नेपाल राजपत्रमा प्रकाशित मिति
नेपाल राजपत्रमा प्रकाशित मिति -२०२८।८।१७
विवाह दर्ता ऐन, २०२८ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
नेपाल राजपत्रमा प्रकाशित मिति -२०२८।८।१७
विवाह दर्ता ऐन, २०२८ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ :
(१) यी नियमहरूको नाम “विवाह दर्ता नियमावली २०२८” रहेको छ ।
(२) यो नियमावली सम्वत् २०२८ साल पौष १ गते देखि प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा– “ऐन” भन्नाले विवाह दर्ता ऐन, २०२८ सम्झनु पर्छ ।
३. विवाहको दरखास्त :(१) ऐन बमोजिम दर्ताद्वारा विवाह गर्न चाहने पुरुष र स्त्रीले ऐनमा तोकिएको म्याद भित्र अनुसूची–१ को ढाँचामा संयुक्त रूपमा दरखास्त लेखी सही गरी विवाह अधिकारी समक्ष पेश गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि विवाह अधिकारीले अनुसूची २ मा तोकिएको ढाँचाको विवाह दरखास्त किताबमा सो दरखास्त दर्ता गरी राख्नु पर्छ ।
(३) उपनियम (२) बमोजिम दरखास्त दर्ता गरेपछि विवाह अधिकारीले सो प्रस्तावित विवाह प्रचलित नेपाल कानुन विपरीत हुने देखि विवाह गराउन इन्कार गरेमा कति कारणले प्रचलित नेपाल कानुनको विपरीत हुने हो इन्कार गर्नाको कारण खुलाई दरखास्त दर्ता भएको सात दिन भित्र दरखास्त गर्ने पक्षहरूलाई लिखित सूचना दिनु पर्छ ।
४. उद्घोषणपत्र : ऐनको दफा ८ बमोजिम विवाहका पक्षहरूले परस्पर पति र पत्नीको अरूपमा वरण र ग्रहण गरेको कुराको अनुसूची ३ मा तोकिएको ढाँचाको उद्घोषणपत्रमा सहिछाप गरी विवाह अधिकारीलाई दिनु पर्छ ।
५. विवाह दर्ता :नियम ४ बमोजिम उद्घोषणपत्रमा सही भए पछि विवाह अधिकारीले अनुसूची ४ मा तोकिएको ढाँचाको विवाह दर्ता किताबमा सो विवाह दर्ता गर्नु पर्छ ।
६. विवाहको प्रमाणपत्र : नियम ५ बमोजिम विवाह दर्ता भएपछि विवाह अधिकारीले विवाहका पक्षहरूलाई अनुसूची ५ मा तोकिएको ढाँचाको विवाहको प्रमाणपत्र दिनु पर्छ ।
७. अरू विवाह दर्ता गर्न दरखास्त :(१) ऐन बमोजिम कुनै दम्पत्तिले आफ्नो धर्म, जाति वा कुलको रीति थिति परम्परा वा चलन व्यवहार अनुसार भएको विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्न चाहेमा अुनसूची ६ मा तोकिएको ढाँचामा दरखास्त लेखी विवाह अधिकारी समक्ष पेश गर्नुपर्छ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि विवाह अधिकारीले सो दरखास्त अनुसूची ७ मा तोकिएको ढाँचाको विवाह दर्ता दरखास्त किताबमा दर्ता गरी राख्नु पर्छ ।
(३) उपनियम (२) बमोजिम दरखास्त दर्ता गरे पछि विवाह अधिकारीले निजहरूका बीच भएको विवाह वा वैवाहिक सम्बन्ध प्रचलित नेपाल कानुनको विपरीत भएको देखी दर्ता गर्न इन्कार गरेमा बाहेक अरू अवस्थामा अनुसूची ८ मा तोकिएको ढाँचाको विवाह दर्ता किताबमा सो विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्नुपर्छ ।
(४) उपनियम (३) बमोजिम दर्ता गरे पछि विवाह अधिकारीले सो दम्पत्तिलाई अनुसूची ९ मा तोकिएको ढाँचामा विवाहको प्रमाणपत्र दिनुपर्छ ।
८. सुरक्षित राख्ने : यो नियमावली बमोजिमको विवाह दरखास्त, दर्ता किताब, विवाह दर्ता किताब र सो सम्बन्धी सबै कागजातहरू सुरक्षित राख्नु विवाह अधिकारीको कर्तव्य हुनेछ ।
९. नक्कल दिने : विवाह दर्ता गर्ने वारेको दरखास्त, विवाह प्रमाणपत्र र सम्बन्धित अन्य कागजातको नक्कल कसैले लिन चाहेमा विवाह अधिकारीले देहायका कागजातको देहाय बमोजिम दस्तूर लिई रितपूर्वकको नक्कल सात दिन भित्र दिनु पर्नेछ ।
(१) विवाहको प्रमाणपत्रको पाँच रुपैयाँ ।
(२) प्रमाणपत्र बाहेक अन्य कागजातहरूको प्रत्येक प्रतिको एक रुपैया
अनुसूची–९
नियम ७(४) सँग सम्बन्धित)