Skip to contentSkip to left sidebar Skip to footer

सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५

सरकारी मुद्दासम्बन्धी नियमावली, २०५५

नेपाल राजपत्रमा प्रकाशित मिति  २०५५।७।२
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपालसरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “सरकारी मुद्दासम्बन्धी नियमावली, २०५५” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा परिभाषा

विषय वा प्रसङ्गले अर्को अथै नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “फौजदारी मुद्दा” भन्नाले ऐनको अनुसूची–१ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।
(ग) “देवानी मुद्दा” भन्नाले ऐनको अनुसूची–२ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।

३. अपराधको सूचना र दर्ता

(१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम कुनै अपराधको सम्बन्धमा दरखास्त दिंदा अनुसूची–१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिलाई अनुसूची–२ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।
(३) कसैले उपनियम (१) बमोजिमको दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयमा आफैं आएर नदिई कुनै व्यक्तिमार्फत पठाएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो दरखास्त वा सूचना बुझि त्यसको भरपाई अनुसूची–२ बमोजिमको ढाँचामा त्यस्तो दरखास्त वा सूचना लिई आउने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पर्न आएको दरखास्त अनुसूची–१ बमोजिमको ढाँचामा नभए पनि बुझी लिनुपर्छ र त्यस्तो दरखास्तको सम्बन्धमा अन्य कुनै आवश्यक कुरा खुलाउनु पर्ने देखिएमा सम्बन्धित प्रहरी कार्यालयले दरखास्त वा सूचना पठाउने व्यक्तिकहाँ कर्मचारी पठाइ वा निजलाई कार्यालयमै झिकाइ आवश्यक कुराहरू खुलाइ लिन सक्नेछ ।

तर हुलाकद्वारा वा कुनै व्यक्तिमार्फत पठाएको दरखास्त वा सूचनाको व्यहोरा सम्बन्धित व्यक्तिले स्वीकार गरी सनाखत नगरेसम्म त्यस्तो दरखास्त वा सूचना उपर कारबाही स्थगित गर्न सकिनेछ ।
(५) उपनियम (१) बमोजिम प्राप्त हुन आएको दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले अनुसूची–३ बमोजिमको अपराध दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(६) यस नियममा उल्लिखित माध्यम बाहेक अन्य कुनै माध्यमद्वारा अपराध भएको सूचना प्राप्त भएमा सम्बन्धित प्रहरी कार्यालयलाई कारबाही चलाउन यस नियमले बाधा पु¥याएको मानिने छैन ।

४. तहकिकातसम्बन्धी कार्यविधि

(१) ऐनको अनुसूची–१ मा उल्लिखित अपराधको सम्बन्धमा दरखास्त वा सूचना दर्ता वा प्राप्त हुनासाथ सो अपराधको सम्बन्धमा
अनुसन्धान तहकिकातको लागि सम्बन्धित प्रहरी कार्यालयले तहकिकात गर्ने प्रहरी कर्मचारी तोकी सोको जानकारी तालुक कार्यालय र सरकारी वकील कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तहकिकात गर्न तोकिएको प्रहरी कर्मचारीलाई मुद्दाको अनुसन्धान तहकिकातसम्बन्धी विषयमा सम्बन्धित वा तालुक प्रहरी कार्यालयको कुनै माथिल्लो दर्जाको प्रहरी अधिकृतले मिसिल अध्ययन गरी आवश्यक निर्देशन दिन सक्नेछ । अपराधको प्रकृति र गम्भीरतालाई दृष्टिगत गरी त्यस्तो तहकिकात गर्ने प्रहरी कर्मचारीको सहयोगको लागि आवश्यकता अनुसार छुट्टै अनुसन्धान टोली समेत गठन गर्न सकिनेछ ।
(३) प्रहरी कर्मचारीले कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको जानकारी वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा त्यस्तो अपराध भएको देखेमा तुरुन्त अभियुक्तलाई पक्री र अभियुक्त पक्राउ हुन नसकेको अवस्थामा अपराधसँग
सम्बन्धित दसीको मालसामान र अन्य कुनै प्रमाण लाग्ने चीज वा वस्तु फेला परेमा ती सामानहरू समेत घटनास्थलमा अपराध भएको देख्ने व्यक्तिहरू कोही भए निजहरूको रोहबरमा आफ्नो कब्जामा लिई आवश्यकता अनुसार ठाडो मुचुल्का खडा गर्नु पर्नेछ र त्यस्तो तहकिकातको कार्य सम्पन्न नभएसम्म त्यस्तो स्थानलाई यथास्थितिमा सुरक्षित राख्नु पर्नेछ ।

तर दसीको मालसामान र अपराधसँग सम्बन्धित प्रमाण लाग्ने कुनै चीज वा वस्तु तत्काल आफ्नो जिम्मा वा कब्जामा लिन नसकिने किसिमको रहेछ भने त्यस्तो  चीज वा वस्तुलाई सुरक्षित साथ राख्नको निमित्त सम्बन्धित प्रहरी कर्मचारीले स्थानीय गाउँ विकास समिति वा नगरपालिकालाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरिएमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले पनि त्यस्तो मालसामान, चीज वा
वस्तु जिम्मा लिई जिम्मा लिएको निस्सा दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम सुराक लिन जाने प्रहरी कर्मचारीले घटनाको सम्बन्धमा सकभर चाँडो सम्बन्धित प्रहरी कार्यालयमा खबर गर्नुपर्छ र त्यस्तो कार्यालयले पनि खबर प्राप्त हुनासाथ अनुसूची–३ बमोजिमको अपराध दर्ता किताबमा त्यस्तो खबर दर्ता गरी तहकिकात गर्ने प्रहरी कर्मचारी तोक्नु पर्नेछ ।
(५) उपनियम (१) र (४) बमोजिम तहकिकात गर्न तोकिएको प्रहरी कर्मचारी यथाशीघ्र घटनास्थलमा पुग्नुपर्नेछ ।
(६) यस नियमबमोजिम तहकिकात गर्ने प्रहरी कर्मचारीले त्यस्तो मुद्दासम्बन्धी घटना देख्ने जान्ने वा थाहा पाउने व्यक्तिहरूसँग निजहरूले देखे, जाने, बुझेसम्मको यथार्थ व्यहोरा यथाशीघ्र खुलाइ अनुसूची–४ बमोजिमको ढाँचामा कागज गराइ राख्नु पर्नेछ ।

५. खानतलासी

ऐनको दफा १० बमोजिम कुनै मुद्दाको सम्बन्धमा कुनै ठाउँ वा व्यक्तिको जीउको खानतलासी लिनुपर्दा आवश्यकता अनुसार अनुसूची–५ वा अनुसूची–६ बमोजिमको मुचुल्का खडा गर्नु पर्नेछ ।

६. लास जाँच तथा शव परीक्षण

(१) ऐनको दफा ११ बमोजिम लास जाँच गर्दा तहकिकात गर्ने प्रहरी कर्मचारीले आवश्यकता अनुसार अनुसूची–७ वा अनुसूची–८ बमोजिमको
मुचुल्का खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लास जाँच मुचुल्का भैसकेपछि त्यस्तो लास जाँचबाट कुनै अपराधको परिणाम स्वरुप वा शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआएमा र तहकिकात गर्ने प्रहरी कर्मचारीले सो लासको शव परीक्षण गराउन आवश्यक नपर्ने ठह¥याएमा त्यसको कारण सहित स्थानीय भद्र भलादमीको रोहबरमा पर्चा खडा गरी मिसिल संलग्न राखी शव परीक्षण नगराउन सक्नेछ ।

७. शव परीक्षणको प्रतिवेदन पठाउनु पर्ने

(१) ऐनको दफा ११ को उपदफा (३) बमोजिम शवको परीक्षणको लागि पठाइएको कार्य सम्पन्न भै सकेपछि बाटाको म्याद बाहेक
चौबीस घण्टाभित्र सम्बन्धित सरकारी चिकित्सकले अनुसूची–९ बमोजिमको शव परीक्षणको प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(२) प्रहरीद्वारा घाउ जाँचको लागि पठाइएको अनुसूची–१० बमोजिमको घाउ जाँच केस फारामसम्बन्धी प्रतिवेदन तथा अनुसन्धानको सिलसिलामा बुझ्नु पर्ने कुनै व्यक्तिको अवस्थाको सम्बन्धमा माग भएको जानकारी बाटाको म्याद बाहेक चौबीस घण्टाभित्र उपलब्ध गराउनु सम्बन्धित अस्पताल वा हेल्थ पोष्टको कर्तव्य हुनेछ ।

८. शव परीक्षण गर्न पठाउँदा लाग्ने खर्च

शव परीक्षणको लागि सरकारी चिकित्सक समक्ष शव पठाउँदा सम्बन्धित प्रहरी कर्मचारीले लासको शारीरिक अवस्था, घटनास्थलदेखि शव परीक्षण गरिने स्थानको दूरी आदिको विचार गरी लास बोक्न लाग्ने मनासिब माफिकको रकम निर्धारण गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम र शव परीक्षण बापत कुनै दस्तुर लाग्ने रहेछ भने सो रकम समेत त्यस्तो लास लिई जाने प्रहरी कर्मचारीलाई दिई पठाउनु पर्नेछ ।

९. अभियुक्तलाई पक्राउ र प्रहरी हिरासतमा राख्दा

(१) ऐनको अनुसूची–१ मा उल्लिखित अपराधका अभियुक्तलाई प्रहरीले तहकिकातको सिलसिलामा खोज तलास गरी पक्रने भरमग्दुर प्रयास गर्नु पर्नेछ र पक्राउमा परेको अभियुक्तलाई अनुसूची–११ बमोजिम पक्राउ पुर्जी दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि पक्राउ गर्नुपर्ने मनासिब आधार नदेखिएको अवस्थामा पक्राउ नगरी अनुसन्धान गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पक्राउ भएको अभियुक्तलाई प्रहरी हिरासतमा राख्नु परेमा ऐनको दफा १५ को रीत पु¥याई अनुसूची–१२ बमोजिमको थुनुवा पुर्जी दिई हिरासतमा राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रहरी हिरासतमा रहेको अभियुक्तको हकमा हिरासतको अवधि भुक्तान नहुँदै तहकिकात पूरा गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न र अभियोग पत्र तयार गरी अदालतमा मुद्दा दायर गर्न लाग्ने समयलाई समेत ध्यानमा राखी मुद्दा दायर गर्नु पर्ने दिनको कम्तीमा तीन दिन अगावै मिसिल सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(५) अदालतमा दायर भएको ऐनको अनुसूची–१ मा उल्लिखित अपराधको
अभियुक्त जहिले सुकै गिरफ्तार भएमा पनि निजलाई बाटोको म्याद बाहेक चौबीस
घण्टाभित्र सकभर चाँडो प्रहरीले सरकारी वकीलमार्फत अदालतमा उपस्थित गराउनु
पर्नेछ । त्यस्तो अभियुक्तको बयान प्रहरी कार्यालयमा गराइ रहनु पर्दैन ।

१०. दसी वा चीज वस्तुको सनाखत

ऐनको दफा १६ को उपदफा (२) बमोजिम कुनै मुद्दासँग सम्बन्धित दसी वा चीज वा वस्तु सनाखत गराउनु पर्दा सनाखत गराउनु पर्ने
सम्बन्धित व्यक्तिलाई त्यस्तो दसी वा चीज वा वस्तु देखाइ सनाखत गराउनु पर्नेछ ।

११. हिरासतमा रहेको व्यक्तिलाई प्रहरीले छाड्न सक्ने

(१) ऐनको दफा २१ बमोजिम तहकिकातको सिलसिलामा प्रहरी हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखी रहन आवश्यक नदेखिएमा सो कुराको कारण खोली पर्चा खडा गरी त्यस्तो व्यक्तिलाई हाजिर जमानीमा छोड्नको निमित्त सरकारी वकीलको सहमतिको लागि पत्र लेखी मिसिलसमेत सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमतिको लागि लेखि आएमा सरकारी वकीलले मिसिल संलग्न कागजहरूको अध्ययनबाट त्यस्तो व्यक्तिलाई हिरासतमा राखिरहन आवश्यक नदेखेमा हाजिर जमानीमा छोड्ने सहमति दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम सरकारी वकीलसँग तत्काल सहमति लिन नसकिने मनासिब अवस्था परेमा त्यसको कारण जनाई प्रहरी हिरासतमा रहेको कुनै व्यक्तिलाई तहकिकात गर्ने प्रहरी कर्मचारीले हाजिर जमानीमा छोड्नु पर्नाको कारणसमेत खोली पर्चा खडा गरी छोड्न सक्नेछ र यसरी छोडिएकोमा त्यसको जानकारी सरकारी वकील कार्यालयलाई अविलम्ब दिनु पर्नेछ ।

१२. दसी प्रमाण र अभियुक्त राख्ने

(१) ऐनको दफा १७ को उपदफा (१) बमोजिम तहकिकात गर्ने प्रहरी कर्मचारीबाट प्राप्त मिसिल सरकारी वकीलले अध्ययन गरी मुद्दा
चल्न सक्ने देखिएमा अभियोगपत्र तयार गरी अदालत समक्ष पेश गर्ने समयमा दाखिल गर्ने गरी मुद्दासँग सम्बन्धित दसी, प्रमाण र अभियुक्त भएमा अभियुक्तसमेत सम्बन्धित प्रहरी कार्यालयमा राख्न पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सरकारी वकीलले पठाएको दसी, प्रमाण र अभियुक्तलाई राख्ने जिम्मेवारी सम्बन्धित प्रहरी कार्यालयको हुनेछ ।

१३. फौजदारी मुद्दाको दायरी

(१) अदालतमा फौजदारी मुद्दा दायर गर्दा सरकारी वकीलले ऐन र प्रचलित कानूनको म्यादभित्र अनुसूची–१३ बमोजिमको ढाँचामा ऐनको दफा १८ को उपदफा (१) बमोजिमका कुराहरू समेत उल्लेख गरी अभियोगपत्र तयार गरी सक्कल मिसिल र अभियुक्त भए निजलाई समेत प्रहरी कर्मचारीका साथ अदालतमा दाखिल गरी अभियोगपत्र दायर गर्नु पर्नेछ । यसरी दायर गरिएको अभियोगपत्रको एक प्रति नक्कल
तहकिकात गर्ने प्रहरी कर्मचारीलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अदालतमा दायर भएको मुद्दामा प्रहरी कर्मचारी वा सरकारी वकीललाई तारेखमा राखिने छैन ।

तर अदालतमा त्यस्ता मुद्दाको सुनुवाइ हुने दिनको पूर्व सूचना र सुनुवाइका दिन भएको आदेश वा फैसलाको नक्कल सम्बन्धित सरकारी वकील कार्यालयलाई अदालतले उपलब्ध गराउनु पर्नेछ ।

१४. मुद्दा दायर भएपछि फेला परेको सबुद प्रमाण पेश गर्ने

ऐनबमोजिम दायर भएको मुद्दा सम्बन्धमा प्रहरी वा अरू कसैले सबुद प्रमाण लायकको कुनै माल, वस्तु वा लिखत फेला पारेमा सम्बन्धित सरकारी वकील कार्यालयमा दाखिल गर्नु पर्नेछ र सो कार्यालयले पनि त्यस्तो माल, वस्तु वा लिखतलाई अदालतमा तुरुन्त पेश गर्नु पर्नेछ ।

१५. सरकारी पक्षको साक्षी, गवाहलाई उपस्थित गराउने

(१) अदालतले सरकारी पक्षको साक्षी गवाहलाई उपस्थित गराउने दिनको सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो सूचना पाएपछि निर्धारित मिति र समयमा सरकारी वकील मार्फत त्यस्ता साक्षी, गवाहलाई अदालतमा उपस्थित गराउने कर्तव्य प्रहरीको हुनेछ । अदालतले प्रमाण बुझ्न मुकरर गरेको मितिसम्ममा विदेश गै सक्ने वा अन्य कुनै कारणले उपस्थित हुन नसक्ने तर नबुझी नहुने किसिमका साक्षी, गवाहलाई अदालत समक्ष प्रस्तुत गरिएमा अदालतले तत्कालै बुझ्न सक्नेछ ।
(२) अदालतको आदेशबमोजिम प्रहरीले सरकारी पक्षको साक्षी, गवाहलाई तोकिएको दिनमा उपस्थित गराउन नसकेको अवस्थामा उपस्थित गराउन नसक्नाको मुनासिब माफिकको कारण खोली सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका पदाधिकारी वा भद्र भलादमीहरूको रोहबरमा अनुसूची–१४ बमोजिमको ढाँचामा मुचुल्का खडा गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पेश गर्नु पर्नेछ । सरकारी वकीलले उक्त मुचुल्कासमेत संलग्न राखी पुनः साक्षी गवाह उपस्थित गराउनका लागि समय माग गरी अनुरोध गरेमा अदालतले त्यसरी माग गरिएको समयमा पुनः साक्षी गवाह उपस्थित गराउने आदेश दिन सक्नेछ ।
(३) यस नियमबमोजिम साक्षी गवाहलाई अदालतमा उपस्थित गराउँदा लाग्ने खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउनेछ । यसरी खर्च उपलब्ध गराउँदा प्रत्येक साक्षी, गवाहलाई राजपत्र अनंकित प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइने छ । सरकारी कर्मचारीलाई साक्षी, गवाहको रुपमा  उपस्थित हुनु पर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट
नै त्यस्तो रकम दिइनेछ ।

१६. देवानी मुद्दाको दायरी

ऐनको अनुसूची–२ बमोजिमका मुद्दा अदालतमा दायर गर्दा सो सम्बन्धमा आवश्यक कागजपत्र तथा प्रमाण जुटाइ दिने र साक्षी, गवाह उपस्थित गराउने समेतको कर्तव्य ऐनको दफा २२ अन्तर्गत तोकिएको अधिकृतको हुनेछ ।

१७. मुद्दामा दस्तुर इत्यादि नलाग्ने

अदालतमा नेपाल सरकार पक्ष वा विपक्ष भएको कुनै पनि मुद्दा दायर गर्दा सो गरे बापत र त्यसको कारबाहीको सिलसिलामा सरकारी पक्षलाई
कुनै दस्तुर वा दण्ड जरिबाना इत्यादि लाग्ने छैन ।

१८. भरी भराउसम्बन्धी व्यवस्था

ऐनबमोजिम नेपाल सरकार वादी भै चलेको मुद्दामा अदालतको अन्तिम निर्णयबमोजिम कुनै गैरसरकारी व्यक्तिलाई भरी भराउ गरिदिनु पर्ने
चलन चलाइ दिनु पर्ने वा अरू केही कुरा गरी दिनु पर्ने रहेछ भने सो मुद्दामा पुनरावेदन दायर गर्न म्याद नाघेको मितिले साधारणतया सात दिनभित्र सुरु अदालतले पुनरावेदन परे नपरेको बुझी पुनरावेदन नपरेकोमा तुरुन्त र पुनरावेदन परेकोमा पुनरावेदनको आखिरी टुङ्गो लागेको जनाउ आफूकहाँ दाखिल भएपछि त्यस्ता गैरसरकारी व्यक्तिको हकमा त्यस्तो सूचना तामेल भएको मितिले प्रचलित कानूनबमोजिम भरी भराउ गराइ माग्ने, चलन चलाई माग्ने वा अरू केही कुरा गराइ माग्ने म्यादको गणना गरिने छ ।

१९. म्याद कायम गर्ने

ऐनको अनुसूची–१ र २ मा उल्लिखित मुद्दामा सम्बन्धित सरकारी वकील कार्यालयले, प्रचलित कानूनमा नेपाल सरकार वादी हुने भनी लेखिएको मुद्दामा सम्बन्धित विभाग, कार्यालय वा सरकारी वकील कार्यालयले र नेपाल सरकार पक्ष वा विपक्ष भै चलेको अन्य मुद्दामा सम्बन्धित कार्यालय, निकाय वा पदाधिकारीले जनाउ पाएको मितिबाट पुनरावेदन, निवेदन, पुनरावलोकन वा मुद्दा दोहो¥याउनको निमित्त निवेदन गर्ने समेतको म्याद कायम गर्नुपर्नेछ ।

२०. नक्कलसम्बन्धी व्यवस्था

नेपाल सरकार वादी वा प्रतिवादी भै चलेको वा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा अड्डा अदालतबाट भएका निर्णय वा आदेश लगायतका
कागजातहरूको नक्कल बिना दस्तुर अड्डा अदालतले सरकारी वकील कार्यालयलाई सारी लान दिनु पर्नेछ । त्यस्ता कागजातको नक्कल सरोकार पर्ने प्रहरी कार्यालय वा अन्य कार्यालयले सारी लिन चाहेमा सरकारी वकील कार्यालयमा रहेको नक्कल मिसिलबाट सारी लिन दिनुपर्नेछ ।

२१. सुरक्षित राख्न

ऐनको दफा १९, दफा २२ को उपदफा (७) र दफा ३१ को उपदफा (५) बमोजिम सरकारी वकीलले मुद्दा नचल्ने निर्णय गरी फिर्ता पठाएको मिसिल तथा दसी प्रमाणका चीज वा वस्तु सम्बन्धित मुद्दामा नालिस गर्ने प्रचलित कानूनको हदम्यादसम्म सम्बन्धित कार्यालयले सुरक्षित राख्नु पर्नेछ र सो म्याद समाप्त भएपछि नगदी वा जिन्सी सामान भएमा त्यसलाई लिलाम गरी बैंक दाखिला गर्नु पर्नेछ र त्यस्ता चीज वा वस्तु हातहतियार वा खरखजाना भए प्रचलित कानूनबमोजिम हातहतियारको अनुमतिपत्र जारी गर्ने कार्यालयमा बुझाउनु पर्नेछ ।

२२. समन्वय समिति

(१) सरकार वादी मुद्दाको अनुसन्धान तहकिकात एवं अभियोजनमा संलग्न निकायकाबीचमा आवश्यकता अनुसार समन्वय कायम गरी उल्लिखित कार्यमा प्रभावकारीता ल्याउन देहायबमोजिमको समन्वय समिति रहनेछः–
(क) महान्यायाधिवक्ता –अध्यक्ष
(ख) सचिव, कानून तथा न्याय
मन्त्रालय –सदस्य
(ग) सचिव, गृह मन्त्रालय –सदस्य
(घ) प्रहरी महानिरीक्षक –सदस्य
(ङ) महान्यायाधिवक्ताले तोकेको महान्यायाधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता –सदस्य–सचिव
(२) समितिको कार्यविधि समितिले निर्धारण गरेबमोजिम हुनेछ ।
(३) समितिले आवश्यकता अनुसार अनुसन्धान तहकिकातसँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

२३. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।

२४. खारेजी र बचाउ

(१) सरकारी मुद्दासम्बन्धी नियमावली, २०१८ खारेज गरिएको छ ।
(२) सरकारी मुद्दासम्बन्धी नियमावली, २०१८ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावलीबमोजिम भए गरेको मानिनेछ ।

सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५५।७।२
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी
नेपालसरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरूको नाम “सरकारी मुद्दासम्बन्धी नियमावली,
२०५५” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अथै नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “फौजदारी मुद्दा” भन्नाले ऐनको अनुसूची–१ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।
(ग) “देवानी मुद्दा” भन्नाले ऐनको अनुसूची–२ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।

३. अपराधको सूचना र दर्ता ः (१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम कुनै
अपराधको सम्बन्धमा दरखास्त दिंदा अनुसूची–१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिलाई अनुसूची–२ बमोजिमको
ढाँचामा भरपाई दिनु पर्नेछ ।
(३) कसैले उपनियम (१) बमोजिमको दरखास्त वा सूचना सम्बन्धित प्रहरी
कार्यालयमा आफैं आएर नदिई कुनै व्यक्तिमार्फत पठाएमा सम्बन्धित प्रहरी कार्यालयले
त्यस्तो दरखास्त वा सूचना बुझि त्यसको भरपाई अनुसूची–२ बमोजिमको ढाँचामा
त्यस्तो दरखास्त वा सूचना लिई आउने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पर्न आएको दरखास्त अनुसूची–१ बमोजिमको
ढाँचामा नभए पनि बुझी लिनुपर्छ र त्यस्तो दरखास्तको सम्बन्धमा अन्य कुनै आवश्यक
कुरा खुलाउनु पर्ने देखिएमा सम्बन्धित प्रहरी कार्यालयले दरखास्त वा सूचना पठाउने
व्यक्तिकहाँ कर्मचारी पठाइ वा निजलाई कार्यालयमै झिकाइ आवश्यक कुराहरू खुलाइ
लिन सक्नेछ ।
 नेपाल राजपत्र भाग ३ खण्ड ४८ सङ्ख्या ५० मिति २०५५।१२।२२ मा प्रकाशित सूचना अनुसार मिति २०५६।१।१ देखि प्रारम्भ भएको ।

तर हुलाकद्वारा वा कुनै व्यक्तिमार्फत पठाएको दरखास्त वा सूचनाको व्यहोरा
सम्बन्धित व्यक्तिले स्वीकार गरी सनाखत नगरेसम्म त्यस्तो दरखास्त वा सूचना उपर
कारबाही स्थगित गर्न सकिनेछ ।
(५) उपनियम (१) बमोजिम प्राप्त हुन आएको दरखास्त वा सूचनालाई सम्बन्धित
प्रहरी कार्यालयले अनुसूची–३ बमोजिमको अपराध दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(६) यस नियममा उल्लिखित माध्यम बाहेक अन्य कुनै माध्यमद्वारा अपराध भएको
सूचना प्राप्त भएमा सम्बन्धित प्रहरी कार्यालयलाई कारबाही चलाउन यस नियमले बाधा
पु¥याएको मानिने छैन ।

४. तहकिकातसम्बन्धी कार्यविधि ः (१) ऐनको अनुसूची–१ मा उल्लिखित अपराधको
सम्बन्धमा दरखास्त वा सूचना दर्ता वा प्राप्त हुनासाथ सो अपराधको सम्बन्धमा
अनुसन्धान तहकिकातको लागि सम्बन्धित प्रहरी कार्यालयले तहकिकात गर्ने प्रहरी
कर्मचारी तोकी सोको जानकारी तालुक कार्यालय र सरकारी वकील कार्यालयलाई दिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तहकिकात गर्न तोकिएको प्रहरी कर्मचारीलाई
मुद्दाको अनुसन्धान तहकिकातसम्बन्धी विषयमा सम्बन्धित वा तालुक प्रहरी कार्यालयको
कुनै माथिल्लो दर्जाको प्रहरी अधिकृतले मिसिल अध्ययन गरी आवश्यक निर्देशन दिन
सक्नेछ । अपराधको प्रकृति र गम्भीरतालाई दृष्टिगत गरी त्यस्तो तहकिकात गर्ने प्रहरी
कर्मचारीको सहयोगको लागि आवश्यकता अनुसार छुट्टै अनुसन्धान टोली समेत गठन गर्न
सकिनेछ ।
(३) प्रहरी कर्मचारीले कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको जानकारी
वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा त्यस्तो अपराध भएको
देखेमा तुरुन्त अभियुक्तलाई पक्री र अभियुक्त पक्राउ हुन नसकेको अवस्थामा अपराधसँग
सम्बन्धित दसीको मालसामान र अन्य कुनै प्रमाण लाग्ने चीज वा वस्तु फेला परेमा ती
सामानहरू समेत घटनास्थलमा अपराध भएको देख्ने व्यक्तिहरू कोही भए निजहरूको
रोहबरमा आफ्नो कब्जामा लिई आवश्यकता अनुसार ठाडो मुचुल्का खडा गर्नु पर्नेछ र
त्यस्तो तहकिकातको कार्य सम्पन्न नभएसम्म त्यस्तो स्थानलाई यथास्थितिमा सुरक्षित
राख्नु पर्नेछ ।
तर दसीको मालसामान र अपराधसँग सम्बन्धित प्रमाण लाग्ने कुनै चीज वा
वस्तु तत्काल आफ्नो जिम्मा वा कब्जामा लिन नसकिने किसिमको रहेछ भने त्यस्तो

चीज वा वस्तुलाई सुरक्षित साथ राख्नको निमित्त सम्बन्धित प्रहरी कर्मचारीले स्थानीय
गाउँ विकास समिति वा नगरपालिकालाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरिएमा
सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले पनि त्यस्तो मालसामान, चीज वा
वस्तु जिम्मा लिई जिम्मा लिएको निस्सा दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सुराक लिन जाने प्रहरी कर्मचारीले घटनाको
सम्बन्धमा सकभर चाँडो सम्बन्धित प्रहरी कार्यालयमा खबर गर्नुपर्छ र त्यस्तो कार्यालयले
पनि खबर प्राप्त हुनासाथ अनुसूची–३ बमोजिमको अपराध दर्ता किताबमा त्यस्तो खबर
दर्ता गरी तहकिकात गर्ने प्रहरी कर्मचारी तोक्नु पर्नेछ ।
(५) उपनियम (१) र (४) बमोजिम तहकिकात गर्न तोकिएको प्रहरी कर्मचारी
यथाशीघ्र घटनास्थलमा पुग्नुपर्नेछ ।
(६) यस नियमबमोजिम तहकिकात गर्ने प्रहरी कर्मचारीले त्यस्तो मुद्दासम्बन्धी
घटना देख्ने जान्ने वा थाहा पाउने व्यक्तिहरूसँग निजहरूले देखे, जाने, बुझेसम्मको
यथार्थ व्यहोरा यथाशीघ्र खुलाइ अनुसूची–४ बमोजिमको ढाँचामा कागज गराइ राख्नु
पर्नेछ ।

५. खानतलासी ः ऐनको दफा १० बमोजिम कुनै मुद्दाको सम्बन्धमा कुनै ठाउँ वा व्यक्तिको
जीउको खानतलासी लिनुपर्दा आवश्यकता अनुसार अनुसूची–५ वा अनुसूची–६ बमोजिमको
मुचुल्का खडा गर्नु पर्नेछ ।

६. लास जाँच तथा शव परीक्षण ः (१) ऐनको दफा ११ बमोजिम लास जाँच गर्दा तहकिकात
गर्ने प्रहरी कर्मचारीले आवश्यकता अनुसार अनुसूची–७ वा अनुसूची–८ बमोजिमको
मुचुल्का खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लास जाँच मुचुल्का भैसकेपछि त्यस्तो लास
जाँचबाट कुनै अपराधको परिणाम स्वरुप वा शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन
नआएमा र तहकिकात गर्ने प्रहरी कर्मचारीले सो लासको शव परीक्षण गराउन आवश्यक
नपर्ने ठह¥याएमा त्यसको कारण सहित स्थानीय भद्र भलादमीको रोहबरमा पर्चा खडा
गरी मिसिल संलग्न राखी शव परीक्षण नगराउन सक्नेछ ।

७. परीक्षणको प्रतिवेदन पठाउनु पर्नेः (१) ऐनको दफा ११ को उपदफा (३) बमोजिम
शवको परीक्षणको लागि पठाइएको कार्य सम्पन्न भै सकेपछि बाटाको म्याद बाहेक
चौबीस घण्टाभित्र सम्बन्धित सरकारी चिकित्सकले अनुसूची–९ बमोजिमको शव
परीक्षणको प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(२) प्रहरीद्वारा घाउ जाँचको लागि पठाइएको अनुसूची–१० बमोजिमको घाउ
जाँच केस फारामसम्बन्धी प्रतिवेदन तथा अनुसन्धानको सिलसिलामा बुझ्नु पर्ने कुनै
व्यक्तिको अवस्थाको सम्बन्धमा माग भएको जानकारी बाटाको म्याद बाहेक चौबीस
घण्टाभित्र उपलब्ध गराउनु सम्बन्धित अस्पताल वा हेल्थ पोष्टको कर्तव्य हुनेछ ।

८. शव परीक्षण गर्न पठाउँदा लाग्ने खर्च ः शव परीक्षणको लागि सरकारी चिकित्सक
समक्ष शव पठाउँदा सम्बन्धित प्रहरी कर्मचारीले लासको शारीरिक अवस्था,
घटनास्थलदेखि शव परीक्षण गरिने स्थानको दूरी आदिको विचार गरी लास बोक्न लाग्ने
मनासिब माफिकको रकम निर्धारण गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम र शव
परीक्षण बापत कुनै दस्तुर लाग्ने रहेछ भने सो रकम समेत त्यस्तो लास लिई जाने प्रहरी
कर्मचारीलाई दिई पठाउनु पर्नेछ ।

९. अभियुक्तलाई पक्राउ र प्रहरी हिरासतमा राख्दा ः (१) ऐनको अनुसूची–१ मा
उल्लिखित अपराधका अभियुक्तलाई प्रहरीले तहकिकातको सिलसिलामा खोज तलास गरी
पक्रने भरमग्दुर प्रयास गर्नु पर्नेछ र पक्राउमा परेको अभियुक्तलाई अनुसूची–११ बमोजिम
पक्राउ पुर्जी दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि पक्राउ गर्नुपर्ने मनासिब
आधार नदेखिएको अवस्थामा पक्राउ नगरी अनुसन्धान गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पक्राउ भएको अभियुक्तलाई प्रहरी हिरासतमा राख्नु
परेमा ऐनको दफा १५ को रीत पु¥याई अनुसूची–१२ बमोजिमको थुनुवा पुर्जी दिई
हिरासतमा राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रहरी हिरासतमा रहेको अभियुक्तको हकमा
हिरासतको अवधि भुक्तान नहुँदै तहकिकात पूरा गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न र
अभियोग पत्र तयार गरी अदालतमा मुद्दा दायर गर्न लाग्ने समयलाई समेत ध्यानमा राखी
मुद्दा दायर गर्नु पर्ने दिनको कम्तीमा तीन दिन अगावै मिसिल सरकारी वकील
कार्यालयमा पठाउनु पर्नेछ ।
(५) अदालतमा दायर भएको ऐनको अनुसूची–१ मा उल्लिखित अपराधको
अभियुक्त जहिले सुकै गिरफ्तार भएमा पनि निजलाई बाटोको म्याद बाहेक चौबीस
घण्टाभित्र सकभर चाँडो प्रहरीले सरकारी वकीलमार्फत अदालतमा उपस्थित गराउनु
पर्नेछ । त्यस्तो अभियुक्तको बयान प्रहरी कार्यालयमा गराइ रहनु पर्दैन ।

१०. दसी वा चीज वस्तुको सनाखत ः ऐनको दफा १६ को उपदफा (२) बमोजिम कुनै
मुद्दासँग सम्बन्धित दसी वा चीज वा वस्तु सनाखत गराउनु पर्दा सनाखत गराउनु पर्ने
सम्बन्धित व्यक्तिलाई त्यस्तो दसी वा चीज वा वस्तु देखाइ सनाखत गराउनु पर्नेछ ।

११. हिरासतमा रहेको व्यक्तिलाई प्रहरीले छाड्न सक्नेः (१) ऐनको दफा २१ बमोजिम
तहकिकातको सिलसिलामा प्रहरी हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखी रहन
आवश्यक नदेखिएमा सो कुराको कारण खोली पर्चा खडा गरी त्यस्तो व्यक्तिलाई हाजिर
जमानीमा छोड्नको निमित्त सरकारी वकीलको सहमतिको लागि पत्र लेखी मिसिलसमेत
सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमतिको लागि लेखि आएमा सरकारी वकीलले
मिसिल संलग्न कागजहरूको अध्ययनबाट त्यस्तो व्यक्तिलाई हिरासतमा राखिरहन
आवश्यक नदेखेमा हाजिर जमानीमा छोड्ने सहमति दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम सरकारी वकीलसँग तत्काल सहमति लिन नसकिने
मनासिब अवस्था परेमा त्यसको कारण जनाई प्रहरी हिरासतमा रहेको कुनै व्यक्तिलाई
तहकिकात गर्ने प्रहरी कर्मचारीले हाजिर जमानीमा छोड्नु पर्नाको कारणसमेत खोली
पर्चा खडा गरी छोड्न सक्नेछ र यसरी छोडिएकोमा त्यसको जानकारी सरकारी वकील
कार्यालयलाई अविलम्ब दिनु पर्नेछ ।

१२. दसी प्रमाण र अभियुक्त राख्ने ः (१) ऐनको दफा १७ को उपदफा (१) बमोजिम
तहकिकात गर्ने प्रहरी कर्मचारीबाट प्राप्त मिसिल सरकारी वकीलले अध्ययन गरी मुद्दा
चल्न सक्ने देखिएमा अभियोगपत्र तयार गरी अदालत समक्ष पेश गर्ने समयमा दाखिल
गर्ने गरी मुद्दासँग सम्बन्धित दसी, प्रमाण र अभियुक्त भएमा अभियुक्तसमेत सम्बन्धित
प्रहरी कार्यालयमा राख्न पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सरकारी वकीलले पठाएको दसी, प्रमाण र
अभियुक्तलाई राख्ने जिम्मेवारी सम्बन्धित प्रहरी कार्यालयको हुनेछ ।

१३. फौजदारी मुद्दाको दायरी ः (१) अदालतमा फौजदारी मुद्दा दायर गर्दा सरकारी वकीलले
ऐन र प्रचलित कानूनको म्यादभित्र अनुसूची–१३ बमोजिमको ढाँचामा ऐनको दफा १८
को उपदफा (१) बमोजिमका कुराहरू समेत उल्लेख गरी अभियोगपत्र तयार गरी सक्कल
मिसिल र अभियुक्त भए निजलाई समेत प्रहरी कर्मचारीका साथ अदालतमा दाखिल गरी
अभियोगपत्र दायर गर्नु पर्नेछ । यसरी दायर गरिएको अभियोगपत्रको एक प्रति नक्कल
तहकिकात गर्ने प्रहरी कर्मचारीलाई उपलब्ध गराउनु पर्नेछ ।ध

(२) उपनियम (१) बमोजिम अदालतमा दायर भएको मुद्दामा प्रहरी कर्मचारी वा
सरकारी वकीललाई तारेखमा राखिने छैन ।
तर अदालतमा त्यस्ता मुद्दाको सुनुवाइ हुने दिनको पूर्व सूचना र सुनुवाइका दिन
भएको आदेश वा फैसलाको नक्कल सम्बन्धित सरकारी वकील कार्यालयलाई अदालतले
उपलब्ध गराउनु पर्नेछ ।

१४. मुद्दा दायर भएपछि फेला परेको सबुद प्रमाण पेश गर्ने ः ऐनबमोजिम दायर भएको
मुद्दा सम्बन्धमा प्रहरी वा अरू कसैले सबुद प्रमाण लायकको कुनै माल, वस्तु वा लिखत
फेला पारेमा सम्बन्धित सरकारी वकील कार्यालयमा दाखिल गर्नु पर्नेछ र सो कार्यालयले
पनि त्यस्तो माल, वस्तु वा लिखतलाई अदालतमा तुरुन्त पेश गर्नु पर्नेछ ।

१५. सरकारी पक्षको साक्षी, गवाहलाई उपस्थित गराउनेः (१) अदालतले सरकारी पक्षको
साक्षी गवाहलाई उपस्थित गराउने दिनको सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु
पर्नेछ र त्यस्तो सूचना पाएपछि निर्धारित मिति र समयमा सरकारी वकील मार्फत
त्यस्ता साक्षी, गवाहलाई अदालतमा उपस्थित गराउने कर्तव्य प्रहरीको हुनेछ । अदालतले
प्रमाण बुझ्न मुकरर गरेको मितिसम्ममा विदेश गै सक्ने वा अन्य कुनै कारणले उपस्थित
हुन नसक्ने तर नबुझी नहुने किसिमका साक्षी, गवाहलाई अदालत समक्ष प्रस्तुत गरिएमा
अदालतले तत्कालै बुझ्न सक्नेछ ।
(२) अदालतको आदेशबमोजिम प्रहरीले सरकारी पक्षको साक्षी, गवाहलाई
तोकिएको दिनमा उपस्थित गराउन नसकेको अवस्थामा उपस्थित गराउन नसक्नाको
मुनासिब माफिकको कारण खोली सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका
पदाधिकारी वा भद्र भलादमीहरूको रोहबरमा अनुसूची–१४ बमोजिमको ढाँचामा मुचुल्का
खडा गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पेश गर्नु पर्नेछ । सरकारी वकीलले
उक्त मुचुल्कासमेत संलग्न राखी पुनः साक्षी गवाह उपस्थित गराउनका लागि समय माग
गरी अनुरोध गरेमा अदालतले त्यसरी माग गरिएको समयमा पुनः साक्षी गवाह उपस्थित
गराउने आदेश दिन सक्नेछ ।
(३) यस नियमबमोजिम साक्षी गवाहलाई अदालतमा उपस्थित गराउँदा लाग्ने
खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउनेछ । यसरी खर्च उपलब्ध गराउँदा
प्रत्येक साक्षी, गवाहलाई राजपत्र अनंकित प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए
सरहको दैनिक तथा भ्रमण भत्ता दिइने छ । सरकारी कर्मचारीलाई साक्षी, गवाहको रुपमा

उपस्थित हुनु पर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट
नै त्यस्तो रकम दिइनेछ ।

१६. देवानी मुद्दाको दायरी ः ऐनको अनुसूची–२ बमोजिमका मुद्दा अदालतमा दायर गर्दा सो
सम्बन्धमा आवश्यक कागजपत्र तथा प्रमाण जुटाइ दिने र साक्षी, गवाह उपस्थित गराउने
समेतको कर्तव्य ऐनको दफा २२ अन्तर्गत तोकिएको अधिकृतको हुनेछ ।

पनि मुद्दा दायर गर्दा सो गरे बापत र त्यसको कारबाहीको सिलसिलामा सरकारी पक्षलाई
कुनै दस्तुर वा दण्ड जरिबाना इत्यादि लाग्ने छैन ।

१८. भरी भराउसम्बन्धी व्यवस्था ः ऐनबमोजिम नेपाल सरकार वादी भै चलेको मुद्दामा
अदालतको अन्तिम निर्णयबमोजिम कुनै गैरसरकारी व्यक्तिलाई भरी भराउ गरिदिनु पर्ने
चलन चलाइ दिनु पर्ने वा अरू केही कुरा गरी दिनु पर्ने रहेछ भने सो मुद्दामा पुनरावेदन
दायर गर्न म्याद नाघेको मितिले साधारणतया सात दिनभित्र सुरु अदालतले पुनरावेदन
परे नपरेको बुझी पुनरावेदन नपरेकोमा तुरुन्त र पुनरावेदन परेकोमा पुनरावेदनको
आखिरी टुङ्गो लागेको जनाउ आफूकहाँ दाखिल भएपछि त्यस्ता गैरसरकारी व्यक्तिको
हकमा त्यस्तो सूचना तामेल भएको मितिले प्रचलित कानूनबमोजिम भरी भराउ गराइ
माग्ने, चलन चलाई माग्ने वा अरू केही कुरा गराइ माग्ने म्यादको गणना गरिने छ ।

१९. म्याद कायम गर्ने ः ऐनको अनुसूची–१ र २ मा उल्लिखित मुद्दामा सम्बन्धित सरकारी
वकील कार्यालयले, प्रचलित कानूनमा नेपाल सरकार वादी हुने भनी लेखिएको मुद्दामा
सम्बन्धित विभाग, कार्यालय वा सरकारी वकील कार्यालयले र नेपाल सरकार पक्ष वा
विपक्ष भै चलेको अन्य मुद्दामा सम्बन्धित कार्यालय, निकाय वा पदाधिकारीले जनाउ
पाएको मितिबाट पुनरावेदन, निवेदन, पुनरावलोकन वा मुद्दा दोहो¥याउनको निमित्त
निवेदन गर्ने समेतको म्याद कायम गर्नुपर्नेछ ।

२०. नक्कलसम्बन्धी व्यवस्था ः नेपाल सरकार वादी वा प्रतिवादी भै चलेको वा नेपाल
सरकारलाई सरोकार पर्ने मुद्दामा अड्डा अदालतबाट भएका निर्णय वा आदेश लगायतका
कागजातहरूको नक्कल बिना दस्तुर अड्डा अदालतले सरकारी वकील कार्यालयलाई सारी
लान दिनु पर्नेछ । त्यस्ता कागजातको नक्कल सरोकार पर्ने प्रहरी कार्यालय वा अन्य
कार्यालयले सारी लिन चाहेमा सरकारी वकील कार्यालयमा रहेको नक्कल मिसिलबाट
सारी लिन दिनुपर्नेछ ।

अनुसूची–१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

जाहेरी दरखास्तको ढाँचा
श्री ……………… मा चढाएको                                                      प्रहरी कार्यालयले भर्ने
(प्रहरी कार्यालयको नाम र ठेगाना)                                                                दर्ता नंः–
दर्ता मितिः–
दरखास्त
१. दरखास्त वा सूचना दिने व्यक्तिको नाम, थर र ठेगानाः–
२. कुन मुद्दासम्बन्धी अपराधबारे दरखास्त वा सूचना गरेको होः–
३. अपराध गर्ने व्यक्तिको नाम, थर, ठेगाना र हुलियाः–
४. अपराध भएको वा भैरहेको वा हुने सम्बन्धित ठाउँ, मिति र समयः–
५. दरखास्त वा सूचनाको व्यहोराः–
६. अपराधसँग सम्बन्धित कुनै सबुद प्रमाण भए सो कुराः–
७. अपराधसँग सम्बन्धित अन्य विवरणः–
८. यो दरखास्तको व्यहोरा ठीक साँचो छ, झुट्ठा व्यहोरा लेखेको ठहरे कानूनबमोजिम सहुँला, बुझाउँला । प्रहरीद्वारा केस तहकिकात हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनुपर्ने जनाउ पाए सोबमोजिम उपस्थित हुनेछु ।
दरखास्त वा सूचना दिनेकोः–
मिति सहीः

अनुसूची – २ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

दरखास्त वा सूचनाको भरपाई
विषयः– ………………………………… मुद्दासम्बन्धी अपराधबारे ।
……………… को मिति ……………….. को दरखास्त वा सूचना प्राप्त भई यस प्रहरी कार्यालयको दर्ता किताबमा मिति …………………….. मा दर्ता भयो ।
कार्यालयको छापः–                                                                                                                                                                                                                                                                                                                     दरखास्त/सूचना दर्ता गर्ने प्रहरी कर्मचारीकोः–
सहीः–
दर्ता नं.                                                                                                                                                  नामः–
पदः–
कार्यालयः–
मितिः

अनुसूची–४ (नियम ४ को उपनियम (६) सँग सम्बन्धित)

घटना विवरण कागजको ढाँचा
श्री …………………… प्रहरी कार्यालय ……………… (फलाना ठाउँ) मा अनुसन्धान
अधिकृत…………… फलाना समक्ष, फलाना ठाउँ बस्ने, फलाना पेशा गर्ने, फलानाको छोरा
………………………………. वर्ष ……………………. को (फलानाले) गरेको कागज ।
१. दरखास्त वा सूचनाको छोटकरी विवरणः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
२. घटनासँग सम्बन्धित प्रश्नहरूः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
३. कागज गर्नेले खुलाइ लेखाई दिएका कुराहरूः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
४. रोहबरः– कागज गर्नेको सहीः–
………… …………………..
इति संवत् २०…….. साल ……….महिना ………. गते रोज ……… शुभम्

अनुसूची–५ बरामदी /खानतलासी मुचुल्काको ढाँचा

(नियम ५ सँग सम्बन्धित)
बरामदी /खानतलासी मुचुल्काको ढाँचा

श्री …………………………………. प्रहरी कार्यालय …………………………. बाट
…………………….. (फलाना ठाउँ) मा खडा गरेको चीज वस्तु वा ठाउँको बरामदी /
खानतलासी मुचुलका ।
१. दरखास्त वा सूचनाको छोटकरी विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
२. चार किल्लासहित बरामद/खानतलासी गरिएको चीज वस्तु वा ठाउँको विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
३. बरामद भएको सामान (दसी) को विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
४. देखेबमोजिम सही छाप गर्ने साक्षीहरूको नाम, थर, उमेर, वतन र सही ः–
……………….
……………….
……………….
५. रोहबरमा बस्नेहरूको नाम, थर, उमेर, वतन र सही ः–
प्रहरीले मेरो घर/चीज वस्तु खानतलासी लिंदा आफ्नो तलासी दिई इज्जत साथ तलासी
लिएको र घरको कुनै सामान हिनामिना भएको छैन भनी सही गर्ने ………………… ठाउँ वस्ने
घर वा चीज वस्तुको धनी÷जिम्मेवार व्यक्ति ………….. अभियुक्तहरूको नाम, थर उमेर, वतन र
सहीः–धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ ज्ञछ
………………………….
………………………….
६. काम तामेल गर्ने ः–
अनुसन्धान अधिकृत ः–
अन्य प्रहरी कर्मचारीहरू ः–
……………………………
…………………………..
७. मितिः–…………………………..
समयः–…………………………..

अनुसूची–६ खानतलासी मुचुल्काको ढाँचा

(नियम ५ सँग सम्बन्धित)
खानतलासी मुचुल्काको ढाँचा

श्री…………….. प्रहरी कार्यालय………………बाट……………फलाना ठाउँ बस्ने फलाना
मानिसको) जीउको खानतलासी मुचुल्का ।
१. दरखास्त वा सूचनाको छोटकरी विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
२. खानतलासी गरिएको ठाउँको विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
३. बरामद भएको ठाउँ र सामान (दसी) को विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
४. देखेबमोजिम सही छाप गर्ने साक्षीहरूको नाम, थर, उमेर, वतन र सही ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
५. रोहबरमा बस्नेहरूको नाम, थर, उमेर, वतन र सही ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
अभियुक्तहरूको नाम, उमेर, थर, वतन, र सही ः–
……………………………………
…………………………………………..
काम तामेल गर्ने ः–
अनुसन्धान अधिकृत ः–
अन्य प्रहरी कर्मचारीहरूः–
……………..
……………..
……………..
मितिः–
समयः–

अनुसूची–७ घटनास्थल/लास जाँच मुचुल्काको ढाँचा

(नियम ६ सँग सम्बन्धित)
घटनास्थल/लास जाँच मुचुल्काको ढाँचा

श्री ……………… प्रहरी कार्यालय ……………. बाट ………….. (फलाना ठाउँमा) मा
खडा गरेको घटनास्थल, लास जाँच मुचुल्का ।
१. मृतकको नाम, थर ः–
वतनः–
उमेरः–
लि·ः–
२. दरखास्त वा सूचनाको छोटकरी विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
३. घटनास्थलको चार किल्लासहितको विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
४. लासको विवरण ः–
लासको शारीरिक अवस्था ः– ………………………………………………………
लासको विवरण ः–
कपडा हात खुम्चिएको
उचाई सोझो
मुठ्ठी
कपालको रङ्ग नङको अवस्था
कपालको अवस्था खुट्टाको अवस्था
अनुहारको अवस्था
आँखा/ खुल्ला/बन्द नीलडामहरू

अनुसूची–८ घटनास्थल मुचुल्काको ढाँचा

(नियम ६ सँग सम्बन्धित)
घटनास्थल मुचुल्काको ढाँचा

श्री………….. प्रहरी कार्यालय ……………. बाट …………….(फलाना ठाउँमा) मा खडा
गरेको घटनास्थल मुचुल्का ।
१. दरखास्त वा सूचनाको छोटकरी विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
२. घटनास्थलको चार किल्लासहितको विवरण ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
३. घटनास्थलको रेखा चित्रण (गर्न सकिन्छ भने) ः–
४. देखेबमोजिम सही छाप गर्ने साक्षीहरूको नाम, थर, उमेर, वतन र सही ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
……………………………………………………………………………………..
५. रोहबरमा बस्नेहरूको नाम, थर, वतन र सही ः–
……………………………………………………………………………………..
……………………………………………………………………………………..
दरखास्त वा सूचना दिने व्यक्तिको नाम, थर, उमेर, वतन र सही ः–
अभियुक्तहरूको नाम, थर, उमेर, वतन र सही ः–
काम तामेल गर्ने ः–
अनुसन्धान अधिकृत ः–
अन्य प्रहरी कर्मचारी ः–
……………………
……………………
……………………
मितिः……………………

अनुसूची–९ शव परीक्षण प्रतिवेदन

(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
शव परीक्षण प्रतिवेदन
(AUTOPSY REPORT)

प्रहरी कार्यालयले भर्ने
मुद्दा दर्ता नं. ः–
मिति ः–
प्रहरी कार्यालयको नामः–
मृतकको नाम, थर, ठेगाना, उमेर र लि·ः–
लास सनाखत गरिदिने व्यक्तिको नाम, थर, वतनः–
लास लिई आउने प्रहरी कर्मचारीको नाम, दर्जाः–
सम्बन्धित प्रहरी कार्यालयको छाप र कर्मचारीको दस्तखतः–

RELEVANT DETAILS:
EXTERNAL EXAMINATION:
INTERNAL EXAMINATION:
SPECIAL EXAMINATION:
VISCERA/ANOTHER SAMPLES:

www.lawcommission.gov.np
www.lawcommission.gov.np
21
CAUSE OF DEATH

(SEAL OF THE HOSPITAL) FULL NAME OF M.O.:-
SIGNATURE OF M.O.:-
DATE:-
HOSPITAL:-
FULL BODY-ANTERIOR AND POSTERIOR VIEWS (VENTRAL AND DORSAL)
GUIDELINES:
RELEVANT DETAILS:
Mention short history or circumstances of death.
EXTERNAL EXAMINATION:
WITH CLOTHES ON- List & describe clothings and ornaments etc. (Note if mud, grass
present)
AFTER CLOTHES ARE REMOVED : Take height, estimate weight, describe stature, hair,
and estimate age. See the body from all sides.
-Appearance of cornea, rigor mortis, PM Staining, if anything found on natural orifices,
findings related to decomposition.
Record old scars, tattoo, deformity in unidentified body,
Record details of injury, type, size, site.
Record bleeding, semen, faeces, urine if present.
INTERNAL EXAMINATION :
LARYNX, TROCHEA, PHARYNX, LUNGS :-
Note any injury, abnormality or change in physical character.
STOMACH:-
See what is inside, describe smell if present.
OTHER ORGANS:-
Describe injuries, if present.
Note abnormality or change in physical character.
SKETCHES:

अनुसूची–१० घाउ जाँच केस फाराम

(नियम ७ को उपनियम (२) सँग सम्बन्धित)
घाउ जाँच केस फाराम

मिति र दर्ता नं.
Date & Police case No:

घाइतेको नाम, थर, उमेर र लिङ्ग
Name, Age & Sex of Injured Person:-

घाइतेको वतन ः–
Address of Injured Person :

कार्यालयको नाम ठेगाना ः–
Name & Address of the office (Sender):-

घाउ जाँच गराउन लिई जाने प्रहरी कर्मचारीको नाम, दर्जाः–

Name & Rank of the Police Personnel:-
(accompanying the injured to M.O.)
Date Time & Place of Examination
Consent:-
Nature of Injury Size & Site:-
1.

2.
3.
Type of Injury

अङ्गभङ्ग ………………..
अङ्ग फेरिएको वा छिनालिएको वा फुकालिएको ………………….
पुरानो घाउखत ………………….
अन्य ……………………..
Type of Weapon/Object used:-
Condition of the Patient :
Whether fatal or not?
(मर्ने वा नमर्ने)
Remarks
(कैफियत)
घाउजाँच गर्ने अधिकारी ः–
दस्तखतः–
नाम थरः–
दर्जाः–
कार्यालयः–
मितिः–
कार्यालयको छाप ः–
FULL BODY-ANTERIOR AND POSTERIOR VIEWS (VENTRAL AND DORSAL)
GUIDE LINES:-
Nature of Injury:- Mention Abrasion or contusion or lacerated or incised or
stabbed or, gunshot wound, burns or fracture or
dislocation.
Type of Injury :-

अङ्गभङ्ग
१.
२.
३.
४.
५.
६.
अङ्ग फोर्ने वा फुकाईने वा छिनाइने ः–
If there is partial damage such as limping after fracture / dislocation if there is organ
damage such as lungs, liver, heart, kidney, spleen, intestine and brain.

पुरानो घाउखत ः–
Do not include vaccination or operation scars.

अन्य ः

cratch, biting, burns, electric burns, and using vapour and smoke for all injuries
mentioned above indicate under which headlings they come.
Type of the weapon / Object used:- Mention sharp or blunt, heavy or light, gunshot,
Chemicals or fire burns or any other specific characteristics of the weapon / object used.
Condition of the patient:- Mention injury to the vital organs as fatal; multiple
fractures as fatal or any other injuries which with the available medical aid at the place of
examination is likely to cause death.

अनुसूची–११ पक्राउ पुर्जीको ढाँचा

(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
पक्राउ पुर्जीको ढाँचा

पक्राउ पुर्जी
श्री ……………………….
ठेगाना ……………………
तपाईँलाई……………….. अपराध÷कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने
भएकोले यो पक्राउ पुर्जी जारी गरिएको छ । यो पक्राउ पुर्जी लिई आउने प्रहरी कर्मचारी साथ
लागि तुरुन्तै …………. कार्यालयमा आउनु होला । अन्यथा प्रहरीले नछाडी ल्याउने छ ।
अनुसन्धान अधिकृतको ः–
सही ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः

अनुसूची–१२ थुनुवा पुर्जीको ढाँचा

(नियम ९ को उपनियम (३) सँग सम्बन्धित)
थुनुवा पुर्जीको ढाँचा

थुनुवा पुर्जी

श्री …………………….
ठेगाना …………………..
………………..जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपार्इँसमेत भएको ………….
अपराध/कसूरको अनुसन्धान तहकिकातको सिलसिलामा तपार्इँलाई प्रहरी हिरासतमा राखी मुद्दाको
अनुसन्धान कार्य गर्नु पर्ने भएकोले मुलुकी ऐन अदालती बन्दोबस्तको १२१ नं. अनुसार आजैका
मितिदेखि प्रहरी हिरासतमा राखी यो थुनुवा पुर्जी दिइएको छ ।
अनुसन्धान अधिकृतको ः–
सही ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः

अनुसूची–१३ अभियोगपत्रको ढाँचा

(नियम १३ को उपनियम (१) सँग सम्बन्धित)
अभियोगपत्रको ढाँचा

अभियोगपत्र अदालतले भर्ने ः–
दर्ता नं.ः–
दर्ता मितिः–
श्री ………………… अदालतमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८
अन्तरगत दायर गरेको ।
अभियोगपत्र
२०…….. सालको नम्बरः–
…………………….. को जाहेरीले नेपाल सरकार …………………..वादी
विरुद्ध
१) ………………………..
२) ………………………..प्रतिवादी
३) ………………………..
मुद्दा ः–
केसको व्यहोरा ः–
१)
२)
३)
अभियोग ः–
सबुद प्रमाण ः–
दसी प्रमाण तथा अपराधसँग सम्बन्धित चीज वस्तु ः–
गवाहः–
देख्ने ः–
(क)
(ख)
(ग)
(घ)
सुन्ने ः–
(क)
(ख)
दसीको सामान वा अपराधसँग प्रमाण लाग्ने अरू चीज वस्तु ः–
(क)
(ख)
(ग)
प्रस्तुत कागज पत्रहरूः–
(क)
(ख)
(ग)
यो अभियोगपत्रबाट कारबाही सुरु गर्न अदालतसँग सादर अनुरोध गरिन्छ ।
कार्यालयको छाप ः– सरकारी वकीलको ः–
दस्तखत ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः–

 

 

द्रद्रष्टव्यः– (१) अभियोगको कुरा लेख्दा ऐनको दफा १८ बमोजिम खुलाउनु पर्ने कुरा समेत
सोही सिलसिलामा खुलाइ लेख्नु पर्छ ।
(२) तहकिकातबाट अभियुक्त देखिएका सबैको नाम, थर, वतन विरुद्ध खण्डमा
सिलसिला नम्बर मिलाइ लेख्नु पर्छ ।
(३) सबुद प्रमाण कागजको हकमा जो भएको माथिको ढाँचामा मिलाई लेख्नु पर्छ ।

अनुसूची–१४ साक्षी/गवाह फेला नपरेको मुचुल्काको ढाँचा

(नियम १५ को उपनियम (२) सँग सम्बन्धित)
साक्षी/गवाह फेला नपरेको मुचुल्काको ढाँचा

मुचुल्का

………………………..जाहेरीले वादी नेपाल सरकार प्रतिवादी …………………. समेत भएको
…………………..मुद्दामा…………………………बस्ने सरकारी साक्षी÷गवाह………………….लाई
अदालतमा उपस्थित गराउन………………………प्रहरी कार्यालयका प्रहरी कर्मचारी (प्रहरी
कर्मचारीको नाम) ………………………..खटी आउँदा उल्लिखित साक्षी÷गवाह ………………….
कारणले घर ठेगानामा फेला नपरेको व्यहोरा ठीक साँचो हो भनी हामी तपसिलका व्यक्तिहरूले
यो मुचुल्का गरी दिएका छौं । झुठ्ठा व्यहोरा लेखिदिएको ठहरे कानूनबमोजिम सजाय सहुँला ।
तपसिल
मुचुल्कामा बस्ने व्यक्तिहरू (सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिका पदाधिकारी वा
भद्र भलादमीहरू) ः–
(क) ………………………..
(ख) ………………………..
(ग) ………………………..
(घ) ………………………..
(ङ) ………………………..
खटी जाने प्रहरी कर्मचारीको ः–
सहीः–
नामः–
दर्जाः–
कार्यालयः–
मितिः