Skip to contentSkip to left sidebar Skip to footer

मूल्य अभिवृद्धि कर नियमावली, २०५३

मूल्य अभिवृद्धि कर नियमावली, २०५३

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५३।१२।११

संशोधनः
१. मूल्य अभिवृद्धि कर (पहिलो संशोधन) नियमावली, २०५५                                                 २०५५।०८।०७
२. मूल्य अभिवृद्धि कर (दोस्रो संशोधन) नियमावली, २०५९                                                    २०५९।०३।२४
३. मूल्य अभिवृद्धि कर (तेस्रो संशोधन) नियमावली, २०५९                                                     २०५९।०९।२२
४. मूल्य अभिवृद्धि कर (चौथो संशोधन) नियमावली,२०६०                                                     २०६०।०४।०१
५. मूल्य अभिवृद्धि कर (पाँचौँ संशोधन) नियमावली,२०६१                                                      २०६१।०४।०१
६. मूल्य अभिवृद्धि कर (छैठौँ संशोधन) नियमावली,२०६१                                                       २०६१।१२।०३
७. मूल्य अभिवृद्धि कर (सातौँ संशोधन) नियमावली,२०६२                                                       २०६२।०४।०१
८. मूल्य अभिवृद्धि कर (आठौँ संशोधन) नियमावली,२०६२                                                       २०६२।०६।१४
९. मूल्य अभिवृद्धि कर (नवौँ संशोधन) नियमावली, २०६२                                                        २०६२।१०।०१
१०. मूल्य अभिवृद्धि कर (दशौँ संशोधन) नियमावली, २०६४                                                     २०६४।०३।२८
११. मूल्य अभिवृद्धि कर (एघारौं संशोधन) नियमावली, २०६६                                                   २०६६।३।२९
१२. मूल्य अभिवृद्धि कर (बाह्रौं संशोधन) नियमावली, २०६७                                                      २०६७।८।४
१३. मूल्य अभिवृद्धि कर (तेह्रौं संशोधन) नियमावली, २०६८                                                     २०६८।३।३१
१४. मूल्य अभिवृद्धि कर (चोधौं संशोधन) नियमावली, २०७०                                                    २०७०।१।३०
१५. मूल्य अभिवृद्धि कर (पन्ध्रौं संशोधन) नियमावली, २०७०                                                    २०७०।३।३०
१६. मूल्य अभिवृद्धि कर (सोह्रौं संशोधन) नियमावली, २०७१                                                     २०७१।३।२९
१७. मूल्य अभिवृद्धि कर (सत्रौं संशोधन) नियमावली, २०७२                                                      २०७२।३।२९
१८. मूल्य अभिवृद्धि कर (अठारौं संशोधन) नियमावली, २०७३                                                  २०७३।३।२०
१९. मूल्य अभिवृद्धि कर (उन्नाइसौं संशोधन) नियमावली, २०७४                                              २०७४।४।१०

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

 

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “मूल्य अभिवृद्धि कर नियमावली, २०५३” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मिति देखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ सम्झनु पर्छ ।
(ख) “कर अवधि” भन्नाले करदाताले ऐनको दफा १८ बमोजिम कर विवरण पेश गर्नु पर्ने अवधि सम्झनु पर्छ ।
(ग) “कर विवरण” भन्नाले करदाताले कर अवधिमा कर लाग्ने कारोबार गरे बापत बुझाउनु पर्ने करको सम्बन्धमा पेश गरेको विवरण सम्झनु पर्छ ।

परिच्छेद–२ दर्तासम्बन्धी व्यवस्था

 

३. दर्ताको लागि दरखास्तः (१) ऐन प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न रहेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ ।

(२) ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार शुरु गर्नुभन्दा अघि सम्बन्धित कर अधिकृत समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम दर्ताको लागि दरखास्त दिने व्यक्ति साझेदार भएमा अनुसूची–२ बमोजिमको ढाँचामा साझेदारीको पूर्ण विवरण समेत दरखास्तसाथ संलग्न राखी पेश गर्नु पर्नेछ ।

४. दरखास्तको जाँचबुझः (१) नियम ३ बमोजिम परेको दरखास्तसाथ संलग्न विवरण तथा कागजातहरू जाँचबुझ गर्दा आवश्यक देखिएका अन्य थप विवरण तथा कागजातहरू समेत पेश गर्न सम्बन्धित कर अधिकृतले दरखास्तवालासँग माग गर्न सक्नेछ । यसरी मागिएको थप विवरण तथा कागजातहरू माग गरिएको मितिले सात दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्ने कर्तव्य दरखास्तवालाको हुनेछ ।

(२) ऐनको दफा १० को उपदफा (३) मा उल्लेख भए बमोजिम दर्ता गर्नु नपर्ने कारोबार दर्ता गर्नको लागि कसैको दरखास्त पर्न आएको रहेछ भने सम्बन्धित कर अधिकृतले दर्ता गर्नु नपर्ने व्यहोरा उल्लेख गरी सोको जानकारी दरखास्त परेको मितिले सात दिन भित्र दरखास्तवालालाई दिनु पर्नेछ ।

५. दर्ताको प्रमाणपत्र दिनु पर्नेः नियम ३ बमोजिम दर्ताको लागि परेको दरखास्त उपर सम्बन्धित कर अधिकृतले नियम ४ बमोजिम जाँचबुझ गरी दर्ता गर्न उपयुक्त हुने देखेमा दरखास्त परेको मितिले तीस दिनभित्र दरखास्तवालाले गरेको वा गर्न चाहेको कारोबारलाई दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

६. सानो कारोबार गर्ने व्यवसायीले दर्ता गराउनु नपर्नेः (१) नियम ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह्र महिनामा वस्तुको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा बीस लाख रुपैयाँसम्मको कारोवार गर्ने व्यक्तिले आफ्नो कारोवार दर्ता गराउनु पर्ने छैन । यसरी कारोबार दर्ता गराउनु नपर्ने व्यक्तिले आफ्नो कारोबार स्थलमा वस्तुको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा बीस लाख रुपैयाँसम्मको कारोवार मात्र भएकोले दर्ता हुनु नपर्ने भन्ने सूचना सबैले देख्ने गरी राख्नु पर्नेछ । तर नेपाल भित्र कर छुटेको कारोबार गर्ने व्यक्तिको आफ्नो उपयोगका लागि आफै पैठारी गर्ने देखि बाहेक अन्य कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा उद्योगले एक पटकमा दश हजार रुपैयाँभन्दा बढीको कर योग्य वस्तु व्यापारिक प्रयोजनको लागि पैठारी गर्दा आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ ।

(१क) कुनै आपूर्तिको खरिद, विक्री, मौज्दात र गोदाम छुट्टिन नसक्ने भएमा करको प्रयोजनको लागि कर अधिकृतले त्यस्तो आपूर्तिको खरिद, विक्री र मौज्दातलाई एउटै कारोवार सीमा मानी कर निर्धारण गरी असुल उपर गर्न सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सानो कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा नियम ३ बमोजिम दरखास्त दिन सक्नेछ । यसरी स्वेच्छाले कारोबार दर्ता गराउन दरखास्त परेमा कर अधिकृतले नियम ४ बमोजिमको जाँचबुझ प्रक्रिया पूरा गरी ऐनको दफा ९ को अधीनमा रही कारोबार दर्ता गरिदिनु पर्नेछ ।

६क. ठेक्का सम्बन्धी व्यवस्थाः (१) सरकारी निकाय, सार्वजनिक संघ संस्था वा दर्ता भएको व्यक्तिले आफूले गरेको ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दिई सम्बन्धित ठेकेदारलाई कर भुक्तानी गर्नु पर्नेछ ।

(२) सरकारी निकाय वा सार्वजनिक संघ संस्थाले वार्षिक पाँच लाख रुपैँयाभन्दा बढीको ठेक्का पट्टा दिँदा वा वार्षिक एक लाख रुपैंयाभन्दा बढीको परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ ।

६ख. नर्माण सेवासम्वन्धी विशेष व्यवस्थाः कुनै व्यक्तिले व्यावसायिक प्रयोजनका लागि पचास लाख रुपैयाँभन्दा बढी लागतको भवन, अपार्टमेण्ट, सपिङ्ग कम्प्लेक्स वा विभागले तोकेको अन्य यस्तै प्रकारका संरचना निर्माण गर्दा दर्ता भएको व्यक्तिबाट मात्र गराउनु पर्नेछ ।

७. कारोबार दर्ता गराउनु पर्ने विशेष अवस्थाः (१) कुनै व्यक्तिको वार्षिक कारोबार वस्तुको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोवार र सेवा व्यवसायको हकमा बीस लाख रुपैयाँ नाघ्ने अनुमान गर्न सक्ने अवस्था भएमा त्यस्तो अवस्था खुलाइ अनुसूची–१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृतसमक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुमान गर्न सकिने अवस्था नभै कसैले गरेको कारोबारको रकम वस्तुको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवा व्यवसायको हकमा बीस लाख रुपैयाँ नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार गर्ने व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।

(३) ……….

(४) ऐनको दफा १० को उपदफा (२) बमोजिम दर्ता गर्नुपर्ने वस्तु वा सेवाको कारोबार गरेका व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ता गर्नु पर्नेछ ।

(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले गरेको कर लाग्ने वस्तु वा सेवाको कारोबारको सम्बन्धमा देहायको अवस्था भएमा त्यस्तो कारोबार कार्यालयमा दर्ता गर्नु पर्नेछ ।

(क) कर अधिकृतले निरीक्षण गर्दाका बखत कारोबार गर्ने व्यक्तिसँग रहेको वस्तुको प्रकृतिको आधारमा विभागले तोकेको रकमभन्दा बढी मूल्यको वस्तु मौज्दात भएमा ………. ।
(ख) ……………
(ग) ……………….

(घ) कुनै व्यक्तिले वार्षिक दश लाख रुपैयाँभन्दा बढी रकमको कुनै बैङ्कबाट व्यसायिक ऋण प्राप्त गरेमा ।

(६) दर्ता हुनुपर्ने व्यक्तिले दर्ता नगरी कारोबार गरेको पाइएमा कर अधिकृतले आधार तथा कारख उल्लेख गरी तीस दिन भित्र दर्ता हुन सम्बन्धित व्यक्तिलाई आदेश दिनु पर्नेद्ध र त्यो आदेश प्राप्त भएमा सम्बन्धित व्यक्तिले सो अवधि भित्र कारोबार दर्ता गराउनु पर्नेछ ।

७ क.अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्थाः (१) अस्थायी रुपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले ऐनको दफा १०क. बमोजिम कारोबार दर्ता गर्ने सम्बन्धित आयोजकको सिफारिस सहित सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिंदा त्यस्तो कार्यक्रमबाट प्राप्त हुने आयको पूर्वानुमान गरी सो आयको दुई प्रतिशतले हुने रकम सो कार्यालयमा धरौटी राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयका कर अधिकृतले त्यस्तो कारोबार मूल्य अभिवृद्धि करमा दर्ता गरी निवेदनलाई दर्ता नम्बर सहितको प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम दर्ता भएकाले प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम समाप्त भएको सात दिनभित्र कारोबार दर्ता गर्नेले सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा मूल्य अभिवृद्धि कर विवरण र मूल्य अभिवृद्धि कर दाखिला गरी अस्थायी दर्ता खारेजीका लागि स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र, अस्थायी दर्ता भएको अवस्थाको कर चुक्ता प्रमाणपत्र र आयोजकको सिफारिस सहित निवेदन दिनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम अस्थायी दर्ता खारेजीको निवेदन प्राप्त भएमा सम्बन्धित कर अधिकृतले करदाताले पेश गरेको मूल्य अभिवृद्धि कर विवरण तथा अन्य कागजात जाँचबुझ गरी पन्ध्र दिन भित्र अस्थायी दर्ता खारेज गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ ।

(६) उपनियम (२) बमोजिम निवेदकले राखेको धरौटी उपनियम (४) बमोजिम बुझाउनु पर्ने मूल्य अभिवृद्धि करमा मिलान गनृ पाउनेछ ।
(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा थप कर निर्धारण हुन गएमा निवेदकलाई कर दाखिला गर्न तीन दिनको सूचना दिइनेछ । सो अवधि भित्र निवेदकले कर दाखिला नगरेमा निजले धरौटी राखेको रकमबाट असुल गरिनेछ र सो रकमबाट पनि नपुगेमा बाँकी रकम आयोजकबाट असुल गरिनेछ ।

८. कारोबारको रकमको निर्धारणः कारोबार दर्ता गर्ने प्रयोजनको निमित्त कुनै कारोबारको रकमको निर्धारण सो कारोबारको विगत बाह्र महिनाको खरिद वा बिक्री मूल्यमध्ये जुन बढी हुन्छ सोको आधारमा गरिनेछ । दर्ता भएको व्यक्तिले कारोवार रकम पुष्ट्याइँ गर्ने अभिलेख कारोवार स्थलमा राख्नु पर्नेछ र कर अधिकृतले मागेको बखत देखाउनु पर्नेछ ।

९. स्थान परिवर्तनको सूचना दिनु पर्नेः (१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको स्थान परिवर्तन गर्नु पर्ने भएमा त्यस्तो परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सम्बन्धित कर अधिकृतले परिवर्तन हुने कारोबार स्थान अर्को कर कार्यालयको कार्य क्षेत्रभित्र पर्ने देखेमा सम्बन्धित कार्यालयलाई सो कुराको जानकारी त्यस्तो सूचना पाएको मितिले सात दिनभित्र दिनु पर्नेछ ।

१०. कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्न सूचना दिनु पर्नेः (१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सम्बन्धित कर अधिकृतलाई सो कुराको सूचना दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गरेपछि सम्बन्धित कर अधिकृतले दर्ता भएको व्यक्तिको कारोबारको प्रकृति वा उद्देश्यलाई परिवर्तन गरी त्यसको जानकारी त्यस्तो दर्ता भएको व्यक्तिलाई दिनु पर्नेछ ।

११. कारोबारको हस्तान्तरणः (१) कुनै दर्ता भएको व्यक्तिले आफूले गर्दै आएको कारोबार अन्य कुनै व्यक्तिलाई पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गरेमा त्यसरी कारोवार हस्तान्तरण गरेको मितिले सात दिनभित्र अनुसूची–४ बमोजिमको ढाँचामा सम्पूर्ण विवरणहरू खुलाइ सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कारोबारको हस्तान्तरण भएमा हस्तान्तरणका शर्तहरूका अधीनमा रही हस्तान्तरणकर्ताको हक, अधिकार तथा दायित्वहरू समेत हस्तान्तरण हुनेछ ।

(३) सम्बन्धित कर अधिकृतले कारोबार हस्तान्तरणसँग सम्बन्धित दुवै पक्षला  आफ्नो रोहवरमा राखी ऐन र यस नियमावली बमोजिम निजहरूले पूरा गर्नु पर्ने दायित्वका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ । यसरी दिइएको निर्देशनको पालना
गर्नु निजहरूको कर्तव्य हुनेछ ।

१२. दर्ता खारेजी प्रकृयाः (१) ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्थाको कारणबाट कुनै दर्ता भएको व्यक्तिको दर्ता खारेज हुने भएमा त्यस्तो दर्ता भएको व्यक्ति वा निज नरहेको अवस्थामा निजको हकवालाले दर्ता खारेज हुने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र दर्ता खारेज गर्नको लागि दर्ता खारेज हुने अवस्था खुलाई अनुसूची–

११ बमोजिमको कर विवरण तथा बुझाउनु पर्ने कर रकम समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिएमा वा दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्था विद्यमान रही दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नु पर्ने कुरामा सम्बन्धित कर अधिकृत विश्वस्त भएमा बाँकी कर रकम बुझाउन लगाई त्यस्तो व्यक्तिको दर्ता खारेज गरी सो कुराको जानकारी सम्बन्धित दर्ता भएको व्यक्ति वा निजको हकवाला र विभागलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दर्ता खारेजीको लागि दरखास्त दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा ३ महिनासम्म कर विवरण पेश गर्नुपर्नेछ ।
(३) दर्ता खारेजीको दरखास्त परेको मितिले ३ महिनाभित्र दर्ता खारेज भएको वा नहुने भए सो विषयको जानकारी दिनु सम्वन्धित कर अधिकृतको कर्तव्य हुनेछ ।

(४) मूल्य अभिवृद्धि करमा दर्ता भएको तर यो उपनियम प्रारम्भ भएपछि मूल्य अभिवृद्धि कर लाग्ने सीमाभन्दा घटी कारोबार भएको करदाताको खारेजी तथा त्यस्ता करदाताको कर मिलान गर्न बाँकी रकम (क्रेडिट) को व्यवस्थापन महानिर्देशकले तोकेको प्रक्रिया बमोजिम हुनेछ ।

१३. दर्ता नम्बरको प्रयोगः ऐनको दफा १० को उपदफा (६) मा उल्लिखित कारोबारहरूको अतिरिक्त दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्वरको प्रयोग आफूले गर्ने कारोबारसँग सम्बन्धित देहायका कागजातहरूमा समेत गर्नु पर्नेछः–

(क) आयकरसम्बन्धी कागजातमा,

(ख) बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यापारिक तथा औद्योगिक प्रयोजनको लागि एक लाख रुपैयाँभन्दा बढी ऋृणको लागि दिइने निवेदन सम्बन्धी कागजातमा,
(ग) आयात तथा निर्यात सम्बन्धी कागजातमा ।

१४. प्रतिलिपि दिनेः (१) दर्ता भएको व्यक्तिले नियम ५ बमोजिम प्राप्त गरेको कारोबार दर्ताको प्रमाणपत्र च्यातिएमा, हराएमा वा अन्य कुनै किसिमबाट नासिएमा त्यस्तो प्रमाणपत्रको प्रतिलिपि लिनको लागि प्रतिलिपि दस्तुर वापत लाग्ने एकसय रुपैयाँ समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि दरखास्त प्राप्त भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित कर अधिकृतले कारोबार दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनु पर्नेछ ।

१४क.करपाटीको व्यवस्थाः करदाताले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र कारोबार स्थलमा सबैले देख्न सक्ने गरी विभागले तोकेको ढाँचामा करपाटी राख्नु पर्नेछ ।

१४ख.कर सहितको मूल्य उल्लेख गर्नु पर्नेः दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।

परिच्छेद–३ आपूर्ति स्थान र समय

 

१५. वस्तुको आपूर्ति स्थानको निर्धारणः देहायको स्थानलाई वस्तुको आपूर्ति भएको स्थान मानिनेछः–

(क) बिक्री गरी हस्तान्तरण गरिएको चल वस्तुको आपूर्तिको स्थान जहाँ त्यस्तो वस्तु बिक्री गरिएको वा हस्तान्तरण गरिएको छ सोही ठाउँ,
(ख) स्वामित्व परिवर्तन गरिए पनि स्थान परिवर्तन गर्न नसकिने अचल वस्तुको सम्बन्धमा त्यस्तो वस्तु रहेको ठाउँ,
(ग) आयात गरिएको वस्तुको सम्बन्धमा त्यस्तो वस्तु नेपाल ……..भित्र आयात गरिने नेपाल ………को भन्सार बिन्दु,
(घ) कुनै उत्पादक वा विक्रेताले कुनै वस्तु स्वयं आफूलाई आपूर्ति गरेमा त्यस्तो वस्तुको उत्पादक वा विक्रेता रहेको स्थान ।

१६. सेवाको आपूर्ति स्थानको निर्धारणः सेवाको आपूर्ति स्थान सेवाबाट लाभ प्राप्त गर्ने ठाउँ हुनेछ ।

परिच्छेद–४ बिजक तथा बजार मूल्य सम्बन्धी व्यवस्था

 

१७. कर बिजकः (१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि बाहेक प्रापकलाई अनुसूची–५ र ५क. बमोजिमको ढाँचामा कर विजक दिनु पर्नेछ ।त्यसरी कर बीजक जारी गर्दा कुनै बस्तुको किसिम, साइज, मोडल र ब्राण्ड भएमा सो खुलाउनु पर्नेछ ।

(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १४ को उपदफा (७) बमोजिम वस्तु वा सेवाको बिक्री गर्दा अनुसूची–५ख मा उल्लिखित विवरण बमोजिमको कर बिजक जारी गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रापकलाई दिइने बिजकको मुख पृष्ठमा देखिने गरी प्रष्टसँग कर बिजक लेखिएको हुनु पर्नेछ । यस्तो कर बिजकको तीन प्रति तयार गरी त्यसको सक्कल प्रति प्रापकलाई दिने, दोस्रो प्रति कार्यालयले माग गरेका बखत पेश गर्ने गरी छुट्टै अभिलेख खडा गरी राख्ने र तेस्रो प्रति दर्ता भएको व्यक्तिले आप्mनो कारोबार प्रयोजनको निमित्त अभिलेख खडा गरी राख्ने व्यवस्था गर्नु पर्नेछ ।
(३) …………………
(४) …………………
(५) ………………..

१८. संक्षिप्त कर बिजकः (१) नियम १७ मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै दर्ता भएको व्यक्तिले कुनै वस्तुको खुद्रा बिक्री गर्ने भएमा सोही कुरा खुलाई सम्बन्धित कर अधिकृत समक्ष निवेदन दिएमा त्यस्तो दर्ता भएको व्यक्तिले कुनै वस्तुको खुद्रा बिक्री गर्दा नियम १७ मा उल्लेख भए बमोजिमको कर बिजकको सट्टा अनुसूची–६ बमोजिमको ढाँचामा प्रापकलाई संक्षिप्त कर बिजक दिनु पर्ने गरी अनुमति दिन सक्नेछ ।

(२) कम मोल पर्ने धेरै वस्तुहरू बिक्री गरिएको रहेछ भने उपनियम (१) बमोजिम दिइने संक्षिप्त कर बिजकमा सबै वस्तुहरूको छुट्टा छुट्टै नाम उल्लेख नगरी एकमुष्ट केही वस्तुहरू भनी उल्लेख गर्न गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम वस्तु खरिद गरी संक्षिप्त कर बिजक लिने प्रापकले ऐनको दफा १७ बमोजिम कर कट्टी गर्न पाउने छैन ।
(४) उपनियम (१) बमोजिम प्रापकलाई संक्षिप्त कर बिजक दिने दर्ता भएको व्यक्तिले सो कुराको अभिलेख देहायबमोजिम राख्नु पर्नेछ ः–
(क) सक्कल बिजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,

(ख) टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने,
(ग) प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्ने ।
(५) उपनियम (४) बमोजिम दर्ता भएको व्यक्तिले राख्नु पर्ने अभिलेख राखेको नपाइएमा कर अधिकृतले उपनियम (१) बमोजिम संक्षिप्त कर बिजक जारी गर्न दिएको अनुमति खारेज गर्न सक्नेछ ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि पाँचहजार रुपैयाँभन्दा बढी मूल्यको कारोबार भएको रहेछ भने यस नियमबमोजिम संक्षिप्त कर बिजक जारी गर्न पाईने छैन र सोभन्दा कम रकमको कारोबार भएको भए तापनि नियम

१७ बमोजिमको कर बिजकको माग गर्ने प्रापकलाई सोही बमोजिमको कर बिजक उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ ।

……………
(७) संक्षिप्त कर बिजकबाट करको कूल अङ्क बिजक मूल्यलाई कर भिन्नले गुणन गरी निकालिनेछ ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “कर भिन्न” भन्नाले करको दर
–––––––––––––– को योगलाई जनाउँछ ।
करको दर × १००

१८क. क्याश मेशिन वा कम्प्युटर सफ्टवेयरबाट बिजक जारी गर्नुपर्नेः बिभागले कुनै करदाताले क्यास मेशिन प्रयोग गर्नु पर्ने गरी तोक्न सक्नेछ र त्यसरी तोकिएकोमा त्यस्तो करदाताले कारोबार गर्दा क्याश मेशिनको प्रयोग गरी बिजक जारी गर्नु पर्नेछ । तर कम्प्युटर सफ्टवेयरबाट बिजक जारी गर्न स्वीकृती प्राप्त करदाताले सोही बमोजिम बिजक जारी गर्नु पर्नेछ ।
१९. ………………

२०. क्रेडिट वा डेविट नोटः (१) दर्ता भएको व्यक्तिले आपूर्ति गरेको वस्तु वा सेवाको मूल्यमा परिवर्तन भई क्रेडिट वा डेविट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसँग क्रेडिट वा डेविट नोट लेखी देहायका कुराहरू समेत खुलाउनु पर्नेछः–

(क) क्रमागत संख्या,
(ख) जारी भएको मिति,
(ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,
(घ) प्रापकको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,
(ङ) कारोबारसँग सम्बन्धित कर बिजकको संख्या र मिति,
(च) वस्तु वा सेवाको विवरण र क्रेडिट वा डेविटको कारण,
(छ) क्रेडिट वा डेविट भएको रकम,
(ज) क्रेडिट वा डेविट भएको करको रकम ।
(२) दर्ता भएको करदाताले उपनियम (१) बमोजिमको क्रेडिट वा डेविट नोटको मासिक लेखा राख्नु पर्नेछ ।

२१. विदेशी मुद्रामा भुक्तानी भएमाः आपूर्तिकर्ताले कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको प्रतिफल वापत प्रापकबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी लिई कर बिजक दिंदा कारोबार भएको दिनको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर बमोजिम उक्त विदेशी मुद्रा बराबर हुने नेपाली रुपैयाँको रकम कर बिजकमा उल्लेख गरी बिजक दिनु पर्नेछ ।

२२. बजार मूल्य निर्धारण प्रक्रियाः (१) ऐनको दफा १३ बमोजिम बजार मूल्य निर्धारण गर्नु पर्दा कर अधिकृतले समान प्रकारको कारोबारको सम्बन्धमा दर्ता भएका अन्य समान बिक्रेताहरूको कारोवार तथा मूल्य अध्ययन गरी बजार मूल्यको निर्धारण गर्नेछ ।

(२) ऐनको दफा १३ को उपदफा (३) मा उल्लेख भए बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तत्सम्बन्धमा समान प्रकारका दर्ता भएका व्यक्तिहरूबाट आफूलाई प्राप्त भएको जानकारी समेतका आधारमा मूल्य निर्धारण गर्नु पर्नेछ ।

परिच्छेद–५ कारोबारको अभिलेख

 

२३. अभिलेख राख्नु पर्नेः (१) दर्ता भएको व्यक्तिले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका सूचना, कागजात तथा विवरणहरूको अभिलेख राख्नु पर्नेछः–

(क) अनुसूची– ७ बमोजिमका सूचनाहरू,
(ख) व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख,
(ग) आफूले जारी गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू,
(घ) आफूले प्राप्त गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू,
(ङ) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,
(च) आफूले खरिद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने सम्पूर्ण डेविट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू,

(छ) अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका खरिद तथा बिक्री खाताहरू,
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रकारको व्यापार वा व्यवसायका निमित्त उक्त उपनियममा उल्लेख भएका मध्ये कुनै अभिलेखहरू मात्र दर्ता भएको व्यक्तिले अभिलेखको रूपमा राख्नु पर्ने गरी विभागले तोक्न सक्नेछ ।

(३) दर्ता भएको व्यक्तिले यस नियम बमोजिम राख्नु पर्ने अभिलेखहरू विभागको अनुमति लिई कम्प्युटर वा यस्तै अन्य यान्त्रिक प्रणाली वा विभागले तोकिदिए बमोजिमको तरीका अपनाई राख्न सक्नेछ ।
(४) यस नियमबमोजिम दर्ता भएको व्यक्तिले राखेको अभिलेख कर अधिकृतले कारोबार समयमा जुनसुकै बखत हेर्न सक्नेछ ।

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “कारोबार समय” भन्नाले सार्वजनिक बिदा बाहेक कारोबार खुल्ने तथा बन्द हुने समयको बीचको अवधि सम्झनु पर्छ ।

(५) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा मागेको अभिलेखसँग सम्बन्धित विवरण तथा कागजात दर्ता भएको व्यक्तिले आफ्नै खर्चमा मुद्रण गरी उपलब्ध गराउनु पर्नेछ ।

(६) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्दा निजलाई सहयोग पुर्‍याउनको निमित्त आवश्यक कर्मचारीहरू उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ ।

(७) यस नियमबमोजिम राखिएका अभिलेखहरू दर्ता भएको व्यक्तिले ६ वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

२४. नमूनाको लागि वितरण गरिएको वा बिना मूल्यमा प्राप्त वस्तुको विवरणः नियम २३ मा उल्लिखित अभिलेखहरूका अतिरिक्त दर्ता भएको व्यक्तिले कारोबारसँग सम्बन्धित देहायका विवरणहरू समेत राख्नु पर्नेछः–

(क) व्यवसाय प्रवद्र्धनको लागि नमूनाको रूपमा प्राप्त भएका तथा वितरण गरिएको वस्तुको विवरण ।
(ख) विनामूल्य प्राप्त भएका तथा वितरण गरिएका वस्तुको विवरण ।

२५. खरिद तथा बिक्री खाता प्रमाणित सम्बन्धी व्यवस्थाः ऐनको दफा १६ को उपदफा (३) बमोजिम कर अधिकृतले खरिद तथा बिक्री खाता प्रमाणित गर्दा देहायबमोजिम प्रमाणित गर्नु पर्नेछः–

(क) करदाताले खरिद तथा बिक्री खाता प्रमाणित गर्नको लागि कार्यालयमा निवेदन दिएमा,
(ख) कर परीक्षण वा जाँचको अवधिमा,
(ग) निरीक्षणको समयमा ।

तर कम्प्युटर बिजक जारी गर्न अनुमति लिएको करदाताको कम्प्यूटर प्रणालीबाट नै स्वतः बिक्री खाता तयार हुने भएमा बिक्री खाता प्रमाणित गराउनु पर्ने छैन ।

परिच्छेद–६ कर विवरण तथा संकलन

परिच्छेद–६

२६. कर अवधिको कर विवरण पेश गर्नु पर्नेः

(१) दर्ता भएको व्यक्तिले बिक्रम सम्बत् अनुसारको एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले
पच्चीस दिनभित्र अनुसूची–१० बमोजिमको ढाँचामा सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

……………
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दर्ता भएको व्यक्तिले आफ्नो लेखा कम्प्युटर प्रणालीमा राखेको कारणले उपनियम (१) मा उल्लिखित कर अवधिको सट्टा छुट्टै कर अवधि कायम गरिपाउन कर अधिकृत समक्ष निवेदन दिएमा कर अधिकृतले जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो दर्ता भएको व्यक्तिको हकमा आवश्यकता अनुरूप छुट्टै कर अवधि कायम गरिदिन सक्नेछ ।
(३) …………….

(३क) होटल तथा पर्यटन व्यवसायीले चाहेमा विभागले विवरण पेश गर्ने कर अवधि दुई महिना कायम गर्न सक्नेछ ।

(३ख) ईटा उद्योग, छापा, छापा तथा विद्युतीय प्रकाशन एवम् प्रसारण गृहले चाहेमा विभागले विवरण पेश गर्नै अवधि चौमासिक कायम गर्न सक्नेछ ।
(४) यसरी एक महिनाभन्दा घटी वा बढी कर अवधि कायम गरिएको दर्ता भएको व्यक्तिले सो अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र अनुसूची–१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(५) पहिलो पटक कर विवरण पेश गर्दा दर्ता भएको व्यक्तिले कर अवधिको बाँकी अवधिलाई कर अवधि मानी सोही अवधिको कर विवरण पेश गर्नु पर्नेछ ।

२७. हकवाला वा कानूनी प्रतिनिधिबाट कर विवरण पेश गर्न लगाउन सकिनेः दर्ता भएको व्यक्तिको मृत्यु हुन गएमा वा निज कर विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असक्षम भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असक्षम भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले वस्तु वा सेवाको आपूर्ति गरेको अवधि मानी कर अधिकृतले सो अवधिको कर विवरण निजको हकवाला वा कानूनी प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ ।

२८. एक्लै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्नेः देहायको अवस्थामा देहायका व्यक्तिले एक्लै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्नेछः–
(क) कुनै करदाता कर विवरण पेश गर्न असक्षम भएमा वा निजको मृत्यु भएमा निजको हकवाला वा संरक्षकले,
(ख) करदाता कानूनी व्यक्ति भएमा त्यस्तो करदाताको तर्फबाट कुनै सञ्चालक, कार्यकारी प्रमुख वा व्यवस्थापनले तोकेको कुनै कर्मचारीले,
(ग) करदाता कानूनी व्यक्ति भएमा र त्यस्तो कानूनी व्यक्ति खारेज वा विघटन भएमा लिक्विडेटरले,

(घ) माथि उल्लेख भएको अवस्था बाहेक अन्य अवस्थामा कर अधिकृतले तोकेको करदातासँग सरोकार राख्ने व्यक्तिले ।

परिच्छेद–७ करको निर्धारण र असुल उपर

 

२९. कर अधिकृतले कर निर्धारण गर्न सक्नेः (१) ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित अवस्था परी सोही दफाको उपदफा (२) बमोजिमका आधारहरूका अतिरिक्त बजार मूल्य वा कर निर्धारण गरिनुपर्ने कारोबारसँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारीका आधारमा समेत कर अधिकृतले कर निर्धारण गरी अनुसूची–१२ को ढाँचामा कर निर्धारण आदेश जारी गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कर अधिकृतले जारी गरेको कर निर्धारण आदेश उपर आफ्नो सफाईमा प्रमाण पेश गर्न सम्बन्धित करदातालाई पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र सम्बन्धित करदाताबाट सफाईमा पेश हुन आएको प्रमाणहरू उपयुक्त देखेमा सोही आधारमा कर अधिकृतले उपनियम (१) बमोजिम कर निर्धारण गरी कर निर्धारण आदेश जारी गर्नु पर्नेछ । यसरी कर निर्धारण आदेश जारी गर्दा सो आदेशमा आदेश जारी भएको मितिसम्म ऐनको दफा १९ को उपदफा (२) ……….. बमोजिम लाग्ने थप दस्तुर र दफा २६ बमोजिम लाग्ने व्याजको रकम समेत समावेश गर्नु पर्नेछ ।

स्पष्टीकरणः व्याजको गणना गर्दा प्रति महिना बाह्र खण्डको एक खण्डको आधारमा गरिनेछ ।

३०. कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनु पर्नेः नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमकोे रकम सम्बन्धित करदाताले त्यस्तो आदेशमा उल्लिखित मितिभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नु पर्नेछ ।

३१. कर निर्धारण आदेशको सूचना पठाउने कार्यविधिः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कर अधिकृतले करदातालाई नियम २९ बमोजिम कर निर्धारण आदेश जारी गर्दा त्यस्तो करदाताको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै
अन्य विद्युतीय उपकरण मार्फत पठाएमा वा त्यस्तो आदेश निज वा निजको कार्यालयमा बुझाएमा वा निजको ठेगानामा रजिष्टरी गरी हुलाक मार्फत पठाएमा रीतपूर्वक तामेल भएको मानिनेछ ।

(२) उपनियम (१) बमोजिम कर निर्धारण आदेशको सूचना तामेल हुन नसकेमा कर अधिकृतले सम्बन्धित करदातालाई रेडियो, टेलिभिजन वा राष्ट्रिय स्तरको कुनै पत्र– पत्रिकामा तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सो को जानकारी गराउन सक्नेछ । त्यस्तो अवस्थामा सम्बन्धित करदाताले त्यस्तो जानकारी पाएको मानिनेछ ।

३२. दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुलीः (१) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा निजले ऐनको दफा १५ को उपदफा (२) बमोजिम उठाएको करको निर्धारण नियम २९ मा उल्लेख भए बमोजिमको प्रक्रिया अपनाइ करको निर्धारण
गरिनेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको कर त्यस्तो कर उठाउने दर्ता नभएको व्यक्तिले कर निर्धारण आदेश जारी भएको मितिले पन्ध्र दिनभित्र बुझाउनु पर्नेछ ।

३३. प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण तरीकाः (१) प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण त्यस्ता वस्तुहरूको बिक्री मूल्य र खरीद मूल्य बीचको बचतमा मात्र गरिनेछ । त्यस्ता वस्तुको बिक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दाकै अवस्थामा तयार गरी राख्नुपर्नेछ ।

(क) खरीद सम्बन्धी
(अ) खरीद मिति,
(आ) वस्तुको पूर्ण जानकारी हुने किसिमको व्यहोराको उल्लेख,
(इ) कर बाहेकको खरिद मूल्य,
(ई) करको दर,
(उ) करको रकम,
(ऊ) तिरेको कूल रकम ।

(ख) बिक्री सम्बन्धी
(अ) बिक्री भएको मिति,
(आ) कर वाहेकको बिक्री मूल्य,
(इ) खरीद मूल्य र बिक्री मूल्य बीचको फरक,
(ई) करको दर,
(उ) करको रकम,
(ऊ) प्राप्त गरेको कूल रकम ।
(२) उपनियम (१) मा उल्लेख गरेको खरीद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउनेछ ।

(३) प्रयोग भै सकेका प्रत्येक वस्तुहरू बिक्री गर्दा बीजक जारी गरी खरिद र बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढंगले राखेको नपाइएमा त्यस्तो करदाताले बिक्री गरेको कूल बिक्री मूल्यमा कर लगाइ अर्को कर विवरण सँगै त्यस्तो कर दाखिल गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ ।

३४. पुनरावेदन दिनुअघि कर विवरण पेश गर्नु पर्नेः नियम २९ बमोजिम गरिएको कर निर्धारण उपर करदाताले पुनरावेदन दिनु अघि आफ्नो सो अवधिको कर विवरण सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

३५. काबु बाहिरको परिस्थितिः (१) ऐनको दफा १९ को उपदफा (४) को प्रयोजनको लागि देहायको अवस्थालाई काबु बाहिरको परिस्थिति मानिनेछः–

(क) कर बुझाउनु पर्ने व्यक्ति बिरामी परी अशक्त भएमा निको भएको मितिले सात दिनसम्म,
(ख) कर बुझाउनु पर्ने व्यक्तिले क्रिया बस्नु परेमा क्रिया समाप्त भएको मितिले सात दिनसम्म,
(ग) कर बुझाउनु पर्ने स्वास्नी मानिस सुत्केरी भएमा सुत्केरी भएको मितिले पैंतीस दिनसम्म,
(घ) कर बुझाउनु पर्ने व्यक्तिको मृत्यु भएमा बहुलाएमा वा वेपत्ता भएमा त्यस्तो भएको मितिले पैंतीस दिन भित्र निजको हकवाला वा संरक्षकले निवेदन गरेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले सात दिनसम्म,

(ङ) बाढी, पहिरो, हिउँ वा अन्य त्यस्तै कारणबाट बाटो बन्द भै आन्तरिक राजश्व कार्यालयमा आउन नसकेको अवस्थामा बाटो
खुलेको मितिले सात दिनसम्म,
(च) यातायातको साधन पूर्ण रूपमा बन्द भई आउन नसक्ने अवस्था भएमा त्यस्तो बन्द समाप्त भएको भोलिपल्टसम्म ।
(छ) आगलागी, भूकम्प जस्ता दैवी विपत्तिका कारण काबु वाहिरको परिस्थिति सृजना भएमा सो विपत्ति परेको मितिले तीस दिनसम्म ।
(२) उपनियम (१) को खण्ड (ख), (ग), (घ), (ङ) र (छ) मा उल्लेख भए बमोजिम काबु बाहिरको परिस्थिति परी थप म्याद माग्नु परेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिश समेत पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) को खण्ड (च) मा उल्लेख भए बमोजिमको अवस्था परी थप म्याद माग्न आउँदा जुन ठाउँमा यातायातको साधन बन्द भएको हो सो ठाउँसँग सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिश समेत पेश गर्नु पर्नेछ ।

३६. थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्यादः (१) ऐनको दफा १९ को उपदफा (४) बमोजिम थप दस्तुर मिनाहाको लागि कर तिर्नु पर्ने म्याद भुक्तान भएको मितिले तीस दिनभित्र महानिर्देशक समक्ष अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिएमा थप दस्तुर मिनाहा दिइने छैन ।

३७. कर निर्धारणको अवधिः ऐनको दफा २० को उपदफा (४) बमोजिमको अवधि गणना गर्दा करको सम्बन्धमा कुनै अदालतमा निवेदन परी स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाइ गणना गरिनेछ ।
३८.  ………

परिच्छेद–८ कर कट्टी तथा कर फिर्तासम्बन्धी व्यवस्था

 

३९. कर कट्टी गर्न पाइनेः (१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा संकलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडि आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउनेछः–

(क) कर कट्टी दावी गरिएको वस्तु वा सेवा कर योग्य व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएमा ।
(ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बिजक प्राप्त गरेको भएमा ।
(ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरू भएमा ।

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “आयातसम्बन्धी कागजातहरू” भन्नाले प्रज्ञापनपत्र, नगदी रसीद, सामानको बिजक तथा भन्सारको बाटो भई आयत नहुने सेवाको आपूर्तिको हकमा सेवाको विजक र विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरू सम्झन पर्छ ।

(२) यस नियम बमोजिम कर कट्टी गर्दा एकपटक मात्र गर्न पाइनेछ । यसरी कर कट्टी गर्दा दाबी गरिएको मितिभन्दा एक वर्ष अगाडिसम्मको बिजक वा आयातसँग सम्बन्धित कागजातहरू हुनु पर्नेछ ।

(३) दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा निजले वस्तु बिक्री गर्दा संकलन गरेको करबाट वस्तु खरिद वा आयात गर्दा तिरेको कर कटाइ बाँकी रहेको रकम कर विवरणसाथ कर कार्यालयमा दाखिल गर्नु पर्नेछ ।

(४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा संकलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर nअवधिमा कट्टी गर्न पाउनेछ । यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार छ महिनासम्म बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले अनुसूची–१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ ।

(५) दर्ता भएको व्यक्तिले कुनै महिनामा बिक्री गरेको कूल मासिक बिक्रीको पचास प्रतिशतभन्दा बढी निर्यात गरेमा सो महिनाका लागि बढी भएको कट्टी गर्नु पर्ने कर फिर्ता पाउन निजले अनुसूची–१० बमोजिमको ढाँचामा निर्यातसँग सम्बन्धित आवश्यक कागजातहरू समेत संलग्न राखी कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । कर अधिकृतले त्यस्तो दरखास्त प्राप्त गरेपछि नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ । यसरी बाँकी कर फिर्ता दिने निर्णय गर्दा कर अधिकृतले देहायका कुराहरूमा ध्यान दिनु पर्नेछः–

(क) खरिद वा आयातमा कर तिरेको छ छैन ।
(ख) पहिले पेश गर्नु पर्ने कर विवरण पेश गरेको छ छैन र पेश गरेको भए त्यस्तो कर विवरणबाट कर फिर्ताको दावी पुष्टि हुन्छ हुँदैन ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “निर्यातसँग सम्बन्धित कागजातहरू” भन्नाले वस्तु विनिमयको हकमा
निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, प्रतीतपत्र र आयात प्रमाणपत्र र निर्यातको हकमा निर्यात प्रमाणपत्र, सामान
प्राप्त गरेको प्रमाणपत्र, भुक्तानी प्रमाणपत्र र प्रतीतपत्र सम्झनुपर्छ ।

३९क. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने ः

(१) कुनै वस्तु आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारणले हानी नोक्सानी हुन गई त्यस्तो वस्तुको मौज्दातबाट लगत कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु पर्ने भएमा प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम परेको निवेदन छानविन गर्दा हानी नोक्सानी भएको देखिएमा कर अधिकृतले त्यस्तो हानी नोक्सानी भएको वस्तुमा तिरेको करकट्टी गर्न दिन सक्नेछ ।

तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वंयले करकट्टी गर्न सक्नेछ ।

४०. कर कट्टी सम्बन्धी अन्य व्यवस्थाः (१) कर कट्टी गरिएको वस्तुहरू स्टकमा रहेको छ भने त्यस्तो वस्तुहरू कर अधिकृतले हेर्न चाहे वा गणना गर्न चाहेमा करदाताले देखाउनु वा गणना गर्न दिनुपर्नेछ । कर अधिकृतले त्यस्ता वस्तुहरू हेर्दा वा गणना गर्दा त्यस्तो वस्तुहरू कर लाग्ने कारोबारमा प्रयोग भएको नपाएमा वा स्टकमा रहनु पर्नेमा स्टकमा रहेको नपाएमा त्यस्ता वस्तुहरू प्रचलित बजार मूल्यमा बिक्री भएको मानिनेछ ।

(२) उपनियम (१) बमोजिम बिक्री भएका वस्तुहरूमा लाग्ने कर दाखिल गर्न सम्बन्धित करदातालाई कर अधिकृतले आदेश दिन सक्नेछ । त्यस्तो कर रकम कर अधिकृतले तोकेको महिनाको कर विवरणसँग दाखिल गर्नु पर्नेछ । तर कर अधिकृतको विचारमा त्यस्तो कर तत्कालअसुल नगरेअसुल हुन नसक्ने अवस्था छ भने तुरुन्त करदाताबाट दाखिल गर्न लगाउन सक्नेछ ।

(३) कुनै करदाताले करलाग्ने वस्तु वा सेवा तथा कर छुट भएका वस्तु वा सेवा दुबैको कारोबार गरेको रहेछ भने त्यस्तो करदाताले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउनेछ ।

(४) कर लाग्ने वा कर छुट भएको दुबै प्रकारका वस्तु वा सेवाको कारोबार गर्ने करदाताले उपनियम (३) बमोजिम कर लाग्ने वस्तु वा सेवाको बिक्रीसँग खरिद वा आयात भएका वस्तुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेमा त्यस्तो करदाताले बिक्री गरेको कुल मूल्यमध्ये कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिद वा आयातमा तिरेको कर कट्टी गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम करको गणना गर्दा समानुपातिक रूपमा गणना हुन नसक्ने भन्ने कर अधिकृतलाई लागेमा निजले अर्को बैकल्पिक तरीकाद्वारा गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्नेछ ।

४१. कर कट्टी गर्न नपाईने वस्तु वा सेवाहरूः (१) ऐनको दफा १७ को प्रयोजनको लागि देहायका वस्तु वा सेवाहरूको हकमा कर कट्टी गर्न पाईने छैनः–
(क) पेय पदार्थ,
(ख) अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, वीयर,
(ग) सवारी साधनको लागि हल्का पेट्रोलियम (पेट्रोल) इन्धन,
(घ) मनोरञ्जन खर्च,

(२) देहायका वस्तुहरूमा देहायबमोजिम अनुपातमा कर कट्टी गर्न पाइनेछः–
(क) ………..
(ख) अटोमोवाइल्समा खरिद मूल्यको ४० प्रतिशत ।
(ग) ………..

स्पष्टीकरणः खण्ड (ख) को प्रयोजनको लागि “अटोमोवाइल्स” भन्नाले कुनै पनि तीन वा सोभन्दा बढी पांग्रा भएको सडकमा
गुड्ने यात्रुवाहक सवारीको साधन सम्झनुपर्छ ।

(३) दर्ता भएको व्यक्तिले उपनियम (१) वा (२) को आपूर्ति गर्ने कार्य नै मुख्य रूपमा गर्ने भएमा यस नियमावलीमा व्यवस्थित प्रक्रियाबमोजिम कर कट्टी गर्न बाधा पर्ने छैन ।

४२. बिक्री कर कट्टी सम्बन्धी व्यवस्थाः ऐन प्रारम्भ हुनु भन्दा अगाडि देहाय बमोजिमका मौज्दातमा रहेका वस्तुहरूमा तिरेको बिक्री कर मात्र कट्टी गर्न पाइनेछः–
(क) पुनः बिक्रीको लागि करदाताले ल्याएका वस्तुहरूमा,
(ख) व्यापारको लागि आंशिक रूपमा उत्पादित तथा सह उत्पादित वस्तुहरू तथा सेवाहरूमा,

(ग) कच्चा पदार्थ सहायक कच्चा पदार्थहरू र पैकिंग वस्तुहरूमा ।

४३. निवेदन दिनु पर्नेः (१) करदाताले करकट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची– १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहाय बमोजिमका कागजात संलग्न गर्नु पर्नेछः–
(क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण,
(ख) दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत् सम्बन्धी विवरण,
(ग) अन्य आवश्यक प्रमाण ।

(३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ । ।

(४) उपनियम (१) बमोजिम दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ ।

४४. प्रयोग भैसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्थाः ऐनको दफा १७ को उपदफा (५) को प्रयोजनको लागि प्रयोग भैसकेका वस्तुहरू मध्ये दर्ता नभएको व्यक्तिसँग खरीद गरेका वस्तुहरू र दर्ता भएको व्यक्ति भएपनि ऐनको दफा १७ मा परेका र व्यक्तिगत प्रयोगमा समेत ल्याइएका वस्तुहरूको खरीदमा तिरेको कर कट्टी गर्न पाइने छैन ।

४५. कर फिर्ता सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा २४ को उपदफा (३) र (४) वा दफा २५ को प्रयोजनको लागि कर फिर्ता दिंदा कर अधिकृतले करदाताबाट फिर्ताका लागि पेश गरिएका प्रमाणहरू तुरुन्त छानवीन गरी दर्ता भएको मितिले तीस दिनभित्र फिर्ता दिनु पर्नेछ ।

(२) ऐनको दफा २४ को उपदफा (३) वा दफा २५ बमोजिम प्राप्त हुन आएको प्रमाणहरू पुनः छानवीन गर्नु पर्ने आवश्यकता भए सो अविलम्ब गरी पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ । फिर्ता दिंदा बीस हजार रुपैयाँभन्दा बढी भएमा निजको बैङ्क खातामा नै जम्मा हुने गरी भुक्तानी गर्नु पर्नेछ ।

(३) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनका लागि दर्ता नभएको व्यक्तिले कर फिर्ता माग गर्दा खण्ड (क) को प्रयोजनका लागि अनुसूची–१७ र खण्ड (ख) र (ग) को प्रयोजनका लागि अनुसूची–१८ को ढाँचामा सोझै विभागमा निवेदन दिनु पर्नेछ ।

४६. फिर्ता नहुनेः ऐन र यस नियमावली बमोजिम ………. नक्कल लिनु पर्ने निर्णय आदेश, फैसला, पर्चा वा अन्य कागजातहरू लेखा अवधि समाप्त भएको मितिले तीन वर्षभित्र निवेदन नदिएमा दिईने छैन ।

४७ ब्याजको दरः ऐनको दफा २४ को उपदफा (५) को प्रयोजनकोलागि नेपाल सरकारले दिने ब्याजको दर वार्षिक पन्ध्र प्रतिशत हुनेछ । यस्तो ब्याज रकम ऐनको दफा २४ को उपदफा (३) र (४) वमोजिम फिर्ता माग गरेको मितिले साठी दिनपछि मात्र गणना गरिनेछ ।

परिच्छेद–९ आयात निर्यात सम्बन्धी व्यवस्था

 

४८. आयातमा कर लाग्नेः

(१) नेपाल ……… भित्र आयात हुने वस्तु वा सेवामा नेपालभित्र आपूर्ति भएको वस्तु वा सेवामा लाग्ने दरले कर लाग्नेछ ।
(२) आयात हुने वस्तु वा सेवामा कर निर्धारण गर्ने प्रयोजनको लागि मूल्य कायम गर्दा ऐनको दफा १२ को उपदफा (५) र (६) बमोजिमको प्रक्रिया अपनाइ मूल्य कायम गरिनेछ ।

(३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरूमा लाग्ने सबै प्रकारका कर वा महसूललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल  ……….. भित्र ल्याउने अनुमति दिइनेछ । दर्ता भएको व्यक्तिले आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वा सेवामा तिरेको कर कट्टी गर्न पाउने छैन ।

(४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य एकीन भएको मितिले एक वर्षसम्म मात्र कर कट्टी दाबी गर्न सकिनेछ ।

४९. अस्थायी आयात सम्बन्धी व्यवस्थाः

(१) भन्सार महसूल नलाग्ने गरी पछि फिर्ता हुने शर्तमा आयात भएका वस्तुहरूमा भन्सारले कायम गरेको अनुमानित मूल्यका आधारमा
पछि माल वा वस्तु फिर्ता भएपछि धरौटी रकम फिर्ता हुने गरी लाग्ने कर वापत धरौटी लिई आयात गर्न अनुमति दिइनेछ ।
(२) अस्थायी आयात महसूल लाग्ने गरी अस्थायी रूपमा आयात भएका माल वा वस्तुमा महसूलमै कर लाग्नेछ ।

५०. महानिर्देशकले रेखदेख र व्यवस्थापन गर्न सक्नेः ऐनको दफा २८ बमोजिम असूली हुने करको रेखदेख र व्यवस्थापन महानिर्देशकबाट हुनेछ । महानिर्देशकले आवश्यक देखेमा आयात भएको वस्तु वा सेवाको सम्बन्धमा अनुगमन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको काम कारवाही गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछः–

(क) आयात भएको माल वा वस्तुको नमूना लिई उचित र पर्याप्त किसिमबाट कर लगाइएको कुराको निश्चित गर्ने र त्यस्तो नमूना
लिएको सामान उचित समयभित्र सम्बन्धित करदातालाई फिर्ता दिने,

(ख) उचित समयमा कारोबारसँग सम्बन्धित स्थल, घर, गोदाम, पसल आदिमा प्रवेश गर्ने, निरीक्षण गर्ने, तलासी लिने तथा सम्बन्धित
व्यक्तिसँग दिने,
(ग) खरिद, बिक्री वा पैठारीसँग सम्बन्धित कागजातहरू आफ्नो कब्जामा लिने, नक्कल लिने, निरीक्षण गर्ने, हटाउने तथा सम्बन्धित करदाताको अनुरोधमा उचित देखिएमा उचित समयभित्र हटाइएका कागजातहरूको सूची र अन्य कागजातहरू फिर्ता दिने ।

५१. आयातमा प्राप्त भएको रकमको विशेष व्यवस्थाः

(१) ऐनको दफा २४ र २५ को प्रयोजनको लागि भंसार विन्दुमा संकलित सम्पूर्ण कर रकम मूल्य अभिवृद्धि कर कोषको खातामा दैनिक रूपमा जम्मा गर्नु पर्नेछ र सोको विवरण भन्सार कार्यालयले तीन दिनभित्र नजीकको आन्तरिक राजश्व कार्यालयमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको कोषमा जम्मा हुन आएको रकमबाट विभागले आदेश दिएको रकम फिर्ता दिई बाँकी रहने रकम दैनिक रूपमा तोकिएको राजस्व खातामा जम्मा गर्नु पर्नेछ ।

(३) कोषको सञ्चालन गर्ने, बैङ्कखाता खोल्ने, कोषबाट लेख्ने र राजस्व जम्मा गर्ने कार्यविधि महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम हुनेछ ।

परिच्छेद–१० सम्पति रोक्का, लिलाम विक्री र खान तलासी सम्बन्धी व्यवस्था

 

५२. सम्पत्ति रोक्का सम्बन्धी व्यवस्थाः (१) ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने कर, दस्तुर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर, दस्तुर, जरीवाना र ब्याज असुल गर्नको लागि सम्पत्ति रोक्का राख्न सक्नेछ ।

(२) उपनियम (१) को प्रयोजनको निमित्त करदाताको सम्पत्ति रोक्का गर्दा देहायबमोजिम गर्नु पर्नेछः
(क) सूचना दिइसकेपछि करदाताको चल वा अचल सम्पत्ति कर दाखिल नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा रोक्का गर्न लेखी पठाउने ।

(ख) करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षणमा वा साथमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति
रोक्का गर्न सम्बन्धित व्यक्तिलाई कर अधिकृतले यस नियमको अधीनमा रही आदेश दिने ।

५३. लिलाम बिक्री सम्बन्धी व्यवस्थाः (१) नियम ५२ बमोजिमको कारवाई गर्दा पनि कर असुल नभएमा कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पुर्‍याई करदाताको सम्पत्ति पूर्ण वा आंशिक रूपमा लिलाम बिक्री गरी कर असुल गर्न सक्नेछः–

(क) लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति एकीन गरी सो सम्पत्ति र लिलाम बिक्री गर्नु पर्ने कारण तथा लिलाम बिक्री हुने स्थान र
मिति समेत उल्लेख भएको सूचना लिलाम हुने मितिभन्दा कम्तिमा पन्ध्र दिन अगावै सार्वजनिक रूपमा प्रकाशित गर्ने ।
(ख) लिलाम गर्दा लिलाम गर्ने वस्तु रहेको स्थानको गाउँ विकास समिति वा महा/उप/महा/नगरपालिकाको एक जना प्रतिनिधि
वा नजीकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी राख्ने ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट सर्वप्रथम लिलामसम्बन्धी सम्पूर्ण खर्च असुल गरी बाँकी रहन आएको रकमबाट करदाताले तिर्नु पर्ने कर, दस्तुर, जरीवाना र ब्याजको रकम असूल उपर गरी बढी भए जति रकम करदातालाई फिर्ता गर्नुपर्नेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताको सम्पत्ति लिलाम हुनु अगावै करदाताले लिलामसम्बन्धी सम्पूर्ण खर्च, तिर्न बुझाउन पर्ने कर, दस्तुर, जरीवाना र ब्याज समेतको सम्पूर्ण रकम दाखिल गर्न ल्याएमा असुल उपर गरी लिलाम बिक्री बन्द गर्नुपर्नेछ ।
(४) नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले तिर्नुपर्ने करअसुल गर्न बाँकी छँदै कुनै बैंक वा वित्तीय संस्थामा निजको नाममा रकम जम्मा भएको जानकारी कर अधिकृतलाई प्राप्त भई त्यस्तो रकम असूल भएमा सो बाँकी कारवाही बन्द गर्नु पर्नेछ ।
(५) आंशिक असूली हुने भएमा क्रमशः लिलामसम्बन्धी खर्च, ब्याज, दस्तुर, जरीवाना र करको रकम असूल गरिनेछ ।

५४. तुरुन्त लिलाम गर्नेः नियम ५२ बमोजिम सम्पत्ति रोक्का रहेको सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का रहने अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सड्ने, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकम मात्र निजलाई फिर्ता दिइनेछ । करदाताले माल वा वस्तु नै पाउँ भनी दाबी गर्न सक्ने छैन ।

५५. खान तलासीको कार्यविधिः (१) ऐनको दफा २३ को उपदफा (२) को खण्ड (ख) बमोजिम खानतलासी लिनु पर्दा देहायबमोजिम गर्नु पर्नेछः–

(क) जुन विषयको सम्बन्धमा खानतलासी गर्न लागेको हो सो विषयसँग सम्बन्धित कुनै कागजात वा वस्तु कुनै घर वा अरू
कुनै ठाउँमा फेला पर्ने सम्भावना छ भनी विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण भएमा र सो वस्तु सो घर वा ठाउँको तुरुन्त तलासी नलिएको खण्डमा प्राप्त नहुने आशंका भएमा वा जाँच गर्न तत्कालै आवश्यक भएमा कर अधिकृतले आफै वा अन्य कर्मचारी खटाइ त्यस्तो घर वा स्थानको तलासी लिन वा लिन लगाउन सक्नेछ ।

(ख) खण्ड (क) बमोजिम तलासी लिने घर वा स्थलमा बसोबास गरिआएका वा सो घर वा स्थलको धनी वा संरक्षकलाई तलासी
लिने ब्यक्तिले तलासी लिन खोजेको कारण खोली सो कुराको सूचना दिनुपर्नेछ र सो बमोजिम सूचना पाएपछि त्यस्तो व्यक्तिले तलासी लिन आउने व्यक्तिलाई त्यस्तो घर वा स्थलमा प्रवेश गर्न दिनु पर्नेछ ।

(ग) खण्ड (ख) बमोजिम तलासी लिने घर वा ठाउँमा बस्ने व्यक्ति वा धनी वा संरक्षकले तलासी लिन आएका ब्यक्तिलाई यस्तो
घर वा स्थलमा प्रवेश गर्न नदिएमा तलासी लिने ब्यक्तिले सो घर वा स्थलमा रहे बसेका स्वास्नी मानिसहरूलाई त्यहाँबाट हट्ने सूचना र मनासिव समय दिई आवश्यकता अनुसार कुनै झ्याल ढोका, छेस्किनी खोली, तोडी भित्र पसी तलासी लिन सक्नेछ ।

(घ) खण्ड (ग) बमोजिम तलासी लिंदा सम्बन्धित गाउँ विकास समिति/महा/उप–महा/नगरपालिकाको कम्तीमा एक जना
सदस्य वा स्थानीय दुई जना व्यक्ति वा घरधनी वा उसको एक जना प्रतिनिधि वा कुनै एक जना साक्षी राखी तलासी लिनु पर्नेछ ।

(ङ) खण्ड (घ) बमोजिम साक्षी बस्ने मानिस फेला नपरेमा वा साक्षी वस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाइ तलासी लिने व्यक्तिले सहीछाप गरेपछि खण्ड (ग) को प्रकृया पूरा भएको मानिनेछ ।

(च) यस नियम बमोजिम तलासी लिंदा कुनै मानिसको शरीरको तलासी लिनु परेमा सो समेत लिन सकिनेछ र तलासी लिनु पर्ने
ब्यक्ति स्वास्नी मानिस भएमा निजको तलासी स्वास्नी मानिसबाटै लिनु पर्नेछ ।

(छ) यस नियम बमोजिम तलासी लिंदा प्राप्त भएका मालवस्तु वा कागजातको विवरण तयार गरी तीन दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।

परिच्छेद–११ विविध

 

५६. दर्ता भएको व्यक्तिसँग खरिद गर्नु पर्नेः नेपाल सरकार, संवैधानिक निकाय वा प्रदेश वा नेपाल सरकार वा प्रदेश अन्तर्गतको कुनै सरकारी निकाय वा संगठित संस्था वा स्थानीय तहले नेपालभित्र एक पटकमा बीस हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु वा सेवाको खरिद गर्दा भएको व्यक्तिसँग मात्र खरिद गर्नु पर्नेछ ।

५७. कुटनैतिक सुविधा सम्बन्धमाः ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि कुटनैतिक सुविधाप्राप्त व्यक्तिले परराष्ट्र मन्त्रालयले दिएको निस्सा समेत संलग्न राखी करको रकम फिर्ता पाउन विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।

५८. निशुल्क सहयोग र सूचनाः नेपाल सरकारले देहायका सहयोग तथा सूचना निशुल्क प्रदान गर्नेछः–
(क) कर प्रयोजनको निमित्त अपनाउनु पर्ने प्रक्रियाहरूको जानकारी,
(ख) करदाता शिक्षासम्बन्धी प्रकाशनहरू ।

५८क.कर सहयोगी राख्न सक्नेः (१) करदाताले कर सम्बन्धमा आवश्यक जानकारी तथा सहयोग लिन कर सहयोगी राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कर सहयोगीको लागि आवश्यक पर्ने योग्यता, निजको स्तर लगायत अन्य व्यवस्था विभागले तोके बमोजिम हुनेछ ।

५९. मूल्य अभिवृद्धि कर सम्बन्धी बहस पैरवीः करसम्बन्धी कुनै मुद्दाको बहस पैरवी गर्नु पर्ने भए सरकारी वकीलबाट हुनेछ ।
६०. परिचयपत्रको ढाँचाः कर अधिकृतको परिचयपत्रको ढाँचा अनुसूची–२१ बमोजिम हुनेछ ।
६१. निर्देशिका बनाउनेः ऐन तथा यो नियमावली कार्यान्वयन गर्न नेपाल सरकार अर्थ मन्त्रालयले आवश्यक निर्देशिकाहरू बनाइ जारी गर्न सक्नेछ ।

६२. अनुसूचीमा थपघट तथा हेरफेरः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीहरूमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।

६३. खारेजी र बचाऊः (१) देहायका नियमहरू खारेज गरिएका छन् ।
(क) मनोरञ्जन कर नियमहरू, २०१८ ।
(ख) बिक्रीकर नियमहरू, २०२४।
(ग) ठेक्काकर नियमावली, २०२४ ।
(२) उपनियम (१) मा उल्लेखित नियमहरू बमोजिम भए गरेको काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।

अनुसूची–१३ काबुबाहिरको परिस्थितिमा दस्तुर मिन्हासम्बन्धी निवेदन

(नियम ३६ को उपनियम (१) सँग सम्बन्धित)
काबुबाहिरको परिस्थितिमा दस्तुर मिन्हासम्बन्धी निवेदन
करदाता दर्ता नम्वर……………………………

श्री कर अधिकृतज्यू,
आन्तरिक राजस्व कार्यालय,
…………………………… ।
मूल्य अभिवृद्घि कर ऐनको दफा १९ को उपदफा (४) तथा मूल्य अभिबृद्धि कर
नियमावली, २०५३ बमोजिम देहायको मेरा काबुबाहिरको अवस्था परेकोले म्यादभित्र निवेदन दिन
आएको छु ।
१) मेरो …………………………. नाता पर्ने श्री/श्रीमती ……………………… को मिति
……………………. मा मृत्यु भएको हँुदा क्रिया बस्नु परेकोले ।
२) म ……………………………… सुत्केरी भएकोले
३) मेरो ………………………………..नाता पर्ने कर बुझाउनु पर्ने व्यक्ति श्री÷श्रीमती÷सुश्री
……………………… मरेक/बौलाहा भएको/वेपत्ता भएकोले
४) कार्यालयमा आउँदा खोला/पहिरो/हिउँ/……………………… प्राकृतिक कारणले बाटो
बन्द भई आउन नसकेकोले ।
५) यातायातको साधन ……………………………. कारणले पूर्णरूपमा बन्द भएकोले ।
निवेदन दिनुपर्ने हदम्याद ः
१) दफा १ वा ३ वा ४ को हकमा सात दिन ।
२) दफा २ को हकमा पैतीस दिनभित्र ।
३) दफा ५ को हकमा भोलि पल्ट ।

 

………………………….                                                  ……………………………..

निवेदकको दस्तखत                                                                         मिति

अनुसूची–१६ कर कट्टीको फारम

(नियम ४३ को उपनियम (१) सँग सम्वन्धित)
नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
कर कट्टीको फारम

निवेदन प्राप्त मितिः
करदाता दर्ता नं…………………………………
(दर्ता मितिमा मौज्दातमा रहेको करयोग्य वस्तुको मूल्य अविभृद्धि कर तथा मौज्दातमा रहेको
विक्रीकर फिर्ता/कट्टी पाउन दावी गर्ने दरखास्त)

श्री कर अधिकृतज्यू,
आन्तरिक राजस्व कार्यालय, …. …. …. …. ….।
कारोवारको नाम ः …………………………………..
ठेगानाः
घर नं.
वार्ड नं.                                                                                 टेलिफोन
टोल                                                                                      फ्याक्स
महा/उप/न.पा./गा.वि.स.                                                      इमेल
जिल्ला                                                                                   पोष्ट बक्स
(१) मैले मूल्य अवभिवृद्धि करमा दर्ता भएको मितिले ठीक एक वर्ष पहिले गरिएको
खरिद/पैठारीमध्ये बाँकी रहेको मौज्दात मात्र समावेश गरेको छु ।
(२) मैले निम्न कागजात संलग्न गरेको छु ।
(क) भन्सारको प्रज्ञापन पत्र, नगदी रसीदको प्रतिलिपि र विजक ।
(ख) विक्रीकर प्रयोजनको लागि विक्रेतामा दर्ता भएका व्यक्तिबाट खरिद गरेको
विजक ।
(ग) मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएका करदातासँग गरेको खरिदको
कर विजक ।
(३) मौज्दात सामानको विवरण (आवश्यक परे अर्को पाना थप्नु होला) ः

४) सबभन्दा पछिल्लो मास्केवारी अनुसार करकट्टी वा फिर्ता हुन वांकी रहेको विक्रीकर
(प्रमाण संलग्न गरेको छु) ।
म आफ्नो साथमा का
(नाम) (दर्ता मिति)
दिनसम्ममा मा भएको कर लाग्ने सामानमा बुझाइसकेको
(सामान भएको ठाउँ)
मूल्य अभिवृद्धि कर तथा मौज्दातमा तिरको विक्रीकर वापतको रु.
(अक्षरेपी मात्र)
कर कट्टी गर्न पाउनका निमित्त नियमानुसार यो दावी प्रस्तुत गर्दछु । प्रस्तुत व्यहोरा ठीक साँचो
छ ।

अनुसूची – १७ कुटनीतिज्ञले तिरेको कर फिर्ता माग गर्नेसम्बन्धी विवरण

(नियम ४५ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
कुटनीतिज्ञले तिरेको कर फिर्ता माग गर्नेसम्बन्धी विवरण

१. तल उल्लेखित वस्तुहरू यस …………………………………………….. राजदूतावासको
कूटनीतिज्ञले खरिद गरेका हुन् । दफा ३ मा उल्लेखित रकम फिर्ता दिन अनुरोध गरिन्छ ।
२. कर फिर्ता दावी गरेको अवधि …………………… देखि ……………………. सम्म ।
३. खरिदको विवरण

माथि उल्लेखित वस्तु तथा सेवाहरू ………………………… राजदूतावासको कूटनीतिज्ञले
खरिद गरेको वा निजलाई आपूर्ति गरिएको व्यहोरा प्रमाणित गर्दछु र रु……………….. (अक्षरेपी
………………………………………को) फिर्ता हस्ताक्षरकर्ता÷……………………………… लाई
 मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।

दिन अनुरोध गर्दछु । हस्ताक्षरकर्ता÷लाई दिईने भुक्तानि मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा
२५ (१) (क) अनुसार हुने कुरा म मञ्जुर गर्दछु ।
कार्यालय प्रयोजनको लागि मात्र
कर फिर्ता गरिएको रकम रु.                                                   चेकको मिति
निर्णय कर्ता                                                                              निर्णय मिति
बैक खाता नम्वर                                                                      चेक जारी गरिएको बैंक
भूक्तानि महिना वर्ष                                                                     कर अधिकृतको दस्तखत

अनुसूची–१८ कर फिर्ता फाराम

(नियम ४५ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
कर फिर्ता फाराम
(द्विपक्षीय/वहुपक्षीय सम्झौता/विदेशी संघ संस्था अन्तर्गत संचालित आयोजनाको लागि)

१. फिर्ता माग गरिएको अवधि देखि सम्म
२. संगठनको विवरण
(क) संस्था/आयोजना संचालकको नाम
(ख) ठेगाना
(ग) संस्था ÷सहयोग÷ ऋणको उद्देश्य यदि आवश्यक भएमा
(३) सम्झौता मिति यदि आवश्यक भएमा
(ङ) समाप्त हुने मिति
(च) खरिद भएको सामानको कूल रकम÷सम्झौताबमोजिम प्राप्त हुने कूल रकम
(५) अर्थ मन्त्रालयबाट सहमती प्राप्त मिति यदि आवश्यक भएमा
(ज) सम्झौताको प्रति संलग्न छ
(झ) सहयोग/ऋण नम्वर यदि आवश्यक भएमा
३. ठेकेदार
(क) योजनासँग सम्मmौता भएको
ठेकेदार/व्यवस्थापनको नाम÷ठेगाना ः
(ख) ठेक्का नम्बर
(ग) ठेक्का शुरु हुने मिति
(घ) ठेक्का समाप्त हुने मिति
(ङ) करदाता दर्ता नम्बर
(ठेकेदारसँगको शर्तको कपि संलग्न गर्ने)
४. मालसामान खरिदकर्ताको नाम
५. आपूर्तिकर्ताको नाम
६. वस्तु र सेवाहरूको विवरण
 मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर ।

आवश्यकता अनुसार पाना थप गर्न सकिनेछ ।
७. सम्झौताको कुन दफाबाट मूल्य अभिवृद्धि कर फिर्ता हुने
८. यो फर्म भर्नु भन्दा पहिले खरिद गरेका सामानहरूमा मूल्य अभिवृद्धि कर फिर्ता भएको
भए