Skip to contentSkip to left sidebar Skip to footer

गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५

गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५

लालमोहर सदर मिति नेपाल राजपत्रमा प्रकाशित मिति
२०१५।१२।३१ २०१६।१।१०
संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति
१. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२०- २०२०।११।१६
२. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) (संशोधन) ऐन, २०२३- २०२३।५।२४
३. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) (दोस्रो संशोधन) ऐन, २०३० -२०३०।५।१५।६
४. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) (तेस्रो संशोधन) ऐन, २०३४-२०३४।६।६।१
५. न्याय प्रशासन ऐन, २०४८- २०४८।२।१६
६. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) (चौथो संशोधन) ऐन, २०५३- २०५३।८।५
७. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३- २०६३।६।२८
प्रमाणीकरण र प्रकाशन मिति
८. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६- २०६६।१०।७
९. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२- २०७२।११।१३

                                              १०.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ –२०७५।११।१९

२०१५ सालको ऐनं. २२
सिभिल एभिएशनलाई नियन्त्रित र व्यवस्थित गर्न बनेको ऐन
हवाई यातायातबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्त हुने गरी सिभिल एभिएशनको विकासलाई प्रोत्साहन हुने परिस्थिति सिर्जना गर्न सिभिल एभिएशनलाई नियन्त्रित र व्यवस्थित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा कायम राख्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्को सल्लाह अनुसार यो ऐन बनाई जारी गरी बक्सेको छ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५” रहेको छ ।
(२) यो ऐन नेपाल  भर लागू हुनेछ र देहायका वायुयान र व्यक्तिहरू उपर पनि लागू हुनेछ ः–
(क) जहाँ सुकै रहेको भए तापनि नेपालको प्रत्येक नागरिक र
(ख) जहाँ सुकै रहेको भए तापनि नेपाल मा रजिष्टर गरिएको प्रत्येक वायुयान र त्यसमा रहेको प्रत्येक व्यक्ति ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “वायुयान” भन्नाले हावाको प्रतिक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्झनु पर्छ र यो शब्दले गाँसिएका वा नगाँसिएका बेलून, हवाई जहाज, चंगा, ग्लाइडर र उड्ने यन्त्रलाई समेत जनाउँछ ।
(ख) “विमानस्थल” भन्नाले वायुयान प्रस्थान गर्ने ओह्राल्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र सम्झनु पर्छ र सो क्षेत्रमा रहेका वा सो क्षेत्रसंग सम्बन्धित सबै भवन, टहरा, जहाज डुुंगा, घाट र अरू इमारतहरूलाई समेत जनाउँछ ।
(ग) “पैठारी” भन्नाले नेपाल  भित्र ल्याउने काम सम्झनु पर्छ ।
(घ) “निकासी” भन्नाले नेपाल .बाहिर लैजाने काम सम्झनु पर्छ ।
(ङ) “निर्धारित सीमा” भन्नाले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा नेपाल सरकारले तोकिदिएको चार किल्लाभित्रको ठाउँ वा क्षेत्रलाई सम्झनु पर्छ ।
(च) “विमानस्थल क्षेत्र” भन्नाले विमानस्थल वा हवाई उडानको सुरक्षित सञ्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकारी आदान प्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सन्चार वा उड्डयन सहाय (नेभिगेशनल एड) उपकरणहरू जडान भएको वा नभएको जुनसुकै स्थान, भवन, टहरा, टावर, जहाज, डुङ्गा र घाट सम्झनु पर्छ ।
(छ) “वायुसेवा सञ्चालन संस्था” भन्नाले वायुयानद्वारा यात्रु, डाँक तथा मालसामान ओसार पसार गर्ने जिम्मा लिई हवाई यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित संस्थान, कम्पनी, एजेण्ट, फर्म वा व्यक्ति सम्झनु पर्छ ।
(ज) “हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल)” भन्नाले हवाई उडान सञ्चालनसंग सम्बन्धित प्राविधिकहरूलाई हवाई उडानसम्बन्धी विषयमा तालिम प्रशिक्षण तथा यस्तै अन्य प्रकारको प्राविधिक ज्ञान दिने दिलाउने संस्था सम्झनु पर्छ र सो शब्दले यस्तै उद्देश्यले स्थापना भएका फ्लाइङ्ग क्लवलाई समेत जनाउँछ ।

३. नियम बनाउने अधिकार

(१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउने सक्नेछ ।
(२) उपदफा (१) ले दिएको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी खास गरी देहायका विषयमा नियमहरू बनाउन सकिनेछ ः–
(क) नेपाल को कुनै स्थानमा विमानस्थल स्थापना गर्न पाउने अवस्था, सो को लागि अनुमति दिने र दस्तूर तोक्ने सम्बन्धमा ।
(ख) नेपाल को हवाई क्षेत्रको कुनै भागमा वायुयान उडान पूर्ण रूपमा मनाही गर्ने वा कुनै खास अवस्थामा र समयमा मात्र उडान गर्न पाउने सम्बन्धमा ।
(ग) हवाई उडानको सन्दर्भमा सर्वसाधारणको जीउ ज्यानको रक्षाको लागि आवश्यक कुनै उपाय अवलम्बन गर्ने सम्बन्धमा ।
(घ) विमानस्थल निर्माण तथा सञ्चालन गर्ने सन्दर्भमा कसैको घर, भवन, टहरा, टावर इत्यादि पूरै वा केही भत्कने भएमा वा विमानस्थल तथा विमानस्थल क्षेत्रको जग्गामा हुने कुनै किसिमको निर्माण कार्यलाई नियमित, नियन्त्रण वा निषेध गर्दा पर्न जाने हानी नोक्सानी वापतको क्षतिपूर्तिको रकम निर्धारित गर्ने तरिका तथा अधिकारी तोक्ने र क्षतिपूर्ति दिने सम्बन्धमा ।
(ङ) वायुयानद्वारा कुनै पदार्थ ओसार पसार गर्न मनाही, नियन्त्रण, निषेध र नियमित गर्ने सम्बन्धमा ।
(च) वायुसेवा सञ्चालन संस्था, हवाई उडानसम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल) र वायुयान तथा वायुयानको पार्टपूर्जाको उत्पादन, मर्मत तथा परीक्षण सहितका विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थालाई इजाजत दिने सम्बन्धमा ।
(छ) वायुयानको खोजतलास तथा उद्धार कार्य सञ्चालन गर्ने सम्बन्धमा ।
(ज) वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सन्चालनबाट वातावरणलाई दुषित हुनबाट रोक लगाउने सम्बन्धमा ।

४. विशेष परिस्थितिमा आदेश जारी गर्ने नेपाल सरकारको अधिकारः

(१) सार्वजनिक सुरक्षा एवं शान्ति सुव्यवस्थाको निमित्त आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा देहायबमोजिम गर्न सक्छ ः–
(क) यो ऐन वा प्रचलित कानूनबमोजिम प्रदान गरिएको सबै वा कुनै लाइसेन्स वा प्रमाणपत्रलाई सो आदेशमा नेपाल सरकारले आवश्यक ठानी कुनै शर्त तोकिदिएको भए सोही शर्त बमोजिम र कुनै शर्त तोकि नदिएको भए विना कुनै शर्त रद्द वा स्थगित गर्न,
(ख) नेपाल भर वा त्यसको कुनै भाग माथि सबै वा कुनै श्रेणीको वायुयान उडाउने कामलाई सो आदेशमा नेपाल सरकारले आवश्यक ठानी कुनै शर्त तोकिदिएको भए सोही शर्तबमोजिम र कुनै शर्त तोकिनदिएको भए विना कुनै शर्त निषेध गर्न वा सोही आदेशमा तोकिएको अन्य तरिका बमोजिम व्यवस्थित गर्न,
(ग) विमानस्थल, वायुयान कारखाना, हवाईस्कूल वा क्लव वा वायुयान बनाउने वा मर्मत हुने वा राखिने अरू प्रकारको स्थान बनाउने हेरचाह एवं आवश्यक मर्मत गरी दुरुस्त राख्ने वा प्रयोग गर्ने कामलाई कुनै शर्त राखी वा नराखी निषेध गर्न वा व्यवस्थित गर्न,
(घ) कुनै वायुयान वा कुनै श्रेणीका वायुयान वा कुनै विमानस्थल वायुयान कारखाना, हवाई स्कूल वा क्लवलाई वा वायुयान बनाउने, मर्मत गर्ने वा राख्ने अरू प्रकारको स्थानलाई वायुयानको सञ्चालन, उत्पादन, मर्मत वा हेरचाहको निमित्त प्रयोग हुने यन्त्र, प्लान्ट वा अरू पदार्थहरू सहित तुरुन्त वा सोही आदेशमा तोकिएको समयभित्र तोकिएको तरिका बमोजिम तोकिएको अधिकारीका जिम्मामा सुम्पन निर्देशन दिने, त्यसरी सुम्पिएका कुराहलाई नेपाल सरकारले सार्वजनिक सेवामा प्रयोग गर्न सक्ने ।
(२) उपदफा (१) को खण्ड (ग) वा (घ) अन्तर्गत निकालिएको कुनै आदेशबाट कुनै व्यक्तिलाई प्रत्यक्ष रूपबाट कुनै हानी वा नोक्सानी हुन गएमा नेपाल सरकारद्वारा सो कामको निमित्त नियुक्त अधिकारीले निर्धारित गरेको क्षतिपूर्तिको रकम सो हानी वा नोक्सानी वापत निजलाई दिइने छ ।
(३) उपदफा (१) अन्तर्गत निकालिएको कुनै आदेशको पालनको लागि नेपाल सरकारले आफूले आवश्यक ठानेको कदम उठाउन वा उठाउन लगाउन सक्छ ।
(४) कुनै व्यक्तिले उपदफा (१) अन्तर्गत निकालिएको आदेशको पालन नगरेमा वा त्यस्तो आदेशको उल्लंघन हुने कुनै काम कारवाई गरेमा निजलाई तीन वर्षसम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

४क. विमानस्थल क्षेत्र घोषणा गर्ने अधिकार

(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल  को कुनै क्षेत्र वा ठाउँलाई त्यसको चार किल्ला तोकी विमानस्थल क्षेत्र घोषणा गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घोषणा गरिएको विमानस्थल क्षेत्रको सुरक्षाको लागि नेपाल सरकारले नियम बनाई आवश्यकतानुसार सुरक्षा प्रबन्धको व्वस्था मिलाउन सक्नेछ ।

५. दुर्घटनाको जाँचको सम्बन्धमा नियम बनाउने नेपाल सरकारको अधिकारः

(१) नेपालको इलकामाथि वायुयान उडाउँदा भएको वा नेपाल  भित्र रजिष्ट्रेशन भएका वायुयान अन्यत्र उडाउँदा भएको दुर्घटनाको जाँचको सम्बन्धमा नेपाल सरकारले नियम बनाउन सक्छ । नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन् ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियममा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ ः–
(क) दुर्घटनाको सूचना दिने, त्यस्तो सूचनाको ढाँचा र त्यस्तो सूचना दिने व्यक्ति,
(ख) दुर्घटनाको जाँच गर्ने सम्बन्धमा तत्काल लागू रहेका नेपाल कानुनका कुराहरू केही हेरफेर भई वा नभई त्यस्तो दुर्घटनाको जाँच गर्ने सम्बन्धमा पनि लागू गर्ने,
(ग) जाँच भई नसकेसम्म त्यस्तो दुर्घटना भएको वायुयानमा प्रवेश गर्न वा हात हाल्न मनाही गर्ने र त्यस्तो जाँचको निमित्त सो वायुयानमा प्रवेश गर्न, त्यसको जाँच गर्न, त्यसलाई हटाउने, त्यसको हिफाजतको लागि चाहिने काम गर्न वा अरू प्रकारबाट त्यसको व्यवहार गर्न पाउने अधिकार कुनै व्यक्तिलाई दिने र
(घ) दुर्घटनाको जाँचमा आवश्यक देखिए यो ऐन वा प्रचलित कानुन बमोजिम दिएको वा मान्यता दिइएको लाइसेन्स प्रमाणपत्रलाई रद्दी वा स्थगित वा दरपीठ वा फिर्ता बुझाउन लगाउने, गराउने वा गराउन अधिकार दिने र त्यस्तो जाँचको प्रयोजनको निमित्त त्यस्तो कुनै लाइसेन्स पेश गर्न लगाउने ।

७. सार्वजनिक स्वास्थ्यको रक्षाको लागि नियम बनाउने नेपाल सरकारको अधिकार

कुनै विमानस्थलमा भएका वा आई पुगेका वायुयानबाट कुनै सरुवा रोग फैली सार्वजनिक स्वास्थ्यमा हुने खतराबाट बचाउनको लागि र विमानस्थलबाट प्रस्थान गर्ने वायुयानले त्यस्तो सरुवा रोग ओसार्न नपाउने गर्नको लागि नेपाल सरकारले नियम बनाउन सक्छ । ती नियम नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन् ।

८. सार्वजनिक स्वास्थ्यको रक्षाको लागि विशेषाधिकार

हामारी रोग फैलेको वा फैलने सम्भावना छ र वायुयानबाट त्यस्तो रोग फैले वा प्रवेश गरेबाट सार्वजनिक स्वास्थ्यमा हुने खतरा रोक्नको लागि तत्काल लागू रहेको अरू नेपाल कानून पर्याप्त छैन भन्ने आफ्नोे विचारमा लागेमा त्यस्तो खतरा रोक्नको लागि आफूलाई आवश्यक लागेको कदम उठाउन वा उठाउन लगाउन सक्छ ।
(२) उपदफा (१) को उद्देश्य पूर्तिको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।

९.यो ऐन अन्तर्गत बनेका नियम उल्लंघन गर्नेलाई दण्ड सजाय ः

दफा ३, दफा ५, दफा ६, दफा ७ र दफा ८ अन्तर्गत बनेका कुनै नियम वा जारी रहेको आदेश उल्लंघन गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुनेछ ।

९क. अपराध र दण्ड सजायः

(१) देहाय बमोजिमका कुनै कार्यहरू गरेमा देहाय बमोजिमका अपराध गरेको मानिनेछ ः–
(क) अनधिकृत प्रवेश सम्बन्धी अपराध ः यो ऐन वा प्रचलित कानुनबमोजिम अनुमति प्राप्त नगरी कुनै वायुयान नेपाल
(ख) हवाई क्षेत्र अतिक्रमण सम्बन्धी अपराध ः प्रचलित कानुनबमोजिम अनुमति प्राप्त नगरी कुनै वायुयान नेपाल को भू–भागमाथिबाट उडान ओभरफ्लाई) गरेमा हवाई क्षेत्र अतिक्रमणसम्बन्धी अपराध गरेको मानिनेछ ।
(ग) वायुयानको गैर कानुनी कब्जा र अपहरणको अपराध ः उडानमा रहेका वायुयानभित्र कसैले गैर कानुनी रूपले बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा अरू कुनै प्रकारको डर त्रास देखाई वायुयानलाई कब्जामा लिएमा वा त्यस उपर नियन्त्रण गरेमा वायुयानको गैर कानुनी कब्जा र अपहरणको अपराध गरेको मानिनेछ ।
(घ) हवाई उडानको सुरक्षा विरुद्धको अपराध ः देहाय बमोजिमका कुनै कार्यहरू गरेमा हवाई उडानको सुरक्षा विरुद्धको अपराध गरेको मानिनेछ ः–
९ज्ञ० उडानमा रहेका वायुयानभित्र कुनै व्यक्ति विरुद्ध हिंसात्मक काम कारवाई गरेमा वा त्यस्तो काम कारवाईले वायुयानको सुरक्षामा खतरा हुने संभावना भएमा,
९द्द० सेवामा सन्चालित वायुयानलाई नष्ट गरेमा वा त्यस्तो वायुयानलाई उडानको लागि असक्षम बनाई वा उडानमा त्यसको सुरक्षामा खतरा हुने सम्भावना पारी क्षति पारेमा,
९घ० भूमिस्थ वायुयान वा वायुयानमा जडित पार्टपूर्जा वा उपकरण वा हवाई परिवहन सम्बन्धी सुविधाहरू (फेसिलिटिज) वा सन्चार उड्डयन सहाय उपकरण वा अग्नि निवारण वा जीवनोद्धार सेवा तथा सुरक्षा उपकरण वा सो सम्बन्धी मालसामान वा वस्तु आदि नष्ट गरेमा वा क्षति पु¥याएमा वा त्यसको कुनै भाग वा पार्टपूर्जा अनधिकृत तवरबाट झिकेमा वा तिनको सञ्चालनमा हस्तक्षेप गरेमा,
९द्ध० असत्य हो भन्ने जानी जानी कुनै सूचनाको सन्चार गरी उडानमा रहेको वायुयानको सुरक्षामा खतरा पैदा गरेमा ।
(ङ) वायुयानको सुरक्षा विरुद्धको अपराध ः सेवामा सन्चालित वा भूमिस्थ वायुयानमा जुनसुकै उपायद्वारा कुनै साधन (डेभाइस) वा वस्तु राखी वा राख्न लगाएको कारणले त्यस्तो साधन वा वस्तुबाट खण्ड (घ) को उपखण्ड (२) बमोजिम सो वायुयान नष्ट वा उडानको लागि असक्षम हुने वा उडानमा त्यसको सुरक्षामा खतरा पुग्ने सम्भावना भएमा वायुयानको सुरक्षा विरुद्धको अपराध गरेको मानिनेछ ।
(च) विमानस्थल सुरक्षा विरुद्धको अपराध ः विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र वा बाहिर रहेका सन्चार तथा उड्डयन सहाय उपकरण, दृष्टिगत सहाय (भिजुयल एड्स), मौसम तथा जलवायु सम्बन्धी उपकरण, अग्नी निवारण तथा जीवनोद्धार सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित अन्य यन्त्र, उपकरण, भवन, धावनमार्ग, धावनमार्गतर्फ जाने बाटो (ट्याक्सी वे), विसान (एप्रोन), वायुयान राख्ने स्थान (ह्याङ्गर) आदि वा सो सम्बन्धी मालसामान कुनै पनि प्रकारले पूर्ण वा आंशिक रूपमा विगारे, भत्काए, क्षति पु¥याए वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध गरेको मानिनेछ ।
(छ) हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराधः हवाई उडान कार्यसंग सम्बन्धित कुनै पनि कर्मचारी, विमानस्थलमा कार्यरत सरकारी वा गैर सरकारी कर्मचारी, हवाई यात्रु लगायत विमानस्थलमा आगन्तुक कुनै पनि व्यक्तिलाई हात हतियार लिई वा नलिई डर, धम्की, प्रलोभन वा अरू कुनै तरिका अपनाई अपहरण गरी वा कब्जामा लिई आफ्नोे कर्तव्यबाट विचलित पारी वा अन्य कुनै किसिमबाट हवाई उडान सञ्चालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरेमा हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्ध अपराध गरेको मानिनेछ ।
(२) उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोजिमको अपराधको उद्योग गर्नु, सो अपराध गर्न वा अपराधको उद्योग गर्नमा मतियार हुनु पनि यस दफा अन्तर्गतको अपराध मानिनेछ ।
(३) उपदफा (१) मा उल्लिखित देहायको अपराध गर्नेलाई देहाय बमोजिम सजायँ हुनेछः–
(क) खण्ड (क) र (ख) बमोजिमको अपराध गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद हुनेछ ।
(ख) खण्ड (ग), (घ) र (ङ) बमोजिमको अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद हुनेछ ।
(ग) खण्ड (च) बमोजिमको अपराध गर्नेबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ ।
(घ) खण्ड (छ) बमोजिमको अपराध गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।
(ङ) माथिका खण्डहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कुनै अपराध गरेको फलस्वरूप वायुयानमा रहेका कुनै व्यक्तिको मृत्यु भएमा वा वायुयान नै ध्वस्त भएमा अपराध गर्नेलाई जन्मकैद र मतियारलाई जन्मकैद वा पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ र अपराधी र मतियारको सम्पत्ति समेत जफत हुनेछ ।

९ख. उडानमा रहेको वा सेवामा सन्चालित वायुयान

(क) सबै चढिसकेर सबै बाहिरी ढोकाहरू बन्द गरेको समयदेखि ओर्लनको निमित्त त्यस्तो कुनै ढोका खोल्ने समयसम्म कुनै वायुयान उडानमा रहेको मानिनेछ ।
तर संकटकालीन अवतरणका हकमा अधिकार प्राप्त अधिकारीले वायुयान र त्यसमा रहेको यात्रु र मालसामानको उत्तरदायित्व नलिएसम्म सो वायुयान उडानको अवस्थामा नै रहेको मानिनेछ ।
(ख) कुनै खास उडानको लागि भुमिस्थ कर्मचारी (ग्राउण्ड) परशोनेल वा चालक दलद्वारा वायुयानको उडान पूर्वको तैयारी प्रारम्भ गरेदेखि अवतरण गरेको चौबीस घण्टासम्म कुनै वायुयान सेवामा सन्चालित रहेको मानिनेछ । त्यस्तो सेवामा सन्चालित अवधि जुनसुकै अवस्थामा पनि खण्ड (क) बमोजिमको उडान अवधिभर पनि कायम रहेको मानिनेछ ।

९ग. दफा ९क. लागू हुने अवस्था

देहायको अवस्थामा दफा ९क. को व्यवस्था लागू हुनेछः–
(क) अन्तर्राष्ट्रिय वा आन्तरिक जुनसुकै उडानमा वायुयान उपयोग (एनगेज) भएकोमा,
तर, नेपाल बाहेक अन्य राष्ट्रमा दर्ता भएको वायुयानका हकमा देहायको अवस्था हुनु पर्छ ः–
(अ) उडान गर्ने वा अवतरण गर्ने वास्तविक वा इच्छित स्थान दर्ताको राष्ट्र बाहिर भए वा,
(आ) दर्ताको राष्ट्रभन्दा बाहिर अपराध भए ।
(ख) हवाई परिवहन सम्बन्धी सुविधा (फेसिलिटिज) विरुद्धको अपराध भएकोमा । तर विदेशी राष्ट्र स्थित त्यस्तो सुविधा (फेसिलिटिज) भए त्यस्तो सुविधा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिएको हुनु पर्छ ।

९घ. अधिकार क्षेत्र

(१) देहायको कुनै अवस्थामा दफा ९क. अन्तर्गतको अपराध उपर नेपाल  को अदालतको अधिकार क्षेत्र हुनेछः
(क) नेपाल  भित्र यस ऐन बमोजिमको अपराध भएकोमा,
(ख) नेपाल मा दर्ता भएको वायुयानमा वा सो विरुद्ध अपराध भएकोमा,
(ग) वायुयानभित्र अपराध भएकोमा सो अपराधको अभियुक्त सहित वायुयान नेपाल भित्र अवतरण गरेकोमा,
(घ) नेपाल भित्र कारोबारको मुख्य स्थान भएको वा नेपाल भित्र त्यस्तो मुख्य स्थान नभएकोमा पनि नेपाल भित्र वासस्थान भएको व्यक्तिलाई चालक विहिनपट्टा (ड्राइलिज) मा दिएको वायुयानमा वा त्यसको विरुद्ध अपराध भएकोमा ।
(२) उपदफा (१) मा लेखिएको अवस्था बाहेक दफा ९क. अन्तर्गतको अपराध अन्यत्र जहाँसुकै भएपनि यदित्यस्तो अपराधको अभियुक्त नेपाल  भित्र छ भने र त्यस्तो अभियुक्तलाई यो ऐन वा नेपाल पक्ष भएको सुपुर्दगी सन्धि बमोजिम सुपर्दगी गरिंदैन भने ।

९ङ. गिरफ्तार गर्ने अधिकार

(१) दफा ९क. अन्तर्गतको अपराध भएमा वा हुन लागेमा अपराधी वा अभियुक्तलाई विमानस्थलको अधिकारीहरू, वायुयानका चालकहरू वा सम्बन्धित हवाई यातायात सेवाका अधिकारीहरूले अपराध भएको वा हुन लागेको देख्ने वा अपराधी वा अभियुक्त यो व्यक्ति हो भन्ने विश्वास लिने कारण भई विश्वास लिने जुनसुकै व्यक्ति, प्रहरी वा नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्नेछ र निजहरूले पक्राउ गरेपछि तुरुन्त प्रहरीलाई बुझाई दिनु पर्छ ।
तर त्यस्तो अपराधी वा अभियुक्तलाई पक्राउ गर्दा यात्रु वा अन्य व्यक्तिहरूको जीवनको खतरा हुने भएमा वा वायुयान वा हवाई परिवहन सुविधा (फेसिलिटिज) मा ठूलो क्षति पुग्ने आसन्न स्थिति भएमा प्रहरी र सुरक्षा अधिकारी बाहेक अरूले भए प्रहरी वा सुरक्षा अधिकारीको अनुमतिले मात्र पक्राउ गर्ने कारवाही गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हवाई अड्डाको अधिकारीहरू, प्रहरी, सुरक्षा अधिकारीहरूले पक्राउ गर्न सशस्त्र प्रहरी, सुरक्षा अधिकारी र नेपाली सेना वा अन्य सरकारी र गैर सरकारी व्यक्तिको मद्दत माग्न सक्नेछ र त्यस्तो मद्दत मागेमा मद्दत दिनु त्यस्ता सबैको कर्तव्य हुनेछ ।
(३) यस दफा बमोजिम पक्राउ परेको अपराधी वा अभियुक्त यदि विदेशी राष्ट्रको नागरिक भए निजलाई आफ्नोे मुलुकको नजिकको उपयुक्त प्रतिनिधिसंग सम्पर्क स्थापित गर्ने मौका र सहयोग दिनु पर्नेछ र साथै त्यस्तो पक्राउको खबर र अन्य प्रारम्भिक जाँचबुझ गरी सकेपछि त्यस्तो जाँचबुझको ठहर र यस ऐनको अधिकार क्षेत्र प्रयोग गर्ने वा नगर्ने बारे समेतको जानकारी सम्बन्धित राष्ट्रहरूलाई दिनु पर्छ ।

९च. अपराधी वा अभियुक्तलाई सुपुर्दगी गर्न सक्ने

(१) दफा ९क. बमोजिमको अपराध गर्ने व्यक्ति गैर नेपाली नागरिक भए र त्यस्तो व्यक्तिको सुपुर्दगीको लागि आफ्नोे क्षेत्रमा वा आफ्नोे दर्ताको वायुयान विरुद्ध अपराध भएको राष्ट्रले माग गरेमा सपुर्दगी ऐन, २०७० मा जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो व्यक्तिलाई नेपाल सरकारले सुपुर्दगी गर्न सक्नेछ । र त्यसरी सुपुर्दगी नगरिएको अवस्थामा त्यस्तो व्यक्तिलाई सजायँ गराउन नेपालको अदालतमा मुद्दा चलाइनेछ ।
(२) सुपुर्दगी गर्ने सम्बन्धमा दफा ९क. अन्तर्गतको कुनै अपराधलाई जुनसुकै स्थितिको व्यक्तिबाट जुनसुकै उद्देश्यले भए गरेको भए पनि राजनैतिक अपराध मानिनेछैन ।

९छ. वायुयानको कब्जा फिर्ता दिने र उडान गर्न दिने

दफा ९क. को उपदफा (१) को खण्ड (ग) अन्तर्गत गैर कानुनी कब्जा वा अपहरण भई कुनै वायुयान नेपाल राज्यको कुनै हवाई अड्डा वा स्थानमा अवतरण भएमा त्यस्तो वायुयान उपर कानुनी अधिकार भएका कमाण्डर वा हवाई यातायात सेवाका अधिकारीलाई पुनः कब्जामा दिलाइनेछ र यथासम्भव चाँडै त्यस्तो वायुयानलाई आफ्नोे चालक, यात्रु र मालसामान सहित जहाँबाट उडान गरी आएको हो त्यस ठाउँमा वा जहाँको लागि उडान गरिएको थियो त्यस ठाउँमा जान विना कुनै अवरोध उडान गर्न दिइनेछ ।

९ज. अन्य नेपाल कानून अन्तर्गतको अधिकार क्षेत्रः दफा ९क.

अन्तर्गतका अपराधको सजायँ र कारवाहीको हकमा यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो प्रचलित कानुनबाट प्राप्त फौजदारी अधिकार क्षेत्रको प्रयोगलाई बाहेक वा सीमित गरेको मानिने छैन ।

९झ. हवाई सेवामा अनधिकृत हस्तक्षेप रोकथाम गर्ने सम्बन्धी महासन्धिको मान्यता

(१) नेपाल सरकारले देहायको कुनै महासन्धि (कन्भेन्शन) को पक्ष भएमा त्यस्तो महासन्धि, सो महासन्धि नेपाल  मा लागू हुने मिति र त्यस्तो महासन्धिलाई कार्यान्वयन गर्ने सिलसिलामा आवश्यक पर्ने अन्य कुराहरू समेत उल्लेख गरी नेपाल सरकारले आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ः–
(क) सन् १९६३ मा टोकियोमा सम्पन्न भएको वायुयानभित्र गरेको कसूर र अन्य कार्य सम्बन्धी महासन्धि (कन्भेन्शन अन अफेन्सेज एण्ड सर्टेन अदर एक्ट्स कमिटेड अन बोर्ड एयरक्राफ्ट, टोकियो, १९६३),
(ख) सन् १९७० मा हेगमा सम्पन्न भएको वायुयानको गैर कानुनी कब्जाको दमन सम्बन्धी महासन्धि (कन्भेन्शन फर द सप्रेशन अफ अनलफूल सिजर अफ एयरक्राफ्ट हेग, १९७०),
(ग) सन् १९७१ मा मन्ट्रियलमा सम्पन्न भएको गैर सैनिक हवाई उडानको सुरक्षाको विरुद्ध गरिने गैर कानुनी कारवाहीको दमन सम्बन्धी महासन्धि कन्भेन्सन फर द सप्रेशन अफ अनफूल एक्ट्स अगेनस्ट द सेफ्टी अफ सिभिल एभिएशन, मन्ट्रियल, १९७१)
(घ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य महासन्धि कन्भेन्सन) ।
(२) उपदफा (१) बमोजिम जारी गरिएको आदेश यसै ऐनमा परे सरह मानिनेछ ।

१०. खतराजनक तरिकाबाट वायुयान उडाउनेलाई दण्ड सजाय ः

(१) जल, स्थल वा हवाई क्षेत्रमा रहेको कुनै व्यक्तिको जीउ ज्यान वा सम्पत्तिमा हानी नोक्सानी हुने किसिमले वा उडानमा रहेको वा नरहेको अन्य कुनै वायुयानलाई समेत बाधा पुग्ने वा हानी नोक्सानी पुग्न सक्ने किसिमबाट कसैले खतराजनक तरिकाबाट वायुयान उडाएमा निजलाई छ महिनासम्म कैद र पचास हजारदेखि एकलाख रूपैयासम्म जरिवाना हुनेछ ।
(२) उपदफा (१) बमोजिम खतराजनक तरिकाबाट वायुयान उडाएको कारणबाट दफा ९क. को उपदफा (३) को खण्ड (ङ) बमोजिम कसैको मुत्यु भएमा वा वायुयान ध्वस्त भएमा सोही खण्डमा लेखिए बमोजिमको सजायँ हुनेछ ।

१०क. निषिद्ध क्षेत्रमा इजाजत नलिई प्रवेश गर्नेलाई सजायँ

(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको कुनै विमानस्थलको तोकिएको क्षेत्रलाई निषिद्ध क्षेत्र घोषित गर्न सक्नेछ र त्यसरी घोषित भएपछि सो निषिद्ध क्षेत्रको वरिपरि सर्वसाधारणको आवागमन हुने मुख्य मुख्य ठाउँमा त्यस्तो सूचना प्रदर्शन गरी राख्ने जिम्मेवारी सम्बन्धित विमानस्थलको प्रमुख अधिकारी हुनेछ ।
(२) सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीले उचित ठहराई कुनै समयमा केही अवधिको लागि त्यस्तो क्षेत्रभित्र सर्वसाधारणलाई आवागमन गर्न दिने सूचना प्रदर्शन गरेको भए यस उपदफाको प्रयोजनको लागि सो समयमा त्यस्तो निषिद्ध क्षेत्रभित्र प्रवेश गर्न इजाजत प्राप्त भएको मानिनेछ ।
(३) उपदफा (२) को विपरित निषिद्ध क्षेत्रभित्र प्रवेश गर्ने व्यक्तिलाई सम्बन्धित विमानस्थलको प्रमुख अधिकारीको आदेशले दुईसय रूपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
१०ख. यात्रु वा अरू कुनै व्यक्तिको शरीर वा मालसामानको खानतलासी लिने ः (१) दफा ९क. अन्तर्गतका अपराध हुनबाट बचाउ गर्नको लागि कुनै विमानस्थलको प्रमुख अधिकारी वा सो कामको लागि अख्तियार प्राप्त कर्मचारी वा प्रहरी वा सुरक्षा अधिकारीले उडानको लागि तैयार भएको कुनै वायुयानमा चढ्नु अगाडि वा चढी सकेपछि यात्रुहरूका शरीर र तिनका मानसामानको खानतलासी लिन सक्नेछ र त्यस्तो खानतलासी लिंदा कुनै बैज्ञानिक साधन र उपकरणको पनि प्रयोग गर्न सकिनेछ ।
यस्तो खानतलासी सो वायुयानको चालकहरू र सो उडानको व्यवस्था गर्ने प्रयोजनको लागि वायुयानमा चढ्ने वा सो छेउ जाने सो हवाई यातायात सेवाका अधिकारीहरू लगायत सबै कामदारहरूको पनि गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम खानतलासी गराउनबाट इन्कार गर्ने यात्रु वा व्यक्तिलाई सो वायुयानमा चढ्न वा सो छेउ जान नदिन सकिनेछ ।
(३) उपदफा (१) बमोजिम यात्रुहरू र चालकहरूको खानतलासी गर्दा कुनै बन्दुक (सबै प्रकारको) सक्कली बन्दुक जस्तो देखिने वा भ्रम पर्ने नक्कली बन्दुक बाहेक अन्य घातक हतियार (तरवार, खुकुरी, छुरा लगायत) वा विष्फोटक पदार्थ (बम, ग्रिनेड, गोली, बारूद लगायत) बरामद भएमा देहाय बमोजिम गर्नुपर्छः–
(क) त्यस्तो बन्दुक वा विष्फोटक पदार्थ अवैध भए सो यात्रु वा व्यक्तिलाई रोकी कानुनी कारवाहीको लागि प्रहरी जिम्मा लगाई दिने ।
(ख) यस्तो बन्दुक नक्कली बन्दुक, अन्य घातक हतियार वा बिष्फोटक पदार्थ अवैध नभए पनि सोधपूछ गर्दा पनि जानकारी नदिई लुकाई छिपाई राख्ने वा लग्ने प्रयत्न गरेकोमा विमानस्थलको प्रमुख अधिकारी वा सो कामको लागि अख्तियार प्राप्त कर्मचारी वा प्रहरी वा सुरक्षा अधिकारीले उचित ठहराए बमोजिम सो सक्कली वा नक्कली बन्दुक, घातक हतियार वा बिष्फोटक पदार्थलाई वायुयानको प्रमुख चालक (कमाण्डर) जिम्मा लगाई पठाउन वा त्यसलाई रोकी सो यात्रु वा चालकलाई मात्र जान दिन वा सो यात्रु वा चालकलाई समेत रोकी आवश्यक जाँचबुझ गरी कुनै अपराधिक मनसाय नदेखिएको कुरामा आफू सन्तुष्ट भएमा मात्र सो यात्रु वा चालकलाई जान वा सो बन्दुक हतियार विष्फोटक पदार्थ लैजान दिनेछ ।
(४) कुनै व्यक्तिले दफा ९क. अन्तर्गतको वा अन्य प्रचलित नेपाल कानुन अन्तर्गतको फौज्दारी अपराध गर्ने हेतुले कुनै प्रकारको बन्दुक, नक्कली बन्दुक, घातक हतियार वा विष्फोटक पदार्थ लिई विमानस्थल वा त्यसको कुनै निषिद्ध क्षेत्रभित्र प्रवेश गरेको छ वा गर्न लागेको छ भन्ने जानकारी प्राप्त भएमा वा शंका गर्नु पर्ने कारण भएमा विमानस्थलको प्रमुख अधिकारी वा निजबाट त्यस कामको लागि अख्तियार प्राप्त कर्मचारी वा सुरक्षा अधिकारी वा विमानस्थलको सुरक्षाको लागि तैनाथ गरिएको प्रहरी वा सैनिक अधिकारीले विना वारेण्ट त्यस्ता व्यक्तिको शरीर र निजको साथमा रहेको मालसामानको खानतलासी लिन सक्नेछ र त्यस्तो बन्दुक, अन्य हतियार वा विष्फोटक पदार्थ बरामद भएमा आवश्यक जाँचबुझ गरी कारवाही गर्न प्रहरी जिम्मा लगाई दिनेछ ।
(५) आफ्नोे कर्तव्य पालनको सिलसिलामा कुनै कर्मचारीले असल नियतले कसैलाई यो दफा बमोजिम वायुयानमा चढ्न वा सो छेउ वा विमानस्थलको कुनै निषिद्ध क्षेत्रमा कसैलाई जान नदिंदा वा रोक्दा वायुयानको उडान समयमा ढिलाई भएमा वा कुनै क्षति भएमा पनि त्यसको लागि सो कर्मचारीको कसैप्रति कुनै कानुनी दायित्व हुने छैन ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “चालकहरू” भन्नाले फ्लाइट इन्जिनियर, रेडियो अफिसर, फ्लाइट नेभिगेटर, एयर होस्टेज, केविन एटेण्डेण्ट र पर्सरलाई समेत जनाउनेछ ।

११. अपराध गर्न दुरुत्साहन गर्ने र प्रयत्न गर्नेलाई दण्ड सजायँ

कुनै व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम अन्तर्गत निर्धारित हवाई सुरक्षा सम्बन्धी व्यवस्था तथा अन्य कुरा उल्लंघन गरी सजायँ हुने अपराध गर्न अरूलाई दुरुत्साहन गरेमा वा त्यस्तो अपराध गर्न प्रयत्न गरी अपराध हुने किसिमको कुनै कार्य गरेमा निजलाई सो अपराध गरे वापत हुने सरह कै दण्ड सजायँ हुनेछ ।

१२. मुद्दा हेर्ने अधिकारी र मुद्दाको कारवाई

(१) यस ऐन अन्तर्गतको मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार स्थानीय जिल्ला अदालतलाई हुनेछ ।
(२) मुद्दाको किनारा लगाउँदा जिल्ला अदालतले दफा ३ को उपदफा (२) को खण्ड ख) वा (ङ) को सम्बन्धमा बनेको नियम बमोजिमको कसूर र दफा ४ को उपदफा (१) को आदेश बर्खिलाप गरेको कसूरसित सम्बन्धित वायुयान वा पदार्थ वा दुबै जफत गरी नेपाल सरकार लाग्ने गरी आदेश दिन सक्नेछ ।
(३) दफा ९क. अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्दा जिल्ला अदालतले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्य प्रणाली अपनाउनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम जिल्ला अदालतले गरेको निर्णय उपर पैतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।

१३. भन्सार सम्बन्धी नेपाल कानून लागू गर्ने अधिकार

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मालसामानको निकासी र पैठारी सम्बन्धी प्रचलित नेपाल कानुनका सबै वा केही कुरा सोही सूचनामा तोकिए बमोजिम संशोधित रूपमा हवाई मार्गद्वारा हुने मालसामानहरूको निकासी पैठारीका सम्बन्धमा पनि लागू गर्न सक्छ ।

१४. केही नालिश उजूरीहरूको सम्बन्धमा प्रतिबन्ध

कुनै व्यक्तिले जमिनमाथि कुनै उचाईमा कसैको जायजेथा माथिबाट कुनै वायुयानको उडान गरेकोमा बतास, मौसम र अरू परिस्थितिको विचारले त्यस्तो जडान गर्नु मनासिव रहेछ भने यस्तो उडान गरेको कारणले वा त्यस्तो उडानबाट भएको साधारण दुर्घटनाको कारणले मात्र निजले अर्काको जायजेथामा अनाधिकार प्रवेश ग¥यो वा कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट हानी नोक्सानी ग¥यो भनी कुनै देवानी मुद्दा चल्न सक्दैन ।

१४ख. छुट दिन सक्ने

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिक हवाई उडान दलको सदस्यता प्राप्त गरेको वा गैर सैनिक हवाई उडानमा सरकारी मान्यता प्राप्त उडान सम्बन्धी अनुभव र प्राविधिक ज्ञान भएको वा नेपाल सरकारले तोकेको कुनै विशेष परीक्षा उत्तीर्ण भएको कुनै व्यक्तिको सम्बन्धमा नेपाल सरकारले निजको प्राविधिक ज्ञान र क्षमताको समेत विचार गरी हवाई सेवा सञ्चालन सम्बन्धी इजाजत पत्र, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) वा अन्य प्रमाणपत्रको लागि चाहिने योग्यताहरूमध्ये केही योग्यताहरूमा तोकिए बमोजिम छुट दिन सक्नेछ ।

१४ग. अधिकार सुम्पन्न सक्ने

(१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमबमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अधिकार सुम्पदा त्यस्तो अधिकार प्रयोग गर्दा पालन गर्नु पर्ने शर्त बन्देज समेत तोक्न सक्नेछ ।

१५. सद्भावनाले गरेकोमा बचाउ

यो ऐन अन्तर्गत गरेको भनी सम्झी सद्भावनाले गरेको कुनै कामको निमित्त कुनै व्यक्ति उपर नालिश उजूरी लाग्न वा अरू कुनै कानूनी कारवाही चल्न सक्दैन ।

१६. ऐन लागू नहुने

नेपाल सरकार वा नेपाली सेनाको वायुयानको सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निकालिएको कुनै आदेशको कुनै कुरा लागू हुनेछैन