छुट्याइएको क्षेत्रलाई सम्झनु पर्छ ।
(ङ) “आरक्ष” भन्नाले ‘‘‘ संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष र शिकार आरक्षलाई सम्झनु पर्छ ।
(ङ१) “संरक्षण क्षेत्र” भन्नाले प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगको लागि एकीकृत योजना अनुसार व्यवस्थापन गरिने क्षेत्र सम्झनु पर्छ ।
(ङ२) “मध्यवर्ती क्षेत्र” (व˚र जोन) भन्नाले स्थानीय जनताहरुलाई नियमित रुपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नको लागि राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरीको दफा ३क. बमोजिम तोकिएको क्षेत्र सम्झनु पर्छ ।
(ङ३) “जैविक मार्ग” भन्नाले वन्यजन्तुहरु एक बासस्थानबाट अर्को बासस्थानमा आवत जावत गर्ने बाटो सम्झनु पर्छ ।
(च) “वन्यजन्तु” भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स), पंछी (एभ्स), घस्रिने जन्तु (रेप्टायल्स), माछा (पीसीज), भ्यागुता जाति (एम्फवियन्स) र कीरा फट्याङग्रा (इन्सेक्ट्स) लाई सम्झनु पर्छ र सो शब्दले फुल पार्ने जन्तुको ˚ुल समेतलाई जनाउँछ ।
(च१) “नमूना” भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा सड्ढलनगरेको वन्यजन्तु वा वन पैदावार वा त्यसको कुनै भाग वा अंश सम्झनु पर्छ र सो शव्दले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र बाहिरका वन्यजन्तु बासस्थानमा सड्ढलनगरेको वन्यजन्तु वा त्यसको कुनै भाग वा अंशसमेतलाई जनाउँछ ।
(च२) “चिडियाखाना” भन्नाले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन् वंशाणु श्रोतको संरक्षण, अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले जीवजन्तुहरु परस्थानमा प्रदर्शनीमा राखी व्यवस्थापन गरिएको स्थान सम्झनु पर्छ र सो शब्दले अन्तर्राष्ट्रिय प्रचलन अनुसार स्थापना गरिने प्राणी उद्यान (जुलोजिकल गार्डेन) समेतलाई जनाउँछ ।
(छ) “हातहतियार” भन्नाले जुनसुकै किसिमको बन्दुक, पेस्तोल वा यस्तै गोली चलाइने हतियारहरु, धनुषवाण, भाला, दर्जन, पासो, धराप, गुलेली वा चोट पुरयाउन सकिने जुनसुकै हतियारलाई पनि सम्झनु पर्छ ।
(ज) “शिकार” भन्नाले कुनै वन्यजन्तु जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दुःख दिने, मार्ने वा सो गर्न प्रयत्न गर्ने वा त्यसको शरीरको कुनै अ· झिक्ने वा नष्ट गर्ने वा त्यसको फुल, गुड झिक्ने, नष्ट गर्ने वा खलबल गरी दिने कामलाई जनाउ“छ ।
(झ) “आखेटोपहार” भन्नाले वन्यजन्तुहरुको जीवित वा मृत शरीर वा चिन्हिन सकिने अवस्थामा रहेको तिनीहरुको शरीरको कुनै अङ्गलाई ड्डसम्झनु पर्छ रसो शब्दले वन्यजन्तुको शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थकोे सम्मिश्रणबाट तयार भएको कुनै वस्तु समेतलाई जनाउँछ ।
(ञ) “अधिकार प्राप्त अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अधिकारीलाई सम्झनु पर्छ ।
(ञ१) “संरक्षक” भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापनको लागि नेपाल सरकारबाट नियुक्त व्यक्ति सम्झनु पर्छ ।
(ञ२) “स्थानीय जनता”भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा स्थायी बसोबास भएका जनतालाई सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गतका नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. नेपाल सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने ः

(१) नेपाल सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्ला समेत खोलिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्नेछ ।
(१क) उपदफा (१) बमोजिम घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणविभागबाट स्वीकृत व्यवस्थापन योजना अनुसार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम एकपटक घोषित भैसकेको राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र परित्याग वा स्वामित्वको हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ ।

३क. मध्यवर्ती क्षेत्र तोक्न सक्ने

(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरीको कुनै पनि क्षेत्रलाई चार किल्ला खोली मध्यवर्ती क्षेत्र तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको मध्यवर्ती क्षेत्रको परित्याग, स्वामित्व हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ ।

३ख. मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षण

(१) मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षण सम्बन्धी कार्य सम्बन्धित उपभोक्ता समितिको परामर्शमा संरक्षकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृत गरेको व्यवस्थापन योजना अनुसार गर्नु पर्नेछ ।
तर यसरी व्यवस्थापन तथा संरक्षण गर्दा उक्त क्षेत्रमा रहेको स्थानीय जनताको भू¬स्वामित्वलाई कुनै असर पारिने छैन ।
(२) वातावरणलाई प्रतिकूल असर नपुग्ने र वन्यजन्तुलाई हानी नोक्सानी नपुग्ने गरी मध्यवर्ती क्षेत्रमा तोकिए बमोजिम उद्योगधन्दा, होटल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा वा सुविधा सञ्चालन गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम सेवा वा सुविधा सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित उपभोक्ता समिति सँग परामर्श गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मापदण्ड बनाई लागू गर्नेछ ।
(४) संरक्षकले उपदफा (२) बमोजिम सञ्चालन भएका सेवा वा सुविधाको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्नु वा गराउनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम संरक्षकले अनुगमन गर्दा वा गराउँदा उपलब्ध भएसम्म सम्बन्धित उपभोक्ता समितिलाई समेत संलग्न गराउनु पर्नेछ ।
(६) मध्यवर्ती क्षेत्रमा विपद्मा परी कुनै परिवारलाई वन पैदावार आवश्यक परेमा उपभोक्ता समितिको परामर्शमा संरक्षकले मध्यवर्ती क्षेत्रको कुनै स्थानबाट त्यस्तो वन पैदावार सड्ढलन गर्न तोकिए बमोजिम अनुमति दिनेछ ।

३ग. क्षतिपूर्ति दिने

मध्यवर्ती क्षेत्रभित्रका कुनै वासिन्दाको घर जग्गा बाढी पहिरोको कारणबाट राष्ट्रिय निकुञ्ज वा आरक्षको प्राकृतिक सिमानाभित्र पर्न गई त्यस्तो वासिन्दाको घरवास उठेमा दफा १६ग. बमोजिम गठित उपभोक्ता समितिको सिफारिसमा सम्बन्धित राष्ट्रिय निकुञ्ज वा आरक्षले दफा २५क. बमोजिम स्थानीय जनताको सामुदायिक विकासको लागि छुट्याइने रकम मध्येबाट निजलाई मुनासिव मा˚िकको क्षतिपूर्ति दिनेछ ।

४. राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा बन्देज

(१) तोकिए बमोजिमको प्रवेशपत्र वा अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नपाई कुनै पनि व्यक्ति राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रवेश गर्न पाउने छैन ।
तर काजमा खटिएको सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रचलित बाटोको अधिकार पाएको व्यक्तिको हकमा यो उपदफा लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रवेशपत्रको ढाचा, प्रकार, दस्तुर र अन्य शर्तहरु तोकिए बमोजिमको हुनेछ ।

५. राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र निषिद्ध कार्यहरु

(१) अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र देहायको काम गर्न पाउने छैन –
(क) वन्यजन्तुको शिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न,
(ख) जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न,
(ग) कुनै भू–भाग कब्जा गर्न, सफा गर्न, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,
(घ) घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा पानी खुवाउन,
(ङ) रुख, बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा आगो लगाउन वा अरु कुनै प्रकारले हानि नोक्सानी पु¥याउन वा वन पैदावार ओसारपसार गर्न,
(च) खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा , कड्ढड, माटो वा अन्य यस्तै पदार्थ हटाउन,
(छ) वन पैदावार वा वन्यजन्तु, पंक्षी वा जग्गालाई क्षति पुरयाउन,
(ज) हातहतियार खरखजाना वा विष साथमा लैजान वा प्रयोग गर्न,
(झ) काजमा खटिएका सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्रको प्रचलित बाटोको यात्रुहरु बाहेक अरुले घरपालुवा वा अन्य किसिमको जीवजन्तु वा आखेटोपहार लैजान, र
(ञ) राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वातावरण, वन वा वन्यजन्तुलाई प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय निकुञ्ज वा आरक्षको प्रकृति अनुसार तोकिए बमोजिमका निकुञ्ज वा आरक्षमा परम्परागत रुपमा उपभोग गर्दै आएका सुविधा प्राप्त बाटो, रैथाने चरिचरन, खानेपानी, सिँचाइ तथा तटबन्धको प्रयोग गर्न, परम्परागत रुपमा सड्ढलन गर्दै आएको जङ्गली सागसब्जी तथा कन्दमूल सड्ढलन र माछा मार्नको लागि स्थानीय जनतालाई तोकिए बमोजिम अनुमति दिइनेछ ।
(३) मध्यवर्ती क्षेत्रमा विपद्मा परी कुनै परिवारलाई वन पैदावार आवश्यक परेमा र मध्यवर्ती क्षेत्रको कुनै स्थानबाट दफा ३ख. को उपदफा (६) बमोजिम सड्ढलन गरिएको वन पैदावार पर्याप्त नहुने भएमा उपभोक्ता समितिको परामर्शमा संरक्षकले राष्ट्रिय निकुञ्ज वा आरक्षको कुनै स्थानबाट त्यस्तो वन पैदावार सड्ढलन गर्न तोकिए बमोजिम अनुमति दिनेछ ।

६. राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र सेवा सञ्चालन

(१) राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको सर्वोपरी हितको निमित्त नेपाल सरकारले स्वयं वा तोकिए बमोजिमको कार्यविधि अपनाई कसैसित करार गरी होटल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा वा सुविधाको व्यवस्था गर्न सक्नेछ ।
(२) उपादफा (१) बमोजिम करार नगरी कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र जुनसुकै किसिमको सेवा वा सुविधा सञ्चालन गर्न पाउने छैन ।

६क.मर्मत सम्भार गर्न सक्ने

कुनै व्यक्ति, निकाय, उपभोक्ता समिति वा स्थानीय तहले वन तथा भू–संरक्षण मन्त्रालयको सहमति लिई राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक वा पुरातात्विक स्थलहरुको आधारभूत संरचनामा परिर्वतन नहुुने गरी मर्मत सम्भारको कार्य गर्न सक्नेछ ।

९. राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रवेश आफ्नो दायित्वमा

(१) राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र प्रवेश आफ्नै दायित्वमा हुनेछ ।
(२) राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र कसैको मृत्यु भएमा वा हानि नोक्सानी भएमा वा कसैलाई चोट पटक लागेमा त्यस्तो मृत्यु, हानि नोक्सानी वा चोट पटकको लागि नेपाल सरकार क्षतिपूर्तिको लागि जिम्मेवार हुने छैन ।

१०. संरक्षित वन्यजन्तु

यस ऐनको अनुसूची–१ मा उल्लिखित वन्यजन्तु संरक्षित वन्यजन्तु मानिनेछन् र तिनीहरुको शिकार गर्न निषेध गरिएको छ ।
तर–
(क) बौलाएको ज·ली हात्ती, मानिस खान पल्किएको बाघ र नबाच्नने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिनेछ ।
(ख) वनक्षेत्र बाहिर आई मानिस वा घर पालुवा पशु पंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिनेछ ।

११. अनुज्ञापत्र नलिई शिकार गर्न नपाइने

(१) अनुज्ञापत्र प्राप्त नगरी कुनै पनि व्यक्तिले वन्यजन्तु शिकार गर्न पाउने छैन ।
तर तोकिएको वन्यजन्तु शिकार गर्न अनुज्ञापत्र लिनु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम अनुज्ञापत्र प्राप्त गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी छेउ तोकिएको ढाचामा दरखास्त दिनु पर्नेछ र त्यस्तो दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिए बमोजिम दस्तुर लिई वन्यजन्तुको शिकार गर्न तोकिएको ढाचा र प्रकारको अनुज्ञापत्र दिनेछ ।
(३) उपदफा (२) बमोजिम अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले तोकिए बमोजिमको शर्त र तरिकाहरुको अधीनमा रही शिकार गर्नु पर्नेछ ।
(४) तोकिएको अधिकारीले कुनै कारण देखाई वा नदेखाई उपदफा (२) बमोजिमको अनुज्ञापत्र दिन ईन्कार गर्न सक्नेछ ।

१२. शिकारको वार्षिक भाग (कोटा) निश्चित गर्ने

समय समयको वन्यजन्तुको गणनाको आधारमा तोकिएको अधिकारीले शिकार आरक्षमा वर्षभरी शिकार गरिने वन्यजन्तुको वार्षिक भाग (कोटा) निश्चित गर्नेछन् ।

१३. नेपाल सरकारले अनुज्ञापत्र रद्द गर्न सक्ने

नेपाल सरकारले आवश्यक देखेमा कारण देखाई वा नदेखाई जुनसुकै बखत पनि दफा ११ बमोजिम प्रदान गरिएको अनुज्ञापत्र रद्द गर्न सक्नेछ ।

१४. शिकार बन्द समय

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा सोही सूचनामा तोकिएको अवधिसम्मको लागि शिकार बन्द समय तोक्न सक्नेछ ।

१५. नमूना सड्ढलन गर्न इजाजतपत्र लिनु पर्ने

(१) इजाजतपत्र प्राप्त नगरी कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज, आरक्ष वा अन्य वन्यजन्तु वासस्थानबाटै वैज्ञानिक अनुसन्धानको लागि नमूना सड्ढलन गर्न पाउने छैन ।
(२) उपदफा (१) बमोजिमको इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिएको ढा“चाको दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिए बमोजिमको दस्तुर अनुसूची–१ मा उल्लेखित वन्यजन्तु बाहेक जुनसुकै वन्यजन्तुको शिकार गर्न वा कुनै कीट, किटाणु, माछा वा कुनै प्राकृतिक उपज जम्मा गर्न तोकिएको शर्तहरु पालन गर्ने गरी इजाजतपत्र दिन सक्नेछ ।

१५क. वन्यजन्तुको अध्ययन अनुसन्धान, प्रजनन तथा पालन गर्न सक्ने

(१) वन्यजन्तुको संरक्षण, प्रवद्र्धन र दिगो उपयोगमा सघाउ पु¥याउने उद्देश्यले वन्यजन्तुको अध्ययन, अनुसन्धान वा व्यवसायिक रुपमा प्रजनन् तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिम अनुमति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम वन्यजन्तुको प्रजनन् तथा पालनको लागि आवश्यक पर्ने बिउ प्राणी (सिड एनिमल) तोकिए बमोजिम उपलव्ध गराउन सकिनेछ ।
(३) उपदफा (१) बमोजिम अनुमति प्राप्त गरी व्यावसायिक रुपमा उत्पादन गरिएका वन्यजन्तु वा तीनका अ· वा अ·बाट तयार गरिएको वस्तु तोकिए बमोजिम उपयोग, बिक्री, वितरण वा निकासी गर्न सकिनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि तोकिए बमोजिमका वन्यजन्तुलाई तोकिए बमोजिमको अवस्थामा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न वा कुनै मुलुकमा निकासी गर्न वा कुनै मुलुकबाट पैठारी गर्न पाइने छैन ।

१५ख. अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्न सकिने –

(१) वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शन गर्ने ख्यातिप्राप्त स्वदेशी वा विदेशी संघ, संस्थाले अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको प्रयोजनको लागि कुनै वन्यजन्तु माग गरी नेपालको राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र तथा वन्यजन्तुको संरक्षण, सम्बद्र्धन र विकासको लागि सहयोग पुय्राउने लिखित प्रतिबद्धतासहित निवेदन पेश गरेमा नेपाल सरकारले त्यस्तो कार्यको लागि उक्त संस्थालाई वन्यजन्तु प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अध्ययन वा अनुसन्धानको लागि कुनै वन्यजन्तु प्रदान गर्दा त्यस्तो अध्ययन वा अनुसन्धानबाट प्राप्त हुने नतिजा नेपालको लागि समेत उपयोगी हुने ठानेमा नेपाल सरकारले त्यस्तो नतिजा नेपाललाई समेत उपलब्ध गराउने शर्तसहित त्यस्तो वन्यजन्तु प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम वन्यजन्तु प्रदान गर्दा लाग्ने दस्तुर, पालना गर्नुपर्ने शर्त तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१५ग. चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्न सकिने

(१) कुनै संस्था, निकाय वा स्थानीय तहले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन्, वंशाणु श्रोत संरक्षण तथा अध्ययन, अनुसन्धान गर्ने प्रयोजनका लागि तोकिए बमोजिम इजाजतपत्र प्राप्त गरी चिडियाखाना सञ्चालन गर्न सक्नेछ ।
(२)कुनै पनि व्यक्ति, संस्था वा स्थानीय तहले टुहुरा, असहाय, समस्याग्रस्त र उद्धार गरिएका वन्यजन्तुहरुको संरक्षण र व्यवस्थापनको लागि वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पताल स्थापना गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना र सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१५घ. जैविक मार्गको संरक्षण र सम्बद्र्धन

(१)नेपाल सरकारले आवश्यक देखेमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र भन्दा बाहिरको कुनै क्षेत्रलाई जैविक मार्ग घोषणा गरीसम्बन्धित उपभोक्ता समितिसँग परामर्श गरीसोको संरक्षण र सम्बद्र्धनको व्यवस्था गर्न सक्नेछ ।
(२) जैविक मार्गकोे संरक्षण र सम्बद्र्धन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१५ङ. विदेशी मुलुकलाई वन्यजन्तु उपलव्ध गराउन सकिने

(१) कुनै पनि विदेशी मुलुकको सरकारले तोकिएको शर्तको अधीनमा रही नेपालमा रहेको वन्यजन्तु माग गरेमारनेपाल सरकारले संरक्षण र व्यवस्थापनका दृष्टिकोणले उपयुक्त ठानेमा तोकिए बमोजिमको प्रक्रिया पुरा गरी त्यस्ता वन्यजन्तु उपलब्ध गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम वन्यजन्तु उपलब्ध गराएको वार्षिक विवरण वन तथा भू–संरक्षण मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सङ्घीय संसदको सम्बन्धित समिति समक्ष पेश गर्नु पर्नेछ ।

१६. राष्ट्रिय निकुञ्ज वा आरक्षको व्यवस्थापन

राष्ट्रिय निकुञ्ज वा आरक्षको उपयुक्त व्यवस्थाको लागि आवश्यक भएमा तोकिएको अधिकारीले राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र शिकार गर्न, कुनै प्राकृतिक उपज हटाउन वा अन्य यस्तै आवश्यक कामहरु गर्न सक्नेछ ।

१६क. वनपैदावार तथा अन्य सेवा उपलब्ध गराउन सकिने

राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र तोकिएको अधिकारीले तोकिए बमोजिमको दस्तुर लिई तोकिएको वन पैदावार वा अन्य सेवा उपलब्ध गराउन सक्नेछ ।

१६ख. संरक्षण क्षेत्रको व्यवस्थापन

दफा ३ को उपदफा (१) बमोजिम घोषणा गरिएको कुनै संरक्षण क्षेत्रको व्यवस्थापन गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो सूचनामा तोकिएको अवधिसम्मको लागि प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य लिई स्थापना भएको संस्थालाई सुम्पन सक्नेछ ।

१६ग. उपभोक्ता समिति

(१) राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र ढलेको रुख, सुकेको काठ, दाउरा र घा“सको व्यवस्थापन गर्न सम्बन्धित संरक्षकले स्थानीय निकायस“ग समन्वय गरी उपभोक्ता समिति गठन गर्न सक्नेछ ।
(२) उपद˚ा (१) मा लेखिएदेखि बाहेक उपभोक्ता समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

१७. आखेटोपहार अनुज्ञापत्र दिने अधिकारी समक्ष पेश गर्नु पर्ने-

(१) आफूले पाएको अनुज्ञापत्र बमोजिम आखेटोपहार प्राप्त गर्ने व्यक्तिले त्यस्तो आखेटोपहार प्राप्त गरेको समयले बाटाको म्याद बाहेक चौबीस घण्टाभित्र अनुज्ञापत्र दिने अधिकारी वा निजले तोकेको अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आफू समक्ष पेश गरिएको आखेटोपहार अनुज्ञापत्र बमोजिम नै प्राप्त गरिएको हो भन्ने लागेमा अनुज्ञापत्र दिने अधिकारीले त्यसको लगत राखी तोकिए बमोजिमको निस्सा सहित त्यस्ता वन्यजन्तुको सम्पूर्ण शरीर वा अ· पेश गर्ने व्यक्तिलाई नै फिर्ता बुझाई दिनु पर्छ ।
तर शिकार गरिएको वन्यजन्तुको सम्पूर्ण शरीर वा अ· नेपाल सरकार लाग्ने शर्तमा अनुज्ञापत्र दिइएको रहेछ भने सोही शर्त बमोजिम हुनेछ ।

१८. निस्सा नभई आखेटोपहार राख्न नपाइने

१) यो ऐन लागू हुनुभन्दा अगावै आखेटोपहार प्राप्त गरेको व्यक्तिले तोकिएको म्यादभित्र त्यस्तो आखेटोपहार तोकिएको अधिकारी समक्ष पेश गरी तोकिए बमोजिमको निस्सा लिई राख्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम वा दफा १७ को उपदफा (२) बमोजिम निस्सा प्राप्त नगरी राखिएको आखेटोपहार नेपाल सरकारले जफत गर्न सक्नेछ ।

२०. आखेटोपहार निकासी वा पैठारी गर्न सिफारिस लिनु पर्ने

प्रचलित नेपाल कानून बमोजिम कुनै आखेटोपहार नेपाल ……… बाट विदेशमा निकासी गर्न वा विदेशबाट नेपाल ………. भित्र पैठारी गर्न चाहने व्यक्तिले “नेपाल सरकार वा प्रदेश सरकारको,वन तथा भू–संरक्षण मन्त्रालयको लिखित सिफारिस लिनु पर्नेछ ।

२०क. आखेटोपहार प्रयोग गर्न दिन वा नष्ट गर्न सकिने

(१) प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट सड्ढलन गरिएको वा प्रचलित कानून बमोजिम जफत गरिएको आखेटोपहार नेपाल सरकारले शैक्षिक वा अनुसन्धान संस्थालाई शैक्षिक वा अनुसन्धान प्रयोजनको लागि प्रयोग गर्न दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सड्ढलन वा जफत गरिएको आखेटोपहार प्राकृतिक विज्ञान सङ्ग्रहालयमा प्रदर्शनीको लागि राख्न सकिनेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि संरक्षण गर्न उपयोगी र आवश्यक नदेखिएको आखेटोपहार नेपाल सरकारले नष्ट गर्न सक्नेछ ।
(४) यस दफा बमोजिम आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२१. आत्म सुरक्षाको लागि आवश्यक काम गर्न सकिने

(१) आफ्नो वा अरु कुनै व्यक्ति वा घरपालुवा जनावरको बचावटको लागि कुनै वन्यजन्तुको वास्तविक र तत्काल आक्रमणका विरुद्ध अन्य कुनै विकल्प नभएमा हातहतियार प्रयोग गर्न वा अन्य कुनै उपाय गर्न सकिनेछ र त्यस्तो गर्दा कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा यस ऐन बमोजिम कसूर गरिएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा बाटोका म्याद बाहेक सो भए गरेको चौबीस घण्टाभित्र तोकिएको अधिकारी समक्ष सो कुराको सूचना दिनु पर्छ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु विपरीत काम गरिरहेको व्यक्तिको हकमा उपदफा (१) बमोजिमको सुविधा प्राप्त हुने छैन ।

२२. सिमाना चिन्हहरु बिगार्न नपाइने

कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सिमाना, बार, पर्खाल, चिन्हपट वा सूचनाहरु नष्ट गर्न, बिगार्न, कुरुप पार्न, हटाउन वा अन्यथा बाधा अड्चन गर्न हु“दैन ।

२३. निरीक्षण तथा खानतलासीको अधिकार

यो ऐन बिरुद्ध कसैले कुनै काम गरेको भन्ने विश्वास हुने मनासिब कारण भएमा निजले गरेको त्यस्तो कामको सबुत बुझ्नको निमित्त वा निजको गिरफ्तारीको निमित्त आवश्यक भएमा तोकिएको अधिकारीले तोकिएको अधिकारीबाट वारेण्ट प्राप्त गरी जुनसुकै समय त्यस्ता व्यक्तिको घर, जग्गा, जमिन र सबै प्रकारको सवारीमा प्रवेश गर्न र खानतलासी गर्न सक्नेछ ।
तर कुनै घर जग्गा, जमिन वा सवारीमा प्रवेश गरी खानतलासी गर्न पाउने वा कुनै कसूरदारलाई गिरÇतार गर्न पाउने वारेण्ट प्राप्त गर्न केही समय लाग्ने भई सो समयभित्र कसूरदार भागी जाने वा कसूरको सबुत गायव गरिने सम्भावना देखिएमा त्यस कुराको लिखित अभिलेख खडा गरी तोकिएको अधिकारीले पनि त्यस्तो घर, जग्गा, जमिन वा सवारीमा प्रवेश गर्न र खानतलासी गर्न सक्छ ।
स्पष्टीकरण – यस दफा अन्तर्गत बिना वारेण्ट प्रवेश र खानतलासी गर्दा दफा ३० मा तोकिएको दर्जा भन्दा मुनिको दर्जाको अधिकारीले गर्न पाउने छैन । साथै त्यसरी बिना वारेण्ट प्रवेश वा खानतलासी गर्दा कसूरदारको गिरफ्तारी वा सबुत बरामद नभएको अवस्थामा प्रवेश वा खानतलासी गर्ने अधिकारीले प्रवेश वा खानतलासीसित सम्बन्धित व्यक्तिलाई प्रवेश वा खानतलासी गरेको कुराको प्रमाणपत्र दिनु पर्छ र त्यसरी प्रवेश वा खानतलासी गर्नु पर्ने कारण समेत खोली सो भए गरेको मितिले पन्ध्र दिनभित्र तोकिएको अधिकारीलाई लिखित सूचना समेत दिनु पर्छ ।

२४क. म्याद थप सम्बन्धी व्यवस्था

(१) यस ऐन बमोजिम गिरतार गरिएको व्यक्तिलाई बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र कानूनी कारबाहीको निमित्त मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनु पर्नेछ ।
(२) उपदफा (¬१) बमोजिम गिरतार गरिएको व्यक्तिको सम्बन्धमा चौबीस घण्टाभित्र तहकिकात पूरा नहुने भई निजलाई थुनामा राखी तहकिकात जारी राख्नु पर्ने देखिएमा तहकिकात गर्ने कर्मचारीले निजलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर मात्र थुनामा राख्नु पर्नेछ । सो बमोजिम अनुमति माग्दा थुनामा परेको व्यक्ति उपरको अभियोग, त्यसको आधार, निजलाई थुनामै राखी तहकिकात गर्नु पर्ने कारण र निजको बयान कागज भै सकेको भए बयान कागजको व्यहोरा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमति मागेमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरु हेरी तहकिकात सन्तोषजनक रुपमा भए वा नभएको विचार गरी सन्तोषजनक रुपमा तहकिकात भैरहेको देखिएमा एकैपटक वा पटक पटक गरी बढीमा पैँतालीस दिनसम्म थुनामा राख्ने अनुमति दिन सक्नेछ ।

२५क.स्थानीय विकासको लागि खर्च गर्न सकिने

राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रले गरेको आम्दानीको रकम मध्ये तीस देखि पचास प्रतिशतसम्म रकम स्थानीय निकायस“ग समन्वय गरी स्थानीय जनताको सामुदायिक विकासको लागि खर्च गर्न सकिनेछ ।

२६.दण्ड सजाय

(१) गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वा“से चितुवा, हिउ“ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउ“ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्र्नेे व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्मजरिबाना वा पा“च वर्ष देखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
(१क) राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा संरक्षण क्षेत्रलाई कुनै किसिमले अतिक्रमण वा कब्जा गर्ने वा बिक्री गर्ने वा सोको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पु¥याउने व्यक्तिलाई दश वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(२) उपदफा (१) मा लेखिएका वन्यजन्तु बाहेक अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा एक वर्ष देखि दश वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(३) राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई पंक्षी र माछा बाहेक अन्य वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएमा बीस हजार रुपैँयादेखि पचास हजार रुपैँयासम्म जरिवाना वा छ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(४) संरक्षित पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा तीन महिना देखि नौ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(५) राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पंक्षी बाहेक अन्य पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा बीस हजार रुपैयाँ देखि पचास हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(५क) दफा ५ को उपदफा (१) को खण्ड (ख) अन्तर्गतको कसूर गर्नेलाई बीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए सो बापत हुने सजाय समेत हुनेछ ।
(५ख) दफा ५ को खण्ड (ङ), (च) वा (छ) अन्तर्गतको कसूर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछ ः–
(क) एक हजार रुपैयाँसम्मको विगो भए विगो बमोजिमजरिबाना,
(ख) एक हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्मको विगो भए विगो बमोजिम जरिबाना वा छ महिनासम्म कैद वा दुवै,
(ग) दश हजार रुपैयाँ भन्दा बढीको विगो भए विगोको दोव्बर जरिबाना वा एक वर्षसम्म कैद वा दुवै ।
(५ग) कसैले यस ऐन अन्तर्गत इजाजत प्राप्त नगरी वन्यजन्तु पालन वा प्रजनन् गरे गराएमा वा चिडियाखाना सञ्चालन गरेमा छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(५घ) कसैले यस ऐन अनुसार कसूर हुने कुनै अपराधको उद्योग गरेमा त्यस्तो उद्योग गर्नेलाई संरक्षित वन्यजन्तु सम्बन्धी अपराधको उद्योग भए कसूरदारलाई भए सरह र अन्य वन्यजन्तु सम्बन्धी अपराधको उद्योग भए कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(६) उपदफा (१), (२), (३), (४) र (५), (५क), (५ख) र (५ग) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरित कसूर गर्ने व्यक्तिलाई बिगो कायम भएकोमा बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद र बिगो कायम नभएको कसूरमा कसूरको मात्रा हेरी बीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ

२७.मतियारलाई सजाय हुनेः

यो ऐन अन्तर्गत कसूर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानी जानी मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसूरदारलाई हुने सजायको आधी सजाय हुनेछ ।तर गैंडा, बाघ, कस्तुरी मृगर हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजाय सरह नै सजाय हुनेछ ।

२८.जफत गर्ने अधिकारः

यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुको उल्लङ्घन गर्ने कसूरदार दोषी ठहरिएमा मुद्दा हेर्ने अधिकारीले अपराधसित सम्बन्धित आखेटोपहार, हातहतियार, सवारीको साधन र अन्य वस्तुहरु ज ̊त गर्न सक्नेछ ।तर बरामद भएको शिकारी कुकुरलाई मुद्दा किनारा नहुदै मुद्दा हेर्ने अधिकारीको आदेशले मार्न सकिनेछ

३०. मुद्दाको तहकिकात र दायरी

(१) यस ऐन अन्तर्गतको कसूरको तहकिकात रेञ्जर वा वन र वन्यजन्तु व्यवस्थासित सम्बन्धित सुवेदार दर्जासम्मका कर्मचारी वा कम्तीमा राजपत्रअनड्ढित प्रथम श्रेणीका कर्मचारीले वा प्रहरीमा कम्तीमा नायव निरीक्षक दर्जासम्मको कर्मचारीले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि राष्ट्रिय निकुञ्ज कार्यालय वा आरक्ष कार्यालय वा वन्यजन्तु संरक्षण कार्यालय वा वन कार्यालय वा वन सम्बन्धी कार्य गर्ने अन्य कार्यालयको नामबाट मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपद˚ा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा सम्बन्धित अधिकृतले सरकारी वकीलसित राय सल्लाह लिन सक्नेछ ।

२५.पुरस्कार दिने

(१) गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वा“से चितुवा, हिउ“ चितुवा वा गौरीगाई मार्ने वा घाइते पार्ने व्यक्तिको सुराक लगाई पक्राउ गराई दिने व्यक्तिलाई पचास हजार रुपैया“सम्म र उपरोक्त वन्यजन्तु बाहेक अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते पार्ने व्यक्तिको सुराक लगाई पक्राउ गराई दिने व्यक्तिलाई पच्चीस हजार रुपैया“सम्म नगद पुरस्कार दिन सकिनेछ ।
(२) गैरकानूनी तरिकाले कुनै आखेटोपहार राख्ने व्यक्तिको सुराक लगाई पक्राउ गराई दिने वा त्यस्तो व्यक्तिलाई पक्रने व्यक्तिलाई सो आखेटोपहार बरामद भई लिलाम बिक्री गरिएकोमा लिलाम बिक्रीबाट आएको मूल्यको पचास प्रतिशत वा वन्यजन्तु संरक्षणको दृष्टिकोणले आखेटोपहार लिलाम बिक्री गर्न नहुने भएमा त्यस्तो आखेटोपहारको अवस्था, महत्व र परिमाण विचार गरी दश हजार रुपैया“सम्म पुरस्कार दिन सकिनेछ ।
(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक यस ऐन अन्तर्गत कसूर गरेको सुराक लगाई अभियुक्त पक्राउ गराई दिने व्यक्तिलाई एक हजार रुपैया“सम्म पुरस्कार दिन सकिनेछ ।

३१. मुद्दा हेर्ने अधिकारी

(१) यस ऐनको दफा २६ को उपदफा (१), (१क) र (२) अन्तर्गत कसूर हुने मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस ऐन अन्तर्गतको अन्य मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार तोकिएको अधिकारीलाई हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम जिल्ला अदालत र तोकिएको अधिकारीले यस ऐन अन्तर्गतका मुद्दाको कारबाही र किनारा गर्दा विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम भएको निर्णय उपर पैँतीस दिनभित्र पुनरावेदन दिन
सकिनेछ र तोकिएको अधिकारीले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।

३२.अनुसूचीमा संशोधन गर्ने नेपाल सरकारको अधिकारः

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस ऐनको अनुसूचीमा संशोधन गर्न सक्नेछ ।