अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सदस्यता प्राप्त गर्ने ऐन, २०१९
१. संक्षिप्त नाम र प्रारम्भ
२. परिभाषा
३. सम्झौताहरु गर्ने र स्वीकृतिका लिखतहरु दालिख गर्ने अधिकार
४. एसोसिएशनलाई रकमहरु भुक्तानी गर्ने अधिकार
अनुसूची–१ मा लेखिएका शर्तहरु र एसोसिएशन सम्झौता अनुसार नेपाल सरकारको तर्फबाट समय समयमा सो एसोसिएशनलाई भुक्तानी गर्नुपर्ने हुन आएको रकमहरु संघीय सञ्चित कोषबाट भुक्तानी गर्ने अधिकार अर्थ मन्त्रीलाई हुनेछ ।
५. प्रोमिसरी नोटहरु निष्काशन गर्ने अधिकार
अर्थ मन्त्रीले नेपाल सरकारको तर्फबाट अनुसूची २ बमोजिमको एसोसिएशन सम्झौताको धारा २ को दफा २(ङ) मा लेखिएबमोजिमको निब्र्जाजी र बेच बिखन गर्न नहुने अर्थपत्र वा अरु ऋणपत्र आफूले उचित ठानेको ढाँचामा सिर्जना गर्न र एसोसिएशनका नाउँमा जारी गर्न सक्नेछन् र त्यसरी सिर्जना गरिएको र जारी गरिएको अर्थपत्र वा ऋणपत्रको भुक्तानी नेपाल सरकारको सञ्चित कोषबाट गरिनेछ ।
६. नेपाल राष्ट्र बैंड् डिपोजिटरी मनोनित हुने
नेपाल राष्ट्र बैंड्ढलाई अनुसूची–३ बमोजिमको एसोसिएशन सम्झौताको धारा ६ को दफा ९ को प्रयोजनको लागि डिपोजिटरी मनोनित गरिएकोछ ।
७. लेखापढीको माध्यम
नेपाल सरकारको सचिव, अर्थ मन्त्रालयलाई अनुसूची–४ बमोजिमको एसोसिएशन सम्झौताको धारा ६ को दफा १० को प्रयोजनको लागि लेखापढीको माध्यम मनोनित गरिएकोछ ।
८. एसोसिएशनको स्थिति, त्यसलाई छूट र विशेषाधिकारहरु
प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–५ बमोजिमको एसोसिएशन सम्झौताको धारा ८ मा लेखिएबमोजिम एसोसिएशनलाई स्थिति, छूट र विशेषाधिकारहरु प्राप्त हुनेछन् ।
९. अनुसूचीमा संशोधन गर्ने अधिकार
एसोसिएशन सम्झौताको यो ऐनको अनुसूची बमोजिमका कुनै कुरामा कुनै संशोधन गरिएमा सोहीबमोजिम नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो ऐनको अनुसूचीमा संशोधन गर्न सक्नेछ ।
१०. नियमहरु बनाउने अधिकार
१२. ……………..
……………..
अनुसूची–१ अन्तर्राष्ट्रिय विकास एसोसिएशन प्रस्ताव नं. १५ नेपाललाई एसोसिएशनको सदस्यता
अनुसूची–२ अन्तर्राष्ट्रिय विकास एसोसिएशनको सम्झौताको धाराहरुको धारा २ को दफा २ (ङ)
दफा २ (ङ) – एसोसिएशनले कुनै पनि सदस्यबाट एसोसिएशनको निर्णयमा आफूलाई सञ्चालन गर्न नचाहिए जति सदस्यले बुझाएको वा बुझाउनु पर्ने सदस्यको मुद्राको कुनै अंशको सट्टा सदस्य वा सदस्यले मनोनित गरेको डिपोजिटरीले यस अघिको उपदफा (घ) वा धारा ४ को दफा २ बमोजिम निकालेको बेच बिखन गर्न नहुने, निब्र्याजी, र मागेको बखत मनोनित डिपोजिटरीमा एसोसिएशनको नाउँमा जम्मा गरी सममूल्य (पार भ्यालू) मा भुक्तानी दिनुपर्ने नोट वा यस्तै अरु ऋणपत्रहरु स्वीकार गर्नेछ ।
अनुसूची–३ सम्झौताको धाराहरुको धारा ६ को दफा ९
दफा ९– डिपोजिटरीहरुः प्रत्येक सदस्य मुलुकले एसोसिएशनसंग रहने आफनो मुद्रा वा एसोसिएशनको अरु जायज्यथाको मौज्दातको निमित्त आफनो केन्द्रीय बैंङ्कलाई डिपोजिटरी मनोनित गर्नेछन् वा सो मुलुकको आफनो केन्द्रीय बैंङ्क नभएमा एसोसिएशनलाई मञ्जुर हुने यस्तै अरु संस्थालाई मनोनित गर्नेछन् । छुट्टै कुनै मनोनित नगरिएमा बैंङ्कको निमित्त मनोनित भएको डिपोजिटरी एसोसिएशनको निमित्त डिपोजिटरी हुनेछ ।
अनुसूची–४ सम्झौताको धाराहरुको धारा ६ को दफा १०
दफा १०– लेखापढीको माध्यमः प्रत्येक सदस्य मुलुकले यस सम्झौता अन्तर्गत उठेको कुनै कुराको सम्बन्धमा जुनद्वारा एसोसिएशनले लेखापढी गर्नु पर्नेछ त्यसमा माध्यमको निमित्त उचित अधिकारीलाई मनोनित गर्नेछन् । छुट्टै कुनै मनोनित नभएमा बैंङ्कको निमित्त मनोनित गरिएको अधिकारीलाई एसोसिएशनको लेखापढीको माध्यम मानिनेछ ।