Skip to contentSkip to left sidebar Skip to footer

भन्सार नियमावली, २०६४

भन्सार नियमावली, २०६४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०६५।१।१५
संशोधन
१. भन्सार (पहिलो संशोधन) नियमावली, २०६५                                          २०६५।१०।२७
२. भन्सार (दोस्रो संशोधन) नियमावली, २०६६                                             २०६६।३।२९
३. भन्सार (तेस्रो संशोधन) नियमावली, २०६७                                              २०६७।८।४
४. भन्सार (चौथो संशोधन) नियमावली, २०७०                                             २०७०।३।३०
५. भन्सार (पाँचौं संशोधन) नियमावली, २०७१                                              २०७१।३।२९
६. भन्सार (छैठौं संशोधन) नियमावली, २०७२                                               २०७२।३।२९
७. भन्सार (सातौं संशोधन) नियमावली, २०७३                                              २०७३।३।२०
८. भन्सार (आठौं संशोधन) नियमावली, २०७४                                               २०७४।४।१०
भन्सार ऐन, २०६४ को दफा ९२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “भन्सार नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसगंले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले भन्सार ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “तेस्रो मुलुक” भन्नाले भारत बाहेकका अन्य विदेशी मुलुक सम्झनु पर्छ ।

(ग) “मूल्याङ्कन पुनरावलोकन समिति” भन्नाले ऐनको दफा ६१ को उपदफा (२) बमोजिम गठित समिति सम्झनु पर्छ ।
(घ) “मालवस्तुधनी” भन्नाले निकासी वा पैठारी हुने जुनसुकै मालवस्तुको धनी सम्झनु पर्छ ।

परिच्छेद–२ भन्सार महसुल सुविधा, छुट तथा अन्य सुविधा सम्बन्धी व्यवस्था

३.  कूटनीतिक सुविधा वा महसुल सुविधा दिन सकिनेः (१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनका लागि सुविधा लिन खोजेको मालवस्तुको विवरण, मूल्य र परिमाण समेत उल्लेख गरी परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्ने देखिएमा परराष्ट्र मन्त्रालयले अनुसूची–१ बमोजिमको ढाँचामा दुई प्रति सिफारिस फाराम भरी विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सिफारिस फाराम प्राप्त भए पछि विभागले एक प्रति सिफारिस फाराम सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलमा कार्यान्वयनका लागि पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सिफारिस फाराम प्राप्त भए पछि सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले सो सिफारिस बमोजिम सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिलाई कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिएको विवरण सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले विभागमा पठाउनु पर्नेछ र सो विवरणको एक प्रति अभिलेखका लागि आफ्नो कार्यालयमा राख्नु पर्नेछ ।
(६) यस नियमको प्रयोजनको लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक सुविधा वा महसुल सुविधाको सिफारिस गर्ने फाराममा दस्तखत गर्ने आधिकारिक व्यक्तिको दस्तखतको नमूना अग्रिम रूपमा विभागलाई उपलब्ध गराउनु पर्नेछ ।

४. नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुनः नेपालभित्र ल्याउने मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्थाः (१) नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुनः नेपालभित्र कुनै मालवस्तु ल्याउन चाहने मालवस्तुधनीले मालवस्तुकासाथ प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । त्यस्तो प्रज्ञापनपत्रमा सो मालवस्तु पुनः कुन भन्सार कार्यालयबाट नेपालभित्र ल्याइने हो सो समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापनपत्रउपर जाँचबुझ गर्दा नेपालको बाटोबाट मालवस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा छ र भन्सार प्रशासनका दृष्टिले पनि नेपालको बाटो प्रयोग गरी मालवस्तु लैजान मनासिव देखिएमा भन्सार कार्यालयको प्रमुखले विदेशको बाटो गरी मालवस्तु लैजान स्वीकृति दिने छैन ।
(३) उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापनपत्रउपकर जा“चबुझ गर्दा नेपालको बाटोबाट मालवस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा नभएको र भन्सार प्रशासनका दृष्टिले विदेशको बाटो गरी मालवस्तु लैजान मनासिव देखिएमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो मालवस्तुमा लाग्ने भन्सार महसुलको लगत राखी वा भन्सार महसुल धरौटी लिई त्यस्तो मालवस्तुको विवरण खुलाई भन्सार कार्यालयको सील लगाई सो मालवस्तु नेपालको कुनै भागबाट विदेशको बाटो प्रयोग गरी पुनः नेपालभित्र ल्याउने गरी निर्दिष्ट स्थानमा पु¥याउन लाग्ने बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापनपत्रमा खुलाई एक प्रति प्रज्ञापनपत्र मालवस्तुधनीलाई दिई त्यस्तो मालवस्तु लैजान अनुमति दिनु पर्नेछ ।
(४) कुनै विदेशी मुलुकमा पैठारी गर्न निषेध गरिएका मालवस्तु त्यो मुलुकको बाटो गरी नेपालको एक भागबाट अर्को भागमा ल्याउन परेमा नेपाल र सो मुलुक बीच पारवहन सम्बन्धमा कुनै सन्धि वा सम्झौता भएको रहेछ भने मालवस्तुधनीले त्यस्तो सन्धि वा सम्झौता अन्तर्गतको स्वीकृत कार्य प्रणालीको रीत पुर्‍यार्ई लैजानु पर्नेछ ।
(५) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (३) बमोजिम दिएको प्रज्ञापनपत्र र सो बमोजिमको मालवस्तु तथा ढुवानी सम्बन्धी कागजात पैठारी हुने भन्सार कार्यालयमा पेश हुन आएमा र सबै विवरण भिडाउदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापनपत्रमा जनाई त्यस्तो मालवस्तु पैठारी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति संलग्न गरी निकासी गर्न अनुमति दिने भन्सार कार्यालयलाई तीन दिनभित्र जानकारी पठाइदिनु पर्नेछ । तर निकासी गर्न अनुमति दिएको भन्सार कार्यालयले दिएको प्रज्ञापनपत्र मालवस्तु पैठारी हुने भन्सार कार्यालयमा दाखिला नभएमा पैठारी वापतको महसुल धरौटी लिएर मात्र मालवस्तु पैठारी गर्न दिनु पर्नेछ ।
(६) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (५) बमोजिम जानकारी प्राप्त भै धरौटी फिर्ता वा लगत कट्टा गरिदिन हुने अवस्था देखेमा धरौटी फिर्ता वा लगत कट्टा गरिदिनु पर्नेछ ।
तर निकासी गर्न अनुमति दिइएको मालवस्तु आंशिक रूपमा मात्र पैठारी भएको देखिएमा पैठारी नभएको मालवस्तुको लाग्ने भन्सार महसुल धरौटी रकमबाट कट्टा गरी असुलउपर गर्नु पर्नेछ । कुनै मालवस्तुको लाग्ने महसुलको लगत राखी मालवस्तु छाडेको भए सो महसुल सात दिनभित्र असुलउपर गर्नु पर्नेछ ।
५. विदेशबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजाने मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्थाः (१) विदेशी मुलुकबाट नेपालकोे बाटो गरी सोही मुलुकको अर्को भागमा कुनै मालवस्तु लैजान चाहने मालवस्तुधनीले नेपालको बाटो प्रयोग गर्नु पर्ने कारण, नेपालभित्र पैठारी गर्ने र नेपालबाट निकासी गर्ने भन्सार कार्यालयको नाम र मालवस्तुको विवरणसहित विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिएमा विभागले त्यस्तो मालवस्तु विदेशबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजान अनुमति प्रदान गर्नेछ । यसरीे अनुमति प्रदान गर्नुअघि विभागले सम्बन्धित मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक नियोगको सिफारिस पत्र माग गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुमति प्राप्त गरे पछि मालवस्तुधनीले त्यस्तो अनुमति संलग्न गरी मालवस्तुकासाथ प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । यस्तो प्रज्ञापनपत्रमा सो मालवस्तु कुन भन्सार कार्यालयबाट पुनः विदेशमा
निकासी गर्ने हो सो कुरा समेत स्पष्ट रूपमा खुलाउन पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो मालवस्तुको विवरण खुलाई आफ्नो कार्यालयको सील लगाई सो मालवस्तु विदेशी मुलुकको कुनै भागबाट नेपालको बाटो गरी सोही मुलुककोे अर्को भागमा लैजाने गरी निर्दिष्ट स्थानमा पु¥याउन बढीमा सात दिनको बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापनपत्रमा खुलाई एक प्रति प्रज्ञापनपत्र मालवस्तुधनीलाई दिई विभागको अनुमति बमोजिम मालवस्तु लैजान दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दिएको प्रज्ञापनपत्र र सो बमोजिमको मालवस्तु तथा ढुवानी सम्बन्धी कागजात निकासी हुने भन्सार कार्यालयमा पेश हुन आएमा र सबै विवरण भिडाउदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापनपत्रमा जनाई त्यस्तो मालवस्तु निकासी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति संलग्न गरी पैठारी गर्ने भन्सार कार्यालयलाई तीन दिनभित्र जानकारी पठाइदिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम जानकारी प्राप्त भए पछि पैठारी गर्न दिएको भन्सार कार्यालयले मालवस्तुधनीबाट पहिले धरौटी लिएको भए सो धरौटी फिर्ता दिनु पर्नेछ ।
तर पहिले पैठारी भएको मालवस्तु आंशिक रूपमा मात्र निकासी भएको पाइएमा निकासी नभएजति मालवस्तुमा लाग्ने महसुल धरौटी राखेको भए धरौटीबाट कट्टा गरी असुल उपर गर्नु पर्नेछ र मालवस्तुमा लाग्ने महसुल धरौटी नराखेको भए सम्बन्धित व्यक्तिबाट असुल गर्नु पर्नेछ ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा पैठारी गर्न निषेध गरिएका मालवस्तु विदेशबाट नेपालकोे बाटो प्रयोग गरी सोही मुलुकको अर्को भागमा लैजादा नेपाल सरकार र सम्बन्धित मुलुकको सरकारका बीच कुनै द्विपक्षीय सन्धि वा सम्झौता भएको रहेछ भने त्यस्तो सन्धि वा सम्झौताका प्रावधानहरू पूरा गर्नु पर्नेछ ।

६. विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा मालवस्तु लैजाने सम्बन्धी व्यवस्थाः (१) विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदेशी मुलुकमा मालवस्तु लैजाने प्रयोजनका लागि प्रयोग हुने भन्सार कार्यालयहरू विभागले तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदेशी मुलुकमा मालवस्तु लैजान चाहने मालवस्तुधनीले मालवस्तुकासाथ विभागले तोकेको ढाचामा चार प्रति फाराम तथा प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त फाराम र प्रज्ञापनपत्र उपर आवश्यक जाँचबुझ गर्दा सम्बन्धित भन्सार कार्यालयले प्रतिबन्धित मालवस्तु भएको नदेखिएमा नेपाल सरकारले तोकेबमोजिमको सेवा शुल्क लिई मालवस्तु रहेको बन्द कन्टेनरमा सील लगाई प्राप्त फारामहरू प्रमाणित गरी एक प्रति फाराम मालवस्तुधनीलाई दिई एक प्रति फाराम अभिलेखका लागि आफ्नो कार्यालयमा राखी दुई प्रति फाराम निकासी गर्ने भन्सार कार्यालयमा पठाई नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा लैजान पन्ध्र दिनसम्मको बाटाको म्याद दिई अनुमति दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पैठारी गर्न अनुमति दिइएको मालवस्तु निकासी हुने भन्सार कार्यालयमा प्राप्त हुन आएमा सो कार्यालयले उपनियम (२) बमोजिमको फाराम प्रमाणित गरी त्यस्तो मालवस्तु निकासी गर्न अनुमति दिनेछ र सो फारामको एकप्रति पैठारी गर्ने भन्सार कार्यालयमा पठाइदिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा निर्धारित म्यादभित्र लैजान नसकेमा सोको कारण खुलाई निकासी गर्ने म्याद थप गर्न मालवस्तुधनीले विभागमा निवेदन दिन सक्नेछ । त्यसरी प्राप्त निवेदन उपर जाचबुझ गर्दा कारण मनासिव लागेमा विभागले मनासिव म्याद थप गरिदिन सक्नेछ ।
(६) उपनियम (३) बमोजिम पैठारी भएको मालवस्तु विदेशी मुलुकमा निर्धारित समयभित्र निकासी नगरी नेपालभित्रै बिक्री वा उपयोग गरेमा त्यस्तो मालवस्तुमा लाग्ने महसुल र शत प्रतिशत थप महसुलसमेत मालवस्तुधनीबाट असुल गरिनेछ ।
(७) यस नियमबमोजिम विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा मालवस्तु लैजादा बन्द कन्टेनरको प्रयोग गर्नु पर्नेछ ।

७. मर्मत गर्नका लागि मालवस्तु लैजाने र ल्याउने सम्बन्धी व्यवस्थाः (१) कुनै मालवस्तु मर्मतका लागि नेपालबाट विदेशमा लैजादा वा मर्मत गरी विदेशबाट ल्याउदा सो मालवस्तुको भएसम्मको नम्वर, साइज र स्पेशिफिकेशनसमेतको पूरा विवरण प्रज्ञापनपत्रमा भरी भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा भन्सार अधिकृतले सो मालवस्तु हवाईजहाज वा हेलिकोप्टर वा तिनका इन्जिन भएमा सम्बन्धित वायुसेवा कम्पनीको जमानीमा धरौटी नलिई र हवाइजहाज वा हेलिकोप्टरको पाटपूर्जा भएमा मूल्यको शुन्य दशमलव पाँच प्रतिशत तथा अन्य मालवस्तु भएमा मूल्यको पाँच प्रतिशत धरौटी लिई मर्मतका लागि लैजान दिन सक्नेछ ।
(३) मर्मत गर्न विदेश निकासी गरेकोे मालवस्तु तीन महिनाभित्र फर्काई ल्याउनु पर्नेछ र सो म्यादभित्र फर्काइ ल्याएपछि मर्मत गर्दा लागेको खर्चबमोजिमको मूल्य र पार्टपूर्जा फेरिएको भए सो वापतको मूल्यलाई भन्सार मूल्य मानी धरौटी राखेको रकमबाट सो महसुल कट्टा गरी बाकी धरौटी फिर्ता दिइनेछ ।
(४) उपनियम (३) मा उल्लिखित म्यादभित्र मर्मत गरी ल्याउने समय अपुग भएमा सो कुराको प्रमाणसहित भन्सार अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ र भन्सार अधिकृतले मनासिव ठहराएमा तीन महिनामा नबढाई म्याद थप गरिदिन सक्नेछ । यसरी थप भएको म्यादसमेत नपुग हुने भएमा भन्सार अधिकृतले म्याद थप्नु पर्ने आधार र कारणसहित स्वीकृतिका लागि महानिर्देशक समक्ष लेखी पठाउनु पर्नेछ र महानिर्देशकले म्याद थप गरिदिने स्वीकृति दिएकोमा सोही बमोजिम भन्सार अधिकृतले म्याद थप गर्न सक्नेछ ।
(५) यस नियमबमोजिम मर्मतको लागि विदेश निकासी गरिएका मालवस्तु उपनियम (३) र (४) मा उल्लिखित म्यादभित्र फिर्ता नल्याई सो अवधिपछि फिर्ता ल्याएमा पहिले राखिएको धरौटी जफत गरी नयाँ मालवस्तु पैठारी गरे सरह महसुल असुल गरिनेछ ।
(६) कुनै मालवस्तु मर्मत गर्नका लागि विदेशबाट नेपालमा ल्याउन वा मर्मत गरी नेपालबाट लैजानु परेमा सो मालवस्तुधनीले मालवस्तुको भएसम्मको नम्बर, साइज र स्पेशिफिकेशनसमेतको पूरा विवरण प्रज्ञापनपत्रमा भरी भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा भन्सार अधिकृतले सो मालवस्तुमा पैठारी गर्दा लाग्ने महसुल धरौटी लिई छ महिनाभित्र मर्मत गरी फिर्ता लैजाने व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गर्न लगाइ जाचपास गर्न सक्नेछ ।
(८) उपनियम (७) बमोजिम पैठारी भएको मालवस्तु पैठारी भएको मितिले छ महिनाभित्र मर्मत गरी निकासी गरेमा र मर्मत खर्च वापतको रकम भुक्तानी भएको प्रमाण पेश गरेमा पैठारी गर्दा राखेको धरौटी फिर्ता दिइनेछ । सो म्यादभित्र फिर्ता नलगेमा वा पैठारी गर्दा उल्लेख गरेको मालवस्तुको विवरणसँग निकासी गर्न ल्याएको मालवस्तुको विवरण नमिलेमा वा मर्मत खर्च वापतको रकम भुक्तानी गरेको प्रमाण पेश नभएमा त्यस्तो मालवस्तु र पैठारी गर्दा राखेको धरौटी जफत गरिनेछ ।
(९) हवाई सेवा सञ्चालन गर्ने गरी दर्ता भएको हवाई कम्पनीले हवाईजहाज वा हेलिकोप्टरको इन्जिन मर्मत गर्नु पर्ने भई त्यस्तो इन्जिन मर्मत गर्न लाग्ने अवधिको लागि विदेशबाट भाडामा इन्जिन पैठारी गर्नु परेमा लाग्ने भन्सार महसुल बराबरको बैङ्क जमानत भन्सार कार्यालयमा राखी बढीमा छ महिनासम्मको लागि पैठारी गर्न सक्नेछन् । सो अवधिभित्र त्यस्ता इन्जिनहरू फिर्ता लगेमा बैङ्क जमानत फुकुवा गरिनेछ र सो अवधिभित्र फिर्ता नलगेमा नियमित पैठारी गरे सरह महसुल असुल गरिनेछ ।
(१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक नियोगले कुनै मालवस्तु मर्मत गर्न निकासी गर्दा र मर्मत गरी पैठारी गर्दा सोको अभिलेख मात्र राखी धरौटी नलिई निकासी र पैठारी गर्न दिइनेछ ।

८. निकासी वा पैठारी भएको मालवस्तु पुनः निकासी वा पैठारी गर्नेसम्बन्धी व्यवस्थाः (१) नेपालभित्र पैठारी भएको मालवस्तु जुन उद्देश्यको लागि पैठारी गरेको हो सो उद्देश्य परिपूर्ति हुन नसकेको वा प्रयोगशाला परीक्षणबाट गुणस्तरहीन ठहरिएकोले त्यस्तो मालवस्तुको शोधभर्ना स्वरूप सोही प्रकारको अर्को मालवस्तु पैठारी गर्ने वा सो वापत विदेशी मुद्रा भुक्तानी भैसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो मालवस्तु पैठारी भएको वा भन्सार कार्यालयमा आइपुगेको मितिले नब्वे दिनभित्र महसुल नलिई फिर्ता लैजान दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मालवस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभर्ना स्वरूप सोही प्रकारको अर्को मालवस्तु पैठारी नगरेमा वा त्यस्तो मालवस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भैसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकृतले प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम फिर्ता पठाउनु पर्ने मालवस्तु फिर्ता गर्नु अगावै विदेशको आपूर्तिकर्ताले सोको शोधभर्ना स्वरूप सोही प्रकारको अर्को मालवस्तु पठाएको रहेछ भने पैठारीकर्ताको निवेदन र पेश भएका कागजातबाट त्यस्तो मालवस्तु शोधभर्ना स्वरूप पैठारी भएको देखिएमा लाग्ने महसुल लिई भन्सार अधिकृतले जाचपास गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम शोधभर्नास्वरूप मालवस्तु पैठारी भैसके पछि पहिले पैठारी भएको मालवस्तु उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ता पठाउदा भन्सार महसुल लाग्नेछैन र पहिले पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइनेछ ।
तर उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ता नपठाई सो अवधि पछि फिर्ता पठाएमा सो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए पनि त्यस्तो भन्सार महसुल फिर्ता दिइने छैन ।
(५) नेपालभित्र वा विदेशी मुलुकमा लाग्ने हाटबजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण वा प्रदर्शनका निमित्त कुनै मालवस्तु पैठारी वा निकासी गर्नु परेमा मालवस्तुधनीले पैठारी वा निकासीको प्रयोजन खुलाई प्रज्ञापनपत्रमा उल्लिखित मालवस्तु भन्सार कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पैठारी वा निकासी हुने मालवस्तुमा लाग्ने महसुल धरौटी लिइनेछ ।
(७) हाटवजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण गर्न पैठारी वा निकासी गरिएको मालवस्तु हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा त्यस्तो मेला वा प्रदर्शनी समाप्त भएको मितिले बाटाको म्यादवाहेक तीस दिनभित्र पुनः पैठारी वा निकासी गर्न भन्सार कार्यालयमा दाखिला गरेमा भन्सार कार्यालयले पुनः पैठारी वा निकासी नभएको मालवस्तुमा लाग्ने महसुल धरौटी रहेको रकम मध्येबाट कटाई बाकी धरौटी रकम मालवस्तु धनीलाई फिर्ता गर्नु पर्नेछ ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा यस नियम बमोजिम मालवस्तु निकासी वा पैठारी गर्दा भन्सार अधिकृतले अभिलेख मात्र राखी लाग्ने महसुल नलिई निकासी वा पैठारी गर्न दिन सक्नेछ । निकासी भएको मालवस्तु विदेशमा नै खपत भएको वा पैठारी भएको मालवस्तु नेपालभित्र खपत भएको अवस्थामा त्यस्तो खपत भएको मालवस्तुमा लाग्ने महसुल सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ताबाट असुल गरिनेछ ।
(९) यस नियमबमोजिम मालवस्तु पैठारी गर्दा र निकासी गर्दा एउटै भन्सार कार्यालयबाट गर्नु पर्नेछ ।
(१०) उपनियम (९) बमोजिम एउटै भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न नसकिने अवस्था भएमा कारण खोली सम्बन्धित व्यक्तिले विभागमा निवेदन दिन सक्नेछ ।
त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासिव देखिएमा विभागले कुनै अर्को भन्सार कार्यालयबाटसमेत यस नियमको प्रयोजनका लागि त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न अनुमति दिन सक्नेछ ।
(११) कुनै मालवस्तु पैठारी हुदा सो मालवस्तुको उपयोग र परिवहनका लागि त्यस्तो मालवस्तुसगै आपूर्ति हुने, बारम्बार प्रयोगमा आउने र मालवस्तुको प्रयोग गर्दासम्म खालि गर्न नसकिने किसिमको आधानपात्र (कन्टेनर) पछि निकासी हुने शर्तमा पैठारी गर्दा लाग्ने महसुल वापत सो रकम बराबरको बैङ्क जमानत लिई प्रज्ञापनपत्रमा निकासी हुने अवधि तोकी महसुल नलिई पैठारी गर्न भन्सार अधिकृतले अनुमति दिन सक्नेछ । यसरी बैङ्क जमानत राखी पैठारी भएका आधानपात्र प्रज्ञापनपत्रमा तोकिएको म्यादभित्र निकासी नभएमा लाग्ने महसुल बैङ्क जमानतबाट असुल गरिनेछ ।
तर त्यस्तो आधानपात्रभित्र रहेको मालवस्तु उपभोग गर्ने व्यक्तिले सो आधानपात्रबाट अन्य आधानपात्रमा खन्याई उपभोग गर्न सकिने रहेछ भने त्यस्तो मालवस्तुको आधानपात्रमा यस नियम बमोजिमको सुविधा प्रदान गरिने छैन ।

(१२) कुनै उद्योगले स्वप्रयोजनको लागि उपनियम (११) बमोजिमको खाली आधानपात्रमा मालवस्तु भरी ल्याउनको लागि त्यस्तो आधानपात्र निकासी गर्न चाहेमा सो व्यहोरा खुलाई भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

(१३) उपनियम (१२) बमोजिम निवेदन प्राप्त हुन आएमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो खाली आधानपात्रको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो रकम बराबरको कम्तीमा छ महिनाको बैङ्क जमानत लिई तीन महिनासम्मको म्याद
दिई सो म्यादभित्र त्यस्तो आधानपात्रमा मालवस्तु भरी पुनः पैठारी गर्ने शर्तमा त्यस्तो आधानपात्र निकासी गर्न अनुमति दिनु पर्नेछ ।

(१४) कुनै कारणले उपनियम (१३) बमोजिमको म्यादभित्र त्यस्तो आधानपात्र पुनः पैठारी गर्न नसकेको कारण सहित सम्बन्धित उद्योगले म्याद थपका लागि निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिव देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले बढीमा एक महिनाको म्याद थप गरिदिन सक्नेछ ।

(१५) उपनियम (१४) बमोजिमको म्यादभित्र सम्बन्धित उद्योगले त्यस्तो आधानपात्रमा मालवस्तु भरी पुनः पैठारी गरेमा भन्सार अधिकृतले सो मालवस्तुमा लाग्ने महसुल असुल गरी उपनियम (१३) बमोजिम त्यस्तो उद्योगले नगद धरौटी राखेको भए त्यस्तो धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो जमानत फुकुवा गर्नेछ ।

(१६) उपनियम (१४) बमोजिमको म्यादभित्र सम्बन्धित उद्योगले त्यस्तो आधानपात्र पुनः पैठारी गरी नल्याएमा भन्सार अधिकृतले त्यस्तो उद्योगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ । त्यस्तो आधानपात्र त्यस्तो म्याद नाघे पछि पुनः पैठारी गरी ल्याएको भएमा भन्सार अधिकृतले त्यस्तो उद्योगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीे नराखी बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गरी आधानपात्रमा ल्याएको मालवस्तुमा लाग्ने महसुल लिई जाँचपास गर्न
सक्नेछ ।

(१७) कुनै व्यक्तिले आफूले पैठारी गरेको वा नेपालभित्र खरिद गरेको बस वा ट्रकको चेसिस पैठारी वा खरिद गरेको मितिले तीन महिनाभित्र बडी बनाउनको लागि निकासी गर्न चाहेमा त्यस्तो चेसिस पैठारी गर्दाको प्रज्ञापनपत्र वा बीजक संलग्न गरी भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

(१८) उपनियम (१७) बमोजिम निवेदन प्राप्त हुन आएमा भन्सार अधिकृतले बस वा ट्रकको चेसिसको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो बराबरको बैङ्क जमानत लिई छ महिनाको म्याद दिई बडी बनाई पुनः पैठारी गर्ने शर्तमा निकासी गर्न अनुमति दिनु पर्नेछ ।

(१९) उपनियम (१८) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिसबाट छ महिनाभित्र बडी बनाई पुनः पैठारी गरेमा भन्सार अधिकृतले बडी बनाई ल्याउंँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी पैठारीकर्ताले नगद धरौटी रकम राखेको भए त्यस्तो नगद धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो बैङ्क जमानत फुकुवा गर्नेछ ।

(२०) उपनियम (१८) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो बस वा ट्रकको बडी बनाई पुनः पैठारी गरी नल्याएमा भन्सार अधिकृतले निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ । त्यस्तो बस वा ट्रकको चेसिस यस नियम बमोजिमको म्याद नाघे पछि पुनः पैठारी गरी ल्याएकोमा भन्सार अधिकृतले निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गरी बस वा ट्रकको बडी बनाई ल्याउँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी जाँचपास गर्न सक्नेछ ।

(२१) विदेशमा कार्य गर्ने गरी ठेक्का प्राप्त गरेका नेपाली व्यक्तिले उक्त कार्यको लागि आवश्यक पर्ने सवारी तथा ढुवानीका साधनहरु, यन्त्र, उपकरणहरु तथा तिनका पाटपूर्जाहरु लैजान चाहेमा त्यसरी लैजान चाहने व्यक्तिले आवश्यक प्रमाण सहित भन्सार कार्यालयको प्रमख समक्ष निवेदन दिनु पर्नेछ ।

(२२) उपनियम (२१) बमोजिमको निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक छानविन गर्दा मनासिव देखिएमा निवेदकको माग बमोजिम बिना महसूल निकासी गर्ने अनुमति दिन सक्नेछ । यसरी निकासी भएमा निकासी भएका मालवस्तु कार्य सम्पन्न भएपछि फिर्ता ल्याउँदा महसूल लाग्ने छैन ।

(२३) नेपालमा उत्पादित मालवस्तु गुणस्तर परीक्षण गराउन निकासी गर्नु परेमा त्यस्ता मालवस्तुको मूल्यको पाँच प्रतिशत धरौटी लिई भन्सार कार्यालय प्रमुखले निकासी गर्न अनुमति दिन सक्नेछ ।

(२४) उपनियम (२३) बमोजिम परीक्षणको लागि निकासी गरेको मालवस्तु तीन महिनाभित्र फिर्ता ल्याएमा परीक्षण खर्चमा लागेको रकममा लाग्ने महसुल लिई पहिले राखेको धरौटी रकम फिर्ता दिइनेछ

(२५) उपनियम (२३) बमोजिम परीक्षणको लागि निकासी गरिएको मालवस्तु तीन महिना पछि फिर्ता ल्याएमा नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्नेछ ।

परिच्छेद–३ बण्डेड वेयरहाउस, बैङ्क जमानत र विशेष आर्थिक क्षेत्र सम्बन्धी व्यवस्था

९. बण्डेड वेयरहाउसको इजाजतपत्र सम्बन्धी व्यवस्थाः (१) बण्डेड वेयरहाउसको सुविधा लिन चाहने देहायका उद्योग वा व्यक्तिले इजाजतपत्रको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछः–
(क) विदेशमा तयारी पोशाक निकासी गर्ने उद्योग,
(ख) आफ्नो उत्पादन तेस्रो मुलुकमा निकासी गर्ने उद्योग,
(ग) खण्ड (क) मा उल्लिखित उद्योग बाहेक आफ्नो उत्पादनको न्यूनतम पचास प्रतिशत भारतमा निकासी गर्ने उद्योग,
(घ) नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको करमुक्त पसलबाट बिक्री गर्नका लागि मालवस्तु पैठारी गर्ने व्यक्ति ।
(२) उपनियम (१) बमोजिम निवेदन दिने उद्योगले सोही उपनियमको खण्ड (क), (ख) वा (ग) बमोजिमको उद्योग हो भन्ने कुराको प्रमाणसमेत पेश गर्नु पर्नेछ । तर सञ्चालनमा आएको एक वर्ष पूरा नगरेको उद्योगले बण्डेड वेयरहाउसको इजाजतपत्र लिन चाहेमा निकासी योजना र आफ्नो उत्पादन विदेशमा निकासी गर्ने वा उत्पादनकोे न्यूनतम पचास प्रतिशत भारतमा निकासी गर्ने शर्तसहितको कबुलियतनामा पेश गरेमा सो प्रमाण पेश गर्नु पर्ने छैन ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर आवश्यक जाचबुझ गर्दा बण्डेड वेयरहाउसको इजाजतपत्र दिन मनासिव देखिएमा विभागले इजाजतपत्र दस्तुरवापत छ हजार रूपैंयाँ लिई निवेदकलाई इजाजतपत्र दिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । यस्तोे इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुरवापत तीन हजार रूपैंयाँ तिरी विभागबाट त्यस्तो इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम इजाजतपत्र नवीकरण गराउन नसक्ने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि तीन हजार रूपैयाँ थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र नवीकरण नगरेको अवधिमा बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले बण्डेड वेयरहाउसको सुविधा उपभोग गर्न पाउने छैन ।
१०. बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले प्राप्त गर्ने सुविधाः (१) नियम ९ बमोजिम बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले निकासी गरिने वा स्वदेशमा नै परिवत्र्य विदेशी मुद्रामा बिक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियल समेत) मा लाग्ने महसुलवापत बैङ्क जमानत दिई पैठारी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बैङ्क जमानत दिंदा पैठारी गरिने मालवस्तुमा लाग्ने भन्सार महसुल, सोको पन्ध्र प्रतिशतले हुने थप रकम र ……….. हिसाव गरी हुन आउने रकम बराबरको बैङ्क जमानत दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दिइने बैङ्क जमानतको अवधि छ महिनादेखि एक वर्षसम्मको हुनु पर्नेछ । छ महिनाको बैङ्क जमानत दिएकोमा पछि म्याद थप गर्नु परेमा बढीमा छ महिनासम्म थप गर्न सकिनेछ ।
तर नियम १३ बमोजिम म्याद थप गरिएकोमा बैङ्क जमानतको म्यादसमेत सोही बमोजिम थप गर्नु पर्नेछ ।
(४) नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियलको हकमा उद्योग विभागले नेपालमा उत्पादन नहुने भनी प्रमाणित गरी बण्डेड वेयरहाउसको सुविधा दिन सिफारिस गरेको अवस्थामा मात्र यस नियमबमोजिम सुविधा दिइनेछ ।

(५) वण्डेड वेयर हाउसको इजाजतपत्र प्राप्त गरी करमुक्त पसल सञ्चालन गर्न स्वीकृति प्राप्त व्यक्तिले त्यस्तो करमुक्त पसलबाट बिक्री गर्नको लागि पैठारी गर्ने मालवस्तुमा लाग्ने महसुल बराबरको रकमको वैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । यसरी मालवस्तु पैठारी गर्दा विभागबाट त्यस्तो मालवस्तु र परिमाणको स्वीकृति लिनु पर्नेछ ।
(५क) उपनियम (५) बमोजिम पैठारी गर्ने मालवस्तुमध्ये मदिरा र चुरोट नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नियम ३ को उपनियम (२) बमोजिम गरेको सिफारिसको आधारमा विभागबाट कूटनीतिक तथा महसुल सुविधा दिन तोकिएको व्यक्ति वा निकायलाई मात्र बिक्री गर्न पाउनेछ ।
(६) बण्डेड वेयरहाउसको इजाजतपत्रप्राप्त उद्योगले आफ्नो उत्पादन खरिद गर्ने विदेशी क्रेतासँग गरेको सम्झौता अनुसार वाणिज्य विभागको सिफारिसमा बाइ ब्याक सम्झौता अन्तर्गत प्रतीतपत्र बिना विदेशस्थित क्रेताले बिना मूल्य पठाएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ पैठारी गरी सोबाट तयारी वस्तु बनाई उत्पादन प्रक्रियामा लागेको खर्च र मुनाफा मात्र भुक्तानी लिने गरी सोही क्रेतालाई वा वाणिज्य विभागको सिफारिस बमोजिम अन्य व्यक्तिलाई निकासी गर्ने भएमा त्यस्तो कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने भन्सार महसुल र ………. वापतको रकम बराबरको बैङ्क जमानत दिई पैठारी गर्न पाउनेछ ।
(७) उपनियम (६) बमोजिम मालवस्तु पैठारी गर्दा पैठारीकर्ताले पैठारीकै अवस्थामा वाणिज्य विभागले तोकेको शर्त र प्रक्रिया पूरा गरी प्रतीतपत्रबिना पैठारी गर्न दिन सो विभागले भन्सार कार्यालयका नाममा दिएको सिफारिसपत्र, विदेशी क्रेतासँग गरेको सम्झौता र बिना मूल्यको तर भन्सार प्रयोजनका लागि मूल्य खुलाइएको बीजक समेत प्रज्ञापनपत्र साथ संलग्न गर्नु पर्नेछ ।
(८) यस नियम बमोजिम बैङ्क जमानत दिंदा प्रचलित कानून बमोजिम बैङ्क जमानत जारी गर्न पाउने बैङ्क वा वित्तीय संस्थाले जारी गरेको बैङ्क जमानत दिनु पर्नेछ ।

११. धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्ने सम्बन्धी विशेष व्यवस्थाः (१) …..
(२) नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासीमुलक तयारी पोशाक उद्योगलाई बिक्री गर्ने भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग संघको सिफारिसमा सो धागोमा लाग्ने भन्सार महसुल वापतको रकम
बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ ।
१२. बण्डेड वेयरहाउसको सुविधाप्राप्त उद्योग वा व्यक्तिले पालन गर्नु पर्ने शर्तहरूः (१) बण्डेड वेयरहाउसको सुविधाप्राप्त उद्योगले आफ्नो उत्पादन निकासी गर्दा प्रतीतपत्र वा प्रचलित बैङ्किङ कागजातको माध्यमबाट गर्नु पर्नेछ ।
(२) बण्डेड वेयरहाउसको सुविधाप्राप्त उद्योगले पैठारी गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियल समेत) बाट त्यस्तो मालवस्तु पैठारी भएको मितिले एघार महिनाभित्र तयारी मालवस्तु बनाई निकासी वा परित्र्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरिसक्नु पर्नेछ ।
(३) बण्डेड वेयरहाउसको सुविधा लिई नियम १० बमोजिम पैठारी भएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्क मेटेरियल समेत) बाट तयारी मालवस्तु बनाई निकासी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यको न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको मूल्य अभिवृद्धिको प्रतिशत गणना गर्दा निकासी भएको मालवस्तुको एफ.ओ.बी. मूल्यबाट त्यस्तो मालवस्तु उत्पादन गर्न प्रयोग भएको नियम १० बमोजिम मालवस्तु पैठारी गर्दा भन्सारले कायम गरेको मूल्य घटाई हुन आउने अङ्कलाई त्यस्तो मालवस्तु उत्पादन गर्न प्रयोग भएको मालवस्तु पैठारी गर्दा भन्सारले कायम गरेको मूल्यले भाग गर्दा आउने अङ्कलाई १०० ले गुणा गरी निकालिनेछ ।
(५) बण्डेड वेयरहाउसको सुविधाप्राप्त व्यक्तिले करमुक्त पसलबाट बिक्री गर्नका लागि पैठारी गरेको मालवस्तु पैठारी गरेको मितिले एक वर्षभित्र करमुक्त पसलबाट बिक्री गरिसक्नु पर्नेछ ।

(६) नियम ११ को उपनियम (२) बमोजिम धागो पैठारी गर्ने कपडा उद्योगले आफूले पैठारी गरेको धागोबाट कपडा बनाई पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक उद्योगलाई बिक्री गरिसक्नु पर्नेछ ।

१३. म्याद थप गर्न सक्नेः नियम १२ को उपनियम (२), (५) र (६) बमोजिमको अवधिभित्र निकासी वा बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेश गर्न नसकी सम्बन्धित व्यक्तिले कारण सहित म्याद थप गर्न निवेदन दिएमा र त्यस्तो कारण मनासिव देखिएमा
भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनाको म्याद थप गर्न सक्नेछ ।
१४. बैङ्क जमानत र धरौटी फुकुवाका लागि निवेदन दिनु पर्नेः (१) बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले नियम १२ को अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नका लागि देहायका कागजात संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) नियम १० बमोजिम मालवस्तु पैठारी गरेको प्रमाण,
(ख) तयारी मालवस्तु निकासी गरेको प्रमाण,
(ग) सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण,
(घ) सम्बन्धित निकायबाट प्रमाणित कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ (प्याकिङ्क मेटेरियल समेत) को खपत अनुपातको
प्रमाण ।
(२) बण्डेड वेयरहाउसको सुविधा अन्तर्गत करमुक्त पसलबाट बिक्री गर्न मालवस्तु पैठारी गर्ने व्यक्तिले पैठारी गरेको मालवस्तु नियम १२ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र करमुक्त पसलबाट बिक्री गरेको प्रमाण संलग्न गरी आफूले राखेको बैङ्क जमानत वा धरौटी फुकुवा गर्नका लागि बैङ्क जमानत वा धरौटी राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) …………….

(४) नियम ११ को उपनियम (२) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगले उक्त धागोबाट कपडा बनाई धागो पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक उद्योगलाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी बिक्री गरेको प्रमाण, उक्त कपडा खरिद गर्ने तयारी पोशाक उद्योग र धागो पैठारी गर्ने कपडा उद्योगबीच भएको खरिद बिक्री सम्झौता, सम्बन्धित निकायबाट प्रमाणित भएको धागोको
खपत अनुपातको प्रमाण र कपडा खरिद गर्ने तयारी पोशाक उद्योगको अनुरोधमा जारी गरिएको धागो पैठारी गर्दा लागेको महसुल वापतको बैङ्क जमानत संलग्न गरी आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नका लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(४क) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि धागो पैठारी गर्ने उद्योगले सो धागोबाट कपडा बनाई तयारी पोशाक उद्योगलाई बिक्री गरे पछि पनि आफूले राखेको बैंक जमानत फुकुवा नगराई त्यस्तो तयारी पोशाक उद्योगले तयारी पोशाक निकासी गरे पछि मात्र बैंक जमानत फुकुवा गराउन चाहेमा उपनियम (४) मा उल्लिखित कागजातको अतिरिक्त कपडा खरिद गर्ने तयारी पोशाक उद्योगले सो कपडाबाट तयारी पोशाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृिद्ध गरी निकासी गरेको प्रमाण, सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण र सम्बन्धित बैङ्कले प्रमाणित गरेको निकासी गर्ने उद्योगले विदेशी मुद्रा आर्जन गरेको प्रमाण संलग्न गरी धागो पैठारी गरेको मितिले बाइस महिनाभित्र बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(५) नियम ११ को उपनियम (२) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगबाट कपडा खरिद गर्ने निकासीमूलक तयारी पोशाक उद्योगले उपनियम (४) बमोजिम धागो पैठारी गर्ने उद्योगले राखेको बैङ्क जमानत फुकुवा गर्न भन्सार कार्यालयमा पेश गरेको बैङ्क जमानत फुकुवा गर्नका लागि धागो पैठारी गर्ने कपडा उद्योगबाट खरिद गरेको कपडाबाट खरिद गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(६) नियम १० को उपनियम (६) बमोजिम मालवस्तु पैठारी गर्दा राखेको बैङ्क जमानत फकुवा गर्नका लागि नियम १२ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र वाणिज्य विभागले तोके बमोजिम मूल्य अभिवृद्धि गरी तयारी मालवस्तु बनाई निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको अभिवृद्धि गरेको मूल्य बराबरको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(७) …………………..
१५. बैङ्क जमानत र धरौटी फुकुवा गर्नेः (१) नियम १४ बमोजिम प्राप्त निवेदन उपर जाचबुझ गर्दा निवेदकले सो नियममा उल्लेख भएका सम्पूर्ण शर्त र प्रक्रिया पूरा गरेको देखिएमा सम्बन्धित भन्सार कार्यालयले एक महिनाभित्र बैङ्क जमानत वा धरौटी फुकुवा गर्नु पर्नेछ ।

(२) बण्डेड वेयरहाउसको सुविधा लिई पैठारी गरेको मालवस्तु वा निकासी भएको मालवस्तुमा आंशिक रूपमा प्रयोग भएको वा परिवत्र्य विदेशी मुद्रामा स्वेदशमा नै बिक्री भएको मालवस्तुमा आंशिक रुपमा प्रयोग भएको वा करमुक्त पसलबाट निर्धारित म्यादभित्र आंशिक रूपमा बिक्री भएको वा नियम ११ को उपनियम (२) बमोजिम पैठारी भएको धागो निकासी मूलक तयारी कपडा उद्योगलाई बिक्री गरेको कपडामा आंशिक रूपमा प्रयोग भएको वा निकासी मूलक तयारी कपडा उद्योगले त्यसरी स्थानीय रूपमा खरिद गरेको कपडा निकासी भएको तयारी कपडामा आंशिक रूपमा मात्र प्रयोग गरेको पाइएमा त्यसरी प्रयोग भएजति मालवस्तुमा लाग्ने महसुल वापतको बैङ्क जमानत वा
धरौटी मात्र फुकुवा गरिनेछ ।
१६. बैङ्क जमानतबाट महसुल असुल गर्ने र धरौटी सदरस्याहा गर्नेः (१) नियम १० वा ११ बमोजिम मालवस्तु पैठारी गर्ने व्यक्तिले नियम १२ मा उल्लेख भएका शर्तहरू पालन नगरेमा र नियम १४ बमोजिम निवेदन नदिएमा त्यस्ता व्यक्तिले बैङ्क जमानत राखेको रहेछ भने बैङ्क जमानतबाट लाग्ने महसुल असुल गरिनेछ र धरौटी राखेको रहेछ भने लाग्ने महसुल धरौटी रकमबाट सदरस्याहा गरिनेछ ।

(२) उपनियम (१) बमोजिम बैङ्क जमानतबाट महसुल असुल गर्दा पैठारी भएको मालवस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरी भन्सार महसुल ………. समेत असुल गरिनेछ ।
(३) नियम १५ को उपनियम (२) बमोजिम आंशिक रूपमा मात्र मालवस्तु प्रयोग भएकोमा प्रयोग नभएजति मालवस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत समेत थप गरी भन्सार महसुल ………. समेत पैठारीकर्ताले राखेको बैङ्क जमानतबाट असुल गरिनेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि धरौटीबाट सदरस्याहा गरी महसुल असुल गर्दा वा करमुक्त पसलले निर्धारित म्यादभित्र मालवस्तु बिक्री नगरेको कारणले बैङ्क जमानत वा धरौटीबाट महसुल असुल गर्दा भन्सार महसुल …….. मात्र असुल गरिनेछ ।

१७.भन्सार कार्यालयले माग गरेको बैङ्क जमानतको रकम भुक्तानी गर्नु पर्नेः (१) भन्सार कार्यालयको पक्षमा जारी भएको बैङ्क जमानत बराबरको रकम सम्बन्धित भन्सार कार्यालयले माग गरेमा त्यस्तो बैङ्क जमानत जारी गर्ने बैङ्क वा वित्तीय संस्थाले पन्ध्र दिनभित्र सम्बन्धित भन्सार कार्यालयको नाममा भुक्तानी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भुक्तानी नगर्ने बैङ्क वा वित्तीय संस्थाबाट जारी भएको बैङ्क जमानत त्यस्तो भुक्तानी प्राप्त नभएसम्म भन्सार कार्यालयले स्वीकार गर्न हुदैन ।

(३) भन्सार कार्यालयको पक्षमा जारी गरिएको बैङ्क जमानत सम्बन्धित भन्सार कार्यालयबाट फुकुवा भएको लिखित जानकारी प्राप्त नभएसम्म बैङ्क जमानत जारी गर्ने बैङ्क तथा वित्तीय संस्थाले त्यस्तो बैङ्क जमानत बमोजिमको रकम सम्वन्धित भन्सार कार्यालयलाई बुझाउने दायित्वबाट उन्मुक्ति पाएको मानिने छैन ।

१८. विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई मालवस्तु बिक्री गर्ने र भन्सार महसुल फिर्ता दिने व्यवस्थाः (१) कुनै पैठारीकर्ताले पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई विभागको पूर्व स्वीकृति लिई बिक्री गरेमा निजले त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने त्यस्तो भन्सार महसुल फिर्ता पाउनका लागि मालवस्तु बिक्री गरेको साठी दिनभित्र देहायका प्रमाण कागजात संलग्न गरी त्यस्तो मालवस्तु जुन भन्सार कार्यालयबाट पैठारी गरेको हो सोही कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) मालवस्तु पैठारी गर्दाको बीजक, प्रज्ञापनपत्र र नगदी रसिद,
(ख) खरिदकर्ता उद्योग र विक्रेता पैठारीकर्ताबीच त्यस्तो मालवस्तु खरिद बिक्री गर्ने सम्बन्धमा भएको सम्झौतापत्र,
(ग) मालवस्तु बिक्री गरेको बीजक,
(घ) खरिदकर्ता उद्योगले त्यस्तो मालवस्तु खरिद गरेको देखिने खरिद खाताको प्रमाणित प्रतिलिपि,
(ङ) खरिदकर्ता उद्योगबाट भुक्तानी प्राप्त गरेको प्रमाण,
(च) खरिदकर्ता उद्योग वा बिक्रेताका तर्फबाट सम्बन्धित भन्सार कार्यालयका नाममा जारी भएकोे त्यस्तो मालवस्तुमा लागेको
महसुल बराबरको बैङ्क जमानत ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भए पछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाचबुझ गरी महसुल फिर्ता दिनु पर्ने देखिएमा निवेदन परेका मितिले तीस दिनभित्र निवेदकलाई पूर्ण वा आंशिक रूपमा महसुल फिर्ता दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाचबुझ गर्दा निवेदकले माग गरेको रकम पूर्ण वा आशिक रूपमा फिर्ता दिनु नपर्ने देखिएमा कारण खोली निवेदकलाई लिखित जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम बिक्री गरेको मालवस्तु प्रयोग गरी विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले तयारी मालवस्तु बनाई निकासी गरेको प्रमाण र विदेशी मुद्रा प्राप्त गरेको प्रमाण पेश गरेपछि उपनियम (१) को खण्ड (च) बमोजिमको बैङ्क जमानत फुकुवा गरिनेछ ।
(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले आफ्नो पैठारी मूल्यमा भन्सार महसुलसमेत समावेश गरी त्यस्तो मालवस्तु बिक्री गरेको रहेछ भने पैठारी गर्दा तिरेको भन्सार महसुल फिर्ता दिइने छैन ।

 

परिच्छेद–४ प्रज्ञापनपत्र र मालवस्तु जाँच गर्ने र प्रयोगमा नआउने मालवस्तु नष्ट गर्ने सम्बन्धी व्यवस्था

१९. विद्युतीय माध्यमबाट विवरण सम्पे्रषण गर्न सक्नेः (१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले आफूले निकासी वा पैठारी गर्ने मालवस्तुको घोषणा विद्युतीय माध्यमद्वारा सम्बन्धित भन्सार अधिकृतसमक्ष सम्प्रेषण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण सम्प्रेषण गर्ने कार्यविधि विभागले तोके बमोजिम हुनेछ ।
२०. सवारी चालकले दिनु पर्ने विवरणः ऐनको दफा १७ बमोजिम सवारी साधनको चालकले सो साधनमा रहेको मालवस्तुको विवरण दिंदा अनुसूची–२ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
२१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछः–
(क) तेस्रो मुलुकबाट मालवस्तु पैठारी गर्दा,–
(१) भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात,
(२) बीजक (इन्भ्वाइस),
(३) प्याकिङ्क लिष्ट,
(४) बिल अफ लेडिङ्ग वा एयरवे बिल,
(५) उत्पत्तिको प्रमाणपत्र,
(६) विदेशी विनिमय नियन्त्रण (वि.वि.नि.) फाराम,
(७) भारतमा ट्रान्जिट भई पैठारी गरिने मालवस्तुको हकमा भन्सार पारवहनसम्बन्धी कागजात,
(८) हवाई मार्गबाट पैठारी हुनेमा सम्बन्धित एयरलाइन्सको डेलिभरी अर्डर,
(९) भन्सार कार्यालयमा कुनै टर्मिनल सञ्चालक भएकोमा त्यस्तो टर्मिनल सञ्चालकले जारी गरेको डेलिभरी अर्डर,
(१०) प्रचलित कानून बमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धीे कागजात ।
(ख) भारतबाट मालवस्तु पैठारी गर्दा,–
(१) बीजक ( इन्भ्वाइस),
(२) प्याकिङ्क लिष्ट,
(३) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धीे कागजात,
(४) इनबन्ड अन्तर्गत पैठारी गर्दा उपखण्ड (१), (२) र (३) का अतिरिक्त नेपाल इन्भ्वाइस (इनवण्ड फाराम), बि.वि.नि. फाराम, भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात र सोमा उल्लेख भए बमोजिमका कागजातहरू,
(५) ……………

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “इनबन्ड” भन्नाले नेपाल राष्ट्र बैङ्कले तोकेको प्रक्रिया अनुसार परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी भारतबाट पैठारी गर्ने प्रक्रिया सम्झनु पर्छ ।
(ग) निकासी गर्दा,–
(क) बीजक (इन्भ्वाइस),
(ख) प्याकिङ्क लिष्ट,

(ग) उत्पत्तिको प्रमाणपत्र,
(घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात,
(ङ) प्रचलित कानून बमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात ।
तर जि.एस.पि. जारी भई निकासा हुनेको हकमा उत्पत्तिको प्रमाणपत्र वाध्यकारी हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै फर्म वा उद्योगले पहिलो पटक मालवस्तु निकासी वा पैठारी गर्न लागेको भए फर्मको हकमा फर्म दर्ताको प्रमाणपत्र, उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र र त्यस्तो फर्म वा उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।
२२. प्रज्ञापनपत्रको ढाँचाः प्रज्ञापनपत्रको ढाँचा अनुसूची–३ बमोजिम हुनेछ ।

२३. मालवस्तु फिर्ता पठाउन सकिनेः (१) ऐनको दफा ३० को उपदफा (४) बमोजिम मालवस्तु फिर्ता पठाउनु पर्ने भएमा त्यस्तो मालवस्तु पैठारी गर्ने व्यक्तिले मालवस्तुको बीजक, प्रतीतपत्र खोली पैठारी भएको भए प्रतीतपत्र, बिल अफ लेडिङ वा एअर वे बिल र प्याकिङ लिष्टको प्रतिलिपि संलग्न गरी भन्सार अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ । मालवस्तुको प्रकृति अनुसार अन्य कागजात आवश्यक पर्ने देखेमा भन्सार अधिकृतले पैठारीसँग सम्बन्धित अन्य कागजात समेत पैठारीकर्तालाई पेश गर्न लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले सो सम्बन्धमा सम्पूर्ण व्यहोरा र आफ्नो रायसमेत उल्लेख गरी महानिर्देशक समक्ष लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखिआएको विषयका सम्बन्धमा महानिर्देशकले जाँचबुझ गर्दा त्यस्तो मालवस्तु फिर्ता लैजान दिने मनासिव देखेमा फिर्ता लैजान आदेश दिन गरी भन्सार अधिकृतलाई अनुमति दिन सक्नेछ । यस्तो अनुमति प्राप्त भएपछि भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई त्यस्तो मालवस्तु तीस दिनभित्र विदेशस्थित निकासीकर्तालाई फिर्ता पठाउन आदेश दिनेछ ।
(४) उपनियम (३) बमोजिम अनुमति दिंदा त्यस्तो मालवस्तु पैठारी गर्दा भुक्तानी गरेको विदेशी मुद्रा फिर्ता ल्याउने गरी भन्सार अधिकृतले मनासिव अवधि तोकी सम्बन्धित पैठारीकर्तालाई कबुलियत गराउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र विदेशी मुद्रा फिर्ता ल्याएको प्रमाण सम्बन्धित भन्सार कार्यालयमा पेश नगरेमा त्यस्तो पैठारीकर्तालाई विदेशी मुद्रा अपचलनमा प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि भन्सार कार्यालयले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
२४. सम्बन्धित स्थानमा गई मालवस्तु जाँच गर्ने सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ३१ बमोजिम कुनै निकासीकर्ताले निकासी गर्ने मालवस्तु त्यस्तो मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गरिदिन वा कुनै पैठारीकर्ताले पैठारी गरी ल्याएको मालवस्तु भन्सार क्षेत्रभन्दा बाहिर गई जाँच गरिदिन प्रज्ञापनपत्र भरी नियम २१ मा उल्लिखित कागजात संलग्न गरी भन्सार अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको निवेदन अनुसार निकासी गर्ने मालवस्तु त्यस्तो मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गर्दा वा पैठारी गरी ल्याएको मालवस्तु भन्सार क्षेत्रभन्दा बाहिर गई जाँच गर्दा प्रति कन्साइन्मेन्ट एकहजार रूपैयाँ शुल्क लाग्नेछ ।
(३) उपनियम (२) बमोजिम निकासी हुने मालवस्तु जाँच गरेपछि जाच गर्ने कर्मचारीले त्यस्तो मालवस्तु आफ्नै रोहबरमा ढुवानीको साधनमा राख्न लगाई बन्द गरी सील लगाउनु पर्नेछ र मालवस्तु निकासी हु“दाका बखत भन्सार कार्यालयले उक्त सील दुरुस्त छ छैन यकिन गरेर मात्र निकासी गर्न दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम भन्सार क्षेत्रभन्दा बाहिर गई जाँच गर्न खटिएको कर्मचारीले सो प्रयोजनका निमित्त यातायातको साधन प्रयोग गर्नु पर्ने भएमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ताले त्यस्तो साधनको व्यवस्था गर्नु पर्नेछ ।

२५. प्रयोगमा नआउने मालवस्तु हटाउने वा नष्ट गर्ने सम्बन्धी व्यवस्थाः (१) देहाय बमोजिमका मालवस्तु भन्सार कार्यालयबाट हटाउन वा नष्ट गर्न परेमा भन्सार कार्यालयको  प्रमुखले सोको कारण र हटाउने वा नष्ट गर्ने तरिकासमेत उल्लेख गरी लिखित निर्णय गर्नु
पर्नेछः–
(क) ऐनको दफा ७ बमोजिम कुनै पैठारीकर्ताले आफूले पैठारी गरी भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी छोडेको
प्रयोगमा आउन नसक्ने वा लिलाम बिक्री समेत हुन नसक्ने अवस्थाको मालवस्तु,
(ख) ऐनको दफा ३० बमोजिम विशेष परीक्षण गर्दा स्वास्थ्य वा वातावरणलाई हानि पुर्‍याउने वा प्रतिकूल असर पार्ने देखिई
भन्सार अधिकृतले विदेशी मुलुकको सम्बन्धित निकासीकर्तालाई फिर्ता गर्न दिएको आदेश बमोजिम सम्बन्धित पैठारीकर्ताले
फिर्ता नपठाएको मालवस्तु,
(ग) लिलाम बिक्री हुन नसकेको वा कुनै किसिमले प्रयोगमा ल्याउन नसकिने अवस्थाको भई ऐनको दफा ५० को उपदफा (९)
बमोजिम भन्सार कार्यालयबाट सडाउन, गलाउन वा नष्ट गर्न परेको मालवस्तु ।
(२) उपनियम (१) बमोजिम निर्णय भए पछि जिल्ला प्रशासन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालय वा नजिकको सरकारी कार्यालय मध्ये कुनै दुई वटा कार्यालयका प्रतिनिधि, उपलब्ध भएसम्म स्थानीय उद्योग वाणिज्य संघको प्रतिनिधि र भन्सार अधिकृतको रोहवरमा मुचुल्का खडा गरी सार्वजनिक रूपले त्यस्तो मालवस्तु भन्सार कार्यालयबाट हटाउने वा नष्ट गर्ने कार्य सम्बन्धित भन्सार कार्यालयले गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम त्यस्तो मालवस्तु हटाउने वा नष्ट गर्ने कार्य पूरा भए पछि भन्सार कार्यालयको प्रमुखले सो व्यहोरा प्रमाणित गरी त्यस्तो मालवस्तुलाई कार्यालयको लगतबाट कट्टा गरी सोको जानकारी विभागलाई दिनु पर्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनस्वास्थ्य वा वातावरणलाई प्रतिकूल असर पर्ने मालवस्तु वा विषादी वा भारी यन्त्र उपकरण वा सवारी साधन नष्ट गर्दा विभागले तोकेबमोजिम गर्नु पर्नेछ ।

परिच्छेद–५ जाँचपास पछिको परीक्षण सम्बन्धी व्यवस्था

२६. पैठारीकर्ताले कागजात सुरक्षित राख्नु पर्नेः ऐनको दफा ३४ बमोजिम जा“चपास पछिको परीक्षण गर्ने प्रयोजनका लागि पैठारीकर्ताले आफूले पैठारी गरेका मालवस्तुसँग सम्बन्धित देहाय बमोजिमका विवरण एवं कागजात तयार गरी त्यस्तो मालवस्तु जाँचपास भएका
मितिले चार वर्षसम्म सुरक्षित राख्नु पर्नेछः–
(क) पैठारी प्रज्ञापनपत्र, महसुल तिरेको रसिद र खरिदखाता,
(ख) बिक्री बीजक तथा बिक्रीखाता,
(ग) परिमाण समेत खुलेको मौज्दात विवरण,
(घ) मालवस्तुको पैठारी र बिक्रीसँग सम्बन्धित बैङ्किङ अभिलेख,
(ङ) वासलात तथा नाफा नोक्सान हिसाब र सोसँग सम्बन्धित अन्य विवरण,
(च) आफ्नो कारोवारको विवरण कम्प्युटर प्रणालीमा राखेको भए सो प्रणाली,
(छ) पैठारी, सञ्चय र बिक्रीसँग सम्बन्धित अन्य कागजात र विवरण ।

२७. जाँचपास पछिको परीक्षण सम्बन्धी अन्य व्यवस्थाः (१) ऐनको दफा ३४ को उपदफा (२) को प्रयोजनका लागि भन्सार कार्यालयमा पैठारीकर्ताले घोषणा गरेको मालवस्तुको मूल्य यथार्थ हो वा होइन भन्ने कुरा निश्चित गर्नका लागि ऐनको दफा १३ मा उल्लेख भएबमोजिमका मूल्याङ्कनका सबै वा कुनै तरिका अवलम्वन गरी त्यस्तो मालवस्तुको मूल्य कायम गर्न सकिनेछ ।
(२) ऐनको दफा ३४ को उपदफा (२) को प्रयोजनका लागि भन्सार कार्यालयमा पैठारीकर्ताले घोषणा गरेको मालवस्तुकोे परिमाण घटी घोषणा गरिएको हो वा होइन भन्ने यकिन गर्नका लागि पैठारीकर्ताको मौज्दातको भौतिक परीक्षण गर्न सकिनेछ ।
(३) पैठारीकर्ताले मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा घोषणा गरेको मूल्यको सत्यता परीक्षण गर्ने प्रयोजनका लागि निजले पैठारी गरी बिक्री गरेको मालवस्तुको खुद्रा तहसम्मको कारोवारको अभिलेख परीक्षण गर्न सकिनेछ ।
(४) जाँचपास पछिको परीक्षण गर्दा महानिर्देशक वा भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई सम्भव भएसम्म सो परीक्षण गर्ने मिति र समय तोकी अग्रिम सूचना दिनु पर्नेछ ।

२८‍ कागजात माग गर्न सक्नेः (१) जाँचपास पछिको परीक्षण गर्ने महानिर्देशक वा भन्सार अधिकृतले सो प्रयोजनका लागि आवश्यक देखेमा बैङ्क, वित्तीय संस्था एवं पैठारीकर्ताको कारोवारसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायबाट सम्बन्धित पैठारीकर्ता, निजको
कारोवार वा मालवस्तुसँग सम्बन्धित भुक्तानी, बैङ्क खाता, नाफा नोक्सानको हिसाव, कर विवरण, बीजक र यस्तै अन्य आवश्यक कागजात पन्ध्र दिनको म्याद दिई माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम माग गरेको कागजात उपलब्ध गराउनु सम्बन्धित बैक वा वित्तीय संस्था वा अन्य निकायको कर्तव्य हुनेछ ।
(४) ……………

परिच्छेद–६ न्यून बीजकीकरण भई पैठारी भएको मालवस्तु खरिद सम्बन्धी व्यवस्था

२९ न्यून बीजकीकरण भई पैठारी भएको मालबस्तु खरिद गर्ने सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम मालवस्तु खरिद गर्ने प्रयोजनका लागि नेपाल सरकारले विभागलाई आवश्यक रकम उपलब्ध गराउनेछ ।

३०. खरिद गरिएको मालवस्तु लिलाम गर्न वा सरकारी प्रयोगमा ल्याउन सकिनेः (१) ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिए गरिएको मालवस्तु परिच्छेद – ७ बमोजिम लिलाम बिक्री गर्न वा सरकारी प्रयोगमा ल्याउन सकिनेछ ।

३१. पैठारीकर्तालाई जानकारी दिनु पर्नेः ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम मालवस्तु खरिद गर्नु परेमा भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई वा निजको भन्सार एजेन्टलाई त्यसको लिखित सूचना अनुसूची – ४ बमोजिमको ढाँचामा
दिनु पर्नेछ ।

 

 

 पाँचौ संशोधनद्वारा थप ।
 छैठौं संशोधनद्वारा झिकिएको ।
 सातौं संशोधनद्वारा संशोधित ।

परिच्छेद – ७ मालवस्तु जफत र लिलाम बिक्री सम्बन्धी व्यवस्था

३२. भन्सार गोदाममा रहेका मालवस्तु छुटाउनु पर्नेः (१) भन्सार गोदाममा रहेको मालवस्तु त्यस्तो गोदाममा दाखिला भएको मितिले साठी दिनभित्र सम्बन्धित मालवस्तु धनीले जाँचपास गराई छुटाउनु पर्नेछ ।
तर कुनै मालवस्तु स्वास्थ्यका लागि हानिकारक, छिटो नाश हुने, भन्सार गोदाममा राखिरहन उपयुक्त नहुने वा स्थानको अभावले गर्दा सो म्यादसम्म राखिरहन नसकिने अवस्थाको भएमा भन्सार कार्यालयको प्रमुखले सो म्याद समाप्त हुनु अगावै पनि त्यस्तो मालवस्तु जाँचपास गराई लैजान मनासिव समय दिई मालवस्तु धनीलाई सूचना दिन सक्नेछ । यस्तो सूचनाको म्यादभित्र मालवस्तु धनीले मालवस्तु जाँचपास गराई नलगेमा भन्सार कार्यालयको प्रमुखले ऐनको दफा ४७ बमोजिमको कारबाही चलाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र जाँचपास गराई नलगेका मालवस्तुको विवरण त्यस्ता मालवस्तु अन्य व्यक्तिबाट सञ्चालित भन्सार गोदाममा रहेका भए त्यस्तो गोदामको सञ्चालकले अविलम्ब सम्बन्धित भन्सार कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको विवरण प्राप्त भए पछि भन्सार कार्यालयको प्रमुखले ऐनको दफा ४७ बमोजिम अविलम्ब कारबाही चलाउनु पर्नेछ ।
३३. लिखित आदेश बिना लिलाम बिक्री गर्न नहुनेः भन्सार अधिकृतको लिखित आदेश बिना ऐन बमोजिम जफत भएका वा ऐनको दफा ७४ को उपदफा (२) बमोजिम लिलाम गर्नु पर्ने कुनै पनि मालवस्तु लिलाम बिक्री गर्न हुंदैन ।
३४. न्यूनतम मूल्य कायम गर्नु पर्नेः (१) कुनै मालवस्तु लिलाम बिक्री गर्नु पर्ने भएमा सो प्रयोजनका लागि भन्सार अधिकृतले सो मालवस्तुको न्यूनतम मूल्य कायम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम न्यूनतम मूल्य कायम गर्दा सवारी साधन, भारी यन्त्र उपकरण र ऐनको दफा ७ को उपदफा (१) बमोजिम नेपाल सरकारको हुने गरी छाडिएका मालवस्तु वा दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिद गरिएको मालवस्तुका हकमा नियम ५४ बमोजिमको समितिले कायम गरेको न्यूनतम मूल्यलाई र सो बाहेक अन्य मालवस्तुको हकमा भन्सार कार्यालयमा मालवस्तु दाखिला हुदाका वखत उल्लेख भएको मूल्यलाई न्यूनतम मूल्य कायम गर्नु पर्नेछ ।

३५. लिलाम बिक्री गर्ने कार्यविधिः (१) एकलाख रूपैयाँभन्दा बढी न्यूनतम मूल्य भएका सवारी साधन वा भारी यन्त्र उपकरण लिलाम बिक्री गर्न भन्सार कार्यालयले एक्काईस दिनको म्याद दिई देहायका कुराहरू समेत खुलाई राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकामा सूचना प्रकाशन गरी वोलपत्र आह्वान गर्नु पर्नेछः–
(क) सवारी साधन वा ढुवानी साधनको विवरण, इन्जीन नम्बर, चेसिस नम्वर र उत्पादन वर्ष,
(ख) उत्पादन भएको मितिले दश वर्ष नाघेका सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुत नदेखिएको सवारी साधनका सम्बन्धमा लिलाम पश्चात् पुनः सवारी साधनका रूपमा दर्ता हुन नसक्ने कुरा,
(ग) न्यूनतम मूल्य,
(घ) वोलपत्र पठाउने तरिका, वोलपत्रवापत लाग्ने दस्तुर, वोलपत्र खोल्ने समय, मिति र स्थान, वोलपत्र साथ आफूले कवुल गरेको
अङ्कको दश प्रतिशतले हुने रकम दाखिला गर्नु पर्ने बैङ्कखाताको विवरण र सो खातामा रकम दाखिला गरेको सक्कल भौचर संलग्न हुनु पर्ने कुरा,
(ङ) लिलाम अङ्कमा कुनै कर, शुल्क आदि लाग्ने भए सो कुरा,
(च) लिलाम सकार गरेको मालवस्तु उठाइ लैजानु पर्ने अवधि,
(छ) इच्छुक व्यक्तिले लिलाम बिक्री हुने मालवस्तु हेर्न वा अवलोकन गर्न सक्ने स्थान र समय,
(ज) अन्य आवश्यक कुराहरू ।
(२) उपनियम (१) मा उल्लिखित मालवस्तुबाहेक अन्य मालवस्तु लिलाम बिक्री गर्न पन्ध्र दिनको म्याद दिई देहायका कुराहरूसमेत खुलाई सम्बन्धित भन्सार कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गरी सिलबन्दी दरभाउपत्र वा खुला बोलकबोल आह्वान गर्नु पर्नेछ । त्यस्तो सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमासमेत टा“स गर्न पठाउनु पर्नेछः–
(क) उपनियम (१) को खण्ड (क),(ख),(ग),(ङ) (च) (छ) र (ज) मा उल्लिखित कुरा,
(ख) मालवस्तुको विवरण,
(ग) सिलबन्दी दरभाउपत्र आह्वान गरेकोमा त्यस्तो सिलबन्दी दरभाउपत्र पठाउने तरिका, सिलबन्दी दरभाउपत्रवापत लाग्ने दस्तुर, सिलबन्दी दरभाउपत्र खोल्ने स्थान, समय र मिति
(घ) खुला बोलकबोल आह्वान गरेकोमा बोलकबोलद्वारा लिलाम बढाबढ हुने स्थान तथा शुरु र अन्त्य हुने समय र मिति,
(ङ) न्यूनतम मूल्यबाट नै लिलाम बढाबढ शुरु हुने कुरा,
(च) लिलाम सकार गर्न बोलकबोल शुरु गर्नुअघि नै न्यूनतम मूल्यको दश प्रतिशतले हुने रकम नगद धरौटी राख्नु पर्ने कुरा र कबोल
अङ्क बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्ने कुरा ।
(३) उपनियम (१) वा (२) बमोजिम बोलपत्र वा सिलबन्दी दरभाउपत्र माग गर्दा बोलपत्र वा सिलबन्दी दरभाउपत्र खरिद र दाखिलासम्बन्धी कार्य सम्बन्धित भन्सार कार्यालयमा गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम प्रकाशित सूचना अनुसार बोलपत्र वा दरभाउपत्र पेश गर्ने व्यक्तिले न्यूनतम मूल्यमा नघट्ने गरी आफूले कबोल गरेको रकमको दश प्रतिशतले हुने रकम भन्सार कार्यालयले तोकेको बैङ्कखातामा जम्मा गरेकोे सक्कल भौचर संलग्न गर्नु पर्नेछ ।
(५) भन्सार कार्यालयमा दाखिला हुन आएका चोरी पैठारी वा चोरी निकासी गरेको मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन स्थानको अभाव वा संरक्षण गर्न नसकिने कारणले सो कार्यालयमा राखिरहन उपयुक्त नदेखिएमा सम्बन्धित भन्सार अधिकृतले नियम ५४ बमोजिमको समितिबाट त्यस्तो साधनको न्यूनतम मूल्य कायम गराई यस परिच्छेदको प्रक्रिया पूरा गरी लिलाम बिक्री गर्न गराउन सक्नेछ ।
३६. लिलाम स्वीकृत गर्ने वा पुन लिलाम बिक्री गर्नेः (१) नियम ३५ बमोजिम पेश हुन आएको बोलपत्र वा सिलबन्दी दरभाउपत्र सोही सूचनामा उल्लिखित स्थान र समयमा खोली सम्बन्धित भन्सार अधिकृतले कबोल रकमको तुलनात्मक विवरण वा खुला बोलकबोलद्वारा डाक बढाबढ भएकोमा सोको मुचुल्का तयार गर्नु गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको तुलनात्मक विवरण वा मुचुल्काका आधारमा न्यूनतम मूल्य वा सोभन्दा बढी रकम कबोल गर्ने व्यक्तिको कबोल अङ्क स्वीकृत गर्नु पर्नेछ । न्यूनतम मूल्यभन्दा बढी कवोल गर्ने व्यक्ति एकभन्दा बढी भएमा सबैभन्दा बढी अङ्क कवोल गर्नेको कबोल अङ्क स्वीकृत गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कबोल अङ्क स्वीकृत भए पछि लिलाम सकार गर्ने व्यक्तिलाई सात दिनभित्र बाँकी रकम भुक्तानी गरी मालवस्तु उठाई लैजाने सूचना दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र बाँकी रकम भुक्तान गरी मालवस्तु उठाई नलगेमा निजको धरौटी जफत गरी न्यूनतम मूल्यभन्दा बढी कबोल गर्ने क्रमशः दोस्रो, तेस्रो वा चौथो घटिवालाको कबोल अङ्क स्वीकृत गर्न सकिनेछ । यसरी घटीवालाको कबोल अङ्क स्वीकृत गर्दा पनि लिलाम बिक्री हुन नसकेमा धरौटी जफत गरी पुनः लिलाम गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम पुनः लिलाम बिक्री गर्नु पर्ने भएमा दोस्रो पटक बोलपत्र, सिलबन्दी दरभाउपत्र वा बोलकबोलको सूचना प्रकाशन गर्दा सात दिनको म्याद दिई सूचना प्रकाशन गर्न सकिनेछ ।
(६) उपनियम (५) बमोजिम दोस्रो पटक सूचना प्रकाशित गर्दा पनि न्यूनतम मूल्यमा कसैले लिलाम सकार गर्न नआएमा नियम ५४ बमोजिमको समितिबाट पुनः मूल्याङ्कन गराई संशोधित न्यूनतम मूल्य कायम गरी नियम ३५ बमोजिम सूचना प्रकाशन गरी लिलाम बढाबढ गराउनु पर्नेछ । यसरी पुनः मूल्याङ्कन गरिएको मूल्यमा पनि लिलाम बढाबढ हुन नसकेमा भन्सार अधिकृतले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रोहवरमा मूल्याङ्कन गरी सिधै बिक्री गर्न सक्नेछ ।

(७) उपनियम (६) बमोजिम समेत लिलाम हुन नसकेका मालवस्तुको हकमा महानिर्देशकको स्वीकृति लिई त्यस्तो मालवस्तुको लगत कट्टा गरी नियम २५ बमोजिम नष्ट गर्नु पर्नेछ ।

(८) उत्पादन भएको मितिले दश वर्ष नाघेका सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएका सवारी साधन लिलाम गर्दा लिलाम सकार गर्ने व्यक्तिकै खर्चमा पुनः सवारी साधनको रूपमा प्रयोगमा आउन नसक्ने गरी पत्रु बनाई सो व्यहोरा प्रज्ञापनपत्रमा नै उल्लेख गरी लिलाम गर्नु पर्नेछ ।
(९) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई वा भन्सार कार्यालयबाट छुटाई नलगी नेपाल सरकारको हुन आएकोे सुन, चांदी, हिरा, जवाहरात, अमूल्य खनिजपदार्थ वा यसबाट वनेका गहना तथा अन्य वस्तुहरू नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएमा सो बैंकमा दाखिला गर्न पठाई प्रचलित मूल्य बमोजिम बिक्री गर्नु पर्र्नेछ । नेपाल राष्ट्र बैंकले खरिद नगरेमा वा आंशिक रूपमा मात्र खरिद गरी बाँकी रहेमा त्यस्ता वस्तुहरू विभागको स्वीकृत लिई यस नियमावली बमोजिम कायम भएको मूल्यका आधारमा एकलाख रूपैयाँसम्म मूल्यको भएमा डाँक बढावढद्वारा र एकलाख रूपैयाँभन्दा बढी मूल्यको भएमा बोलपत्रको माध्यमद्वारा यस नियमावलीबमोजिम लिलाम
गर्नु पर्नेछ ।
(१०) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम इजाजत लिएर मात्र बिक्री गर्न पाउने मालवस्तु लिलाम बिक्री गर्दा त्यस्तो इजाजतवाला व्यक्तिलाई मात्र लिलाम बिक्री गर्नु पर्नेछ ।
(११) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेशनल टेडिङ लिमिटेड, साल्ट टेडिङ कर्पोरेशन, साझा भण्डार लि., तारा गाउँ विकास समिति वा सहकारी संस्थाले भन्सारबाट लिलाम बिक्री गरिने मालवस्तु खरिद गर्न चाहेमा यस नियम बमोजिम कायम भएको न्यूनतम मूल्यमा कम नहुने गरी वार्ताद्वारा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा भन्सार अधिकृतले सिधै बिक्री गर्न सक्नेछ ।
(१२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐन बमोजिम कब्जा वा जफत गरिएका वा ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिद गरिएको मालवस्तु मध्ये सड्ने, गल्ने वा पुरानो भई मूल्य घट्न जाने वा उपभोग्य मिति तीन महिनाभन्दा कम भएका मालवस्तु वा गोदाम वा स्थानको अभावले सुरक्षित राख्न नसकिने अवस्थाका मालवस्तु वा जीवजन्तु रहेछ भने भन्सार अधिकृतले कार्यालयको सूचनापाटीमा सूचना टास गरी त्यस्तो मालवस्तु आफूकहां दाखिला भएको दिन वा भोलिपल्ट लिलाम गर्न सक्नेछ । यस उपनियम बमोजिम मालवस्तु लिलाम गर्दा लिलाम बढाबढमा जे जति अधिकतम मूल्य प्राप्त हुन्छ सोही मूल्यकोे लिलाम भन्सार अधिकृतले स्वीकृत गर्न सक्नेछ ।
(१३) कुनै भन्सार कार्यालयमा भन्सार अधिकृतको दरवन्दी नै नभएको कारणले यस नियम बमोजिम मालवस्तु लिलामसम्बन्धी कारवाही गर्न बाधा पुगेमा यस सम्बन्धमा महानिर्देशकले आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(१४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि टर्मिनल व्यवस्थापन कम्पनीको स्वामित्वमा रहेका गोदाम वा स्थलहरूमा राखिएको वस्तु वा सामान लिलाम बिक्री गर्दा लिलाम बिक्रीबाट प्राप्त हुने रकमको दश प्रतिशत वा गोदाम भाडा बापतको रकममध्ये जुन कमी हुन्छ सो रकम टर्मिनल व्यवस्थापन कम्पनीलाई फिर्ता गरिनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि “भन्सार अधिकृत” भन्नाले राजपत्राङ्कित श्रेणीको भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजकोे निमित्त भै काम गर्ने निजको मातहातको कर्मचारीलाई जनाउँछ ।

परिच्छेद–८ भन्सार एजेन्ट सम्बन्धी व्यवस्था

३७. भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाः (१) विभागले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशित भए पछि भन्सार एजेन्टको इजाजतपत्र लिन चाहने देहायको योग्यता पुगेको व्यक्तिले विभागले तोकेको दस्तुर संलग्न गरी विभाग वा भन्सार कार्यालयमा अनुसूची–५ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछः–
(क) २१ वर्ष उमेर पुगेको नेपाली नागरिक,
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत
तालिम लिएको,
(ग) नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको,
(घ) कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०६५ साल वैशाख १४ गतेसम्म कुनै भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई विगत दुई वर्षदेखि भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालयको प्रमुखले कार्यालयको अभिलेखको आधारमा सोे व्यहोरा प्रमाणित गरेमा त्यस्तो व्यक्तिलाई भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त दिन उपनियम (२) को खण्ड (ख) को योग्यता आवश्यक पर्ने छैन ।
(४) विभागले लिखित परीक्षा तथा अन्र्तवार्ताको माध्यमद्वारा दरखास्तवाला मध्येबाट भन्सार एजेन्टको इजाजतपत्र दिन उपयुक्त व्यक्तिहरूको छनोट गर्नेछ ।
(५) उपनियम (४) बमोजिम छनोट भएको व्यक्तिसँग भन्सार एजेण्टको इजाजतपत्र दस्तुर वापत सात हजार रूपैंयाँ र धरौटी वापत सात लाख रूपैंयाँ नगद वा सो रकम बराबरको बैङ्क जमानत लिई विभागमा दरखास्त दिनेको हकमा विभागले र भन्सार कार्यालयमा दरखास्त दिनेको हकमा सम्बन्धित भन्सार कार्यालयले अनुसूची–६ बमोजिमको ढाँचामा भन्सार एजेन्टको इजाजतपत्र दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम दिइएको भन्सार एजेन्टको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । यस्तोे इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुर वापत सात हजार रूपैंयाँ तिरी देहायका कागजात संलग्न गरी त्यस्तो इजाजतपत्र नवीकरण गराउनका लागि इजाजतपत्र दिने अधिकारी समक्ष निवेदन दिनु
पर्नेछः–
(क) कर चुक्ताको प्रमाणपत्र,
(ख) बैङ्क जमानत राखी भन्सार एजेण्टको इजाजतपत्र लिएको भए त्यस्तो इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद
भएको बैङ्क जमानत,
तर भन्सार एजेन्टको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले तीन आर्थिक वर्षको निमित्त एकैपटक नवीकरण गराउन चाहेमा तीन आर्थिक वर्षको नवीकरण दस्तुर एकमुष्ठ तिरेर नवीकरण गराउन सक्नेछ ।
(७) उपनियम (६) बमोजिमको म्यादभित्र भन्सार एजेण्टको इजाजतपत्र नवीकरण गराउन नसक्ने इजाजतपत्रवालाले म्याद समाप्त भएको मितिले एक वर्षभित्र सात हजार रूपैयाँ थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ । सो थप म्यादभित्रसमेत नवीकरण नगराउने भन्सार एजेन्टको इजाजतपत्र स्वतः रद्द हुनेछ ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार एजेण्टको इजाजतपत्र नवीकरण नगरेको अवधिमा भन्सार एजेन्टको हैसियतले कुनै काम गर्न पाइने छैन ।
(९) भन्सार एजेन्टको इजाजतपत्रवालाले सामान्यतया भन्सार कार्यालयमा आफै उपस्थित भई काम गर्नु पर्नेछ । कुनै कारणवश आफै उपस्थित भै काम गर्न नसक्ने भएमा उपनियम (२) बमोजिम योग्यता पुगेको बढीमा दुई जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रूपमा नियुक्ति गर्नका लागि निजले भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिन सक्नेछ ।
(१०) उपनियम (९) बमोजिम निवेदन प्राप्त भएमा भन्सार कार्यालयको प्रमुखले भन्सार एजेन्ट र निजले प्रतिनिधि नियुक्त गर्न खोजेको व्यक्तिलाई उपस्थित गराई आवश्यक जाँचबुझ गरी त्यस्तो प्रतिनिधि नियुक्ति गर्न भन्सार एजेन्टलाई अनुमति दिन सक्नेछ । यसरी अनुमति प्राप्त गरे पछि भन्सार एजेन्टले त्यस्तो प्रतिनिधिलाई कुनै एउटा भन्सार कार्यालयमा मात्र आफ्नो तर्फबाट कामकाज गर्न पाउने गरी भन्सार कार्यालय तोकी प्रतिनिधि नियुक्त गरी सो नियुक्तिपत्र भन्सार कार्यालयको प्रमुखबाट प्रमाणित गराउनु पर्नेछ ।
(११) ………………..
(१२) यस नियम बमोजिम भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भएको व्यक्तिले एउटा भन्सार कार्यालयमा मात्र भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गर्न पाउनेछ ।
(१३) उपनियम (१०) …….. बमोजिम नियुक्त भन्सार एजेन्टको प्रतिनिधिले गरेका भन्सार सम्बन्धी काम कारबाहीको सम्पूर्ण जिम्मेवारी निजलाई नियुक्त गर्ने भन्सार एजेन्टमा रहनेछ ।
(१४) ऐन तथा यस नियमावलीको विपरीत नहुने गरी भन्सार एजेन्टको स्तर, आचारसंहिता, परीक्षा सञ्चालन प्रक्रिया, पाठ्यक्रम र भन्सार एजेन्टसम्बन्धी अन्य कुराका सम्बन्धमा विभागले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
(१५) संवत् २०६४ साल वैशाख १४ गते अघि दिइएको भन्सार एजेन्टको इजाजतपत्र यसै नियमावली बमोजिम दिइएको मानिनेछ ।
(१६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०६४ साल वैशाख १४ गतेसम्म विगत दुई वर्षदेखि कुनै भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गरिरहेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालयको प्रमुखले कार्यालयको अभिलेखको आधारमा सोे व्यहोरा प्रमाणित गरेमा त्यस्तो व्यक्तिलाई उपनियम (१०) …….. बमोजिम प्रतिनिधि नियुक्त गर्न उपनियम (२) को खण्ड (ख) को योग्यता आवश्यक पर्ने छैन ।
३८. भन्सार एजेन्ट नियुक्त गर्न सक्नेः (१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा आफै उपस्थित भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्यहरू गर्न सक्नेछ ।
(२) निकासीकर्ता वा पैठारीकर्ता कुनै सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्था वा निकाय रहेछ भने त्यस्तो संस्था वा निकायको सञ्चालक समिति वा कार्यकारी प्रमुख वा प्रशासकीय प्रमुखले निर्णय गरी तोकेको सोहि संस्था वा निकायको बहालवाला कर्मचारीेले भन्सार कार्यालयमा उपस्थित भै मालवस्तु जाचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्न सक्नेछ ।

(३) निकासीकर्ता वा पैठारीकर्ता प्रचलित कानून बमोजिम दर्ता भएको कुनै फर्म, कम्पनी, संगठित संस्था वा निकाय रहेछ भने त्यस्तो फर्म, कम्पनी, संगठित संस्था वा निकायको सञ्चालक वा साझेदार वा कार्यकारी प्रमुख वा प्रशासकीय प्रमुख वा कार्यकारी प्रमुखले तोकेको सो फर्म, कम्पनी, संगठित संस्था वा निकायको अधिकृतस्तरको कर्मचारी कर्मचारीले भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्न सक्नेछ ।
(४) कुनै निकासीकर्ता वा पैठारीकर्ताले भन्सार एजेन्टमार्फत मालवस्तु जाँचपास गराउन वा भन्सार कार्यालयसँग सम्बन्धित कार्य गराउन चाहेमा भन्सार एजेन्टलाई अनुसूची–७ बमोजिमको ढाँचामा नियुिक्तपत्र दिई भन्सार एजेन्ट नियुक्त गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम भन्सार एजेन्ट नियुक्ति गरेकोमा निकासीकर्ता वा पैठारीकर्ताले त्यस्तो नियुक्तिपत्रका साथमा नवीकरण भएको भन्सार एजेन्टको इजाजतपत्र, एजेन्टको नियुक्तिपत्रमा दस्तखत गर्ने व्यक्ति आधिकारिक निकासीकर्ता वा पैठारीकर्ता भएको कुराको पुष्टि गर्ने प्रमाण, फर्म, कम्पनी, संगठित संस्था वा निकायको हकमा दर्ताको प्रमाणपत्र र स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत आफ्नो मालवस्तु निकासी वा पैठारी हुने भन्सार कार्यालयको प्रमुखलाई आफूले नियुक्त गरेको
भन्सार एजेन्टमार्फत उपलब्ध गराउनु पर्नेछ । यस्ता प्रमाणपत्रको आधिकारिकता जाँच गर्न आवश्यक देखिएमा भन्सार कार्यालयको प्रमुखले सक्कल प्रमाणपत्र माग गर्न सक्नेछ ।
तर,
(क) कुनै निकासीकर्ता वा पैठारीकर्ताले सोही भन्सार कार्यालयमा सोही भन्सार एजेन्टलाई पुनः नियुक्त गर्नु परेमा यस नियममा
उल्लिखित कागजातमध्ये नवीकरण गर्नु नपर्ने प्रकृतिका कागजात पुनः पेश गर्नु पर्ने छैन ।
(ख) निकासीकर्ता वा पैठारीकर्ता प्राकृतिक व्यक्ति भएमा निजले भन्सार एजेन्ट नियुक्तिपत्रका साथमा नवीकरण भएको भन्सार
एजेन्टको इजाजतपत्र, नागरिकताको प्रमाणपत्र र स्थायी लेखा नम्बरको प्रमाणपत्र लिने कर्तव्य भएको व्यक्ति भए सो
प्रमाणपत्रको प्रमाणित प्रतिलिपि मात्र उपलब्ध गराए पुग्नेछ ।
(६) उपनियम (५) बमोजिमको नियुक्तिपत्र र सो साथ संलग्न कागजात सम्बन्धित भन्सार एजेन्टले आफूलाई नियुक्त गर्ने निकासीकर्ता वा पैठारीकर्ताको मालवस्तु निकासी वा पैठारी हुने भन्सार कार्यालयको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम पेश हुन आएको भन्सार एजेन्टको नियुक्ति पत्र र सो साथ संलग्न कागजात जाँचबुझ गर्दा निकासीकर्ता वा पैठारीकर्ताले नियुक्ति गरेको भन्सार एजेन्टलाई भन्सार सम्बन्धी काम गर्न दिन हुने देखिएमा भन्सार कार्यालयको
प्रमुखले सो नियुक्तिपत्रमा भन्सार एजेन्टलाई आवश्यक विवरण भर्न लगाई दस्तखत गराई त्यस्तो नियुक्तिपत्र अभिलेख राखी प्रमाणित गरिदिनु पर्नेछ ।
(८) उपनियम (६) बमोजिम पेश हुन आएको भन्सार एजेन्टको नियुक्तिपत्र र सो साथ संलग्न कागजात जाँचबुझ गर्दा निकासीकर्ता वा पैठारीकर्ताले नियुक्त गरेको भन्सार एजेन्टलाई भन्सार सम्बन्धी काम गर्न दिन हुने नदेखिएमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो नियुक्तिपत्र रद्द गरी सोको लिखित जानकारी सोही भन्सार एजेन्टमार्फत सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई दिनु पर्नेछ ।
(९) यो नियमावली प्रारम्भ हुनुअघि नियुक्ति भएको भन्सार एजेन्टले यो नियमावली प्रारम्भ भएको मितिले तीस दिनभित्र उपनियम (५), (६) र (७) बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ । यस्तो प्रक्रिया पूरा नगरेमा निजले भन्सार एजेन्टको रूपमा काम गर्न पाउने छैन ।

३९. भन्सार एजेन्टलाई तालिम दिनेः भन्सार एजेन्टको इजाजतपत्र प्राप्त गरी भन्सार एजेन्टको रूपमा सेवा प्रारम्भ गरिनसकेका तथा इजाजतपत्र प्राप्त गरी भन्सार एजेन्टको रूपमा सेवा प्रदान गरिरहेका भन्सार एजेन्टहरूका लागि विभागले समय समयमा आफै
वा अन्य कुनै संस्था वा निकायमार्फत तालिम प्रदान गर्न सक्नेछ ।
४०……………….

परिच्छेद–९ मूल्याङ्कन पुनरावलोकन सम्बन्धी व्यवस्था

४१. मूल्याङ्कन पुनरावलोकनका लागि निवेदन दिन सक्नेः भन्सार अधिकृतले ऐनको दफा १३ बमोजिम गरेको निर्णय वा आदेशउपर चित्त नबुझ्ने व्यक्तिले पुनरावलोकनको लागि मूल्याङ्कन पुनरावलोकन समिति समक्ष अनुसूची–८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ । यसरी निवेदन दिएकोमा त्यस्तो निवेदनको प्रतिलिपि निवेदन दिएको सात दिनभित्र सम्बन्धित भन्सार कार्यालयमा समेत दिनु पर्नेछ ।
४२.  मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकारः
(१) मूल्याङ्कन पुनरावलोकन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) निवेदकले पेश गरेको प्रमाण बुझ्ने,
(ख) भन्सार अधिकृतले गरेको निर्णयलाई सदर गर्ने वा सो निर्णय बदर गरी तत्सम्बन्धमा भन्सार अधिकृतले गर्ने निर्णय आफै गर्ने,
(ग) निवेदकबाट थप प्रमाण वा कागजात दाखिला गराउने,
(घ) मालवस्तुको मूल्याङ्कनका लागि आवश्यक पर्ने सूचना संकलन गर्ने ।
(२) मूल्याङ्कन पुनरावलोकन समितिले गरेको निर्णयको जानकारी निर्णय भएका मितिले सात दिनभित्र निवेदक, विभाग र सम्बन्धित भन्सार कार्यालयलाई दिनु पर्नेछ ।
(३) मूल्याङ्कन पुनरावलोकन समितिले गरेको काम कारबाहीको मासिक प्रतिवेदन महिना भुक्तान भएको सात दिनभित्र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
४३. मूल्याङ्कन पुनरावलोकन समितिको कार्यविधिः (१) मूल्याङ्कन पुनरावलोकन समितिको अधिकार क्षेत्रको प्रयोग तीनै जना सदस्यले सामूहिक रूपमा गर्ने छन् र बहुमतको राय मूल्याङ्कन पुनरावलोकन समितिको निर्णय मानिनेछ ।
(२) मूल्याङ्कन पुनरावलोकन समितिले मूल्याङ्कन पुनरावलोकनका लागि परेको निवेदनमाथि अन्तिम निर्णय दिंदा अध्यक्ष सहित दुवै जना सदस्यको उपस्थिति आवश्यक पर्नेछ ।

४४. निवेदन किनारा लगाउनु पर्ने अवधिः मूल्याङ्कन पुनरावलोकन समितिले निवेदन दर्ता भएको मितिले नब्बे दिनभित्र त्यस्तो निवेदनको अन्तिम किनारा लगाउनु पर्नेछ ।

४५. मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिकः मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक अर्थ मन्त्रालयले तोके बमोजिम हुनेछ ।
४६. अर्थ मन्त्रालयले आवश्यक व्यवस्था गर्नेः मूल्याङ्कन पुनरावलोकन समितिको लागि कार्यालय, भौतिक सुविधा र कर्मचारीहरूको व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ ।

परिच्छेद–१० सुराकी र पुरस्कार सम्बन्धी व्यवस्था

४७. पुरस्कार सम्बन्धी व्यवस्थाः (१) कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गर्न लागेमा वा गरेमा त्यसरी चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराकी दिने वा पक्राउ गर्ने व्यक्तिलाई सो मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेको वा गर्न लागेको प्रमाणित हुन आएमा त्यस्तो मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट मुद्दाको अन्तिम किनारा भएपछि भन्सार महसुल माफी र मूल्य अभिवृद्धि कर छुट भएका माल वस्तुहरु बाहेक अन्य मालवस्तु भए देहाय बमोजिम पुरस्कार दिइनेछः–
(क) चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराकी दिनेलाई दश प्रतिशत,
(ख) चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मानिस सहित पक्री पेश गरेकोमा बीस प्रतिशत,

…………
(ग) चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्री पेश गर्नेलाई दश प्रतिशत ।
(२) यस नियमबमोजिम कुनै कर्मचारीलाई सुराकी वापतको पुरस्कार दिंदा भन्सार कार्यालयले भुक्तानी गरेको भरपाईका साथमा निजको परिचय पत्रको प्रतिलिपि अनिवार्य रूपमा राख्नु पर्नेछ । सुराकी वापतको पुरस्कार प्राप्त गर्ने व्यक्ति कर्मचारी नभई अन्य व्यक्ति भएमा भरपाइका साथमा निजको परिचय खुल्ने प्रमाणको प्रतिलिपि अनिवार्य रूपमा राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा यस नियमावलीबमोजिम पुरस्कारवापत पाउने रकम दामासाहीले दिइनेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली विपरीत प्राप्त हुन आएको सुराकीलाई पुरस्कार दिइने छैन ।
स्पष्टीकरणः यस नियमको प्रयोजनका लागि “मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकम” भन्नाले मालवस्तु लिलाम बिक्री गर्दा लिलामी मूल्यमा प्रचलित कानून बमोजिम जोडिने अन्य कर शुल्क आदि समावेश नभएको मालवस्तुको लिलामी मूल्य वा बिक्री मूल्य वापतको रकमलाई जनाउँछ ।

(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुन, चाँदी वा जवाहिरात सम्बन्धी मुद्दामा सुराकी दिने र त्यस्तो मालवस्तु मानिस सहित वा मानिस बाहेक पक्री पेश गर्ने व्यक्तिलाई पुरस्कार दिंदा त्यस्तो मालवस्तु लिलाम वा विक्रीबाट प्राप्त भएको रकमको दश प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सोही रकम पुरस्कार दिइनेछ ।

४८. सुराकी प्रतिवेदन वा सूचनासम्बन्धी व्यवस्थाः (१) चोरी निकासी वा चोरी पैठारीको सुराकी सम्बन्धी प्रतिवेदन वा सूचना मालवस्तु पक्राउ पर्नुअगावै प्राप्त भएको हुनु पर्नेछ । मालवस्तु पक्राउ भैसकेपछि प्राप्त हुने सुराकी प्रतिवेदन वा सूचनालाई मान्यता दिइने छैन ।
(२) सुराकी प्रतिवेदन वा सूचना सम्बन्धित भन्सार कार्यालयको प्रमुख वा महानिर्देशकलाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सुराकी प्रतिवेदन वा सूचना प्राप्त हुन आएमा महानिर्देशकले तत्काल सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई मौखिक वा लिखित रूपमा जानकारी दिनु पर्नेछ । भन्सार कार्यालयको प्रमुखले आफूले प्राप्त गरेको वा महानिर्देशकमार्फत प्राप्त गरेको सुराकीको प्रतिवेदन वा सूचना गोप्य रुपमा दर्ता गरी राख्नु पर्नेछ ।

(४) …………….
(५) मालवस्तु पक्राउ पर्नुअगावै एउटै विषयमा दुई वा दुईभन्दा बढी सुराकी प्रतिवेदन वा सूचना प्राप्त भएमा पहिले प्राप्त भएको प्रतिवेदन वा सूचनालाई मान्यता दिई त्यसपछि प्राप्त सूचनालाई भन्सार कार्यालयको प्रमुखले कैफियत जनाई राखिदिनु पर्नेछ ।

(६) सुराकी दिने व्यक्तिले आÇनो वास्तविक नाम नदिई कुनै काल्पनिक नामबाट पनि सुराकी दिन सक्नेछ । त्यस्तो काल्पनिक नामबाट सुराकी दिएको अवस्थामा त्यस्तो सुराकीको वास्तविक नाम एवं निजको स्पष्ट पहिचान हुने प्रमाणहरू (नागरिकताको प्रमाणपत्र वा परिचय पत्र वा राहदानी) को प्रतिलिपि सुराकीले भन्सार कार्यालयको प्रमुखलाई तुरुन्तै उपलब्ध गराउनु पर्नेछ । भन्सार कार्यालयको प्रमुखले त्यस्तो विवरण प्रमाणित गरी गोप्य राख्नु पर्नेछ ।

४९. सुराकी दिंदा खुलाउनु पर्ने विवरणः (१) हवाइ जहाजबाट हुने चोरी निकासी वा चोरी पैठारीको सुराकी दिंदा हवाइ जहाजको उडान नं. तथा चोरी निकासी वा चोरी पैठारी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा राहदानी नम्बर वा हुुलिया र चोरी पैठारी वा चोरी निकासी हुन लागेको मालवस्तुको नाम एवं लुकाई छिपाई ल्याउने वा लैजाने तरिका समेत खुलाउनु पर्नेछ ।

(२) स्थलमार्गबाट हुने चोरी निकासी वा चोरी पैठारीको सम्बन्धमा चोरी पैठारी हुन लागेको मालवस्तुको नाम, चोरी पैठारी हुन लागेको स्थान र समय, सवारी साधनका किसिम र नम्बर, लुकाई छिपाई ल्याउने वा लैजाने तरिका एवं चोरी पैठारी वा चोरी निकसी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा हुलिया समेत खुलाउनु पर्नेछ ।

परिच्छेद–११ बिलम्व शुल्क (डेमरेज) सम्बन्धी व्यवस्था

५०. बिलम्व शुल्क (डेमरेज) सम्बन्धी व्यवस्थाः (१) भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा मालवस्तु दाखिला भएका मितिले सात दिनसम्म बिलम्व शुल्क (डेमरेज) लाग्नेछैन ।

(२) उपनियम (१) मा तोकिएको अवधिभित्र मालवस्तु जाँचपास गराई नलगेमा आठौं दिनदेखि मालवस्तुको भन्सार मूल्यभन्दा बढी नहुने गरी अनुसूची– ९ बमोजिमको दरले बिलम्वशुल्क (डेमरेज) लाग्नेछ ।

५१. बिलम्व शुल्क (डेमरेज) मिनाहा दिने सम्बन्धी कार्यविधिः (१) नियम ५० बमोजिम लागेको बिलम्व शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएको कारणले मिनाहा पाउनु पर्ने भनी मालवस्तु धनीले स्पष्ट कारण खोली आफूसँग भएका आधार
प्रमाणसमेत संलग्न गरी भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँचबुझ गरी आंशिक वा पूर्णरूपमा मिनाहा दिनु पर्ने देखिएमा मिनाहा दिनु पर्ने स्पष्ट कारण खोली लिखित निर्णय गरी उपनियम (३) र (६) का अधीनमा रही मिनाहा दिन सक्नेछ ।

(३) यस नियमबमोजिम बिलम्व शुल्क (डेमरेज) मिनाहा दिंदा देहायको अधिकारीले देहायबमोजिमको रकमसम्म मिनाहा गर्न सक्नेछः–
(क) राजपत्र अनङ्कित कर्मचारी कार्यालय प्रमुख हुने भन्सार कार्यालयको प्रमुखले पच्चीस हजार रूपैयाँसम्म,
(ख) राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुख हुने भन्सार कार्यालयको प्रमुखले एक लाख रूपैयाँसम्म,
(ग) राजपत्राङ्कित प्रथम वा द्वितीय श्रेणीको कार्यालय प्रमुख हुने भन्सार कार्यालयको प्रमुखले तीन लाख रूपैयाँसम्म ।

(४) उपनियम (३) बमोजिम भन्सार कार्यालयको प्रमुखले आफैले मिनाहा दिनसक्ने हदभन्दा बढी रकम मिनाहा दिनु पर्ने अवस्था देखिएमा भन्सार कार्यालयको प्रमुखले मिनाहा दिने सम्बन्धमा आफ्नो स्पष्ट राय उल्लेख गरी उपनियम (१) बमोजिमको निवेदनसमेतका कागजात संलग्न गरी महानिर्देशकसमक्ष पठाउनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम आफू समक्ष प्राप्त हुन आएका कागजात उपर जाँचबुझ गर्दा मिनाहा दिनु पर्ने देखिएमा महानिर्देशकले सम्बन्धित कार्यालय प्रमुखलाई त्यस्तो रकम पूर्ण वा आंशिक रूपमा मिनाहा दिन स्वीकृति दिन सक्नेछ ।

(६) उपनियम (४) बमोजिम महानिर्देशकको स्वीकृति प्राप्त भएपछि सम्बन्धित कार्यालय प्रमुखले स्वीकृति प्राप्त भएबमोजिमको रकम मिनाहा दिन सक्नेछ ।

परिच्छेद–१२ सूचना तथा म्याद जारी गर्ने सम्बन्धी व्यवस्था

५२. म्याद जारी गर्ने कार्यविधिः (१) ऐन अन्तर्गतको कसूरको सिलसिलामा भन्सार अधिकृत वा निजले अधिकार प्रदान गरेको भन्सार कार्यालयको अन्य अधिकृतले सम्बन्धित व्यक्तिका नाममा ऐनको दफा ८१ को उपदफा (१) बमोजिम शुरु म्याद जारी गर्दा बाटोको म्याद बाहेक पन्ध्र दिनको अवधि तोकी अनुसूची–१० बमोजिमको ढाचामा जारी गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्दा सम्बन्धित व्यक्ति वा निजका एकाघर परिवारका उमेर पुगेका कुनै सदस्यलाई बुझाई तामेल गर्नु पर्नेछ । सम्बन्धित व्यक्ति वा निजको एकाघर परिवारको उमेर पुगेको कुनै सदस्य फेला नपरेमा वा फेला परे पनि म्याद बुझिलिन इन्कार गरेमा सोही व्यहोरा जनाई स्थानीय दुईजना व्यक्तिलाई रोहवरमा राखी सम्बन्धित व्यक्तिको घर वा डेराको ढोकामा म्याद टाँस गरिदिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्न जाने कर्मचारीले सम्बन्धित व्यक्तिको घर डेरा पत्ता नलागेमा सोही व्यहोरा जनाई सम्बन्धित स्थानीय निकायको कुनै सदस्य वा प्रतिनिधि वा कुनै दुईजना स्थानीय व्यक्तिलाई रोहवरमा राखी त्यस्तो म्याद गाउ विकास समितिको हकमा सम्बन्धित गाउँ विकास समितिको कार्यालयमा र नगरपालिकाको हकमा सम्बन्धित व्यक्तिको घर वा डेरा भएको वडाको वडा कार्यालयमा र त्यस्तो वडा कार्यालय नभएको अवस्थामा सार्वजनिक स्थानमा टाँस गर्नु पर्नेछ र सो बमोजिम म्याद टाँस भएपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।

(४) कुनै फर्म, कम्पनी वा संगठित संस्थाको नाममा जारी भएको म्याद तामेल गर्दा त्यतो फर्म, कम्पनी वा संगठित संस्थाको सञ्चालक वा व्यवस्थापक वा त्यस्तो संस्थाको प्रमुख व्यक्ति वा त्यस्तो संगठित संस्थाको अधिकारप्राप्त अधिकारीलाई म्याद बुझाइदिनु पर्नेछ । त्यस्तो व्यक्ति फेला नपरेमा वा फेला परे पनि म्याद बुझिलिन इन्कार गरेमा सोही व्यहोरा जनाई स्थानीय दुईजना व्यक्तिलाई रोहवरमा राखी त्यस्तो संगठित संस्थाको कार्यालयको ढोकामा म्याद टास गरिदिनु पर्नेछ र यसरी टा“स भएपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको नाममा जारी भएको म्याद तामेल गर्दा त्यस्तो व्यक्तिकोे ठेगानामा हुलाकमार्फत रजिष्ट्रि गरी पठाएमा वा त्यस्तो व्यक्तिकोे टेलीफ्याक्समा वा विद्युतीय ठेगानामा पठाएमा त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।

(६) उपनियम (२), (३) वा (४) बमोजिम म्याद तामेल गर्न जाने कर्मचारीले बाटोको म्यादबाहेक तीन दिनभित्र म्याद तामेल गर्नु पर्नेछ ।

(७) उपनियम (२), (३), (४) वा (५) बमोजिम म्याद तामेल हुन नसकेको प्रतिवेदन पर्न आएमा सो म्याद रेडियो, टेलिभिजन, विभाग वा सम्बन्धित भन्सार कार्यालयको वेवसाइट जस्ता विद्युतीय सञ्चार माध्यममा प्रशारण वा प्रकाशन वा राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकामा प्रकाशन गरेर म्याद तामेल गर्न सकिनेछ । त्यसरी सूचना प्रशारण वा प्रकाशन भएको अवस्थामा त्यस्तो सूचना प्रकाशन भएका मितिले पाँचौं दिनपछि सम्बन्धित व्यक्तिको नाममा यस नियमावली बमोजिम रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।

(८) उपनियम (७) बमोजिम म्याद तामेल गर्दा लागेको खर्च भन्सार कार्यालयले सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गरि लिनेछ ।

५३. सूचना जारी गर्ने कार्यविधिः ऐनको दफा ८२ बमोजिम भन्सार कार्यालयको काम कारबाहीस“ग सरोकार भएको वा हुनसक्ने व्यक्तिका नाममा सूचना जारी गर्दा बाटाको म्यादबाहेक पन्ध्र दिनको म्याद दिई नियम ५२ को उपनियम (२), (३), (४), (५), (६) र (७) बमोजिम जारी गर्नु पर्नेछ ।
तर यस नियम बमोजिम जारी भएको सूचनाका सम्बन्धमा नियम ५२ को उपनियम (८) लागू हुने छैन ।

५३क. हक दावीको सूचना प्रकाशन गर्नु पर्नेः (१) ऐनको दफा ४६ बमोजिम दाखिला भएको मालवस्तुको धनी पत्ता नलागेको अवस्थामा त्यस्तो मालवस्तु जफत गर्नुअघि भन्सार अधिकृतले त्यस्तो मालवस्तुमा कसैको हक लाग्ने भए आफ्नो दावी प्रस्तुत गर्न बाटाको म्यादबाहेक  पन्ध्र दिनभित्र प्रमाण सहित उपस्थित हुन सम्बन्धित भन्सार कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा समेत टाँस गर्न पठाउनु पर्नेछ ।

परिच्छेद–१३ विविध

५४. मूल्याङ्कन समितिको व्यवस्थाः (१) भन्सार कार्यालयमा दाखिला भएका सवारी तथा ढुवानीका साधन, यस नियमावली बमोजिम लिलाम बिक्री गर्नु पर्ने मालवस्तु तथा ऐनको दफा ७१ को उपदफा (३) बमोजिमको मालवस्तुको मूल्याङ्कन गर्ने प्रयोजनका निमित्त
देहाय बमोजिमको एक मूल्याङ्कन समिति रहनेछः–
(क) भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्ति –संयोजक
(ख) सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि – सदस्य
(ग) सम्बन्धित उद्योग वाणिज्य संघको प्रतिनिधि – सदस्य
(घ) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि –सदस्य
(ङ) सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक –सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले मालवस्तुको मूल्य कायम गर्दा मालवस्तुको भौतिक अवस्था, स्थानीय माग, उपयोगिता, प्रयोग गर्न सकिने अवधि, ह्रासकट्टी, अवशेष मूल्य र बजार मूल्यसमेत विचार गर्नु पर्नेछ । ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिद गरिएको मालवस्तुको मूल्य कायम गर्दा सो मालवस्तु खरिद गर्दा भुक्तानी गरिएको मूल्य, सो मालवस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल र सो मालवस्तुको बजार मूल्य समेत विचार गरी मूल्य कायम गर्नु पर्नेछ ।

(२क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार कार्यालयमा दाखिला भएको यस नियम बमोजिम लिलाम बिक्री गर्नुपर्ने सवारी र ढुवानीका साधन बाहेक पचास हजार रुपैयाँको मूल्यसम्मका मालवस्तुहरु लिलाम बिक्री गर्ने प्रयोजनको निमित्त उपनियम (२) बमोजिमको मूल्य कायम गर्ने शर्तहरुको अधिनमा रही भन्सार अधिकृतले सिधै मूल्य कायम गर्न सक्नेछ । भन्सार कार्यालयमा लिलाम प्रयोजनका निमित्त मालवस्तु दाखिला हुँदा उल्लेख भएको प्रतिवेदन मूल्य अस्वभाविक रुपमा बढी भएको भन्सार अधिकृतलाई लागेमा उपनियम (१) बमोजिमको मूल्याङ्कन समितिबाट शुरुको अवस्थामा नै मूल्य कायम गरी सो मालवस्तुको लिलाम विक्री गरिनेछ ।
(३) उपनियम (१) बमोजिमको मूल्याङ्कन समितिले आवश्यक ठानेमा अन्य व्यक्तिलाई समेत समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठकमा संयोजक र अन्य दुई जना सदस्यको उपस्थिति भएमा गणपूरक संख्या पुगेको मानिने छ र बहुमतको निर्णय मान्य हुनेछ ।
(५) यस नियम बमोजिम समितिको बैठकमा सहभागी हुने व्यक्तिलाई अर्थ मन्त्रालयले तोके बमोजिम बैठक भत्ता उपलब्ध गराइनेछ ।

५५. धरौटी रकम फिर्ता दिने प्रक्रियाः (१) ऐन तथा यस नियमावली बमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनका लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनु पर्ने कारण र फिर्ता पाउनु पर्ने रकमसमेत
उल्लेख गरी भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदनका साथमा भन्सार कार्यालयमा धरौटी राखेको निस्सा र धरौटी फिर्ता हुनु पर्ने कुनै आधार प्रमाण भए सो समेत संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले सात दिनभित्र निवेदकको माग बमोजिम धरौटी रकम फिर्ता दिनु पर्ने हो होइन भन्ने निर्णय गरी धरौटी फिर्ता दिनु पर्ने देखिएमा निर्णय भएका मितिले तीन दिनभित्र फिर्ता दिनु पर्नेछ । यदि धरौटी रकम फिर्ता दिनु पर्ने नभएमा निवेदकलाई कारण सहितको लिखित जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको म्यादभित्र फिर्ताको लागि निवेदन नपरेका धरौटी रकमको फेहरिस्त तयार गरी भन्सार अधिकृतले निर्णय गरेर पछि प्रमाण पुर्‍याई फिर्ता माग्न आएमा फिर्ता दिने गरी प्रत्येक आर्थिक वर्षको अन्त्यमा त्यस्तो धरौटी रकम राजस्व खातामा जम्मा गर्नु पर्नेछ ।

५६. मालवस्तुुको क्षतिपूर्तिः (१) ऐनको दफा ६९ बमोजिमको क्षतिपूर्ति माग गर्ने मालवस्तुधनीले त्यस्तो क्षतिपूर्ति प्राप्त गर्नका लागि भन्सार कार्यालय वा गोदाम सञ्चालन गर्ने व्यक्ति समक्ष आफूले क्षतिपूर्ति पाउनु पर्ने स्पष्ट कारण खुलाई आधार प्रमाण समेत संलग्न गरी निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गरी क्षतिपूर्ति दिनु पर्ने देखिएमा लिखित निर्णय गरी जुन मालवस्तुका सम्बन्धमा क्षतिपूर्ति माग गरिएको हो सो मालवस्तुको बीजकमा उल्लिखित मूल्यमा पाच प्रतिशत थप गरी हुन आउने रकम क्षतिपूर्ति स्वरूप मालवस्तु धनीलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) पैठारी गर्ने उद्देश्यले अन्य व्यक्तिबाट सञ्चालित भन्सार गोदाममा राखिएका मालवस्तुका सम्बन्धमा उपनियम (२) बमोजिम गोदाम सञ्चालन गर्ने व्यक्तिले क्षतिपूर्ति उपलब्ध गराएको अवस्थामा त्यस्तो मालवस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल बराबरको रकम गोदाम सञ्चालकले उपनियम (२) बमोजिम क्षतिपूर्ति उपलब्ध गराएका मितिले सात दिनभित्र सम्बन्धित भन्सार कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
५७. जरिवाना वा छुट रकम असुल गर्ने सम्बन्धी कार्यविधिः (१) भन्सार कार्यालयमा निकासीकर्ता वा पैठारीकर्ताले तिर्नु वुझाउनु पर्ने महसुल गणितीय भूलबाट वा वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षक फरक परेर वा अन्य कुनै कारणले छुट भएको पछि देखिएमा वा निजले बुझाउनु पर्ने कुनै जरिवानाको रकम बुझाउन बाकी भएमा भन्सार अधिकृतले त्यस्तो जानकारी पाएपछि जरिवाना वा छुट भएको महसुल दाखिला गर्न सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टलाई अविलम्ब लिखित सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गर्ने व्यक्तिले यस्तो सूचना पाएको पन्ध्र दिनभित्र त्यस्तो रकम भन्सार कार्यालयमा बुझाउनु पर्नेछ । त्यस्तो रकम तिर्न बुझाउन नपर्ने वा पहिले नै बुझाइसकेको भए सोही व्यहोराको जानकारी र सोको वस्तुगत आधार प्रमाण समेत सूचना पाएको पन्ध्र दिनभित्र भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम रकम तिर्न बुझाउन नपर्ने वा पहिले नै बुझाइसकेको जानकारी प्रमाण सहित प्राप्त भएमा भन्सार अधिकृतले जाँचबुझ गरी व्यहोरा सत्य भएमा त्यस्तो रकम तिर्न नपर्ने जानकारी निवेदकलाई गराउने छ र निवेदकको व्यहोरा र प्राप्त प्रमाण मनासिव नभएमा उक्त रकम दाखिला गर्न पुनः सात दिनको म्याद दिई सूचना गर्नु पर्नेछ । यस्तो सूचना पाएपछि सम्बन्धित व्यक्तिले म्यादभित्र त्यस्तो रकम दाखिला गर्नु पर्नेछ । यसरी छुट भएको महसुल म्यादभित्र नबुझाउने व्यक्तिको जुनसुकै भन्सार कार्यालयबाट हुने कारोवार रोक्का गर्न वा जुनसुकै सरकारी कार्यालयमा रहेको निजको सम्पत्तिबाट असुलउपर गर्न सकिनेछ ।

(४) जरिवाना वा छुट महसुल बुझाउन यस नियम बमोजिम सम्बन्धित भन्सार एजेन्टलाई सूचना गरेकोमा निजले सो सूचना तुरुन्तै सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई उपलब्ध गराई निर्धारित म्यादभित्र त्यस्तो महसुल रकम दाखिला गर्नु गराउनु र त्यस्तो जरिवाना वा छुट महसुल असुल गर्ने प्रयोजनका लागि आवश्यक परेमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई भन्सार कार्यालयमा उपस्थित गराउन सहयोग गर्नु सो भन्सार एजेन्टको कर्तव्य हुनेछ ।
(५) उपनियम (३) बमोजिम जरिवाना वा छुट महसुल असुल हुन नसकेमा त्यस्तो बाकी रकम सरकारी बाकी सरह असुल उपर गरिनेछ ।
(६) कुनै निकासीकर्ता वा पैठारीकर्ताबाट छुट महसुल असुल गर्न बाकी रहेकोमा यस नियम बमोजिम म्यादभित्र दाखिल नगरेको तथ्य जानकारी हुदाहुंदै भन्सार कार्यालयको प्रमुखको आदेश बिना निजको मालवस्तु जा“चपास गर्ने भन्सार कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय सजाय हुनेछ ।
५८. बढी असुली भएको भन्सार महसुल वा जरिवाना फिर्ता दिइनेः (१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानून बमोजिम तिर्नु बुझाउनु पर्नेभन्दा बढी भन्सार महसुल वा जरिवाना असुल भएको रहेछ भने त्यसरी बढी असुल भएको रकम फिर्ता पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले आवश्यक जाचबुझ गरी फिर्ता दिनु पर्ने ठहर्‍याए जति रकम फिर्ता दिनु पर्ने स्पष्ट कारण खोली लिखित निर्णय गरी त्यसरी बढी असुल भएको रकम सम्बन्धित व्यक्तिलाई निवेदन प्राप्त भएका मितिले पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम रकम फिर्ता दिएकोमा फिर्ता दिनुको कारण सहित सोको जानकारी तुरुन्त महानिर्देशकलाई दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाचबुझ गर्दा निवेदकको माग बमोजिमको रकम निजलाई फिर्ता दिनु पर्ने नदेखिएमा निवेदकलाई निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र सोको लिखित जानकारी दिनु पर्नेछ ।

५९. सरोकारवाला व्यक्तिलाई कागजातको प्रतिलिपि दिने सम्बन्धी कार्यविधिः (१) भन्सार कार्यालयमा भएका कुनै कागजातको सरोकारवाला व्यक्तिले भन्सार अधिकृत समक्ष निवेदन दिई प्रतिलिपि माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा आफूले माग गरेको कागजातको स्पष्ट पहिचान हुने विवरण र सो कागजात कुन प्रयोजनका लागि आवश्यक परेको हो र आफू कसरी सरोकारवाला व्यक्ति हो भन्ने आधार समेत निवेदकले खुलाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त हुन आएपछि भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा निवेदन आफू समक्ष प्राप्त भएको तीन दिनभित्र त्यस्तो कागजातको प्रतिलिपि तयार गर्न लगाइ उपनियम (४) बमोजिम दस्तुर लिई निवेदकलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम कागजातको प्रतिलिपि दिंदा एक पृष्ठको पाच रूपैया दस्तुर लाग्नेछ । यस्तो रकम भन्सार अधिकृतले सम्बन्धित व्यक्तिबाट असुल गरी राजस्व खातामा आम्दानी बाध्न वा सो रकम बरावरको हुलाक टिकट टास्न लगाइ सोमा भन्सार
कार्यालयको छाप लगाइदिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम दस्तुर लिंदा नगद असुल गरी आम्दानी बाधेको वा टिकट रद्द गरेको व्यहोरा निवेदकलाई उपलब्ध गराउने कागजातमा उल्लेख गर्नु पर्नेछ ।

६०. पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिने सम्बन्धी कार्यविधिः (१) विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्ने व्यक्तिले त्यसरी पैठारी गरेको प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा पैठारी गरेको प्रमाणसमेत संलग्न
गरी दरखास्त दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाचबुझ गरी त्यस्तो मालवस्तु पैठारी भएको पाइएमा अनुसूची–११ बमोजिमको ढाचामा निवेदकलाई प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रमाणपत्र दिंदा प्रति प्रमाणपत्रको पाच रूपैया दस्तुर लाग्नेछ । यस्तो रकम भन्सार अधिकृतले सम्बन्धित व्यक्तिबाट असुल गरी राजस्व खातामा आम्दानी बांध्न वा सो रकम बरावरको हुलाक टिकट टास्न लगाइ सोमा भन्सार कार्यालयको छाप लगाइदिन सक्नेछ ।
(४) यस नियम बमोजिम प्रमाणपत्र माग गर्ने व्यक्तिले जुन मालवस्तुका लागि प्रमाणपत्र माग गरेको हो सो मालवस्तु पैठारी भएका मितिले पन्ध्र दिनभित्र दरखास्त नदिएमा त्यस्तो प्रमाणपत्र दिइने छैन । एउटै बीजकबाट पैठारी हुने मालवस्तु एकै पटक पैठारी नभई पटक पटक गरी पैठारी भएकोमा अन्तिम पटक पैठारी भएको मितिलाई नै पैठारी भएको मिति मानिनेछ ।

६०क.निजी प्रयोगका वा निजी गुण्टा, झिटी भारी आदेश अन्तर्गत ल्याउन पाउने मालवस्तुका सम्बन्धमा विशेष व्यवस्थाः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्ताले आफ्नो निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा कुनै यात्रुले आप्नो निजी गुण्टा, झिटी भारी आदेश अन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा अनुसूची–१०क. बमोजिमको ढाँचामा संक्षिप्त प्रज्ञापनपत्र भरी त्यस्तो मालवस्तु ल्याउन पाउनेछ ।
६१. ……………….
६२. छोटी भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न सकिनेः (१) छोटी भन्सार कार्यालयबाट देहाय बमोजिमका मालवस्तु निकासी वा पैठारी गर्न सकिनेछः–
(क) पैठारीतर्फ अनुसूची–१२ मा उल्लिखित छोटी भन्सार कार्यालयबाहेक अन्य छोटी भन्सार कार्यालयको हकमा पाच हजार रूपैयासम्म मूल्यका मालवस्तु,

तर महानिर्देशककोे स्वीकृति लिई पैठारी गर्नेबाहेक कुनै पनि प्रकारका यन्त्रचालित सवारी साधनको स्थायी वा अस्थायी रूपमा पैठारी गर्न पाइने छैन ।
(ख) निकासीतर्फ अप्रशोधित कृषि उत्पादन तथा नेपालका स्थानीय प्राकृतिक उत्पादन ।
(२) यस नियम बमोजिम मालवस्तु निकासी वा पैठारी गर्दा सीमावर्ती विदेशी मुलुक बाहेक अन्य विदेशी मुलुकमा निकासी गर्न वा सीमावर्ती विदेशी मुलुकबाहेक अन्य विदेशी मुलुकबाट पैठारी गर्न सकिने छैन ।
(३) छोटी भन्सार कार्यालयबाट हुने निकासी वा पैठारीलाई व्यवस्थित गर्न महानिर्देशकले कार्यविधि वनाई लागू गर्न सक्नेछ ।

६३. निजी क्षेत्रले भन्सार गोदाम सञ्चालन गर्न सक्नेः (१) नेपाल सरकारको स्वीकृति लिई कुनै व्यक्तिले निकासी वा पैठारी गरिने मालवस्तु राख्नको लागि भन्सार कार्यालयमा भन्सार गोदाम बनाई सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गोदाम सञ्चालन गर्ने व्यक्तिले त्यस्तो गोदाममा मालवस्तु राख्ने मालवस्तुधनीबाट नेपाल सरकारको पूर्वस्वीकृति लिई निर्धारण गरिए बमोजिम भाडा असुल गर्न सक्नेछन् ।

६४. निजी क्षेत्रले सञ्चालन गरेको भन्सार गोदाम सञ्चालकको दायित्वः भन्सार कार्यालय बाहेक अन्य व्यक्तिले सञ्चालन गरेको भन्सार गोदामको सञ्चालकको दायित्व देहायबमोजिम हुनेछः–
(क) गोदाममा रहेको मालवस्तुको सुरक्षाको व्यवस्था गर्ने,
(ख) गोदाममा रहेको मालवस्तुको विवरण खुलाई अद्यावधिक अभिलेख राख्ने,
(ग) भन्सार कार्यालयले भन्सार गोदाममा नराख्न भनी आदेश दिएका मालवस्तु नराख्ने,
(घ) भन्सार कार्यालयको पूर्व स्वीकृति बिना गोदामबाट मालवस्तु नझिक्ने,
(ङ) भन्सार जाचपासका लागि एकपटक गोदामबाट झिकिसकेका मालवस्तु भन्सार अधिकृतको स्वीकृति नलिई पुनः गोदाममा नराख्ने,
(च) भन्सार कार्यालयको आदेशबिना गोदाममा रहेको वा रहन आउने मालवस्तु नखोल्ने वा खोल्न नपाउने व्यवस्था गर्ने,
(छ) गोदाममा रहेका मालवस्तु हराए वा नासिए वा कुनै प्रकारले नोक्सानी भएमा भन्सार कार्यालयलाई जानकारी दिने,
(ज) गोदाममा साठी दिनभन्दा बढी अवधि मालवस्तु रहेकोमा त्यस्तो अवधि समाप्त हुनासाथै सोको जानकारी भन्सार कार्यालयलाई दिने,
(झ) भन्सार अधिकृतले चाहेको जुनसुकै बखत गोदामको निरीक्षण गर्न दिने र निजले मागेको जानकारी तथा विवरण तत्कालै उपलब्ध गराउने,
(ञ) गोदाममा रहेका मालवस्तुको विवरण दैनिक रूपमा भन्सार कार्यालयलाई उपलब्ध गराउने,
(ट) गोदाममा मालवस्तु राख्दा मालवस्तुधनीको स्पष्ट नाम, ठेगाना र भएमा टेलीफोन नम्बर र इमेल ठेगानासमेतको अभिलेख राख्ने ।

६५. हुलाकमार्फत पैठारी भएको मालवस्तु भन्सार कार्यालयमा दाखिला गर्नु पर्नेः (१) हुलाकमार्फत कसैको नाममा पुलिन्दाबाट कुनै मालवस्तु आएमा सम्बन्धित हुलाक कार्यालयले पुलिन्दा पाउने व्यक्तिलाई सो कुराको सूचना दिई सो पुलिन्दा नजिकको स्थानीय भन्सार कार्यालयको भन्सार अधिकृत समक्ष पठाउनु पर्नेछ ।
(२) कसैले नेपालको हुलाकबाट विदेशमा पुलिन्दाद्वारा मालवस्तु निकासी गर्न चाहेमा नजिकको स्थानीय भन्सार कार्यालयको भन्सार अधिकृतबाट जाँचपास गराएको प्रज्ञापनपत्रसाथ ल्याएमा मात्र हुलाकले त्यस्ता पुलिन्दा वुझी चलान गर्नु पर्नेछ ।

६६. भन्सार कार्यालय खोल्ने र बन्द गर्नेः (१) भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र वन्द गर्ने समय तोकी सर्वसाधारणका जानकारीका लागि भन्सार कार्यालयको सूचना पाटीमा सूचना टासी दिनु पर्नेछ ।
(२) सेवाग्राहीको सुविधा वा कार्यालयको कार्यबोझका आधारमा कार्यालयको नियमित समयभन्दा अघि वा पछि वा सार्वजनिक विदाका दिनमा वा कार्यालय बन्द रहेको समयमा समेत कामकाज गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।

(३) सेवाग्राहीलाई सुविधा प्रदान गर्न वा निकासी वा पैठारी सम्बन्धी कार्यमा सरलता ल्याउन स्थानीय रूपमा आवश्यक देखिएमा भन्सार कार्यालयको प्रमुखले महानिर्देशकको पूर्व स्वीकृति लिई सार्वजनिक विदा नभएको दिनमा कार्यालय बन्द गर्ने वा सार्वजनिक विदाका दिनमा कार्यालय खोल्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम कार्यालय बन्द वा खोल्ने व्यवस्था गरिएकोमा भन्सार कार्यालयको प्रमुखले सोको सूचना राष्ट्रियस्तरको दैनिक पत्र पत्रिकामा प्रकाशन गरी भन्सार कार्यालयमा समेत टाँस गर्नु पर्नेछ ।

(५) रेल सेवा उपलव्ध सुख्खा बन्दरगाहमा रहेका भन्सार कार्यालयमा टर्मिनल व्यवस्थापन कम्पनीबाट अनुरोध भै आएमा रेल रोकी रहने अवस्थाबाट लाग्ने विलम्व शुल्क (डेमरेज) बाट व्यापारमा अतिरिक्त भार नपार्ने गरी कार्यालय समय अगाडी पछाडी समेत काम गर्ने र रेल छुटाउने प्रवन्ध मिलाउनु पर्नेछ ।

६६क. आंशिक जाँचपास गर्नेः (१) पैठारीकर्ताले भन्सार गोदामा राखिएका एउटै बीजकमा उल्लेख भएका मालवस्तु एकै पटक जाँचपास नगराई आंशिक रुपमा जाँचपास गराई लैजान चाहेमा भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा भन्सार अधिकृतले त्यसरी आंशिक रुपमा जाँचपास गर्न नमिल्ने कुनै कारण भएमा बाहेक जाँचपास गराउन चाहेको मालसामानको परिमाणको महसुल लिई आंशिक रुपमा मालवस्तु जाँचपास गरिदिनु पर्नेछ ।
(३) एउटै बीजकमा उल्लेख गरी पैठारी हुन आएका मालवस्तु मध्ये कुनै मालवस्तु प्रयोगशालामा परीक्षण गर्दा पैठारी गर्न नपाउने देखिएमा त्यस्तो मालवस्तु बाहेक अन्य मालवस्तुको मात्र महसुल लिई भन्सार अधिकृतले जाँचपास गरिदिनु पर्नेछ ।

६६ख.भूलवश गलत ठेगाना आएका सामान (मिसिङ्ग कार्गो) फिर्ता माग गर्न सक्नेः हवाई मार्गबाट भूलवश गलत ठेगानामा आएको सामानलाई मालधनी वा अन्य सम्बन्धित पक्षले कारण खुलाई फिर्ता लैजान निवेदन दिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले
आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा सो सामान फिर्ता लैजान निवेदनलाई अनुमति दिन सक्नेछ ।

६६ग. नोक्सानी भई वा कम परिमाणका हुन आएको मालवस्तुको जाँचपास र महसुल सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ७ को उपदफा (३) बमोजिम नोक्सानी भई वा टुटफुट भई वा कम परिमाणमा मालवस्तु पैठारी हुन आएमा त्यस्तो मालवस्तुको जाँचपास हुनु पूर्व मालधनीले भन्सार अधिकृतलाई सो व्यहोरा उल्लेख गरी निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा त्यस्तो अवस्थामा मालवस्तु पैठारी हुन आएको स्पष्ट कारण र सो तथ्य पुष्टि हुने बीमा सर्भेयरको प्रतिवेदन, आधिकारिक निकायले सो व्यहोरा प्रमाणित गरिदिएको कागजात, स्थलगत मुचुल्का वा अन्य सान्दर्भिक र वस्तुनिष्ठ प्रमाण समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम निवेदन तथा प्रमाण कागजात प्राप्त हुन आएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ एवं विस्तृत भौतिक परीक्षण गरी नोक्सानी भएको वा मूल्यहीन भएको वा घटी परिमाणका पैठारी भएको पाइएमा सो व्यहोरा तथा मूल मालवस्तुको रुपमा प्रयोगमा नआउने भए पनि अन्य बैकल्पिक प्रयोगमा आउन क्ने वा पत्रुको रुपमा पुनः प्रयोगनमा आउन सक्ने वा अन्य कुनै रुपमा व्यापारिक प्रयोजनमा आउन सक्ने वा नसक्ने व्यहोरा समेत प्रज्ञापनपत्रमा विस्तृत रुपमा उल्लेख गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मालवस्तुको वास्तविक अवस्था यकिन भएपछि सही अवस्था वा यथार्थ रुपमा पैठारी हुन आएको मालवस्तुमा लाग्ने महसुल लिई भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
(५) टुटफुट भई पैठारी भए पनि उपनियम (३) बमोजिम वैकल्पिक प्रयोगमा आउन सक्ने भनी ठहर भएको मालवस्तुलाई भन्सार अधिकृतले छुट्टै घोषणा गराई अनुमानित भन्सार मूल्य निर्धारण गरी लाग्ने महसुल लिई जाँचपास गर्नु पर्नेछ ।
(६) मालवस्तु भन्सार कार्यालयमा आउनुपूर्व महसुल बुझाइसकेको कारणले उपनियम (३) बमोजिम असुल गर्नुपर्ने भन्दा बढी महसुल असुल भएको रहेछ र सम्बन्धित व्यत्तिले त्यस्तो बढी महसुल फिर्ता पाउन निवेदन दिएमा भन्सार अधिकृतले लिखित निर्णय गरी त्यस्तो बढी महसल सम्बन्धित व्यक्तिलाई फिर्ता दिन सक्नेछ ।

(७) यस नियम बमोजिम मालवस्तु जाँचपास भएको वा महसुल फिर्ता दिएकोमा सोको विस्तृत जानकारी भन्सार अधिकृतले तुरुन्त छिटो साधनद्वारा महानिर्देशकलाई दिनु पर्नेछ ।
६७. अनुसूचीमा थपघट तथा हेरफेरः अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।

६८. खारेजी र बचाउः (१) भन्सार नियमावली, २०२६ खारेज गरिएको छ ।
(२) भन्सार नियमावली, २०२६ बमोजिम भए गरेका कामहरू यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।

अनुसूची–१ कूटनीतिक सुविधा वा महसुल सुविधा दिन परराष्ट्र मन्त्रालयले सिफारिस गर्ने फारामको ढाँचा

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
कूटनीतिक सुविधा वा महसुल सुविधा दिन परराष्ट्र मन्त्रालयले सिफारिस गर्ने फारामको ढाँचा
नेपाल सरकार
परराष्ट्र मन्त्रालय
श्री भन्सार विभाग
देहायबमोजिमका खरिदकर्ता/निकासीकर्ता/पैठारीकर्ताले खरिद/निकासी/पैठारी गर्ने देहायकोद विवरण भएको मालवस्तुमा कूटनीतिक सुविधा/महसुल सुविधा प्रदान गरिदिनहुन मिति ………………….. को निर्णयानुसार अनुरोध छ ।

 

अनुसूची–२ सवारी साधनको चालकले भन्सार कार्यालयमा दिनु पर्ने विवरणको ढाँचा

 

(नियम २० सँग सम्बन्धित)
सवारी साधनको चालकले भन्सार कार्यालयमा दिनु पर्ने विवरणको ढाँचा
श्री ……….. भन्सार कार्यालय,

………..Customs Office

……………, नेपाल ।

………., NEPAL

चालकको नामः

Driver’s Name:

सवारी दर्ता नम्बरः

Registration No. of Vechicle:

सवारी साधनको किसिम

Type of Vehicle

कन्टेनर नम्बरः

Container No.:

प्रवेश मिति

Date of Entry

अनुसूची–४ मालवस्तु खरिद गर्ने सम्बन्धमा पैठारीकर्तालाई दिने सूचनाको ढाँचा

(नियम ३१ सँग सम्बन्धित)
मालवस्तु खरिद गर्ने सम्बन्धमा पैठारीकर्तालाई दिने सूचनाको ढाँचा
नेपाल सरकार
अर्थ मन्त्रालय, भन्सार विभाग
…………भन्सार कार्यालय
मितिः
विषयः मालवस्तु खरिद गर्ने बारे ।
श्री . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . .
पान नं. ः . . . . . . . . . . . . . .
तपाईले पैठारी गरी ल्याउनु भएको देहायबमोजिमको मालवस्तु भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम यस कार्यालयले खरिद गर्ने भएकोले भन्सार नियमावली २०६४ को नियम ३१ बमोजिम तपाईलाई यो सूचना दिइएको छ । तल उल्लेखित
रकम यस कार्यालयबाट भुक्तानी लिनु होला ।
खरिद गरिने मालवस्तुको विवरण
१. प्रतीतपत्र नं. र मितिः
२. बीजक नं. र मितिः
३. प्रज्ञापनपत्र दर्ता नं. र मितिः
४. मालवस्तुको विवरणः
५. मालवस्तुको घोषित मूल्यः
६. खरिदवापत भुक्तानी गरिने रकम रु. . . . .. .
भन्सार अधिकृतको दस्तखत
नाम

अनुसूची–७ भन्सार एजेन्टको नियुत्तिपत्रको ढाँचा

मू.अ.कर दर्ता भएको वा नभएको ………………… भएको भए दर्ता मितिः
श्री ………………………..भन्सार कार्यालय
विषयः भन्सार एजेन्ट नियुक्त गरेको ।
त्यस भन्सार कार्यालयको बाटो गरी निकासी वा पैठारी हुने मालवस्तुको भन्सार जाँचपास गराउने लगायत भन्सारसँग सम्बन्धित सम्पूर्ण कार्यहरू गर्ने गराउने प्रयोजनका लागि भन्सार एजेन्टको इजाजतप्राप्त देहायबमोजिमको भन्सार एजेन्टलाई देहायको अवधिका लागि।देहायको मालवस्तु जाँचपास गराउन मेरो।हाम्रो एजेन्टको रूपमा भन्सार नियमावली, २०६४ को नियम ३८ को उपनियम (४) बमोजिम नियुक्त गरेको व्यहोरा अनुरोध छ । यस सम्बन्धमा भन्सार ऐन, २०६४ तथा भन्सार नियमावली, २०६४ मा भएका व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्नेछु।छौं । हाम्रो व्यवसायसँग सम्बन्धित दर्ता प्रमाणपत्रहरू र भन्सार एजेन्टको इजाजतपत्रका प्रतिलिपिहरू यसैसाथ संलग्न छन् । आवश्यक परेमा सक्कल समेत पेश गर्नेछु।छौं ।
भन्सार एजेन्टको नामः ………………………..
भन्सार एजेन्ट इजाजतपत्र नम्बरः ………..भन्सार एजेन्टको इजाजतपत्र जारी मितिः ……….
ठेगानाः ………………………………..
भन्सार एजेन्टको रूपमा कार्य गर्ने अवधिः ………………… देखि …………………. सम्म
कुनै कन्साइन्मेन्ट मात्र जाँचपास गराउनका लागिः (प्रतीतपत्र नं., मिति, बैंकको नाम, बीजक नं
र मिति खुलाउने) …………………………………………………………………………..

 

निकासीकर्ता।पैठारीकर्ताको दस्तखत मितिः…………………फोनः……………
नाम थरः………………………………. ठेगानाः ……………………………
कारोवारसँगको सम्बन्धः………………… इमेलः
(सम्बन्ध पुष्टि हुने प्रमाण संलग्न गर्नु पर्नेछ) छाप
फ्याक्सः……..
(एकै मालधनीले एउटा भन्सार कार्यालयमा एक पटकभन्दा वढी भन्सार एजेन्ट नियुक्त गर्नुपरेमा
नियुक्तिपत्रमा नियुक्तिकर्ताको फोटो आवश्यक पर्ने छैन । )
खण्ड (ख)
(भन्सार एजेन्टले भर्ने)
माथि खण्ड (क) मा उल्लेख भएबमोजिम निकासीकर्ता।पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा भन्सार ऐन, २०६४ र भन्सार नियमावली, २०६४ का अधीनमा रही कार्य गर्न मञ्जुर गर्दछु । मेरो भन्सार एजेन्ट इजाजतपत्रको प्रतिलिपि संलग्न गरेको छु । आवश्यक परेमा सक्कल समेत प्रस्तुत गर्नेछुः–
भन्सार एजेन्टको नामः                                             ठेगानाः
दस्तखतः                                                                 फोन नंः
भन्सार एजेन्ट इजाजतपत्र न.:                                   भन्सार एजेन्टको इजाजतपत्र जारी मितिः
इमेलः                                                                        फ्याक्स नंः
छाप                                                                         मिति

अनुसूची–८ मूल्याङ्कन पुनरावलोकनका लागि दिने निवेदनको ढाँचा

(नियम ४१ को उपनियम (१) सँग सम्बन्धित)

मितिः
श्री मूल्याङ्कन पुनरावलोकन समिति
विषयः मूल्याङ्कन पुनरावलोकन गरिपाऊँ ।
प्रस्तुत विषयमा निवेदकले पैठारी गरी ल्याएको देहायबमोजिमको मालवस्तुमा ………… भन्सार कार्यालयका भन्सार अधिकृतले देहायबमोजिम कायम गरेको भन्सार मूल्यमा मेरो चित्त नबुझेको हुँदा निम्न तथ्य र प्रमाणका आधारमा सो निर्णय पुनरावलोकन गर्न सम्बन्धित प्रज्ञापनपत्र तथा सोसाथ संलग्न गरी भन्सार कार्यालयमा पेश गरेका सम्पूर्ण कागजातहरूको प्रतिलिपि र भन्सार अधिकृतले दिएको लिखित सूचनाको प्रतिलिपि संलग्न गरी यो निवेदन गरेको छु ।
१. आपूर्तिकर्ताको नाम ठेगानाः
२. प्रतीतपत्र/बैङ्क ड्राफ्ट/ टी.टी./ डी.ए.पी. नम्बर र मितिः
३. बीजक नम्बर र मितिः
४. प्रज्ञापनपत्र दर्ता नम्बर र मितिः
५. मालवस्तु जाँचपास भएको मितिः
५. मालवस्तुको विवरण (पूरा स्पेशिफिकेशन खुलाउने)
……………………………..
…………………………….
६. घोषित जम्मा मूल्यः
७. भन्सार अधिकृतले कायम गरेको जम्मा मूल्यः
८. घोषित मूल्य पुष्टि गर्ने संलग्न प्रमाण (केही भए उल्लेख गर्ने):
………………………………………………………..
९. भन्सार अधिकृतले कायम गरेको भन्सार मूल्यमा चित्त नबुझ्नाको कारण र आधारः
(यो स्थान अपर्याप्त भएमा छुट्टै पाना संलग्न गर्न सकिनेछ ।)
निवेदकको दस्तखत
छाप नाम
पान नंः

अनुसूची–९ बिलम्ब शुल्क (डेमरेज) को दर

(नियम ५० को उपनियम (२) सँग सम्बन्धित)

(क) विमानस्थल भन्सार कार्यालयमाः तीस दिनसम्मका लागि प्रति दिनको प्रति के.जि. चालीस पैसा, तीस दिनभन्दा बढी साठी दिनसम्म प्रति दिनको प्रति के.जी. असी पैसा र साठी दिनभन्दा बढीको प्रति दिन प्रति के.जी. एक रूपैंया बीस पैसा ।
(ख) अन्य भन्सार कार्यालयमाःतीस दिनसम्मका लागि प्रति के.जी. प्रति दिन बीस पैसा, तीस दिनभन्दा बढी साठी दिनसम्म प्रति के.जी. प्रति दिन चालीस पैसा र साठी दिनभन्दा बढीको प्रति के.जी. प्रति दिन साठी पैसा ।
स्पष्टीकरणः बिलम्ब शुल्क (डेमरेज) लिने प्रयोजनका लागि तौलको गणना गर्दा एउटा प्रज्ञापनपत्र वा एउटा कन्साइन्मेन्टका सबै मालवस्तुको समष्टीगत तौललाई गणना गर्नु पर्दछ । तौलमा एक किलोग्रामभन्दा कम बा“की रहेमा एक किलोग्राम मानी गणना
गरिनेछ ।

 

अनुसूची–१० भन्सार कार्यालयले जारी गर्ने म्यादको ढाँचा

(नियम ५२ को उपनियम (१) सँग सम्बन्धित)

श्री ………………………………………भन्सार कार्यालयबाट …………………………… ………………………………………………………………..का नाममा जारी भएको म्याद
भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरको कारवाहीको सिलसिलामा तपाईसँग केही कुरा बुझ्नु पर्ने भएकाले बाटाको म्यादबाहेक पन्ध्र दिनभित्र कार्यालय समयमा यस कार्यालयमा हाजिर हुन आउनु होला । सो म्यादभित्र आए तपाईको व्यहोरा बुझी र नआई म्याद गुजारी बसे कानूनबमोजिम निर्णय हुनेछ । पछि तपाईको उजुर लाग्ने छैन । यो म्याद थमाउन पाइने छैन ।

इति संवत् ………..साल …………. महिना……गते रोज……शुभम् ।

अनुसूची–१०क. संक्षिप्त प्रज्ञापनपत्रको ढाँचा

(नियम ६०क. सँग सम्बन्धित)
सङ्क्षिप्त प्रज्ञापनपत्रको ढाँचा
नेपाल सरकार
अर्थ मन्त्रालय, भन्सार विभाग
सङ्क्षिप्त प्रज्ञापनपत्र
………भन्सार कार्यालय (आगमन कक्ष/यात्रु शाखा)

सङ्क्षिप्त प्रज्ञापनपत्र भर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
१. यो सङ्क्षिप्त प्रज्ञापनपत्रमा पैठारीकर्ताको नाम, ठेगाना, बीजक भएमा सोको नम्बर र मिति, कुल बीजक मूल्य तथा फारामको महल २ देखि ४ सम्मका विवरणहरू मात्र मालधनीले भरी फारामको निर्धारित स्थानमा दस्तखत गरी मिति उल्लेख गर्नु पर्नेछ । अन्य महलहरू भन्सार कार्यालयको प्रयोजनका लागि भएकाले मालधनीले भर्नु पर्दैन ।
२. यो सङ्क्षिप्त प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु ५०००। सम्म भन्सार मूल्य भएका मालवस्तु वा निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा समदरमा महसुल तिरी ल्याउन पाउने भनी उल्लेख भएका मालवस्तुहरू मात्र पैठारी गर्न सकिनेछ । यसबाट ब्यापारिक प्रयोजनका मालवस्तु पैठारी गर्न पाइने छैन र ब्यापारिक कारोवारका सम्बन्धमा प्रमाणको रूपमा यसलाई स्वीकार गरिने छैन ।
३. बिमानस्थल भन्सार कार्यालयको आगमन कक्ष वा स्थलमार्ग भन्सार कार्यालयहरूका यात्रु शाखाबाट पैठारी हुने सि.नं. २ मा उल्लेख भए बमोजिमका मालवस्तुहरू पैठारी गर्नका लागि मात्र यो सङ्क्षिप्त प्रज्ञापनपत्र प्रयोग गर्न सकिनेछ ।
४. यो सङ्क्षिप्त प्रज्ञापनपत्र दुई प्रति भरेर पेश गर्नु पर्नेछ ।

अनुसूची–११ पैठारी भएको मालवस्तुको प्रमाणपत्रको ढाचा

(नियम ६० को उपनियम (२) सग सम्बन्धित)
पैठारी भएको मालवस्तुको प्रमाणपत्रको ढाचा

GOVERNMENT OF NEPAL
……………………. CUSTOMS OFFICE
TO WHOM IT MAY CONCERN
This is to certify that the goods mentioned below have been duly imported into Nepal
through this customs office.
Importer’s Name and Address :
Importer’s PAN Number :
Supplyer’s Name and Address :
Description of Goods :
Invoice Number & Date:
Nett Value:
Total Invoice Amount:
Customs Declaration Form (Pragyapan Patra) Regd. Number:
Date of Importation:
Official Seal
Customs Officer’s signature
Name:
Date:

अनुसूची–१२ छोटी भन्सार कार्यालयहरूको नामावली

(नियम ६२ को उपनियम (१) को खण्ड (क) सग सम्बन्धित)
छोटी भन्सार कार्यालयहरूको नामावली
१. भद्रपुर छोटी भन्सार कार्यालय, झापा ।
२. सुठौली छोटी भन्सार कार्यालय
३. पृथ्वीपुर छोटी भन्सार कार्यालय
४. सती छोटी भन्सार कार्यालय
५. दार्चुला छोटी भन्सार कार्यालय, दार्चुला ।
६. महेशपुर छोटी भन्सार कार्यालय, नवलपरासी ।
७. भिस्वा छोटी भन्सार कार्यालय, पर्सा ।
८. ठाडी छोटी भन्सार कार्यालय, सिराहा ।
९. गुलरिया छोटी भन्सार कार्यालय, बर्दिया ।