Skip to contentSkip to left sidebar Skip to footer

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०७०।२।२०
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

परिच्छेद– १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ सम्झनु पर्छ ।
(ख) “पञ्चकृति मोल” भन्नाले राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कब्जा गरिएको मालवस्तुको सम्बन्धमा नियम २६ बमोजिम मूल्याङ्कन गरी कायम गरिएको मूल्य सम्झनु पर्छ ।

परिच्छेद–२ राजस्व चुहावट सम्बन्धी सूचना

 

३. राजस्व चुहावट सम्बन्धी सूचनाः (१) ऐनको दफा ७ बमोजिम कसैले राजस्व चुहावट गरेको छ वा गर्न लागेको छ भन्ने कुराको सूचना दिंदा तत्सम्बन्धी विवरण वा प्राप्त सबुत प्रमाण खुलाई अनुसूची–१ बमोजिमको ढाँचामा दिन सक्नेछ ।
(२) कसैले राजस्व चुहावट गरेको वा गर्न लागेको सूचना टेलिफोनबाट दिएमा त्यस्तो सूचनाको व्यहोरा टिपोट गरी महानिर्देशक वा निजले तोकेको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।
(३) कसैले विभागमा आफैं उपस्थित भई राजस्व चुहावट सम्बन्धी सूचना मौखिक रुपमा दिन चाहेमा विभागको सम्बन्धित कर्मचारीले त्यस्तो सूचना दिन चाहेको सम्पूर्ण व्यहोरा खुलाई लेखी निजलाई पढी वाची सुनाई महानिर्देशक वा निजले तोकेको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।
(४) कसैले राजस्व चुहावटको सूचना इमेल, फ्याक्स जस्ता विद्युतीय सञ्चार माध्यमबाट दिएमा विभागको सम्बन्धित कर्मचारीले त्यस्तो सूचनालाई छापी तथा आवश्यक भए सोको प्रतिलिपि समेत तयार गरी महानिर्देशक वा निजले तोकेको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।
(५) राजस्व चुहावट सम्बन्धी सूचना कुनै निकाय वा संगठित संस्थाले दिंदा सो सम्बन्धी सम्पूर्ण व्यहोरा तथा प्रमाण संलग्न गरी पत्र मार्फत विभागमा दिन सक्नेछ ।

४. सूचना दिनेको पहिचान गोप्य राखिनेः (१) कसैले आफ्नो नाम नखुलाई राजस्व चुहावट सम्बन्धी सूचना दिन चाहेमा वा आफ्नो नाम, थर, ठेगाना नखुलाई गोप्य राख्ने शर्तमा राजस्व चुहावट सम्बन्धी सूचना दिन चाहेमा निजले सोही व्यहोरा उल्लेख गरी तथा मौखिक रुपमा सूचना दिन चाहेमा सो सम्बन्धी सम्पूर्ण व्यहोरा खुलाई लेखी निजलाई पढी वाची सुनाई महानिर्देशक वा निजले तोकेको अधिकृतबाट
प्रमाणित गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोप्य रुपमा राजस्व चुहावट सम्बन्धी सूचना दिने व्यक्तिको नाम, थर, ठेगाना तथा निजको पहिचान गोप्य राखिनेछ ।
५. सूचना दर्ता गरी भरपाइ दिनु पर्नेः (१) नियम ३ वा ४ बमोजिम राजस्व चुहावट सम्बन्धी सूचना प्राप्त भएमा विभागको सम्बन्धित कर्मचारीले त्यस्तो सूचनालाई अनुसूची – २ बमोजिमको ढाँचामा दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(२) नियम ४ बमोजिमको व्यक्तिले दिएको सूचना उपनियम (१) बमोजिम दर्ता गर्दा महानिर्देशकले तोकिदिए बमोजिमको कुनै सङ्केत राखी दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम सूचना दर्ता गरेपछि सम्बन्धित कर्मचारीले अनुसूची– ३ बमोजिमको ढाँचामा सम्बन्धित सूचनाकर्तालाई एक प्रति भरपाइ दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम राजस्व चुहावट सम्बन्धी सूचना दर्ता गर्ने दर्ता किताबको प्रत्येक पृष्ठमा महानिर्देशक वा निजले तोकेको अधिकृतले दस्तखत गरी प्रमाणित गर्नु पर्नेछ ।

परिच्छेद–३ राजस्व चुहावटको अनुसन्धान तथा तहकिकात

 

६. राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नु पर्नेः विभागले राजस्व चुहावट गरेको वा गर्न लागेको सूचना परिच्छेद – २ बमोजिम प्राप्त गरेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात प्रारम्भ गर्नु पर्नेछ ।

७. प्रारम्भिक छानबिन गर्न गराउन सक्नेः (१) परिच्छेद – २ बमोजिम प्राप्त भएको वा अन्य कुनै स्रोतबाट विभागलाई जानकारी प्राप्त भएको राजस्व चुहावट गरेको वा गर्न लागेको सूचनाका सम्बन्धमा प्रारम्भिक छानबिन गर्नु पर्ने देखेमा महानिर्देशक आफैले वा कुनै अधिकृत कर्मचारी मार्फत प्रारम्भिक छानबिन गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रारम्भिक छानबिन गर्दा वा गराउँदा महानिर्देशकले त्यस्तो सूचनाका सम्बन्धमा स्थलगत रुपमा अध्ययन वा अवलोकन गर्न गराउन वा अन्य उपयुक्त माध्यमबाट छानबिन गर्न वा गराउन सक्नेछ ।
(३) यस नियम बमोजिम प्रारभ्मिक छानविनको लागि कुनै अधिकृतलाई खटाइएकोमा त्यस्तो अधिकृतले प्रारम्भिक छानबिन गरी सोको प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ ।

८. अनुसन्धान अधिकृत तोक्नेः (१) नियम ७ बमोजिम प्रारम्भीक छानबिन गर्दा वा प्राप्त सूचनाका आधारमा राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकात गर्नु पर्ने देखिएमा महानिर्देशक आफैले अनुसन्धान तथा तहकिकात गर्न वा कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत तोकी निजबाट अनुसन्धान तथा तहकिकात गराउन सक्नेछ ।
(२) महानिर्देशकले उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत तोक्दा ऐनको दफा ८ बमोजिम अनुसन्धान तथा तहकिकात सम्पन्न गर्नु पर्ने अवधि समेत तोकी सहयोगी कर्मचारीलाई समेत खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र अनुसन्धान तथा तहकिकात सम्पन्न हुन नसकेमा सोको कारण खुलाई अनुसन्धान अधिकृतले महानिर्देशक समक्ष थप अवधि माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम थप अवधि माग गरेकोे व्यहोरा मनासिब देखिएमा कसूरको प्रकृति तथा अनुसन्धान तथा तहकिकातमा भएको प्रगति समेतलाई विचार गरी महानिर्देशकले एकै पटक वा पटक पटक गरी बढीमा तीस दिनसम्म अवधि थप गरिदिन सक्नेछ ।
(५) महानिर्देशकले अनुसन्धान अधिकृत तोक्ने पत्रको ढाँचा अनुसूची–४ बमोजिमको हुनेछ ।

९. अन्य कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम तोक्नेः (१) विभागमा कार्यरत कर्मचारी बाहेकका अन्य सरकारी निकाय वा सरकारी कर्मचारीलाई ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने काम तोक्नु परेमा सोको सिफारिस सहित महानिर्देशकले अर्थ मन्त्रालयमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित निकाय समेतसँग परामर्श गरी मन्त्रालयले कुनै सरकारी निकाय वा कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम गर्ने गरी तोक्न सक्नेछ ।

१०. अनुसन्धान अधिकृत हेरफेर गर्न सक्नेः (१) कुनै अनुसन्धान अधिकृतलाई तोकिएको काम कुनै कारणले निजबाट सम्पन्न हुन सक्ने नदेखिएमा वा निजबाट सो काम गराउन उपयुक्त छैन भन्ने मनासिब कारण भएमा महानिर्देशकले निजको सट्टा अर्को अनुसन्धान अधिकृत तोक्न सक्नेछ ।
(२) अनुसन्धान तथा तहकिकात गर्न तोकिएको राजस्व चुहावट सम्बन्धी सूचना आफ्नो नजिकको नातेदारसँग सम्बन्धित भएमा वा त्यस्तो विषयमा आफ्नो समेत साझेदारी वा हिस्सा वा संलग्नता भएमा वा सो विषयसँग सम्बन्धित व्यक्तिसँग लेनदेन, कारोबार वा व्यवहार भएमा अनुसन्धान अधिकृतले सोको जानकारी तत्काल महानिर्देशकलाई दिनु पर्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासू, ससुरा, दाजु भाइ, दिदी, बहिनी, भाउजू, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजू, छोरा, छोरी, छोराबुहारी, नाति, नातिनी, नातिनीबुहारी वा ज्वाईं सम्झनु पर्छ ।
(३) उपनियम (२) बमोजिम जानकारी प्राप्त भएमा र व्यहोरा मनासिब देखिएमा महानिर्देशकले निजको सट्टा अर्को अनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात गराउनु पर्नेछ ।

११. बयान गराउन वा जानकारी वा सूचना लिन सक्नेः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले कसैसँग सोधपुछ गर्नु पर्ने, कुनै सूचना वा जानकारी लिनु पर्ने देखिएमा वा बयान लिनु पर्ने भएमा सम्बन्धित व्यक्तिलाई उपस्थित गराई सोधपुछ गर्न, कुनै सूचना वा जानकारी लिन वा बयान गराउन सक्नेछ ।
(२) अनुसन्धान अधिकृतले सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दा, कुनै सूचना वा जानकारी लिंदा वा वयान गराउँदा आफूले अनुसन्धान तथा तहकिकात गर्नु पर्ने विषयमा सम्बन्धित व्यक्तिले स्पष्ट रुपमा बुझ्न सक्ने गरी आवश्यक विषयमा प्रश्नहरु सोधी जानकारी, सूचना वा जवाफ लिनु वा वयान गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै व्यक्तिलाई उपस्थित गराउन अनुसन्धान अधिकृतबाट लेखिने पत्रको ढाँचा अनुसूची – ५ बमोजिमको हुनेछ ।
(४) अनुसन्धान अधिकृतले उपनियम (१) बमोजिम कुनै व्यक्तिको बयान गराउँदा अनुसूची – ६ बमोजिमको ढाँचामा गराउनु पर्नेछ ।

१२. पक्राउ पूर्जी जारी गर्नेः राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा ऐनको दफा १२ बमोजिम कुनै व्यक्तिलाई पक्राउ गर्नु परेमा अनुसन्धान अधिकृतले अनुसूची–७ बमोजिमको ढाँचामा पक्राउ पूर्जी जारी गर्नु पर्नेछ ।

१३. थुनुवा पूर्जी दिनु पर्नेः राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले कुनै व्यक्तिलाई पक्राउ गरी थुनामा राख्दा अनुसूची–८ बमोजिमको ढाँचामा थुनुवा पूर्जी दिनु पर्नेछ ।

१४. खानतलासी तथा बरामद सम्बन्धी कार्यविधिः (१) अनुसन्धान अधिकृतले राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा त्यस्तो कसूरसँग सम्बन्धित कुनै व्यक्ति वा दशी प्रमाण कुनै व्यक्तिसंग वा कुनै ठाउँमा छ भन्ने शंका गर्नु पर्ने मनासिब कारण भएमा निजले कसैको घर कम्पाउण्ड व्यापारिक परिसर, गोदाम, कारखाना वा जुनसुकै ठाउँमा प्रवेश गर्नु अघि अनुसूची–
९ बमोजिमको ढाँचामा खानतलासी सम्बन्धी सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खानतलासी गर्दा उक्त स्थानमा फेला परेका राजस्व चुहावट सम्बन्धी कसूरसँग सम्बन्धित वस्तुहरुको विवरण उल्लेख गरी माल वस्तुको धनी र उपलब्ध भएसम्म स्थानीय निकायका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी तथा कम्तीमा दुई जना स्थानीय व्यक्तिको रोहबरमा अनुसूची–१० बमोजिमको ढाँचामा बरामदी मुचुल्का तयार गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खानतलासी गर्दा बरामद भएको नगद, जिन्सी वा बिल बिजक, कागजात वा अन्य कुनै मालसमान आफूस“ग लानु परेमा अनुसन्धान अधिकृतले अनुसूची–११ बमोजिमको ढा“चामा त्यस्तो मालसमान बुझेको भर्पाइ सम्बन्धित वस्तुको धनी वा सो वस्तु जिम्मा रहेको व्यक्ति तथा कुनै संगठित संस्थाको हकमा त्यस्तो संस्थाको सञ्चालक वा पदाधिकारी वा जिम्मेवार कर्मचारीलाई दिनु
पर्नेछ ।
(४) बरामद भएको वस्तुको धनीले उपनियम (३) बमोजिम भरपाइ लिन इन्कार गरेमा बरामद भएको स्थानमा उपलब्ध भएसम्म स्थानीय निकायको प्रतिनिधि वा सरकारी कर्मचारी र कम्तीमा दुई जना स्थानीय व्यक्तिको रोहबरमा त्यस्तो भरपाइ टाँस गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको स्थानीय निकायको प्रतिनिधि वा सरकारी कर्मचारी र स्थानीय दुई जना व्यक्ति फेला नपरेमा काम तामेल गर्ने कर्मचारीले सो व्यहोरा मुचुल्कामा नै उल्लेख गरी त्यस्तो नगद, जिन्सी वा बिल बिजक, कागजात वा अन्य कुनै मालसमान बरामद गरिएको स्थानमा त्यस्तो भरपाइ टाँस गरे पछि सम्बन्धित व्यक्तिले रीतपूर्वक भरपाइ बुझेको मानिनेछ ।
(६) बरामदी मुचुल्कामा स्थानीय निकायका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी तथा कम्तीमा दुई जना स्थानीय व्यक्ति उपलब्ध नभएमा सोही व्यहोरा खोली खानतलासी गर्न जाने टोलीका कर्मचारीहरुलाई रोहबरमा राखी काम सम्पन्न गर्नु पर्नेछ ।
(७) सम्बन्धित व्यक्ति फेला नपरेमा वा निजले रोहबरमा बस्न अस्वीकार गरेमा बरामदी मुचुल्कामा सोही व्यहोरा उल्लेख गर्नु पर्नेछ ।

१५. तारेख वा बैड्ढ जमानतमा छाड्न सक्नेः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु आवश्यक नदेखिएमा अनुसन्धान अधिकृतले त्यस्तो अभियुक्तलाई ऐन बमोजिम तारेखमा छोड्न वा निजसँग धरौटी वा जमानी माग्न वा बैड्ढ जमानत माग गर्न सक्नेछ ।
(२) अनुसन्धान अधिकृतले माग गरेको धरौटी, जमानी वा बैङ्क जमानत दाखिला गर्न नसकेमा अनुसन्धान अधिकृतले अभियुक्तलाई थुनामा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।

१६. आदेश पर्चा खडा गर्नु पर्नेः (१) अनुसन्धान अधिकृतले राजस्व चुहावट सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेको अभियुक्तलाई अनुसन्धान तथा तहकिकातको सिलसिलामा तारेखमा छोड्ने, निजसँग धरौटी वा जमानी माग्ने वा बैङ्क जमानत माग्ने वा थुनामा राखी पुर्पक्ष गर्दा सोको आधार र कारण खुलाई आदेश पर्चा खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको आदेश पर्चाको ढाँचा अनुसूची–१२ बमोजिम हुनेछ ।

१७. धरौटी, जमानी वा बैड्ढ जमानत माग्ने कार्यविधिः (१) अनुसन्धान अधिकृतले अभियुक्तलाई नियम १५ बमोजिम धरौटी, जमानी वा बैङ्क जमानत माग्दा राजस्व चुहावट सम्बन्धी कसूरको विगो खुलेको विगो तथा निजलाई हुन सक्ने जरिवानालाई समेत खाम्ने गरी माग्नु पर्नेछ ।
(२) अभियुक्तले उपनियम (१) बमोजिम मागिएको धरौटी वा जेथा जमानी दिंदा अनुसूची–१३ बमोजिमको ढाचामा दिनु पर्नेछ ।
(३) अभियुक्तको तर्फबाट कुनै व्यक्तिले जेथा जमानी दिएकोमा त्यस्तो व्यक्तिले अनुसूची – १४ बमोजिमको ढाचामा कागज गर्नु पर्नेछ ।
(४) अनुसन्धान अधिकृतले यस नियम बमोजिम बैङ्क जमानत लिंदा प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “क” वर्गको बैङ्क तथा वित्तीय संस्थाबाट मात्र लिनु पर्नेछ ।
(५) यस नियम बमोजिम अभियुक्तबाट धरौटी, जेथा जमानी वा बैङ्क जमानत लिएकोमा विभागले अनुसूची–१५ बमोजिमको ढाचामा सोको अभिलेख खडा गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको अभिलेखमा अभियुक्तको नाम ,थर, वतन, आदेश भएको मिति र व्यहोरा, आदेश दिने पदाधिकारी समेत स्पष्ट खुलाउनु पर्नेछ ।

१८. तारेख पर्चा दिनु पर्नेः (१) अनुसन्धान अधिकृतले कुनै अभियुक्तलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएमा अनुसूची – १६ बमोजिमको ढाँचामा तारेख किताब खडा गरी तारेख दिनु पर्नेछ ।
(२) अभियुक्तलाई तारेख दिने तारेख पर्चाको ढाँचा अनुसूची–१७ बमोजिम हुनेछ ।

१९. थप जानकारी लिन वा ततिम्बा बयान गराउन सक्नेः अनुसन्धान अधिकृतले आवश्यक देखेमा अनुसन्धान तथा तहकिकातको सिलसिलामा राजस्व चुहावट सम्बन्धी कसूर सम्बन्धी जानकारी भएको कुनै व्यक्तिसँग थप जानकारी लिन वा अभियुक्तसँग त्यस्तो कसूरका सम्बन्धमा थप जानकारी लिन वा कारण खुलाई निजसँग ततिम्बा बयान गराउन सक्नेछ ।

२०. कारोबारको विवरण माग गर्न सक्नेः (१) अनुसन्धान अधिकृतले ऐनको दफा ९ को उपदफा (९) बमोजिम अभियुक्तको कुनै कार्यालय, संघ।संस्था वा कुनै बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्थामा रहेको कारोबारको विवरण तथा धितोपत्रमा भएको आर्थिक कारोबारको विवरण माग गर्दा अनुसूची – १८ बमोजिमको ढाँचामा सम्बन्धित निकाय वा संस्थामा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण माग गरेकोमा विभागले अनुसूची – १९ बमोजिमको ढाँचामा सो सम्बन्धी अभिलेख खडा गरी उक्त अभिलेखमा राजस्व चुहावट सम्बन्धी सूचना नम्बर, अभियुक्तको नाम, थर, वतन, कारोवारको विवरण तथा विवरण माग गर्न लेखिएको पत्रको मिति र चलानी नम्बर समेत खुलाउनु पर्नेछ ।

२१. रोक्का राखिएको राहदानी वा धरौटी, जेथा जमानी वा बैङ्क जमानत फुकुवाः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तककिकातको क्रममा रोक्का राखिएको राहदानी रोक्का राखिरहनु पर्ने अवस्था नदेखिएमा अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई अनुसूची – २० बमोजिमको ढाँचामा अभिलेख जनाई राहदानी रोक्का राख्ने निकायमा फुकुवाको लागि लेखी पठाउनु पर्नेछ ।
(२) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा धरौटी, जमानी वा बैड्ढ जमानत मागिएको र अभियुक्त वा निजको तर्फबाट धरौटी, जमानी वा बैड्ढ जमानत लिएकोमा सो सम्बन्धमा मुद्दा नचल्ने निर्णय भएमा विभागले त्यस्तो नगद धरौटी फिर्ता वा बैङ्क जमानत फुकुवा गरिदिनु पर्नेछ ।
(३) राजस्व चुहावट सम्बन्धी कसूरमा मुद्दा चली अभियुक्तले सफाई पाउने ठहर भई सो अन्तिम भएमा वा पुनरावेदन परेकोमा पुनरावेदनको अन्तिम टुङ्गो लागेपछि अभियुक्त वा निजको तर्फबाट राखिएको नगद धरौटी वा बैङ्क जमानत फुकुवा गरिदिनु पर्छ ।
(४) राजस्व चुहावट सम्बन्धी कसूरमा मुद्दा चली अभियुक्तले त्यस्तो कसूर गरेको ठहर भएमा निज वा निजको तर्फबाट लिइएको धरौटी, जमानी वा बैङ्क जमानतबाट फैसला बमोजिम लाग्ने दण्ड जरीवाना कटाई बाँकी सम्पत्ति निजलाई फुकुवा गरिदिनु पर्नेछ ।
(५) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कब्जामा लिइएको मालवस्तु वा कागजपत्र कब्जामा लिइरहनु पर्ने अवस्था नदेखिएमा अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई सोको अभिलेख जनाई सम्बन्धित व्यक्तिबाट भरपाइ गरी लिई त्यस्तो मालवस्तु वा कागजपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिनु पर्नेछ ।

२२. अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेः अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न गरेपछि आफ्नो राय सहित अनुसूची– २१ बमोजिमको ढाँचामा महानिर्देशक समक्ष अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेछ ।

२३. सरकारी वकिल समक्ष मिसिल पठाउनु पर्नेः महानिर्देशकको स्वीकृत प्राप्त भएपछि अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न भएपछि आफ्नो राय सहित मुद्दा दायर गर्ने सम्बन्धमा सक्कल मिसिल, प्रमाण तथा विवरण संलग्न गरी आवश्यक निर्णयका लागि सम्बन्धित सरकारी वकिल कार्यालय समक्ष अनुसूची– २२ बमोजिमको ढाँचामा लेखी पठाउनु पर्नेछ ।

२४. अभियोगपत्र दायर गर्नेः (१) सम्बन्धित सरकारी वकिल कार्यालयवाट मुद्दा दायर गर्ने गरी राय प्राप्त भएमा ऐनको दफा २० को अधीनमा रही अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष अभियोग पत्र दायर गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभियोगपत्रमा देहायका कुराहरु खुलाउनु पर्नेछः–
(क) अभियुक्तको नाम, थर वतन (स्थायी, अस्थायी तथा सम्पर्क ठेगाना, टेलिफोन, इमेल)
(ख) आरोप वा अभियोग लगाइएको विषय तथा तथ्यहरु,
(ग) सम्बद्ध कानून,
(घ) कानून तथा तथ्यको विश्लेषण,
(ङ) अपराधका तत्वहरु,
(च) राजस्व चुहावट गरेको यथार्थ विवरण (रकम समेत खुलाउने),
(छ) राजस्व चुहावट सम्बन्धी कसूरको मात्रा निर्धारण गर्ने आधार,
(ज) सजायको माग दावी,
(झ) अन्य प्रासङ्गिक कुराहरु ।
(३) उपनियम (१) बमोजिम अभियोगपत्र दायर गरे पश्चात प्राप्त थप प्रमाणका आधारमा कुनै व्यक्ति उपर अभियोग लगाउनु पर्ने भएमा यसै नियमावली बमोजिमको प्रकृया पूरा गरी थप अभियोगपत्र दायर गर्न सकिनेछ ।

(४) अभियोगपत्रको ढाँचा अनुसूची–२३ बमोजिमको हुनेछ ।

परिच्छेद – ४ मालवस्तुको लिलाम बिक्री सम्बन्धी व्यवस्था

 

२५. कब्जामा रहेका मालवस्तुको मूल्याङ्कनः (१) ऐनको दफा ३२ बमोजिम लिलाम गर्ने सम्बन्धमा अनुसन्धान अधिकृतले पञ्चकृति मोल कायम गर्दा देहाय बमोजिमकोे मूल्याङ्कन समिति गठन गरी त्यस्तो मालवस्तुको मूल्याङ्कन गरी सोही आधारमा कायम गर्नु पर्नेछः–
(क) विभागको महानिर्देशक वा उपमहानिर्देशक – संयोजक
(ख) प्रतिनिधि (रा.प. द्वितीय श्रेणी), महालेखा नियन्त्रकको कार्यालय – सदस्य
(ग) विभागको जिल्ला न्यायाधिवक्ता – सदस्य
(घ) महानिर्देशकले तोकेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
(ङ) विभागको आर्थिक प्रशासन शाखाको प्रमुख – सदस्य –सचिव
(२) उपनियम (१) बमोजिम पञ्चकृति मोल कायम गर्न व्यवहारिक वा सम्भव नहुने भएमा वा सडीगली जाने भई कब्जामा लिइएका मालवस्तु तत्काल लिलाम बिक्री गर्नु पर्ने भएमा महानिर्देशकको स्वीकृति लिई अनुसन्धान अधिकृतले नजिकको सरकारी कार्यालयको प्रतिनिधि तथा भद्रभलाद्मी राखी पञ्चकृति मोल कायम गर्नु पर्नेछ ।

२६. लिलाम बिक्री सम्बन्धी कार्यविधिः (१) मालधनीले ऐनको दफा ३२ बमोजिम कब्जामा रहेको मालवस्तु पञ्चकृति मोलमा सकार गर्न मञ्जूर गरेमा त्यस्तो मालवस्तु माल धनीलाई दिनु पर्नेछ ।
(२) मालधनीले पञ्चकृति मोलमा उपनियम (१) बमोजिम मालवस्तु सकार नगरेमा त्यस्तो मालवस्तु प्रतिस्पर्धा गराई लिलाम बिक्री गर्नु पर्नेछ ।
(३) कब्जामा लिइएका मालवस्तु लिलाम बिक्री गर्न सात दिनदेखि पैंतीस दिनसम्मको सूचना दिई लिलाम सम्वन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
तर सडीगली जाने मालवस्तुको लिलाम बिक्री महानिर्देशकको स्वीकृति लिई उपयुक्त माध्यमबाट गर्नु पर्नेछ ।
(४) मालवस्तुको लिलाम गर्दा पञ्चकृति मोलमा नघट्ने गरी सबैभन्दा बढी मूल्य कवोल गर्ने व्यक्तिलाई बढीमा सातदिनको म्याद दिई त्यस्तो मालवस्तु लिलाम बिक्री गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम बढी मूल्य कबोल गर्ने व्यक्तिले लिलाम सकार नगरेमा वा दिइएको म्यादभित्र सकार गर्न नआएमा निजले राखेको धरौटी जफत गरी सो भन्दा घटी दोस्रो, तेस्रो वा आवश्यकता अनुसार क्रमशः पछिल्लो बढी मूल्य कवोल गर्ने व्यक्तिलाई लिलाम बिक्री गर्नु पर्नेछ ।
(६) उपनियम (१), (२), (३) वा (४) बमोजिम लिलाम सम्बन्धी कारवाही गर्दा कसैले पनि लिलाम सकार नगरेमा पुनः मूल्याङ्कन गरी लिलामको लागि सात दिनको सूचना प्रकाशन गर्नु पर्नेछ ।
तर सवारी साधन लिलाम बिक्रीको लागि सूचना प्रकाशन गर्दा प्रत्येक पटक पन्ध्र दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा सूचना प्रकाशन गरी लिलाम बिक्री गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम गर्दा समेत मालवस्तुको बिक्री हुन नसकेमा प्रत्येक पटक बढीमा पच्चीस प्रतिशत मूल्य घटाई पञ्चकृति मोल कायम गरी नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाले लिलाम सकार गर्ने भएमा त्यस्तो संस्था र नभएमा अन्य कुनै व्यक्तिसँग वार्ता गरी मालवस्तु बिक्री गर्नु पर्नेछ ।

परिच्छेद – ५ विविध

२७. सूचना तामेलीमा राख्न सकिनेः (१) परिच्छेद – २ बमोजिम वा अन्य कुनै स्रोतबाट विभागमा प्राप्त भएको राजस्व चुहावट सम्बन्धी सूचनाका सम्बन्धमा नियम ७ बमोजिम प्रारम्भिक छानबिन वा अनुसन्धान तथा तहकिकातबाट देहायको अवस्था विद्यमान भएमा महानिर्देशकले कारण खोली त्यस्तो सूचनालाई तामेलीमा राख्न सक्नेछः–
(क) त्यस्तो सूचना राजस्व चुहावटसँग सम्बन्धित नदेखिएमा,
(ख) प्रथम दृष्टिमा नै त्यस्तो सूचना तथ्ययुक्त नदेखिएमा,
(ग) त्यस्तो सूचना विभाग वा अन्य कुनै निकायबाट एकपटक अनुसन्धान तथा तहकिकात भई टुङ्गो लागि सकेको देखिएमा, वा
(घ) तामेलीमा रहेको कुनै सूचनाका सम्बन्धमा थप प्रमाण संलग्न नगरी सोही विषयमा पुनः सूचना दिएको देखिएमा,
(२) उपनियम (१) बमोजिम तामेलीमा राखिएका सूचना सम्बन्धी विवरण विभागको वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम तामेलीमा राखिएका सूचनाहरुको सम्बन्धमा कुनै पनि माध्यमबाट थप प्रमाण प्राप्त हुन आएमा महानिर्देशकले त्यस्तो सूचनाको सम्बन्धमा आवश्यक अनुसन्धान तथा तहकिकात गर्न अनुसन्धान अधिकृत तोकी कारबाही अगाडि बढाउनु पर्नेछ ।

२८. म्याद तामेली सम्बन्धी व्यवस्थाः राजस्व चुहावट सम्बन्धी कसूरका सम्बन्धमा म्याद तामेल गर्नु पर्दा विशेष अदालत सम्बन्धी प्रचलित कानून बमोजिमको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।

२९. अनुवादक राख्न सक्नेः (१) राजस्व चुहावट सम्बन्धी कसूरमा नेपाली भाषा नबुझ्ने विदेशी नागरिक अभियुक्तले अनुसन्धान तथा तहकिकातको सिलसिलामा भए विभागको तथा अभियोगपत्र दायर भइसकेपछि भए अदालतको अनुमति लिई अनुवादक राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुवादक राखी तयार गरिएको कागजातमा अभियुक्तले भने बमोजिमको अनुवाद ठीक छ भन्ने व्यहोरा लेखी अभियुक्त तथा अनुवादक समेतको सही छाप गराउनु पर्नेछ ।

३०. अन्य निकायमा लेखी पठाउनु पर्नेः राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रहेको कुनै अभियुक्तलाई ऐन तथा प्रचलित कानून  बमोजिम समेत कारबाही हुने देखिएमा विभागले आफ्नो क्षेत्राधिकारको विषयमा आफैंले कारबाही गरी अन्य विषयमा प्रचलित कानून बमोजिम कारबाही गर्न तथा प्रचलित कानून बमोजिम मात्र कारवाही हुने देखिएमा सो सम्बन्धी प्राप्त सूचना तथा सङ्लकन गरिएका प्रमाण, कागजात समेत संलग्न गरी सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ ।

३१. शपथ ग्रहण गर्नु पर्नेः अनुसन्धान अधिकृतको रुपमा कार्य गर्ने व्यक्ति वा राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्यमा विशेषज्ञ भई काम गर्ने व्यक्तिले आफ्नो कार्य प्रारम्भ गर्नु अघि अनुसूची – २४ बमोजिमको
ढाँचामा महानिर्देशक समक्ष शपथ ग्रहण गर्नु पर्नेछ ।

३२. सक्कल प्रमाण राख्न सक्नेः(१) राजस्व चुहावट सम्बन्धी सूचना दिने व्यक्तिले त्यस्तो सूचनासँग कुनै प्रमाण समेत पेश गरेको रहेछ भने विभागले त्यस्तो प्रमाण कागज सुरक्षित राखी सोको नक्कल प्रमाणित गरी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिइएको प्रमाण सम्बन्धित व्यक्तिलाई आवश्यक भई माग गरेमा फिर्ता बुझाउने गरी तथा सोको प्रयोजन समाप्त भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।

३३. सञ्चारका साधनको प्रयोगः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा संलग्न कर्मचारी तथा व्यक्तिले अनुसन्धान तथा तहकिकातको सिलसिलामा महानिर्देशकले तोके बमोजिमका सञ्चारका साधन साथमा लिई हिड्न र प्रयोग गर्न सक्नेछ ।
(२) कुनै सञ्चारका साधन प्रयोग गर्न वा साथमा लिई हिड्न कुनै अधिकारीको अनुमति, इजाजत वा आदेश लिनु पर्ने भएमा महानिर्देशकले उपनियम ( १) बमोजिम त्यस्तो साधन साथमा लिई हिड्न वा प्रयोग गर्न पाउने गरी तोक्नु अघि सम्बन्धित अधिकारीको अनुमति, इजाजत वा आदेश लिनु पर्नेछ ।

३४. बाधा विरोध गर्नेलाई जरिवाना गर्ने कार्यविधिः (१) विभागले अनुसन्धान तथा तहकिकात सम्बन्धी काममा बाधा विरोध गर्नेलाई जरिवाना गर्नु पर्ने कारण तथा आधार खोली बढीमा तीन दिनको म्याद दिई आफ्नो सफाई पेश गर्न समय दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र सफाई नदिएमा वा पेश गरेको सफाई सन्तोषजनक र मनासिव नभएमा त्यस्तो व्यक्तिलाई विभागले ऐनको दफा २४ बमोजिम जरिवाना गर्न सक्नेछ ।

३५. सूचना, कागजात तथा विवरण गोप्य रहनेः विभागमा रहने ऐनको दफा २८ र ३० बमोजिमको सूचना, जानकारी, विवरण तथा कागजात वा सोको कुनै विवरण वा प्रतिलिपि विभाग, मुद्दा मामिला वा अन्य कानूनी कारवाहीको सिलसिलामा अनुसन्धान अधिकृत, अदालत वा अन्य अधिकार प्राप्त अधिकारी वा निकाय बाहेक कसैलाई दिइने वा उपलब्ध गराईने छैन ।

३६. तायदाती फाराम राख्नु पर्नेः अनुसन्धान तथा तहकिकातको क्रममा संकलित सम्पूर्ण कागजातहरु अनुसूची – २५ बमोजिमको ढाँचामा तायदाती फाराम बनाई अनुसन्धान अधिकृतले प्रमाणित गरी फायल संलग्न गर्नु पर्नेछ ।

३७. कालो सूचीमा राख्न लेखी पठाउनेः राजस्व चुहावट सम्बन्धी मुद्दामा कसूरदार ठहर भएको तीन महिनाभित्र फैसला बमोजिम दण्ड जरीवाना दाखिला नगर्ने व्यक्तिलाई विभागले ऐनको दफा ३२क. बमोजिम कालो सूचीमा राख्न सम्बन्धित निकायमा सिफारिस गरी लेखी पठाउनु पर्नेछ ।

३८. पुरस्कारको प्रयोजनका लागि गणना नहुनेः कुनै सुराकीलाई ऐनको दफा २९ बमोजिम पुरस्कार दिंदा निजले सुराकी दिए पश्चात फेला परेको प्रमाणको आधारमा कायम भएको राजश्व चुहावट सम्बन्धी विगोको रकम निजलाई पुरस्कार दिने प्रयोजनको लागि गणना गरिने छैन ।

३९. अभिलेख राख्न लेखी पठाउनेः राजस्व चुहावट सम्बन्धी कसूरका सम्बन्धमा कुनै व्यक्ति, संस्था वा कर्मचारी विरुद्व मुद्दा चलाएमा वा अन्य कुनै कारबाही भएमा विभागले सोको लिखित जानकारी सम्बन्धित निकाय तथा नियमनकारी निकायलाई समेत दिनु पर्नेछ ।

४०. प्रतिवेदन सार्वजनिक गर्नु पर्नेः ऐनको दफा ३९ बमोजिम विभागले पेश गरेको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गर्नु पर्नेछ ।

४१. निर्देशिका तथा दिग्दर्शन बनाई जारी गर्न सक्नेः अर्थमन्त्रालयले ऐन तथा यो नियमावली कार्यान्वयन गर्न आवश्यक निर्देशिका तथा दिग्दर्शन बनाई जारी गर्न सक्नेछ ।

४२. अनुसूचीमा थपघट तथा हेरफेरः अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीहरुमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।

अनुसूची – १ राजस्व चुहावट सम्बन्धी सूचनाको ढाँचा

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् महानिर्देशकज्यू,
राजस्व अनुसन्धान विभाग ।

विषयः– राजस्व चुहावट सम्बन्धी सूचना दिइएको सम्बन्धमा ।

राजस्व चुहावट सम्बन्धी कसूरमा कारबाही हुन देहायको विवरण खोली यो सूचना दिएको छु/ छौंः–
१. सूचना दिने व्यक्तिको नाम, थर र ठेगानाः–
२. त्यस्तो कसूर गर्ने व्यक्तिको नाम थर र ठेगानाः–
३. त्यस्तो कसूर भएको वा भैरहेको वा हुने स्थान, मिति र समयः–
४. त्यस्तो कसूर सम्बन्धी व्यहोराः–
५. सबुत प्रमाण भए सो कुराः–
६. सवारी/ढुवानीका साधन प्रयोग भएको भए सो को नम्वरः–
७. त्यस्तो कसूरसँग सम्बन्धित अन्य विवरणः–
८. माथि लेखिएको व्यहोरा ठिक साचो हो झुठा ठहरे कानून वमोजिम सहुला बुझाउला । अनुसन्धान तथा तहकिकात हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनु पर्ने जनाउ पाएमा उपस्थित हुनेछु ।

सूचना दिने व्यक्तिको सहीछापः–
नाम, थर वतनः–

इति संबत् ……… साल… महिना… गते… रोज शुभम्….

अनुसूची – २ सूचना दर्ता किताबको ढाँचा

(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

प्रमाणित गर्ने अधिकृतको,
दस्तखतः………………….
नाम, थरः………………….
दर्जाः………………….
मितिः………………….

अनुसूची – ३ सूचनाको भरपाइको ढाँचा

(नियम ५ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

सूचनाको भरपाइ

…………………………………. विषयको मिति ……………………….. को सूचना प्राप्त भै यस विभागको दर्ता किताबमा मिति…………………………. मा दर्ता भयो ।
विभागको छापः–
दर्ता नं

सूचना दर्ता गर्ने कर्मचारीको,
दस्तखतः–
नामः–
दर्जाः–
मितिः–

अनुसूची – ४ अनुसन्धान अधिकृत तोक्ने पत्रको ढाँचा

(नियम ८ को उपनियम (५) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

मितिः

विषयः– अनुसन्धान अधिकृत तोकिएको ।

श्री ……………………………………….,
…………………………………………………. ।
तपाईलाई राजस्व चुहावट सम्बन्धी देहायको मुद्दाको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नको लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १० बमोजिम अनुसन्धान अधिकृत तोकिएको छ । महानिर्देशकको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही आफूलाई तोकिएको अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्य …….. दिनभित्र पूरा गरी विभागमा आफ्नो राय सहितको प्रतिवेदन पेश गर्नु होला । तपाईंको सहयोगका लागि सहयोगी कर्मचारी निम्न रहनेछन् ।
१. सूचना दर्ता नम्बरः–
२. सूचनाको संक्षिप्त व्यहोराः–
३. सहयोगी कर्मचारीः–
क्र.स.         दर्जा                 नाम, थर                       कार्यालय
(क) ………………….. …………………………… …………………….
(ख) ………………….. …………………………… …………………….
(ग) ………………….. …………………………… …………………….
(घ) ………………….. ……………………………. …………………….
(ङ) ………………….. ……………………………. …………………….

महानिर्देशक

अनुसूची – ५ उपस्थित हुन आउन लेख्ने पत्रको ढाँचा

(नियम ११ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

विषयः– उपस्थित हुन आउने ।

मितिः–

श्री ………………………………………
………………………………………………………… ।
यस विभागमा दर्ता भएको …………………… नंं को सूचना (सूचनाको संक्षिप्त व्यहोरा) को सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्ने सिलसिलामा तपाईसँग केही कुरा बुझ्नु पर्ने भएकोले मिति ……………………. का दिन दिनको ……………………. बजे यस विभाग/कार्यालय/मुकाम ……………………. उपस्थित हुन आउनु हुन अनुरोध गरिन्छ । अन्यथा कानून बमोजिम भै जानेछ ।

अनुसन्धान अधिकृतकोः–
दस्तखतः–
नाम, थरः–
मितिः–

अनुसूची – ६ बयानको ढाँचा

(नियम ११ को उपनियम (४) सँग सम्बन्धित)
बयानको ढाँचा

मुद्दाः राजस्व चुहावट ।

साल………………………………………………………..नम्बर
………………………………………………..विरुद्ध
…………………………………..
…………………………………………………………….. को बयान

प्रश्न र तिनको जवाफहरु

प्रश्नः– तपाईको र तपाईको बाबु आमाको नाम के हो ? जवाफ – ……………………
हो ÷ तपाईको उमेर कति ? पेशा के हो ? घर कहां छ ? ……………………..
…………………………………………………………………………………..
…………………………………………………………………………………..

बयान गर्ने व्यक्तिको                                                                                                               अनुसन्धान अधिकृतको
सहीछाप                                                                                                                                     सहीछाप
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
द्रष्टव्यः बयान गराउँदा अनुसन्धान अधिकृतले आवश्यकता अनुसार क्रमैसँग प्रश्नहरु सोधी सोही क्रममा तिनको जवाफ लेख्नु पर्नेछ ।

अनुसूची – ७ पक्राउ पूर्जीको ढाँचा

(नियम १२ सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

…………………………………. कार्यालय/मुकाम

विषयः– पक्राउ पूर्जी ।

श्री ………………………………………..
ठेगानाः– ………………………………………..
तपाइलाई …………………………………………………. विषयको राजस्व चुहावट सम्बन्धी कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा पक्राउ गर्नु परेकोले यो पक्राउ पूर्जी जारी गरिएको छ । यो पक्राउ पूर्जी लिई आउने प्रहरी कर्मचारी/कर्मचारीका साथ लागि तुरुन्तै यस विभाग/कार्यालय/मुकाममा उपस्थित हुनुहोला । अन्यथा प्रहरीले पक्राउ गरी ल्याउनेछ ।

अनुसन्धान अधिकृतकोः–
दस्तखतः–
नाम, थरः–
दर्जाः–
मितिः–

अनुसूची – ८ थुनुवा पूर्जीको ढाँचा

(नियम १३ सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

विषयः– थुनुवा पूर्जी ।

श्री ………………………………
……………………………. ।
यस विभागमा मिति ……………………………. मा दर्ता भएको …………………………………….. विषयको राजस्व चुहावट सम्बन्धी सूचनाको
अनुसन्धान तथा तहकिकातको सिलसिलामा तपाईंलाई थुनामा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने भएकोले मुलुकी ऐन अ.व.को १२१ नं. बमोजिम आजैका मितिदेखि थुनामा राखी यो थुनुवा पुर्जी दिइएको छ ।

अनुसन्धान अधिकृतकोः–
दस्तखतः–
नामः–
दर्जाः–
मितिः–

अनुसूची – ९ खानतलासी सम्बन्धी सूचना

(नियम १४ को उपनियम (१) सँग सम्बन्धित)

प. सं.
च. नं.:

मितिः

विषयः– खानतलासी गर्न दिने बारे ।
श्री …………………
………………………
राजस्व चुहावट भएको भनी यस विभागमा प्राप्त सूचनाको आधारमा त्यस फर्म/कम्पनीको कारोवारस्थल/गोदाम लगायत कारोवारसंग सम्बन्धित स्थलको खानतलासी लिई माल सामान तथा कागजात कब्जामा लिनु पर्ने भएकाले यो पत्र लेखिएको छ । अतः यो पत्र लिई यस विभागबाट खटिई आएको टोलीलाई खानतलासी गर्न, कारोवारसग सम्बन्धित कागजात, खातावही एवं विद्युतीय माध्यम लगायत टोलीले उपयुक्त सम्झेका अन्य सूचना, कागजात एवं प्रमाणहरु कब्जामा लिने, आवश्यकता अनुसार सिलछाप गर्ने कार्यहरु निर्वाध रुपमा गर्न दिई सहयोग पुयाउनु हुन राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम जानकारी दिईएको छ ।

अनुसन्धान अधिकृत/अधिकृतकोः–
दस्तखतः–
नामः–
दर्जाः–
मितिः–

अनुसूची – १० बरामदी मुचुल्काको ढाँचा

(नियम १४ को उपनियम (२) सँग सम्बन्धित)

श्री राजस्व अनुसन्धान विभाग/ …………………… कार्यालय/ मुकामबाट खटिई आएका अनुसन्धान अधिकृत/ कर्मचारी श्री …………………………… सहितको टोलीले ………. जिल्ला ………. गा.वि.स. /न.पा …………. वडा नं ………. स्थित ……….. स्थानमा खडा गरेको चिज वस्तुको बरामदी मुचुल्का ।
१. सूचनाको छोटकरी विवरणः– ……………………………………………………
…………………………………………………………………………………..
२. बरामद भएको सामान ( दसीको ) विवरणः–…………………………………….
…………………………………………………………………………………..
…………………………………………………………………………………..
३. चारकिल्ला सहित खानतलासी गरिएको घर, जग्गा, ठाउँ, चीज वस्तु विवरणः–
…………………………………………………………………………………..
…………………………………………………………………………………..
४. देखे बमोजिम सही छाप गर्ने साक्षीहरुको नाम, थर, उमेर, वतन र सहीः–
क. …………………………..
ख. …………………………..
ग. …………………………..
घ. …………………………..
५. स्थानीय निकायका प्रतिनिधि (सम्भव भएसम्म):– ………………………………..
………………………………………………………………………………….
६. रोहबरमा बस्ने व्यक्तिहरुको नाम, थर, उमेर, वतन र दस्तखत (सम्भव भएसम्म):–
(क) खानतलासी लिइएको घर, जग्गा, ठाउ“, चिज वस्तुको धनी वा नियन्त्रणमा राख्ने व्यक्तिको नाम, थर, वतनः…………………..
दस्तखतः………………….
(ख) अभियुक्तहरुको नाम, थर, उमेर, वतनः…………………..
दस्तखतः–……………………………………………………
७. काम तामेल गर्नेः
क. अनुसन्धान अधिकृत
ख. अन्य कर्मचारीहरु

इति संबत् .. साल महिना गते रोज शुभम्….

अनुसूची – ११ बरामदी मुचुल्काको भर्पाईको ढाँचा

(नियम १४ को उपनियम (३) सँग सम्बन्धित)

………………….. को सूचनाले वादी नेपाल सरकार र प्रतिवादी ………………….. भएको राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा
तहकिकातको सिलसिलामा बरामद गरिएका तपशिलका समानहरु देहायका व्यक्तिहरुको रोहवरमा बुझिलिई यो भर्पाई गरिदिएँ ।
समानको विवरण
१. ………………………………………………
२. ………………………………………………
३. ………………………………………………
रोहवर
१. ………………………………………………
२. ………………………………………………
३. ……………………………………………..
काम तामेल गर्नेः–
अनुसन्धान अधिकृतः–
नामः–
सहीः–
अन्य कर्मचारीः–
१. ………………………………………………
२. ………………………………………………

इति संबत् ……. साल महिना गते रोज शुभम्….

अनुसूची – १२ आदेश पर्चाको ढाँचा

(नियम १६ उपनियम (२) सग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग
आदेश पर्चाको ढाँचा
……………………………. को सूचनाले नेपाल सरकार …………………….. वादी
………………………………………………………………………… प्रतिवादी

मुद्दाः– राजस्व चुहावट ।

यसमा ………………….. (फलाना) को सूचनाले वादी नेपाल सरकार प्रतिवादी
…………………………………………………………………… फलाना) भएको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) का प्रतिवादी………………………………….. (फलाना) लाई यस विभाग समक्ष उपस्थित गराई बयान गराउदा निजले आफ्नो वयानमा स्वीकारोक्ति/इ न्कारी जनाएको/जनाए तापनि………………………………………………………(प्रमाण, आधार) तथा यी प्रतिवादीले राजस्व चुहावट सम्बन्धी कसुरमा निजको संलग्नताका तारेखमा छोड्ने वा निज प्रतिवादीले चुहावट गरेको राजस्वको विगो, जरिवाना र सजाय समेतलाई विचार गर्दा / रु…………………(अक्षरुपी………………………………………..) नगद / ज्येथा जमानी वा बैङ्क जमानत प्रमाणीत गराई दाखिला गर्न ल्याएमा निज तोकिएको अवधिमा उपस्थित हुन नआएमा जफत गरी असुल उपर गरेमा सहमति मञ्जुर हुने शर्त गराई
धरौटी/जमानी/बैङ्क जमानत स्वीकार गरी साधारण तारेखमा राखी अनुसन्धान तथा तहकिकात गर्ने र सो धरौटी/जमानी/बैङ्क जमानत दिन नसकेमा राजस्व चुहावट ( अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ९ बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने गरी आदेश पर्चा खडा गरिदिएँ ।

अनुसन्धान अधिकृतको
दस्तखतः–
नाम थरः–
मितिः–

इति संबत् …… साल महिना गते रोज शुभम्….

अनुसूची – १३ धरौटी वा जेथा जमानी दिने कबुलियतको ढाँचा

(नियम १७ को उपनियम (२) सँग सम्बन्धित)

श्री राजस्व अनुसन्धान विभाग
…………………………………… ।
यस विभागबाट मिति …………………मा राजस्व चुहावट सम्बन्धी मुद्दामा धरौटी माग भएको आदेश सुनी पाएँ । विभागको आदेश बमोजिम धरौटी।जेथा जमानी बुझाई तारेखमा बस्न मञ्जूरी छ । विभागबाट तोकिएको स्थान र समयमा उपस्थित हुनेछु । सो बमोजिम उपस्थित नभएमा मुलुकी ऐन अ.वं. १२४ नं. र १२४क.नं बमोजिम मैले राखेको धरौटी वा जमानत बापत राखिएको रकम उक्त जेथाबाट असुल हुन नसकेमा मेरो अरु बाँकी कुनै पनि सम्पत्तिबाट समेत असुल उपर गर्न मेरो मञ्जूर छ ।

…………………………….

दस्तखतः–
नाम, थर, वतनः–
सम्पर्क ठेगानाः–
सम्पर्क फोनः–

इति संबत् … .. साल महिना गते रोज शुभम्….

अनुसूची – १४ अन्य व्यक्तिले जेथा जमानी दिएमा गर्नु पर्ने कबुलियतको ढाँचा

(नियम १७ को उपनियम (३) सँग सम्बन्धित)

राजस्व अनुसन्धान विभागबाट …………………………….. बस्ने …………………………….. को नाति ……………………………..को छोरा
…………………………….. को हकमा भएको आदेश सुनी पाएं । विभागबाट निजस“ग माग गरेको धरौटी /जमानत निजले राख्न नसकेको हुदा मैले निजको तर्फबाट जेथा जमानत राख्न मञ्जूर गरेको छु । निज ……………………………..ले विभागमा तोकेको समय र स्थानमा उपस्थित नभएमा मैले धरौटी जमानत राखिदिएको तपसिलको सम्पत्ति जफत हुन र निजबाट असुल उपर गर्नु पर्ने रकम सो सम्पत्तिबाट असुल उपर हुन नसकेमा मेरो जेथा जमानी राखेको सम्पत्तिबाट असुल उपर गर्न मेरो मञ्जूरी छ । सो सम्पत्तिबाट नपुगेमा मेरो घर घरानावाट असुल उपर गरेमा मेरो मञ्जूरी छ भनी सही गर्नेः–
तपशिल
जेथा जमानी राखेको सम्पत्तिको बिवरण
१.
२.
३.
जमानी दिनेको
दस्तखतः……………..
नामः ……………….

ल्याप्चे सहीछाप सम्पर्क ठेगानाः– …………

 

दा. बा.

 

 

इति संबत् … .. साल महिना गते रोज शुभम्….

अनुसूची – १५ बैक जमानत सम्बन्धी लगतको ढाँचा

(नियम १७ को उपनियम (५) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

अनुसूची – १७ तारेख पर्चाको ढाँचा

(नियम १८ को उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

तारेख पर्चा

राजस्व अनुसन्धान विभाग/कार्यालय / मुकाम …………………………….. बाट जारी भएको ……………………………………………………………………… नाउँको तारेख पर्चा ।

मुद्दाः– राजस्व चुहावट ।

तपाई ……………………………………………………………… (नाम, थर) लाई आगामी मिति ………………………………….. का दिन ………………. बजे यस विभाग/ ………………………………….. कार्यालय / मुकाममा उपस्थित हुन आउने गरी तारेख तोकिएको छ । तोकिएको तारेखमा उपस्थित हुनुहोला ।

तारेख दिने कर्मचारीकोः–
दस्तखतः–
नाम थरः–
दर्जाः–
मितिः

अनुसूची– १८ सम्पत्ति/खाता रोक्का आदेशको ढाँचा

(नियम २० को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

विषयः कारोबार सम्बन्धी विवरण माग गर्ने आदेश ।
श्री ……………………………….
……………………………………………………………।

देहायका व्यक्ति विरुद्ध यस विभागमा परेको उजूरको अनुसन्धान तथा तहकिकातबाट प्राप्त प्रमाणको आधारमा ………………….. व्यक्ति/संस्थाको स्वामित्व/नाम/नियन्त्रण/ भोगमा रहेको देहाय बमोजिमको कारोबारको विवरण यस विभागलाई उपलब्ध गराइ दिनुहुन राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ९ बमोजिम यो आदेश दिइएको छ ।
व्यक्तिको नाम, ठेगानाः–
कारोवारको विवरणः–

अनुसन्धान अधिकृतकोः–
सहीः–
नामः–
मितिः–

बोधार्थः–
१. …………………………………………………….
२. …………………………………………………….

अनुसूची – १९ खाता/सम्पत्ति रोक्का अभिलेखको ढाँचा

(नियम २० को उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

अनुसूची – २० रोक्का तथा फुकुवाको अभिलेखको ढाँचा

(नियम २१ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

 

अनुसूची – २१ अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदनको ढाँचा

(नियम २२ सँग सम्बन्धित)

श्रीमान् महानिर्देशकज्यू,
राजस्व अनुसन्धान विभाग ।

विषयः प्रतिवेदन पेश गरेको ।
देहायको अनुसन्धान तथा तहकिकात प्रतिवेदन पेश गरेको छु।छौंः–

१. सूचना दर्ता नम्बरः– …………………
२. सूचना दिने व्यक्तिको नाम र ठेगानाः– ………………..
३. राजस्व चुहावट भएको मिति, समय र ठाउँः– ………………..
४. सूचनाको छोटकरी व्यहोराः– ………………..
५. अभियुक्त पक्राउ परेको भए पक्राउ भएको मिति, समय र स्थानः– …………..
६. अभियुक्तको नाम, थर, उमेर वतन (एक भन्दा बढी अभियुक्त भए क्रमैसँग सबैको नाम लेख्ने): ……………
७. अभियुक्तले अनुसन्धान अधिकृत समक्ष गरेको बयानको छोटकरी व्यहोराः– ……
८. राजस्व चुहावट सम्बन्धी मालसामान फेला परेको ठाउँः– ………………..
१०. राजस्व चुहावट गरेको विवरण तथा सोको चित्रणः– ………………..
११. राजस्व चुहावट गर्दा प्रयोग गरेको साधन, माध्यम, उपकरण, यन्त्र भए सोको विवरणः– ………………..
१२. राजस्व चुहावट वारेमा थाहा पाउने साक्षीको नाम, थर, वतन र निजहरुको अनुसन्धान अधिकृत समक्ष गरेको कागजको संक्षिप्त विवरणः– ……………..
१३. कुनै सम्पत्ति बरामद भएको भए सोको विवरणः– ………………..
१४. राजस्व चुहावटसँग सम्बन्धित भौतिक सवुत प्रमाणः– ………………..
१५. राजस्व चुहावटको विश्लेषणः– ………………..
१६. राजस्व चुहावट स्थापित हुन सक्ने आधारः– ………………..
१७. अनुसन्धान अधिकृतको राय र सजाय मागदावी र सोको कारणः– ……………
१८. कसुर सम्बन्धी अन्य कुराः– ………………..
१९. अनुसन्धान अधिकृतको रायः– ………………..
२०. कागजातहरुको सिलसिलेवार विवरणः– ………………..
२१. अनुसन्धान अधिकृत र सहयोगी कर्मचारीको नाम र दर्जाः–
इति संबत् …… साल महिना गते रोज शुभम्….

अनुसूची – २२ सरकारी वकील समक्ष निर्णयका लागि मिसिल पठाउने पत्रको ढाँचा

(नियम २३ सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग
मितिः–
श्री जिल्ला सरकारी वकील कार्यालय,
……………………………… ।
विषयः निर्णयको लागि फायल पठाइएको ।
…………………………. को सूचनाले वादी नेपाल सरकार तथा प्रतिवादी ………………………………………… भएको राजस्व चुहावट मुद्दामा देहाय बमोजिमको विवरण सहितको मिसिल एवम् सबुत प्रमाण सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३१ को प्रयोजनार्थ पठाइएको व्यहोरा अनुरोध छः–
……………………………………………….. को सूचनाले नेपाल सरकार वादी
विरुद्ध
……………जिल्ला …….. गा.वि.स।न. पा ………….. वडा नं ………………. वस्ने ……….. वर्षको ………………………………… …………… प्रतिवादी
मुद्दाः–राजस्व चुहावट ।
१. मुद्दाको संक्षिप्त विवरणः–
(क) …………………………. राजस्व चुहावट सम्बन्धी सूचना ।
(ख) …………………………. अभियुक्तको बयानको व्यहोरा,
(ग) ………………………… अनुसन्धान अधिकृतले गरेको आदेशको व्यहोरा,
(घ) …………………………. प्रमाण सम्बन्धी विवरण
(ङ) ……………. ………….. मुद्दा सम्बन्धी आवश्यक अन्य विवरण,
२. सम्बद्ध कानूनी व्यवस्थाः–
३. अनुसन्धान तथा तहकिकातबाट देखिएका तथ्य र निष्कर्षः–
४. अनुसन्धान अधिकृतको रायः–
५. संलग्न प्रमाणः–
मितिः                                          (अनुसन्धान अधिकृत)

अनुसूची – २३ अभियोगपत्रको ढाँचा

(नियम २४ को उपनियम (४) सग सम्बन्धित)

अदालतले भर्नेः–
दर्ता नंः–
दर्ता मितिः–
श्री ……………………………. अदालतमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १८ बमोजिम दायर गरेको ।
अभियोगपत्र
२० ………. सालको नम्बरः–
…………………… को सूचनाले नेपाल सरकार ………………………….. वादी
विरुद्ध
१) ………………………………………………………………………………..
२) ……………………………………………………………………….. प्रतिवादी
३) ………………………………………………………………………………..
मुद्दाः– …………………………..
केसको व्यहोराः–
१)
२)
३)
अभियोगः–
सबुद प्रमाणः–
दसी प्रमाण तथा अपराधसँग सम्बन्धित चिज वस्तुः–
गवाहः–
देख्नेः–
(क)
(ख)
(ग)
(घ)
सुन्नेः–
(क)
(ख)
दसीको सामान वा अपराधसँग प्रमाण लाग्ने अरु चिज वस्तुः–
(क)
(ख)
(ग)
प्रस्तुत कागज पत्रहरुः–
(क)
(ख)
(ग)
यो अभियोगपत्रबाट कारबाही सुरु गर्न अदालतसँग सादर अनुरोध गरिन्छ ।
कार्यालयको छापः–

अनुसन्धान अधिकृतकोः–
दस्तखतः–
नामः–
दर्जाः–
कार्यालयः–
मितिः–
इति संबत् …….. साल…. महिना….. गते…….. रोज शुभम् ।
द्रष्टव्यः– (१) अभियोगको कुरा लेख्दा अभियोगका सम्बन्धमा खुलाउनु पर्ने कुरा समेत सोही सिलसिलामा खुलाई लेख्नु पर्छ ।
(२) तहकिकातबाट अभियुक्त देखिएका सबैको नाम, थर, वतन विरुद्ध खण्डमा सिलसिला नम्बर मिलाई लेख्नु पर्छ ।
(३) सबुद प्रमाण कागजको हकमा जो भएको माथिको ढाँचामा मिलाई लेख्नु पर्छ ।

अनुसूची–२४ शपथ ग्रहण

(नियम ३१ सँग सम्बन्धित)

म …………………..ईश्वरको नाममा ।सत्य निष्ठापूर्वक शपथ लिन्छु कि राजस्व अनुसन्धान विभागको …………………….. को हैसियतले मलाई तोकिएको काम, कर्तव्य मेरो ज्ञान विवेकले जाने बुझेसम्म प्रचलित कानूनको अधीनमा रही कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारी साथ पूरा गर्नेछु । आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारी हुन आएको कुरा
म पदमा वहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा अरु कसैलाई कुनै किसिमबाट प्रकट वा संकेत गर्ने छैन ।
शपथ ग्रहण गर्नेको विवरणः –                                 शपथ ग्रहण गरेको प्रमाणित गर्नेः–
नाम, थरः–                                                               नाम, थरः–
हस्ताक्षरः–                                                               हस्ताक्षरः–
मितिः–                                                                     मितिः–
पदः–                                                                        पदः–
इति संबत् …… .. साल महिना गते रोज शुभम्….

अनुसूची – २५ तायदाती फारमको ढाँचा

(नियम ३६ सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

प्रमाणित गर्ने कर्मचारीको
नामः–
पदः–
हस्ताक्षरः–
मितिः–