अध्यागमन ऐन, २०४९
लालमोहर प्रकाशन मिति
२०४९।७।१७
संशोधन गर्ने ऐन
१. अध्यागमन (पहिलो संशोधन), २०५०- २०५०।६।२७
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३- २०५३।८।१२
प्रमाणीकरण र प्रकाशन मिति
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६- २०६६।१०।७
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२-२०७२।११।१३
२०४९ सालको ऐन नं. ३०
अध्यागमन सम्बन्धी ब्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः नेपाल राज्यभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्न तथा
नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं बर्षमा संसदले यो ऐन बनाएको छ ।