Skip to contentSkip to left sidebar Skip to footer

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५४।३।१२
संशोधन
१. सवारी तथा यातायात व्यवस्था (पहिलो संशोधन) नियमावली, २०६१                २०६१।६।७
२. सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) नियमावली, २०६६                  २०६६।५।१७
३.सवारी तथा यातायात व्यवस्था (तेस्रो संशोधन) नियमावली, २०६७                     २०६७।१।२७
४. सवारी तथा यातायात व्यवस्था (चोथौ संशोधन) नियमावली, २०६८                  २०६८।३।२०
५. सवारी तथा यातायात व्यवस्था (पाँचौं संशोधन) नियमावली, २०७०                 २०७०।१।३०
६. सवारी तथा यातायात व्यवस्था (छैठौं संशोधन) नियमावली, २०७३                  २०७३।६।११
७. सवारी तथा यातायात व्यवस्था (सातौं संशोधन) नियमावली, २०७४                 २०७४।५।४
८. सवारी तथा यातायात व्यवस्था (आठौं संशोधन) नियमावली, २०७४                  २०७४।११।१४
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले यातायात व्यवस्था कार्यालय सम्झनु पर्छ ।

परिच्छेद – २ सवारी दर्ता सम्बन्धी व्यवस्था

 

३. सवारीको प्रवेश दर्ताः (१) विदेशबाट पैठारी गरेको प्रत्येक सवारी नेपाल ……… मा प्रवेश गरेपछि सवारी धनीले प्रवेश गर्ने स्थानमा रहेको प्रहरी कार्यालयमा ऐनको दफा १३ बमोजिम प्रवेश दर्ताको लागि अनुसूची–१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही त्यस्तो सवारीको प्रवेश दर्ता गरी सम्बन्धित सवारी धनीलाई अनुसूची–२ बमोजिमको ढाँचामा सवारी प्रवेश दर्ताको निस्सा दिनुपर्नेछ ।

४. सवारी दर्ताः (१) ऐनको दफा १४ बमोजिम दर्ता गराउनु पर्ने सवारी दर्ता गराउँदा ऐनको दफा १५ मा उल्लिखित कागजातको अतिरिक्त देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची– ४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) विदेशमा दर्ता भएको सवारी पैठारी गरेको भए उक्त दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) नियम ३ बमोजिमको प्रवेश दर्ता सक्कल निस्सा,
(ग) सवारी धनी आफैँ उपस्थित नभई अरू कसैलाई पठाएको भए सोको अख्तियारनामा ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले त्यस्तो दरखास्तको सम्बन्धमा आवश्यक जाँचबुझ गरी ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही कार्यालयमा राखिएको अनुसूची–५ बमोजिमको सवारी दर्ता
किताबमा सवारी दर्ता गरी दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएको सवारीको धनीलाई कार्यालयले अनुसूची–६ मा उल्लेख भए बमोजिम अक्षर र अङ्क सहितको नम्बर प्लेट संकेत दिनेछ । सवारी धनीले यस्तो नम्बर प्लेट, संकेत सम्बन्धित सवारीमा प्रष्ट रूपमा देख्न सकिने गरी राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको नम्बर प्लेट इम्बोस्ड गरिएको हुनु पर्नेछ ।
स्पष्टीकरणः उपनियम (४) को प्रयोजनको लागि ‘इम्बोस्ड’ भन्नाले ‘धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्वारा अक्षर र अङ्क उठ्ने गरी लेखिने काम सम्झनु पर्छ ।

४क. सवारी साधनमा उपनियम (४) बमोजिम इम्बोस्ड गरिएको नम्बर प्लेट जडान गर्दा लाग्ने दस्तुर अनुसूची–६क. मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नम्बर प्लेट इम्बोस्ड गर्ने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मको लागि नेपाल सरकारले ताके बमोजिमको नम्बर प्लेट संकेत प्रदान गरिनेछ ।

५. सवारीको अस्थायी दर्ताः ऐनको दफा १९ मा उल्लिखित अवस्था परी कुनै सवारीको अस्थायी दर्ता गर्नु परेमा सम्बन्धित सवारी धनीले अनुसूची–३ बमोजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची–७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।

६. सवारीको सरुवा दर्ताः (१) एक क्षेत्रमा दर्ता भएको सवारी अर्को क्षेत्रमा चलाउनु परेमा सवारीको धनीले साविकमा दर्ता भइरहेको कार्यालयबाट सरुवा दर्ताको सहमतिपत्र प्राप्त गरी त्यस्तो सहमति प्राप्त गरेको मितिले पैंतीस दिनभित्र हाल दर्ता गराउन चाहेको
कार्यालयमा ऐनको दफा २७ बमोजिम अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–८ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा २३ बमोजिम निर्धारित मापदण्डको अधीनमा रही आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको सरुवा दर्ता गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सरुवा दर्ता गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम सवारीको सरुवा दर्ता गरेकोमा कार्यालयले त्यसको जानकारी साविकमा सवारी दर्ता भइरहेको कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि साविक दर्ताको लगत कट्टा गर्नुपर्नेछ ।

७. विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्र सम्बन्धमाः (१) विदेशमा दर्ता भएको सवारी ऐनको दफा ३० बमोजिम नेपाल ……… मा चलाउने अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कार्यालयमा अनुसूची–९ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम अनुमतिपत्र दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–१० बमोजिमको ढाँचामा अनुमतिपत्र दिन सक्नेछ ।

८. दर्ताको प्रमाणपत्र नवीकरणः (१) ऐनको दफा ३१ बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गराउन चाहेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले आवश्यक प्राविधिक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य
व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्र नवीकरण गर्न सक्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहाय बमोजिमका सवारीको दर्ता प्रमाणपत्रको नवीकरण शुरु दर्ता गर्ने कार्यालयले मात्र नवीकरण गर्नेछः–
(क) कुटनैतिक सवारीको रूपमा दर्ता भएका,
(ख) कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरूको नाममा दर्ता भएका,
(ग) अस्थायी दर्ता भएका ।
(४) एउटा कार्यालयबाट दिइएको दर्ताको प्रमाणपत्र अर्को कार्यालयबाट नवीकरण गरिएकोमा त्यसरी नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो सवारी दर्ता गर्ने कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सवारी दर्ता भएको कार्यालयले पनि त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र नवीकरण भएको व्यहोरा अनुसूची–५ बमोजिमको सवारी दर्ता किताबमा जनाउनु पर्नेछ ।

९. सवारीको नामसारीः (१) कुनै व्यक्तिको नाममा दर्ता भएको सवारी अन्य कुनै व्यक्तिको नाममा नामसारी गराउन चाहेमा सम्बन्धित सवारी धनीले त्यस्तो सवारी दर्ता भएको कार्यालयमा ऐनको दफा ३७ को उपदफा (१) मा उल्लेख भए बमोजिमका कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–१२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको नामसारी गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सवारीको नामसारी गरी दिनेछ ।

१०. सवारी धनीको मृत्यु भएको सवारीको नामसारीः (१) दर्ता भएको कुनै सवारीको धनीको मृत्यु भई त्यस्तो सवारी धनीको प्रचलित कानून बमोजिमको हकवालाले सो सवारी आफ्नो नाममा नामसारी गर्न चाहेमा ऐनको दफा ३७ को उपदफा (२) मा उल्लेख भए बमोजिमका कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१३ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको नामसारी गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही नामसारी गरी दिनेछ ।

११. सवारी नामसारी नगरिनेः नियम ९ र १० मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिको नाममा दर्ता रहेको सवारी दुर्घटना वा अन्य कुनै कारणबाट क्षतीग्रस्त भई त्यस्तो सवारीको ईन्जिन र चेसिस दुबै विग्रिई काम नलाग्ने अवस्थाको रहेछ भने त्यस्तो सवारी अन्य कुनै व्यक्तिको नाममा नामसारी गरिने छैन ।

१२. सवारी उपकरणको परिवर्तनः (१) सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गराउन चाहेमा त्यसरी परिवर्तन गर्न स्वीकृतिको लागि त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१४ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले सम्बन्धित प्राविधिकबाट आवश्यक जाँचबुझ गराइ दरखास्तवालाको माग बमोजिम सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ ।

१२क. दर्ताको प्रमाणपत्र निलम्ब्नन: देहायको कार्य गरेको पाइएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारी साधनको दर्ताको प्रमाणपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सार्वजनिक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,

(ग) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई सवारी चलाएमा,
(घ) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातायात सञ्चालन गरेमा,
(ङ) पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(च) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा ।

१३. दर्ताको प्रमाणपत्र खारेजीः (१) ऐनको दफा ४१ मा उल्लिखित कारण परी कुनै सवारीको धनीले त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र खारेज गराउन चाहेमा त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१५ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्र खारेज गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्र खारेज गरी सो को व्यहोरा दर्ता किताबमा जनाई त्यस्तो सवारीको लगत कट्टा गर्नुपर्नेछ ।

१४. दर्ताको प्रमाणपत्रको प्रतिलिपिः (१) ऐनको दफा ४३ मा उल्लिखित अवस्था परी कुनै सवारीको दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनीले अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो सवारी दर्ताको प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–१६ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनुपर्नेछ र त्यसको सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनुपर्नेछ ।

परिच्छेद – ३ सार्वजनिक सवारीको वर्गीकरण, स्तर तथा क्षमता

 

१५. यात्रीवाहक सवारीको वर्गीकरण, स्तर तथा क्षमताः यात्रीवाहक सवारीको स्तर तथा क्षमता देहाय बमोजिमको हुनेछः–
(क) बसः चालक सहित २६ देखि ५६ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ख) मिनिबसः चालक सहित १५ देखि २५ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ग) जीप, भ्यान, पिकअप र माईक्रो बसः चालक सहित बढीमा १४ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(घ) कार र ट्याक्सीः चालक सहित बढीमा ५ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ङ) टेम्पोः चालक सहित बढीमा ४ जनासम्म यात्रु राख्न सक्ने सिट संख्या भएको मिटर जडित टेम्पो र सो बाहेक मिटर जडान नभएको बढीमा १३ सिट संख्या भएको अन्य टेम्पो,
(च) मोटर साईकल, स्कूटर र सन साईनः चालक सहित बढीमा २ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको ।

१६. मालवाहक सवारीको वर्गीकरण, तथा क्षमताः मालवाहक सवारीको वर्गीकरण तथा त्यसको क्षमता देहाय बमोजिमको हुनेछः–
(क) ट्रक तथा टैंकरः अघिल्लो तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ प्रति एक्शल १०.२ टन सम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ५ जनासम्म लोडर बस्न सक्ने,
(ख) मिनि ट्रकः अगाडि तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ ५ टनसम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ४ जनासम्म लोडर बस्न सक्ने,
(ग) पावर टिलरः चालक सहित बढीमा एक सिट र एक टन सम्मको भारवहन गर्न सक्ने क्षमता भएको,
(घ) पिकअपः चालक सहित पाँच सिट र एक टनसम्मको भारवहन गर्न सक्ने ।

१७. अन्य सवारीको वर्गीकरण तथा क्षमताः नियम १५ र १६ मा उल्लिखित सवारीहरू बाहेक डोजर, लोडर, डम्फर, क्रेन, दमकल, रोडरोलर, स्काभेटर जस्ता अन्य सवारीहरूको वर्गीकरण र भारवहन क्षमता त्यस्तो सवारी निर्माता कम्पनीले जारी गरेको क्याटलग, स्पेशिफिकेशन वा मापदण्डको अधीनमा रही प्रज्ञापनपत्रमा उल्लिखित विवरण, सवारीको स्वरूप तथा आकृतिलाई समेत विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

१८. यात्री वाहक सवारीको स्तर, सञ्चालन अवधि तथा गतिः (१) ऐनको दफा ६ को उपदफा (४) को प्रयोजनको लागि देहाय बमोजिमका यात्रीवाहक सवारीको स्तर देहाय बमोजिम निर्धारण गरिएको छः–
(क) सिधै (डाईरेक्ट) बस सेवाः
(१) चालक सहित बढीमा ४० सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई र उचाई १६ देखि १९ ईञ्च, ३० देखि ४५ डिग्री सम्मको फोल्डिङ्ग सिटको पिठ्यूँको उचाई २२ देखि २६ ईञ्च,
(३) २।२ पंक्तिको सिट एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी कम्तीमा १३ ईञ्च,
(४) बसको भित्री उचाई ६६ ईञ्च र छतको क्यारियर बसको कुल लम्बाईको आधा र उचाई ८ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई,
(६) बसमा आगो निभाउने यन्त्रको व्यवस्था,
(७) बसको उपयुक्त स्थानमा संकटकालीन ढोकाको व्यवस्था,
(८) बसमा आवश्यक औषधि तथा उपकरणसहितको प्राथमिक उपचारको व्यवस्था,
(९) बसमा झ्यालको लकको अवस्था दुरुस्त, र
(१०) बसको सक अब्जर्भरको अवस्था दुरुस्त ।

(ख) द्रुत (एक्सप्रेस) बस सेवाः
(१) चालक सहित बढीमा ५० सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई र उचाई कम्तीमा क्रमशः १५. १५ र १५ ईञ्च र सिटको पिठ्यूँको उचाई कम्तीमा १८ ईञ्च,
(३) २।३ पंक्तिको सिट एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी कम्तीमा ११ ईञ्च,
(४) बसको भित्री उचाई कम्तीमा ६६ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई,
(६) बसमा आगो निभाउने यन्त्रको व्यवस्था,
(७) बसमा उपयुक्त स्थानमा संकटकालिन ढोकाको व्यवस्था,
(८) बसमा आवश्यक औषधि तथा उपकरणसहितको प्राथमिक उपचारको व्यवस्था,
(९) बसमा झ्यालको लकको अवस्था दुरुस्त, र
(१०) बसको सक अब्जर्भरको अवस्था दुरुस्त ।

(ग) साधारण (लोकल) बस सेवाः
(१) चालक सहित बढीमा ५६ सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई कम्तीमा १५ ईन्च र १५ ईन्च उचाई १५ ईन्च, पिठ्यूँको उचाई कम्तीमा १८ ईञ्च,
(३) सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी ११ ईञ्च,
(४) बसको भित्री उचाई कम्तीमा ६६ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई ।

(घ) मिनि बसः
(१) चालक सहित बढीमा २५ सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई र उचाई कम्तीमा १५ ईन्च पिठ्यूँको उचाई कम्तीमा २२ ईञ्च र पंक्ति बढीमा २/२,
(३) सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी १३ ईञ्च,
(४) मिनी बसको भित्री उचाई ६४ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई ।

(ङ) माईक्रो बसः–
(१) चालक सहित १२ देखि १४ सिट संख्या,
(२) सिटको लम्बाई कम्तीमा १५ इन्च, चौडाई कम्तीमा १६ इन्च, उचाई कम्तीमा १५ इन्च, पिठ्यूँको उचाई कम्तीमा २२ इन्च र लेग प्लेसको दूरी ११ इन्च भई सबै सिटहरू अगाडि फर्केको,
(३) माईक्रो बसको भित्री उचाई कम्तीमा १३४५ एम.एम,
(४) माईक्रो बसको प्रवेशद्वारको पहिलो सिढी जमिनको सतहदेखि बढीमा एक फुट उचाई, र
(५) माईक्रो बसका झ्यालको लकको अवस्था दुरुस्त ।
(२) सिधै (डाईरेक्ट) सेवा अन्तर्गत सञ्चालन हुने बसलाई शुरु सञ्चालन भएको मितिले पाँच वर्षसम्मको लागि सञ्चालन गर्न दिईनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको याञ्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप तीन वर्षसम्मको लागि सञ्चालन गर्ने अनुमति दिन सकिनेछ ।
(३) द्रुत (एक्सप्रेस) सेवा अन्तर्गत सञ्चालन हुने बसलाई शुरु सञ्चालन भएको मितिले आठ वर्षसम्मको लागि सञ्चालन गर्न दिईनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको याञ्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप चार वर्षसम्मको लागि सञ्चालन गर्ने अनुमति दिने सकिनेछ ।
(४) दु्रत (एक्सप्रेस) सेवा अन्तर्गत सञ्चालन हुने मिनिबसलाई शुरु सञ्चालन भएको मितिले आठ वर्षसम्मको लागि सञ्चालन गर्न दिईनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको याञ्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप सात वर्षसम्मको लागि सञ्चालन गर्ने अनुमति दिन सकिनेछ ।
(४क) लामो बाटो तथा मध्यम बाटोमा दु्रत (एक्सप्रेस) सेवा अन्तर्गत सञ्चालन हुने माइक्रो बसलाई शुरु सञ्चालन भएको मितिले पाँच वर्षसम्मको लागि सञ्चालन गर्न दिइनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको यान्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप तीन वर्षसम्मको लागि अनुमति दिइनेछ ।
(४ख) लामो बाटो, मध्यम बाटो र छोटो बाटोमा सञ्चालन हुने साधारण (लोकल) बस सेवा, मिनिबस र माइक्रोबसमा यस नियममा उल्लिखित अन्य कुराका अतिरिक्त आवश्यक औषधि तथा उपकरण सहितको प्राथमिक उपचार र आगो निभाउने यन्त्र समेतको व्यवस्था हुनु पर्नेछ ।
(४ग) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सिधै (डाइरेक्ट) बस सेवा रात्री तथा दिवा सेवामा र दु्रत (एक्सप्रेस) बस सेवा, साधारण (लोकल) बस सेवा, मिनिबस, माइक्रोबस दिवा सेवामा मात्र सञ्चालन गर्ने अनुमति दिइनेछ । तर माईक्रोबसको हकमा बढीमा ३०० किलोमिटर सम्मको दूरीका लागि मात्र बाटो इजाजत दिइनेछ ।
(५) ऐनको दफा ६ को उपदफा (४) को प्रयोजनका लागि देहाय बमोजिमका सवारीको गति देहाय बमोजिम निर्धारण गरिएकोछः–
(क) कार, जीप, भ्यान र पिकअप बढीमा ८० कि.मि. प्रतिघण्टा,
(ख) टेम्पो, स्कूटर, पावर टिलर तथा ट्रयाक्टर बढीमा ४० कि.मि. प्रति घण्टा,
(ग) मोटर साइकल बढीमा ५० कि.मि. प्रति घण्टा,
(घ) बस, मिनीबस, ट्रक, मिनी ट्रक पहाडी बाटोमा बढीमा ५० कि.मि. प्रति घण्टा र समतल बाटोमा बढीमा ७० कि.मि. प्रति घण्टा ।
तर बाक्लो बस्ती भएको ईलाकामा प्रतिघण्टा ४० कि.मि. भन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन हुँदैन ।

(६) विभागले उपनियम (५) बमोजिमका सवारी बाहेक अन्य सवारीको गति निर्धारण गर्न र गति निर्धारण गरिएको सवारीको हकमा भौगोलिक अवस्था र सडकको स्थिति समेत बिचार गरी सवारीको गतिमा फेरबदल गर्न सक्नेछ ।
(७) उपनियम (५) र (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ११५ बमोजिम कुनै स्थानमा सवारीको गति सम्बन्धी सूचना वा संकेत उल्लेख गरिएको रहेछ भने त्यस्तो स्थानमा सोही सूचना वा संकेतमा उल्लेख भए बमोजिम सवारी चलाउनु पर्नेछ ।
(८) यात्री वाहक सवारी चलाउने चालकले बाटो ईजाजतपत्र दिने कार्यालयले निर्धारण गरेको समय शारणी अनुसारको समयमा सवारी छुटाउनु र गन्तव्य स्थानमा पुर्‍याउनु पर्नेछ ।
(९) काबू बाहिरको अवस्था परेकोमा वाहेक उपनियम (८) बमोजिमको समय भन्दा ढिलो हुने गरी वा यात्रुलाई असुविधा हुने गरी वा अलपत्र पार्ने गरी सवारी गन्तव्य स्थानमा पुर्‍याउनु हुँदैन ।

१९. पर्यटक सवारीः (१) देहाय बमोजिमको सवारीलाई ऐनको दफा ७ बमोजिम पर्यटक सवारीको रूपमा दर्ता गरिनेछः–
(क) प्रचलित कानून बमोजिम पर्यटन व्यवसाय गर्न पाउने अनुमतिपत्र प्राप्त पर्यटन व्यवसायीको नाममा दर्ता भएको,
(ख) कुनै वित्तिय संस्थाद्वारा प्रदान गरिएको ऋणबाट खरिद भएको सवारी सम्बन्धित वित्तीय संस्थाको नाममा दर्ता भएको भएतापनि त्यस्तो सवारी प्रचलित कानून बमोजिम पर्यटन व्यवसाय गर्न पाउने अनुमतिपत्र प्राप्त पर्यटन व्यवसायीले पर्यटन व्यवसायको लागि प्रयोग गरेको भए ।
(२) पर्यटक सवारीले अन्य सार्वजनिक सवारी सरह यात्री तथा मालसामान ओसार पसार गर्न पाउने छैन ।

परिच्छेद – ४ चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

 

२०. चालक अनुमतिपत्रको लागि दरखास्तः (१) ऐनको दफा ४८ बमोजिम चालक अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा दरखास्त साथ दरखास्तवालाको निरोगीताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अनुसूची–१८ बमोजिमको ढाँचामा प्रमाणित गरेको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूमध्ये ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि लिइएको परीक्षणमा सफल भएका व्यक्तिहरूलाई मात्र चालक अनुमतिपत्र दिईनेछ ।
(४) उपनियम (३) बमोजिम चालक अनुमतिपत्र दिंदा निजी सवारी र सार्वजनिक सवारीको लागि चालक अनुमतिपत्र छुट्टाछुट्टै रूपमा दिन सकिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली प्रारम्भ भएपछि साठी वर्ष उमेर पूरा भएका कुनै व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी चलाउन अनुमतिपत्र दिइने छैन ।
(६) सानो सवारी चलाएको दुई वर्ष पूरा नभएसम्म अनुसूची–१८क. मा उल्लिखित सवारी बाहेक अन्य मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन ।
२०क.विद्युतीय परिचय पत्रको रूपमा दिनु पर्नेः नियम २० बमोजिम दिइने चालक अनुमति पत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) को रूपमा दिनु पर्नेछ ।

तर चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) को रुपमा दिने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल सरकारले तोके बमोजिमको चालक अनुमतिपत्र दिईनेछ ।

२०ख. परीक्षाको किसिमः  (१) विभागले ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि दरखास्तवालाको परीक्षण गर्दा देहाय बमोजिमको परीक्षा प्रणाली अपनाउनेछः–
(क) लिखित परीक्षा
(ख) प्रयोगात्मक परीक्षा
(ग) अन्य कुनै परीक्षा

(२) उपनियम (१) को खण्ड (क) बमोजिम लिखित परीक्षामा उत्तीर्ण हुने दरखास्तवालाले लिखित परीक्षा उत्तीर्ण भएपछि नब्बे दिनभित्र तीन पटकसम्म प्रयोगात्मक परीक्षा दिन सक्नेछ ।

२१. चालक अनुमतिपत्र दर्ता किताबः नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–१९ बमोजिमको ढाँचामा चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।

२२. चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेः (१) नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रमा उल्लिखित सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउन चाहेमा चालकले ऐनको दफा ५५ बमोजिम समावेश गराउन चाहेको सवारीको किसिम खुलाई अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ५५ बमोजिमको कार्यविधि अपनाई दरखास्तवालालाई पहिले दिएको अनुमतिपत्रमा उल्लिखित सवारीको अतिरिक्त निजले समावेश गराउन चाहेको सवारी
समावेश गरी नयाँ चालक अनुमतिपत्र दिनेछ ।

२३. चालक अनुमतिपत्रको नवीकरणः (१) चालकले ऐनको दफा ५६ बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–२१ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त दिंदा अनुसूची–१८ बमोजिमको ढाँचाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो चालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्र नवीकरण गरी सो को व्यहोरा अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिइएको चालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा चालक अनुमतिपत्र दिने कार्यालयले पनि त्यस्तो चालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–२३ बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।

२३क. चालक अनुमतिपत्रको निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ऐनको दफा ६० बमोजिम निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीको चालकले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सवारीको चालकले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,
(ग) पर्यटक सवारीको चालकले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(घ) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा,
(ङ) सार्वजनिक सवारीको चालकले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा,
(च) सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा,
(छ) चालकले मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरी सवारी चलाएमा ।

२४. चालक अनुमतिपत्रको प्रतिलिपिः (१) ऐनको दफा ६२ बमोजिमको अवस्था परी चालक अनुमतिपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित चालकले त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–२४ बमोजिमको ढाँचामा
दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम चालक अनुमतिपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्रको प्रतिलिपि दिई अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबमा सो व्यहोरा जनाउनु पर्नेछ ।

२५. चालकको मृत्युको सूचना दिनुपर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम चालक अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा मृत्यु भएको मितिले पैंतीस दिनभित्र त्यस्तो मृतकको नजिकको नातेदारले निजको मृत्युको सम्बन्धमा प्रचलित कानून बमोजिमको
मृत्यु दर्ता प्रमाणपत्र लिई त्यस्को प्रतिलिपि त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मृत्युको बारेमा जानकारी दिंदा मृतकको चालक अनुमतिपत्र उपलब्ध भएमा सो समेत बुझाइदिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबबाट निजको लगत कट्टा गरिदिनु पर्नेछ ।

परिच्छेद – ५ परिचालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

 

२६. परिचालक अनुमतिपत्रको लागि दरखास्तः (१) ऐनको दफा ६६ बमोजिम परिचालक अनुमतिपत्र लिन चाहने व्यक्तिले परिचालक अनुमतिपत्रको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–२५ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा दरखास्त साथ दरखास्तवालाको निरोगिताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अनुसूची–२६ बमोजिमको ढाँचामा प्रमाणित गरिदिएको निरोगिताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम परिचालक अनुमतिपत्रको लागि दरखास्त पर्न आएमा कार्यालयले ऐनको दफा ६७ बमोजिमको कार्यविधि अपनाइ परिचालक अनुमतिपत्र दिनु पर्नेछ ।

२७. परिचालक अनुमतिपत्र दर्ता किताबः नियम २६ बमोजिम दिइएको परिचालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न परिचालक अनुमतिपत्र जारी गर्ने कार्यालयले अनुसूची–२७ बमोजिमको ढाँचामा परिचालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।

२८. परिचालक अनुमतिपत्रको नवीकरणः (१) परिचालकले ऐनको दफा ६८ बमोजिम अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–२८ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा अनुसूची–२६ बमोजिमको ढाँचामा दरखास्तवालाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी परिचालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही परिचालक अनुमतिपत्र नवीकरण गरी सोको व्यहोरा अनुसूची–२९ बमोजिमको परिचालक अनुमतिपत्र नवीकरण किताबमा जनाउनु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिएको परिचालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो परिचालक अनुमतिपत्र दिने कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा परिचालक अनुमतिपत्र जारी गर्ने कार्यालयले पनि त्यस्तो परिचालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–३० बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।

२९. परिचालक अनुमतिपत्रको प्रतिलिपिः (१) परिचालकले परिचालक अनुमतिपत्रको प्रतिलिपि आवश्यक परेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो परिचालक अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–३१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम परिचालक अनुमतिपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही परिचालक अनुमतिपत्रको प्रतिलिपि दिई अनुसूची–२७ बमोजिमको परिचालक अनुमतिपत्र दर्ता किताबमा सो व्यहोरा जनाउनु पर्नेछ ।

परिच्छेद – ६ यातायात व्यवस्थापन

 

३०. बाटो इजाजतपत्रको लागि दरखास्त दिनेः (१) ऐनको दफा ७६ बमोजिम बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले बाटो इजाजतपत्रका लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम बाटो ईजाजतपत्रको लागि दरखास्त दिंदा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले चालक तथा परिचालकहरूलाई अनुसूची–६२ बमोजिम दिएको नियुक्तिपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ ।
(३) एउटा बाटो इजाजतपत्र प्रयोग गरिरहेको सवारीको धनी वा व्यवस्थापकले सो बाटोमा सवारी नचलाई अर्को बाटोमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने बाटो इजाजतपत्र लिनको लागि साविकको बाटो इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र समेत संलग्न गर्नुपर्नेछ ।

३१. बाटो परिवर्तनः (१) ऐनको दफा ७७ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित बाटो बाहेक अन्य बाटो प्रयोग गर्न चाहेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ७९ बमोजिम अन्य बाटो प्रयोग गर्नको लागि अनुसूची–३ बमोजिमको दस्तुर
सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३३ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त परेमा कार्यालयले ऐनको दफा ७९ बमोजिम नयाँ बाटो इजाजतपत्र दिनु पर्नेछ ।

३२. पटके बाटो इजाजतपत्रः (१) ऐनको दफा ८१ बमोजिम पटके बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा कार्यालयले जाँचवुझ गरी ऐनको दफा ८१ बमोजिमको अवधिका लागि अनुसूची–३५ बमोजिमको ढाँचामा पटके बाटो इजाजतपत्र दिनु पर्नेछ ।

३२क. यात्रीवाहक सवारीको आकार र स्तर तोक्न सक्नेः ऐनको दफा ७४ बमोजिम निर्धारण गरेको बाटोमध्ये बाटो इजाजतपत्रको लागि यात्रीवाहक सवारीको आकार र स्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

३३. मध्यम र लामो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तरः ऐनको दफा ८२ बमोजिम मध्यम र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारीको स्तर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।

३४. बाटो इजाजतपत्रको नवीकरणः (१) ऐनको दफा ८३ बमोजिम बाटो इजाजतपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३६ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी बाटो इजाजतपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही बाटो इजाजतपत्र नविकरण
गरी दिनु पर्नेछ ।

 

३५. बाटो इजाजतपत्र स्थगितः (१) ऐनको दफा ७७, ७९, ८० र ८३ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै बाटो इजाजतपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई बाटो इजाजतपत्र स्थगित गर्नको लागि ऐनको दफा ८६ बमोजिम त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी ऐनको दफा ८६ बमोजिम बाटो इजाजतपत्र स्थगित गरी दिनेछ ।
(३) उपनियम (२) मा लेखिएदेखि बाहेक कुनै सवारीको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम सवारी धनी वा व्यवस्थापकले कार्यालयबाट माग भए बमोजिमका कागजातहरू पेश गर्नु पर्नेछ । त्यसरी माग भएका कागजात पेश गर्न नसकेमा वा पेश गरेता पनि त्यस्तो कागजात शंकास्पद देखिएमा त्यस्तो सवारीको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र स्थगित गर्न सक्नेछ ।

३५क. बाटो इजाजतपत्र निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारीको बाटो इजाजतपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) ऐनको दफा १०२ विपरीत हुनेगरी यात्रीवाहक सार्वजनिक सवारी चलाएमा,
(ख) यात्रीवाहक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारी साधनले यात्रु बोकेमा,
(ग) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातयात सेवा सञ्चालन गरेमा,
(घ) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गरेमा,
(ङ) यात्रीवाहक सवारीले यो नियम लागू भएको तीस दिनभित्र सवारीको छतमा सामान राख्ने क्यारियर नहटाएमा ।

३६. बाटो इजाजतपत्रको नामसारीः ऐन तथा यस नियमावली बमोजिम बाटो इजाजतपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले सवारी बिक्री वा अन्य कुनै व्यहोराबाट सो सवारीको नामसारी गराएमा त्यस्तो बाटो इजाजतपत्र प्राप्त सवारीको नयाँ धनी वा व्यवस्थापकले उक्त बाटो इजाजतपत्र प्रयोग गर्न चाहेमा बाटो इजाजतपत्रको नामसारीको लागि निवेदन दिएमा सम्बन्धित कार्यालयले त्यस्तो बाटो इजाजतपत्र नामसारी गरिदिनु पर्नेछ ।

३७. बाटो इजाजतपत्र दर्ता किताबः ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र बाटो परिवर्तन गरिएको इजाजतपत्र, पटके बाटो इजाजतपत्र, बाटो इजाजत नवीकरण, बाटो इजाजतपत्र स्थगित तथा बाटो इजाजतपत्र नामसारीको लगत अनुसूची– ३८ बमोजिमको बाटो इजाजत दर्ता किताबमा अद्यावधिक रूपमा राख्नु पर्नेछ ।

३८. बाटो इजाजतपत्रको प्रतिलिपि दिनेः (१) ऐनको दफा ८८ बमोजिमको कारण परी बाटो इजाजतपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३९ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ८८ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई बाटो इजाजतपत्रको प्रतिलिपि दिई त्यस्को सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।

३९. जाँचपास प्रमाणपत्रको लागि दरखास्तः (१) ऐनको दफा ९० बमोजिम सवारी जाँचपास प्रमाणपत्र लिन चाहने व्यवस्थापक वा सवारी धनीले सवारी सञ्चालन गर्नु अगाडी ऐनको दफा ९० बमोजिम जाँचपासको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४० बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले सम्बन्धित प्राविधिक मार्फत अनुसूची–४१ बमोजिमको ढाँचाको जाँचपास विवरण फाराम बमोजिम सम्बन्धित सवारीको आवश्यक जाँचबुझ गर्न लगाइ जाँचपास विवरण फाराम बमोजिमको व्यहोरा ठीक देखिन आएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४२ बमोजिमको ढाँचामा जाँचपास प्रमाणपत्र
दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको जाँचपास प्रमाणपत्रको म्याद बहाल रहेकै अवस्थामा कुनै सवारी अधिकार प्राप्त अधिकारी, यातायत निरीक्षक वा सम्बन्धित ट्राफिक प्रहरीले जाँच गर्दा ठीक अवस्थामा रहेको नदेखिएमा उक्त सवारीको आवश्यक मर्मत संभारको लागि पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र सवारीको मर्मत संभार गर्न नभ्याएमा थप पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र मर्मत संभार गराउनु सम्बन्धित सवारीको धनी र व्यवस्थापकको कर्तव्य हुनेछ ।
(४) उपनियम (३) बमोजिम दिइएको म्याद भित्र आवश्यक मर्मत संभार नगरी त्यस्तो सवारी चलाउन हुँदैन ।

४०. पुनः जाँचपास गर्नुपर्नेः (१) ऐनको दफा ९१ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त भएपछि पुनः जाँचपासको लागि सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ९२ बमोजिम त्यस्तो जाँचपास प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–४३
बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनः जाँचपासको लागि दरखास्त पर्न आएमा कार्यालयले नियम ३९ को उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ गर्न लगाइ ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही पुनः जाँचपास प्रमाणपत्र दिनु पर्नेछ ।

४१. जाँचपास प्रमाणपत्र स्थगितः (१) ऐनको दफा ९१ र ९२ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै सम्बन्धित सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि सम्बन्धित कार्यालयमा अनुसूची–४४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी जाँचपास प्रमाणपत्र स्थगित गर्न उपयुक्त देखेमा स्थगित गरिदिनेछ ।

४२. जाँचपास प्रमाणपत्रको प्रतिलिपिः (१) जाँचपास प्रमाणपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले जाँचपास प्रमाणपत्रको प्रतिलिपिको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४५ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम जाँचपास प्रमाणपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा जाँचपास प्रमाणपत्रको प्रतिलिपि दिनेछ ।

४३. जाँचपास किताबः ऐनको दफा ९१ र ९२ तथा नियम ३९, ४० र ४१ बमोजिम जाँचपास प्रमाणपत्र दिइएको, पुनः जाँचपास गरिएको र जाँचपास स्थगित गरिएको व्यहोरा अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–४६ बमोजिमको ढाँचामा जाँचपास किताब तयार गरी राख्नु पर्नेछ ।

४४. यातायात सेवाको नाम पञ्जिकृत गर्नेः (१) ऐनको दफा ९३ बमोजिम यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न चाहने सवारी धनी वा व्यवस्थापकले देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको यातायत सेवा अन्र्तगत रहेका सवारीको दर्ताको प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर
दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(घ) सञ्चालन गर्न खोजेको यातायात सेवाको प्रबन्धपत्र र नियमावली,
(ङ) सञ्चालन गर्न खोजेको यातायात सेवा अन्र्तगत काम गर्ने चालक, परिचालकलाई दिइएको अनुसूची–६२ बमोजिमको
नियुक्तिको प्रतिलिपि र अन्य कर्मचारीहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको ढाँचामा यातायात सेवा पञ्जिकृत किताबमा पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।

४५. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणः (१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि समाप्त भएपछि त्यस्तो अनुमतिपत्र नवीकरणको लागि सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नवीकरणको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गरी दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा सञ्चालन गर्न अनुमतिपत्र नवीकरण गरिएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।

४६. यातायात सेवा सञ्चालन अनुमतिपत्र स्थगित गर्नेः (१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले यातायात सेवा सञ्चालन गर्न नसक्ने भएमा सो को कारण सहित यातायात सेवा स्थगित गर्ने स्वीकृतिको लागि अनुसूची–५० बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्थगित गर्न उपयुक्त देखेमा अनुसूची–५१ बमोजिमको ढाँचामा यातायात सेवा सञ्चालन स्थगित गर्ने अनुमति
दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा स्थगित गर्न अनुमतिपत्र दिइएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम स्थगित भएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि भित्र सम्बन्धित सवारी धनी वा व्यवस्थापकले स्थगित भएको यातायात सेवा पुनः सञ्चालन गर्ने अनुमतिको लागि नियम ४५ मा उल्लिखित कागजातहरू संलग्न गरी विभागमा अनुसूची–५२ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम यातायात सेवा पुनः सञ्चालन गर्नको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो यातायात सेवा पुनः सञ्चालन गर्न उपयुक्त देखिएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा सोही व्यहोरा जनाई अनुसूची–५३ बमोजिमको ढाँचामा यातायात सेवा पुनः सञ्चालन अनुमतिपत्र दिनेछ ।

४७. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नामसारीः यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले आफ्नो सवारी अरू कसैलाई बिक्री गरी वा अन्य कुनै व्यहोराबाट नामसारी गरि दिएमा सवारीको नयाँ धनी वा व्यवस्थापकले साविकको सवारी धनी वा व्यवस्थापकले प्रयोग गरी आएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र आफ्नो नाममा नामसारी गर्नको लागि नियम ४५ को उपनियम (१) बमोजिमको कागजात संलग्न गरी अनुसूची–५४ बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिएमा विभागले त्यस्तो अनुमतिपत्रको नामसारी गरिदिनेछ ।

४८. यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रः  सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रको ढाँचा अनुसूची–५५ बमोजिम हुनेछ ।

४९. यात्री टिकटको ढाँचाः सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकटको ढाँचा अनुसूची–५६ बमोजिम हुनेछ ।

५०. मालसामान ढुवानीको बिलः मालबाहक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको कर्मचारीले मालवस्तुको ओसार पसार गरे बापत सम्बन्धित मालधनीबाट भाडा बुझिलिई अनुसूची–५७ बमोजिमको ढाँचामा बिल दिनु पर्नेछ ।

५१. यात्री सूचीः (१) लामो र मध्यम दूरीमा सञ्चालन गरिने पञ्जिकृत यातायात सेवाको व्यवस्थापक वा सवारी धनीले ऐनको दफा १०० बमोजिम तयार गर्नु पर्ने यात्री सूचीको ढाँचा अनुसूची–५८ बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको ढाँचामा तयार गरिने यात्री सूचीमा सवारी प्रस्थान गर्दा सवारीमा रहेका यात्रीको अतिरिक्त बीचमा सवारीमा चढ्ने नयाँ यात्रीको नाम समेत समावेश गरी त्यस्तो यात्री सूचीको एक प्रति बीच बाटोमा रहेका प्रहरी कार्यालय तथा चेक पोष्टलाई समेत दिनु पर्नेछ ।

परिच्छेद – ७ बीमा सम्बन्धी व्यवस्था

५२. यातायात सेवामा काम गर्ने कर्मचारीको बीमा : (१) यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले ऐनको दफा १४९ बमोजिम दुर्घटना बीमा गराउँदा सो यातायात सेवामा संलग्न सवारी चालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी वा अन्य कर्मचारीको सवारी दुर्घटनाको कारणबाट हुने मृत्यु, अङ्गभङ्ग तथा उपचार वापत यस नियममा उल्लेख भए बमोजिमको रकमको बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा मृत्युको लागि पाँचलाख रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(३) यातायात सेवामा संलग्न कुनै सवारी साधन दुर्घटना भई उपनियम (१) मा उल्लिखित कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्परा अनुसारको काज किरिया खर्च वापत निजको हकवालालाई
दोस्रो संशोधनद्वारा संशोधित ।
तत्काल पच्चीस हजार रुपैयाँ उपब्ध गराउनु पर्नेछ र सो रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको
बीमा गराउनु पर्नेछ :

(५) उपनियम (१) बमोजिम बीमा गराउँदा घाउचोटको उपचार खर्च, बिरामी कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।

५३. यात्री बीमा : (१) यातायात्र सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले ऐनको दफा १५० बमोजिम यात्रीको दुर्घटना बीमा गराउँदा यात्रुवाहक सवारी साधनको हकमा सो सवारी साधनको सीट संख्या बराबर र मालवाहक सवारी साधनको हकमा सो सवारी साधनको ब्ल्यू बुकमा उल्लेख भए बमोजिमको सीट संख्या बराबरको संख्यामा यात्रीको मृत्यु, अङ्गभङ्ग तथा उपचार खर्च वापत बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा सवारी दुर्घटनाबाट हुने मृत्युको लागि पाँच वर्षभन्दा बढी उमेर भएका प्रत्येक यात्रीको लागि एकलाख रुपैयाँ, एक वर्षदेखि पाँच वर्षसम्मको प्रत्येक यात्रीको लागि पचास हजार रुपैयाँ र एक वर्षभन्दा कम उमेरको
यात्रीको लागि पच्चीस हजार रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(३) यातायात सेवामा संलग्न कुनै सवारी साधन दुर्घटना भई यात्रीको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्पार अनुसारको काज किरिया खर्च वापत निजको हकवालालाई तत्काल पच्चीस हजार रुपैयाँ
उपलब्ध गराउनु पर्नेछ र सो रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछ :

(५) उपनियम (१) बमोजिम बीमा गराउँदा घाउचोटको उपचार खर्च, बिरामी कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सवारी साधनमा रहेको सीट संख्याभन्दा बढी संख्यामा यात्री सवार गराउने कुनै सवारी साधन दुर्घटना भई सीट बिना यात्रा गर्ने यात्रीको मृत्यु वा अङ्गभङ्ग भएमा वा त्यस्ता यात्री घाइते भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले यस नियममा उल्लिखत बीमा रकम बराबरको रकम मृतकको हकवाला वा अङ्गभङ्ग भएको व्यक्ति वा घाइतेलाई क्षतिपूर्ति
वापत दिनु पर्नेछ ।
५४. यात्री गुण्टाको बीमा : यात्री गुण्टाको बीमा रकम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
५५. तेस्रो पक्षको बीमा : (१) सवारी दुर्घटनाबाट हुने तेस्रो पक्षको मृत्यु, अङ्गभङ्ग, घाउचोट वा सम्पत्तिको नोक्सानी वापत क्षतिपूर्ति दिने प्रयोजनको लाग सवारी धनी वा
व्यवस्थापकले मृत्यु, अङ्गभङ्ग, घाउचोटको लागि न्यूनतम पचास लाख रुपैयाँ र सम्पत्ति हानी नोक्सानीको लागि न्यूनतम पचास लाख रुपैयाँ रकमको बीमा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा प्रत्येक तेस्रो पक्षको मृत्युको लागि सो उपनियममा उल्लिखित रकमको अधीनमा रही पाँच लाख रुपैयाँ उपलब्ध हुने गरी बीमा गराउनु पर्नेछ ।
(३) कुनै सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्परा अनुसारको काज किरिया खर्च वापत निजको हकवालाई तत्काल पच्चीस हजार रुपैयाँ उपलब्ध गराउनु पर्नेछ र सो
रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछ :

कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।
. बीमाको प्रमाणपत्र र बीमालेख : सवारी साधनको धनी वा व्यवस्थापकले यस परिच्छेद बमोजिम गराएको बीमाको प्रमाणपत्र र बीमालेख सम्बन्धित सवारी साधनमा अनिवार्य रूपमा राख्न लगाउनु पर्नेछ ।
५५ख. बीमाको प्रमाणपत्र र बीमालेखको दाखिला : कुनै सवारी दुर्घटना भएमा दुर्घटना हुने वित्तिकै त्यस्तो सवारी साधनको धनी वा व्यस्थापकले दुर्घटनास्थल रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष बीमाको प्रमाणपत्र र बीमालेख बुझाउनु पर्नेछ ।
५५ग. बीमा रकम उपलब्ध गराउने अधिकारी र अवधि : नियम ५५ख. बमोजिम बीमाको प्रमाणपत्र र बीमालेख प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले यस परिच्छेद बमोजिमको बीमाको रकम दुर्घटनाबाट मृत्यु भएको अवस्थामा दुर्घटना भएको एक्काइस दिनभित्र
मृतकको हकवालालाई र अन्य अवस्थामा तीन महिनाभित्र सम्बन्धित व्यक्तिलाई सम्बन्धित सवारी धनी वा व्यवस्थापकको रोहवरमा बिमकबाट उपलब्ध गराइदिनु पर्नेछ ।
५५घ. बीमा सम्बन्धमा सवारी धनी वा व्यवस्थापकको दायित्व : (१) यातायात सेवा सञ्चालन गर्ने कुनै सवारी धनी वा व्यवस्थापकले यस नियम बमोजिम बीमा गराएकोमा त्यस्तो बीमामा उल्लिखित रकमको दायित्वभन्दा बढी रकमको दायित्व निजले वहन गर्नुपर्ने छैन ।

(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले यस नियममा उल्लिखित बीमा रकमभन्दा बढी बिमाङ्क रकम कायम गरी बीमा गर्न यो नियमले बाधा पु¥याएको मानिने छैन ।
५५ङ. यातायात संंस्था मार्फत बीमा गराउन सकिने : यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यस परिच्छेद बमोजिमको बीमा गर्दा यातायात व्यवसायसँग सम्बन्धित संस्था मार्फत बीमा गराउन सक्नेछ ।

परिच्छेद – ८ प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन

५६. प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न अनुमति लिनु पर्ने : (१) सवारी चालक प्रशिक्षण केन्द्र, बस ट्रकको बडी निर्माण गर्ने कारखाना वा अटोमोवाईल वर्कसप सञ्चालन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो व्यवसाय सञ्चालन गर्ने
अनुमति लिन चाहेमा ऐनको दफा १ ५९ बमोजिम देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–५९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ :
(क) प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न चाहने प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको
प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको
दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसपको प्रबन्धपत्र र नियमावली,
(घ) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप अन्तर्गत काम गर्ने कर्मचारी, परिचालक तथा अन्य
कामदारहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–६० बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची–६१ बमोजिमको ढाँचामा प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।

५७. सेवाको वर्गीकरण : (१) नियम ५६ बमोजिम दर्ता भएको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई पूँजी, प्रविधि, गुणस्तर जनशक्ति तथा अन्य कुराको आधारमा विभागले वर्गीकरण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम वर्गीकृत फर्म, कम्पनी वा संस्थाले पालना गर्नु पर्ने शर्त तथा कायम गर्नु पर्ने गुणस्तर कायम गरे नगरेको सम्बन्धमा विभागले आवश्यकता अनुसार समय समयमा निरीक्षण गर्न सक्नेछ ।

परिच्छेद – ९ यातायात सेवाको कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा

५८. चालक तथा परिचालकको काम र कर्तव्य : यातायात सेवामा काम गर्ने चालक तथा
परिचालकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :क) चालकको काम र कर्तव्य :
(१) आफ्नो जिम्मामा रहेको सवारी हिफाजत साथ चलाउने,
(२) सवारी सञ्चालन सम्बन्धमा सवारी धनी वा व्यवस्थापकले दिएको आदेश तथा निर्देशन ईमान्दारीपूवक पालन गर्ने,
(३) आफूले चलाएको सवारीको धनी वा व्यवस्थापकको स्वीकृति विना त्यस्तो सवारी अरू कसैलाई चलाउन नदिने,
(४) सवारी चलाउँदाको अवस्थामा चालकले गर्न नहुने भनी निषेध गरेका कार्यहरू नगर्ने,
(५) आफू सेवारत रहेको सवारीका परिचालकहरूलाई सवारी चलाउँदाको
क्रममा आवश्यकता अनुसारको काम कर्तव्यको पालन गर्न लगाउने,
(६) सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटना, सवारीको यान्त्रिक स्थिति, सडकको अवस्था ट्राफिक संकेत आदि नभएको कारणबाट सवारी आवागमनमा कठिनाई उत्पन्न भए त्यस सम्बन्धमा सम्बन्धित सवारी धनी वा व्यवस्थापक, विभाग वा कार्यालयमा सो को जानकारी दिने ।
(ख) परिचालकको काम र कर्तव्य :
(१) यात्रीहरूसँग शिष्ट व्यवहार गर्ने,
(२) यात्रीहरूको सरसामानको सुरक्षाको लागि उचित प्रबन्ध गर्ने र कुनै यात्रीले सरसामान तथा माल वस्तु सवारीमा छोडि गएमा त्यस्तो
सरसामान तथा माल वस्तुको धनी फेला परेमा निजलाई र फेला नपरेमा नजिकको प्रहरी वा आफू कार्यरत यातायात सेवाको जिम्मेवार
व्यक्तिको जिम्मामा दिने,
(३) महिला, बृद्ध, बालक तथा अन्य अशक्त व्यक्तिहरूलाई यात्रा अवधिमा सम्भव भएसम्मको सुविधाको बन्दोवस्त गर्ने,
(४) प्रचलित कानून तथा सुरक्षाको दृष्टिकोणले निषेधित वस्तु सवारीमा राखेको थाहा हुन आएमा प्रहरीलाई सूचना दिने,
(५) सवारी निर्माता कम्पनीले निर्धारण गरेको सवारीको वजनको हदको सीमा नाघ्ने गरी सवारीमा माल वस्तु तथा सरसामानहरू राख्न नदिने,
(६) सवारीको पार्किङ्ग स्थलमा यात्री ओराल्ने र चढाउने कार्यमा आवश्यक सहयोग गर्ने,
(७) सवारी चलाउँदाको अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना प्रति यात्री तथा चालकलाई समयमै सचेत गराउने र सवारीको यान्त्रिक स्थिति
ठीक नभएमा सो को जानकारी व्यवस्थापक र सम्बन्धित कार्यालयलाई दिने,
(८) सडकको अवस्था तथा ट्राफिक संकेत नभएको कारणबाट सवारी आवागमनमा कठिनाई भए सो को जानकारी विभागलाई दिने ।
(९) सवारी चलाउँदाको अवस्थामा चालकलाई आवश्यक सहयोग पु¥याउने,
(१०) आफू परिचालक रहेको सवारीको सुरक्षा र हिफाजत गर्ने तथा नोक्सानी हुन नदिने,
(११) आफू सेवारत रहेको सवारी धनी वा व्यवस्थापकले दिएको सवारी सञ्चालन सम्बन्धी आदेशको पालना गर्ने ।
५९. यातायात सेवामा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा : ऐनको दफा ९३ तथा नियम ४४ बमोजिम पञ्जीकृत भएका यातायात सेवामा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था श्रम ऐन, २०४८ र
श्रम नियमावली, २०५० बमोजिम हुनेछ ।

परिच्छेद – १० विविध

६०. ट्राफिक संकेत : सवारी चलाउँदा सवारी चालकले ऐनको दफा १२० बमोजिम पालन गर्नु पर्ने ट्राफिक संकेतहरू अनुसूची–६३ मा उल्लेख भए बमोजिम हुनेछ ।

६१. सवारी साधन फिर्ता गर्नु पर्ने : (१) दुर्घटनाको जाँचबुझको निमित्त ऐनको दफा १३४ बमोजिम सम्बन्धित प्रहरीले आफू समक्ष दाखिल गराएको सवारी साधन चौबीस घण्टाभित्र सम्बन्धित सवारी धनी वा व्यवस्थापकलाई फिर्ता गर्नु पर्नेछ ।
(२) उपनिम (१) बमोजिम सवारी साधन फिर्ता नगरेमा त्यसरी फिर्ता नगरेको प्रतिदिनको लागि तीन हजार रुपैयाँका दरले प्रमुख जिल्ला अधिकारीले सम्बन्धित प्रहरी कार्यालयबाट सवारी धनी वा व्यवस्थापकलाई भराइदिनु पर्नेछ ।

६२. निर्देशिका बनाउन सक्ने : (१) ऐन तथा यस नियमावलीमा उल्लिखित व्यवस्थाको विपरीत नहुने गरी विभागले सवारी तथा यातायात व्यवस्था सञ्चालनको सन्दर्भमा आवश्यकता अनुसार निर्देशिकाहरू बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निर्देशिकाको पालना गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

६३. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने ः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार थपघट तथा हेरफेर गर्न सक्नेछ ।

६४. खारेजी र बचाउ : (१) सवारी नियमावली, २०३० तथा राष्ट्रिय यातायात व्यवस्था नियमावली, २०२७ खारेज गरिएका छन् र ती नियमावलीहरू बमोजिम भए गरेका सबै काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिनेछन् ।

 

 

अनुसूची–१ प्रवेश दर्ताको लागि दिइने दरखास्त

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

श्री ………………
………………….
१. दरखास्तवालाको नाम र ठेगाना (व्यक्ति, फर्म, कम्पनी) –
२. पिता वा पतिको नाम –
३. सवारीको किसिम –
४. सवारी बनाउने कम्पनीको नाम –
५. सवारी मोडेल –
६. सिलिण्डर संख्या –
७. हर्ष पावर वा सि.सि. –
८. च्यासिस नम्बर –
९. ईञ्जिन नम्बर –
१०. सवारी रङ –
११. सिट वजन क्षमता –
१२. पेट्रोल, डिजेल, ग्याँस वा विद्युतबाट चल्ने –
१३. रेडियो भए नभएको –
१४. खरिद गर्ने व्यक्ति, फर्म वा कम्पनीको विवरण –
१५. प्रवेश गर्ने भन्सार कार्यालय –
१६. झिकाउने ईजाजत पाएको निस्सा –
१७. सवारी खरिद भएको निस्सा र अन्य कागजातहरूको विवरण –
माथि उल्लेखित गरिए बमोजिमको सवारीको प्रवेश दर्ता गरी निस्सा प्रदान गरिदिनुहुन
अनुरोध गर्दछु ।
दरखास्तवालाको
सही
नाम थर –
उमेर –
ठेगाना –
मिति –
इति संवत् २०…… साल ……….. महिना ….. गते ….. रोज का दिन शुभम्………….

अनुसूची–२ सवारी प्रवेश दर्ताको निस्सा

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
सवारी प्रवेश दर्ताको निस्सा
नेपाल सरकार
गृह मन्त्रालय
……………………………….प्रहरी कार्यालय
……………………।
प्रवेश दर्ता निस्सा नं………………….. मितिः……………………..
निम्न विवरण भएको सवारी मिति…………………मा नेपाल प्रवेश गरी यस कार्यालयमा
प्रवेश दर्ता गराएको व्यहोरा प्रमाणित गरिन्छ ।
सवारीको विवरण
१. सवारी दर्ता नं. –
२. सवारीको किसिम –
३. सवारी आयात गर्ने (व्यक्ति, फर्म, कम्पनी) को नाम थर –
४. ठेगाना –
५. सवारीको ईञ्जिन नम्बर –
६. सवारीको चेसिस नम्बर –
७. सवारी बनाउने कम्पनीको नाम –
८. मोडेल नं. (निर्माण भएको साल) –
९. सवारीको रङ –
१०. सवारी आयात गर्ने ईजाजत पत्रको निस्सा नं.
११. अन्य –
बोधार्थः–                                                            निस्सा दिने अधिकारीको
श्री यातायात व्यवस्था कार्यालय,                          सही –
…………………………………. ।                              नाम थर –
दर्जा –
मिति –

अनुसूची–३ दस्तुर तालिका

(क) नियम ४ को उपनियम (१) र नियम ६ को उपनियम (१) को प्रयोजनको लागि सवारी दर्ता
र सरुवा दर्ता दस्तुर

मिति २०६०।४।१ को नेपाल राजपत्रको सूचना बमोजिम हेरफेर ।

 

अनुसूची–४ सवारी दर्ता गर्न दिइने दरखास्त

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

श्रीमान कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय ,
…………………………अञ्चल
…………………………..।
मेरो÷हाम्रो नाममा खरिद भएको–प्राप्त भएको–झिकाएको निम्न विवरण भएको सवारी शुरु दर्ता गराउनका लागि लाग्ने दस्तुर र चाहिने अन्य निस्सा प्रमाणहरू यसै साथ राखी पेश
गरेको छु÷छौं । उक्त सवारी जाँच गरी मेरो र हाम्रो नाममा दर्ता गरी दर्ता प्रमाणपत्र पाउन दरखास्त दिएको छु÷छौं ।
१. सवारी झिकाउने (व्यक्ति, फर्म, कम्पनी वा संस्था) को नाम थर –
२. ठेगाना : (क) स्थायी –
(ख) अस्थायी –
३. पिता वा पतिको नामथर (व्यक्ति भएमा) –
४. सवारीमा भएको दर्ता नं (साविकको) –
५. सवारीको किसिम –
६. सवारी बनाउने कम्पनीको नाम –
७. सवारीको मोडेल नं. (निर्माण भएको साल) –
८. सिलिण्डर संख्या –
९. हर्ष पावर सि.सि. –
१०. सवारीको ईञ्जिन नं. –
११. सवारीको चेसिस नं. –
१२. सवारीको रङ ः– (क) बडिको रङ –
(ख) सिसाको रङ –
१३. प्रयोग गर्ने इन्धनको किसिम –
१४. सवारीमा भएको इलेक्ट्रोनिक संचारको उपकरण (रेडियो, क्यासेट, टेलिफोन आदि)
१५. सवारीको वजन क्षमता :

(क) कुल वजन –
(ख) भारवहन क्षमता –
(ग) सिट संख्या –
१६. प्रयोग –
१७. चलाउने क्षेत्र –
१८. भन्सार तिरेको निस्सा : (क) भन्सार कार्यालयको नाम –
(ख) प्रज्ञापन पत्र नं. –
(ग) रसिद नं. –
(घ) मिति :
१९. प्रवेश दर्ता प्रमाण पत्रको निस्सा : (क) प्रवेश पत्र दिने प्रहरी कार्यालयको नाम –
(ख) प्रवेश पत्र दिएको मिति –
(ग) प्रवेश पत्र नं.
२०. झिकाउने इजाजत पाएको निस्सा : (क) निस्सा दिने कार्यालय –
(ख) निस्सा प्रमाणपत्र नं. –
(ग) मिति –
२१. अन्य प्रमाणको विवरण –
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनको लागि
सवारी निरीक्षणको व्यहोरा
प्रदान गरिएको दर्ता नं.
दर्ता मिति –
माथि उल्लेखित सम्पूर्ण विवरणहरूका साथै प्राविधिक प्रतिवेदनबाट सवारी दर्ता गर्न उपयुक्त
देखिएकोले निर्णयार्थ पेश गर्ने ।
निरीक्षण गर्ने प्राविधिकको सही फाँटवालाको सही दर्ता गर्ने अधिकारीको सही

अनुसूची–६ सवारीको नम्बर प्लेटको संकेत (अक्षर र अङ्क)

(नियम ४ को उपनियम (३) सँग सम्बन्धित)

(क) ठूला तथा मझौला सवारी (बस, ट्रक, डोजर, डम्फर, लोडर, क्रेन, दमकल, ट्याङ्कर, रोलर, पिकअप, भ्यान, मिनीबस, मिनीट्रक, मिनीभ्यान आदि यात्रुवाहकका हकमा १४ सिटभन्दा माथिमा र मालवाहकका हकमा ४ टन वा सोभन्दा बढी कूल भारवाहन क्षमता भएका)
सवारी साधनहरूको लागि ।

निर्माण तथा यातायात मन्त्रालयको मिति २०५६।६।३ को नेपाल राजपत्रको सूचनाले हेरफेर भएको ।

(ग) साना (मोटर साइकल, स्कुटर आदिजस्ता दुईपाङ्ग्रे)) सवारी साधनहरूको लागि ।

द्रष्टब्यः
नम्बरप्लेटको स्वरूपः
१. सवारीमा राख्ने नम्बरप्लेट कम्तीमा पनि २० गेजको धातुबाट बनेको पातामा ऐनको अनुसूची–२ बमोजिमको साइजमा हुनु पर्नेछ ।
२. माथि द्रष्टव्य १ बमोजिम पातामा ऐनको अनुसूची–२ मा तोकिएको रङ्ग अनुसारका अङ्क र अक्षर देवनागरी लिपिमा स्पष्ट रूपमा लेखिएको हुनु पर्नेछ ।
३. नम्बर प्लेटमा बढीमा आठवटासम्म अङ्क र अक्षर रहने छन् जसलाई तल र माथि गरी दुई लाईनमा निम्नानुसार राखिनु पर्नेछ ।
(क) माथिल्लो लाइनको शुरुमा सवारी दर्ता गर्ने कार्यालयको अञ्चल संकेत अक्षर र त्यसपछि सवारी समूह जनाउन अङ्क लेखिनु पर्नेछ । यस्तो सवारी समूह जनाउने अङ्क आवश्यकता अनुसार १ देखि ९९ सम्म हुनेछ । यस्तो अङ्क पछि सवारीको किसिम जनाउने संकेत अक्षर लेख्नु पर्नेछ ।
(ख) तल्लो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ, यस्तो दर्ता नम्बर एउटा संकेत अक्षरमा बढीमा चार अङ्कसम्म (१ देखि ९९९९ सम्म) मात्र हुनेछ । प्रयोग अनुसार कुनै एक संकेत अक्षरमा चार अङ्कको सबैभन्दा ठूलो संख्या (९९९९) पुगेपछि क्रमशः अर्को संकेत अक्षर दिई त्यसमा पनि १ देखि ९९९९ सम्म दिदै जानु पर्नेछ ।
उदाहरणार्थः यातायात व्यवस्था कार्यालय, वागमती अञ्चलमा दर्ता हुने पहिलो समूहको १२८६ दर्ता नम्बरको निजी मोटर साइकलको नम्बरप्लेट देहाय बमोजिम हुनेछ ।
बा १ प
१ २ ८ ६
तर मोटरसाईकल स्कुटर आदि दुई पाङग्रे सवारीहरूको अगाडिपट्टि राखिने नम्बरप्लेटको हकमा एक लाईन कायम गरी उपयुक्त साईजमा राख्न सकिनेछ ।
४. कुटनीतिक नियोगका सवारी र अन्य कुटनीतिक नम्बर प्रयोग गर्न पाउने व्यक्ति वा संस्थाहरूको सवारीको प्लेटमा त्यस्तो नियोग र संस्थालाई सवारी दर्ता प्रयोजनका लागि प्रदान गरिएको संकेत, अङ्क र अक्षर प्रयोग गर्न पर्नेछ ।

अनुसूची–७ सवारीको अस्थाई दर्ता गर्न दिइने दरखास्त

(नियम ५ सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………..अञ्चल
……………………………..।
मेरो/हाम्रो नाममा खरिद भएको/प्राप्त भएको/झिकाएको निम्न विवरण भएको सवारी अस्थायी दर्ता गराउनका लागि लाग्ने दस्तुर र चाहिने अन्य निस्सा प्रमाणहरू यसै साथ राखी पेश गरेको छु/छौं । उक्त सवारी जाँच गरी मेरो र हाम्रो नाममा दर्ता गरी दर्ता प्रमाणपत्र पाउन
दरखास्त दिएको छु/छौं ।
१. सवारी झिकाउने (व्यक्ति, फर्म, कम्पनी वा संस्था) को नाम थर –
२. ठेगानाः–
३. सवारीमा भएको दर्ता नं (साविकको) –
४. सवारीको किसिम –
५. सवारी बनाउने कम्पनीको नाम –
६. सवारीको मोडेल (निर्माण भएको साल) –
७. सवारीको चेसीस नं –
८. सवारीको इन्जिन नं –
९. सिलिण्डर संख्या –
१०. हर्ष पावर – सि.सि. –
११. सवारीको रङः–
१२. प्रयोग गर्ने इन्धनको किसिम –
१३. सवारीमा भएको इलेक्ट्रोनिक संचारको उपकरण (रेडियो, क्यासेट, टेलिफोन आदि) –

१४. सवारीको वजन क्षमताः–

(क) कुल वजन –
(ख) भारवहन क्षमता –
(ग) सिट संख्या –
१५. प्रयोग –
१६. चलाउने क्षेत्र –
१७. भन्सार तिरेको निस्साः–

(क) भन्सार कार्यालयको नाम –
(ख) प्रज्ञापन पत्र नं. –
(ग) रसिद नं. –
(घ) मिति ः –
१८. प्रवेश दर्ता प्रमाण पत्रको निस्साः–

(क) प्रवेश दर्ताको निस्सा दिने प्रहरी कार्यालयको नाम
(ख) प्रवेश दर्ताको निस्सा दिएको मिति –
(ग) प्रवेश दर्ता निस्सा नं.
१९. झिकाउने इजाजत पाएको निस्साः–

(क) निस्सा दिने कार्यालय –
(ख) निस्सा पत्र नं. –
(ग) मिति –
२०. अन्य प्रमाणको विवरण –
२१. अस्थायी दर्ताको लागि सिफारिस गर्ने संस्थाको नाम –
२२. अस्थायी दर्ता गर्नुपर्ने प्रमुख कारण –
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनका लागि
सवारी निरीक्षणको व्यहोरा
प्रदान गरिएको अस्थायी दर्ता नं. –
दर्ता मिति –
निरीक्षण गर्ने प्राविधिकको सही                     फाँटवालाको सही                                     दर्ता गर्ने अधिकारीको सही

अनुसूची–८ सवारीको सरुवा दर्ता गर्न दिइने दरखास्त

(नियम ६ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय
……………………..अञ्चल
…………………….।
मेरो/हाम्रो नाममा यातायात व्यवस्था कार्यालय………………..अञ्चलमा दर्ता रहेको सवारी उक्त कार्यालयबाट दिइएको सरुवा दर्ता सहमति पत्र साथ सरुवा दर्ता गर्न लाग्ने दस्तुर र चाहिने अन्य निस्सा प्रमाण साथ राखी पेश गरेका छु÷छौं । सवारी जाँच गरी मेरो/हाम्रो नाममा
सवारीको सरुवा दर्ता गरी दर्ता प्रमाणपत्र पाउन दरखास्त दिएको छु/छौं ।
१. सवारी दर्ता नं. –
२. सवारीको किसिम –
३. बनाउने कम्पनीको नाम –
४. मोडेल –
५. सिलिण्डर –
६. हर्ष पावर –
७. सवारीको ईञ्जिन नं. –
८. सवारीको चेसीस नं. –
९. सवारीको रङः– (क) बडी (ख) सिसा
१०. इन्धन –
११. संचार उपकरण –
१२. वजन क्षमता – कूल क्षमता (१) सिट संख्या –
१३. सरुवा सहमति पत्रको च.नं. मिति र सक्कल स.द.प्र.प.
१४. बाटो इजाजत पत्र –
१५. सवारी कर प्रमाणपत्र –
१६. जाँचपास –
१७. प्रदूषण प्रमाणपत्र –
१८. अन्य प्रमाण –
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
कार्यालय प्रयोजनका लागि
सवारी निरीक्षणको पूर्ण व्यहोरा                         प्रदान गरिएको दर्ता नं.
दर्ता मिति –
सवारी जाँच्ने प्राविधिकको सही                           फाँटवालाको सही                                          दर्ता गर्नेको सही

अनुसूची–९ विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्रको लागि दिइने दरखास्त

नियम ७ कोे उपनियम (१) सँग सम्बन्धित)
टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………….अञ्चल,
………………………………।
मेरो/हाम्रो निम्न विवरण भएको सवारीलाई नेपाल ………भित्र देहायको स्थानमा …………………….दिन राख्नु/चलाउनु परेको हुनाले उक्त सवारी राख्न/चलाउनको लागि लाग्ने दस्तुर र चाहिने अन्य निस्सा प्रमाण यसै साथ राखी अनुमतिपत्र पाउन दरखास्त दिएको छु/छौं ।
१. सवारी दर्ता नं. –
२. सवारीको किसिम –
३. सवारी धनीको नाम थर –
४. ठेगाना –
५. सवारीको ईञ्जिन नं. –
६. सवारीको चेसीस नं. –
७. मोडेल –
८. बनेको साल –
९. हर्ष पावर – सि.सि. –
१०. सवारीको रङः–
११. सवारीमा प्रयोग हुने इन्धनको किसिम –
१२. सवारीको सिट र वजन क्षमता –
१३. सवारीको प्रवेश दस्तुर तिरेको निस्साः–

(क) कार्यालयको नाम –
(ख) रसिद नं. –
(ग) दस्तुर –
(घ) मिति –
१४. सवारी सञ्चालन अनुमतिपत्र दिनु पर्ने कारण –
१५. चलाउने – राख्ने क्षेत्र –
१६. सवारी राख्ने – चलाउने म्याद –
१७. सवारी स्वदेश फर्कने दिन –
१८. सवारी स्वदेश फर्कंदा कुन भन्सार नाका भएर जाने हो ? –
१९. अन्य
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –

अनुसूची–१० विदेशमा दर्ता भएको सवारी चलाउन दिइने अनुमतिपत्र

(नियम ७ कोे उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
……………..अञ्चल,
……………….।
अनुमति–पत्र
अनुमतिपत्र नं. मिति –
१. गाडि धनीको नाम –
२. ठेगाना –
३. सवारीको नं. –
४. इञ्जिन नं. –
५. चेसिस नं. –
६. मोडेल नं. –
७. सवारी बनेको साल –
८. सवारीको किसिम –
९. प्रवेश गरेको –
क) भन्सार कार्यालयको नाम – ख) मिति –
ग) भन्सारको प्र.प.नं. – घ) नेपालमा बस्न पाउने अवधि –
ङ) महसुल रकम –
१०. या.व्य.का बाट सञ्चालनको लागि तोकिएको अवधि ।
मिति – देखि सम्म दिन
११. सञ्चालन गर्न पाउने क्षेत्र –
१२. प्रयोग –
१३. दस्तुर –
१४. अन्य –
इजाजत पत्र बुझ्नेको सही – इजाजत पत्र दिने अधिकारीको
नाम थर – सही –
मिति – नाम –
दर्जा –
मिति –
दष्टव्यः–
(१) यो अनुमतिपत्रबाट नेपाल ………भित्र कुनै यातायात सेवा सञ्चालन गर्न पाइने छैन ।
(२) एक वर्षकोबिचमा ३० दिनको अवधी भन्दा बढी नेपाल …….. भित्र सवारीलाई राख्न पाईने छैन ।
(३) यो अनुमतिपत्रमा तोकिएको भन्दा बढी अवधिसम्मको लागि नेपालभित्र सवारी राख्नु परेमा पुनः सम्बन्धित भन्सार कार्यालयमा गई प्रचलित कानून बमोजिम पुनः भन्सार प्रवेश, शुल्क बुझाइ म्याद थपी ल्याएमामात्र सम्बन्धित यातायात व्यवस्था कार्यालयले अर्को अनुमतिपत्र दिन सक्नेछ ।
(४) यो अनुमतिपत्रको म्याद सकिएपछि नेपालबाट फर्कने बेलामा यो अनुमतिपत्र सम्बन्धित कार्यालयमा बुझाउन ल्याउनु पर्नेछ । कारणवश अर्को कार्यालय क्षेत्र भित्रको भन्सार नाकाबाट फर्कनु परेमा नजिकको यातायात व्यवस्था कार्यालयमा सो अनुमतिपत्र बुझाउनु पर्नेछ, र सो कार्यालयबाट त्यसको जानकारी साबिकको कार्यालयलाई पठाईदिनु पर्नेछ ।
(५) यो अनुमतिपत्र कुनै कारणले हराए वा नासिएमा सम्बन्धित कार्यालयमा गई निवेदन दिई प्रतिलिपि लिनु पर्नेछ ।
(६) यो अनुमतिपत्र प्राप्त सवारीले नेपाली यात्रु तथा मालसामान ओसार पसार गर्न पाउने छैन ।

अनुसूची–११ दर्ता प्रमाण पत्र नवीकरण गराउन दिईने दरखास्त

(नियम ८ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………..अञ्चल,
……………………………..।
मेरो/हाम्रो नाममा दर्ता भएको निम्न विवरण भएको सवारीको दर्ता प्रमाण पत्रको नवीकरणको लागि लाग्ने दस्तुर र अन्य आवश्यक निस्सा यसै साथ संलग्न गरी दरखास्त दिएको छु/दिएका छौं ।
१. सवारी दर्ता नं. –
२. सवारीको किसिम –
३. सवारी धनीको नाम थर –
४. सवारी नविकरण म्याद समाप्त भएको मिति –
५. सवारी दर्ता प्रमाण पत्र नविकरण गर्नु पर्ने अवधि –
६. सवारी साधन आयकर बुझाएको निस्सा –
(क) सवारी आयकर बुझाएको कार्यालय –
(ख) सवारी आयकर बुझाएको अवधि –
(ग) रसिद वा भौचर नं. –
(घ) मिति –
७. भाडाका सवारीको लागि बाटो इजाजत पत्र –
(क) बाटो इजाजत पत्र दिने कार्यालय –
(ख) बाटो इजाजत पत्र पाएको क्षेत्र –
(ग) बाटो इजाजत पत्र पाएको अवधि –
(घ) बाटो इजाजत पत्र लिएको मिति –
८. प्रदुषण जाँच प्रमाण पत्र लिनु पर्ने सवारी भए –
(क) प्रदुषण जाँच गर्ने कार्यालय –
(ख) प्रदुषण प्रमाण पत्र दिएको मिति –
(ग) प्रदुषण जाँच प्रमाण पत्र प्राप्त गरेको अवधि –
९. अन्य –
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनको लागि
नवीकरण गरेको मिति –
नवीकरण गरेको अवधि –
………………………………                              ……………….                                ……………………………….
जाँचबुझ गर्ने प्राविधिकको सही                     फाँटवालाको सही                         नवीकरण गर्ने अधिकारीको सही

अनुसूची–१२ सवारीको नामसारी गराउन दिइने दरखास्त

(नियम ९ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
………………………अञ्चल,
……………………………..।
लिखितम मेरो/हाम्रो नाममा दर्ता भई मेरो/हाम्रो हक भोगमा रहेको इ.नं. चेसिस नं………….मोडेल नं…………..भएको…………अ………..नं. को सवारीलाई मैंले–हामीले निम्न लिखित नाम थर ठेगाना भएको व्यक्ति–व्यक्तिहरू–फर्म–कम्पनी–संस्थालाई किनाराका साक्षीको
रोहवरमा रु……………………………अक्षरेपी………………..मा लिलाम–बिक्री–उपहार–वकस गरी दिएको हुनाले उक्त सवारी निज–निजहरूको नाममा नामसारी गरि दिनु हुन अनुरोध गर्दछु/गर्छौं ।
माथिको व्यहोरा फरक परि बिक्री–लिलाम–उपहार–वकस गरेको भएमा कानून बमोजिम सहुँला बुझाउँला ।
औंठाको छाप
दा. बा.
बिक्री–लिलाम–उपहार–वकस गरिदिनेको
सही –
नाम थर –
वर्ष –
ठेगाना – अञ्चल – जिल्ला –
गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा –
वडा नं. टोल – फोन नं. –
बाबु–पतिको नाम –
बाजेको नाम –
साक्षी
१.
२.
उपर्युक्त बमोजिमको सवारी साधन माथि उल्लेखित व्यक्ति–व्यक्तिहरू–फर्म–कम्पनी– संस्थाबाट मैले–हामीले खरिद–लिलाम सकार–उपहार–वकस–हकभोग कायम गरी लिएको हो । यसमा कुनै फरक पर्ने छैन । फरक पारी लेनदेन गरेको ठहरी यो नामसारी बदर भएमा कानून बमोजिम दण्ड सजाय गरेमा सहन बुझाउन तयार छु–छौं ।
औंठाको छाप
दा. बा.
खरिद गर्ने–लिलाम सकार गर्ने–उपहार–
वकस पाउनेको सही –
नाम थर –
वर्ष –
ठेगाना – अञ्चल – जिल्ला –
गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा –
वडा नं. टोल – फोन नं. –
बाबु–पतिको नाम –
बाजेको नाम –
लेखक –
पेश भएका कागज पत्रहरू
१. लिने दिने दुबैका नागरिकता – (क) दिनेको – जिल्ला नागरिकता नं. –
(ख) लिनेको – जिल्ला नागरिकता नं. –
२. सवारी आयकर तिरेको प्रमाण – (क) सवारी आयकर बुझाएको कार्यालय –
(ख) मिति –
(ग) अवधि –
(घ) रसिद वा भौचर नं. –
३. सार्वजनिक सवारी भए बाटो इजाजत लिएको प्रमाण पत्र – (क) दिने कार्यालय –
(ख) पाएको क्षेत्र –
(ग) पाएको मिति –
(घ) अवधि –
४. संस्था–फर्म–कम्पनीको नाममा लेनदेन भएको भए सम्बन्धितको पत्र –
(क) पत्र संख्या च. नं……………….मिति…………………..
५. वारिसनामा वा प्रतिनिधि तोकि आएको भए सो को पत्र, प्रमाण तथा नगारिकताको वा
परिचय पत्रको प्रमाणित प्रतिलिपि
६. नामसारीको लागि बुझाएको दस्तुरको रसिद नं……………र मिति………………..
७. श्रम ऐन, २०४८ को दफा ४७ को उपदफा (१) को खण्ड (ज) बमोजिम सम्बन्धित
कामदार वा कर्मचारीलाई तिर्नुपर्ने रकम बुझाएको प्रमाण ।
८. अन्य प्रमाणहरू –
(क) सवारी जाँचपास प्रमाणपत्र
(ख) सवारी प्रदुषण प्रमाणपत्र
इति सम्बत २०……….साल…………महिना …… गते रोज…..शुभम्………….
कार्यालय प्रयोजनका लागि
सवारी जाँच प्रतिवेदनको व्यहोरा
……………………………..
सवारी जाँच्ने प्राविधिकको सही
उपर्युक्त बमोजिम लेनदेनको मन्जुरी गरी मेरो रोहवरमा सही–सनाखत गरेको र उल्लेखित
कागजपत्रहरू समेत पेश गरी सकेको हुँदा नामसारी गरिदिन पेश गरेको छु ।
फाँटवालाको
सही –
नाम थर –
मिति –
नामसारी सदर गरी प्रमाणित गरिदिने अधिकारीको
सही –
नाम थर –
मिति –
द्रष्टव्यः–उपर्युक्त बमोजिम नामसारी दरखास्त फारम नेपाली कागजमा छपाइएको हुनु पर्नेछ ।

अनुसूची–१३ सवारी धनीको मृत्यु भएमा सवारीको नामसारी गर्न दिइने दरखास्त

(नियम १० कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………….अञ्चल,
…………………………….।
विषयः सवारीको नामसारी ।
मेरो।हाम्रो हक भोगमा रहेको इ.नं…………….चेसिस नं……………..दर्ता नं…………को सवारीको धनी श्री…………………………..को मृत्यु भएकोले स्थानीय पञ्जीकाधिकारी कार्यालयको मृत्यु दर्ता प्रमाणपत्र च.नं………….मिति………….जिल्ला प्रशासन कार्यालय……..को
नाता प्रमाणित पत्र एवं नजिकको हकवाला भन्ने व्यहोराको पत्र साथ सवारी कर प्रमाण पत्र, नागरिकता प्रमाणपत्र, बाटो इजाजत पत्र, संस्था–फर्म–कम्पनी भए पत्रको च.नं…….मिति……..वा प्रतिनिधित्व पत्र संलग्न राखी तोकिएको दस्तुर सहित नामसारी गरिदिन हुन अनुरोध गर्दछु।छौं ।
माथिको व्यहोरा फरक परेमा कानून बमोजिम सहुँला।बुझाउँला ।
१. मृतकको मृत्यु दर्ता प्रमाणपत्र –
२. जिल्ला प्रशासन कार्यालयको नाता प्रमाणितपत्र –
३. सवारीको स.द.प्र.प –
४. बाटो इजाजतपत्र –
५. सवारीको जाँचपास –
६. सवारीको प्रदुषण जाँच प्रमाणपत्र –
७. अन्य प्रमाणहरू –
माथि लेखिएको सवारी साधन…………………हाम्रो हकभोगको भएकोले कुनै फरक पर्ने छैन । फरक पारिएको वा बेहक ठहरिएमा नामसारी बदर भएमा कानून बमोजिम सहुँला/बुझाउँला ।
औठाको छाप हकवालाको –
सही –
नाम थर –
वर्ष –
ठेगाना –
सवारी जाँचको विस्तृत प्रतिवेदन –
माथि उल्लेखित प्रमाणहरूको साथै सही सनाखतको आधारमा नामसारी गरिदिन पेश गरेको छु ।
………………………………..                                     ………………                              …………………………
सवारी जाँच्ने प्राविधिकको सही                          फाँटवालाको सही                        नामसारी सदर गर्नेको सही

अनुसूची–१४ सवारीको उपकरण परिवर्तन गर्न दिइने दरखास्त

(नियम १२ कोे उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………अञ्चल,
…………………………..।
मेरो/हाम्रो नाममा दर्ता रहेको…………सवारीको इञ्जिन/चेसिस/रङ/सिट/स्वरूप परिवर्तन/हेरफेर गर्नुपर्ने भएकोले आवश्यक दस्तुर र प्रमाण संलग्न राखी दरखास्त दिएको छु/छौं । सवारी जाँची बुझी…………..परिवर्तन–हेरफेर गर्न स्वीकृति पाउँ । फरक परेमा कानून
बमोजिम सहुँला/बुझाउँला ।
१. सवारी धनीको नाम थर र ठेगाना –
२. सवारी दर्ता नं. –
३. सवारीको किसिम –
४. सवारीमा परिवर्तन/हेरफेर गर्नुपरेको कारण –
५. भन्सार गरी ल्याएको भए भन्सार प्रज्ञापनपत्र र रसिद –
६. अन्य कागजात –
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –
सवारी……………………परिवर्तन/हेरफेर सम्बन्धमा प्राविधिकको राय –
………………………….                           …………………..                                           ……………………….
सवारी जाँच्ने प्राविधिकको सही             फाँटवालाको सही               परिवर्तन हेरफेर गर्न स्वीकृति दिने अधिकृतको सही

अनुसूची–१५ दर्ताको प्रमाणपत्र खारेजीको लागि दिइने दरखास्त

(नियम १३ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………अञ्चल,
…………………………।
मेरो/हाम्रो नाममा यस कार्यालयमा दर्ता भएको निम्न अनुसारको सवारी बिग्रीई/नासीइ भविष्यमा चलाउन नसक्ने भएकोले दर्ता प्रमाणपत्र संलग्न राखी दरखास्त दिएको छु/छौं । व्यहोरा बुझी दर्ता प्रमाण पत्र खारेज गरी पाउँ ।
१. सवारी धनीको नाम थर –
२. ठेगाना –
३. सवारी दर्ता नं. –
४. सवारीको किसिम –
५. सवारी दर्ता खारेज गर्नुपर्नाको कारण –
६. हराएको–नासिएको–आदिको व्यहोरा–प्रमाण वा सिफारिसपत्र –
७. सवारी दर्ता प्रमाणपत्र –
८. जाँचपासको प्रमाणपत्र –
९. प्रदूषण जाँचपासको प्रमाणपत्र –
१०. बाटो इजाजत पत्र –
११. अन्य प्रमाण –
दरखास्तवालाको
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनको लागि
सवारीको विस्तृत जाँच गरी दर्ता खारेज गर्नुपर्ने कारण खोलिएको प्रतिवेदन………………….
………………………….                                       …………………..                        ……………………….
सवारी जाँच्ने प्राविधिकको सही                       फाँटवालाको सही                   सवारी दर्ता खारेज गर्न
निर्णय दिने अधिकृतको सही
द्रष्ट्रव्यm हराएको वा नासिएको व्यहोरा निवेदन परेमा कुनै कार्यालय वा निकायबाट कुनै कारबाही वा अन्य प्रयोजनका लागि नखिचिएको र सो व्यहोरा झुटो भएमा कानून बमोजिम सहुँला/बुझाउँला भनी कबुलियत समेत गराउने ।

अनुसूची–१६ दर्ताको प्रमाण पत्रको प्रतिलिपिको लागि दिइने दरखास्त

(नियम १४ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………….अञ्चल,
…………………………..।
मेरो।हाम्रो नाममा यस कार्यालयमा दर्ता भएको निम्न अनुसारको सवारीको दर्ता प्रमाण पत्रको प्रतिलिपि पाउन लाग्ने दस्तुर र आवश्यक प्रमाण समेत यसै साथ संलग्न गरी दरखास्त दिएको छु।छौं । व्यहोरा बुझि दर्ता प्रमाण पत्रको प्रतिलिपि पाउँ ।
१. सवारी धनीको नाम थर –
२. ठेगाना –
३. सवारी दर्ता नं. –
४. सवारीको किसिम –
५. प्रतिलिपि लिनुपर्ने कारण –
६. हराएको–नासिएको भएमा सो को मिति र स्थान –
७. उक्त व्यहोरा प्रमाणित गर्ने आधार–प्रमाण –
८. कुनै कार्यालयको सिफारिस भए सो कोः– (क) नाम –
(ख) पत्र संख्या –
(ग) मिति –
९. अन्य –
१०. लेखिएको व्यहोरा ठीक साँचो हो । झुट्ठा ठहरे कानून बमोजिम सहुँला।बुझाउँला ।
दरखास्तवालाको
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनको लागि
रिकर्ड भिडाउँदा सम्पूर्ण व्यहोरा मिल्न गएकोले
प्रतिलिपि दिन सिफारिस गर्ने
……………………                                     …………………………………………..
फाँटवालाको सही                             प्रतिलिपि प्रमाणित गर्ने अधिकारीको सही

अनुसूची–१७ चालक अनुमतिपत्र/चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नको लागि दिईने दरखास्त

(नियम २० कोे उपनियम (१) र नियम २२ को उपनियम (१) सँग सम्बन्धित)

श्रीमान कार्यालय प्रमुखज्यू
यातायात व्यवस्था कार्यालय,
……………………अञ्चल……………
मैले निम्न बमोजिमको सवारी व्यावसायीक/गैर–व्यवसायीक कार्यको लागि चलाउन अनुमतिपत्र पाउनका लागि/पहिले प्राप्त गरेको अनुमतिपत्रमा देहाय बमोजिमको सवारी थप गरी पाउन निम्न विवरण भरी आवश्यक दस्तुर र कागज पत्र सहित दरखास्त दिएको छु । सवारी
चलाउने अनुमतिपत्र पाउँ ।
१. दरखास्तवालाको नाम थरः– (क) देवनागरिमाः
(ख) अंग्रेजीमा ठूलो अक्षरमाः
२. स्थायी ठेगानाः–(क) अञ्चलः (ख) जिल्लाः
(ग) म.न.पा./उ.म.न.पा./गा.वि.स. (घ) वडा नं.:
(ङ) टोल : (च) फोन नं. :
३. अस्थायी ठेगाना :– (क) अञ्चल : (ख) जिल्ला
(ग) म.न.पा./उ.म.न.पा./गा.वि.स. (घ) वडा नं. :
(ङ) टोल : (च) फोन नं. : (छ) मोवाईल नं.
(ज) अन्य :
४. पेशा : ५. लिङ्ग : महिला/पुरुष ६. शैक्षिक योग्यता :
७. नागरिकता : ८. नागरिकता प्र.प.नं. ९. नागरिकता लिएको जिल्ला :
१०. जन्म मिति ११. दरखास्त दिंदाको उमेर : १२. विशेष चिन्ह (हुलिया) :
१३. रगत समूह : १४. पिता वा पतिको नामथर र ठेगाना :
१५. सवारी चलाउन प्रशिक्षण प्राप्त गरेको संस्थाको नाम :
१६. सवारी चलाउन सिकाउने चालकको नाम र अनुमतिपत्र नं. :
१७. यस अघि अनुमतिपत्र प्राप्त गरेको भए सोको विवरण :

(क) अनुमतिपत्र दिने कार्यालय : (ख) अनुमतिपत्र प्राप्त गरेको सवारीको किसिम :
(ग) अनुमतिपत्र नं. : (घ) मिति :
१८. यस अघि अनुमतिपत्रको लागि दरखास्त दिएको भए –
(क) दरखास्त दिएको मिति : (ख) परीक्षा मिति :
(ग) परीक्षा लिने कार्यालय : (घ) परीक्षाको परिणाम :
१९. अनुमतिपत्र प्राप्त गर्न/थप गर्न चाहेको सवारी –
(क) मोटरसाइकल, स्कुटर, मोपेट (ख) जीप, कार, डेलिभरी भ्यान
(ग) टेम्पो, अटोरिक्सा (घ) पावरटिलर (ङ) ट्याक्टर
(च) मिनीबस, मिनीट्रक (छ) बस, ट्रक, लहरी (ज) रोड रोलर, डोजर
(झ) क्रेन
२०. दरखास्त र परीक्षा दस्तुर रु………………(अक्षरेपी …………….) रसिद वा भौचर
नं………./………
२१. अन्य –
उपरोक्त सम्पूर्ण विवरण ठीक छ भनी
सही गर्ने :
दरखास्तवालाको सही :
दायाँ बायाँ
औठाको
छाप
मिति :
संलग्न कागजातहरू :
(१) दस्तुर तिरेको भौचर (२) नागरिकताको प्रमाणित प्रतिलिपि (३) निरोगिताको प्रमाणपत्र
(४) हालसालै खिचेको पासपोर्ट साईजको ३ प्रति अटो साईजको २ प्रति
(५) प्रशिक्षण केन्द्रले दिएको प्रमाण पत्रको प्रतिलिपि

सामूहिक मूल्याङ्कन प्रतिवेदनको व्यहोरा :
२. सफल हुनेको लागि अनुमति पत्र सम्बन्धी विवरण :
(क) अनुमति पत्र नं.
(ख) अनुमति पत्र दिन सिफारिस गर्ने अधिकारीको सही :
परीक्षा समितिको निर्णय मिति :
(ग) अनुमति पत्र दिने वा प्रमाणित गर्ने अधिकारीको सही :
३. असफल हुनेको लागि वा परीक्षामा सम्मिलित नहुनेको लागि पुनः परीक्षामा सामेल हुन वा दरखास्त दिन पाउने वा परीक्षामा सामेल हुन पाउने/नपाउने सम्बन्धमा भएको निर्णयको व्यहोरा :
नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय ……………………..
सवारी चालक अनुमति पत्रको परीक्षाको लागि
प्रवेश–पत्र
दर्ता नं. :                        दर्ता मिति :
आवेदकको नाम थर :                       ना.प्र.नं. पासपोर्ट नं.
पिता वा पतिको नाम, थर :               स्थायी ठेगाना :                   रक्त समूह :
आवेदन गरेको सवारीको किसिम :                  आवेदकको दस्तखत :
परीक्षा हुने मिति :                समय :                     स्थान :
आवेदन फाराम स्वीकृत गर्नेको दस्तखत :

अनुसूची–१८ निरोगिताको प्रमाण–पत्र

(नियम २० कोे उपनियम (२) सँग सम्बन्धित)

१. निवेदकको नाम थर –
२. निवेदकको ठेगाना –
३. उमेर –
४. रगत समूह –
५. हुलिया –
स्वास्थ्य परीक्षणको विवरण
६. निवेदकलाई निम्न लिखित रोग छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
(क) छारे रोग –
(ख) पागलपन –
(ग) रिंगटा लाग्ने वा मुर्छा पर्ने रोग –
(घ) फोक्सो वा हृदय सम्बन्धी कुनै रोग –
(ङ) कुनै किसिमको मानसिक रोग –
(च) अन्य –
७. आँखाको शक्ति –
(क) देख्ने शक्ति –
(ख) स्पष्ट देख्ने शक्ति कम भएमा चश्मा प्रयोग गर्दा स्पष्ट देख्न सक्छ वा सक्दैन –
(ग) चश्मा लगाउँदा के कति पावरको लगाउँदा ठीक हुन्छ ?
(घ) विभिन्न रङहरू र विशेष गरी रातो, हरियो, पहेंलो छुट्याउन सक्छ वा सक्दैन –
(ङ) त्यस्तो रङहरू के कति दुरी सम्मको छुट्याउन सक्छ ?
(च) रतन्धो भएको/नभएको –
(छ) दिनको उज्यालोमा २५ मिटरको दुरीमा सवारीको नम्बर प्लेट हेर्न र त्यसको
विभेद छुट्याउन सक्छ सक्दैन –
(ज) आँखा सम्बन्धी अन्य रोग केही छ छैन –
८. श्रवण शक्ति ठीक छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
(क) कानको श्रवण शक्ति –
(ख) विभिन्न सवारी, मान्छे वा जनावरको आवाज सुनी छुट्याउने शक्ति –
९. शारीरिक स्वास्थ र अवस्था – …………………….
मैले निवेदकको स्वास्थ परीक्षण गरे । माथि लेखिएको विवरण मेरो ज्ञान र विश्वासमा
ठीक छ । निज सवारी चलाउन योग्य देखिनु हुन्छ/देखिनु हुन्न ।
चिकित्सकको –
सही –
नाम थर –
दर्जा –
रजिष्ट्रेशन नं. –
मिति –
(कार्यालय भए सो को छाप)

अनुसूची–१८क सवारीको नाम

(नियम २० को उपनियम (६) सँग सम्बन्धित)

१. मोबाइल क्रेन
२. डोजर
३. विटुमिन डिष्ट्रिब्युटर
४. मिनी डम्पर
५. एक्साभेटर
६. फोर्कलिफ्ट ट्रक
७. मोटर ग्रेडर
८. चिप्स स्प्रेडर
९. लोडर
१०. पाइल ड्राइभर
११. रोड मार्किङ्ग मेशिन
१२. रोलर
१३. टेलर ट्रयाक्टर (लो वेड ट्रेलर)
१४. ब्रिज इन्सपेक्सन इक्युपमेन्ट
१५. पट होल प्याचर
१६. क्रेन माउन्टेड ट्रक
१७. ट्रयाक्टर

अनुसूची–१९ चालक अनुमतिपत्र/नवीकरण दर्ता किताब

(नियम २१ र नियम २३ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
……………. अञ्चल ………………

१. चालक अनुमति पत्र नं. :                           २. जारी भएको मिति :
३. म्याद समाप्त हुने मिति :                        ४. होलोग्राम नम्बर :
५. कार्ड नं.                                 ६. रगत समूह :
७. अनुमति पत्र पाउनेको नाम, थर :                    ८. उमेर :
९. पिता वा पतिको नाम :
१०. स्थायी ठेगाना :–               (क) अञ्चल :                (ख) जिल्ला :
(ग) म.न.पा./उ.म.न.पा./गा.वि.स.
(घ) वडा नं. :             (ङ) टोल :                     (च) फोन नं. :
(ज) ब्लक नं. :          (झ) सम्पर्क स्थान वा कार्यालय :
११. अस्थायी ठेगाना :– (क) अञ्चल :             (ख) जिल्ला
(ग) म.न.पा./उ.म.न.पा./गा.वि.स.
(घ) वडा नं. :           (ङ) टोल :             (च) फोन नं. :
(छ) मोवाईल नं.              (ज) ब्लक नं. :
(झ) सम्पर्क स्थान वा कार्यालय :
१२. पेशा :             १३. शैक्षिक योग्यता :             १४. नागरिकता नं. :
१५. नागरिकता लिएको जिल्ला :                  १६. पासपोर्ट नं.
१७. चालक अनुमति पत्र प्राप्त गरेको सवारी विवरण :
(क) (ख) (ग)
(घ) (ङ) (च)
(छ) (ज) (झ)
१८. दस्तखत र औठा छाप :
अनुमति पत्र पाउनेको दस्तखत : औठाको
छाप :
दायाँ                           बायाँ
फाँटवालाको दस्तखत :   चेक गर्नेको दस्तखत:   जारी गर्ने अधिकारीको दस्तखत:

 

अनुसूची–२१ चालक अनुमतिपत्र नवीकरणको लागि दिईने दरखास्त

(नियम २३ कोे उपनियम (१) सँग सम्बन्धित)

श्रीमान कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………….अञ्चल,
…………………………….।
मेरो नाममा यातायात व्यवस्था कार्यालय ……………………. बाट दिइएको चालक अनुमतिपत्र नं…………. मिति ………………… मा नवीकरण म्याद समाप्त भएकोले पुनः ५ वर्षको लागि नवीकरण गर्न यो दरखास्त साथ आवश्यक दस्तुर र निरोगीताको प्रमाणपत्र संलग्न
राखी पेश गरेको छु । नवीकरण गरी पाउँ ।
१. सवारी चालकको नाम –
चालक अनुमतिपत्र नं. –
चालक अनुमतिपत्र जारी गर्ने कार्यालय –
२. स्वीकृत चिकित्सकबाट हालै जाँच भएको निरोगीताको प्रमाणपत्र –
(अनुसूची–१८ नियम २० (२) फाराम भर्ने)
३. राजस्व दस्तुर रु……………रसिद नं. – भौचर
दरखास्तवालाको –
सही –
नामथर –
ठेगाना –

अनुसूची–२४ चालक अनुमतिपत्रको प्रतिलिपिको लागि दिइने दरखास्त

(नियम २४ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
…………………..अञ्चल,
………………………..।
मेरो नाममा यस कार्यालयबाट जारी भएको निम्न अनुसारको चालक अनुमतिपत्रको प्रतिलिपि पाउन लाग्ने दस्तुर र आवश्यक प्रमाण समेत यसै साथ संलग्न गरी दरखास्त दिएको छु । व्यहोरा बुझि चालक अनुमतिपत्रको प्रतिलिपि पाउँ ।
१. चालकको नाम थर –
२. वतन –
३. चालक अनुमतिपत्र नं. र मिति –
४. प्रतिलिपि लिनुपर्ने कारण –
५. प्रहरी–ट्राफिक कार्यालयको सिफारिस पत्रः– (क) कार्यालयको नाम –
(ख) पत्र संख्या –
(ग) मिति –
६. अन्य प्रमाण –
७. लेखिएको व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
दरखास्तवालाको
सही –
नाम थर –
मिति –
कार्यालय प्रयोजनको लागि
………………………………..                                        ………………………
प्रतिलिपि दिन सिफारिस गर्ने                                    प्रतिलिपि प्रमाणित गर्ने
फाँटवालाको सही                                                          अधिकारीको सही

अनुसूची–२५ परिचालक अनुमतिपत्रको लागि दिइने दरखास्त

(नियम २६ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट फोटो
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………….अञ्चल,
………………………………।
यातायात सेवामा काम गर्न परिचालक अनुमतिपत्र पाउनका लागि निम्न विवरण भरी आवश्यक दस्तुर र कागज पत्र सहित दरखास्त दिएको छु । परिचालक अनुमतिपत्र पाउँ ।
१. दरखास्तवालाको नाम थरः– (क) देवनागरिमा –
(ख) अंग्रेजीमा ठूलो अक्षरमा –
२. स्थायी ठेगानाः – (क) अञ्चल             (ख) जिल्ला
(ग) गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा.
(घ) वडा नं. (ङ) टोल              (च) फो. नं.                  (छ) अन्य
३. अस्थायी ठेगानाः– (क) अञ्चल                         (ख) जिल्ला
(ग) गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा.
(घ) वडा नं.                (ङ) टोल                      (च) फो. नं.                       (छ) अन्य
४. पेशा –
५. शैक्षिक योग्यता –
६. नागरिकता नं. –
७. दरखास्त दिंदाको उमेर –
८. हुलिया –
९. रगत समूह –
१०. लिङ्ग
११. पिता वा पतिको नाम थर र ठेगाना –
१२.. कुनै सवारीमा परिचालकको काम गरिरहेको भए सो को विवरण –
(क) सवारी नं……………………… (ख) यातायात सेवाको नामः–
१३. सवारी धनी–व्यवस्थापक वा चालकको सिफारिस छ छैन ? भए सो को प्रतिलिपि पेश
गर्ने –
१४. दरखास्त र परीक्षा दस्तुर रु…………………को रसिद वा भौचर नं…………………….
१५. अन्य –
१६. संलग्न कागजातहरूः
१) दस्तुर बुझाएको भौचर
२) हाल सालै खिचेको तीन प्रति पासपोर्ट साइजको फोटो
३) नागरिकताको प्रमाणित प्रतिलिपि
४) निरोगिताको प्रमाण पत्र
औठाको छाप
उपरोक्त सम्पूर्ण विवरण ठीक छ भनी सही गर्ने –
दरखास्तवालाको
सही –
मिति –
कार्यालय प्रयोजनको लागि

(क) अनुमतिपत्र नं. –
(ख) अनुमतिपत्र दिन सिफारिस गर्ने अधिकारीको सही –
(ग) अनुमतिपत्र दिने वा प्रमाणित गर्ने अधिकारीको सही –
३. असफल हुनेको लागि वा परीक्षामा सम्मिलित नहुनेको लागि गरिने व्यवस्थाको निर्णय –
परीक्षामा सामेल हुने प्रवेश पत्र
दरखास्तावालाको नाम थर – ठेगाना –
परीक्षा हुने स्थान –
परीक्षा हुने मिति –
………………………………………. ………………………………………..
सिफारिसकर्ता फाँटवालाको दस्तखत प्रवेश पत्र दिने अधिकारीको दस्तखत
(प्रवेशपत्र पछाडि लेखिने कुराहरू)
द्रष्टव्य–
(१) यो प्रवेश पत्र परीक्षामा सामेल हुनका लागि अनिवार्य रूपमा लिई आउनु पर्नेछ । प्रवेश पत्र नभएकालाई परीक्षामा सामेल गराइने छैन ।
(२) यो प्रवेशपत्रमा उल्लेखित फोटो वा दरखास्तवाला व्यक्ति बाहेक अरूले यो प्रवेश पत्रको प्रयोग गर्नु हुँदैन ।
(३) परीक्षामा सामेल हुन नसकेमा ३ दिन अगाडि जानकारी नदिएमा वा परीक्षामा तोकिएको मिति स्थान र समयमा उपस्थित नभएमा निजलाई पुनः परीक्षामा सामेल गराइने छैन र दरखास्त र परीक्षा दस्तुर समेत फिर्ता हुने छैन ।
(४) परीक्षामा कुनै किसिमको अनियमित कार्य गर्न पाइने छैन । त्यस्तो अनियमित कार्य गरेमा निजलाई परीक्षा भवन वा स्थानबाट निकालिने छ र निजको परीक्षा समेत रद्द गरिनेछ ।
(५) लिखित–मौखिक परीक्षाको मिति र समय कार्यालयको सूचना पाटीमा टाँस गरी तोकिए बमोजिम हुनेछ ।

अनुसूची–२६ परिचालक अनुमतिपत्रको लागि दरखास्त दिंदा संलग्न गर्नुपर्ने निरोगिताको प्रमाण–पत्र

(नियम २६ कोे उपनियम (२) सँग सम्बन्धित)

१. निवेदकको नाम थर –
२. निवेदकको ठेगाना –
३. उमेर –
४. रगत समूह –
५. हुलिया –
स्वास्थ परीक्षणको विवरण
६. निवेदकलाई निम्न लिखित रोग छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नुहोस्)
(क) छारे रोग –
(ख) पागलपन –
(ग) रिंगटा लाग्ने वा मुर्छा पर्ने रोग –
(घ) छाती वा हृदय सम्बन्धी रोग –
(ङ) कुनै किसिमको मानसिक रोग –
७. आँखाको शक्ति ठीक छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
(क) देख्ने शक्ति –
(ख) स्पष्ट देख्ने शक्ति कम भएमा चश्मा प्रयोग गर्दा स्पष्ट देख्न सक्छ वा सक्दैन –
(ग) विभिन्न रङहरू छुट्याउन सक्छ वा सक्दैन –
(घ) रतन्धो भएको÷नभएको –
(ङ) आँखा सम्बन्धी अन्य रोग केही छ छैन –
८. श्रवण शक्ति ठीक छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
९. शारीरिक स्वास्थ र अवस्था – …………………..
१०. अन्य –
मैले निवेदकको स्वास्थ परीक्षण गरें । माथि लेखिएको विवरण मेरो ज्ञान र विश्वासमा
ठीक छ–छैन निज सवारीमा काम गर्न परिचालक अनुमतिपत्र लिनका लागि योग्य देखिनु
हुन्छ/देखिनु हुन्न ।
चिकित्सकको –
सही –
नाम थर –
दर्जा –
रजिष्ट्रेशन नं. –
मिति –
(कार्यालय भए सोको छाप)

अनुसूची–२७ परिचालक अनुमति–पत्र दर्ता किताब

(नियम २७ सँग सम्बन्धित)

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
अञ्चल
…………………………..।
१. परिचालक अनुमतिपत्र नं. –
२. परिचालक जारी भएको मिति –
३. अनुमतिपत्र पाउनेको नाम थर –
४. उमेर –
५. स्थायी ठेगानाः– (क) अञ्चल                              (ख) जिल्ला
(ग) गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा.
(घ) वडा नं.                        (ङ) टोल                                (च) फो. नं.
(छ) सम्पर्क स्थान वा कार्यालय
६. अस्थायी ठेगानाः– (क) अञ्चल                                                    (ख) जिल्ला
(ग) गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा.
(घ) वडा नं.                                      (ङ) टोल                                                              (च) फो. नं.
(छ) सम्पर्क स्थान वा कार्यालय
७. पेशा –
८. शैक्षिक योग्यता –
९. रगत समूह –
१०. नागरिकताः नागरिकता लिएको जिल्ला –
नागरिकता नं. – पासपोर्ट नं.–
११. पिता वा पतिको नाम –
१२. कार्यरत रहेको भए यातायात सेवाको नाम वा गाडि नं. –
१३. अनुमतिपत्र सम्बन्धमा भएको दण्ड जरिवानाको विवरण –

अनुसूची–२८ परिचालक अनुमतिपत्र नवीकरणको लागि दिईने दरखास्त 

(नियम २८ कोे उपनियम (१) सँग सम्बन्धित)
टिकट

श्रीमान कार्यालय प्रमुखज्यू
यातायात व्यवस्था कार्यालय,
……………………….अञ्चल,
…………………………….।
मेरो नाममा यातायात व्यवस्था कार्यालय…………………..बाट दिइएको परिचालक अनुमतिपत्र नं……………को अवधि मिति………………मा समाप्त भएकोले पुनः ५ वर्षको लागि नवीकरण गर्न यो दरखास्त साथ आवश्यक दस्तुर र निरोगीताको प्रमाणपत्र संलग्न राखी पेश गरेको छु । नवीकरण गरी पाउँ ।
१. सवारी चालकको नाम –
चालक अनुमतिपत्र नं. –
चालक अनुमतिपत्र जारी गर्ने कार्यालय –
२. स्वीकृत चिकित्सकबाट हालै जाँच भएको निरोगिताको प्रमाणपत्र –
(अनुसूची २६ नियम २७ (२) फाराम भर्ने)
३. राजस्व दस्तुर रु……………..रसिद नं. – भौचर
दरखास्तवालाको
सही –
नाम थर –
ठेगाना –
मिति –

अनुसूची–३१ परिचालक अनुमतिपत्रको प्रतिलिपिको लागि दिइने दरखास्त

(नियम २९ कोे उपनियम (१) सँग सम्बन्धित)

टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………अञ्चल
……………………..।
मेरो नाममा यस कार्यालयबाट दिइएको निम्न अनुसारको परिचालक अनुमतिपत्रको प्रतिलिपि पाउनका लागि लाग्ने दस्तुर र आवश्यक प्रमाण समेत यसै साथ संलग्न गरी दरखास्त दिएको छु । व्यहोरा बुझि परिचालक अनुमतिपत्रको प्रतिलिपि पाउँ ।
१. परिचालकको नाम थर –
२. वतन –
३. परिचालक अनुमतिपत्र नं. –
४. परिचालक अनुमतिपत्र प्राप्त मिति –
५. प्रतिलिपि लिनुपर्ने कारण –
६. हराएको वा नासिएको भएमा सो को मिति र स्थान –
७. उक्त व्यहोरा प्रमाणित गर्ने आधार वा प्रमाण –
८. कुनै कार्यालयको सिफारिस भए सो को:– (क) नाम –
(ख) पत्र संख्या –
(ग) मिति –
९. अन्य –
१०. लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला |
दरखास्तवालाको
सही –
नाम थर –
मिति –
कार्यालय प्रयोजनको लागि
………………………………                                                      …………………….
प्रतिलिपि दिन सिफारिस गर्ने                                             प्रतिलिपि प्रमाणित गर्ने
फाँटवालाको सही                                                                   अधिकारीको सही

अनुसूची–३२ बाटो इजाजत पत्रको लागि दिइने दरखास्त

(नियम ३० कोे उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् कार्यालय प्रमुखज्यू
यातायात व्यवस्था कार्यालय
……………………अञ्चल
……………………….।
निम्न अनुसारको यातायात सेवाको सवारीलाई निम्न अनुसारको बाटो इजाजत पत्र पाउनका लागि लाग्ने दस्तुर र आवश्यक प्रमाण पत्रहरू राखी दरखास्त दिएको छु । नियमानुसार बाटोको इजाजतपत्र पाउँ ।
१. यातायात सेवाको विवरण –
(क) यातायात सेवाको नाम –
(ख) यातायात सेवा दर्ता मिति –
(ग) यातायात सेवाको नवीकरण अवधि –
(घ) यातायात सेवा दर्ता गर्ने कार्यालय –
(ङ) यातायात सेवा रहेको मुख्य कार्यालयको स्थान र फो. नं. –
(च) अन्य
२. सवारी धनीको विवरण –
(क) सवारी धनीको नाम थर –
(ख) ठेगाना –
(ग) सवारी व्यवस्थापकको नाम थर –
(घ) सवारी व्यवस्थापकको ठेगाना –
३. सवारीको विवरण –
(क) सवारी नं. –
(ख) दर्ता मिति –
(ग) सवारीको किसिम –
(घ) सवारीको इन्जिन नं. –
(ङ) सवारीको चेसिस नं. –
(च) सवारीको मोडेल नं. र निर्माता कम्पनी :–
(अ) मोडेल :–                                         (आ) निर्माता कम्पनी –
(छ) निर्माण भएको साल –
(ज) सवारीको वजन क्षमता –
(अ) कुल वजन – (आ) भारवाहन क्षमता –                                (ई) सिट क्षमता –
(झ) अन्य –
४. सवारीको बाटो इजाजत पत्र माग गरेको क्षेत्र वा बाटोको विवरण –
(क) (ख)
(ग) (घ)
(ङ) (च)
५. यस अघि कुनै कार्यालयबाट बाटो इजाजत पत्र प्राप्त गरेको भए सो को विवरण –
(क) पाएको बाटो –
(ख) इजाजत पत्र पाएको नं. र मिति –
(ग) बहाल अवधि –
(घ) इजाजत दिने कार्यालय –
(ङ) सहमति पत्र पाएको मिति –
६. जाँचपास सम्बन्धी विवरण –
(क) जाँचपास भएको मिति र अवधि – मिति – अवधि –
(ख) जाँचपास गरिदिने कार्यालय –
७. सवारी बीमा सम्बन्धी विवरण –
(क) सवारी बीमा :– (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(ख) यात्रु बीमा :– (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(ग) मजदुर बीमा :– (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(घ) तेस्रो पक्ष बीमा :– (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(ङ) यात्री गुण्टा बीमा :– (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
८. सवारीमा काम गर्ने कर्मचारीको विवरण –
(क) चालक :– (अ) नाम थर –
(आ) ठेगाना –
(इ) अनुमतिपत्र दिने कार्यालय र अनुमतिपत्र नं. –
(ख) परिचालक :– (अ) नाम थर –
(आ) ठेगाना –
(इ) अनुमतिपत्र दिने कार्यालय र अनुमतिपत्र नं. –
(ग) अन्य कर्मचारी :– (अ) नाम थर –
(आ) ठेगाना –
(इ) अनुमतिपत्र दिने कार्यालय र अनुमतिपत्र नं. –
९. यात्री बाहक सवारी भएमा टिकट काउन्टर रहने स्थान –
१०. सवारी नचलेको समयमा वा अवधिमा सवारी पार्कि· गर्ने स्थान –
११. अन्य विवरण –
(क)
(ख)
(ग)
(घ)
(ङ)
दरखास्तवालाको
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनको लागि
(१) उक्त सवारीले माग गरेको बाटोको इजाजत पत्र दिन सकिने – नसकिने विवरण
खुलाउने–
(क) बाटो इजाजत पत्र दिन नसकिने भए सो को कारण खुलाउने –
(अ)
(आ)
(इ)
(ख) बाटो इजाजत पत्र दिन सकिने भए कुन कुन बाटोको इजाजत पत्र दिने हो सो
खुलाउने –
(क) (ख)
(ग) (घ)
(ङ) (च)
२. बाटो इजाजत पत्र नं. –
३. बाटो इजाजत पत्रको दस्तुर रु. – भौचर – रसिद नं. –
४. संलग्न कागज पत्रहरू –
५. अन्य विवरण –
……………………………………………………..                                                   ……………………………………….
बाटो इजाजत दिन सिफारिस गर्ने फाँटवालाको सही                                     बाटो इजाजत दिने अधिकारीको सही