Skip to contentSkip to left sidebar Skip to footer

रकम र सरकारी ठेक्का बन्दोवस्त नियमहरु, २०२२

रकम र सरकारी ठेक्का बन्दोवस्त नियमहरु, २०२२

नेपाल राजपत्रमा प्रकाशित मिति
२०२२।३।१४

संशोधन

रकम र सरकारी ठेक्का बन्दोबस्त (पहिलो संशोधन) नियमहरु, २०७०                                              २०७०।१।३०

रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ –

 

 

 

 

 

 

१. संक्षिप्त नाम र प्रारम्भ

 

(१) यी नियमहरुको नाम “रकम र सरकारी ठेक्का बन्दोबस्त नियमहरु, २०२२” रहेको छ ।

(२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।

२. परिभाषा

 

बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमहरुमा,–

(क)“ऐन” भन्नाले “रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२०” सम्झनु पर्छ ।
(ख)“अनुसूची” भन्नाले यी नियमहरुको अनुसूची सम्झनु पर्छ ।

३. रकम बन्दोबस्त गर्ने

 

(१) ऐनको दफा ३ बमोजिम ठेक्काको बन्दोबस्त गर्दा सो ठेक्काको मिति शुरु हुनुभन्दा साधारणतः ७ महीना अगावै ठेक्का बन्दोबस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले सो ठेक्का सम्बन्धी सबै विवरण सड्ढलन गरी सम्बन्धित बिभागमा पठाउनु पर्छ ।

(२) टेण्डर कल गरिदा डाक बढाबढ वा घटाघट गरी निकासाको लागि सम्बन्धित बिभागमा पठाउँदा निकासा भै आउँदा लाग्ने समयको बिचार गरी निकासा चाहिने अन्तिम मिति समेत लेखि पठाउनु पर्छ ।

 

४. सूचना प्रकाशित गर्ने

 

(१) ऐनको दफा ५ को उपदफा (१) बमोजिमको सूचना स्थानीय पत्र–पत्रिका, गोरखापत्रमा प्रकाशित गर्नुपर्छ र सम्बन्धित ठेक्का बन्दोबस्त
गर्ने अड्डा, कार्यालय, विभाग, जिल्ला प्रशासन कार्यालय, माल अड्डा, भन्सार अड्डा तथा अरु आवश्यक मुख्य मुख्य ठाउँमा टाँस्नु पर्छ यस्तो सूचना रेडियो नेपालबाट पनि सकेसम्म प्रचार तथा प्रसार गराउनु वाञ्छनीय हुनेछ ।

(२) उपनियम (१) बमोजिम सूचनाको टेण्डर दिदा वा डाँक बढाबढ वा घटाघट गर्दा ठेक्का लिन चाहनेले पनि किस्ताबन्दी, गनि किस्ता वा गनि महसूल जुन शर्तमा लिने हो सो कुरा उल्लेख गर्नु पर्छ, सो कुरा उल्लेख नगरेमा किस्ताबन्दीमा ठेक्का लिन कबूल गरेको मानिनेछ ।

(३) उपनियम (१) बमोजिम सूचना प्रकाशित गर्दा र टाँस टास्दा ठेक्काको अवधि र सो ठेक्का प्रारम्भ हुने र अन्तिम हुने मिति उल्लेख गर्नुपर्छ ।

५. कुनै नयाँ रकमको ठेक्काको योजना सम्बन्धी कारबाही

 

(१) साविकमा ठेक्का लागि नआएको कुनै नयाँ रकम ठेक्का बन्दोवस्त हुने सम्बन्धमा सूचना प्रकाशित नभए तापनि कसैले कुनै त्यस्तो रकमको ठेक्का लिन इच्छा भए कति अवधिको लागि कति अङ्कमा र कुन शर्तमा लिने हो सो सबै कुरा खुलाई योजना बनाई ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारी कहाँ रीतपूर्वकको निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) अन्तर्गतको निवेदन पर्न आएमा सम्बन्धित अड्डा, कार्यालय वा अधिकारीले सबै तथ्य बुझी सो रकम ठेक्का बन्दोवस्त भएमा नेपाल सरकारलाई विशेष लाभप्रद हुने र जनतालाई पनि विशेष पीर मर्का नपर्ने देखेमा सो रकम ठेक्का बन्दोवस्त गर्नको लागि आवश्यक कारबाही गर्न सक्नेछ ।

(३) उपनियम (१) अन्तर्गतको रकम ठेक्का बन्दोवस्त गर्दा सो रकम बन्दोवस्त सम्बन्धी कारवाहीमा उपनियम (१) अन्तर्गतको निवेदनवाला पनि ऐनको दफा ६ बमोजिम चाहिने डिपोजिट समेत राखी पुनः रीतपूर्वक सामेल हुन सक्नेछ ।

६. डिपोजिट सम्बन्धी व्यवस्था

(१) डाँक बढाबढी वा घटाघटी गराउँदा अनुसूची–३ बमोजिमको फाराम खडा गरी डाँक बोल्नेहरु मध्ये पहिला र दोस्रा हुनेसँग ऐन बमोजिम लाग्ने डिपोजिट बढाबढी वा घटाघटी गराउने अड्डाले लिनु पर्दछ ।

(२) कुनै ठेक्काको चलन पुर्जी नलिएसम्म वा पट्टा नउठाएसम्म सो ठेक्का कबूल गर्ने डिपोजिट दिनेवाला मध्ये नेपाल सरकारले सो ठेक्का क्रमानुसार दिन ठहराएका डिपोजिटवालाहरु सम्मको डिपोजिट फिर्ता नगरी स्थगित राखिनेछ । तर चलन पुर्जी लिई वा पट्टा उठाइ सकेपछि निजहरुले सो ठेक्का बापत राखेको डिपोजिट ऐन बमोजिम निजलाई फिर्ता गरिनेछ । नेपाल सरकारले चाहेमा पहिला हुनेवालाको बाहेक अरुहरुको डिपोजिट तत्कालै पनि फिर्ता गरी दिन सक्नेछ ।

(३) चलन पुर्जी लिने वा पट्टा उठाउनेवालाले सो रकम बापत ऐनको दफा ६ बमोजिम आफूले राखेको डिपोजिटको रुपैयाँ चलन पुर्जी लिन वा पट्टा उठाउन बुझाउनु पर्ने पहिला किस्तामा मिलाउन पाउने छ ।

 

७. पट्टा उठाउनलाई सूचना दिनु पर्ने

 

(१) ठेक्का दिन स्वीकृत भएको सूचना प्राप्त भएपछि ऐनको अधीनमा रही ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले ठेक्का पाउने व्यक्तिको नेपाल ………. भित्रको ठेगानामा बाटोको म्याद बाहेक ७ (सात) दिनको म्याद दिई ठेक्का स्वीकृति भएको जनाउ साथ पट्टा उठाउनलाई हाजिर हुन सूचना तामेल गर्नु, गराउनु पर्छ । ठेक्का पाउने भएमा पहिला व्यक्ति तोकी पठाएमा म्यादभित्र हाजिर नभएमा सो व्यक्तिपछिको दोस्रो ठेक्का पाउने व्यक्तिलाई पनि पट्टा पठाउन हाजिर हुन अघिल्लो व्यक्तिले पाए सरहको म्याद तोकी सूचना दिनु
पर्छ ।
(२) उपनियम (१) मा उल्लेख भए बमोजिमको सूचना पाउनु पर्ने व्यक्ति नभेटिएमा वा सूचना बुझी नलिएमा स्थानीय निकायका सदस्य कम्तीमा एकजना समेत स्थानीय व्यक्तिहरु ४ जनालाई साक्षी राखी यो सूचना पाउनु पर्ने व्यक्तिको घरदैलामा बाटाका म्याद बाहेक ७ (सात) दिनको म्याद तोकी टाँसी दिनुपर्छ र सो बमोजिम गरेमा सूचना पाउनु पर्ने व्यक्तिले नै पाएको मानिनेछ ।

(३) सूचना पाउनु पर्ने व्यक्तिले ठेगानाको जानकारी नभएमा वा सो मानिस विदेशी भएमा र निजको नेपाल भित्रको ठेगाना नखुलेको भए ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले सो सूचना पाउनु पर्ने व्यक्तिको भएसम्मको नाम नामेसी खोली सबै कुरा खुलाई स्पष्ट गोरखापत्रमा वा अरु स्थानीय पत्र–पत्रिकामा सो कुराको सूचना प्रकाशित गर्नुपर्छ र सो बमोजिम गरेमा सो सूचना पाउनु पर्ने व्यक्तिले
नै पाएको मानिनेछ ।

(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ५ बमोजिम प्रकाशित भएको सूचना पट्टा उठाउनु पर्ने मिति तोकिएकोमा सोही मितिभित्र पट्टा उठाउनु पर्छ ।

 

८. जमानत वा डिपोजिट लिने

 

(१) नियम ७ अन्तर्गत ठेक्का लिन हाजिर भएमा किस्ताबन्दीमा कुनै रकमको ठेक्का लिने भए सो व्यक्तिले बुझाउनु पर्ने जम्मा ठेक रुपैयाँको तीन खण्डको एक खण्ड बराबरको जमानत वा डिपोजिट (ऐनको दफा १४ बमोजिमको) दिनु पर्छ ।

(२) उपनियम (१) अन्तर्गत राखिएको जमानत वा डिपोजिट ठेकेदारको सो ठेक्का सम्बन्धी सबै दायित्व पूरा नभएसम्म फिर्ता हुने छैन ।
(३) दुई वा सो भन्दा बढी व्यक्तिहरु मिली साझामा ठेक्का लिएकोमा सो ठेकेदारहरु मध्ये एकजनाले सबैको निमित्त वा सबैले आफ्नो हिस्सा बमोजिम सो ठेक्काको लागि चाहिने जमानत वा डिपोजिट दिन सक्नेछ । तर हिस्साको अङ्क खुलेकोमा सबैले बराबर अङ्कको जमानत वा डिपोजिट दिनु पर्छ ।

(४) कुनै ठेक्काको लागि कसैले अचल जायजेथा जमानत राखेमा सो ठेक्का सम्बन्धी सबै दायित्व ठेकेदारको पूरा नभएसम्म सो जायजेथालाई कुनै किसिमले पनि हस्तान्तरण गर्न वा अन्यत्र जमानत राख्न पाइने छैन । ठेकेदारले आफूले गरेको कबूलियत बमोजिम काम नगरेमा वा ठेक्काको अवधि भुक्तान हुनु भन्दा अगावै ठेक्का छाडे वा तोडेमा त्यसबाट नेपाल सरकारलाई हुने नोक्सानी र नेपाल सरकारले ठेकेदारबाट लिनु पर्ने बाँकी र त्यसको दश प्रतिशत सूद समेत सो जायजेथाबाट समेत असूल उपर गरिनेछ भनी ठेक्का दिने कार्यालय, अड्डा वा अधिकारीले कागज गराउन सक्नेछ ।

(५) उपनियम (४) मा उल्लेख भए बमोजिमको सबै दायित्व ब्यहोर्ने गरी ठेकेदारको निमित्त ऐनको दफा १९ अन्तर्गतको जमानी हुने व्यक्तिले आफ्नो अचल जायजेथा जमानत लेखी दिएमा सो बमोजिमको जमानतलाई अस्वीकार गरिने छैन ।

(६) जमानत राखिएको अचल जायजेथा सो जमानत राख्नु भन्दा अघि अन्यत्र जमानत राखेको वा अरु कुनै किसिमले हस्तान्तरण गरेको कुरा पछि पत्ता लागि ठहर्न आएमा निजका साथ भएको ठेक्का तोडी ऐन बमोजिम अरुका साथ ठेक्का बन्दोवस्त हुनेछ । त्यसबाट नेपाल सरकारलाई हुन आउने नोक्सानी बिगो र त्यसको सूद समेत ठेकेदार र जमानी हुनेबाट ऐन बमोजिम असूल उपर गरी लिइने छ ।

(७) कुनै ठेकेदारको जमानत बापत आफ्नो अचल जायजेथा लेखिदिने जमानीले निजको ठेक्काको अवधिभर सो जमानतबाट छुटकारा पाउन सक्ने छैन ।

 

९. पट्टा दिने र कबुलियत गराउने

ऐनको दफा १४ बमोजिमको जमानत वा डिपोजिट दिएपछि ठेक्का पाउने सबै शर्त खुलाई सम्बन्धित ठेकेदारको अनुसूची–१ बमोजिम कबुलियत गराई निजलाई अनुसूची–२ बमोजिमको पट्टा दिनु पर्छ ।

१०. किस्ता दाखिल गर्ने

ठेकेदारले रकमको किस्ता बुझाउनु पर्दा सम्बन्धित ठेक्का बन्दोवस्त गर्ने वा तोकिएको अड्डामा अथवा पायक पर्ने माल वा नेपाल राष्ट्र बैंकमा दाखिल गरी किस्ताको म्यादमा भाउचर वा ड्राफ्ट सम्बन्धित वा तोकिएको अड्डामा दाखिल गर्नुपर्छ ।