फरेष्ट इन्जिनियरिङ्ग नियमहरू, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति
२०२०।६।२८
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएकोछ ः–
१.१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरूको नाम “फरेष्ट इन्जिनियरिङ्ग नियमहरू, २०२०” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२.२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा ः– “वन विकास सम्बन्धी काम” भन्नाले वन सीमाना लगाउने काम, किसिम किसिमका वन पथ, वन पुलहरू बनाउने काम, वन विभागलाई चाहिने भवन निर्माण गर्ने काम, आगोबाट जङ्गललाई बचाउने अग्निनिरोधक रेखा बनाउने काम, नर्सरी स्थापना गर्ने तथा जङ्गल लगाउने काम, वन बाली सुधार्ने काम, स्याङचुअरी वा नेशनल पार्क बनाउने काम, फरेष्ट रिसोर्सेज सर्भे गर्ने काम, वर्किङ्ग प्लान तयार गर्ने काम समेतलाई जनाउ“छ ।
३.३. खर्चको इष्टिमेट गर्नेः (१) भवन निर्माण सम्बन्धमा रेन्जरले रु. ५,०००।– पा“च हजार, डी.एफ.ओ. ले रु. २५,०००।– पच्चीस हजार र कन्जरभेटरले रु. ५०,०००।– पचास हजारसम्मको इष्टिमेट गर्न सक्नेछ ।
(२) अन्य वन विकास सम्बन्धमा रु. २५,०००।– पच्चीस हजारसम्म खर्च हुने रकमको इष्टिमेट रेन्जरले, रु. १,००,०००।– एक लाखसम्म खर्च हुने रकमको इष्टिमेट
डी.एफ.ओ. ले र सो भन्दा बढी खर्च हुने रकमको इष्टिमेट कन्जरभेटरले गर्न सक्नेछ ।
४.४. कामको जाँच पास ः निम्नलिखित अवस्थामा निम्नलिखित पदाधिकारीले जा“च पास गर्नेछ ।
(क) रेन्जरले गरेको काममा डी. एफ. ओ. ले
(ख) डी. एफ. ओ. ले गरेको काममा कन्जरभेटरले, र
(ग) कन्जरभेटरले गरेको काममा चीफ कन्जरभेटरले