Skip to contentSkip to left sidebar Skip to footer

पर्यटन ऐन, २०३५

प्रस्तावनाः

पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित काम राख्न र नेपाल मा आउने पर्यटकहरू तथा नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपालीपर्यटकहरूको स्वास्थ्य, सुविधा र हितको निमित्त आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेको छ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः

(१) यस ऐनको नाम “पर्यटन ऐन, २०३५” रहेको छ।

(२) यो ऐनको विस्तार नेपाल ………. भर हुनेछ ।
(३) यो  ऐनको परिच्छेद –४ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ र अरु परिच्छेद तुरुन्त प्रारम्भ हुनेछन्।मिति २०५५।१०।११ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा मिति २०५५।९।१७ देखि प्रारम्भ हुने गरी तोकिएको ।
यो ऐन संवत्२०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।दोस्रो संशोधनद्वारा थप ।

२.परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क)“पर्यटक” भन्नाले विदेशी मुलुकबाटभ्रमणको लागि नेपाल राज्यमा आउने गैर नेपाली नागरिक सम्झनु पर्छ ।(क१)नेपाली पर्यटक भन्नाले नेपाल…………को एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने
नेपाली नागरिक सम्झनु पर्छ ।

(ख)“टाभलएजेन्सी” भन्नाले जुनसुकै नामबाट सन्चालन गरिएको भए तापनि पर्यटक वा अन्य व्यक्तिको निमित्त शुल्क लिईभ्रमण, बसोबास तथा आधुनिक सवारीको साधन उपलब्ध भएका स्थानहरूमा दृष्यावलोकन सम्बन्धी प्रबन्ध मिलाउने व्यक्ति, फर्म वा कम्पनी सम्झनु पर्छ ।

(ग)“ट्रेकिङ्ग एजेन्सी” भन्नाले जुनसुकै नामबाट सन्चालन गरिएको भए तापनि पर्यटक वा
अन्य व्यक्तिहरूलाई विविध प्राकृतिक एवं सांस्कृतिक दृष्यावलोकन गराउने उद्देश्यले शुल्क लिई साधारणतया आधुनिक सवारीको साधन उपलब्ध नभएका स्थानहरूमा यात्रा गराउने प्रबन्ध मिलाउने व्यक्ति, फर्म वा कम्पनी सम्झनु पर्छ ।

(घ)“पर्वतारोहण” भन्नाले नेपाली हिमश्रंखलाको कुनै निश्चित चूलीमा पुग्ने उद्देश्य लिई कुनै दलले त्यस्तो चूलीको आरोहण गर्ने कार्य सम्झनु पर्छ ।

(ङ)“आधार शिविर” भन्नाले सम्बन्धित पर्वत आरोहण गर्न प्रयोगमा ल्याइने माल सामान, खाद्य सामग्री, औषधि आदि राखी अग्रीम शिविरलाई आवश्यक पर्ने त्यस्ता माल सामान आपूर्ति गर्न वा पर्वतारोहण सम्बनधी कुराको निर्देशन दिन खडा गरिएकोपर्वतारोहणसम्बन्धी खास प्रविधि विना पुग्न सकिनेसबभन्दा तल्लो उचाइमा रहेको शिविरलाई जनाउँछ ।

(च)“सम्पर्क अधिकृत” भन्नाले पर्वतारोही दलको साथमा जान दफा २० बमोजिम नेपाल सरकारलेखटाएको सम्पर्क अधिकृत सम्झनु पर्छ ।

(छ)“सरदार” भन्नाले स्थानीय कामदार बन्दोवस्त गनेर्, पर्वतीय पथ प्रदर्शकको काम गर्ने तथा उचाईमा जाने कामदार वा आधार शिविरमा काम गर्ने कामदारहरूको नियन्त्रण गर्ने नाइके सम्झनु पर्छ ।
यो ऐनपरिच्छेद–४ मिति २०३६।७।२६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तुरुन्त प्रारम्भ हुने गरी तोकिएको ।दोस्रो संशोधनद्वारा संशोधित ।दोस्रो संशोधनद्वारा थप गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
पहिलो संशोधनद्वारा संशोधित ।पहिलो संशोधनद्वारा थप ।

(ज)“पर्वतीय पथ प्रदर्शक (माउण्टेन गाईड)” भन्नाले आधार शिविरभन्दामाथि
पर्वतारोहीहरूलाई आरोहण कार्यमा सहयोग वा मद्दत गर्न जाने व्यक्ति सम्झनु पर्छ।

(झ)“उचाइमा जाने कामदार” भन्नाले आधार शिविरभन्दामाथि आवश्यक माल सामान लैजाने ल्याउने कामदार सम्झनु पर्छ ।(ञ)“स्थानीय कामदार” भन्नाले आधार शिविरसम्म पर्वतारोही दलको सामान लैजाने ल्याउने भरिया सम्झनु पर्छ ।

(ट)“आधार शिविरका कामदार” भन्नाले आधार शिविरमा पर्वतारोही दलको निम्ति खाना पकाउने, हुलाकी र यस्तै अन्य काम गर्ने व्यक्ति सम्झनु पर्छ ।

(ठ)“पर्वतारोहण संघ” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भई पर्वतारोहणको प्रयोजनको लागि दफा ३७ बमोजिम नेपाल सरकारले मान्यता प्रदान गरेको पर्वतारोहण संघ सम्झनु पर्छ ।

(ड)“पथ प्रदर्शक” भन्नाले पारिश्रमिक लिई पर्यटकककोसाथ गई ….. पथ प्रदर्शनको लागि काम गर्ने दफा ३९ बमोजिम इजाजत प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(ढ)……(ण)“तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

परिच्छेद – २ ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी सम्बन्धी व्यवस्था

३.ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न इजाजतपत्र लिनु पर्नेः

(१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ ।

(२) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजत लिन चाहने व्यक्तिले तोकिए बमोजिम विवरण
खुलाई नेपाल सरकारसमक्षदरखास्त दिनु पर्नेछ ।

(३) उपदाफा (२) बमोजिमको दरखास्त प्राप्त भएपछि नेपाल सरकारले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न सक्षम देखेमा तोकिएको दस्तूर लिई तोकिएबमोजिम इजाजतपत्र जारी गर्नेछ ।

(४) उपदफा (३) बमोजिम जारी भएको इजाजतपत्र तोकिएको अवधिभित्र तोकिएको दस्तूर तिरी नवीकरण गराउनु पर्नेछ ।

३क.ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको वर्गीकरणः (१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको वर्गीकरण तोकिए बमोजिम हुनेछ ।(२) उपदफा (१) बमोजिम वर्गीकरण ट्राभल वा ट्रेकिङ्ग एजेन्सीलाई नेपाल सरकारले तोके बमोजिमको सुविधा दिन सक्नेछ ।

४.अयोग्यताः

दफा २ बमोजिमको इजाजतपत्र देहायको व्यक्तिलाई दिइने छैन :–(क)करार सम्बन्धी प्रचलित कानून बमोजिम करार गर्न योग्यता नभएको व्यक्ति,(ख)साहुको दामासाहीमा परेको व्यत्ति(ग)दफा ९ बमोजिम ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र खारेज भै सो मितिले दुई वर्षको अवधि भुक्तान गरी नसकेको व्यक्ति,(घ)नैतिक पतन देखिने फौज्दारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजायपाएको व्यक्ति ।

“(१क) प्रदेश सरकारको पूर्ण स्वामित्व भएका संस्थासँग सम्बन्धित परियोजना सञ्चालन गर्न वा त्यस्तो संस्थाको कारोबारसँग सम्बन्धित वा त्यस्तो संस्थाले उत्पादन गरेको कुनै मालवस्तु सञ्चय गर्नको लागि गोदाम घर निर्माण गर्न यस ऐन बमोजिमको मुआब्जा र अन्य सबै खर्च व्यहोर्ने गरी कुनै जग्गा प्राप्त गराई दिन त्यस्तो संस्थाले प्रदेश सरकार समक्ष अनुरोध गरेमा प्रदेश सरकारले त्यस्तो जग्गा प्राप्त गराइ दिन नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ। त्यसरी अनुरोध प्राप्त भएमा नेपाल सरकारले त्यस्तो संस्थालाई जग्गा प्राप्त गराइ दिने गरी निर्णय गर्न सक्नेछ।”

५.ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले शुल्क बारेको सूचना दिनु पर्नेः

(१) यस ऐन बमोजिम इजाजत प्राप्त ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले आफ्नोे सेवा वापतपर्यटकबाट लिइने शुल्कको दरको सूचना नेपाल सरकारलाई दिनु पर्नेछ ।

(२) “उपदफा (१) बमोजिम सूचना लेखिएको शुल्कको दर नेपाल सरकारले तोके बमोजिम प्रकाशित गरी प्रचार गर्नु पर्नेछ।

६.परिवत्र्य विदेशी मुद्रामा बील भुक्तानी गर्नु पर्नेः (१) यस ऐन बमोजिम ट्राभल एजेन्सी वा ट्रेकिङ्ग एजेन्सीले पर्यटकलाई सेवा उपलब्ध गराउँदानेपाल सरकारले तोकेको परिवत्र्य विदेशी मुद्रामा बील भुक्तानी हुने गरी कारोबार गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम नेपाल………….भित्र वा विदेशमा आर्जन गरेको सबै विदेशी मुद्राको कारोबार नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्नेछ ।(३)उपदफा  र (२) बमोजिम कारोबार भए नभएकाे नेपाल सरकारले जाँच गर्न सक्नेछ ।दोश्रो संशोधनद्वारा थप ।पहिलो संशोधनद्वारा संशोधित ।गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।पहिलो संशोधनद्वारा थप ।

७.इजाजतपत्र निलम्वन गर्ने अधिकारः (१) देहायको अवस्थामा नेपाल सरकारले ट्राभलवा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र बढीमा ६ महिनासम्मको अवधिको लागि निलम्बन गर्न सक्नेछः–(क)यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कुनै कुरा उल्लंघन गरेमा, वा
(ख)दफा ४ को खण्ड (ख) वा (घ) बमोजिम अयोग्य भएमा ।

“७क.  प्रदेशमा ट्राभेल तथा ट्रेकिङ एजेन्सीको इजाजत, अनुमति र नविकरणः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारबाट इजाजतपत्र लिई यस ऐन बमोजिम ट्राभेल वा ट्रेकिङ एजेन्सीको काम गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम ट्राभेल वा ट्रेकिङ एजेन्सीको इजाजतपत्र लिन चाहने व्यक्तिलाई इजाजतपत्र दिने, नविकरण गर्ने, निलम्बन गर्ने, खारेज गर्ने सम्बन्धमा यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम नेपाल सरकारलाई भएको अधिकार प्रदेश सरकारले समेत प्रयोग गर्नेछ।”

(२) “उपदफा (१) बमोजिम कुनै व्यक्तिको ट्राभल वा ट्रेिकङ्ग एजेन्सी खोल्ने इजाजतपत्र निलम्बन गर्नु अगाडि निजलाई आफ्नोे सफाई पेश गर्नको लागि मौका दिनु पर्नेछ र यसरी मौकािदंदा कम्तिमा पन्ध्र दिनको म्याद दिनुपर्नेछ ।

७क.इजाजत पत्र खारेज गर्न सक्नेः दफा ७ बमोजिम निलम्वन भएको ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले निलम्वनको अवधि समाप्त भएपछि पुनः सोही प्रकृतिको कार्य गरेमा त्यस्तो ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजत पत् नेपाल सरकारले तोकिए बमोजिम खारेज गर्न सक्नेछ ।
८.अनुमति पाई सन्चालन भइरहेको ट्रेकिङ्ग एजेन्सीले इजाजत लिनु पर्नेः (१) यो ऐन प्रारम्भ हुनुभन्दा अघि नेपाल सरकारबाटअनुमति प्राप्त गरी ट्रेकिङ्ग एजेन्सी सन्चालन गरिरहेका व्यक्तिले पनि तोकिएको अवधिभित्र तोकिएको विवरण खुलाई यो ऐन बमोजिमको इजाजतपत्र लिनकोनिमित्त नेपाल सरकारसमक्ष दरखास्त दिनु पर्नेछ ।

(२) “उपदफा (१) ” बमोजिमको म्यादभित्र दरखास्त दिने व्यक्तिलाईनेपाल सरकारले ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र दिनेछ ।

९.दण्ड सजायः (१) यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले ट्राभल एजेन्सी वा ट्रेकिङ्ग एजेन्सी खोलेमा वा त्यस्तो एजेन्सी नखोली सो सम्बन्धी कारोबार गरेमा वा गर्न खोजेमानेपाल सरकारले त्यस्तो एजेन्सी वा कारोबार बन्द गर्न लगाई निजलाई बीस हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(२) दफा ७ बमोजिम टाभलवा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र निलम्बन भएको अवस्थामा कसैले ट्राभल वा ट्रेकिङ्ग एजेन्सी सम्बन्धी काम गरेमा निजलाई नेपाल सरकारले बीस हजार रूपैयाँसम्म जरिवाना गर्न र त्यस्तो व्यक्तिले पाएको ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र समेत खारेज गर्न सक्नेछ ।

(३) दफा ६ को “उपदफा (१) “उल्लंघन गर्ने व्यक्तिलाई नेपाल सरकारले पहिलो पटककसूर गरेको भए चालीस हजार रूपैयाँसम्म र दोश्रो पटकदेखि पटकै पिच्छे असी हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
दोश्रो संशोधनद्वारा थप ।पहिलो संशोधनद्वारा संशोधित ।दोस्रो संशोधनद्वारा संशोधित ।
४) दफा ६ को उपदफा(२) उल्लंघन गरे वापत विदेश विनिमय सम्बन्धीप्रचलित कानून बमोजिम तीन पटक वा सोभन्दा बढी सजाय पाएमा
नेपाल सरकारले त्यस्तो ट्राभल एजेन्सी वा ट्रेकिङ्ग एजेन्सीकोइजाजतपत्र खारेज गर्न सक्नेछ ।

(५) यस दफा बमोजिम नेपाल सरकारले दिएको आदेशबाट मर्का पर्ने व्यक्तिले उच्चअदालतसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ ।

परिच्छेद – ३ पर्यटक स्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट र बार सम्बन्धी व्यवस्था

१०.पर्यटक स्तरको रूपमा दर्ता गराउन सकिनेः (१) कुनै व्यक्तिले आफ्नो होटल, लज, रेष्टुराँ रिजर्ट वा बारलाई पर्यटक स्तरमा दर्ता गराउन चाहेमा नेपाल सरकारसमक्ष तोकिएबमोजिम दरखास्त तिर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दर्ता गराउन चाहेको होटल, लज, रेष्टुराँ तथा रिजटर्वा बार तोकिएको सुविधायुक्त भएमा पर्यटक स्तरमा दर्ता गरिनेछ र होटलको हकमा पर्यटक स्तरको तोकिएको वर्गीकरणमा दर्ता गरिनेछ ।

(३) उपदफा (२) बमोजिम होटल, लज,रेष्टुराँ तथा रिजर्ट वा बारदर्ता गर्दा लाग्ने दस्तुर तोकिएबमोजिम हुनेछ ।

११.स्तर निर्धारण समितिको गठनः (१) होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बारलाई पर्यटक स्तरमादर्ता तथा वर्गीकरण गर्ने सम्बन्धमा सुझाव दिनको लागि नेपाल सरकारले एउटा स्तर निर्धारण समिति गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम समितिमा रहने अध्यक्ष र सदस्यहरू नेपाल सरकारले तोके बमोजिम हुनेछन्।

१२.निरीक्षण्वा परीक्षण गर्ने अधिकारः (१) नेपाल सरकारले दफा १० बमोजिम दर्ता भएको होटल, लज,रेष्टुराँ तथा रिजटर्वा बारको निरीक्षण गर्न गराउन र त्यसमा प्रयोग गरिने खाने पिउने सामानहरूको परीक्षण गर्न गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बारको निरीक्षण वा त्यसमा प्रयोग हुने सामानहरूको परीक्षण गर्दा तोकिएको स्तर बमोजिमको नपाइएमा नेपाल सरकारले त्यस्तो होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारलाई तोकिएकोस्तर कायम गर्न मुनासिव माफिकको म्याद दिनेछ । केही नेपाल ऐनसंशोधनगर्ने ऐन, २०७२द्वारा संशोधित ।

(३) उपदफा (२) बमोजिम म्याद दिंदा पनि तोकिएको स्तर कायम गर्ननसकेमा नेपाल सरकारले दफा ११ बमोजिमको स्तर निर्धारण समितिको परामर्श लिई त्यस्तो होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको दर्ता निलम्वन गर्न वा तल्लो स्तरको उपयुक्त वर्गीकरण तोक्न सक्नेछ।

(४) उपदफा(३) बमोजिम दर्ता निलम्बन भएको वा तल्लो स्तरको वर्गीकरणमा तोकिएको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको साविकको तोकिएको स्तर कायम गर्न सफल भएमा नेपाल सरकारले त्यस्तो होटल, लज, रेष्टुराँतथा रिजटर्वा बारलाई साविकको स्तरको वर्गीकरणमा दर्ता गर्न वा दर्ता निलम्वन गरिएकोमा निलम्बन फुकुवा गर्न सक्नेछ ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता निलम्बन गरिएकोमा त्यसरी निलम्बन गरिएको मितिले एक वर्षसम्म साविकमा तोकिएको स्तर कायम गर्न नसक्ने होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको हकमा नेपाल सरकारले दफा १० बमोजिमको दर्ता खारेज गर्न सक्नेछ ।
१३.मोलको सूचना प्रकाशित गर्नु पर्नेदफा १० बमोजिम दर्ता भएको प्रत्येक होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारले आफ्नो दर वा मूल्यको सूचना नेपाल सरकारसमक्ष पठाउनु पर्नेछ र नेपाल सरकारले तोके बमोजिम प्रकाशित गरी प्रचार समेत गर्नु पर्नेछ।

१४.होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार उपर बन्देजः (१) दफा १० बमोजिम दर्ता नभएको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारले देहायको कुनै काम गर्न पाउने छैन :–(क)पर्यटन स्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बार भन्ने अर्थ लाग्ने गरी कुनै शब्द वा चिन्ह आफ्नो साइनबोर्ड, विज्ञापन वा कारोबारमा प्रयोग गर्न, वा(ख)पर्यटकको बसोबास वा खानपीनको प्रबन्ध गर्नको निमित्त कुनै पर्यटक वा टाभलएजेन्सीसंग सोझै विदेशमा सम्पर्क राख्न वा विज्ञापन गर्न ।

(२) दफा १० बमोजिम कुनै तोकिएको वर्गीकरणमा दर्ता भएको होटलले दर्ता भएको स्तरभन्दा माथिल्लो स्तरको भन्ने अर्थ लाग्ने गरी कुनै शब्द वा चिन्ह आफ्नो साइनबोर्ड, विज्ञापन वा कारोबारमा प्रयोग गर्न हुँदैन ।

“१४क. प्रदेशमा पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार दर्ता गराउन सकिने (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत बनेको नियमावलीमा वर्गीकरण भएकामध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमका होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार प्रदेश सरकारले दर्ता गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम दर्ता भएका पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको निरीक्षण तथा परीक्षण सम्बन्धमा नेपाल सरकारलाई प्राप्त अधिकार प्रदेश सरकारले समेत प्रयोग गर्नेछ।”
१५.दण्ड सजायः (१) दफा १० बमोजिम दर्ता नगराई पर्यटक स्तरको हो भनी कुनै होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बार सञ्चालन गरेमा वा दफा १४ को उपदफा (१) उल्लंघन गरी कुनै शब्द वा चिन्ह प्रयोग गरेमा वा पर्यटकसंग सम्पर्क राखेमा पहिलो पटक भएदश हजार रूपैयाँ
सम्म, दोश्रो पटक भए दश हजार रूपैयाँदेखि तीस हजार रूपैयाँसम्म र तेश्रो पटकदेखि प्रत्येक दोश्रो संशोधनद्वारा संशोधित पटकको
तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म नेपाल सरकारले जरिवाना गर्न सक्नेछ।

(२) दफा १४ को उपदफा (२) उल्लंघन गरी कुनै शब्द वा चिन्ह प्रयोग गरेमा नेपाल सरकारलेत्यस्तो होटलको दर्ता निलम्बन वा खारेज गर्न सक्नेछ ।

(३) दफा १२ बमोजिम नेपाल सरकारबाट खटिएका कर्मचारीलाई होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार निरीक्षण गर्न वा त्यसमा प्रयोग गरिने खाने पिउने सामानहरूको परीक्षण गर्नकसैले बाधा विरोध गरेमा त्यस्तो व्यक्तिलाई नेपाल सरकारले दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम नेपाल सरकारलेदिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले उच्चअदालतसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ ।

परिच्छेद – ४ पर्वतारोहण सम्बन्धी व्यवस्था

१६.अनुमति प्राप्त नगरी हिमालचुली आरोहण गर्नमा प्रतिबन्धः कुनै पर्वतारोही दलले यस ऐन बमोजिम अनुमति प्राप्त नगरी कुनै हिमालचूली आरोहणगर्न पाउने छैन ।

१७.पर्वतारोहणको लागि अनुमति लिनु पर्नेः (१) पर्वतारोहणको लागि नेपाल सरकारले खुला गरेकोनेपाल …को कुनै हिमालचूली आरोहण गर्न चाहने पर्वतारोही दलले तोकिएबमोजिम नेपाल सरकारसमक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमो जिम दरखास्त प्राप्त भएपछि नेपाल सरकारले आवश्यक जाँचबुझगरी मनासिव देखेमा तोकिएबमोजिम अनुमति जारी गर्न सक्नेछ ।(३) पर्वतारोहणको अनुमति प्राप्त गर्ने पर्वतारोही दलले पालना गर्नु पर्ने शर्तहरू तोकिएबमोजिम हुनेछन्।

१८.पर्वतारोहणको लागि सलामी तिर्नुपर्नेः (१) दफा १७ बमोजिम पर्वतारोहण गर्न अनुमति प्राप्त गर्ने पर्वतारोही दलले तोकिएको उचाईको हिमालचूलीको लागि तोकिएको सलामी रकम परिवत्र्य विदेशी मुद्रामा बुझाउनु पर्नेछ । ह्तर नेपाली पर्वतारोही दल वा नेपाली र विदेशी संयुक्त पर्वतारोही दलमा नेपाली पक्षले बुझाउनु पनेर्सलामी रकम नेपाली मुद्रामा बुझाउन सकिनेछ ।दोश्रो संशोधनद्वारा संशोधित ।केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
पहिलो संशोधनद्वारा थप ।ढ(२) कुनै एक पर्वतारोही दलले तिरेको सलामी रकम अर्को पर्वतारोही दलको लागि हस्तान्तरण गर्न सकिने छैन ।

१९.पर्वतारोहण गर्ने मार्गः (१) पर्वतारोही दलले पर्वतारोहणको निमित्तनेपाल सरकारबाट जारी भएको अनुमतिमा तोकिएको मार्गबाट मात्र पर्वतारोहण गर्नु पर्नेछ ।(२) प्राकृतिक तथा अन्य कारणले गर्दा पर्वतारोहणको मार्ग बदल्नु पर्ने आवश्यकता परेमा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । तर अपर्झट कारण परी मार्ग बदल्नु परेको अवस्थामा त्यसको कारण सहित सम्पर्क अधिकृत मार्फत नेपाल सरकारलाई यथाशीघ्र सूचना गर्नु पर्नेछ ।

२०.सम्पर्क अधिकृतः (१) पर्वतारोहणको निमित्त अनुमति प्राप्त गर्ने पर्वतारोही दलले पवतारोहणमा जाँदा नेपाल सरकारले खटाएको संख्यामा सम्पर्क अधिकृत साथमा लैजानु पर्नेछ । नेपाल सरकारले सम्पर्क अधिकृत लैजानु नपर्ने गरी हिमालचूलीहरू तोक्न सक्नेछ ।(२) उपदफा (१) बमोजिम साथमा खटी जाने सम्पर्क अधिकृतलाई सम्बन्धित पर्वतारोही दलले पर्वतारोहण अभियानको लागि प्रस्थान गरेको मितिदेखि पर्वतारोहण समाप्त गरी काठमाडौं
वा नेपाल सरकारले तोकेका अन्य स्थानमा नफर्कुञ्जेलसम्म तोकिए बमोजिमको सुविधा िदनु पर्नेछ । (३) सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

२१.सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, आदि सम्बन्धी व्यवस्थाः (१)पर्वतारोही दलले पर्वतारोहणको लागि प्रस्थान गर्दा आवश्यक पर्ने सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, उचाइमा जाने कामदार र स्थानीय कामदारलाई पर्वतारोहण अभियानको लागि आफ्नोे साथमा लैजान सक्नेछ । त्यसरी लैजाँदा पर्वतारोही दलले त्यस्तो व्यक्तिहरूलाई प्रस्थान गरेको मितिदेखि पर्वतारोहण समाप्त गरी काठमाडौं वा नेपाल सरकारले तोकेको अन्य स्थानमा नफर्कुञ्जेलसम्मकोलागि तोकिएबमोजिम सुविधा दिने गरी साथमा लानु पर्नेछ ।ह्तर पर्वतारोही दलले तोकिएबमोजिमका कामदारहरू साथमा लैजानु पर्नेछ ।(२) पर्वतारोहणको लागि प्रस्थान गरी सकेपछि पनि बीच बाटोमा आवश्यक परेमा आधार शिविरका कामदार, उचाईमा जाने कामदार वा स्थानीय कामदारसाथ लान सकिनेछ।(३) सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, उचाइमा जाने कामदार र स्थानीय कामदारको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

२२.नेपाली नागरिक हुनुपर्नेः पर्वतारोही दलका साथमा जाने सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदार नेपाली नागरिक हुनु पर्नेछ ।पहिलो संशोधनद्वारा थप

२३.कामबाट हटाउन सकिनेः (१) सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारहरू मध्ये कसैको काम सन्तोषजनक नभएमा पर्वतारोहीदलको नेताले सम्पर्क अधिकृतसंग परामर्श गरी
त्यस्तो व्यक्तिलाई कामबाट हटाउन सक्नेछ ।१क) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई पर्वतारोहण कार्य समाप्त हुनु अगावै कामबाट हटाइएमा त्यस्ता व्यक्तिले प्राप्त गरेको सुविधाका सामानहरूमध्ये आफ्नोे जिउमा प्रयोग
गरी सकेको लुगा, जुत्ता आदि बाहेकका सामानहरू पर्वतारोही दललाई नै फिर्ता गर्नु पर्नेछ ।(२) उपदफा (१) बमोजिम हटाइएका व्यक्तिलाई जहाँबाट काममा लिएको हो सोही ठाउँसम्म फर्की जान लाग्ने खर्च त्यस्तो पर्वतारोही दलले दिनु पर्नेछ ।
२४.स्वास्थ्य परीक्षण गर्नु पर्नेः (१) पर्वतारोही दलले पर्वतारोहणको लागि प्रस्थान गर्नुभन्दा पहिले आफ्नोे दलका सदस्यहरू, सम्पर्क अधिकृत, सरकार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।(२) उपदफा (१) बमोजिमको स्वास्थ्य परीक्षण गर्दा सन्तोषजनक अवस्थाको स्वास्थ्य नदेखिएको व्यक्तिलाई आफ्नोेसाथमा लैजानु हुँदैन ।

२५.व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेः (१) पर्वतारोही दलले आफ्नोे खर्चमा सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार र उचाइमा जाने कामदारलाई काममा लगाउनु अघि तोकिएको बीमकसित तोकिएबमोजिमको रकमको व्यक्तिगत दुर्घटना बीमा गराई दिनु पर्नेछ । तर स्थानीय कामदारको हकमा व्यक्तिगत दुर्घटना बीमा गराउनु अनिवार्य हुनेछैन ।(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने व्यक्तिलाई बीच बाटोमा लिएको वा अन्य कुनै कारणले त्यस्तो व्यक्तिको बीमा गराउन नपाउँदै काममा लगाइएको बखत दुर्घटनामा परी मृत्यु भएमा वा चोट पटक लागेमा व्यक्तिगत दुर्घटना बीमा गराइएको भए निजले जे जति रकम पाउने थियो सोही बराबरको रकम निज वा निजको हकवालालाई सम्बन्धित पर्वतारोही दलले क्षतिपूर्तिको रूपमा दिनु पर्नेछ ।(३) स्थानीय कामदार काममा लगाइएको बखत दुर्घटनामा परी मृत्यु भएमा वा चोट पटक लागेमा निजको व्यक्तिगत दुर्घटना बीमा गराएको रहेनछ भने निज वा निजको हकवालालाई सम्बन्धित पर्वतारोही दलले उपदफा (२) बमोजिम क्षतिपूर्ति दिनु पर्नेछ ।स्पष्टीकरणः–यस परिच्छेदको प्रयोजनको लागि(क)“दुर्घटना” भन्नाले हिउँ वा उचाईबाट उत्पन्न रोग समेतलाई जनाउँछ ।(ख)“काममा लगाइएको बखत” भन्नाले काममा लगाउन बोल कबूल वा नियुक्त गरिएको ठाउँ र मितिदेखि काम समाप्त गरी सोही ठाउँमा फर्की आएको मितिसम्मलाई जनाउँछ ।

२६.प्रतिनिधि नियुक्त गर्नु पर्नेः (१) पर्वतारोहणमा संलग्न रहेको बखत काठमाडौंमा भइपरि आउने काम गर्नका लागि पर्वतारोही दलले आफ्नोे प्रतिनिधि नियुक्त गरी त्यसको सूचना नेपाल सरकारलाई दिनु पर्नेछ ।(२) उपदफा (१) बमोजिमको प्रतिनिधि नियुक्त गर्दा हनेपाली पर्वतारोही दल बाहेक विदेशी वा संयुक्त पर्वतारोहीदललेयस ऐन बमोजिम इजाजतपत्र प्राप्त ट्रेकिङ्ग एजेन्सी वा पर्वताराेहण सम्बन्धी व्यवस्था मिलाउने कुनै संस्थालाई नियुक्त गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त प्रतिनिधिको काम कर्तव्य तोकिए बमोजिम हुनेछ ।

२७.पर्वतारोहण सम्बन्धी उपकरण र अन्य मालसामान मात्र ल्याउने सम्बन्धमाः (१) दफा १७ बमोजिम अनुमति प्राप्त पर्वतारोही दलले अाफ्नोे अभियानसंग सम्बन्धित उपकरण र अन्य मालसामान नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गरेर आवश्यक संख्यामा मात्र नेपाल ………… भित्र ल्याउनु पर्नेछ ।(२) कुनै पर्वतारोही दलले कुनै उपकरण वा अन्य मालसामान नेपाल सरकारलाई जानकारी नदिई लुकाई छिपाई ल्याएमा त्यस्तोउपकरण वा मालसामान नेपाल सरकार
ले जफतगर्न सक्नेछ ।

२८.पर्वतारोहण सम्बन्धी प्रतिवेदन पठाउनु पर्नेः (१) पर्वतारोही दलको नेता वा निजको सट्टामा काम गर्ने सदस्यले पर्वतारोहण कालमा सम्पर्क अधिकृत मार्फत वा सम्पर्क अधिकृत नभएमा सोझैतोकिएबमोजिम आवधिक प्रतिवेदन पठा
उनु पर्नेछ ।(२) पर्वतारोही दलको नेताले आफ्नोे पर्वतारोहण कार्य समाप्त भएपछि नेपाल सरकारसमक्ष तोकिएको म्यादभित्र तोकिएबमोजिम प्रतिवेदन पेश गर्नु पर्नेछ ।

२९.आपतकालीन उद्धार कार्यः (१) पर्वतारोही दलको साथ जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक उचाईमाजाने कामदार, आधार शिविरका कामदार, स्थानीय कामदार वा पर्वतारोहीलाईआपतकालीन उद्धार गर्नु परेमा दफा २६ बमोजिमको प्रतिनिधि वा उद्धार कार्यको लागि खडा भएका कुनै संस्था मार्फत उद्धार कार्य गराउन सकिनेछ ।

(२) उपदफा (१) बमोजिमको उद्धार कार्य गर्दा लागेको सम्पूर्ण खचर्सम्बन्धित पर्वतारोही दलले व्यहोर्नु पर्नेछ ।ह्पहिलो संशोधनद्वारा थप ।पहिलो संशोधनद्वारा थप ।गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।पहिलो संशोधनद्वारा संशोधित ।

२९क.जानकारी गराउनेः (१) पर्वतारोहणको सिलसिलामा पर्वतारोहीदलका सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार वा स्थानीय कामदारमध्ये कसैको दुर्घटना भएमा वा दुर्घटना वा अन्य कुनै कारणले मृत्यु भएमा वा हराएमा यस सम्बन्धी पूर्ण विवरणको प्रतिवेदन पर्वतारोहीदलका साथ खटी जाने सम्पर्क अधिकृत वा पर्वतारोही दलको नेता वा कुनै सदस्यले नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको प्रतिवेदनको आधारमा कुनै व्यक्तिको सम्बन्धमा मृत्यु भएको वा हराएको भनी नेपाल सरकारले सम्बन्धित व्यक्ति वा निकायमा अनौपचारिक रूपमा जानकारी गराउन सक्नेछ ।

३०.वातावरण सफा राख्नु पर्नेः (१) पर्वतारोही दलले पर्वतारोहण गर्दा वातावरण दूषित हुन नदिन तोकिएको शर्त पालना गर्नु पर्नेछ । (२) उपदफा(१) बमोजिम तोकिएको शर्तको पालना नगरेबाट कसैको ज्यू–ज्यानमा वा कुनै सरकारी वा गैरसरकारी सम्पत्तिमा हानी नोक्सानी हुन गएमा सम्बन्धित पर्वतारोहीले र उक्त दलले नतिरेमा सिफारिश गर्ने संस्थाले नेपाल सरकारले निर्धारण गरे बमोजिम क्षतिपूर्ति तिर्नु पर्नेछ ।

३०क.फोहोर मैला व्यवस्थापनको लागि रकम धरौटी लिन सक्नेः (१) नेपाल सरकारले तोके बमोजिमका हिमालचूली आरोहण गर्न जाने पर्वतारोही दलबाट फोहोर मैला व्यवस्थापनको लागि तोकिए बमोजिमको रकम धरौटी लिन सक्नेछ ।
(२) सम्बन्धित पर्वतारोही दलले आफ्नोे आरोहण सम्बन्धी कार्य पूरा गरेपछि आफ्नो साथमा लगेका तोकिए बमोजिमका वस्तुहरू आफ्नो साथ फिर्ता ल्याई नेपाल सरकारले तोकेको ठाउँमा पुयाएपछि उपदफा (१) बमोजिम राखेको धरौटी रकम सम्बन्धित पर्वतारोही दललाई तोकिए बमोजिम फिर्ता दिइनेछ ।(३) उपदफा (२) बमोजिम तोकेका वस्तुहरू सम्बन्धित पर्वतारोही दलले तोकेको स्थानमा नपुयाएमा त्यस्तो पर्वतारोही दलले उपदफा (१) बमोजिम राखेको धरौटी रकम सदर स्याहा गरी त्यस्तो वस्तुहरू सम्बन्धित स्थानमा पुयाउने व्यवस्था मिलाइने छ ।

३१.पर्वतारोहण सम्बन्धी समाचारको प्रसारणः पर्वतारोही दलले पर्वतारोहण चालू रहेको बखत पर्वतारोहण सम्बन्धी कुनै समाचार नेपाल सरकारलाई जानकारी नदिई अन्यत्र प्रकाशित गर्नु हुँदैन ।दोश्रो संशोधनद्वारा थप
३२.पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारीः (१) यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा पर्वतारोहणको अनुमतिमा तोकिएको कुराहरू पालना गराउने मुख्य जिम्मेवारी पर्वतारोही दलको नेताको हुनेछ ।

(२) उपदफा (१) मा लेखिएदेखि बाहेक पर्वतारोही दलको नेताको अन्य काम कर्तव्य तोकिएबमोजिम हुनेछ ।

३३.अनुमति रद्द गर्न वा प्रतिबन्ध लगाउने सकिनेः (१) पर्वतारोही दलको नेता वा कुनै सदस्यले यस ऐन, यस ऐन अन्तर्गत बनेको नियम वा पर्वतारोहीको अनुमतिमा तोकिएको कुनै कुरा उल्लघंन गरेमा नेपाल सरकारले यस ऐन बमोजिम प्रदान गरेको अनुमति जुनसुकै बेला पनि रद्द गर्न सक्नेछ ।

(२) यस ऐन बमोजिम जारी गरिएको पर्वतारोहणको अनुमति कुनै विशेष अवस्था पर्न गईखारेज गर्नु परेमा नेपाल सरकारले कारण देखाई वा नदेखाई कुनै पनि समय त्यस्तो अनुमति रद्द गर्न सक्नेछ ।

३४.पर्वतारोहणको परित्यागः कुनै पर्वतारोही दलले आफ्नो पर्वतारोहण अभियान कुनै बखत पनि परित्याग गर्न सक्नेछ ।

३५.सलामी रकम फिर्ता नहुने अवस्थाः दफा ३३ को उपदफा (१) बमोजिम अनुमति रद्द गरिएमा वादफा ३४ बमोजिम अभियान परित्याग गरेमा त्यस्तो पर्वतारोही दलले बुझाएको सलामी रकम फिर्ता हुनेछैन ।

३६.पर्वतारोही दललाई छुट दिन सकिनेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली तथा तोकिएको पर्वतारोही दललाई वा नेपाली नागरिकलाई पर्वतारोहण दलमा सदस्यको रूपमा सम्मिलित गराउने विदेशी पर्वतारोही दललाई नेपाल सरकारल तोकिए बमोजिमको छुट वा सहुलियत दिन सक्नेछ ।

३७.पर्वतारोहण संघको सदस्यता प्राप्त गर्नु पर्नेः (१) पर्वतारोहण संघको सदस्यता प्राप्त नगरेको कुनै सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदारवा आधार शिविरका कामदार पर्वतारोही दलको साथ जान पाउने छैनन् र पर्वतारोहणको प्रबन्धमिलाउने संस्थाले पनि पर्वतारोहण संघसित समयबद्धता (एफिलिएशन) नराखी पर्वतारोहण सम्बन्धी कुनै प्रबन्ध मिलाउन पाउने छैन ।

(२) पर्वतारोहण संघलाई नेपाल सरकारले तोकेको हिमालचूलीको आरोहण गर्ने अनुमति प्रदान गर्ने काम सुम्पन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम सुम्पिएको अधिकार प्रयोग गरी पर्वतारोहण संघले अनुमति जारी गरेमा त्यस्तो अनुमतिको सम्पूर्ण जानकारी अनुमति जारी गरेको पन्ध्र दिनभित्रनेपालसरकारलाई दिनु पर्नेछ ।

(४) पर्वतारोहण संघलाई नेपाल सरकारले आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ र यस्तो आदेश वा निर्देशन पालना गर्नु सो संघको कर्तव्य हुनेछ ।

३८.दण्ड सजायः (१) देहायको कुनै काम गर्ने पर्वतारोही दल वा त्यसको कुनै सदस्यलाई पाँच वर्षसम्म नेपाल …………भित्र प्रवेश गर्न वा दश वर्षसम्मनेपाल ………… मा पर्वतारोहण गर्न नपाउने गरी नेपाल सरकारले प्रतिबन्ध लगाउन सक्नेछ :–क)अनुमति नलिई कुनै हिमालचूली आरोहण गरेमा वा सो गर्ने प्रयास गरेमा,

(ख)पर्वतारोहणको लागि खुला नगरिएको कुनै हिमालचूली आरोहण गरेमा वा सो गर्ने प्रयास गरेमा,(ग)पर्वतारोहणको अवधिमा कुनै प्रकारको अनैतिक
आचरण वा व्यवहार गरेमा,

(घ)पर्वतारोहण सकिएपछि नेपाल सरकारलाई बुझाउनु पर्न गरी तोकिएको कुराहरू तोकिएको अवधिभित्र नबुझाएमा,(ङ)वातावरण दूषित हुन नदिन तोकिएको शर्त पालना नगरेमा,

(च)यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा पर्वतारोहणको अनुमतिमा तोकिएको कुराहरू उल्लंघन गरेमा ।

(२) कुनै पर्वतारोही दल वा त्यसको सदस्यले अनुमति प्राप्त नगरी कुनै हिमालचूली आरोहण गरेमा त्यस्तो पर्वतारोही दल वा सदस्यलाई नेपाल सरकारले उचित सम्झेमा उपदफा (१) बमोजिमको कारवाही नगरी त्यस्तो चूली आरोहण गर्न अनुमति लिंदा यस ऐन बमोजिमको जति दस्तुर तिर्नु पर्ने हो त्यसको दोब्बर रकम जरिवाना गर्न सक्नेछ ।

३) कुनै पर्वतारोही दल वा त्यसको सदस्यले आरोहणको लागि खुला नगरिएको कुनैहिमालचूली आरोहण गरेमा त्यस्तो पर्वतारोही दल वात्यसको सदस्यलाई नेपाल सरकारले उचित सम्झेमा उपदफा (१) बमोजिम कारवाही नगरी द्यआरोहणको निमित्त खुला रहेको सर्वोच्च
जरिवाना गर्न सक्नेछ ।

(४) पर्वतारोहण सम्बन्धी प्रबन्ध मिलाउने कुनै संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको पर्वतारोहण सम्बन्धी कुनै कुराको उल्लंघन गरेमाह्वा उल्लंघन गर्नकसैलाई दुरुत्साहन गरेमात्यस्तो संस्थालाई नेपाल सरकारले द्यएक वर्षदेखि पाँच वर्षसम्म गणतन्त्र सुदृढीकरणतथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।द्यपहिलो संशोधनद्वारा संशोधित ।ह्पहिलो संशोधनद्वारा थपपर्वतारोहण सम्बन्धी कुनै किसिमको प्रबन्ध मिलाउन नपाउने गरी रोक लगाउन वा दश हजार रूपैयाँदेखि पचासहजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय गर्न सक्नेछ ।

(५) कुनै पर्वतारोही दलले वातावरण दूषित हुन नदिन तोकिएको शर्त पालना नगरेमा नेपाल सरकारले उचित सम्झेमा उपदफा (१) बमोजिम कारवाही नगरी पचास हजाररूपैयासम्म जरिवाना गर्न सक्नेछ ।

(६) दफा ३७ को उपदफा (४) बमोजिम नेपाल सरकारले दिएको आदेश वा निर्देशन पालन नगर्ने पवतारोही संघलाई नेपाल सरकारले दफा ३७ को उपदफा (२) बमोजिम सुम्पिएको अधिकार फिर्ता लिन वा पर्वतारोहणको प्रयोजनको लागि प्रदान गरेको मान्यता रद्द गर्न सक्नेछ ।(७) कसैले कुनै पर्वताराेही दल वा त्यसको कुनै सदस्यलाई यो ऐन वा यस ऐन अन्तर्गतबनेका नियम वा नेपाल सरकारको आदेश वा निर्देशनलाई उल्लंघन गर्न दुरुत्साहन गरेमा निजलाई तोकिएको अधिकारीले एक हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।(८) उपदफा (७) बमोजिम तोकिएको अिधकारीले दिएको आदेशबाट मर्का पर्ने व्यक्तिले नेपाल सरकारसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ र त्यस्तोमा नेपाल सरकारले दिएको निर्णय अन्तिम हुनेछ ।

परिच्छेद – ५क अन्य पर्यटन व्यवसायी सम्बन्धमा

४५क.अन्य पर्यटन व्यवसाय सम्बन्धी व्यवस्थाः जलयात्रा(  रयाफ्टिङ), ग्लाइडिङ, जंगल, सफारी, क्याम्पिङ, हाईकिङ, बर्डवाचिङ, स्काइङ तथा तोकिएका अन्य पर्यटन व्यवसायहरूको दर्ता गर्ने, इजाजत लिने, नवीकरण गर्ने, सञ्चालन गर्ने, इजाजत निलम्बन गर्ने तथा दर्ता खारेज गर्ने सम्बन्धमा तोकिए बमोजिम हुनेछ ।

४५ख.अनुमति लिनु पर्नेः जलयात्रा, पदयात्रा तथा दफा ४५क. मा उल्लेख भएका पर्यटन सम्बन्धी क्रियाकलापहरूमध्ये तोकिएका क्रिया  कलापहरू गर्न पर्यटकले तोकिएको दस्तुर तिरी तोकिएबमोजिम अनुमति लिनु पर्नेछ ।

४५ग.दण्ड सजायः (१) दफा ४५क. बमोजिमको पर्यटन व्यवसाय गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा नेपाल सरकारले दिएको निर्देशन वा आदेश उल्लंघन गरेमा त्यस्तो व्यक्तिलाई तोकिएको अधिकारीलेबीस हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(२) कुनै पर्यटकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम अनुमति नलिई दफा ४५ख. मा तोकिएको पर्यटन सम्बन्धी कुनै क्रियाकलाप गरेमा वा त्यस्तो अनुमति प्राप्त पर्यटकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गरेमा निजलाई तोकिएको अधिकारीले दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम तोकिएको अधिकारीले दिएको आदेशबाट मर्का पर्नेव्यक्तिले नेपाल सरकारसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ र त्यस्तो नेपाल सरकारलेदिएको निर्णय अन्तिम हुनेछ ।

परिच्छेद – ६ विविध

४६.पर्यटकले ल्याएको मालसामानहरूको खरीद विक्रीमा प्रतिबन्ध लगाउन सक्नेः
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मालसामान कुनै पर्यटकले विदेशबाट ल्याई नेपाल भित्र विक्री वा दात दातव्य गरी वा अरू कुनै प्रकारबाट हक छाडी दिन नपाउने गरी आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेशको विपरित कसैले कुनै मालसामान लिए दिएमा लिनेबाट सम्बन्धित मालसामान जफत गरी दिनेलाई विगो बमोजिमसम्म जरिवाना प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछ ।
(३) उपदफा(२) बमोजिम प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।

४७.प्रतिवेदन वा विवरण पेश गर्ने गराउने अधिकारः
(१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्ति वा दफा १० बमोजिम होटल वा लज दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले तोकिएबमोजिम आवधिक प्रतिवेदन “नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक नेपाल सरकारले समय समयमा ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्ति वा दफा १० बमोजिम होटल लज ह्वा दफा ४५क. बमोजिम पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिसंग आवश्यक देखिएमा अन्य विवरण माग गर्न सक्नेछ ।
(३) नेपाल सरकारले ट्राभल वा ट्रेकिङ्ग एजेन्सी वा होटल वा लजह्वा दफा ४५क.बमोजिमको पर्यटन व्यवसायको कार्यालय वा त्यसको काम कारवाही हुने ठाउँ निरीक्षण गर्न, गराउन र त्यसको हिसाव किताव तथा अन्य अभिलेख जाँच्न जँचाउन सक्नेछ।
४८.अरूलाई काम गर्न दिन नहुनेः ट्राभल वा ट्रेकिङ्ग एजेन्सकिो इजाजतपत्र प्राप्त व्यक्ति वा दफा १० बमोजिम होटल वा लज ह्
वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।ह्पहिलो संशोधनद्वारा थप ।आफ्नो व्यवसाय अरूलाई बन्धक दिन वा अरू कुनै किसिमले आफ्नोे व्यवसायको नामबाट अरू कसैलाई काम गर्न दिन हुँदैन ।तर, त्यस्तो ट्राभल वा ट्रेकिङ्ग एजेन्सी तथा होटल वा लज ह्वा दफा ४५क. बमोजिमको पर्यटन यवसायले कुनै वित्तीय संस्थासंग कारोबार गर्न यस उपदफाले बाधा पुयाएको मानिने छैन ।

४८क.नेपाली पर्यटक सम्बन्धी विशेष व्यवस्थाः (१) नेपाली पर्यटक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।(२)नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनमा उिल्लखित कुनै व्यवस्था नेपाली पर्यटकहरूको सम्बन्धमा लागुनहुने गरी तोकिदिन सक्नेछ ।

४९.विवरणमा हेरफेर भएमा सूचना दिनु पर्नेः ट्राभल वा ट्रेकिङ्ग ऐजेन्सीको इजाजतपत्रको लागि वा होटल, लज, रेष्टुराँ तथा रिजर्टह्
बार वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसायकोदर्ताको लागि दरखास्त दिंदा खुलाएको विवरणमा कुनै हेरफेर गरिएमा सो गरेको पन्ध्र दिनभित्र उक्त कुराको सूचना ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्ति वा होटल, लज,रेष्टुराँ तथा रिजर्टह्बार वा

दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले “नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार”  समक्ष दिनु पर्नेछ ।

५०.व्यवसाय बन्द गर्नु परेमा सूचना दिनु पर्नेः ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्तिले वा दफा १० बमोजिम होटल, लज,
रेष्टुराँ तथा रिजर्ट ह्बार वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले आफ्नो व्यवसाय बन्द गरेमा बन्द गरेको मितिले पन्ध्र दिनभित्र”नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” समक्ष सूचना दिनु पर्नेछ ।

५१.निर्देशन दिने अधिकारः ट्राभल वा ट्रेकिङ्ग ऐजन्सी वा दफा १० बमोजिम दर्ता भएको होटल, लज, रेष्टुराँ तथा रिजर्टह्बार वा ट्रेकिङ्ग ऐजन्सी वा दफा १० बमोजिम दर्ता भएको होटल, लज, रेष्टुराँ तथा रिजर्टह्बार वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसाय गर्ने व्यक्तिलाई”नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” ले पर्यटन विकास सम्बन्धी विषयलाई लिएर आवश्यक निर्देशन दिन सक्नेछ ।

५२.जरिवाना र उजूरीः (१) देहायको कुनै काम गर्ने व्यक्तिलाई “नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” दुई हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछः-

(क)दफा ४७ बमोजिम पेश गर्नु पर्ने प्रतिवेदनले तोकिएबमोजिम पेश नगरेमा वा कार्यालय वा अभिलेख निरीक्षण गर्न वा जाँच्न खटिएको कर्मचारीलाई निरीक्षण गर्न वा जाँच्न बाधा विरोध गरेमा,

(ख)दफा ४८ बमोजिम निषेध गरिएको काम गरेमा,

(ग)दफा ४९ वा ५० बमोिजम म्यादभित्र सूचना नगरेमा,

(घ) दफा ५१ बमोजिमको निर्देशनको पालना नगरेमा ।

(२) उपदफा(१)बमोजिम”नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” ले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्चअदालतसमक्ष उजूरी दिन सक्नेछ ।

 

५३.      अधिकार प्रत्यायोजन गर्न सक्ने: (१) यो ऐन बमोजिम नेपाल सरकारलाई प्राप्त कुनै अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै कार्यालय, निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।

(२) यो ऐन बमोजिम प्रदेश सरकारलाई प्राप्त कुनै अधिकार प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी कुनै कार्यालय, निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।”

५४.मिति गठन गर्ने अधिकारः पर्यटन विकासको काममा नेपाल सरकारलाई सल्लाह र सुझाव दिन नेपाल सरकारले सरकारी र गैरसरकारी व्यक्तिहरू सम्मिलित भएको पर्यटन विकास समिति गठन गर्न सक्नेछ ।

५५.नेपाल सरकारले चलाएको पर्यटन सम्बन्धी कारोबारमा यो ऐन लागू नहुनेः नेपाल सरकारले चलाएको कुनै ट्राभल वा ट्रेकिङ्ग एजेन्सी, होटल वाह्दफा ४५क. बमोजिमको पर्यटन व्यवसायनेपाल सरकारले नियुक्तगरेको पथ प्रदर्शकको सम्बन्धमा यो ऐनको कुनै वा सबै व्यवस्था लागू नहुने गरी नेपाल सरकारले आदेश जारी गर्न सक्नेछ ।’

५६.नियम बनाउने अधिकारः यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।

५७.खारेजी र बचाउः (१) पर्यटन उद्योग ऐन, २०२१ खारेज गिरएको छ ।

 

परिच्छेद – ५ पथ प्रदर्शक सम्बन्धी व्यवस्था

३९.पथ प्रदर्शकको काम गर्न इजाजतपत्र लिनुपर्नः (१) यो ऐन बमोजिम पथ प्रदर्शकको काम गर्न चाहने व्यक्तिले इजाजत पत्र लिनुपर्नेछ ।
(२) पथ प्रदर्शकको काम गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिएबमोजिम दरखास्त दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको दरखास्त दिने व्यक्तिले तोकिएबमोजिम परीक्षा वा तालिममा सम्मिलित हुनु पर्नेछ र त्यस्तो परीक्षावा तालिममा उत्तीर्ण हुने दरखास्तवालालाई तोकिएको अधिकारीले तोकिएको दस्तुर लिई तोकिएको ढाँचाको इजाजतपत्र दिइनेछ ।

४०.अयोग्यताः देहायको व्यक्तिलाई पथ प्रदर्शकको इजाजतपत्र दिइने छैन :(क)नैतिक पतन देखिने फौज्दारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजायपाएको,दोश्रो संशोधनद्वारा संशोधित ।दोश्रो संशोधनद्वारा संशोधित ।पहिलो संशोधनद्वारा थप (ख)कुनै मानसिक वा सरुवा रोग लागेको,(ग)दफा ४४ को खण्ड (क) वा (ग) बमोजिम पथ प्रदर्शकको इजाजतपत्र खारेज भई सो मितिले तीन वर्षको अवधि भुक्तान भई नसकेको ।

४१.इजाजतपत्रको म्यादः (१) पथ प्रदर्शकको इजाजतपत्रको अवधि पाँच वर्षको हुनेछ ।

(२) पथ प्रदशर्कको इजाजतपत्रको नवीकरण, नवीकरण दस्तुर र नवीकरण गर्ने अधिकारी तोकिएबमोजिम हुनेछ ।

४१क.पथ प्रदर्शकको वर्गीकरणः पथ प्रदर्शकको वर्गीकरण तोकिए बमोजिम हुनेछ ।

४२.इजाजतपत्र हराएमा अर्को इजाजत पत्र लिन सकिनेः(१) कुनै पथ प्रदर्शकले प्राप्त गरेको इजाजतपत्र हराएमा तोकिएको म्यादभित्र तोकिएको अधिकारी समक्ष अर्को इजाजतपत्रको लागि दरखास्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको अधिकारीले तोकिएको दस्तुर लिई तोकिएबमोजिम पुनः अर्को इजाजतपत्र दिन सक्नेछ ।
४३.पथ प्रदर्शकले गर्न नहुने कामहरूः पथ प्रदर्शकले देहायको कुनै कामगर्नु हुँदैन :–(क)आफूले पथ प्रदर्शन गरेको पर्यटकलाई कुनै मालसामान खरीद गर्ने वा अरू कुनै सेवा उपलब्ध गर्ने काममा मद्दत गर्दा सो कामसंग सम्बन्धित विक्रेता वा अरू कुनै व्यक्तिसंग नगदी वा अरू कुनै चीज वस्तु माग्न वा लिन,

(ख)आफूलाई पथ प्रदर्शक बनाउ भनी कुनै पर्यटकलाई बाध्य गर्न,ग)आफ्नोे इजाजतपत्र अरूलाई दिई पथ प्रदर्शकको काम गर्न लगाउन ।

४४इजाजतपत्र खारेज गर्न सकिनेः (१) देहायको कुनै अवस्थामा तोकिएको अधिकारीले कुनै पथ प्रदर्शकको इजाजतपत्र खारेज गर्न सक्नेछ :–(क)नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजाय पाएमा,

(ख)दफा ४० को खण्ड (ख) बमोजिम अयोग्य भएमा,(ग)दफा ४३ को कुनै कुरा उल्लंघन गरेमा ।(२) उपदफा (१) बमोजिम कुनै पथ प्रदर्शकको इजाजतपत्र खारेज गर्नु अगाडि निजलाई आफ्नो सफाई पेश गर्नको लागि मौका दिनु पर्नेछ र यसरी मौका दिंदा कम्तिमा पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।

४५.दण्ड सजायः (१) देहायको कसूर गर्ने व्यक्तिलाई “नेपाल सरकार वा प्रदेश सरकार”ले देहाय बमोजिम सजायँ गर्न सक्नेछ ।

(क)दफा ३९ बमोजिम इजाजतपत्र प्राप्त नगरी पथ प्रदर्शकको काम गरेमा चार हजार रूपैयाँसम्म जरिवाना, वा(ख)दफा ४१ बमोजिम इजाजतपत्र नवीकरण नगरीपथ प्रदर्शकको काम चालु राखेमा दुई हजार रूपैयाँसम्म जरिवाना ।

(२) उपदफा(१) बमोजिम लेखिएदेखि बाहेक कुनै पथ प्रदर्शकले यो ऐन वा यस ऐन अन्तर्गत जारी भएको नियम वा आदेशको पालना नगरेमा नेपाल सरकारलेएक हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।(३) यस दफा बमोजिम नेपाल सरकारले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैतीस दिनभित्र उच्चअदालत bसमक्ष उजूर गर्न सक्नेछ ।