Skip to contentSkip to left sidebar Skip to footer

नेपाल ट्रष्ट ऐन, २०६४

प्रस्तावना

राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

 व्यवस्थापिकासंसदले यो ऐन बनाएको छ ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “ट्रष्ट” भन्नाले दफा ३ बमोजिम स्थापित नेपाल ट्रष्ट सम्झनु पर्छ ।
(ख) “ट्रष्टको सम्पत्ति” भन्नाले दफा ४ बमोजिमको सम्पत्ति सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको ट्रष्ट सञ्चालक समिति (बोर्ड अफ ट्रष्टीज्) सम्झनु पर्छ ।
(घ) “सम्पत्ति” भन्नाले चल वा अचल, मूर्त वा अमूर्त, भौतिक वा अभौतिक सम्पत्ति सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. ट्रष्टको स्थापना

(१) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको नाममा रहेको सम्पत्ति यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा  प्रयोग गर्न नेपाल ट्रष्ट नामको एक ट्रष्ट स्थापना हुनेछ  ।

स्पष्टीकरण ः  यस ऐनको प्रयोजनका लागि परिवारभन्नाले राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा दीपेन्द्र शाह र कान्छा छोरा निराजन शाहलाई सम्झनु पर्छ ।

(२) ट्रष्ट एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था हुनेछ । 

(३) ट्रष्टले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न भोगचलन गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न सक्नेछ । 

(४) ट्रष्टले व्यक्ति सरह नालिस उजुर गर्न सक्नेछ र ट्रष्टउपर पनि सोही नामबाट नालिस उजुर गर्न सकिनेछ । 

(५) ट्रष्टले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ । 

(६) ट्रष्टको काम कारबाहीका लागि छुट्टै छाप हुनेछ र त्यस्तो छाप समितिले निर्धारण गरे बमोजिम हुनेछ । 

४. ट्रष्टको सम्पत्ति

(१) नेपाल सरकारले राष्ट्रियकरण गरी छुट्टेै व्यवस्था गरेकोमा बाहेक ट्रष्टमा देहायको सम्पत्ति रहनेछ ः

(क)  राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रष्ट अन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेको सम्पत्ति,

(ख)  खण्ड (क) बमोजिमको सम्पत्तिबाट बढे बढाएको वा त्यस्तो सम्पत्ति बापत यो ऐन प्रारम्भ हुनुभन्दा अघि प्राप्त भएको वा यो ऐन प्रारम्भ भएपछि प्राप्त हुने सम्पत्ति,

(ग)  राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुन सक्ने वा निजहरुको हक पुगेको वा पुग्न सक्ने वा निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति,

(घ)  खण्ड (क), (ख) वा (ग) मा लेखिए बाहेक राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई यो ऐन प्रारम्भ भएपछि प्राप्त हुन सक्ने अन्य कुनै सम्पत्ति,

(ङ)  नेपाल सरकारले समयसमयमा उपलब्ध गराएको अन्य सम्पत्ति,  

(च)  विदेशी सरकार वा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थाबाट प्राप्त सम्पत्ति ।

(२) उपदफा (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको सम्पत्ति यो ऐन प्रारम्भ हुँदाका बखत स्वदेश वा विदेश जहाँ जे जस्तो अवस्थामा जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहेको भए

तापनि यो ऐन प्रारम्भ भएपछि त्यस्तो सम्पत्ति स्वतः ट्रष्टको नाममा हस्तान्तरण भएको वा त्यस्तो सम्पत्तिमा स्वतः ट्रष्टको हक कायम भएको  मानिनेछ ।

(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दावी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुताली सम्बन्धी कानून बमोजिम कसैको हक वा दावी सिर्जना हुने छैन ।

(४) यस दफा बमोजिम ट्रष्टको नाममा हक कायम भएको वा हुन आउने सम्पत्ति नामसारी गरिदिन ट्रष्टबाट लेखी आएमा सम्पत्ति नामसारी दाखेल खारेज गर्ने अधिकारीले त्यस्तो सम्पत्ति जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहे भएको भए तापनि ट्रष्टको नाममा नामसारी गरिदिनु पर्नेछ ।

(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिमको सम्पत्ति नामसारी दाखेल खारेज गर्दा कुनै दस्तुर लाग्ने छैन ।

५. ट्रष्टको सम्पत्तिको प्रयोग

 

(१) ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा  प्रयोग हुनेछ । 

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी ट्रष्टको सम्पत्ति देहायको कार्यमा प्रयोग गर्न सकिनेछ

(क) विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न,

“(क१)      राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न।”

(ख) अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनका चिकित्सालय खडा गरी तोकिए बमोजिम सञ्चालन गर्न ।

(३) ट्रष्टको सम्पत्तिको सम्वद्र्धन, संरक्षण र यसको आय आर्जनका लागि समितिले तोकिए बमोजिमको कार्यक्रम सञ्चालन गर्नेछ ।

“(३क) उपदफा (३) बमोजिम कार्यक्रम सञ्चालन गर्दा समितिले ट्रष्टको सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई ट्रष्टको सिफारिसमा नेपाल सरकारले तोकेको अवधिको लागि लिजमा दिन सक्नेछ।

(३ख) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानी सहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनु अगावै समेत आवश्यकता अनुसार ट्रष्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ।

तर त्यसरी थप गरिने लिज अवधि शुरु लिज अवधि भन्दा बढी हुने छैन।”

 

(४) समितिले यस दफा बमोजिम कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारको योजना तथा नीति प्रतिकूल नहुने गरी सम्बन्धित मन्त्रालय वा निकायसँग निकटतम समन्वय कायम राख्नु पर्नेछ ।

७. समिति

(१) ट्रष्टको सम्पत्ति व्यवस्थापन र संरक्षण गरी ट्रष्ट सञ्चालन गर्न देहाय बमोजिमको ट्रष्ट सञ्चालक समिति रहनेछ –

“(१) ट्रष्टको सम्पत्ति व्यवस्थापन र संरक्षण गरी ट्रष्ट सञ्चालन गर्न देहाय बमोजिमको ट्रष्ट सञ्चालक समिति रहनेछः-

(क)   प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री-अध्यक्ष

(ख)   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्बन्धित क्षेत्र हेर्न    सचिव                                         -सदस्य

(ग)   कार्यकारी सचिव,  नेपाल ट्रष्टको कार्यालय    -सदस्य

(घ)   नेपाल सरकारले नियुक्त गरेका वा तोकेका एक जना महिला सहित तीन जना व्यक्ति                                     -सदस्य

(ङ)   नेपाल  ट्रष्टको  कार्यालयको सहसचिव –  सदस्य-सचिव”

(ख)   उपदफा (२) मा रहेको “नागरिक” भन्ने शब्द पछि “उपदफा (१) को खण्ड (घ) बमोजिम”  भन्ने शब्दहरु थपिएका छन्।

(ग)   उपदफा (३) को शुरुमा “उपदफा (१) को खण्ड (घ) बमोजिमको” भन्ने शब्दहरु थपिएका  छन्।

(घ)   उपदफा (४) मा रहेका “उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने शब्दहरू पछि “उपदफा (१) को खण्ड (घ) बमोजिमको” भन्ने शब्दहरु थपिएका छन्।

८. समितिको बैठक

 (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ । 

(२) समितिको बैठक अध्यक्षको निर्देशनमा समितिको सदस्यसचिवले बोलाउनेछ ।

(३) समितिका तत्काल कायम रहेका कुल सदस्यहरुमध्ये पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । 

(४) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ ।

(५) समितिको बैठकमा सामान्यतया सर्वसम्मतिबाट निर्णय लिइनेछ र सर्वसम्मतिबाट निर्णय कायम हुन नसकेमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(६) समितिको बैठकको निर्णय सदस्यसचिवले प्रमाणित गर्नेछ । 

 (७) समितिले गरेको प्रत्येक निर्णयको जानकारी संरक्षकलाई गराउनु पर्नेछ ।

(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आपैmले निर्धारण गर्नेछ ।

९. समितिको काम, कर्तव्य र अधिकार

(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः– (क) ट्रष्टको सम्पत्तिको समुचित व्यवस्थापन गरी यसको सम्भार र संरक्षण गर्ने,  (ख) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको दफा ४ बमोजिम ट्रष्टमा रहनु पर्ने सम्पत्तिको नेपालभित्र वा नेपालबाहिर खोजतलास गर्ने, त्यसको वास्तविक स्थिति पत्ता लगाई यथार्थ विवरण सहितको अभिलेख राख्ने, (ग) ट्रष्टको स्वामित्वमा आउनु पर्ने दफा ४ बमोजिमको सम्पत्ति ट्रष्टको नाममा नामसारी दाखेल खारेज गराई ट्रष्टको हक सुरक्षण गर्ने, (घ) ट्रष्टको सम्पत्ति दफा ५ बमोजिम राष्ट्रहितमा  प्रयोग गर्ने, (ङ) ट्रष्टको सम्पत्ति यस ऐनको उद्देश्य पूरा गर्न आय आर्जन हुने कार्यमा लगानी गर्ने,  (च) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने । (२) ट्रष्टले आवधिक योजना तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गर्नु  पर्नेछ । (३) ट्रष्टले आय आर्जन हुने व्यापारिक क्षेत्रमा लगानी गर्दा त्यसको रणनीतिक योजना तयार गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ । (४) समितिले प्रत्येक आर्थिक वर्ष शुरु भएको मितिले तीस दिनभित्र त्यस्तो आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरुको वार्षिक कार्यक्रम स्वीकृत गरी सोको विवरण सार्वजनिक   गर्नु पर्नेछ ।

१०. सम्पत्तिको अद्यावधिक विवरणको सूची तयार गर्ने

(१) समितिले ट्रष्टको सम्पत्तिको अद्यावधिक विवरणको सूची तयार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अद्यावधिक विवरणको सूची समितिले समयसमयमा प्रकाशन गर्नेछ ।

११. ट्रष्टको अचल सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता नहुने

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ट्रष्टको स्वामित्वमा रहेको अचल सम्पत्ति दफा १३ को अवस्थामा बाहेक कुनै व्यक्ति विशेष वा संस्थाका नाममा दर्ता हुन सक्ने छैन ।

(२) उपदफा (१) को प्रतिकूल हुने गरी भएको दर्ता स्वतः बदर हुनेछ ।

१३. बिक्रि वितरण गर्न र भोगाधिकार प्रदान गर्नमा प्रतिबन्ध

 (१) ट्रष्टको सम्पत्ति बिक्रि वितरण गर्न र भोगाधिकारमा प्रदान गर्न पाइने छैन ।

 (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५ को प्रयोजनका लागि ट्रष्ट सञ्चालक समितिले नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति र दफा २४ सँग सम्बन्धित समितिको सहमतिमा ट्रष्टको सम्पत्ति बिक्रि वितरण गर्न सक्नेछ । 

(३) ट्रष्टको सम्पत्ति बिक्रि वितरणबाट प्राप्त रकम ट्रष्टको प्रशासनिक खर्चमा प्रयोग गर्न पाइने

छैन ।

१४. लिलामद्वारा बिक्री नहुने

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि ट्रष्टको सम्पत्ति कसैले कुनै किसिमले धितोबन्धक राखी ऋण लिएकोमा त्यस्तो ऋण असूली नभएको कारणले ट्रष्टको सम्पत्ति लिलामद्वारा बिक्री वितरण वा जफत हुने छैन ।

तर सम्वत् २०५८ साल जेष्ठ १८ गतेभन्दा अघि नै धितोबन्धक राखिएको सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) बमोजिमको ट्रष्टको सम्पत्ति धितोबन्धक लिई ऋण दिने बैङ्क वा वित्तीय संस्थाले त्यस्तो सम्पत्तिको सट्टामा त्यसरी धितोबन्धक दिने व्यक्तिको अर्को कुनै सम्पत्तिबाट त्यस्तो ऋण असूलउपर गर्न सक्नेछ ।

१४क. पुरस्कार दिन सक्ने:

दफा ४ बमोजिम ट्रष्टको नाममा कायम हुने सम्पत्तिको विषयमा आवश्यक सबुद प्रमाण सहित जानकारी दिने व्यक्तिलाई समितिले तोकिए बमोजिम पुरस्कार दिन सक्नेछ।”

(४)  दफा २४ को उपदफा (२) मा रहेका “व्यवस्थापिका-संसदको राज्यव्यवस्था समिति” भन्ने शब्दहरुको सट्टा “सङ्घीय संसदको सम्बन्धित समिति” भन्ने शब्दहरु राखिएका छन्।

१६. कार्यकारी सचिव

 (१) ट्रष्टको दैनिक कार्य सम्पादन गरी ट्रष्टको सम्पत्तिको संरक्षण, रेखदेख गर्न निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको एक कार्यकारी सचिव रहनेछ ।

(२) कार्यकारी सचिव ट्रष्टको पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी  हुनेछ ।

(३) कार्यकारी सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

१७. ट्रष्टको कोष

(१) ट्रष्टको एक छुटै कोष हुनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन् ः

(क) ट्रष्टको सम्पत्ति वा सो सम्पत्ति बढे बढाएको सम्पत्तिबाट आर्जन वा प्राप्त हुने आय,

(ख) नेपाल सरकारबाट प्राप्त हुने रकम,

(ग) कुनै व्यक्ति वा संस्थाबाट कोषलाई प्राप्त हुने रकम ।

(३) उपदफा (१) बमोजिमको कोषको सञ्चालन कार्यकारी सचिव वा निजले तोकेको अधिकृत र कोषको लेखासँग सम्बन्धित प्रमुख अधिकृतद्वारा हुनेछ ।

१८. ट्रष्टको कर्मचारी

 (१) ट्रष्टको कार्य सम्पादन गर्न आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ । 

(२) ट्रष्टको लागि आवश्यक पर्ने विशेषज्ञ कर्मचारी समितिले तोकिए बमोजिम करारमा नियुक्ति गर्न सक्नेछ ।

१९. ट्रष्टको लेखा तथा लेखापरीक्षण

(१) ट्रष्टको लेखा नेपाल सरकारले अपनाएको ढाँचामा राखिनेछ ।

(२) ट्रष्टले तोकिए बमोजिम आन्तरिक लेखापरीक्षण र आन्तरिक नियन्त्रणको व्यवस्था गर्नेछ । 

(३) ट्रष्टको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ । 

(४) समितिले प्रत्येक वर्ष ट्रष्टको लेखाको लेखापरीक्षण गराई सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्नु पर्नेछ ।

२१. पारिश्रमिक तथा अन्य सुविधा

 समितिका सदस्यहरुले पाउने पारिश्रमिक तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ । त्यसरी नतोकिएसम्म समितिको सदस्यले पाउने पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।

२२. ट्रष्टको प्रशासनिक खर्च

(१) ट्रष्टको प्रशासनिक खर्चको लागि आवश्यक रकम नेपाल सरकारले वार्षिक बजेट मार्पmत अनुदानको रुपमा एकमुष्ट उपलब्ध गराउनेछ । 

(२) उपदफा (१) बमोजिमको रकमबाट ट्रष्टको प्रशासनिक खर्च नपुग हुने देखिएमा समितिले नेपाल सरकारको पूर्वस्वीकृति लिई ट्रष्टको मूल सम्पत्तिबाट बढे बढाएको रकमबाट त्यस्तो नपुग प्रशासनिक खर्च व्यहोर्ने व्यवस्था मिलाउन सक्नेछ ।

२४. वार्षिक प्रतिवेदन पेश गर्ने

(१) ट्रष्टले प्रत्येक वर्ष आपूmले गरेको काम, कारबाही, आम्दानी खर्च, देखिएका समस्या र सो समाधानका उपायहरु समेटिएको प्रतिवेदन संरक्षक समक्ष पेश गर्नेछ ।

(२) संरक्षकले उपदफा (१) बमोजिमको प्रतिवेदन व्यवस्थापिकासंसदको राज्य व्यवस्था समिति समक्ष पेश गर्नेछ ।

२५. नियम तथा विनियम बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य पूरा गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।

 (२)  समितिले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आफ्नो आन्तरिक कार्य सञ्चालन, अचल सम्पत्ति सम्भार एवं संरक्षण तथा आर्थिक प्रशासनका सम्बन्धमा आवश्यक विनियमहरु बनाउन सक्नेछ ।

२६ नेपाल ट्रष्ट अध्यादेश, २०६४ निष्क्रिय भएपछि त्यसको परिणाम

 नेपाल ट्रष्ट अध्यादेश, २०६४ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,–

(क) सो अध्यादेश निष्क्रिय हुँदाको बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन ।

(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पु¥याई अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन । 

(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा     दायित्वमा असर पार्ने छैन । 

(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड, सजाय वा  जफतलाई असर पार्ने छैन ।

(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन  र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।