Skip to contentSkip to left sidebar Skip to footer

सैनिक सेवा नियमावली, २०६९

सैनिक सेवा नियमावली, २०६९

नेपाल राजपत्रमा प्रकाशित मिति

२०६९।१०।१०

सैनिक ऐन, २०६३ को दफा १४३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

 

१. सङ्क्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सैनिक सेवा नियमावली, २०६९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “अधिकृत क्याडेट” भन्नाले अधिकृतमा कमिशन हुन अधिकृत क्याडेट तालिमको लागि छनौट भएका व्यक्ति सम्झनु पर्छ ।
(ख) “आर्टिलरी फौज” भन्नाले युद्धको समयमा आधारभूत लडाकु फौजलाई फायर सपोर्ट दिएर सहयोग पु¥याउने विभिन्न ठूला हात–हतियार तथा तोपहरूबाट सु– सज्जित फौजलाई सम्झनु पर्छ ।

(ग) “आधारभूत फौज” भन्नाले अपरेशन संचालन गर्ने फौजलाई सम्झनु पर्छ र सो शव्दले ईन्फ्‌यान्ट्री, मेकनाईज्ड ईन्फ्‌यान्ट्री फौज समेतलाई जनाउँछ ।

(घ) “आम्र्स” भन्नाले यूद्धमा भाग लिने आधारभूत फौजलाई सम्झनु पर्छ र सो शब्दले ईन्फ्‌यान्ट्री, आरमोर, आर्टिलरी, एयर डिफेन्स आर्टिलरी, ईन्जिनियर्स तथा सिग्नल समेतलाई जनाउँछ ।

(ङ) “ईन्जिनियर्स फौज” भन्नाले युद्धको समयमा आधारभूत लडाकु फौजलाई आवश्यकता अनुसार सहयोग पु¥याउने श्रोत साधनयुक्त फौजलाई सम्झनु पर्छ ।

(च) “ईन्ट तथा सुरक्षा समूह” भन्नाले नेपाली सेनालाई चाहिने अति संवेदनशिल सूचनाहरूको संकलन र सहि विश्लेषण गरी प्रवाह गर्ने तथा भविष्यमा आउन सक्ने सम्भावित घटनाहरूको पूर्व आंकलन गर्ने समूहलाई सम्झनु पर्छ ।

(छ) “एयर डिफेन्स आर्टिलरी फौज” भन्नाले युद्धको समयमा आधारभूत लडाकु फौजलाई शत्रु वा विपक्षीको विविध हतियार तथा साधनहरूको प्रयोगबाट हुने हवाई हमलालाई निस्क्रिय वा न्यून पार्न प्रत्यक्ष प्रतिरक्षात्मक कारवाही गर्ने फौजलाई सम्झनु पर्छ ।
(ज) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ ।
(झ) “कम्ब्याट आम्र्स फौज” भन्नाले युद्धमा प्रत्यक्ष संलग्न हुने गूत्थमगूत्थाको लडाईमा सहभागी हुने आधारभूत लडाकु फौजलाई सम्झनु पर्छ र सो शव्दले ईन्फ्‌यान्ट्री, मेकनाईज्ड ईन्फ्‌यान्ट्री तथा स्पेशल फोर्स समेतलाई जनाउँछ ।

(ञ) “कम्ब्याट रिलेटेड डिउटीज्” भन्नाले लडाईमा प्रत्यक्ष रुपमा संलग्न नहुने तथा खण्ड (ण) मा उल्लेखित डाईरेक्ट कम्ब्याट डिउटीज् बाहेकका सैनिक निकायहरूले गर्ने कार्यलाई सम्झनु पर्छ ।
(ट) “कार्य सम्पादन मूल्याङ्कन” भन्नाले नियम ३९ बमोजिमको विवरण सम्झनु पर्छ ।
(ठ) “कार्य समूह” भन्नाले नेपाली सेनालाई सुदृढ एवं व्यवस्थित किसिमले संचालन गर्ने र सकल दर्जालाई तालिम दिई पेशागत दक्षता बढाउने, अनुशासन कायम गर्ने र रेकर्ड अद्यावधिक गर्ने मुख्य जिम्मेवारी भएको समूहलाई सम्झनु पर्छ ।
(ड) “कार्यालय प्रमुख” भन्नाले जङ्गी अड्डा र सो अन्तर्गतका पृतना, बाहिनी, गण र गुल्म वा सो सरहका युनिटको प्रमुख एवं पृतना तथा बाहिनीमा रहेका कम्ब्याट सपोर्ट र कम्ब्याट सर्भिस सपोर्ट अङ्गका प्रमुख तथा निर्देशनालय, शिक्षण संस्था, डिपो र विभिन्न कार्यालयका प्रमुख सम्झनु पर्छ ।

(ढ) “जङ्गी अड्डा” भन्नाले सैनिक मुख्यालय सम्झनु पर्छ ।

(ण) “डाईरेक्ट कम्ब्याट डिउटीज्” भन्नाले देहायको निकायमा कार्यरत सैनिक व्यक्तिहरूले लडाईको समयमा अग्र भागमा गई प्रत्यक्ष रुपमा लड्ने कार्यलाई सम्झनु पर्छः
(१) पदिक अंग तर्फका गण।गुल्महरू तथा सो सरहका निकायहरू,
(२) विशेष फौज तर्फका गण।गुल्महरू तथा सो सरहका निकायहरू,
(३) ईन्जिनियर्स अंग तर्फका गण।गुल्महरू तथा सो सरहका निकायहरू,
(४) आर्टिलरी तर्फका गण।व्याट्रीहरू तथा सो सरहका निकायहरू,
(५) हवाई सुरक्षा अंग तर्फका गण।व्याट्रीहरू तथा सो सरहका निकायहरू ।
(त) “पदपूर्ति समिति” भन्नाले नियम ८ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ ।
(थ) “पदिक वा हुद्दा क्याडेट” भन्नाले अधिकृतमा कमिशन हुन पदिक वा हुद्दा क्याडेटमा तालिमको लागि छनौट भएको सैनिक व्यक्ति सम्झनु पर्छ ।
(द) “परिवार” भन्नाले सैनिक व्यक्तिसँग बस्ने तथा निज आपैmले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले विवाहिता महिला सैनिक व्यक्तिको हकमा निजको सासु ससुरा समेतलाई जनाउँछ ।

(ध) ‘‘प्रिन्सिपल स्टाफ अफिसर्स (पि.एस.ओज.)” भन्नाले विभागीय प्रमुखहरूलाई सम्झनु पर्छ र सो शब्दले प्रधान सेनापतिले पि.एस.ओज. भनी तोकेको उपरथी वा सो भन्दा माथिल्लो दर्जाको अधिकृत समेतलाई जनाउँछ ।

(न) ‘‘प्रिन्सिपल स्टाफ अफिसर्स समिति” भन्नाले नियम ९९ बमोजिम गठन हुने समितिलाई सम्झनु पर्छ ।
(प) “बढुवा समिति” भन्नाले नियम ३३ बमोजिमको बढुवा समिति सम्झनु पर्छ ।
(फ) “बन्दोबस्ती समूह” भन्नाले नेपाली सेनालाई शान्तिकाल वा युद्धको समयमा चाहिने आवश्यक सामानहरूको पूर्ति र व्यवस्थित किसिमले वितरण गर्ने जिम्मेवारी भएको समूहलाई सम्झनु पर्छ ।

(ब) “मन्त्रालय” भन्नाले रक्षा मन्त्रालय सम्झनु पर्छ । (भ) “विभागीय प्रमुख” भन्नाले जङ्गी अड्डाभित्रका बलाधिकृत विभाग, बलाध्यक्ष
विभाग, कार्यरथी विभाग, प्रवन्धरथी विभाग, सम्भाररथी विभाग, निरीक्षणाधिकृत विभाग र नेपाल सरकारले विभागको रुपमा तोकेको कार्यालयका प्रमुख सम्झनु पर्छ ।

(म) “सर्पोटिङ्ग फौज” भन्नाले आधारभूत लडाकु फौजलाई युद्धमा सहयोग पु¥याउने फौजलाई सम्झनु पर्छ र सो शब्दले आर्टिलरी, एयर डिफेन्स आर्टिलरी, आर्मी एभिएसन, ईन्जिनियर्स तथा सिग्नल समेतलाई जनाउँछ ।

(य) “सर्भिसेज् फौज” भन्नाले आम्सर्् तथा आधारभूत फौजहरूलाई उनीहरूको आवश्यकता अनुसारको सेवा उपलव्ध गराउने दायित्व भएको निकायलाई सम्झनु पर्छ र सो शब्दले नेपाली सेनाका सबै बन्दोवस्ती अंगहरू, डिपोहरू, जंगी असवाव खाना, सैनिक बन्दोवस्ती
यूनिट÷सवयूनिटहरू र विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय समेतलाई जनाउँछ ।

(र) “सिग्नल फौज” भन्नाले युद्धको समयमा आधारभुत लडाकु फौजलाई आवश्यकता अनुसार सञ्चार सुविधा उपलव्ध गराएर सहयोग पु¥याउने श्रोत साधनयुक्त फौजलाई सम्झनु पर्छ ।

(ल) “सिग्नल समूह” भन्नाले नेपाली सेनाको संचार क्षेत्रलाई व्यवस्थित गर्ने प्रमुख
जिम्मेवारी भएको समूहलाई सम्झनु पर्छ ।

(व) “सैनिक प्रहरी” भन्नाले सैनिक प्रहरी प्रमुखको मातहतमा रही काम गर्ने सैनिक अधिकृतदेखि जवानसम्मको युनिट सम्झनु पर्छ र सो शब्दले सैनिक प्रहरी प्रमुख समेतलाई जनाउँछ ।

(श) “सैनिक व्यक्ति” भन्नाले नेपाली सेनामा भर्ना भएका सैन्य र अधिकृत क्याडेट लगायत सैनिक ऐन लागू हुने व्यक्ति सम्झनु पर्छ ।
(ष) “सैनिक सचिव” भन्नाले जंगी अड्डाको सैनिक सचिव सम्झनु पर्छ ।
(स) “सैन्य” भन्नाले सिपाहीमा नयाँ नियुक्ति भई सिपाही तालिमको लागि छनौट भएका व्यक्ति सम्झनु पर्छ ।

परिच्छेद–२ सैनिक सेवाको गठन, पदपूर्ति तथा नियुक्ति सम्बन्धी व्यवस्था

 

३. नेपाली सेनामा रहने सेवा र समूहः (१) नेपाली सेनामा देहाय बमोजिमका सेवा रहने छन्ः–

(क) सैनिक साधारण सेवा,
(ख) सैनिक प्राड सेवा,
(ग) सैनिक प्राविधिक सेवा,
(घ) सैनिक हवाई सेवा,
(ङ) सैनिक विविध सेवा ।

(२) उपनियम (१) बमोजिमको सेवामा रहने समूह अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।

४. नेपाली सेनामा रहने पदहरूको वर्गीकरणः

(१) नेपाली सेनामा रहने पदहरूको वर्गीकरण देहाय बमोजिम हुनेछः–

(क) अधिकृत तर्फ– महारथी, रथी, उपरथी, सहायक रथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सह सेनानी, उप सेनानी र सहायक सेनानी ।
(ख) पदिक तर्फ– प्रमुख सुवेदार, सुवेदार र जमदार ।
(ग) विल्लादार तर्फ– हुद्दा, अमल्दार र प्यूठ ।
(घ) अन्य दर्जा तर्फ– सिपाही र फलोअर्स ।

(२) उपनियम (१) को खण्ड (घ) बमोजिमको फलोअर्समा रहने श्रेणी विहीन पद अनुसूची–२ बमोजिम हुनेछ ।

५. पदपूर्तिको तरिकाः (१) नेपाली सेनाको साधारण सेवामा रिक्त देहायका पदहरू देहाय बमोजिम पूर्ति गरिनेछः–

(२) उपनियम (१) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरूको पैतालीस प्रतिशत पदसंख्या समावेशीकरणका लागि छुट्याई सो संख्यालाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारहरूका वीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–
(क) महिला – बीस प्रतिशत
(ख) आदिवासी÷जनजाती – बत्तीस प्रतिशत
(ग) मधेशी – अठ्ठाइस प्रतिशत
(घ) दलित – पन्ध्र प्रतिशत
(ङ) पिछडिएको क्षेत्र – पाँच प्रतिशत

स्पष्टीकरणः

(१) यस उपनियमको खण्ड (ख), (ग), र (घ) को प्रयोजनको लागि “महिला, आदिवासी÷जनजाति, मधेशी, दलित” भन्नाले आर्थिक
र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी।जनजाति, मधेशी, दलित सम्झनु पर्छ ।
(२) यस उपनियमको खण्ड (ङ) को प्रयोजनको लागि “पिछडिएको क्षेत्र” भन्नाले मनाङ, मुस्ताङ, अछाम, कालिकोट, जाजरकोट,
जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।

(३) उपनियम (२) को खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक खण्डको समुदायको उम्मेदवारको रुपमा
मात्र प्रतिस्पर्धा गर्न सक्नेछ । तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन ।

(४) उपनियम (२) बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी÷जनजाती,
मधेशी र दलित समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ । तर त्यसरी नतोके सम्मको लागि जुनसुकै महिला, आदिवासी÷जनजाती, मधेशी र दलित समुदायलाई आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको समुदाय मानिनेछ ।

(५) उपनियम (२) बमोजिम छुट्याइएका पदको लागि दरखास्त पेश गर्दा देहाय बमोजिमका प्रमाण संलग्न हुनु पर्नेछः–
(क) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी÷ जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी/ जनजाति भनी प्रमाणित भएको, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(ख) दलितका लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको, तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको
जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(ग) मधेशीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेशी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट “मधेशी” भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(घ) पिछडिएको क्षेत्रका लागि उपनियम (२) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास गरी सम्बन्धित
जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।

(६) उपनियम (२) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घाताङ्क (फ्र्याक्सन) आएमा त्यस्तो घाताङ्क जुन
समूहको हकमा आएको हो सो भन्दा लगत्तै पछिको समुदायमा सर्दै जानेछ ।

(७) उपनियम (२) बमोजिम समावेशीतर्फ छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उम्मेदवार उपलब्ध हुन नसकेमा वा आवश्यक संख्यामा उमेदवार उत्तीर्ण हुन नसकी आवश्यक संख्यामा पदपूर्ति हुन नसकेमा त्यसरी नपुग भएको पद संख्या सोही वर्षको सोही विज्ञापनमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गरी उम्मेदवारको छनौट गरिनेछ ।

(३) यस नियमावली बमोजिम नियुक्त साधारण सेवा तर्फका महिला सैनिकलाई कम्ब्याट रिलेटेड डिउटीज्को काममा मात्र लगाइनेछ ।

६. पदपूर्तिको माग गर्ने  व्यवस्थाः(१) नेपाली सेनाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको सात दिन भित्र सम्बन्धित कार्यालयले अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्य दर्जाको हकमा कार्यरथी विभागमा पदपूर्तिका लागि पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पदपूर्ति गर्ने सूचना प्राप्त भएको पन्ध्र दिन भित्र रिक्त पद बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भए बढुवा समितिको बैठक राख्नु पर्ने र खुल्लाद्वारा पदपूर्ति गर्नु पर्ने भए भर्ना छनौटमा लेखी पठाउनु पर्नेछ । तर बढुवा समितिको बैठक बस्ने समय भई नसकेको अवस्थामा आउने पहिलो बैठकमा पेश गर्न बाधा पर्ने छैन ।

(३) खुल्ला प्रतिस्पर्धाद्वारा गरिने पदपूर्ति कार्यतालिकामा निर्धारण गरे बमोजिम हुनेछ ।

७. ७. नेपाली सेनाको साधारण सेवाका विभिन्न पदमा नियुक्ति हुनुनका लागि आवश्यक योग्यताः

(१) खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने नेपाली सेनाको साधारण सेवाका देहायका पदमा नियुक्ति हुन देहायको योग्यता पुगेको हुनु पर्नेछ:–
(क) अधिकृत क्याडेटका लागि,–
(१) नेपाली नागरिक,
(२) कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको,
(३) प्रमाणपत्र तह उत्तीर्ण गर्नेको हकमा दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई एक्काईस
वर्ष ननाघेको र स्नातक तह उत्तीर्ण गर्नेको हकमा अठार वर्ष उमेर पूरा भई चौबीस वर्ष ननाघेको, तर कम्तीमा दुई वर्षको सेवा अवधि पूरा गरी सैनिक आधारभूत तालिम गरेका बहालवाला सैनिकको हकमा दरखास्त दिने अन्तिम मितिसम्म छब्बीस वर्ष ननाघेको हुनु पर्नेछ ।

(४) पुरुषको हकमा कम्तीमा पाँच फिट तीन इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट उचाई भएको,
(५) पुरुषको हकमा छाती नफुलाउँदा बत्तीस इन्च र फुलाउँदा चौतीस इन्च भएको,
(६) पुरुषको हकमा कम्तीमा पचास किलोग्राम (एकशय दश पौण्ड) र महिलाको हकमा चालीस किलोग्राम (अठासी
पौण्ड) तौल भएको,
(७) स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको,
(८) आँखा माइनस दुई वा प्लस दुईभन्दा बढी कमजोर नभएको,
(९) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(१०) तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको,
(११) कुनै अपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(१२) कुनै ध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको,
(१३) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(१४) मानव अधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको,
(१५) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको,
(१६) बहालवाला सैनिक व्यक्ति वाहेक अन्यको हकमा अविवाहित ।

(ख) सिपाहीका लागि,–
(१) दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा बाईस वर्ष र महिलाको हकमा
पच्चीस वर्ष ननाघेको, तर फलोअर्स पदमा कार्यरत सैनिक व्यक्तिको हकमा छब्बीस वर्ष ननाघेको व्यक्ति समेत उम्मेदवार हुन सक्नेछ ।
(२) आठ कक्षा उत्तीर्ण गरेको,
(३) पुरुषको हकमा कम्तीमा पाँच फिट तीन इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट उचाई भएको,
(४) पुरुषको हकमा पचास किलोग्राम (एकशय दश पौण्ड) र महिलाको हकमा चालीस किलोग्राम (अठासी पौण्ड) तौल भएको,
(५) खण्ड (क) को उपखण्ड (१), (५), (७), (८), (९), (१०), (११), (१२), (१३), (१४), (१५) र (१६) मा उल्लेख भएको योग्यता पूरा भएको ।
(ग) फलोअर्सका लागि,–
(१) दरखास्त दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष पूरा भई पुरुषको हकमा छव्वीस वर्ष र महिलाको हकमा उनन्तीस वर्ष ननाघेको,
(२) साधारण लेखपढ गर्न जानेको,
(३) पुरुषको हकमा छाती नफुलाउँदा तीस इन्च र फुलाउँदा बत्तीस इन्च भएको,
(४) पुरुषको हकमा कम्तीमा पाँच फिट दुई इन्च र महिलाको हकमा चार फिट दश ईन्च उचाई भएको,
(५) खण्ड (क) को उपखण्ड (१), (६), (७), (८), (९), (१०), (११), (१२), (१३), (१४), (१५) र (१६) मा उल्लेख भएको योग्यता पूरा भएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली सेनामा बहाल रहेका पदिक तथा हुद्दा पदको सैनिक व्यक्ति आन्तरिक प्रतियोगिताबाट अधिकृत क्याडेटमा छनौट हुन देहायको योग्यता पुगेको हुनु पर्नेछ:–

(क) पदिक अधिकृत क्याडेटका लागि प्रवेशिका परीक्षा वा आर्मी फष्ट क्लास उत्तीर्ण गरेको,
(ख) हुद्दा अधिकृत क्याडेटका लागि प्रविणता प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरह उत्तीर्ण र बिल्लादार फष्ट गे्रड वा जेष्ठ
पदिक वा सेनामुखपति तालिम गरेको, र

(ग) सात वर्ष सेवा अवधि पूरा गरेको ।

८. पदपूर्ति समितिः (१) नेपाली सेनामा रिक्त रहेको विभिन्न पदहरूको खुला तथा आन्तरिक प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय वमोजिमको पदपूर्ति समिति रहनेछ:–
(क) लोक सेवा आयोगको अध्यक्ष वा आयोगले तोकेकोसो आयोगका सदस्य – अध्यक्ष
(ख) मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) कार्यरथी – सदस्य
(घ) प्रधान सेनापतिले तोकेको सम्बन्धित विषयको बिशेषज्ञ एक जना – सदस्य
(ङ) भर्ना छनौट निर्देशनालयको निर्देशक – सदस्य–सचिव

(२) पदपूर्ति समितिले निर्धारित प्रक्रियाका आधारमा उपयुक्त उम्मेदवारको छनौट गरी नियुक्तिको लागि नियुक्ति गर्ने अधिकारी समक्ष सिफारिस गर्नेछ । यसरी छनौट गर्ने क्रममा उपनियम (१) बमोजिमको समितिले अधिकृत क्याडेट भन्दा तल्लो दर्जामा निर्धारित प्रक्रियाका आधारमा उपयुक्त उम्मेदवारको छनौट गरी नियुक्तिको लागि नियुक्ति गर्ने अधिकारी समक्ष सिफारिस गर्न लोक सेवा आयोग र मन्त्रालयको प्रतिनिधि समेत रहने गरी बढीमा पाँच सदस्यीय छुट्टाछुट्टै समिति गठन गरी अधिकार सुम्पन सक्नेछ ।

९. पदपूर्ति समितिको काम, कर्तव्य र अधिकारः

(१) ऐनको दफा १२ र यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त पदपूर्ति समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) पदपूर्तिको लागि विज्ञापन गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने,
(ख) पदपूर्तिको लागि प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, प्रयोगात्मक परीक्षाको व्यवस्था, गुणमापक
परीक्षाको व्यवस्था, अन्तर्वार्ता लगायतका कार्यहरूका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी दक्ष वा विशेषज्ञको सेवा प्राप्त गर्ने,
(ग) उम्मेदवारलाई सैनिक सेवाको रिक्त पदसंख्याको आधारमा योग्यता अनुसार तालिम वा नियुक्तिको लागि सिफारिस गर्ने ।

(२) पदपूर्ति समितिको सचिवालयको काम कार्यरथी विभाग भर्ना छनौट निर्देशनालयले गर्नेछ ।

१०. परीक्षाको किसिमः (१) नेपाली सेनामा रिक्त रहेको सहायक सेनानी पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहायको परीक्षा लिनु पर्नेछ:–
(क) वियरिङ्ग परीक्षा
(ख) प्रारम्भिक स्वास्थ्य परीक्षण
(ग) शारीरिक परीक्षा,
(घ) बौद्घिक परीक्षा (आई.क्यू.),
(ङ) लिखित परीक्षा (अंग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान),
(च) गुणमापक परीक्षा (टेक्नीकल अफिसर, ग्रुप टेष्टिङ्ग अफिसर, इन्टरभ्युइङ अफिसर र बोर्ड कन्फरेन्स),
(छ) स्वास्थ्य परीक्षण,
(ज) बोर्ड अन्तरवार्ता ।

(२) नेपाली सेनामा रिक्त रहेको सिपाही पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहायको परीक्षा लिनु पर्नेछ ः–
(क) शारीरिक परीक्षा,
(ख) लिखित परीक्षा (सामान्य ज्ञान र नेपाली, अंग्रेजी, गणितको सामान्य जानकारी),
(ग) स्वास्थ्य परीक्षण,
(घ) अन्तरवार्ता ।
(३) नेपाली सेनामा रिक्त रहेको फलोअर्स पदपूर्तिका लागि उम्मेदवारको छनोट गर्न देहायको परीक्षा लिनु पर्नेछ ः–
(क) शारीरिक परीक्षा,
(ख) प्रयोगात्मक परीक्षा,
(ग) स्वास्थ्य परीक्षण,
(घ) अन्तरवार्ता ।

११. परीक्षाको पाठ्यक्रमः (१) नेपाली सेनामा खुल्ला प्रतियोगिता तथा आन्तरिक प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्ति गर्न आवश्यक पर्ने पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न देहाय बमोजिमको पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति रहनेछ:–
(क) भर्ना छनौट निर्देशनालयको निर्देशक –अध्यक्ष
(ख) लोक सेवा आयोगको राजपत्राङ्कित द्वितीय श्रेणीको प्रतिनिधि –सदस्य
(ग) मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणीको प्रतिनिधि –सदस्य
(घ) पदपूर्ति समितिले तोकेको सम्बन्धित विषयको विशेषज्ञ एक जना –सदस्य

(ङ) भर्ना छनौट निर्देशनालयको अधिकृत प्रतिनिधि –सदस्य सचिव

(२) उपनियम (१) बमोजिमको पाठ्यक्रम निर्माण तथा परिमार्जन समितिबाट निर्माण तथा परिमार्जन भएको पाठ्यक्रम पदपूर्ति समितिबाट स्वीकृत भएपछिमात्र लागू हुनेछ ।

१२. कार्र्यतालिकाः (१) पदपूर्ति समितिले पदपूर्ति गर्नको लागि वार्षिक कार्य तालिका प्रकाशित गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको वार्षिक कार्य तालिका सामान्यतया परिवर्तन गरिने छैन ।

१३. विज्ञापन गर्नु पर्नेः (१) नेपाली सेनामा रिक्त रहेको पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्नका लागि पदपूर्ति समितिले आवश्यक विवरण खुलाई कम्तीमा एक महिनाको दरखास्त दिने म्याद दिई नेपालको विभिन्न भागमा प्रचार प्रसार हुन सक्ने गरी राष्ट्रियस्तरको पत्र पत्रिका वा सञ्चारका अन्य माध्यमबाट विज्ञापन प्रकाशन वा प्रसारण गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको विज्ञापन गर्दा अनुसूची –३ बमोजिमको ढाँचामा विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(३) नेपाली सेनामा रिक्त रहेको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नका लागि पदपूर्ति समितिले आवश्यक विवरण खुलाई कम्तीमा एक महिनाको दरखास्त दिने म्याद दिई नेपाली सेनाको सम्पूर्ण निकायमा जानकारी हुन सक्ने गरी सूचना पठाउनु पर्ने वा राष्ट्रियस्तरको पत्र पत्रिका वा सञ्चारका अन्य माध्यमबाट विज्ञापन प्रकाशन वा प्रसारण गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम जानकारी वा सूचना प्राप्त भएपछि सम्बन्धित निकायको प्रमुखले आफ्नो निकायमा उम्मेदवार भए नभएको यकिन गरी भर्ना छनौट निर्देशनालयमा सोको जानकारी पठाउनु पर्नेछ ।

१४. दरखास्त दिनेः (१) नियम १३ बमोजिमको विज्ञापनमा भाग लिन चाहने उम्मेदवारले निर्धारित दरखास्त फाराम भरी पदपूर्ति समितिले तोकेको परीक्षा दस्तुर सहित सूचना वा विज्ञापनमा तोकिएको स्थान र मितिमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएका दरखास्त उपर छानवीन गर्दा रीतपूर्वकको देखिएमा त्यस्तो दरखास्त दर्ता गरी सम्बन्धित उम्मेदवारलाई प्रवेश पत्र दिनु पर्नेछ ।
तर तोकिएको म्यादभित्र दाखिला नभएको वा विज्ञापनमा उल्लिखित अन्य विवरणहरू नखुलेको वा परीक्षा दस्तुर नबुझाएको वा शर्त राखिएको दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
(३) दरखास्त फाराम भर्ना केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
(४) यस नियम बमोजिम दर्ता भएका दरखास्त फाराम दरखास्त बुझाउने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र परीक्षा सञ्चालन गर्ने निकायमा बुझाउनु पर्नेछ ।

१५. परीक्षा केन्द्रः यस नियमावली बमोजिम लिइने परीक्षा पदपूर्ति समितिले तोकेको केन्द्रमा सञ्चालन हुनेछ ।

१६. विज्ञापन वा परीक्षा रद्द गर्न सक्नेः (१) नियम १३ बमोजिम प्रकाशित विज्ञापन सामान्यतया रद्द गरिने छैन । तर कुनै अप्रत्यासित कठिनाई आइपरेमा वा प्राविधिक कारण परेमा त्यस्तो कारण खोली पदपूर्ति समितिले त्यस्तो विज्ञापन रद्द गर्न वा स्थगित गर्न सक्नेछ ।

(२) प्रतियोगिताका लागि कुनै पनि परीक्षा सञ्चालन हुँदाका बखत परीक्षा केन्द्रमा कुनै प्रकारको गडबडी वा अनियमितता भएमा वा कुनै बाधा अवरोध खडा भई एक वा सवै केन्द्रमा अांशिक वा पूर्ण रुपले परीक्षा सञ्चालन हुन नसकेमा सो दिनको परीक्षा वा सोसँग सम्बन्धित विज्ञापनको सम्पूर्ण परीक्षा पदपूर्ति समितिले कारण जनाई आंशिक वा पूर्णरुपले रद्द गर्न सक्नेछ ।

(३) कुनै कारणले विज्ञापन वा परीक्षा रद्द भएमा वा उम्मेदवारको दरखास्त अस्वीकृत भएमा उम्मेदवारले बुझाएको परीक्षा दस्तुर फिर्ता हुनेछ ।
१७. प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताः (१) प्रयोगात्मक परीक्षा लिंदा पदपूर्ति समितिले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको निमित्त साधन उपलब्ध भएको अन्य कुनै युनिट, कार्यालय वा संस्थामा समेत पठाउन सक्नेछ ।
(२) यस नियमावली बमोजिम दिनु पर्ने अन्य सबै परीक्षा उत्तीर्ण भईसकेका उम्मेदवारलाई मात्र अन्र्तवार्तामा सामेल गराइनेछ ।

१८. दक्ष वा विशेषज्ञको सहयोग लिन सक्नेः

पदपूर्ति समितिले यस नियमावली अन्तर्गत आफूले गर्नु पर्ने कामको लागि सम्बन्धित विषयको दक्ष वा विशेषज्ञ व्यक्तिको सहयोग
लिन सक्नेछ ।

१९. योग्यताक्रमको सूची तयार गर्नेः यस नियमावली बमोजिम लिइएको परीक्षामा सम्मिलित उम्मेदवारले प्राप्त गरेको अङ्कका आधारमा योग्यताक्रम सूची तयार गर्नु पर्नेछ ।

२०. सफल उम्मेदवारको सूची प्रकाशनः यस निमावली बमोजिम दिनुपर्ने सबै किसिमको परीक्षामा उत्तीर्ण भई माग भएको पदसंख्याको आधारमा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको नामको सूची प्रकाशन गरिनेछ ।

२१. चालचलन बुझ्नेः नेपाली सेनामा नयाँ नियुक्तिको लागि छनौट भएको उम्मेदवारको नियम ७ को उपनियम (१) को खण्ड (क) को उपखण्ड (९), (१०), (११), (१२), (१३) र (१४) मा उल्लेख भएको योग्यता सम्बन्धमा सम्बन्धित कार्यालय मार्फत प्रतिवेदन माग गरी बुझ्न सकिनेछ र त्यस्तो व्यक्तिको चालचलन सन्तोषजनक देखिएमा निजलाई नियुक्तिको लागि सिफारिस गरिनेछ ।

२२. योग्यताक्रम अनुुसार सिफारिस गर्नेः पदपूर्तिको लागि माग भई आए बमोजिम पदपूर्ति समितिले नियुक्तिको लागि उम्मेदवारको नाम सिफारिस गर्दा नियम २० बमोजिमको सूचीबाट योग्यताक्रम अनुसार सिफारिस गर्नेछ ।

२३. नियुक्ति गर्ने अधिकारीः नेपाली सेनाको देहायको पदमा देहायको अधिकारीले नियुक्ति गर्नेछः–

(क) अधिकृत पदमा नेपाल सरकार,
(ख) पदिक तर्फको पदमा कार्यरथी,
(ग) विल्लादार वा सोभन्दा मुनिको हकमा कार्यरथी विभाग, संगठन र सञ्चालनाधिकृत ।

२४. झण्डा र दज्र्यानी चिन्हः (१) प्रधान सेनापतिले अनुसूची–४ मा उल्लेख भए बमोजिमको झण्डा प्रयोग गर्नु पर्नेछ ।
(२) नेपाली सेनामा कार्यरत विभिन्न दर्जाका सैनिक व्यक्तिले अनुसूची –४ मा उल्लेख भए बमोजिमको दज्र्यानी चिन्ह लगाउनु पर्नेछ ।

२५. नियुक्ति बदर हुन सक्नेः कुनै सैनिक व्यक्तिमा यस नियमावली बमोजिमको योग्यता नभएको वा नरहेको प्रमाणित भएमा निजको नियुक्ति बदर हुन सक्नेछ ।

२६. परीक्षणकालः नेपाली सेनाको स्थायी पदमा नयाँ नियुक्ति गर्दा तालिम समाप्त भएको मितिले पुरुष सैनिक व्यक्तिको हकमा एक वर्ष र महिला सैनिक व्यक्तिको हकमा छ महिनाको लागि परीक्षणकालमा राखिनेछ । तर सैनिक सेवामा एकपटक परीक्षणकाल व्यतित गरेको सैनिक व्यक्तिको हकमा पुनः परीक्षणकालमा राखिने छैन ।

२७. आयुक्त पद सम्बन्धी व्यवस्थाः (१) अधिकृत क्याडेटले नेपाल वा विदेश स्थित मिलिटरी एकेडेमीबाट अधिकृत आधार तालिम पूरा गरेपछि आयुक्त पद पाउनेछ ।

(२) ऐनको दफा १५ बमोजिम आयुक्त पद पाउने अधिकृत क्याडेटको सेवा अवधि अधिकृत क्याडेट तालिममा सरिक भएको मितिदेखि गणना हुनेछ ।
(३) अधिकृत क्याडेटको जेष्ठताको गणना निजको क्याडेट तालिमको नतीजाका आधारमा सहायक सेनानीको दज्र्यानी चिन्ह पाएको मितिदेखि गरिनेछ ।

२८. प्रतिवेदन पेश गर्ने पदपूर्ति समितिले कार्य समाप्त भएको तीन महीनाभित्र आफूले गरेको कामको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

परिच्छेद–३ सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था

 

२९. सरुवा सम्बन्धी व्यवस्थाः (१) देहायका सैनिक व्यक्तिलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछः–

(क) महासेनानीदेखि रथीसम्म प्रधानसेनापतिको सिफारिसमा नेपाल सरकार,
(ख) सहायक सेनानीदेखि प्रमुख सेनानीसम्म प्रधान सेनापति,
(ग) फलोअर्सदेखि पदिक दर्जासम्म सम्बन्धित प्रमुखको सिफारिसमा कार्यरथी विभाग, संगठन र सञ्चालनाधिकृत ।
(२) उपनियम (१) बमोजिम सरुवा गर्ने अधिकार प्राप्त अधिकारीले आवश्यकता अनुसार अन्य निकाय वा पदाधिकारीलाई सो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
(३) सैनिक व्यक्ति कार्यरत रहेको सम्बन्धित निकाय वा कार्यालय प्रमुखले सरुवाको सिफारिस गर्न सक्नेछ र त्यस्तो सिफारिस गर्दा सरुवा गर्नु पर्ने स्पष्ट आधार खुलाउनु पर्नेछ ।

(४) सरुवाको निर्णयका लागि मन्त्रालयमा सिफारिस पठाउँदा सरुवा गर्नुपर्ने स्पष्ट आधार खुलाई अनुसूची – ५ अनुसारको फाराम समेत भरि पठाउनु पर्नेछ ।

३०. कायम मुकायम र निमित्त सम्बन्धी व्यवस्थाः

(१) नेपाली सेनाको विभिन्न कार्यालयको कार्यालय प्रमुखको पद रिक्त रही कार्यालयको दैनिक काम गर्न बाधा पर्न गएमा सो पदमा
कायम मुकायम मुकरर गरी काम लगाउन सकिनेछ ।
(२) यस नियम बमोजिम कायम मुकायम मुकरर गर्दा एक तह मुनीको जेष्ठ सैनिक व्यक्तिलाई कायम मुकायम मुकरर गरिनेछ ।
(३) कायम मुकायम मुकरर भएको कुनै पनि सैनिक व्यक्तिले माथिल्लो तहको सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ । तर माथिल्लो तहको दज्र्यानी चिन्ह प्रयोग गर्न पाउने छैन ।

(४) कायम मुकायम नतोकिएको अवस्थामा कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयका सबैभन्दा वरिष्ठ सैनिक व्यक्तिले एक महिनामा ननाघ्ने गरी सो पदको निमित्त भई काम गर्नेछ ।

(५) पन्ध्र दिनभन्दा बढी अवधि कायम मुकायम वा निमित्त भई काम गरेकोमा सो कायम मुकायम वा निमित्त भई काम गरेको पदको पूरै अवधिको तलब भत्ता पाउनेछ ।

(६) कायममुकायम मुकरर गर्ने अधिकार नियम २३ बमोजिमको नियुक्त गर्ने अधिकारीलाई हुनेछ ।

३१. बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधिः

(१) अधिकृतस्तरको पदमा बढुवाका लागि उम्मेदवार हुने सैनिक व्यक्तिको अधिकृत क्याडेट तालिममा संलग्न भएको मितिले देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछः–
(क) उपसेनानी पदमा बढुवा हुन दुई वर्ष,
(ख) सह सेनानी पदमा बढुवा हुन छ वर्ष,
(ग) सेनानी पदमा बढुवा हुन दश वर्ष,
(घ) प्रमुख सेनानी पदमा बढुवा हुन सोह्र वर्ष,
(ङ) महासेनानी पदमा बढुवा हुन उन्नाईस वर्ष,
(च) सहायक रथी पदमा बढुवा हुन एक्काईस वर्ष,
(छ) उपरथी पदमा बढुवा हुन तेईस वर्ष,
(ज) रथी पदमा बढुवा हुन चौबीस वर्ष ।

(२) पदिक तथा विल्लादार पदमा बढुवाका लागि उम्मेदवार हुने सैनिक व्यक्तिको सिपाही भएको मितिले देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछः–
(क) प्यूठ पदमा बढुवा हुन दुई वर्ष,
(ख) अमल्दार पदमा बढुवा हुन चार वर्ष,
(ग) हुद्दा पदमा बढुवा हुन सात वर्ष,
(घ) जमदार पदमा बढुवा हुन नौ वर्ष,
(ङ) सुवेदार पदमा बढुवा हुन एघार वर्ष,
(च) प्रमुख सुवेदार पदमा बढुवा हुन पन्ध्र वर्ष ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यूनतम सेवा अवधि पूरा भएका उम्मेदवार नभएको अवस्थामा सहायक रथी, उपरथी र रथीको पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन ।

३२. बढुुवाको आधारः (१) नेपाली सेनाको जुनसुकै पदमा बढुवा हुनका लागि देहाय बमोजिमको आधार पूरा गरेको हुनु पर्नेछः–
(क) अनुसुची –६ बमोजिमको तालिम पूरा गरेको,
(ख) कार्य सम्पादन मूल्याङ्कनमा योग्य देखिएको,
(ग) न्यूनतम सेवा अवधि पूरा भएको,
(घ) स्वास्थ्य वर्गीकरण (मेडिकल क्याटागोरी) मा योग्य ठहरिएको ।
(२) उपनियम (१) को आधारमा बढुवा गर्दा जेष्ठतालाई प्राथमिकता दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको योग्यता सम्बन्धी विवरण बढुवा समितिको बैठक बस्नु अगावै अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्यको हकमा सम्बन्धित कार्यालयले बढुवा समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

३३. बढुवा समितिः (१) नेपाली सेनाको देहायका पदमा गरिने बढुवाका लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः–
(क) रथी पदका लागि,–
(१) प्रधान सेनापति –अध्यक्ष
(२) वरिष्ठतम् रथी –सदस्य

तर रथी पद रिक्त भएको अवस्थामा प्रधान सेनापतिले मात्र यस्तो सिफारिस गर्न बाधा पर्ने छैन ।

(ख) उपरथी पदका लागि,–
(१) रथी –अध्यक्ष
(२) विभागीय प्रमुखहरू –सदस्य
(३) प्रधान सेनापतिबाट तोकिएको उपरथी एक जना –सदस्य
(४) कमाण्डमा रहेको उपरथी एक जना –सदस्य
(५) कार्यरथी –सदस्य–सचिव
(ग) महासेनानी र सहायक रथी पदका लागि,–
(१) रथी –अध्यक्ष
(२) निरीक्षणाधिकृत –सदस्य
(३) कार्यरथी –सदस्य
(४) व्यवस्था तथा युद्धकार्य महानिर्देशक –सदस्य
(५) सैनिक विनय महानिर्देशक –सदस्य
(६) कमाण्डमा रहेका उपरथीहरू मध्ये प्रधान सेनापतिले तोकेका उपरथी तीन जना –सदस्य
(७) सैनिक सचिव –सदस्य–सचिव

स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि प्रधान सेनापतिले उपरथी तोक्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार बढी भएका कमाण्डका
उपरथी तोक्नु पर्नेछ ।

(घ) सहायक सेनानी देखि प्रमुख सेनानी सम्मको पदका लागिः
(१) रथी –अध्यक्ष
(२) निरीक्षणाधिकृत –सदस्य
(३) कार्यरथी –सदस्य
(४) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको सहायक रथी एक जना –सदस्य
(५) प्रधान सेनापतिले तोकेको स्टाफमा रहेको सहायक रथी एक जना –सदस्य
(६) सैनिक सचिव –सदस्य–सचिव
(ङ) प्यूठ, अमल्दार, हुद्दा, जमदार, सुवेदार र प्रमुख सुवेदार पदका लागि,–

(१) पृतनाको हकमा पृतनापतिले तोकेको वरिष्ठ अधिकृत र अन्य युनिटको हकमा सम्बन्धित युनिटको प्रमुख –अध्यक्ष
(२) पृतनाको हकमा पृतनापतिले र अन्य युनिटको हकमा सम्बन्धित युनिटको
प्रमुखले तोकेको अधिकृत वा पदिक दुई
जना –सदस्य
(३) भएसम्म बढुवा हुने दर्जाभन्दा एक तह माथिल्लो दर्जाको एक जना –सदस्य
(४) कार्य अधिकृत÷कार्य पदिक – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको बढुवा समितिको बैठक नियम ६ को उपनियम
(२) मा उल्लेखित समय ननाघ्ने गरी आवश्यकता अनुसार बस्नेछ ।
(३) महासेनानी देखि रथी पदसम्म बढुवा हुने उम्मेदवारको निमित्त प्रधान सेनापतिले बढुवा समितिको सिफारिस समेत संलग्न गरी आफ्नो सिफारिस सहित मन्त्रालयमा पठाउनु पर्नेछ । यस्तो सिफारिस पठाउँदा अनुसूची–७ बमोजिमको फाराम समेत भरी पठाउनुपर्नेछ ।

(४) बढुवा समितिका पदाधिकारीको नजिकको नातेदारको बढुवा सिफारिस गर्नु पर्ने भएमा निजको सट्टा समान तहको अर्को पदाधिकारीलाई बढुवा समितिमा राख्नु पर्नेछ । बढुवा समितिका पदाधिकारीहरूले अनुसूची–८ बमोजिमको कबुलियत गर्नुपर्नेछ ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले बाबु, आमा, सौतेनीआमा, पति, पत्नि, आफ्नै दाजु, भाउजू, भाइ, भाइबुहारी, छोरा, छोराबुहारी, वहिनी, वहिनीज्वाँइ, छोरी, छोरीज्वाँइ, नाति, नातिनी बुहारी, नातिनी, नातिनी ज्वाँइ, भान्जा, भान्जी, भान्जीबुहारी, भान्जी ज्वाँइ, भतिजा, भतिजी, भतिजाबुहारी, भतिजी ज्वाँइ, सासु, ससुरा, देवर, देउरानी, जेठाजु, जेठानी, जेठान, साला, साली समेतलाई जनाउनेछ ।

(५) बढुवाको लागि आवश्यक पर्ने विवरण सम्बन्धित बढुवा समितिको सदस्य– सचिवले बढुवा समिति समक्ष पेश गर्नु पर्नेछ ।
(६) बढुवा समितिले बढुवाको सिफारिस गरेको सूचना अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्यको हकमा सम्बन्धित युनिटको प्रमुखले आन्तरिक रुपमा प्रकाशित गर्नुपर्नेछ ।

३४. बढुवा गर्ने अधिकारीः

(१) प्रधान सेनापति बाहेक नेपाली सेनाका अन्य पदमा बढुवा गर्ने अधिकार बढुवा समितिको सिफारिसमा देहायको अधिकारीलाई हुनेछः–
(क) महासेनानीदेखि रथीसम्मको पदमा नेपाल सरकार,
(ख) उपसेनानीदेखि प्रमुख सेनानीसम्मको पदमा प्रधान सेनापति,
(ग) प्रमुख सुवेदारको पदमा कार्यरथी,
(घ) जमदार र सुवेदारको पदमा सम्बन्धित पृतनाप्रमुख वा बाहिनीप्रमुख वा निर्देशक,
(ङ) प्यूठदेखि हुद्दासम्मको पदमा सम्बन्धित युनिटप्रमुख वा कार्यालय प्रमुख ।

(२) उपनियम (१) बमोजिम बढुवा गर्ने अधिकार प्राप्त अधिकारीले आवश्यकता अनुसार अन्य निकाय वा पदाधिकारीलाई सो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

३५. प्रशासनिक काम गर्नेः बढुवा समितिमा पेश गर्नु पर्ने कागजात तयार पार्ने लगायतका प्रशासनिक काम अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्यको हकमा सम्बन्धित कार्यालयले गर्नेछ ।

३६. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनु नपाउनेः

(१) यस नियमवालीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर र अवस्थामा सैनिक व्यक्ति बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(घ) नसिहत पाएकोमा नसिहत पाएको मितिले एक वर्षसम्म,
(ङ) कुनै कसूरको सम्बन्धमा कोर्ट अफ ईन्क्वाइरी वा ऐनको दफा ६२ बमोजिमको समितिबाट छानवीनको क्रममा रहेको वा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म,
(च) विशेष नियुक्ति पाई विदेशमा कार्यरत रहने अधिकृतको हकमा निजले गरेको शर्तनामामा उल्लेख भएको अवधिभर,
(छ) निजी प्रयासमा अध्ययन वा तालिम गर्नका लागि विदेश बसेकोमा शर्तनामामा उल्लेख भएको अवधिभर,
(ज) मानव अधिकार र मानवीय कानूनको उल्लंघन हुने कार्य गरेको भनी अदालतबाट ठहर भएमा,
(झ) स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी मा दुई भन्दा बढी भएमा,

(२) उपनियम (१) को खण्ड (झ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक तालिम वा आफ्नो कर्तव्यपालन गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेका सैनिक व्यक्तिको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक तथा मानसिक रूपमा स्वस्थ रही सेना सम्बन्धी आवश्यक तालिम पूरा गर्न सक्षम देखिएमा निजलाई मेडिकल बोर्डले स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी एक प्रदान गर्न सक्नेछ र यसरी स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी एक प्रदान गरेको सैनिक व्यक्तिलाई बढुवा नियुक्ति गर्न बाधा पर्ने छैन ।

३७. स्वास्थ्य वर्गीकरण आवश्यक नपर्नेः

(१) नियम ३६ को उपनियम (१) को खण्ड (झ) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्तव्य पालनाको सिलसिलामा घाइते भई उपचार
पश्चात् कार्यालयभित्रको सैनिक सेवा गर्न सक्ने भई त्यसरी सेवा गरिरहेका सैनिक व्यक्तिको बढुवा गर्नका लागि स्वास्थ्य वर्गीकरण आवश्यक पर्ने छैन ।

(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक तालिम वा आफ्नो कर्तव्यपालन गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेका सैनिक व्यक्तिको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक रूपमा स्वस्थ रही सेना सम्बन्धी आवश्यक तालिम पूरा गर्न सक्षम देखिएमा र मेडिकल बोर्डले निजको स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी एक वा जी दुई भएको प्रमाणित गरेमा त्यस्तो सैनिक व्यक्तिलाई बढुवा नियुक्ति गर्न बाधा पुगेको मानिने छैन ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो कर्तव्यपालन गर्दा गर्दै शारीरिक रूपमा अशक्त भई तालिम गर्न नसक्ने सैनिक व्यक्तिलाई बढुवा समितिले प्रशासनिक काम गर्न सक्ने भएमा बढुवाका लागि सिफारिस गर्न बाधा पुगेको मानिने छैन ।

३८. बढुवाको प्रतिशत छुट्याउनेः

(१) नियम ७ को अधिनमा रही सैनिक सेवाको उपसेनानी र सहसेनानी दर्जामा बढुवा गर्दा अनुसुची–६ बमोजिमको आवश्यक योग्यता
पुरा गरेको र कायमी दर्जामा भरेको कार्य सम्पादनको औसत अङ्क न्युनतम पचास प्रतिशत प्राप्त गरी बढुवाका लागि सिफारिस भएका योग्य उम्मेदवारहरू मध्येबाट जेष्ठताको क्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ ।

(२) नियम ७ को अधीनमा रही सेनानी दर्जामा बढुवा गर्दा उपसेनानी वा सहसेनानी दर्जामा रही गण, अनाश्रीत गुल्म वा व्याट्रीमा न्यूनतम तीन बर्ष कार्यरत रहेको र उपनियम (१) बमोजिमको योग्यता पुरा गरेका योग्य उम्मेदवारहरू मध्येबाट जेष्ठताको क्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि सैनिक शिक्षालय, नेपाली सैनिक प्रतिष्ठान, जंगल वारफेर तथा प्रति विद्रोह शिक्षालय, सैनिक उच्चशिखर शिक्षालय वा अन्य यस्तै सैनिक शिक्षालयहरूमा शिक्षकको रुपमा कार्यरत रहेको अवधिलाई समेत गणना गरिनेछ ।

(३) सैनिक सेवाको प्रमुख सेनानी र महासेनानी दर्जामा बढुवा गर्ने प्रयोजनका लागि सेनानी र प्रमुख सेनानीहरूलाई अति योग्य समूह, बढी योग्य समूह र योग्य समूहमा विभाजन गरी रिक्त पदको बीस प्रतिशत अति योग्य समूहबाट, साठी प्रतिशत बढी योग्य समूहबाट र बीस प्रतिशत योग्य समूहबाट बढुवा समितिको सिफारिस बमोजिम बढुवा गरिनेछ । यसरी छुट्याईएको प्रतिशत अनुसारको रिक्त पदमा सम्बन्धित समूहको लागि तोकिएको संख्यामा योग्यता पुगेका उम्मेदवार नभएमा सो पदसंख्या अति योग्यबाट बढी योग्य समूहमा र बढी योग्यबाट योग्य समूहमा सारिनेछ ।

(४) अति योग्य समूहमा समूहीकृत हुन आवश्यक पर्ने अङ्क प्राप्त गरे तापनि पदसंख्या अनुसार सो समूहमा पर्न नसकेका सेनानी वा प्रमुख सेनानीहरूलाई सोही वर्ष बढी योग्य समूहमा सारी पदोन्नति प्रक्रियामा समावेश गरिनेछ । बढी योग्य समूहमा समावेश भएका सेनानी वा प्रमुख सेनानीलाई तीन पटकसम्म सोही समूहमा पदोन्नति प्रक्रियामा समावेश गराउनु पर्नेछ । यसरी समावेश गराउदा पनि पदोन्नति हुन नसकेमा चौथो पटक योग्य समूहमा समावेश गरिनेछ । यसरी योग्य समूहमा समावेश हुनेको हकमा योग्य समूहमा समावेश भएको पटकलाई पहिलो पटक मानी कायमी सेवा वापतको अङ्क प्रदान गरिनेछ ।

(५) योग्य समूहमा रहेका सेनानी÷प्रमुख सेनानीहरूले तीन पटकसम्म मात्र बढुवाका लागि उम्मेदवार हुन पाउनेछन् ।
(६) अति योग्य समूहमा रहने अधिकृतहरूको बढुवाको मर्यादाक्रम सो समूहमा रहने अधिकृतहरूले प्राप्त गरेको अङ्कको आधारमा र बढी योग्य तथा योग्य समूहमा रहने अधिकृतहरूको बढुवाको मर्यादाक्रम निजहरूको आ–आफ्नो वेशिक (सेनानीको हकमा) र पदोन्नति वर्ष (प्रमुख सेनानीको हकमा) भित्र निजहरूले प्राप्त गरेको अङ्कको आधारमा निर्धारण गरिनेछ । एकै समूहमा रहेका दुई वा दुई भन्दा बढी अधिकृतहरूले प्राप्त गरको अङ्क बराबर भएमा सो समूहभित्र निजहरूको साविक जेष्ठतालाई आधार मानी मर्यादाक्रम निर्धारण गरिनेछ ।
(७) उपनियम (३) को प्रयोजनका लागि सेनानी÷प्रमुख सेनानीहरूलाई देहाय बमोजिमको शीर्षकमा अङ्क प्रदान गरिनेछ । यसरी प्रदान गरिने अङ्कको विभाजन अनुसूची–९ र मूल्याङ्कन फाराम अनुसूची–१० बमोजिम हुनेछ ।

(क) क्याडेट जेष्ठता वापत १०

(ख) कायमी सेवा वापत १७
(ग) कार्य सम्पादन मूल्याङ्कन वापत ३३
(घ) तालिम (ग्रेडिङ्गको आधारमा) वापत २८
(ङ) भौगोलिक÷चुनौतिपूर्ण क्षेत्र वापत ६
(च) विभुषण वापत ३
(छ) बढुवा समितिको मूल्याङ्कन वापत ३ जम्मा १००

(८) उपनियम (३) बमोजिमको समूह विभाजन देहाय बमोजिम हुनेछः

(क) अति योग्य समूहः उपनियम (७) बमोजिमको मूल्याङ्कनमा सत्तरी प्रतिशत वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने स्टाफ कलेज
गरेका सेनानी वा प्रमुख सेनानीहरू,

(ख) बढी योग्य समूहः स्टाफ कलेज उतिर्ण गरी उपनियम (७) बमोजिमको मूल्याङ्कनमा सत्तरी प्रतिशत भन्दा कम अङ्क प्राप्त
गरेका र सत्तरी प्रतिशत वा सो भन्दा बढी अङ्क प्राप्त गरेतापनि प्राप्ताङ्कक्रम अनुसार अति योग्य समूहको लागि छुट्याईएको
प्रतिशत भित्र नपरेका सेनानी वा प्रमुख सेनानीहरू,

(ग) योग्य समूहः स्टाफ कलेज नगरेका तर गणपति तालिम गरेका सेनानी वा प्रमुख सेनानीहरू र तीन पटकसम्म बढी योग्य
समूहमा समावेश भई योग्यताक्रमको आधारमा बढुवा हुन नसकेका सेनानी वा प्रमुख सेनानीहरू ।

 

स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि सेनानीहरूको हकमा बढुवाको योग्यता पुगेका क्याडेट वेशिकहरू मध्ये वेशिक जेष्ठताको आधारमा पहिलो बर्षको लागि एक वटा क्याडेट वेशिक, दोस्रो बर्षको लागि दुई वटा क्याडेट वेशिक र तेस्रो बर्ष देखि तीन वटा क्याडेट वेशिकका सेनानीहरूलाई र प्रमुख सेनानीहरूको हकमा बढुवाका लागि योग्यता पुगी कम्तिमा तीन बर्ष कायमी सेवा अवधि पुरा भएका अधिकृतहरू मध्ये पदोन्नति बर्षको जेष्ठताका आधारमा साधारणतया पहिलो बर्षका लागि एक पदोन्नति बर्ष, दोस्रो बर्षका लागि दुई पदोन्नति बर्ष र तेस्रो बर्ष देखि तीन पदोन्नति बर्षमा पदोन्नति भएका प्रमुख सेनानीहरूलाई समावेश गरी मूल्याङ्कन गरिनेछ । यसरी मूल्याङ्कन गर्दा रिक्त हुने पदको संख्या भन्दा मूल्याङ्कन गरिने सेनानी र प्रमुख सेनानीको संख्या न्युनतम तेब्बर (१ः३ को अनुपातमा) हुनुपर्नेछ । न्युनतम संख्या तेब्बर (१ः३ को अनुपातमा) नभएमा नपुग संख्या योग्यता पुगेका तीन भन्दा बढी कनिष्ठ क्याडेट वेशिक अथवा तीन भन्दा बढी कनिष्ठ पदोन्नति वर्षबाट समावेश गरी मूल्याङ्कन गरिनेछ ।

(९) महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्दा अनुसुची–६ बमोजिमको आवश्यक योग्यता पुरा गरेका र प्रमुख सेनानी र महासेनानी दर्जाको कार्य सम्पादनको औसत अङ्क न्युनतम साठी प्रतिशत प्राप्त गरी बढुवाका लागि सिफारिस भएका तथा पृतना हेडक्वाटर, बाहिनी अड्डा वा कमाण्ड तथा स्टाफ कलेजमा कम्तीमा एक बर्ष कार्यरत रही स्टाफ कलेज गरेका महासेनानीहरूबाट त्रीयानब्बे प्रतिशत र स्टाफ कलेज नगरेका तर हाईयर कमाण्ड तथा म्यानेजमेन्ट गरेका महासेनानीहरूबाट सात प्रतिशत जेष्ठताको क्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ ।

(१०) सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्दा अनुसुची–६ बमोजिमको आवश्यक योग्यता पुरा गरेका र महासेनानी र सहायक रथी दर्जाको कार्य सम्पादनको औसत अङ्क न्युनतम साठी प्रतिशत प्राप्त गरी बढुवाका लागि सिफारिस भएका तथा कम्तीमा एक बर्ष बाहिनी कमाण्डमा कार्यरत रही स्टाफ कलेज गरेका सहायक रथीहरूबाट पन्चानब्बे प्रतिशत र स्टाफ कलेज गरेका तर अनुसुची–६ बमोजिमको तालिम नगरेका सहायक रथीहरूबाट पाँच प्रतिशत जेष्ठताको क्रम अनुसार बढुवा समितिको सिफारिसका आधारमा गरिनेछ ।

(११) यो नियम लागू हुँदा सेवामा कार्यरत रहेका सैनिक अधिकृतलाई यो व्यवस्था लागु हुनेछ ।

३९. कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्थाः

(१) नेपाली सेनाले निर्धारण गरेको ढाँचामा प्रत्येक वर्षको कार्य सम्पादन मूल्याङ्कन दुरुस्त बनाई राख्नु पर्नेछ ।
(२) कार्य सम्पादन मूल्याङ्कन र बढुवाको लागि लिइने अन्तिम सिफारिस प्रतिवेदनलाई अति गोप्य प्रतिवेदनको रूपमा लिई व्यक्ति व्यक्तिको छुट्टा छुट्टै फाईल खडा गरी अधिकृतको हकमा सैनिक सचिव र सोभन्दा मुनीको हकमा सम्बन्धित कार्यालय प्रमुखको जिम्मामा राखिनेछ ।
(३) कार्य सम्पादन मूल्याङ्कन सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेेछः–

(क) प्रमुख सेनानी वा सो भन्दा माथिका सैनिक अधिकृतले दुई प्रति र सो भन्दा मुनिका अन्य सैनिक व्यक्तिले एक प्रति कार्य
सम्पादन मूल्याङ्कन भरी प्रत्येक वर्षको चैत्र महिनाको पन्ध्र गतेदेखि सोही महिनाको मसान्तसम्म अनिवार्य रूपमा आफू कार्यरत रहेको कार्यालय प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।

(ख) कार्यालय प्रमुखले सैनिक व्यक्तिको कार्य सम्पादन मूल्याङ्कन भरेपछि सम्बन्धित सैनिक व्यक्तिलाई देखाई निजको राय समेत
खुलाई दस्तखत गराउनु पर्नेछ र अधिकृतस्तरको हकमा तालुक अड्डा मार्फत सैनिक सचिव विभागमा प्रत्येक वर्ष वैशाख एक
गतेदेखि सोही महिनाको मसान्तसम्ममा प्राप्त भइसक्ने गरी पठाउनु पर्नेछ ।

(४) प्रमुख सेनानी वा सो भन्दा माथिका सैनिक अधिकृतको कार्यसम्पादन मूल्याङ्कनको एक प्रति सिलबन्दी गरी मन्त्रालयमा पठाउनु पर्नेछ । बढुवा उजुरीको सम्बन्धमा नियम ४४ बमोजिमको समितिले माग गरेमा मन्त्रालयले सिलबन्दी रहेको कार्य सम्पादन मूल्याङ्कन विवरण समितिलाई उपलब्ध गराउनेछ । समितिले बढुवा उजुरीको सम्बन्धमा छानविन गर्दा बाहेक अन्य अवस्थामा सिलबन्दी रहेको कार्य सम्पादन मूल्याङकन खोलिने छैन ।

४०. स्थानीय बढुुवाः (१) नेपाल बाहिरको कुनै मिशनमा कुनै निश्चित कामका लागि खास दर्जाको सैनिक व्यक्ति पठाउन अनुरोध प्राप्त भएको तर त्यस्तो दर्जाको सैनिक व्यक्ति पठाउन कुनै कारणले नसकिएमा नेपाल सरकारले चाहेमा नेपाल बाहिरको कुनै मिशनमा
खटिई जाने महासेनानी वा सो भन्दा माथिको सैनिक अधिकृतलाई कुनै निश्चित कामको लागि स्थानीय बढुवा दिन सकिनेछ ।

(२) उपनियम (१) बमोजिम स्थानीय बढुवा दिइएकोमा तोकिएको काम सकिएपछि साविककै दर्जामा कायम भएको मानिनेछ ।
(३) स्थानीय बढुवा पाउने व्यक्तिले निज खटी गएको स्थान विशेषमा मात्र दज्र्यानी चिन्ह प्रयोग गर्न पाउनेछ । त्यस्तो बढुवा हुनेलाई नेपाल सरकारबाट कुनै थप सुविधा दिइने छैन ।

४१. कार्यवाहक बढुवाः

(१) अनुसूची–६ बमोजिमको तालिम पूरा नगरेका तर बढुवाका लागि सम्भाव्य उम्मेदवार भई सकेको सहसेनानी देखि रथी दर्जासम्मका सैनिक व्यक्तिलाई एकतह माथिको पद खाली रहेको अवस्थामा देहाय बमोजिमको सेवा अवधि पूरा गरेको भए बढुवा समितिले कार्यवाहक बढुवाका लागि सिफारिस गर्न सक्नेछः–

(क) सहसेनानीका लागि पाँच वर्ष
(ख) सेनानीका लागि नौ वर्ष
(ग) प्रमुख सेनानीका लागि तेह्र वर्ष
(घ) महासेनानीका लागि सत्र वर्ष
(ङ) सहायक रथीका लागि बीस वर्ष
(च) उपरथीका लागि बाइस वर्ष
(छ) रथीका लागि तेइस वर्ष

(२) उपनियम (१) बमोजिम सिफारिस भई कार्यवाहक बढुवा भएका सैनिक व्यक्तिले कार्यवाहक पाएको दर्जाको दज्र्यानी चिन्ह लगाउन पाउनेछ । तर कार्यवाहक अवधिभर अनुसूची–६ बमोजिमको तालिम पूरा नगरुन्जेल निजलाई बढुवा गरिने छैन ।

(३) कार्यवाहक बढुवा हुने सैनिक व्यक्तिले कार्यवाहक अवधिभरको तलव वृद्धि (गे्रड) पाउने छैन ।

४२. मानार्थ बढुुवाः (१) नेपाली सेनामा प्रशंसनीय काम गरेका तर बढुवाको अवसर नपाई अवकाश लिने उप सेनानीदेखि सहायकरथी दर्जासम्मका सैनिक व्यक्तिलाई बढुवा समितिको सिफारिस सहित मानार्थ बढुवाका लागि प्रधान सेनापतिले नेपाल सरकार समक्ष पेश गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम सिफारिस प्राप्त भएपछि नेपाल सरकारले मानार्थ बढुवा गर्न सक्नेछ । तर यस उपनियम बमोजिम मानार्थ बढुवा हुने सैनिक व्यक्तिले दज्र्यानी चिन्ह प्रयोग गर्न पाउने बाहेक अन्य सुविधा पाउने छैन ।

(३) प्रमुख सुवेदार र सुवेदार वा सो सरहको नेपाली सेनाको पदमा पच्चीस वर्ष वा सो भन्दा बढी सेवा गरेका र एक वर्ष भन्दा कम सेवा गर्न पाउने अवधि बाँकी भएका कदरयोग्य व्यक्तिलाई बढुवा समितिको सिफारिसमा प्रधान सेनापतिले मानार्थ उपसेनानी दर्जा प्रदान गर्न सक्नेछ । तर पदावधिको कारणले गर्दा पच्चीस वर्ष अगावै अवकाश हुनेको हकमा बढीमा एक आर्थिक वर्षमा दुई जनासम्मलाई मानार्थ उपसेनानीमा बढुवा गर्न बाधा पर्ने छैन ।

(४) उपनियम (३) बमोजिम बढुवा हुने सैनिक व्यक्तिले दज्र्यानी चिन्ह प्रयोग गर्न र सो पदले पाउने सबै सुविधा पाउनेछ ।

४३. बढुवा सम्बन्धी विशेष व्यवस्थाः (१) कार्यरत रहेको पदमा तीन वर्ष सेवा अवधि पुरा गरेका र डोसियरमा कैफियत नजनिएका सहायक सेनानीदेखि प्रमुख सेनानी दर्जासम्मका सैनिकले उमेरको हद वा पदावधिको कारणबाट अवकास हुने भएमा अवकास हुनु भन्दा एक महिना अगाडि त्यस्ता सैनिकलाई एक तह माथिको पदमा बढुवा गर्न सकिनेछ । यसरी बढुवा भएको पदमा निज एक महिना भन्दा बढी कार्यरत हुने छैन ।

(२) उपनियम (१) वमोजिम बढुवा भएको सैनिकको पदस्थापना गर्न आवश्यक पर्ने विशेष तह र पद स्वतः सिर्जना भएको मानिनेछ र त्यस्तो सैनिक सेवाबाट अवकास भएपछि सो तह र पद स्वतः खारेज हुनेछ ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि युद्ध, आन्तरिक द्वन्द्व तथा शान्ति स्थापना कार्यमा बहादुरी प्रदर्शन गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलकुदमा पदक जित्ने, हिमाल आरोहण जस्ता साहसिक कार्य गर्ने, आप्mनो ज्यान
जोखिममा पारी सर्वसाधारण जनता÷सहकर्मीको ज्यान तथा राष्ट्रिय सम्पत्तिको रक्षा गर्ने आदि जस्ता राष्ट्र, तथा नेपाली सेनाको मान, प्रतिष्ठा र गौरव बढाई प्रशंसनीय कार्य गर्ने प्रमुख सुवेदारलाई रिक्त सहायक सेनानी पदमा र सो भन्दा मुनिका पदका सैनिकलाई एक दर्जा र तह माथि रिक्त पदमा बढुवा समितिको सिफारिसमा बढुवा गर्न सकिनेछ । तर यस नियम बमोजिम प्रमुख सुवेदार र सहायक सेनानी दर्जामा पदोन्नति गर्दा न्यूनतम बाह्र वर्षको सेवा अवधि पूरा भएको हुनु पर्नेछ ।

(४) उपनियम (१) र (३) अनुसार हुने बढुवाको लागि सिफारिस गर्न तत् तत् पदका लागि गठन हुने बढुवा समितिको सिफारिसमा गरिनेछ । अधिकृत पदमा गरिने यस्तो बढुवाको निर्णय गर्ने अधिकार नेपाल सरकारलाई हुनेछ ।

४४. निवेदन दिन सक्नेः (१) बढुवा समितिको बढुवा सिफारिस निर्णय उपर चित्त नबुझ्ने सैनिक व्यक्तिले बढुवाको निर्णय भएको मितिले पन्ध्र दिनभित्र आफू बढुवामा समावेश हुनु पर्ने स्पष्ट र बस्तुगत आधार सहितको निवेदन सचिवालयमा पेश गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सचिवालयले आप्mनो राय सहित उक्त निवेदन सात दिन भित्र देहायको समिति समक्ष पेश गर्नुपर्नेछः–

(क) उपसेनानी देखि उपरथी दर्जासम्म बढुवा हुनु पर्ने निवेदकको हकमा,–
(अ) बरिष्ठतम् रथी – अध्यक्ष
(आ) प्रधानसेनापतिले तोकेको बढुवा समितिमा नरहेको उपरथी – सदस्य
(इ) प्राड विवाक प्रमुख – सदस्य
(ख) पदिक दर्जामा बढुवा हुनु पर्ने निवेदकको हकमा,–
(अ) कार्यरथी – अध्यक्ष
(आ) कार्यरथी विभाग, संगठन र संचालनाधिकृत – सदस्य
(इ) प्राड विवाकको अधिकृत प्रतिनिधि – सदस्य
(ग) प्यूठ, अमल्दार, हुद्दा दर्जामा बढुवा हुनुपर्ने निवेदकको हकमा,–
(अ) सम्बन्धित युनिट रहेको क्षेत्रको पृतनापति वा निजले तोकेको वरिष्ठ अधिकृत – अध्यक्ष
(आ) सम्बन्धित पृतनापतिले तोकेको अधिकृत – सदस्य
(इ) सम्बन्धित पृतनामा कार्यरत प्राड अधिकृत – सदस्य

(३) उपनियम (१) बमोजिम पेश गरेको निवेदन उपर आवश्यक छानवीन गर्दा निज सो बढुवामा सिफारिस हुनु पर्ने देखिएमा उपनियम (२) बमोजिमको समितिले सम्बन्धित बढुवा समितिमा लेखि पठाउनु पर्नेछ । यसरी लेखिआएमा बढुवा समितिले निवेदकको जेष्ठता कायम हुने गरी पुनः सिफारिस गर्नु पर्नेछ ।

(४) यस नियम बमोजिम परेको निवेदन उपर समितिले पन्ध्र दिनभित्र टुङ्गो लगाई सक्नु पर्नेछ ।

(५) बढुवा समितिको निर्णय उपर तोकिएको म्याद भित्र निवेदन पर्न आएमा सो निवेदनको टुङ्गो लागे पछि मात्र बढुवा समितिको सिफारिस अनुसार बढुवा नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।

(६) सैनिक अधिकृतको पदमा बढुवाको सम्बन्धमा सैनिक सचिव विभाग, पदिकको पदमा बढुवाको सम्बन्धमा कार्यरथी विभाग र अन्य सैनिकको बढुवाको सम्बन्धमा सम्बन्धित पृतनाले उजुरी सुन्ने समितिको सचिवालयको कार्य गर्नेछ ।

परिच्छेद–४ तालिम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था

 

४५. तालिम तथा प्रशिक्षणको व्यवस्थाः (१) सैनिक व्यक्तिलाई समयानुकूल कार्यकुशल, दक्ष तथा व्यवसायिक बनाउन आवश्यकता अनुसार अनुसूची–६ मा उल्लिखित तालिममा समावेश गराईनेछ ।

(२) एकै पटक नियुक्ति भएका वा बढुवा भएका सैनिक व्यक्तिलाई आन्तरिक तालिम तथा प्रशिक्षणका लागि मनोनयन गर्दा साधारणतया समान अवसर प्राप्त हुने गरी गर्नु पर्नेछ ।

(३) सैनिक व्यक्तिको तालिम तथा प्रशिक्षणको पाठ्यक्रम, अवधि तथा तालिम तथा प्रशिक्षण दिने स्थान, प्रशिक्षक तथा अतिथि प्रशिक्षक सम्बन्धी व्यवस्था जङ्गी अड्डाले निर्धारण गरे बमोजिम हुनेछ ।

(४) तालिम तथा प्रशिक्षणमा सम्मिलित गराइएको सैनिक व्यक्तिले तालिम तथा प्रशिक्षण अवधिमा लापरवाही देखाई आफ्नो व्यवसायिक ज्ञानप्रति उदासिनता तथा गैर जिम्मेवारीपन देखाएमा सोको व्यहोरा अभिलेखमा जनाइनेछ ।

(५) उपनियम (४) बमोजिम अभिलेखमा जनाइएका सैनिक व्यक्तिलाई पुनः एकपटक तालिम तथा प्रशिक्षणको मौका दिइनेछ र त्यसपछि पनि उदासिनता वा गैर जिम्मेवारीपन देखाउने सैनिक व्यक्तिलाई विभागीय कारबाही गरिनेछ ।

(६) तालिम तथा प्रशिक्षण अवधिभित्र प्रशिक्षार्थीको आचरण र चरित्र सम्बन्ध  अभिलेख सम्बन्धित तालिम तथा प्रशिक्षण केन्द्रले तालिम तथा प्रशिक्षण समाप्त भएपछि तयार गरी त्यसको एकप्रति सम्बन्धित कार्यालयमा समेत पठाउनु पर्नेछ ।

(७) तालिम तथा प्रशिक्षणमा सफल हुने प्रशिक्षार्थीलाई तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख र मुख्य प्रशिक्षकको हस्ताक्षर सहितको प्रमाणपत्र तालिम तथा प्रशिक्षण केन्द्रले दिनेछ ।

(८) पदिकबाट कमिशन हुनेको उमेर चौंतीस वर्ष नाघेमा कमाण्डो तालिम गर्नु पर्ने छैन ।
(९) युवा अधिकृत तालिमका प्लाटुन कमाण्डर्स व्याटल तालिम र कमाण्डो गरी दुवै खण्ड पूरा नगरेसम्म गुल्मपति तालिम गर्न पाइने छैन ।

४६. वैदेशिक तालिम र सेमिनारः (१) सैनिक व्यक्तिलाई वैदेशिक तालिम र सेमिनारमा देहायका आधारमा छनौट गरिनेछः–
(क) स्वदेशमा गरेको तालिमको नतिजाको मर्यादाक्रम अनुसार,
(ख) तालिम र सेमिनार आयोजना गर्ने राष्ट्र÷संस्थाले तोकेको योग्यता र दर्जा अनुसार,
(ग) सम्बन्धित पदको जेष्ठता अनुसार,
(घ) विशेषज्ञ तालिमका लागि प्राप्त सिटमा सम्बन्धित ट्रेडको आवश्यकता र जेष्ठता अनुसार,
(ङ) कुनै अधिकृत कमाण्ड वा कार्य व्यस्ततामा रहे निज भन्दा मुनीको जेष्ठता अनुसार,
(च) विदेश तालिम÷सेमिनारमा सहभागी हुने कम अवसर पाए अनुसार,

(२) उच्च स्तरको नेशनल डिफेन्स कोर्ष, रोयल कलेज अफ डिफेन्स स्टडिज, वार कलेज, डिफेन्स एण्ड स्ट्राटेजिक स्टडिज (नेशनल डिफेन्स युनिभर्सिटी) तालिमहरूका लागि रथीवृन्द छनौट गर्दा जेष्ठता, योग्यता तथा उमेरको आधारमा प्राप्त हुने सेवा समेतलाई मध्यनजर राखी पि.एस.ओज. बोर्डको सिफारिसमा प्रधान सेनापतिद्वारा छनौट गरिनेछ ।

(३) उपनियम (१) र (२) का अतिरिक्त तालिम तथा सेमीनारमा छनौट सम्बन्धी अन्य व्यवस्था मन्त्रालयद्वारा स्वीकृत कार्यविधिद्वारा निर्धारण गरिनेछ ।

४७. आधार तालिम वा मेडिकल बोर्डबाट अयोग्य (अनफिट) भएमा सेवाबाट हटाउन  ससिकिनेः (१) कुनै पनि सैनिक व्यक्ति तालिमको सिलसिलामा तीन पटकसम्म रेलिगेट भई कमिशन अधिकृत तथा सिपाही बन्न योग्यता नभएको वा नरहेको तथा नियम १०७ बमोजिमको मेडिकल बोर्डबाट अयोग्य (अनफिट) हुने प्रकृतिको रोगी तथा अपाङ्ग भएको कुरा प्रमाणित भएमा निजको नियुक्ति वदर हुन सक्नेछ ।

(२) सैन्य वा अधिकृत क्याडेट तालिममा उत्तीर्ण हुन नसकेमा तीन पटकसम्म कनिष्ठ समूहमा समावेश गरिनेछ ।
(३) उपनियम (२) बमोजिम कनिष्ठ समूहमा समावेश हुँदा सो समूहमा समेत पास हुन नसकेमा त्यस्तो व्यक्तिलाई सम्बन्धित तालिम केन्द्र वा प्रतिष्ठानको प्रमुखले सैनिक विनय महानिर्देशनालयको स्वीकृति लिई तालिमबाट हटाउन सक्नेछ ।

(४) उपनियम (३) बमोजिम तालिमबाट हटाउँदा निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।

४८. शान्ति सेना कन्टिन्जेण्टमा खटाउनेः (१) संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कन्टिन्जेण्टमा सैनिक अधिकृत तथा जवान खटाउँदा देहायका मापदण्ड र आधार अवलम्बन गरिनेछः–

(क) गणपति नियुक्ति गर्दा साधारणतया नामाकरण भई जाने गणमा एक वर्ष कमाण्ड गरेको वा सोही युनिटमा कमाण्ड पूरा गरेको
वा कमाण्ड पूरा गरेको प्यारेन्ट युनिट भएको,
(ख) सहायक गणपति र अन्य अधिकृतहरू खटाउँदा जेष्ठताक्रम अनुसार,
(ग) पदिकलाई खटाउँदा जेष्ठताक्रम अनुसार,
(घ) अन्य दर्जा (स्टाफ, हुद्धा, अमल्दार, प्युठ र सिपाही) लाई खटाउँदा छ वर्ष सेवा अवधि पुगेका मध्येको जेष्ठताक्रम अनुसार ।
(ङ) मानव अधिकार उल्लंघनको अभियोगमा सजाय नपाएको,
(च) अन्तर्राष्ट्रिय स्तरको वातावरण सुहाउँदो कार्य गर्न सक्ने,
(छ) कार्यविधिमा व्यवस्था भएका अन्य मापदण्ड पूरा भएको । तर अवकास पाउने उमेर पुग्न लागेका सैनिक व्यक्तिलाई प्राथमिकता दिन सकिनेछ ।

(२) मन्त्रालयले शान्ति सेनामा भाग लिन चाहिने योग्यता र शान्ति सेना सम्बन्धी अन्य आवश्यक कुराहरू व्यवस्थित बनाउन कार्यविधि बनाई लागू गर्नेछ । यस्तो कार्यविधिमा गणपति, सहायक गणपति, अन्य सेनानी लगायतका अधिकृत, पदिक तथा अन्य दर्जा समेतलाई समेटी अन्य मापदण्ड र आधारको व्यवस्था गरिनेछ ।

(३) नेपाली सेनाले आउदो एक आर्थिक वर्ष भित्रमा शान्ति सेनामा खटि जान सक्ने सम्भावित सैनिक व्यक्तिको शान्ति सेनामा जाने जेष्ठता प्रयोजनका लागि सूचि तयार गर्नुपर्नेछ र सो सूचिको एक प्रति हरेक आर्थिक वर्षको श्रावण मसान्त भित्र मन्त्रालयमा समेत पठाउनु पर्नेछ ।
(४) योग्यता पुगेका एकपटक पनि शान्ति सेनामा जाने अवसर नपाएका व्यक्ति रहेसम्म दोहो¥याएर कसैलाई शान्ति सेनामा पठाइने छैन ।
(५) एकपटक गई सकेको सैनिकलाई स्वदेश फिर्ता भएको दुई वर्ष पुगे पछि मात्र दोहो¥याएर पठाउन सकिने छ । यसरी दोहो¥याएर पठाउदा सबैभन्दा पहिला शान्ति सेनामा गएको आधारमा जेष्ठता कायम गरी पठाउनु पर्ने छ । तर शान्ति सेनामा जाने त्यस्तो जनशक्ति नभएका विशेष ट्रेडका हकमा यस्तो छनौट गर्न बाधा पर्ने छैन ।

(६) कर्तव्यपालनका सिलसिलामा घाइते भई विशेष योगदान पु¥याएका सैनिकलाई स्वास्थ्य परीक्षण गरी संयुक्त राष्ट्र संघको सेवामा सक्षम भन्ने देखिएमा विशेष प्राथमिकता दिइनेछ ।

(७) यस नियम र कार्यविधिमा उल्लेख भएको मापदण्ड र आधारमा नपरेका कुनै पनि सैनिक व्यक्तिलाई शान्ति सेनामा पठाइने छैन ।

(८) मानव अधिकार उल्लङ्घनमा दोषी भएको र अन्य कुनै कार्वाहीमा परी शान्ति सेनामा भाग लिन जान नपाउने भनी कमाण्डरले उल्लेख गरेको सैनिक व्यक्ति शान्ति सेनामा सहभागी हुन योग्य हुने छैन । तर तोकिएको योग्यता र मापदण्डमा परी स्वत चयन हुने बाहेकका सैनिक व्यक्तिलाई कमाण्डर समेतले शान्ति सेनामा पठाउने सिफारिस गर्न पाईने छैन । शान्ति सेनामा जान मापदण्ड भित्र परी आफ्नो पालो आएको हुनुपर्नेछ ।

४९. स्टाफ अफिसर्स/सैनिक पर्यवेक्षक अधिकृत खटाउने सम्बन्धीः

(१) स्टाफ अफिसर्स/सैनिक पर्यवेक्षक अधिकृत खटाउँदा देहायका आधारमा मनोनयन गरिनेछः–
(क) स्टाफ कलेज तालिम प्राप्त र स्टाफ कलेज तालिम नगरेका अधिकृतहरूको कायम छुट्टा छुट्टै जेष्ठता अनुसार,
(ख) अन्य ट्रेडका अधिकृतको सम्बन्धित ट्रेडमा निजहरूको जेष्ठता अनुसार,
(ग) संयुक्त राष्ट्र संघको मापदण्डमा उल्लेख भएको कार्यविवरण तथा योग्यता अनुसारका योग्य अधिकृतहरूको जेष्ठताक्रम अनुसार,
(घ) मानव अधिकार उल्लङ्घनको अभियोगमा सजाय नपाएको,
(ङ) कुनै अदालतबाट सजाय पाएकोमा सजाय पाएको अवधि भुक्तान भएको,
(च) अन्तर्राष्ट्रियस्तरको वातावरण सुहाँउदो कार्य गर्न सक्ने क्षमता भएको,
(छ) अंग्रेजी भाषा राम्रोसँग बोल्न र लेख्न सक्ने ।

तर अवकास पाउने उमेर पुग्न लागेका सैनिक व्यक्तिलाई प्राथमिकता दिन सकिनेछ ।
(२) संयुक्त राष्ट्र संघ मुख्यालयबाट योग्यता र मापदण्ड तोकिएकोमा सो समेतलाई हेरी छनौट गरिनेछ ।
(३) स्टाफ अफिसर्स तथा सैनिक पर्यवेक्षकमा अधिकृत छनौट गर्न कार्यविधिमा व्यवस्था भए बमोजिम नेपाली सेनामा एक समिति रहनेछ । समितिले उपनियम (१) मा उल्लेख भएका मापदण्डका अतिरिक्त व्यक्तिको कार्यदक्षता, कार्यकुशलता, इमान्दारी, नैतिकता, वफादारी, संस्था तथा राष्ट्रप्रतिको योगदान समेतलाई मध्यनजर राखी छनौट गर्नेछ ।

(४) स्टाफ कलेज तालिम प्राप्त, स्टाफ कलेज तालिम नगरेका र अन्य टे«डका अधिकृतको प्रतिशत निर्धारण कार्यविधिमा व्यवस्था भए बमोजिम हुनेछ ।
(५) उपनियम (३) बमोजिम छनौट भएका उम्मेदवारको नाम नेपाली सेनाले मन्त्रालयमा पठाउनु पर्नेछ । मन्त्रालयले तोकिएको मापदण्ड पूरा भए नभएको हेरी मनोनयन गर्नु पर्नेछ ।

५०. सैनिक सल्लाहकार/फ्लोटिङ एप्वाईन्टमेन्ट सम्बन्धीः

(१) सैनिक सल्लाहकार र फ्लोटिङ एप्वाईन्टमेन्टका लागि अधिकृत छनौट गर्दा देहायका आधारमा गरिनेछः–
(क) स्टाफ कलेज उतिर्ण भएको,
(ख) अंग्रेजी भाषा पढ्न, लेख्न र बोल्न सक्ने,
(ग) कायमी सेवा एक वर्ष पूरा भई चार वर्ष ननाघेको,
(घ) स्नातक तह उत्तीर्ण ,
(ङ) मानव अधिकार उल्लघंनको अभियोगमा सजाय नपाएको,
(च) कुटनैतिक ढंगले अन्तराष्ट्रिय क्षेत्रमा कार्य सम्पादन गर्न सक्ने,
(छ) माथिका योग्यता पुगेका मध्येको जेष्ठ उम्मेदवार ।
(२) योग्यता पुगेका संभावित उम्मेदवार मध्येबाट छनौट गर्न कार्यविधिमा व्यवस्था भए बमोजिम नेपाली सेनामा एक समिति रहनेछ ।ध

(३) उपनियम (२) बमोजिम छनौट भएका उम्मेदवारको नाम नेपाली सेनाले मन्त्रालयमा पठाउनेछ । मन्त्रालयले तोकिएको मापदण्ड पूरा भए नभएको हेरी सैनिक सल्लाहकारको हकमा नियुक्ति र फ्लोटिङ एप्वाईन्टमेन्टको हकमा मनोनयन गर्नु पर्नेछ ।

५१. अनुगमन तथा मूल्याङ्कन गर्नेः शान्ति सेनामा कन्टिन्जेण्ट, स्टाफ अफिसर्स, सैनिक पर्यवेक्षक, सैनिक सल्लाहकारका रुपमा सैनिक खटाउँदा तथा वैदेशिक तालिमको लागि चयन गर्दा अवलम्वन गर्नुपर्ने आधार र मापदण्डका विषयमा सुझाव दिन र छनौट प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्न मन्त्रालयमा एक समिति रहनेछ । यस समितिको सिफारिस समेतका आधारमा मन्त्रालयले नेपाली सेनालाई आवश्यक निर्देशन दिन सक्नेछ ।

परिच्छेद–५ कार्यालय समय र बिदा सम्बन्धी व्यवस्था

 

५२. सैनिक व्यक्ति सदैव कर्तव्यमा रहेको मानिनेः

(१) सैनिक व्यक्ति चौविसै घण्टा कर्तव्यमा रहेको मानिनेछ र निजलाई जुनसुकै समयमा पनि काममा लगाउन सकिनेछ ।
(२) सैनिक व्यक्तिले बिदालाई अधिकारको रुपमा दाबी गर्न पाउने छैन ।
(३) कुनै सैनिक व्यक्ति बिदा बस्नु परेमा बिदा दिने अधिकारीबाट स्वीकृत गराई बिदा बस्नु पर्नेछ ।
(४) कामको अनुकुल हेरी बिदा दिने अधिकारीले बिदा दिन वा नदिन पनि सक्नेछ र आवश्यक परेमा बिदामा बसेको सैनिक व्यक्तिलाई निजको स्वीकृत बिदा रद्द गरी काममा बोलाई काम लगाउन सकिनेछ ।

५३. बिदाका किसिमः सैनिक व्यक्तिले देहाय बमोजिमका बिदा पाउनेछः

(क) भैपरी आउने र पर्व बिदा
(ख) घर बिदा
(ग) बिरामी बिदा
(घ) विशेष बिरामी बिदा
(ङ) प्रसूति र प्रसूति स्याहार बिदा
(च) किरिया बिदा
(छ) अध्ययन बिदा
(ज) सट्टा बिदा ।

५४. भैपरी आउने र पर्व बिदाः (१) सैनिक व्यक्तिले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह दिन बिदा लिन पाउनेछ ।
(२) एक वर्षको भैपरी आउने र पर्व बिदा सञ्चित गरी अर्को वर्षमा लिन पाईने छैन ।
(३) भैपरी आउने र पर्व बिदा लिई बसेको सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(४) भैपरी आउने र पर्व विदा सार्वजनिक विदा बाहेक अरु कुनै बिदासँग मिलाई लिन पाइने छैन ।
(५) भैपरी आउने र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “आधा दिन” भन्नाले दैनिक कार्यालय समयको आधा समय सम्झनु पर्छ ।

५५. घर बिदाः (१) सैनिक व्यक्तिले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर बिदा पाउनेछ ।

स्पष्टीकरणः यस नियमको प्रयोजनका निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने र पर्व बिदा, बिरामी बिदा, प्रसूति र प्रसूति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदा समेतलाई जनाउँछ ।

(२) सैनिक व्यक्तिले आफूले पकाएको घर बिदा एकसय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ ।
(३) घर बिदा लिई बसेको सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(४) सञ्चित भएको घर बिदा एकै वर्षभित्र पनि पटक पटक लिन पाउनेछ ।
(५) सैनिक व्यक्ति भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराले आफ्नो सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(६) सञ्चित रहेको घर बिदाको रकम लिन नपाउँदै कुनै सैनिक व्यक्तिको मृत्यु भएमा त्यस्तो सञ्चित घर बिदाको रकम निजको नजिकको परिवारले एकमुष्ट लिन पाउनेछ ।

(७) घर बिदा र अध्ययन बिदामा बसेका सैनिक व्यक्तिले सो अवधि भरको घर बिदा पाउने छैन ।
(८) सञ्चित भएको घर बिदा भुक्तान गरिसकेको सैनिक व्यक्तिलाई कुनै दैवी घटना परी निजको आफ्नो परिवारको कुनै सदस्यको जिउ ज्यान वा आफ्नै चल अचल सम्पत्तिमा कुनै ठूलो क्षति पुग्न गएमा वा अरु पर्याप्त कारण परेमा अर्को वर्षको पाउने घर बिदाबाट कटृी हुने गरी बढीमा तीस दिनसम्मको पेश्की घर बिदा दिन सकिनेछ ।

(९) सैनिक व्यक्तिले वर्षको एक पटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदलको बाटोलाई आठ कोशको निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल, हवाई जहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।

५६. बिरामी बिदाः (१) सैनिक व्यक्तिले प्रत्येक वर्ष बाह्र दिन पूरा तलब सहितको बिरामी बिदा पाउनेछ ।
(२) सैनिक व्यक्तिले आफूले पकाएको बिरामी बिदा सञ्चित गरी राख्न पाउनेछ ।
(३) सैनिक व्यक्ति भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य जुनसुकै व्यहोराले आफ्नो सेवाबाट अलग भएमा निजको सञ्चित रहेको बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबका दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।

(४) सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै सैनिक व्यक्तिको मृत्यु भएमा त्यस्तो सञ्चित बिदाको रकम निजको नजिकको परिवारले एकमुष्ट लिन पाउनेछ ।

५७. विशेष बिरामी बिदाः (१) सञ्चित भएको घर बिदा र बिरामी बिदा भुक्तान गरिसकेका सैनिक व्यक्ति कुनै ठूलो रोग लागी लामो अवधिसम्म बिरामी परी बिदा नपुग भएमा नियम १०७ बमोजिमको मेडिकल बोर्डको सिफारिसमा निजले बढीमा एक वर्षसम्म विशेष बिरामी बिदा पाउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम लगातार विशेष बिरामी बिदा लिने सैनिक व्यक्तिले पहिलो तीन महिनाको पूरा तलब र त्यसपछि छ महिनाको आधा तलब पाउनेछ । त्यसपछिको तलब पाउने छैन ।

(३) उपनियम (१) बमोजिम लगातार एक वर्षसम्म विशेष बिरामी बिदामा बस्दा पनि आफ्नो कर्तव्य पालन गर्न नसक्ने भनी नियम १०७ बमोजिमको मेडिकल बोर्डले ठहर गरेमा त्यस्तो सैनिक व्यक्तिलाई सेवाबाट मुक्त गरिनेछ ।

(४) कर्तव्य पालन गर्दा बिरामी वा घाईते भई सैनिक अस्पताल वा नेपाल सरकारद्वारा मान्यता प्राप्त अन्य अस्पतालमा उपचार गराइरहेका सैनिक व्यक्तिले बिरामी वा घाईते निको नभएसम्म पूरा तलब सहितको अस्पताल विरामी विदा पाउनेछ । त्यस्तो विदा बसेको सैनिक व्यक्ति निको भएपछि पनि नियम १०७ बमोजिमको मेडिकल बोर्डले कर्तव्य गर्न नसक्ने ठह¥याएमा त्यस्तो सैनिक व्यक्तिलाई सेवाबाट मुक्त गरिनेछ ।

(५) कुनै सैनिक व्यक्ति बिरामी परेको भन्ने सम्बन्धमा प्रतिवेदन परेमा बिरामी परेको हो वा होइन भनी जाँच्नको लागि चिकित्सक खटाउन सकिनेछ ।
(६) उपनियम (५) बमोजिम खटिएको चिकित्सकले बिरामी जाँच गरी सो को प्रतिवेदन नियम १०७ बमोजिमको मेडिकल बोर्डमा पेश गर्नु पर्नेछ ।
(७) बिरामी भएको कुनै सैनिक व्यक्तिलाई बिरामी निको भई काम गर्न सक्षम छ भनी उपनियम (५) बमोजिम खटिएको चिकित्सकको सिफारिस भएमा नियम १०७ बमोजिमको मेडिकल बोर्डले अनुमति नदिएसम्म सरकारी काममा लगाउनु हँदैन । तर प्रशासनिक काम गर्न सक्ने भएमा त्यस्तो काममा लगाउन बाधा पर्ने छैन ।

५८. प्रसुति र प्रसुति स्याहार बिदाः (१) महिला सैनिक व्यक्ति गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी साठी दिन प्रसूति बिदा पाउनेछ ।

(२) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला सैनिक व्यक्तिले चाहेमा कुनैपनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म वेतलवी प्रसूति बिदा लिन सक्नेछन् । यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रुपमा लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम वेतलवी बिदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ ।
(४) कुनै पुरुष सैनिक व्यक्तिको पत्नी सुत्केरी हुने भएमा त्यस्तो सैनिक व्यक्तिले सुत्केरीको अघि पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(५) प्रसूति र प्रसूति स्याहार बिदामा बस्दा सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(६) प्रसूति विदा तथा प्रसूति स्याहार बिदा पाएका सैनिक व्यक्तिलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई बच्चाको लागि जनही एकमुष्ठ पाँच हजार रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ ।

(७) प्रसूति स्याहार बिदा लिएको सैनिक व्यक्तिले बिदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र आपूm कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(९) उपनियम (८) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने सैनिक व्यक्तिको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।

५९. किरिया बिदाः (१) कुनै सैनिक व्यक्तिले कुल धर्म अनुसार आफै किरिया बस्नु परेमा वा त्यस्तो सैनिक व्यक्तिको बाबुआमा, बाजेबज्यै, छोराछोरी वा सासु ससुराको मृत्यु भएमा वा पुरुष सैनिक व्यक्तिको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा पाउनेछ । महिला सैनिक व्यक्तिको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया बिदा दिइनेछ ।
(२) किरिया बिदामा बस्दा सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(३) उपनियम (१) बमोजिम बिदा लिने सैनिक व्यक्तिले बिदा पछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र र मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने सैनिक व्यक्तिको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।

६०. अध्ययन बिदाः (१) नेपाली सेनालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा सम्बन्धित विभागीय प्रमुखको स्वीकृति लिई खुल्ला प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने सैनिक व्यक्तिले अध्ययन अवधिभर अध्ययन बिदा पाउनेछ ।

(२) सैनिक व्यक्तिले सेवा अवधिभरमा एकैपटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा अध्ययन बिदाको अवधिमा दुई वर्षसम्म थप गर्न सक्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन विदा लिई गएको सैनिक व्यक्तिलाई अध्ययन पुरा गरेर सेवामा हाजिर नभई थप विषयमा अध्ययन गर्न वा थप उपाधी हासिल गर्नको निमित्त

पुनः स्वीकृति तथा अध्ययन विदा दिइने छैन ।

(४) अध्ययन बिदामा बसेको सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।

(५) तीनवर्ष सैनिक सेवा अवधि नपुगी कुनै पनि सैनिक व्यक्तिले अध्ययन बिदा पाउने छैन ।
(६) अध्ययन बिदामा बस्ने सैनिक व्यक्तिले अध्ययन गर्न जानुभन्दा अघि त्यस्तो अध्ययन पूरा गरी फर्केर आई आफ्नो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रुपमा सेवा गर्ने कबुलियत अनुसूची–११ बमोजिमको ढाँचामा गर्नु पर्नेछः–

अध्ययनको अवधि       सेवा गर्नु पर्ने न्यूनतम अवधि

(क) तीन महिनासम्म                             एक वर्ष
(ख) तीन महिनादेखि छ महिनासम्म       डेढ वर्ष
(ग) छ महिनादेखि नौ महिनासम्म        दुई वर्ष
(घ) नौ महिनादेखि एक वर्षसम्म          तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म               चार वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म             पाँच वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म           सात वर्ष
(ज) चार वर्षदेखि पाँच वर्षसम्म            आठ वर्ष
(७) सैनिक व्यक्तिले अध्ययन पूरा गरी फर्केर आएपछि उपनियम (६) मा उल्लेख भए बमोजिमको अवधिसम्म सेवा नगरेमा त्यस्तो सैनिक व्यक्तिबाट अध्ययन अवधिभर निजले पाएको तलब तथा कबुलियतमा उल्लेख भएका अन्य रकम समेत सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

(८) नेपाली सेनाको सम्बन्धित सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा अध्ययन गर्न विभागीय प्रमुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी प्रयासमा स्वदेशमा वा विदेशमा अध्ययन गर्न जाने सैनिक व्यक्तिलाई उपनियम (२) बमोजिम अध्ययन विदा दिन सकिनेछ । यस्तो विदा माग गर्ने सैनिक व्यक्तिले आवेदन दिनु पूर्व स्वीकृती लिनु पर्नेछ ।

(९) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (८) बमोजिम अध्ययन विदामा बस्ने सैनिक व्यक्तिले अध्ययन विदामा रहेको अवधिको तलव पाउने छैन ।

(१०) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन बिदा लिएको सैनिक व्यक्तिले पूर्व स्वीकृति विना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन । यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक संस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन बिदा स्वतः रद्द हुनेछ । यसरी बिदा रद्द भएको विवरण सम्बन्धित कार्यालयले सम्बन्धित विभाग र सैनिक अभिलेखालयमा पठाउनु पर्नेछ ।

(११) यस नियम बमोजिम अध्ययनको लागि एक पटक उपनियम (८) अनुसार वेतलवी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन ।

(१२) उपनियम (८) बमोजिम अध्ययन विदामा रहेको व्यक्ति अध्ययन विदामा रहँदाको अवधि सेवा अवधिमा गणना हुनेछ ।

(१३) एउटा तहको अध्ययनको लागि अध्ययन विदा लिएको सैनिक व्यक्तिले स वामा फर्किआए पछि उपनियम (६) बमोजिमको सेवा अवधि पुरा नगरी सोही स्तरको अध्ययनको लागि स्वीकृति तथा अध्ययन विदा दिइने छैन । सो बमोजिमको सेवा अवधि पुरा गरेपछि सोही स्तरको लागि अध्ययन विदा दिनु पर्दा पहिले अध्ययन गरेको विषय भन्दा फरक विषयको अध्ययनको लागि मात्र अध्ययन विदा दिन सकिनेछ ।

(१४) एक पटक अध्ययन विदामा गएको सैनिक व्यक्तिले जुन उपाधीको लागि अध्ययन विदा लिएको हो सो को प्रमाणपत्र पेश गरेको अवस्थामा मात्र पुनः अध्ययन विदा दिन सकिनेछ ।

६१. सट्टा बिदाः कुनै पनि सार्वजनिक बिदाको दिन सरकारी काम गर्ने सैनिक व्यक्तिलाई आलोपालो मिलाई सम्बन्धित कार्यालय प्रमुखले सट्टा बिदा दिन सक्नेछ । तर त्यस्तो सट्टा बिदा एकपटकमा तीन दिनभन्दा बढी हुनेछैन ।

६२. बिदा माग गर्ने विधिः (१) बिदाको निकासाको निमित्त सैनिक व्यक्तिले आफूलाई चाहिएको बिदाको किसिम, कारण र अवधि समेत खुलाई बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ ।

(२) कुनै सैनिक व्यक्तिले आफूले पाउने कुनै बिदा नेपाल बाहिर बिताउन चाहेमा बिदाको निमित्त दिने निवेदनमा विदेशमा बिदा बिताउनु पर्नाको कारण, सम्पर्क ठेगाना, सम्पर्क टेलिफोन नम्बरसमेत खुलाई बिदा माग गर्नु पर्नेछ ।

(३) अध्ययन बिदाको लागि निवेदन दिंदा अरु कुराको अतिरिक्त मुख्यतः देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वविद्यालय, शिक्षण संस्थामा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण,
(ग) अन्य आवश्यक विवरण ।
(४) उपनियम (१), (२) वा (३) बमोजिम निवेदन पेश भएपछि बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सम्बन्धित सैनिक व्यक्तिलाई दिनु पर्नेछ ।

६३. बिदा दिने अधिकारीः (१) यस परिच्छेद बमोजिम पाउने अध्ययन बिदा बाहेक अन्य बिदाको स्वीकृति देहायका अधिकारीले दिन सक्नेछन्ः–
(क) प्रधान सेनापतिका लागि रक्षामन्त्री,
(ख) उपरथी तथा रथी वा सो सरहका लागि प्रधान सेनापति,
(ग) सहायक सेनानी तथा सोभन्दा माथि सहायक रथीसम्मका लागि विभागीय प्रमुख वा कार्यालय प्रमुख,
(घ) फलोअर्स तथा सोभन्दा माथि प्रमुख सुवेदारसम्मका लागि सम्बन्धित कार्यालय प्रमुख ।
(२) अध्ययन बिदा नेपाल सरकारले स्वीकृत गर्नेछ ।
(३) उपनियम (१) बमोजिम विदा स्वीकृत गर्ने अधिकार आवश्यकता अनुसार प्रत्यायोजन गर्न सकिनेछ ।

६४. तालिम अवधिमा बिदा बस्नेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तालिम अवधिभर प्रसूति बिदा र किरिया बिदा बाहेक अन्य कुनैपनि बिदा बस्न पाइने छैन ।

६५. बिदा परिणत नहुनेः यस परिच्छेद बमोजिम सैनिक व्यक्तिले जुन बिदा लिई बसेको हो सोही बिदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको बिदा लिई बसेकोमा त्यस्तो बिदापछि किरिया बिदा र प्रसूति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत
गराउन पाइने छैन ।

६६. सार्वजनिक बिदा गाभिनेः भैपरी आउने र पर्व बिदा, घर बिदा र बिरामी बिदा बाहेक अरु कुनै प्रकारको बिदा लिई बसेको सैनिक व्यक्तिले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो अवधि पनि निज सैनिक व्यक्तिले लिएको बिदामा गाभिनेछ ।

६७. बिदा पछि हाजिर हुनु पर्नेः (१) बिदा लिई बसेको सैनिक व्यक्तिले सो बिदा भुक्तान भएपछि अनिवार्य रुपमा कर्तव्यमा हाजिर हुनु पर्नेछ र बिदा भुक्तान हुँदाका दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट हाजिर हुनु पर्नेछ ।

(२) सैनिक व्यक्तिले स्वीकृत बिदा भुक्तान भएपछि हाजिर नभई गयल परेमा त्यसरी गयल पर्नाको मनासिव कारण सहित पछि हाजिर हुन आएमा निजको सञ्चित बिदाबाट कट्टा हुने गरी बढीमा तीस दिनसम्मको बिदा स्वीकृत हुन सक्नेछ । तर मनासिव कारण पेश गर्न नसकेमा गयल सम्बन्धी कसूरमा ऐन बमोजिम कारबाही हुनेछ ।

६८. झुटटा कारण देखाएमा कारबाही हुनेः कुनै सैनिक व्यक्तिले झुट्टा कारण देखाई बिदा लिई बसेको ठहरेमा बिदा बसेको अवधिलाई गयल जनाई गयल सम्बन्धी कसूरमा ऐन बमोजिम कारबाही हुनेछ ।

६९. अभिलेख राख्नेः (१) बिदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने सैनिक व्यक्तिको बिदाको अभिलेख अद्यावधिक गरी राख्न लगाउनु पर्नेछ ।
(२) कुनै सैनिक व्यक्ति सरुवा वा बढुवा भई खटिई जाँदा सरुवा वा बढुवाको जनाउका साथै बिदाको अभिलेखको उतार पनि हालको कार्यालयमा पठाउनु पर्नेछ ।

परिच्छेद–६ तलब, भत्ता, चाडपर्व खर्च र दैनिक तथा भ्रमण भत्ता

 

७०. तलब भत्ताः (१) नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिको हकमा सैनिक अभिलेखालयबाट तलबी प्रतिवेदन पास नगराई तलब भत्ता खुवाउन हुँदैन ।

(२) सैनिक व्यक्तिले आफ्नो पदमा बहाली गरेको मितिदेखि तलब भत्ता पाउनेछ ।
(३) सैनिक व्यक्तिले नेपाली सेनामा रही काम गरे बापत पाउने तलब भत्ता नेपाल सरकारले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(४) प्रत्येक सैनिक व्यक्तिले एक वर्षको सेवा अवधि पूरा गरेपछि नेपाल सरकारले तोकिदिए बमोजिमको तलब वृद्धि पाउनेछ ।
(५) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने सैनिक व्यक्तिले तलबमानमा तोकिएको शुरु तलब पाउनेछ ।

तर निजले हाल पाइरहेको तलब उक्त माथिल्लो तलबमानको न्यूनतम तलब बराबर वा सोभन्दा अधिक भएमा उक्त माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछः–

(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरु तलब बराबर मात्र भएमा सो तलबमा एक तलब वृद्धि थप गरी
तोकिनेछ ।

(ख) साविक पदमा पाइरहेको तलब बढुवा भएको पदको शुरु तलब भन्दा बढी भएको अवस्थामा माथिल्लो पदको तलब तोक्दा हाल
पाई आएको तलबमा नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि समेत दिइनेछ ।

(६) फलोअर्समा कार्यरत सैनिक व्यक्तिले देहाय बमोजिमको स्तर अनुसार नेपाल सरकारले तोकिदिएको तलब भत्ता पाउनेछः–
सेवा अवधि                            स्तर
(क) पाँच वर्षभन्दा कम –       प्रथम
(ख) पाँच वर्षदेखि दश वर्षसम्म –  द्वितीय
(ग) दश वर्षदेखि पन्ध्र वर्षसम्म –   तृतीय
(घ) पन्ध्र वर्षदेखि बीसवर्षसम्म –   चतुर्थ
(ङ) बीस वर्षभन्दा बढी –         पाँचौस्तर

७१. पकाएको तलब भत्ता पाउनेः

(१) सैनिक व्यक्तिले प्रत्येक महिना भुक्तान भएपछि तलब भत्ता पाउनेछ ।
(२) ऐन र यस नियमावली बमोजिम बाहेक कुनै सैनिक व्यक्तिको तलब भत्ता कट्टा वा रोक्का गरिने छैन ।

७२. चाडपर्व खर्च सम्बन्धी ब्यवस्थाः (१) सैनिक व्यक्तिले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वका लागि निजले खाईपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रुपमा पाउनेछ । यस्तो रकम सैनिक व्यक्तिले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको चाडपर्व खर्च प्रत्येक वर्ष खर्च लिन चाहेको मुख्य चाडपर्वको पन्ध्र दिन अगावै पाउनेछ । यसरी चाडपर्व खर्च दिंदा उक्त चाडपर्व भन्दा अघिल्लो महिना भुक्तान भई नसकेको भए तापनि अघिल्लो महिनाको तलव समेत खर्च लेखी भुक्तानी दिइनेछ ।

(३) बेतलवी अध्ययन विदा लिएको सैनिक व्यक्तिले सो विदा लिएको अवधिमा चाडपर्व खर्च पाउने छैन ।

(४) यो नियम प्रारम्भ हुँदाका बखत नेपाली सेनामा बहाल रहेका सैनिक व्यक्तिले यो नियम प्रारम्भ भएको मितिले तथा यो नियम प्रारम्भ भएपछि नियुक्त हुने सैनिक व्यक्तिले हाजिर भएको मितिले तीन महिनाभित्र आफूले चाडपर्व खर्च लिने मुख्य चाड पर्व र सो चाड पर्व पर्ने सम्भावित महिनाको सम्बन्धमा सम्बन्धित कार्यालयमा लिखित रुपमा जानकारी दिनु पर्नेछ । यसरी निवेदन दिइसकेपछि सो सैनिक व्यक्तिले आफ्नो सेवा अवधिभर अर्को चाड पर्वमा खर्च माग गर्न पाउने छैन ।

(५) निवृत्तभरण पाउने गरी नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक व्यक्तिलाई निजले पाउने एक महिनाको निवृत्तभरण बराबरको रकम चाडपर्व खर्चका रुपमा दिइनेछ ।

७३. सञ्चय कोषः सैनिक व्यक्तिको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टा गरी सो रकममा नेपाल सरकारले शत प्रतिशत रकम थप गरी सञ्चय कोषमा जम्मा गरी दिनेछ ।

७४. स्थानीय भत्ताः (१) कुनै सैनिक व्यक्ति स्थानीय भत्ता पाउने स्थानमा बसी काम गरेको भएमा नेपाल सरकारले तोके बमोजिम स्थानीय भत्ता पाउनेछ । कुनै सैनिक व्यक्तिको पदस्थापन स्थानीय भत्ता पाउने स्थानमा भएको भए तापनि काजमा वा अन्य तवरले कुनै भत्ता नपाउने वा कम भत्ता पाउने स्थानमा बसी काम गरेमा निजले सो अवधिभर स्थानीय भत्ता पाउने छैन वा त्यस्तो स्थानको निमित्त तोकिएको भत्तासम्म पाउनेछ ।

(२) स्थानीय भत्ता पाउने स्थान र पाउने भत्ता रकमको दर नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

७५. दैनिक तथा भ्रमण भत्ताः दैनिक तथा भ्रमण भत्ता प्रचलित भ्रमण खर्च नियमावली बमोजिम हुनेछ ।
७६. अन्य सुविधाः सैनिक व्यक्तिले पाउने अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

परिच्छेद– ७ अवकाश, उपदान, निवृत्तिभरण, उपचार खर्च र बीमा

 

७७. अनिवार्य अवकाशः (१) नेपाली सेनाको सैनिक साधारण सेवामा कार्यरत अधिकृत बाहेक अन्य सैनिक व्यक्तिको देहाय बमोजिम उमेर पुगेपछि निजलाई सेवाबाट अवकाश दिइनेछः–

(क) प्रमुख सुवेदार         पचास वर्ष
(ख) सुवेदार            उनन्पचास वर्ष
(ग) जमदार            अठ्चालीस वर्ष
(घ) हुद्दा                 सत्चालीस वर्ष
(ङ) अमल्दार          सत्चालीस वर्ष
(च) प्यूठ               छ्यालीस वर्ष
(छ) सिपाही          छ्यालीस वर्ष
(ज) फलोअर्स        पचपन्न वर्ष

(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रमुख सुवेदार सो पदमा बढुवा भएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ । निज उमेरको हद वा पदको अवधिमध्ये कुनै एक पुगेपछि सेवाबाट अवकाश पाउनेछ ।

(३) यस नियमको प्रयोजनका लागि सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइनेछ ।

(४) वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा देहाय बमोजिम कायम गरिनेछ ः–
(क) नेपाली नागरिकताको प्रमाणपत्रको हकमा त्यस्तो प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा,
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मितिको आधारमा,
(ग) वैयक्तिक विवरणको हकमा शुरु भर्ना भएको मितिको आधारमा ।

(५) कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्म मितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नु पर्नेछ । तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्ष मात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपनियम (४) बमोजिम जन्म
मिति कायम गरिनेछ ।

७८. स्वेच्छिक अवकाशः नियम ८० बमोजिम निवृत्तभरण पाउने अवधि पूरा गरिसकेका सैनिक व्यक्तिलाई निजको इच्छा भएमा सम्बन्धित विभागीय प्रमुखले नोकरीबाट अवकाश लिने अनुमति दिन सक्नेछ ।

७९. उपदानः (१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको सैनिक व्यक्तिले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–

(क) पाँच वर्षभन्दा बढी दश वर्षसम्म सेवा गरेको सैनिक व्यक्तिले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा
महिनाको तलब,

(ख) दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको सैनिक व्यक्तिले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक
महिनाको तलब,

(ग) पन्ध्र वर्षभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेका सैनिक व्यक्तिले आफूले काम गरेको प्रत्येक वर्षको
निमित्त आखिरी डेढ महिनाको तलब ।

(२) उपनियम (१) बमोजिम पाउने उपदानको हिसाव गर्दा सेवाबाट अलग हँुदा खाईपाई आएको मासिक तलबको आधारमा गरिनेछ ।
(३) निवृत्तभरण पाउने अवधि नपुगेको तर उपदान पाउने अवधि पुगेको कुनै सैनिक व्यक्तिको सेवामा बहाल छदैं मृत्यु भएमा निजले पाउने उपदान निजले इच्छाएको व्यक्ति वा सो नभए नजिकको हकवालाले पाउनेछ ।

८०. निवृत्तभरणः (१) संवत् २०६० साल वैशाख २८ गतेभन्दा अघि नेपाली सेनामा भर्ना हुने देहायका सैनिक व्यक्तिले देहाय बमोजिमको अवधि वा सोभन्दा बढी अवधिसम्म सेनामा सेवा गरेपछि सेवाबाट अवकाश पाएको मितिदेखि निवृत्तभरण पाउनेछः–

(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म बीस वर्ष
(ख) जमदार, सुवेदार र प्रमुख सुवेदार सत्र वर्ष
(ग) फलोअर्स र सोभन्दा माथि हुद्दासम्म सोह्र वर्ष
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०६० साल वैशाख २८ गतेभन्दा पछि भर्ना हुने जुनसुकै सैनिक व्यक्तिले बीस वर्ष सेवा अवधि पूरा गरेपछि निवृत्तभरण पाउनेछ ।

(३) यस नियम बमोजिम दिइने निवृत्तभरणको हिसाब देहाय बमोजिम हुनेछ ः–

(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्मको हकमा,–

सेवा वर्ष × आखिरी तलब ५०

(ख) फलोअर्स र सोभन्दा माथि प्रमुख सुवेदारसम्म र मानार्थ सह सेनानी वा मानार्थ उपसेनानीको हकमा,–
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला सैनिक व्यक्तिको तलव स्केलको शुरुको अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला सैनिक व्यक्तिको तलबको शुरु स्केलभन्दा बढी हुनेछैन ।

(५) नेपाली सेनाको कुनै पदमा रही उपदान प्राप्त गरी वा नगरी अवकाश प्राप्त गरेको व्यक्ति पछि नेपाली सेनाको कुनै सेवामा पुनः नियुक्ति भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोड्दा निवृत्तभरण पाउने अवधि पुग्ने रहेछ भने उपदान प्राप्त गरेको भए सो उपदान फिर्ता गरी निवृत्तभरण पाउनेछ ।

(६) साधारण सेवा तर्फका सैनिक व्यक्ति ग्यारिजन समूहमा सेवा गर्न आएमा निजले पहिले गरेको सेवा अवधिसमेत जोडी निवृत्तभरण पाउनेछ ।

(७) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिक व्यक्तिको सेवामा बहाल छदैं मृत्यु भएमा निजको सेवा अवधिमा पाँचवर्ष अवधि थप गरेमा निवृत्तभरण पाउने अवधि पुग्ने भएमा बढीमा पाँच वर्षसम्म थप गरी निजको परिवारलाई निवृत्तभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।

(८) निवृत्तभरण पाइरहेका देहायका सैनिक व्यक्तिको उमेर साठी वर्ष पूरा भएपछि देहाय अनुसार निवृत्तभरण थप गरिनेछ ः–

(क) हुद्दा वा सोभन्दा मुनि – तीस प्रतिशत ।
(ख) जमदार – दश प्रतिशत ।
(ग) सुवेदार – पाँच प्रतिशत ।

(९) जमदार वा सोभन्दा माथिका निवृत्तभरण पाइरहेका सैनिक ब्यक्तिको उमेर पचहत्तर बर्ष पूरा भएपछि निजले पाइरहेको निवृत्तभरणको अङ्कमा दश प्रतिशत थप गरिनेछ र त्यस्तो ब्यक्ति पचासी वर्ष पूरा भएपछि खाईपाई आएको निवृत्तभरणमा पुनः दश प्रतिशत रकम थप गरिनेछ ।

सेवा वर्ष × आखिरी तलब ४०

(१०) उपनियम (८) र (९) बमोजिमको सुविधा पारिवारीक निवृत्तभरण उपभोग गर्नेले समेत पाउनेछ ।

(११) कुनै सैनिक व्यक्ति पदावधिको कारण अवकाश हँुदा निवृत्तभरण पाउने अवधि पुगेको रहेनछ भने निजको सेवा अवधिमा दुई वर्ष अवधि थप गरेमा निवृत्तभरण पाउने अवधि पुग्ने भएमा बढीमा दुईवर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरण प्रदान गर्न सकिनेछ ।

८१. निवृभरणमा वृद्धिः बहालवाला सैनिक व्यक्तिको तलब वृद्धि हुँदा तलब स्केलको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यस्को दुई तिहाई रकम समान पदको सेवा निवृत सैनिक व्यक्तिको निवृत्तभरण रकममा पनि थप गरिनेछ ।

८२. भगौैडाको निवृत्तभरणः

(१) सैनिक सेवाबाट भगौडा वा गयल परेको सैनिक व्यक्ति पक्राउ परी वा स्वयं उपस्थित हुन आई सैनिक अदालतबाट कारबाही हुँदा भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी बर्खास्त भएमा त्यस्ता सैनिक व्यक्तिको निवृत्तभरण पाउने सेवा अवधि पुगेको भए फैसला सदर भएको मितिबाट मात्र निवृत्तभरण पाउनेछ । त्यस्ता सैनिक व्यक्ति र निजको परिवारले अस्पताल र कल्याणकारी योजनाबाट कुनै सुविधा पाउने छैन ।

(२) उपनियम (१) बमोजिम निवृत्तभरण पाउने भएमा त्यस्तो सैनिक व्यक्तिको निवृत्तभरणको पट्टा बनाउँदा गैर सैनिक पोशाक लगाएको फोटो पट्टामा टाँसी पट्टा बनाउनु पर्नेछ ।

८३. पारिवारिक निवृत्तभरण र उपदानः

(१) कुनै सैनिक व्यक्तिको सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई नियम ७९ वा ८० मा लेखिए बमोजिम उपदान वा निवृत्तभरण प्राप्त हुनेछ । तर निवृत्तभरणको हकमा यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको सैनिक व्यक्तिको परिवारलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने व्यक्ति नावालक रहेछ भने निज अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तभरण पाउनेछ ।
(३) सैनिक व्यक्तिको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छदैं वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि भुक्तान भएको मितिले र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तभरणको आधा रकम पाउनेछ ।

(४) कुनै सैनिक व्यक्तिको यस नियमावली बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरू मध्ये यस नियमावली बमोजिम निजको निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।

(५) निवृत्तभरण वा उपदान दिंदा मृतक सैनिक व्यक्तिले कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि इच्छाएको नभए सो रकम निजको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठह¥याएको व्यक्तिलाई दिनेछ ।

(६) आफ्नो कर्तव्य पालन गर्दा कुनै सैनिक व्यक्तिको मृत्यु भएमा निजको सेवा अवधि जति सुकै वर्ष पुगेको भए तापनि मृतक सैनिक व्यक्तिको परिवारको सबैभन्दा नजिकको व्यक्तिलाई त्यस्तो सैनिक व्यक्तिले खाइपाई आएको तलबको आधा रकम पारिवारिक निवृत्तभरण र देहाय बमोजिम पारिवारिक उपदान समेत दिइनेछ ः–

(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्षदेखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको नौ महिनाको तलब बराबरको रकम,
(ग) बीस वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम ।
(७) जङ्गी कारबाही वा सेना परिचालन भएको बखत कुनै सैनिक व्यक्तिको मृत्यु भएमा त्यस्तो सैनिक व्यक्तिको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म निजको परिवारको नजिकको व्यक्तिले पूरा तलब पाउनेछ । उक्त
पूरा तलब पाउने अवधि व्यतित भएपछि मृतक सैनिक व्यक्तिको सेवा अवधि निवृत्तभरण पाउने सेवा अवधि भन्दा कम भएमा निवृत्तभरण पाकेको अवधि सरह र निवृत्तभरण पाक्ने अवधिभन्दा वढी सेवा अवधि भएमा सोही बमोजिम खाईपाई आएको तलबले नियम ८० को उपनियम (३) बमोजिम हिसाब गरी हुन आउने रकम मृतक सैनिक व्यक्तिले इच्छाएको व्यक्ति वा सो नभए परिवारको नजिकको व्यक्तिले निवृत्तभरण बापत पाउनेछ ।

(८) उपनियम (६) र (७) बमोजिम उपदान र पारिवारिक निवृत्तभरण मृतक सैनिक व्यक्तिको पति वा पत्नी, बाबु, आमा भए आजीवन र छोरा, छोरी भए एक्काईस वर्षको उमेर पुरा गरेको वा सरकारी सेवा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।

(९) बहालवाला सैनिक व्यक्तिको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम यस नियम अनुसार पारिवारिक निवृत्तभरण पाई रहेका व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।

(१०) यस नियमावली बमोजिम निवृत्तभरण पाई रहेका कुनै सैनिक व्यक्तिको विधुर पति वा विधवा पत्नीले अर्को विवाह गरेमा निवृत्तभरण प्राप्त हुनेछैन ।

८४. निवृत्तिभरण वा उपदान नपाउने अवस्थाः देहायको अवस्थामा यस नियमावली बमोजिमको निवृत्तभरण, उपदान वा अन्य सुविधा पाइने छैन ः–

(क) ऐन बमोजिम तीन वर्षभन्दा बढी कैदको सजाय पाएमा,
(ख) नेपाली सेनामा भर्ना हुने वा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा ,
(ग) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएमा ।

८५. अशक्त वृत्तिः

(१) कुनै सैनिक व्यक्ति आफ्नो पदको कर्तव्य पालन गर्दा घाइते भई उपचार पश्चात् पनि सेवामा काम गर्न शारीरिक वा मानसिक रुपमा अशक्त रहेको ठहर नियम १०७ बमोजिमको मेडिकल वोर्डले गरेमा त्यस्तो सैनिक व्यक्तिलाई सेवाबाट अवकाश दिइनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी सात वर्षसम्म खाईपाई आएको पूरा तलब वरावरको रकम अशक्त निवृत्तभरण बापत दिइनेछ । उक्त अशक्त निवृत्तभरण पाउने अवधि व्यतित भएपछि निवृत्तभरण पाउने अवधिभन्दा कम सेवा अवधि भएको सैनिक व्यक्तिले निवृत्तभरण पाकेको अवधि सरह र निवृत्तभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएका सैनिक व्यक्तिले सोही बमोजिम खाईपाई
आएको तलबले नियम ८० को उपनियम (३) बमोजिम हिसाब गरी हुन आउने रकम निवृत्तभरण पाउनेछ ।

(२) सैनिक व्यक्तिले अशक्तता बापत उपनियम (१) बमोजिम पाउने निवृत्तभरणको अतिरिक्त निजले खाईपाई आएको तलब रकमको देहाय बमोजिमको प्रतिशतको दरले अशक्त वृत्ति भत्ता बापत पाउनेछः–

(क) सय प्रतिशतदेखि असी प्रतिशतसम्म अशक्त भएका वा मानसिक सन्तुलन गुमाएका सैनिक व्यक्तिलाई पचास प्रतिशत रकम,
(ख) उनान्असी प्रतिशतदेखि पचास प्रतिशतसम्म अशक्त भएका वा मानसिक सन्तुलन गुमाएका सैनिक व्यक्तिलाई तेत्तीस प्रतिशत
रकम, र

(ग) उनान्पचास प्रतिशतसम्म अशक्त भएका वा मानसिक सन्तुलन गुमाएका सैनिक व्यक्तिलाई पच्चीस प्रतिशत रकम । तर अशक्त वृत्ति भत्ता पाएका वा पाउने ठहरिएका सैनिक व्यक्तिले पछि कुनै सेवामा पुनः प्रवेश पाएमा निजले यस नियम बमोजिम अशक्त वृत्ति भत्ता पाउने छैन र खाई सकेको अशक्तवृत्ति भत्ता रकम भने फिर्ता गर्नु पर्ने छैन ।

(३) उपनियम (२) बमोजिम अशक्तता प्रतिशतको निर्धारण नियम १०७ बमोजिमको मेडिकल बोर्डले गर्नेछ ।
(४) सैनिक व्यक्तिले यस नियम बमोजिमको निवृत्तभरण र अशक्त वृत्ति भत्ता पाउन थालेको नौ वर्ष नपुग्दै मृत्यु भएमा नौ वर्ष नपुगेसम्मको अवधिका लागि निवृत्तभरण बापतको रकम मात्र त्यस्तो सैनिक व्यक्तिको परिवारको नजिकको व्यक्तिलाई दिइनेछ ।

८६. सन्ततिवृत्ति र शैक्षिकवृत्तिः

(१) कुनै सैनिक व्यक्तिको नियम ८३ को उपनियम (६) र (७) वा नियम ८५ बमोजिमको अवस्था परी मृत्यु भएमा वा अशक्त भएमा त्यस्तो मृतक वा अशक्त सैनिक व्यक्तिको बढीमा दुई सन्ततीलाई मृतक वा अशक्त सैनिक व्यक्तिको बहाल रहेको पदको शुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति दिइनेछ ः–

(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म – दश प्रतिशत
(ख) जमदार र सोभन्दा माथि प्रमुख सुवेदारसम्म – बाह्र प्रतिशत
(ग) प्यूठ र सोभन्दा माथि हुद्दासम्म – तेह्र प्रतिशत
(घ) फलोअर्स र सिपाही – चौध प्रतिशत

(२) उपनियम (१) बमोजिमको वृत्ति छोरा भए एक्काईस वर्षको उमेर पूरा गरेमा वा सरकारी सेवा प्रवेश गरको जुन अगाडि हुन्छ सो मितिसम्म र छोरी भए एक्काईस वर्षको उमेर पूरा गरेको वा विवाह गरेको वा सरकारी सेवा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(३) कुनै सैनिक व्यक्तिको नियम ८३ को उपनियम (६) र (७) वा नियम ८५ बमोजिमको अवस्था परी मृत्यु भएमा वा अशक्त भएमा त्यस्तो मृतक वा अशक्त सैनिक व्यक्तिको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिइनेछ ः–
(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म –दुई हजार चार सय
(ख) फलोअर्स र सोभन्दा माथि प्रमुख सुवेदारसम्म –एक हजार आठ सय

८७. बेपत्ता भएको सैनिक व्यक्तिको निवृत्तिभरण र उपदानः (१) कुनै सैनिक व्यक्ति हराई बेपत्ता भई दुई वर्षसम्म मरे बाँचेको पत्ता नलागेमा त्यस्तो सैनिक व्यक्तिले नियम ७९ र

८० बमोजिम पाउने उपदान वा निवृत्तभरणको रकम निजले इच्छाएको व्यक्ति वा निजको परिवारको नजिकको व्यक्तिलाई दिइनेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ७४ बमोजिम निवृत्तभरण पाउने अवधि पुगी सकेको व्यक्ति निवृत्तभरण लिन नपाउँदै बेपत्ता भएमा सात वर्षसम्म र निवृत्तभरण पाउन थालेपछि बेपत्ता भएमा सात वर्ष पुग्न बाँकी अवधिसम्म निजले इच्छाएको व्यक्ति वा निजका परिवारको नजिकको व्यक्तिलाई निवृत्तभरणको पूरै रकम र सो अवधिपछि पति वा पत्नीलाई आजीवन निवृत्तभरणको आधा रकम पारिवारिक निवृत्तभरण दिइनेछ ।

(३) उपनियम (१) र (२) बमोजिम भुक्तानी दिइसकेको उपदान वा निवृत्तभरण वा पारिवारिक निवृत्तभरण रकममा पछि फेला परेको व्यक्तिले दावी गर्न पाउने छैन ।

८८. निवृत्तभरण सम्बन्धी कार्यविधिः

(१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निवृत्तभरण पाउने गरी अवकाश प्राप्त गर्ने सैनिक व्यक्तिका सम्बन्धमा त्यसरी अवकाश
पाउने मितिभन्दा छ महिना अगावै सैनिक अभिलेखालयले सम्बन्धित विभाग, कार्यालय वा युनिटमा अवकाशको सूचना पठाउनु पर्नेछ ।
(२) सैनिक व्यक्तिले सेवाबाट अलग भएको मितिले छ महिनाभित्र आफू काम गरेको विभाग, कार्यालय वा युनिट मार्फत सैनिक अभिलेखालयमा निवेदन दिनु पर्नेछ । कार्यालय, विभाग, युनिटमा दाखिल भएको निवेदन सम्बन्धित कार्यालय, विभाग वा युनिटले सैनिक अभिलेखालयमा राख्नु पर्नेछ ।

(३) मृत्यु हुने सैनिक व्यक्तिको परिवारको नजिकको व्यक्तिले सैनिक व्यक्तिको मृत्यु भएको छ महिनाभित्र सम्बन्धित कार्यालय, विभाग वा युनिटमा निवेदन दिनु पर्नेछ र त्यसरी प्राप्त निवेदन सम्बन्धित कार्यालय, विभाग वा युनिटले सैनिक अभिलेखालयमा पठाउनु पर्नेछ ।

(४) उपनियम (२) वा (३) बमोजिम निवेदन प्राप्त भएपछि सैनिक अभिलेखालयले त्यस उपर आवश्यक कारबाही गरी अनुसूची–१२ बमोजिमको निवृत्तभरणको अधिकारपत्र निवृत्तभरण पाउने व्यक्तिलाई दिनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको निवृत्तभरणको अधिकारपत्रमा सैनिक अभिलेखालयको प्रमुख र निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुखको संयुक्त दस्तखत हुनेछ ।

(६) निवृत्तभरणसँग सम्बन्धित देहायका कार्यहरू बैंक भुक्तानी लिइरहेको जिल्लाको सैनिक पृतना÷बाहिनी÷गण÷गुल्मका प्रमुखको सिफारिसमा सोही जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट गरिनेछ ः–

(क) निवृत्तभरणको एकपटक जारी भैसकेको अधिकारपत्रको पाना सिद्धिई वा अधिकारपत्र हराई प्रतिलीपी दिनुपरेमा वा निवृत्तभरण
वा पारिवारिक निवृत्तभरण अधिकारपत्र बाहक व्यक्तिको मृत्यु भई पारिवारिक निवृत्तभरण पाउने व्यक्तिको नाम परिवर्तन
गर्नुपरेमा वा प्रमाणित निवृत्तभरण अधिकारपत्रमा संशोधन गर्नुपरेमा वा सैनिक अभिलेखालयबाट पठाइए बमोजिम
निवृत्तभरण अधिकारपत्र तथा फाराममा फोटो तथा दस्तखत प्रमाणित गर्नुपरेमा,

(ख) निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको उमेर ६० वर्ष, ७५ वर्ष र ८५ वर्ष पुगेपछि निवृत्तभरण रकम थप गर्नुपरेमा ।

(७) सैनिक व्यक्ति राजीनामा स्वीकृति वा अन्य कारणबाट सेवा मुक्त भएपछि वा हुने अवस्थामा सम्बन्धित कमाण्डिङ्ग अधिकृतले देहायको विवरण खुलेको प्रमाणपत्र दिनु पर्नेछ ः–

(क) सेवा प्रवेश मिति,
(ख) सेवा अवधिमा प्राप्त गरेको तालिम र विभूषण,
(ग) जम्मा सेवा अवधि,
(घ) अवकाश प्राप्त मिति,
(ङ) अन्य आवश्यक कुराहरू ।

तर भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त भएका सैनिक व्यक्तिलाई त्यस्तो प्रमाणपत्र दिइने छैन ।

८९. सेवा अवधिको गणनाः

(१) यस परिच्छेदको प्रयोजनका निमित्त सेवा अवधिको गणना गर्दा सैनिक व्यक्ति नेपाली सेनाको कुनै पदमा स्थायी नियुक्ति भई सेवा गरेको जम्मा अवधि (बीचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदान पाइसकेको व्यक्ति पुनः नेपाली सेनाको पदमा नियुक्ति भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि जोडिनेछ ।

(३) उपनियम (१) बमोजिम सेवा अवधि गणना गर्दा निलम्वन रहेको अवधिलाई समेत गणना गरिनेछ ।

९०. औषधि उपचारः (१) सैनिक व्यक्तिले सेवा अवधिभरमा अधिकृतस्तरको सैनिक व्यक्ति भए बाह्र महिना बराबरको, पदिकस्तरको सैनिक व्यक्ति भए अठार महिना बराबरको र विल्लादारस्तर तथा अन्य दर्जातर्फका सिपाही र फलोअर्स भए एक्काईस महिना बराबरको खाइपाई आएको तलब रकमसम्म उपचार खर्च बापत पाउनेछ ।

(२) कुनै सैनिक व्यक्ति वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम

(१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको खर्च वा रकम दिइनेछ ः–

(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दालागेको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बील बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको
हकमा तालुक कार्यालयको प्रमुखले र महारथीको हकमा मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,

(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपे्रशन) गर्दा लागेको बील बमोजिमको खर्च,
(ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको
बिरामीको र कुरुवा चाहिने अवस्था भए एकजना कुरुवासम्मको यातायात खर्चको पूरै रकम र खाना खर्च बापत निज बिरामी
सैनिक व्यक्तिले नियम अनुसार पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानून बमोजिम चिकित्सकका रुपमा दर्ता भएको डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वा वैद्य समेतलाई जनाउँछ ।

(३) कर्तव्य पालनको सिलसिलामा चोटपटक लाग्न गई कुनै सैनिक व्यक्ति घाइते भई नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेको सैनिक व्यक्तिले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।

(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै सैनिक व्यक्तिले पेश्कीका रुपमा लिन चाहेमा र सोको कारण मनासिव देखिए यस नियमको अधीनमा रही पछि हिसाव बुझाउने गरी पेश्की दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकम पछि हिसाव गर्दा
उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित सैनिक
व्यक्तिको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ । त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान
नहुँदै सम्बन्धित सैनिक व्यक्ति वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न
बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(५) झुट्टा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने सैनिक व्यक्ति लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने सैनिक चिकित्सक भए निजलाई समेत ऐनको दफा ४७ बमोजिमको कसूर गरेको मानी कारवाही हुनेछ ।

(६) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने सैनिक व्यक्तिले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउनेछ ।

(७) बीस वर्ष, पच्चीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सेवाबाट अलग भएको सैनिक व्यक्तिले उपनियम (६) बमोजिम पाउने उपचार खर्चमा लिन बाँकी रकमको क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट पाउनेछ ।

(८) कुनै सैनिक व्यक्ति दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ ।

(९) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक सैनिक व्यक्तिलाई आफ्नो परिवार र आफ्नो निमित्त समेत गरी एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकमभन्दा बढी उपचार खर्च दिइने छैन ।

(१०) यस नियम बमोजिम सैनिक व्यक्तिले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले सैनिक व्यक्तिको व्यक्तिगत अभिलेखमा राखी सम्बन्धित विभाग, बाहिनी, गण, गुल्म र सैनिक अभिलेखालयमा समेत पठाउनु पर्नेछ ।

(११) दुर्गम क्षेत्रमा रहेका सैनिक व्यक्ति वा निजको परिवारलाई रोग लागी स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुविधा भएको ठाउँमा लंैजादा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।

९१. थप आर्थिक सहायताः

(१) सेवामा बहाल रहेको कुनै सैनिक व्यक्ति, निजको पति वा पत्नीलाई स्वदेश तथा विदेशमा उपचार गर्नुपर्ने भनी नेपाल सरकारबाट गठित मेडिकल बोर्डले सिफारिस गरेको आधारमा नियम ९० बमोजिम पाउने उपचार खर्चको अतिरिक्त देहायको समितिको सिफारिसमा नेपाल सरकारले उचित ठहराएको थप आर्थिक सहायता रकम दिइनेछ ।

(क) मन्त्रालयको सचिव – अध्यक्ष
(ख) अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको
अधिकृत प्रतिनिधि – सदस्य
(ग) कार्यरथी – सदस्य
(घ) सैनिक स्वास्थ्य महानिर्देशक – सदस्य
(ङ) केन्द्रियस्तरको सैनिक अस्पतालको बरिष्ठ

चिकित्सक एक जना – सदस्य

(२) उपनियम (१) बमोजिमको समितिले थप आर्थिक सहायताको लागि रकम सिफारिस गर्दा कडा रोग लागेको हकमा उपचार गर्दा लागेको रकमको बील बमोजिम बढीमा पाँचलाख रुपैया सम्म सिफारिस गर्नेछ ।

स्पष्टिकरणः

यस नियमको प्रयोजनका लागि कडा रोग भन्नाले मृगौला, मुटु र क्यान्सर सम्बन्धी रोगलाई जनाउँछ ।

९२. तलबको उल्लेखः

(१) यस नियमावलीमा जहाँ जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित सैनिक व्यक्तिको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ ।

(२) नियम ७९ र ८० को प्रयोजनका लागि ‘आखिरी तलब’ भन्नाले सम्बन्धित सैनिक व्यक्तिको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै सैनिक व्यक्ति निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ ।

९३. बीमा सम्बन्धी व्यवस्थाः (१) सैनिक व्यक्तिहरूको बीमा वापत नेपाल सरकारले एउटा सावधिक जीवन बीमा कोष स्थापना गर्नेछ र सो प्रयोजनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्वदेश भित्र रहेका कुनै बीमा कम्पनी वा प्रचलित कानून बमोजिम गठन भएको संस्थालाई सो कम्पनी वा संस्थाको कारोवार, वित्तीय क्षमता समेत विचार गरी सावधिक जीवन बीमा सञ्चालनको लागि तोक्न सक्नेछ ।

(२) प्रत्येक सैनिक व्यक्तिको मासिक तलबबाट दुई सय रुपैयाँ कट्टा गरी उपनियम (१) बमोजिमको कोषमा जम्मा गरिनेछ र त्यति नै रकम नेपाल सरकारले थप गरी विमाङ्क रकम एक लाख रुपैयाँको बीस वर्षे सावधिक जीवन बीमा गरिनेछ । सो बीमा कोषमा जम्मा भएको रकम मध्येबाट सैनिक व्यक्ति सेवा निवृत्त हुँदा निजलाई वीमाङ्क रकम र बोनस भुक्तानी दिइनेछ ।

(३) उपनियम (२) बमोजिम रकम कट्टा गर्न शुरु गरेको वीस वर्ष अवधि नपुगी कुनै सैनिक व्यक्तिको मृत्यु भएमा निजको परिवारले एकलाख रुपैयाँ पाउनेछ । कुनै सैनिक व्यक्ति सेवाबाट अनिवार्य अवकाश भएमा देहाय बमोजिमको रकम प्रदान गरिनेछः–

(क) एक वर्षभन्दा कम अवधिको रकम कट्टी गरिएको भएमा दश हजार रुपैयाँ,
(ख) एक वर्षदेखि पाँच वर्षसम्म रकम कट्टी गरिएको भएमा पच्चीस हजार रुपैयाँ,
(ग) पाँच वर्षदेखि दश वर्षसम्म रकम कट्टी गरिएको भएमा पचास हजार रुपैयाँ,
(घ) दश वर्षदेखि पन्ध्र वर्षसम्म रकम कट्टी गरिएको भएमा पचहत्तर हजार रुपैयाँ,
(ङ) बीस वर्षसम्म रकम कट्टी गरिएको भएमा एक लाख रुपैयाँ ।

तर निजले जम्मा गरेको रकम र सोको व्याज, लाभांश रकम उल्लिखित रकमभन्दा बढी हुन आएमा सोही बराबरको रकम उक्त कोषबाट प्रदान गरिनेछ ।

(४) कुनै सैनिक व्यक्ति उपनियम (२) बमोजिम रकम जम्मा गर्न शुरु गरेको बीस वर्ष नपुगी अनिवार्य अवकाश भएको अवस्थामा बाहेक अन्य जुनसुकै किसिमबाट सेवाबाट अलग भएमा त्यस्तो सैनिक व्यक्तिलाई समर्पण मूल्य बराबरको रकम उपलब्ध
गराइनेछ ।

(५) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाबाट अवकाश हुने सैनिक व्यक्तिले सावधिक जीवन बीमा वापत जम्मा गरेको रकम बीस वर्ष वा सो भन्दा कम अवधिमा परिपक्व हुने गरी निरन्तरता दिन सक्नेछ । तर सो वापत नेपाल सरकारले कुनै रकम व्यहोर्ने छैन ।

(६) बेतलवी अध्ययन बिदा लिएको अवस्थामा त्यस्ता सैनिक व्यक्तिले बीमा वापतको रकम जम्मा गरेमा मात्र त्यस्ता सैनिक व्यक्तिको लागि नेपाल सरकारले सो अवधिको रकम थप गरी कोषमा जम्मा गरिदिनेछ ।

(७) भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको सैनिक व्यक्तिले उपनियम (२) बमोजिम नेपाल सरकारबाट थप भएको रकम बाहेक निजको कोषमा जम्मा भएको अन्य रकम व्याज सहित पाउनेछ ।

(८) यस नियम बमोजिम बीमाङ्क रकम प्रदान गर्दा सम्बन्धित सैनिक व्यक्तिको नाममा जम्मा भएको रकम भन्दा बढी रकम प्रदान गर्नु पर्ने भएमा बढी हुने रकम नेपाल सरकारले उपनियम (१) बमोजिमको कम्पनी वा संस्थामा जम्मा गरी दिनेछ ।

(९) उपनियम (१) बमोजिम तोकिएको कम्पनी वा संस्थाले बीमा कोषमा जम्मा भएको प्रत्येक सैनिक व्यक्तिको छुट्टाछुट्टै हिसाव देखिने गरी अभिलेख अद्यावधिक गरी प्रत्येक वर्षको विवरण सम्बन्धित सैनिक व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।

(१०) सावधिक जीवन बीमा कोष सञ्चालन र व्यवस्थापनका लागि नेपाल सरकारले आवश्यक निर्देशिका जारी गरी लागू गर्न सक्नेछ ।

परिच्छेद–८ पोशाक तथा अन्य सामान र राशन सुविधा सम्बन्धी व्यवस्था

 

९४. पोशाक तथा अन्य सामानः

(१) सैनिक व्यक्तिको पोशाकको रङ, किसिम, गुणस्तर र अन्य विवरण प्रधान सेनापतिको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।
(२) सैनिक व्यक्तिलाई दर्जा अनुसार अनुसूची– १३ मा उल्लेख भए बमोजिमको पोशाक र अन्य सामानहरू निशुल्क उपलब्ध गराइनेछ ।
(३) सैनिक व्यक्तिलाई तयारी पोशाक वितरण गर्न नसकेको अवस्थामा स्थानीय दररेट बमोजिम सिलाई खर्चको रकम सहितको कपडा उपलब्ध गराइनेछ ।
(४) सैनिक व्यक्तिलाई वितरण गरिएको पोशाक तथा अन्य सामान निश्चित अवधि पुगी वा सरकारी काम विशेषले फाटी टुटी गएमा उपनियम (५) बमोजिम गठन हुने क्षतिपूर्ति समितिले ठह¥याए बमोजिम सट्टाभर्ना दिइनेछ ।
(५) उपनियम (४) को प्रयोजनका लागि जङ्गी अड्डाले क्षतिपूर्ति समिति गठन गरी सो समितिको काम, कर्तव्य र अधिकार समेत तोक्न सक्नेछ ।

९५. राशन सुविधाः नेपाली सेनामा कार्यरत सबै सैनिक व्यक्तिलाई नेपाल सरकारले तोकिदिए बमोजिमको राशन सुविधा दिइनेछ ।
तर अध्ययन बिदा लिई बसेका सैनिक व्यक्तिलाई राशन सुविधा दिइने छैन ।

परिच्छेद–९ विविध

९६. सैनिक प्रहरीको योग्यता र पदपूर्तिः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक प्रहरीको योग्यता देहाय बमोजिम हुनु पर्नेछः–
(क) सिपाहीदेखि सुवेदारसम्मको लागि प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण भएको वा आर्मी फष्ट क्लास पास गरेको,
(ख) पुरुषको हकमा कम्तीमा पाँच फिट छ इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट दुई ईन्च उचाई भएको,
(ग) कुनै पनि अनुशासन सम्बन्धी अभियोग नलागेको ।
(२) उपनियम (१) बमोजिमको योग्यता पूरा भएको सैनिक व्यक्तिलाई अन्य युनिटबाट सरुवा गरी सैनिक प्रहरीमा पदपूर्ति गरिनेछ ।

९७. सेवा परिवर्तन सम्बन्धी व्यवस्थाः (१) सैनिक ब्यक्तिको सेवा, समूह वा उपसमूह परिवर्तन हुन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम सेवा परिवर्तन गर्दा सेवा परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहसँग सम्बन्धित सैनिक नियमावलीमा उल्लेख गरिए बमोजिमको योग्यता पुगेको र त्यस्ता सैनिक ब्यक्तिको दक्षता र अनुभव सेवा परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहलाई अत्यावश्यक भएको हुनु पर्नेछ ।

(३) यस नियम बमोजिमको सेवा परिवर्तन उप सेनानी वा सोभन्दा मुनिका दर्जाहरूमा मात्र गरिनेछ र सेवा अवधिभरमा एकपटक मात्र हुनेछ ।
(४) यस नियम बमोजिम सेवा परिवर्तन गर्दा मन्त्रालयको स्वीकृतीमा पदपूर्ति समितिले परीक्षा लिई उक्त समितिको सिफारिस अनुसार हुनेछ ।

स्पष्टीकरणः उपनियम (१) मा उल्लेखित सेवा, समूह वा उपसमूह भन्नाले सैनिक ऐन, २०६३ अन्तर्गत बनेका यस नियमावली बाहेकका अन्य नियमावली अन्र्तगत कायम भएका सेवा, समूह वा उपसमूह सम्झनु पर्छ ।

९८. बरबुझारथ गर्नुपर्नेः (१) कुनै पनि सैनिक व्यक्ति, काज, सरुवा वा अन्य कुनै कारणले सो स्थानमा नरहेमा आफ्नो बुझाउनु पर्ने नगद, जिन्सी, हातहतियार तथा कागजात प्रधान सेनापतिको हकमा एक महिना भित्र र अन्य सैनिक व्यक्तिको हकमा पन्ध्र दिनभित्र सम्बन्धित सैनिक व्यक्तिलाई बुझाई दिनु पर्नेछ र बुझ्नु पर्नेले पनि सोही म्यादभित्र बुझी लिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र कुनै विशेष कारण परी बर बुझारथ गर्न नभ्याएमा अरु एक्काईस दिनमा नबढ्ने गरी प्रधान सेनापतिको हकमा मन्त्रालयले र अन्य सैनिक व्यक्तिको हकमा सम्बन्धित कार्यालय प्रमुखले समय थप गर्न सक्नेछ ।

९९. विभागीय प्रमुखहरूको समिति (प्रिन्सिपल स्टाफ अफिसर्स कमिटी) गठन गर्न सक्नेः  प्रधान सेनापतिलाई नेपाली सेनाको प्रशासकीय तथा व्यवस्थापकीय कार्यमा सहयोग पु¥याउन प्रिन्सिपल स्टाफ अफिसर्स रहेको एक समिति रहनेछ ।

१००. उजुरीको सुनुवाई गर्ने तरिकाः (१) कुनै सैनिक व्यक्तिलाई कुनै विषयमा मर्का परेको कारण देखाई ऐनको दफा २७ बमोजिम उजुरी दिँदा उजुरीकर्ताले आफूलाई परेको मर्काको संक्षिप्त व्यहोरा र मर्का निवारणको उपाय खुलाई प्रमाण सहित लिखित रुपमा उजुरी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजुरी प्राप्त भएपछि उजुरी सुन्ने अधिकृतले उजुरीकर्ताले जसका विरुद्ध उजुर दिएको हो सो व्यक्तिलाई उजुरीको सम्बन्धमा पन्ध्र दिनको म्याद दिई आफ्नो भनाई पेश गर्न सूचना पठाउन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त सूचनाको म्यादभित्र सम्बन्धित व्यक्तिले आफ्नो भनाइ पेश गर्नु पर्नेछ ।
(४) उजुरी सुन्ने अधिकृतले उजुरीको सुनुवाइ गर्दा आवश्यक देखेको थप प्रमाणहरू बुझ्न सक्नेछ ।

(५) उजुरी सुन्ने अधिकृतले उजुरीको सुनुवाइ गर्ने सिलसिलामा आवश्यकतानुसार जाँचबुझ टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
(६) सम्बन्धित व्यक्तिले उपनियम (३) बमोजिम आफ्नो भनाइ पेश गरेकोमा पेश गरेको मितिले वा भनाई पेश नगरेकोमा पेश गर्ने म्याद समाप्त भएको मितिले तीस दिनभित्र उजुरी सुन्ने अधिकृतले त्यस्तो उजुरीको सम्बन्धमा निर्णय गर्नु पर्नेछ ।

१०१. निर्देशन दिनसक्नेः आर्थिक तथा भौतिक प्रशासन सम्बन्धी कार्य, बन्दोबस्ती सामानको परिपूरण गर्ने कार्य लगायतका नेपाली सेना भित्र गर्नुपर्ने र गरिने व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयले नेपाली सेनालाई निर्देशन दिन सक्नेछ । मन्त्रालयले निर्देशन दिनु पूर्व आवश्यकताअनुसार नेपाली सेनाका विभिन्न युनिटको निरीक्षण तथा अनुगमन गर्न तथा सम्बन्धित कागजात माग गर्न सक्नेछ । यस्तो निरीक्षण तथा अनुगमन सम्बन्धी कार्य नेपाली सेनासँगको समन्वयमा गरिनेछ ।

१०२. निर्णय वा आदेश प्रकाशन गर्न सक्नेः नेपाली सेनाले सैनिक व्यक्तिहरूको नियुक्ति, सरुवा, बढुवा, दण्ड÷सजाय लगायतका विषयसँग सम्बन्धित आधिकारिक सूचनाको लागि सैनिक आदेश प्रकाशन गर्नेछ ।

१०३. वैयक्तिक विवरण फाराम भर्नुपर्नेः (१) पहिलो पटक नियुक्ति भएका प्रत्येक सैनिक व्यक्तिले निर्धारित ढाँचामा चारप्रति वैयक्तिक विवरण फाराम भर्नु पर्नेछ ।
(२) देहायको सैनिक व्यक्तिको वैयक्तिक विवरणको अभिलेख देहाय बमोजिमको कार्यालयले राख्नेछ ः–

(क) सबै तहका सैनिक व्यक्तिको वैयक्तिक विवरण सैनिक अभिलेखालय,
(ख) अधिकृतस्तरको सैनिक व्यक्तिको हकमा सैनिक अभिलेखालयको अतिरिक्त सैनिक सचिव विभाग, र
(ग) पदिकस्तर र सोभन्दा मुनीका सैनिक व्यक्तिको हकमा सैनिक अभिलेखालयको अतिरिक्त कार्यरथी विभाग (संगठन र सञ्चालन) ।
(३) सैनिक व्यक्तिको सरुवा, बढुवा, कारबाही लगायतका सबै विवरणहरू वैयक्तिक विवरणमा जनाई अद्यावधिक गरी राख्नु पर्ने दायित्व उपनियम (२) बमोजिम अभिलेख राख्ने कार्यालयको हुनेछ ।

(४) प्रमुख सेनानी वा सो भन्दा माथिका सैनिक व्यक्तिको वैयक्तिक विवरण एक प्रति नेपाली सेनाले मन्त्रालयमा पठाउनु पर्नेछ ।

१०४. सम्पत्ति विवरण पेश गर्नेः (१) सैनिक व्यक्तिले भर्ना भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सबै प्रकारका चल अचल सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण कार्यरथी विभाग समक्ष पेश गर्नु पर्नेछ । सैनिक अधिकृतले यस्तो विवरण पेश गर्दा दुई प्रति भरी पेश गर्नुपर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र सम्पत्तिको विवरण पेश गर्न नसक्ने सैनिक व्यक्तिले त्यस्तो विवरण पेश गर्न नसक्नाको कारण सहित उल्लेख गरी म्याद थपको लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा तीस दिनसम्मको म्याद थप दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम थप गरेको म्यादभित्र पनि सम्पत्तिको विवरण पेश नगर्ने सैनिक व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गरी निज र निजको परिवारको नाममा गैरकानूनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले
अनुसन्धान गर्न सक्नेछ ।

(४) यस नियम बमोजिम पेश हुन आएको सम्पत्ति विवरण गोप्य राखिनेछ । तर अनुसन्धान र तहकिकातको सिलसिलामा सम्पत्ति विवरण माग हुन आएमा त्यस्तो विवरण सम्बन्धित अधिकारीलाई उपलब्ध गराउन सकिनेछ ।

(५) सम्पत्ति विवरणको अभिलेख कार्यरथी विभागले राख्नेछ ।

(६) यस दफा बमोजिम सम्पत्ति विवरण पेश नगर्ने सैनिक व्यक्तिको विवरण तीस दिन भित्र कार्यरथी विभागले मन्त्रालयमा पठाउनु पर्नेछ र यसरी प्राप्त हुन आउने विवरण मन्त्रालयले ऐनको दफा ६२ बमोजिमको समितिमा पठाउनु पर्नेछ ।

१०५. नीतिगत व्यवस्थाः नेपाली सेनामा सरुवा, बढुवा, योग्यता तथा अनुभवको निर्धारण, आर्थिक दायित्व बृद्धिका विषय, वृत्ति विकास, सेनाको व्यवस्थापनका अन्य नीतिगत व्यवस्था लगायतका विषयमा नीतिगत रुपमा नयाँ व्यवस्था गर्नुपरेमा वा साविक नीतिमा
परिवर्तन गर्नुपरेमा मन्त्रालयको स्वीकृति वा मन्त्रालयबाट निर्णय भए बमोजिम गर्नु पर्नेछ ।

१०६. अभिलेख राख्नेः (१) कुनै सैनिक व्यक्ति भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएमा सैनिक व्यक्तिहरूको सम्बन्धमा बर्खास्त गरिएको अभिलेख राख्ने जिम्मेवारी प्राप्त विभागले त्यस्ता व्यक्तिहरूको तीनपुस्ते खुलेको हुलिया समेतको सूचना जङ्गी अड्डाको सम्बन्धित विभाग तथा आवश्यकता अनुसार प्रहरीलाई समेत दिनु पर्नेछ ।

(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका सैनिक व्यक्ति सैनिक सेवा वा पदमा पुनः नियुक्ति भएमा निजले त्यसरी पुनः नियुक्ति भई पाएको तलब भत्ता लगायतका अन्य रकम निजबाट फिर्ता गराई निजलाई तुरुन्त सेवाबाट बर्खास्त गरिनेछ ।

१०७. मेडिकल बोर्डः कुनै सैनिक व्यक्ति विरामी भएको वा अशक्त भएको विषयमा जाँचबुझ गरी आवश्यक सिफारिस गर्न देहाय बमोजिमको मेडिकल बोर्ड गठन हुनेछः–

(क) सैनिक स्वास्थ्य महानिर्देशक –अध्यक्ष

(ख) प्रधान सेनापतिले तोकेको सैनिक अस्पतालका दुईजना चिकित्सक –सदस्य

१०८. व्यक्तिगत विवरणः (१) प्रमुख सेनानी वा सो भन्दा माथिका सैनिक व्यक्तिको बढुवाको सिफारिस गर्दा र महासेनानी वा सो भन्दा माथिका सैनिक व्यक्तिको म्याद थप र सरुवाको सिफारिस गर्दा अनुसूची–१४ बमोजिमको व्यक्तिगत विवरण फाराम भरी मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम एक पटक व्यक्तिगत विवरण पठाई सकेका सैनिक व्यक्तिको थप भएको व्यक्तिगत विवरण मात्र पठाउनु पर्नेछ ।

१०९. निर्देशिका र कार्यविधि बनाउन सक्नेः

(१) मन्त्रालयले नेपाली सेनासँग परामर्श गरी सैनिक प्रहरी र महिला सैनिकको काम, कर्तव्य र अधिकारलाई व्यवस्थित गर्न सैनिक प्रहरी निर्देशिका र महिला सेवा निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) मन्त्रालयले नेपाली सेनासँग परामर्श गरी नेपाली सेनालाई व्यवस्थित गर्न व्यवस्थापनका विविध पक्षमा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

११०. यसै नियम बमोजिम हुनेः सैनिक सेवाका विभिन्न समूह वा विषयका सम्बन्धमा बनेको अन्य नियममा लेखिएको कुरामा सोही बमोजिम र नलेखिएका कुराहरूमा यस नियमावली बमोजिम हुनेछ ।

१११. अनुसूचीमा हेरफेर वा थपघट गर्नेः नेपाल सरकारले आवश्यक देखेमा राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।

११२. खारेजी र बचाउः (१) देहायका नियमहरू खारेज गरिएका छन्ः–

(क) सैनिक बिदा नियमहरू, २०१९
(ख) शाही सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण नियमहरू, २०२०
(ग) केटा (भर्ना तथा सेवा शर्त) नियमहरू, २०२८
(घ) शाही नेपाली सेना (निवृत्तभरण, उपदान र अन्य सुविधा) नियमावली, २०३३
(ङ) शाही नेपाली सेना (दैनिक तथा भ्रमण भत्ता) नियमावली, २०३३
(च) सैनिक प्रहरी सम्बन्धी नियमावली, २०५८ को नियम ४ ।
(२) उपनियम (१) मा उल्लिखित नियमहरू बमोजिम भए गरेको काम कारबाही

यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची – १ नेपाली सेनामा रहने सेवा र समूह

अनुसूची – १
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

नेपाली सेनामा रहने सेवा र समूह
१. सैनिक साधारण सेवा
२. सैनिक प्राविधिक सेवाः यस सेवामा देहायका समूहहरू रहनेछन्ः–
(क) सैनिक स्वास्थ्य समूह
(ख) सैनिक इन्जिनियरिङ्ग समूह
(ग) पशु विकास तथा पशु स्वास्थ्य समूह
(घ) अन्य प्राविधिक समूह

३. सैनिक प्राड सेवा

४. सैनिक हवाई सेवाः यस सेवामा देहायका समूहहरू रहनेछन्ः–
(क) पाइलट समूह
(ख) हवाई सम्भार समूह
(ग) अन्य हवाई समूह

५. सैनिक विविध सेवाः यस सेवामा देहायका समूहहरू रहनेछन्ः–
(क) विकास निर्माण समूह
(ख) पुजारी समूह
(ग) सैनिक कर्मचारी समूह
(घ) लेखा समूह
(ङ) सैनिक शिक्षा समूह
(च) ग्यारिजन समूह
(छ) बन्दोवस्ती कार्य समूह
(ज) अल्प सेवा समूह

अनुसूची – २ फलोअर्समा रहने श्रेणीविहिन पद 

अनुसूची – २
(नियम ४ को उपनियम (२) सँग सम्बन्धित)

 

फलोअर्समा रहने श्रेणी विहिन पद देहाय बमोजिम हुनेछः–
(१) बन्दोबस्ती कार्य सिपाही
(२) सुचिकार
(३) कुचिकार
(४) चर्मकर्मी
(५) भान्छे
(६) सहायक भान्छे
(७) लोहकार
(८) धोवी
(९) केशकर्तक
(१०) सिकर्मी
(११) टहलुवा
(१२) माली
(१३) सयस
(१४) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य पद ।

अनुसूची – ३ विज्ञापनको ढाँचा 

(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)

पदपूर्ति समिति

कार्यरथी विभाग,

भर्ना छनौट निर्देशनालय
जंगी अड्डा
…………. पदको लागि दरखास्त आह्वान”
(प्रथम पटक प्रकाशित मिति २०/……./…….गते

१. सैनिक सेवामा रिक्त रहेका………….पद खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न आवश्यक भएकोले देहायको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।

२. आवश्यक संख्याः
३. दरखास्त दिने मिति र स्थानः
४. दरखास्त दस्तुर

५. आवश्यक योग्यता

(क) शैक्षिक योग्यता
(ख) शारीरिक योग्यता
(ग) अन्य योग्यता

६. उमेरको हदः
७. सैनिक सेवाका वहालवाला उम्मेदवारः
८. पेश गर्नु पर्ने आवश्यक प्रमाणपत्रहरू
९. फोटोग्राफः
१०. सम्पर्क मिति र स्थानः
११. छनौट प्रक्रिया
१२. तलव, भत्ता, राशन तथा अन्य सुविधाहरूः
१३. दरखास्त फारामः दरखास्त फाराम
१४. अन्य शर्तहरू

अनुसूची–८ कबूलियतनामा

(नियम ३३ को उपनियम (४) सँग सम्बन्धित)

कबूलियतनामा

……………………………………… को सूचना/पत्र बमोजिम ……………….. दर्जामा बढुवाको कुनै पनि उम्मेदवार सैनिक व्यक्ति मेरो नजिकको नातेदार पर्दैन । बढुवा समितिको काम कारवाही गर्दा मैले प्रचलित ऐन नियमको अधिनमा रही गर्नेछु भनी यो कबुलियतनामा गर्दछु ।

कबुलियत गर्नेको नामः
दर्जाः
दस्तखतः

ईति सम्वत् २०……….. साल …………… महिना ……………. गते रोज ………… शुभम् ।

अनुसूची – ९ अङ्क विभाजन

(नियम ३८ को उपनियम (७) सँग सम्बन्धित)

अङ्क विभाजन  नियम ३८ को उपनियम (७) बमोजिम प्रदान गरिने अङ्कको विभाजन र सो को आधार देहाय बमोजिम हुनेछः

(क) क्याडेट जेष्ठता वापतः अधिकृत क्याडेट तालिमको नतिजा अनुसार सहायक सेनानीहरूको कायम हुने जेष्ठताको आधारमा यो अङ्क प्रदान गरिनेछ । आयुक्त पद प्राप्त गर्ने सहायक सेनानीहरूको जम्मा संख्यालाई मर्यादाक्रम अनुसार चार खण्डमा विभाजन गरी पहिलो खण्डमा पर्ने सबै अधिकृतहरूलाई दश अङ्क, यसरी नै दोश्रो, तेश्रो र चौथो (अन्तिम) खण्डमा पर्ने अधिकृतहरूलाई क्रमशः आठ, छ र चार अङ्क प्रदान गरिनेछ । खण्ड विभाजन गर्दा सबै खण्ड बराबर नभएमा दशमलब पछिको अङ्कलाई माथिल्लो खण्डमा लिईनेछ । उदाहरणः जम्मा पैतालीस जना आयुक्त पद प्राप्त गर्ने अधिकृत क्याडेटहरू मध्ये मर्यादाक्रम अनुसार एक देखि बाह्र सम्मले दश अङ्क, तेह्र देखि तेइस सम्म आठ अङ्क, चौबीस देखि चौतीस सम्म छ अङ्क र बांकीलाई चार अङ्क प्रदान गरिनेछ । विदेशमा तालिम गरी पास
आउट भएका अधिकृतलाई दश अङ्क प्रदान गरिनेछ ।

(ख) कायमी सेवा वापतः पदोन्नतीको लागि उम्मेदवार अधिकृतको नाम पहिलो पटक (वर्ष) वोर्डमा समावेश भएमा पाँच अङ्क, दोश्रो पटक भएमा बाह्र अङ्क र तेश्रो (अन्तिम) पटक वोर्डमा समावेश भएमा सत्र अङ्क प्रदान गरिनेछ ।
(ग) कार्यसम्पादन मूल्याङ्कन वापत
(१) सेनानीबाट प्रमुख सेनानी दर्जामा पदोन्नती हुँदाः कार्य सम्पादनको जम्मा पूर्णाङ्क तेत्तीसलाई सहायक सेनानी÷उपसेनानी दर्जाको कार्य सम्पादनको लागि तीन अङ्क, सहसेनानी दर्जाको लागि छ, सेनानी दर्जा (कमाण्ड वाहेक) को लागि नौ अङ्क र गुल्म अथवा सो सरहको कमाण्डको कार्य सम्पादनको लागि पन्ध्र अङ्क विभाजन गरिनेछ । सम्बन्धित अधिकृतले सम्बन्धित दर्जामा भरेको सबै कार्य सम्पादनको जम्मा प्राप्ताङ्कको औसतलाई माथि उल्लेखित सम्बन्धित दर्जाको पूर्णाङ्क (भार) मा परिवर्तन गरी अङ्क प्रदान गरिनेछ । अति योग्य तथा बढी योग्य समूहमा पर्ने सेनानीहरूले कमाण्ड कार्य सम्पादनको अङ्क प्राप्त गर्न अनिवार्य रुपमा अनाश्रीत गुल्म वा व्याट्री वा सो सरहको सबयुनिट कमाण्ड गरेको हुनुपर्नेछ । योग्य समूहका सेनानीहरूको हकमा अनाश्रीत गुल्म वा व्याट्री वा सो सरहको सबयुनिट कमाण्ड नगरेको भए सहायक गणपति अथवा कुनै शिक्षालय वा डिपोमा सहायक पतिको नियुक्तीमा रहँदाको कार्यलाई कमाण्डको कार्य सम्पादनको रुपमा लिई अङ्क प्रदान गरिनेछ ।

(२) प्रमुख सेनानीबाट महासेनानी दर्जामा पदोन्नती हुँदाः कार्य सम्पादनको जम्मा पूर्णाङ्क तेत्तीसलाई सेनानी दर्जा (कमाण्ड वाहेक) को लागि तीन अङ्क, अनाश्रीत गुल्म वा व्याट्री वा सो सरहको कमाण्डको कार्य सम्पादनको लागि छ अङ्क, प्रमुख सेनानी दर्जा (कमाण्ड वाहेक) को लागि नौ अङ्क र गण कमाण्ड अवधिको कार्य सम्पादनको लागि पन्ध्र अङ्क विभाजन गरिनेछ । सम्बन्धित अधिकृतले उल्लेखित दर्जाहरूमा भरेको सबै कार्य सम्पादनको प्राप्ताङ्कको औसतलाई माथि उल्लेखित सम्बन्धित दर्जाको पूर्णाङ्क (भार) मा परिवर्तन गरी अङ्क प्रदान गरिनेछ । योग्य समूहका प्रमुख सेनानीको हकमा सेनानी दर्जाको कमाण्डको अङ्क माथि खण्ड (ग) (१) मा उल्लेख भए अनुसार प्रदान गरिनेछ । प्रमुख सेनानी दर्जाको कमाण्डको अङ्कको लागि सबै समूहका अधिकृतहरूले अनिवार्य रुपमा गण कमाण्ड गरेको हुनुपर्नेछ ।

(घ) तालिम (ग्रेडिङ्गको आधारमा) वापत
(१) युवक अधिकृत तालिमः यस तालिमको लागि जम्मा पाँच अङ्क छुट्ट्याइनेछ । सम्बन्धित अधिकृतले प्राप्त गरेको क, ख, ग र घ ग्रेडिङ्ग अथवा डिस्टिङ्गसन, एबोभ एभरेज, हाई एभरेज, र एभरेज अनुसार क्रमशः पाँच, चार, तीन, र दुई अङ्क प्रदान गरिनेछ ।

(२) गुल्मपति तथा स्टाफ तालिमः यस तालिमको लागि जम्मा छ अङ्क छुट्ट्याइनेछ । जसमध्ये सैद्धान्तिक तर्फ पाँच अङ्क छुट्ट्याई सम्बन्धित अधिकृतले प्राप्त गरेको क, ख, ग र घ ग्रेडिङ्ग अनुसार क्रमशः पाँच, चार, तीन, र दुई अङ्क प्रदान गरिनेछ र व्यवहारिक तर्फ शिक्षक योग्य “आई” वा “क्ष” ग्रेडिङ्ग आएमा थप एक अङ्क प्रदान गरिनेछ । यदि गुल्मपति र जुनियर स्टाफ तालिम छुट्टाछुट्टै गरेको भएमा राम्रो नतिजा भएको एउटा तालिमको आधारमा अङ्क प्रदान गरिनेछ ।

(३) अन्य तालिमः यस तालिमको लागि जम्मा चार अङ्क छुट्ट्याइनेछ । जंगल÷माउण्टेन वारफेयर, एकासी मिलि मिटर, जनरल पर्पोज मेशिन गन÷मिडियम मेशिन गन, ईन्ट तथा सुरक्षा वेसिक, सपोर्टिङ्ग आम्र्सको युवक अधिकृत तालिम, आर्टिलरी/इन्जिनियर/सिग्नल अधिकृत आधार तालिम, कम्व्याट तालिम, प्रवन्ध तालिम, रेजिमेण्टल सिग्नल अधिकृत तालिम र अल आर्मस् फिल्ड इन्जिनियरिङ्ग तालिम मध्ये कुनै एक तालिमलाई मात्र गणना गरी सो को नतिजाको आधारमा अङ्क प्रदान गरिनेछ । यदि कुनै अधिकृतले यी तालिमहरू मध्ये दुई वा सो भन्दा बढी गरेको भए उच्चतम ग्रेडिङ्ग प्राप्त एउटा तालिमलाई मात्र गणना गरिनेछ । यसमा तोकिएको चार अङ्कलाई सम्बन्धित अधिकृतले प्राप्त गरेको क, ख, ग र घ वा सो सरहको ग्रेडिङ्ग अनुसार क्रमशः चार, तीन, दुई र एक अङ्क प्रदान गरिनेछ । यदि क्वालिफाईड ग्रेडिङ्ग छ भने त्यसलाई दुई अङ्क प्रदान गरिनेछ । यसमा व्यवहारिक तर्फको ग्रेडिङ्ग
प्राप्त गरेको भए गणना गरिनेछैन ।

(४) स्टाफ कलेज/गणपति तालिम. यस तालिमको लागि जम्मा तेह्र अङ्क छुट्ट्याइनेछ । अति योग्य तथा बढी योग्य समूहमा परेका अधिकृतहरूको हकमा स्टाफ कलेज तालिममा तोकिएको तेह्र अङ्क मध्ये आठ अङ्क सम्बन्धित अधिकृतले प्राप्त गरेको क, ख, ग र घ ग्रेडिङ्ग अथवा सो सरहको ग्रेडिङ्ग अनुसार क्रमशः आठ, सात, छ र पाँच अङ्क प्रदान गरिनेछ । त्यसै गरी शिक्षक योग्य (आई) ग्रेडिङ्ग प्राप्त गरेमा थप ३ अङ्क र दोहोरो (स्वदेश तथा विदेश) स्टाफ कलेज गरेको भएमा थप दुई अङ्क प्रदान गरिनेछ । योग्य अधिकृत समूहमा परेका अधिकृतहरूको हकमा गणपति तालिमको नतिजा वमोजिम आठ अङ्क सम्बन्धित अधिकृतले प्राप्त गरेको क, ख, ग र घ ग्रेडिङ्ग अनुसार क्रमशः आठ, सात, छ र पाँच अङ्क प्रदान गरिनेछ । यसरी नै बाँकी पाँच अङ्क विदेशमा दश हप्ता वा सो भन्दा लामो अवधिको मध्यम÷उच्च तहका पेशागत तालिम (जस्तैः सिग्नल/ इन्जिनियरिङ्ग डिग्री, लङ्ग गनरी स्टाफ तालिम, जुनियर कमाण्ड, इन्टेलिजेन्स तथा सेक्युरिटी, कुनै पनि आर्मस् तथा सर्भिसेजका मिड करियर/एडभान्स तालिम, युनिट कमाण्डर तालिम अथवा सो सरहका अन्य तालिम) गरेमा पाँच अङ्क प्रदान गरिनेछ । विदेश तालिमको लागि छनौट गर्दा सो सरहको तालिम स्वदेशमा संचालन हुने भएमा सो
तालिमको नतिजामा हासिल गरेको मर्यादाक्रम तथा ग्रेडिङ्गको आधारमा र स्वदेशमा संचालन नहुने तालिमको हकमा विदेश तालिमको लागि तोकिएको योग्यता पुगेकाहरू मध्ये जेष्ठता तथा कार्य क्षमताको आधारमा छनौट गरिनेछ ।

(ङ) वर्गीकृत÷चुनौतीपुर्ण क्षेत्र वापत. सैनिक ब्यक्तिहरूको निम्न लिखित जिल्लाहरूमा हुने सरुवालाई अतिकम सुविधायुक्त क्षेत्र (हार्ड एरिया) कम सुविधायुक्त क्षेत्र (सेमी हार्ड एरिया) र सुविधायुक्त क्षेत्र (सफ्ट) मा बर्गिकरण गरी सेनानी र प्रमुख सेनानी दर्जामा मूल्याङ्कन गर्दा सरुवा अवधिको आधारमा अधिकतम छ अङ्क प्रदान गरिनेछ । सेनानीर प्रमुख सेनानी दर्जा (मूल्याङ्कन गरिने दर्जा) मा अतिकम
सुविधायुक्त क्षेत्रमा प्रत्येक छ महिना अवधि सेवा गरे वापत दुई अङ्क र कम सुविधायुक्त क्षेत्रमा प्रत्येक छ महिना अवधि सेवा गरे वापत एक अङ्कको दरले अङ्क प्रदान गरिनेछ । सुविधायुक्त क्षेत्रमा प्रत्येक छ महिना अवधि सेवा गरे वापत सेनानीलाई शुन्य दशमलव दुई पाँच र प्रमुख सेनानीको हकमा शुन्य दशमलव पाँच अङ्क प्रदान गरिनेछ ।

 

स्पष्टीकरणः यस उपखण्डको प्रयोजनको लागि देशभित्र कुनै जिल्ला वा क्षेत्रलाई संकटग्रस्त÷द्वन्द्वग्रस्त÷अपरेशन ईलाका वा सो सरहको ईलाका भनी बलाधिकृत, व्यवस्था तथा युद्धकार्य महानिर्देशक तथा सैनिक सचिव सम्मिलित बोर्डले गरेको सिफारिसका आधारमा प्रधान सेनापतिबाट समेत सिफारिस भै नेपाल सरकारले तोकेको जिल्ला÷क्षेत्र÷ईलाकालाई समेत अति कम सुविधायुक्त क्षेत्रको रुपमा लिई अङ्क प्रदान गरिनेछ । यसरी नै संयुक्त राष्ट्रसंघ मिशनमा खटिएको अवधिलाई अति कम सुविधायुक्त क्षेत्रको र संयुक्त राष्ट्रसंघ अन्र्तगत शान्तिसेनामा खट्टिएको अवधिलाई कम सुविधायुक्त क्षेत्रमा गणना गरी अङ्क प्रदान गरिनेछ । स्टाफ कलेज, प्रतिष्ठान, शिक्षालय तथा सैन्य तालिम केन्द्रहरूमा इन्स्ट्रक्टरमा खट्टिएको अवधिलाई समेत कम सुविधायुक्त क्षेत्रमा गणना गरी अङ्क प्रदान गरिनेछ । माथि उल्लेख भएको बाहेक अन्य कुनै स्थानमा खट्टिई गएमा सुविधायुक्त क्षेत्रमा गणना गरी अङ्क प्रदान गरिनेछ ।

(च) विभूषण वापतः कायमी दर्जा (मूल्याङ्कन हुने दर्जा) मा पाएको पहिलो विभुषण/मानपदवीलाई दुई अङ्क र दोश्रो विभुषण/मानपदवीलाई थप एक अङ्क गरी अधिकतम तीन अङ्क प्रदान गरिनेछ । एउटा दर्जामा विभुषण/मानपदवीको अङ्क पाईसकेपछि सोही विभुषण/मानपदवीको लागि अर्को दर्जामा अङ्ग प्रदान गरिनेछैन । यस प्रयोजनको लागि २०६३ साल भन्दा पछाडी प्राप्त गरेको विभुषण/मानपदवीलाई मात्र गणना गरिनेछ ।

(छ) बढुवा समितिको मूल्याङ्कन वापतः

(१) बढुवा समितिको मूल्याङ्कनको लागि जम्मा तीन अङ्क राखिएको छ । ढुवा समितिको अध्यक्ष तथा सम्पूर्ण सदस्यहरूले उम्मेदवारको योग्यता, कार्य सम्पादन, योगदान, अनुशासन र माथिल्लो दर्जामा कार्य गर्न सक्ने क्षमतालाई मूल्याङ्कन गरी अङ्क प्रदान गर्नेछ । यसरी प्रदान गरेको व्यक्तिगत अङ्कहरूलाई जोडी औसत अङ्क निकाली बढूवा समितिको अङ्क प्रदान गरिनेछ ।

(२) कुनै सदस्यले एक अङ्क भन्दा कम प्रदान गर्नु परेमा बढुवा समिति समक्ष कारण खुलाउनु पर्नेछ ।
(३) संस्था तथा राष्ट्रको नाम उच्च राख्न प्रशंसनीय कार्य गर्ने अधिकृतलाई बढुवा समितिले ठहर गरेमा अधिकतम अङ्क प्रदान गर्न सक्नेछ ।
(४) प्रदान गरिने अङ्क शुन्य दशमलव दुई पाँचले भाग जाने हुनु पर्नेछ र औसत निकाल्दा नजिकको शुन्य दशमलव दुई पाँचमा परिवर्तन गर्नेछ ।
(ज) मर्यादाक्रम निर्धारण

(१) मर्यादाक्रम निर्धारण गर्दा पहिले अति योग्य समूह, तत्पश्चात क्रमशः बढी योग्य समूह र योग्य समूहबाट सिफारिस भएका उम्मेदवारहरू
हुनेछन् ।
(२) अति योग्य समूहमा परेका र तोकिएको प्रतिशत अनुसार रिक्त पदमा छिरेका सेनानी/प्रमुख सेनानीहरूले प्राप्त गरेको मूल्याङ्कनको प्राप्ताङ्कको आधारमा मर्यादाक्रम कायम गरिनेछ । यो समूहका अधिकृतहरूले त्यस वर्ष बढी योग्य तथा योग्य समूहमा परेका सबै अधिकृतहरू (सिनियर वेशिक/सिनियर पदोन्नती वर्ष) लाई उछिन्न सक्नेछ ।

(३) बढी योग्य समूहमा परेका र तोकिएको प्रतिशत अनुसार रिक्त पदमा छिरेका सेनानी तथा प्रमुख सेनानीहरूको मर्यादाक्रम क्रमशः वेशिक तथा पदोन्नती वर्षको जेष्ठताको आधार र सम्बन्धित वेशिक तथा पदोन्नती वर्ष भित्र प्राप्ताङ्कको आधारमा हुनेछ । बढी योग्य समूहका सेनानी/प्रमुख सेनानीहरूले आफ्नो वेशिक/पदोन्नती वर्ष भित्र मात्र प्राप्ताङ्कको आधारमा जेष्ठता तलमाथि हुन सक्दछ तर प्राप्ताङ्क जतिसुकै प्राप्त गरे तापनि बढी योग्य समूहका जेष्ठ वेशिक/पदोन्नती वर्षका अधिकृतहरूलाई उछिन्न सक्नेछैन ।

(४) योग्य समूहमा परेका र तोकिएको प्रतिशत अनुसार रिक्त पदमा छिरेका सेनानी/प्रमुख सेनानीहरूको मर्यादाक्रम क्रमशः वेशिक तथा पदोन्नती वर्षको जेष्ठताको आधार र सम्बन्धित वेशिक तथा पदोन्नती वर्षभित्र प्राप्ताङ्कको आधारमा हुनेछ ।

अनुसूची – ११ कबूलियतनामा

 

(नियम ६० को उपनियम (६) सँग सम्बन्धित)

कबूलियतनामा

 

म ………………………………. लाई नेपाल सरकारले….(फलानो)…………….ठाउँमा ………………………….. (फलानो) ………………………….. तालिम/अध्ययन गर्न पठाइएकोमा सो तालिम÷अध्ययन पूरा गरी नेपाल फर्की आउने छु । फर्की आएपछि …….. वर्षसम्म सेवा छाड्ने छैन । फर्की नआएमा वा फर्केपछि सेवा नगरेमा प्रचलित कानून बमोजिम हुने जुनसुकै कारवाही पनि भोग्न तयार छु र म माथि नेपाली सेनाले लगानी गरेको आर्थिक लगानी मेरो जायजेथा तथा सम्पत्तिबाट असुल उपर गरेमा मेरो मन्जुरी छ भनी मेरो मनोमानी राजीखुशीसँग यो कबुलियतनामाको कागज लेखी श्री सैनिक सचिव विभागमा चढाएँ ।

 

ईति संव्त २०… साल ….. महीना ….. गते रोज …. शुभम् …………………………..

सम्बन्धित सैनिक व्यक्तिको दरस्तखत

 

कबूलियतनामा

 

लिखितम ……………. जिल्ला ………………… वडा नं. ………. बस्ने वर्ष …… को म ………………… को छोरा÷छोरी ………………………. आगे मेरो ……………………. वर्ष …. को ………………………….. लाई नेपाल सरकार (नेपाली सेना) ले ……………………… मा तालिम÷अध्ययन गर्न पठाएकोमा कथमकदाचित निजले उक्त तालिम/अध्ययन समाप्त गरेपछि नेपाल फर्की नआएमा प्रचलित कानून बमोजिम नेपाल सरकारले निजलाई तालिम/अध्ययन गराउँदा लाग्न गएको असुल उपर गर्नु पर्ने रकम निजले छ महिनाभित्र नबुझाएमा उक्त रकम म स्वयंले बुझाउने छु, बुझाउन नसकेमा उक्त रकम मेरो जायजेथाबाट असुल उपर गरी लिनु भनी मेरो मनोमानी खुशीराजीले यो कबुलियतनामाको कागज लेखि नेपाल सरकारमा चढाएँ ।

मुकाम अड्डै सदर ।

ईति सम्बत २०… साल ….. महिना ….. गते रोज …. शुभम् …………………………

सम्बन्धित अभिभावकको दस्तखत

अनुसूची – १२ निवृत्तिभरणको अधिकारपत्र

(नियम ८८ को उपनियम (४) सँग सम्बन्धित)

निवृत्तिभरणको अधिकारपत्र

सिलसिलेवार नं:
(क) निवृत्तभरण पाउने सैनिक व्यक्तिको :–
(१) अड्डा/कार्यालय/युनिट :–
(२) नाम, थर :–
(३) दर्जा :–
(४) उमेर :–
(५) व्यक्तिगत नं. :–
(६) विशेष चिन्ह :–
(७) स्थायी ठेगाना :–
(८) अवकाश मिति वा मृत्यु मिति :–
(ख) निवृत्तभरणको किसिम :–
(ग) निवृत्तभरण वापत पाउने रकम :–
(घ) निवृत्तभरण पाउने अवधि :–
(ङ) अशक्तताको प्रतिशत :–
(च) अशक्तताको वृत्ति अङ्क :–
(छ) निवृत्तभरण पाउने व्यक्ति / हकवालाको सहिछाप :
(१) लेखात्मक :–
(२) रेखात्मक :–

फोटो

दायाँ                                                      बायाँ

(ज) पाएको मान, पद्वी, अलंकार

पदकको नाम …………………. मिति …………………….
(झ) सेवा …………. वर्ष …………. महिना ……………. दिन …………….

(ञ) प्रति महिना पाउने रु. :–
(ट) शेषपछि इच्छाएको व्यक्तिको,
(१) नाम थर :–
(२) स्थायी ठेगाना :–
(३) इच्छाउने सैनिक व्यक्तिसँगको नाता सम्बन्ध :–

(ठ) शेषपछि इच्छाएको हकवालाको
(१) नाम थर :–
(२) स्थायी ठेगाना :–
(३) इच्छाउने सैनिक व्यक्तिसँगको नाता सम्बन्ध :–
(ड) परिचय गराउने सरकारी वहालवाला सैनिक व्यक्तिको,–
(१) नाम थर :–
(२) दर्जा :–

अधिकार पत्र प्रदान गर्ने अधिकृत :
दस्तखत :–
नाम थर :–
मिति :–