राज्य अदालत उन्मूलन ऐन, २०१७
प्रमाणीकरण र नेपाल राजपत्रमा
प्रकाशन मिति
२०१७।२।२
संशोधन गर्ने ऐनः
१. खारेजी र संशोधन ऐन, २०२२ २०२२।१२।१०
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन
गर्ने ऐन, २०६६ २०६६।१०।७
२०१७ सालको ऐन नं. २ २०१७ सालको ऐन नं. २
राज्य अदालत उन्मूलन गर्नको निमित्त बनेको ऐन राज्य अदालत उन्मूलन गर्नको निमित्त बनेको ऐन
शान्ति व्यवस्था र नेपालका नागरिकहरूको सुविधा कायम राख्नको लागि वर्तमान न्याय
प्रशासनमा सुधार ल्याउन राज्य अदालतहरू उन्मूलन गर्नु परेकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको शासनकालको छैठौं वर्षमा संसदले यो ऐन
बनाएको छ ।