Skip to contentSkip to left sidebar Skip to footer

आयकर ऐन, २०५८

आयकर ऐन, २०५८

 

लालमोहर र प्रकाशन मिति                                                                     –२०५८।१२।१९

संशोधन गर्ने ऐन     प्रमाणीकरण र प्रकाशन मिति

१. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३                                                        – २०६३।६।२८

२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६                 – २०६६।१०।७

३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                            – २०७२।११।१३

४.  केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५                                                           -२०७५।११।१९

२०५८ सालको ऐन नं. २२

…………………..

आयकर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः मुलुकको आर्थिक विकासको लागि राजस्व संकलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालनलाई अभिवृद्धि गर्न आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल वनाउन वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार प्रारम्भ : (१) यस ऐनको नाम ”आयकर ऐन, २०५८” रहेको छ ।

(२) यो ऐन नेपाल ……….. भर लागू हुनेछ र नेपाल ………… बाहिर जहाँसुकै बसेको भए पनि बासिन्दा व्यक्तिलाई समेत लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अग्रिम कर कट्टी गर्ने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।

(ख) “अधिकृत” भन्नाले बिभागमा रहने दफा ७२ मा उल्लेख भए बमोजिमका महानिर्देशक, उप–महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृतलाई सम्झनु पर्छ ।

(ग) “अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी” भन्नाले दफा ९२ मा उल्लेख भए बमोजिम लाभांश, भाडा, लाभ, ब्याज तथा गैर बासिन्दा व्यक्तिलाई गरिएको कर कट्टी हुनु पर्ने भुक्तानी सम्झनु पर्छ ।

(घ) “अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्झनु पर्छ ।

(ङ) “अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनुपर्छ :– (१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा

(२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।

(च) “अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्झनु पर्छ ।

(छ) “असक्षम व्यक्ति” भन्नाले शारीरिक वा मानसिक अस्वस्थताको कारणले आफ्नो व्यवहार गर्न सक्षम नभएको व्यक्ति सम्झनु पर्छ ।

(ज) “आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कूल रकम सम्झनु पर्छ ।

(झ) “आय वर्ष” भन्नाले कुनै सालको श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्त सम्मको अवधि सम्झनु पर्छ ।

(ञ) “उपहार” भन्नाले कुनै प्रतिफल विनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्झनु पर्छ ।

(ट) “ऋण दायित्व” भन्नाले ऋण दावी सरहको दायित्व सम्झनु पर्छ ।

(ठ) “ऋण दावी” भन्नाले कुनै एक व्यक्तिले अर्को व्यक्तिबाट भुक्तानी प्राप्त गर्ने अधिकार सम्झनु पर्छ र सो शब्दले कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको रकम फिर्ता लिने अधिकार, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको निक्षेप, लिनु पर्ने रकम, ऋणपत्र, विनिमयपत्र, वण्ड, वार्षिक वृत्ति अन्तर्गतको अधिकार, वित्तीय पटृा र किस्ताबन्दी विक्रीबाट रकम प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ ।

(ड) “कम्पनी” भन्नाले प्रचलित कम्पनी कानून बमोजिम संस्थापित कम्पनी सम्झनु पर्छ र कर प्रयोजनको लागि देहायका संस्थाहरू समेतलाई कम्पनी सरह व्यवहार गरिनेछ :–

(१) प्रचलित कानून बमोजिम स्थापित संगठित संस्था,

(२) कुनै असंगठित संघ, समिति, संस्था वा समाज वा दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साझेदारी बाहेकको व्यक्तिहरूको समूह वा ट्रष्ट,

(३) बीस वा सोभन्दा बढी साझेदारहरू भई प्रचलित कानुन बमोजिम दर्ता भए वा नभएको साझेदारी फर्म, अवकाश कोष, सहकारी संस्था, युनिट ट्रष्ट, संयुक्त उद्यम,

(४) विदेशी कम्पनी,

(५) महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था ।

(ढ) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्झनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ :– (१) कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दावी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरू,

(२) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनु पर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,

(३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,

(४) शुल्क तथा ब्याज बापत बुझाउनु पर्ने परिच्छेद–२२ बमोजिमको रकम, र

(५) बिभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।

(ण) “कर कट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ ।

(त) “कर निर्धारण” भन्नाले यस ऐन बमोजिम गरिने कर निर्धारण सम्झनु पर्छ र सो शब्दले दफा १२२ बमोजिम गरिएको शुल्क तथा ब्याजको निर्धारण समेतलाई जनाउँछ ।

तर यस शब्दले दफा १०१ बमोजिम संशोधित कर निर्धारणले प्रतिस्थापन गरेको साबिकको कर निर्धारणलाई जनाउँने छैन ।

(थ) “गैर बासिन्दा व्यक्ति” भन्नाले बासिन्दा व्यक्ति बाहेकको व्यक्ति सम्झनुपर्छ ।

(द) “गैर व्यावसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छ :–  (१) व्यावसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापारिक मौज्दात,

(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन–

(क) अविच्छिन्न तीन वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र

(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल तीनवर्ष वा सोभन्दा बढी बसोबास गरेको,

(३) कुनै प्राकृतिक व्यक्तिको एक करोड रुपैयाँभन्दा कम मूल्यमा निसर्ग गरेको निजी भवन, वा

(४) तीन पुस्ताभित्र भएको खरिद विक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निसर्ग गरेको सम्पत्ति ।

(ध) “छुट पाउने संस्था” भन्नाले देहायका निकाय सम्झनु पर्छ :– (१) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,

(२) सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरूले लाभ नलिने गरी गठन भएको अव्यवसायी ( एमेच्योर) खेलकूद संस्था,

(३) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल,

(४) गाउँपालिका, नगरपालिका वा जिल्लासभा,

(५) नेपाल राष्ट्र बैंक,

(६) नेपाल सरकार,

(७) दफा ७६ बमोजिम जारी भएको पूर्वादेशद्वारा कर छुट उपभोग गर्न पाएको तोकिए बमोजिमको निकाय, तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्धारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा बापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिले कुनै फाइदा प्राप्त गरेको भए कर छुट हुने छैन ।

(न) “ट्रष्ट” भन्नाले ट्रष्टीले सम्पत्ति धारण गर्ने प्रबन्ध सम्झनु पर्दछ । तर यस शब्दले साझेदारी, संगठित संस्था वा खण्ड (ड) को उपखण्ड (३) बमोजिम उल्लिखित संस्थालाई जनाउने छैन ।

(प) “ट्रष्टी” भन्नाले एक्लै वा अन्य प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्थासंग मिली संयुक्तरुपमा सम्पत्ति अमानतको रुपमा राख्ने प्राकृतिक व्यक्ति, गुठि वा अन्य संगठित संस्था सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछ :–

(१) मृतक व्यक्तिको जायजेथाको सञ्चालनकर्ता वा प्रशासक,

(२) लिक्विडेटर, प्रापक वा ट्रष्टी,

(३) निजी वा आधिकारिक हैसियतमा असक्षम व्यक्तिको सम्पत्तिको संरक्षक, निर्देशन, नियन्त्रण वा व्यवस्थापन गर्ने कुनै व्यक्ति,

(४) निजी प्रतिष्ठान वा यस्तै प्रतिष्ठान अन्तर्गत सम्पत्तिको व्यवस्थापन गर्ने कुनै व्यक्ति, र

(५) उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित व्यक्ति सरहको जस्तै स्थितिमा रहेको अन्य कुनै व्यक्ति ।

 

(फ) “दीर्घकालीन करार” भन्नाले करारको बहाली अवधि बाह्र महिना भन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्झनु पर्छ ।

(ब) “नातेदार” भन्नाले प्राकृतिक व्यक्तिको पति, पत्नि, छोरा, छोरी (धर्मपुत्र, धर्मपुत्री समेत), बावु, आमा, बाजे, बज्यै, दाजु, भाई, भाउजु, बुहारी, दिदी, बहिनी, सासु, ससुरा, साला, जेठान, साली, जेठीसासु, काका, काकी, भतिजा, भतिजी, नाती र नातिनी सम्झनु पर्छ ।

(भ) “निकाय (इन्टिटी)” भन्नाले देहायका संस्था वा संगठन सम्झनु पर्छ :–

(१) साझेदारी, ट्रष्ट वा कम्पनी,

(२) गाउँपालिका, नगरपालिका वा जिल्लासभा,

(३) नेपाल सरकार,

(४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन, वा

(५) आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२) र (३) मा उल्लेख भएको संस्था वा संगठनको स्थायी संस्थापन ।

(म) “निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पूँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ ।

(य) “निसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निसर्ग सम्झनु पर्छ ।

(र) “निहित स्वामित्व” भन्नाले देहायको स्वामित्व सम्झनु पर्छ :–

(१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरूद्घारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा

(२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरूको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व ।

(ल) “पटृा” भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको नगदी सम्पत्ति बाहेकको सम्पत्ति प्रयोग गर्ने अस्थायी अधिकार सम्झनु पर्छ र सो शब्दले इजाजतपत्र, भाडा, सम्झौता, छनौट, रोयल्टी सम्झौता वा वहालवालाको हक समेतलाई जनाउँछ ।

(व) “प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागी सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पत्ति समेतलाई जनाउँछ ।

(श) “प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्झनु पर्छ :–

(१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्र्जीव स्रोत निकाले बापत प्राप्त गरेको रकम, वा

(२) जमिनबाट निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट समग्र वा आंशिक रुपमा गणना गरिएको रकम ।

(ष) “बजार मूल्य” भन्नाले कुनै सम्पत्ति वा सेवाका सम्बन्धमा असम्बन्धित व्यक्तिहरूबीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोबार मूल्य सम्झनु पर्छ ।

(स) “भाडा” भन्नाले घर वहाल समेतका मूर्त सम्पत्तिको पटृा बापत प्राप्त गरिएको प्रिमियम र सो पट्टा प्रदान गरे बापत गरेको भुक्तानी सम्झनु पर्छ ।

तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानीलाई जनाउँने छैन ।

(ह) “भुक्तानी” भन्नाले देहायको काम कारवाही सम्झनु पर्छ :– (१) कुनै एक व्यक्तिको रकम वा सम्पति अर्को व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,

(२) कुनै एक व्यक्तिबाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जना पछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले बहन गरेमा,

(३) एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,

(४) कुनै एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा ।

(क्ष) “मुनाफाको वितरण” भन्नाले मुनाफाको पूँजीकरण समेत दफा ५३ बमोजिम भएको कुनै निकायको मुनाफाको वितरण सम्झनु पर्छ ।

(त्र) “यूनिट ट्रष्ट” भन्नाले कम्तीमा बीस जना व्यक्तिहरूका लाभको लागि ट्रष्टीले सम्पत्ति धारण गर्ने व्यवस्था भई आय वा पूँजीमा सहभागी हुन पाउने व्यक्तिहरूको अधिकारलाई धारण गरेको इकाईहरूको संख्याद्वारा निर्धारित आधारमा विभाजन हुने व्यवस्था गरिएको ट्रष्ट सम्झनु पर्छ ।

(ज्ञ) “रोजगारी” भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्छ ।

(कक) “रोयल्टी” भन्नाले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउँछ :–

(१) प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा टेडमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राख्ने,

(२) प्रविधिको ज्ञान प्रदान गर्ने,

(३) चलचित्रजन्य फिल्म, भिडियो टेप, ध्वनि रिकर्डिङ वा कुनै अन्य यस्तै माध्यमको प्रयोग वा प्रयोग गर्ने अधिकार र औद्योगिक, व्यापारिक वा वैज्ञानिक अनुभव प्रदान गर्ने,

(४) उपखण्ड (१), (२) वा (३) बमोजिमका कुरामा सहायक हुने किसिमले कुनै सहयोग प्रदान गर्ने, वा

(५) उपखण्ड (१), (२), (३) वा (४) बमोजिमका कुराका सम्बन्धमा पूर्ण वा आंशिक बन्देज मान्ने ।

तर यस शब्दले प्राकृतिक स्रोतबापतको भुक्तानीलाई जनाउने छैन ।

(कख) “लगानी” भन्नाले देहाय बमोजिम बाहेक एकीकृत तवरमा प्रयोग गरिएका उस्तै प्रकृतिका एक वा बढी सम्पत्ति राख्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनु पर्छ :–

(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको गैर व्यावसायिक करयोग्य सम्पत्ति बाहेकका सम्पत्ति राख्ने वा सो सम्पत्तिमा रकम लगाउने कार्य, वा

(२) रोजगारी वा व्यवसाय ।

(कग) “लगानी बिमा” भन्नाले देहायका कुनै बिमा सम्झनु पर्छ :– (१) बिमित व्यक्ति वा बिमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्यु सम्बन्धी घटनाका हकमा गरिएको बिमा,

(२) बिमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बिमा, तर बिमाको बिमा सम्झौता कम्तिमा पाँच वर्षसम्म वहाल रहने वा वहालीको समय सीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरूमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बिमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ ।

(३) कुनै रकम वा श्रृंखलाबद्ध रकमहरू भविष्यमा बिमितलाई भुक्तानी हुने गरी गरिएको बिमा,

(४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका बिमाको पुनर्बिमा, र

(५) उपखण्ड (४) मा उल्लिखित पुनर्बिमाको पुनर्बिमा ।

(कघ) “लाभांश” भन्नाले निकायबाट हुने वितरण सम्झनु पर्छ ।

(कङ) “बासिन्दा व्यक्ति” भन्नाले कुनै आय वर्षका सम्बन्धमा देहायका व्यक्ति सम्झनु पर्छ :–

(१) प्राकृतिक व्यक्तिको सम्बन्धमा,

(क) सामान्य बसोबासको स्थान नेपालमा रहेको,

(ख) कुनै आय वर्षको अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको, वा

(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको ।

(२) साझेदारी फर्म,

(३) ट्रष्टको सम्बन्धमा त्यस्तो ट्रष्ट जुन,–

(क) नेपालमा स्थापना भएको,

(ख) ट्रष्टको ट्रष्टी आय वर्षमा बासिन्दा व्यक्ति भएको,

(ग) ट्रष्टलाई आय वर्षमा बासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरूको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी) हरूको माध्यमद्वारा नियन्त्रण गरेको ।

(४) कम्पनीको सम्बन्धमा त्यस्तो कम्पनी जुन, –

(क) नेपालको कानून अन्तर्गत संस्थापित भएको,

(ख) कुनै आय वर्षमा नेपालमा सो कम्पनीको व्यवस्थापन प्रभावकारी रहेको ।

(५) गाउँपालिका, नगरपालिका वा जिल्लासभा,

(६) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय र स्थानीय सरकारको त्यस्तो निकायको सम्बन्धमा जुन, –

(क) नेपालको कानूनअन्तर्गत स्थापित भएको, वा

(ख) कुनै आय वर्षमा नेपालमा त्यस्तो निकायको व्यवस्थापन प्रभावकारी रहेको ।

(७) कुनै सन्धि सम्झौता अन्तर्गत स्थापित संस्था वा निकाय, र

(८) गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन ।

(कच) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा निकाय सम्झनु पर्छ ।

(कछ) “व्यवस्थापक” भन्नाले कुनै निकायको व्यवस्थापकीय निर्णयहरू गर्ने काममा संलग्न हुने व्यक्ति सम्झनु पर्छ र सो शब्दले कुनै ट्रष्टको ट्रष्टी र विदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति समेतलाई जनाउँछ ।

(कज) “व्यवसाय” भन्नाले कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरूलाई समेत जनाउँछ । तर यस शब्दले रोजगारीलाई जनाउँने छैन ।

(कझ) “ब्याज” भन्नाले देहायका भुक्तानी वा लाभ सम्झनु पर्छ :–

(१) सावाँ बाहेक ऋण दायित्व अन्तर्गतको भुक्तानी,

(२) छुट, प्रिमिमय, अदलबदल भुक्तानी वा त्यस्तै भुक्तानीको माध्यमबाट प्राप्त गरिएको लाभ, र

(३) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पटृा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिने भुक्तानी मध्ये ब्याजको रुपमा लिइने दफा ३२ बमोजिमका रकमहरू ।

(कञ) “व्यापारिक मौज्दात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिएको वा गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामाग्रीहरूको मौज्दात सम्झनु पर्छ ।

तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउँने छैन ।

(कट) “व्यावसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ ।

तर यस शब्दले व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन ।

(कठ) “वितरण” भन्नाले दफा ५३ मा उल्लेख भए बमोजिम कुनै निकायबाट हुने वितरण सम्झनु पर्छ ।

(कड) “विदेश पठाएको आय” भन्नाले गैर बासिन्दा व्यक्तिको नेपालस्थित दफा ६८ बमोजिमको विदेशी स्थायी संस्थापनले विदेश पठाउनु पर्ने आय बैंक मार्फत विदेश पठाएको वा अन्य कुनै पनि तरिकाले भुक्तानी गरेको रकम सम्झनु पर्छ ।

(कढ) “विदेशी आयकर” भन्नाले कुनै विदेशी मुलुकले लगाएको दफा ६९ को उपदफा (८) मा उल्लिखित विदेशी आयकर सम्झनु पर्छ र सो शब्दले कुनै विदेशी मुलुकले लगाएको अन्तिम रुपमा कट्टी हुने कर समेतलाई जनाउँछ ।

(कण) “विदेशी स्थायी संस्थापन” भन्नाले खण्ड (भ) को उपखण्ड (४) बमोजिमको निकाय सम्झनु पर्छ ।

(कत) “विभाग” भन्नाले आन्तरिक राजश्व विभाग सम्झनु पर्छ ।

(कथ) “वैदेशिक मुद्रामा रहेको सम्पत्ति” भन्नाले नेपाली रुपैयाँ बाहेक अन्य विदेशी मुद्रामा रहेको सम्पत्ति सम्झनु पर्छ ।

(कद) “स्थायी संस्थापन” भन्नाले कुनै व्यक्तिले पूर्ण वा आंशिक रुपमा व्यवसाय सञ्चालन गर्ने स्थान सम्झनु पर्छ र सो शब्दले देहायका स्थान समेतलाई जनाउँछ :–

(१) व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिक रुपमा व्यवसाय गर्ने स्थान,

(२) कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेसिनरी रहेको वा प्रयोग गरेको वा जडान गरेको स्थान,

(३) कुनै बाह्र महिनाको अवधिमा एकै पटक वा पटक–पटक गरी नब्बे दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारीमार्फत वा अन्य प्रकारले प्राविधिक, व्यावसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको एक वा एकभन्दा बढी स्थान, वा

(४) कुनै व्यक्तिले नब्बे दिन वा सोभन्दा बढी समयसम्म निर्माण गर्ने, जडान गर्ने वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरिवेक्षण सम्बन्धी क्रियाकलापहरू सञ्चालन गरेको स्थान ।

(कध) “सम्पत्ति” भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ ।

(कन) “सम्बद्ध व्यक्ति” भन्नाले एक अर्को व्यक्तिको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरूको समूह सम्झनु पर्छ र सो शब्दले देहायका व्यक्तिहरू समेतलाई जनाउँछ :–

(१) प्राकृतिक व्यक्ति र सो व्यक्तिको नातेदार वा कुनै व्यक्ति वा सो व्यक्तिको साझेदार,

(२) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति, र

(३) कुनै निकाय आफै वा आफूसंग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसंग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसंग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय ।

तर देहायका व्यक्ति सम्बद्ध व्यक्ति हुने छैन :–

(१) कर्मचारी,

(२) विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति ।

(कप) “साझेदारी” भन्नाले बीस जना भन्दा कम साझेदार भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको फर्म सम्झनु पर्छ ।

तर यस शब्दले दर्ता भएको वा नभएको एकलौटी फर्म वा संयुक्त उद्यमलाई जनाउँने छैन ।

(कफ) “सामान्य बिमा” भन्नाले लगानी बिमा बाहेकका बिमा सम्झनु पर्छ ।

(कब) “सामान्य ब्याज दर” भन्नाले वार्षिक पन्ध्र प्रतिशतको ब्याजको दर सम्झनु पर्छ ।

(कभ) “स्वीकृत अवकाश कोष” भन्नाले दफा ६३ को उपदफा (१) बमोजिम विभागबाट स्वीकृति प्राप्त गरेको अवकाश कोष सम्झनु पर्छ ।

(कम) “सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवा बापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।

(कय) “शेयरवाला” भन्नाले कुनै कम्पनीको हिताधिकारी व्यक्ति सम्झनु पर्छ ।

(कर) “ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पूरानो हुंँदै गएको वा समय व्यतीत हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्झनु पर्छ । तर यस शब्दले व्यापारिक मौज्दातलाई जनाउँने छैन ।

(कल) “हिताधिकारी” भन्नाले कार्यसंग सम्बन्धित कुनै निकायमा हित भएको व्यक्ति सम्झनु पर्छ ।

(कव) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरूमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ करको आधार

३. कर लगाउनेः देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असूलउपर गरिनेछ :–

(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,

(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर–बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र

(ग) कुनै आय वर्षमा अन्तिम रुपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।

३क……. ……

४. करको गणना र करको दर : (१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको रकम त्यस्ता व्यक्तिले दाखिला गर्नु पर्ने करको जम्मा रकम बराबर हुनेछ ।

 

(२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नु पर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची–१ मा उल्लिखित सम्बन्धित दरहरू लगाई गणना गर्नु पर्नेछ । यसरी करको गणना गर्दा दफा ५१ वा ७१ बमोजिम सो व्यक्तिले दावी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नु पर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ ।

(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,

(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र

(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च र अवकाश योगदान बाहेक करयोग्य आयमा दफा ५१ बमोजिम कर मिलान गर्न र दफा ६३ को उपदफा (२) र (३) बमोजिमको खर्च तथा दफा १२ बमोजिमको खर्च घटाउन दावी नगरेको ।

(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नु पर्ने कर अनुसूची–१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछ ।

(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,

(ख) व्यवसायबाट प्राप्त आय र व्यवसायको कारोबार अनुसूची–१ को दफा १ को उपदफा (६) मा उल्लिखित सीमाभन्दा बढी नभएको, र

(ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको ।

(५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नु पर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ ।

(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिम रुपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा दफा ८८ मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम बराबर हुनेछ ।

५. करयोग्य आय आयका शीर्षकहरूको वर्गीकरण : कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरूको निर्धारणयोग्य आयको कूल जम्मा रकमबाट दफा १२ वा ६३ बमोजिम कुनै दावी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ :–

(क) व्यवसाय,

(ख) रोजगारी, र

(ग) लगानी ।

 

६. निर्धारणयोग्य आय : यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको देहायका आयहरूलाई निर्धारणयोग्य आय मानिनेछ :–

(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि सो वर्षमा सो व्यक्तिको रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय, र

(ख) गैर–बासिन्दा व्यक्तिको सो वर्षमा आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय ।

तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।

परिच्छेद–३ आयको गणना

७. व्यवसायबाट भएको आयको गणना : (१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको आयमा गणना गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षभित्र प्राप्त गरेको देहायका रकमहरू समावेश गरी गणना गर्नु पर्नेछ :–

(क) सेवा शुल्क,

(ख) व्यापारिक मौज्दातको निसर्गबाट प्राप्त रकम,

(ग) परिच्छेद–८ बमोजिम गणना गरिएको कुनै व्यक्तिको व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको निसर्गबाट प्राप्त खूद लाभ,

(घ) व्यवसायको ह्रासयोग्य सम्पत्तिको निसर्गबाट अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम प्राप्त गरेको मानिने रकम,

(ङ) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,

(च) व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम,

(छ) कुनै व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको भए तापनि त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसंग प्रत्यक्ष रुपमा सम्बन्धित भई प्राप्त गरेको रकम, र

(ज) परिच्छेद–६ वा ७ वा दफा ५६ वा ६० बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीहरू व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा समावेश गर्नु पर्ने छैन ।

 

८. रोजगारीबाट भएको आयको गणना : (१) कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्नेछ ।

(२) रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरू त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछ :–

(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरे बापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरू बापतको भुक्तानी,

(ख) महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरन्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,

(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्र्यौट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,

(घ) रोजगारीका कुनै शर्तमा सहमती जनाए बापत गरिएका भुक्तानी,

(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,

(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,

(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, र

(ज) परिच्छेद–६ वा ७ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरू समावेश गर्नु पर्ने छैन :–

(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी,

(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,

(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्र्यौट वा सोधभर्ना :–

(१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा

(२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च ।

(घ) हिसाब किताब राख्न अव्यावहारिक वा प्रशासनिक रुपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “भुक्तानी” भन्नाले देहायबमोजिम भएको भुक्तानी सम्झनु पर्छ ।

(क) रोजगारदाताबाट भएको,

(ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र

(ग) रोजगादाता वा निजको सम्बद्ध व्यक्तिसंग भएको सम्झौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।

 

९. लगानीबाट भएको आयको गणना : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो लगानीको सो वर्षको आय मानी गणना गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरेबापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरू समावेश गर्नु पर्नेछ :–

(क) सो लगानीबाट प्राप्त लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बिमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,

(ख) परिच्छेद–८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभ,

(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्दा अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरू (आउटगोइङ्गस) सहितको बाँकी मूल्य भन्दा प्राप्त हुने आम्दानीहरू (इनकमिङ्गस) बढी भएमा सो बढी भएजति रकम,

(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,

(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,

(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरू, र

(छ) परिच्छेद–६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरू समावेश गरिने छैन्न :–

(क) दफा १०, ५४, र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी, र

(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।

परिच्छेद–४ छुट हुने रकमहरू र अन्य छुटहरू

१०. छुट हुने रकमहरू : देहायका रकमहरूमा कर छुट हुनेछ :–

(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

(ख) विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरे बापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम,

तर, (१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको हुनु पर्नेछ, र

(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी गरिएको हुनु पर्नेछ ।

(ग) नेपालको नागरिक नभएको खण्ड (ख) बमोजिमको प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,

(घ) कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,

(ङ) नेपाल सरकारबाट विधवा, बृद्ध वा अपाङ्ग व्यक्तिलाई दिइने भत्ता,

(च) दफा ७, ८ वा ९ बमोजिम आयको गणना गर्दा समावेश गरिनु पर्ने रकम बाहेक उपहार, इच्छापत्र, अपुताली वा छात्रवृत्तिको रुपमा प्राप्त रकमहरू,

(छ) छुट पाउने संस्थाले देहाय बापत प्राप्त गरेको रकम :–

(१) चन्दा, उपहार,

(२) दफा २ को खण्ड (ध) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरू, वा

(३) नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम, वा

(ज) विदेशी राष्ट्रको सेना वा प्रहरी सेबाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम ।

 

११. व्यावसायिक छुट तथा सुविधाहरू : (१) कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएकोबाहेक अन्य कृषि आम्दानीमा कर लाग्ने छैन ।

(२) सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिबुटी खेती तथा प्रशोधन, तरकारीका बीऊ– विजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, फलफूल खेती तथा उत्पादन, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसायहरू जस्ता कृषि तथा वनजन्य उद्योगहरू, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्बन्धी बीऊ–विजन, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्ने बाहेक) को कारोबार गर्ने  हकारी संस्था तथा ग्रामीण समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन ।

(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ :–

(क) छ सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत,

(ख) अति अविकसित, अविकसित, अल्प विकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आयवर्षका लागि सो वर्षहरूको आयमा लाग्ने करको क्रमशः सत्तरी, पचहत्तर र असी प्रतिशत ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम छुट पाउने व्यक्तिले आयको गणना गर्दा अन्य छुटृै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो उपदफाहरूमा उल्लेख भए अनुसार आयको गणना गर्नु पर्नेछ ।

(५) एउटै आयको सम्बन्धमा उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम एकभन्दा बढी छूट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।

(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ख) बमोजिमको उद्योग सञ्चालन गर्न प्रयोग भएका सम्पत्तिहरू साबिकमा अन्य व्यक्तिले सोही किसिमको उद्योग सञ्चालन गर्न प्रयोग गरेको भए सो उपदफाको समयको सीमाको गणना गर्दा त्यसरी प्रयोग भएको अवधिलाई समेत गणना गर्नुपर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–  (क) “कृषि व्यवसाय” भन्नाले सार्वजनिक वा निजी जमिनबाट बालीनाली उत्पादन गर्ने वा जमिन प्रयोग गर्ने मोहीबाट कुत वा बाली प्राप्त गर्ने व्यवसाय सम्झनु पर्छ ।

(ख) “अति अविकसित”, “अविकसित” र “अल्प विकसित क्षेत्र” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०४९ को अनुसूची–३ मा उल्लिखित क्षेत्र सम्झनु पर्छ ।

(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खाने सूर्ति, खैनी, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, बीयर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग सम्झनु पर्छ ।

 

१२. कर छुट पाएका संस्थाहरूलाई दिइएको चन्दा उपहार :(१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृति प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउने दाबी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कट्टी गर्न पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको उपदफा (१) बमोजिमको उपहार बापत कट्टी नगरी र दफा १७ को उपदफा (२) र दफा १८ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी निर्धारण गरिएको करयोग्य आयको पाँच प्रतिशत मध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुने छैन ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च बापत पूर्ण वा आंशिक रुपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।

परिच्छेद–५ कट्टी हुने रकमहरू

१३. सामान्य कट्टी : कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसंग सम्बन्धित देहायका खर्चहरू कट्टी गर्न पाउनेछ :–

(क) सो आयवर्षमा भएका,

(ख) सो व्यक्तिबाट भएका, र

(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।

 

१४. ब्याज कट्टी : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउनेछ :–

(क) कुनै रकम ऋण लिए बापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरिद गर्न प्रयोग गरिएको, वा

(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको ।

तर यस्तो ऋण दायित्व व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको हुनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टी गर्न पाउने कूल ब्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन :–

(क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै ब्याज रकम, र

(ख) सो निकायबाट प्राप्त गरिएको कुनै ब्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै ब्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको करयोग्य आयको पचास प्रतिशत रकम ।

(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै ब्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि “कर छुट पाउने संस्थाद्घारा नियन्त्रित बासिन्दा निकाय” भन्नाले सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरूको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्झनु पर्छ ।

(क) कर छुट पाउने संस्था र सो संग सम्बद्ध व्यक्ति,

(ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसंग सम्बद्ध व्यक्ति,

(ग) गैर बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्तिसंग सम्बद्ध व्यक्ति, वा

(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरूको कुनै संयोजन ।

 

१५. व्यापार मौज्दातको लागतको खर्च कट्टी : (१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो वर्षमा सो व्यक्तिको व्यवसायको व्यापार मौज्दातको निसर्गका सम्बन्धमा उपदफा (२) बमोजिम गणना गरिएको लागतको खर्च कट्टी (एलाउन्स) बाहेक अन्य कुनै पनि खर्च कट्टी गर्न पाउने छैन ।

(२) उपदफा (१) बमोजिमको लागतको खर्च कट्टीको गणना देहाय बमोजिम खण्ड (क) को रकमबाट खण्ड (ख) को रकम घटाई गर्नु पर्नेछ :–

(क) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको शुरु मूल्यमा सो वर्षमा सो व्यवसायबाट प्राप्त गरिएको व्यापार मौज्दातको लागत जोडी हुने रकम,

(ख) खण्ड (क) बमोजिमको आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्यको रकम ।

(३) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको शुरु मूल्यगत आय वर्षको अन्त्यको सो व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य हुनेछ ।

(४) देहायमा उल्लिखित रकम मध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य मान्नु पर्नेछ :–

(क) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको लागत, वा

(ख) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको बजार मूल्य ।

(५) कुनै व्यक्तिले व्यवसायको व्यापार मौज्दातको लागतको गणना गर्दा दफा ४५ र उपदफा (६) को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछ :–

(क) व्यवसायको आय गणना गर्दा नगद आधारमा लेखा राख्ने ब्यक्तिको हकमा परल लागत वा खपत लागतको तरिका प्रयोग गरेर, र

(ख) व्यवसायको आय गणना गर्दा एक्रुअल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको तरिका प्रयोग गरेर ।

(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्दात यकीन गर्न नसकिने भएमा सो व्यक्तिले पहिलो प्राप्ति पहिलो निस्काशन तरिका वा औसत लागत तरिकाबाट व्यापार मौज्दातको लागत गणना गर्न छनौट गर्न सक्नेछ ।

तर एक पटक यस्तो तरिकाको छनौट गरिसकेपछि विभागको लिखित अनुमति बाहेक सो तरिका परिवर्तन गर्न सक्ने छैन ।

(७) उपदफा (५) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ ।

(क) खपत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्घान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।

(ख) परल लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्घान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।

(८) उपदफा (६) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ :–

(क) औसत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत व्यवसायमा रहेका उही किसिमका सबै व्यापार मौज्दातको भारित औसत लागतको आधारमा गणना गर्ने ।

(ख) पहिलो प्राप्ति पहिलो निष्काशन तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्घान्त अन्तर्गत पहिले प्राप्त भएको व्यापार मौज्दात पहिले नै निसर्ग हुन्छ भन्ने आधारमा गणना गर्ने ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(क) “प्रत्यक्ष श्रम लागत” भन्नाले व्यापार मौज्दातको उत्पादनसंग प्रत्यक्ष रुपमा सम्बन्धित श्रम लागत सम्झनु पर्छ ।

(ख) “प्रत्यक्ष सामग्री लागत” भन्नाले व्यापार मौज्दातको अभिन्न अङ्गको रुपमा भएको वा हुने सामग्रीको लागत सम्झनु पर्छ ।

(ग) “कारखानाको शिरोभार लागत” भन्नाले प्रत्यक्ष श्रम र प्रत्यक्ष सामग्री लागत बाहेक व्यापार मौज्दातको उत्पादन गर्न लागेको कूल लागत सम्झनु पर्छ ।

(घ) “परिवर्तनशील कारखाना शिरोभार लागत” भन्नाले व्यापार मौज्दातको उत्पादित परिमाणको परिवर्तनसंगै प्रत्यक्ष रुपमा परिवर्तन हुने कारखाना शिरोभार लागत सम्झनु पर्छ ।

 

१६. मर्मत तथा सुधार खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरू कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको पाँच प्रतिशत भन्दा बढी हुने छैन र सोभन्दा बढी खर्च भएमा भएको खर्चको क्रमानुसार मात्र यस्तो कट्टी गर्न पाउनेछ ।

(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप उपदफा (१) बमोजिम कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको भाग अनुसूची–२ को दफा २ को उपदफा (५) बमोजिम सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।

 

१७. प्रदूषण नियन्त्रण खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको प्रदूषण नियन्त्रण खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको प्रदूषण नियन्त्रण खर्च कट्टी नगरी र दफा १२ को उपदफा (२) तथा दफा १८ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी गणना गरिएको करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने अधिक खर्च वा सोको भागलाई पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “प्रदूषण नियन्त्रण खर्च” भन्नाले प्रदूषण नियन्त्रण गर्ने वा अन्य रुपमा वातावरण संरक्षण गर्ने वा जोगाई राख्ने उद्धेश्यको लागि कुनै प्रक्रियासंग सम्बन्धित कुनै व्यक्तिबाट गरिएको खर्च सम्झनु पर्छ ।

 

१८. अनुसन्धान विकास खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायका अनुसन्धान तथा विकास खर्च कट्टी नगरी र दफा १२ को  उपदफा (२) र दफा १७ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी गणना गरिएको सो व्यक्तिको करयोग्य आयको पचास प्रतिशत भन्दा बढी हुने छैन ।

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अनुसन्धान र विकास खर्च” भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्झनु पर्छ ।

तर यस्तो खर्चमा अनुसूची–२ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन ।

१९. ह्रासकट्टी खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची–२ बमोजिम ह्रास खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूमा जडान भएका संयन्त्रहरू, उपकरणहरू, र अन्य मेशिनरीहरूको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ ।

(क) साबिकमा जडान भई रहेका संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू पूरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सटृा नयाँ संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू जडान गर्नु पर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पूरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आयवर्षसम्मको ह्रास कट्टी घटाउँदा बाँकी हुने मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ ।

(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरूका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट  हस्तान्तरण हुने आयवर्षसम्मको ह्रास कट्टी घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ ।

२०. व्यवसाय वा लगानीबाट नोक्सानी : (१)कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ :–

(क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र

(ख) सो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत चार आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।

तर, सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूको हकमा विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको सो वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ ।

(३) उपदफा (१) र (२) को अधिनमा रही सो उपदफाहरूको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ ।

(४) उपदफा (१) र (२) को अधिनमा रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रुपमा निसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी व्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानीे दीर्घकालीन करारसंग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछ :–

(क) विगतको आय वर्ष वा वर्षहरूमा पछाडि सारी लैजान पाउने, र

(ख) सो वर्ष वा वर्षहरूमा सो दीर्घकालीन करारसंग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरू खर्चतर्फ समावेश हुने रकमहरू भन्दा बढी भए जतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने ।

(५) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरूसंग सम्बन्धित रहेको मानी बाँडफाँड गर्नु पर्नेछ :–

(क) व्यवसायसंग सम्बन्धित दीर्घकालीन करार वा करारहरूबाट भएको नोक्सानी, र

(ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसंग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरू सो करारसंग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी ।

(६) कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निर्धारण गर्न सक्नेछ ।

(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट व्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरू भन्दा कट्टी गरिने रकमहरू बढी भए यसरी बढी भए जतिको रकमको गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कट्टी हुन नपाएको नोक्सानी” भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्झनु पर्छ ।

 

२१. कट्टी गर्न नपाउने खर्च : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन :–

(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,

(ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लंघन गरे बापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,

(ग) दफा १० बमोजिम छुट पाउने रकमहरू प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिम रुपमा कर कट्टी गरिएका रकमहरू प्राप्त गर्न गरिएका खर्चहरू,

(घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,

(ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा

(च) यस परिच्छेद वा परिच्छेद–६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरू ।

(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउने छैन :–

(क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैंक वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,

(ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,

(ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी,

(घ) बैकिङ्ग सेवाहरू उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,

(ङ) बैकिङ्ग सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नु पर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा

(च) भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम ।

(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाहरूको अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्चहरू सम्झनु पछः–

(१) कुनै प्राकृतिक व्यक्तिको लागि भएको खर्चहरू, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको ब्याज समेत देहायका खर्चहरू :–

(क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलापहरू उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,

(ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी सञ्चालन गरिने स्थानमा आवत–जावत गरे बापतको खर्च,

(ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगा बाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र

(घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च । तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसंग प्रत्यक्ष रुपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।

(२) देहायका अवस्थाहरू तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरू र तेस्रो व्यक्तिको लागि गरिएको खर्चहरू :–

(क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,

(ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरुप फिर्ता भुक्तानी गरेको भएमा,

(ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रुपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।

(ख) “बैकिङ्ग सेवा उपलब्ध स्थान” भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्र भित्र बैकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैकिङ्ग सेवा उपलब्ध स्थान सम्झनु पर्छ ।

(ग) “नगद भुक्तानी” भन्नाले बैंक वा वित्तिय संस्था मार्फत प्रतितपत्र, चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्धारा गरिएको भुक्तानी र बैड्क वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ ।

(घ) “पूँजिगत प्रकृतिको खर्च” भन्नाले देहाय बमोजिमका खर्च सम्झनु पर्छ :–

(१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,

(२) बाह्र महिनाभन्दा बढी लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा

(३) दायित्वको निसर्ग गर्दा लागेको खर्च ।

परिच्छेद–६ कर लेखांकन र समय

२२. कर लेखांकन गर्ने तरिका : (१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरुप हुनेछ ।

(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखांकन गर्नु पर्नेछ ।

(३) कम्पनीले कर प्रयोजनको लागि एक्रुयल आधारमा लेखांकन गर्नु पर्नेछ ।

(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एक्रुयल आधारमा लेखांकन गर्न सक्नेछ ।

(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधिनमा रही कर लेखांकन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ । त्यस्तो व्यक्तिको आम्दानी स्पष्ट देखाउन लेखांकन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक  छ भन्ने विभागलाई लागेमा विभागले लेखांकन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ ।

(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखांकन तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुटने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

 

२३. नगद आधारको लेखांकन : कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आ नो आयको गणनाको लेखांकन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–

(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ ।

(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ ।

 

२४. एक्रुयल आधारको लेखांकन : (१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखांकन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै व्यक्तिले गरेको आयको गणनामा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ :–

(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ :–

(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,

(२) त्यस्तो दायित्वको मूल्य उचित र यथार्थपरक ढंगले यकीन गर्न सकिने भएकोमा, र

(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा (ख) खण्ड (क) मा उल्लिखित अवस्था बाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।

(३) कुनै लगानी वा व्यवसायबाट भएको आयको गणना गर्न एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिलाई देहायका अवस्थाहरूमा विभागले लिखित सूचना दिई कर घट्ने भएमा कर प्रयोजनको लागि भुक्तानीलाई पछि सार्ने वा घटाउने कार्यलाई रोक्न सो भुक्तानी दिने समयलाई समायोजन गर्न सक्नेछ ।

(क) निम्न अनुसार भएमा,–

(१) कुनै आय वर्षको लागि आयको गणना गर्दा कुनै खर्च कट्टी गर्न पाउने तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखांकन गर्नु परेको भए सो खर्च कुनै आगामी आय वर्षमा मात्र कट्टा गर्न पाउँदथ्यो, वा

(२) सो आय वर्षमा आगामी आय वर्षको आय गणना गर्दा मात्र समावेश गर्नु पर्ने कुनै भुक्तानी पाएको तर सो व्यक्तिले कर प्रयोजनको लागि नगद आधारमा लेखांकन गर्नु परेको भए सो भुक्तानीको रकम सो भुक्तानी पाएकै आय वर्षमा समावेश हुन्थ्यो, र

(ख) कुनै व्यक्तिले कुनै आय वर्षमा भुक्तानी दिँदा वा पाउँदा तिर्नु पर्ने कूल करलाई घटाउने भएमा ।

(४) व्यवसाय वा लगानीबाट आर्जित कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा देहायका अवस्थाहरूमा हुनसक्ने फरकलाई भुक्तानी प्राप्त हुँदा वा दिइदा उपयुक्त समायोजन गर्नु पर्नेछ ।

(क) सो व्यक्तिले आफूले पाउन सक्ने परिमाणको कुनै भुक्तानी समावेश गरेमा वा आफूले व्यहोर्नु पर्ने परिमाणको कुनै भुक्तानी कट्टा गरेमा, र

(ख) खण्ड (क) मा उल्लिखित कार्य भए पश्चात मुद्राको मूल्यांकनको फरकको कारण समेतले गर्दा सो व्यक्तिले फरक परिमाणमा भुक्तानी पाई वा भुक्तानी दिई सो प्राप्त गरेको वा व्यहोरेको रकममा फरक पर्न गएको भएमा ।

 

२५. डुवेको ऋण लगायतका रकमहरूको रिभर्स : (१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोध भर्ना, असूलउपर, दावी त्याग, अपलेखन, वा मिन्हा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछ ।

(क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो रकमको सोधभर्ना गरेमा वा खर्च असूलउपर गरेमा,

(ख) प्राप्त गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफनो अधिकार छाडि दिएमा वा सो रकम सो व्यक्तिको ऋण दावी भएको अवस्थामा निजले सो ऋणलाई डुवेको ऋण मानी अपलेखन गरेमा, वा

(ग) खर्च गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्ने दायित्व छाडिदिएमा वा सो खर्च ऋण दावी भएको अवस्थामा जुन व्यक्तिलाई सो ऋण तिर्नु पर्ने हो सो व्यक्तिले ऋण मिन्हा दिएमा ।

(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दावीलाई डुवेको ऋणको रुपमा अपलेखन गर्न पाउनेछ :–

(क) कुनै वित्तीय संस्था वा बैड्ढको ऋण दावीका हकमा सो ऋण दावी तोकिएको मापदण्डहरू अनुसार डुवेको ऋणमा परिणत भएमा, र

(ख) खण्ड (क) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अपनाएपछि सो व्यक्ति सो अधिकार वा ऋण दावी असुलउपर हुन नसक्ने कुरामा मनासिव रुपमा विश्वस्त भएमा ।

२६. दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरूमा औसत निकाल्ने तरिका : (१) कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध बृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम, प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “दीर्घकालीन करार” भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्झनु पर्छ :– (क) सो करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको, र

(ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार ।

(२) प्रतिफल विलम्बित हुने करार, क्रमबद्ध बृद्धिको योग अनुसार समावेश हुने, क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने, समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट) र सम्पन्न प्रतिशतको करार तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–७ रकमहरूको परिमाणीकरण, बाँडफाड र चारित्रीकरण

२७. रकमहरूको परिमाणीकरण : (१) कुनै भुक्तानीलाई देहायको रकम बराबरमा परिमाणीकरण गर्नु पर्नेछ :–

(क) कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई द्रब्य (मनी) वा सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित द्रब्य र सम्पत्तिको बजार मूल्य बराबरको रकम,

(ख) देहायका कुरा उपलब्ध गराए बापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकम :–

(१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिक रुपमा निजी प्रयोजनका लागि प्रयोग गरिएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन, वा

(२) भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन ।

(ग) देहायका कुरा उपलब्ध गराए बापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको रकम :–

(१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा,

(२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा

(३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, विजुली, टेलिफोन जस्ता सेवाहरू,

(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नु पर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको ब्याज प्रचलित ब्याज दर अनुसार तिर्नु पर्ने ब्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम, र (ङ) खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित भुक्तानी बाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सटृा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतया पाउने फाइदाको मूल्य बराबरको रकम ।

(२) उपदफा (१) को खण्ड (क) र (ङ) को सम्बन्धमा भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रुपमा हिसाब गरिएको समयलाई नै रकमहरूको परिमाणीकरण भएको समय मानिनेछ ।

 

२८. रुपैयाँमा परिवर्तन : (१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरू नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अंकित गरिएको भए त्यस्तो रकमलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अंकित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका बखत प्रचलित विनिमय दर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको प्रयोजनको लागि विभागले लिखित रुपमा सूचना जारी गरी अनुमति दिएकोमा कुनै व्यक्तिले सो आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न सक्नेछ ।

 

२९. अप्रत्यक्ष भुक्तानीहरू : कुनै व्यक्तिले देहाय बमोजिम भुक्तानीकर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अन्य व्यक्तिलाई फाइदा पुर्याउने आशय राखेकोमा विभागले लिखित रुपमा सूचना जारी गरेर त्यस्तो अन्य व्यक्ति वा निर्दिष्ट गरेको व्यक्तिलाई सो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ :–

(क) कुनै भुक्तानीबाट अप्रत्यक्ष रुपले फाइदा लिएमा, वा

(ख) कुनै भुक्तानी प्राप्त गर्ने व्यक्ति निर्दिष्ट गरेमा ।

 

३०. संयुक्त स्वामित्वमा रहेको लगानी : कुनै व्यक्तिले अर्को व्यक्तिसंगको संयुक्त स्वामित्वमा रहेको लगानीबाट आर्जन गरेको आय गणना गर्ने प्रयोजनको लागि आय  गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरू संयुक्त स्वामित्व भएका व्यक्तिहरूको सो लगानीमा रहेको आ–आ नो हितको समानुपातिक आधारमा बाँडफाँड गर्नु पर्नेछ ।

 

३१. क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण : बिमा बापतको भुक्तानी लगायत देहायका कुराहरू बापत कुनै व्यक्ति वा सो व्यक्तिको सम्बद्ध व्यक्तिले कुनै क्षतिपूर्ति रकम प्राप्त गरेकोमा सो क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको समयमा त्यस्तो रकम अवस्था अनुसार रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्दा समावेश गर्नु पर्नेछ :–

(क) कुनै व्यवसाय, रोजगारी वा लगानीबाट सो व्यक्तिले प्राप्त गरेको वा प्राप्त हुन सक्ने कुनै आय वा सो आयको गणनामा समावेश हुने कुनै रकम बापतको क्षतिपूर्ति, वा

(ख) कुनै व्यवसाय वा लगानीमा सो व्यक्तिलाई भएको वा हुनसक्ने नोक्सानी वा सो व्यक्तिको आयको गणना गर्दा कट्टी हुने खर्च रकम बापतको क्षतिपूर्ति ।

 

३२. वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वित्तीय पट्टृा अन्तर्गतका भुक्तानीको चारित्रीकरण : (१) वार्षिक वृत्ति वा किस्ताबन्दी विक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पटृा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिएको भुक्तानीलाई यस दफा बमोजिम ऋण दावी अन्तर्गत ब्याज र पूँजी फिर्ता सरह व्यवहार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरूलाई एकमुष्ट गणना गरी सोको कूल योगलाई देहाय बमोजिम दुई भागमा विभाजन गर्नु पर्नेछ :–

(क) आवश्यकता अनुसार वार्षिक वृत्ति बापतका सबै भुक्तानी वा कुनै सम्पत्ति किस्ताबन्दी विक्री गर्दा वा पटृामा दिँदाको समयमा सो सम्पत्तिको बजार मूल्य बराबर हुने पूँजीगत भाग, र

(ख) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरूको कूल योगबाट पूँजीगत भाग घटाउँदा हुन आउने ब्याज भाग ।

(३) उपदफा (२) बमोजिम वार्षिक वृत्ति, किस्ताबन्दी विक्री वा वित्तीय पटृा दिँदाको समयमा नै विक्रेताले किस्ताबन्दी निर्धारण गर्दा स्पष्टरुपमा पूँजीको भाग र ब्याजको भाग छुट्याई कूल भुक्तानी तालिका उपलब्ध गराउनु पर्नेछ । सो बमोजिमको तालिका उपलब्ध गराउन नसक्नेले ब्याज र पूँजीगत भागहरूलाई वार्षिक वृत्ति, किस्ताबन्दी विक्री वा वित्तीय पटृालाई छ छ महिनामा जोड्दै लगिने  ब्याजसहितको मिश्रित ऋणसरह मानी उपदफा (१) बमोजिमका भुक्तानीहरूमा विभाजन गर्नु पर्नेछ ।

(४) मिश्रित ऋण मानी उपदफा (१) बमोजिम गरिने भुक्तानीको ऋणको अवधिभर ब्याजको दर एउटै हुने गरी प्रत्येक भुक्तानीको समयमा बुझाउन बाँकी सावाँ (पूँजी) मा ब्याजको अंश हिसाब गरी ऋणीले आंशिकरुपमा सावाँ र आंशिकरुपमा ब्याजको भुक्तानी गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम वित्तीय पटृा अन्तर्गत पटृा गर्दा देहायका शर्त पुरा गर्नु पर्नेछ ।

(क) पटृा सम्झौतामा पटृाको बहाली अवधि सकिएपछि स्वामित्वको हस्तान्तरण गरिने वा पटृा लिने व्यक्तिले पटृाको अवधि समाप्त भएपछि निश्चित वा पूर्वानुमानित मूल्यमा सो सम्पत्ति खरिद गर्न पाउने विकल्पको व्यवस्था भएको,

(ख) पटृाको अवधि सो सम्पत्तिको उपयोगी आयुको पचहत्तर प्रतिशत भन्दा बढी भएको,

(ग) पटृाको अवधि समाप्त भएपछि सो सम्पत्तिको अनुमानित बजार मूल्य पटृाको प्रारम्भमा रहेको सो सम्पत्तिको बजार मूल्यको बीस प्रतिशत भन्दा कम भएको,

(घ) सम्पत्तिको उपयोगी आयुको अन्तिम पच्चीस प्रतिशत आयुभन्दा अगावै प्रारम्भ हुने पटृाको हकमा न्यूनतम पटृा भुक्तानीको वर्तमान मूल्य पटृाको अवधि प्रारम्भ हुँदाको समयमा सो सम्पत्तिको बजार मूल्यको नब्बे प्रतिशत बराबर वा सोभन्दा बढी भएको, वा

(ङ) पटृा लिने व्यक्तिको लागि विशेष किसिमले तयार गरिएको सम्पत्ति र पटृाको अवधि समाप्त भएपछि सो सम्पत्ति पटृा लिने व्यक्तिलाई बाहेक अन्य कुनै व्यक्तिलाई व्यवहारिक प्रयोग नहुने भएको ।

(६) उपदफा (१) बमोजिमको प्रत्येक भुक्तानीलाई उपदफा (३) बमोजिम दुई भागहरूमा विभाजन गरिनेछ र ऋण दाबी अन्तर्गत ब्याज भागलाई बुझाएको वा बुझाउने ब्याजको रुपमा र पूँजीगत भागलाई पूँजीको फिर्ताको रुपमा व्यवहार गर्नु पर्नेछ ।

(७) वित्तीय पट्टा अन्तर्गत पट्टा लिने व्यक्तिलाई पटृा गरिएको सम्पत्तिको स्वामित्व भएको व्यक्ति सरह मानिनेछ र पटृा दिने व्यक्तिको पट्टा लिने व्यक्ति माथि ऋण दावी सरह मानिनेछ ।

(८) पटृा भुक्तानीको वर्तमान मूल्यलाई सामान्य ब्याजदर बराबरको छुट ( डिस्काउण्ट) दर प्रयोग गरी गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : “पटृाको अवधि” भन्नाले पटृा लिने व्यक्तिले पटृा नवीकरण गराउन पाउने अतिरिक्त अवधि समेतलाई सम्झनु पर्छ ।

३३. सम्बद्ध व्यक्तिहरूबीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसि∙) अन्य प्रबन्धहरू : (१) सम्बद्ध व्यक्तिहरूबीच कुनै व्यवस्था भएकोमा सो व्यवस्था सामान्य बजार व्यवहार (आम्र्स लेन्थ) अनुसार सञ्चालन गरिएको भए तिनीहरूको लागि कायम हुनसक्ने करयोग्य आय वा बुझाउन पर्ने कर प्रतिविम्बित हुने किसिमले ती व्यक्तिहरूबीच आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरू विभागले लिखित रुपमा सूचना जारी गरेर वितरण, बिनियोजन वा बाँडफाँड गर्न सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित कुनै कुरा गर्दा विभागले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) कुनै आय, नोक्सानी, रकम वा भुक्तानीको स्रोत र किसिमलाई पुनः चारित्रीकरण गर्न, वा

(ख) कुनै व्यवसाय सञ्चालन गर्न कुनै व्यक्तिले मुख्य कार्यालय खर्च लगायत गर्नु परेको विभिन्न खर्चबाट, सम्बद्ध व्यक्ति वा व्यक्तिहरूलाई फाईदा पुग्न गएकोमा त्यस्तो खर्च व्यवसायको कारोबारको तुलनात्मक आधारमा सम्बद्ध व्यक्तिहरूबीच बाँडफाँड गर्न ।

 

३४. आयको खण्डीकरण : (१) कुनै व्यक्तिले आफ्नो आय अर्को व्यक्तिसंग विभाजन गर्न प्रयत्न गरी सो बाट बुझाउनु पर्ने करमा कुनै कमी आउने देखिएमा दायित्व घटी हुन नदिन विभागले लिखित रुपमा सूचना दिएर प्रत्येक व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरू समायोजन गराउन सक्नेछ ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम व्यक्ति र सम्बद्ध व्यक्तिबीच प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरूद्वारा देहायका रकमहरूको हस्तान्तरण र सो हस्तान्तरणको प्रयोजनले सो व्यक्ति वा सम्बद्ध  व्यक्तिबाट बुझाउनु पर्ने करमा कमी ल्याउन आय विभाजन गर्ने प्रयत्न गरेको अवस्थाहरू समेतलाई जनाउनेछ :–

(क) प्राप्त गरिने रकम वा गरिने खर्चहरू, वा

(ख) कुनै सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिले सो सम्पत्तिबाट प्राप्त गर्ने रकम वा उपभोग गर्ने रकम वा सो सम्पत्तिको स्वामित्व लिए बापत व्यहोरेको खर्च वा दिएको भुक्तानी ।

(३) विभागले उपदफा (२) बमोजिम कुनै व्यक्तिले आय विभाजन गर्न खोजेको हो वा होइन भन्ने कुरा यकीन गर्दा हस्तान्तरणका लागि गरिएको कुनै पनि भुक्तानीको बजार मूल्यको आधार लिनेछ ।

 

३५. कर मुक्ति विरुद्धको सामान्य नियम : विभागले यस ऐन बमोजिम कर दायित्वको यकीन गर्ने प्रयोजनको लागि देहायका कुराहरू गर्न सक्नेछ :–

(क) कर मुक्ति योजनाको भागको रुपमा गरिएको वा गर्न खोजिएको कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई पुनः चारित्रीकरण गर्न,

(ख) कुनै सारभूत आर्थिक असर नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई वेवास्ता गर्न, वा

(ग) सारभूततत्व नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको भागलाई पुनः चारित्रीकरण गर्न ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कर मुक्ति योजना” भन्नाले कर दायित्वबाट मुक्ति पाउने वा कर दायित्वमा कमी ल्याउने मुख्य उद्देश्य भएको कुनै प्रबन्ध सम्झनु पर्छ ।

परिच्छेद–८ सम्पत्ति र दायित्वबाट प्राप्त खूद लाभको निर्धारण

३६. सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ : (१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछ :–

(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खूद नोक्सानी मध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ :–

(क) सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दावी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।

(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरूको छनौट गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(१) “खूद नोक्सानी” भन्नाले – (क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र

(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको करयोग्य गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ ।

(२) “कट्टी हुन नसकेको खूद नोक्सानी” भन्नाले कुनै व्यवसाय वा लगानीको,–

(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खूद नोक्सानी मध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा २ कोखण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र

(ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिन्हा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफाको उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ ।

 

३७. सम्पत्ति तथा दायित्वबाट भएको लाभ नोक्सानी : (१) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरूको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

(२) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

 

३८. सम्पत्ति दायित्वहरू बापतको खर्च खूद खर्च : (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतको खर्चहरूमा देहायका खर्चहरू समावेश हुनेछन्ः–

(क) कुनै सम्पत्तिको सम्बन्धमा देहायका रकमहरू लगायत सो सम्पत्ति प्राप्त गर्दा सो व्यक्तिबाट गरिएका खर्चहरू :–

(१) सो सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको सम्बन्धित खर्च, र

(२) प्राप्तिको परिणामस्वरुप सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिनु पर्ने कुनै रकम ।

(ख) सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत संभार गर्दा लागेको खर्च लगायत सो सम्पत्ति वा दायित्वको स्वामित्व लिँदा निजबाट गरिएको खचर्, र सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिको मर्मत संभार गर्दा लागेको खर्च,

(ग) सो सम्पत्ति वा दायित्वको निसर्ग गर्दा निजबाट गरिएको खर्च, र

(घ) सो सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा र त्यस्तो सम्पत्ति वा दायित्व निसर्ग गर्दा निजबाट गरिएका आकस्मिक खर्चहरू ।

तर यस्तो खर्चमा दफा २१ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमका खर्चहरू र आय निर्धारण गर्दा कट्टी गर्न सकिने हद सम्मका खर्चहरू समावेश गर्नु पर्ने छैन ।

(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खूद खर्चहरू सो समयमा सो सम्पत्ति वा दायित्व बापतका सबै आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको सबै खर्चहरूको योग बढी भए जतिको रकमहरू मानी गणना गर्नु पर्नेछ ।

(३) परिच्छेद–६ र ७ मा उल्लिखित आय गणना गर्दा कट्टी गरिने खर्च रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको खर्च रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिमका खर्चहरूका सम्बन्धमा लागू हुने छन्। तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

 

३९. सम्पत्ति तथा दायित्व बापतका आम्दानी खूद आम्दानी : (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरूमा देहायका रकमहरू समावेश गर्नु पर्नेछ :–

(क) निजले दायित्वको सम्बन्धमा दायित्व वहन गर्दा प्राप्त गरेका रकमहरू,

(ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व बृद्धि गरी प्राप्त गरिएका रकमहरू लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरू, र

(ग) सो सम्पत्ति वा दायित्वको निसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरू ।

तर यस्तो आम्दानीमा कर छुट पाएको रकम, अन्तिम रुपमा कट्टी हुने कर लागेको रकम वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरू समावेश हुने छैनन्।

(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खूद आम्दानीहरूमा सो समयमा सो सम्पत्ति वा दायित्व बापतका खर्चहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरू बढी भए जतिको रकमहरू समावेश गर्नु पर्नेछ ।

(३) परिच्छेद–६ र ७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिम गर्नु पर्नेछ ।

तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

 

४०. सम्पत्ति वा दायित्वको निसर्ग : (१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निसर्ग गरेको मानिनेछ । सम्पत्तिको निसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पटृा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पटृामा दिइनु, रद्द गरिनु, विनास हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निसर्ग गरेको मानिनेछ । दायित्वको निसर्गमा दायित्व फछ्र्यौट, रद्ध, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति वा दायित्वको देहायका अवस्थाहरूमा निसर्ग गरेको मानिनेछ :–

(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि, (ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीहरूको योग सो सम्पत्ति बापतका खर्चहरूको योगभन्दा बढी भएमा,

(ग) ऋण दावी भएको सम्पत्तिको सम्बन्धमा,–

(१) बैड्ढ वा वित्तीय संस्थाको ऋण दावीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा, र

(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दावी असूलउपर नहुने भनी मनासिव रुपमा विश्वास गरेकोमा ।

तर सो ऋण दावी असूलउपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अवलम्बन गरी सकेको हुन पर्नेछ ।

(घ) कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरुप प्रयोग गर्नु भन्दा तत्काल अघि,

(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरूमा, र (च) नेपालमा अवस्थित जग्गा जमिन वा भवन बाहेक, सो व्यक्ति गैर– बासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि ।

(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पटृा अन्तर्गत कुनै सम्पत्ति पटृामा दिएर सो सम्पत्तिको निसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पटृामा दिएको हो त्यस्तो व्यक्तिले निसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ ।

(५) सम्पत्ति तथा दायित्वहरूको निसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :–

(क) यो ऐन प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्ति बापतका खूद खर्चहरूको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ,

(ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिको दायित्व बापतका खूद आम्दानीहरू त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ ।

 

४१. सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग : कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सम्पत्तिको सम्बन्धमा,–

(१) सो व्यक्तिलाई निसर्ग बापत निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र

(२) सो समयसम्म सो सम्पत्ति बापत गरिएका खूद खर्चहरू (आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।

(ख) दायित्वको सम्बन्धमा,–

(१) सो व्यक्तिलाई निसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ, र

(२) सो समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका आम्दानीहरूलाई खर्च रकम बराबरको भए सरह मानिनेछ ।

 

४२. किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग : कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सम्पत्ति निसर्ग गर्ने व्यक्तिलाई निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निसर्गबाट प्राप्त भएको मानिनेछ, र

(ख) निसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

 

४३. पति, पत्नी वा पूर्व पति, पूर्व पत्नी लाई सम्पत्तिको हस्तान्तरण : सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखित रुपमा छनौट गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खूद खर्चहरू बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

 

४४. मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण : कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले सो निसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

 

४५. सम्बद्ध व्यक्तिहरूबीचको हस्तान्तरण अन्य गैर बजार हस्तान्तरणहरू : (१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले सो सम्पत्तिको निसर्गबाट सो सम्पत्तिको निसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्ति बापत भएको खूद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक कर लाग्ने सम्पत्ति वा व्यापारिक मौज्दातका रुपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निसर्ग गरेमा र उपदफा (६) बमोजिमका कुराहरू पूरा भएमा देहाय बमोजिम हुनेछ :–

(क) सो निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खूद खर्च बराबरको रकम सो निसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरू पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रास योग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले सो निसर्ग हुँदाका बखत अनुसूची–२ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य नलिई हस्तान्तरण गरी सो दायित्वको निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिको सो निसर्ग बापत बजार मूल्य वा सो निसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्व बापत भएको खूद आम्दानी मध्ये जुन घटी हुन्छ सो रकम बराबर लागत परेको मानिनेछ, र

(ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लिँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरू पूरा गरी आ नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले उक्त निसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खूद आम्दानी बराबरको रकम सो निसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र

(ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ ।

(६) उपदफा (२), (३) र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरू पूरा गरेको हुनु पर्नेछ :–

(क) निसर्ग गरिएको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ ।

(ख) निसर्ग गरिएको गैर व्यावसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, गैर  व्यावसायिक करयोग्य सम्पत्ति ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात हुनेछ ।

(ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ ।

(घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनु पर्छ तथा सम्बद्ध व्यक्ति कर छुट पाउने व्यक्ति भएको हुनु हुदैन ।

(ङ) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कम्तिमा पचास प्रतिशत रहिरहनु पर्नेछ, र (च) अवस्था अनुसार उपदफा (२), (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखित रुपमा अनुरोध गर्नु पर्नेछ ।

 

४६. सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग : (१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरूमध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रुपमा निसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रुपमा

अनुरोध गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ :–

(१) निसर्ग हुनुभन्दा तत्काल अघि सो सम्पत्ति बापतका खूद खर्च, र

(२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च भन्दा सो निसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जति रकम, र

(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम खर्च गरेको मानिनेछ ।

(१) निसर्ग हुनुभन्दा तत्काल अघि निसर्ग गरिएको सम्पत्ति बापतका खूद खर्चहरू, र

(२) सो निसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जति खर्च ।

(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरूमध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वैच्छिक रुपमा निसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सटृामा सोही किसिमको अर्को दायित्व वहन गरी यो दफा लागू हुन लिखित रुपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ ।

(१) निसर्गको तत्काल अघि सो दायित्व बापतको खूद आम्दानीहरू बापतको रकम,

(२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जतिको खर्च रकम,

(ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम प्राप्त गरेको मानिनेछ :– (१) निसर्ग हुनुभन्दा तत्काल अघि निसर्ग गरिएको दायित्व बापतका खूद आम्दानीहरू, र

(२) निसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जतिको रकम ।

(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरुप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वैच्छिक निसर्ग सिर्जना हुने अवस्थाहरू तोकिए बमोजिम हुनेछ ।

४७. सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग : (१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व वहन गरेको परिणामस्वरुप सो व्यक्तिको स्वामित्वमा भएको अर्को कुनै सम्पत्ति वा वहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निसर्ग भएमा देहाय बमोजिम हुनेछ :–

(क) निसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खूद खर्चहरू भएकोमा सो व्यक्तिले,

(१) गाभिने सम्पत्ति वा दायित्वको निसर्गका सम्बन्धमा सो खूद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी हुने छैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार वहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ ।

(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निसर्गको तत्काल अघि गाभिने दायित्व बापत खूद आम्दानीहरू भएकोमा सो व्यक्तिले :–

(१) गाभिने दायित्वको निसर्ग बापत सो खूद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ ।

तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकम भन्दा बढी हुनु हुंदैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

(२) उपदफा (१) मा उल्लिखित कुराहरूको प्रतिकूल नहुने गरी सो उपदफा देहायका अवस्थाहरूमा समेत लागू हुनेछ :–

(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,

(ख) सो व्यक्तिबाट पटृामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा, र

(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा ।

 

४८. विभाजनबाट हुने सम्पत्ति दायित्वको निसर्ग : कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसंग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसंग सम्बन्धित भारहरू कुनै सम्पत्ति वा सोको कुनै भागको पटृाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछ :–

(क) अधिकार वा भारहरू स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र

(ख) अधिकार वा भारहरू अस्थायी वा सांयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेको मानिने छैन ।

तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप्त गरेको वा नयाँ दायित्व लिएको मानिनेछ ।

 

४९. खर्च तथा आम्दानीहरूको बाँडफाँडबाट हुने निसर्ग : (१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, वहन गर्दा वा निसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरू अवस्थानुसार प्राप्ति, वहन वा निसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरूबीच बाँडफाँड गर्नु पर्नेछ :–

(क) एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा

(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निसर्ग गरेमा ।

(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व वहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेमा सो निसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खूद खर्च वा खूद आम्दानीहरूलाई निसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निसर्गको तत्कालपछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नु पर्नेछ ।

परिच्छेद–९ प्राकृतिक व्यक्ति सम्बन्धी विशेष व्यवस्था

५०. दम्पत्ति : (१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी छनौट गर्न सक्नेछन्।

(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनु पर्ने करको लागि एक अर्कोप्रति संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन्।

 

५१. औषधि उपचार बापत कर मिलान : (१) कुनै प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफैं वा अन्य कुनै व्यक्ति मार्फत गरेको स्वीकृत औषधि उपचार खर्चको लागि कुनै आय वर्षमा औषधि उपचार बापत कर मिलान गर्न दावी गर्न सक्नेछ ।

(२) कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधि उपचार बापत कर मिलानको रकम उपदफा (१) बमोजिमको स्वीकृत औषधि उपचार खर्च रकमको  पन्ध्र प्रतिशतको दरले हुने रकममा उपदफा (४) मा उल्लिखित कुनै रकम भए सो समेत जोडी गणना गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दावी गरिएको औषधि उपचार बापत कर मिलान रकम तोकिएको सीमाभन्दा बढी हुने छैन ।

(४) कुनै आय वर्षमा कुनै प्राकृतिक व्यक्तिको हकमा देहायका हदसम्म खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम बढी भएको रकम जिम्मेवारी सारी आगामी वर्षहरूमा उपदफा (२) बमोजिमको रकममा समावेश गर्न सकिनेछ :– (क) उपदफा (२) बमोजिमको रकम उपदफा (३) बमोजिमको सीमाभन्दा बढी भएमा यस्तो बढी भएको रकम, र

(ख) सो वर्षमा दफा ३ को खण्ड (क) बमोजिमको व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम कम भएको कारणले सो व्यक्तिले औषधि उपचार बापत कर मिलान उपयोग गर्न नसक्ने हदसम्मको रकम ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “स्वीकृत औषधि उपचार खर्च” भन्नाले तोकिए बमोजिमको स्वीकृत औषधि उपचार खर्च सम्झनु पर्छ ।

परिच्छेद–१० निकायहरूका लागि विशेष व्यवस्था

५२. निकायहरूका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरू : (१) कुनै निकाय कर दाखिला गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारीभन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ ।

(२) निकायबाट हुने वितरण दफा ५३ मा उल्लेख भए बमोजिम हुनेछ र त्यसरी हुने वितरणमा दफा ५४ बमोजिम यसका हिताधिकारीलाई कर लगाइनेछ ।

(३) निकायबाट प्राप्त गरिएको रकम र व्यहोरिएको खर्च रकम निकायले अन्य व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको वा खर्च व्यहोरेको वा न व्यहोरेको जे जस्तो भए पनि निकायले प्राप्त गरेको र व्यहोरेको मानिनेछ ।

(४) निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई सोही निकायको स्वामित्व वा भारमा रहेको मानिनेछ । यस्तो स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई अन्य कुनै व्यक्तिको स्वामित्व वा भारमा रहेको मानिने छैन ।

(५) निकायको आयको लागि त्यसको व्यवस्थापक, हिताधिकारी वा निकाय जो सुकैले दाखिला गरेको विदेशी आयकर सो निकायले दाखिला गरेको मानिनेछ ।

(६) कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारीबीचको कारोबारलाई परिच्छेद–७ र दफा ४५ को अधीनमा रही मान्यता दिइनेछ ।

 

५३. निकायबाट हुने वितरण : (१) निकायबाट हुने वितरणमा देहायका कुराहरू समावेश गर्नु पर्नेछ :–

(क) निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी, वा

(ख) मुनाफाको पूँजीकरण ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (क) मा उल्लेख भएको कुनै भुक्तानी निम्न अवस्थाहरूमा मात्र वितरण भएको मानिनेछ :–

(क) निकायबाट प्राप्त हुनसक्ने प्रतिफलको सटृामा हिताधिकारीले उक्त निकायलाई भुक्तानी गरेको रकमभन्दा सो भुक्तानी बढी भएमा, र (ख) सो भुक्तानीमा निम्न रकमहरू समावेश नभएमा :–

(१) हिताधिकारीको आयको गणना गर्दा समावेश भएका रकमहरू, (२) वितरणको कारणले बाहेक अन्तिम रुपमा कर कट्टी भएको भुक्तानीहरू ।

(३) कुनै निकायको वितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पूँजीको फिर्ता मानिनेछ ।

(४) देहायका कुनै अवस्थामा कुनै निकायको वितरणलाई दफा ५५ को अधीनमा रही मुनाफाको वितरण मानिनेछ :–

(क) उपदफा (३) मा उल्लिखित किसिमको वितरण भएमा र वितरणको समयमा निकायको दायित्वको बजार मूल्य तथा पूँजीकृत गरिएको मुनाफा समेत समावेश भएको पुँजी योगदान रकमको जम्मा रकमभन्दा सम्पत्तिको बजार मूल्य बमोजिमको रकम बढी भएमा,

(ख) मुनाफाको पूँजीकरण भएमा ।

(५) उपदफा (३) मा उल्लिखित वितरण मुनाफाको वितरण नभएको हदसम्म पूँजी फिर्ता भएको मानिनेछ ।

(६) कुनै निकायको वितरण पूँजीको फिर्ता नभएको हदसम्म सो निकायको लाभांश मानिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मुनाफाको पूँजीकरण” भन्नाले बोनस शेयर वा यस्तै कुनै हित जारी गरी पुँजीकृत गरेको वा सो निकायको हितको चुक्ता रकममा बृद्धि गरेको वा निकायको प्रिमियम तथा पूँजी खातामा नाफालाई आम्दानी बाँधेको समेतलाई जनाउँछ ।

 

५४. लाभांशको कर : (१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछ :–

(क) कुनै कम्पनीको शेयरवालालाई अन्तिम रुपमा कर कट्टीको विधिले कर लाग्नेछ, र

(ख) अन्य निकायहरूलाई कर लाग्ने छैन ।

(२) कुनै गैर बासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा कम्पनीले कर छुट हुने संस्थालाई वितरण गरेको लाभांश बाहेक अरु बासिन्दा कम्पनीलाई लाभांश वितरण गर्दा लाभांश पाउने बासिन्दा कम्पनीले लाभांश वितरण गर्ने बासिन्दा कम्पनीको पच्चीस प्रतिशत वा सोभन्दा बढी मताधिकारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले एक वा बढी आफैं वा सम्बद्ध निकाय मार्फत नियन्त्रण गरेमा त्यस्तो बासिन्दा कम्पनीलाई वितरण गरिएको लाभांशमा कर लाग्ने छैन ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा देहायको अवस्थामा लागू हुने छैन :–

(क) लाभांश वितरण गर्ने कम्पनीको बिमोचनीय (रिडिमिवेवल) शेयरको स्वामित्वका कारण कुनै कम्पनीलाई वितरण गरिएको लाभांश ।

(ख) दफा ५८ मा उल्लेख गरिएको लाभांश ।

(५) कुनै निकायको हिताधिकारीको हित बापत प्राप्त हुने परिच्छेद–८ बमोजिमका आम्दानीहरूमा सो हित बापत कुनै निकायबाट गरिएको पूँजीको फिर्ता रकम समावेश गर्नु पर्नेछ ।

तर निकायले वितरण गरेको लाभांश समावेश गर्नु पर्ने छैन ।

५५. निकायको बिघटन : (१) कुनै निकायको बिघटनको क्रममा हितहरूको निसर्ग हुँदा कुनै हिताधिकारीले पाउने नाफाको अंश र योगदान गरेको पूँजिको अंशको अनुपातमा गरेको वितरणलाई निम्न सबै अवस्थाहरू पूरा भएमा सो निकायको आंशिक लाभांश र आंशिक पूँजीको भुक्तानी मानिनेछ ।

(क) प्रचलित कानूनको प्रक्रिया पूरा गरी कुनै निकायले आ नो हित खरिद गरेको वा कुनै निकायको बिघटन भएको कारणबाट समेत सो निकायमा रहेको हितको खारेजी, मोचन वा समर्थनको सम्बन्धमा त्यस्तो निकायबाट कुनै वितरण गरिएको,

(ख) पूर्ण बिघटन भएकोमा बाहेक सो निकायको मुनाफाको अंशमा हिताधिकारीहरूको अधिकारको उपयुक्त अनुपातमा वितरणको गणना नभएको वा मनासिव रुपमा हुन नसकेको, र

(ग) सो निसर्गपछि सो वितरण प्राप्त गर्ने सो हिताधिकारी सो निकायसंग सम्बद्ध व्यक्ति नभएको ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायमा रहेको कुनै हिताधिकारीको हित सो निकायले प्रचलित कानून बमोजिम मान्यता प्राप्त धितोपत्र बिनिमय बजार मार्फत खरिद गरी उक्त हिताधिकारीलाई गरेको वितरणमा सो उपदफा र दफा ५३ को व्यवस्था लागू हुने छैन ।

 

५६. निकाय हिताधिकारीबीचको कारोबार : (१) दफा ४५ को अधीनमा रही कुनै निकाय तथा सो निकायको हिताधिकारीबीच एक अर्कामा वितरणको कुनै तरिका वा अन्य कुनै किसिमले सम्पत्तिको स्वामित्वको हस्तान्तरणबाट सम्पत्ति निसर्ग भएमा देहाय बमोजिम हुनेछ :–

(क) सम्पत्ति हस्तान्तरणकर्ताले सो सम्पत्तिको निसर्ग हुनुभन्दा तत्काल अघिको बजार मूल्य सरहको रकम सो निसर्गबाट प्राप्त गरेको मानिनेछ, र

(ख) सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिको सो सम्पत्ति प्राप्त गर्दा खण्ड

(क) मा उल्लेख भए बराबरको रकम लागत परेको मानिनेछ ।

(२) दफा ४५ को अधीनमा रही कुनै निकाय र सो निकायको कुनै हिताधिकारीबीच एक अर्कामा कुनै दायित्वको हस्तान्तरणबाट सो दायित्वको निसर्ग भएमा देहाय बमोजिम हुनेछ :–

(क) दायित्व हस्तान्तरणकर्ताको सो दायित्व निसर्ग हुनुभन्दा तत्कालअघिको बजार मूल्य सरहको रकम सो दायित्व निसर्ग गर्दा लागत परेको मानिनेछ, र

(ख) दायित्व हस्तान्तरण गरिलिने सो व्यक्तिले दायित्व लिँदा खण्ड (क) मा उल्लेख भए बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

(३) कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ ।

तर तोकिएको कुनै अवस्थामा यो उपदफामा उल्लेख गरिएको कुरा लागू नहुने गरी व्यवस्था गर्न सकिनेछ ।

 

५७. नियन्त्रणमा परिवर्तन : (१) कुनै निकायको बिगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिनेछ ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन :–

(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको ब्याज कट्टा गर्न,

(ख) स्वमित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,

(ग) स्वामित्वका परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४), दफा ५९, वा ६० बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछाडि लैजान,

(घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) को खण्ड (ख) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,

(ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो  रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,

(च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,

(छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बिमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न, वा

(ज) स्वामित्व परिवर्तन हुनुअघि विदेशी आयका सम्बन्धमा दाखिला गरेको करलाई दफा ७१ को उपदफा (३) बमोजिम आगामी वर्षमा सार्न ।

(३) कुनै निकायको स्वामित्वमा कुनै आय वर्षमा उपदफा (१) मा उल्लिखित किसिमले परिवर्तन भएमा सो आय वर्षको स्वामित्व परिवर्तन अघि र पछिको भागहरूलाई छुट्टाछुट्टै आय वर्षहरूको रुपमा मानिनेछ ।

 

५८. लाभांश कर घटाउन नदिने व्यवस्था : (१) कुनै निकायले देहाय बमोजिम लाभांश वितरण गरेमा लाभांश कर घटाउन प्रबन्ध गरेको मानिनेछ :–

(क) चालू वा अपेक्षित मुनाफा संचित गरेकोमा,

(ख) हित प्राप्त गर्ने कुनै व्यक्तिले सो निकायको कुनै हित प्राप्त गर्छ र सो हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले सो निकायको हालको वा साबिकको हिताधिकारीलाई वा निजको सम्बद्ध व्यक्तिलाई हित प्राप्तिसंग सम्बन्धित भए वा नभए पनि र हित प्राप्तीको समयमा भुक्तानी भए वा नभए पनि कुनै भुक्तानी गरेकोमा,

(ग) सो भुक्तानी पूर्ण वा आंशिक रुपमा निकायको मुनाफामा प्रतिबिम्बित भएमा, वा

(घ) सो निकायबाट हित प्राप्तकर्ताले हित प्राप्त गरेपछि सो निकायले सो हित प्राप्तकर्तालाई लाभांश वितरण गरेकोमा र सो लाभांशले पूर्ण वा आंशिक रुपले सोमुनाफामा समेटेमा ।

(२) उपदफा (१) बमोजिम गरिएको लाभांश कर घटाउने प्रबन्ध अन्तर्गत कुनै निकायबाट लाभांश वितरण गरिएकोमा सो प्रबन्धलाई देहायसरह भएको मानिनेछ :–

(क) हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले गरेको भुक्तानीलाई सो व्यक्तिले गरेको भुक्तानी नमानी सो निकायले खण्ड (ख) मा उल्लिखित साबिक वा हालको हिताधिकारीलाई लाभांश वितरण गरे सरह मानिनेछ ।

(ख) सो निकायबाट हित प्राप्तकर्तालाई वितरण गरिएको लाभांश खण्ड (क) मा उल्लिखित लाभांशबाट सो भुक्तानी भनिएको रकम घटाई हुन आउने रकम बराबर भएको मानिनेछ ।

परिच्छेद–११ बैंकिङ्ग र बिमा व्यवसाय सम्बन्धी विशेष व्यवस्था

५९. बैंकिङ्ग व्यवसाय : (१) बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसाय भन्दा बैंकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छट्टै गणना गर्नु पर्नेछ ।

(२) कुनै व्यक्तिलाई कुनै आय वर्षमा बैंकिङ्ग व्यवसायबाट नोक्सान भएमा सो व्यक्तिले त्यस्तो नोक्सानी सो व्यवसायको विगतका पाँच आय वर्षहरूको आयबाट तोकिए बमोजिम घटाउन पाउनेछ ।

(३) उपदफा (२) बमोजिम नोक्सानी घटाउँदा देहाय बमोजिम भएको हुनु पर्नेछ :–

(क) विगत आय वर्षमा सो व्यवसायबाट प्राप्त कुनै आय भन्दा बढी हुन नहुने,

(ख) कूल योग नोक्सानीको रकमभन्दा बढी हुन नहुने,

(ग) दफा २० को प्रयोजनको लागि कट्टा गर्न नपाएको नोक्सानीको रकम घट्ने ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “बैंकिङ्ग व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम बैंकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त बैड्ढ तथा वित्तीय संस्थाहरूले सञ्चालन गरेको बैंकिङ्ग कारोबार सम्झनु पर्छ ।

 

६०. सामान्य बिमा व्यवसाय : (१) सामान्य बिमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसाय भन्दा बिमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(२) सामान्य बिमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–

(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नु पर्ने कुनै अन्य रकमहरूका अतिरिक्त देहायका रकमहरू पनि समावेश गर्नु पर्नेछ :–

(१) सो व्यक्तिले सो वर्षमा सो व्यवसाय सञ्चालन गरी प्राप्त गरेको पुनर्बिमाको प्रिमियम लगायत बिमाको प्रिमियम बापतको रकम, र

(२) पुनर्बिमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरू ।

(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरू पनि कट्टा गर्न पाउनेछ :–

(१) सो व्यवसाय सञ्चालन गर्दा सो व्यक्तिबाट बिमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरू, र

(२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बिमीतलाई फिर्ता दिइएका प्रिमियमहरू ।

(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा दर्ता भएको सामान्य बिमा व्यवसायबाट नोक्सानी भएमा सो व्यक्तिले त्यस्तो नोक्सानी सो व्यवसायको विगत पाँच आय वर्षहरूको आयबाट तोकिए बमोजिम घटाउन पाउनेछ ।

(४) उपदफा (३) बमोजिम नोक्सानी घटाउँदा देहाय बमोजिम भएको हुनु पर्नेछ :–

(क) सो विगत आय वर्षमा सो व्यवसायबाट प्राप्त कुनै आय भन्दा बढी हुन नहुने,

(ख) कूलयोग नोक्सानीको रकमभन्दा बढी हुन नहुने,

(ग) दफा २० को प्रयोजनको लागि कट्टा गर्न नपाएको नोक्सानीको रकम घट्ने ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “दर्ता भएको सामान्य बिमा व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम नेपालमा दर्ता भई सामान्य बिमा कारोबार गर्ने बिमा व्यवसाय सम्झनु पर्छ ।

 

६१. लगानी बिमा व्यवसाय : (१) लगानी बिमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसाय भन्दा लगानी बिमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(२) लगानी बिमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आय गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–

(क) देहायका रकमहरू बाहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरू समावेश गर्ने :–

(१) सो व्यक्तिले सो व्यवसाय सञ्चालन गर्दा प्रिमियम लगायत बिमा प्रिमियम बापतको रुपमा सो आय वर्षमा प्राप्त गरेको पुनर्बिमाको रकम, र

(२) पुनर्बिमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड (ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरू ।

(ख) देहायका रकमहरू बाहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरू कट्टी गर्ने :–

(१) कुनै व्यक्तिले बिमकको हैसियतमा उक्त व्यवसाय सञ्चालन गर्दा गरेको भुक्तानीहरू, र

(२) खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित बिमीतलाई फिर्ता भएको प्रिमियम ।

(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड (१) र (२) मा उल्लिखित रकमहरू सो व्यक्तिको सम्पति वा दायित्व बापतका आम्दानी र खर्चहरूमा समावेश गर्नु पर्नेछ ।

(४) कुनै व्यक्तिको लगानी बिमा व्यवसायको लगानी बिमा सम्झौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिने छैन ।

६२. बिमाबाट प्राप्त रकम : (१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो ब्यक्तिले बिमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बिमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछ :–

(क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बिमीत उपर अन्तिम रुपमा हुने कर कट्र्टीद्वारा कर लगाइनेछ, र

(ख) गैर बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बिमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “लगानी बिमाबाट प्राप्त लाभ” भन्नाले सो बिमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बिमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ ।

परिच्छेद–१२ अवकाश बचत सम्बन्धी विशेष व्यवस्था

६३. अवकाश कोषको स्वीकृति : (१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।

(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य आयबाट घटाई पाउन दावी गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दाबी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन ।

६४. अवकाश कोषमा कर : (१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरू कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ ।

तर–

(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता योगदानलाई गणनामा समावेश गरिने छैन ।

(ख) अवकाश भुक्तानीहरू सो कोषको खर्च हुने छैन र त्यस्ता भुक्तानीलाई आयको गणना गर्दा कट्टी गर्न पाईने छैन ।

(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन ।

(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन ।

(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रुपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा कम्पनीलाई लाग्ने करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछ :–

(क) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषमा जम्मा भएको सबै अवकाश योगदानहरू र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,

(ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषले भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम ।

 

६५. अवकाश भुक्तानीहरू : (१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृत अवकाश कोषमा रहेको हितबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :–

(क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरूलाई आयमा समावेस गर्नु पर्नेछ, र

(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यदि त्यस्तो भुक्तानी एकमुष्ठ रुपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भूक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ मानिनेछ ।

(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछ :–

(क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रुपमा हुने कर कट्टीको रुपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ, र

(ख) गैर बासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ” भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझाइएको अवकाश योगदानहरूको रकमभन्दा सो कोषबाट सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए यस्तो बढी भए जतिको रकम सम्झनु पर्छ ।

 

६६. अवकाश कोषमा रहेको हित बापतका खर्च आम्दानीहरू : (१) कुनै अवकाश कोषमा कुनै प्राकृतिक व्यक्तिको हितको रुपमा रहेको कुनै सम्पत्ति बापत गरिएको खर्चमा देहायका रकम समावेस गर्नु पर्नेछ :–

(क) सो प्राकृतिक व्यक्तिले हितको सन्दर्भमा गरेको सबै अवकाश योगदानहरू, र

(ख) सो कोषबाट दफा ६४ को उपदफा (३) बमोजिम कर दाखिला गरिएकोमा सो कोष स्वीकृत अवकाश कोषको रुपमा स्वीकृत भएको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको बीचको अवधिमा उपदफा (२) बमोजिम सो सम्पत्ति बापतका आम्दानीहरूमा समावेश गरिएको रकम ।

तर उपरोक्त रकमहरू दफा ३८ मा उल्लिखित खर्चमा समावेस भएको हुनु हुदैन ।

(२) कुनै स्वीकृत अवकाश कोषमा कुनै व्यक्तिको हितको रुपमा रहेको कुनै सम्पत्ति बापतका आम्दानीहरूमा सो हितका सम्बन्धमा गरिएका अवकाश योगदानहरू बापत दफा ६३ को उपदफा (२) बमोजिम सो व्यक्तिबाट दावी गरिएका छुटहरू समावेश गर्नु पर्नेछ ।

परिच्छेद–१३ अन्तर्राष्ट्रिय कर

६७. आयको स्रोत, नोक्सानी, लाभ भुक्तानी : (१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।

(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू,

(ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरू ।

(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।

(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरू,

(ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू ।

(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछ :–

(क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खूद लाभ,

(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ र रकमहरू,

(ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरू ।

(४) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नु पर्ने दायित्व समावेश भएकोमा सो सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ ।

(५) आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरूमा देहायका रकमहरू समावेश भएकोमा त्यस्ता रकमहरूको स्रोत नेपालमा भएको मानिनेछ :–

(क) नेपालमा रहेका सम्पत्तिहरूका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लिखित लागतको खर्च कट्टी गर्न पाउने रकम,

(ख) नेपालमा रहेका सम्पत्तिका सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरू तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरू, र

(ग) खण्ड (क) र (ख) का अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरू ।

(६) देहायका भुक्तानीहरूको स्रोत नेपालमा रहेको मानिनेछ :–

(क) बासिन्दा निकायबाट भुक्तानी दिइएको लाभांशहरू,

(ख) बासिन्दा व्यक्तिबाट तिरिएको ब्याज,

(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,

(घ) नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग बापत भुक्तानी गरिएको वहाल रकम,

(ङ) कुनै ब्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्न अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,

(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बिमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बिमा बापतको रकम र सो व्यक्तिलाई साधारण बिमा बापत बुझाइएकोप्रिमियम,

(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससिपमेन्ट) गरेको परिमाणस्वरुप बाहेक नेपालमा स्थल, सामुद्रिक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय सञ्चालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानी :–

(१) प्रस्थान गर्ने यात्रुहरूको ओसार पसार गर्ने, वा

(२) डाक, पशुपंक्षी वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने ।

(ज) तार, रेडियो, अप्टिकल फाईवर वा भू–उपग्रह जस्ता सञ्चारको माध्यमबाट खबर वा सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना नेपालमा उत्पत्ति भएको वा नभएको जे भएपनि नेपालमा स्थापित संयन्त्रहरूबाट खबर वा सूचनाको सम्प्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको भुक्तानी,

(झ) रोजगार गर्न वा सेवा प्रदान गर्न वा सो कार्यहरूमा बन्देज माने बापत खण्ड (छ) वा (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरू :–

(१) भुक्तानीको स्थान जहाँसुकै भए पनि नेपालमा सो कार्यहरू भएमा, वा

(२) सो कार्यहरू जहाँसुकै भए पनि नेपाल सरकारले भुक्तानी दिने भएमा ।

(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (झ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम, लगानी बिमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरू सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,

(ट) नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरू, र

(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए बाहेकका देहायका भुक्तानीहरू :–

(१) नेपालमा रहेको सम्पत्तिको निसर्गको सम्बन्धमा वा नेपालमा बहन गर्नु पर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरू, वा

(२) नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरू ।

(७) माथिका उपदफाहरूमा लेखिए बमोजिम नेपालमा स्रोत भएका मानिने बाहेक कुनै आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकीन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी  उल्लेख भएका सन्दर्भहरू कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन्।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि, –

(क) “नेपालमा रहेको सम्पत्ति” भन्नाले नेपालमा रहेका जग्गा जमीन वा भवनहरू तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकाय संग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हित समेत सम्झनु पर्छ ।

(ख) “नेपालमा बहन गर्नु पर्ने दायित्व” भन्नाले बासिन्दा व्यक्तिको दायित्व सम्झनु पर्छ ।

 

६८. विदेशी स्थायी संस्थापनहरू : (१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनका अन्य व्यवस्थाहरूको अधीनमा रही गैर बासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ ।

(२) विदेशी स्थायी संस्थापनको आयबाट दफा ६९ बमोजिम सो संस्थापनको स्वामित्व भएको व्यक्तिको आय छुट्याउनु पर्नेछ ।

(३) गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दफा ३ को खण्ड (ख) मा उल्लेख भए बमोजिमको स्थायी संस्थापन उपर कर लाग्नेछ ।

(४) गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ ।

 

६९. नियन्त्रित विदेशी निकायहरू : (१) कुनै निकायले कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा सो निकायले सो वर्षमा भएको सम्वद्ध आयको लाभांश वितरण गरेमा आफ्ना हिताधिकारीहरूलाई समानुपातमा देहाय बमोजिम लाभांश वितरण गरेको मानिनेछ :–

(क) लाभांश वितरण गर्दा सो आयमा रहने सो हिताधिकारीहरूको अधिकार अनुसार, वा

(ख) ती अधिकारहरू मनासिब रुपमा निश्चित नभएमा विभागले परिस्थिति अनुरुप उपयुक्त ठानेको तरिका अनुसार ।

(२) कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा रहेको निकायबाट सो आय वर्षमा उपदफा (१) बमोजिम बाहेक वितरण गरिएका लाभांशहरूमा कर लाग्ने छैन ।

(३) लाभांश वितरणको समयमा नियन्त्रित विदेशी निकायसंग सम्बद्ध रहेका हिताधिकारीहरूलाई सो निकायबाट उपदफा (१) बमोजिम वितरण गरिएको मानिने लाभांशको सम्बन्धमा देहाय बमोजिम भएको मानिनेछ :–

(क) सो निकायको सम्बद्ध आयको किसिम र स्रोत सरहको विशेषता भएको, र

(ख) सो निकायको सम्बद्ध आयको प्रत्येक किसिम र स्रोत मध्येबाट समानुपातिक रुपमा वितरण गरेको ।

(४) उपदफा (३) बमोजिम वितरण गरिएको मानिने रकमका सम्बन्धमा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम दाखिला गरिएको मानिने समेत कुनै नियन्त्रित विदेशी निकायबाट दाखिला गरिएको कुनै कर सो निकायसंग सम्बद्ध हिताधिकारीका लागि छुट्याउनु पर्नेछ ।

(५) बाँडफाँडको समयमा उपदफा (४) बमोजिम छुट्याइएको कर हिताधिकारीले दाखिला गरेको मानिनेछ र त्यस्तो करका लागि हिताधिकारीले दफा ७१ मा व्यवस्था गरिए बमोजिम कर मिलान गर्ने सुविधा पाउन सक्नेछ ।

(६) वितरणको समयमा उपदफा  (१) बमोजिम हिताधिकारीलाई वितरण गरिएको मानिने रकमलाई सो प्रापक हिताधिकारीको सो वितरण गर्ने निकायमा हितको रुपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको खर्चमा समावेश गर्नु पर्नेछ ।

(७) वितरणको समयमा उपदफा (२) बमोजिम कर छुट पाउने हिताधिकारीलाई वितरण गरिएको लाभांशलार्इं प्रापक हिताधिकारीको सो वितरण गर्ने निकायमा हितको रुपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानीमा समावेश गर्नु पर्नेछ ।

(८) यस ऐनको प्रयोजनको लागि दाखिला गरेको विदेशी आयकरलाई वा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम कुनै नियन्त्रित विदेशी निकायले दाखिला गरे सरह मानिएको विदेशी आयकरलाई सो निकायले यस ऐन बमोजिम दाखिला गरेको वा दाखिला गरे सरह मानिएको कर रकम मानिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(क) “सम्बद्ध आय” भन्नाले कुनै आय वर्षमा कुनै नियन्त्रित विदेशी निकायको करयोग्य आय गणना गर्दा सो निकायलाई बासिन्दा निकाय भए सरह मानी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ ।

(ख) “नियन्त्रित विदेशी निकाय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको प्रत्यक्ष रुपमा वा एक वा बढी मध्यस्थ गैर बासिन्दा निकायहरूको माध्यमबाट अप्रत्यक्ष रुपमा हित रहेको कुनै गैर बासिन्दा निकायलाई जनाउँछ र सो व्यक्ति सो निकायसंग सम्बद्ध रहेको छ वा सो सम्बद्ध मानिने व्यक्ति तथा कुनै अन्य बढीमा चार बासिन्दा व्यक्तिहरू सो निकायसंग सम्बद्ध भएको भए त्यस्तो निकायलाई पनि नियन्त्रित विदेशी निकाय सम्झनु पर्छ ।

 

७०. नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दालाई लाग्ने कर : (१) जल यात्रा सञ्चालन, चार्टर सेवा सञ्चालन वा हवाई यातायात सञ्चालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससिपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरूबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ :–

(क) नेपालबाट प्रस्थान हुने यात्रुहरूको ओसार पसार, वा

(ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसार पसार ।

(२) तार, रेडियो, अप्टिकल फाइवर वा भू–उपग्रह सञ्चारको व्यवसाय सञ्चालन गर्ने गैर बासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको सम्प्रेषणबाट प्राप्त रकमहरू समावेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरूमा अनुसूची–१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ ।

तर, (क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नु पर्ने कर गणना गर्दा ती रकमहरूलाई गणना गर्नु पर्नेछैन,

(ख) ती रकमहरूको गणनासंग सम्बन्धित खर्चहरू सो बाँकी करयोग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र

(ग) ती रकमहरूका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नु पर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउनेछैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “गैर बासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरूको समूहभित्र रहेको बासिन्दा निकाय सम्झनु पर्छ ।

 

७१. वैदेशिक कर मिलान : (१) कुनै बासिन्दा व्यक्तिले कुनै आय वर्षमा दाखिला गरेको कुनै विदेशी आय कर सो व्यक्तिको निर्धारणयोग्य विदेशी आय बापत दाखिला गरिएको करको हदसम्म सो आय वर्षमा सो विदेशी आयकर बापत कर मिलानको दावी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम दावी गरिएको विदेशी कर मिलानको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–

(क) प्रत्येक देशको स्रोतको निर्धारणयोग्य विदेशी आयकालागि छुट्टाछुट्टै गणना गर्नु पर्नेछ, र

(ख) प्रत्येक गणनाका सम्बन्धमा सो वर्षमा उक्त व्यक्तिको नेपालको करको औसत दरभन्दा निर्धारणयोग्य विदेशी आयका हकमा बढी करको दरले सो विदेशी कर मिलानको दावी गर्न पाइने छैन ।

(३) उपदफा (२) को खण्ड (ख) मा व्यवस्था गरिएको सीमाको कारणले उपदफा (१) बमोजिम विदेशी कर मिलान गर्न पाउने सुविधा प्रदान नगरिने कुनै व्यक्तिको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको कुनै विदेशी आयकरलाई देहाय बमोजिम गर्न पाइनेछ :–

(क) आगामी वर्षमा सार्न सकिने, र

(ख) यस्तो विदेशी आय भएको देशमा स्रोत रहेको सो व्यक्तिको भावी आयवर्षको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको मानिने ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दावी छोडी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर बापतको रकम खर्च दावी गर्न पनि सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(क) “निर्धारणयोग्य विदेशी आय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको सो वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको सो व्यक्तिको निर्धारणयोग्य आयमा समावेश गरिने देहाय बमोजिमको आय सम्झनु पर्छ :–

(१) विदेशी स्रोतबाट भएको आय, वा

(२) जुनसुकै स्रोतको भए तापनि दफा ६९ अन्तर्गत सो बासिन्दा व्यक्तिलाई वितरण गरिएको मानिने गैर बासिन्दा व्यक्तिको आय ।

(ख) “नेपालको करको औसत दर” भन्नाले कुनै आय वर्षमा कुनै व्यक्तिको कुनै विदेशी कर मिलान गर्नु अगावै सो वर्षमा सो व्यक्तिको करयोग्य आयको दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले सो वर्षमा दाखिला गर्नु पर्ने करको गणना गरिने नेपालको करको दर सम्झनु पर्छ ।

परिच्छेद–१४ कर प्रशासन तथा आधिकारिक कागजात

७२. विभाग : (१) यस ऐनको कार्यान्वयन तथा प्रशासन गर्ने कामको लागि विभाग जिम्मेवार हुनेछ ।

(२) उपदफा (१) मा उल्लिखित विभागको जिम्मेवारी पूरा गर्ने कार्यमा विभागलाई सघाउ पु–याउन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विभाग मातहतमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न र ती कार्यालयहरूको कार्यक्षेत्र तोक्न सक्नेछ । यसरी कार्यक्षेत्र तोकिएका कार्यालयहरू विभागकै अङ्गका रुपमा रहेको मानिनेछन्।

(३) विभागमा देहाय बमोजिमका अधिकृत तथा अन्य कर्मचारीहरू रहन सक्नेछन्ः–

(क) महा–निर्देशक,

(ख) आवश्यक संख्यामा उप–महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत, र

(ग) अन्य कर्मचारी ।

(४) नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही महानिर्देशकले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) यस ऐन बमोजिम विभागलाई प्राप्त कुनै पनि अधिकारको प्रयोग गर्न,

(ख) उपदफा (५) र (६) को अधीनमा रही खण्ड (क) बमोजिमको अधिकार कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गर्न,

(ग) आन्तरिक राजश्व कार्यालय नरहेको ठाउँमा खण्ड (क) बमोजिमको अधिकारमध्ये दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न, दफा १२९ बमोजिम कसूर थपेर जोड्न वा दफा ८२ बमोजिम कुनै अधिकृतलाई अख्तियारी दिन बाहेक अन्य सबै वा केही अधिकार निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न ।

(५) नेपाल सरकार वा महानिर्देशकले दिएको निर्देशनको अधीनमा रही उप–महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत तथा कार्यालय प्रमुखको रुपमा रहने कर अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) यस ऐन बमोजिम विभागलाई प्राप्त अधिकारमध्ये दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न वा दफा १२९ बमोजिम कसूर थपेर जोडन बाहेक अन्य अधिकारहरू प्रयोग गर्न, र (ख) उपदफा (६) को अधीनमा रही विभागको कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी त्यस्तो अधिकार प्रत्यायोजन गर्न ।

(६) महानिर्देशक, उप–महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत वा कार्यालय प्रमुखको रुपमा रहने कर अधिकृत बाहेकको विभागको कुनै अर्को अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) देहायका अधिकारहरू बाहेक विभागलाई भएको अधिकारहरूमध्ये सो अधिकृतलाई प्रत्यायोजन गरिएका कुनै अधिकारको प्रयोग गर्न सक्नेछ :–

(१) दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न वा दफा १२९ अन्तर्गत कसूर थपेर जोडन, वा

(२) दफा ८२ बमोजिम कुनै अधिकृतलाई अख्तियारी दिन वा दफा १०९ बमोजिम सूचना जारी गर्न, र

(ख) आफूलाई प्रत्यायोजन गरिएको कुनै अधिकार पुनः प्रत्यायोजन गर्न सक्ने छैन ।

 

७३. अन्तर्राष्ट्रिय सम्झौताहरू : (१) कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानून बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारले विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।

(२) नेपालसंग सम्पन्न भएका कुनै अन्तर्राष्ट्रिय सम्झौता बमोजिम अर्को देशको सक्षम अधिकारीले सो अर्को देशको कर कानून अन्तर्गत कुनै बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने रकम नेपालमा संकलन गरिदिन विभागलाई अनुरोध गरेको अवस्थामा यो उपदफा लागू हुनेछ ।

(३) उपदफा (२) लागू हुने अवस्थामा विभागले सो सक्षम अधिकारीलाई सो रकम पठाउने प्रयोजनको लागि कर बक्यौता राख्ने सो व्यक्तिलाई लिखित रुपमा सूचना गरी सो सूचनामा उल्लेख गरिएको मितिभित्रमा त्यस्तो रकम विभागमा दाखिला गर्न लगाउन सक्नेछ ।

(४) कुनै अन्तर्राष्ट्रिय सम्झौतामा नेपालले आय वा भुक्तानीमा छुट दिनु पर्ने वा आय वा भुक्तानीमा करको घटाइएको दर लगाउनु पर्ने गरी व्यवस्था गरिएको भएमा यो उपदफा लागू हुनेछ ।

(५) उपदफा (४) लागू भएको अवस्थामा देहाय बमोजिमको कुनै निकायलाई कर छुट वा कर कट्टीको सुविधा उपलब्ध हुने छैन :–

(क) सो सम्झौताको प्रयोजनको लागि सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको बासिन्दा मानिने निकाय, र

(ख) सो निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा प्राकृतिक व्यक्तिहरूद्वारा वा कुनै प्राकृतिक व्यक्तिको हित नरहेको निकायहरूद्वारा ग्रहण गरिएको, र सो सम्झौताको प्रयोजनको लागि सो व्यक्तिहरू वा निकायहरू सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको वा नेपालको पनि बासिन्दा नभएको ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अन्तर्राष्ट्रिय सम्झौता” भन्नाले देहायको व्यवस्था गर्ने कुनै विदेशी सरकारसंग सम्पन्न गरिएको नेपालको हकमा लागू भएको कुनै सन्धि वा सम्झौता सम्झनु पर्छ :–

(क) दोहोरो करबाट मुक्ति दिने र वित्तीय छल निरोध गर्ने, वा

(ख) कर दायित्वको कार्यान्वयनमा पारस्परिक प्रशासनिक सहायता प्रदान गर्ने ।

७४. करदाताको अधिकार : (१) करदाताले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कर्तव्य पूरा नगरी उपदफा (२) मा उल्लिखित कुनै पनि अधिकारको उपभोग गर्न पाउने छैन ।

(२) करदातालाई यस ऐन बमोजिम कर वुझाउने सन्दर्भमा देहाय बमोजिमको अधिकार हुनेछ :–

(क) सम्मानपूर्वक व्यवहारको अधिकार,

(ख) करसम्बन्धी कुराहरूको सूचना प्रचलित कानून बमोजिम प्राप्त गर्ने अधिकार,

(ग) करसम्बन्धी कुरामा सफाईको सवूद पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,

(घ) प्रतिरक्षाको लागि कानून व्यवसायी वा लेखापरीक्षक मुकरर गर्ने अधिकार, र

(ङ) करसम्बन्धी गोपनीय कुराहरू यस ऐनमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने अधिकार ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “करदाता” भन्नाले दफा ३ मा उल्लेख भए बमोजिम कर लगाई असुल उपर गरिने व्यक्ति सम्झनु पर्छ ।

 

७५. सार्वजनिक परिपत्र : (१) यस ऐनको कार्यान्वयनमा एकरुपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृतहरू लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरूलाई मार्गनिर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाहरूको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरू जारी गर्न सक्नेछ ।

(२) विभागले उपदफा (१) बमोजिम जारी गरिएका परिपत्रहरू सर्वसाधारणको जानकारीका लागि विभागमा वा विभागले आवश्यक्तानुसार अन्य कुनै स्थानमा वा कुनै माध्यमद्वारा उपलब्ध गराउनेछ ।

(३) उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगरिएसम्म सो परिपत्र बमोजिम कारवाही गर्न विभाग वाध्य हुनेछ ।

 

७६. पूर्वादेश : (१) कुनै व्यक्तिले आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रबन्धका सम्बन्धमा यो ऐन लागू हुने अवस्था बारे कुनै द्धिविधा निराकरणका लागि विभागसमक्ष लिखित रुपमा निवेदन दिएमा विभागले सो व्यक्तिलाई लिखित रुपमा सूचित गरी विभागको धारणा तोकिए बमोजिम पूर्वादेशद्वारा जारी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको कार्यान्वयनका सम्बन्धमा देखापरेको कुनै द्विविधासम्बन्धी विषय अदालतमा बिचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको अवस्थामा त्यस्तो विषयमा विभागले उपदफा (१) बमोजिमको पूर्वादेश जारी गर्न सक्ने छैन ।

(३) उपदफा (१) बमोजिम पूर्वादेश जारी गर्नु अगावै कुनै व्यक्तिले देहाय बमोजिम गरेमा सो व्यक्तिलाई दिएको पूर्वादेश वहालरहेसम्म सो आदेश बमोजिम यस ऐनको कार्यान्वयन गर्न विभाग वाध्य हुनेछ :–

(क) सो आदेशसंग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभागसमक्ष प्रस्तुत गरेमा, र

(ख) सो आदेशको लागि सो व्यक्तिले दिएको निवेदनमा उल्लिखित वूँदा अनुरुपको प्रबन्ध भएमा ।

(४) दफा ७५ बमोजिम जारी गरिएका सार्वजानिक परिपत्र र उपदफा (१) बमोजिम जारी गरिएका पूर्वादेश एक आपसमा बाझिएमा पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा पूर्वादेशमा उल्लिखित कुराहरूलाई प्राथमिकता दिइनेछ ।

(५) उपदफा (१) बमोजिमको पूर्वादेश जारी गर्नुअघि विभागले निवेदकलाई आफैं वा आ नो प्रतिनिधि उपस्थित भै कुनै अपुग विवरण भएमा पेश गर्ने मौका दिनसक्नेछ ।

 

७७. कागजातको ढाँचा : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आवश्यक पर्ने तथा यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सूचना, विवरण तथा जानकारीहरू समावेश हुने गरी विभागले समय समयमा आवश्यक कागजात, आयविवरण लगायतका विवरणहरू, कर कट्टी विवरण दाखिला गर्ने तरिका र ढाँचा तथा अभिलेखको ढाँचा तोक्न सक्नेछ ।

(२) विभागले उपदफा (१) बमोजिमका ढाँचाहरू सर्वसाधारणको जानकारीको लागि विभागमा र विभागले निर्धारण गरेका अन्य स्थानमा तथा अन्य माध्यमबाट उपलब्ध गराउनेछ ।

 

७८. स्थायी लेखा नम्बर : (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको पहिचान गर्ने प्रयोजनका लागि विभागले सो व्यक्तिलाई स्थायी लेखा नम्बर भनिने एउटा परिचय संख्या जारी गर्नेछ ।

(२) विभागले कुनै पनि व्यक्तिलाई यस ऐनको प्रयोजनको लागि प्रयोग गरिने कुनै आय विवरण, विवरण, कथन वा अन्य कागजातमा आ नो स्थायी लेखा नम्बर उल्लेख गर्न आदेश दिन सक्नेछ ।

(३) नेपाल सरकारले कुनै व्यक्तिले स्थायी लेखा नम्बर देखाउनु पर्ने वा उल्लेख गर्नु पर्ने अवस्था तोक्न सक्नेछ ।

 

७९. कागजातको तामेली : (१) यस ऐन बमोजिम कुनै व्यक्तिलाई दिनु बुझाउनु पर्ने कुनै पनि कागजात देहायको अवस्थामा सो व्यक्तिलाई बुझाइएको वा दिइएको मानिनेछ :–

(क) कुनै व्यक्तिको फ्याक्स नम्बर वा इ–मेल ठेगानामा पठाएको,

(ख) व्यक्तिगत रुपमा जसलाई वुझाउनु पर्ने हो उसैलाइ वुझाएको वा निकायको हकमा निकायको प्रबन्धकलाई वुझाएको, वा

(ग) व्यक्तिको थाहा भएसम्मको आवास, कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको ।

(२) विभागको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्यूटर प्रविधिबाट इनक्रीप्ट वा इनकोड गरिएको, छाप लगाइएको वा सो कागजातमा लेखी यस ऐन बमोजिम जारी गरिएको, तामेली गरिएको वा दिइएको कागजातलाई रीतपूर्वकको मानिनेछ ।

 

८०. त्रुटीपूर्ण कागजात : (१) यस ऐन बमोजिम जारी गरिएको देहायको कुनै कागजात त्रुटीपूर्ण मानिने छैन :–

(क) मूलभूत रुपमा यस ऐन अनुकूल भएमा, र

(ख) जुन व्यक्तिलाई सो कागजातमा सम्बोधित गरिएको छ सो व्यक्तिलाई सामान्य रुपमा सो कागजातमा लक्षित गरिएको भएमा ।

(२) यस ऐन बमोजिम विभागले जारी गरेको कुनै कागजातमा कुनै त्रुटी भएमा र सो त्रुटीबाट यस ऐनको ब्याख्या वा कुनै व्यक्ति विशेषको तथ्य सम्बन्धी कुनै विवाद नभएमा त्यस्तो त्रुटी सच्याउने प्रयोजनको लागि विभागले उक्त कागजातमा संशोधन गर्न सक्नेछ ।

परिच्छेद–१५ अभिलेख र सूचना संकलन

८१. कागजातको अभिलेख राख्ने : (१) यस ऐन बमोजिम कर बुझाउनुपर्ने दायित्व भएको प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षणको प्रमाणीकरण वा अन्य प्रकारले गर्नु पर्ने प्रमाणीकरण तथा प्रमाणित गर्ने कागजातहरूका अतिरिक्त देहाय बमोजिमका आवश्यक कागजातहरू नेपालमा खडा गरी राख्नु पर्नेछ :–

(क) यस ऐन बमोजिम विभागमा पेश गर्नु पर्ने आय विवरण वा अन्य कुनै कागजातहरूलाई पुष्ट्याई गर्ने आवश्यक सूचना तथा कागजात,

(ख) निजले बुझाउनु पर्ने कर निर्धारण गर्न सघाउ पु–याउने कागजात,

(ग) खर्च कट्टीलाई पूष्ट्याइँ गर्ने कागजात ।

(२) विभागले लिखित रुपमा सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक यस दफा बमोजिमका कागजातहरू सम्बन्धित आय वर्ष समाप्त भएको मितिले कम्तीमा पाँच वर्षको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको कुनै कागजात नेपाली वा अंग्रेजी भाषामा नभएमा विभागले लिखित सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई निजको आपनै खर्चमा त्यस्तो कागजातलाई प्रचलित कानून बमोजिम मान्यता प्राप्त अनुबादकबाट नेपाली भाषामा गरिएको अनुवादप्रति पेश गर्न लगाउन सक्नेछ ।

८२. विभागले जानकारी प्राप्त गर्न सक्ने : (१) यस ऐनको कार्यान्वयन गर्नको लागि विभागको अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) प्रचलित कानूनको अधीनमा रही नेपालमा अवस्थित कुनै पनि परिसर, स्थान, कागजात वा अन्य सम्पत्तिमा पूर्ण वा निर्वाध पहुँच प्राप्त गर्न,

(ख) खण्ड (क) बमोजिम पहुँच प्राप्त गरेको कागजातका इलेक्ट्रोनिक प्रति लगायत कागजको कुनै अंश वा प्रतिलिपि प्राप्त गर्न,

(ग) खण्ड (क) बमोजिम पहुँच प्राप्त गरेको कागजात यस ऐन बमोजिम कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न आवश्यक हुने खालको प्रमाण हो भन्ने सम्बन्धित अधिकृतलाई लागेमा त्यस्तो कागजात आफ्नो कब्जामा लिन, र

(घ) कागजातमा पहुँच भएको कुनै व्यक्तिलाई त्यस्तो कागजातको प्रतिलिपि उपलब्ध गराईदिन अनुरोध गरेकोमा सो व्यक्तिले उपलब्ध नगराएकोमा खण्ड (क) बमोजिम त्यस्ता कागजातमा पहुँच प्राप्त गर्न त्यस्ता कागजात कुनै पनि रुपमा कुनै सम्पत्तिमा राखीएकोछ भन्ने सो अधिकृतलाइ लागेमा त्यस्तो सम्पत्ति आ नो कब्जामा लिन ।

(२) कुनै पनि अधिकृतले विभागबाट लिखित रुपमा अख्तियारी प्राप्त नगरी उपदफा (१) बमोजिमको कुनै पनि अधिकारको प्रयोग गर्न पाउने छैन । कुनै अधिकृतले उपदफा (१) बमोजिमको अधिकारको प्रयोग गरी कुनै परिसर वा स्थानमा प्रवेश गर्दा सो परिसर वा स्थानको कब्जा गर्ने व्यक्तिले वा सम्बन्धित कुनै कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले विभागको अख्तियारी देखाउन अनुरोध गरेमा त्यस्तो अधिकृतले निजहरूलाई त्यस्तो अख्तियारी देखाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको अधिकार प्रयोग गरी कुनै परिसर वा स्थानमा प्रवेश गर्ने विभागको कुनै अधिकृतले अनुरोध गरेमा त्यस्तो परिसर वा स्थानको कब्जा गर्ने व्यक्ति वा सम्बन्धित कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले सो अधिकारको प्रभावकारी प्रयोगका लागि सबै समुचित सुविधा तथा सहायता उपलब्ध गराउनु पर्नेछ ।

(४) विभागले उपदफा (१) को खण्ड (ग) वा (घ) बमोजिम कब्जामा लिएको कागजात वा सम्पत्ति देहायको समयसम्म आफनो कब्जामा लिन सक्नेछ :–

(क) उपदफा (१) को खण्ड (ग) बमोजिम कब्जामा लिएको कुनै कागजात कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न वा यस ऐन बमोजिम अन्य कुनै कारवाहीको लागि आवश्यक पर्ने समयसम्म, र

(ख) उपदफा (१) को खण्ड (घ) बमोजिम कब्जामा लिएको सम्पत्ति विवादित कागजातमा पहुँच प्राप्त गरी कब्जामा नलिएसम्मको समयसम्म ।

(५) उपदफा (४) बमोजिम जुन व्यक्तिको कागजात कव्जामा लिइएको छ सो व्यक्तिले त्यस्तो कागजातको जाँच गर्न सक्नेछ र विभागले तोके बमोजिमको सुपरिवेक्षणमा सम्बन्धित व्यक्तिकै खर्चमा कार्यालय समयभित्र त्यस्तो कागजातको प्रतिलिपि वा अंश उतार गरी लिन सक्नेछ ।

(६) यस ऐनको कार्यान्वयनकोलागी आवश्यक पर्ने कागजातहरूमा पहुँच प्राप्त गर्ने सम्बन्धमा विशेषाधिकार सम्बन्धी वा सार्वजनिक हित सम्बन्धी जुनसुकै व्यवस्था गरिएको भए तापनि तत्सम्बन्धमा यस दफामा लेखिएको व्यवस्था लागू हुनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कब्जा गर्ने व्यक्ति” भन्नाले कुनै परिसर वा स्थानका सम्बन्धमा सो परिसर वा स्थानको स्वामित्व भएको व्यक्ति, प्रबन्धक वा त्यहाँ रहेको अन्य कुनै व्यक्ति सम्झनु पर्छ ।

८३. सूचना दिई जानकारी प्राप्त गर्न सक्नेः (१) यस ऐन बमोजिम कर वुझाउने दायित्व भएको वा नभएको कुनै पनि व्यक्तिलाई विभागले लिखित रुपमा सूचना जारी गरेर देहाय बमोजिम गर्न आदेश दिन सक्नेछ :–

(क) सूचनामा तोकिएको समयभित्र सो सूचनामा तोकिएको कुनै जानकारी कुनै कागजात खडा समेत गरेर पेश गर्न,

(ख) सो व्यक्ति वा अन्य कुनै व्यक्तिको कर सम्बन्धी कुराहरूका सम्बन्धमा विभागका अधिकृतसमक्ष परीक्षणका लागि सो सूचना मा तोकिएको समय र स्थानमा विभागमा उपस्थित हुन,

(ग) सो व्यक्तिको नियन्त्रणमा रहेको सूचनामा उल्लिखित कुनै कागजात परीक्षणको प्रयोजनको लागि खण्ड (ख) बमोजिम सो व्यक्तिको परीक्षण हुँदाको वखत पेश गर्न ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिम परीक्षण गरिने कुनै पनि व्यक्तिलाई त्यस्तो परीक्षण भर कानूनी वा अन्य प्रतिनिधित्व गराउन पाउने अधिकार हुनेछ ।

(३) यस ऐनको कार्यान्वयनकोलागी आवश्यक पर्ने कागजातहरूमा पहुँच प्राप्त गर्ने सम्बन्धमा कुनै विशेषाधिकार सम्बन्धी वा सार्वजनिक हित सम्बन्धी जुनसुकै व्यवस्था गरिएको भए तापनि तत्सम्बन्धमा यस दफामा लेखिएको व्यवस्था लागू हुनेछ ।

८४. सरकारी गोप्यता : (१) विभागको कुनै पनि अधिकृत तथा अन्य कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा जानकारी गोप्य राख्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको कुनै अधिकृतले उपदफा (१) बमोजिमको कागजात वा जानकारी देहायका व्यक्ति समक्ष देहाय बमोजिम प्रकट गर्न सक्नेछ :–

(क) यस ऐन बमोजिम सो अधिकृतको कर्तव्यपालन गर्न आवश्यक भएको हदसम्म,

(ख) यस ऐन बमोजिम प्रशासनिक पुनरावलोकन वा कारबाहीका सम्बन्धमा कुनै अदालत वा न्यायाधिकरणबाट आदेश भएकोमा,

(ग) अर्थ मन्त्री समक्ष,

(घ) अन्य कुनै वित्तीय कानूनको प्रयोजनका लागि प्रकट गर्न आवश्यक भएकोमा,

(ङ) नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्तिलाई राजस्व वा तथ्यांक सम्बन्धी कार्यका लागि आवश्यक भएमा त्यस्तो व्यक्ति समक्ष,

(च) पदीय कर्तव्यको पालनको सिलसिलामा पेश गर्न आवश्यक भएकोमा महालेखा परीक्षक वा महालेखा परीक्षकबाट अख्तियार प्राप्त कुनै व्यक्ति समक्ष, वा

(छ) नेपालले अन्तर्राष्ट्रिय सम्झौता गरेको कुनै देशको सरकारको अधिकार प्राप्त अधिकारीसमक्ष त्यस्तो संझौतामा तत्सम्बन्धमा व्यवस्था गरिएको हदसम्म ।

(३) उपदफा (२) बमोजिम कागजात र जानकारी प्राप्त गर्ने कुनै व्यक्ति, अदालत, न्यायाधिकरण, निकाय वा अधिकारीले आवश्यक परेको न्यूनतम हदसम्मको अवस्थामा बाहेक त्यस्ता कागजात वा जानकारी गोप्य राख्नु पर्नेछ ।

 

परिच्छेद–१६ करको भुक्तानी

८५. करको भुक्तानीको समय, स्थान तरिका : (१) यस ऐन बमोजिम तिर्नु पर्ने कर तोकिएको स्थान र तरिका बमोजिम बुझाउनु पर्नेछ ।

(२) यस ऐन बमोजिम तिर्नु पर्ने कर उपदफा (१) का अधीनमा रही देहायको समयमा बुझाउनु पर्नेछ :–

(क) अग्रिम कर कट्टी गरी दाखिला गर्नु पर्नेले दफा ९० को उपदफा (४) मा उल्लिखित समयमा,

(ख) किस्ताबन्दीमा कर बुझाउनुपर्नेले दफा ९४ को उपदफा (१) मा उल्लिखित समयमा,

(ग) निर्धारण गरिएका कर बुझाउनु पर्नेले,–

(१) दफा ९९ बमोजिमको कर निर्धारण सम्बन्धमा आय विवरण बुझाउनु पर्ने मितिमा,

(२) दफा १०० को उपदफा (२) बमोजिम गरिएको कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम वुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,

(३) दफा १०१ बमोजिम भएको संशोधित कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्याद भित्र ।

(घ) दफा १०४ को उपदफा (८), दफा १०९ को उपदफा (१) वा दफा ११० को उपदफा (१) बमोजिम जारी भएको सूचना बमोजिम विभागलाई बुझाउनु पर्ने रकमहरूको सम्बन्धमा सो सूचनामा उल्लिखित मितिमा,

(ङ) दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर नबुझाई कायम हुन आएको दायित्वको सम्बन्धमा सो निकायबाट जुन समयमा कर बुझाउनु पर्ने हो सोही समयमा,

(च) दफा १०८ को उपदफा (३) वा (४) बमोजिम माग गरिएको रकमको सम्बन्धमा क्रमशः लिलाम बिक्री गरी रकम मिलान गरिएको वा मिलान गर्न नसकिएको मितिले सात दिनभित्र, र

(छ) दफा १२२ बमोजिम निर्धारण गरिएका शुल्क तथा ब्याजको सम्बन्धमा निर्धारणको सूचनामा उल्लिखित मितिमा ।

(३) देहायका अवस्थामा कर बुझाउनु पर्ने मिति प्रभावित हुने छैन :–

(क) कर असूलउपर गर्न परिच्छेद–२० बमोजिम विभागले गरेको कारवाही, वा

(ख) यस ऐन बमोजिम अन्य कारवाही गर्न प्रारम्भ गरिएकोमा ।

८६. बुझाउनु पर्ने करको प्रमाण : कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनु पर्ने करको रकम उल्लेख गरी विभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारवाहीमा सो व्यक्तिबाट बुझाउनु पर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछः–

(क) कर असूलउपर गर्न परिच्छेद–२० बमोजिम विभागले गरेको कारवाही, वा

(ख) परिच्छेद–२३ बमोजिम कुनै कसूर सम्बन्धी कारवाही ।

परिच्छेद–१७ भुक्तानीमा कर कट्टी

८७. रोजगारदाताबाट कर कट्टी : (१) प्रत्येक बासिन्दा रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको गणना गर्दा समावेश गरिने नेपालमा स्रोत भएको कुनै रकम भुक्तानी गर्दा अनुसूची १ बमोजिमको दरले हुने कर कट्टी गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कर कट्टी गर्नु पर्ने रोजगारदाताको दायित्व देहायको कारणले घट्ने वा समाप्त हुने छैनः–

(क) रोजगारदाताले उल्लिखित भुक्तानीबाट अन्य कुनै रकम कट्टी गर्ने वा रोक्का राख्ने वा घटाउने अधिकार वा कर्तव्य भएकोमा, वा

(ख) अन्य प्रचलित कानून बमोजिम कर्मचारी वा कामदारको रोजगारीबाट भएको आय घटाउन नपाउने भएकोमा ।

८८. लगानी प्रतिफल सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी : (१) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क भुक्तानी गर्दा र सो व्यक्ति स्वीकृत अवकाश कोष भएमा कुनै अवकाश भुक्तानीको रकम भुक्तानी गर्दा कूल भुक्तानी रकमको पन्ध्र प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।

तर स्वीकृत अवकाश कोषबाट भुक्तानी भएको संचयकोष र उपदानमा छ प्रतिशतका दरले मात्र कर कट्टी गर्नु पर्नेछ ।

(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको लाभांश, लगानी बिमाबाट प्राप्त लाभ वा स्वीकृति नलिएको अवकाश कोषबाट प्राप्त लाभ भुक्तानी गर्दा कूल भुक्तानी रकमको दश प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैड्क वा वित्तीय संस्थाहरूले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप बापत देहाय बमोजिमको ब्याज वा ब्याज स्वरुपको कुनै रकम भुक्तानी दिँदा कूल भुक्तानी रकममा छ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ :–

(क) नेपालमा स्रोत भएको, र

(ख) व्यवसाय सञ्चालनसंग सम्बन्धित नभएको ।

(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानी गर्दा यो दफा लागू हुने छैन :–

(क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसंग सम्बन्धित भुक्तानी वा घर भाडामा लिए बापत तिरेको भाडा बाहेक का अन्य कुनै भुक्तानी,

(ख) बासिन्दा बैड्ढ वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको ब्याज, वा

(ग) कर छुट पाएको भुक्तानी वा दफा ८७ बमोजिम कर कट्टी हुनु पर्ने भुक्तानी ।

८९. ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी : (१) बासिन्दा व्यक्तिले सामान्य बिमा प्रिमियम भुक्तानी वा ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कूल रकममा १.५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित रकम यकीन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरू भए सो समेत जोडी यकीन गर्नु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैर बासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर कट्टी गर्नु पर्नेछ :–

(क) विभागले सो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा निर्धारित दरमा, वा

(ख) अन्य कुनै अवस्थामा उपदफा (१) बमोजिम ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैन :–

(क) कुनै व्यवसाय सञ्चालनका सिलसिलामा गरिएको भुक्तानी बाहेकका प्राकृतिक व्यक्तिहरूले गरेको भुक्तानी, वा

(ख) कर छुट दिइएको भुक्तानी वा दफा ८७ वा ८८ बमोजिम कर कट्टी गर्नु पर्ने भुक्तानी ।

९०. कट्टी गरिएको करको विवरण भुक्तानी : (१) अग्रिम कर कट्टी गर्नु पर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पन्ध्र दिनभित्र देहायका कुराहरू खुलाई विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ :–

(क) सो महिनामा अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी भएको व्यक्तिलाई दफा ८७, ८८ वा ८९ बमोजिम दिएको कर कट्टी हुने भुक्तानी,

(ख) कर कट्टी हुने व्यक्तिको नाम, ठेगाना र स्थायी लेखा नम्बर हुनेको सम्बन्धमा स्थायी लेखा नम्बर,

(ग) उपदफा (३) मा उल्लेख गरिएको बाहेक प्रत्येक भुक्त्तानी गर्दा कट्टी गरिएको करको रकम, र

(घ) विभागले तोकेको अन्य कुनै जानकारी ।

(२) उपदफा (१) मा उल्लिखित विवरणसंग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

(३) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर कट्टी हुनु पर्ने समयमा सो कर कट्टी गरिएको मानिनेछ ।

(४) दफा ८७, ८८ वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात् पन्ध्र दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

(५) देहाय बमोजिम अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी नगरेमा वा दाखिला छुट्टाछुट्टै नगरेमा सो कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुवै जना संयुक्त रुपमा र  रुपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्ः–

(क) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८ वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र

(ख) अग्रिम कर कट्टी गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोजिम कर दाखिला गर्नु पर्ने मिति भित्र विभागमा दाखिला नगरेमा ।

(६) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर कट्टी हुने व्यक्तिद्वारा कुनै दावी गरिएमा सो रकम कर कट्टी हुने व्यक्तिलाई भुक्तानी गरेसरह मानिनेछ ।

(७) दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुनु पर्ने व्यक्तिबाट असूलउपर गर्न पाउनेछ ।

९१. कर कट्टी प्रमाणपत्र : (१) अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई उपदफा (२) मा तोकिएको समयमा देहाय बमोजिमको कर कट्टी प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ :–

(क) विभागद्वारा कुनै तरिका तोकिएको भए सो तरिका बमोजिम प्रमाणित गरिएको, र

(ख) दफा ८७, ८८ वा ८९ बमोजिम कट्टी गरिएको कर रकम तथा भुक्तानी रकमहरू खुलेको ।

(२) अग्रिम कर कट्टी गरेको अवधि खुलाई अग्रिम कर कट्टी गरेको महिना समाप्त भएको मितिले पन्ध्र दिनभित्र अग्रिम कर कट्टी प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८७ बमोजिम कर कट्टी गरिएको अवस्थामा अग्रिम कर कट्टी प्रमाणपत्र देहाय बमोजिम प्रदान गर्नु पर्नेछ :

(क) सो प्रमाणपत्र सो आय वर्षमा सो कर्मचारी वहाल रहेको अवधिभरको लागि मात्र हुनेछ ।

(ख) सो प्रमाणपत्र सो वर्ष समाप्त भएको मितिले तीस दिनभित्र उपलब्ध गराई सक्नु पर्नेछ वा सो वर्षमा सो कर्मचारीले सो अग्रिम कर कट्टी गर्ने व्यक्तिकोमा रोजगारी गर्न छोडेको भए सो रोजगारी छोडेको मितिले तीस दिनभित्र सो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।

९२. अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी : (१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी मानिनेछ :–

(क) बासिन्दा कम्पनीले भुक्तानी गरेको लाभांश,

(ख) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसंग गासिएका जडानहरू र उपकरणहरू बापत भुक्तानी गरेको भाडा,

(ग) बासिन्दा व्यक्तिले लगानी बिमा बापत भुक्तानी गरेको लाभ,

(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैड्ढ वा वित्तीय संस्थाले भुक्तानी दिएको ब्याज, र

(च) दफा ८७, ८८ वा ८९ बमोजिम गैर बासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनु पर्ने भुक्तानी ।

(२) अग्रिम कर कट्टी गर्ने व्यक्तिले वा कर कट्टी हुने व्यक्तिले अन्तिम रुपमा कट्टी हुने भुक्तानीबाट दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी गरेको वा दफा ९० को उपदफा (३) बमोजिम कट्टी गरिएको भनी मानिएको कर रकम विभागलाई दाखिला गरेमा दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिनेछ ।

९३. अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा समावेश : (१) कुनै भुक्तानीको रकम गणना गर्ने प्रयोजनको लागि सो भुक्तानीबाट कुनै कर कट्टी गरिएको भए त्यस्तो कर कट्टी रकमलाई सो भुक्तानीको अंशको रुपमा लिइनेछ ।

(२) अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेकको कुनै भुक्तानीमा कर कट्टी भएको रहेछ भने कर कट्टी हुने व्यक्तिले देहाय बमोजिमको कर रकम दाखिला गरेसरह मानिनेछ :–

(क) दफा ८७, ८८ वा ८९ बमोजिम भुक्तानीमा कट्टी गरिएको कर रकम,

(ख) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० को उपदफा (३) बमोजिमको वा भुक्तानीमा कर कट्टी गरेको मानिने कर रकम विभागमा दाखिला गरेको भए त्यस्तो रकम ।

(३) उपदफा (२) बमोजिमको रकम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नु पर्ने कर रकममा मात्र मिलान गर्न दावी गर्न सक्नेछ ।

परिच्छेद–१८ किस्ताबन्दी

९४. किस्ताबन्दीमा कर दाखिलाः (१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछः–

 दाखिला गर्नु पर्ने मिति                                                      दाखिला गर्नु पर्ने रकम
पौष महिनाको अन्त्यसम्म                                    तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको ४०%
चैत्र महिनाको अन्त्यसम्म                                     तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको ७०%
आषाढ महिनाको अन्त्यसम्म                                तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको १००%

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि,–
(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनु पर्छ ।

(ख) “तिरिसकेको कर” भन्नाले देहायको कूल जम्मा सम्झनु पर्छ ।

(१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा सो आय वर्षमा दाखिला गरेको कर रकम,

(२) सो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम सो वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीहरूबाट कट्टी भएको कर रकम,

(३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो वर्षमा कर कट्टी गर्ने एजेण्ट वा कर कट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम कर कट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

(४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दावी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनु पर्ने किस्ताको रकम दुई हजार रुपैयाँँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्नेछैन ।

(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्तावन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत कट्टी गर्न पाउनेछ ।

९५. दाखिल गर्नु पर्ने अनुमानित करको विवरणः (१) कुनै आय वर्षमा किस्ता दाखिला गर्नु पर्ने प्रत्येक व्यक्तिले दफा ९४ बमोजिम सो वर्षमा पहिलो कर किस्ता रकम बुझाउनु पर्ने मितिभित्र सो वर्षका लागि सो व्यक्तिको देहायका रकमको अनुमान उल्लेख गरी सोको विवरण तोकिएको ढाँचा र तरिकामा विभागमा पेश गर्नु पर्नेछः–

(क) रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्नसक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोत,

(ख) सो वर्षमा प्राप्त हुनसक्ने सो व्यक्तिको करयोग्य आय र औषधि उपचार खर्च बापत कर मिलानको रकम नघटाई दफा ४ बमोजिम गणना गरी दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम,

(ग) गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र सो आयमा दफा ४ को उपदफा (५) बमोजिम गणना गरिएको दफा ३ को खण्ड (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकम, र

(घ) विभागले तोकेको अन्य कुनै विवरण ।

(२) उपदफा (१) मा उल्लिखित व्यक्तिको उपदफा (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कर रकमको योग सो आय वर्षमा दाखिला गर्नु पर्ने अनुमानित कर हुनेछ ।

(३) उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै आय वर्षमा दाखिला गर्नु पर्ने करको अनुमान गर्न दफा ७१ बमोजिम दाबी गरिने वैदेशिक कर मिलान रकमको गणना गर्दा कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कुनै वैदेशिक कर वा सो वर्षमा दाखिला गर्नु पर्ने भनी निजले अनुमान गरेको विदेशी आयकर मात्र गणना गर्नु पर्नेछ ।

(४) करको किस्ता दाखिला गर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिमको ढाँचामा आवश्यक जानकारी उल्लेख गरी संशोधनका कारणहरू खुलाई संशोधित अनुमान विभागमा पेश नगरेसम्म निजले सो उपदफा बमोजिम गरेको अनुमान सो आय वर्ष भरको लागि कायम रहनेछ ।

(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले उपदफा (४) बमोजिम पेश गरेको संशोधित अनुमान विभाग समक्ष पेश गरेको मिति पछि सो आय वर्षमा दफा ९४ बमोजिम बुझाउनु पर्ने करको किस्ताको हिसाब गर्दा मात्र लागू हुनेछ ।

(६) उपदफा (१) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्ति वा करको किस्ता दाखिला गर्नु पर्ने कुनै वर्गले उपदफा (१) बमोजिम अनुमान पेश गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ ।

(७) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नु पर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिम कुनै आय वर्षमा अनुमान पेश नगरेमा वा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा विभाग सन्तुष्ट नभएमा वा उपदफा (६) बमोजिम करको किस्ता वुझाउन कुनै व्यक्तिले अनुमान पेश गर्नु नपर्ने गरी तोकिएकोमा विभागले देहाय बमोजिम गर्न सक्नेछः–

(क) सो व्यक्तिको सो वर्षमा दाखिला गर्नु पर्ने अनुमानित करको अनुमान दफा ३ को खण्ड (क) वा (ख) मा उल्लिखित व्यक्तिले गत आय वर्षमा दाखिला गर्नु पर्ने करको आधारमा गर्न सक्नेछ, र

(ख) विभागले खण्ड (क) बमोजिम तयार गरेको अनुमान सो अनुमान तयार गर्न प्रयोग गरेको तरिका र व्यक्तिले पेश गरेको अनुमानमा विभाग सन्तुष्ट हुन नसकेको भए सोको कारण समेत उल्लेख गरिएको लिखित सूचना विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई दिनेछ ।

(८) विभागले किस्ता दाखिला गर्नु पर्ने व्यक्तिलाई उपदफा (७) बमोजिम सूचना दिएमा सो वर्षमा सो व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित कर रकम विभागले अनुमान गरेको रकम हुनेछ ।

परिच्छेद–१९ आय विवरण र कर निर्धारण

९६. आय विवरण : (१) प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधीनमा रही सो वर्षको आय विवरण विभागले तोकेकोस्थानमा दाखिला गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको आय विवरण देहाय बमोजिम हुनु पर्नेछ :–

(क) देहायका कुरा खुलाई विभागबाट तोकिएको तरिका र ढाँचामा तयार गर्नु पर्नेछ :–

(१) प्रत्येक रोजगारी, व्यवसाय वा लगानीबाट सो व्यक्तिको सो वर्षमा भएको निर्धारणयोग्य आय र त्यस्तो आयको स्रोत,

(२) सो वर्षमा सो व्यक्तिको करयोग्य आय र सो आयमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिलाई लाग्ने कर,

(३) गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनले सो आय वर्षमा विदेश पठाएको आय र सो आयमा लाग्ने कर,

(४) दफा ९३, ९४ वा १०० बमोजिम कर मिलान गर्न पाउने गरी कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कर कट्टी, किस्ताबन्दी वा निर्धारण गरिएको कुनै कर रकम,

(५) सो व्यक्तिले सो वर्षमा उपखण्ड (२) र (३) मा उल्लिखित करको रकमबाट उपखण्ड (४) बमोजिम दाखिला गरेको कर घटाई हुन आउने दाखिला गर्न बाँकी करको रकम, र

(६) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी ।

(ख) आय विवरण ठिक साँचो र पूर्ण भएको भन्ने घोषणा गरी सो व्यक्ति वा व्यवस्थापकबाट सहिछाप गरिएको हुनु पर्नेछ, र

(ग) आय विवरणसाथ देहायका कुराहरू संलग्न हुनु पर्नेछ :–

(१) कुनै व्यक्तिले आय विवरण दाखिल गरेको वर्षमा प्राप्त गरेको भुक्तानी बापत दफा ९१ बमोजिम अग्रिम कर कट्टी गरिएको प्रमाणपत्र,

(२) उपदफा (४) बमोजिम सो व्यक्तिलाई उपलब्ध गराइएको कुनै विवरण,

(३) दफा ४ को उपदफा (४) बमोजिम कुनै छनौट गरिएको भए सोको प्रमाण, र

(४) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी ।

(३) कुनै व्यक्तिले कर्मचारीको हैसियतले बाहेक कुनै भुक्तानी लिएर कुनै अर्को व्यक्तिको आय विवरण वा आय विवरणसाथ संलग्न हुनु पर्ने कागजात वा विवरण तयार पारेमा वा तयार पार्न सहयोग गरेमा त्यस्तो व्यक्तिले देहायको कुरा प्रमाणित गर्नु पर्नेछ :–

(क) अर्को व्यक्तिले दफा ८१ बमोजिम राखेको कागजातहरू जाँच गरेको, र

(ख) विवरण वा जानकारीले सम्बन्धित परिस्थितिलाई वास्तविक रुपमा प्रतिबिम्बित गरेको ।

(४) उपदफा (३) बमोजिम विवरण प्रमाणित गर्नु पर्ने व्यक्तिले विवरण प्रमाणित गर्न ईन्कार गरेमा त्यसरी ईन्कार गर्नुका कारणहरू लिखित रुपमा उल्लेख गरी जसको आय विवरण प्रमाणित गरी दिनु पर्ने हो सो व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।

(५) देहायका अवस्थामा उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिल गर्नु पर्ने म्यादभन्दा अगावै दफा १०० को अधीनमा रही विभागले कुनै व्यक्तिलाई दिएको लिखित सूचनामा उल्लिखित म्यादभित्र सो आय वर्ष वा आय वर्षको कुनै भागको आय विवरण दाखिल गराउन सक्नेछ :–

(क) सो व्यक्ति टाट पल्टिएमा, ऋणमा डुबेमा वा बिघटन भएमा,

(ख) सो व्यक्तिले अनिश्चित समयका लागि नेपाल छोड्ने भएमा,

(ग) सो व्यक्तिले कुनै कारणले नेपालमा गरिरेहको कार्य छोड्न लागेमा, वा

(घ) विभागले अन्यथा उपयुक्त सम्झेमा ।

९७. आय विवरण दाखिला गर्न नपर्ने : विभागले लिखित आदेश दिएमा बाहेक देहायका कुनै पनि व्यक्तिले दफा ९६ बमोजिम कुनै आय वर्षको आय विवरण पेश गर्नु पर्ने छैन :–

(क) सो आय वर्षमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिमध्ये कर तिर्नु नपर्ने कुनै व्यक्ति,

(ख) सो आय वर्षमा दफा ३ को खण्ड (ग) मा उल्लिखित व्यक्ति, वा

(ग) सो आय वर्षमा दफा ४ को उपदफा (३) आकर्षित हुने कुनै बासिन्दा प्राकृतिक व्यक्ति ।

९८. आय विवरण दाखिला गर्ने म्याद थप : (१) दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आयविवरण दाखिला गर्नु पर्ने म्याद थप गरिदिन सक्नेछ । यसरी म्याद थपका लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम आय विवरण पेश गर्न विभागले एकै पटक वा पटक पटक गरी बढिमा तीन महीनासम्म म्याद थप गर्न सक्नेछ ।

९९. कर निर्धारण : (१) कुनै व्यक्तिले देहायका रकमहरू खुलाई आयविवरण दाखिला गर्नु पर्ने मितिमा कुनै आय वर्षको आयविवरण दाखिला गरेको रहेछ भने सो आयविवरणको कर निर्धारण गरे सरह मानिनेछ :–

(क) दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले सो आय वर्षमा तिर्नु पर्ने आय विवरणमा उल्लेख गरेको करको रकम, र

(ख) आय विवरणमा उल्लेख गरेको उक्त वर्षको तिर्न बाँकी कर रकम ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा आय विवरण दाखिला नभएसम्मको लागि आय विवरण पेश गर्नु पर्ने मितिमा देहाय बमोजिम कर निर्धारण गरेसरह मानिनेछ :–

(क) परिच्छेद–१७ बमोजिम प्राप्त गरेको रकमबाट कट्टी भएको कुनै करको रकम तथा निजले परिच्छेद–१८ बमोजिम सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै रकमको योग बरावर निजको सो वर्षको करको रकम भएको मानिनेछ, र

(ख) कर निर्धारण बमोजिम कर तिर्न बाँकी नरहेको मानिनेछ ।

१००. संशय कर निर्धारण : (१) दफा ९६ को उपदफा (५) बमोजिम कुनै आय वर्ष वा कुनै आयवर्षको कुनै अंशको आय विवरण दाखिला गर्नु पर्ने भएमा दफा ९९ बमोजिम गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९६ को उपदफा (५) मा उल्लिखित अवस्थामा विभागले देहाय बमोजिमको रकमको आधारमा न्यायोचित रुपले सो व्यक्तिको कर निर्धारण गर्न सक्नेछ :–

(क) कुनै आय वर्ष वा सो वर्षको अंशको लागि दफा ९६ को उपदफा (२) को खण्ड (क) को उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित रकम, र

(ख) कुनै आय वर्ष वा सो वर्षको अंशको लागि दफा ९६ को उपदफा (२) को खण्ड (क) को उपखण्ड (५) बमोजिम दाखिला गर्न बाँकी रहेको रकम ।

(३) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा देहाय बमोजिम हुनेछ :–

(क) पूरा आय वर्षको कर निर्धारण गरिएको व्यक्तिले सो आयवर्षको लागि दफा ९६ को उपदफा (१) बमोजिमको आय विवरण दाखिल गर्नु पर्ने छैन, वा

(ख) कुनै आय वर्षको अंशको कर निर्धारण गरिएको व्यक्तिले दफा ९६ को उपदफा (१) बमोजिम सो आय वर्षको आय विवरण दाखिल गर्नु पर्नेछ ।

(४) कुनै आय वर्षको कुनै अंशको कर निर्धारण अनुसार दाखिला गरेको कर रकम पूरा वर्षको कर निर्धारण गर्दा लाग्ने करमा मिलान गर्न पाइनेछ ।

(५) यस दफा बमोजिम कर निर्धारणगर्दा विभागले सफाईको सवूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।

१०१. संशोधित कर निर्धारण : (१) दफा ९९ वा १०० बमोजिम कर निर्धारण भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गरिएको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न विभागले उपयुक्त ठानेमा न्यायोचित आधारमा जतिपटक पनि संशोधन गर्न सक्नेछ ।

(३) विभागले उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गर्दा देहायको मितिलेचार वर्षभित्र गरिसक्नु पर्नेछ :–

(क) दफा ९९ बमोजिम कर निर्धारण भएकोमा आय विवरण पेश गर्नु पर्ने मिति,

(ख) दफा १०० को उपदफा (२) बमोजिम कर निर्धारण गरिएकोमा कर निर्धारण गरिएको व्यक्तिलाई दफा १०२ बमोजिम कर निर्धारणको सूचना दिएको मिति,

(ग) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा उपदफा (१) बमोजिम संशोधन गरिएको साबिकको कर निर्धारणसंग सम्बन्धित खण्ड (क) वा (ख) मा उल्लिखित मिति ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढंगबाट भएको रहेछ भने जुनसुकै बखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ । यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ ।

(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व न्यायाधिकरण वा अन्य अधिकारप्राप्त अदालतहरूबाट कर निर्धारण संशोधन गरिएको वा निर्धारित कर घटाइएको अवस्थामा सो हदसम्म विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्ने छैन ।

तर पुनः छानविन गर्ने आदेश दिएमा संशोधन गर्न बाधा पुगेको मानिने छैन ।

(६) यस दफा बमोजिम कर निर्धारणमा संशोधनगर्दा विभागले त्यसरी संशोधन गर्नु परेको आधार स्पष्ट खुलाई सो व्यक्तिलाई लिखित सूचना दिई त्यस्तो कर निर्धारण सम्बन्धमा सफाईको सवूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।

१०२. कर निर्धारणको सुचना : विभागले देहायका कुराहरू खुलाई दफा १०० को उपदफा (२) वा दफा १०१ बमोजिम गरेको कर निर्धारणको लिखित सूचना कर निर्धारण गरिएको व्यक्तिलाई दिनु पर्नेछ ।

(क) कर निर्धारणसंग सम्बन्धित आय वर्ष वा अवधिको लागि दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने र दाखिला गर्न बाँकी निर्धारित कर,

(ख) खण्ड (क) मा उल्लिखित कर निर्धारणमा कर गणना गरिएको तरिका,

(ग) विभागले कर निर्धारण गर्नु परेको कारण,

(घ) दाखिला गर्न बाँकी निर्धारित कर दाखिल गर्नु पर्ने समय, र

(ङ) कर निर्धारण उपर चित्त नबुझेमा उजूरी गर्ने समय, स्थान र तरिका ।

 

 

परिच्छेद–२० कर संकलन, मिन्हा र फिर्ता

१०३. कट्टी गरी बुझाउनु पर्ने कर बापतको सुरक्षणः (१) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले परिच्छेद–१७ बमोजिम कट्टी गर्नु पर्ने करलाई अदालतको आदेश वा अन्य कुनै कानून बमोजिम वा अन्य कुनै किसिमले गर्नु पर्ने भुक्तानीलाई भन्दा अग्राधिकार दिनु पर्नेछ ।
(२) अग्रिम कर कट्टी गर्नु पर्ने व्यक्तिले परिच्छेद–१७ बमोजिम कट्टा गरेको करसम्बन्धमा देहाय बमोजिम हुनेछः–
(क) त्यस्तो व्यक्तिले कट्र्टी गरेको कर र त्यस्तो कर बापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो समेत नेपाल सरकारको निमित्त रोक्का राखेको मानिने,
(ख) सो कट्टी गरिएको कर रकम त्यस्तो व्यक्तिको ऋण वा दायित्वसंग आवद्ध गर्न नसकिने, र
(ग) त्यस्तो कर कट्टी गर्ने एजेण्ट टाट पल्टिएको वा विघटन भएको अवस्थामा सो कर कट्टी रकम त्यसरी विघटन भएको वा टाट
पल्टेको जेथाको भाग नमानिने र त्यसरी विघटन भई वा टाट पल्टिई भाग लगाउनु पर्दा कट्टी गरिएको कर वा सो सम्पत्ति उपर
विभागको पहिलो दावी रहने ।

१०४. सम्पति माथिको दाबीः  (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिसम्ममा सो कर दाखिला नगरेमा सो कर बक्यौता राख्ने व्यक्तिको सम्पतिमा नेपाल सरकारको दाबी सिर्जना भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम दाबी सिर्जना हुने सम्पत्ति माथि दाबी गर्दा विभागले देहायका कुराहरू खुलाएको लिखित सूचना सो व्यक्तिलाई दिनु पर्नेछः–
(क) दाबी गरिएको सम्पत्तिको विवरण,
(ख) उपदफा (३) मा उल्लेख गरिए बमोजिमको दाबीको सीमा,
(ग) सो दाबीसंग सम्बन्धित कर, र
(घ) अन्य कुनै कुरा भए सो कुरा ।
(३) उपदफा (२) बमोजिम सम्पत्तिमाथि दाबी गर्दा त्यस्तो व्यक्तिले बुझाउनु पर्ने कर, त्यस्तो करका सम्बन्धमा दफा ११९ बमोजिम बुझाउनु पर्ने ब्याज, दाबी र लिलाम बिक्री गर्दा लागेका खर्चहरूको हदसम्म मात्र दाबी सिर्जना हुनेछ ।
(४) उपदफा (२) बमोजिम गरिएको दाबी देहायका कार्य नभएसम्म लागू हुने छैनः–
(क) भवन तथा जग्गा जमिनको सम्बन्धमा उपदफा (६) बमोजिम दाबी दर्ता गराउन विभागले जानकारी नदिएसम्म,
(ख) अन्य प्रत्यक्ष सम्पतिका सम्बन्धमा विभागले दफा १०५ को उपदफा (३) बमोजिम त्यस्तो सम्पति कब्जा नगरेसम्म, र
(ग) अन्य जुनसुकै अवस्थामा कर बक्यौता रहेको व्यक्तिलाई उपदफा (२) बमोजिमको सूचना नदिएसम्म ।
(५) कर बक्यौता रहेको व्यक्तिले बुझाउनुपर्ने उपदफा (२) बमोजिम गरिएको दाबीबाट खामिएको उपदफा (३) बमोजिमको सम्पूर्ण रकम विभागलाई बुझाएमा दाबी गरिएको सम्पत्ति फुकुवा हुनेछ ।
(६) उपदफा (२) बमोजिम विभागले कुनै जग्गा, जमिन वा भवन उपर दाबी गरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ र उक्त कार्यालयले त्यस्तो जग्गा जमिन वा भवन कसैलाई बेचबिखन वा स्वामित्व हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्नेछ ।
(७) उपदफा (५) बमोजिम जग्गा, जमिन र भवन उपरको दाबी फुकुवा गर्नु पर्ने भएमा विभागले सोको जानकारी मालपोत कार्यालयमा दिनु
पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएपछि मालपोत कार्यालयले त्यस्तो रोक्का भएको जग्गा जमिन र भवनको फुकुवा गरि दिनु पर्नेछ ।
(८) उपदफा (३) बमोजिम लाग्ने खर्चका सम्बन्धमा विभागले यथाशीघ्र कर बक्यौता रहेका व्यक्तिलाई देहायका कुराहरू खुलाई सूचना दिनु पर्नेछः–
(क) त्यस्तो सूचना दिनु अगाडि कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका खर्चहरू, र
(ख) त्यस्ता खर्चहरू कर बक्यौता रहेको व्यक्तिले विभागलाई बुझाउनु पर्ने मिति ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले देहाय बमोजिम विभागले गरेको वा गर्नु
पर्ने खर्च सम्झनुपर्छः–
(क) सो सम्पत्ति उपरको दाबी सिर्जना वा फुकुवा गर्ने सम्बन्धमा यस दफा बमोजिम विभागले गरेको वा गर्नु पर्ने खर्च, वा
(ख) दाबी गरिएको सम्पत्ति कब्जामा लिने, आफूसंग राख्ने र लिलाम बिक्री गर्ने सम्बन्धमा दफा १०५ बमोजिम विभागले
गरेको वा गर्नु पर्ने खर्च ।

१०५. दाबी गरेको सम्पत्तिको लिलाम बिक्रीः (१) कर बक्यौता रहेको व्यक्तिसंग रहेको दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्ने सूचना विभागले कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको सूचनालाई दफा १०४ को उपदफा (२) बमोजिम दिइएको सूचनामा समावेश गर्न वा त्यस्तो सूचनासंग संलग्न गरिदिन सकिनेछ। यस्तो सूचनामा देहायका कुराहरू स्पष्ट रुपमा खुलाई कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछः–
(क) दाबी गरेको सम्पति, सो सम्पत्ति लिलाम वा बिक्री गरिने तरिका र समय, र
(ख) मूर्त सम्पतिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान ।
(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएपछि देहाय बमोजिम गर्न सक्नेछः–
(क) कुनै पनि समयमा सो सूचनामा उल्लिखित मूर्त सम्पत्ति कब्जामा लिने,
(ख) मूर्त सम्पत्ति कब्जामा लिने प्रयोजनको लागि उपदफा (१) को सूचनामा उल्लिखित कुनै परिसरमा कुनै पनि समयमा प्रवेश गर्न, र
(ग) जग्गा जमिन वा भवन बाहेकका मूर्त सम्पत्तिका सम्बन्धमा त्यस्ता सम्पत्तिहरू कर बक्यौता रहेका व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्झेको कुनै पनि स्थानमा राख्न ।
(४) विभागले उपदफा (१) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएकोमा देहायको समयमा त्यस्ता दाबी गरेको सम्पत्ति सार्वजनिक रुपमा लिलाम बिक्री गर्न वा उपयुक्त सम्झेको तरिकाबाट त्यस्तो सम्पत्तिको बेचबिखन वा चलन गर्न सक्नेछः–
(क) दाबी गरेको सम्पत्ति जग्गा जमिन वा भवन भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको मितिले तीस दिन पछि,
(ख) दाबी गरेको सम्पत्ति नाश हुने मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको एक दिनपछि,
(ग) दाबी गरेको सम्पत्ति खण्ड (क) वा (ख) मा उल्लिखित सम्पत्ति बाहेकका मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा
लिएको दश दिनपछि, र
(घ) अन्य कुनै किसिमको सम्पत्ति भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको दश दिनपछि ।
(५) उपदफा (४) बमोजिम लिलाम बिक्रीबाट प्राप्त रकमबाट सर्वप्रथम लिलाम बिक्री गरिएको सम्पत्तिको दाबी र लिलाम बिक्री गर्दा गरेको
खर्च कटाईनेछ । यसरी खर्च कट्टी गरी सकेपछि बुझाउनु पर्ने कर र दफा ११९ बमोजिम सो करका सम्बन्धमा बुझाउनु पर्ने ब्याज कटाइनेछ र त्यसपछि कुनै रकम बाँकी रहन आएमा त्यस्तो रकम कर बक्यौता रहेका व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
(६) लिलाम बिक्रीबाट प्राप्त रकम उपदफा (५) बमोजिम मिलान गरिसकेपछि विभागले सो मिलानको प्रक्रिया खुलाईएको लिखित सूचना कर
बक्यौता रहेका व्यक्तिलाई दिनु पर्नेछ ।
(७) लिलाम बिक्रीबाट प्राप्त रकमलाई उपदफा (५) बमोजिमको प्रक्रिया अपनाई मिलान गर्दा सो उपदफामा उल्लिखित खर्च, कर र ब्याज बापतको रकम पूर्णरुपमा भुक्तानी गर्न अपर्याप्त भएमा विभागले नपुग रकम असूलउपर गर्न दफा १०४, १११ वा यस दफा बमोजिम पुनः कारबाही प्रारम्भ गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(क) “दाबी गरेको सम्पत्ति” भन्नाले अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा १०३ को उपदफा (२) वा दफा १०४ को उपदफा (२) मा
उल्लिखित कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति सम्झनुपर्छ ।
(ख) “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले दफा १०४ बमोजिम दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च सम्झनु पर्छ ।
(ग) “कर बक्यौता रहेको व्यक्ति” भन्नाले दफा १०३ र १०४ मा उल्लिखित अग्रिम कर कट्टी गर्ने व्यक्ति समेतलाई सम्झनुपर्छ ।

१०६. नेपाल ……… बाहिर जान रोक लगाइनेः (१) कुनै व्यक्तिले कर दाखिला गर्नु पर्ने मितिभित्र कर दाखिला नगरेमा कर विभागले त्यस्तो व्यक्तिलाई कर दाखिला गर्न सूचना दिएको समय भुक्तानी भएको मितिदेखि ७२ घण्टासम्मका लागि नेपाल सरकारको सम्बन्धित कार्यालयलाई लिखित सूचना दिई सो व्यक्तिलाई देशबाट बाहिर जानबाट रोक्ने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित समयावधिमा थप गर्नु पर्ने भएमा विभागले सम्बन्धित पुनरावेदन अदालतको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको व्यक्तिले कर दाखिला गरेमा वा कर दाखिल गर्ने सम्बन्धमा सन्तोषजनक व्यवस्था गरेको विभागलाई लागेमा उपदफा
(१) बमोजिम सम्बन्धित कार्यालयलाई सूचना दिई त्यस्तो आदेश फिर्ता लिन सक्नेछ ।

१०७. निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइनेः (१) कुनै निकायले यस ऐन बमोजिम पालन गर्नु पर्ने कुनै कुरा पालन नगरेमा सो समयमा सो निकायको अधिकृतको रुपमा कार्य गर्ने प्रत्येक व्यक्ति सोको निमित्त जिम्मेवार हुनेछन्।
(२) कुनै निकायले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई कसूर गरेमा सो निकायका तत्काल वहाल रहेका वा ६ महिना अघिसम्म वहाल रहेका प्रत्येक अधिकृतहरू संयुक्त वा छुट्टाछुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार हुनेछन्।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरू देहायका अवस्थामा लागू हुने छैनन्ः–
(क) सो व्यक्तिको जानकारी वा मन्जुरीविना सो निकायले त्यस्तो कसूर गरेको अवस्थामा, र
(ख) त्यस्तो कसूर हुन नदिन सो व्यक्तिले त्यस्तै समान परिस्थितिहरूमा सामान्य मानवीय विवेक प्रयोग गर्ने व्यक्तिले अपनाउनेसम्मको
होसियारी, परिश्रम र सीप अपनाएको वा प्रयोग गरेको भएमा ।
(४) कुनै व्यक्तिले उपदफा (२) बमोजिम वुझाउनु पर्ने कर दाखिला गरेमा सो व्यक्तिले देहाय बमोजिम गर्न सक्नेछः–
(क) निजले त्यसरी दाखिला गरेको रकम सो निकायबाट असूलउपर गर्न,
(ख) खण्ड (क) को प्रयोजनको लागि त्यसरी दाखिला गरेको रकमभन्दा बढी नहुने गरी निजको कब्जामा रहेको वा रहन आउने सो
निकायको द्रब्य समेतका सम्पत्ति आफ्नो अधीनमा राख्न ।
(५) उपदफा (४) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर सो निकाय वा अन्य कुनै व्यक्तिले कुनै दाबी गर्न पाउने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कुनै निकायका अधिकृत” भन्नाले सो निकायको व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने कुनै व्यक्ति सम्झनु पर्छ ।

१०८. प्रापकबाट करको असुलीः (१) प्रत्येक प्रापकले प्रापकको पदमा नियुक्त भएको मिति वा नेपालस्थित कुनै सम्पत्ति कब्जामा लिएको मितिमध्ये जुन अघिल्लो हुन्छ सो मितिले पन्ध्र दिनभित्र विभागलाई लिखित रुपमा सो कुराको सूचना दिनु पर्नेछ ।
(२) कर बक्यौता राख्ने व्यक्तिले दाखिला गर्नु पर्ने रकमको सम्बन्धमा विभागले लिखित सूचना प्रापकलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त गरेपछि प्रापकले देहाय बमोजिम गर्नु पर्नेछः–
(क) प्रापकको कब्जामा आएको सम्पत्तिको आवश्यक हिस्सा बिक्री गरी आएको रकमबाट दफा १०३ को उपदफा (२) को खण्ड (ग) को
अधिनमा रही उपदफा (२) बमोजिम दाखिला गर्नु पर्ने करभन्दा अग्राधिकार रहेको कुनै ऋण भए त्यस्तो ऋण बापत भुक्तानी गरी सो उपदफा अन्तर्गत विभागले सूचित गरेको रकम छुट्याई राख्नुपर्ने, र
(ख) कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट निजको कर दायित्व बापत त्यसरी छुट्याइएको रकम विभागमा दाखिला गर्नु पर्ने ।
(४) प्रापकले उपदफा (३) बमोजिम कुनै रकम छुट्याई नराखेको हदसम्म त्यस्तो कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट दाखिला गर्नु पर्ने कर दायित्व बराबरको रकम विभागमा दाखिला गर्ने व्यक्तिगत दायित्व प्रापकको हुनेछ ।
तर दाखिला गरेको रकम कर बक्यौता रहेको व्यक्तिबाट प्रापकले असूलउपर गरिलिन सक्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(क) “प्रापक” भन्नाले देहायका कुनै व्यक्ति सम्झनु पर्छः–
(१) लिक्विडेटर,
(२) कुनै सम्पत्ति वा निकायका सम्बन्धमा प्रापकको रुपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति,
(३) बन्धकी लिई सम्पत्ति कब्जामा राख्ने व्यक्ति,
(४) मृतक प्राकृतिक व्यक्तिको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति, वा
(५) असक्षम प्राकृतिक व्यक्तिको काम कारबाही गरिदिने कुनै व्यक्ति ।
(ख) “कर बक्यौता राख्ने व्यक्ति” भन्नाले जसको सम्पत्ति प्रापकको कब्जामा आएको हो सो व्यक्ति सम्झनु पर्छ ।

१०९. रकम बुझाउनु पर्ने व्यक्तिबाट कर असूलउपर गर्नेः (१) कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाईसक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा देहाय बमोजिमको कुनै पनि भुक्तानीकर्तालाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनु पर्ने करको हदसम्मको रकम सो सूचनामा उल्लिखित मितिभित्र विभागमा दाखिला गर्न आदेश दिन सक्नेछः–
(क) कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनु पर्ने व्यक्ति,
(ख) कर बक्यौता राख्ने व्यक्तिको लागि वा निजको तर्फबाट द्रब्य राख्ने व्यक्ति,
(ग) कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रब्य राख्ने व्यक्ति, वा
(घ) तेस्रो पक्षबाट सो द्रब्य कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने अख्तियारी पाएको व्यक्ति ।
(२) विभागले उपदफा (१) बमोजिम भुक्तानीकर्तालाई दिएको सूचनाको प्रतिलिपि कर बक्यौता राख्ने व्यक्तिलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको सूचनामा उल्लिखित मिति खण्ड (क) र (ख) मा उल्लिखित मितिभन्दा अघिल्लो हुन सक्ने छैनः–
(क) सो रकम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने मिति वा निजको तर्फबाट त्यस्तो रकम राखेको मिति, र
(ख) उपदफा (२) बमोजिम सूचना दिएको मिति ।
(४) उपदफा (१) बमोजिम भुक्तानीकर्ताले सो उपदफा बमोजिम दाखिला गरेको रकम कर बक्यौता राख्ने व्यक्तिलाई भुक्तानी गरेसरह मानिनेछ । यस्तो रकम कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले भुक्तानीकर्तासंग दाबी गर्न पाउने छैन ।

११०. गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूल उपर गर्नेः (१) कुनै कर बक्यौता राख्ने गैर बासिन्दा व्यक्तिले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनैपनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार  मूल्य बरावरको रकमबाट त्यस्तो कर बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ ।
(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको आदेश अनुसार कर रकम बुझाएमा निजले देहाय बमोजिम गर्न सक्नेछः–
(क) सो व्यक्तिले कर बक्यौता राख्ने व्यक्तिबाट त्यस्तो भुक्तानी रकम असूलउपर गर्न,
(ख) खण्ड (क) को प्रयोजनको लागि सो व्यक्तिको आफ्नो कब्जामा रहेको वा कब्जामा रहन आउने कर बक्यौता राख्ने व्यक्तिको रकम
समेतको कुनै पनि सम्पति त्यसरी भुक्तानी गरिएको रकमभन्दा बढी नहुने गरी आफ्ना अधीनमा लिन ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले कुनै पनि दाबी गर्न पाउने छैन ।

१११. कर नतिरेमा मुद्दा चलाउनेः कर दाखिला गर्नु पर्ने म्यादभित्र कर दाखिला नगर्ने व्यक्तिबाट कर असुलिका लागि विभागले सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्नेछ ।

११२. मिन्हाः (१) कुनै व्यक्तिले बुझाउनु पर्ने कर असूलउपर गर्न नसकिने भएमा नेपाल सरकारले त्यस्तो कर आंशिक वा पूर्णरुपमा मिन्हा दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले परिच्छेद–२२ बमोजिम लगाईएको शुल्क तथा ब्याज पूरै वा आंशिक रुपमा मिन्हा दिन सक्नेछ ।

११३. कर फिर्ता र हिसाब मिलानः (१) कुनै व्यक्तिले आफूले दाखिला गर्नु पर्ने कर दायित्वभन्दा बढी हुने गरी कर बुझाएकोमा बढी दाखिला गरेको कर रकम निजले यस ऐन बमोजिम दाखिला गर्नु पर्ने कर रकमबाट घटाउन विभागले निर्देशन दिन सक्नेछ । यसरी घटाउँदा बढी हुन गएको जति रकम विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले दफा ११९ बमोजिम दाखिला गरेको ब्याजसंग सम्बन्धित कर दाखिला गर्न नपर्ने भएमा विभागले यस्तो ब्याज सो व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।
(३) कुनै व्यक्तिले उपदफा (१) बमोजिम रकम फिर्ता पाउन तोकिए बमोजिम विभागमा निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवदेन देहायको मितिमध्ये पछिल्लो मितिबाट दुई वर्षभित्र दिनु पर्नेछ । सो म्यादभित्र निवेदन नदिएमा उपदफा (१) बमोजिमको रकम फिर्ता हुने छैनः–
(क) बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मिति,
(ख) बढी रकम दाखिला गरिएको मिति, वा
(ग) मुद्दा फैसला भएको मिति ।
(५) उपदफा (३) बमोजिम परेको निवेदनका सम्बन्धमा विभागले गरेको निर्णयको लिखित सूचना विभागले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(६) अदालतको आदेशले वा अन्य कारणबाट विभागले करको कुनै रकम कुनै व्यक्तिलाई फिर्ता दिँदा विभागले देहाय बमोजिमको अवधिको सामान्य दर बमोजिमको ब्याज समेत त्यस्तो व्यक्तिलाई दिनु पर्नेछः–
(क) त्यस्तो कर फिर्ता दफा ९३, ९४ वा १०० बमोजिम कुनै व्यक्तिलाई कुनै आय वर्षमा उपलब्ध भएको अधिक कर मिलानसंग सम्बन्धित
भएमा दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने मितिदेखि कर फिर्ता दिएको मितिसम्मको अवधि, र
(ख) अन्य कुनै अवस्थामा त्यस्तो व्यक्तिले फिर्ता हुने कर बुझाएको मितिदेखि फिर्ता दिएको मितिसम्मको अवधि ।
(७) कुनै आय वर्षमा दफा ५१ वा ७१ बमोजिम दाबी गर्न सकिने कर कट्टी मिलान र त्यस्ता कर कट्टीलाई यस उपदफा बमोजिम हिसाब मिलान गर्न वा फिर्ता दिन सकिने छैन ।
तर सो वर्षमा कर कट्टी मिलानलाई दफा ४ को उपदफा (२), दफा ५१ को उपदफा (४) र दफा ७१ को उपदफा (३) मा गरिएको व्यवस्था
बमोजिम गर्न सकिनेछ ।

परिच्छेद–२१ पुनरावलोकन र पुनरावेदन

११४. प्रशासकीय पुनरावलोकन हुनसक्ने निर्णयहरू तथा कार्यबिधि : (१) यस ऐनको प्रयोजनको लागि देहायका निर्णयहरू उपर प्रशासकीय पुनरावलोकन हुनसक्नेछ :–

(क) दफा ७६ बमोजिम विभागले जारी गरेको पूर्वादेश,

(ख) दफा ९५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दाखिला गर्नु पर्ने अनुमानित करका बारेमा विभागले गरेको अनुमान वा अनुमान गर्नको लागि गरेको निर्णय,

(ग) दफा ९६ को उपदफा (५) वा दफा ९७ बमोजिम आय विवरण पेश गर्न कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,

(घ) कुनै व्यक्तिले दफा ९८ बमोजिम पेश गर्नु पर्ने आय विवरणको म्याद थप गरिपाउन दिएको निवेदनमा विभागले गरेको निर्णय,

(ङ) दफा १०० वा १०१ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षको लागि बुझाउनु पर्ने करको निर्धारण वा दफा १२२ बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा ब्याजको निर्धारण,

(च) दफा १०८ को उपदफा (२) बमोजिम प्रापकको हैसियतमा कुनै व्यक्तिले पाउने रकम भनी छुट्याई राख्नु पर्ने गरी विभागले दिएको सूचना,

(छ) दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने रकम राख्ने कुनै व्यक्तिलाई विभागमा दाखिला गर्न आदेश दिने गरी विभागले गरेको निर्णय,

(ज) दफा ११० को उपदफा (१) बमोजिम गैर बासिन्दा व्यक्तिको तर्फबाट दाखिला गर्नु पर्ने कुनै व्यक्तिको कर दाखिला गर्न कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,

(झ) दफा ११३ को उपदफा (५) बमोजिम कर फिर्ता पाउँ भनी कुनै व्यक्तिले दिएको कुनै निवेदनउपर विभागले गरेको निर्णय, र

(ञ) दफा ११५ को उपदफा (३) बमोजिम उजुरी दर्ता गर्ने म्याद थपको लागि कुनै व्यक्तिले दिएको कुनै निवेदनउपर विभागले गरेको निर्णय ।

(२) उपदफा (१) को खण्ड (घ), (झ) र (ञ) मा उल्लिखित विषयहरूका सम्बन्धमा विभागले कुने निर्णय गरेको भए तापनि दफा ९८, दफा ११३ को उपदफा (३) वा दफा ११५ को उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिलाई निवेदन परेको तीस दिनभित्र विभागले निर्णयको सूचना नदिएमा सो निवेदन अस्वीकार गर्ने निर्णय गरेसरह मानी उपदफा (१) बमोजिम सो उपर प्रशासकिय पुनरावलोकन हुन सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र निर्णयको सूचना निवेदन दिने व्यक्तिलाई प्राप्त नभएमा र सोको जानकारी विभागमा दर्ता गराएमा विभागले सो उपदफामा उल्लिखित निवेदन अस्वीकार गर्न गरेको निर्णय र सोको सूचना सो मितिमा सो व्यक्तिलाई दिएको मानिनेछ ।

११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने : (१) दफा ११४ बमोजिमका प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र सो निर्णय विरुद्ध विभाग समक्ष निवेदन दिनसक्नेछ ।

(२) उपदफा (१) बमोजिम दिने निवेदनमा त्यस्तो पुनरावलोकन हुनु पर्ने कारण तथा आधारहरू स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रिन गई कुनै व्यक्तिले म्याद थपको लागि म्याद गुज्रेको मितिले सात दिनभित्र निवेदन दिएमा विभागले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) मनासिव कारण देखिएमा उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रेको मितिबाट बढीमा तीस दिनको लागि म्याद थप्न, र (ख) सो निवेदनउपर विभागले गरेको निर्णयको लिखित सूचना निवेदकलाई दिन ।

(४) उपदफा (१) बमोजिम निवेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्णयको कार्यान्वयनमा असर परेको मानिने छैन ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम कुनै व्यक्तिबाट दिइएको निवेदनको टुंगो नलागेसम्म दफा ११४ को उपदफा (१) बमोजिम भएको निर्णयलाई विभागले तामेलीमा राख्न वा अन्य कुनै किसिमले प्रभावित गर्न सक्नेछ ।

(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि तिर्नु पर्ने करको पचास प्रतिशत रकम नबुझाएसम्म सो उपदफाको व्यवस्था लागू हुने छैन ।

(७) कुनै व्यक्तिले उपदफा (१) बमोजिम दिएको निवेदनउपर विभागले देहाय बमोजिम गर्न सक्नेछ :–

(क) सो निवेदनमा उल्लिखित कुराहरूलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न, र

(ख) निवेदन उपरको निर्णयको लिखित सूचना सो व्यक्तिलाई दिन ।

(८) उपदफा (१) बमोजिम निवेदन दिएको मितिले नब्बे दिनभित्र विभागले सो निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले सोको जानकारी विभागमा दर्ता गराई विभागले निवेदन अस्वीकार गरेको मान्न सक्नेछ ।

(९) उपदफा (८) बमोजिम निवेदन अस्वीकार गरेको मानेको कुरा सम्बन्धित निवेदकले लिखित रुपमा विभागलाई जानकारी दिनु पर्नेछ । विभागले त्यस्तो जानकारी दर्ता भएको मितिमा त्यस्तो निवेदन अस्वीकार गर्ने निर्णय गरेको र सो व्यक्तिलाई सो निर्णयको सूचना दिएको मानिनेछ ।

११६. राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने : (१) दफा ११५ बमोजिम विभागमा दिएको निवेदनउपर भएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दिएको पन्ध्र दिनभित्र पुनरावेदनको सूचनाको एक प्रति विभागमा दर्ता गराउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम पुनरावेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्णयको कार्यान्वयनमा असर परेको मानिने छैन ।

(४) दफा ११४ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय महानिर्देशकले गरेको भए राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।

परिच्छेद–२२ शुल्क तथा ब्याज

११७. कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने : (१) कुनै व्यक्तिले देहाय बमोजिम नगरेमा त्यस्तो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र कुनै रकम समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको डेढ प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक हजार रुपैयाँ प्रतिमहिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ ।

(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेकोमा, वा

(ख) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नु पर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो नकटाई र रकमहरू समावेश गर्नु पर्ने भए सो समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको डेढ प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक हजार रुपैयाँ प्रतिमहिना का दरले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ ।

(३) अग्रिम कर कट्टी गर्ने कुनै एजेण्टले दफा ९० को उपदफा (१) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो एजेण्टलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नु पर्ने कर रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ ।

११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने : (१) कुनै व्यक्तिले यस उपदफाको खण्ड (क) बमोजिम दाखिला गरेको किस्ताबन्दी कर रकम खण्ड (ख) बमोजिम किस्तामा दाखिल गर्नु पर्ने कर रकमभन्दा कम भएमा सो कम रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछ :–

(क) किस्ताबन्दी कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९४ बमोजिम कुनै वर्षमा दाखिला गर्नु पर्ने किस्ताबन्दी करको सम्बन्धमा दफा ९५ बमोजिम गणना गरेको अनुमानित वा संशोधित कर रकम,

(ख) सो वर्ष दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नु पर्ने कर रकमको नब्बे प्रतिशतले हुने कर रकम ।

(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको पहिलो किस्ता बुझाउनु पर्ने मितिदेखि दफा ९९ बमोजिम कर निर्धारण भई कर बुझाउनु पर्ने मितिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ ।

(३) खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएमा यसरी बढी भएको प्रत्येक अवधिको रकममा सामान्य दरले उपदफा (२) बमोजिम ब्याज लाग्नेछ ।

(क) कुनै व्यक्तिको कुनै आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रुपमा बुझाउनु पर्ने कूल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए सो रकम को नब्बे प्रतिशत रकम,

(ख) सो आय वर्षमा तिरेको किस्ताहरूको रकम ।

११९. कर नबुझाएमा ब्याज लाग्ने : (१) कर तिर्नु पर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले ब्याज लाग्नेछ ।

(२) उपदफा (१) बमोजिम तिर्नु पर्ने ब्याज गणना गर्ने प्रयोजनको लागि दफा ९८ बमोजिम दिइएको थप म्यादमा ब्याज छुट पाइने छैन ।

(३) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ९० को उपदफा (४) पालना नगरेको कारणले निजले बुझाउनु पर्ने ब्याज निजले अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुलउपर गरिलिन पाउने छैन ।

१२०. झुठृा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने : कुनै व्यक्तिले कुनै कुराका सम्बन्धमा विभागमा झुठृा वा भ्रमपूर्ण विवरण दिएमा वा दाखिला गर्नु पर्ने कुनै कुरा वा वस्तुको जानकारी नदिई वा सो विवरणबाट हटाई विवरणमा उल्लिखित जानकारी भ्रमपूर्ण हुन गएमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछ :–

(क) जानाजानी वा लापरबाही पूर्वक गरेको नभई भूलवस झूट्ठा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको पचास प्रतिशत ।

(ख) जानाजानी वा लापरवाही गरेको कारणले झुठृा वा भ्रमपूर्ण हुन गएकोमात्यसबाट हुने घटी कर रकमको एक सय प्रतिशत ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विभागमा दाखिला गरिएको विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्यको पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृत समक्ष लिखित रुपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण समेतलाई जनाउनेछ :–

(क) निवेदन, सूचना, विवरण, उजुरी, बयान, वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,

(ख) यस ऐन बमोजिम बाहेक विभाग वा विभागका कुनै अधिकृत समक्ष पेश गरिएको कागजात,

(ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा (घ) विवरण दिइने कुराको मनासिब जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी ।

१२१. मतियारलाई शुल्क लाग्ने : परिच्छेद–२३ मा उल्लिखित कुनै कसूर गर्ने व्यक्तिलाई जानजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्ता व्यक्तिले कम तिरेको करको शतप्रतिशत रकम शुल्क लाग्नेछ ।

१२२. शुल्क तथा ब्याजको निर्धारण : (१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा ब्याजको निर्धारण विभागले गर्नेछ ।

(२) कुनै खास काम पूरा नगरेकोले वा कुनै विवरणका सम्बन्धमा यस परिच्छेद बमोजिम शुल्क तथा ब्याज बापतको दायित्वको गणना गर्दा यस परिच्छेदको प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रुपमा गणना गर्नु पर्नेछ ।

(३) यस दफा बमोजिम लगाईनेशुल्क तथा ब्याज यस ऐन बमोजिम अन्य कुनै कर बुझाउनु पर्ने भए त्यस्तो करमा थप गरिनेछ र त्यस्तो शुल्क तथा ब्याज बुझाउँदैमा परिच्छेद–२३ मा उल्लिखित फौजदारी कारवाही सम्बन्धी दायित्वबाट कुनै व्यक्ति मुक्त भएको मानिने छैन ।

(४) यस दफा बमोजिम शुल्क तथा ब्याजको निर्धारण गरिएकोमा विभागले देहायका कुरा खुलाइएको सो निर्धारणको लिखित सूचना सो व्यक्तिलाई दिनेछ । यस्तो सूचना दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सक्नेछ ।

(क) विभागले शुल्क तथा ब्याज निर्धारण गर्नुपरेको कारण,

(ख) बुझाउनु पर्ने र शुल्क तथा ब्याज बापतको रकम,

(ग) सो रकम कसरी गणना गरिएको हो सोको तरिका, र

(घ) सो निर्धारण विरुद्ध उजुरी गर्ने समय, स्थान र तरिका ।

(५) यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा देहाय बमोजिम हुनेछ :–

(क) दफा १०१ को उपदफा (१), उपदफा (२), उपदफा (३) को खण्ड ( ख), उपदफा (४) र (५) मा लेखिएका कुराहरू यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा पनि लागू हुनेछ, र

(ख) दफा १०१ को उपदफा (३) को खण्ड (ख),(ग), उपदफा (४), (५) र दफा १०२ मा लेखिएका कुराहरू यस दफाको उपदफा (४) का हकमा पनि लागू हुनेछ ।

परिच्छेद–२३ कसूर तथा सजाय

१२३. कर दाखिला नगर्नेलाई हुने सजाय : मनासिव माफिकको कारणबिना कर दाखिला गर्नु पर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयााँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

१२४. झुट्ठा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय : कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानाजानी वा लापरबाही साथ पेश गरेको कारणले झुठ्ठा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो विषयका सम्बन्धमा कुनै खास कुरा वा विषयको जानकारी विवरणमा उल्लेख नगरी वा हटाई सो विवरण भ्रमपूर्ण हुन गएकोमा त्यस्तो व्यक्तिलाई चालिस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विभागमा दिएको कुनै जानकारी वा विवरण” भन्नाले दफा १२० को स्पष्टीकरणमा उल्लेख भएको विवरण सम्झनु पर्छ ।

१२५. कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय : (१) देहायका कार्य गर्ने व्यक्तिलाई पाँच हजार रुपैयााँदेखि बीस हजार रुपैयााँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ :–

(क) यस ऐन बमोजिम आफनो कर्तव्य पालना गर्ने सिलसिलामाविभागको अधिकृतलाई बाधाविरोध गरेमा,

(ख) दफा ८३ बमोजिमको सूचना बमोजिम कार्य नगरेमा, वा

(ग) अन्य कुनै रुपमा यस ऐनको कार्यान्वयनमा बाधा विरोध गरेमा ।

(२) उपदफा (१) बमोजिमको कार्य गर्ने उद्योग गरेमा सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ ।

१२६. अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय : (१) दफा ८४ को उल्लंघन गर्ने कुनै पनि अख्तियार प्राप्त व्यक्तिलाई असी हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) यस ऐन बमोजिम अख्तियार नपाएको कुनै व्यक्तिले कर वा कर भनी अन्य कुनै रकम उठाएमा वा उठाउन प्रयत्न गरेमा असी हजार रुपैयाँदेखि दुई लाख चालीस हजार रुपैंयासम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

१२७. मतियारलाई हुने सजाय : यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन गर्ने व्यक्तिलाईकसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ । तर यस्तो मतियार सरकारी कर्मचारी भएमा कसुरदारलाई हुने सजाय बराबर सजाय हुनेछ ।

१२८. ऐनको पालना नगर्नेलाई हुने सजाय : यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूका कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

१२९. विभागले जरिवानाको रकम दाखिला गर्न आदेश दिन सक्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२६ मा उल्लिखित कसूरमा बाहेक कुनै व्यक्तिले आफूले यस परिच्छेदमा उल्लेख भएको अन्य कुनै एक वा एकभन्दा बढी कसूर गरेको भनी अदालती कारबाहीको प्रकृया शुरु हुनु अगावै लिखित रुपमा स्वीकार गरेमा त्यस्तो एक वा एकभन्दा बढी कसूर गरे बापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना रकम दाखिला गर्न विभागले त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।

(२) विभागले उपदफा (१) बमोजिमको आदेश दिँदा सो आदेशमा त्यस्तो कसूर, बुझाउनु पर्ने जरिवाना रकम र जरिवाना रकम बुझाउनु पर्ने मिति खुलाउनु पर्नेछ ।

(३) विभागले यस दफा बमोजिम दिएको आदेश अन्तिम हुनेछ र सो उपर पुनरावेदन लाग्ने छैन ।

१३०. नेपाल सरकार वादी हुनेः यस परिच्छेद अन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुनेछ ।

१३१. मुद्दाको तहकिकात दायरी : (१) यस परिच्छेद बमोजिम सजाय हुने कसूरसम्बन्धी मुद्दाको तहकिकात तोकिएको अधिकृतले गर्नेछ र त्यस्तो तहकिकातको काम पुरा भएको पैतिस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकृतले सरकारी वकीलको राय सल्लाह लिनु पर्नेछ ।

 

परिच्छेद–२४ विविध

१३२ विशेषज्ञको सेवा लिन सक्ने : नेपाल सरकारले कर परीक्षणसम्बन्धी कार्यको लागि सम्बन्धित विशेषज्ञको सेवा लिन सक्नेछ र यस्ता विशेषज्ञका सम्बन्धमा समेत दफा ८४ मा उल्लिखित सरकारी गोप्यतासम्बन्धी व्यवस्था लागू हुनेछ ।

१३३. विभागीय कारबाही गरिने : कुनै कर निर्धारण लापरबाहीबाट गरेको ठहरी करदाताको दायित्व बढ्न वा घट्न गएमा त्यस्तो कर निर्धारण गर्ने वा दफा १०१ को उपदफा (३) बमोजिमको म्यादभित्र संशोधित कर निर्धारण नगर्ने सम्बन्धित अधिकृतलाई निजको सेवा शर्तसम्बन्धी प्रचलित कानून बमोजिम सजाय गर्न महानिर्देशकले विभागीय कारबाही चलाउन सक्नेछ ।

१३४. अधिकृतको परिचय पत्र : प्रत्येक अधिकृतले तोकिए बमोजिमको परिचयपत्र आफ्नो साथमा राख्नु पर्नेछ र कर्तव्य पालनाको सिलसिलामा कसैले त्यस्तो परिचयपत्र हेर्न माग गरेमा देखाउनु पर्नेछ ।

१३५. अदालतलाई भए सरहको अधिकार हुने : यस ऐनको प्रयोजनको लागि विभागलाई सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरू पेश गर्न लगाउने सम्बन्धमा प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।

१३६. असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अधिकृतले आफ्नोकर्तव्य पालन गर्दा असल नियत लिई गरेकोकाम कारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।

१३७. नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्नेः कर प्रशासनलाई प्रभावकारी बनाउन नेपाल सरकारले विभागलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।

१३८. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।

१३९. निर्देशिका बनाई जारी गर्न सक्ने : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विभागले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।

१४०. अनुसूचीमा थपघट तथा हेरफेर : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची–१ बाहेकका अनुसूचीमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।

१४१. प्रहरीले सहयोग गर्नु पर्ने : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्ने सम्बन्धमा  भागले मागेको सहयोग गर्नु प्रहरीको कर्तव्य हुनेछ ।

१४२. करसम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सालबसाली लागू हुने आर्थिक ऐनले यस ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छूट दिने वा मिन्हा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थाहरूमा कुनै पनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्थाहरू गर्न सक्ने छैन ।

१४३. खारेजी, संशोधन बचाउ : (१) आयकर ऐन, २०३१ र घर जग्गा बहाल कर ऐन, २०२३ खारेज गरिएका छन्।

(२) देहायका ऐनहरूमा देहाय बमोजिम संशोधन गरिएका छन्ः–

(क) ………

(ख) कर्मचारी संचयकोष ऐन, २०१९ मा संशोधन : कर्मचारी संचय कोष ऐन, २०१९ को दफा १८ को खण्ड (ख) को अन्त्यमा रहेका “कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरूको सट्टा “आयकर बाहेक कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरू राखिएका छन्।

(ग) नेपाल पेट्रोलियम ऐन, २०४० मा संशोधन : नेपाल पेट्रोलियम ऐन, २०४० को दफा १३ को खण्ड (ग) झिकिएकोछ ।

(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा संशोधन : निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा रहेका “यस्तै अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरूको सट्टा “आयकर बाहेक अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरू राखिएका छन्।

(ङ) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ मा संशोधन : नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ खारेज गरिएको छ ।

(च) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० मा संशोधन : नेपाल ……… विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० खारेज गरिएको छ ।

(छ) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा संशोधन : (१) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ को खण्ड (ग), (घ), (ङ), (ञ), (ठ), (त), (थ), (द) र (ध) झिकिएका छन्।

(२) खण्ड (च) मा रहेका “आयकरमा सञ्चालन मितिले दश वर्षसम्म क्रमशः तीस, पच्चीस र बीस प्रतिशत तथा” भन्ने शब्दहरू झिकिएका छन्।

(ज) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा संशोधन : विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ५ को उपदफा (१.क) झिकिएको छ ।

(झ) वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधनः वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा २१ को दोस्रो हरफमा रहेको “आयकर” भन्ने शब्द झिकिएको छ ।

(ञ) त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधन : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ३३ को उपदफा (२) झिकिएकोछ ।

(ट) विद्युत ऐन, २०४९ को दफा १२ मा संशोधन : (१) विद्युत ऐन, २०४९ को दफा १२ को दफा शीर्षकमा रहेको“आयकर” भन्ने शब्द झिकिएको छ ।

(२) उपदफा (१), (२), (३), (४), (५) र (६) झिकिएका छन् ।

(ठ) पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ मा संशोधन : पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ को उपदफा (२) झिकिएको छ ।

(ड) वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ मा संशोधनः वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ को दफा १८ को उपदफा (१) मा रहेको “आयकर” भन्ने शब्द झिकिएको छ ।

(ढ) नगर विकास कोष ऐन, २०५३ मा संशोधन : नगर विकास कोष ऐन, २०५३ को दफा २४ खारेज गरिएको छ ।

(ण) दूर सञ्चार ऐन, २०५३ को दफा ३४ को उपदफा (१) खारेज गरिएको छ ।

(३) उपदफा (१) वा (२) बमोजिम खारेज वा संशोधन भएका ऐन वा ऐनका दफाहरू अन्तर्गत गरिएका सवै काम कारबाही यसै ऐन अन्तर्गत गरिएका मानिनेछन्।

(४) यो ऐन लागू हुनुभन्दा अघिका आय वर्षको आय कर निर्धारण र असूलउपर गर्ने सम्बन्धी व्यवस्थाहरूका सम्बन्धमा आय कर ऐन, २०३१ का व्यवस्थाहरू लागू हुनेछन्।

अनुसूची–१ करका दरहरू

(दफा ४ सँग सम्बन्धित)

१. प्राकृतिक व्यक्तिको सम्बन्धमा :

(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२) र (४) का अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ :–

(क) पचपन्न हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,

(ख) पचपन्न हजार रुपैयाँभन्दा बढी तर एकलाख तीसहजार रुपैयाँसम्म करयोग्य आय भएमा पचपन्न हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र

(ग) एक लाख तीस हजार रुपैयाँभन्दा बढीको करयोग्य आय भएमा एकलाख तीसहजार रुपैयाँ सम्मको करयोग्य आयमा रु. ११,२५०।– र एक लाख तीस हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।

(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पत्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ :–

(क) पचहत्तर हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,

(ख) पचहत्तर हजार रुपैयाँभन्दा बढी तर एकलाख पचास हजार रुपैयाँसम्म करयोग्य आय भएमा पचहत्तर हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र

(ग) एकलाख पचासहजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एक लाख पचासहजार रुपैयाँसम्मको करयोग्य आयमा रु. ११,२५०।– र एकलाख पचासहजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।

(३) यस अनुसूचीको उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ :–

(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पचपन्न हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा पचहत्तर हजार रुपैयाँभन्दा बढी आय भएको, र

(ख) गैर–व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदअनुरुप करयोग्य आयको गणनामा समावेश भएको ।

(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ :–

(क) देहायका रकममध्ये जुन बढी छ सो रकममा सो प्राकृतिक व्यक्ति वा दम्पतीको सो मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ :–

(१) सो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट सो लाभको रकम घटाई बाँकी हुन आउने रकम, वा

(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पचपन्न हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा पचहत्तर हजार रुपैयाँ ।

(ख) सो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ ।

तर स्वीकृत अवकाश कोषबाट भुक्तानी भएको संचयकोष तथा उपदानमा छ प्रतिशतका दरले मात्र कर कट्टी गर्नु पर्नेछ ।

(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूको लागि यस अनुसूचीको उपदफा (१), (२), (३) र (४) मा उल्लिखित कर नलाग्ने सीमाको रकम पचपन्न हजार रुपैयाँ र पचहत्तर हजार रुपैयाँमा दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा तीसहजार रुपैयाँसम्म बृद्धि गर्न सकिनेछ ।

(६) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिमको सीमा एक लाख रुपैयाँ आय र दश लाख रुपैयाँ बराबरको कारोबार हुनेछ ।

(७) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछ :–

(क) महानगरपालिका वा उप–महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुईहजार रुपैयाँ,

(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एकहजार पाँचसय रुपैयाँ,

(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एकहजार रुपैयाँ ।

(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चिस प्रतिशतका दरले कर लाग्नेछ ।

(९) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृतिभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागी उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागी उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकम को पच्चीस प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा वमोजिम करको गणना गरिनेछ ।

२. निकायको सम्बन्धमा :

(१) यस दफा को उपदफा (२), (३), (४), (५) र (७) को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ :–

(२) कुनै आय वर्षमा कुनै बैड्ढ, वित्तीय संस्था, सामान्य बिमा व्यवसाय गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ ।

स्पष्टीकारण : पेट्रोलियम कार्यको हकमा “करयोग्य आय” भन्नाले पेट्रोलियम सम्झौतामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारण भएको करयोग्य आय सम्झनु पर्छ ।

(३) कुनै निकायको नेपालको स्रोतबाट देहाय बमोजिम कुनै आय वर्षमा भएको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

(क) सो निकाय कुनै वर्षभरि पूर्णरुपले यस ऐनको दफा ११ मा उल्लिखित विशेष उद्योग सञ्चालनमा संलग्न रहेमा,

(ख) सो निकायले,–

(१) कुनै सडक, पुल, टनेल, रोप–वे वा आकाशे पुल निर्माण गरी सञ्चालन गरेमा, वा

(२) कुनै ट्रली बस वा ट्राम सञ्चालन गरेमा ।

(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्था वा संघले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा।

तर देहाय बमोजिमका बचत तथा ऋण सहकारी संस्था वा संघलाई देहाय बमोजिम छुट हुनेछः-

(१)   नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा लाग्ने करको दरमा पचहत्तर प्रतिशत‚

(२)   उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा लाग्ने करको दरमा पचास प्रतिशत।

(३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको कर योग्य आयमा बीस प्रतिशतको दरले कर लाग्नेछ।

(४) कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा बीस प्रतिशतका दरले कर लाग्नेछ ।

(५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको द्रब्य वा अशक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रष्टको करयोग्य आयमा सो द्रब्य वा ट्रष्ट बासिन्दालाई प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ ।

(६) कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दश प्रतिशतका दरले कर लाग्नेछ ।

(७) कुनै आय वर्षमा दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर– बासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

अनुसूची–२ ह्रास कट्टीको निर्धारण

(दफा १९ सँग सम्बन्धित)

१. ह्रासयोग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण : (१) ह्रासयोग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछ :–

वर्ग सम्पत्तिको विवरण

“क” भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका अन्य बनौटहरू ।

“ख” कम्प्यूटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, फिक्स्चर र कार्यालय उपकरणहरू ।

“ग” अटोमोबाइल्स, बस तथा मिनीबसहरू ।

“घ” निर्माण तथा उत्खनन् सम्बन्धी उपकरणहरू र दफा १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै समावेश नभएका ह्रासयोग्य सम्पत्तिहरू ।

“ङ” वर्ग “घ” मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिहरू बाहेकका अदृश्य सम्पत्तिहरू ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनकोलागी प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्नानुसारको

समूह राख्नु पर्नेछ र सो समूहहरूलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरूको समूह मानिनेछ :–

(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरूको सम्बन्धमा वर्ग “क”, “ख”, “ग”, वा “घ” का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरूको उही समूहमा ।

(ख) वर्ग “ङ” का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरू भए तापनि वेग्ला वेग्लै समूहमा राख्नु पर्छ ।

(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसंग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरिद गर्दा परेको लागत सरह मानिनेछ ।

२. ह्रास खर्च :

(१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरू बापत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ ।

(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमको सूत्रको प्रयोग गरी निकाल्नुपर्नेछ ।

क X

“क” भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउँनेछ,

“ख” भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रास कट्टी दरलाई जनाउँनेछ ।

(३) कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ ।

तर यसरी घटाइएपछिको रकम शून्य भन्दा कम हुने छैन :–

(क) अघिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टीआधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम ।

(ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको दफा ५ बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च ।

(ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निसर्गबाट प्राप्त कुनै रकम ।

(४) कुनै आय वर्षको अन्त्यमा वर्ग “घ” अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कूल योग हुनेछ :–

(क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरूको ह्रास कट्टीको आधार रकम, र

(ख) त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।

(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समूहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ :–

(क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समयमध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानी जोड्नु पर्नेछ ।

क/३ X ख

यस खण्डको प्रयोजनको लागि “क” लाई देहायको अवधिको लागि देहायको मान हुनेछ :–

(अ) आय वर्षको शुरुदेखी पुष मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ,

(आ) माघदेखि चैत्रमसान्तवीचको अवधि दुई हुनेछ, र

(इ) बैशाखदेखि आय वर्षको अन्त्य सम्मको अवधि एक हुनेछ ।

“ख” भन्नाले सो लागत रकम जनाउँनेछ ।

(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्षपछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको विचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह बिघटन भएको हुनुहुदैन ।

(६) वर्ग “क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिहरूको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुईहजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सवै गणना गर्नु पर्नेछ ।

३. ह्रासको दर :

(१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ :–

वर्ग दर

“क” ५ प्रतिशत

“ख” २५ प्रतिशत

“ग” २० प्रतिशत

“घ” १५ प्रतिशत

“ङ” सम्पत्ति खरिद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरी निकटतम आधा वर्षमा मिलानगरी हुन आउने दर प्रतिशतमा ।

(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र अनुसूची–१ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग “क”, “ख”, “ग” र “घ” मा उल्लिखित ह्रासयोग्य सम्पत्तिकालागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाईले थप पाउनेछन्।

४. ह्रासयोग्य सम्पत्तिको निसर्ग :

(१) कुनै व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पति वा सम्पतिहरूको निसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नु पर्नेछ ।

(क) कुनै व्यक्तिको समूहको “क”, “ख”, “ग” वा “घ” वर्गमा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त भएका आयहरू,

(ख) निसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचिको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेको ह्रास कट्टी आधार रकम ।

(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरू निसर्ग गरेमा सो समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ :–

(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार  रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षको लागि सो बढी भएजति रकम प्राप्त गरेसरह मानिनेछ ।

क – ख

वा

(ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्ष सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ ।

ख – क

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागिः–

(१) “क” भन्नालेकुनै व्यक्तिले सो सम्पत्तिको निसर्गबाट सो वर्ष प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरू (इनकमिङ्गस) सम्झनु पर्छ ।

(२) “ख” भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्झनु पर्छ :–

(अ) सो वर्षमा समूहको घट्दो प्रणालीको बाँकी मूल्य,

(आ) समूहको ह्रास आधार रकममा जोडिएका सो वर्षका खर्चहरू ( आउटगोइङ्गस), र

(इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरू (आउटगोइङ्गस) ।

(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्दो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ :–

(क) समूहको वर्ग “क”, “ख”, “ग” वा “घ” को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाएपछि हुने रकम,

(ख) समूहको वर्ग “घ” को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २ को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्षहरूका सबै खर्चहरू घटाएपछि हुने रकम ।