Skip to contentSkip to left sidebar Skip to footer

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८

प्रमाणीकरण र प्रकाशन मिति             -२०६८।१।२६
संशोधन गर्ने ऐन
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२      -२०७२।११।१३
संवत २०६८ को ऐन नं. १
सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: धूम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सूर्ति सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८” रहेको छ ।
(२) यो ऐनको दफा ९ प्रमाणीकरण भएको मितिले एक सय असीऔं दिन र अन्य दफाहरु एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सूर्तिजन्य पदार्थ” भन्नाले धूम्रपान वा सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ सम्झनु पर्छ ।
(ख) “धूम्रपान” भन्नाले चुरोट, बि“डी, सिगार, तमाखु, सुल्फा, कक्कड, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम सम्झनु पर्छ ।
(ग) “सूर्ति सेवन” भन्नाले खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ ।
(घ) “सार्वजनिक स्थल” भन्नाले दफा ३ मा तोकिए बमोजिमकोस्थल सम्झनु पर्छ ।
(ङ) “व्यवस्थापक” भन्नाले सार्वजनिक स्थलको काम कारबाहीको सम्बन्धमा अन्तिम निर्णय गर्न अधिकारप्राप्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक सवारीको हकमा त्यस्तो सवारीको चालक समेतलाई जनाउछ ।
(च) “उत्पादक” भन्नाले सूर्तिजन्य पदार्थको उत्पादक सम्झनु पर्छ ।
(छ) “निरीक्षक” भन्नाले दफा ११ बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(झ) “समिति” भन्नाले दफा १८ बमोजिम गठित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ सूर्तिजन्य पदार्थको नियन्त्रण

३. सार्वजनिक स्थल मानिनेः (१) देहायको स्थललाई सार्वजनिक स्थल मानिनेछ:–
(क) राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय,
(ख) शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
(ग) विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
(घ) बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,
(ङ) सार्वजनिक शौचालय,
(च) उद्योग तथा कल कारखानाका कार्यस्थल,
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “कार्यस्थल” भन्नाले उद्योग तथा कल कारखानाले काम गर्न छुट्याएको कार्यालय वा स्थल सम्झनु पर्छ ।
(छ) चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
(ज) होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह,
(झ) रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस,
(ञ) डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
(ट) धर्मशाला तथा धार्मिक स्थल,
(ठ) सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर ।
(२) उपदफा (१) मा उल्लिखित स्थलको अतिरिक्त कुनै ठाउ“को महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थल समेत सार्वजनिक स्थल मानिनेछ ।
४. सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुनेः (१) कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न पाउने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम धूम्रपान तथा सूर्ति सेवनको लागि छुट्याइएको ठाउमा कायम गर्नु पर्ने आधारभूत कुराहरु तोकिए बमोजिम हुनेछन्।
५. सूचना टास गर्नु पर्ने : व्यवस्थापकले आफुसग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउ“मा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टास गर्नु पर्नेछ ।
६. घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न ह“ुदैन ।

परिच्छेद–३ सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण

७. लेबुल, ट्रेडमार्क, र्यापर्स तथा प्याकिङ्ग : (१) उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा यापर्समा देहायको विवरण उल्लेख गर्नु पर्नेछ :–
(क) प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबुल तथा ट्रेडमार्क चिन्ह,
(ख) उत्पादकको नाम, ठेगाना र सूर्तिजन्य पदार्थमा रहेको निकोटिनको मात्रा,
(ग) तोकिएका अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरु ।
(२) उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा ¥यापर्समा नाबालकलाई आकर्षण गर्ने कुनै किसिमको लोगो, चिन्ह, शब्द र चित्र राख्न पाउने छैन ।
(३) कसैले पनि अन्य उद्योग तथा उत्पादनको ब्राण्ड तथा ट्रेड नाम राखी सूर्तिजन्य पदार्थ उत्पादन गर्न पाउने छैन ।
(४) कुनै उद्योगले चुरोट, बि“डी वा सिगारको आकारमा कुनै पनि वस्तु उत्पादन गर्न पाउने छैन ।
८. विवरण पेश गर्नु पर्ने : (१) उत्पादकले सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्नु अघि त्यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्व लगायत अन्य आवश्यक कुराहरुको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) सूर्तिजन्य पदार्थको उत्पादन तथा निकासी पैठारी गर्ने व्यक्तिले प्रत्येक वर्ष आफुले गरेको उत्पादन तथा निकासी पैठारीको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
९. चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्ने : (१) उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, र्‍यापर्स,प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी कुल भागमध्ये कम्तीमा पचहत्तर प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नु पर्नेछ ।
(२) मन्त्रालयले उपदफा (१) बमोजिमको चेतावनीमूलक सन्देश तथा सङ्केत चिन्ह समय समयमा थप गर्न सक्नेछ ।
(३) आयातकर्ताले उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको सूर्तिजन्य पदार्थ आयात गर्न पाउने छैन ।
१०. विज्ञापन तथा प्रायोजन गर्न नपाइनेः उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।
११. बिक्री वितरण तथा प्रदर्शनमा बन्देज : (१) कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रयोजनको लागि सूर्तिजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजस“ग आवश्यक प्रमाण माग गर्न सक्नेछ र बिक्रेताले माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ ।
(३) कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन ।
(४) कसैले पनि फुटकर रुपमा चुरोट, बि“डी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्न सक्नेछ ।
(५) कसैले पनि निःशुल्क रुपमा सूर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन ।
(६) नेपाल सरकारले चाहेमा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजतपत्र लिनु पर्ने व्यवस्था गर्न सक्नेछ ।
(७) कसैले पनि सूर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट गर्न तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न पाउने छैन ।

परिच्छेद–४ निरीक्षण, अनुसन्धान तथा मुद्दा दायरी

१२. निरीक्षक सम्बन्धी व्यवस्था : (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने काम समेतको लागि नेपाल सरकारले नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलाई निरीक्षकको रुपमा तोक्न सक्नेछ ।
(२) निरीक्षकले वर्षभरिमा आपूmद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) यस ऐनमा लेखिएदेखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
१३. निरीक्षण गर्न सक्नेः (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षकले आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै सार्वजनिक स्थलको निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो ठाउ“मा धूम्रपान वा सूर्ति सेवन गर्न रोक लगाउन वा यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गर्न सम्बन्धित उत्पादक वा व्यवस्थापकलाई निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षकले दिएको निर्देशन तथा गराएको ध्यानाकर्षणको पालना गर्नु सम्बन्धित उत्पादक वा व्यवस्थापकको कर्तव्य हुनेछ ।
१४. व्यवस्थापकले निरीक्षण गर्नु पर्ने : (१) व्यवस्थापकले आफुसँग सम्बन्धित सार्वजनिक स्थलमा कसैले धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको सम्बन्धमा समय समयमा निरीक्षण गर्नु गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा कसैले धूम्रपान वा सूर्ति सेवन गरेको देखिएमा व्यवस्थापकले धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउनु पर्नेछ ।
(३) कुनै व्यवस्थापकले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा सो स्थलस“ग सम्बन्धित व्यक्ति वा कर्मचारीले र सार्वजनिक सवारीका हकमा त्यस्तो सवारीका यात्रीले व्यवस्थापकलाई धूम्रपान वा सूर्ति सेवन गर्नबाट तुरुन्त रोक लगाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम व्यवस्थापकले धूम्रपान वा सूर्ति सेवन गरेमा सो थाहा पाउने वा देख्ने व्यक्तिले निरीक्षक समक्ष उजुरी गर्न सक्नेछ ।
१५. अनुसन्धान तथा तहकिकात : व्यवस्थापकले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा नगरेको सम्बन्धमा कसैको उजुरी परेमा वा निरीक्षकलाई कुनै स्रोतबाट सो कुराको जानकारी हुन आएमा निरीक्षकले सो सम्बन्धमा आवश्यक अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।
१६. मुद्दा दायर गर्ने : (१) दफा १५ बमोजिम गरिएको अनुसन्धान तथा तहकिकातबाट उत्पादक वा व्यवस्थापक उपर मुद्दा चलाउनु पर्ने देखिएमा निरीक्षकले त्यसरी अनुसन्धान तथा तहकिकात समाप्त भएको मितिले पच्चीस दिनभित्र मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा निरीक्षकले सम्बन्धित सरकारी वकीलको राय लिनु पर्नेछ ।

परिच्छेद–५ सजाय तथा पुनरावेदन

१७. सजाय : (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले देहाय बमोजिम सजाय गर्नु पर्नेछ :–
(क) धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउदा नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिबाना वा दुवै सजाय गर्नु पर्ने,
(ख) धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्नु पर्ने ।
(२) व्यवस्थापकले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारबाही गर्नु पर्नेछ ।
(३) व्यवस्थापकले उपदफा (१) को खण्ड (क) बमोजिम जरिबाना वापत लिएको रकम राजश्व खातामा जम्मा गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम व्यवस्थापक वा अधिकारप्राप्त अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।
(५) देहायको अवस्थामा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित व्यक्तिलाई देहाय बमोजिम सजाय गर्नु पर्नेछ :–
(क) दफा ५ बमोजिम सूचना टा“स नगरेमा पा“च हजार रुपैया“सम्म जरिबाना,
(ख) दफा ७, ८ र ९ बमोजिमको कुनै काम नगरेमा त्यस्तो सूर्तिजन्य पदार्थ जफत गरी पचास हजार रुपैयासम्म जरिबाना,
(ग) दफा १० विपरीत कुनै काम गरेमा एक लाख रुपैयासम्म जरिबाना,
(घ) दफा ११ विपरीत कुनै काम गरेमा दश हजार रुपैयासम्म जरिबाना,
(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा लेखिएदेखि बाहेक यस ऐन विपरीत अन्य कुनै काम गरेमा पाच हजार रुपैयासम्म जरिबाना ।
१८. पुनरावेदन : दफा १७ को उपदफा (५) बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।

परिच्छेद–६ विविध

१९. समितिको गठन : (१) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धमा नीति निर्धारण गर्ने काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति गठन हुनेछ :–
(क) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – अध्यक्ष

(ख) निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र – उपाध्यक्ष
(ग) क्यान्सर, फोक्सो वा मुटु सम्बन्धी रोगको रोकथाम वा उपचारमा संलग्न सरकारी स्वास्थ्य संस्थाका व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(घ) धूम्रपान तथा सूर्ति सेवनको नियन्त्रण गर्ने उद्देश्यले स्थापित गैर सरकारी संस्था तथा निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गरेका व्यक्तिहरुमध्येबाट एकजना महिला सहित मन्त्रालयले मनोनीत गरेको दुईजना – सदस्य
(ङ) सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(च) कानून अधिकृत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य– सचिव
(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएका आधारमा मनोनीत सदस्यलाई पदबाट हटाउन सकिनेछ ।
(४) समितिको सचिवालयको काम मन्त्रालयले गर्नेछ ।
(५) समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आपैंmले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) समितिलाई आवश्यक लागेमा सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
२०. समितिको काम, कर्तव्य र अधिकार ः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने,
(ख) धूम्रपान तथा सूर्ति सेवनलाई निरुत्साहित गर्न यसबाट पर्ने नकारात्मक असरका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
(ग) धूम्रपान तथा सूर्ति सेवनको लतमा लागेकालाई सोबाट छुटकारा दिलाई स्वस्थ जीवनयापनको लागि आवश्यक उपाय अवलम्बन गर्ने,
(घ) निरीक्षकको काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने,
(ङ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने,
(च) सूर्तिजन्य पदार्थबाट स्वास्थ्यलाई हानि नोक्सानी पु¥याउने विषय पाठ्यपुस्तकमा समावेश गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने,
(छ) सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण र उपभोगमा न्यूनीकरणको लागि आवश्यक काम गर्ने,
(ज) सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण र उपभोगको नियन्त्रण गर्न तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि आवश्यक स्रोत जुटाई परिचालन गर्ने,
(झ) तोकिए बमोजिमको काम गर्ने गराउने ।
२१. जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्ने : (१) मुद्दा हेर्ने अधिकारीले यस ऐन बमोजिम जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्नेछ ।
(२) मुद्दा हेर्ने अधिकारीले उपदफा (१) बमोजिम सूर्तिजन्य पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नु पर्नेछ ।
२२. स्वास्थ्य कर कोष : (१) नेपाल सरकारले धूम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि स्वास्थ्य कर कोषको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा नेपाल सरकारले वार्षिक रुपमा विनियोजन गरेको रकमको अतिरिक्त तोकिए बमोजिमको रकम जम्मा गरिनेछ ।
(३) उपदफा (२) बमोजिम विनियोजित रकम अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको रकमभन्दा कम हुने छैन ।
(४) यस दफा बमोजिमको कोषमा जम्मा भएको रकम तोकिए बमोजिम खर्च गरिनेछ ।
२३. सरकारवादी हुनेः यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुनेछ ।
२४. संक्षिप्त कार्यविधि अपनाउनु पर्ने : यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्दा मुद्दा हेर्ने अधिकारीले संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
२५. मुद्दा हेर्ने अधिकारी : यस ऐन अन्तर्गतको मुद्दाको शुरु कारबाही र किनारा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्नेछ ।
२६. सहयोग गर्नु पर्ने : यस ऐन बमोजिमको कुनै काम कारबाही सम्पादन गर्ने सिलसिलामा व्यवस्थापक वा निरीक्षकले स्थानीय प्रशासनको सहयोग माग गर्न सक्नेछ । त्यसरी सहयोग माग भएमा आवश्यक सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।
२७. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।