केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३
प्रमाणीकरण र प्रकाशन मिति -२०६३।६।५
संशोधन गर्ने ऐन
१. केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) (पहिलो संशोधन) ऐन, २०६५ -२०६५।९।२
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ -२०७२।११।१३
३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ -२०७५।११।१९
२०६३ सालको ऐन न. ४
केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको संशोधन र एकीकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः केही सार्वजनिक लिखतहरुको प्रमाणीकरण कार्यविधि सम्बन्धी प्रचलित कानूनलाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएकोछ ।