Skip to contentSkip to left sidebar Skip to footer

पशु वधशाला र मासु जाँच ऐन, २०५५

पशु वधशाला र मासु जाँच ऐन, २०५५

लालमोहर र प्रकाशन मिति

२०५५।१२।८

संशोधन गर्ने ऐन                                                                                                    प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६                         २०६६।१०।७

२. केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२                                                                        २०७२।११।१३

३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५            २०७५।११।१९

२०५५ सालको ऐन नं. २६

पशु वधशाला र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा
मिसावट रोक्न र मासुमा हुने स्वस्थता तथा मासुको स्वाभाविक गुण विग्रन नदिई उपयुक्त स्तर कायम
राख्नको लागि पशु वधशाला स्थापना गर्ने र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो
ऐन बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “पशु वधशाला र मासु जाँच ऐन, २०५५” रहेको
छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा
तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “पशु” भन्नाले गाई, गोरु, साँढे बाहेक भाले जातको खसी तुल्याइएको वा
नतुल्याइएको बोका, भेडा, च्याङ्ग्रा, सुंगुर, बंगुर, बँदेल, राँगो, खरायो वा मासुको
लागि योग्य देखिएको भैंसी, बाख्रा, पोथी जातको भेंडा, च्याङ्ग्रा, सुंगुर, बंगुर बँदेल वा खरायो सम्झनु पर्छ र सो शब्दले भाले वा पोथी जातको कुखुरा, हाँस,
परेवा वा मासुको प्रयोजनको लागि पालिएको अन्य पशुपंक्षी समेत सम्झनु पर्छ ।
(ख) “मासु” भन्नाले मानिसले खान योग्य पशुको मासु सम्झनु पर्छ ।
(ग) “मासु निरीक्षक” भन्नाले दफा ६ बमोजिम नियुक्ति गरिएको वा तोकिएको मासु
निरीक्षक सम्झनु पर्छ ।
(घ) “मासु सुपरीवेक्षक” भन्नाले दफा ७ बमोजिम तोकिएको मासु सुपरीवेक्षक
सम्झनु पर्छ ।
(ङ) “पशु वधशाला” भन्नाले मासुको निमित्त पशु वध गर्न बनाइएको घर वा ठाउँ
सम्झनु पर्छ ।
(ज) “मासु बिक्रेता” भन्नाले व्यवसायिक रुपमा मासु बिक्री गर्ने व्यक्ति सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. इजाजतपत्र नलिई पशु वधशाला स्थापना गर्न वा मासु बिक्री गर्न नपाइने

यस ऐन बमोजिम
इजाजतपत्र नलिई कसैले पनि पशु वधशाला स्थापना गर्न वा मासु विक्रेताको काम गर्न पाउने
छैन ।

४. पशु वधशालाको स्थापना

(१) नेपाल सरकार वा प्रदेश सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल को कुनै पनि क्षेत्रमा पशु वधशाला स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर सरकारी क्षेत्रमा समेत पशु वधशाला स्थापना गर्न नेपाल सरकार वा प्रदेश सरकारले तोकिए बमोजिम इजाजत दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम पशु वधशाला स्थापना र संचालन गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड तोकिए बमोजिम हुनेछ ।

५. इजाजतपत्र

(१) पशु वधशाला स्थापना गर्न वा मासु बिक्रेताको काम गर्न चाहने व्यक्ति वा
संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दरखास्त पर्न आएमा तोकिएको अधिकारीले त्यस्तो
दरखास्तको सम्बन्धमा आवश्यक जाँचबुझ गरी तोकिए बमोजिम दस्तुर लिई दरखास्तवालालाई पशु वधशाला स्थापना गर्न वा मासु बिक्रेताको काम गर्न तोकिए बमोजिमको ढाँचामा
इजाजतपत्र दिनेछ ।
(३) मासु बिक्रेताले पालन गर्नु पर्ने शर्तहरु तोकिए बमोजिम हुनेछ ।

६. मासु निरीक्षकको नियुक्ति

(१) नेपाल सरकार वा प्रदेश सरकारले पशु र मासु जाँच गर्नको लागि पशु चिकित्सा
विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरेको व्यक्तिलाई मासु निरीक्षकको पदमा नियुक्ति गर्न
वा तोक्न सक्नेछ ।
(२) यस ऐनमा लेखिएका काम, कर्तव्य तथा अधिकारको अतिरिक्त मासु निरीक्षकको अन्य
काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

७. मासु सुपरीवेक्षक तोक्न सक्ने

(१) पशु वधशाला व्यवस्थापन र मासु निरीक्षकको काममा सुपरीवेक्षण गर्नको लागि पशु चिकित्सा विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरेको कुनै कर्मचारीलाई प्रदेश सरकार वा स्थानीय तहले मासु सुपरीवेक्षक तोक्न सक्नेछ ।
(२) ……………………………………..
(३) मासु सुपरीवेक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

८. पशु वध गर्नु अघि जँचाउनु पर्ने

(१) कुनै पशु वध गर्नुभन्दा अघि पशु वधशाला स्थापना भएको
क्षेत्रमा पशु वधशालामा र पशु वधशाला स्थापना नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको
स्थानमा त्यस्तो पशु जँचाउनु पर्नेछ । पशु जाँच गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम जाँच गरिएको पशु वध गर्न उपयुक्त देखिएमा मासु
निरीक्षकले चिन्ह समेत अंकित गरी त्यस्तो पशु वध गर्ने अनुमति दिनेछ ।
(३) उपदफा (१) बमोजिम जाँच गरिएको पशु रोगी देखिएमा त्यस्तो पशु वध गर्न मासु
निरीक्षकले रोक लगाउन सक्नेछ ।

९. पशु वधशालामा पशु वध गर्नु पर्ने

(१) दफा ८ बमोजिम वध गर्न उपयुक्त देखिएको पशुलाई
पशु वधशालामा वध गर्नु पर्नेछ ।
तर प्रचलित कानून बमोजिम निषेध गरिएका दिनमा पशु वध गर्न पाइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पशु वधशाला स्थापना नभएको
क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको समय र स्थानमा त्यस्तो पशु वध गर्नु पर्नेछ ।

१०. वध गरिएको पशुको मासु जाँच गर्नु पर्ने

(१) दफा ९ बमोजिम वध गरिएको पशुको मासु
मासु निरीक्षकले तोकिए बमोजिम जाँच गर्नु पर्नेछ ।
धधध। बिधअयmmष्ककष्यल।नयख।लउ
( द्ध (
(२) मासु निरीक्षकले उपदफा (१) बमोजिम वध गरिएको पशुको मासु जाँच गर्दा त्यस्तो
मासुमा केही खराबी वा रोग भएको पाइएमा त्यस्तो मासु आंशिक वा पूर्णरुपमा बिक्री वितरणको
लागि निषेध गर्न सक्नेछ ।
(३) यस दफाको प्रयोजनको लागि नेपाल सरकारले मासु जाँच गर्ने प्रयोगशाला तोक्न
सक्नेछ ।

११. मासु बिक्री गर्ने नपाइनेः

(१) दफा २ को खण्ड (क) मा उल्लिखित पशु बाहेक अन्य पशुको
मासु बिक्री गर्न पाइने छैन ।
(२) रोग लागि वा नलागी कालगतिले मरेको पशुको मासु बिक्री गर्न पाइने छैन ।
(३) छाला सहितको मासु बिक्री गर्न पाइने छैन ।
तर पंक्षी, सुंगुर, बंगुर वा बँदेलको मासु र पशुको जात चिनाउन आवश्यक पर्ने जति
हिस्साको मासु वा पशुको टाउको वा खुट्टा छाला सहित बिक्री गर्न यस दफाले बाधा पु¥याएको
मानिने छैन ।

१२. मासुमा छाप वा चिह्न लगाउनु पर्नेः

(१) मासु निरीक्षकले पशुको मासु जाँच गरी मासु बिक्री
गर्न अनुमति दिंदा त्यस्तो मासुमा तोकिए बमोजिमको छाप वा चिह्न स्पष्ट देखिने गरी लगाउनु
पर्नेछ ।
(२) मासु बिक्रेताले उपदफा (१) बमोजिम छाप वा चिह्न नलगाएको मासु बिक्री गर्न
पाउने छैन ।

१३. मिसावट गरी मासु बिक्री गर्न नहुने

(१) एक जातको पशुको मासुलाई अर्को जातको पशुको
मासु हो भनी वा एक जातको पशुको मासु र अर्को जातको पशुको मासु मिसावट गरी बिक्री
गर्न पाइने छैन ।
(२) मासुको स्वाभाविक गुण वा स्वाद परिवर्तन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ
मासुमा मिसाई बिक्री गर्न पाइने छैन ।

१५. प्रवेश गर्न सक्ने

मासु निरीक्षक वा मासु सुपरीवेक्षकले जुनसुकै बेला पशु वधशाला वा मासु
बिक्री गरिने स्थानमा प्रवेश गरी पशु वा मासु जाँच गर्न वा मासुको नमूना लिन सक्नेछ । सो
कार्यमा सहयोग पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

१६. बाधा नहुने

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परम्परादेखि चलिआएको
चाडपर्व, धार्मिक पूजाआजा, कुनै भोज भतेर वा धार्मिक उत्सव जस्ता कार्यको सिलसिलामा पशु
वधशाला बाहेकका स्थानमा पशु वध गर्न र छाला सहितको मासु उपभोग गर्न बाधा पु¥याएको
मानिने छैन ।

१७. दण्ड सजाय

(१) दफा ८ को उपदफा (१) वा (३), दफा ९, दफा १० को उपदफा (२), दफा
११ को उपदफा (३) वा दफा १२ को उपदफा (२) उल्लंघन गर्ने व्यक्तिलाई पहिलो पटक भए
पाँचहजार रुपैयाँसम्म र दोस्रो पटकदेखि पटकै पिच्छे दशहजार रुपैयाँसम्म जरिवाना वा एक
महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) दफा ३, दफा ११ को उपदफा (१) वा (२) वा दफा १३ उल्लंघन गर्ने व्यक्तिलाई
पहिलो पटक भए दशहजार रुपैयाँसम्म र दोश्रो पटकदेखि पटकै पिच्छे बीसहजार रुपैयाँसम्म
जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

१८. अधिकार प्रत्यायोजन

यस ऐन बमोजिम नेपाल सरकार वा प्रदेश सरकारलाई प्राप्त अधिकार मध्ये केही अधिकार आवश्यकता अनुसार कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।

२०. मुद्दाको तहकिकात र दायरी

(१) यस ऐन अन्तर्गतको कसूरको तहकिकात नेपाल सरकारले नियुक्त गरेको मासु निरीक्षकले गर्नेछ र तहकिकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा मुद्दाको तहकिकात गर्ने कर्मचारीले सरकारी वकिलसित राय सल्लाह लिन सक्नेछ ।

२१. मुद्दा हेर्ने अधिकारी

यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्नेछ र
प्रमुख जिल्ला अधिकारीको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले जिल्ला अदालतमा पुनरावेदन गर्न
सक्नेछ ।