राष्ट्रिय सेवा दल ऐन, २०२७
लालमोहर र प्रकाशन मिति
२०२७।६।१८
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने
ऐन, २०६६ – २०६६।१०।७
२०२७ सालको ऐन नं. १०
राष्ट्रिय सेवा दलको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः नेपाल का छात्रछात्राहरूमा देश बफादारीको भावना अझ बढी जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुशासित नागरिक बनाउन र उनीहरूमा नेतृत्वको क्षमता बढाउन सैनिक तालीम दिनु वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।