३९. असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै कर अधिकृतले आफ्नो कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै कर अधिकृतले आफ्नो कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।
(१) कुनै करदाताले आफ्नो करको दायित्वको सम्पूर्ण वा केही अंश छलेको वा छल्न कोसिस गरेको प्रमाण सहित सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असुल उपर गरिएको करको रकमको बीस प्रतिशत बराबरको रकम पुरस्कारको रुपमा दिइनेछ । यस्तो पुरस्कार दिने निर्णय महानिर्देशकबाट हुनेछ ।
(२) उपदफा (१) बमोजिम सूचना दिने व्यक्ति एक भन्दा बढी भएमा त्यस्ता व्यक्तिहरु बीच पुरस्कारको बांडफांड महानिर्देशकले निर्धारण गरे बमोजिम हुनेछ ।
यो ऐनको उद्देश्य कार्यान्वनयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिए जतिमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।
(१) देहायका ऐनहरु खारेज गरिएका छन्ः–
(क) बिक्री कर ऐन, २०२३ ।
(ख) होटेल कर ऐन, २०१८ ।
(ग) ठेक्का कर ऐन, २०२३ ।
(घ) मनोरञ्जन कर ऐन, २०१७ ।
(२) उपदफा (१) बमोजिम खारेज भएका ऐनहरु अन्तर्गत भए गरेका सम्पूर्ण काम कारबाहीहरु यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।
(दफा ५ को उपदफा ३ सँग सम्बन्धित)
समूह १: आधारभूत कृषि उत्पादनहरु
(क) धान, चामल, गहुँ, मकै, जौ, कोदो, फापर, दलहन, दाल, पीठो, मैदा सुजी, ग्रिट्स, चना, बोडी, केराउ, सिमी र यस्तै खाद्यान्नको रुपमा प्रयोग हुने आधारभूत अप्रशोधित कृषि उत्पादनहरु र तिनको अवशेष,
(ख) हरियो तथा ताजा सागसब्जी, ताजा फलफुल, ताजा फूल, कन्दमूल तथा फलफुल, तरकारी र कन्दमूलको रुपमा प्रयोग हुने ताजा तथा अप्रशोधित कृषि उत्पादनहरु (होटल रेष्टुरेष्ट, बार, गेष्ट हाउस, क्याफेटेरिया वा यस्तै अन्य संस्थाले गर्ने आपूर्ति बाहेक),
(ग) अप्रशोधित नगदेबाली (जस्तै उखु, कपास, अलैंची, सनपाट, किसानले बिक्री गर्ने अप्रशोधित सुर्ती, चियाको पात, कफी को गेडा, तेलहन (भटमास, बदाम, रायोको गेडा, तोरीको गेडा, सर्स्युंको गेडा, सूर्यमुखीको गेडा, तीलको गेडा तथा खाने तेल उत्पादन गर्न प्रयोग हुने यस्तै प्रकारका अन्य आधारभूत कृषि उत्पादनहरु) र त्यसबाट निस्केको पिना,
(घ) जडीबूटी ।
समूह २: आधारभूत आवश्यकताका वस्तुहरु
(क) खाने तेल (स्थानीय कोल वा मिलबाट पेलान गरी उत्पादन गरिएको मात्र),
(ख) धारा तथा टयाङ्करबाट खुला रुपमा आपूर्ति हुने पिउने पानी,
(ग) दाउरा तथा गोल,
(घ) मट्टीतेल (हवाई इन्धन बाहेक),
(ङ) नून ।
समूह ३: जीवजन्तु तथा सोको उपज
(क) खसी, बोका, भेंडा, चौंरी, राँगा, बँदेल, सुँगुर, खरायो र यस्तै अन्य जनावर, तिनको ताजा दूध र अप्रशोधित काँचो परिकारहरु,
(ख) गाई, भैंसी र बाख्री,
(ग) हाँस, भाले तथा पोथी कुखुरा, टर्की, लौकाट र यस्तै अन्य पन्छीहरु, तिनको ताजा मासु, अण्डा र अप्रशोधित काँचो परिकारहरु,
(घ) ताजा वा सुकाएको माछा (प्याकिङ गरिएको बाहेक) ।
समूह ४: कृषि सामाग्रीहरु
(क) समूह १ मा उल्लिखित बाली बिरुवाको बीउ बिजन,
(ख) मल, रासायनिक मल र माटोको उपचार सामाग्री,
(ग) कृषि कार्यमा प्रयोग हुने सामान्य औजारहरु (जमीन खन्ने तथा सफा गर्ने हाते औजारहरु, हाते आरा बाहेक झारपात तथा काठ काट्ने हाते औजारहरु, अन्नको गेडा झार्ने र भुस सफा गर्ने हाते औजारहरु, पशुहरुको चारा काट्ने हाते औजारहरु तथा हलोमा प्रयोग गरिने ˚ फाली),
(घ) पूर्ण रुपमा वा मुख्य रुपमा बालीनालीमा प्रयोग हुने कीटनाशक रसायनहरु ।
समूह ५: औषधि, उपचार र यस्तै स्वास्थ्य सेवाहरु
(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी सञ्चालन भएका चिकित्सा सेवा प्रदान गर्ने वा शल्यक्रिया गर्ने अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवा,
(ख) स्वास्थ्य कर्मीहरु (डाक्टर, नर्स, वैद्य, कविराज, कम्पाउण्डर आदि) ले संस्थागत वा व्यक्तिगत रुपमा आपूर्ति गर्ने पेशागत सेवा,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित सेवा उपलब्ध गराउने क्रममा आवश्यक भै त्यस्तो सेवासँगै प्रापकलाई आपूर्ति गरिने वस्तुहरु,
(घ) मानव रगत र मावन रक्तजन्य पदार्थहरु,
(ङ) चिकित्सा अनुसन्धानमा प्रयोग हुने मानव वा जनावरका अङ्ग तथा तन्तुहरु,
(च) पशु चिकित्सक वा पशु शल्यचिकित्सकले प्रदान गर्ने पेशागत सेवा,
(छ) पशु उपचार तथा मानवीय उपचारका औषधिहरु र गर्भ निरोधक साधनहरु,
(ज) अशक्त र अपाङ्ग व्यक्तिहरुको प्रयोगको लागि मात्र उपयुक्त हुने गरी बनेका साधनहरु,
(झ) एक्सरेफिल्म र उपचारको निमित्त प्रयोग हुने अक्सिजन ग्यास,
(ञ) औषधि उद्योग आफैंले पैठारी वा खरिद गरेको औषधि व्यवस्था विभागले तोकेको हदसम्मको औषधिको कच्चा पदार्थ ।
समूह ६: शिक्षा
(क) विद्यालय तथा विश्वविद्यालयमा हुने अनुसन्धान सम्बन्धी कार्यहरु,
(ख) नाफा आर्जन गर्ने उद्देश्य नभएको व्यवसायिक वा पेशागत तालीम वा पुनर्ताजगी तालीमहरु,
(ग) विद्यालय तथा विश्वविद्यालयहरुले प्रदान गर्ने शिक्षण सेवा तथा सेवा उपलब्ध गराउने क्रममा आवश्यक भै त्यस्तो सेवा सँगै प्रापकलाई आपूर्ति गरिने वस्तुहरु ।
समूह ७: किताब, अखबार, मुद्रित सामाग्रीहरु तथा मुद्रण र प्रकाशन
(क) पुस्तक, पुस्तिका र पर्चाहरु,
(ख) अखबार, पत्रपत्रिका र आवधिक प्रकाशनहरु,
(ग) चित्र तथा नक्साहरु,
(घ) (क) देखि (ग) सम्मका वस्तु आपूर्ति गर्न प्रयोग भएका खोल, खाम तथा बक्सा (यिनको अलग्गै मूल्य राखिएको छैन भने),
(ङ) मुद्रण र प्रकाशन ।
(च) अखबारी कागज ।
समूह ८: सांस्कृतिक, कलात्मक र कालिगडी सेवा
(क) कलाकृति तथा कालिगडी सेवा (चित्रकला, मूर्तिकला, वास्तुकला तथा यस्तै प्रकारका अन्य हस्तकलाहरु र तत्सम्बन्धी सेवा),
(ख) सांस्कृतिक कार्यक्रम,
(ग) पुस्तकालय, सङ्ग्रहालय, कला सङ्ग्रहालय, चिडिया घर तथा वनस्पति उद्यानको प्रवेश शुल्क,
(घ) स्वदेशमा निर्मित नेपाली चलचित्रको प्रदर्शन ।
समूह ९: यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरु
सार्वजनिक यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरु ।
समूह १०: व्यावसायिक वा पेशागत सेवा
कानून व्यवसायी, लेखापरीक्षक, इन्जिनियर, कलाकार, खेलाडी, लेखक, नमूनाकार, बिमक, अनुवादक, दोभाषे आदिले संस्थागत वा व्यक्तिगत रुपमा प्रदान गर्ने पेशागत सेवा ।
समूह ११: अन्य वस्तु तथा सेवा
(१) हुलाक सेवा (नेपाल सरकारबाट सञ्चालित मात्र),
(क) चिठ्ठीपत्र, पैसा तथा पुलिन्दा परिवहन वा हस्तान्तरण सम्बन्धी सेवा,
(ख) चिठ्ठीपत्र, पैसा तथा पुलिन्दा परिवहन वा हस्तान्तरण सम्बन्धी सेवाको लागि आवश्यक पर्ने अन्य सेवाहरु,
(ग) हुलाक टिकट ।
(२) वित्तीय तथा बीमा सेवा ।
(३) बैंक नोट तथा चेक बूक ।
(क) नेपाली नोटको छपाई तथा निष्काशन,
(ख) नेपाल ………. बाहिरबाट नेपाल ……….. भित्र हुने बैंक नोटको आपूर्ति,
(ग) चेक बूक ।
(४) सुन, चाँदी ।
(क) सुन र सुनका सिक्का (सुनका अन्य तयारी वस्तु र गरगहना बाहेक ।
(ख) चाँदी र चाँदीका सिक्का (चाँदीका अन्य तयारी वस्तु र गरगहना बाहेक) ।
(५) विद्युत ।
(६) तामा र पित्तलको स्क्रेप ।
(७) कच्चा ऊन ।
समूह १२: भवन र जग्गा
घर तथा जग्गाको खरिद बिक्री तथा बहाल (होटल, गेष्ट हाउस जस्तो व्यवसायिक रुपमा सञ्चालित निकायले उपलब्ध गराउने सेवा बाहेक)
समूह १३: बाजी, क्यासिनो र चिठ्ठा
१. बाजी वा जुवा खेलाउनका निमित्त प्रदान गरिने सुविधा सम्बन्धी क्रियाकलाप,
२. चिठ्ठा ।
(दफा ७ को उपदफा (२) सँग सम्बन्धित)
१. ………………
२. नेपाल …….. बाहिर निर्यात हुने वस्तुहरु
वस्तुको आपूर्ति देहाय बमोजिम भएको छ भन्ने कुरा प्रमाणित भएमा:
(क) नेपाल ………… बाहिर निर्यात गरेको वा,
(ख) नेपाल……….. बाट उड्ने अन्तर्राष्ट्रिय हवाइ उडानमा राखिएको वा,
(ग) अन्तर्राष्ट्रिय हवाइ उडानका लागि नेपाल …….. बाट उड्ने हवाइजहाजभित्र बिक्री गर्न लगिएको ।
३. नेपाल ……….. बाहिरको व्यक्तिलाई आपूर्ति हुने सेवाहरु
(क) नेपाल ……….. भित्र बसोबास भएको व्यक्तिले नेपाल ……….. बाहिरका व्यक्ति (जसको नेपालमा कुनै व्यवसायिक कारोबार, व्यवसायिक प्रतिनिधित्व वा कानूनी रुपमा मान्य प्रतिनिधि छैन) लाई आपूर्ति गरेको सेवा,
(ख) नेपाल ………… भित्र बसोबास गर्ने व्यक्तिले नेपाल …………. बाहिर भाडामा वा उधारोमा गरेको सेवाको आपूर्ति ।
४. कुटनैतिक सुविधा प्राप्त व्यक्तिले पैठारी गर्ने वस्तु तथा सेवाहरु