मदिरा नियमहरू, २०३३
नेपाल राजपत्रमा प्रकाशित मिति
२०३३।२।१८
संशोधन
मदिरा (पहिलो) संशोधन नियमवली, २०६५ २०६५।६।३
मदिरा ऐन, २०३१ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
नेपाल राजपत्रमा प्रकाशित मिति
२०३३।२।१८
संशोधन
मदिरा (पहिलो) संशोधन नियमवली, २०६५ २०६५।६।३
मदिरा ऐन, २०३१ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
यी नियमहरूको नाम “मदिरा नियमहरू, २०३३” रहेको छ ।
(२)यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “ऐन” भन्नाले मदिरा ऐन, २०३१ सम्झनु पर्छ ।
(ख) “अन्तःशुल्क अधिकृत” भन्नाले अन्तःशुल्क ऐन, २०५८ को दफा ५ बमोजिम नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ ।
(१) मदिराको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गर्न चाहने व्यक्तिले अनुसूची १ बमोजिमको ढाँचामा अन्तःशुल्क अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तमा अन्तःशुल्क अधिकारीले आवश्यक जाँचबुझ गरी मनासिव देखेमा अनुसूची २ बमोजिमको ईजाजतपत्र दिन सक्नेछ ।
मदिराको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गर्न दिइने ईजाजतपत्र वापत लाग्ने दस्तुर र ईजाजतपत्र नवीकरण दस्तुर अन्तःशुल्क नियमावली, २०५९ बमोजिम हुनेछ ।
………………….
(१) ईजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ ।
(२) ईजाजतपत्र नवीकरण गराउन चाहने ईजाजतपत्रवालाले उपनियम (१) बमोजिमको अवधि समाप्त भएपछि नियम ४ बमोजिमको दस्तुर सहित अनुसूची—१ बमोजिमको ढाचामा अन्तःशुल्क अधिकृत समक्ष दरखास्त दिई श्रावणमहिना भित्र
नवीकरण गराउनु पर्नेछ ।
तर कुनै ईजाजतपत्रवालाले चाहेमा तीन आर्थिक वर्षका लागि एकैपटक नवीकरण दस्तुर दाखिला गरी नवीकरण गराउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र ईजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले त्यस्तो अवधि नाघेको पहिलो तीन महिनाभित्र पच्चीस प्रतिशत, त्यसपछिको तीन महिनाभित्र पचास प्रतिशत, त्यसपछिको तीन महिनाभित्र पचहत्तर प्रतिशत र त्यसपछि असार मसान्तसम्मको अवधिको लागि शतप्रतिशत जरिवाना बुझाई नवीकरण गराउन सक्नेछ ।
(४) उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा नवीकरण वापत लाग्ने नियम ४ बमोजिमकोे दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि शत प्रतिशत थप ईजाजतपत्र नवीकरण दस्तुर र वक्यौता रकम समेत बुझाई ईजाजतपत्र नवीकरण गराउन सक्नेछ ।
(५) कुनै व्यक्तिले उपनियम (१) बमोजिमको ईजाजतपत्र नलिई कारोवार गरेमा ईजाजतपत्र वापत र सोको नवीकरण वापत लाग्ने दस्तुर असुल उपर गरी प्रचलित कानून बमोजिमको जरिवाना समेत बुझाउनु पर्नेछ । ।
नियम ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा ईजाजतपत्र लिनुपर्ने छैन :—
(क) कुटनैतिक सुविधा वा महसुल सुविधा प्राप्त व्यक्तिले विदेशी मदिरा पैठारी गर्न,
(ख) कुनै विदेशी वा स्वदेशी यात्रुले विदेश भ्रमणबाट आफ्नो साथमा तीन बोतलसम्म रक्सी र बाह वोतलसम्म वियर लिई आउन,
(ग) नमूना परीक्षण तथा अध्ययन अनुसन्धानका लागि विभागले तोकेको परिमाणसम्म पैठारी गर्न,
(घ) कुनै व्यक्तिले निजी उपयोगका लागि एकपटकमा पाच लिटरसम्म रक्सी र दश लिटरसम्म जाड वनाउन, तर,
(१) यसरी रक्सी र जाड वर्षको ६ पटक भन्दा बढी बनाउन पाइने छैन ।
(२) यसरी रक्सी र जाड बनाउने व्यक्तिले त्यसको सूचना अन्तःशुल्क अधिकृतलाई दिनु पर्नेछ ।
……………..
……………..
ईजाजतपत्र प्राप्त व्यक्तिले विहान १० बजेदेखि राति १० बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्न पाउनेछ । तर, नेपाल सरकारले आवश्यक सम्झे बमोजिमको ठाउँको लागि सो समयमा हेरफेर गर्न वा सो बन्देजलाई हटाउन सक्नेछ ।
अन्तःशुल्क अधिकारीले मनाही गरेको स्थान वा पसलमा मदिराको बिक्री वितरण गर्न पाउने छैन ।
(क) इजाजतपत्रवालाले पालना गर्नु पर्ने शर्तहरू
१. इजाजतपत्र प्रत्येक आर्थिक वर्षको असार महिना भित्र नवीकरण गराईसक्नु पर्नेछ ।
२. इजाजतपत्र सबैले देख्ने गरी कारोवार स्थलमा राख्नु पर्नेछ ।
३. डिपार्टमेण्टल स्टोरले मदिराजन्य पदार्थ बिक्री गर्ने प्रयोजनको लागि अलग्गै विक्री कक्षको व्यवस्था गर्नु पर्नेछ ।
४. प्रत्येक वोतलमा विर्को र बोतलमा पर्ने गरी अन्तःशुल्क टिकट टाँसी निकासी गर्नु पर्नेछ ।
५. विहान १०ः०० बजेदेखि राती १०ः०० बजेसम्ममात्र मदिरा बिक्री वितरण गर्नु पर्नेछ ।
६. अठार वर्ष उमेर नपुगेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्न पाईने छैन ।
७. मदिरा खरिद बिक्री गर्नेले मदिरा खरिद बिक्री गरेको विजक राख्नु पर्नेछ ।
८. इजाजतपत्रवालाले प्रत्येक वोतलमा अन्तःशुल्क टिकट टाँसेको मदिरा मात्र बिक्री गर्नु पर्नेछ । अन्तःशुल्क टिकट नरहेको सामान खरीद बिक्रीको लागि राखेको पाइएमा त्यस्तो वस्तु जफत गरी बिक्रेतालाई कानून बमोजिम दण्ड जरीवाना हुनेछ ।
९. अन्तःशुल्क ऐन, २०५८ तथा मदिरा ऐन, २०३१ र सो अन्तर्गत बनेका नियम तथा निर्देशिकामा उल्लेखित प्रावधानहरूको पालना गर्नु पर्नेछ ।
(ख) वण्डेड वेयर हाउस र करमुक्त पसलले पालना गर्नु पर्ने शर्तहरूः
१. कुटनैतिक सुविधाप्राप्त व्यक्ति, संस्था वा नियोगलाई वण्डेड वयर हाउसबाट नै बिक्री गर्नु पर्नेछ ।
२. करमुक्त पसलले बैंक ग्यारेन्टीको सुविधामा आयात गरेको मालसामानको विवरण मासिक विवरण सँगै बुझाउनु पर्नेछ ।
३. वण्डेड वयर हाउसमा भन्सार विन्दुबाट भित्र्याउँदा र बिक्रीका लागि गोदामबाट बाहिर निकाल्दा खटिएको अन्तःशुल्क कर्मचारीको रोहवरमा मात्र भित्र्याउने र निकाल्ने गर्नु पर्नेछ ।
४. आगमन तथा प्रस्थान दुवैतर्फ बिक्री गर्दा हरेक व्यक्तिको छुट्टाछुट्टै बिजक बनाउनु पर्ने र सोमा पासपोर्ट नम्बर, राष्ट्रियता तथा फ्लाइट नम्बर उल्लेख गर्नु पर्नेछ ।