Skip to contentSkip to left sidebar Skip to footer

नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०

नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०

नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०

लालमोहर मिति:  २०१०।१०।७

प्रकाशन मिति: २०११।१०।२५

संशोधन गर्ने ऐन लालमोहर मिति प्रकाशन मिति
१. नेपाल कानून व्याख्या सम्बन्धी (संशोधन) ऐन, २०११
२. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२०
३. खारेजी र संशोधन ऐन, २०२२
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३
५. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३
६. लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन,२०६३                                                                ७. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६
८. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२          ९. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२

१०.केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५     २०७५।११।१९

 

 

नेपाल कानून व्याख्या सम्बन्धी ऐन
केही कानूनी शब्दहरू तथा शब्द समूहहरूको प्रामाणिक परिभाषा हुनु उचित देखिएकोले श्री
५ महाराजाधिराजबाट आफ्नो राजकीय शक्ति र शाही विशेषाधिकारको प्रयोग गरी देहायको ऐन
बनाई जारी गरिबक्सेकोछ ।

२. परिभाषा

विषय वा प्रसंगबाट अर्को अर्थ नलागेमा यस ऐन वा अरू नेपाल ऐनहरूमा–
(क) कार्य–फौज्दारी या देवानी कसूरको प्रसंगमा प्रयोग गरेको “कार्य” भन्ने शब्दभित्र कार्यहरूको समूह समेत पर्दछ र गरेका कार्यहरूलाई जनाउने शब्दहरूले कानूनले गर्नु पर्ने नगरेको समेत जनाउँछ ।

(ख) परिच्छेद–यो शब्दले “परिच्छेद” भनी जनिएको नेपाल ऐनको कुनै परिच्छेद सम्झनु पर्छ ।

(ग) प्रारम्भ–नेपाल ऐनको प्रसंगमा प्रयोग गरिएको “प्रारम्भ” भन्ने शब्दले ऐन लागू हुने दिनलाई सम्झनु पर्छ ।

(घ) लिखत–यो शब्दले अक्षर, अंक तथा चिन्हहरूद्वारा कुनै विषयलाई लेखपढ गर्ने कामको निमित्त प्रयोग हुन सक्ने वा प्रयोगमा ल्याउने मनसाय गरिएको उक्त साधनहरूमध्ये एक वा एकभन्दा बढी साधनहरूद्वारा कुनै वस्तुमा लेखिएको, प्रकट गरिएको तथा वर्णन गरिएको विषयलाई लिइनेछ ।

(ङ) ऐन–यो शब्दले “ऐन, ऐन सरहका     संहिता, सवाल र” भन्ने शब्दहरु राखिएका छन्।

(च) बाबु–यो शब्दले कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेमा सो राख्ने बाबुलाई समेत जनाउँछ ।

(छ) आर्थिक वर्ष–यो शब्दले श्रावण संक्रान्तिदेखि शुरु हुने साललाई सम्झनु पर्छ ।

(ज) लापरवाहीसाथ गरेको वा नगरेको जे भएतापनि वास्तवमा इमान्दारीसाथ गरिएको कामलाई “असल नियतले गरेको” मानिनेछ ।

(झ) “नेपाल सरकार” भन्नाले–
(क) नेपाल अन्तिरिम शासन विधान प्रारम्भ भएदेखि २०१६ साल आषाढ १५ गतेसम्म गरिएको कुनै कामका सम्बन्धमा मन्त्रिमण्डल रहेको अवस्थामा नेपाल अन्तिरिम शासन विधानबमोजिम मन्त्रीहरूको सल्लाह अनुसार र मन्त्रिमण्डल नरहेको अवस्थामा मन्त्रिपरषद्का सभासदहरूको सल्लाह अनुसार वा शाही विशेषाधिकार प्रयोगको काम गरिबक्सने श्री ५ महाराजाधिराजलाई, र

(ख) २०१६ साल आषाढ १६ गतेदेखि २०१९ साल मार्ग मसान्त भित्र गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा मन्त्रिमण्डल रहेको अवस्थामा नेपाल अधिराज्यको संविधानबमोजिम मन्त्रिमण्डलको सिफारिशमा वा कुनै प्रश्नको सम्बन्धमा तत्सम्बन्धी कारवाही गर्न प्रधानमन्त्रीबाट अख्तियार पाएको मंत्रीको सिफारिशमा र मन्त्रिमण्डल नरहेको अवस्थामा उक्त संविधानमा भएको अरू व्यवस्थाबमोजिम अधिकार प्रयोग गरी काम गरिबक्सने श्री ५ महाराजाधिराजलाई, र

(ग) २०१९ साल पौष १ गतेदेखि २०४७ साल कार्तिक २२ गतेसम्म गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको संविधान बमोजिम
मन्त्रिपरिषद्को सल्लाह अनुसार वा संकटकालीन अवस्थामा सो संविधानको

धारा ८१क. बमोजिमको अधिकार प्रयोग गरी काम गरिबक्सने श्री ५ महाराजाधिराजलाई,

(घ) २०४७ साल कार्तिक २३ गतेदेखि २०६३ साल जेठ ३ गतेसम्म गरिएको वागर्नुपर्ने कुनै कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७ र अन्य

(ङ) २०६३ साल जेठ ४ गतेदेखि २०६३ साल पुस ३० गतेसम्म गरिएको वागरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७, प्रतिनिधि सभाको घोषणा, २०६३ तथा अन्य कानूनबमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई,

(च) २०६३ साल माघ १ गतेदेखि २०७२ साल असोज २ गतेसम्म गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको अन्तरिम संविधान, २०६३ र अन्य कानून बमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई, र

(छ) २०७२ साल असोज ३ गतेदेखि गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको संविधान र अन्य कानून बमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई सम्झनु पर्छ ।

“(झ१) “प्रदेश सरकार” भन्नाले नेपालको संविधानको धारा १६२ बमोजिम प्रदेशको कार्यकारिणी अधिकार प्रयोग गर्ने प्रदेशको मन्त्रिपरिषद् सम्झनु पर्छ।

(झ२) “स्थानीय कार्यपालिका” भन्नाले नेपालको संविधानको धारा २१४ बमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार प्रयोग गर्ने गाउँ कार्यपालिका वा नगर कार्यपालिका सम्झनु पर्छ।”

(ञ) श्री ५ महाराजाधिराजका सम्बन्धमा प्रयोग गरिएको शब्दहरूले ः–

(क) २०१६ साल आषाढ १६ गते भन्दा पहिले भएको कामको सम्बन्धमाः–
(१) राजकीय परिषद् ऐन, २०१० र राजकीय परिषद् ऐन, २०११ बमोजिम बनेको राजकीय परिषद्, र
(२) २०११ साल फाल्गुण ७ गते श्री ५ महाराजाधिराजद्वारा बक्सेको अधिकार र शाही विशेषाधिकार प्रयोग गरी काम गरिबक्सने श्री ५ युवराजाधिराज, र
(३) राजकीय अधिकार प्रत्यायोजन ऐन, २०१२ बमोजिम नियुक्त भै बक्सेको राज प्रतिनिधि, र
(ख) २०१६ साल आषाढ १६ गतेदेखि २०१९ साल मार्ग मसान्तभित्र गरिएको वा गरिनुपर्ने कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधानबमोजिम श्री ५ महाराजाधिराजको अधिकार प्रयोग गर्ने वा गर्न अधिकार पाएको व्यक्ति, र
(ग) २०१९ साल पौष १ गतेदेखि २०४७ साल कार्तिक २२ गतेसम्म गरिएको वा गरिनु पर्ने कामका सम्बन्धमा नेपालको संविधान बमोजिम अधिकार पाएको राज्य सहायक वा राज्य सहायक परिषद् वा उक्त संविधानको धारा

२२क. बमोजिम अधिकार प्रयोग गर्ने व्यक्ति वा व्यक्तिहरूलाई, र

(घ) २०४७ साल कार्तिक२३ गतेदेखि – २०६३ साल जेठ ३ गतेसम्म गरिएको वा गरिनु पर्ने कामका सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ३२ को उपधारा (२) बमोजिम अधिकार प्रयोग गर्ने राजप्रतिनिधि वा राजप्रतिनिधि परिषद्र धारा ३४ बमोजिम अधिकार पाएको राज्य सहायक वा राज्य सहायक परिषद्लाई समेत जनाउँछ ।
(ट) अचल सम्पत्ति–भन्नाले जग्गा जमीन, त्यसबाट हुने लाभ, जमीनमा जडिएका
चीजबस्तु समेत जनाउँछ ।

(ठ) नेपाल ऐन–यो शब्दले २००७ साल फाल्गुण ७ गते उप्रान्तजारी भएका कुनै ऐन र नेपाल अन्तरिम शासन विधान, २००७ वा नेपाल अधिराज्यको संविधान वा नेपालको संविधान वा नेपाल अधिराज्यको संविधान, २०४७ वा प्रतिनिधि सभाको घोषणा,२०६३ वा नेपालको अन्तरिम संविधान, २०६३ “वा नेपालको संविधान बमोजिम संघ, प्रदेश वा स्थानीय तहले बनाएको” भन्ने शब्दहरू राखिएका छन।

(ड) नेपाल कानून–यो शब्दले नेपाल ऐन वा नेपालको कुनै भागमा कानून सरह लागू हुने ऐन, सवाल, नियम, “आदेश, विनियम वा ऐन अन्तर्गत बनेका निर्देशिका वा कार्यविधि” भन्ने शब्दहरु राखिएका छन्।

(ढ) महिना–यो शब्दले नेपाली पञ्चागबमोजिम संक्रान्तिको हिसाब गणना गरिने महिना सम्झनु पर्छ ।

(ण) चल सम्पत्ति–यो शब्दले अचल सम्पत्ति बाहेक अरू हरेक किसिमको सम्पत्तिलाई सम्झनु पर्छ ।

(त) शपथ–यो शब्दले धर्म भाक्नको सट्टा ऐनले प्रतिज्ञा वा घोषणा गर्न पाउने व्यक्तिले गरेको प्रतिज्ञा वा घोषणालाई समेत जनाउँछ ।

(थ) कसूर–यो शब्दले प्रचलित कानून बमोजिम गरेमा वा नगरेमा सजाय हुने कार्य सम्झनु पर्छ ।

(द) भाग–यो शब्दले नेपाल ऐनमा “भाग” भनी लेखिएकोमा सो ऐनको भागलाई सम्झनु पर्छ ।

(ध) व्यक्ति–यो शब्दले संयुक्त भएको वा नभएको कुनै कम्पनी, संघ वा जनसमूह समेत जनाउँछ ।

(न) निर्धारित–यो शब्दले ऐनमा “निर्धारित” भनी लेखिएकोमा सो ऐन मुताविक बनेका नियमहरू मुताविक निर्धारित भएको सम्झनु पर्छ ।

(प) नियम–यो शब्दले कुनै ऐनले दिएको अख्तियारको प्रयोग गरी बनाएको नियम सम्झनु पर्छ तथा कुनै ऐन अन्तर्गत नियम सरह बनाएको विनियम समेतलाई जनाउँछ ।

(फ) अनुसूची–यो शब्दले ऐनमा “अनुसूची” भनी लेखिएकोमा सो ऐनको अनुसूची सम्झनु पर्छ ।

(ब) दफा–यो शब्दले ऐनमा “दफा” भनी लेखिएकोमा सो ऐनको दफा सम्झनु पर्छ ।

(भ) सहिछाप–यो शब्दले आफनो हस्ताक्षरले सही गर्न नजान्ने मानिसको हकमा उसको ल्याप्चे सही र सहीछापको व्याकरण अनुसारको रूपान्तर तथा त्यस्तै किसिमको शब्दहरू समेत जनाउँछ ।

(म) पुत्र (छोरा)–यो शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ ।

(म१) “पुत्री” (छोरी)–यो शब्दले ऐनमा धर्मपुत्री राख्न पाउनेले राखेको धर्मपुत्रीलाई समेत
जनाउँछ ।

(य) उपदफा–यो शब्दले दफामा “उपदफा” भनी लेखिएकोमा सो दफाको उपदफा सम्झनु पर्छ ।

(र) इच्छापत्र–यो शब्दले बकसपत्र र मरेपछि सम्पत्ति पाउने गरी खुशीराजीले लेखी दिएको सबै लिखतलाई जनाउँछ ।

(ल) लिखित–यो शब्दले छापिएको, लिथो गरेको, तस्वीर खिचेको र अरू कुनै प्रकारले देखिने बुझिने आकारमा लेखिएका शब्दहरूलाई समेत सम्झनु पर्छ ।

(व) साल–यो शब्दले नेपाली पञ्चांग अनुसार गनिने अर्थात् बैशाख संक्रान्तिदेखि शुरु हुने साललाई सम्झनु पर्छ ।

३. ऐनहरू लागू हुने बारे

कुनै नेपाल ऐनमा यो मितिदेखि लागूहुने भनी नलेखिएकोमा देहायमा लेखिए बमोजिम लागू हुनेछः –
(क) नेपाल अन्तिरिम शासन विधान, २००७ सालबमोजिम बनेको ऐनको हकमा श्री ५ महाराजाधिराजबाट स्वीकृति बक्सेको दिनदेखि ।
(ख) सम्वत् २०६३ साल जेठ ३ गतेसम्मका लागि  ऐन बनी श्री ५ महाराजाधिराजबाट प्रमाणित गरिबक्सेका दिनदेखि ।
(ग) संवत् २०६३ साल जेठ ४ गतेदेखि संवत् २०६३ साल पुस ३० गतेसम्म बनेको ऐनको हकमा प्रतिनिधि सभाले पारित गरेको व्यहोरा सभामुखले प्रमाणीकरण गरेको दिनदेखि ।
(घ) संवत्२०६३ साल माघ १ गतेदेखि २०६५ साल साउन ७ गतेसम्म बनेको ऐनको हकमा व्यवस्थापिका–संसदले पारित गरेको व्यहोरा सभामुखले प्रमाणीकरण गरेको दिनदेखि,

(ङ) संवत् २०६५ साल साउन ८ गतेदेखि २०७२ साल असोज २ गतेसम्म बनेको ऐनको हकमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेको दिनदेखि , र
(च) संवत् २०७२ साल असोज ३ गतेदेखि बनेको ऐनको हकमा नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको“व्यवस्थापिका-संसद् वा नेपालको संविधानको धारा ८३ बमोजिमको संघीय संसदबाट” भन्ने शब्दहरु राखिएका छन्।पारित भई राष्ट्रिपतिले प्रमाणीकरण गरेको दिनदेखि । तर नेपाल राजपत्रमा त्यस्तो ऐन प्रकाशन हुनु अगावै गरिसकेको वा नगरेको कुनै दण्डनीय कुराको हकमा त्यस्तो ऐन बमोजिम दण्ड सजाय हु“दैन ।

४. खारेजीको परिणाम

कुनै नेपाल ऐनले अहिलेसम्म बनेको र पछि बन्ने कुनै ऐनलाई खारेज गर्यो भने अर्कै अभिप्राय नदेखिएमा खारेज भएको ऐनले :–
(क) खारेज हुँदाको बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जनाउँदैन ।
(ख) यसरी खारेज भएको ऐनको अघि चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अघिनै गरिएको कुनै काम वा भोगिसकेको कुनै सजयलाई असर पार्दैन ।
(ग) यसरी खारेज भएको कुनै ऐन बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पर्नेछैन ।
(घ) यसरी खारेज भएको कुनै ऐन विरुद्ध गरेको कुनै अपराधमा गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्नेछैन ।
(ङ) माथि भनिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व, दण्ड, सजाय वा जफतका सम्बन्धमा भएको कुनै तहकिकात, कानूनी कारवाई वा उपायमा यसले असर पार्नेछैन । त्यस्तो कुनै तहकिकात, कानूनी कारवाई वा उपायलाई शुरु गर्न, जारी राख्न वा
लागू गर्न हुन्छ र खारेज गर्ने ऐन पास नभए सरह गरी त्यस्तो दण्ड सजाय वा जफत गरे हुन्छ ।

५. कुनै मूल ऐन वा विनियमका संशोधन गर्ने ऐनको खारेजी

कुनै कुरा स्पष्ट रूपले छुटाई, थपी वा बदली कुनै नेपाल ऐनको मूल कुरालाई संशोधन गर्ने ऐनलाई कुनै नेपाल ऐन वा विनियमले खारेज गरेकोमा अर्कै अभिप्राय नदेखिएसम्म त्यस्तो खारेज भएको र सो खारेज हुने
बखत चालू रहेको ऐनबाट बनेको संशोधन जारी रहनमा त्यस खारेजीले असर पार्दैन ।

६. खारेज भएको ऐनहरू फेरि जारी हुने बारे

पूरा वा केही खारेज भैसकेको ऐनको पूरा वा केही भाग फेरि जारी गर्नुपर्दा नेपाल ऐनमा त्यसको प्रयोजन खुलाई प्रष्ट लेख्नु पर्छ ।

७. खारेज भएको ऐनहरूको संकेतको व्याख्या

यो वा अरू कुनै नेपाल ऐनले अघिको ऐनको कुनै कुरा खारेज गरेर रूपान्तर गरी वा नगरी फेरि लागू गरेमा अर्को अभिप्राय नदेखिए अरू कुनै ऐन वा आलेखमा सो खारेज भएको कुराको संकेत रहेछ भने सो संकेतलाई त्यस किसिमबाट फेरि जारी भएको ऐनको कुराको संकेत सम्झनु पर्छ ।

८. समयको प्रारम्भ र अन्त

कुनै नेपाल ऐनमा केही समयको अवधि वा दिनहरूमा पहिला हिस्सा वा दिनलाई बाहेक गर्नु परेमा “देखि” भन्ने शब्द र केही समयको अवधि वा दिनहरूमा आखिरी हिस्सा वा दिन सामेल गर्नु परेमा “सम्म” भन्ने शब्द लगाए पुग्छ|

९. समयको गणना

कुनै नेपाल ऐनमा कुनै काम वा कारवाई कुनै अड्डा वा अदालतलाई यो मितिमा वा यति म्याद भित्र गर्नु भनी तोकिएको वा हेर्न वा गर्न इजाजत दिइएको रहेछ र त्यो मिति वा त्यस्तो म्यादको आखिरी दिनमा अड्डा वा अदालत तातेल भएमा त्यस्तो काम वा कारबाई तातेल पछि अड्डा वा अदालत खुलेको पहिलो दिन भएको रहेछ भने म्यादभित्रै भएको ठहर्छ ।

११. ऐनमा तोकिएको दरको अनुपातमा महसूल लिने बारे

हाल भैरहेको वा पछि हुने कुनै ऐन बमोजिम कुनै चीजमा तौल, नाप वा मालको मोलबमोजिम महसूल, अन्तःशुल्क वा यस्तै किसिमको कुनै कर लाग्ने भएमा त्यस्तो महसूल लिंदा चीज धेरै थोरै जे भए पनि सोही दरले लाग्नेछ ।

१२. लिंग र वचन

विषय वा प्रसंगबाट अर्को अर्थ नलागेमा सबै नेपाल ऐनमा :–
(१) पुलिंगलाई बुझाउने शब्दहरूले स्त्रीलिंगलाई पनि बुझाउँछ ।
(२) एक वचनको शब्दले बहुवचन, बहुवचनको शब्दले एक वचनलाई बुझाउँछ ।

१३. नेपाल सरकार लाई ऐनले बाध्य गर्ने बारेः

नेपालको कुनै ऐनले  पनि

(क) .. … …
(ख) ऐनमा सो गर्ने अभिप्राय स्पष्ट खुलेको रहेनछ भने, नेपाल सरकार माथि कर, दायित्व
र कार्यभार लगाएको सम्झिने छैन ।

१४. दिइएको अधिकार समय समयमा प्रयोग गर्न पाउने बारे:

कुनै नेपाल ऐनले अख्तियार दिएकोमा अर्को अभिप्राय नदेखिए चाहिएको बखतमा सो अधिकारको प्रयोग गर्न हुन्छ ।

१४क. नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिनेः प्रचलित कानूनमा नेपाल सरकारबाट सम्पादन हुने भनिएका विषयमध्ये देहायका विषय नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट र सो बाहेकका अन्य विषय नेपाल सरकारको कार्यसम्पादन नियमावली वा नेपाल सरकारबाट अधिकार प्रत्यायोजन भए बमोजिम सम्बन्धित मन्त्री वा मन्त्रीले अधिकार प्रत्यायोजन गरे बमोजिम नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको अधिकृतबाट सम्पादन भएकोमा त्यस्तो कार्य नेपाल सरकारबाट सम्पादन भएको मानिनेछः-

(क)   प्रचलित कानूनमा नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट सम्पादन हुने भनि उल्लेख भएका विषय,

(ख)   नेपाल सरकारको कार्यसम्पादन नियमावली बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पेश गर्नु पर्ने विषय,

(ग)   प्रचलित कानूनमा नेपाल सरकारमा पुनरावेदन लाग्ने भनी उल्लेख भएका विषय।”

१५. नियुक्ति गर्ने अधिकारमा ओहोदाका हैसियतले नियुक्ति गर्ने अधिकार समेत सामेल हुने बारे

कुनै नेपाल ऐनले कसैलाई कुनै पद वा काममा नियुक्ति गर्ने अधिकार दिएकोमा कुनै प्रतिकूल कुरा स्पष्ट रूपले उल्लेख गरिएको रहेनछ भने यो ऐन जारी भए पछि यस किसिमको नियुक्ति मानिसका नामबाट वा ओहदाका हैसियतबाट हुन सक्तछ ।

१६. नियुक्ति गर्ने अधिकारमा सस्पेण्ड र बर्खास्त गर्ने अधिकार समेत सामेल हुने बारेः

कुनै नेपाल ऐनले कसैलाई नियुक्ति गर्ने अधिकार दिएकोमा अर्कै अभिप्राय नदेखिएमा सो बखत नियुक्ति गर्ने अख्तियार पाएका अधिकारीले आफूले वा त्यस्तो अख्तियार पाएको अरूले नियुक्ति गरेको मानिसलाई सस्पेण्ड वा बर्खास्त गर्न पाउँछ ।

१६क.बढीसजाय गर्नेलाई घटी सजाय गर्ने अधिकार हुने :

कुनै नेपाल ऐनले कुनै अधिकारीलाई कुनै कारबाही र सजाय गर्ने अधिकार दिएकोमा अर्कै अभिप्राय नदेखिएमा वा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो अधिकारीलाई सोभन्दा घटी सजाय हुने विषयमा कारबाही र सजाय गर्ने अधिकार हुनेछ ।

१७. कर्मचारीहरूको साटफेर

कुनै नेपाल ऐनले कुनै अड्डामा काम गरिरहेका वा केही जवानलाई यो ऐन बमोजिम गर्नु भनी सूचना दिंदा काम गरिरहेका वा साधारणतः त्यस्तो
काम गर्ने अधिकृतको दर्जा खुलाई दिए पुग्छ ।

१८. उत्तराधिकारीहरू

कुनै नेपाल ऐनमा कर्मचारीको उत्तराधिकारीसँगको वा अनवच्छिन्न उत्तराधिकार भएका कर्पोरेशनको उत्तराधिकारीसँगको कानूनी सम्बन्ध प्रकट गर्दा सो कर्मचारी वा कर्पोरेशनसँगको सो कानूनी सम्बन्ध देखाए पुग्छ ।

१९. मुख्य अधिकृत मातहतका कर्मचारी

कुनै अड्डाका मुख्य वा माथिल्लो दर्जाका अधिकृतसँगसम्बन्ध राख्ने कानून निजहरूका ठाउँमा कानूनबमोजिम काम गरिरहेका डेपुटी वा मातहतका कर्मचारीहरूका हकमा लागू हुनेछ भनी भन्नालाई कुनै नेपाल ऐनमा मुख्य वा माथिल्लो दर्जाको अधिकृतको कर्तव्य तोकिदिए पुग्छ ।

२०. ऐनबमोजिम निकालिएका आदेश इत्यादीको व्याख्या

नेपालको कुनै ऐनले सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम जारी गर्ने अख्तियार दिएको भए विषय वा प्रसंगबाट अर्को अर्थ नलागेमा यो ऐन लागू भएपछि पनि ती सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियमहरूको अर्थ सो अख्तियार दिने ऐन वा विनियममा लागे बमोजिम नै हुन्छ ।

२१. आदेश, नियम वा उपनियम बनाउने अख्तियारभित्र संशोधन गर्ने, बदल्ने वा खारेज गर्ने अख्तियार समेत सामेल गर्ने बारे

कुनै नेपाल ऐनले सूचना, आदेश, नियम वा उपनियम जारी गर्ने अख्तियार दिएकोछ भने सो अख्तियारले त्यस्तै किसिमको अवस्थामा त्यही निकासा मुताविक त्यही किसिमले सो जारी गरिएका सूचना, आदेश, नियम वा उपनियमहरूलाई थप्न, संशोधन गर्न बदल्न वा खारेज गर्न हुन्छ ।

२२. ऐन स्वीकृत र लागू हुँदाको बीचमा नियम वा उपनियम बनाउने र आदेश जारी गर्ने बारे

पारित हुनासाथ लागू नहुने गरी बनेका कुनै नेपाल ऐनद्वारा नियम वा उपनियमहरू बनाउन, ऐन लागू गर्नालाई कुनै आदेश जारी गर्ने, कुनै अड्डा, अदालत खडा गर्ने, त्यस्तो अड्डा, अदालतमा न्यायाधीश वा मुद्दा हेर्ने अधिकारी, अधिकृत भर्ना गर्ने वा मानिस, समय, ठाउँ, रीत वा दस्तुरको निमित्त ऐन बमोजिम केही गर्नु परेमा त्यो ऐन वा नियम पारितभइसकेपछि जैलेसुकै भए पनि त्यो अख्तियारी प्रयोग गरे हुन्छ तर यसरी बनेका वा निकालिएका आदेश, नियम वा उपनियम सो ऐन चालू नहुन्जेल लागू हुँदैनन्।

२३. पहिले प्रकाश गरी नियम, उपनियम बनाउनु पर्दा लागू हुने कुराहरू

नियम वा उपनियम पहिले प्रकाश गरी बनाउन अख्तियार दिने भनी कुनै नेपाल ऐनमा लेखिएकोछ भने सो
विषयमा देहायका कुराहरू लागू हुनेछन्ः–

(१) नियम वा उपनियमहरू बनाउन अख्तियार पाएको अधिकारीले सो नियम वा उपनियमहरूले असर पार्न सक्ने मानिसहरूलाई थाहा दिना निमित्त सो प्रस्तावित नियम वा उपनियमहरू बनाउनु भन्दा अगावै त्यसको मस्यौदा प्रकाशित गर्नुपर्छ ।

(२) अधिकारीले यति रीत पु¥याए पुग्छ भनी ठह¥याए मुताविक वा पहिले प्रकाश गर्नुपर्ने बारेको शर्तले आवश्यक भएमा नेपाल सरकारद्वारा तोकिएको रीत पु¥याई प्रकाश गर्नुपर्छ ।

(३) कुन मितिमा वा कुन मितिपछि त्यस विषयमा विचार गरिने हो सो समेत खोली मसौदाको साथसाथै सूचना प्रकाशित हुनुपर्छ ।

(४) नियम वा उपनियम बनाउन अख्तियार पाएको अधिकारीले र सो नियम वा उपनियम अरू कुनै अधिकारीको स्वीकृति, अनुमति वा सहमति लिएर बनाउनु पर्ने भए त्यस्तो स्वीकृति, अनुमति वा सहमति दिने अधिकारीले पनि त्यो नियम वा उपनियम बनाउने अख्तियार पाएको अधिकारीकहाँ तोकिएको मितिभन्दा अगावै जोसुकैबाट आएको सुझाव वा विरोधको विचार गर्नुपर्छ ।

(५) पहिले प्रकाश गरी नियम वा उपनियम बनाउने अख्तियारी बमोजिम नियमवा उपनियम बनाउने आदेशले नेपाल राजपत्रमा प्रकाश गरेपछि सो प्रकाशित नियम वा उपनियम रीतपूर्वक बनेका छन् भन्ने कुराको निर्णयात्मक प्रमाण हुनेछ ।

२४. खारेज भएका र पुनः जारी गरिएका ऐन अन्तर्गत निकालिएका आदेश इत्यादि लागू भई रहने बारे

यो ऐन लागू भएपछि कुनै नेपाल ऐन केही रूपान्तर भई वा नभई खारिज भयो वा फेरि जारी भयो भने कुनै प्रतिकूल कुरा स्पष्टरूपले उल्लेख नभएमा खारेज भएका ऐनबमोजिम भएका नियुक्ति, सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम फेरि बनेको ऐनका कुरासँग नबाझेसम्म जारी नै रहनेछन्र नयाँ बनेका ऐनमा लेखिए मुताबिक भएका नियुक्ति, सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम नियमले नहटाएसम्म नयाँ बनेको ऐन बमोजम नै बनेको वा निकालिएको सम्झिनेछ ।

२५. दुई वा धेरै ऐन अन्तर्गत सजाय हुने कसूर बारेका कुरा

दुई वा दुईभन्दा बढी ऐन मुताविक गरेमा वा नगरेमा कसूर मानिने काम रहेछ भने कसूरदारलाई ती मध्ये कुनै एक ऐनबमोजिम सजाय हुन्छ तर एक पटक सजाय पाइसकेपछि सो कसूरमा दोस्रो पटक
सजायको भागी हुँदैन ।

२६. हुलाकद्वारा तामेल गर्नुको अर्थ

कुनै नेपाल ऐनले कुनै लिखत हुलाकद्वारा तामेल गर्नुपर्ने भएमा वा सो ऐनले त्यसो गर्ने अख्तियार दिएमा “तामेल गर्नु”, “दिनु”, “पठाउनु” वा त्यस्तै अरू कुनै शब्दहरू परेको भए अर्कै अभिप्राय नदेखिएमा तामेल गर्नुको मतलब खामबन्दी गरी राम्रोसँग ठेगाना लेखी महसूल पहिले नै तिरी रजिष्टरी गरी हुलाक दाखिला गर्नु भनेको सम्झनु पर्छ, त्यस्तो गरेको ठहरेमा लेखिए बमोजिमको लिखत भएको चिठ्ठी हुलाक पुग्ने
साधारण समयमै पुगेको ठहर्छ ।

२७. ऐनको उल्लेख

(१) कुनै नेपाल ऐन र सो ऐन अथवा कुनै नियम अन्तर्गत वा सो सम्बन्धमा बनाइएको कुनै नियम, उपनियम, आलेख वा लिखतमा कुनै ऐनलाई नाम अथवा संक्षिप्त नाम दिइएकोछ भने, सो नामबाट वा त्यसको नम्बर र सालबाट उल्लेख गर्न सकिनेछ र कुनै ऐनमा लेखिएको कुरालाई सो कुरा रहेको ऐनको दफा वा  पदफाबाट उल्लेख गर्न सकिनेछ ।

(२) यो ऐन र कुनै नेपाल ऐनमा अर्को ऐनको केही भागको वर्णन वा उल्लेख गर्दा अर्कै अभिप्राय नदेखिएसम्म सो वर्णन वा उल्लेख गरिएको भागको शुरु र अन्त्यमा लेखिएको वा उल्लेख गरिएको शब्द, दफा वा अरू भाग सामेल रहेको सम्झिनेछ ।

२७क. संशोधन वा खारेज नभएसम्म प्रचलित कानून कायमै रहने

संवत् २०६५ साल जेष्ठ १६ गतेभन्दा अघि जारी भएका तथा तत्काल प्रचलित संविधान बमोजिम बनेका र सो दिनसम्म नेपाल राज्यमा बहाल रहेका कानूनहरू संशोधन वा खारेज नभएसम्म कायमै रहनेछन्।

२८. पहिलेका ऐनहरूको व्याख्या

(१) सम्वत् २००७ साल फाल्गुण ७ गते अघि बनेको कुनै नेपाल कानूनमा श्री ३ महाराज, मुख्तियार वा तालुकवालालाई बुझाउने शब्दहरूले,
सम्वत् २००७ साल फाल्गुण ७ गते उप्रान्त गरिएको वा गरिने कुनै काम कारवाईमा नेपाल सरकारलाई भनेको सम्झनु पर्छ ।

१(क) सम्वत् २००७ साल फागुन ७ गतेदेखि सम्वत् २०६३ साल जेठ ३ गतेसम्म बनेको कानून, नेपाल पक्ष बनेको सन्धि, सम्झौता वा भए गरेका अन्य काम कारबाहीका सम्बन्धमा श्री ५ को सरकार जनाउने शब्दहरूले सम्वत् २०६३ साल जेठ ४ गते उप्रान्त नेपाल सरकारलाई जनाउनेछ ।

(२) विषय वा प्रसंगबाट अर्कै कुरा गर्नुपर्ने आवश्यक नदेखिएमा सम्वत् २००७ साल फाल्गुण ७ गते अघि बनेका नेपाल कानूनको व्याख्यामा यस ऐनका दफा ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २१ लागू हुनेछन्।