Skip to contentSkip to left sidebar Skip to footer

धितोपत्र सम्बन्धी ऐन, २०६३

धितोपत्र सम्बन्धी ऐन, २०६३

प्रमाणीकरण र प्रकाशन मिति
    २०६३।९।३०
संशोधन गर्ने ऐन
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                    २०७२।११।१३
२०६३ सालको ऐन न. ३३
धितोपत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
प्रस्तावनाः देशको आर्थिक विकासको लागि आवश्यक पूँजी परिचालन गर्न पूँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्न तत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले,
प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “धितोपत्र सम्बन्धी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन २०६३ साल असोज ६ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यक्ष” भन्नाले दफा ७ बमोजिम नियुक्त बोर्डको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “अनुमतिपत्र” भन्नाले धितोपत्र बजार सञ्चालन गर्न वा धितोपत्र व्यवसाय गर्न यस ऐन बमोजिम बोर्डले दिएको अनुमतिपत्र सम्झनु पर्छ ।
(ग) “कम्पनी” भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनी सम्झनु पर्छ ।
(घ) “डिपोजिटरी” भन्नाले योजना व्यवस्थापकसँग सम्झौता गरी कुनै सामूहिक लगानी योजनाको सम्पत्ति सुरक्षापूर्वक राख्ने र सञ्चालन गर्ने जस्ता सुरक्षक सेवा (कस्टोडियल सर्भिस) प्रदान गर्ने गरी जिम्मेवारी लिने बैंक वा वित्तीय संस्था सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) “धितोपत्र” भन्नाले संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजार मार्पmत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।
(छ) “धितोपत्र कारोबार” भन्नाले धितोपत्रको निष्काशन, खरिद, बिक्री वा विनिमय तथा तत्सम्बन्धी अन्य कार्य सम्झनु पर्छ ।
(ज) “धितोपत्रको दर्ता” भन्नाले संगठित संस्थाले दफा २७ बमोजिम बोर्ड समक्ष गरेको धितोपत्रको दर्ता सम्झनु पर्छ ।
(झ) “धितोपत्र बजार” भन्नाले धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्झनु पर्छ ।
(ञ) “धितोपत्र व्यवसाय” भन्नाले धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्थाले यस ऐन बमोजिम गर्ने धितोपत्र कारोबार सम्झनु पर्छ ।
(ट) “धितोपत्र व्यवसायी” भन्नाले धितोपत्र व्यवसाय गर्न दफा ५८ बमोजिम अनुमतिपत्र प्राप्त कम्पनी वा संस्था सम्झनु पर्छ ।
(ठ) “निष्काशन” भन्नाले संगठित संस्थाले पूँजी उठाउनको लागि धितोपत्र जारी गर्न राखेको प्रस्ताव तथा तत्सम्बन्धी कार्य सम्झनु पर्छ र सो शब्दले संस्थापकलाई धितोपत्र जारी गर्ने कार्य समेतलाई जनाउँछ ।
(ड) “परिपत्र विधि” भन्नाले बढीमा पचास जनासम्म लगानीकर्ताहरुलाई लक्षित गरी चिठ्ठी, पत्र वा कुनै पनि विद्युतीय सञ्चार माध्यमबाट धितोपत्र बिक्रीका लागि प्रस्ताव राख्ने कार्य सम्झनु पर्छ ।
(ढ) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।
(ण) “विनिमय” भन्नाले यस ऐन बमोजिम निष्काशन भैसकेका धितोपत्रको खरिद, बिक्री वा हस्तान्तरण सम्बन्धी कार्य सम्झनु पर्छ ।
(त) “विवरणपत्र” भन्नाले संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अघि दफा ३० बमोजिम प्रकाशन गर्नु पर्ने विवरणपत्र सम्झनु पर्छ ।
(थ) “योजना व्यवस्थापक” भन्नाले यस ऐन बमोजिम दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्य लिई सहभागीहरुको सामूहिक लगानी योजना व्यवस्थापन गर्ने संगठित संस्था सम्झनु पर्छ ।
(द) “लगानी कोष” भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरुबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बन्धित सम्पत्ति सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफलस्वरुप जम्मा भएको रकम समेतलाई जनाउँछ ।
(ध) “सहभागी” भन्नाले योजना व्यवस्थापकले यस ऐन बमोजिम सञ्चालन गरेको सामूहिक लगानी योजनामा रकम लगानी गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(न) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(प) “संगठित संस्था” भन्नाले धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झनु पर्छ ।
तर सो शब्दले प्राइभेट लिमिटेड कम्पनी वा सहकारी संस्थालाई जनाउने छैन ।
(फ) “सार्वजनिक निष्काशन” भन्नाले संगठित संस्थाले आफ्नो धितोपत्र बिक्री गर्न सर्वसाधारण समक्ष विवरणपत्र प्रकाशन गरी राखेको प्रस्ताव सम्झनु पर्छ ।
(ब) “सामूहिक लगानी योजना” (कलेक्टिभ इन्भेष्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न यस ऐन बमोजिम योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकाङ्क कोष वा समय समयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम सम्झनु पर्छ ।
(भ) “सूचीकरण” भन्नाले धितोपत्र बजार मार्पmत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनको लागि धितोपत्र बजारमा गरिने धितोपत्रको सूचीकरण सम्झनु पर्छ ।
(म) “हकप्रद निष्काशन” भन्नाले संगठित संस्थाले निष्काशन गरेको कुनै धितोपत्र साबिकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनु पर्छ ।

परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

३. बोर्डको स्थापनाः (१) पूँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि नेपाल धितोपत्र बोर्डको नामबाट एउटा बोर्डको स्थापना गरिएको छ ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने बोर्डमा देहायका सदस्यहरु रहने छन्ः–
(क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति – अध्यक्ष
(ख) सह–सचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) सह–सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, नेपाल राष्ट्र बैंक – सदस्य
(ङ) प्रतिनिधि, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था – सदस्य
(च) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ – सदस्य
(छ) अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, व्यवस्थापन, पूँजी बजार विकास, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका विज्ञहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना – सदस्य
(३) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम सम्बन्धित संस्थाले प्रतिनिधि मनोनयन गर्दा कम्तीमा स्नातक उपाधि हासिल गरी लेखा, उद्योग, वाणिज्य, वित्तीय, बैंकिङ्ग, आर्थिक वा कानून विषयमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ ।
(४) उपदफा (२) को खण्ड (छ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्ष हुनेछ ।
(५) कुनै सदस्यको पद रिक्त रहेको कारणले मात्र बोर्डले गरेको काम कारबाहीमा कुनै असर पर्ने छैन ।
(६) बोर्डले तोकिदिएको बोर्डको कुनै अधिकृत कर्मचारीले बोर्डको सचिवको काम गर्नेछ ।
(७) बोर्डले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकारलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(८) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपाल राज्यभित्र वा बाहिर शाखा वा सम्पर्क कार्यालय खोल्न सक्नेछ ।
४. बोर्ड स्वशासित र संगठित संस्था हुनेः (१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) बोर्डको सबै काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) बोर्डले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, खरिद गर्न, बिक्री गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) बोर्डले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
५. बोर्डको काम, कर्तव्य र अधिकारः बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पूँजी बजारको विकाससँग सम्बन्धित विषयका सम्बन्धमा नेपाल सरकारलाई आवश्यकता अनुसार परामर्श दिने,
(ख) धितोपत्र सार्वजनिक रुपमा निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने,
(ग) दर्ता भएको धितोपत्रको निष्काशन, हस्तान्तरण, बिक्री र विनिमयलाई नियमित तथा व्यवस्थित गर्ने,
(घ) धितोपत्र बजार सञ्चालन गर्न चाहने संगठित संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमका अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिने,
(ङ) धितोपत्र बजारको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने,
(च) धितोपत्र बजारले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम काम कारबाही गरे नगरेको हेर्ने र नगरेको पाइएमा धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने,
(छ) धितोपत्र व्यवसाय सञ्चालन गर्न चाहने कम्पनी वा संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र दिने,
(ज) धितोपत्र व्यवसायीको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने,
(झ) तोकिए बमोजिमको प्रक्रिया पूरा गरी धितोपत्र व्यवसायीको कार्य तथा क्षमता अनुरुप वर्गीकरण गर्ने र स्तर कायम गर्ने,
(ञ) सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने तथा सोको नियमन र अनुगमन गर्ने,
(ट) धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरुको विनियम स्वीकृत गर्ने र पूँजी बजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरुको विनियममा आवश्यकता अनुरुप संशोधन गर्न आदेश दिने,
(ठ) धितोपत्र कारोबार सम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई व्यवस्थित गर्ने,
(ड) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम तथा निर्देशिकामा तोकिए बमोजिमको आचरण कायम राखेको छ, छैन हेर्ने र त्यस्तो आचरण कायम राखेको नपाइएमा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने,
(ढ) धितोपत्र बजारको प्रवद्र्धन, सम्बद्र्धन र स्वच्छ सञ्चालनका लागि धितोपत्रको परिमाण र कारोबारको तरिकालाई नियमित गर्न आवश्यक व्यवस्था गर्ने, गराउने,
(ण) धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि परिच्छेद–९ मा उल्लेख भए बमोजिमको धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबार सम्बन्धी अन्य कसूर हुन नदिन आवश्यक व्यवस्था गर्ने,
(त) धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण पुनरावलोकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक देखेको निर्देशन सम्बन्धित संगठित संस्थालाई दिने,
(थ) कम्पनीको व्यवस्थापनमा नियन्त्रण हुने गरी एकमुष्ट वा पटक पटक गरी शेयर खरिद गरी स्वामित्वमा लिने कार्यलाई व्यवस्थित र पारदर्शी गराउने,
(द) धितोपत्र वा कम्पनी सम्बन्धी मामिलाका सम्बन्धमा सुपरिवेक्षण तथा नियमन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी सहयोग लिने दिने,
(ध) धितोपत्र तथा पूँजी बजार विकासका सम्बन्धमा आवश्यक अन्य कामहरु गर्ने, गराउने ।
६. बोर्डको बैठक र निर्णयः (१) अध्यक्षले आवश्यकता अनुसार बोर्डको बैठक बोलाउनेछ । यस्तो बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।
(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ ।
(३) अध्यक्षले बोर्डको बैठकको अध्यक्षता गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले आफूहरुमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) कम्तीमा दुईजना सदस्यले बोर्डको बैठक बोलाउनको लागि लिखित रुपमा माग गरेमा त्यस्तो सूचना प्राप्त गरेको मितिले सात दिनभित्र अध्यक्षले बोर्डको बैठक बोलाउनु पर्नेछ ।
(५) बोर्डको सचिवले बोर्डको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरुको सूची सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
(६) कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(८) बोर्डको प्रत्येक बैठकमा उपस्थित सदस्यहरुको नाम, छलफल भएका विषय तथा बैठकमा भएका निर्णयहरु एउटा छुट्टै निर्णय पुस्तिकामा लेखी उपस्थित सदस्यहरुको दस्तखत गराई राख्नु पर्नेछ ।
(९) बोर्डले गरेको निर्णय बोर्डको सचिवले प्रमाणित गरी सबै सदस्यलाई उपलब्ध गराउनेछ ।
(१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।
७. अध्यक्षको नियुक्तिः (१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्नको लागि नेपाल सरकारले उपदफा (२) का अधीनमा रही अध्यक्षको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकारले उपदफा (१) बमोजिम अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ ।
(३) उपदफा (२) बमोजिम अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफा बमोजिम अध्यक्षको नियुक्ति हुनेछ ।
(४) उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।
(५) उपदफा (३) र (४) बमोजिम समितिले अध्यक्षको नाम सिफारिस गर्दा आफ्नो कार्यविधि आपैm निर्धारण गर्नेछ ।
(६) अध्यक्षको पदावधि चार वर्षको हुनेछ र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन सक्नेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षले बोर्डलाई हानि नोक्सानी पु¥याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्नेछ ।
तर यसरी पदबाट हटाउनु अघि अध्यक्षलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ ।
८. अध्यक्षको काम, कर्तव्य र अधिकारः (१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पूँजी बजारको विकास गर्न धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न आवश्यक कार्य गर्ने,
(ख) धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने,
(ग) बोर्डको कार्यकारी प्रमुख भई काम गर्ने,
(घ) धितोपत्र बजार व्यवस्थापन तथा पूँजी बजार विकासको लागि बोर्डले अपनाउनु पर्ने दीर्घकालीन तथा अल्पकालीन योजना तथा नीति स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्ने,
(ङ) बोर्डको बैठक बोलाउने वा बोलाउन लगाउने र त्यसको अध्यक्षता गर्ने,
(च) बोर्डको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्ने,
(छ) बोर्डद्वारा भएका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने,
(ज) बोर्डको दैनिक कार्यको निरीक्षण तथा सुपरिवेक्षण गरी बोर्डको उद्देश्य अनुसार कार्य गर्ने,
(झ) बोर्डलाई आवश्यक सल्लाहकार तथा कर्मचारीहरु तोकिए बमोजिम नियुक्त गर्ने,
(ञ) बोर्डद्वारा सुम्पिएका अन्य कामहरु गर्ने गराउने ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक अध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
९. अध्यक्ष तथा सदस्यको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधाः अध्यक्ष तथा सदस्यले पाउने पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा र बोर्डको कामको सिलसिलामा नेपाल राज्यभित्र वा बाहिर अध्यक्ष र सदस्यले भ्रमण गर्दा पाउने दैनिक तथा भ्रमण भत्ता तोकिए बमोजिम हुनेछ ।
१०. अध्यक्ष तथा सदस्यको योग्यताः अध्यक्ष वा सदस्यमा नियुक्त हुनको लागि देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्नेछः–
(क) नेपालको नागरिक भएको,
(ख) उच्च नैतिक चरित्र भएको,
(ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, र
(घ) दफा ११ बमोजिम अयोग्य नभएको ।
११. अध्यक्ष तथा सदस्यको अयोग्यताः  देहायका कुनै पनि व्यक्ति अध्यक्ष वा सदस्यमा नियुक्त हुन योग्य हुने छैनः–
(क) राजनैतिक दलको पदाधिकारी,
(ख) धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरु,
(ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति,
(घ) बहुलाएको व्यक्ति,
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।
१२. अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्थाः (१) उपदफा (२) बमोजिम पदमुक्त हुने अवस्था भएमा अध्यक्ष तथा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्नेछ ।
तर यसरी पदमुक्त गर्नुभन्दा अघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने उचित अवसरबाट वञ्चित गर्ने छैन ।
(२) देहायका कुनै अवस्थामा अध्यक्ष तथा सदस्य आफ्नो पदबाट मुक्त हुनेछः–
(क) दफा ११ बमोजिम अध्यक्ष तथा सदस्य हुन अयोग्य भएमा,
(ख) धितोपत्र लगानीकर्ताको हित विपरित वा पूँजी बजारको विकासमा हानि नोक्सानी पुग्ने कार्य गरेमा,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डको उद्देश्य हासिल गर्नको निमित्त बोर्डले गर्नु पर्ने कार्यहरु कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा,
(घ) खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठह¥याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा,
(ङ) बिना सूचना लगातार तीन पटकभन्दा बढी बोर्डको बैठकमा अनुपस्थित भएमा ।
१३. अध्यक्ष तथा सदस्यको राजीनामाः अध्यक्ष तथा सदस्यले नेपाल सरकार समक्ष लिखित राजीनामा दिई आफ्नो पदबाट हट्न सक्नेछ ।
१४. रिक्त पदको पूर्तिः कार्यकाल पूरा नहुँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त हुन आएमा नेपाल सरकारले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी सो पदमा बाँकी अवधिको लागि कुनै व्यक्तिलाई नियुक्त गर्नेछ ।
१५. काम कारबाही बदर नहुनेः अध्यक्ष वा सदस्यको नियुक्ति वा बोर्डको गठनमा कुनै रीत नपुगेको वा अध्यक्ष वा सदस्यको पद रिक्त रहेको कारणले मात्र बोर्डले गरेको कुनै काम कारबाही बदर हुने छैन ।
१६. समिति वा उपसमिति गठन गर्न सक्नेः (१) बोर्डले आफ्नो कार्य सञ्चालन गर्नको लागि आवश्यकता अनुसार समिति वा उपसमितिहरु गठन गर्न सक्नेछ । बोर्डले तोकिदिएको सदस्य यसरी गठन भएको समिति वा उपसमितिको संयोजक हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएका समिति वा उपसमितिहरुको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र, बैठक भत्ता तथा कार्यावधि बोर्डले तोकेबमोजिम हुनेछ ।
१७. अधिकार प्रत्यायोजनः (१) बोर्डले आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, कुनै सदस्य वा दफा १६ बमोजिम गठन भएको समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) अध्यक्षले आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार कुनै सदस्य, दफा १६ बमोजिम गठन भएको समिति वा उपसमिति वा बोर्डको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१८. निजी स्वार्थका सम्बन्धमा जानकारी दिनुपर्नेः कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बोर्डको बैठकमा छलफल हुने रहेछ भने सो छलफल शुरु हुनुभन्दा अगावै निजले सो बारेमा बोर्डलाई जानकारी दिनु पर्नेछ । बोर्डले अनुमति दिएमा बाहेक त्यस्तो सदस्यले सो प्रस्ताव उपर हुने छलफल तथा निर्णयमा भाग लिन र आफ्नो मत प्रकट गर्न पाउने छैन ।
तर बैठकको गणपूरक संख्या पु¥याउनको लागि भने त्यस्तो सदस्यको उपस्थिति मान्य हुनेछ ।
१९. लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्थाः (१) बोर्डको काम प्रभावकारी रुपले सञ्चालन गर्नको लागि बोर्डमा आवश्यक संख्यामा लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरु रहनेछन् ।
(२) बोर्डमा रहने लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरुको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् ।
२०. शपथ लिनुपर्नेः बोर्डमा पहिलो पटक नियुक्त भएका अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार तथा कर्मचारीले आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगावै तोकिए बमोजिम गोपनीयता र इमान्दारीको शपथ ग्रहण गर्नु पर्नेछ ।
२१. गोपनीयताः (१) अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार, कर्मचारी, लेखापरीक्षक, एजेण्ट वा प्रतिनिधिले देहायका काम गर्न सक्ने छैनः–
(क) पदीय दायित्व निर्वाह गर्दा प्राप्त हुन आएको कुनै गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्न,
(ख) त्यस्तो जानकारी वा सूचना निजी लाभको लागि प्रयोग गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले तोकिदिएको प्रक्रिया अनुरुप आपूmले थाहा पाएको गोप्य जानकारी वा सूचना देहायका अवस्थामा प्रकाशमा ल्याउन सकिनेछः–
(क) सार्वजनिक रुपमा आफ्नो कर्तव्य पालन गर्दा, कानून कार्यान्वयन गर्ने निकायलाई सहयोग गर्दा, अदालतको आदेश वा अधिकार प्राप्त अधिकारीले दिएको आदेशको कारणबाट त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा,
(ख) आफ्नो कर्तव्यको पालनको सिलसिलामा बोर्डको बाह्य लेखापरीक्षकलाई त्यस्तो जानकारी वा सूचना दिएकोमा,
(ग) कानूनी कारबाहीको सिलसिलामा बोर्डको हितको लागि त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा ।
२२. बोर्डको कोषः (१) बोर्डको आफ्नो छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्य रकम,
(ख) स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्था वा निकायबाट प्राप्त अनुदान, सहयोग वा ऋण,
तर त्यस्तो अनुदान, सहयोग वा ऋण लिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ग)अनुमतिपत्र दस्तुर बापत प्राप्त रकम,
(घ) धितोपत्र दर्ता दस्तुर बापत प्राप्त रकम,
(ङ) धितोपत्र कारोबार गरे गराए बापत प्राप्त दस्तुर, फी, शुल्क,
(च) बोर्डले जरिबाना गरे बापत प्राप्त रकम,
(छ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (१) बमोजिम बोर्डलाई प्राप्त हुने सम्पूर्ण रकम नेपाल राज्यस्थित कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(४) बोर्डको तर्फ बाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।
(५) उपदफा (४) बमोजिम खर्च गर्दा प्रत्येक आर्थिक वर्षको लागि गरिने आम्दानी र खर्चको निमित्त बोर्डबाट स्वीकृत भएको बजेटको आधारमा खर्च गरिनेछ ।
(६) बोर्डको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
२३. अक्षय कोषको व्यवस्थाः (१) बोर्डले आफ्नो आयस्रोतको व्यवस्था गर्न एउटा अक्षय कोषको स्थापना गर्न सक्नेछ र सो कोषमा प्रत्येक वर्ष बोर्डले तोके बमोजिमको रकम जम्मा गरिनेछ ।
(२) अक्षय कोषमा रहेको रकम नेपाल सरकारले जारी गरेको धितोपत्रमा वा बोर्डले तोके बमोजिम आवधिक खाता खोली राख्न सकिनेछ ।
(३) सामान्यतः अक्षय कोषको रकमबाट आर्जित आय बाहेक सो कोषमा रहेको रकम खर्च गर्न पाइने छैन ।
(४) अक्षय कोष सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२४. बोर्डको लेखाः (१) बोर्डले आफ्नो काम कारबाहीको अभिलेख अद्यावधिक बनाई राख्नु पर्नेछ ।
(२) बोर्डले आर्थिक वर्ष समाप्त भएको बढीमा छ महिनाभित्र सो आर्थिक वर्षको आय व्ययको हिसाब, वासलात तथा लेखा सम्बन्धी विवरण अन्तर्राष्ट्रिय प्रचलन अनुरुपको लेखा प्रणाली अनुसार तयार गरी राख्नु पर्नेछ ।
२५. लेखापरीक्षक र लेखापरीक्षणः (१) बोर्डको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको कुनै लेखापरीक्षकबाट हुनेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकले बोर्डको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण गर्दा आफ्नो लेखापरीक्षण प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछः–
(क) आय व्यय विवरणमा बोर्डको सो आर्थिक वर्षको आय व्ययको सत्य तथ्य देखिन्छ वा देखिंदैन,
(ख) सो आर्थिक वर्षको वासलातमा बोर्डको यथार्थ आर्थिक स्थिति स्पष्ट देखिन्छ वा देखिंदैन ।
२६. वार्षिक प्रतिवेदनः (१) अध्यक्षले बोर्डको काम कारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र बोर्ड समक्ष प्रस्तुत गर्नु पर्नेछ र यस्तो प्रतिवेदनको एक प्रति नेपाल सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
(२) अध्यक्षले उपदफा (१) मा उल्लेख भए बमोजिमको बोर्डको वार्षिक प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–३ धितोपत्रको दर्ता तथा निष्काशन

२७. धितोपत्रको दर्ताः (१) संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्नेछ ।
(२) संगठित संस्थाले उपदफा (१) बमोजिम धितोपत्र दर्ता गराउनका लागि आफ्नो प्रबन्धपत्र तथा नियमावली र सो धितोपत्रसँग सम्बन्धित कागजात सहित तोकिए बमोजिमको दस्तुर संलग्न गरी तोकिएको ढाँचामा बोर्डमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा तोकिए बमोजिमको दर्ता किताबमा त्यस्तो धितोपत्र विवरण सहित दर्ता गरी तोकिएको ढाँचामा सम्बन्धित संगठित संस्थालाई धितोपत्रको दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि धितोपत्र निष्काशन गरिसकेका संगठित संस्थाले त्यस्तो धितोपत्र यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम बोर्डमा दर्ता गराउनु पर्नेछ ।
२८. धितोपत्रको बिक्री तथा हस्तान्तरणः (१) संगठित संस्थाले धितोपत्रको दर्ता भएपछि त्यस्तो धितोपत्रको बाँडफाँड वा बिक्री गरेमा त्यसरी बाँडफाँड वा बिक्री गरेको धितोपत्रको विवरण सहितको सूचना सात दिनभित्र बोर्डलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि लगानीकर्ता र संगठित संस्थाको हितको लागि त्यस्तो धितोपत्रको बाँडफाँड र बिक्री गर्ने कार्यलाई स्वच्छ र जानकारीमूलक बनाउनु पर्ने देखिएमा बोर्डले सम्बन्धित संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।
२९. धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्नेः (१) संगठित संस्थाले एक पटकमा पचासजनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि तोकिए बमोजिम हुनेछ ।
(३) सार्वजनिक निष्काशन हुने धितोपत्रको मूल्य तथा बाँडफाँड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) एक पटक सार्वजनिक निष्काशन गरिसकेको धितोपत्र बिक्री नभई एक वर्षभित्र पुनः निष्काशन गर्नु परेमा त्यसरी धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरणपत्रमा उल्लेख भएका कुराभन्दा फरक भएका कुराहरु बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरणपत्र राखी धितोपत्र निष्काशन गर्न सक्नेछ ।
३०. विवरणपत्र प्रकाशन गर्नु पर्नेः (१) संगठित संस्थाले यो ऐन प्रारम्भ भएपछि यस ऐन बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्नका लागि विवरणपत्र बोर्डबाट स्वीकृत गराई सम्बन्धित सबैको जानकारीको लागि सो विवरणपत्र प्रकाशन गर्नु पर्नेछ । यसरी विवरणपत्र प्रकाशन गर्दा सर्वसाधारणले विवरणपत्र प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ समेत विवरणपत्रमा खुलाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका धितोपत्र निष्काशन गर्दा विवरणपत्र जारी गर्नु आवश्यक पर्ने छैनः–
(क) नेपाल राष्ट्र बैंकले जारी गरेको धितोपत्र,
(ख) नेपाल सरकारको पूर्ण जमानतमा जारी गरिएको धितोपत्र,
(ग) एक पटकमा बढीमा पचासजनासम्म व्यक्तिलाई बिक्री गर्ने गरी प्रस्ताव गरिएको धितोपत्र,
(घ) आफ्ना कामदार वा कर्मचारीहरुलाई जारी गरिएको धितोपत्र,
(ङ) बोर्डले विवरणपत्र जारी नगरी निष्काशन तथा बिक्री गर्न स्वीकृति दिएको धितोपत्र ।
३१. विवरणपत्रको स्वीकृतिः लगानीकर्ताहरुले निष्काशनकर्ताको सम्पत्ति तथा दायित्व, आर्थिक स्थिति, नाफा–नोक्सान, भविष्यमा अपेक्षित कुराहरु सम्बन्धमा मूल्याङ्कन गर्न पर्याप्त हुने जानकारीहरु समावेश भएको विवरणपत्र मात्र बोर्डले स्वीकृत गर्नेछ ।
३२. विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरुः विवरणपत्रमा उल्लेख हुनु पर्ने सामान्य कुराहरु, निष्काशनकर्ताको पूँजी तथा अन्य जानकारी, निष्काशनकर्ताले गर्ने मुख्य कामहरु, कानूनी कारबाही सम्बन्धी जानकारी, निष्काशनकर्ताको आर्थिक स्थिति, सामान्य प्रशासन, व्यवस्थापन तथा विवरणपत्र र विवरणपत्रमा समावेश आर्थिक विवरण तयार गर्ने विशेषज्ञ सम्बन्धी जानकारी तथा अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।
३३. विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीः (१) बोर्डमा धितोपत्र दर्ता गराई निष्काशन अनुमति प्राप्त गर्ने प्रयोजनको लागि बोर्ड समक्ष पेश गरिएको विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारी सम्बन्धी कागजातहरुको सत्यताप्रति सम्बन्धित संगठित संस्था र सो विवरणपत्रमा सहीछाप गर्ने सञ्चालक तथा त्यस्तो विवरणपत्र तयार गर्ने विशेषज्ञले व्यक्तिगत वा सामूहिकरुपमा जवाफदेही वहन गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले विवरणपत्रमा लेखिएका कुराहरुमा विश्वास गरी धितोपत्र खरिद गरिसकेपछि विवरणपत्रमा लेखिएका कुराहरु बदनीयत साथ वा जानीजानी झुट्टो वा गलत उल्लेख गरिएको कारणबाट लगानीकर्तालाई कुनै हानि नोक्सानी भएमा उपदफा (१) बमोजिमको संस्था, सञ्चालक वा विवरणपत्र तयार गर्ने विशेषज्ञहरुले त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।
तर विवरणपत्रमा लेखिएका कुरा बदनीयत साथ वा जानीजानी निर्णय गर्नुभन्दा अगावै राजीनामा दिने वा विवरणपत्र झुट्टो भएको कुरा थाहा थिएन भनी प्रमाणित गर्ने सञ्चालकले त्यस्तो क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन ।
(३) संगठित संस्थाले बोर्डमा पेश गरेको विवरणपत्र, सूचना, जानकारी वा विवरण झुट्टा भएको कारण कुनै लगानीकर्तालाई हानि नोक्सानी परेमा क्षतिपूर्ति भराई माग्न लगानी गरेको एक वर्षभित्रमा आपूmलाई थाहा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजुर गर्न सक्नेछ ।
३४. संगठित संस्थाले सूचना गर्नु पर्नेः (१) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले बोर्ड तथा शेयरवालाहरुलाई देहायका कुराहरुका सम्बन्धमा यथासम्भव छिटो जानकारी उपलब्ध गराउनु पर्नेछः–
(क) आफ्नो आर्थिक स्थितिको मूल्याङ्कन गर्न आवश्यक र सहायक हुने कुरा,
(ख) धितोपत्र बजारको कारोबारलाई वा धितोपत्रको मूल्यलाई असर पार्ने जानकारी ।
(२) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले उपदफा (१) मा लेखिएका कुराहरुका अतिरिक्त तोकिए बमोजिमको सूचना तथा जानकारी समेत बोर्ड तथा शेयरवालाहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
३५. सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्तिः कुनै धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले धितोपत्र बजारसँग सम्झौता गरी धितोपत्र सूचीकरण गराएकोमा त्यस्तो संगठित संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पालना गर्नु पर्ने कुरा पालना नगरेको कारणबाट धितोपत्र बजारले त्यस्तो धितोपत्रको सूचीकरण रद्द गरेमा त्यसरी सूचीकरण रद्द भएको कारणले शेयरवालाले कुनै हानि नोक्सानी व्यहोर्नु परेमा सो संगठित संस्थाका सञ्चालकहरुले व्यक्तिगत वा सामूहिक रुपमा त्यस्तो शेयरवालालाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।

परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

३६. धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्नेः (१) धितोपत्र बजार सञ्चालन गर्न चाहनेले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।
(२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी धितोपत्र बजार सञ्चालन गर्न वा धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न गराउन पाउने छैन र त्यस्तो अनुमतिपत्र प्राप्त नगरी कसैले धितोपत्र बजारको नाम प्रयोग गर्न समेत हुँदैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको नेपाल धितोपत्र विनिमय बजारले यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम धितोपत्र विनिमय बजार सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्नको लागि बोर्ड समक्ष निवेदन दिइसक्नु पर्नेछ । सो अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले यस ऐन बमोजिम धितोपत्र विनिमय बजार सञ्चालन गर्न कुनै वाधा पुगेको मानिनेछैन ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन नदिएमा सो अवधि समाप्त भएपछि नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार सञ्चालन गर्न पाउने छैन ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम सीमित दायित्वको कम्पनीको रुपमा कुनै धितोपत्र बजारको संस्थापना गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डको सिफारिसमा मात्र गर्नेछ ।
३७. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्नेः (१) संगठित संस्थाले मात्र धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्डमा निवेदन दिन सक्नेछ ।
(२) संगठित संस्थाले उपदफा (१) बमोजिमको निवेदन तोकिएको ढाँचामा तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुर समेत संलग्न राखी बोर्ड समक्ष दिनु पर्नेछ ।
३८. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिनेः (१) दफा ३७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका कुरामा बोर्ड सन्तुष्ट भएमा निवेदक संगठित संस्थालाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिन सक्नेछः–
(क) धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिंदा लगानीकर्ता र सर्वसाधारणको हित हुन्छ वा धितोपत्र बजारको उचित सञ्चालनको लागि त्यस्तो अनुमतिपत्र दिन आवश्यक छ भन्ने लागेमा,
(ख) निवेदक संगठित संस्थाले उपदफा (२) मा उल्लिखित कुराहरु पूरा गरेको भएमा ।
(२) उपदफा (१) बमोजिम धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र लिनका लागि बोर्ड समक्ष निवेदन दिने संगठित संस्थाले देहायका कुराहरु निवेदनमा उल्लेख गर्नु पर्नेछः–
(क) संगठित संस्था स्थापना गर्ने कानूनी व्यवस्था वा प्रबन्धपत्रमा सो संगठित संस्था धितोपत्र बजारको स्थापना र सञ्चालन गर्ने उद्देश्य लिई स्थापना भएको,
(ख) संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गरुञ्जेल पाँच करोड रुपैयाँमा नघट्ने गरी बोर्डले तोकिदिए बमोजिमको चुक्ता पूँजी कायम राख्ने,
(ग) संगठित संस्थाले बोर्डलाई सन्तुष्ट हुने गरी धितोपत्र बजार सञ्चालन गर्न आवश्यक व्यवस्था पूर्वाधार तथा सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधारहरु रहेको,
(घ) आफू मार्तफ कारोबार हुने धितोपत्रलाई मान्यता प्रदान गर्न सूचीकरण वा त्यस्तै अन्य व्यवस्था गर्ने सम्बन्धी कुरा,
(ङ) संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गर्नका लागि प्रस्ताव गरेको विनियम तथा कारोबार सञ्चालन सम्बन्धी व्यवस्था तथा अवलम्बन गर्ने पद्धतिबाट धितोपत्र कारोबार नियमित रुपमा सञ्चालन भई लगानीकर्ताको हित संरक्षण हुने कुरा,
(च) धितोपत्र बजारमा भएका कारोबारहरुको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोबारको विवरणहरु प्रकाशन गर्न उपयुक्त व्यवस्था गरेको,
(छ) आफ्नो सदस्यहरुले गरेको कारोबारका सम्बन्धमा परेका उजुरीहरुका सम्बन्धमा उचित तवरले छानबिन गर्न सक्ने कुरा,
(ज) आफ्नो सदस्यहरुले करार बमोजिम दायित्व पूरा नगरेमा तत्सम्बन्धमा विनियममा उल्लेख भए बमोजिम कारबाही गरिने कुरा ।
३९. बोर्डले शर्तहरु तोक्न सक्नेः (१) बोर्डले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ । यस्तो शर्तको पालना गर्ने कर्तव्य सम्बन्धित धितोपत्र बजारको हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।
४०. धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिनेः (१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायका अवस्थामा संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछः–
(क) उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको सञ्चालन गर्न आवश्यक नभएमा,
(ख) लगानीकर्ताको हितको संरक्षणको निमित्त धितोपत्र बजार सञ्चालन गर्न दिनु उचित र उपयुक्त नदेखिएमा ।
(२) उपदफा (१) मा उल्लिखित अवस्थामा कुनै संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नदिने भएमा बोर्डले सोको कारण खुलाई सम्बन्धित संगठित संस्थालाई सूचना गर्नु पर्नेछ ।
४१. न्यूनतम पूँजी र आर्थिक स्रोतः धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पूँजी पाँच करोड रुपैयाँमा नघट्ने गरी समय समयमा बोर्डले तोकिदिए बमोजिम हुनु पर्नेछ र सो संस्थाले आपूmले सञ्चालन गर्ने बजार व्यवस्थाको निमित्त पर्याप्त आर्थिक स्रोत राखेको हुनु पर्नेछ ।
४२. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरणः (१) धितोपत्र बजार सञ्चालन गर्न प्रदान गरिएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।
(२) धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डमा बुझाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी सो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने संगठित संस्थाले प्राप्त गरेको धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र खारेज हुनेछ ।
४३. मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्नेः (१) संगठित संस्थाले निष्काशन गरेका धितोपत्रहरु धितोपत्र बजारले आफ्नो विनियमावलीमा तोकिए बमोजिम सूचीकरण गरी वा त्यस्तै अन्य व्यवस्था गरी कारोबार गर्न मान्यता प्रदान गरेको धितोपत्रको लागि मात्र बजार व्यवस्थापन गर्नु पर्नेछ ।
(२) धितोपत्र बजारमा सूचीकरण नभएका धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी काम कारबाही तोकिए बमोजिम हुनेछ ।
४४. धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारीः धितोपत्र बजारले गरेको धितोपत्र कारोबारको व्यवस्थापनका सम्बन्धमा सो धितोपत्र बजारको सञ्चालक समितिले जिम्मेवारी लिनेछ ।
४५. धितोपत्र बजारको काम, कर्तव्य र अधिकारः धितोपत्र बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आफू मार्फत हुने धितोपत्र कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रुपमा सञ्चालन गर्ने गराउने,
(ख) धितोपत्र बजार सञ्चालन गर्दा सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यानमा राखी गर्ने गराउने,
(ग) आफ्नो सदस्यहरुलाई यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरुको पूर्ण रुपमा पालना गर्न लगाउने र यस सम्बन्धी कुराको अनुगमन र सुपरिवेक्षण गर्ने गराउने,
(घ) धितोपत्र कारोबार गर्न पर्याप्त र सुविधायुक्त कारोबार स्थलको व्यवस्था गर्ने,
(ङ) कारोबार सञ्चालन गर्न सक्षम कर्मचारीहरुको व्यवस्था गर्ने,
(च) आकस्मिक तथा सुरक्षा व्यवस्थाका लागि पर्याप्त सुविधा र उचित पद्धतिको व्यवस्था गर्ने,
(छ) धितोपत्रको विनिमय वा खरिद बिक्रीको प्रबन्ध गर्नको लागि सूचीकरण गर्न गराउन र सदस्यता सम्बन्धी व्यवस्था गर्न बोर्डको स्वीकृति लिई विनियम बनाउने,
(ज) धितोपत्र बजार सञ्चालनको लागि अन्य आवश्यक कार्यहरु गर्ने गराउने ।
४६. धितोपत्र बजारले जानकारी दिनुपर्नेः धितोपत्र बजारले देहायका कुरा आफूले थाहा पाउना साथ सोको जानकारी बोर्डलाई दिनु पर्नेछः–
(क) आफ्नो कुनै सदस्यबाट कुनै आर्थिक अनियमितता भएको वा सो सदस्यले गरेको काम कारबाहीबाट त्यस्तो सदस्यको आर्थिक हैसियत शङ्कास्पद देखिएमा,
(ख) आफ्नो कुनै सदस्यले आफूले पालना गर्नु पर्ने दायित्व कानून बमोजिम पूरा नगरेमा वा पूरा गर्न असक्षम भएको भन्ने देखिएमा,
(ग) आफ्नो कुनै सदस्यले आर्थिक नियम तथा विनियमको पालना नगरेमा वा गर्न नसक्ने अवस्था देखिएमा,
(घ) तोकिए बमोजिमको अन्य जानकारीहरु ।
४७. धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्नेः धितोपत्र बजारले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सो आर्थिक वर्षमा आपूmले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
४८. धितोपत्र बजारले निर्देशन दिन सक्नेः (१) धितोपत्र बजार मार्फत धितोपत्र कारोबार गराउने संगठित संस्थाले धितोपत्र बजारसँग गरेको सम्झौताको उल्लंघन गरेमा वा धितोपत्र कारोबारलाई स्वच्छ र नियमित बनाउन वा लगानीकर्ताको हितलाई ध्यानमा राखी त्यस्तो संगठित संस्थालाई निर्देशन दिन आवश्यक छ भन्ने लागेमा धितोपत्र बजारले त्यस्तो संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित संगठित संस्थाको हुनेछ ।
४९. धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्नेः (१) बोर्डले एक पटकमा कारोबार गर्न सकिने धितोपत्रको सीमा वा कुनै एक व्यक्तिले एक पटकमा खरिद बिक्री गरी आफूले धारण गर्न सक्ने धितोपत्रको सीमा तोकिए बमोजिम निर्धारण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सीमा तोक्दा धितोपत्रको किसिम वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै सीमा तोक्न सकिनेछ ।
(३) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी बोर्डले तोकिए बमोजिम एक समयमा कुनै किसिमको धितोपत्रमा एक व्यक्तिले आफ्नो स्वामित्वमा राख्न पाउने अधिकतम हद तोक्न वा निर्धारण गर्न सक्नेछ ।
५०. धितोपत्र बजारले दस्तुर बुझाउनु पर्नेः (१) धितोपत्र बजारमा हुने धितोपत्रको खरिद, बिक्री, विनिमय बापत तोकिए बमोजिम लाग्ने धितोपत्र कारोबार दस्तुर उठाई धितोपत्र बजारले बोर्डलाई बुझाउनु पर्नेछ ।
तर त्यस्तो दस्तुर कुल धितोपत्र कारोबार रकमको ०.०३ प्रतिशतभन्दा बढी हुने छैन ।
(२) धितोपत्र बजारले प्रत्येक महिनाको मसान्तभित्र अघिल्लो महिनामा प्राप्त भएको उपदफा (१) बमोजिम तोकिएको दस्तुर बापतको रकम बोर्डमा बुझाउनु पर्नेछ । यस दफाको पालना नगर्ने धितोपत्र बजारले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
(३) उपदफा (२) मा तोकिएको म्यादभित्र धितोपत्र कारोबार दस्तुर बोर्ड समक्ष दाखिल नगर्ने धितोपत्र बजारसँग बोर्डले सयकडा दश प्रतिशतका दरले हुन आउने ब्याज समेत जोडी धितोपत्र कारोबार दस्तुर बापत लिनु पर्ने रकम असुल उपर गर्नेछ ।
५१. धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्नेः धितोपत्र बजारले बोर्डलाई यस ऐन बमोजिमको कार्य सम्पादन गर्नको निमित्त आवश्यक सहयोग गर्नु पर्नेछ । त्यसरी सहयोग गर्ने क्रममा धितोपत्र कारोबार सम्बन्धी वा अन्य कुनै खास विषयमा बोर्डले कुनै जानकारी वा परामर्श मागेमा सो समेत बोर्डलाई उपलब्ध गराउनु पर्नेछ ।
५२. कारबाहीको जानकारी दिनुपर्नेः धितोपत्र बजारले आफ्नो कुनै सदस्यलाई कुनै कारबाही गर्ने सम्बन्धमा स्पष्टीकरण माग गरेको वा त्यस्तो सदस्यको सदस्यता निलम्बन वा खारेज गरेको वा त्यस्तो सदस्यलाई कुनै जरिबाना गरेको वा अन्य कुनै कारबाही गरेको भए त्यस्तो कारबाही गरेको सात दिनभित्र सम्बन्धित सदस्यको नाम र कारबाही सम्बन्धी विवरण तथा कारबाही गर्नु पर्ने कारण समेत खुलाई सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
५३. धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्नेः (१) धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बोर्डले तोकिदिए बमोजिम एउटा क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा रहेको रकम तोकिए बमोजिम क्षतिपूर्ति व्यहोर्न प्रयोग हुनेछ ।
५४. क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्थाः दफा ५३ वा ५५ बमोजिम स्थापना हुने क्षतिपूर्ति कोषको सञ्चालनका सम्बन्धमा नियमावलीमा देहायका व्यवस्था गरिनेछः–
(क) कोषमा रकम जम्मा गर्ने सम्बन्धी व्यवस्था,
(ख) कोषबाट क्षतिपूर्तिस्वरुप दिने अधिकतम रकम,
(ग) कोषको लेखा र लेखापरीक्षण सम्बन्धी व्यवस्था,
(घ) क्षतिपूर्ति कोषबाट रकम प्राप्त गर्न दाबी गर्न पाउने अवस्था र दाबी गर्ने कार्यविधि,
(ङ) क्षतिपूर्ति कोषमा दाबी नलाग्ने अवस्थाहरु,
(च) क्षतिपूर्ति कोषबाट दाबी बमोजिम रकम दिने सम्बन्धमा कारबाही तथा निर्णय गर्ने तरिका,
(छ) एक व्यक्तिलाई क्षतिपूर्तिस्वरुप दिन सकिने अधिकतम रकमको हद,
(ज) क्षतिपूर्ति दाबीका सन्दर्भमा छानबिन गर्ने सम्बन्धमा आवश्यक अन्य कुराहरु,
(झ) धितोपत्र बजारको अनुमतिपत्र खारेज भएमा गरिने व्यवस्थाहरु,
(ञ) क्षतिपूर्तिका सम्बन्धमा आवश्यक अन्य व्यवस्थाहरु ।
५५. बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्नेः धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन दफा ५३ बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न नसकेमा वा तोकिए बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम नदिएमा वा दिन नसकेमा बोर्डले तोकिए बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न वा दिनु पर्ने क्षतिपूर्तिको रकम तोकिए बमोजिम दिलाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।

परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

५६. धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्नेः (१) धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।
(२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन ।
५७. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्नेः (१) धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको विवरण, कागजात र दस्तुर संलग्न गरी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइने निवेदनमा देहायका कुराहरु खुलाइएको हुनु पर्नेछः–
(क) धितोपत्र व्यवसायको किसिम र प्रदान गर्ने सेवाका सम्बन्धमा,
(ख) धितोपत्र व्यवसाय गर्न प्रतिनिधि नियुक्त गर्ने र त्यस्तो व्यवसाय अरुसँग मिली गर्ने भए सो सम्बन्धी कुरा,
(ग) धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिए बमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र,
(घ) प्रस्तावित धितोपत्र व्यवसाय गर्न सक्षम भएको कुरा प्रमाणित गर्ने आधारहरु र बोर्डले तोकिदिएको अन्य जानकारी ।
५८. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिनेः (१) दफा ५७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका आधारमा निवेदकलाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन सक्नेछः–
(क) उपदफा (२) मा उल्लिखित अवस्थाहरुको आधारमा निवेदकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय गर्न सक्छ भन्ने लागेमा,
(ख) धितोपत्र व्यवसाय गर्न नियुक्त गरेको प्रतिनिधिले प्राप्त गरेको तालिम र शैक्षिक योग्यता ।
(२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिने कम्पनी वा संस्थामा कार्यरत कार्यकारी प्रमुख, सञ्चालक, सम्बन्धित अधिकृतहरु तथा प्रतिनिधिका सम्बन्धमा देहायका कुराहरुलाई समेत हेरिनेछः–
(क) आर्थिक हैसियत,
(ख) शैक्षिक योग्यता, तालिम र सम्बन्धित काममा अनुभव,
(ग) धितोपत्र व्यवसाय गर्न चाहिने अनुभव,
(घ) सामाजिक हैसियत तथा चरित्र ।
(३) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र दलाली तथा लगानी परामर्श सेवा बाहेक अन्य धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र पब्लिक लिमिटेड कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्थालाई मात्र दिइनेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले पूँजी बजार तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी कुनै धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसायको किसिममध्ये कुनै धितोपत्र व्यवसाय गर्न नपाउने गरी अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।
५९. बोर्डले शर्तहरु तोक्न सक्नेः (१) बोर्डले धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितको संरक्षणलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ ।
(२) बोर्डले उपदफा (१) बमोजिम तोकिदिएका शर्तहरुको पालना गर्ने कर्तव्य धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनी वा संस्थाको हुनेछ ।
(३) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।
६०. धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेः बोर्डले देहायका अवस्थामा कुनै कम्पनी वा संस्थालाई धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछः–
(क) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको प्रमाणित भएमा,
(ख) त्यस्तो अनुमतिपत्रको लागि दिइने निवेदन साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संलग्न गर्नु पर्ने कागजात तथा विवरण वा बोर्डले तोकिदिएको अन्य कुनै कुरा संलग्न नगरेमा,
(ग) दफा ५८ को उपदफा (२) मा उल्लिखित कुराहरुलाई हेर्दा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन उपयुक्त हुने नदेखिएमा ।
६१. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरणः (१) यस ऐन बमोजिम धितोपत्र व्यवसाय गर्न धितोपत्र व्यवसायीलाई दिइएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।
(२) धितोपत्र व्यवसायीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डलाई बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।
६२. सहायक कम्पनी मार्पmत धितोपत्र व्यवसाय गर्न तोक्न सक्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmतमात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ ।
तर त्यस्तो सहायक कम्पनीले धितोपत्र व्यवसाय बाहेक अरु काम गर्न सक्ने छ्रैन ।
६३. धितोपत्र व्यवसायको किसिमः (१) यस ऐनको प्रयोजनको लागि धितोपत्र व्यवसायलाई देहाय बमोजिमको किसिममा विभाजन गरिनेछः–
(क) धितोपत्र दलाली,
(ख) धितोपत्र व्यापार,
(ग) निष्काशन तथा बिक्री प्रबन्ध,
(घ) लगानी व्यवस्थापन,
(ङ) लगानी परामर्श सेवा,
(च) सामूहिक लगानी कोष व्यवस्थापन,
(छ) धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रीय निक्षेप सेवा वा डिपोजिटरी (कस्टोडियल) सेवा,
(ज) धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने सम्बन्धी सेवा,
(झ) बजार निर्माता,
(ञ) यस ऐन बमोजिम बोर्डले धितोपत्र व्यवसाय भनी तोकिदिएको अन्य कार्य ।
(२) उपदफा (१) मा उल्लिखित धितोपत्र व्यवसायको कार्यक्षेत्र तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६४. प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइनेः (१) धितोपत्र दलालको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि धितोपत्र दलालीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन ।
(२) धितोपत्र व्यापारीको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन ।
(३) योजना व्यवस्थापकको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि सामूहिक लगानी योजना तथा लगानी कोष व्यवस्थापन सम्बन्धी धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन ।
(४) धितोपत्र व्यवसायीले प्रतिनिधि तोक्दा पूरा गर्नु पर्ने कार्यविधि, योग्यता तथा व्यवस्थाहरु तोकिए बमोजिम हुनेछ ।
६५. आधिकारिक प्रतिनिधिः (१) कुनै पनि व्यक्ति धितोपत्र व्यवसायीको प्रतिनिधि नियुक्त भएको कुरा उपदफा (३) बमोजिम बोर्डमा दर्ता भएपछि मात्र त्यस्तो व्यक्ति सो धितोपत्र व्यवसायीको लागि आधिकारिक प्रतिनिधि मानिनेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिनिधि नियुक्त भएको कुरा बोर्डमा दर्ता गर्दा धितोपत्र व्यवसायीले प्रतिनिधि नियुक्त गरेको कुरा र प्रतिनिधि नियुक्त हुने व्यक्तिले पनि आपूm सो धितोपत्र व्यवसायीको प्रतिनिधि हुन मञ्जुर गरेको कुरा बोर्डलाई सूचना गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको पन्ध्र दिनभित्र बोर्डले प्रतिनिधिको नाम, ठेगाना तथा अन्य आवश्यक विवरण खुलाई तोकिए बमोजिम दर्ता किताबमा दर्ता गरी त्यस्तो प्रतिनिधिलाई प्रतिनिधि दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) कुनै कारणले प्रतिनिधि र प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायी बीच प्रतिनिधि राख्ने सम्बन्धमा भएको सम्झौता रद्द भएमा सोको सूचना तुरुन्त बोर्डलाई दिनुपर्नेछ र प्रतिनिधिले पनि आपूmले प्राप्त गरेको प्रमाणपत्र सात दिनभित्र बोर्डमा फिर्ता बुझाउनु पर्नेछ ।
(५) आधिकारिक प्रतिनिधिले गरेको सम्पूर्ण कामको जिम्मेवारी त्यसरी आधिकारिक प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायीको हुनेछ ।
६६. धितोपत्र व्यवसायीको अधिकारः (१) धितोपत्र व्यवसायीलाई सुनुवाईको उचित मौका नदिई निजले प्राप्त गरेको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गरिने छैन ।
(२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्दा त्यसको लिखित सूचना सम्बन्धित धितोपत्र व्यवसायीलाई दिनुपर्नेछ र त्यस्तो सूचनामा त्यसरी निलम्बन वा खारेज गर्नु पर्ने कारण, निलम्बन वा खारेजी लागू हुने मिति र निलम्बन भएकोमा निलम्बनको अवधि उल्लेख गर्नु पर्नेछ ।
(३) धितोपत्र व्यवसायीको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने गरी गरेको निर्णयमा चित्त नबुझ्ने धितोपत्र व्यवसायीले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
६७. धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोतः (१) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा तोकिए बमोजिम न्यूनतम पूँजी र आर्थिक स्रोत राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम धितोपत्र व्यवसायीले राख्नु पर्ने न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न नसकेमा सो कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको जानकारी बोर्डले प्राप्त गरेमा त्यस्तो धितोपत्र व्यवसायीलाई तोकिए बमोजिमको न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न तुरुन्त आदेश दिन वा तत्सम्बन्धमा आवश्यक अन्य निर्देशन दिन सक्नेछ ।
६८. धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त सबै धितोपत्र व्यवसायीको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरु समेत खुलाई धितोपत्र व्यवसायीको अद्यावधिक अभिलेख राख्नु पर्नेछः–
(क) धितोपत्र व्यवसायीको नाम र ठेगाना,
(ख) धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएको मिति,
(ग) धितोपत्र व्यवसायको किसिम,
(घ) अनुमतिपत्रमा उल्लिखित शर्तहरु,
(ङ) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना,
(च) प्रबन्धक तथा अधिकृतहरुको नाम र ठेगाना,
(छ) धितोपत्र व्यवसाय सम्बन्धी कागज तथा अभिलेख रहने ठाउँ,
(ज) कम्पनी वा संस्थाको सञ्चालकको नाम, कम्पनी सचिवको नाम, प्रत्येक शेयरवालाको नाम र लिएको शेयर संख्या,
(झ) बोर्डले आवश्यक र उचित देखेका अन्य विवरणहरु ।
६९. आधिकारिक प्रतिनिधिको अभिलेखः (१) बोर्डले सबै आधिकारिक प्रतिनिधिको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरु समेत खुलाई आधिकारिक प्रतिनिधिको अद्यावधिक अभिलेख राखिनेछः–
(क) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना,
(ख)आधिकारिक प्रतिनिधिको रुपमा दर्ता भएको मिति,
(ग) प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायीको नाम र ठेगाना,
(घ) बोर्डले उचित र आवश्यक देखेका अन्य आवश्यक विवरणहरु ।
७०. जानकारी दिनुपर्नेः धितोपत्र व्यवसायीले देहायका कुनै अवस्थामा सो भएको मितिले सात दिनभित्र बोर्डलाई सोको लिखित सूचना दिनु पर्नेछः–
(क) अनुमतिपत्रमा उल्लेख भए बमोजिमको धितोपत्र व्यवसाय गर्न छोडेमा,
(ख) कुनै आधिकारिक प्रतिनिधिले प्रतिनिधिको रुपमा कार्य गर्न छोडेमा,
(ग) दफा ६८ बमोजिम खडा गरिएको दर्ता किताबमा उल्लिखित कुनै विवरणहरुमा हेरफेर भएमा ।

परिच्छेद–६ सामूहिक लगानी योजना

७१. स्वीकृति नलिई सामूहिक लगानी योजनाको सञ्चालन गर्न नहुनेः (१) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट स्वीकृति नलिई सामूहिक लगानी योजना सञ्चालन गर्न वा देहाय बमोजिमको कुनै काम गर्न गराउन हुँदैनः–
(क) सामूहिक लगानी योजनामा सहभागी हुन आमन्त्रित गरी कुनै विज्ञापन गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो योजनामा सहभागी हुनका लागि कुनै पनि किसिमको जानकारी समावेश गरी प्रस्ताव राख्न,
(ख) सामूहिक लगानी योजनामा सहभागी हुन कसैलाई राय, सल्लाह वा परामर्श दिन ।
(२) उपदफा (१) को उल्लंघन गर्नेले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
७२. बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति दिनेः (१) योजना व्यवस्थापकले आफूले व्यवस्थापन र सञ्चालन गर्ने सामूहिक लगानी योजना सञ्चालन गर्नु अघि त्यस्तो योजना बोर्डमा दर्ता गराई सञ्चालन गर्ने स्वीकृति लिन तोकिए बमोजिमको ढाँचामा तोकिएको विवरण र दस्तुर संलग्न राखी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा निवेदन प्राप्त गरेको मितिले नब्बे दिनभित्र सामूहिक लगानी योजना दर्ता गरी सञ्चालन गर्ने स्वीकृति प्रदान गर्नेछ ।
(३) उपदफा (२) बमोजिम सामूहिक लगानी योजना दर्ता गरी सञ्चालन गर्ने स्वीकृति प्रदान गर्ने सम्बन्धमा जाँचबुझ गर्दा कुनै सूचना, विवरण, जानकारी वा कागजात आवश्यक देखिएमा बोर्डले सम्बन्धित योजना व्यवस्थापकसँग त्यस्तो सूचना, विवरण, जानकारी वा कागजात माग गर्न सक्नेछ । यसरी मागिएको सूचना, विवरण, जानकारी वा कागजात प्राप्त नगरेसम्म बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्ने स्वीकृति प्रदान गर्ने छैन ।
(४) उपदफा (२) बमोजिम सामूहिक लगानी योजना दर्ता गरी सञ्चालन गर्ने स्वीकृति प्रदान गर्दा बोर्डले सहभागीहरुलाई सहभागिता सम्बन्धी प्रमाणपत्र वा सोको निस्सा दिने गरी स्वीकृति प्रदान गर्नेछ ।
(५) बोर्डले योजना व्यवस्थापकलाई सामूहिक लगानी योजना सञ्चालन गर्न यस दफा बमोजिम स्वीकृति प्रदान गर्दा सामूहिक लगानी योजनाको सञ्चालन र सहभागी प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आवश्यक शर्तहरु समेत तोकिदिन सक्नेछ । यसरी तोकिदिएको शर्तहरुमा बोर्डले आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।
७३. सामूहिक लगानी योजनाको सञ्चालनः (१) योजना व्यवस्थापकले सामूहिक लगानी योजना सञ्चालन गर्ने उद्देश्यले सहभागीहरुको आवश्यकता र हितलाई ध्यानमा राखी तोकिए बमोजिम एउटै वा छुट्टाछुट्टै किसिम र नामबाट सामूहिक लगानी योजना सञ्चालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम योजना व्यवस्थापकले कुनै योजना सञ्चालन गर्नु अघि डिपोजिटरीसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ ।
७४. बोर्डले स्वीकृति रद्द गर्न सक्नेः (१) बोर्डले देहायको अवस्थामा सामूहिक लगानी योजना सञ्चालन गर्न दफा ७२ बमोजिम दिएको स्वीकृति रद्द गर्न सक्नेछः–
(क) सञ्चालनका आवश्यक शर्तहरु सन्तोषजनक ढङ्गबाट पूरा गर्न नसकेमा,
(ख) सहभागीहरुका हितलाई ध्यानमा राख्दा त्यस्तो योजनालाई निरन्तरता दिन उपयुक्त हुने नदेखिएमा,
(ग) योजना व्यवस्थापक र डिपोजिटरीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको उल्लंघन गरेमा वा योजनाका सम्बन्धमा बोर्डलाई कुनै झुट्टा विवरण उपलब्ध गराएमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम स्वीकृति रद्द गर्दा बोर्डले त्यस्तो योजनासँग सम्बन्धित व्यवस्थापक, डिपोजिटरी, सञ्चालक वा सम्बन्धित कर्मचारीसँग आवश्यक सोधपूछ गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम योजना सञ्चालन गर्न दिइएको स्वीकृति रद्द गर्दा बोर्डले लगानीकर्ताहरुको लगानी तथा प्रतिफललाई ध्यानमा राखी अन्य कुनै योजना व्यवस्थापकद्वारा सो योजना सञ्चालन गर्न वा त्यस्तो योजनाको लगानीकर्ताहरुको लगानी तथा प्रतिफल समेत फिर्ता गरी हिसाब राफसाफ गर्न लगाउन सक्नेछ ।
(४) बोर्डको आदेश बमोजिम योजना सञ्चालन बन्द गर्दा तथा हिसाब राफसाफ गर्दा अवलम्बन गर्नु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
७५. सामूहिक लगानी योजना सञ्चालन सम्बन्धी अन्य व्यवस्थाः (१) योजना व्यवस्थापकले सञ्चालन गर्ने सामूहिक लगानी योजनालाई सहभागीहरुको हित अनुकूल सञ्चालन गराउनका लागि गर्नु पर्ने अन्य व्यवस्था र सञ्चालन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(२) सामूहिक लगानी योजनाको सञ्चालन सम्बन्धमा नियमावलीमा देहायका व्यवस्थाहरु गरिनेछः–
(क) सामूहिक लगानी योजनाको दर्ता तथा स्वीकृति सम्बन्धी प्रक्रिया तथा शर्तहरुका सम्बन्धमा,
(ख) सामूहिक लगानी योजनाको विधान, योजना व्यवस्थापक तथा डिपोजिटरीको काम, कर्तव्य र सहभागीहरुको अधिकार तथा दायित्व सम्बन्धमा,
(ग) इकाईको प्रवद्र्धन, बजार व्यवस्थापन तथा वितरण सम्बन्धमा,
(घ) इकाईको निष्काशन तथा छूट सम्बन्धमा,
(ङ) डिपोजिटरी सेवा तथा योजना सम्बन्धी अन्य व्यवस्थाका सम्बन्धमा,
(च) सामूहिक लगानी योजनाको ऋण तथा सापटी सम्बन्धी व्यवस्थालाई नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा,
(छ) सामूहिक लगानी योजनासँग सम्बन्धित कारोबार तथा आर्थिक स्थिति स्पष्ट देखिने गरी अभिलेख राख्ने र त्यस्तो लेखा तथा अन्य आवश्यक लेखा र अभिलेखको निरीक्षण सम्बन्धी व्यवस्थाका सम्बन्धमा,
(ज) सामूहिक लगानी योजनासँग सम्बन्धित आवधिक प्रतिवेदन र त्यस्तो प्रतिवेदन योजनाका सहभागी तथा बोर्ड समक्ष पेश गर्ने सम्बन्धमा,
(झ) खण्ड (ङ) मा उल्लिखित सेवा प्रदान गरे बापत लिनु पर्ने फी, पारिश्रमिक, शुल्क सम्बन्धमा,
(ञ) सामूहिक लगानी योजनाको रकमको लगानी तथा सापटी व्यवस्थापन सम्बन्धमा,
(३) सामूहिक लगानी योजना सञ्चालनका सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्थाहरु समावेश गरी नियमावली बनाउँदा सो नियमावलीमा भिन्नाभिन्नै किसिमको सामूहिक लगानी योजनाका लागि भिन्नाभिन्नै व्यवस्थाहरु गर्न सकिनेछ ।

परिच्छेद–७ धितोपत्र व्यवसायको सञ्चालन

७६. व्यावसायिक स्तरः धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय सञ्चालन गर्दा देहाय बमोजिमको व्यावसायिक सिद्धान्तको पालना गर्नु पर्नेछः–
(क) धितोपत्र व्यवसाय सञ्चालनलाई स्वस्थ र उच्चस्तरीय राख्ने,
(ख) उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने,
(ग) धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने,
(घ) ग्राहकहरुबाट धितोपत्रमा लगानी गर्नाको उद्देश्यका सम्बन्धमा जानकारी लिई सो अनुसारको सेवा प्रदान गर्ने,
(ङ) ग्राहकलाई धितोपत्र लगानीका सम्बन्धमा निर्णय गर्न आवश्यक जानकारी र सल्लाह उपलब्ध गराउने,
(च) ग्राहकको स्वार्थसँग आफ्नो स्वार्थ बाझ्न नदिने र त्यस्तो अवस्था आइपरेमा ग्राहकलाई सो कुराको जानकारी दिई ग्राहकको हितलाई ध्यानमा राखी धितोपत्र व्यवसाय गर्ने,
(छ) धितोपत्र व्यवसायका सम्बन्धमा गरेका वचनवद्धता पूरा गर्नका लागि आवश्यक व्यवस्था गर्ने,
(ज) धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरु राम्रोसँग राख्ने,
(झ) धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने,
(ञ) धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकिए बमोजिमको अन्य सिद्धान्तको पालना गर्ने ।
७७. लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्थाः (१) धितोपत्र व्यवसायीले धितोपत्र कारोबार गर्नु अघि सम्बन्धित लगानीकर्ताको परिचय लिने, ग्राहक खाता खोल्ने, रकम लेनदेन गर्ने तथा कारोबार सम्बन्धी सम्झौता गर्ने सम्बन्धी व्यवस्था तोकिए वमोजिम हुनेछ ।
(२) कुनै पनि धितोपत्र व्यवसायीले धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी करार गरेपछि अर्को दिनको बजार बन्द हुनु अगावै करार नोट बनाउनु पर्नेछ र त्यस्तो नोटमा सो धितोपत्र व्यवसायीले एजेण्टको रुपमा करार गरेको भए करार नोटको सक्कल प्रति सम्बन्धित ग्राहकलाई दिनु पर्नेछ र आफ्नै लागि करार गरेको भए करार नोटमा सो कुरा उल्लेख गरी आफूसँग राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको करार नोटमा देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछः–
(क) धितोपत्र व्यवसायको किसिम र त्यस्तो व्यवसाय सञ्चालन गर्ने ठाउँ,
(ख) धितोपत्र व्यवसायीले आपैm मुख्य भई काम गरेको भए सोको विवरण,
(ग) करार नोट दिनुपर्ने व्यक्तिको नाम र ठेगाना,
(घ) करार भएको मिति र करार नोट तयार गरेको मिति,
(ङ) धितोपत्रको विवरण र परिमाण,
(च) धितोपत्रको प्रति इकाई मूल्य,
(छ) करार अन्तर्गत तिर्नुपर्ने प्रतिफल सम्बन्धी विवरण,
(ज) करार अन्तर्गत तिर्नुपर्ने कमिशनको रकम वा दर,
(झ) कुनै दस्तुर लाग्ने भए त्यस्तो दस्तुरको दर तथा तत्सम्बन्धी विवरण,
(ञ) हिसाब राफसाफ हुने दिन,
(ट) तोकिए बमोजिमको अन्य कुराहरु ।
७८. धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाबः (१) धितोपत्र व्यवसायीले हिसाब तथा अभिलेख राख्दा आफूले गरेको धितोपत्र कारोबार सम्बन्धी पर्याप्त रुपमा पुष्टी हुने गरी आफूले गरेको कारोबारको आर्थिक स्थिति स्पष्ट देखिने गरी राख्नु पर्नेछ । वासलात तथा नाफा नोक्सान हिसाब तयार गर्दा यथार्थ देखिने गरी राख्नु पर्नेछ ।
(२) धितोपत्र व्यवसायीले उपदफा (१) बमोजिम राखेको हिसाब तथा अभिलेखबाट प्रष्ट रुपमा अलग देखिने गरी धितोपत्र खरिद गर्न चाहने आफ्नो ग्राहकले धितोपत्र खरिद बिक्री गर्नका लागि बुझाएको रकम तथा धितोपत्रको हिसाब र अभिलेख तोकिए बमोजिम बेग्लै राख्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम राखिएको हिसाब तथा अभिलेख र तत्सम्बन्धी आर्थिक विवरण तथा प्रतिवेदनहरु धितोपत्र व्यवसायीले तोकिए बमोजिम तयार गरी राख्नु पर्नेछ ।
(४) यस दफा बमोजिम राखिएका हिसाब तथा अभिलेखहरु बोर्ड वा बोर्डबाट नियुक्त भएको निरीक्षक वा लेखापरीक्षकले वा सम्बन्धित धितोपत्र बजारले निरीक्षण गर्न वा जाँच्न चाहेमा पछि सजिलैसँग जाँच्न वा निरीक्षण गर्न सकिने गरी धितोपत्र व्यवसायीले राख्नु पर्नेछ ।
७९. बीमा गर्नु पर्नेः प्रतिनिधि बाहेक धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त प्रत्येक धितोपत्र व्यवसायीले बोर्डले तोकिदिए बमोजिम आपूmले गर्ने व्यवसायको बीमा गराउनु पर्नेछ ।
८०. लेखापरीक्षक नियुक्त गर्नु पर्नेः (१) धितोपत्र व्यवसायीले बोर्डले सूचीकृत गरेको लेखापरीक्षकहरु मध्येबाट लेखापरीक्षक नियुक्ति गर्नु पर्नेछ ।
(२) धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको सञ्चालक, शेयरवाला, अधिकृत, कर्मचारी वा साझेदार रहेको व्यक्ति सो धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन अयोग्य मानिनेछ ।
(३) धितोपत्र व्यवसायीले लेखापरीक्षक नियुक्त गरेको मितिले सात दिनभित्र त्यस्तो लेखापरीक्षकको नाम, ठेगाना समेत बोर्डलाई सूचना गर्नु पर्नेछ ।
(४) धितोपत्र व्यवसायीले कुनै लेखापरीक्षकलाई पदबाट हटाएमा वा त्यस्तो लेखापरीक्षकले राजीनामा दिई हटेमा त्यसको सूचना सो भए गरेको मितिले सात दिनभित्र धितोपत्र व्यवसायीले बोर्डलाई दिनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्ड र धितोपत्र बजारका कर्मचारी कुनै पनि धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन सक्ने छैनन् ।
८१. लेखापरीक्षकको सूची राख्नेः  (१) दफा ८० बमोजिम लेखापरीक्षक नियुक्त गर्ने प्रयोजनको लागि बोर्डले प्रचलित कानून बमोजिम दर्तावाला लेखापरीक्षकहरु मध्येबाट तोकिएको योग्यता भएका लेखापरीक्षकहरुको नामको सूची तयार गरी राख्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचीमा नाम सूचीकृत गर्न चाहने लेखापरीक्षकले तोकिए बमोजिम बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी सूचीकृत लेखापरीक्षकले बोर्डले तोकिदिएको जानकारी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
८२. हिसाब तथा विवरण पेश गर्नु पर्नेः (१) धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अघिल्लो आर्थिक वर्षमा धितोपत्र व्यवसाय गरेको सञ्चालन विवरण स्पष्ट देखिने गरी अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको नाफा नोक्सानको हिसाब, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक विवरणहरु बोर्ड र सम्बन्धित धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हिसाब तथा विवरण पेश गर्न नसकेमा सोको मनासिब माफिकको कारण खुलाई म्याद थपको लागि बोर्ड समक्ष धितोपत्र व्यवसायीले निवेदन दिएमा बोर्डले तीन महिनासम्म म्याद थप दिन सक्नेछ । यसरी म्याद थपिएको समयभित्र पनि त्यस्तो हिसाब तथा विवरण पेश नगरेमा बोर्डले त्यस्तो धितोपत्र व्यवसायीलाई पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र लेखापरीक्षण हुन नसकेको कारणबाट हिसाब तथा विवरण पेश गर्न नसक्ने धितोपत्र व्यवसायीले पछि लेखापरीक्षण भइसकेपछि वास्तविक हिसाब तथा विवरण बुझाउने गरी लेखापरीक्षण भइनसकेको हिसाब तथा विवरण बुझाउन सक्नेछ ।
८३. सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनुपर्नेः सूचीकृत लेखापरीक्षकले धितोपत्र व्यवसायीको हिसाब किताबको लेखापरीक्षण गर्दा त्यस्तो धितोपत्र व्यवसायीले आर्थिक विनियमको उल्लंघन गरेको पाएमा सो कुराको छुट्टै प्रतिवेदन तयार गरी बोर्डलाई दिनु पर्नेछ ।

परिच्छेद–८ नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ

८४. नियमन तथा अनुगमन गर्नेः (१) बोर्डलाई पूँजी बजारको विकास तथा लगानीकर्ताको हितका लागि धितोपत्र सम्बन्धी सम्पूर्ण काम कारबाहीको नियमन तथा अनुगमन गर्ने पूर्ण अधिकार हुनेछ ।
(२) बोर्ड आफैले वा अरु कसैलाई आफूलाई भएको अधिकार प्रत्यायोजन गरी धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले गर्ने धितोपत्र सम्बन्धी काम कारबाहीको नियमन तथा अनुगमन गर्न गराउन सक्नेछ ।
८५. निरीक्षण तथा जाँचबुझ गर्न सक्नेः (१) दफा ८४ बमोजिम नियमन तथा अनुगमन गर्ने प्रयोजनको लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र सम्बन्धी काम कारबाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा निर्देशिका वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यकता अनुसार बोर्ड आपैmले वा अरु कसैलाई आपूmलाई भएको अधिकार प्रत्यायोजन गरी निरीक्षण तथा जाँचबुझ गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा अधिकार प्राप्त व्यक्तिले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराउने संगठित संस्थामा रहेको सूचना, तथ्यांक, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा जाँचबुझ गर्न वा सम्बन्धित कुनै पनि व्यक्तिसँग सोधपुछ गर्न वा निजहरुको बयान लिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गरिसकेपछि बोर्डले सोको प्रतिवेदन तयार गरी राख्नु पर्नेछ । बोर्डबाट अधिकार प्राप्त व्यक्तिले निरीक्षण तथा जाँचबुझ गरेको भए सो व्यक्तिले त्यस्तो निरीक्षण तथा जाँचबुझको प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा अपनाउने कार्यविधि र निरीक्षण तथा जाँचबुझपछि पेश गर्नु पर्ने प्रतिवेदन तयार गर्दा अपनाउने विधि तोकिए बमोजिम हुनेछ ।
८६. सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्नेः (१) दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा निरीक्षण तथा जाँचबुझ गर्नका लागि अधिकार प्राप्त व्यक्तिले वा दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थासँग निरीक्षण तथा जाँचबुझका सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्नेछ ।
(२) बोर्डले धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्ने प्रयोजनका लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि धितोपत्र दर्ता गराएका संगठित संस्था धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने संस्था तथा डिपोजिटरीसँग धितोपत्र वा धितोपत्र कारोबारसँग सम्बन्धित कुनै पनि सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम मागिएको सूचना, तथ्यांक तथा विवरण उपलब्ध गराउने कर्तव्य सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि, धितोपत्र दर्ता गराउने संगठित संस्था, धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने संस्था तथा डिपोजिटरीको हुनेछ ।
(४) दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा निरीक्षण तथा जाँचबुझ गर्नका लागि अधिकार प्राप्त व्यक्तिले वा दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले आवश्यक देखेको कुनै पनि सूचना, तथ्यांक, कागजात अभिलेख, विवरण तथा कुनै पनि उपकरण आफ्नो कब्जामा लिन सक्नेछ ।
८७. आदेश वा निर्देशन दिन सक्नेः (१) बोर्डले नेपाल सरकारको नीति निर्देशन, पूँजी बजारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराउने संगठित संस्थालाई धितोपत्र कारोबारका सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम गर्नु पर्ने कुनै काम गर्न वा नगर्नु पर्ने कुनै काम नगर्न आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।
(२) दफा ८५ बमोजिम पेश भएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनको आधारमा बोर्डले धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि, धितोपत्र दर्ता गराउने संगठित संस्था वा त्यस्तो संगठित संस्थाको सञ्चालक वा कर्मचारीलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न निर्देशन दिन वा धितोपत्रको दर्ता खारेज गर्न वा यस ऐन बमोजिम बोर्डले दिएको अनुमतिपत्र निलम्बन वा खारेज गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम दिइएको आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
८८. अनुमतिपत्र निलम्बन गर्न सक्नेः (१) कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम विपरित काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हितलाई ध्यानमा राखी आपूmले गर्नु पर्ने काम नगरेमा बोर्डले निश्चित अवधि तोकी त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न प्राप्त गरेको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र निलम्बन भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र निलम्बन हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।
८९. अनुमतिपत्र खारेज गर्न सक्नेः (१) बोर्डले देहायका अवस्थामा कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न प्राप्त गरेको अनुमतिपत्र खारेज गर्न सक्नेछः–
(क) धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न बन्द गरेमा,
(ख) लगानीकर्ताको हित विपरित हुने गरी धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गरेमा,
(ग) अनुमतिपत्रमा उल्लिखित शर्तहरु उल्लंघन गरेमा,
(घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमको उल्लंघन गरेमा,
(ङ) बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा,
(च) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,
(छ) धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्था विघटन भएमा,
(ज) धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गर्ने धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र खारेज गरी पाउँ भनी निवेदन दिएमा,
(झ) धितोपत्र व्यवसायीले आपूmले नियुक्त गरेको प्रतिनिधि हटाएकोमा सोको सट्टा अर्को प्रतिनिधि नियुक्त नगरेमा,
(ञ) बोर्ड समक्ष पेश गर्नु पर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा,
(ट) दफा ५० बमोजिम बुझाउनु पर्ने दस्तुर सो दफाले तोकेको म्यादभित्र बोर्डमा नबुझाएमा ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र खारेज हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।
९०. बोर्डको विशेष अधिकारः (१) पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्ने प्रयोजनका लागि बोर्डले देहायका विशेष अधिकार प्रयोग गर्न सक्नेछः–
(क) धितोपत्र सार्वजनिक निष्काशन गरेका संगठित संस्थाले प्रचलित कानून बमोजिम बोलाउनु पर्ने साधारण सभा निर्धारित समयभित्र नबोलाएमा साधारण सभा बोलाउन त्यस्तो संगठित संस्थालाई आदेश दिने,
(ख) धितोपत्र सार्वजनिक निष्काशन गरेका संगठित संस्थाले निर्धारित समयभित्र धितोपत्र बाँडफाँड नगरेमा त्यस्तो धितोपत्रको लागि जम्मा भएको रकम फिर्ता गर्न आदेश दिने,
(ग) कुनै धितोपत्र सूचीकरण गराउन वा कुनै धितोपत्रको कारोबार रोक्न सम्बन्धित संगठित संस्थालाई निर्देशन दिने,
(घ) धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने,
(ङ) कुनै निश्चित समय तोकी सो समयभित्र धितोपत्र बजारको विनियममा संशोधन गर्नु पर्ने व्यहोरा समेत उल्लेख गरी विनियम संशोधन गर्न निर्देशन दिने वा आवश्यकता अनुसार नयाँ विनियम जारी गर्न आदेश दिने,
(च) धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउने,
(छ) धितोपत्र दर्ता गराएका संगठित संस्थालाई सो संस्थाको व्यवस्थापन, आर्थिक प्रबन्ध तथा अन्य सम्बन्धित व्यवस्थामा सुधार गर्न निर्देशन दिने,
(ज) धितोपत्र बजारको सञ्चालक समिति पुनर्संरचना गर्न सम्बन्धित धितोपत्र बजारलाई निर्देशन दिने,
(झ) धितोपत्र बजारले आफ्नो सदस्यलाई कुनै कारबाही गरेको जानकारी दफा ५२ बमोजिम प्राप्त गरेमा त्यस्तो सदस्यलाई उपयुक्त कारबाही गर्ने वा त्यस्तो सदस्यको अनुमतिपत्र खारेज गर्ने,
(ञ) धितोपत्र बजार, धितोपत्र व्यवसायी तथा धितोपत्र दर्ता गराउने संगठित संस्थाका कुनै सञ्चालक वा कर्मचारीले धितोपत्र सम्बन्धी काम कारबाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम र सो अन्तर्गत बोर्डले दिएको आदेश वा निर्देशन उल्लंघन गरेमा त्यस्ता सञ्चालक वा कर्मचारीलाई आवश्यक कारबाही चलाउन सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराउने संगठित संस्थालाई आदेश दिने,
(ट) धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराएका संगठित संस्थाले समय मै लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराउने संगठित संस्थाको हिसाब किताब, नगदी, जिन्सी सम्पत्ति समेतको जाँचबुझ गर्नका लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने ।
(२) उपदफा (१) बमोजिमको विशेष अधिकार प्रयोग गरी बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित सबैको हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ट) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित संस्थाले व्यहोर्नु पर्नेछ ।
(४) बोर्डले यस परिच्छेद बमोजिम सम्बन्धित संगठित संस्थाहरुको नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझका सम्बन्धमा गरेको काम कारबाहीको विवरण तथा सम्बन्धित संगठित संस्थाले बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम दिएको आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यक विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।

परिच्छेद–९ धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय

९१. भित्री कारोबारः (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आपूmलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भित्री कारोबार भएको भन्ने कारणले मात्र भइसकेको कारोबारमा कुनै असर परेको मानिने छैन ।
९२. भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिः यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछः–
(क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति ।
९३. सूचना वा जानकारी सार्वजनिक गरेको मानिनेः देहायका अवस्थामा कुनै पनि सूचना वा जानकारी सार्वजनिक गरेको मानिनेछ ः–
(क) धितोपत्र बजारको विनियम बमोजिम कुनै कुरा लगानीकर्ता र उनीहरुको व्यावसायिक सल्लाहकारलाई सूचीत गर्ने उद्देश्यले प्रकाशित गरेको भएमा,
(ख) कुनै अभिलेखमा भएका सूचना वा जानकारीहरु कानून बमोजिम सर्वसाधारणले हेर्न पाउने व्यवस्था भएको भएमा,
(ग) धितोपत्र कारोबार गर्न चाहने कुनै पनि व्यक्तिले थाहा पाउन सक्ने गरी धितोपत्र बजारको कारोबार कक्षमा पु¥याउने व्यवस्था भएको भएमा,
(घ) त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न वा हेर्न, प्रतिलिपि प्राप्त गर्न चाहने व्यक्तिले प्राप्त गर्न, हेर्न सक्ने व्यवस्था भएको भएमा,
(ङ) सर्वसाधारणमध्ये कुनै खास वर्गलाई मात्र सूचीत गरिएको भएमा,
(च) दस्तुर तिरेर मात्र सूचनाको जानकारी प्राप्त गर्ने व्यवस्था भएमा वा नेपाल राज्यबाहिर त्यस्तो सूचना वा जानकारी प्रकाशित भएको भएमा ।
 ९४. झुट्टो कारोबारः यस ऐनको प्रयोजनको लागि देहाय बमोजिमको कुनै कारोबार गरिएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झुट्टो कारोबार गरेको मानिनेछः–
(क) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा,
(ख) अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा ।
९५. मूल्यमा उतार चढावः कसैले हुँदै नभएको वा कृत्रिम वा झुट्टो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिनेछ ।
९६. धितोपत्र बजारलाई प्रभावित पारेमाः कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछः–
(क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने,
(ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने,
(ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने ।
९७. झुक्याउने विवरणहरु दिनेः कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा झुक्याउने काम गरेको मानिनेछः–
(क) झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने,
(ख) बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने,
(ग) बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने ।
९८. जालसाजीयुक्त कारोबारः कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछः–
(क) कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, वा
(ख) कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा ।
९९. जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुनेः कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ ।
१००. लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमाः कसैले दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकार प्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम आपूmले राख्नु पर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, भूmट्टो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पु¥याउन हुँदैन ।
१०१. दण्ड सजायः (१) दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।
(३) दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।
(४) कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(५) कसैले जानीजानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानि नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई कुनै हानि नोक्सानी पुग्न गएको भए सो बापत बोर्डले वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।
(६) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आपूmले गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
१०२. नेपाल सरकार वादी हुनेः दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ ।
१०३. मुद्दाको तहकिकात र दायरीः (१) दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लिखित कसूर कसैले गरेको छ भनी कसैको उजुरी परेमा वा कुनै व्यहोराले त्यस्तो कसूर सम्बन्धी जानकारी बोर्डले प्राप्त गरेमा वा कसैले त्यस्तो कसूर गरेको कुरामा बोर्ड विश्वस्त भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले कुनै अधिकृतलाई तहकिकात गर्ने अधिकारी तोक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको तहकिकात गर्ने अधिकारीले त्यस्ता कसूरका सम्बन्धमा तोकिए बमोजिम तहकिकात गरी तहकिकातको काम पूरा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।
(३) उपदफा (१) बमोजिम तोकिएको तहकिकात गर्ने अधिकारीले तहकिकातको सिलसिलामा कसूरसँग सम्बन्धित व्यक्ति वा संस्थासित आवश्यक सोधपूछ गर्न, बयान लिन वा आवश्यक कागज, विवरण तथा अभिलेख माग गर्न सक्नेछ ।
(४) यस दफा बमोजिम मुद्दाको तहकिकात र दायर गर्दा तोकिएको तहकिकात गर्ने अधिकारीले सरकारी वकीलको राय लिनु पर्नेछ ।
१०४. थुना, घरौटी वा निलम्बनमा राखी मुद्दाको तहकिकात गर्न सकिनेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएका भए तापनि यस ऐन बमोजिम कसूर ठहरिने मुद्दाको तहकिकात गर्दा यस ऐन बमोजिमको कसूरको आरोपमा कारबाही चलाइएको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनु पर्ने कुनै मनासिब कारण भएमा वा बिगो हानि नोक्सानी भएको देखिएमा बोर्डले आवश्यक धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।
(२) यस ऐन बमोजिमको कसूरको आरोपमा कारबाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा मुद्दाको तहकिकातमा बाधा व्यवधान पु¥याउन सक्ने मनासिब कारण भएमा बोर्डले त्यस्तो व्यक्तिलाई निलम्बनमा राख्न सम्बन्धित संस्थामा लेखी पठाउन सक्नेछ ।
१०५. क्षतिपूर्ति तिर्नुपर्नेः यस परिच्छेद बमोजिम सजाय हुने कसूर गरेको कारणबाट कसैलाई धितोपत्र खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले कुनै हानि नोक्सानी भएको भए सो हानि नोक्सानी समेत त्यस्तो कसूर गर्नेबाट भराई लिन सकिनेछ ।
१०६. पुनरावेदनः (१) दफा १०१ को उपदफा (४), (५), (६), र (७) बमोजिम बोर्डले गरेको सजाय उपर चित्त नबुझ्ने धितोपत्र बजार, धितोपत्र व्यवसायी, संगठित संस्था वा सम्बन्धित व्यक्तिले सजाय पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
(२) परिच्छेद–८ बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनमा चित्त नबुझाउनेले त्यस्तो आदेश वा निर्देशनको सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
१०७. अनुचित पूर्वाग्रह विरुद्ध उपचारः कुनै सूचीकृत कम्पनीले आफ्ना सदस्यहरुको हित विपरित हुने गरी अनुचित पूर्वाग्रह राखी कुनै काम कारोबार गरेको सूचना, जानकारी तथा विवरण प्राप्त गरेमा बोर्डले त्यस्तो कम्पनीलाई देहाय बमोजिम गर्न आदेश दिन सक्नेछः–
(क) त्यस्तो कारोबार नगर्न,
(ख) सदस्यहरुको हित विपरित नहुने किसिमले काम कारोबार गर्न कार्यविधि निर्धारण गर्न,
(ग) कम्पनीको तर्पmबाट कम्पनीको सबै वा केही काम कारोबार गर्न काम कर्तव्य समेत तोकी प्रबन्धक वा ट्रष्टी नियुक्ति गर्न,
(घ) कम्पनीको काम कारोबारलाई नियमित तथा व्यवस्थित गर्न आवश्यक आदेश दिन ।
१०८. सञ्चालक वा महाप्रबन्धक हुन अयोग्यः कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन ।

परिच्छेद–१० विविध

१०९. संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्थामाथिको नियन्त्रण सम्बन्धी व्यवस्थाः (१) कुनै संगठित संस्थालाई पूर्णरुपमा स्वामित्वमा लिने वा सो संगठित संस्थाको व्यवस्थापनमा नियन्त्रण गर्ने प्रयोजनको निमित्त कुनै व्यक्ति वा व्यक्तिहरुको समूह वा संगठित संस्थाले एकमुष्ट वा पटक पटक गरी त्यस्तो संगठित संस्थाको शेयर खरिद गर्ने भएमा त्यस्तो शेयर खरिद बिक्री सम्बन्धी कारोबार पारदर्शी किसिमबाट गर्नु पर्नेछ ।
(२) कुनै व्यक्ति वा व्यक्तिहरुको समूह आपसमा मिली वा कुनै संगठित संस्थाले कुनै संगठित संस्थाको पचास प्रतिशत वा बोर्डले तोकिदिएको प्रतिशतभन्दा बढी शेयर खरिद गर्ने वा स्वामित्वमा लिने भएमा उपदफा (१) को प्रयोजनको निमित्त व्यवस्थापनमा नियन्त्रण गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिम संगठित संस्थाको पूर्ण स्वामित्व प्राप्त हुने गरी वा संगठित संस्थाको व्यवस्थापनमाथि नियन्त्रण हुने गरी संगठित संस्थाको शेयर बिक्री सम्बन्धी प्रस्ताव राख्ने तरिका, शेयर खरिद बिक्री प्रक्रिया तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
११०. धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरेको शेयर संगठित संस्थाले दर्ता गर्नु पर्नेः धितोपत्र बजारमा खरिद, बिक्री वा विनिमय भएका कुनै संगठित संस्थाको शेयर वा डिबेञ्चरका सम्बन्धमा सो धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरिदिएको भएमा त्यस्ता शेयर वा डिबेञ्चर हस्तान्तरण भएका व्यक्तिको नाममा संगठित संस्थाले आफ्नो सदस्यको दर्ता किताबमा त्यस्ता शेयर वा डिबेञ्चर दर्ता गरिदिनु पर्नेछ ।
१११. धितोपत्रको हस्तान्तरणः कम्पनी सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत धितोपत्रको स्वामित्व तथा हस्तान्तरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
११२. नेपाल सरकारसँग सम्पर्कः बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्पmत राख्नु पर्नेछ ।
११३. नेपाल सरकारले निर्देशन दिनसक्नेः पूँजी बजारको विकास र लगानीकर्ताहरुको हितलाई संरक्षण गर्ने जस्ता नीतिगत विषयमा नेपाल सरकारले समय समयमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।
११४. सहयोग गर्नु पर्नेः पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्न बोर्डले मागेको सहयोग पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
११५. असल नियतले गरेको काममा बचाउः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरुको अधीनमा रही असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा बोर्ड वा बोर्डको कुनै कर्मचारी व्यक्तिगत वा सामूहिक रुपमा जवाफदेही हुने छैन ।
११६. नियम बनाउने अधिकारः (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न बोर्डले नेपाल सरकारको स्वीकृति लिई आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी ती नियमहरुमा खास गरी देहायका विषयहरुको सम्बन्धमा व्यवस्था गर्न सकिनेछः–
(क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति,
(ख) धितोपत्र बजारको अनुमतिपत्र दिने सम्बन्धमा,
(ग) धितोपत्र व्यवसायीको अनुमतिपत्र दिने सम्बन्धमा,
(घ) सामूहिक लगानी योजना सञ्चालन सम्बन्धमा,
(ङ) बोर्डका कर्मचारीहरुको सेवा शर्त सम्बन्धमा,
(च) बोर्डको आर्थिक सञ्चालन तथा हिसाब किताब राख्ने सम्बन्धमा,
(छ) क्षतिपूर्ति कोष सञ्चालन सम्बन्धमा,
(ज) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा राख्नु पर्ने आर्थिक स्रोत सम्बन्धमा,
(झ) ग्राहकले धितोपत्र खरिद गर्नका लागि बुझाएको रकमको हिसाब तथा अभिलेखका सम्बन्धमा,
(ञ) धितोपत्र सूचीकरण स्थगन, खारेजी (डिलिष्टिङ्ग) वा हस्तान्तरण सम्बन्धमा,
(ट) पूँजी बजारको विकास गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्न र लगानीकर्ताको हक हितको सुरक्षा गर्न आवश्यक अन्य व्यवस्था गर्ने सम्बन्धमा,
(ठ) कम्पनीको व्यवस्थापन नियन्त्रण गर्ने उद्देश्यले एकमुष्ट वा पटक पटक शेयर खरिद गरी स्वामित्वमा लिने सम्बन्धमा ।
११७. विनियम बनाउन सक्नेः यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही धितोपत्र बजारले बोर्डको स्वीकृति लिई देहायका विषयहरुका सम्बन्धमा आवश्यक विनियमहरु बनाउन   सक्नेछः–
(क) धितोपत्र सूचीकरण तथा सूचीकृत धितोपत्रको कारोबार सम्बन्धमा,
(ख) सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा सम्बन्धमा,
(ग) धितोपत्र बजार स्वच्छ र पारदर्शी ढङ्गबाट सञ्चालन गर्न कर्मचारीहरुको सेवा र आचरण तथा बजार निरीक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा ।
११८. निर्देशिका बनाई लागू गर्नेः (१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही बोर्डले धितोपत्र कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयहरुका सम्बन्धमा निर्देशिका बनाई लागू गर्न सक्नेछः–
(क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति सम्बन्धमा,
(ख) धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा,
(ग धितोपत्र बाँडफाँड सम्बन्धमा,
(घ) व्यावसायिक मर्यादा सम्बन्धमा,
(ङ) धितोपत्र कारोबार नियमन सम्बन्धी अन्य विषयका सम्बन्धमा ।
(२) उपदफा (१) बमोजिम बोर्डले बनाएको निर्देशिकाको पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
११९. धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणामः धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,–
(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याइ अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,
(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।