Skip to contentSkip to left sidebar Skip to footer

कारागार नियमावली, २०२०

कारागार नियमावली, २०२०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०२०।९।१

संशोधन

कारागार (संशोधन) नियमावली, २०२२                           २०२२।६।११
कारागार (दोस्रो संशोधन) नियमावली २०२४                    २०२४।१०।१
कारागार (तेस्रो संशोधन) नियमावली,२०३६                     २०३६।३।१८
कारागार (चौथो संशोधन) नियमावली, २०४२                   २०४२।५।२४
कारागार (पा“चौं संशोधन) नियमावली, २०४२                  २०४२।९।१
कारागार (छैठौं संशोधन) नियमावली, २०४३                     २०४३।९।१
कारागार (सातौं संशोधन) नियमावली, २०५१                    २०५१।१२।२७
कारागार (आठौं संशोधन) नियमावली, २०५८                     २०५८।६।१
कारागार (नवौं संशोधन) नियमावली, २०६०                      २०६०।४।१९
कारागार (दशौं संशोधन) नियमावली, २०६१                     २०६१।१२।१७
कारागार (एघारौं संशोधन) नियमावली, २०६३                 २०६४।९।२
कारागार (बाह्रौं संशोधन) नियमावली, २०६४                   २०६४।११।६
कारागार (तेह्रौं संशोधन) नियमावली २०७०,                   २०७०।१।३०

कारागार (चैधैाँ  संशोधन) नियमावली, २०७२                  २०७२।७।३०
कारागार ऐन, २०१९ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायको नियमहरु बनाएको छ ।

परिच्छेद–१, प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :- (१) यी नियमहरुको नाम “कारागार नियमावली, २०२०”
रहेको छ ।
(२) यो नियमावली २०२० साल भाद्र १ गते देखि प्रारम्भ हुनेछ ।
२. परिभाषा :- विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले कारागार ऐन सम्झनु पर्छ ।
(ख)“छानविन तथा अनुसन्धान केन्द्र” भन्नाले कुनै अपराधको तहकिकात, जाचबुझ वा पुर्पक्षको सिलसिलामा थुनुवालाई राखिएको घर वा स्थान
सम्झनु पर्छ ।

परिच्छेद–२, थुनुवा वा कैदीलाई राख्ने र छाड्ने

३. व्यवस्था :- (१) नेपाल सरकारले चाहिएको ठाउ“मा एउटा कारागारको व्यवस्था गर्नेछ ।यस्तो कारागारमा सो जिल्ला भरका कैदी थुनुवाहरु राखिनेछन् । नेपाल सरकारले सामान्य आदेशद्वारा तोकिदिएका अवस्थामा अन्य जिल्लाहरुको कैदी वा थुनुवा पनि रहन सक्दछ ।
(२) नेपाल सरकारले आवश्यक देखेको ठाउ“मा कारागारको अतिरिक्त छानबिन तथा अनुसन्धान केन्द्रको पनि व्यवस्था गर्न सक्नेछ । छानबिन तथा अनुसन्धान केन्द्रको व्यवस्था भएको ठाउ“मा छानबिन तथा अनुसन्धान केन्द्रमा साधारणतः केवल थुनुवालाई मात्र राखिनेछ ।

४. कारागार कार्यालयले बुझिलिने :- (१) प्रत्येक जिल्ला कारागार कार्यालयले सो जिल्ला भित्रका निम्नलिखित प्रकारका अड्डाले पठाएका कैदी वा थुनुवालाई बुझी लिनुपर्दछ ।
(क) जिल्लास्थित अदालतहरुबाट,
(ख) जिल्लास्थित प्रमुख जिल्ला अधिकारीबाट,
(ग) प्रचलित कानून बमोजिम थुनी कारबाही गर्न नपाउने वा कैद हुने गरी सजाय तोक्न पाउने अधिकार प्राप्त अड्डाहरुबाट,
तर –
(१) इलाज उपचारको निमित्त वा अन्य कारणबाट नेपाल सरकारको सामान्य आदेशद्वारा झिकाइएमा वा अनुमति
दिइएमा अन्य जिल्लाबाट आएका कैदी थुनुवाहरु पनि राखिनेछ ।
(२) काठमाडांै उपत्यकाको कारागार र छानबिन तथा अनुसन्धान केन्द्रमा बागमती अञ्चलभित्रका माथिका खण्डहरुको उल्लिखित अड्डा अदालतहरुबाट पठाइएका कैदी थुनुवाहरु
राखिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै लेखिएको भए तापनि सदर कारागारमा नेपाल राज्यभित्रको कुनै पनि कारागारबाट आएका, अन्य सेण्ट्रल कारागारहरुमा सो कारागारको क्षेत्रभित्रको कुनै पनि कारागारबाट आएका तथा जिल्लाका कारागारहरुमा सो कारागारको क्षेत्रभित्रको कुनै पनि कारागारबाट आएका कैदीलाई राखिनेछ ।
(३) थुन्न वा कैद गर्न पठाउ“दा प्रचलित कानून बमोजिम रीत पु¥याउनु पर्ने रीतका अतिरिक्त निम्न लिखित कुरा पनि खुलाई पठाउनु पर्दछ र नखुलेमा सो खुलाई
लिन प्रत्येक कारागार कार्यालयको कर्तव्य हुनेछ :-–
(क) अदालत, प्रमुख जिल्ला अधिकारी बाहेक अन्य अड्डाको निमित्त कुनै व्यक्तिलाई थुनी कारबाही गर्न पाउने अधिकार दिने कानूनको नाम र दफा,
(ख) थुनुवा कैदीको नजिकको हकदार,
(ग) सिधा दिइने श्रेणी,
(घ) कानून बमोजिम कैद हुने वा रुपैया“ तिर्न नसकेवापत थुनिएको के हो ?
(ङ) जिम्मा लिई आउने व्यक्तिको दर्जा नाम थर,
(च) थुनुवा पूर्जी दिइएको नदिएको ।९ठ०

५. गोलघरमा राख्ने :- देहाय बमोजिमको कैदीलाई देहायको अवधिसम्म गोलघरको
व्यवस्था भएको कारागारमा गोलघरमा राख्नु पर्दछ :-
(क)  …………..
(ख) नेपाल सरकारबाट गोलघरमा राख्ने गरी आदेश दिइएका थुनुवा वा कैदीलाई सोही आदेशमा उल्लिखित अवधिसम्म,
(ग) देहायका कसूर गर्ने कैदी वा थुनुवालाई देहायको अवधिसम्म –
(१) कारागारबाट सुरु· खनी भागी पक्राउ भै आएकालाई १ वर्षसम्म,
(२) पर्खाल वा गारो फोडी भागी पक्राउ भएकालाई ६ महिनासम्म,
(३) पर्खाल नाघी भागी पक्राउ भएकालाई ३ तीन महिनासम्म ।
(घ) खण्ड (ग) मा उल्लिखित कसूरको उद्योग गर्नेलाई त्यस्तो कसूर गरे वापतको अवधिको आधिसम्म,
(ङ) कारागार भित्र ५ वा ५ जनाभन्दा बढीको जमात भई हूलद· गरी भाग्न खोज्ने प्रत्येकलाई ६ महिनासम्म,
(च) पा“च जनाभन्दा घटी भई हूलद·ा गरी जमात बा“धी भाग्न खोज्ने प्रत्येकलाई १ महिनासम्म,
(छ) कारागारभित्र बदमासी गर्ने, चोरी गर्नेलाई जेलरको तजबीजले ५ पा“च दिनदेखि १ महिनासम्म ।
तर गोलघरमा राख्नु पर्ने कैदीलाई गोलघरमा राख्दा ठेकिएको कैद म्यादभन्दा बढी पर्ने गरी गोलघरमा राख्न हु“दैन । कैद बा“की भए जति मात्र राख्नु पर्छ ।

६. बदमासी गरे वापत गोलघरमा राखिने कैदीको जनाउ दिने :- शुरुदेखि गोलघरमा रही कैद भुक्तान गर्नुपर्ने कैदी बाहेक बदमासी गरे वापत गोलघरमा राखिने कैदीहरु गोलघरमा राख्नासाथ कसूर खोली सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई जनाउ दिनु पर्छ र शंका देखिएमा सो अड्डाले तुरुन्त जा“च गर्न सक्नेछ ।

७.थुनुवा वा कैदीको अभिलेख राख्नुपर्ने :- (१) कारागार कार्यालयले नियम ४ को उपनियम (१) बमोजिम अड्डा अदालतले पठाएका थुनुवा वा कैदीको तस्वीर र औंलाको छापसमेत लिई त्यस्तो थुनुवा वा कैदीको अभिलेख अनुसूची १ बमोजिमको लगत फाराममा भरी पानै पिच्छे जेलर र फा“टवालाले सही गरी राख्नु पर्नेछ ।
(२) कुनै थुनुवा वा कैदी म्याद पुगी वा रुपैया“ तिरी वा माफी मिन्हा पाई थुना वा कैदबाट छुटेमा वा मरेमा वा भागेमा समेत लगत फाराममा सोही व्यहोरा जनाई लगत कट्टा गरी जेलर र फा“टवालाले सही गरी राख्नु पर्नेछ । म्याद पुगी छुटी गएकोमा बाहेक अन्य अवस्थामा लगत कट्टा भएकोमा सो कुराको सूचना थुन्ने अड्डा अदालतलाई दिनु पर्नेछ ।

८. नजरबन्दी र थुनुवाको धरौटी किताबमा लेख्ने :- सजाय नतोकी नजरबन्दी वा खाली थुनामा रहने थुनुवा चलानीसाथ बुझाउन ल्याएमा अनुसूची (२) को ढा“चा बमोजिमको धरौटी किताबमा बुझाउन ल्याउनेको सहिछाप समेत गराई राख्नु पर्छ ।

९. भरपाई दिने :- कारागार कार्यालयले आफूकहा“ बुझाउन ल्याएको थुनुवा वा कैदी बुझी जेलर र फा“टवालाको सहिछाप परेको रीत पूर्वकको भरपाई थुन्ने अड्डालाई दिनु पर्छ ।

१०. हाजिर गर्ने :- कारागार कार्यालयको लगत र धरौटी किताब बमोजिमको थुनुवा वा कैदीको नाम र नम्बर पुकारी रोजरोजै हाजिर गरी हाजिर गर्नेले सहिछाप गरी राख्नु पर्छ ।

११. थुनुवा वा कैदीको लगत पेश गर्ने :- नेपाल सरकारले सूचना गरेको उत्सवमा थुनुवा वा कैदी छोड्नु परेमा कारागार कार्यालयले ठेकुवा लगत बमोजिमका थुनुवा वा कैदीको कैद भुक्तानी कटाई बा“की कैद देखाइएको लगत सम्बन्धित प्रमुख जिल्ला अधिकारी छेउ पेश गर्नु पर्छ ।

१२. छुट्कारा दिंदा साक्षी राख्ने :- (१) कारागारमा रहेका कैदीलाई छुट्कारा दि“दा नजिकको नातादार वा साथी भए निजहरु, नभए ३÷४ भलाद्मी वा नजिक अड्डा साक्षी राखी छुटकारा पाएको प्रमाणित गरी सोही दिनमा छुटुवा पूर्जीसमेत दिई छाडिदिनु पर्छ ।
(२) थुनुवालाई छाड्नु पर्दा यथाशक्य थुन्ने कार्यालयमा पठाइदिनु पर्दछ सो कार्यालय टाढा भइ सम्भव नभएमा मात्र उपनियम (१) बमोजिम गरी छाडिदिनु पर्छ ।

१३. जनाउ दिने :- चोरी वा डा“का मुद्दामा सजाय पाएको चोर डा“का पाली चोरी डकैती गराउने र चोरीको माल लिई सजाय पाएका थुनुवा कैदी छुट्कारा पाएमा पुनः निग्रानी राख्नुपर्ने भन्ने थुन्ने अड्डाले जनाउ दिएको थुनुवा वा कैदी छुटेमा जुन जुन इलाकाको हो सोही इलाकाको जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिनु पर्छ ।

१४. बाटो खर्च दिने :- छुट्कारा पाएका कैदी वा थुनुवाहरु मध्ये धेरै टाढाको घरसम्म पुग्न खर्च नहुने व्यक्तिलाई सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट निकासा भए बमोजिम आवश्यक बाटो खर्च दिइनेछ ।

१५. कैद सजायको म्याद पुगेपछि छुट्कारा दिनु पर्ने :- कारागारका कैदी वा थुनुवाहरु मध्ये कैद सजायको म्याद पुगेपछि नछुटी म्याद पुगेका चौबीस घण्टाभन्दा बढ्ता कैद भएमा जसको गफलतले भएको हो उसलाई प्रचलित कानून बमोजिम गर्नु पर्छ ।

१६.रुपैया“ तिरेमा छुटकारा दिने :- (१) अड्डा अदालतबाट जरिवाना बापत कैद ठेकी आएकोमा सो जरिवाना र जरिवाना बापत ठेकिएको कैदको लगत कारागार कार्यालयले आफ्नो लगत पुस्तिकामा कायम गर्नु पर्नेछ र सो लगत कसिएको जानकारी सम्बन्धित अड्डा अदालतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लगत कसिएकोमा जरिवाना तिर्न नसकी थुनामा बसिरहेको व्यक्तिले जरिवाना बापतको बा“की रकम बुझाई थुनामा मुक्त हुन चाहेमा त्यस्तो व्यक्तिबाट कानून बमोजिम बा“की जरिवाना बापतको रकम बुझी सदर स्याहा गरी लगत पुस्तिकाबाट जरिवाना तथा सो बापतको कैद लगत समेत कट्टा गरी
थुनाबाट मुक्त गरिदिनु पर्नेछ ।

परिच्छेद–२क .सामुदायिक सेवा तथा खुला कारागार सम्बन्धी व्यवस्था

१६क. सामुदायिक सेवामा पठाउने सम्बन्धी व्यवस्था :- (१) कुनै मुद्दामा तीन वर्षसम्म कैद सजाय हुन सक्ने व्यक्तिले सामुदायिक सेवा गर्न चाहेमा मुद्दा हेर्ने अधिकारी समक्ष अनुसूची–२क. बमोजिमको ढा“चामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि मुद्दा हेर्ने अधिकारीले देहायका विषय उपर विचार गर्दा निवेदन माग बमोजिम कसूरदार ठहरिएको व्यक्तिलाई सामुदायिक सेवामा पठाउन मनासिब देखेमा कारागारको सट्टा सामुदायिक सेवामा पठाउने गरी निर्णय गर्न सक्नेछ :-
(क) कसूर र कसूर गर्दाको कारण र अवस्था,
(ख) निजको विगतको चालचलन,
(ग) निजको उमेर,
(घ) निजले कसूरका सम्बन्धमा गरेको साविती र निजले कसूरको लागि गरेको क्षमा याचना,
(ङ) निजले गर्न सक्ने सामुदायिक सेवाको प्रकृति ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित नेपाल कानून बमोजिम स्थापना वा गठन भएको अदालत बाहेक मुद्दा हेर्ने अन्य अधिकारीले कसूरदारलाई सामुदायिक सेवामा पठाउ“दा सम्बन्धित जिल्ला अदालत समक्ष त्यसरी सामुदायिक सेवामा पठाउने आधार र कारण समेत उल्लेख गरी अनुमति माग गर्नु
पर्नेछ र सम्बन्धित जिल्ला अदालतले पनि त्यस्तो आधार र कारण मनासिव देखेमा त्यस्तो कसूरदारलाई सामुदायिक सेवामा पठाउने अनुमति दिन सक्नेछ ।

(४) उपनियम (२) बमोजिम मुद्दा हेर्ने अधिकारीले कसूरदारलाई सामुदायिक सेवामा पठाउने निर्णय गर्दा दैनिक दुई घण्टा सामुदायिक सेवामा काम गरे वापत एक दिनको दरले कैद कट्टा हुने गरी कसूरदारले कति अवधि सामुदायिक सेवा गर्नु पर्ने हो सो समेत खुलाउनु पर्नेछ ।
(५) उपनियम (२) बमोजिम मुद्दा हेर्ने अधिकारीबाट कसूरदारलाई सामुदायिक सेवामा पठाउने निर्णय भए पछि काठमाडौं उपत्यकाको हकमा कारागार व्यवस्थापन विभागले र काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित कारागार कार्यालयले कसूरदारलाई सामाजिक सेवामा लगाउन इच्छुक विद्यालय, अस्पताल, स्थानीय निकाय,
देवालय, वृद्धाश्रम लगायत यस्तै प्रकृतिका अन्य निकाय वा सामाजिक संघ संस्थासंग लिखित समझदारी गरी कसूरदारलाई आवश्यक शर्तहरु पालना गर्ने कबुलियतनामा गराई सामुदायिक सेवा गर्न त्यस्तो निकाय वा संस्थामा पठाउनु पर्नेछ र त्यसरी कसूरदारलाई सामुदायिक सेवामा पठाउ“दा कारागार व्यवस्थापन विभागले सामुदायिक
सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समितिको र कारागार कार्यालयले सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन जिल्ला समितिको परामर्श लिनु
पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पठाइएको कसूरदारले दिनको कम्तीमा दुई घण्टा सम्बन्धित निकाय वा संस्थामा सामुदायिक सेवा गर्नु पर्नेछ र बा“की अवधि स्वरोजगारको रुपमा काम गर्न सक्नेछ ।
(७) उपनियम (५) बमोजिम सामुदायिक सेवामा पठाइएको कसूरदारलाई देहायको अवस्थामा सामुदायिक सेवाबाट फिर्ता गर्न आवश्यक ठानेमा सोको अनुमतिको लागि कारागार व्यवस्थापन विभाग वा कारागार कार्यालयले सम्बन्धित जिल्ला अदालत समक्ष
लेखी पठाउनु पर्नेछ –
(क) निजले प्रचलित कानून विपरीत कार्य गरेमा,
(ख) निजले सम्बन्धित निकाय वा संस्थास“ग भएको समझदारीपत्र बमोजिमठेकिएको काम नगरेमा,
(ग) निजले सामुदायिक सेवामा जा“दाको बखत गरेको कबुलियतनामा विपरीत कार्य गरेमा ।
(८) उपनियम (७) बमोजिम अनुमतिको लागि लेखिआएमा र कसूरदारलाई
सामुदायिक सेवाबाट फिर्ता गर्न मनासिव देखेमा सम्बन्धित जिल्ला अदालतले त्यस्तो कसूरदारलाई सामुदायिक सेवाबाट फिर्ता गर्ने अनुमति दिनेछ ।
(९) उपनियम (८) बमोजिम कुनै कसूरदारलाई सामुदायिक सेवाबाट फिर्ता गर्ने
अनुमति प्राप्त भएमा कारागार व्यवस्थापन विभाग वा कारागार कार्यालयले त्यस्तो कसूरदारलाई सामुदायिक सेवाबाट कारागारमा फिर्ता गर्नेछ ।
(१०) उपनियम (९) बमोजिम सामुदायिक सेवाबाट फिर्ता गरिएको कसूरदारले बा“की कैद कारागारमा रही भुक्तान गर्नु पर्नेछ र निजलाई सोही कैद अवधिमा पुनः सामुदायिक सेवामा पठाइने छैन ।

१६ख. खुला कारागार सम्बन्धी व्यवस्था :- (१) नेपाल सरकारले आवश्यकता अनुसार नेपाल राज्यभित्र रहेको कुनै भवन वा स्थानलाई खुला कारागारको रुपमा तोक्न सक्नेछ ।
(२) तीन वर्ष भन्दा बढी कैद सजाय भई कम्तीमा एक तिहाई कैदको अवधि भुक्तान गरिसकेको कैदीले उपनियम (१) बमोजिम तोकिएको खुला कारागारमा बस्न चाहेमा अनुमतिको लागि अनुसूची–२ख. बमोजिमको ढा“चामा सम्बन्धित कारागार कार्यालय मार्फत कारागार व्यवस्थापन विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन उपर जा“चबुझ गरी कारागार व्यवस्थापन विभागले उक्त निवेदन सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समिति समक्ष पठाउने छ र सो समितिले देहायका कुरामा विचार गरी कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिन हुने नहुने सम्बन्धमा कारण र आधार खुलाई कारागार व्यवस्थापन विभाग समक्ष सिफारिस गर्नेछ :-
(क) अपराध गर्दाको कारण र अवस्थाको सम्बन्धमा फैसलामा उल्लेख भएको व्यहोरा,
(ख) कैदमा रह“दा जेलरले प्रमाणित गरिदिएको निजको चालचलन
(ग) कैदीको उमेर,
(घ) कैदीले गर्न चाहेको स्वरोजगारको प्रकृति तथा रोजगारदाताले तोकेको रोजगार सम्बन्धी सेवाका शर्त तथा सुविधा ।
(४) उपनियम (३) बमोजिम सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समितिले कारागार व्यवस्थापन विभाग समक्ष कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिने सिफारिस गरेमा कारागार व्यवस्थापन विभागले कुनै रोजगारदाता कहा रोजगार गर्ने कैदीको हकमा रोजगारदातासंग समझदारीपत्र गरी र स्वरोजगार गर्ने
कैदीको हकमा त्यस्तो स्वरोजगारको विवरण खुलाई आवश्यक शर्त पालना गर्ने कबुलियतनामा गराई खुला कारागारमा बस्ने अनुमति दिन सक्नेछ ।
(५) उपनियम (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिइने छैन –
(क) एकपटक कारागारबाट भागेको कैदी,
(ख) कैदमा रह“दा असल चालचलन नभएको भनी अभिलेखमा जनिएको कैदी,
(ग) मानसिक सन्तुलन ठीक नभएको भनी चिकित्सकले प्रमाणित गरी दिएको कैदी ।
(६) उपनियम (४) बमोजिम खुला कारागारमा बस्ने अनुमति प्राप्त कैदीले देहायका शर्तहरु पालना गर्नु पर्नेछ –
(क) खुला कारागारमा बस्ने अनुमति दिंदाका बखत उल्लिखित काम मात्र गर्नु
पर्ने,
(ख) खुला कारागार क्षेत्रबाट बाहिर जा“दा वा खुला कारागार भित्र आउदा कैदीको साथमा रहेका सामानहरु जा“च गराउनु पर्ने र निजको साथमा आएका मानिसको अभिलेख गराउनु पर्ने,
(ग) निर्धारित समयमा मात्र खुला कारागार क्षत्रबाट बाहिर जाने र खुला कारगार भित्र आउनु पर्ने,
(घ) कबुलियतनामामा तोकिएको स्थान र क्षेत्र बाहेकका अन्य स्थान र क्षेत्रमा बसोबास गर्न नहुने,
(ङ) खुला कारागारमा परिवार बाहेक अन्य व्यक्तिलाई स्थायी रुपमा बस्न नदिने,
(च) खुला कारागार अधिकृतले समय समयमा दिएको निर्देशन पालन गर्नु पर्ने ।
(७) कुनै कैदीले उपनियम (६) मा उल्लिखित शर्तहरु पालना गरेको नपाइएमा कारागार व्यवस्थापन विभागले त्यस्तो कैदीलाई खुला कारागारबाट फिर्ता गर्नेछ ।
(८) उपनियम (७) बमोजिम फिर्ता गरिएको कैदीले कैदको बा“की अवधि कारागारमा भुक्तान गर्नु पर्नेछ र निजलाई सोही कैद वापत पुनः खुला कारागारमा पठाइने छैन ।

१६ग. सामुदायिक तथा खुला कारागार व्यवस्थापन समिति सम्बन्धी व्यवस्था :- (१) सामुदायिक सेवा तथा खुला कारागारको सञ्चालन र व्यवस्थापनको सम्बन्धमा कारागार व्यवस्थापन विभागलाई राय सुझाव दिन र कसूरदारलाई सामुदायिक सेवा वा खुला कारागारमा पठाउने सम्बन्धमा विभागलाई आवश्यक परामर्श दिन देहाय बमोजिमको एक सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समिति रहनेछ –
(क) महानिर्देशक, कारागार व्यवस्थापन विभाग                                                     – अध्यक्ष
(ख) प्रतिनिधि (वरिष्ठ प्रहरी उपरीक्षक), प्रहरी

प्रधान कार्यालय                                                                                                           – सदस्य
(ग) कानून अधिकृत, गृह मन्त्रालय                                                                           – सदस्य
(घ) प्रतिनिधि (उप–सचिव), कानून, न्याय तथा
संसदीय व्यवस्था मन्त्रालय                                                                                       – सदस्य
(ङ) कारागार सुधार र सामुदायिक सेवाको क्षेत्रमा
कार्यरत गैर सरकारी संस्थामध्येबाट कारागार व्यवस्थापन विभागको महानिर्देशकले तोकेको
दुईजना प्रतिनिधि                                                                                                – सदस्य
(च) निर्देशक, कारागार व्यवस्थापन विभाग                                                – सदस्य–सचिव
(२) जिल्लास्तरमा सामुदायिक सेवा र खुला कारागारको सञ्चालन तथा
व्यवस्थापन गर्न र कुनै कसूरदारलाई सामुदायिक सेवामा पठाउने सम्बन्धमा कारागार कार्यालयलाई आवश्यक परामर्श दिन प्रत्येक जिल्लामा देहाय बमोजिमको एक
सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन जिल्ला समिति रहनेछ –
(क) जेलर, कारागार कार्यालय                                                  – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय                                   – सदस्य
(ग) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय                               – सदस्य
(घ) प्रतिनिधि, जिल्ला सरकारी वकील कार्यालय                    – सदस्य
(ङ) कारागार सुधार र सामुदायिक सेवाको क्षेत्रमा

कार्यरत गैर सरकारी संस्थामध्येबाट जेलरले
तोकेको एकजना प्रतिनिधि                                                      – सदस्य
(३) उपनियम (१) वा (२) बमोजिमको समितिले बैठकमा कुनै विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सक्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिमको समितिले बैठक सम्बन्धी कार्यविधि आफै निर्धारण गर्न सक्नेछ ।
(५) उपनियम (१) वा (२) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार
कारागार व्यवस्थापन विभागले तोकिदिए बमोजिम हुनेछ ।

१६घ.सामुदायिक सेवा अधिकृत र खुला कारागार अधिकृत तोक्न सक्ने:- सामुदायिक सेवामा संलग्न रहेका कसूरदार र खुला कारागारमा बस्ने कैदीको चालचलन र काम, कारबाहीको अनुगमन र निरीक्षण गरी कारागार व्यवस्थापन विभाग वा कारागार कार्यालय समक्ष प्रतिवेदन पेश गर्न, खुला कारागारमा जान चाहने कैदीको लागत
संकलन तथा सामुदायिक सेवा लिन चाहने निकाय वा संस्थास“ग सम्पर्क राख्न तथा सामुदायिक सेवा तथा खुला कारागार सम्बन्धी कार्यक्रम तर्जुमा गर्ने कार्यमा विभाग वा कारागार कार्यालयलाई सहयोग गर्न गृह मन्त्रालयले कारागार व्यवस्थापन विभाग वा सो अन्तर्गत कार्यरत कुनै अधिकृतलाई सामुदायिक सेवा अधिकृत र खुला
कारागार अधिकृतको रुपमा तोक्न सक्नेछ ।

१६ङ. बाल सुधार गृहमा रहने अवधि बढाउन सक्ने :- प्रचलित कानून बमोजिम बाल सुधार गृहमा पठाइएका बालबालिकाको उमेर १६ वर्ष पुगेको भए तापनि सम्बन्धित बाल सुधार गृहले निजको चालचलनमा सुधार आएको र निजलाई थप अवधिसम्म बाल सुधार गृहमा राख्न उपयुक्त छ भनी सिफारिस गरेमा जेलरले त्यस्ता बालबालिकाको
हकमा बाल सुधार गृहमा बस्ने अवधि बढाउन सक्नेछ ।

परिच्छेद–३, कारागारको पालो पहरा र रेखदेख

१७. पहरा गर्ने सुरक्षाकर्मीहरुको कर्तव्य :- कारागारमा पालो पहरा गर्ने सुरक्षाकर्मीहरुले कारागारको ढोका ढोकाहरुमा र कारागार परिधि वा पर्खाल बाहिर चारैतर्फ पालैस“ग चपट दिई कैदी वा थुनुवाहरु भाग्दछन् कि भनी सतर्क रही कैदी थुनुवाहरु भाग्न नपाउने गरी होसियारी साथ खबरदारी गरी आफ्ना अखडासम्म बराबर टहलिरहनु
पर्छ ।

१८. सेन्ट्रीको कर्तव्य :- कारागारमा पालो पहरा गर्न खटिएका सुरक्षाकर्मीहरुले पालैसग दस्तूर माफिक खबरदार बोली रमन घुमे नघुमेको सेन्ट्रीले विचार गरी निजहरुले खबरदार बोलेकोमा सेन्ट्रीले पनि खबरदार बोल्नु पर्छ । सो बमोजिम आफ्नो पालो पुगेपछि निजले अर्को पालेलाई उर्दी सुनाई जिम्मा दिनु पर्छ ।

१९. अखडा अखडामा पुगेपछि खबरदार बोल्ने :- कारागार भित्र रमन घुम्न खटिएका सुरक्षाकर्मीहरुले ४ अखडामा बसी पालो बा“धी पर्खालको किनारा किनारै घुमी अखडा अखडामा पुग्नासाथ खबरदार बोल्नु पर्दछ सो अखडामा बस्ने पालेले खबरदार बोले नबोलेको सेन्ट्रीले विचार गर्नुपर्दछ । कैदी वा थुनुवाहरु भाग्न उम्कन लागेको देखियो भने अलार्मको सूचना वा आवाज दिई तुरुन्त पक्री कारागार कार्यालयमा बुझाई दिनु पर्छ ।

२०. कमाण्डर र अधिकृतको काम :- कारागारमा रमन घुम्न खटिएका सुरक्षाकर्मीहरुले दस्तूर माफिक घुमे नघुमेको कमाण्डरले जा“ची सो बमोजिम नभएमा कमाण्डरले अधिकृतमा र अधिकृतले कारागारको जेलरलाई र सम्बन्धित तालुक अड्डालाई समेत प्रतिवेदन दिनु पर्छ ।
२०क. निर्देशन र नियन्त्रण :- कारागारको पालो पहरा र रेखदेखको काम जेलरको सामान्य निर्देशन र नियन्त्रणमा हुनेछ ।

परिच्छेद–४,श्रेणी विभाजन र सिधा तथा सुविधाहरु

२१. ………………..

२२. लुगा सम्बन्धी व्यवस्था :- (१) कारागारका कैदी र थुनुवाहरुलाई निम्न लिखित अनुसार लुगा बा“डिने छ –
(क) मर्दानालाई जाडो समयमा कुर्था एक र सुरुवाल एक तथा गर्मी समयमा कट्टु एक र वुशर्ट एकसमेत गरी जम्मा वर्षको दुई पटक,
(ख) जनानालाई दश हाते धोती र चोलो एक दरले वर्षको दुई पटक,
(ग) नाबालक बालक बालिकालाई कमीज १ सुरुवाल १ वा घा“घर १ सुरुवाल १ दरले वर्षको दुई पटक र सूती कपडाको कोट एक गलबन्दी एक र टोपी एक वर्षको एक पटक ।
(२) उपनियम (१) बमोजिम वर्षको दुई पटक लुगा बा“ड्दा वैशाख र कार्तिक महिनामा बा“डिने छ । वर्षको एक पटक बा“डिने चाहिं कार्तिक महिनामा दिइनेछ । कुनै थुनुवा कैदीले आफ्नै तर्फबाट लुगा ल्याएमा सोही लुगा लगाउन
दिइनेछ ।

(३) उपनियम (१) बमोजिम दिइने लुगाको निमित्त कपडाको किसिम र नमूना प्रमुख जिल्ला अधिकारीले पास गरिदिए बमोजिम तयार गरी दिइनेछ ।
तर कैदी वा थुनुवाले आफूखुशी लुगा लगाउन चाहेमा स्वीकृत नमूना बमोजिमको लुगाको निमित्त पर्न आउने मूल्य बराबरको रकम त्यस्ता कैदी वा थुनुवालाई दिइनेछ ।
(४) उपनियम (१) को अतिरिक्त देहायका प्रकारका चीज देहाय बमोजिम दिइनेछ –
(क)प्रत्येक कैदी वा थुनुवालाई चार हाते काम्लो एक र पा“च हाते पाखी एक वा काम्लो र पाखीको सट्टा सिरक डसना लिन चाहने बन्दीलाई तीन किलो कपास बराबरको सिरक एक तथा तीन किलो कपास बराबरको डसना एक र चार हाते कोराको च्यादर वा तन्ना एक हरेक दुई वर्षमा एक पटक,
(ख) प्रत्येक कैदी वा थुनुवालाई सुत्न निमित्त डेढ हात चौडाई साढे चार हाल लम्बाइकै सुकुल एक हरेक ३ वर्षमा एक पटक ।

(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कैदी वा थुनुवा दुई वर्ष नपुग्दै छुटी जाने भएमा निजले लिएको उक्त सामान कारागार प्रशासनलाई फिर्ता गर्नु पर्नेछ ।

२३. सिधा सम्बन्धी व्यवस्था :- कारागारका थुनुवा वा कैदी र तिनका नाबालक आश्रितहरुलाई प्रत्येक दिन दिइने सिंधाको दर अनुसूची ३ मा तोकिए बमोजिम हुनेछ ।

२४.सुत्केरीलाई थप सिधा सम्बन्धी व्यवस्था :- छानबिन तथा अनुसन्धान केन्द्र तथा कारागारमा थुनिएका जनाना थुनुवा वा कैदी सुत्केरी भएमा सुत्केरी उतार्न नियम २३ बमोजिम दिइने सिधा बाहेक सुत्केरी हुनु तीस दिन अघिदेखि सुत्केरी भएको मितिले साठी दिनसम्म देहायबमोजिम थप सिधा र सामान दिइनेछ –
(क)मसिनो चामल प्रतिदिन सातसय ग्राम,
(ख) घ्यू प्रतिदिन एकसय ग्राम,
(ग) खाने तेल प्रतिदिन एकसय मिलिलिटर,
(घ) ज्वानो प्रतिदिन पचास ग्राम,
(ङ) कोरा कपडा एक सुत्केरी अवधिको लागि दश मिटर,
(च) साधारण राडी एक सुत्केरी अवधिको लागि एक थान,
(छ)एक सुत्केरी अवधिको लागि नगद एकहजार रुपैया“ ।

२४क.चौकिदार, नाइके र सहनाइकेको नियुक्ति र संख्या :- (१) कारागारको आन्तरिक व्यवस्थापनमा सहयोग लिने प्रयोजनको लागि जेलरले कारागारका कैदीहरुमध्येबाट देहाय बमोजिमको संख्यामा चौकिदार, नाइके र सहनाइके नियुक्ति गर्न सक्नेछ –
(क) प्रत्येक कारागारमा महिला तथा पुरुष कारागारको लागि एक÷एक जना र छुट्टा छुट्टै कम्पाउण्ड भएको प्रत्येक कारागार क)भवनको लागि एक÷एक जना चौकिदार,
(ख) पच्चीस बन्दी बराबर एक नाइके र
(ग) दश बन्दी बराबर एक सहनाइके ।
(२) उपनियम (१) बमोजिम चौकिदार, नाइके र सहनाइकेको संख्या निर्धारण गर्दा आषाढ मसान्तको बन्दीहरुको संख्यालाई आधार बनाउनु पर्नेछ र जेलरले सो नामावली सहितको विवरण कारागार व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कैदबाट एक पटक फरार भै पुनः पक्राउमा परेर कैदमा रहेको, कैदी वा थुनुवालाई भगाउने काममा
संलग्न रहेको, अरु कैदी वा थुनुवालाई यातना दिएको, खराब चालचलन भएको र सोही आर्थिक वर्षको बीचमा कैद मुक्त हुने अवस्थामा रहेको बन्दीलाई चौकिदार, नाइके र सहनाइकेमा नियुक्त गरिने छैन ।
(४) चौकिदार, नाइके र सहनाइकेले अरु बन्दी वा थुनुवालाई शारीरिक यातना दिएको र अरु बन्दीस“ग कुनै किसिमको अनुचित फाइदा लिएको पाइएमा जेलरले त्यस्तो व्यक्तिलाई चौकिदार, नाइके र सहनाइकेबाट तुरुन्त हटाउनु पर्नेछ ।

२५. चौकीदारलाई थप सुविधा सम्बन्धी व्यवस्था :- कारागारको बन्दी वा कैदी मध्येबाट रहने चौकिदार, नाइके र सहनाइकेलाई नियम २३ बमोजिम दिइने सिधा बाहेक देहाय बमोजिम थप सुविधा दिइनेछ –
(क) चौकिदारलाई प्रतिदिन पचहत्तर पैसा ।
(ख) नाइकेलाई प्रतिदिन साठी पैसा ।
(ग) सहनाइकेलाई प्रतिदिन पैंतालीस पैसा ।
२५क.सिधा वा सुविधा नपाउने :- यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक सेवा वा खुला कारागारमा रहेको कसूरदार वा कैदीले सो अवधिभर यस परिच्छेद बमोजिम पाउने सिधा वा सुविधा पाउने छैन ।

परिच्छेद–५,भेटघाट वा पत्र व्यवहार गर्ने

२६. भेटघाट र पत्रव्यवहारको सुविधा  (१) कारागारमा रहेका सबै थुनुवा वा कैदीहरुलाई देहायको सुविधा दिइनेछ :-
(क) कार्यालयको टायममा जेलरको रेखदेखमा हप्ताको दुई पटक आफ्ना नातादार र मित्रहरुसंग भेटघाट गर्न पाउने त्यसरी भेटघाट गर्दा कैदी वा थुनुवा कारागारको ढोकाभित्र र भेट गर्न आउने व्यक्ति ढोका
बाहिर रही कुरा गर्न पाउनेछ ।
(ख) जेलरले सेंसर गरी पास गरेको प्रत्येक चिठी लिन र एक हप्तामा दुईटासम्म चिठी जेलरद्वारा सेंसर गराई पठाउन सक्नेछ ।
(ग) नेपाल सरकारबाट इजाजत प्राप्त वा अनुमति दिइएका अखवार, म्याग्जिन तथा किताबहरु लिन पाउनेछ ।
(घ)जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीको रोहवरमा आफ्नो परिवारस“ग टेलिफोन वा अन्य सञ्चार सम्पर्क गर्ने सुविधा पाउन सक्नेछ ।
(२) कारागार कैदी वा थुनुवालाई आए गएको चिठ्ठीपत्र जेलरले सेंसर गर्दा देश लाई हानिकारक प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको संकेत चिन्ह र सार्वजनिक हित बाहेक कुनै संगठन गर्ने विचार दर्शाएको चिठी पत्र–पत्रिका जफत
गरी कारवाईको निमित्त सम्बन्धित प्रमुख जिल्ला अधिकारी छेउ पेश गर्नु पर्छ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कारागार तथा कैदी वा थुनुवाको अवस्थाको विषयमा जानकारी लिनको निमित्त कुनै सञ्चार माध्यमका प्रतिनिधि वा अध्ययन अनुसन्धान कार्यमा संलग्न व्यक्ति वा संस्थालेऔपचारिक रुपले अनुरोध गरेमा जेलरले कैदी वा थुनुवास“ग भेटघाट गर्ने अनुमति
दिन सक्नेछ ।

परिच्छेद–६,थुनुवा र कैदीहरुको चाल चलनको रेकर्ड राख्ने

२७. कैदीहरुको चालचलनको अभिलेख राख्ने :- (१) कारागारभित्र वदमासी गर्ने वा कारागार ऐनको दफा २२ वा २४ बमोजिमको गर्न नहुने काम गरेमा त्यस्ता कैदीहरुलाई प्रचलित कानून बमोजिम सजाय गरी त्यस्ता कैदीहरुको नाम नामेसी गरेको कसूर र पाएको सजाय लेखी एउटा लगत किताब खडा गरी राख्नु पर्नेछ ।
(२) कारागार भित्र, असल चालचलन भएका कैदीहरुको नाम नामेसी, गरेको कसूर र पाएको सजाय उल्लेख गरी निजहरुको अर्को छुट्टै लगत किताब खडा गरी राख्नु पर्नेछ ।
(३) कुनै उत्सवमा छुट्ने कैदीहरुको लगतमा उपनियम (१) बमोजिमको लगत किताबमा परेका कैदीहरुको नाम लेखी पठाइने छैन ।

२८. …………………

२९. असल चाल चलन भएका कैदीको कैदको सजाय छोट्याउने :- (१) असल चालचलन भएका कैदीलाई तोकिएको कैदको सजायमा बढीमा पचास प्रतिशतसम्म कैदको सजाय छोट्याउन सकिनेछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको मुद्दामा कैद सजाय पाएको व्यक्तिको कैद सजाय छोट्याउन सकिने छैन –
(क) जीउ मास्ने बेच्ने,
(ख) जबरजस्ती करणी,
(ग) कैदबाट भागे भगाएको,
(घ) भन्सार चोरी निकासी पैठारी,
(ङ) लागू औषधिको कारोवार,
(च) भ्रष्टाचार सम्बन्धी,
(छ) जासूसी सम्बन्धी,
(२) कारागार भित्र बफादारी साथ काम गर्ने चौकिदार, नाइके, सहनाइके, शिक्षक तथा कामदारलाई साल सालै काम गरेकोमा क्रमशः चौकीदारलाई एक वर्षको दुई महिना, नाइकेलाई एक वर्षको एक महिना पन्ध्र दिन, सहनाइकेलाई एक वर्षको एक महिनाको दरले र शिक्षक वा कारखानामा कामदारको रुपमा काम गरेको कैदीलाई जेलर वा कारखानाको प्रतिवेदन बमोजिम एक महिना राम्रो काम गरे वापत दिन पा“चको दरले कैद कट्टि सुविधा दिन सकिनेछ । यस उपनियम बमोजिम पाउने कैद कट्टि सुविधा उप–नियम (१) बमोजिम छोट्याइने कैदको सजायको अवधिमा गणना गरिने छ ।
(२क) उपनियम (१) र (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि असल चालचलन भएका सत्तरी वर्ष उमेर पुगेका कैदीहरुको हकमा पचहत्तर प्रतिशतसम्मको कैद सजाय छोट्याउन वा दुवै आ“खा नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अ·भ· भई ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बा“की कैदको सजाय छोट्याउन सकिनेछ ।
(३) उपनियम (१), (२) र (२क) मा लेखिएको कैदको सजाय छोट्याउन आवश्यकदेखेमा जेलरले आÇनो रायसाथ प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम कैदको सजाय छोट्याउन जेलरले पेश गरेको रायमाथि विचार गरी उपयुक्त देखेमा जिल्ला प्रमुख अधिकारीले आÇनो रायसाथ कारागार व्यवस्थापन विभागमा पठाई सोको जानकारी क्षेत्रीय प्रशासन कार्यालय समेतलाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएपछि क्षेत्रीय प्रशासन कार्यालयले
आफ्नो रायसाथ गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम लेखी आएकोमा कारागार व्यवस्थापन विभागले आफ्नो रायसाथ निर्णयका लागि गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त भएपछि गृह मन्त्रालयले उपयुक्त देखेमा कैदको सजाय छोट्याउने निर्णय गरी निर्णय कार्यान्वयनको लागि सम्बन्धित जेलरलाई लेखि पठाउनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम गृह मन्त्रालयबाट कैदको सजाय छोट्याउने निकासा प्राप्त भएपछि जेलरले कैदको लगत कट्टा गरी कैदीलाई छोडी दिनु पर्नेछ ।

३०.कैद गर्ने अवधि :- (१) प्रचलित कानून बमोजिम जन्मकैदको सजाय पाएको कैदीलाई
कैद गर्दा बीस वर्ष कैद गरिनेछ ।
(२) ……………….

३१. पढ्नलाई स्कूलको प्रबन्ध गर्ने :- (१) कारागारमा थुनिएका केटाकेटीहरु र प्रौढ व्यक्तिहरुको आवश्यकता अनुसार प्राथमिक, मिडिल र प्रौढ स्कूलको व्यवस्था र सो
स्कूललाई चाहिने आवश्यकीय सहायताको प्रबन्ध गरिनेछ ।
(२) उपनियम (१) बमोजिम व्यवस्था गरिएको स्कूलमा यथाशक्य कारागारमा रहेका शिक्षित व्यक्तिहरु मध्येबाट जेलरले योग्य छानी शिक्षकको रुपमा नियुक्ति गर्नेछ । शिक्षकको काम गरे बापत निजलाई मासिक साठी रुपैया“का दरले पारिश्रमिक दिइनेछ ।

३२. प्रशिक्षकको पारिश्रमिक :- (१) कारागारमा रहेका कैदी वा थुनुवाहरुलाई असल
मनोवृत्ति तर्फ उन्मुख गराउने किसिमको प्रशिक्षण योग्य व्यक्तिहरुबाट गराइनेछ ।

(२) प्रशिक्षकलाई पारिश्रमिकको रुपमा एक पटकमा एक सय रुपैया“सम्म
दिइनेछ । जेलरले प्रशिक्षण दिने व्यक्ति तथा प्रशिक्षणको विषयको बारेमा प्रमुख जिल्ला अधिकारीको निकासा लिनु पर्नेछ ।

३३. पुस्तकालय र रेडियो केन्द्र राख्ने :- थुनुवा वा कैदीहरुको समय सदुपयोग गर्नलाई नेपाल
सरकारले तोकिदिएको कारागारमा पुस्तकालय र रेडियो श्रवणकेन्द्र समेत राखिनेछ ।

३४. घरेलु इलम केन्द्र समेत खोल्ने :- कारागारभित्र रहेका कैदीहरुको समयको सदुपयोग
गराउन र स्वावलम्बी बनाउनको लागि नेपाल सरकारले घरेलु इलम सम्बन्धी कारखाना खोल्न सक्नेछ ।
३४क. सीप विकास तथा स्वास्थ्य र शिक्षा सम्बन्धी तालीम सञ्चालन :- कुनै संघ
संस्थाले बन्दीको सीप विकास एवं स्वास्थ्य र शिक्षा सम्बन्धी ज्ञानको निमित्त कारागार
भित्र त्यस्तो सीप विकास एवं स्वास्थ्य र शिक्षा सम्बन्धी तालीम सञ्चालन गर्न
निवेदन दिएमा र त्यस्तो तालीम बन्दीको निमित्त उपयोगी हुने देखिएमा कारागार
व्यवस्थापन विभागले त्यस्तो तालीम सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।

३५. कारखानामा काम लगाउने :- (१) राजकाज सम्बन्धी मुद्दाको कैदी वा थुनुवा बाहेक अरु कैदी वा कैदीनीहरुलाई कारागार कारखानामा काम लगाउन सकिनेछ ।
तर राजकाजसम्बन्धी मुद्दाको कैदी वा थुनुवाले चाहेमा कारखानामा काम गर्नलाई यस नियमले बाधा दिने छैन ।
(२) काममा लगाउने कैदी वा थुनुवा झिक्दा काम लगाउने कर्मचारी र
कारागार कार्यालयको कर्मचारी समेत दुवै थरी बसी एक एक गिन्ती गरी लिने दिने
गर्नु पर्छ । सो काममा गएका कैदी वा थुनुवा चिन्ने रेखदेख गर्न नाइके एकजना
समेत पठाउने गर्नु पर्छ ।

३६. चोरी गरेमा प्रचलित नेपाल कानून बमोजिम हुने :-कारखानामा काम गर्दा सो कारखानाको मालसामान चोरी ग¥यो भने चोरी गरेको माल बुझी ली प्रचलित नेपाल कानून बमोजिम गर्नु पर्छ ।
३७. नगद जम्मा गर्ने र त्यसको भरपाई दिने :- (१) कारागारमा कैदी वा थुनुवाहरुले सञ्चित
गरी राखेको वा कारखानामा काम गरी कमाएको नगद कारागारभित्र राख्दा चोरी हुन सक्ने हु“दा चाहिएका बखत आवश्यकता अनुसार दिने गरी कारागार कार्यालयको धरौटी खातामा प्रचलित नेपाल कानूनको रीत पुर्‍याइ आम्दानी खर्च गर्न सकिनेछ र सो धरौट राख्न कैदी वा थुनुवालाई धरौटी रहेको अड्ढको रीतपूर्वकको रसीद दिनुपर्छ ।
(२) उपनियम (१) बमोजिम कैदी वा थुनुवाबाट धरौट रहन आएको रुपैया“हरु देहायका कारागारहरुमा जेलरले देहाय बमोजिमको रुपैया“सम्म कार्यालयको तहविलमा मौज्दात राख्न सक्नेछ । सो भन्दा बढी नगद नजिक बैंक वा मालको धरौटी खातामा जम्मा गरिदिनु पर्छ ।
(क) केन्द्रीय कारागारलाई रु. १०००।–
(ख) वीरगन्ज ………… कारागारलाई रु. ५००।–
(ग) विराटनगर……… कारागारलाई रु. ५००।–
(घ) पाल्पा ………… कारागारलाई रु. ५००।–
(ङ) अरु प्रत्येक कारागारलाई रु. १००।–

३८. स्वास्थ्यको हेरविचार गर्ने :- (१) जेलरले कारागारका कैदी वा थुनुवाहरुको स्वास्थ्यको
लागि अन्नपानीको राम्रो प्रवन्ध गर्नु पर्छ ।
(२) कारागार भित्र कैदी वा थुनुवा रहेका ठाउ“ ठाउ“मा पाइखाना, पिसाबखानाहरुमा समेत दरबन्दी भैरहेको मेहत्तर, च्यामे भङ्गिहरुद्रारा रोज रोजै सुग्घर सफा गराई चून फिनेल, पोटास इत्यादि छर्ने गराउनु पर्छ ।
(३) कारागारका कैदी वा थुनुवाहरुको स्वास्थ्य निमित्त कुनै किसिमका बाजी राखी लिन दिन नपाउने गरी कारागार सुहाउ“दो विभिन्न किसिमको मनोरञ्जन खेलकूदको प्रबन्ध हुन सक्नेछ ।

३९. डाक्टर ज“चाउने :- (१) जेलरले कारागारका कैदी थुनुवाहरु विरामी भएमा कारागारको भए कारागारको डाक्टर चिकित्सक र कारागारको नभए नेपाल राज्यभित्र नजिक इलाकाको पाएसम्म सरकारी अस्पताल, डिस्पेन्सरीको डाक्टर वा अन्य योग्य चिकित्सक कहा“ लगी वा आवश्यक भए बोलाई निजबाट ज“चाई समयमा औषधी उपचार गराउन पर्छ ।
(२) कडा रोग लागेको कुनै कैदी थुनुवालाई त्यसरी उपनियम (१) बमोजिम जचाउ“दा डाक्टर चिकित्सकले कारागार बाहिर नजिक इलाकाको वा नेपाल राज्यभित्र कहीको अस्पताल स्वास्थ्य गृहमा राखी वा विशेषज्ञबाट ज“चाई उपचार गराउनु  अत्यावश्यक छ भनी प्रमाणित गरिदिएमा जेलरले सो बमोजिम समयमा ज“चाउने, इलाज गराउने वा भर्ना गर्न उचित प्रबन्ध मिलाउनु पर्छ ।
(३) उपनियम (१) र (२) बमोजिम कारागार बाहिर ज“चाउनु वा अस्पताल, स्वास्थ्य गृहमा भर्ना गर्न लैजादा, ल्याउदा वा भर्ना गरी राख्दा कैदी थुनुवा भाग्न, भगाउन नपाउने गरी पालोपहराको राम्रो प्रवन्ध मिलाउनु पर्छ ।
तर नजिक इलाकाको बाहेक बाहिर वेईलाकाको विशेषज्ञ ज“चाईएका अस्पताल, स्वास्थ्य गृहमा भर्ना गरी औषधि उपचार गराउन आवश्यक भए त्यस्तो विरामी कैदी थुनुवालाई ईलाका पर्ने कारागारमा सरुवा गर्नु पर्छ ।
(४) विरामी बाहेक अरु कैदी थुनुवालाई पनि रोगबाट बचावट गर्न बराबर
डाक्टर चिकित्सकबाट ज“चाई डाक्टर चिकित्सकको राय बमोजिम आवश्यक व्यवस्था
मिलाउन पर्छ ।
(५) गम्भीर प्रकृतिको रोग लागेको थुनुवा वा कैदीलाई नियमित औषधि उपचारको अतिरिक्त पौष्टिक खुराक आवश्यक छ भनी चिकित्सकले सिफारिस गरेमा
एक पटकमा थुनुवा वा कैदीको कुल संख्याको बढीमा एक प्रतिशतसम्म वा एक सयभन्दा थोरै कैदी वा थुनुवा भएको कारागारमा एक जनासम्मलाई प्रति दिन एकसयग्राम खसीको मासु वा सोको मूल्य बराबरको अरु प्रकारको पौष्टिक पदार्थ पौष्टिक खुराक स्वरुप उपलब्ध गराउन सकिनेछ ।

४०. डिस्पेन्सरी खुला राख्नु पर्ने :- ४०० भन्दा बढी कैदी वा थुनुवा रहने सेण्ट्रल कारागारहरुमा डिस्पेन्सरी वा अस्पताल दरबन्दी भैसकेकोमा र दरवन्दी हुनेमा समेत आकस्मिक रोगबाट मौकैमा बचाउनका लागि दरवन्दी बमोजिमको डाक्टर, कम्पाउण्डरले आलो पालो मिलाई चौबीसै घण्टा अस्पताल वा डिस्पेन्सरी खुला राख्नु पर्छ ।

४१. कुलाचार धर्म गर्न पाउने :- प्रचलित नेपाल कानूनको अधीनमा रही थुनुवा वा कैदीले आफ्नो कुलाचार धर्म गर्न पाउने छ ।

परिच्छेद–७,भाग्न लागेकोमा हतियार प्रयोग गर्ने तथा भागेकोमा खान तलास गर्ने

४२. मौका तहकिकातको कागज गर्ने :- कैदी वा थुनुवाहरु भाग्न उद्योग गरेको र भागिसकेकोमा भगाउनेको र उद्योग गर्नेको समेत जेलरले मौका तहकिकातको कागज गराई चलानीसाथ भाग्न खोज्ने र भगाउन खोज्ने समेतलाई जिल्ला अदालतमा पठाई कारबाई सकिएपछि वापस लिनु पर्छ ।

४३. थुनुवा वा कैदी भागेमा खोज तलासको लागि सूचना गर्ने :- (१) कैदी वा थुनुवा भागी
गै सकेकोमा निजलाई खोज तलास गर्न निजको नाम, थर, वतन तथा कैद परेको मिति र हुलिया समेत खुलाई जिल्ला प्रहरी कार्यालय वा जि.पु.इ.आर. र जिल्ला प्रशासन कार्यालय र थुन्ने अड्डालाई समेत लिखित सूचना दिई लगतमा जनाउनु पर्छ ।
(२) सो भाग्ने व्यक्ति पक्रिएमा जिल्ला अदालतमा पठाई सो भागेतर्फ ऐन बमोजिम कारवाई गराउनु पर्दछ ।

४४. भाग्न लागेको थुनुवा वा कैदीउपर हतियार प्रयोग गर्ने :- कारागारको कुनै कैदी वा थुनुवा ढोकामा हुल गरी वा पर्खाल नाघी वा भत्काई वा सुरु· खनी वा केही तवरले भाग्न लाग्यो भने सो गर्न लाग्दैमा तुरुन्त पक्रनु पर्छ पक्रदा निजले हतियार लट्ठी  इत्यादी चलाउन लाग्यो वा हूलहुज्जत गर्यो भने अवस्था हेरी भाग्न नदिना निमित्त जुनसुकै हतियार प्रयोग गर्न सकिनेछ । सो बमोजिम गर्दा मर्न गएमा हतियार प्रयोग  गर्ने व्यक्ति सजायको भागी हुने छैन ।

४५. भाग्नेहरुको लगत राख्ने :- कैदी वा थुनुवाहरु भागेमा त्यस्ताको व्यहोरा साल सालको  लगत किताबबाट नक्कल सारी हुलिया र भागेको मितिसमेत लेखी छुट्टै लगत किताब  बनाई राख्नु पर्दछ र सो बमोजिम पक्राउ नहुन्जेलसम्म समय समयमा लेखा पढी  गरिरहनु पर्दछ ।

 

 

परिच्छेद–८,कारागार भित्र मालसामान ल्याउने लैजाने व्यवस्था र थुनुवा वा कैदी चलान गर्दाको कार्यविधि

४६. आवश्यक माल बस्तु बाहेक अरु ल्याउन लैजान निषेध :-(१) कारागारभित्र हात हतियार, विष्फोटक पदार्थ, विषादी चिज वस्तु, मादक पदार्थ, सिसा, डोरी, का“टा, गल, इत्यादि र प्रकृति र प्रयोग थाहा नभएको अन्य कुनै मालवस्तु वा मोबाइल वा वाकिटकी, पेजर, कर्डलेस टेलिफोन जस्ता आफू खुसी बाहिर सम्पर्क गर्न सकिने सञ्चार उपकरण लैजान हु“दैन ।
(२) कारागारभित्रको आवश्यक काम निमित्त उपनियम (१) मा लेखिएको कुनै चीज लैजाउनु पर्दा जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीले जा“ची अनुमति दिएको व्यक्तिले अनुमति प्राप्त चीज बीज लैजान सक्तछ र त्यस्तो माल फिर्ता ल्याए नल्याएको वा त्यहा“ प्रयोग भएको भन्ने सन्तोषजनक विवरण प्रस्तुत गर्नु पर्दछ ।

४७. कैदी वा थुनुवा चलान गर्दा मद्दत माग्नु पर्ने :- (१) एक कारागारबाट अर्को कारागारमा कैदी वा थुनुवा चलान गर्दा मद्दत निमित्त चाहिने सबै कुरा सम्बन्धित अड्डाबाट निकासा लिई सुरक्षितसाथ भाग्न, उम्कन नपाउने व्यवस्था मिलाई दशौं संशोधनद्वारा संशोधित ।९घण्०
हतकडीसम्म लगाउनु पर्ने भए लगाई चलान गर्नु पर्छ । मद्दत नपु¥याई थुनुवा वा कैदी चलान गर्दा भागेमा त्यसरी चलान गर्ने जेलरले जवाफदेही हुनु पर्छ ।
(२) रीतपूर्वक सबै मद्दत लिई चलान गर्दा सो चलान गर्नु पर्ने कैदी वा थुनुवा जिम्मा लिई जाने कर्मचारीलाई आÇनो जिम्माको कैदी वा थुनुवा भागेमा ऐन बमोजिम सजाय हुनेछ भनी स्पष्ट रुपले कडा उर्दी दिई चलानीमा समेत लेखी जिम्मा दिई पठाउनु पर्छ ।

४८. कैदी वा थुनुवा भागेमा पक्राउ गर्ने ः कैदी वा थुनुवा चलान गर्दा बाटामा भाग्न लागेमा भरसक त्यही पक्रनु पर्छ त्यसै पक्रन नसकिइ उम्कन लाग्यो वा हुज्जत गरी हतियारसमेत चलाई जोर जुलूम गर्न लाग्यो भने निजलाई आफूस“ग भएको हतियार चलाएर भए पनि पक्रनु पर्दछ । सो बमोजिम गर्दा कैदी वा थुनुवा मर्न गएमा जिम्मा लिई जाने र हतियार प्रयोग गर्ने व्यक्ति सजायको भागी हुने छैन ।

४९. थुनुवा वा कैदी चलान गर्दा नाम नामेसी खुलाई अड्डा सार गर्नुपर्ने :- (१) थुनुवा
वा कैदीलाई एक कारागारबाट अर्को कारागारमा चलान गर्दा चलान गर्ने अड्डाले थुनुवा वा कैदीको नाम, थर, वतन, वादीको नाम, मुद्दा, थुना वा कैद परेको मिति छुट्ने मिति, हुलिया, सजाय पाएको ऐनको नाम र नम्बर वा दफा तथा थुनामा रह“दा खाएको सिधाको श्रेणीसमेत खुलाई अड्डासार चलान गर्नु पर्नेछ । दाखिल भएको भरपाई प्राप्त भएपछि चलान गर्ने अड्डाको लगत कट्टी गर्नु पर्नेछ ।
(२) अरु कारागारबाट सदर कारागार पठाइएको कैदी वा थुनुवाको हकमा सदर कारागारले बुझिलिई त्यसको लगत का.फौ.त. मा पठाउनु पर्छ ।
(३) अड्डा अड्डाबाट कारवाई निमित्त कारागार वा छानबिन तथा अनुसन्धान केन्द्रको कैदी वा थुनुवा लिन पठाएमा ऐनको दफा १५ बमोजिम गर्नु पर्छ ।
(४) १० वर्षभन्दा बढी कैद ठेकिएका कैदीहरुलाई सम्बन्धित अञ्चल भित्रका जिल्लामा रहेको सबैभन्दा पक्की र ठूलो कारागारमा राख्न लगाउनु पर्छ । अञ्चलभित्र त्यस्तो पक्की र ठूलो कारागार नभएमा नजिकको अर्को अञ्चलमा त्यस्तो कारागारमा राख्ने प्रवन्ध गर्नु पर्छ ।
(५) कुनै कारागार सानो र कच्ची भएको कारणले सुरक्षाको दृष्टिकोणबाट बढी संख्यामा कैदी वा थुनुवा राख्न मनासिव नभएमा सो कैदी थुनुवालाई उपनियम (४) बमोजिम सार्नु पर्छ ।
(६) उपनियम (४) र (५) बमोजिम कैदी वा थुनुवालाई सरुवा गर्दा आफ्ना अञ्चल भित्रको हकमा स्थानीय प्रमुख जिल्ला अधिकारीले त्यसको प्रवन्ध मिलाउनु पर्छ र एक अञ्चलबाट अर्को अञ्चलको कारागारमा सरुवा गर्न परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले आपसमा परामर्श गरी आवश्यक व्यवस्था मिलाउनु पर्छ ।

परिच्छेद – ९, विविध

५०. काजकृया गर्न दिने :- कारागारमा रहेका कैदी वा थुनुवामध्ये राजकाज  सम्बन्धी मुद्दामा परेको बाहेक अरु कैदी वा थुनुवाहरुले आफूले काज क्रिया गर्नुपर्ने आमा, बाबु, स्वास्नी, छोरा, छोरी कोही मरेमा मुर्दा उठाउने हकदार कोही रहेनछ भने तीन कोसभित्र सम्म मुर्दा उठाउन र जहा“सुकै मरेमा पनि क्रिया गर्नालाई समेत जेलरले पत्याएको जमानी लिई मुर्दा उठाउनु पर्नेमा सिपाहीसाथ लगाई पठाई मुर्दाउठाउन लगाउने र क्रिया गर्नुपर्नेमा भाग्न नपाउने पूरा बन्दोवस्त गरी कारागार नजिकैको घाट सत्तलमा राखी १३ दिन सम्मलाई क्रिया गर्न दिनु पर्छ ।

५१. कैदी वा थुनुवा मरेमा गर्ने विधि :- (१) कारागारका कैदी वा थुनुवाहरु आफ्ना कालगतिले मृत्यु भएमा सो लास उठाई स्थिति रीति अनुसार दाह संस्कार गर्न मर्नेका नजिक हकदार वारिस कोही नभएमा वा त्यस्ताले उठाई लैजान नचाहेमा सो लास दाहसंस्कार गर्ने संस्था भएमा सो संस्थालाई दिई नेपाल सरकारबाट स्वीकृत दरबन्दी बमोजिम दाह संस्कार खर्च दिनु पर्छ । संस्था नभएमा जुन जात मरेको हो भरसक मिल्दो जातको कैदी वा थुनुवाहरुद्वाराबाट मसानमा लगी स्वीकृत दरबन्दीको खर्चबाट दाह गर्न लगाउनु पर्छ ।
(२) उपनियम (१) बमोजिम दाह गर्ने चलन नभएको व्यक्ति मरेमा निजको चलन अनुसार गराउनु पर्छ ।

५२. मरे, भागेको थुनुवा कैदीहरुको मालसामान :- (१) कारागारमा मरे वा कारागारबाट भागेको कैदी वा थुनुवाहरुको कारागार भित्र रहेको मालसामानमध्ये पुरानो लुगा फाटा जलाईदिनु पर्छ । अरु बा“कीको हकमा ऐन बमोजिम गरी प्रचलित कानून बमोजिम रीत पुर्याई गर्नु पर्छ ।
(२) एकजना भन्दा बढी व्यक्ति म नजिकको हकवाला हु“ भनी भन्न आएमा निजहरुलाई प्रचलित कानून बमोजिम हक कायम गरी आउनु भनी सुनाई सहीछाप गराई पठाईदिनु पर्दछ र हक कायम गरी नआउन्जेलसम्म सो सम्पत्ति धरौटी राखी छाडनु पर्दछ ।

५३. चौकिदार, नाइके, सहनाइके भर्ना गर्दा :- चौकिदार, नाइके, सहनाइके खाली भै भर्ना गर्नुपर्दा जेलरले सबै कैदी वा थुनुवा चिन्न सक्ने असल चाल चलन भएको भरसक लामो अवधिको लागि कैद परेको कैदी वा थुनुवा मध्येबाट छानी भर्ना गर्नुपर्छ । भर्ना भैरहेको चौकिदार, नाइके, सहनाइकेले कानूनको बर्खिलाप गरेमा ऐन र प्रचलित नेपाल कानून बमोजिम गर्नुपर्ने भए गरी निजको ठाउ“मा अर्को भर्ना गर्नु पर्छ ।

५४. पसल राख्न दिने :- कारागारको कैदी वा थुनुवाहरुलाई सुविधाको निमित्त निजहरुले मागेको मुनासिव माफिकको चीज पाउने गरी कारागार इलाकाभित्र जेलरले पसल राख्न दिन सक्नेछ । पसलेले बजारमा चलेको दरमा बिक्री वितरण गर्नु पर्छ, घटी बढी गरेमा र सडेपडेको माल बिक्री गरेमा पहिला पटक नसिहद दिई फ्याक्न लगाउने, दोस्रो पटक पनि गरे निजलाई जेलरले उठाई अर्को पसल बन्दोबस्त गरी राख्नु पर्छ ।९घघ०

५५. मर्मत गर्ने वा बनाउने :- कारागारमा कुनै कैदी वा थुनुवाले कुनै किसिमले पर्खाल फोरे वा भत्काएमा जेलरले प्रचलित कानून बमोजिम तुरुन्त बनाउन लगाउनु पर्छ ।

५६. मालसामान खरीद बिक्री गर्ने बारे :- कारागारको मालसामान खरीद बिक्री गर्नुपर्दा जेलरले प्रचलित नेपाल कानून बमोजिम गर्नु पर्छ ।

५७. ढोका खोल्ने समय :- झाडा पिसाव गर्नेलाई बाहेक गोलघरभित्रका कैदीको ढोका अरु समयमा विहान ७ बजेदेखि १० बजेसम्म र दिउ“सो ३ बजेदेखि ५ बजेसम्म खुला राख्नु पर्छ त्यसदेखि अतिरिक्त गोलघरमा २ सा“चो मारी १ सा“चो नाइकेस“ग र १ सा“चो कारागार कार्यालयमा राख्नु पर्छ ।

५८. बत्तीको प्रवन्ध गर्ने :- बिजुलीको बत्ती भएको ठाउ“मा बिजुली र बिजुली बत्ती नभएको ठाउ“मा प्रत्येक दिन कोठै पिच्छे एक चौथाईको दरले र रमन घुम्न र चौकीमा लाल्टेन पिच्छे आधामानाको दरले मट्टितेल दिइनेछ । बिजुली निभेमा चौकीमा डेलाइट १ के मट्टितेल एक मानाको दरले आवश्यकता अनुसार दिइनेछ ।

५९. खानेकुरा र अन्य सामान जा“च्ने :- कारागारभित्र रहेको कैदी वा थुनुवाको निमित्त निजको नातादार इष्ट मित्रहरुले ल्याएको खानेकुरा तथा अन्य सामान जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीले जा“ची अनुमति दिएपछि मात्र भित्र लैजान दिनु हुन्छ । खानेकुरा जा“च गर्दा सो खानेकुराको केही अंश ल्याउने व्यक्तिलाई नै खान
दिई जा“च्ने गर्न पनि सकिनेछ ।

६०. कडा रोग लागेका विरामीलाई अस्पतालमा राख्ने :- कडा रोग लागि विरामी परेको कैदी वा थुनुवालाई अस्पतालमा राखी इलाज गराउनु पर्दा कारागारको तर्फबाट पूरा पालो पहराको साथ राखिने छ । यसरी अस्पतालमा राखिएकोमा कुनै खास प्रकारको अपराधी वा अभियुक्त व्यक्तिलाई अरुस“ग कुरा गर्न नदिनु भनी जेलरले अर्डर दिएमा
त्यस्तासग कुरा गर्न दिइने छैन ।

६१. आफ्नो खर्चमा उपचार गराउने :- कुनै थुनुवा वा कैदीले आफ्नै खर्चमा चिकित्सा गराउन चाहेमा निजले वा निजको नजिकका नातादार वा मित्रले लिखित दरखास्त जेलरकहा“ पेश गर्नु पर्दछ । त्यस्तो दरखास्तमा निजले सरकारीया चिकित्सकबाट नगरी अन्य चिकित्सकबाट उपचार गराउन चाहेको कारण स्पष्ट उल्लेख गर्नु पर्दछ ।
उपचार गर्ने चिकित्सकको नाम, थर, वतन र योग्यता समेत दरखास्तमा उल्लेख भएको हुनु पर्दछ । उपचार गर्ने चिकित्सक वा कारण मुनासिव नदेखिएमा जेलरले त्यस्तो अनुरोधलाई स्थानीय प्रमुख जिल्ला अधिकारी कहा“ जाहेर गर्नु पर्दछ ।

६२. अड्डा अदालत उपस्थित गराउने :- (१) ऐनको दफा १५ बमोजिम थुनुवा वाकैदीलाई अड्डा अदालतमा हाजिर गराउन पूर्जी प्राप्त भएमा सम्बन्धित कारागारले त्यस्तो थुनुवा वा कैदीलाई तोकिएको दिन र समयमा आवश्यक सुरक्षाको प्रबन्ध गरी प्रहरीमार्फत अड्डा अदालतमा उपस्थित गराउनु पर्नेछ । सम्बन्धित प्रहरीले काम
नसकिन्जेल अड्डा अदालतमा पर्खी काम सकेपछि थुनुवा वा कैदीलाई अड्डा अदालतबाट फिर्ता लगी कारागारमा बुझाउनु पर्नेछ ।
तर इजलास कोठाभित्र थुनुवा वा कैदीको जिम्मा इजलासले तोकिदिएको कर्मचारीको हुनेछ ।
(२) कारागार बाहिर कुनै थुनुवा कैदीलाई पठाउनु पर्दा निजको निजी सामान केही भए सो सामान नाइके सहनाइकेको जिम्मा दिनु पर्छ ।

६३. काम सम्पादन गर्ने :- यस नियम बमोजिम अन्य पदाधिकारीको निमित्त तोकिएको बाहेक अरु सबै काम जेलर आफैले वा निजको नियन्त्रणमा रही निजका मातहतका कर्मचारीले गर्न सक्नेछन् र सो सबै कामको निमित्त जेलर आफै जवाफदेही हुनेछन् ।

६४. यस नियमावली बमोजिम गर्ने ः यस नियमावलीमा लेखिएको कुरामा यसै बमोजिम र
अरु कुरामा प्रचलित कानून बमोजिम हुनेछ ।

६५. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने :नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।।

 

अनुसूची–२क.(नियम १६क. को उपनियम (१) स“ग सम्बन्धित) सामुदायिक सेवा गर्न दिइने निवेदनको ढा“चा

श्री ………………….. अदालत / ……………. कार्यालयमा चढाएको
निवेदन
विषय :– सामुदायिक सेवा गर्न पाउ“ ।
………………. वस्ने वर्ष ….. को ………………………………………….. निवेदक
प्रतिवादी
………………….. को जाहेरीले नेपाल सरकार …………………. वादी
मुद्दा ………………
म निवेदक निवेदन वापतको दस्तुर रु. ५।– यसैसाथ संलग्न राखी निम्न लिखित निवेदन गर्दछु ः–
१. उपरोक्त मुद्दामा म समेतले कसूर गरेको ठहर भएमा सो वापत मैले भोग्नु पर्ने कैद
सजायको सट्टा सामुदायिक सेवामा संलग्न हुन पाउन यो निवेदन दिएको छु ।
२. सामुदायिक सेवामा रह“दा प्रचलित कारागार ऐन, नियम तथा सो अन्तर्गत तोकिएको
शर्तको पालना गर्नेछु । सोको उल्लंघन गरेमा बा“की अवधि पुनः कारागारमा बस्न मेरो
मन्जुरी छ ।
३. यसमा लेखिएको व्यहोरा ठीक सा“चो हो । झुट्ठा ठहरे कानून बमोजिम सहु“ला
बुझाउ“ला ।
निवेदक
…….. बस्ने वर्ष ….. को ……………
ति सम्वत २०…… साल ………… महिना …… गते रोज …… शुभम् –––––––––––––––

 

अनुसूची–२ख.(नियम १६ख. को उपनियम (२) स“ग सम्बन्धित) खुला कारागारमा बस्ने अनुमतिको लागि दिइने निवेदन

श्री कारागार व्यवस्थापन विभाग
…………………. को जाहेरीको वादी नेपाल सरकार, प्रतिवादी म समेत भएको ……..
मुद्दामा ……….. अदालत । कार्यालयबाट म समेतले कसूर गरेको ठहर गरी मलाई कसूर
वापत …… वर्ष ……… महिना कैद ठेकिएकोमा हाल मैले उक्त कैद अवधि मध्ये …….
वर्ष ……….. अवधि कैद भुक्तान गरिसकेकोले बा“की कैद अवधि खुला कारागारमा बस्न
पाउने अनुमतिको लागि यो निवेदन गरेको छु ।

१. म खुला कारागारमा रह“दा देहाय बमोजिमका शर्तहरु पालना गर्न मन्जूर छ ।
(क) खुला कारागारमा बस्ने अनुमति दिंदा दिएको आदेशमा उल्लिखित बाहेकका अन्य
काम गर्ने छैन ।
(ख) स्वरोजगारको लागि खुला कारागार क्षेत्रबाट बाहिर प्रस्थान गर्दा र खुला कारागार क्षेत्रमा प्रवेश गर्दा खुला कारागार अधिकृतले तोकेको समय भित्र गर्नेछु ।
(ग) खुला कारागारमा रहन दिइएको आदेशमा तोकिएको स्थान र क्षेत्र बाहेकका अन्य स्थान र क्षेत्रमा बसोबास गर्ने छैन ।
(घ) खुला कारागार क्षेत्रको आÇनो बासस्थानमा परिवार बाहेक अन्य व्यक्तिलाई स्थायी रुपमा राख्ने छैन ।
(ङ) खुला कारागारमा रह“दा बस्ने घर टहरा तथा प्रयोग गर्ने भान्छाको नियमित रुपले मर्मत सम्भार तथा सरसफाई गर्नेछु ।

२. खुला कारागारमा रह“दा प्रचलित कारागार ऐन, नियम तथा सो अन्तर्गत तोकिएको शर्तको पालना गर्नेछु, सोको उल्लङ्घन गरेमा बा“की अवधि पुनः कारागारमा बस्न मेरो मन्जुरी छ ।

३. यसमा लेखिएको व्यहोरा ठीक सा“चो छ । झुट्ठा ठहरे कानून बमोजिम सहु“ला
बुझाउ“ला ।

४. संलग्न कागजात
(क) कैद सजाय पाएको सम्बन्धित अदालतको आदेश वा फैसलाको प्रतिलिपि,
(ख) कैद बसेको अवधि खुलेको सम्बन्धित कारागार अधिकृतले प्रमाणित गरिदिएको
कागज,
(ग) कैदमा रह“दा मेरो चालचलनको सम्बन्धमा जेलरले प्रमाणित गरिदिएको कागज,
(घ) मैले गर्न चाहेको स्वरोजगारको विवरण वा रोजगारदाताले रोजगार दिने विषयमा
लेखिदिएको आशयपत्र ।
निवेदक
……… वस्ने वर्ष …… को ……………..
इति सम्वत २०….. साल ………… महिना ……. गते रोज …… शुभम् –––––––––––––

अनुसूची–३,(नियम २३ संग सम्बन्धित)

(क) थुनुवा वा कैदीलाई मोटो चामल ७०० ग्राम र पैंतालीस रुपैया“ तथा चाडपर्व खर्च वापत प्रत्येक वर्ष एकमुष्ट तीनसय रुपैंया ।
स्पष्टीकरण :- खण्ड (क) को प्रयोजनको लागि “मोटो चामल” भन्नाले नेपाल खाद्य संस्थानले निर्धारण गरेको मोटो चामलको मूल्यमा प्राप्त हुने चामललाई सम्झनु पर्छ ।
(ख) नाबालकलाई
(१) सात महिनादेखि एक वर्षसम्मको लागि चामल १०० ग्राम र दश
रुपैया“ ।
(२) एक वर्षदेखि तीन वर्षसम्मको लागि चामल १५० ग्राम र दश रुपैया“ ।
(३) तीन वर्षदेखि पा“च वर्षसम्मको लागि चामल २०० ग्राम र दश रुपैया“ ।
(४) पा“च वर्षदेखि माथि सात वर्षसम्मको लागि चामल २५० ग्राम र दश
रुपैया“ ।
(५) सात वर्षभन्दा माथि बाह्र वर्षसम्मको लागि चामल ४५० ग्राम र दश
रुपैया“ ।
(६) बाह्र वर्षदेखि माथिको लागि चामल ६०० ग्राम र पन्ध्र रुपैया“ ।