नेपाल सन्धि ऐन, २०४७
लालमोहर र प्रकाशन मिति
२०४७।८।१
संशोधन गर्ने ऐनः प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०४७ सालको ऐन नं. १६
सन्धि सम्बन्धी कार्यविधिको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः नेपाल वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको हस्ताक्षर, अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन सम्बन्धी कार्यविधि तथा त्यस्तो सन्धि वा सम्झौताको कार्यान्वयनको सम्बन्धमा कानुनी व्यवस्था गर्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट संविधानको धारा १२९ बमोजिम मन्त्रिपरिषद्को सल्लाह र सम्मतिले बनाईबक्सेको छ ।