कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८
लालमोहर र प्रकाशन मिति
२०५८।११।९
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून
संशोधन गर्ने ऐन, २०६६, २०६६।१०।७
२. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न
केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२, २०७२।६।१४
३. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२, २०७२।११।१३
कमैया श्रम (निषेध गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना – कमैया श्रम निषेध गर्न, मुक्त कमैयालाई पुर्नस्थापना गर्न तथा सामाजिक न्यायको दृष्टिले
मुक्त कमैयाको जीवनस्तर अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो
ऐन बनाएकोछ ।