विदेशी लगानी कर ऐन, २०१९
लालमोहर र प्रकाशन मिति
२०१९।९।२९
संशोधन गर्ने ऐन
१. राजस्व न्यायाधिकरण ऐन, २०३१ २०३१।४।१८
२. अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ २०४७।८।२७
प्रमाणीकरण र प्रकाशन मिति
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुनसंशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२०१९ सालको ऐन नं. ३२
……………..
विदेशी लगानी कर निर्धारण गरी असूल उपर गर्ने व्यवस्थाको निमित्त बनेको ऐन
प्रस्तावनाः देश विकासको लागि राष्ट्रिय आयमा बृद्धि गर्न विदेशी लगानीमा कर लगाउनवाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।