Skip to contentSkip to left sidebar Skip to footer

जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८

छुवाछूत तथा भेदभाव  (कसूर र सजाय) ऐन, २०६८

प्रमाणीकरण र प्रकाशन मिति

२०६८।२।१८

संशोधन गर्ने ऐन

१. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                                                        –  २०७२।११।१३

२. छुवाछूत तथा भेदभाव  (कसूर र सजाय) (पहिलो संशोधन) ऐन, २०७५                                             -२०७५।६।२

३.    नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५                  -२०७५।११।१९

संवत २०६८ को ऐेन नं. ४

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव को कसूर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा ²उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बा“च्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछूत, बहिष्कार, प्रतिबन्ध, निष्काशन, अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समतामूलक समाजको सिर्जना गर्ने सम्बन्धमा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका–संसदको हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ  ।

 

१.    संक्षिप्त नाम र प्रारम्भ

(१)  यस ऐनको नाम “जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८” रहेको छ ।

(२) यो ऐन नेपालभर लागू हुनेछ र नेपालबाहिर बसी नेपाली नागरिक विरुद्ध यस ऐन बमोजिमको कसूर गर्ने नेपाली नागरिकलाई समेत लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२.    परिभाषा

विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)   “छुवाछूत तथा भेदभाव ” भन्नाले दफा ४ बमोजिमको कार्य सम्झनु पर्छ ।

(ख)    “कसूर” भन्नाले दफा ३ बमोजिमको कार्य सम्झनु पर्छ ।

(ग)   “सार्वजनिक स्थान” भन्नाले सरकारी वा गैर सरकारी कार्यालय, शैक्षिक वा    औद्योगिक प्रतिष्ठान, प्राचीन स्मारक, पाटी–पौवा, धारा, इनार, कुवा, पोखरी, चौतारी, सडक वा बाटो, सार्वजनिक यातायातका साधन, मसानघाट, उद्यान–बगैंचा, कुनै पनि किसिमको धार्मिक स्थल जस्ता सार्वजनिक प्रयोजनमा रहेका स्थान सम्झनु पर्छ र सो शब्दले सार्वजनिक रुपमा वस्तु वा सेवा बिक्री वितरण गर्ने अन्य कुनै पनि स्थान समेतलाई जनाउनेछ  ।

(घ)   “सार्वजनिक सेवा” भन्नाले सरकारी वा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, यातायात, औद्योगिक वा शैक्षिक प्रतिष्ठान, कम्पनी, फर्म, पसल, होटल, रिसोर्ट, लज, रेष्टुरेण्ट, क्याफे, सिनेमा हल वा नाचघर सम्झनु पर्छ र सो शब्दले कुनै पनि सरकारी वा गैर सरकारी निकायबाट प्रदान गरिने सार्वजनिक प्रयोग वा उपयोगका कुनै पनि सेवा र सुविधा समेतलाई जनाउनेछ ।

(ङ)    “सार्वजनिक समारोह” भन्नाले सार्वजनिक रुपमा आयोजना गरिएको भोज–भतेर, पूजा–पाठ, यज्ञ, अनुष्ठान, जन्म, नामाकरण, विवाह, मृत्यु जस्ता जुनसुकै प्रकारका धार्मिक, सामाजिक वा सांस्कृतिक समारोह सम्झनु पर्छ ।

(च)   “सार्वजनिक पद धारण गरेको व्यक्ति” भन्नाले संविधान, अन्य प्रचलित कानून वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालन गर्नु पर्ने वा दायित्व निर्वाह गर्नु पर्ने पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी वा कर्मचारी समेतलाई जनाउनेछ ।

(छ)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

२क.  छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार:

0२क.  (१) प्रत्येक व्यक्तिलाई छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार हुनेछ।

(२)  उपदफा (१) बमोजिम प्रत्येक व्यक्तिलाई देहायको अधिकार प्राप्त हुनेछः-

(क)   अदालत वा अन्य न्यायिक निकायबाट समान व्यवहार पाउने अधिकार,

(ख)   कुनै सरकारी निकायबाट उपलब्ध गराइने सेवा तथा सुविधामा समान संरक्षणको अधिकार,

(ग)   सार्वजनिक सेवामा समान पहुँचको अधिकार,

(घ)   नेपालभित्र र बाहिर आवत जावत र बसोवास गर्न पाउने अधिकार,

(ङ)   सांस्कृतिक कृयाकलापमा समान सहभागिताको अधिकार,

(च)   विवाह गर्ने तथा बरबधु छान्ने अधिकार,

(छ)   शान्तिपूर्वक भेला हुन तथा सङ्गठन गर्न पाउने अधिकार,

(ज)   रोजगारी छनौट गर्न तथा काम गर्न पाउने अधिकार,

(झ)   समान काम गरे बापत समान तलब पाउने अधिकार,

(ञ)   सार्वजनिक स्थानमा समान पहुँचको अधिकार,

(ट)   छुवाछूत तथा भेदभाव विरुद्ध शीघ्र न्यायिक उपचार र उचित क्षतिपूर्ति पाउने  अधिकार।

0         पहिलो संशोधनद्वारा थप ।

३.    छुवाछूत तथा भेदभाव  गर्न नहुने

(१) कसैले पनि छुवाछूत तथा भेदभाव गर्न वा गराउन हुँदैन ।

(२) कसैले जातीय भेदभाव वा छुवाछूत गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न हुँदैन ।

(३) कसैले उपदफा (१) वा (२) बमोजिमको कुनै कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।

४.    छुवाछूत तथा भेदभाव  गरेको मानिने

(१) कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्था आधारमा यस दफा बमोजिमको कुनै काम गरे वा गराएमा छुवाछूत तथा भेदभाव  गरेको मानिनेछ ।

(२) कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्था आधारमा जातीय भेदभाव वा छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा देहायको कुनै पनि कार्य गर्न वा गराउन हुँदैनः–

(क)   प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, वा

(ख)   व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन     गर्ने ।

(३) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वञ्चित गर्न हुँदैन ।

(४) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा सार्वजनिक समारोह आयोजना गर्न वा सार्वजनिक रुपमा आयोजना हुने कुनै कार्य गर्नबाट वञ्चित गर्न हुँदैन ।

(५) कसैले पनि जातीय छुवाछूत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी–जानी सहभागी हुनु हुँदैन ।

(६) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि पेशा वा व्यवसाय गर्न प्रतिबन्ध वा रोक लगाउने वा कुनै पनि व्यक्तिलाई कुनै पेशा वा व्यवसाय गर्न बाध्य पार्न हुँदैन ।

(७) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गर्न वा गराउन हुँदैन ।

(८) कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्नबाट रोक्न वा रोक लगाउन हुँदैन ।

(९) कसैले कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाउने वा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण गर्ने गरी उत्पादन, बिक्री वा वितरण गर्न वा गराउन हुँदैन ।

(१०) कसैले जात वा जातिका आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गर्न वा गराउन हुँदैन ।

(११) कसैले प्रचलित कानून बमोजिम उमेर पुगेका वर–वधुवाट मञ्जूर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाउन, त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गर्न वा गर्न लगाउन हुँदैन ।

(१२) कसैले कुनै पनि व्यक्ति वा समुदायलाई श्रव्यदृष्य सामग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा विद्युतीय माध्यमबाट वा अन्य कुनै तरिकाले कुनै व्यक्ति वा समुदायलाई त्यस्तो व्यक्ति वा समुदायको उत्पत्ति, जात वा जातिको आधारमा उच्च वा नीच दर्शाउन, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठहर्‍याउन वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न वा गराउन हुँदैन।

(१३) कसैले उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्काशन गर्ने वा पारिश्रमिकमा भेदभाव गर्न वा गराउन हुँदैन ।

५.    उजुर गर्ने

(१) दफा ४ बमोजिमको कसूर कसैले गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा तोकिए बमोजिम उजुर गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जनसुकै कुरा लेखिएको भए तापनि कसैले दफा ४ बमोजिमको कसूर नेपाल बाहिर गरेमा निज बसोबास गरेको वा प्रतिवादी रहेको जिल्लाको नजिकको प्रहरी कार्यालयमा उजुर गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम प्राप्त भएको उजुरी सम्बन्धित प्रहरी कार्यालयले दर्ता नगरेमा वा प्रचलित कानून बमोजिम आवश्यक कारबाही नगरेमा सम्बन्धित व्यक्तिले सो कुराको उजुरी तोकिए बमोजिम राष्ट्रिय दलित आयोग वा Üस्थानीय तहमा समेत गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम प्राप्त उजुरी राष्ट्रिय दलित आयोग वा Üस्थानीय तहले सम्बन्धित प्रहरी कार्यालयमा तोकिए बमोजिम लेखी पठाउनेछ ।

(५) उपदफा (४) बमोजिम लेखी आएमा सम्बन्धित प्रहरी कार्यालयले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो उजुरी उपर प्रचलित कानून बमोजिम आवश्यक कारबाही अगाडि बढाउनु पर्नेछ ।

Ü       केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।

६.    मुद्दाको अनुसन्धानमा सहयोग लिन सक्ने

यस ऐन अन्र्तगतको मुद्दाको अनुसन्धान गर्दा अनुसन्धान गर्ने अधिकारीले आवश्यकता अनुसार दलित समुदाय लगायत जातीय भेदभाव वा छुवाछूतबाट पीडित व्यक्तिको हक अधिकार वा उत्थान सम्बन्धी कार्यमा संलग्न रहेका स्थानीय अगुवा, नागरिक समाज वा संघ संस्थाका प्रतिनिधिको सहयोग लिन सक्नेछ ।

७.    सजाय

(१) कसैले देहायको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछः–

(क)   दफा ४ को उपदफा (२), (३), (४), (५), (६) वा (७) बमोजिमको कसूर गर्ने व्यक्तिलाई ²तीन महिनादेखि तीनवर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना,

(ख)   दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक महिना देखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,

(ग)   छुवाछूत तथा भेदभाव गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न उद्योग गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय ।

0(१क) दफा ४ बमोजिमको कुनै कसूरमा सजाय पाएको व्यक्तिले पुनः सोही दफा बमोजिमको कसूर गरेमा त्यस्तो व्यक्तिलाई पटकै पिच्छे उपदफा (१) को खण्ड (क) वा (ख) मा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ।

(२) सार्वजनिक पद धारण गरेको व्यक्तिले उपदफा (१) बमोजिमको कसूर गरेमा निजलाई सो उपदफामा उल्लिखित सजायमा पचास प्रतिशत थप सजाय हुनेछ ।

²         पहिलो संशोधनद्वारा संशोधित ।

0         पहिलो संशोधनद्वारा थप ।

८.    बाधा विरोध गर्नेलाई सजाय

यस ऐन अन्तर्गत सजाय हुने कसूरको अनुसन्धान वा तहकिकातको काममा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिवेदनको आधारमा अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सक्नेछ ।

९.  क्षतिपूर्ति

(१) कसैले यस ऐन बमोजिमको कसूर गरेको ठहरेमा अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनु पर्नेछ ।

(२) कसूरदारले पीडितलाई कुनै शारीरिक हानि, नोक्सानी पुर्‍याएको रहेछ भने अदालतले सोको प्रकृतिको आधारमा उपचार खर्च वा थप हानि, नोक्सानी वापत कसूरदारबाट पीडितलाई मनासिब रकम भराउने आदेश दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिमको रकम कसूरदारबाट तत्काल भराउन नसकिने भएमा त्यस्तो रकम प्रचलित कानून बमोजिम पीडित राहत कोषबाट भराइदिनु पर्नेछ र त्यसरी भराइएको रकम सम्बन्धित कसूरदारबाट असूल उपर गरी सो कोषमा शोधभर्ना गर्नु पर्नेछ ।

११.   सरकारवादी हुनेः

यस ऐन अन्तर्गतको मुद्दा सरकारवादी हुनेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।

१२.   संक्षिप्त कार्यविधि अपनाउनु पर्ने

यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।

१३.   प्रचलित कानून बमोजिम सजाय हुने

यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य अन्य प्रचलित कानून बमोजिम समेत कसूर हुने रहेछ भने त्यस्तो कसूरमा प्रचलित कानून बमोजिम मुद्दा चलाइ कारबाही गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।