Skip to contentSkip to left sidebar Skip to footer

विद्युत चोरी नियन्त्रण नियमावली, २०५९

विद्युत चोरी नियन्त्रण नियमावली, २०५९

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५९।८।१२

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा २० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१
प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः

(१) यी नियमहरूको नाम “विद्युत चोरी नियन्त्रण नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले विद्युत चोरी नियन्त्रण ऐन, २०५८ सम्झनु पर्छ ।
(ख) “अनुसन्धान तथा तहकिकात” भन्नाले ऐनको परिच्छेद–३ बमोजिमको अनुसन्धान तथा तहकिकात सम्झनु पर्छ ।

परिच्छेद–२ कसूरको सूचना

परिच्छेद–२
कसूरको सूचना

३. कसूरको सूचना ः

(१) ऐनको दफा ७ बमोजिमको कसूर भएको वा भईरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसूरको सम्बन्धमा आफूसँग भएको वा आफूले थाहा पाएको वा आफूले देखे जानेसम्मको कुनै सबूद प्रमाण भए सो समेतको व्यहोरा खुलाई यथाशीघ्र सो कुराको लिखित सूचना अनुसूची–१ बमोजिमको ढाँचामा नजिकको वितरक समक्ष दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कसूरको सूचना दिने व्यक्तिले संभव भएसम्म देहायका कुराहरू खुलाउनु पर्नेछ ः–
(क) कसूर भएको वा भैरहेको वा हुन लागेको मिति, समय र स्थान,
(ख) कसूर गर्ने व्यक्तिको नाम, ठेगाना र हुलिया,
(ग) कसूरको तरिका र कसूरसँग सम्बन्धित मालवस्तु, उपकरण तथा अन्य विवरण ।
(३) उपनियम (१) बमोजिम प्राप्त कसूरको सूचना कसैले मौखिक रूपमा दिएकोमा वितरकले सूचना दिने व्यक्तिले भनेका कुराहरू र उपनियम (२) बमोजिमका कुरा समेत खुलाई अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिमको सूचना टेलिफोन, फ्याक्स तथा इमेलबाट पनि दिन सकिनेछ । त्यसरी प्राप्त भएको सूचनालाई वितरकले अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राखी आवश्यक कारबाही गर्नु पर्नेछ ।

(५) वितरकको तर्फबाट ग्राहक वा उपभोक्ताको घर, भवन वा स्थानमा निरीक्षण गर्दा कसूर भएको वा भईरहेको फेला परेको भनी सम्बन्धित निरीक्षकले प्रतिवेदन पेश गरेमा उक्त प्रतिवेदनमा उल्लिखित कुरालाई समेत कसूरको सूचनाको रूपमा लिई अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

(६) उपनियम (१), (३), (४) र (५) बमोजिम प्राप्त हुन आएको कसूरको सूचनालाई वितरकले अनुसूची–२ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ । तर प्राप्त सूचना वितरक वा अनुसन्धान अधिकारीको क्षेत्रभन्दा बाहिरको रहेछ भने सम्बन्धित वितरक वा अनुसन्धान अधिकारीकहाँ पठाइदिनु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम कसूरको सूचना दर्ता गरेपछि सूचना दिने व्यक्तिलाई अनुसूची–३ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।
(८) यस नियम बमोजिम कसूरको सूचना दिने व्यक्तिको नाम, ठेगाना र निजले दिएको कसूरको सूचनाको व्यहोरा गोप्य रहनेछ ।

 

परिच्छेद–३ अनुसन्धान तथा तहकिकात

परिच्छेद–३
अनुसन्धान तथा तहकिकात

४. अनुसन्धान तथा तहकिकात ः

(१) नियम ३ बमोजिम वितरकले कसूरको सूचना पाएपछि अनुसन्धान अधिकारीले यथाशिघ्र अनुसन्धान तथा तहकिकातको कारबाही शुरु गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान तथा तहकिकात गर्दा नजिकको प्रहरी, स्थानीय प्रशासन तथा स्थानीय निकायको आवश्यक सहयोग लिन सकिनेछ ।
(३) अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा कसूरदारसँग आवश्यक सोधपुछ गरी निजले व्यक्त गरेको कुरालाई लेखबद्ध गरी सहीछाप गराई राख्नु पर्नेछ । कसूरदारले सहिछाप गर्न इन्कार गरेमा सोही व्यहोरा जनाउनु पर्नेछ ।
(४) अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा देहाय बमोजिमका कुराहरू खुलाई सर्जमिन मुचुल्का गर्नु पर्नेछ ः–
(क) कसूर गर्ने तथा कसूरसँग सम्बद्ध व्यक्तिको विवरण,
(ख) कसूर भएको मिति, स्थान तथा कसूरको तरिका,
(ग) कसूरसँग सम्बद्ध मालवस्तु, उपकरण तथा अन्य विवरण ।
(५) अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा कुनै स्थानमा कसूरसँग सम्बद्ध मालवस्तु वा उपकरण छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भएमा निजले त्यस्तो स्थानमा प्रवेश गरी कसूरसँग सम्बद्ध मालवस्तु तथा उपकरण फेला परेमा कब्जामा लिई त्यस्तो मालवस्तुको मुचुल्का तयार गरी त्यसको दुईप्रति निस्सा बनाई एकप्रति सम्बन्धित व्यक्तिलाई दिई अर्को प्रति फाईलमा संलग्न गर्नु पर्नेछ ।
(६) उपनियम (४) बमोजिम सर्जमिन गर्दा तथा उपनियम (५) बमोजिम मुचुल्का गर्दा अनुसन्धान अधिकारीले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडा समितिको कम्तीमा एकजना सदस्य, तीनजना स्थानीय व्यक्ति र फेला परेसम्म कसूरसँग सम्बद्ध व्यक्ति रोहवरमा राख्नु पर्नेछ । तर कसूरसँग सम्बद्ध व्यक्ति वा गाउँ विकास समिति वा नगरपालिकाको वडा समितिका सदस्य उपस्थित नभई रोहवरमा नरहेको कारणले मात्र सर्जमिन मुचुल्का वा उपनियम (५) बमोजिमको मुचुल्का तयार गर्न बाधा पु¥याएको मानिने छैन ।

५. जरिवानाको आदेश ः अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा बाधा विरोध गर्ने व्यक्तिलाई ऐनको दफा १२ को उपदफा (४) बमोजिम जरिवाना गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा आदेश दिनु पर्नेछ ।

६. विशेषज्ञको राय लिन सक्ने ः अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा कसूरसग सम्बन्धित विषयको सम्बन्धमा आवश्यकता अनुसार विशेषज्ञको राय लिन सक्नेछ र त्यसरी लिएको विशेषज्ञको राय फाइलमा संलग्न गर्नु पर्नेछ ।

परिच्छेद–४ चोरी भएको विद्युत एकाईको निर्धारण

परिच्छेद–४
चोरी भएको विद्युत एकाईको निर्धारण

७. चोरी गरी खपत गरेको विद्युत एकाईको निर्धारण गर्ने प्रक्रिया ः

 

अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा ग्राहक वा उपभोक्ताले विद्युत चोरी गरेको पाईएमा त्यस्तो कसूरबाट वितरकलाई पर्न गएको हानी नोक्सानीको मूल्याङ्कनको लागि त्यस्तो ग्राहक वा उपभोक्ताको घर वा भवनमा जडान भएको प्रत्येक विद्युतीय उपकरण गत एक वर्षको अवधिमा अनुसूची–५ र अनुसूची–६ मा उल्लेख भए अनुसार सञ्चालन भएको अनुमान गरी खपत गरेको विद्युत एकाईको गणना तथा निर्धारण गर्नेछ ।

८. घटी बढी गरी गणना तथा निर्धारण गर्न सकिने ः

(१) नियम ७ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा अनुसन्धान अधिकारीले अनुसूची–५ र अनुसूची– ६ बमोजिम निर्धारित सञ्चालन घण्टा र अवधि भन्दा घटी वा बढी हुने गरी खपत गरेको विद्युत एकाईको गणना र निर्धारण गर्न सक्नेछ ः–

(क) कसूरको आरोप लागेको व्यक्तिले पेश गरेको देहायका प्रमाणमा अनुसन्धान अधिकारी सन्तुष्ट भएमा,
(१) आफूले प्रयोग गरेका विद्युतिय उपकरणहरू गत एक वर्षभन्दा कम अवधिदेखि सञ्चालन भएका छन् वा त्यस्तो उपकरण गत केही समय देखि सञ्चालन भएका छ्रैनन्,
(२) विद्युत जडान भएको एकवर्षको अवधि पूरा नभएको,
(३) यस अघि विद्युत चोरी गरेको आरोपमा विद्युत एकाईको निर्धारण गरेको अवधि एक वर्ष पूरा भई नसकेको ।
(ख) कसूरको आरोप लागेको व्यक्तिले जडान गरेको विद्युतीय उपकरण अनुसूची–५ र अनुसूची–६ बमोजिमको सञ्चालन घण्टा र अवधि भन्दा बढी हुने गरी सञ्चालन भईरहेको छ भनी विश्वास गर्नु पर्ने मनासिव कारण भएमा,
(ग) कसूरको आरोप लागेको व्यक्तिले अनुसूची–५ र अनुसूची–६ मा उल्लिखित विद्युतिय उपकरण बाहेक अन्य विद्युतिय उपकरण
समेत प्रयोग गरी सञ्चालन भएको पाइएमा । यस खण्ड बमोजिमको विद्युतिय उपकरणले खपत गरेको विद्युत एकाईको अनुमान गर्दा उपयुक्त डिमाण्ड फ्याक्टर, लोड फ्याक्टर, सञ्चालन–घण्टा र अवधिको आधारमा निर्धारण गर्नु पर्नेछ ।
(२) विद्युतीय उपकरणमा क्षमता उल्लेख नभएको, मेटिएको वा उल्लेख भएतापनि विश्वसनीय नभएमा अनुसन्धान अधिकारीले त्यस्तो उपकरणको प्राविधिक क्षमता जाँच गरी निर्धारण गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम समय गणना गर्दा एकवर्ष भन्दा बढी समयावधिको गणना गरिने छैन ।
(४) विद्युत चोरी भए नभएको सम्बन्धमा विगत एकवर्षमा वितरकको तर्फबाट निरीक्षण भएको रहेछ भने सो निरीक्षण भएको मिति भन्दा पहिलेको अवधि गणना गरिने छैन ।

९. करेन्ट ट्रान्सफरमर (सि.टी.) वा पोटेन्सियल ट्रान्सफरमर (पि.टी.) वा दुवै जडान भएको अवस्थामा ः

(१) नियम ८ मा जुनसुकै कुरा लेखिएको भएतापनि करेन्ट ट्रान्सफरमर वा पोटेन्सियल ट्रान्सफरमरबाट प्रयोग हुने इनर्जी मिटर जडान भएको घर वा भवनमा देहाय बमोजिमको तरिकाबाट विद्युत चोरी गरेकोमा त्यसरी चोरी गरी खपत गरेको विद्युत एकाइको गणना तथा निर्धारण इन्जिनियरिङ सिद्धान्तको आधारमा गरिनेछ ः–

(क) करेन्ट ट्रान्सफरमर वा पोटेन्सियल ट्रान्सफरमर वा दुवैको तारहरूमध्ये एक वा दुवै निकालेको वा उल्टोपाल्टो कनेक्शन
गरेको वा जलाएको, वा
(ख) अन्य प्रविधि अपनाएको ।
(२) चोरी भएको समयको उच्चतम मागको मूल्याङ्कन पनि इन्जिनियरिङ सिद्धान्तको आधारमा गरिनेछ ।
(३) चोरी भएको विद्युत एकाइ उपनियम (२) बमोजिम निर्धारण गर्न नसकिने भएमा विद्युत चोरी भएको तथ्य पत्ता लागेको अघिल्लो महिनादेखि गत एकवर्ष वा सो भन्दा अघिको एकवर्षको अवधिमा जुन बढी उच्चतम माग हुन्छ सोही आधारमा माग कायम गरी निम्न सूत्रको आधारमा चोरी गरी खपत गरेको विद्युतको एकाइ निर्धारण गरिनेछ ः–
खपत भएको विद्युत एकाई ≠ अधिकतम माग × लोड फ्याक्टर × घण्टा÷दिन × दिन÷प्रतिवर्ष

१०. खपत गरेको विद्युत एकाई ः नियम ७, ८ र ९ बमोजिम अनुसन्धान अधिकारीले गणना तथा निर्धारण गरी कायम हुन आएको विद्युत एकाईलाई नै कसूरको आरोप लागेको ग्राहक वा उपभोक्ताले खपत गरेको विद्युत एकाई मानिनेछ ।

परिच्छेद–५ हानी नोक्सानीको निर्धारण

परिच्छेद–५
हानी नोक्सानीको निर्धारण

११। वास्तविक हानी नोक्सानी ः

९१० नियम १० बमोजिम निर्धारण गरेको कूल विद्युत एकाई वापत वितरकलाई तिर्नु बुझाउनु पर्ने कूल रकममध्ये सो अवधिमा कसूरको आरोप लागेको व्यक्तिले वितरकलाई तिरे बुझाएको रकम कट्टा गरी तिर्न बुझाउन बाँकी रहन आएको रकम नै वास्तविक हानी नोक्सानी मानिनेछ ।

९२० उपनियम ९१० बमोजिम वितरकलाई तिर्नु बुझाउनु पर्ने कूल रकमको गणना गर्ने प्रयोजनको लागि कसूर भएको समयमा प्रचलित विद्युत महसूल दरलाई आधार बनाउनु पर्नेछ ।

१२। हानी नोक्सानीको न्यूनतम अङ्क ः

नियम ११ मा जुनसुकै कुरा लेखिएको भएतापनि कसूरको आरोप लागेको व्यक्तिले चोरी गरी खपत गरेको विद्युत एकाई निर्धारण गरी हानी
नोक्सानी वापतको मूल्य कायम गर्दा एकहजार रुपैयाँ भन्दा कम हुन आएको अवस्थामा हानी नोक्सानी वापत न्यूनतम एकहजार रुपैयाँ मूल्य कायम गर्नु पर्नेछ ।

१३। अनुसन्धान तथा तहकिकातको अभिलेख ः

अनुसन्धान अधिकारीले कसूरको सूचना दर्ता भएपछि अनुसन्धान तथा तहकिकातको क्रममा तयार भएका सोधपुछ, सर्जमिन मुचुल्का तथा अन्य मुचुल्का, कसैलाई जरिवानाको आदेश दिएको भए त्यसको प्रति लगायतका सम्पूर्ण कागजात, चोरी भएको विद्युत एकाईको गणना, हानी नोक्सानी र क्षतिपूर्तिको रकम निर्धारण गरेको काम कारवाईको अभिलेख अनुसूची–७ बमोजिमको ढाँचामा तयार गरी अनुसन्धान तथा तहकिकातको फाइलसाथ संलग्न गर्नु पर्नेछ ।

१४। हानी नोक्सानी तथा क्षतिपूर्तिको सूचना दिने ः

नियम ११ वा १२ बमोजिम कायम भएको हानी नोक्सानी तथा सो वापत तिर्नु पर्ने क्षतिपूर्ति समेतको विवरण खोली अनुसन्धान अधिकारीले अनुसूची–८ बमोजिमको ढाँचामा कसूरको आरोप लागेको सम्बन्धित व्यक्ति वा संस्थालाई सोको सूचना दिनु पर्नेछ ।

परिच्छेद–६ पुनरावलोकन

परिच्छेद–६
पुनरावलोकन

१५. पुनरावलोकन

(१) अनुसन्धान अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्ति वा संस्थाले निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र पुनरावलोकनको लागि सम्बन्धित वितरक समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पुनरावलोकनको लागि निवेदन दिंदा सोझै वितरक समक्ष वा जुन अनुसन्धान अधिकारीको आदेश विरुद्ध पुनरावलोकनको लागि निवेदन दिने हो सोही अधिकारी मार्फत वितरक समक्ष पुनरावलोकनको निवेदन दिन सक्नेछ ।
(३) अनुसन्धान अधिकारीले गरेको निर्णय उपर पुनरावलोकनको लागि निवेदन दिँदा अनुसूची–९ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(४) पुनरावलोकनको निवदेनसाथ देहाय बमोजिमका कागजात संलग्न गरिएको हुनु पर्नेछ ।

(क) नियम ५ वा नियम १४ बमोजिम अनुसन्धान अधिकारीले दिएको सूचनाका प्रमाणित प्रति,
(ख) आफ्नो भनाई पुष्टी गर्नको निमित्त सबूद प्रमाण,
(ग) कारबाही, मूल्याङ्कन र सजायको आदेश बमोजिम तिर्नु बुझाउनु पर्ने रकम तिरे बुझाएको भए त्यसको रसीद वा निस्सा ।
(५) उपनियम (२) बमोजिम अनुसन्धान अधिकारी मार्फत दिन ल्याएको पुनरावेदन सम्बन्धित अधिकारीले सात दिनभित्र वितरक समक्ष पठाई दिनु पर्नेछ ।
(६) पुनरावलोकनको लागि दिएको निवेदन रितपूर्वकको नभएमा वितरकले त्यस्तो निवेदन अस्वीकार भएको जानकारी सम्बन्धित व्यक्ति वा संस्थालाई दिनु पर्नेछ ।

१६. पुनरावलोकनको निर्णय ः

(१) नियम १५ बमोजिम पुनरावलोकनको लागि दिएको निवेदनमा वितरकले देहाय बमोजिमका कुराहरू विचार गरी निर्णय गर्नु पर्नेछ ः–
(क) जरिवाना वा हानी नोक्सानी तथा क्षतिपूर्ति मूल्याङ्कन यथार्थमा आधारित छन् वा छैनन्,
(ख) जरिवाना वा हानी नोक्सानी तथा क्षतिपूर्ति मूल्याङ्कन गर्दा लिईएका आधारहरू प्रमाणित भएका छन् वा छैनन्,
(ग) जरिवाना वा हानी नोक्सानी तथा क्षतिपूर्ति मूल्याङ्कन ठीक बेठीक, पर्याप्त अपर्याप्त वा घटी बढी छ छैन ।
(२) वितरकले पुनरावलोकनको निर्णय गर्ने क्रममा कसूरसँग सम्बन्धित विषयको विशेषज्ञसँग आवश्यक परामर्श गर्न सक्नेछ ।
(३) वितरकले पुनरावलोकनको लागि निवेदन दिने व्यक्तिलाई दिईएको जरिवाना वा हानी नोक्सानी तथा क्षतिपूर्ति सदर वा वदर गर्ने, वा त्यस्तो जरिवाना वा हानी नोक्सानी र क्षतिपूर्तिको अङ्कलाई घटाउने गरी निर्णय गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम पुनरावलोकनको निर्णय भएको मितिले सात दिनभित्र निर्णय सहितको फाईल सम्बन्धित अनुसन्धान अधिकारी समक्ष पठाइदिनु पर्नेछ ।

१७. पुनरावलोकनबाट भएको निर्णयको सूचना ः

अनुसन्धान अधिकारीले गरेको निर्णय उपर नियम १५ बमोजिम पुनरावलोकनको लागि निवेदन नपरेकोमा त्यस्तो निवेदन दिने म्याद
समाप्त भएपछि र पुनरावलोकनको लागि निवेदन परेकोमा नियम १६ को उपनियम (४) बमोजिम फाइल प्राप्त भएको मितिले सात दिन भित्र पुनरावलोकन हुँदा निर्णय भए बमोजिमको जरिवाना वा हानी नोक्सानी तथा क्षतिपूर्ति रकम तिर्न बुझाउन ल्याउन सम्बन्धित व्यक्ति वा संस्थालाई अनुसूची–१० बमोजिमको ढाँचामा अनुसन्धान अधिकारीले सूचना दिनु पर्नेछ ।

१८. कारवाही टुङ्ग्याई तामेलीमा राख्ने वा मुद्दा दायर गर्ने ः

नियम १७ बमोजिम दिईएको सूचना बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्ति वा संस्थाले हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम तिर्न बुझाउन ल्याएमा बुझिलिई निज उपरको कारबाही टुङ्ग्याई तामेलीमा राखिदिनु पर्नेछ । हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम तिर्न बुझाउन नल्याएमा अनुसन्धान अधिकारीले सोही कुरा उल्लेख गरी मुद्दा दायर गर्ने तर्फ कारबाही शुरु गर्नु पर्नेछ ।

परिच्छेद–७ विविध

परिच्छेद–७
विविध

१९. क्षतिपूर्ति

(१) वितरक वा वितरकको कर्मचारीले ग्राहक वा उपभोक्ताको हित विपरीत काम गरेको कारणले ग्राहक वा उपभोक्तालाई कुनै किसिमको हानी नोक्सानी पर्न गएमा सम्बन्धित ग्राहक वा उपभोक्ताले सम्बन्धित वितरक समक्ष ऐनको दफा ४ बमोजिम क्षतिपूर्तिको माग दावी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ग्राहक वा उपभोक्ताले हानी नोक्सानी हुन गए वापत माग दावी गरेको क्षतिपूर्ति सम्बन्धमा छानवीन गरी क्षतिपूर्तिको अङ्क निर्धारण गर्ने प्रयोजनको लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जलस्रोत मन्त्रालयको प्रतिनिधि र वितरकको प्रतिनिधि रहेको एउटा समिति गठन हुनेछ ।
(३) उपनियम (२) बमोजिमको समितिले सोही उपनियम बमोजिम छानवीन गर्दा ग्राहक वा उपभोक्तालाई वास्तविक रूपमा हानी नोक्सानी हुन गएको देखेमा वितरकबाट एक लाख रुपैयाँसम्म क्षतिपूर्ति दिलाउने गरी निर्णय गर्नेछ र सो निर्णय अन्तिम हुनेछ ।
(४) उपनियम (३) बमोजिम समितिबाट क्षतिपूर्ति दिलाउने गरी निर्णय भएको मितिले तीन महिनाभित्र वितरकले क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।

२०. आचार संहिता

(१) वितरकले ऐनको दफा ५ बमोजिम वितरक संस्था र सो संस्थासँग  सम्बन्धित कर्मचारीले पालन गर्नु पर्ने आचार संहिता बनाई नेपाल सरकारमा पेश गर्नु पर्नेछ ।
(२) वितरकले पेश गरेको आचार संहिता नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।

२१. विद्युत आपूर्ति बन्द गर्न सक्ने ः

(१) देहायको अवस्थामा वितरकले ऐनको दफा १० बमोजिम कुनै क्षेत्र, गाउँ, टोल तथा स्थानमा फिडर, ट्रान्सफर्मर वा लो टेन्सन लाईनबाट
पूर्ण वा आंशिक परिमाणमा विद्युत आपूर्ति बन्द गर्न सक्नेछ ः–
(क) कुनै क्षेत्र, गाउँ, टोल तथा स्थानमा ग्राहक वा उपभोक्ताहरूले सामूहिक वा अलग अलग रूपमा विद्युत चोरी गरेमा,
(ख) खण्ड (क) बमोजिमको क्षेत्र, गाउ, टोल तथा स्थानमा विद्युत चोरी गर्ने ग्राहक वा उपभोक्ताहरूको मात्र विद्युत सप्लाई बन्द
गर्न प्राविधिक दृष्टिकोणले संभव नभएमा,
(ग) त्यस्ता क्षेत्र, गाउँ, टोल तथा स्थानका ग्राहक वा उपभोक्ताहरूलाई ऐन तथा यस नियमावली बमोजिम कारवाही
गर्दा निजहरूबाट हुल हुज्जत गरी बाधा अड्चन हुन सक्ने स्थितिको सिर्जना हुने भएमा ।
(२) उपनियम (१) बमोजिम विद्युत आपूर्ति बन्द गर्नु पर्दा सो बमोजिमको कारबाही गर्न लागेको सूचना सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका क्षेत्र, टोल तथा स्थानका बासिन्दाहरूले थाहा पाउने गरी पन्ध्र दिन अगावै वितरकले सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।

२२. सार्वजनिक गर्न सक्ने ः

वितरकले विद्युत चोरी गर्ने व्यक्ति, ग्राहक उपभोक्ताहरूको नाम सर्वसाधारणको जानकारीको लागि राष्ट्रिय स्तरका पत्र पत्रिकामा सार्वजनिक गर्न सक्नेछ ।

२३. पुनः विद्युत लाईन जडान गर्ने ः विद्युत चोरी गरे बापत सम्बन्धित व्यक्ति वा ग्राहक वा उपभोक्ताले वितरकलाई तिर्नु बुझाउनु पर्ने भनी ठहर भएको रकम तिरे बुझाए पछि वितरकले यथाशीघ्र त्यस्ता व्यक्ति वा ग्राहक वा उपभोक्तालाई पुनः विद्युतको लाईन
जडान गरिदिनु पर्नेछ ।

२४. पुरस्कार ः

(१) कसुरदारले वितरकलाई तिर्नु बुझाउनु पर्ने ठहर भएको हानी नोक्सानी तथा क्षतिपूर्ति बापत तिरे बुझाएको कूल रकमको बीस प्रतिशतले हुन आउने रकम कसूर सम्बन्धी सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरूप दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुरस्कार पाउने व्यक्ति एक भन्दा बढी भए दामासाहीले पुरस्कार वितरण गरिनेछ ।
(३) कसूरदारले वितरकलाई तिर्नु बुझाउनु पर्ने हानी नोक्सानी तथा सो बापतको क्षतिपूर्ति रकम तिरे बुझाएपछि मात्र यस नियम बमोजिम पुरस्कारको रकम वितरकले उपलब्ध गराउनेछ ।

२५. निर्देशिका बनाउन सक्ने ः विद्युत चोरी नियन्त्रणको सन्दर्भमा आवश्यक जाँचबुझ तथा अन्य काम कारबाही सञ्चालन गर्न वितरकले निर्देशिका बनाइ लागू गर्न सक्नेछ ।
२६. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने ः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।

अनुसूची–१ कसूरको सूचना

अनुसूची–१
(नियम ३ को उपनियम (१), (३), (४) र (५) सँग सम्बन्धित)
कसूरको सूचना

दर्ता नंं. ः–
दर्ता मिति ः–
…………………. कार्यालय
……………………. ।

विषय ः कसूरको सूचना दिएको ।

विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम ३ को उपनियम (१) अनुसार देहाय बमोजिमको व्यहोरा अनुसार विद्युत चोरी गर्ने कसूर गरेको हुँदा यो सूचना दिएको छु ।

(क) कसूर भएको, भैरहेको वा हुन लागेको मिति, समय र स्थान ः–
(ख) कसूर गर्ने व्यक्तिको नाम, ठेगाना वा हुलिया ः–
(ग) कसूरको तरिका र कसूरसँग सम्बन्धित मालवस्तु, उपकरण तथा अन्य विवरण ः–
यस सूचनामा लेखिएको व्यहोरा ठिक साँचो छ । झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउला । सूचना दिने व्यक्तिको,–

सही ः–
मिति ः–
पूरा नाम ः–
ठेगाना ः–

अनुसूची–२ कसूरको सूचना दर्ता किताब

अनुसूची–२
(नियम ३ को उपनियम (६) सँग सम्बन्धित)
कसूरको सूचना दर्ता किताब
……………….. कार्यालय

दर्ता नं.

मिति

सूचना दिने व्यक्तिको
पूरा नाम थर र
ठेगाना

कसूरको छोटकरी व्यहोरा

सूचना प्राप्त भएको तरीका

सूचना दिने व्यक्तिको दस्तखत

दर्ता गर्ने कर्मचारीको दस्तखत

अनुसूची–३ कसूरको सूचना दर्ता भएको भरपाई

अनुसूची–३
(नियम ३ को उपनियम (७) सँग सम्बन्धित)
कसूरको सूचना दर्ता भएको भरपाई

विद्युत चोरीको कसूर सम्बन्धमा ……………………. मा बस्ने श्री ……………………. ले मिति …………………… मा यस कार्यालयमा दिनु भएको विद्युत चोरी कसूर सम्बन्धी सूचना यस कार्यालयको दर्ता किताबको दर्ता नं. ……… मा दर्ता भएकोले विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम ३ को उपनियम (७) बमोजिम यो भरपाई दिईएको छ ।
वितरकको कार्यालयको छाप ………………………………….

दर्ता गर्ने कर्मचारीको,–

सही ः–
मिति ः–
नाम ः–
दर्जा ः

अनुसूची–४ जरिवानाको आदेश

अनुसूची–४
(नियम ५ सँग सम्बन्धित)

………………… कार्यालयको अनुसन्धान अधिकारीले दिएको

जरिवानाको आदेश

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ बमोजिम मिति …………………… मा यस कार्यालयमा प्राप्त विद्युत चोरी गरेको कसूरको सूचना बमोजिम अनुसन्धान तथा तहकिकातको क्रममा सोधपुछ÷सर्जमिन÷विद्युत चोरीसँग सम्बन्धित मालवस्तु तथा उपकरण कब्जाको लागि …………………….. स्थानमा प्रवेश गर्न लाग्दा …………………………………. मा बस्ने तपाई श्री …………………………………. ले अनुसन्धान तथा तहकिकातको काममा हुल हुज्जत गरी बाधा बिरोध उत्पन्न गर्नु भएकोले तपाईलाई विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १२ को उपदफा (४) बमोजिम रु…………………….. अक्षेरुपी …………………………………….. रुपैयाँ जरिवाना गरिएकोले विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम ५ बमोजिम जरिवाना बुझाउन ल्याउन यो आदेश दिइएको छ । यस आदेशमा चित्त नबुझेमा विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १३ को उपदफा (१) तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम १५ बमोजिम पुनरावलोकनको लागि वितरक समक्ष निवेदन दिन सक्नु हुनेछ । अनुसन्धान अधिकारीको,–
सही ः–
मिति ः–
नाम ः–
दर्जा ः

अनुसूची–६ ‌औद्योगिक प्रयोजनको लागि क्षतिपूर्ति मूल्याङ्कन तालिका

 

नोट ः
१. डिमाण्ड फ्याक्टर ≠ अधिकतम (मेक्सीमम्) डिमाण्ड ÷ कनेक्टेड लोड
२. लोड फ्याक्टर ≠ सालाखाला (एभरेज) डिमाण्ड × अधिकतम (मेक्सीमम्) डिमाण्ड
३. खपत युनिट ≠ कनेक्टेड लोड × डिमाण्ड फ्याक्टर × लोड फ्याक्टर × घण्टा÷दिन × दिन÷प्रतिदिन
४. गणना गर्दा ३० दिनको एक महिना र ३६५ दिनको एकवर्ष मानिनेछ ।
५. जगेडा रुममा (स्ट्याण्डवाई) रहेको उपकरणलाई लोडको गणना गर्दा सामेल गरिने छैन ।
६. लोडको हिसाब गर्दा एक एच.पी. बराबर ०.७५ कि.वा. र एक के.भी.ए. बराबर ०.८ कि.वा. लिईनेछ ।
७. साधारण अवस्थामा मिटर बन्द भएको महिनाको खपत निकाल्नु पर्दा जुन महिनामा मिटर बन्द भएको छ सो महिना भन्दा अघिको महिनालाई छोडेर त्यस अघिका लगातार ३ महिनाको खपतको औषत लिई निकालिनेछ । उदाहरणको लागि मिटर बन्द भएको चैत्र
महिनाको खपत निकाल्नलाई मार्ग, पुष र माघको खपतको औषत लिई निकाल्नु पर्नेछ ।

८. साधारण अवस्थामा डिमाण्ड मिटर बन्द भएको वा कुनै त्रुटी रहेको अवस्थामा देहाय बमोजिम डिमाण्ड निकाल्नु पर्नेछ ः–
(क) बन्द भएको वा त्रुटी देखिएको महिनामा देखाएको डिमाण्डलाई छाडेर सो भन्दा अघिको महिनाको डिमाण्डलाई लिनु पर्नेछ ।
(ख) माथि उल्लेख भए अनुसार डिमाण्ड निकाल्न नसकिने अवस्थामा स्वीकृत लोडको ८० प्रतिशत डिमाण्ड कायम गर्नु पर्नेछ ।

 

अनुसूची–८ हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कन गरिएको सूचना

अनुसूची–८
(नियम १४ सँग सम्बन्धित)
हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कन गरिएको सूचना

मिति ः–
पत्रसंख्या
ग्राहक वा उपभोक्ताको नाम ः–
ग्राहक नं. ः–
ठेगाना ः–

विषय ः हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कनको सूचना

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ बमोजिम यस कार्यालयमा प्राप्त कसूरको सूचना बमोजिम मिति ……………… मा तपार्इँको÷तपार्इँले उपभोग गर्नु भएको घर वा भवनमा अनुसन्धान तहकिकात गर्दा तपाईको÷तपाईँले उपभोग गर्नु भएको घर वा भवनमा विद्युत चोरी सम्बन्धी कसूर भइरहेको÷हुनगईरहेको अवस्थामा फेला परेको र सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात हँदा तपाईँबाट रु. …………….. मूल्य बराबरको विद्युत चोरी भएको मूल्याङ्कन भएकोले यस वितरकलाई हुन गएको हानी नोक्सानी बापतको रु. …………… क्षतिपूर्ति बापतको रु. ……………. र पुनः विद्युत लाईन जडान वापतको रु. …………. समेत जम्मा रु. ………….. अक्षेरुपी …………………….. बुझाउन ल्याउनु हुन यो सूचना दिईएको छ । यो सूचनामा चित्त नबुझेमा विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १३ को उपदफा (१) तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम १५ बमोजिम पुनरावलोकनको लागि निवेदन दिन सक्नु हुनेछ ।

१. चोरीको विवरण ः
(क) चोरीको स्थान ः–
(ख) चोरीको तरिका ः–
(ग) चोरी गर्दा प्रयोग भएको उपकरण ः–

२. चोरीबाट भएको वास्तविक हानी नोक्सानी ः–

३. वास्तविक हानी नोक्सानी निर्धारण गर्दा लिइएका आधारहरू ः–
(क)
(ख)
(ग)
अनुसन्धान अधिकारीको,–
सही ः–
मिति ः–
नाम ः–
दर्जा ः–

अनुसूची–९ पुनरावलोकनको लागि दिईने निवेदनको ढाँचा

अनुसूची–९
(नियम १५ को उपनियम (३) सँग सम्बन्धित)
पुनरावलोकनको लागि दिईने निवेदनको ढाँचा

………………… कार्यालयमा चढाएको
पुनरावलोकनको निवेदन

श्री ……………. (वितरकको कार्यालयको नाम)
ठेगाना
मार्फत
श्री अनुसन्धान अधिकारीज्यू,

………………. (सम्बन्धित कार्यालयको नाम)

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ बमोजिम त्यस कार्यालयमा प्राप्त कसूरको सूचना बमोजिम मिति ……………………. मा मैले ÷ हामीले उपभोग गरेको घर वा भवनमा अनुसन्धान तथा तहकिकात हुँदा विद्युत चोरी सम्बन्धी कसूर भइरहेको÷हुनगईरहेको भनी म÷हामीबाट रु. ……………. मूल्य बराबरको विद्युत चोरी भएको मूल्याङ्कन गरी हानी नोक्सानी वापतको रु. ……………. क्षतिपूर्ति वापतको रु. …………….. र पुनः विद्युत लाईन जडान वापतको रु. ……………. समेत जम्मा रु. ………….. बुझाउन मिति ……………… मा दिएको सूचनामा मलाई÷हामीलाई चित्त नबुझेकोले अनुसन्धान अधिकारीले सो सम्बन्धमा दिएको आदेशको पुनरावलोकन गर्न विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १३ र विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम १५ को उपनियम (१) बमोजिम यो निवेदन गरेको छु÷छौं ।

मेरो निवेदन जिकीर निम्न बमोजिम रहेको छ ः–
१.
२.
३.
४.
पुष्ट्याइँ गर्ने कागजात ः–
१.
२.
३.
४.
यसमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदकको,–
सही ः–
मिति ः–
पूरा नाम थर ः–
ठेगाना ः–

अनुसूची–१० हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना

अनुसूची–१०
(नियम १७ सँग सम्बन्धित)
हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना

मिति ः

पत्रसंख्या ः

ग्राहक वा उपभोक्ताको नाम ः

ग्राहक नं. ः

ठेगाना ः

विषय ः हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ बमोजिम यस कार्यालयमा प्राप्त कसूरको सूचना बमोजिम मिति……………………….मा तपाईको÷तपाईले उपभोग गर्नु भएको घर वा भवनमा अनुसन्धान तहकिकात गर्दा तपार्इँको÷तपाईँले उपभोग गर्न  भएको घर वा भवनमा विद्युत चोरी सम्बन्धी कसूर भइरहेको÷हुनगईरहेको अवस्थामा फेला परेको र सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात हुँदा तपाईबाट रु…………………. मूल्य बराबरको विद्युत चोरी भएको मूल्याङ्कन भएकोले यस वितरकलाई हुन गएको हानी नोक्सानी वापतको रु. ………………….. क्षतिपूर्ति बापतको रु. ……………….. र पुनः विद्युत लाईन जडान बापतको रु. ………………. समेत जम्मा रु. ……………… बुझाउन मिति ……………………… मा दिएको सूचनामा तपार्इँले पुनरावलोकनको लागि निवेदन नगर्नु भएको÷चित्त नबुझी तपार्इँले पुनरावलोकनको लागि दिनु भएको निवेदन बमोजिम पुनरावलोकन हुँदा तपाईँबाट रु……………….मूल्य बराबरको विद्युत चोरी भएको ठहर हुन आएकोले यस वितरकलाई हुन गएको हानी नोक्सानी बापतको रु…………………..क्षतिपूर्ति वापतको रु……………………….र पुनः विद्युत लाईन जडान बापतको रु………………………समेत जम्मा रु…………………….. अक्षेरुपी……………………………….यो सूचना प्राप्त भएको मितिले पैंतीस दिनभित्र बुझाउन ल्याउनु होला । उक्त समयभित्र बुझाउन नल्याउनु भएमा तपाईँलाई ऐनको दफा १५ बमोजिम मुद्दा चलाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

अनुसन्धान अधिकारीको,–
सहीः–
मितिः–
नामः–
दर्जाः–