३. स्वास्थ्य व्यवसायीहरूको तह र नाम दर्ताको लागि आवश्यक न्यूनतम योग्यताः
(१)
स्वास्थ्य व्यवसायीलाई देहाय बमोजिमको तहमा वर्गीकरण गरिएको छ :-
(क) विशिष्ट तह,
(ख) प्रथम तह,
(ग) द्वितीय तह, र
(घ) तृतीय तह ।
(२) उपनियम (१) बमोजिम वर्गीकृत स्वास्थ्य व्यवसायीको रूपमा परिषद्मा नाम
दर्ता गर्नको लागि सम्बन्धित स्वास्थ्य व्यवसायीले परिषद्बाट मान्यता प्राप्त शिक्षण
संस्थाबाट देहाय बमोजिमको शैक्षिक योग्यता वा उपाधि वा तालिम प्राप्त गरेको हुनु
पर्नेछ :–
(क) विशिष्ट तहको लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर
वा सो सरहको उपाधि प्राप्त गरेको,
(ख) प्रथम तहको लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तिर्ण,
(ग) द्वितीय तहको लागि सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण,
(घ) तृतीय तहको लागि सम्बन्धित विषयमा कम्तीमा एक वर्षको
तालिम प्राप्त गरेको ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “मान्यता प्राप्त
शिक्षण संस्था” भन्नाले परिषद्ले तोकेको शिक्षण संस्था सम्झनु
पर्छ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ
हुँदाका बखत नेपाल सरकारको स्वास्थ्य सेवामा बहाल रहेका कर्मचारीहरूको हकमा
निजले सेवा प्रवेश गर्दाका बखत तोकिएको शैक्षिक योग्यता तथा उपाधि र सम्बन्धित
विषयको तालिमलाई यस नियमावली बमोजिम नाम दर्ता गर्ने प्रयोजनको लागि न्यूनतम
शैक्षिक योग्यता पुगेको मानिनेछ ।
(४) परिषद्ले तोकेको शर्त अनुरुप सञ्चालन नभएका शिक्षण संस्थाले उपलब्ध
गराएको प्रमाणपत्र वा अन्य उपाधिलाई परिषद्ले मान्यता दिने छ्रैन ।
४. नाम दर्ता तथा पुनः नाम दर्ता दस्तुर :-
(१) स्वास्थ्य व्यवसायीको रुपमा परिषद्मा
नाम दर्ता गर्नको लागि देहाय बमोजिमको दस्तुर लाग्नेछः–
(क) विशिष्ट तहको लागि दुई हजार रुपैयाँ,
(ख) प्रथम तहको लागि एक हजार पाँच सय रुपैयाँ,
(ग) द्वितीय तहको लागि एक हजार रुपैयाँ,
(घ) तृतीय तहको लागि सात सय रुपैयाँ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी शिक्षण
संस्थाबाट शैक्षिक उपाधि वा तालीम प्राप्त गरेका व्यक्तिले परिषद्मा स्वास्थ्य व्यवसायीको
रुपमा नाम दर्ता गर्नको लागि देहाय बमोजिमको दस्तुर लाग्नेछः–
(क) विशिष्ट तहको लागि चार हजार रुपैयाँ,
(ख) प्रथम तहको लागि तीन हजार रुपैयाँ,
(ग) द्वितीय तहको लागि दुई हजार रुपैयाँ,
(घ) तृतीय तहको लागि एक हजार पाँच सय रुपैयाँ ।
(१ख) उपनियम (१) र (१क) बमोजिम दस्तुर परिषद्को सिफारिसमा नेपाल
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गर्न सक्नेछ ।
(२) नियम १३ बमोजिम पेशागत आचरणको उल्लंघन गरेको वा ऐनको दफा १९
बमोजिम नाम दर्ता भै परिषद्को दर्ता किताबबाट नाम हटेकोमा पुनः नाम दर्ता गर्नु
परेमा शुरु नाम दर्ता दस्तुर सरहको दर्ता दस्तुर बुझाउनु पर्नेछ ।
(३) कुनै गैर नेपाली नागरिकले स्वास्थ्य व्यवसायीको रूपमा परिषद्मा आफ्नो नाम
दर्ता गराउन चाहेमा उपनियम (१क) बमोजिमको दस्तुरको दोब्बर दस्तुर बुझाउनु पर्नेछ ।
५. नाम दर्ताको लागि दरखास्त दिने :- (१) स्वास्थ्य व्यवसाय गर्नको लागि परिषद्मा
आफ्नो नाम दर्ता गराउन चाहने व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा परिषद्मा
दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा नियम ३ को उपनियम (२) बमोजिम
निर्धारित शैक्षिक योग्यता वा उपाधि तथा तालीमको प्रमाणपत्रको अतिरिक्त त्यस्तो शैक्षिक
योग्यता वा उपाधि तथा तालीमको प्रमाणपत्रको सम्बन्धमा आधिकारिक निकायबाट दिइएको
कागजात, नियम ४ बमोजिम निर्धारित नाम दर्ता दस्तुर र नेपाली नागरिक भए नेपाली
नागरिकताको प्रमाणपत्र र गैर नेपाली नागरिक भए राहदानी वा निजको परिचय जनिने गरी
सरकारी निकायबाट जारी भएको परिचयपत्र समेत संलग्न गर्नु पर्नेछ ।
६. दरखास्त उपर जाँचबुझः नियम ५ बमोजिम पर्न आएको दरखास्त उपर रजिष्ट्रारले
आवश्यक जाँचबुझ गर्दा दरखास्त रीतपूर्वकको भएको, सम्पूर्ण कागजात तथा दरखास्त
दस्तुर संलग्न भएको र शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधि मान्यता प्राप्त
भएको देखेमा परिषद्को सम्बन्धित विषय समितिमा पेश गर्नु पर्नेछ ।
६क. थप विवरण तथा कागजात माग गर्न सक्ने :- नियम ६ बमोजिम जाँचबुझ गर्दा थप
विवरण तथा कागजात माग गर्न आवश्यक देखिएमा रजिष्ट्रारले दरखास्तवालासँग त्यस्तो
विवरण तथा कागजात माग गर्न सक्नेछ ।
७. प्रतिवेदन पेश गर्नु पर्ने :- नियम ६ बमोजिम रजिष्ट्रारबाट प्राप्त भएका दरखास्तसाथ
संलग्न शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधि छानविन गर्दा मान्यता प्राप्त शिक्षण
संस्थाबाट उपलब्ध गराइएको र सम्बन्धित विषयसँग सम्बन्धित भएको देखिएमा
सम्बन्धित विषय समितिले त्यस्तो दरखास्तवालाको परीक्षा लिई सो परीक्षामा निज सफल
भएमा निजको नाम दर्ता गरी प्रमाणपत्र दिने सिफारिस सहितको प्रतिवेदन तीन
महिनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।
८. नाम दर्ताको निर्णयः (१) नियम ७ बमोजिम पेश हुन आएको विषय समितिको सिफारिस
प्रतिवेदन उपयुक्त देखिएमा परिषद्ले विषय समितिले सिफारिस गरेको दरखास्तवालाको
नाम परिषद्मा दर्ता गर्ने निर्णय गर्नेछ ।
(२) गैर नेपाली नागरिकको हकमा बढीमा एक वर्षको लागि नेपाल ……..मा
स्वास्थ्य व्यवसायीको रूपमा काम गर्न पाउने गरी परिषद्मा नाम दर्ता गर्ने निर्णय गर्नु
पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अवधि तोकी नाम दर्ता गराएको गैर नेपाली
नागरिकले सो अवधि समाप्त भएपछि पुनः आफ्नो नाम परिषद्मा दर्ता गराउन चाहेमा पुनः
नाम दर्ताको लागि दरखास्त दिनु पर्नेछ र त्यस्तो दरखास्त परेमा यस नियमावलीमा
उल्लिखित अन्य कार्यविधि पूरा गरी परिषद्ले त्यस्ता गैर नेपाली नागरिकको नाम एक
पटकमा एक वर्षमा नबढने गरी पुनः दर्ता गर्ने निर्णय गर्न सक्नेछ ।
९. दर्ता किताबः (१) स्वास्थ्य व्यावसायीको नाम दर्ताको प्रयोजनको लागि रजिष्ट्रारले
अनुसूची–२ बमोजिमको ढाँचामा दर्ता किताब राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता किताब राख्दा स्वास्थ्य व्यवसायीहरूको
विषयगत तथा तहगत आधारमा छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ ।
१०. नाम दर्ता प्रमाणपत्रः (१) नियम ८ को उपनियम (१) बमोजिम परिषद्ले नाम दर्ता गर्ने
निर्णय गरेका दरखास्तवालाको नाम रजिष्ट्रारले दर्ता कितावमा दर्ता गरी अनुसूची–३
बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
(२) नियम ८ को उपनियम (२) बमोजिम कुनै गैर नेपाली नागरिकको नाम
परिषद्मा दर्ता गर्ने निर्णय भएको रहेछ भने त्यस्तो गैर नेपाली नागरिकलाई अवधि तोकेर
मात्र नाम दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
११. नाम दर्ता नभएको जानकारी दिनेः परिषद्मा नाम दर्ताको लागि दिएको दरखास्त उपर
कारबाई हुँदा परिषद्ले कुनै कारणवस त्यस्तो दरखास्तवालाको नाम दर्ता नगर्ने गरी
निर्णय गरेकोमा रजिष्ट्रारले अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित दरखास्तवालालाई
सो को जानकारी दिनु पर्नेछ ।
११क.रजिष्ट्रारको पदमा नियुक्त हुन चाहिने योग्यता :- रजिष्ट्रारको पदमा नियुक्ति हुनको
लागि स्नातकोत्तर वा सो भन्दा माथिको उपाधि हासिल गरी पाँच वर्षको अनुभव प्राप्त
गरेको वा स्नातक वा सो सरहको उपाधि प्राप्त गरी दश वर्षको अनुभव प्राप्त गरेको हुनु
पर्नेछ ।