नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८
प्रमाणीकरण र प्रकाशन मिति
२०४८।१।२५।४
संशोधन गर्ने ऐन
१. नेपाल कृषि अनुसन्धान परिषद् (पहिलो संशोधन) ऐन, २०५३ २०५३।११।३
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०४८ सालको ऐन नं. ३
नेपाल कृषि अनुसन्धान परिषदको स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना कृषि क्षेत्रका समस्याहरूको अध्ययन तथा अनुसन्धान गरी समस्या समाधानका उपाय पत्ता लगाई सर्वसाधारण जनताको आर्थिक स्तर बृद्धि गर्न नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना र व्यवस्था गर्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२९ बमोजिम मन्त्रिपरिषदको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।