Skip to contentSkip to left sidebar Skip to footer

विद्युत नियमावली, २०५०

नेपाल राजपत्रमा प्रकाशित मिति

नेपाल राजपत्रमा प्रकाशित मिति

२०५०।५।१

संशोधन

१. विद्युत (पहिलो संशोधन) नियमावली, २०६१ २०६४।५।३

२. विद्युत (दोस्रो संशोधन) नियमावली, २०६५ २०६५।७।४

३. विद्युत (तेस्रो संशोधन) नियमावली, २०६६ २०६६।३।२३

४.विद्युत (चौथो संशोधन) नियमावली, २०७३ २०७३।६।१०

 

विद्युत ऐन, २०४९ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

परिच्छेद –१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरुको नाम “विद्युत नियमावली २०५०” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले विद्युत ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “विद्युत विकास विभाग” भन्नाले ऐनको दफा ३६ बमोजिमको जलविद्युत विकास इकाईको काम गर्न उर्जा मन्त्रालय अन्तर्गत रहेको विद्युत विकास विभाग सम्झनु पर्छ ।

(ग) “सचिव” भन्नाले उर्जा मन्त्रालयको सचिव सम्झनु पर्छ ।

(घ) “सर्वेक्षण” भन्नाले विद्युत उत्पादन, प्रसारण तथा वितरणको लागि गरिने सर्वेक्षणको कार्य सम्झनु पर्छ र सो शब्दले सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य र त्यसको लागि गरिने अन्वेषणको कार्य समेतलाई जनाउँछ ।

(ङ) “विद्युतको उत्पादन, प्रसारण वा वितरण” भन्नाले विद्युतको उत्पादन, प्रसारण वा वितरणसँग सम्बन्धित संरचनाहरुको निर्माण, संचालन तथा मर्मत सम्भार सम्झनुपर्छ ।
(च) “वितरण क्षेत्र” भन्नाले विद्युत वितरणको अनुमति पत्रमा उल्लेख गरिएको क्षेत्र सम्झनु पर्छ ।
(छ) “वायरिङ्ग” भन्नाले ग्राहकको घर, कम्पाउण्ड, कारखाना वा यस्तै अन्य कुनै ठाउँमा विद्युत आपूर्तिको लागि गरिने विद्युत सामग्री जडानको कार्य सम्झनु पर्छ ।

(ज) “यूनिट” भन्नाले एकहजार वाटको विद्युत शक्ति एक घण्टासम्म संचालन हुँदा खपत हुने विद्युत उर्जा सम्झनु पर्छ ।
(झ) “उर्जामापक यन्त्र” भन्नाले विद्युतको खपत भएको यूनिट देखाउने यन्त्र ( मिटर) सम्झनु पर्छ ।
(ञ) “भूयोजन (अर्थिङ्ग)” भन्नाले विद्युत शक्तिबाट हुने खतरालाई हटाउन निश्चित गहिराईमा तार लगी जमिनसँग जोड्ने कार्य सम्झनु पर्छ ।
(ट) “प्रतिष्ठान” भन्नाले विद्युतको उत्पादन, प्रसारण, रुपान्तर वा वितरण गर्ने उपकरण, सामग्री तथा प्रणालीको समष्टिगत रुपलाई जनाउनेछ ।
(ठ) “महानिर्देशक” भन्नाले विद्युत विकास विभागको महानिर्देशक सम्झनु पर्छ ।

परिच्छेद –२ अनुमतिपत्र सम्बन्धी व्यवस्था

३. जानकारी दिनु पर्ने ः ऐनको दफा ३ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम १०० देखि १००० किलोवाट सम्मको जलविद्युत सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको अनुसूची–१ बमोजिमको ढाँचामा देहायका विवरणहरु खुलाई महानिर्देशकलाई जानकारी दिनु पर्नेछ ः–

(क) परियोजनाको विस्तृत विवरण,

(ख) परियोजना स्थलको नक्शा (मुख्य मुख्य संरचना समेत देखिने),
(ग) पानीको स्रोत र उपयोग हुने पानीको परिमाण,
(घ) विद्युत वितरण गरिने क्षेत्र तथा यसबाट लाभान्वित हुने ग्राहक संख्या,
(ङ) उपयोग गरिने जलस्रोतको अन्य कसैले कुनै किसिमबाट उपयोग गरे नगरेको, गरेको भए सो को विवरण,
(च) अन्य आवश्यक कुराहरु ।

४. विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युत उत्पादनको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–२ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत उत्पादन परियोजनासँंग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–

(क) परियोजना स्थलको नक्शा (जसमा प्रस्तावित विद्युत गृह, बाँध, जलाशय, नहर, सरुङ्ग, सव–स्टेशन, प्रसारण लाइन, वितरण क्षेत्र आदिको प्रारम्भिक नक्शा र परियोजना क्षेत्र भित्रका गाउँ, शहर, ऐतिहासिक स्थान, बाटो इत्यादी समेत स्पष्ट रुपमा देखाउनु पर्छ),
(ख) सर्वेक्षण गरिने जलस्रोतको क्षेत्र र उपयोग हुने पानीको परिमाण,
(ग) परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत र कुल अवधि (सर्वेक्षण र निर्माण समेतको लागि),
(घ) परियोजनाको कुल जडान क्षमता र वार्षिक उत्पादनको अनुमान,
(ङ) जल बाहेक अन्य साधनबाट विद्युत उत्पादन गर्ने भए प्रयोग गरिने इन्धनको किसिम र त्यसको आपूर्ति गर्ने तरिका,
(च) अन्य आवश्यक कुराहरु ।

५. विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युत प्रसारणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–३ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत प्रसारण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–

(क) विद्युत प्रसारण लाइनको प्रारम्भिक रुट–नक्शा (प्रस्तावित मुख्य प्रसारण वैकल्पिक लाइन समेत देखिने),
(ख) प्रसारण लाइनको कुल लम्बाई, उद्देश्य र आवश्यकता,
(ग) प्रसारणको लागि प्रयोग गरिने भोल्टेजको स्तर र क्षमता,
(घ) एकमुष्ट प्रसारण गरी आपूर्ति गर्ने भएमा विद्युतको अधिकतम लोड तथा ग्राहकको किसिम,
(ङ) प्रसारण लाइन सम्पन्न गर्न लाग्ने अनुमानित लागत र कुल अवधि (सर्वेक्षण र निर्माण समेत),
(च) अन्य आवश्यक कुराहरु ।

६. विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युत वितरणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–४ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत वितरण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–
(क) वितरण क्षेत्रको नक्शा (जसमा त्यस क्षेत्रको भौगोलिक विवरण, विद्यमान वितरण प्रणाली र गर्न खोजिएको वितरण प्रणालीको प्रारम्भिक नक्शा समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),
(ख) वितरण प्रणालीको उद्देश्य र आवश्यकता,
(ग) वितरण प्रणालीबाट लाभान्वित हुने उपभोक्ताहरुको संख्या र किसिम,
(घ) विद्युत खरिद वा प्राप्त गर्ने विन्दु र बिक्री वितरण सम्बन्धी अन्य विवरण,
(ङ) वितरण लाइन निर्माण गर्न लाग्ने अनुमानित लागत र कुल अवधि (सर्वेक्षण र निर्माण समेत),
(च) अन्य आवश्यक कुराहरु ।

७. दरखास्त उपर जाँचबुझ ः (१) नियम ४, ५ वा ६ बमोजिम पर्न आएको दरखास्त उपर ऐन र यस नियमावली बमोजिम दरखास्तवालाले पेश गर्नु पर्ने आवश्यक कागजात, विवरण वा प्रतिवेदन पेश गरे नगरेको सम्बन्धमा महानिर्देशकले आवश्यक जाँचबुझ गर्ने गराउने छ ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा दरखास्तवालाले दरखास्त साथ पेश गर्नु पर्ने कुनै कागजात, विवरण वा प्रतिवेदन पेश गरेको रहेनछ भने त्यस्तो कागजात, विवरण वा प्रतिवेदन पेश गर्न सम्बन्धित दरखास्तवालालाई मुनासिव माफिकको म्याद तोकी
दरखास्त परेको मितिले १५ दिनभित्र सूचना दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै कागजात विवरण वा प्रतिवेदन पेश गर्न विद्युत विकास विभागले म्याद तोकी सूचना दिएकोमा जुन मितिमा त्यस्तो कागजात प्राप्त हुन आउँछ सोही मितिलाई नै ऐनको दफा ४ को उपदफा (२) को प्रयोजनको लागि दरखास्त परेको मिति मानिनेछ ।

८. सर्वेक्षण अनुमतिपत्र दिने ः (१) नियम ४, ५ वा ६ बमोजिम परेका दरखास्तमध्ये देहायका परियोजना सम्बन्धी दरखास्तको हकमा महानिर्देशकले नियम ७ बमोजिम आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिन मनासिब देखेमा दरखास्तवालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेछ ः–
(क) जलाशययुक्त वा बहुउद्देश्यीय बाहेकका एक सय मेगावटसम्मका जलविद्युत उत्पादन,
(ख) सौर्य शक्ति, वायु शक्ति, बायोमास र फोहोरबाट गरिने विद्युत उत्पादन,
(ग) विद्युत प्रसारण,

(घ) विद्युत वितरण ।

(२) नियम ४ बमोजिम परेका दरखास्तमध्ये उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लिखित परियोजना सम्बन्धी दरखास्त बाहेक अन्य दरखास्तको हकमा महानिर्देकशले नियम ७ बमोजिम जाँचबुझ गरी सिफारिस सहित सचिव समक्ष पेश गर्नु पर्नेछ ।

(३) सचिवले उपनियम (२) बमोजिम पेश भएका परियोजना सम्बन्धमा विद्युतको सर्वेक्षण अनमतिपत्र दिन मनासिब देखेमा दरखास्तवालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी अनुमतिपत्र दिनु पर्नेछ ।

(४) उपनियम (१) र (३) बमोजिम दिइने विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षण अनुमतिपत्रको ढाँचा क्रमशः

अनुसूची–५(क), अनुसूची–५(ख) र अनुसूची–५(ग) बमोजिम हुनेछ ।

९. एकै पटक सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न सकिने ः एउटै परियोजनासंँग सम्बन्धित विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षण गर्न चाहने कुनै व्यक्ति वा सङ्गठित संस्थाले नियम ४, ५ वा ६ बमोजिमका सबै विवरणहरु खुलाई एकै पटक दरखास्त दिएमा विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षणका लागि नियम ८ बमोजिम एकै पटक अनुमतिपत्र दिन सकिनेछ ।

१०. सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्ने ः नियम ८ वा ९ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको सर्वेक्षणको काम सकेको तीस दिनभित्र तीन प्रति प्रतिवेदन विद्युत विकास विभाग समक्ष पेश गर्नुपर्नेछ ।

११. दोहरो पर्ने गरी सर्वेक्षण अनुमतिपत्र नदिइने ः नियम ८ वा ९ बमोजिम दिइएको सर्वेक्षण अनुमतिपत्रमा उल्लेखित अवधिभर सोही क्षेत्रमा सोही कामको सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा सङ्गठित संस्थालाई दोहरो पर्ने गरी अनुमतिपत्र प्रदान गरिने छैन ।

१२. विद्युत उत्पादनको अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युत उत्पादन गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–६ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत उत्पादन परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–

(क) परियोजनाको विस्तृत विवरण (जसमा परियोजना स्थलको नक्शा, उत्पादन गरिने विद्युतको स्रोत, परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित समय, लागत, परियोजनाको सहभागीहरुको नाम र तिनीहरुको संलग्नताको किसिम, परियोजनामा अन्तिम स्वामित्व रहने व्यक्ति वा सङ्गठित संस्था तथा त्यस्तो संस्थाका संचालकहरुको नाम, थर र वतन समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),

(ख) विद्युत उत्पादन गर्न खनिज इन्धनको प्रयोग गर्ने भए प्रयोग गरिने इन्धनको किसिम, त्यसको आपूर्ति गर्ने तरिका र सञ्चय प्रणाली तथा सो सम्बन्धी सम्झौता वा आशय पत्र तथा तत्सम्बन्धी अन्य कुनै कागजपत्र भए सो समेत पेश गर्नुपर्नेछ ।
(ग) सम्भाव्यताको विश्लेषण (परियोजनाको विस्तृत नक्शा सहितको प्राविधिक विवरण तथा आर्थिक विश्लेषण, ग्राहक तथा उपभोक्ताहरुको विवरण, बिक्री हुन सक्ने विद्युतको अनुमानित परिमाण, विद्युत आपूर्तिमा प्रयोग गरिने अन्य व्यक्ति वा सङ्गठित संस्थाहरुको स्वामित्वमा रहेको प्रसारण तथा वितरण प्रणाली भए सो को विवरण),

(घ) वित्तिय व्यवस्था (परियोजनाको अनुमानित वित्तिय व्यवस्था परियोजनाका लगानीकर्ताहरुको आर्थिक हैसियत, परियोजनामा प्रत्यक्ष रुपले सहभागी हुने वित्तिय संस्थाहरुको प्रतिवद्धता र लगानीकर्ताहरुको दायित्व तथा शेयर–पुँजी र ऋणको प्रतिशत),
(ङ) घरजग्गाको उपयोग वा प्राप्ति (परियोजनाको लागि स्थायी वा अस्थायी तबरबाट उपयोग वा प्राप्तिको लागि चाहिने आवश्यक सरकारी वा गैर सरकारी जग्गाको कुल क्षेत्रफल र जग्गाधनीहरुको लगत),

(च) वातावरणीय प्रभाव विश्लेषण (परियोजनाले वातावरणमा पार्ने उल्लेखनीय प्रतिकूल असरलाई न्यूनतम गर्न अपनाइने उपायहरु, परियोजनाले त्यस क्षेत्रमा पार्न सक्ने सामाजिक तथा आर्थिक प्रभावको अतिरिक्त विद्यमान स्थानीय श्रम तथा स्रोत र साधनको उपयोग, परियोजना पूरा भएपछि त्यस क्षेत्रका व्यक्तिहरुले पाउने लाभ, निर्माण तथा संचालन सम्भार सम्बन्धमा स्थानीय जनतालाई दिइने तालिम, निर्माण शिविरको लागि आवश्यक पर्ने सुविधाहरु, सुरक्षात्मक व्यवस्थाहरु तथा परियोजना सञ्चालनबाट सम्बन्धित
जग्गा धनीहरुलाई पर्न सक्ने असर, विस्थापित हुने जनसंख्याको लगत र तिनीहरुको पुनर्वासको लागि अपनाइने आवश्यक व्यवस्था समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),

(छ) विद्युत शक्ति खरिद बिक्री सम्बन्धी विवरण (परियोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री सम्बन्धी सम्झौता वा आशय पत्र तथा तत्सम्बन्धी अन्य कुनै कागजपत्र भए सो समेत संलग्न गर्नु पर्छ),

(ज) परियोजनाबाट उत्पादित विद्युत प्रसारण गर्ने व्यवस्था सम्बन्धी विवरण, (झ) इन्धन आपूर्ति, ढुवानी तथा सञ्चय सम्बन्धी विवरण (परियोजनाको लागि आवश्यक पर्ने विद्युत तथा अन्य इन्धनको आपूर्ति, ढुवानी वा सञ्चयको सम्बन्धमा भएको सम्झौता वा आशय पत्र तथा तत्सम्बन्धी अन्य कुनै कागजपत्र भए सो समेत संलग्न गर्नु पर्नेछ),

(ञ) अन्य आवश्यक कुराहरु ।

१३. विद्युत प्रसारणको अनुमतिपत्रको लागि दरखास्त दिने ः विद्युतको प्रसारण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–७ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत प्रसारण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–

(क) परियोजनाको विस्तृत विवरण (जसमा प्रसारण गरिने विद्युतको स्रोत, परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित समय र लागत, परियोजनाको सहभागीहरुको नाम र तिनीहको संलग्नताको किसिम, परियोजनामा अन्तिम स्वामित्व रहने व्यक्ति वा सङ्गठित संस्था तथा त्यस्तो संस्थाका संचालकहरुको नाम, थर र वतन समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),

(ख) प्रसारण लाइन र प्रसारणको लागि आवश्यक पर्ने सव–स्टेशनहरु समेत भएको रुट–नक्शा, आवश्यक पर्ने राईट–अफ–वे र सिङ्गल लाइन डायग्राम,

(ग) प्रसारण भोल्टेजको स्तर, प्रसारण क्षमता, निर्माणको गुणस्तर, तारको साईज र आपसका दूरी, लट्ठा तथा इन्सूलेटरको किसिम र निर्माण सम्बन्धी विस्तृत नक्शा,

(घ) सम्भाव्यताको विश्लेषण (परियोजनाको प्राविधिक विवरण तथा आर्थिक विश्लेषण, एकमुष्ट प्रसारण गरी आपूर्ति गर्ने भएमा ग्राहक तथा उपभोक्ताहरुको विवरण, बिक्री हुन सक्ने विद्युतको अनुमानित परिमाण एवं विद्युत आपूर्तिमा प्रयोग गरिने अन्य व्यक्ति वा सङ्गठित संस्थाहरुको स्वामित्वमा रहेको प्रसारण तथा वितरण प्रणाली भए सो को विवरण),

(ङ) वित्तिय व्यवस्था (परियोजनाको अनुमानित वित्तिय व्यवस्था परियोजनाका लगानीकर्ताहरुको आर्थिक हैसियत, परियोजनामा प्रत्यक्ष रुपले सहभागी हुने वित्तिय संस्थाहरुको प्रतिवद्धता र लगानीकर्ताहरुको दायित्व तथा शेयर–पुँजी र ऋणको प्रतिशत),
(च) घरजग्गाको उपयोग वा प्राप्ति (परियोजनाको लागि स्थायी वा अस्थायी तवरबाट उपयोग वा प्राप्तिको लागि चाहिने आवश्यक सरकारी वा गैर सरकारी जग्गाको कूल क्षेत्रफल र जग्गा धनीहरुको लगत),

(छ) वातावरणीय प्रभाव विश्लेषण (परियोजनाले वातावरणमा पार्ने उल्लेखनीय प्रतिकूल असरलाई न्यूनतम गर्न अपनाइने उपायहरु, परियोजनाले त्यस क्षेत्रमा पार्न सक्ने सामाजिक तथा आर्थिक प्रभावको अतिरिक्त विद्यमान स्थानीय श्रम तथा स्रोत र साधनको उपयोग, परियोजना पूरा भएपछि त्यस क्षेत्रका व्यक्तिहरुले पाउने लाभ, निर्माण तथा संचालन सम्भार सम्बन्धमा स्थानीय जनतालाई दिइने तालिम, निर्माण शिविरको लागि आवश्यक पर्ने सुविधाहरु, सुरक्षात्मक व्यवस्थाहरु तथा परियोजना संचालनबाट सम्बन्धित जग्गा
धनीहरुलाई पर्न सक्ने असर, विस्थापित हुने जनसंख्याको लगत र तिनीहरुको पुनर्वासको लागि अपनाइने आवश्यक व्यवस्था समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),
(ज) विद्युत शक्ति खरिद बिक्री सम्बन्धी विवरण (परियोजनाबाट प्रसारण हुने विद्युत शक्ति खरिद बिक्री सम्बन्धी सम्झौता वा आशय पत्र तथा तत्सम्बन्धी अन्य कुनै कागजपत्र भए सो समेत संलग्न गर्नु पर्छ),
(झ) प्रसारण लाइनको डेढ किलोमिटर क्षेत्रभित्रका विद्युत सम्बन्धी अन्य संरचनाहरु देखिने नक्शा,
(ञ) अन्य आवश्यक कुराहरु ।

१४. विद्युत वितरणको अनुमतिपत्रको लागि दरखास्त दिने ः

विद्युत वितरण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–८ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत वितरण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देक समक्ष दिनु पर्नेछः–
(क) परियोजनाको विस्तृत विवरण (जसमा वितरण गरिने विद्युतको स्रोत, परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित समय, लागत, परियोजनाका सहभागीहरुको नाम र तिनीहरुको संलग्नताको किसिम, परियोजनामा अन्तिम स्वामित्व रहने व्यक्ति वा सङ्गठित संस्था तथा त्यस्तो संस्थाका संचालकहरुको नाम, थर वतन समेत स्पष्ट रुपमा खुलाउन पर्छ ।

(ख) सम्भाव्यताको विश्लेषण, (परियोजनाको प्राविधिक विवरण तथा आर्थिक विश्लेषण, बिक्री हुन सक्ने विद्युतको अनुमानित परिमाण, विद्युत आपूर्तिमा प्रयोग गरिने अन्य व्यक्ति वा सङ्गठित संस्थाहरुको स्वामित्वमा रहेको प्रसारण तथा वितरण प्रणाली भए सो को विवरण),

(ग) वित्तिय व्यवस्था (परियोजनाको अनुमानित वित्तिय व्यवस्था, परियोजनाका लगानीकर्ताहरुको आर्थिक हैसियत, परियोजनामा प्रत्यक्ष रुपले सहभागी हुने वित्तिय संस्थाहरुको प्रतिवद्धता र लगानीकर्ताहरुको दायित्व तथा शेयर–पुँजी र ऋणको प्रतिशत),
(घ) वितरण क्षेत्रको नक्शा (त्यस क्षेत्रको भौगोलिक विवरण, विद्यमान वितरण प्रणाली, नयाँ निर्माण गर्नु पर्ने वितरण प्रणाली),
(ङ) वितरण भोल्टेजको स्तर तथा निर्माणको गुणस्तर,
(च) सेवा पु¥याइने ग्राहकहरुको संख्या र किसिम,
(छ) विद्युत शक्ति खरिद बिक्री सम्बन्धी विवरण (वितरण हुने विद्युत शक्ति खरिद बिक्री सम्बन्धी सम्झौता वा आशय पत्र तथा तत्सम्बन्धी अन्य कुनै कागजपत्र भए सो समेत संलग्न गर्नु पर्छ),

(च) अन्य आवश्यक कुराहरु । १५. दरखास्त उपर जाँचबुझ ः (१) नियम १२, १३ वा १४ बमोजिम विद्युत उत्पादन, प्रसारण वा
वितरण गर्न अनुमतिपत्रको लागि पर्न आएको दरखास्त उपर ऐन र यस नियमावली बमोजिम पेश गर्नुपर्ने आवश्यक कागजात, विवरण वा प्रतिवेदन पेश गरे नगरेको सम्बन्धमा महानिर्देशकले आवश्यक जाँचबुझ गर्ने गराउने छ ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा दरखास्तवालाले दरखास्त साथ पेश गर्नुपर्ने कुनै कागजात विवरण वा प्रतिवेदन पेश गरेको रहेनछ भने त्यस्तो कागजात, विवरण वा प्रतिवेदन पेश गर्न सम्बन्धित दरखास्तवालालाई मुनासिब माफिकको म्याद तोकी दरखास्त
दर्ता भएको मितिले ४५ दिनभित्र सो कुराको सूचना दिनु पर्छ ।

(३) उपनियम (२) बमोजिम कुनै कागजात विवरण वा प्रतिवेदन पेश गर्न विद्युत विकास विभागले म्याद तोकी सूचना दिएकोमा जुन मितिमा त्यस्तो कागजात प्राप्त हुन आउँछ सोही मितिलाई नै ऐनको दफा ४ को उपदफा (२) को प्रयोजनको लागि दरखास्त परेको मिति मानिनेछ ।

१६. सार्वजनिक सूचना प्रकाशित गर्नु पर्ने ः

(१) नियम १२, १३ वा १४ बमोजिम विद्युत उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्रको लागि पर्न आएको दरखास्त उपर नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी तत्सम्बन्धी आवश्यक विवरणहरु खुलाई विद्युत विकास विभागले सार्वजनिक जानकारीको लागि सूचना प्रकाशित गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशित भएपछि प्रस्तावित विद्युत परियोजनाको निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा तत्सम्बन्धी विवरणहरु खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्युत विकास विभाग समक्ष जोसुकैले
पनि प्रतिक्रिया दिन सक्नेछन् ।
(३) उपनियम (२) बमोजिम कुनै प्रतिक्रिया प्राप्त हुन आएमा त्यस्तो प्रतिक्रिया समेतलाई विचार गरी सम्बन्धित दरखास्तवालाले पालन गर्नुपर्ने शर्तहरु अनुमतिपत्रमा उल्लेख गरिनेछ ।

१७. अनुमतिपत्र दिने ः (१) नियम १२, १३ वा १४ बमोजिम विद्युतको उत्पादन, प्रसारण वा वितरणको अनुमतिको लागि परेका दरखास्तमध्ये देहायका परियोजना सम्बन्धी दरखास्तको हकमा महानिर्देशकले नियम १५ र १६ बमोजिम जाँचबुझ समेत गर्दा अनुमतिपत्र दिन
मनासिब देखेमा दरखास्तवालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी विद्युत उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्र दिनु पर्नेछ ः–
(क) जलाशययुक्त वा बहुउद्देश्यीय बाहेकका एक सय मेगावाट सम्मका जलविद्युत उत्पादन,
(ख) सौर्य शक्ति, वायु शक्ति, बायोमास र फोहोरबाट गरिने विद्युत उत्पादन,
(ग) विद्युत प्रसारण,
(घ) विद्युत वितरण ।

(२) नियम १२ बमोजिम परेका दरखास्तमध्ये उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लिखित परयोजना सम्बन्धी दरखास्त बाहेक अन्य दरखास्तको हकमा महानिर्देशकले नियम

१५ र १६ बमोजिम जाँचबुझ समेत गरी सिफारिस सहित सचिव समक्ष पेश गर्नु पर्नेछ ।

(३) सचिवले उपनियम (२) बमोजिम पेश भएका परियोजना सम्बन्धमा विद्युतको उत्पादनको अनुमति दिन मनासिब देखेमा दरखास्तवालाको माग अनुसार वा आवश्यक भए संशोधन समेत गरी अनुमतिपत्र दिनु पर्नेछ ।

(४) उपनियम (१) र (३) बमोजिम दिइने विद्युतको उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्रको ढाँचा क्रमशः अनुसूची–९(क), अनुसूची–९(ख) र अनुसूची–९(ग) बमोजिम हुनेछ ।

१८. एकै पटक विद्युतको उत्पादन, प्रसारण तथा वितरण अनुमतिपत्र दिन सकिने ः एउटै परियोजनासँग सम्बन्धित विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्न चाहने कुनै व्यक्ति वा सङ्गठित संस्थाले नियम १२, १३ र १४ बमोजिमका सबै विवरणहरु खुलाई एकै पटक दरखास्त दिएमा विद्युतको उत्पादन, प्रसारण वा वितरणको लागि नियम १७ बमोजिम एकै पटक अनुमतिपत्र दिन सकिनेछ ।

१९. सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्र प्रदान गरिने ः विद्युत उत्पादन, प्रसारण वा वितरण मध्ये कुनै एक वा सबै कामको सर्वेक्षण गर्न नियम ८ वा ९ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको सर्वेक्षण बमोजिमको विद्युत उत्पादन, प्रसारण वा वितरण सम्बन्धी निर्माण, संचालन तथा सम्भार कार्यको लागि पनि सर्वेक्षण अनुमतिपत्रको म्यादभित्रै नियम १२, १३ र १४ बमोजिमका विवरणहरु खुलाई दरखास्त दिएमा यस नियमावलीको अन्य व्यवस्थाहरुको अधीनमा रही दरखास्तवालालाई त्यस्तो अनुमतिपत्र दिइनेछ ।

२०. जलस्रोत माथि अधिकार कायम हुने ः यस नियमावली बमोजिम जलविद्युत उत्पादनको अनुमतिपत्र प्राप्त व्यक्तिलाई अनुमतिपत्रमा उल्लेख भए बमोजिमको कामको लागि सोही अनुमतिपत्रमा तोकिएको स्थान र परिमाणसम्मको जलस्रोतको उपयोग गर्ने अधिकार प्राप्त
हुनेछ ।

२१. कार्य शुरु गर्नु पर्ने अवधि ः

(१) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लेखित कार्य अनुमतिपत्र प्राप्त गरेको मितिले सर्वेक्षणको हकमा तीन महिना भित्र र उत्पादन, प्रसारण वा वितरणको हकमा एक वर्ष भित्र भौतिक रुपमा कार्य शुरु गरी सो को जानकारी विद्युत विकास विभागलाई दिनु पर्नेछ । तर म्याद भित्र कार्य शुरु गर्न नसकेको कारण खोली अनुमतिपत्र प्राप्त व्यक्तिले निवेदन दिएमा त्यस्तो कारण, उचित र यथेष्ट देखेमा म्याद थप गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको कार्य शुरु भएपछि सो कार्य सम्पन्न नभएसम्म प्रत्येक ६ महिनामा भएको कामको प्रगति विवरण विद्युत विकास विभागलाई दिनु पर्नेछ ।

२२. नयाँ अनुमतिपत्र लिनु पर्ने ः (१) ऐन प्रारम्भ हुनु अगावै विद्युतको उत्पादन, प्रसारण वा वितरण गरिरहेको व्यक्ति वा सङ्गठित संस्थाले पनि नियम १२, १३ वा १४ मा उल्लेखित

विवरणहरु खुलाई ऐनको दफा ४ को उपदफा (३) बमोजिम महानिर्देशक समक्ष अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको दरखास्त उपर महानिर्देशकले आवश्यक जाँचबुझ गरी गराई दरखास्तवालालाई अनुसूची–१० बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।

२३. विद्युत आयातको स्वीकृतिः

(१) यस नियमावली बमोजिम विद्युतको उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल …………भित्र विद्युत आयात गर्न चाहेमा तत्सम्बन्धमा भएको सम्झौताको विवरण संलग्न गरी नेपाल सरकारको पूर्व स्वीकृतिको लागि विद्युत विकास विभागमा दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइने दरखास्तमा विद्युत आयात गर्ने मुलुकको नाम, आयात गरिने विद्युतको भोल्टेजको स्तर, परिमाण, वितरण वा प्रसारण गर्ने क्षेत्र, विद्युत आयात गर्ने अवधि तथा अन्य आवश्यक कुराहरु खुलाउनु पर्छ ।

(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त उपर नेपाल सरकारले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम वा आवश्यक भए संशोधन समेत गरी दरखास्तवालालाई विद्युत आयात गर्न स्वीकृति दिन सक्नेछ ।

२४. अनुमतिपत्र दस्तुरः (१) यस नियमावली बमोजिम सर्वेक्षण अनुमतिपत्रका लागि दरखास्त दिँदा अनुसूची –११ मा तोकिएको दस्तुर बराबरको रकम विद्युत विकास विभागका नाममा रहेको धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।

(२) विद्युत उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्रका लागि दरखास्त दिँदा अनुसूची– ११ मा तोकिएको दस्तुर विद्युत विकास विभागमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त दिएका व्यक्ति वा सङ्गठित संस्थाले ऐनको दफा ४ को उपदफा (२) बमोजिम सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेमा निजले राखेको धरौटी रकम अनुमतिपत्र दस्तुर बापत विद्युत विकास विभागले नेपाल सरकारको राजस्व खातामा दाखिला गर्नु
पर्नेछ । तर अनुमतिपत्र दिन नसकिने भएमा त्यस्तो धरौटी रकम निजलाई फिर्ता दिनु पर्नेछ ।

(४) ऐनको दफा ४ को उपदफा (२) बमोजिम सर्वेक्षण अनुमतिपत्र दिने निर्णय भएकोमा सोको जानकारी पाएको मितिले तीन महिनाभित्र दरखास्तवाला अनुमतिपत्र लिन नआएमा उपनियम (१) बमोजिम राखेको धरौटी रकम नेपाल सरकारको राजस्व खातामा दाखिला गर्नु
पर्नेछ ।

तर यो नियम नेपाल राजपत्रमा प्रकाशन भएको मितिसम्म जम्मा भएको धरौटी रकम यो नियम नेपाल राजपत्रमा प्रकाशन भएको मितिले पैंतीस दिनभित्र अनुमतिपत्र प्राप्त व्यक्ति वा सङ्गठितसंस्थाले अनुमतिपत्र नलिएमा निजले राखेको धरौटी रकम नेपाल सरकारको राजस्व
खातामा दाखिला गर्नु पर्नेछ ।

२५. अनुमतिपत्र नविकरण गर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्रमा उल्लेखित अवधि समाप्त हुनु एक वर्ष अगावै अनुमतिपत्रको नविकरण गर्नु पर्नेछ ।

(२) ऐनको दफा ५ को उपदफा (३) बमोजिम अनुमतिपत्र नविकरण गराउँदा अनुसूची–११ मा तोकिएको ………….दस्तुर लाग्नेछ ।

२६. रोयल्टीको प्रयोजनको लागि युनिट (किलोवाट घण्टा) को गणनाः ऐनको दफा ११ बमोजिम रोयल्टीको प्रयोजनको लागि युनिट (किलोवाट घण्टा) गणना गर्दा विद्युत गृहबाट उत्पादित कुल विद्युत मध्ये सोही विद्युत गृह संचालनको लागि प्रयोग हुने विद्युतको परिमाण कट्टा गरी बाँकी हुन आउने विद्युतको परिमाणको गणना गरिनेछ ।

२७. निर्यात कर ः ऐनको दफा २२ को उपदफा (३) बमोजिम विद्युत निर्यात गरेवापत तिर्नुपर्ने निर्यात कर सोही दफाको उपदफा (२) बमोजिम नेपाल सरकारसँग भएको सम्झौतामा निर्धारण गरे बमोजिम हुनेछ ।

परिच्छेद –३ विद्युतको वितरक तथा ग्राहकहरुले पालन गर्नु पर्ने कुराहरु

२८. विद्युत लाइन जडान गर्न दरखास्त दिनु पर्ने ः

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले वितरण गर्ने विद्युत शक्तिको उपभोग गर्न चाहने व्यक्तिले निजको कार्यालयमा निजले तोकेको ढाँचामा
दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा अनुमतिपत्र प्राप्त व्यक्तिले दरखास्तवालाको वायरिङ्ग जाँच गराउन लगाई प्राविधिक तथा सुरक्षात्मक दृष्टिकोणले ठिक देखिएमा विद्युत लाइन उपलब्ध गराउने आवश्यक प्रबन्ध मिलाउनु पर्छ र वायरिङ्ग ठिक नदेखिएमा सो सुधार गर्न सूचना दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम जाँच भएपछि विद्युत लाइन उपलब्ध गराउने विषयमा अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहकको बीचमा विवाद उठ्न गएमा सम्बन्धित पक्षले प्रमुख विद्युत निरीक्षक समक्ष निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदन उपर निरीक्षकले जाँचबुझ गरी आवश्यक आदेश दिनेछ र त्यस्तो आदेशको पालन गर्नु अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक दुबैको कर्तव्य हुनेछ ।

(४) दरखास्तवालालाई विद्युत लाइन प्रदान गर्ने सूुचना दिनुभन्दा अगावै अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहक हुन इच्छुक व्यक्तिसँग विद्युत लाइन लैजाने तथा उर्जा मापक यन्त्र राख्ने सम्बन्धमा छलफल गरी उपयुक्त ठाउँको निर्धारण गर्नु पर्नेछ ।

(५) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई विद्युत लाइन जडान गरी दिँदा र आफनो तर्फबाट सामान जडान गर्दा लाग्ने खर्च समेत खुलाइएको लगत इष्टिमेटको प्रति ग्राहक हुन इच्छुक व्यक्तिलाई दिनु पर्नेछ ।

(६) ग्राहक हुन इच्छुक व्यक्तिले उपनियम (५) बमोजिम प्राप्त भएको लगत इष्टिमेटको साथमा लाग्ने रकम अनुमतिपत्र प्राप्त व्यक्तिको कार्यालयमा बुझाएपछि विद्युत लाइन जडान गरिनेछ र त्यस्तो विद्युत लाइन उपर अनुमतिपत्र प्राप्त व्यक्तिको नियन्त्रणमा रहनेछ ।

२९. अनुमतिपत्र प्राप्त व्यक्तिले उर्जामापक यन्त्र जडान गरी दिनु पर्ने ः (१) ग्राहक कहाँ विद्युत शक्तिको खपतको नाप गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले आफनो तर्फबाट उर्जामापक यन्त्र राखी सो वापत मुनासिब माफिकको धरौटी लिन सक्नेछ (२) ग्राहक कहाँ विद्युत लाइन बहाल नरहेमा उपनियम (१) बमोजिम लिइएको धरौटी त्यस्तो ग्राहकलाई फिर्ता दिनु पर्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थितिमा वा सरलीकरणको लागि विद्युत उपभोग गर्ने ग्राहक तथा अनुमतिपत्र प्राप्त व्यक्ति बीच आपसी समझदारी भएमा उर्जामापक यन्त्र नराखिकन पनि अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत वितरण
गर्न सक्नेछ ।

(४) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहक कहाँ राखिएको उर्जामापक यन्त्र समय समयमा प्राविधिक जाँच गराउनु पर्नेछ र संचालनको कारणले गर्दा उर्जामापक यन्त्र बिग्रेको देखएमा बिना मूल्य अर्को फेरी दिनु पर्नेछ । तर ग्राहकले जानी जानी वा निजको लापरवाहीको कारणबाट उर्जामापक यन्त्र बिग्रेमा वा चोरी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग सो वापतको मोल लिई नयाँ उर्जामापक यन्त्र जडान गर्नु पर्नेछ ।

(५) उर्जामापक यन्त्र बिग्रेको वा साधारणतः घुम्नु पर्ने भन्दा बढी घुमेको भनी ग्राहकले दरखास्त दिएमा अनुमतिपत्र प्राप्त व्यक्तिले यस्तो उर्जामापक यन्त्र बढीमा १५ दिनभित्र जाँच्न लगाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम जाँच गर्दा उर्जामापक यन्त्र साधारणतः घुम्नु पर्ने भन्दा बढी घुमेको देखिएमा अनुमतिपत्र प्राप्त व्यक्तिले बिना मूल्यमा मर्मत सुधार वा अर्को फेरी दिनु पर्नेछ ।

(७) ग्राहकको दावी अनुसार उर्जामापक यन्त्र बिग्री वा बढी घुमी निजलाई नोक्सान परेको देखिएमा ग्राहकले निवेदन दिएको मिति भन्दा एक महिना अगाडिसम्मको नोक्सानीको पूर्ति अनुमतिपत्र प्राप्त व्यक्तिले गर्नु पर्नेछ ।

(८) अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक महिनाको विद्युत खपत र सो वापत लाग्ने दस्तुर तिरेको समेत देखिने गरी ग्राहकलाई एक कार्ड उपलब्ध गराउनु पर्नेछ ।

(९) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको घर जग्गामा जडान गर्ने उर्जामापक यन्त्र तथा तत्सम्बन्धी अन्य मालसामानमा आवश्यक संख्यामा सिल लगाउन सक्नेछ ।

(१०) उपनियम (९) बमोजिम लगाइएको सिल अनुमतिपत्र प्राप्त व्यक्ति वा निजले सटाएको व्यक्तिले बाहेक अरु कसैले बिगार्न, फेर्न वा कुनै प्रकारले नष्ट गर्न हुँदैन ।

(११) कुनै ग्राहक कहाँ अगाडि जडान भैसकेको विद्युत लाइन तथा उर्जामापक यन्त्र पाएक पर्दो अन्य ठाउँमा ग्राहकले सार्न चाहेमा नियम ३४ बमोजिमको दस्तुर लिई अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको विद्युत लाइन तथा उर्जामापक यन्त्र सार्न पर्नेछ ।

(१२) ग्राहकले अनुमतिपत्र प्राप्त व्यक्तिको विद्युत लाइन, उर्जामापक यन्त्र, कट– आउट वा सर्किटब्रेकर बिगार्नु हुँदैन ।

३०. ग्राहकको विवरण तथा सूची तयार गर्ने ः

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई विद्युत लाईन उपलब्ध गराउने सम्बन्धमा तयार पारेको विवरण सुरक्षित साथ राख्नु पर्नेछ र निरीक्षकले आफनो जाँचबुझको सिलसिलामा उक्त विवरण हेर्न चाहेमा देखाउनु पर्नेछ ।

(२) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले विद्युत वितरण गरेको क्षेत्रभित्र विद्युत उपभोग गरी रहेका ग्राहकहरुको तथा नयाँ ग्राहक हुन चाहने व्यक्तिहरुको सूची अद्यावधिक रुपमा तयार गरी राख्नु पर्नेछ ।

३१. अरुलाई विद्युतको लाइन दिन नहुने ः ग्राहकले आफ्नो उर्जामापक यन्त्रबाट अरुको घरमा विद्युत लाईन दिन हुँदैन ।

३२. सडक वा सार्वजनिक स्थानको बत्ति सम्झौता बमोजिम हुने ः सडक वा सार्वजनिक स्थानमा जडान भएको बिजुली बत्तिको महसुल, मर्मत तथा सम्भार वापत लाग्ने खर्च सो बिजुली बत्ती जडान गराउने ग्राहक र अनुमतिपत्र प्राप्त व्यक्तिको बीचमा भएको सम्झौता बमोजिम हुनेछ ।

३३. महसुल तथा अन्य दस्तुर बुझाउनु पर्ने ः (१) विद्युत सेवा उपभोग गरे वापत ऐनको दफा १७ अनुसार गठित महसुल निर्धारण आयोगले निर्धारण गरेको विद्युत महसुल तथा अन्य दस्तुर बुझाउनुु प्रत्येक ग्राहकको दायित्व हुनेछ ।

(२) उपनियम (१) बमोजिमको महसुल बुझाउनु पर्ने म्याद अनुमतिपत्र प्राप्त व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ । यसरी म्याद निर्धारण गर्दा निर्धारित समय भन्दा अगाडि महसुल बुझाउने ग्राहकले पाउन सक्ने छुट र निर्धारित समय भित्र महसुल नबुझाउने ग्राहकले तिर्नुपर्ने
अतिरिक्त महसुल दर समेत स्पष्ट रुपमा खुलाई दिनु पर्नेछ ।

३४. अन्य दस्तुरः अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत सेवा उपलब्ध गराए वापत त्यस्तो सेवा उपलब्ध गर्ने व्यक्तिसँग विद्युत महसुलको अतिरिक्त ऐनको दफा १६ को उपदफा (२) बमोजिम देहायको सेवा वापत अन्य दस्तुर असूल उपर गर्न सक्नेछ ः–
(क) विद्युत लाइन जडान गर्दा,
(ख) एक ठाउँबाट अर्को ठाउँमा उर्जा मापक यन्त्र सार्दा,
(ग) एक पटक जडान भएको विद्युत लाइन काटी पुनः विद्युत लाईन जडान गर्दा,
(घ) उर्जामापक यन्त्र रहेको बाकस भित्रको फ्यूज बदल्दा,
(ङ) सिल टुटेकोमा नयाँ सिल लगाउँदा,
(च) ग्राहकको नामसारी गर्दा,
(छ) उर्जामापक यन्त्र जाँच गर्दा,
(ज) ग्राहक कार्ड उपलब्ध गराउँदा ।

३५. उर्जामापक यन्त्र राख्नु पर्ने ः १००० किलोवाट भन्दा बढी विद्युत शक्ति उत्पादन गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले अनिवार्य रुपले उर्जामापक यन्त्र राख्नु पर्नेछ ।

३६. विद्यूत परिपथ (सर्किट) को डिजाइन तथा निर्माण बारे ः विद्युत उत्पादन केन्द्र वा मुख्य सव– स्टेशनबाट सबैभन्दा टाढासम्मको वितरण परिवर्तक यन्त्रसम्मको लाईन डिजाइन तथा निर्माण गर्दा परिवर्तक यन्त्रबाट पठाउनु पर्ने भोल्टेज स्तरयुक्त हुने किसिमबाट विद्युत परिपथ (सर्किट) को प्राविधिक नोक्सानी माथि समेत विचार पु¥याई डिजाइन तथा निर्माण गर्नु पर्नेछ ।

३७. खतरा उत्पन्न भएमा सूचना दिनु पर्ने ः ग्राहक कहाँ जडान गरिएको विद्युतबाट खतरा उत्पन्न भएमा वा हुने सम्भावना देखिएमा ग्राहकले अनुमतिपत्र प्राप्त व्यक्तिको कार्यालयमा यथाशीघ्र सूचना दिनु पर्नेछ ।

३८. विद्युत लाइनको जाँचबुझ तथा मर्मत ः

(१) नियम ३७ बमोजिम सूचना प्राप्त भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले यथाशीघ्र प्राविधिक खटाई खतरा निवारण गर्ने कार्य गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त नभए पनि अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले विद्युत वितरण गरेको क्षेत्रभित्रको ग्राहककहाँ जडान भएको विद्युत लाइनको समय समयमा विद्युत प्राविधिकबाट जाँचबुझ तथा मर्मत गर्न लगाई सुरक्षात्मक व्यवस्था कायम गराउनु पर्नेछ ।

३९. पुनः विद्युत लाईन दिने ः ऐनको दफा १९ को खण्ड (ग) वा (घ) बमोजिम विद्युत सेवा बन्द गरिएकोमा अनुमतिपत्र प्राप्त व्यक्तिले निर्धारण गरेको रकम ग्राहकले बुझाएमा पुनः विद्युत लाईन दिइनेछ ।

परिच्छेद –४ विद्युतको भोल्ट, फ्रिक्वेन्सी तथा पावर फ्याक्टर

४०. सप्लाई भोल्टेज ः (१) सप्लाई भोल्टेजको स्तर देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–

(क) साधारण ग्राहकको लागि विद्युत सेवा ए.सी. सिँगल फेजमा २३० भोल्ट र थ्री फेजमा ४०० भोल्ट ।
(ख) ए.सी. थ्री फेज चार तारमा सप्लाई चाहनेलाई २३०/४०० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।

४१. हाई भोल्टेज वितरण प्रणालीः (१) हाई भोल्टेज वितरण प्रणालीमा देहाय बमोजिमको भोल्टेज स्तर कायम गर्नु पर्नेछ ः–

(क) ३,३०० भोल्ट,
(ख) ६,६०० भोल्ट,
(ग) ११,००० भोल्ट,
(घ) २२,००० भोल्ट, र
(ङ) ३३,००० भोल्ट ।

(२) उपनियम (१) को खण्ड (क) देखि (ङ) सम्म उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।

४२. हाई भोल्टेज प्रसारण प्रणाली ः हाई भोल्टेज प्रसारण प्रणालीमा देहाय बमोजिमको भोल्टेज स्तर कायम गर्नु पर्नेछ ः–
(क) ३३,००० भोल्ट,
(ख) ६६,००० भोल्ट,
(ग) १३२,००० भोल्ट,
(घ) २,२०,००० भोल्ट,
(ङ) ४,००,००० भोल्ट ।

(२) उपनियम (१) को खण्ड (क) देखि (ङ) सम्म उल्लेखित भोल्टको स्तरमा १० प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।

४३. फ्रिक्वेन्सी ः (१)फ्रिक्वेन्सीको स्तर ५० साइकल प्रति सेकेण्ड ५० हर्ष कायम गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम कायम गरिएको फ्रिक्वेन्सीको स्तरमा २.५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।

४४. पावर फ्याक्टर ः पावर फ्याक्टरको स्तर देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–

(क) ग्राहककहाँ सप्लाई गरेको विद्युतको पावर फ्याक्टर ०.८ ल्यागिङ्ग भन्दा घटी वा एक इकाई भन्दा बढी लिडि∙ हुन दिनु हुँदैन ।
(ख) विद्युत प्रसारण तथा वितरण प्रणालीमा पावर फ्याक्टर खण्ड (क) बमोजिमको स्तरभित्र राख्नको लागि सुहाउँदो साधनको व्यवस्था मिलाउनु पर्नेछ ।
(ग) ग्राहकको विद्युत सम्बन्धी पावर फ्याक्टर खण्ड (क) बमोजिमको स्तर अनुसार नभएमा अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो ग्राहकलाई सुहाउँदो खालको साधन राख्न लगाउन सक्नेछ ।

४५. विद्युत सम्बन्धी विभिन्न स्तरको नाप गर्ने इकाई ः

विद्युत सम्बन्धी विभिन्न स्तरको नाप गर्ने इकाई देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–
(क) करेन्टको नाप गर्दा मिली एम्पीयर, एम्पीयर वा किलो एम्पीयरमा,
(ख) भोल्टको नाप गर्दा मिली भोल्ट, भोल्ट वा किलो भोल्टमा,
(ग) रेजिष्टान्सको नाप गर्दा ओहम, किलोओहम वा मेगा ओहममा,
(घ) इन्डकटायन्सको नाप गर्दा हेनरी, मिली हेनरी वा किलो हेनरीमा,
(ङ) क्यापासिटायन्सको नाप गर्दा माइको फ्याराड, मिली फ्याराड वा फ्याराडमा,
(च) शक्तिको नाप गर्दा वाट, किलोवाट वा मेगावाटमा,
(छ) उर्जाको नाप गर्दा किलोवाट घण्टा, मेगावाट घण्टा, गिगावाट घण्टामा,
(ज) भोल्ट एम्पीयरको नाप गर्दा भी. ए., के. भी. ए. वा एम. भि. ए. मा,
(झ) रिआक्टीभ शक्तिको नाप गर्दा भि.ए.आर., के.भि.ए.आर. वा एम.भि.ए.आर. मा ।

४६. स्तर कायम गर्नु पर्ने ः

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत उत्पादन, प्रसारण वा वितरण गर्दा विद्युतको भोल्टेज, फ्रिक्वेन्सी तथा पावर फ्याक्टर यस परिच्छेदमा उल्लेख भएको स्तरमा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भएको नदेखिएमा त्यस्तो प्रणालीमा सुधार गर्न निरीक्षकले सम्बन्धित प्रतिष्ठानको अवस्था विचार गरी अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक म्याद दिनेछ र सो म्याद भित्र विद्युत प्रणालीलाई ठिक तुल्याउनु अनुमतिपत्र प्राप्त व्यक्तिको
कर्तव्य हुनेछ ।
४७. हद थपघट गर्न सक्ने ः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस परिच्छेदमा उल्लेखित विद्युतको भोल्ट, फ्रिक्वेन्सी तथा पावर फाक्टरका स्तरको हदहरु प्राविधिक दृष्टिकोणले खतरा नपुग्ने गरी थपघट गर्न सक्नेछ ।

परिच्छेद –५ विद्यतु उपकरणहरुको सुरक्षात्मक व्यवस्था

४८. भुइँदेखि विजुलीको तारसम्म हुनु पर्ने न्यूनतम दुरी ः

(१) विद्युत वितरण तथा प्रसारण प्रणलीको विभिन्न भोल्टको विद्युत तार तथा भुइँको बीचमा रहने दूरी अनुसूची –१२ मा
लेखिएको भन्दा कम हुनु हँदैन ।

(२) सडक माथि तथा सडकको छेउमा विद्युत लाइन लैजानु परेमा उपयुक्त प्राविधिक दृष्टिकोण अपनाई लैजानु पर्नेछ ।
(३) ३३,००० भोल्ट भन्दा बढी भोल्टको लाइन लैजानु आवश्यक भएमा अनुसूची –१२ मा उल्लेखित ३३,००० भोल्टको लागि तोकिएको न्यूनतम दूरीमा प्रत्येक ३३,००० भोल्टको लागि थप ०.३०५ मिटरको दूरीमा लैजानु पर्छ ।

४९. सडकको वारपार विद्युत लाइन लैजाने सम्बन्धमा ः घनावस्ती भएको ठाउँमा ११,००० भोल्ट भन्दा बढी क्षमताको विद्युत लाइन सडकको वारपार गर्नु पर्दा डबल इन्सुलेटर प्रणालीको प्रयोग गर्नु पर्नेछ ।

५०. विद्युत लाइनको दायाँ बायाँ हुनु पर्ने फरक ः

(१) विद्युत प्रसारण तथा वितरणको लाइन लैजाुन पर्दा घर वा रुखबाट अनुसूची –१३ मा उल्लेखित दूरीभन्दा कम दूरीमा लैजानु हुँदैन ।
(२) ३३,००० भोल्ट भन्दा बढी भोल्टको लाइन लैजानु आवश्यक भएमा अनुसूची –१३ मा उल्लेखित ३३,००० भोल्टको लागि तोकिएको न्यूनतम दूरीमा प्रत्येक ३३,००० भोल्टको लागि ०.३०५ मिटर थप गरी लैजानु पर्नेछ ।

५१. विद्युत लट्ठाहरुको बीचमा हुनु पर्ने फरक ः विद्युत लट्ठाहरुको एक अर्को बीचको दूरी कायम गर्दा बिजुलीको तारको अन्तिम टेनसाइल स्ट्रेन्थ, फ्याक्टर अफ सेफ्टी तथा भुइँबाट तारसम्म हुने दूरी समेत विचार गरी लट्ठा गाड्नु पर्नेछ ।

५१. घर माथिबाट बिजुली लाइन लैजान नहुने ः घर माथिबाट कुनै किसिमको विद्युत लाइन लैजानु हुँदैन । तर ग्यारेज टहरा वा पर्खाल माथिबाट विद्युत लाइन लैजान आवश्यक परेमा ४००÷२३० भोल्टसम्मको लाइन लैजान सकिनेछ । यसरी लगिएको विद्युत लाइन ग्यारेज,
टहरा वा पर्खालको सबैभन्दा अग्लो ठाउँबाट कम्तीमा ३ मिटरको दूरीमा पर्ने गरी लैजानु पर्नेछ ।

५३. एउटै लट्ठाबाट विभिन्न भोल्टेजको लाइन लैजाने सम्बन्धमा ः (१) एउटै लट्ठाबाट विभिन्न भोल्टेजको लाइनहरु लैजाँदा हार्ड भोल्टेजको लाइन माथिबाट र लो भोल्टेजको लाइन तलबाट जडान गरी लैजानु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लाइन जडान भएकोमा लो भोल्टेजको तारमा हार्ड भोल्टेजको तारबाट कुनै प्रकारको लिकेज वा अन्य कुनै किसिमबाट खतरा वा चार्ज हुन नपाउने गरी जडान गर्नु पर्नेछ ।

(३) हाई भोल्टेज तथा लो भोल्टेजको तारको बीचमा प्राविधिक दृष्टिकोणले रहनु पर्ने फरक कायम गर्नु पर्नेछ ।

५४. विमानस्थलतिर विद्युत लाइन लैजाने सम्बन्धमा ः विमानस्थलतिर विद्युत लाइन लैजान सम्बन्धित विमानस्थल प्रमुखसँग छलफल गरी निर्णय भए अनुसार लैजानु पर्नेछ ।

५५. विद्युत लाइन र टेलिफोन लाइन नजिकबाट लैजाने सम्बन्धमा ः विद्युत लाइनको नजिकबाट टेलिफोन लाइन वा टेलिफोन लाइनको नजिकबाट विद्युत लाइन लैजानु परेमा अनुमतिपत्र प्राप्त व्यक्ति तथा सम्बन्धित दूर संचार निकाय बीच आपसमा छलफल गरी विद्युत वा टेलिफोन लाइनलाई प्राविधिक दुष्टिकोणबाट बाधा वा चार्ज नहुने गरी लैजानु पर्नेछ ।

५६. आकाश बिजुलीबाट बचावट ः अनुमतिपत्र प्राप्त व्यक्तिले सुहाउँदो ठाउँहरुमा आकाश बिजुलीबाट हुने नोक्सानी र विद्युत शक्तिको घटबढ हुन नदिनको लागि आकास बिजुली रक्षक यन्त्र वा अरु सुहाउँदो साधनको व्यवस्था गरी उक्त साधनहरुबाट आकास बिजुलीको भूयोजन हुने व्यवस्था समेत गर्नु पर्नेछ ।

५७. अदली बदली संचालन यन्त्र (चेन्ज ओभर स्वीच) राख्नु पर्ने ः आकस्मिक प्रयोगको लागि विद्युत उत्पादन यन्त्र राख्ने प्रत्येक व्यक्तिले सो यन्त्र राख्ने ठाउँमा अनुमतिपत्र प्राप्त व्यक्तिको सल्लाह अुनसार अदली बदली संचालन यन्त्र राख्नु पर्नेछ ।

५८. भूयोजन गर्नु पर्ने ः (१) हार्ड भोल्टेज प्रसारण प्रणाली अन्तर्गत सबै प्रकारका धातु निर्मित सपोर्टहरुलाई अविछिन्न अर्थ वायर प्रयोग गरी स्थायी तथा प्रभावकारी भूयोजन गर्नु पर्नेछ ।

(२) प्रसारण तथा वितरण प्रणालीको सपोर्टहरुमा प्रयोग हुने स्टे वायरमा भूइँबाट ३ मीटर उचाई भन्दा घटी नहुने गरी इन्सुलेटर राख्नु पर्नेछ ।
५९. कटआउट राख्नु पर्ने ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको घरमा जडान गरिने उर्जामापक यन्त्रको साथमा सुरक्षा तथा लोड लिमिटेडको हिसाबले कटआउट वा सर्किट ब्रेकर जडान गरी उर्जामापक यन्त्रसँग सिल गरी राख्नु पर्नेछ ।

(२) उर्जामापक यन्त्रको नजीकै ग्राहकको तर्फबाट एउटा आइसोलेटीङ्ग स्वीच जडान गर्नु पर्नेछ ।

६०. ग्राहक कहाँ प्रयोग गरिने विद्युत सामग्रीको भूयोजन ः

(१) ग्राहकको घरभित्र प्रयोग गरिने वाटर–हिटर, वातानुकुलीत यन्त्र (यअर–कन्डिसनर) जस्ता उपकरणहरु जडान भइराखेकोमा त्यस्ता उपकरणहरुको लागि छुट्टै सुहाउँदो विद्युत परिपथ (सर्किट) बाट विद्युत आपूर्ति गरी भूयोजनको व्यवस्था गर्नु पर्नेछ ।

(२) ग्राहककहाँ विभिन्न किसिमको धातु मिसिएको विद्युत सामग्री प्रयोगमा ल्याउने भएमा थ्रीपिन प्लग सकेट प्रयोग गर्नु पर्नेछ र यस्तो प्लग सकेट भूयोजन प्रणलीसँग जोड्नु पर्नेछ ।

(३) ग्राहककहाँ जडान गरिएको भूयोजन प्रणाली प्राविधिक विधि अनुसारको हुनु पर्नेछ ।

६१. आन्तरिक वायरिङ्गको सुरक्षा ः ग्राहकले आफ्नो आन्तरिक वायरिङ्गगको सुरक्षाको लागि राखेको विद्युत सामानहरु तथा वायरिङ्ग तरिका प्रचलित प्राविधिक मापदण्ड बमोजिम हुनु पर्नेछ ।

६२. इन्सुलेसन भएको तार प्रयोग गर्नुपर्ने ः ग्राहकको घरमा विद्युत लाइन लैजाँदा इन्सुलेसन भएको तारको प्रयोग गर्नु पर्नेछ ।

६३. विद्युतको लाइन लट्ठाबाट दिनुपर्ने ः (१) ग्राहकको घरमा विद्युत लाइन दिँदा विद्युतको लट्ठाबाट मात्र दिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि इन्सुलेटेड केबुलबाट ग्राहकको घरमा विद्युत लाइन दिनुपर्दा प्रचलित प्राविधिक मापदण्ड बमोजिमको सुरक्षाको व्यवस्था गरी दिनु पर्नेछ ।

६४. २३०÷४०० भोल्टमा लिकेजको खतरा ः २३०÷४०० भोल्टको विद्युत प्रणली तथा वायरिङ्गको इन्सुलेशन रेजिस्टायन्स कम्तीमा ५ मेगाओहम हुनु पर्नेछ ।

६५. हाई भोल्टेजमा लिकेजको खतरा ः (१) ३,३०० भोल्टको विद्युत प्रणलीको इन्सुलेशन रेजिस्टायन्स कम्तीमा २० मेगाओहम हुनु पर्नेछ ।
(२) ३,३०० भोल्ट भन्दा माथि प्रत्येक थप १००० भोल्टको विद्युत प्रणालीको इन्सुलेशन रेजिस्टायन्सको हिसाब गर्दा २० मेगाओहममा १ मेगाओहम थप गरी इन्सुलेशन रेजिस्टायन्सको हिसाब गर्नु पर्नेछ
(३) उपनियम (१) र (२) बमोजिम इन्सुलेशन रेजिस्टायन्स नभएको विद्युत प्रणाली संचालन गर्नु हुँदैन ।

६६. विद्युत उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी निर्माण स्थलको वरीपरि घरजग्गा प्रयोग गर्न निषेध गर्न सक्ने ः (१) ऐनको दफा ३३ को उपदफा (३) को प्रयोजनको लागि विद्युतको उत्पादन, प्रसारण वा वितरण सम्बन्धी कुनै निर्माण कार्य भएकोमा त्यस्तो निर्माण
कार्य भएको ठाउँ वा सो ठाउँको वरीपरिको निश्चित दूरीभित्र पर्ने घरजग्गा अरु कसैले कुनै खास कामको निमित्त प्रयोग गर्न नपाउने गरी नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निषेध गर्न सक्नेछ ।

(२) विद्युत प्रसारण वा वितरण गर्नको लागि जडान गरेको विद्युत लाइन मुनी तथा त्यस्तो लाइनको दायाँ बायाँ अनुसूची–१२ र १३ मा उल्लेखित दूरी भित्र घर बनाउन वा रुख रोप्न हुँदैन ।

६७. विद्युत उपकरणको गुणस्तर तथा उपयोग गर्ने तरिका ः अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी काम गर्दा प्रयोग गरिने विद्युत उपकरणको गुणस्तर तथा सुरक्षाको दृष्टिकोणले देहायका कुराहरु पालन गर्नु पर्नेछ ः–

(क) राम्रो गुणस्तरको उपकरण तथा सामग्रीको प्रयोग गर्नुपर्ने,
(ख) कुनै नयाँ प्रतिष्ठान संचालन गर्दा वा भैरहेको प्रतिष्ठानलाई मर्मत सुधार गरी पुनः संचालन गर्दा प्राविधिक दृष्टिकोणबाट गर्नु पर्ने सम्पूर्ण परीक्षण गरी ठीक देखिएमा मात्र संचालन गर्नुपर्ने,

(ग) विद्युतका तारहरु जुन कामको लागि प्रयोग गरिने हो सो कामको लागि उपयुक्त क्षमता भएको हुनुपर्ने,
(घ) विद्युत तार जोड्दा खतरा उत्पन्न नहुने किसिमबाट मान्य प्राविधिक मापदण्ड बमोजिम गर्नु पर्ने,
(ङ) भूमिगत तारको ज्वाइन्ट बक्स, मेटालिक कन्ड्यूट ज्वाइन्ट र मेटालिक सिथको ज्वाइन्टहरु आवश्यक परेको समयमा सजिलैसँग निरीक्षण गर्न सकिने गरी जडान भएको हुनु पर्ने,

(च) विद्युत सम्बन्धी परिपथ (सर्किट) वा उप–परिपथ (सब–सर्किट) मा तोकिएको करेन्टभन्दा बढी करेन्ट प्रवाह हुन गएमा त्यस्तो सर्किट वा सब–सर्किटको हानी नोक्सानी हुन नपाउने गरी विद्युत करेन्टको प्रवाह बन्द गर्न फ्यूज वा सर्र्किट ब्रेकर वा अन्य सुहाउँदो उपकरणहरु जडान गर्नु पर्नेछ । यस्ता उपकरणहरु संचालन हुँदा अत्यधिक गरम नहुन, स्पार्क नगर्ने, तथा बदल्दा खतरा नहुने किसिमको हुनुपर्ने,
(छ) सिङ्गल फेज स्वीच जीवित तारमा बाहेक न्युटल तारमा लगाउनु हुँदैन ।

परिच्छेद –६ विद्युत सम्बन्धी कामको सुरक्षात्मक व्यवस्था

६८. सावधानी सूचनापाटी ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका सरसामान नेपाली तथा अंग्रेजीमा लेखिएको सावधानी सूचनापाटी राख्नु पर्नेछ ः–

(क) मोटर, जेनेरेटर, परिवर्तन यन्त्र (ट्रान्सफरमर) र अन्य प्रकारको विद्युत प्रतिष्ठान तथा त्यसलाई संचालन वा नियन्त्रण गर्ने सरसामान,

(ख) ४०० भोल्टभन्दा माथिल्लो भोल्टको विद्युत लाइनको लट्ठामा र एक्सरे बल्ने ट्यूव भएको लाइन बोर्डमा वा त्यस्तो उच्च फ्रिक्वेन्सी भएको प्रतिष्ठानहरु ।

(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको सबै विद्युत सामग्री वा प्रतिष्ठानमा सावधानी सूचनापाटी राख्न नसकिने भएमा त्यस्तो सरसामानको नजीकमा वा त्यस्तो सामग्री रहेको ठाउँमा वा प्रवेशद्वारमा राख्नु पर्नेछ ।

६९. विद्युत सप्लाई बन्द गर्नुपर्ने ः

(१) विद्युत उत्पादन, प्रसारण तथा वितरणको लागि जडान गरिएको उपरकरणहरुको जाँचबुझ, मरमत वा अन्य कुनै महत्वपूर्ण कार्य गर्नु परेमा विद्युत सप्लाई बन्द गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक दृष्टिकोणले पूर्ण सुरक्षित तरिकाले काम गर्न सकिने भएमा विद्युत सप्लाई बन्द गर्नु अनिवार्य हुने छैन ।

(३) उपनियम (१) बमोजिमको कार्य पूरा गरी विद्युत लाइन पुनः संचालन गर्दा उत्पन्न हुन सक्ने खतरा माथि राम्ररी ध्यान दिई मात्र संचालन गर्नु पर्नेछ ।

७०. भोल्टेज टेष्टिङ तथा लाइन भूयोजन ः विद्युत लाइनको मर्मत सम्भार गर्नु पर्दा विद्युत प्रवाह टेष्टरद्वारा भोल्टेज नभएको यकीन भएपछि मात्र भूयोजन गरी मर्मत तथा सम्भार कार्य गर्नु पर्नेछ ।

७१. इन्सुलेशन भएको पञ्जा लगाउने ः विद्युतको जीवित लाइन भएको ठाउँमा कुनै काम गर्दा इन्सुलेशन भएको पन्जा लगाएर मात्र काम गर्नु पर्नेछ ।

७२. करेन्ट लाग्दा प्राथमिक उपचार सम्बन्धी सूचना ः (१) विद्युत करेन्ट लाग्दा गर्नुपर्ने प्राथमिक उपचार सम्बन्धी क्रियाको विवरण नेपाली भाषामा स्पष्ट रुपले बुझ्ने गरी आफ्नो प्रतिष्ठानमा सबैले देख्ने गरी राख्नु पर्नेछ । मर्मत सम्भार गर्ने कर्मचारीलाई उपनियम (१) बमोजिम प्राथमिक उपचार सम्बन्धमा तालीम दिनु अनिवार्य हुनेछ ।

७३. सुरक्षा पेटी ः कुनै उच्च स्थानमा वा विजुलीको लठ्ठामा काम गर्ने कामदारहरुलाई सुरक्षा पेटी लगाउन दिएर मात्र काम लगाउनु पर्नेछ ।

७४. दुर्घटनाको सूचना ः (१) प्रतिष्ठानमा कुनै प्रकारले दुर्घटना वा नोक्सानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची–१४ बमोजिमको ढाँचामा विस्तृत विवरण खुलाई विद्युत निरीक्षक समक्ष पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएपछि यस्तो दुर्घटनाको कारण पत्ता लगाउन विद्युत निरीक्षकले आवश्यक निरीक्षण गर्न सक्नेछ र प्राविधिक दुष्टिकोणबाट यस्तो दुर्घटना नदोहरिन अपनाउनु पर्ने सुरक्षात्मक व्यवस्था गर्न अनुमतिपत्र प्राप्त व्यक्तिलाई आदेश दिन सक्नेछ । त्यस्तो आदेशको पालना गर्नु अनुमतिपत्र प्राप्त व्यत्तिको कर्तव्य हुनेछ ।

परिच्छेद –७ निरीक्षण तथा जाँचबुझ सम्बन्धी व्यवस्था

७५. निरीक्षक एवं कर्मचारी सम्बन्धी व्यवस्था ः

(१) ऐनको दफा ३७ को प्रयोजनको लागि नेपाल सरकारको प्रमुख विद्युत निरीक्षक तथा आवश्यकतानुसार अन्य विद्युत निरीक्षकहरुको नियुक्ति गर्न सक्नेछ ।

(२) प्रमुख विद्युत निरीक्षक तथा विद्युत निरीक्षकहरुको काममा सहायता गर्न नेपाल सरकारले अन्य आवश्यक कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
७६. निरीक्षकको लागि चाहिने योग्यता ः

(१) इन्जिनियरिङ्गमा स्नातकोपाधि प्राप्त गरी कम्तिमा दश वर्षसम्म विद्युत क्षेत्रमा अनुभव भएको व्यक्ति प्रमुख विद्युत निरीक्षकको पदमा नियुक्त हुन सक्नेछ ।

(२) इन्जिनियरिङ्गमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति विद्युत निरीक्षकको पदमा नियुक्त हुन सक्नेछ ।

७७. निरीक्षकको अधिकार ः

(१) नियम ७५ बमोजिम नियुक्त भएको निरीक्षकले अनुमतिपत्र प्राप्त व्यक्तिको प्रतिष्ठानको जाँचबुझ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझको सिलसिलामा निरीक्षकलाई आवश्यक सहयोग गर्ने र निजले सोधेको सबै कुराको जवाफ दिनु अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकको कर्तव्य हुनेछ ।

७८. नयाँ प्रतिष्ठानको जाँचबुझ गर्न निरीक्षक खटाउने ः अनुमतिपत्र प्राप्त व्यक्तिले खडा गरेको नयाँ प्रतिष्ठानको जाँचबुझ प्रमुख विद्युत निरीक्षक आफैंले वा निजले खटाएको कुनै निरीक्षकले गर्न सक्नेछ ।

७९. चालू प्रतिष्ठानको जाँचबुझ ः अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो चालू प्रतिष्ठानको प्रत्येक वर्षमा जाँचबुझ गराई त्यसको प्रमाणपत्र लिई राख्नु पर्नेछ ।

८०. निरीक्षकको आदेश पालन गर्नुपर्ने ः

(१)विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण सम्बन्धमा ऐन तथा यस नियमावलीको अधीनमा रही निरीक्षकले दिएको आदेश अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निरीक्षकले दिएको आदेश उपर चित्त नबुझ्ने अनुमतिपत्र प्राप्त व्यक्तिले सचिव समक्ष उजूर गर्न सक्नेछ र तत्सम्बन्धमा निजले दिएको आदेश अन्तिम हुनेछ ।

८१. बेठीक विद्युत सामग्री वा प्रणालीको जाँच ः

निरीक्षकले जाँचबुझ गरी बेठीक ठहर गरेको विद्युत सामग्री वा प्रणाली ठीक गरी पुनः संचालन गर्नको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले
निरीक्षक समक्ष दरखास्त दिनु पर्नेछ । निरीक्षकले विद्युत सामग्री वा प्रणालीको जाँच गरी ठीक देखिएमा त्यस्तो विद्युत सामग्री वा प्रणाली पुनः संचालन गर्न अनुमति दिनेछ ।

८२. जाँचबुझको दस्तुर ः

अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकले यो नियमावली बमोजिम निरीक्षकद्वारा कुनै कुराको जाँचबुझ गराउन आवश्यक देखेमा प्रमुख विद्युत निरीक्षक समक्ष निवेदन दिन सक्नेछ । त्यसरी जाँचबुझ गराउँदा अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोके बमोजिमको दस्तुर बुझाउनु पर्नेछ । तर, प्रमुख विद्युत निरीक्षकबाटै सामान्य रुपले खटी आएको निरीक्षकबाट आफ्नो चालू प्रतिष्ठानको जाँचबुझ गराउँदा कुनै जाँचबुझ दस्तुर बुझाउनु पर्ने छैन ।

८३. जाँचबुझको परिणामको सूचना ः

निरीक्षकले जाँच गर्दा विद्युत सामग्री वा प्रणाली ठीक देखिएमा त्यसको सूचना सम्बन्धित व्यक्तिलाई दिनु पर्छ ठीक नदेखिएमा त्यस्तो विद्युत सामग्री वा प्रणालीको मर्मत सुधार, फेरबदल वा संचालन बन्द गर्न लिखित आदेश दिनु पर्नेछ ।

परिच्छेद –८ विविध

८४. जलविद्युत सम्बन्धी निर्माण कार्यको लागि सुरक्षात्मक शर्तहरु तोक्न सक्ने ः

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विद्युत उत्पादनको लागि आवश्यक पर्ने बाँध, विद्युत गृह एवं अन्य संरचनाहरुको डिजाइन तथा निर्माण गर्दा अपनाउनु पर्ने उपायहरु र जलाशय हुने विद्युत उत्पादन केन्द्रहरुको निर्माण सम्बन्धी सुरक्षात्मक शर्तहरु तोक्न सक्नेछ ।

८५. विवरणहरु जानकारीमा ल्याउनु पर्ने ः विद्युतको उत्पादन, प्रसारण वा वितरणको कार्य शुरु गर्नु अघि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको नक्कल, विद्युत उत्पादन, प्रसारण वा वितरण गरिने क्षेत्रको नक्शा, विद्युत वितरणको सम्बन्धमा ग्राहक र अनुमतिपत्र प्राप्त व्यक्तिको बीचमा कायम हुने सम्बन्ध र अन्य शर्तहरु समेत सो लिएको विवरणहरु आफ्नो सम्बन्धित कार्यालयमा सर्वसाधारणले थाहा पाउने गरी राख्नु पर्नेछ ।

८६. बासस्थान र बोनस सम्बन्धी व्यवस्था

(१) ऐनको दफा १५ को प्रयोजनका लागि अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युतको उत्पादन, प्रसारण वा वितरणको काममा संलग्न कामदार तथा कर्मचारीको बासस्थानको प्रबन्ध गर्नु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दुई प्रतिशतका दरले हुन आउने रकम छुट्याई सम्बन्धित कामदार तथा कर्मचारीलाई बोनस वितरण गर्नु पर्नेछ । तर त्यसरी वितरण गरिने बोनस कर्मचारीले खाइपाई आएको वार्षिक तलबको रकम
भन्दा बढी हुने छैन ।

(३) उपनियम (२) बमोजिम बोनसको लागि छुट्याइएको रकम मध्ये वितरण गरी बाँकी हुन आउने रकम अनुमतिपत्र प्राप्त व्यक्तिले कर्मचारी कल्याण कोष खडा गरी सो कोषमा दाखिला गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको कोषको संचालन अनुमतिपत्र प्राप्त व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) यस नियमावलीमा उल्लेख भए देखि बाहेक बोनस सम्बन्धी अन्य कुराहरु प्रचलित कानून बमोजिम हुनेछ ।

८७. क्षतिपूर्ति दिइने ः (१) ऐनको दफा ३३ को उपदफा (३) तथा नियम ६६ को प्रयोजनको लागि निर्धारित दूरीमा घर जग्गा उपभोग गर्न नपाएमा त्यस्ता घर जग्गाधनीलाई नियम ८८ बमोजिम गठित क्षतिपूर्ति निर्धारण समितिले निर्धारण गरे बमोजिमको एकमुष्ट क्षतिपूर्ति रकम नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइने क्षतिपूर्ति यो नियमावली प्रारम्भ भएपछि निर्माण गरिने विद्युत सम्बन्धी निर्माण कार्यको हकमा मात्र लागू हुनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लखिएको भएतापनि देहायको अवस्थामा क्षतिपूर्ति रकम दिइने छैन ः–

(क) जग्गाधनीलाई बिजुली उपलब्ध गराउन जडान भएको सर्भिस लाइन मुनिको जग्गा भएमा,
(ख) शहरी वा ग्रामीण क्षेत्रमा घनावस्ती भई घरहरु आपसमा टाँसिइ रहेकोमा एउटा घरबाट अर्को घरमा विद्युत लाइन लैजाँदा बाटोमा पर्ने अन्य कुनै घरको भित्ताबाट मेन लाइन लगिएमा ।

८८. क्षतिपूर्ति निर्धारण समिति ः

(१) ऐनको दफा २८ र २९ बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम निर्धारण गर्न देहायका अध्यक्ष र सदस्यहरु भएको एक क्षतिपूर्ति निर्धारण समिति गठन हुनेछ ः–

(क) नेपाल सरकारले तोकेको व्यक्ति –अध्यक्ष
(ख) विद्युत सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्ने सम्बन्धित व्यक्ति वा सङ्गठित संस्थाको प्रतिनिधि –सदस्य
(ग) विद्युत क्षेत्रसँग सम्बन्धित नेपाल सरकारले तोकेको विशेषज्ञ –सदस्य
(२) ऐनको दफा ३२, ३३ र नियम ८७ बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम निर्धारण गर्न उपनियम (१) मा तोकिएको समितिमा देहायका व्यक्तिहरु समेत सदस्य रहनेछन् ः–

(क) नोक्सानी भएको अचल सम्पत्तिको धनी वा निजको प्रतिनिधि –सदस्य

(ख) नोक्सानी भएको अचल सम्पत्ति रहेको क्षेत्रको सम्बन्धित मालपोत कार्यालयको प्रतिनिधि –सदस्य
(ग) नोक्सानी भएको अचल सम्पत्ति रहेको क्षेत्रको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधि –सदस्य
(३) उपनियम (१) बमोजिमको क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्तिको रकम निर्धारण गर्दा वास्तविक हानी नोक्सानीको रकम निर्धारण गर्ने नीति अवलम्बन गर्नु पर्नेछ ।
(४) क्षतिपूर्ति निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि आफैंले निर्धारण गर्न सक्नेछ ।

८९. अनुमतिपत्रको बिक्री वा हक हस्तान्तरण वा खारेज गर्ने ः

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐनको दफा ४ को उपदफा (५) बमोजिम आफ्नो अनुमतिपत्र बिक्री गर्न वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गर्न चाहेमा अनुमतिपत्र प्रदान गर्न सक्ने अधिकारीबाट स्वीकृति लिनु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐन र यस नियमावली विपरीत कुनै काम गरेमा अनुमतिपत्र प्रदान गर्न सक्ने अधिकारीले ऐनको दफा ८ बमोजिम कारबाही गर्न वा अनुमतिपत्र खारेज गर्न सक्नेछ ।

८९क.जरिबाना गर्न तथा क्षतिपूर्ति भराई दिन सक्ने ः

कसैले ऐन वा यस नियमावलीको उल्लङ्घन गरेमा सचिवले त्यस्तो व्यक्तिलाई ऐनको दफा ३८ को उपदफा (१) र (२) बमोजिम जरिबाना
गर्न वा निजबाट हानि नोक्सानी हुने व्यक्तिलाई क्षतिपूर्ति भराई दिन सक्नेछ ।

९०. लेखा परिक्षणको विवरण ः अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्दा भएको आयव्ययको लेखा खडा गरी प्रत्येक आर्थिक वर्षको आयव्ययको लेखा अर्को आर्थिक वर्षको ६ महिना भित्र विद्युत विकास विभाग समक्ष पेश गर्नु पर्नेछ ।

९१. वार्षिक प्रतिवेदन ः (१) विद्युत उत्पादन, प्रसारण वा वितरण गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत उत्पादन, प्रसारण वा वितरण शुरु गरे पछि विद्युत विकास विभाग समक्ष वार्षिक प्रतिवेदन पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा प्रत्येक महिनामा विभिन्न विद्युत गृहबाट उत्पादित युनिट, ग्राहकको किसिम छुुट्टिने गरी वितरित युनिट, प्रतिष्ठानको आन्तरिक उपयोग, चुहावट, लोड तथा क्यापासिटी फ्याक्टर, मासिक अधिकतम माग र नमुना लोडकर्भ समेत
उल्लेख गर्नु पर्नेछ ।

९२. विद्युत प्रणालीको प्रयोग ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले नेपालको कुनै भागमा उत्पादन गरेको विद्युत विद्यमान विद्युत प्रणालीको त्यस भागमा रहेको कुनै बिन्दुमा आपूर्ति गरी नेपालको अर्को भागमा रहेको विद्युत प्रणालीको कुनै बिन्दुबाट प्राविधिक दुष्टिकोणले उपयुक्त भएमा विद्युत लिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम विद्युत प्रणालीको स्वामित्व रहेको व्यक्ति वा सङ्गठित संस्थाले अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्राविधिक दृष्टिकोणले उपयुक्त भएमा आफ्नो विद्युत प्रणाली प्रयोग गर्न दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम विद्युत आपूर्ति गर्दा त्यस्तो विद्युत प्रणालीको स्वामित्व रहेको व्यक्ति वा सङ्गठित संस्थालाई आपसी सम्झौताबाट निर्धारित भए बमोजिमको शुल्क अनुमतिपत्र प्राप्त व्यक्तिले बुझाउनु पर्नेछ ।

९३. प्रचलित कानून बमोजिम दर्ता र स्वीकृति हुनु पर्ने ः यस नियमावली अन्तर्गत विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण तथा वितरण गर्ने कार्यको लागि अनुमतिपत्र दिँदा औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिम दर्ता भएको र विदेशी लगानी समावेश भएकोमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम स्वीकृति लिएको हुनु पर्नेछ ।

९४. यो नियमावली लागू हुनेः (१) ऐनको दफा ३४ अनुसार नेपाल सरकार आफैंले विद्युतको
उत्पादन वा विकास गरेको अवस्थामा समेत अनुमतिपत्र सम्बन्धी व्यवस्था बाहेक अन्य
कुराहरुको हकमा यो नियमावली लागू हुनेछ ।
(२) १००० किलोवाटसम्म विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्ने व्यक्ति वा सङ्गठित संस्थालाई पनि अनुमतिपत्र सम्बन्धी व्यवस्था बाहेक अन्य कुराहरुको हकमा यो नियमावली लागू हुनेछ ।

९४क. निर्देशिका वा कार्यविधि बनाउन सक्नेः ऐन तथा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयले आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
९५. अनुसूचीमा हेरफेर तथा संशोधन गर्न सक्नेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा संशोधन गर्न सक्नेछ ।

९६. खारेजी र बचाउ ः (१) विद्युत नियमावली, २०२५ खारेज गरिएको छ । (२) विद्युत नियमावली, २०२५ बमोजिम भए गरेका काम कारवाहीहरु यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।

अनुसूची –१ (नियम ३ सँग सम्बन्धित)

अनुसूची –१
(नियम ३ सँग सम्बन्धित)

जानकारी सम्बन्धी ।

श्री महानिर्देशक,
विद्युत विकास विभाग ।

१०० देखि १००० किलोवाट सम्मको जल विद्युतको सर्वेक्षण/उत्पादन/प्रसारण/वितरण गर्न लागेकोले विद्युत नियमावली, २०५० को नियम ३ बमोजिम देहायको विवरणहरु खोली यो जानकारी दिएको छु ।

१. जलविद्युतको सर्वेक्षण/उत्पादन/प्रसारण/वितरण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा

नाम थर ठेगाना ः–
२. जलविद्युतको सर्वेक्षण/उत्पादन/ प्रसारण/वितरणको उद्देश्य तथा प्रयोजन ः–
३. जलविद्युतको सर्वेक्षण/उत्पादन/प्रसारण तथा वितरण गर्ने क्षेत्र ः–
(क) अञ्चल
(ख) जिल्ला ः–
(ग) गा.वि.स.÷नगरपालिका ः–
४. जडान क्षमता ः–

५. विद्युत नियमावली, २०५० को नियम ३ बमोजिमका विवरणहरु ः– माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

सङ्गठित संस्था भए छाप जानकारी दिने व्यक्ति वा सङ्गठित संस्थाको
सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः–

अनुसूची –२ विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको दरखास्त

अनुसूची –२
(नियम ४ सँग सम्बन्धित)
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको दरखास्त

श्री महानिर्देशक,
विद्युत विकास विभाग ।

विद्युत उत्पादनको सर्वेक्षणको लागि विद्युत नियमावली, २०५० को नियम ४ बमोजिम देहायको विवरणहरु समेत खुलाई यो दरखास्त पेश गरेको छु ।

१. विद्युत उत्पादनको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–
२. उत्पादनको सर्वेक्षण गरिने विद्युतको किसिम ः–
३. जलविद्युत उत्पादनको लागि सर्वेक्षण गरिने भएमा जलस्रोतको नाम ः–
४. सर्वेक्षण गर्ने क्षेत्र ः–

(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷नगरपालिका (घ) पूर्व पश्चिम उत्तर दक्षिण
५. सर्वेक्षणको प्रकृति ः–
६. सर्वेक्षण गर्न लाग्ने अनुमानित खर्च रु. ……. (पुष्ट्याई विवरण संलग्न गर्नु पर्नेछ )
७. सर्वेक्षण गर्ने अवधि ः–

मिति …………….  देखि मिति …………….  सम्म ।

८. अन्य विवरणहरु ः–

माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

सङ्गठित संस्था भए छाप दरखास्तवालाको
सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः

अनुसूची –३ विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त

अनुसूची –३
(नियम ५ सँग सम्बन्धित)
विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त

श्री महानिर्देशक,
विद्युत विकास विभाग ।

विद्युत प्रसारणको सर्वेक्षणको लागि विद्युत नियमावली, २०५० को नियम ५ बमोजिम देहायका विवरणहरु समेत खुलाई यो दरखास्त पेश गरेको छु ।

१. विद्युत प्रसारणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–
२. प्रसारण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–
३. विद्युत प्रसारण कहाँबाट कहाँ गर्ने हो सोको विवरण ः–
४. विद्युत प्रसारणको सर्वेक्षण गर्ने क्षेत्र ः–

(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷नगरपालिका (घ) पूर्व पश्चिम उत्तर दक्षिण
५. विद्युत प्रसारणको भोल्टेज तथा परिमाण ः–
६. सर्वेक्षणको प्रकृति ः–

७. सर्वेक्षण गर्न लागने अनुमानि खर्च रु. ………..
(पुष्ट्याई विवरण संलग्न गर्नुपर्नेछ )

८. विद्युत प्रसारण सर्वेक्षण गर्ने अवधि ः–
मिति ……………. देखि मिति ……………. सम्म

९. अन्य विवरणहरु ः–

माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

सङ्गठित संस्था भए छाप दरखास्तवालाको
सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः–

अनुसूची –४ विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त

अनुसूची –४
(नियम ६ सँग सम्बन्धित)
विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त

श्री महानिर्देशक,
विद्युत विकास विभाग ।

विद्युत वितरणको सर्वेक्षणको लागि विद्युत नियमावली, २०५० को नियम ६ बमोजिम देहायका विवरणहरु समेत खुलाई यो दरखास्त पेश गरेको छु ।

१. विद्युत वितरणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–
२. वितरण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–
३. सर्वेक्षण गर्ने क्षेत्र ः–

(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷नगरपालिका (घ) पूर्व पश्चिम उत्तर दक्षिण
५. सर्वेक्षणको प्रकृति ः–
६. विद्युत वितरण सर्वेक्षण गर्न लाग्ने अनुमानि खर्च रु. ……….. (पुष्ट्याई विवरण संलग्न गर्नु पर्नेछ )
७. विद्युत वितरण सर्वेक्षण गर्ने अवधि ः–

मिति …………….        देखि मिति …………….      सम्म

८. अन्य विवरण ः–

माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला । सङ्गठित संस्था भए छाप दरखास्तवालाको
सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः–

अनुसूची –५(क) विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र

अनुसूची –५(क)
(नियम ८ सँग सम्बन्धित)
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र

महाशय,

विद्युत उत्पादनको सर्वेक्षणको लागि अनुमतिपत्र पाउन मिति ……………. मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत नियमावली, २०५० को नियम ८ बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. विद्युत उत्पादन सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–
२. उत्पादनको सर्वेक्षण गरिने विद्युतको किसिम ः–
३. जलविद्युत उत्पादनको लागि सर्वेक्षण गरिने जलस्रोतको नाम ः ः–
४. सर्वेक्षण गर्ने क्षेत्र ः–

(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷नगरपालिका (घ) पूर्व पश्चिम

उत्तर दक्षिण
५. सर्वेक्षणको प्रकृति ः–
६. अनुमतिपत्र बहाल रहने अवधि ः–

मिति ……………. देखि मिति ……………. सम्म

७. अन्य शर्तहरु ः–
अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः–………….

अनुसूची –५(ख) विद्युत प्रसारणको सर्वेक्षणको अनुमतिपत्र

अनुसूची –५(ख)
(नियम ८ सँग सम्बन्धित)
विद्युत प्रसारणको सर्वेक्षणको अनुमतिपत्र

महाशय,

विद्युत प्रसारणको सर्वेक्षणको लागि अनुमतिपत्र पाउन मिति ……………. मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत नियमावली, २०५० को नियम ८ बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. विद्युत प्रसारणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–
२. प्रसारण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–
३. विद्युत प्रसारण कहाँबाट कहाँ गर्ने हो सो को विवरण्(ा ः–
४. सर्वेक्षण गर्ने क्षेत्र ः–
(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷                     नगरपालिका (घ) पूर्व पश्चिम   उत्तर दक्षिण

५. विद्युत प्रसारणको भोल्टेज र परिमाण ः–
६. सर्भेक्षणको प्रकृति ः–
७. अनुमतिपत्र वहाल रहने अवधि ः–

मिति …………….      देखि मिति …………….       सम्म
८. अन्य शर्तहरु ः–

अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….

अनुसूची –५(ग) विद्युत वितरणको सर्वेक्षणको अनुमतिपत्र

अनुसूची –५(ग)
(नियम ८ सँग सम्बन्धित)
विद्युत वितरणको सर्वेक्षणको अनुमतिपत्र

महाशय,

विद्युत वितरणको सर्वेक्षणको लागि अनुमतिपत्र पाउन मिति ……………. मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत नियमावली, २०५० को नियम ८ बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. विद्युत वितरणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–

२. वितरण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–

३. सर्वेक्षण गर्ने क्षेत्र ः–

(क) अञ्चल (ख) जिल्ला

(ग) गा.वि.स.÷नगरपालिका (घ) पूर्व पश्चिम उत्तर दक्षिण

४. विद्युत वितरणको भोल्टेज र परिमाण ः–

५. सर्भेक्षणको प्रकृति ः–

६. अनुमतिपत्र वहाल रहने अवधि ः–

मिति …………….             देखि मिति …………….                 सम्म

८. अन्य शर्तहरु ः–

अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….

अनुसूची –६ विद्युत उत्पादनको अनुमतिपत्रको दरखास्त

अनुसूची –६
(नियम १२ सँग सम्बन्धित)
विद्युत उत्पादनको अनुमतिपत्रको दरखास्त

श्री महानिर्देशक,
विद्युत विकास विभाग ।

महोदय,

विद्युतको उत्पादन गर्न लागेकोले विद्युत ऐन, २०४९ को दफा ४ र विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम देहायका विवरणहरु खुलाई आवश्यक कागजात समेत संलग्न राखी यो दरखास्त पेश गरेको छु ।

१. विद्युतको उत्पादन गर्ने व्यक्ति वा सङ्गठित संस्थाको नाम, ठेगाना ः–
२. विद्युत परियोजनाको नाम ः–
३. विद्युत शक्ति उत्पादन गर्ने साधन ः–

४. जलस्रोतको उपयोग गरिने भएमा ः–

(क) नदीको नाम ः–
(ख) जलस्रोत उपयोग गरिने क्षेत्र अञ्चल जिल्ला गा.वि.स.÷नगरपालिका पूर्व पश्चिम उत्तर दक्षिण
(ग) प्रयोग गरिने जलस्रोतको परिमाण ः–
५. मुख्य मुख्य संरचनाहरुको विवरण तथा रहने स्थान ः–
६. कार्य सुरु गर्ने मिति ः–
७. कार्य समाप्त गर्ने मिति ः–

८. अन्य विवरणहरु ः–

माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

सङ्गठित संस्था भए छाप दरखास्तवालाको
सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः–

अनुसूची –७ विद्युत प्रसारणको अनुमतिपत्रको दरखास्त

अनुसूची –७
(नियम १३ सँग सम्बन्धित)
विद्युत प्रसारणको अनुमतिपत्रको दरखास्त

श्री महानिर्देशक,
विद्युत विकास विभाग

महोदय,

विद्युत प्रसारण गर्न लागेकोले विद्युत ऐन, २०४९ को दफा ४ र विद्युत नियमावली, २०५० को नियम १३ बमोजिम देहायका विवरणहरु समेत खुलाई आवश्यक कागजात समेत संलग्न राखी यो दरखास्त पेश गरेको छु ।

१. विद्युत प्रसारण गर्ने व्यक्ति वा सङ्गठित संस्थाको नाम, ठेगाना ः–
२. विद्युत प्रसारण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–
३. विद्युत प्रसारण कहाँबाट कहाँ गर्ने हो सो को विवरण ः–

(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷नगरपालिका

४. विद्युत प्रसारणको भोल्टेज र परिमाणः–
५. काम शुरु गर्ने मितिः–
काम समाप्त गर्ने मिति ः–

६. अन्य विवरणहरु ः–

माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
सङ्गठित संस्था भए छाप दरखास्तवालाको
सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः

अनुसूची –८ विद्युत वितरणको अनुमतिपत्रको दरखास्त

अनुसूची –८
(नियम १४ सँग सम्बन्धित)
विद्युत वितरणको अनुमतिपत्रको दरखास्त

श्री महानिर्देशक,
विद्युत विकास विभाग ।

महोदय,

विद्युत वितरण गर्न लागेकोले विद्युत ऐन, २०४९ को दफा ४ र विद्युत नियमावली, २०५० को नियम १४ बमोजिम देहायका विवरणहरु समेत खुलाई आवश्यक कागजात समेत संलग्न राखी यो दरखास्त पेश गरेको छु ।

१. विद्युत वितरण गर्ने व्यक्ति वा सङ्गठित संस्थाको नाम, ठेगाना ः–

२. वितरण गरिने विद्युत उपलब्ध गराउने परियोजना/स्थानको विवरण ः–

३. विद्युत वितरण गरिने भोल्टेज र परिमाण ः–

४. विद्युत वितरण गरिने क्षेत्र ः–
(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷नगरपालिका

(घ) पूर्व                 पश्चिम
उत्तर              दक्षिण

५. काम शुरु हुने मितिः–
काम समाप्त हुने मिति ः–

६. अन्य विवरणहरु ः–
माथि उल्लेखित व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
सङ्गठित संस्था भए छाप दरखास्तवालाको

सही ः–
नाम ः–
मिति ः–
ठेगाना ः–

अनुसूची –९(क) विद्युत उत्पादनको अनुमतिपत्र

अनुसूची –९(क)
(नियम १७ सँग सम्बन्धित)
विद्युत उत्पादनको अनुमतिपत्र

अनुमतिपत्र संख्या ः–

नेपाल सरकार
ऊर्जा मन्त्रालय
महाशय,

विद्युत उत्पादनको लागि अनुमतिपत्र पाउन मिति ……… ……… मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली देहायका शर्तहरु सहित यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. अनुमतिपत्र पाउने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम ः–
ठेगाना ः–
२. विद्युत परियोजनको नाम ः–
३. विद्युत शक्ति उत्पादन गर्ने साधन ः–
४. जलस्रोतको उपयोग गरिने भए ः–
(क) नदीको नाम ः–
(ख) जलस्रोत उपयोग गर्न पाइने क्षेत्र ः–

अञ्चल जिल्ला गा.वि.स.÷                  नगरपालिका
पूर्व पश्चिम
उत्तर दक्षिण

(ग) प्रयोग गरिने जलस्रोतको परिमाण ः–
५. मुख्य मुख्य संरचनाहरुको विवरण र रहने स्थान ः–
६. अनुमतिपत्र बहाल रहने अवधि ः–
७. अन्य शर्तरु ः–

अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….

अनुसूची ९(ख)
(नियम १७ सँग सम्बन्धित)
विद्युत प्रसारणको अनुमतिपत्र
अनुमतिपत्र संख्या ः–
नेपाल सरकार
ऊर्जा मन्त्रालय
महाशय,

विद्युत प्रसारणको लागि अनुमतिपत्र पाउन मिति ……… ……… मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली देहायका शर्तहरु सहित यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. अनुमतिपत्र पाउने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम ः– ठेगाना ः–
२. प्रसारण परियोजनाको नाम ः–
३. विद्युत प्रसारण कहाँबाट कहाँ गर्ने हो सोको विवरण ः–
अञ्चल जिल्ला गा.वि.स. ÷                    नगरपालिका
४. विद्युत प्रसारणको भोल्टेज र परिमाण ः–
५. अनुमतिपत्र बहाल रहने अवधि ः–

मिति …………… देखि मिति ………..सम्म ।
७. अन्य शर्तहरु ः–

अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….

अनुसूची ९(ग)
(नियम १७ सँग सम्बन्धित)
विद्युत वितरणको अनुमतिपत्र
अनुमतिपत्र संख्या ः–
नेपाल सरकार
ऊर्जा मन्त्रालय
महाशय,

विद्युत वितरणको लागि अनुमतिपत्र पाउन मिति ……… ……… मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली देहायका शर्त सहित यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. अनुमतिपत्र पाउने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम ः–
ठेगाना ः–
२. वितरण परियोजनाको नाम ः–
३. वितरण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–
४. विद्युत वितरण गरिने भोल्टेज र परिमाण ः–
५. विद्युत विरतरण गरिने क्षेत्र ः–
अञ्चल जिल्ला गा.वि.स.÷                        नगरपालिका
पूर्व पश्चिम
उत्तर दक्षिण

६. अनुमतिपत्र बहाल रहने अवधि ः–

मिति …………… देखि मिति……….. सम्म ।
७. अन्य शर्तहरु ः–
अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….

अनुसूची –१० विद्युत उत्पादन, प्रसारण तथा वितरण गर्न अनुमतिपत्र

अनुसूची –१०
(नियम २२ सँग सम्बन्धित)
विद्युत उत्पादन, प्रसारण तथा वितरण गर्न अनुमतिपत्र

अनुमतिपत्र संख्या ः–

नेपाल सरकार
ऊर्जा मन्त्रालय

महाशय,

विद्युत उत्पादन/प्रसारण/वितरणको लागि अनुमतिपत्र पाउन मिति ………….. को दरखास्त अनुसार देहाय बमोजिमका विवरणहरु खुलाई विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (३) र विद्युत नियमावली, २०५० को नियम २२ को उपनियम (२) अनुसार यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. विद्युत उत्पादन÷प्रसारण÷वितरण गर्ने व्यक्ति वा सङ्गठित संस्थाको नाम र ठेगााना ः–
२. विद्युत उत्पादन केन्द्रहरुको विवरण (प्रत्येक केन्द्रको) नाम ः–

(क) जडित क्षमता (किलोवाटमा) ः–
(ख) अनुमानित वार्षिक उत्पादन (किलोवाटमा) ः–
(ग) कमिशनिङ्ग भएको मिति ः–
(घ) विद्युत उत्पादनमा प्रयोग भएको साधन ः–
(ङ) जलस्रोतको उपयोग भएको भए जलस्रोतको नाम ः–
(च) विद्युत केन्द्र रहेको स्थान ः–                       अञ्चल जिल्ला गा.वि.स.÷नगरपालिका

३. विद्युत प्रसारणको विवरण (प्रत्येक लाइनको) ः–
(क) नाम ः–
(ख) भोल्टेजको स्तर ः–
(ग) तारको साइज ः–
(घ) प्रसारण गर्न सक्ने क्षमता ः–
(ङ) सम्बन्धित सब स्टेशनहरुको भोल्टेज र जडित ट्रान्सफरमरहरुको क्षमताः–
(च) प्रसारण शुरु गरेको मिति ः–

४. विद्युत वितरणको विवरण ः–
(क) वितरणको क्षेत्र ः–                       अञ्चल जिल्ला गा.वि.स.÷नगरपालिका
(ख) वितरणको भोल्टेज ः–

५. वितरण ट्रान्सफरमरहरुको कूल क्षमता ः–

६. ग्राहकको संस्था ः
(क) गार्हस्थ ः
(ख) औद्योगिक ः
(ग) व्यापारिक ः
(घ) ………

जम्मा

७. औसत विक्री दर ः–
८. वितरण शुरु गरेको मिति ः
९. अनुमतिपत्र बहाल रहने अवधि ः–
१०. अन्य शर्तहरु ः

अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….

अनुसूची –१३ तार देखि घर वा रुखसम्म हुनु पर्ने न्यूनतम दूरी

 

द्रष्टव्य ः–उपरोक्त न्यूनतम दूरी कायम गर्दा हावाको चापले उत्पन्न हुने तारको उच्चतम मच्याई
(म्याक्सिमम डिफ्लेक्सन) समेतको हिसाब गर्नु पर्नेछ ।

अनुसुची –१४ बिजुलीबाट हुने दुघर्टनाको प्रतिवेदन पठाउने ढाँचा

अनुसुची –१४
(नियम ७४ सँग सम्बन्धित)
बिजुलीबाट हुने दुघर्टनाको प्रतिवेदन पठाउने ढाँचा

१.. दुर्घटनाको मिति र समय ः–
२. दुर्घटना भएको अञ्चल, जिल्ला तथा स्थान ः–
३. विद्युत सप्लाई भोल्टेज तथा प्रणाली ः–
४. दुर्घटनामा परी मरेको वा घायल भएको व्यक्तिहरुको नाम । दुघर्टनामा कुनै जनावर परेको भए सो समेत उल्लेख गर्ने ः–
५. दुर्घटना भएको क्षेत्रको अनुमतिपत्र प्राप्त व्यक्तिको नाम ः–
६. दुर्घटनामा परेको व्यक्तिको पेशा (विद्युत सम्बन्धित काम गर्ने वा अन्य प्रकारको कार्य गर्ने) स्पष्ट उल्लेख गर्नुपर्ने ः–
७. (क) विद्युत कार्य गर्दा दुर्घटनामा परेको भए सो को विवरण ः

(ख) अरु कार्य गर्दा दुर्घटनामा परेको भए, कसरी सो भयो सो को विवरण ः

८. विद्युत कार्य गर्दा दुर्घटनामा परेको भए कसको आदेशानुसार कार्य गर्दा दुर्घटना भएको हो, सो को नाम, दर्जा र सो बारे निजको भनाई ः–
९. दुर्घटनाको पूर्ण विवरण ः–
१०. दुर्घटना भएपछि गरिएको विवरण ः–
११. पछि यस्तो दुर्घटना पर्न नदिन अनुमतिपत्र प्राप्त व्यक्तिले अपनाएको÷अपनाउने कार्यक्रम

विवरण ः–
मिति ः–
अनुमतिपत्र प्राप्त व्यक्तिको
दस्तखत ः–
नाम ः–
दर्जा ः–