Skip to contentSkip to left sidebar Skip to footer

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५६।११।९
संशोधन
१. पशु स्वास्थ्य तथा पशु सेवा (पहिलो संशोधन) नियमावली, २०६३ २०६३।५।५
२. पशु स्वास्थ्य तथा पशु सेवा (दोस्रो संशोधन) नियमावली, २०६४ २०६४।९।३०
३. पशु स्वास्थ्य तथा पशु सेवा (तेस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३०
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद – १

प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ ः

(१) यी नियमहरूको नाम “पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “निःसंक्रमण (डिस्इन्फेक्सन)” भन्नाले कुनै बस्तुमा भएको संक्रामक तत्वलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको रासायनिक वा भौतिक विधिद्वारा नास गर्ने प्रक्रिया सम्झनु पर्छ ।
(ग) “शीत भण्डार” भन्नाले पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीहरूको गुणस्तर बिग्रन नदिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त तापक्रममा राख्ने ठाउँ सम्झनु पर्छ ।
(घ) “प्रामाणिक प्रमाणपत्र” भन्नाले पैठारी गरिने पशु पक्ष्ांीको हकमा सम्बन्धित मुलुकको पशु क्वारेन्टाइन अधिकृत वा भेटेनरी अधिकृतले त्यस्तो पशुको स्वास्थ्य ठीक छ भनी प्रमाणित गरेको प्रमाणपत्र र पशु औषधि तथा जैविक पदार्थको हकमा त्यस्तो औषधि तथा जैविक पदार्थको गुणस्तर नियन्त्रण गर्ने निकायले त्यस्तो औषधि तथा जैविक पदार्थको गुणस्तर ठीक छ भनी प्रमाणित गरेको प्रमाणपत्र सम्झनु पर्छ ।
(ङ) “क्वारेन्टाइन प्रमाणपत्र” भन्नाले नेपालभित्र पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीहरू क्वारेन्टाइन प्रक्रिया पूरा गरी क्वारेन्टाइन अधिकृतले दिने प्रमाणपत्र सम्झनु पर्छ ।
(च) “जैविक सुरक्षा” भन्नाले कुनै पनि पशु फार्महरूले बाहिरी वातावरणबाट भित्र फैलन सक्ने विभिन्न संक्रमणलाई रोक्न अपनाएका उपायहरू सम्झनु पर्छ ।

परिच्छेद–२

पशु क्वारेन्टाइन सम्बन्धी व्यवस्था
३. क्वारेन्टाइन चेकपोष्टको स्थापना :

(१) देहायका स्थानमा ऐनको दफा ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना गरिनेछ :–
(क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी पैठारी हुने अन्तर्राष्ट्रिय नाका,
(ख) अन्तर्राष्ट्रिय विमानस्थल,
(ग) देश भित्र नै पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको अधिक ओसार पसार हुने बिन्दु ।

(२) उपनियम (१) बमोजिम स्थापना भएको चेकपोष्टमा देहाय बमोजिमको व्यवस्था हुनु पर्नेछ :–

(क) पशुको आवागमनको लागि छुट्टै प्रवेश तथा प्रस्थानद्वारको व्यवस्था,
(ख) क्वारेन्टाइनको लागि प्रयोग हुने भवन तथा गोठ सजिलैसंग सरसफाई तथा निःसंक्रमण गर्न सकिने व्यवस्था,
(ग) बिभिन्न सवारी साधनबाट ढुवानी हुने पशु तथा पशुजन्य पदार्थलाई उकाल्न तथा ओराल्न प्लेटफार्मको व्यवस्था ।
४. क्वारेन्टाइन स्थलको निर्माणः(१) नियम ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना भएको स्थानमा क्वारेन्टाइन स्थल निर्माण गर्न चाहने व्यक्ति वा संस्थाले सिफारिसको
लागि कार्य योजना सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी क्वारेन्टाइन स्थल निर्माण गर्न दिन उपयुक्त देखेमा निवेदकलाई
सिफारिसपत्र दिनेछ ।
(३) उपनियम (२) बमोजिमको सिफारिसपत्र सहित निवेदन पर्न आएमा नेपाल सरकारले क्वारेन्टाइन स्थल निर्माण गर्न अनुमति दिन सक्नेछ । तर प्रजननको लागि पैठारी भएको पशुलाई पैठारीकर्ता र विभागको सहमतिमा छुट्टै क्वारेन्टाइनस्थल तोक्न सकिनेछ ।

५. क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्तहरूः

(१) क्वारेन्टाइनस्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्त तथा पूरा गर्नु पर्ने मापदण्ड देहाय बमोजिम हुनेछ :–

(क) कम्तीमा ६५०० वर्ग मिटर क्षेत्रफलको जग्गा भएको हुनु पर्ने,
(ख) पशु पालन क्षेत्र, पशु फार्म, पशु बधशाला, पशु हाट बजार र पशुको प्रत्यक्ष ओहोर दोहोर हुने ठाउँबाट कम्तीमा ५०० (पाँच सय) मिटरको दुरीमा हुनु पर्ने,
(ग) क्वारेन्टाइनमा राखिएका पशुहरूको बाहिरी पशुहरूसँग सम्पर्क हुन नपाउने गरी बार बन्देजको व्यवस्था हुनु पर्ने,
(घ) भिन्ना भिन्नै जातीका पशुहरू तथा भिन्ना भिन्नै खेपमा प्रवेश गर्ने पशुहरू राख्नको लागि अलग अलग ठाँउको व्यवस्था हुनु पर्ने,
(ङ) पशुहरूको निमित्त उपयुक्त पिउने पानी, प्रकाश, भेन्टिलेशन तथा ढल निकासको व्यवस्था हुनु पर्ने,
(च) पशुहरूलाई प्रवेश तथा प्रस्थान गराउनको लागि मुल ढोका पछि अर्को भित्री ढोका समेतको व्यवस्था हुनु पर्ने,
(छ) आवश्यक दाना, पानी, घाँस पराल आदी राख्ने ठाउँ भएको हुनु पर्ने,
(ज) पशुहरूलाई परिवहन साधनबाट ओराल्न र त्यसमा उकाल्न प्लेटफार्मको व्यवस्था हुनु पर्ने,
(झ) सजिलैसँग सफा गर्न, निःसंक्रमण गर्न र सुख्खा राख्न सकिने किसिमको भूँई निर्माण गरिएको हुनु पर्ने,
(ञ) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री राख्नको लागि छुट्टाछुट्टै र पर्याप्त स्थानको व्यवस्था हुनु पर्ने,
(ट) शीत भण्डारमा राख्नु पर्ने बस्तुहरू भएमा त्यस्ता बस्तुहरू राख्ने व्यवस्था मिलाइएको हुनु पर्ने,
(ठ) निःसंक्रमण गर्नको लागि पर्याप्त स्थान र सो को लागि प्रयोग हुने रसायन तथा सामग्रीहरु राख्नको लागि उपयुक्त ठाउँ हुनु पर्ने, र
(ड) सम्बन्धित विषयका दक्ष कर्मचारीको व्यवस्था भएको हुनु पर्ने ।
(२) क्वारेन्टाइन स्थल भित्र क्वारेन्टाइन सम्बन्धी कार्य बाहेक अन्य कार्य गर्न पाइने छैन ।

६. क्वारेन्टाइनमा राखिने अवधि ः

(१) जुन मुलुकबाट पशु पैठारी गरिने हो सो मुलुकमा नेपालमा विद्यमान रोगको विरुद्ध खोप लगाएको अद्यावधिक र प्रामाणिक प्रमाणपत्र पेश भएमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशुलाई क्वारेन्टाइनमा राखी प्रमाणपत्र बमोजिमको पहिचान चिन्ह यकिन गरी जाँची त्यस्तो पशु स्वस्थ भएको पाइएमा छाड्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम यकिन हुन नसकेमा वा पशु स्वस्थ नपाइएमा वा खोपको प्रामाणिक प्रमाणपत्र बिना पैठारी गरिएको भएमा त्यस्ता पशुलाई क्वारेन्टाइन स्थलमा राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै पशुलाई क्वारेन्टाइनमा राख्नु पर्दा देहायका रोगको लागि देहायको अवधिसम्म र अन्य रोगको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अवधिसम्म राख्नु पर्नेछ :–

(क) रिण्डरपेष्ट( Rindetpest)– २१ दिन
(ख) पूट एण्ड माउथ् डिजिज् (Foot and Mouth Diease) – १४ दिन
(ग) पेष्टिस डेस पेटिटिस रुमिनान्ट्स्(Pestes des petits Ruminants) – २१ दिन
(घ) लम्पी स्कीन डिजिज्(Lumpy Skin Disease)– २१ दिन
(ङ) सीप पक्स एण्ड गोट पक्स(Sheep Pox And Goat Pox) – २१ दिन
(च) ब्ल्यू टङ्ग(Blue Tongue)– ४० दिन
(छ) अफ्रिकन स्वाईन फिभर(African Swine Fever)– ४० दिन
(ज) क्लासिकल स्वाईन फिभर) (Classical Swine Fever)– ४० दिन
(झ) अफ्रिकन हर्स सिक्नेस(African Horse Sickness) – ४० दिन
(ञ) भेसिकुलर स्टोमेटाइटिस(Vesicular Stomatitis)–२१ दिन
(ट) स्वाइन भेसिकुलर डिजिज्(Swine Vesicular Disease) – २८ दिन
(ठ) कन्टाजियस् बोभाईन प्ल्यूरोन्यूमोनिया (Contagious Bovine Pleuropneumonia)– ६ महिना
(ड) रिफ्ट भ्याली फिभर (Rift Valley Fever) – ३० दिन
(ढ) फाउल प्लेग(Fowl Plague)– २१ दिन
(ण) न्यू क्यासल डिजिज(New Castle Disease)– २१ दिन
(त) बर्ड फ्लु ( Highly Pathogenic Avion Influenza)–२१ दिन ।

(४) उपनियम (३) मा उल्लेख भए बाहेकका रोगको सम्बन्धमा क्वारेन्टाइनमा राख्नु पर्ने अवधि तोक्दा रोगको जैविक कारक तत्व (प्याथोजन) शरीरमा प्रवेश गरेपछि रोगका लक्षण देखा पर्ने समयावधि (इन्कुवेशन पिरियड) सँग मेल खाने गरी तोक्नु पर्नेछ ।
(५) यस नियम बमोजिम तोकिएको क्वारेन्टाइन अवधि पूरा गरेका पशुलाई क्वारेन्टाइन अधिकृतले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी तोकिएका
संक्रामक रोग विरुद्ध खोप लगाई छाडिनेछ । त्यस्तो खोप लगाउँदा लागेको खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ ।
(६) पैठारी गरिएका पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनअधिकृतले परीक्षण पश्चात उपयुक्त देखेमा छाड्न सक्नेछ ।
(७) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन प्रमाणपत्र प्रदान गरेको वा परीक्षण समाप्त भएको मितिले तीन दिनभित्र पैठारीकर्ताले लैजानु पर्छ । सो अवधि भित्र नलगेमा क्वारेन्टाइन अधिकृतले जफत गर्न सक्नेछ ।(८) मरेको पशु, दाना, सोत्तर, मल मूत्र वा पशुसँग सम्बन्धित वा पशुबाट
निस्किएका बस्तुहरू सम्बन्धित क्वारेन्टाइन अधिकृतको लिखित आदेश बिना क्वारेन्टाइन स्थलबाट बाहिर लैजान पाइने छैन ।

७. परीक्षण गर्ने कार्यविधि :

(१) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशुvउत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि देहाय बमोजिम हुनेछ :–

(क) पशु परीक्षण गर्ने कार्यविधि :
(१) शारीरिक निरीक्षण तथा क्लीनिकल परीक्षण गर्ने,
(२) आवश्यकता अनुसार प्रयोगशाला परीक्षण गर्ने,
(३) संक्रामक रोग भएको शंका लागेको अवस्थामा रोग परीक्षणको अन्य विधि वा प्रविधिसमेत प्रयोग गर्ने ।

(ख) पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि :

(१) निकाशी गर्ने देशबाट जारी गरिएको प्रमाणपत्रमा उल्लेख भए अनुसारकै भौतिक स्वरुप भए वा नभएको जाँच गर्ने,
(२) तौल, प्याकिङ, लेबुल तथा शिलबन्दी ठीक भए वा नभएको जाँच गर्ने,
(३) शिलबन्दी नभएको वा शिलबन्दी ठीक नभएकोमा :
(अ) बास्ना, रंग एवं बस्तुको अवस्थाको सम्बन्धमा परीक्षण गर्ने,
(आ) अवशेष, संक्रमण गर्ने तत्व तथा परिवर्तित संकेतको पहिचान गर्ने,
(इ) उपयुक्त तापक्रममा यथेष्ट समयसम्म रहे वा नरहेको पहिचान गर्ने,

(२) उपनियम (१) को खण्ड (ख) बमोजिम परीक्षणको लागि नमूना लिंदा सम्बन्धित प्याकेज वा पार्शल सङ्ख्याको कम्तीमा दश प्रतिशत प्याकेज वा पार्शलबाट
नमूना लिनु पर्नेछ ।

(३) कुनै पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको प्रयोगशाला परीक्षणको नतिजा तुरुन्त उपलब्ध हुन नसक्ने भएमा र त्यस्तो पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीबाट जनस्वास्थ्य तथा पशु स्वास्थ्यमा प्रत्यक्ष दुष्प्रभाव पर्न सक्ने अवस्था नभएमा त्यस्तो खेपको पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको नमूना सङ्कलन गरिसकेपछि त्यस्तो पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ र पशु उत्पादन सामग्रीको पैठारीकर्ताले प्रयोगशालाको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म बिक्री वितरण गर्न नपाउने शर्तमा कबुलियत गराई स्थान हद तोकी छाडिदिनु पर्नेछ ।

८. क्वारेन्टाइन अधिकृतको कामः

(१) क्वारेन्टाइन अधिकृतले गर्नु पर्ने काम देहाय बमोजिम हुनेछ :–

(क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई क्वारेन्टाइनमा राखी निरीक्षण गर्ने र पशुहरूको लागि दाना, पानी तथा औषधि उपचार भए वा नभएको
जाँच गर्ने,
(ख) प्रयोगशाला परीक्षणको लागि पठाइएको नमूनाको नतीजा प्राप्त नभएसम्म त्यस्ता पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्नु पर्ने भएमा उपयुक्त किसिमले राखे वा नराखेको निरीक्षण गर्ने,
(ग) प्रत्येक खेपका पशुहरू लगेपछि क्वारेन्टाइन स्थलको सरसफाई र निःसंक्रमण गराउने,
(घ) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परिवहन गर्न प्रयोग गरिएका सवारी साधनहरू राम्रोसँग सरसफाई तथा निःसंक्रमण भए वा नभएको निरीक्षण गर्ने र सरसफाई तथा निःसंक्रमण नभएको पाइएमा सो कार्य गर्न लगाउने,
(ङ) विदेशी मुलुकबाट आएका परिवहनका साधनहरूद्वारा निष्काशित फोहर मैला रोग नफैलने गरी उचित तरीकाले व्यवस्था भएको छ वा छैन निरीक्षण गर्ने र आवश्यकता अनुसार तह लगाउने व्यवस्था मिलाउने,
(च) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीसँग सम्बन्धित प्रमाणपत्र र अन्य कागजातहरू जाँच्ने,
(छ) पैठारी गरिएका पशुमा कुनै संक्रामक रोग भएको पाइएमा वा शंका लागेमा सो विषयमा स्थानीय पशु सेवा कार्यालय, विभाग, कृषि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई छिटो साधनद्वारा सूचना पठाउने,
(ज) पैठारी गरिएका पशुमा संक्रामक रोग भएको र पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै हानिकारक तत्व भएको शंका लागेमा त्यसको नमूना संकलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउने र परीक्षणको नतिजा प्राप्त नभएसम्म त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्ने,
(झ) छिमेकी मुलुकका क्वारेन्टाइन चेकपोष्टसँग सम्पर्क तथा समन्वय कायम राख्ने ।
९. असंक्रमण क्षेत्रबाट ढुवानी भएको मानिने : कुनै विमानस्थल संक्रमण स्थल हो भनी सम्बन्धित अधिकारीबाट घोषणा भएकोमा बाहेक त्यस्तो विमानस्थलबाट वा सो
विमानस्थलमा अवतरण भई आएको विमानबाट ढुवानी भई नेपाल । भित्र भित्रिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री असंक्रमण क्षेत्रबाट सिधै ढुवानी भई आएको मानिनेछ ।

१०. क्वारेन्टाइन प्रमाणपत्र :

(१) पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई अनुसूची–२ को ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ ।
(२) देहायका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्नु पर्दा अनुसूची–३ को देहायका फाराममा तोकिएको ढाँचामा क्वारेन्टाइन अधिकृत वा विभागले तोकेको भेटेरिनरी अधिकृतले स्वास्थ्य वा सेनिटरी प्रमाणपत्र उपलव्ध गराउनु पर्नेछ :–
(क) कुकुर तथा विरालोको लागि फाराम–१
(ख) घर पालुवा तथा जङ्गली पशुको लागि फाराम–२

(ग) पशुको वीर्यको लागि फाराम–३
(घ) पशुको मासुको लागि फाराम–४
(ङ) पशु आहारा, औद्योगिक वा औषधिको रुपमा प्रयोग हुने पशुजन्य पदार्थको लागि फाराम–५
(च) घोडा जातिका पशुको लागि फाराम–६
(छ) पंक्षीका लागि फाराम–७
(ज) विभिन्न पंक्षीका फुल तथा एक दिने चल्ला वा भर्खर कोरलिएका चल्लाको लागि फाराम–८
(३) उपनियम (२) बमोजिम जारी गरिएको प्रमाणपत्र जारी गरेको मितिले दश दिनसम्मको लागि मान्य हुनेछ ।

११. लिलाम बिक्री गर्न सक्ने :

(१) नियम ६ को उपनियम (७) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्दा क्वारेन्टाइन अधिकृतले अवस्था हेरी सात दिनदेखि पन्ध्र दिनसम्मको म्याद दिई देहायका कुराहरू समेत खुलाई सूचना प्रकाशन गर्नु पर्नेछ :


(क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको विवरण,
(ख) न्यूनतम मूल्य,
(ग) लिलाम बढाबढ हुने मिति, समय र स्थान,
(घ) लिलाम सकार गर्न बोलिएको अंकको पाँच प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने कुरा,
(ङ) अन्य आवश्यक कुराहरू ।

३) उपनियम (२) को खण्ड (ख) बमोजिम न्यूनतम मूल्य निर्धारण गर्नको लागि देहायको मूल्य निर्धारण समिति रहनेछ :–
(क) क्वारेन्टाइन अधिकृत – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय – सदस्य
(ग) प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय – सदस्य

(४) लिलाम सकार गरेको पशु, पशु जन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकेको अवधिभित्र कबोल गरेको पूरा रकम बुझाई नउठाएमा राखिएको धरौटी जफत गरी पुनः लिलाम गर्न सकिनेछ ।
(५) लिलाम बढाबढ गर्दा न्यूनतम मूल्य कबोल नगरेमा पुनः लिलाम बढाबढ गराउनु पर्नेछ । यसरी पुनः लिलाम बढाबढ गर्दा न्यूनतम् मूल्यको दश प्रतिशतसम्म घटि कबोल हुन आएमा पनि लिलाम विक्री गर्न सकिनेछ । यसरी पनि लिलाम बढाबढ हुन नसकेमा क्वारेन्टाइन अधिकृतले जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सिधै विक्री गर्न सक्नेछ ।

परिच्छेद–३

सिफारिसपत्र, अनुमतिपत्र तथा गुणस्तर सम्बन्धी व्यवस्था

१२. उद्योग स्थापना सम्बन्धी सिफारिसपत्र :

(१) ऐनको दफा १७ बमोजिमको उद्योग स्थापना गर्न सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित अनुसूची–४ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी सिफारिसपत्र दिन मनासिब देखेमा निवेदकलाई अनुसूची–५ बमोजिमको ढाँचामा सिफारिसपत्र दिनु पर्नेछ ।

१३. निकासी वा पैठारी सम्बन्धी सिफारिस :

(१) ऐनको दफा १८ को प्रयोजनको लागि सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित अनुसूची–६ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त हुन आएमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी सिफारिस दिन मनासिब देखेमा निवेदकलाई अनुसूची–७ को ढाँचामा सिफारिसपत्र दिनु पर्नेछ ।

१४. निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू :

(१) निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शर्तहरू पालनbगर्नु पर्नेछ :–

(क) निकासी गर्न लागेको पशुको किसिम, जाति, प्रजाति र संख्याको विवरण सहित निकासी गरिने नाका सहित सम्भावित मिति बारे सम्बन्धित क्वारेन्टाइन अधिकृतलाई तीस दिन अगावै सूचना दिनु पर्ने,
(ख) पशुको हकमा क्वारेन्टाइन अधिकृतले परीक्षण गरी निकासीयोग्य छ भनी देखिने गरी उपयुक्त चिन्ह लगाएको र भेटनरी अधिकृतबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्ने,
(ग) पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,
(घ) निकासी गरिने पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतद्वारा परीक्षण गराउनु पर्ने, र
(ङ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले उपयुक्त हुनु पर्ने ।
(२) यस नियम बमोजिम निकासी भएको पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको अभिलेख सम्बन्धित क्वारेन्टाइन अधिकृतले राख्नु पर्नेछ ।

१५. पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू :

(१) पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ :–
(क) पैठारी हुने पशुहरू मध्ये चलान विन्दुबाट चलान भैसकेपछि बाटोमा नै कुनै पशुको मृत्यु भएको भए सो को विवरण क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्ने,
(ख) पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,
(ग) पैठारी गरिने पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको पहिचान चिन्ह, संख्या वा तौल र किसिम सम्बन्धी विवरण पैठारी गर्दाको बखत क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्नु पर्ने, र

(घ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले हुनु पर्ने ।

१६. अनुमति पत्र लिनु पर्ने ः

(१) ऐनको दफा १९ को प्रयोजनको लागि अनुमतिपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित अनुसूची–८ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी अनुमति पत्र दिन मनासिब देखेमा अनुसूची–९ को ढाँचामा अनुमति पत्र दिनु पर्नेछ ।

१७. गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्था :

(१) पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ, पशु उत्पादन सामग्री र माछाका भुराको ढुवानी तथा गुणस्तर सम्बन्धी मापदण्ड विभागका महानिर्देशकको अध्यक्षतामा गठित प्राविधिक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिमा महानिर्देशकले तोकेको सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरू र अन्य विषय विशेषज्ञहरू सदस्य रहनेछन् ।

परिच्छेद–४

विविध

१८. नष्ट गर्ने कार्यविधि :

(१) ऐनको दफा १४ र २९ बमोजिम कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्नु पर्दा अवस्था हेरी जलाउनु वा खाडल खनीb कम्तीमा तीन फीट पुरिने गरी गाड्नु वा विभागले निर्धारण गरेको प्रक्रिया अनुसार नष्ट गर्नु पर्नेछ ।
(२) ढुवानी गर्दा कै अवस्थामा कुनै पशुको मृत्यु भएमा रोग नफैलने गरी त्यस्तो सिनो बाहिर ल्याई उपनियम (१) बमोजिम नष्ट गर्नु पर्नेछ । त्यस्तो पशु ढुवानी गरिएको सवारी साधन समेत निःसंक्रमण गर्नु पर्नेछ ।

१९. भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार : भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री, पशु औषधि वा जैविक पदार्थको गुणस्तर जाँच गर्ने वा जाँच गर्नको लागि सोको नमूना सङ्कलन गरी विभागले तोकेको प्रयोगशालामा पठाउने,
(ख) म्याद नाघेका पशु औषधि, जैविक पदार्थ वा पशु उत्पादन सामग्री भेटिएमा नियम १८ को कार्यविधि पूरा गरी नष्ट गर्ने र सो को जानकारी विभागमा लेखी पठाउने ।
(ग) पशु औषधि वा जैविक पदार्थको विक्री वितरण आधिकारिक व्यक्तिबाट भए वा नभएको जाँच गरी विभागलाई जानकारी गराउने,
(घ) कुनै व्यावसायिक फार्मले पशुलाई नियमित रुपमा खोप दिए वा नदिएको, जैविक सुरक्षाका उपायहरू अवलम्वन गरे वा नगरेको जाँच गर्ने,
(ङ) खण्ड (घ) बमोजिम जाँच गर्दा कुनै पशुमा रोग लागेको पाइएमा वा सोको शंका लागेमा त्यस्तो पशुलाई नष्ट गर्न वा छुट्टै राख्न आदेश दिने वा विक्री वितरण गर्न रोक्का गर्ने र सो कुराको जानकारी यथाशीघ्र विभागलाई दिने,
(च) यस नियमावली बमोजिम विभागबाट सिफारिस पत्र वा अनुमतिपत्र प्रदान गरिएकोमा सो बमोजिम भए वा नभएको निरीक्षण गरी विभागb समक्ष प्रतिवेदन पेश गर्ने,
(छ) पशु नसल सुधार सम्बन्धमा स्थलगत रुपमा सुझाव संकलन गरी विभागमा पठाउने,
(ज) पशु नसल सुधार लागू गरिएको क्षेत्रमा भाले जातको पशुहरूलाई खसी पार्ने कार्य गराउने,
(झ) पशु नसल सुधार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न प्रचार प्रसार गर्ने,
(ञ) पशु नसल सुधारको लागि पशुहरूको जाति र वीर्यको प्रयोग सिफारिस अनुसार भए वा नभएको अनुगमन गर्ने,
(ट) विभागले तोकिदिएका अन्य काम गर्ने वा गराउने ।

२०. रोगको सूचना दिनु पर्ने :

(१) कुनै पशुलाई संक्रामक रोग लागेको वा त्यस्तो रोग लागेको शंका लागेको कुरा पशु धनी वा स्थानीय निकाय वा पशु उपचारमा संलग्न पशु स्वास्थ्यकर्मी वा पशु चिकित्सक जोसुकैको जानकारीमा आएमा नजिकको पशु सेवा केन्द्र वा उपकेन्द्र वा पशु सेवा कार्यालयमा सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त हुन आएपछि सम्बन्धित प्राविधिकले जाचबुझ गर्दा अनुसूची–१० मा उल्लिखित रोग लागेको शङ्का गर्नु पर्ने
आधार भएमा पशु सेवा कार्यालयको प्रमुखले विभागले तोकेको भेटनरी अधिकृतका साथै क्षेत्रीय पशु सेवा निर्देशनालय र क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालालाई समेत
सो कुराको सूचना यथाशीघ्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना प्राप्त भएपछि त्यस्तो भेटनरी अधिकृतले सो सम्बन्धमा आवश्यक अध्ययन गरी २४ (चौबीस) घण्टा भित्र विभागलाई जानकारी गराउनु पर्नेछ ।
४) ढुवानीको क्रममा कुनै पशुको मृत्यु भएमा त्यस्तो पशुको धनी वा ढुवानीकर्ताले नजिकको पशु सेवा केन्द्र, उपकेन्द्र, पशु क्वारेन्टाईन कार्यालय, चेकपोष्ट वा जिल्ला पशु सेवा कार्यालयमा सोको जानकारी दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम सूचना प्राप्त भएपछि त्यस्तो निकायको प्राविधिक वा प्रमुखले पशु मर्नाको कारण यकीन गर्न आवश्यक पर्ने नमूना सङ्कलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउनु पर्नेछ र मृत पशुलाई
नियम १८ बमोजिमको कार्यविधि पूरा गरी नष्ट गर्न लगाउनु पर्नेछ ।

२१. जैविक पदार्थ सम्बन्धी विशेष व्यवस्था : जैविक पदार्थको उत्पादन, निकासी, पैठारी वा विक्री वितरण गर्न चाहनेले यस ऐन बमोजिम सिफारिसपत्र वा अनुमतिपत्र पाउनको लागि निवेदन दिँदा अनुसूची–११ मा उल्लिखित विवरण समेत उपलव्ध गराउनु पर्नेछ ।
२१क.कार्यालय तोकिएकोः ऐनको दफा २ को खण्ड (ट) को प्रयोजनको लागि सोही ण्डमा उल्लिखित कार्यालयको अतिरिक्त केन्द्रीय पशु क्वारेन्टाईन कार्यालय, पशु
क्वारेन्टाईन कार्यालय र भेटेनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयलाई समेत तोकिएकोछ ।

२२. पोशाक लगाउनु पर्नेः क्वारेन्टाइनमा काम गर्ने कर्मचारीले विभागले तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ ।

२२क.निर्देशिका तथा संहिता बनाउन सक्ने : ऐन तथा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न कृषि तथा सहकारी मन्त्रालयले आवश्यक निर्देशिका तथा संहिता
बनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिका तथा संहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

२३. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।

द्रष्टब्य :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

अनुसूची–१

(नियम २ को खण्ड (ख) सँग सम्बन्धित)
निःसंक्रमण गर्ने विधि
निःसंक्रमण गर्दा निःसंक्रमण गरिने बस्तुको प्रकृति हेरी देहायको कुनै रासायनिक वा भौतिक विधि प्रयोग गर्नु पर्नेछ :
१. चून : पानीमा २० प्रतिशतको घोल ।
२. सोडियम कार्वोनेट : पानीमा ५ देखि ८ प्रतिशतको घोल ।
३. सोडियम हाइड्रोक्लोराइड : पानीमा १ देखि ५ प्रतिशतको घोल । आवश्यक परेमा ५ प्रतिशतको चूनको घोल समेत मिलाएर प्रयोग गर्न सकिनेछ ।
४. फिनोलिक एसिड : पानीमा ३ देखि ५ प्रतिशतको घोल ।
५. फिनोलिक एसिड र सल्फ्युरिक एसिडको सम्मिश्रण भएको घोल ः एक लिटर पानीमा पचास मिलिलिटर समिश्रणको घोल ।
६. फर्मालिन : ४० प्रतिशतको फर्मालिन झोललाई पानीमा ५ प्रतिशतको घोल ।
७. सोडियम हाइपोक्लोराइड : पानीमा १ देखि ३ प्रतिशतको घोल ।
८. पाराबैजनी किरण (अल्ट्राभायोलेट लाइट) :कम्तीमा लगातार दुई घण्टा प्रयोग ।
९. आगोको ताप : व्लो ल्याम्पको प्रयोग ।
द्रष्टव्यः निःसंक्रमणका उपलव्ध अन्य उत्पादनहरू अवस्था हेरी प्रयोग गर्न सकिनेछ ।

अनुसूची–२

(नियम १० को उपनियम (१) सँग सम्बन्धित)
क्वारेन्टाइन प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
कृषि मन्त्रालय
पशु सेवा विभाग
पशु क्वारेन्टाइन चेकपोष्ट
…………………….. मिति ः–
क्वारेन्टाइन प्रमाणपत्र
……….. अञ्चल ………… जिल्ला ……………. गा.वि.स.र न.पा. वडा नं. ……. का श्री
……….. ले मिति ………. मा ………… (मुलुक) बाट …….. प्रयोजनको लागि पैठारी गर्नु
भएको गाई/भैंसी/रांगो/खसी/चल्ला ….. यस क्वारेन्टाइन चेकपोष्टबाट निरीक्षण गर्दा
तपसिलका प्रमाणहरू दुरुस्त पाइएको र परीक्षण गर्दा रोग संक्रमण हुन सक्ने सम्भावना
नदेखिएको हुँदा यस स्थान देखि ………………. सम्म मिति ………. भित्रमा पु¥याउने गरी
यो प्रमाणपत्र दिइएको छ ।
तपसिल
(१)
(२)
(३)
(४)
क्वारेन्टाइनबाट छाडिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन
सामग्रीको विवरण ः–
नाम तौल र संख्या कैफियत
(१)
(२)
(३)
(४)
क्वारेन्टाइन अधिकृत

फाराम–१

(नियम १० को उपनियम (२) को खण्ड (क) सँग सम्बन्धित)
कुकुर तथा बिरालोको स्वास्थ्य प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government Of Nepal

िकृषि मन्त्रालय
Ministry of Agriculture

पशु सेवा विभाग
Department of Livestock Services
पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check Post

कुकुर तथा बिरालोको स्वास्थ्य प्रमाणपत्र
Health Certificate for Dogs and Cats

१. पशु धनीको नाम र ठेगाना (Owner’s name and address): ==============================

२. विवरण (Description) :====================================

पशुको जाति (Species of animal) : =====================

उमेर वा जन्म मिति (Age or date of birth) : …………….

लिङ्ग (Sex): …………………..

जात (Breed) :………………

रङ्ग (Colour) :………………….

रौंको रङ्ग तथा पहिचान चिन्ह (Coat type and marking/distinguishing marks) :

परिचयात्मक संख्या (टाटू वा अन्य स्थायी किसिमले लगाइएको पहिचान चिन्ह)
[Identification number (tattoo or other permanent method of
identification)] :

३. थप जानकारी (Additional information) : Country of origin
(उत्पत्ति भएको
मुलुक) ः……………..
विगत दुई वर्षमा पशुधनिले पशुसाथ भ्रमण गरेको मुलुकहरू (मिति उल्लेख गर्ने)
[Countries visited with pet over the past two years by the owner (give dates)] :

४. खोप (Vaccination) :

तल सहिछाप गर्ने म यो घोषणा गर्दछु कि माथि भाग २ मा उल्लेख गरिएको
पशुलाई निम्न अनुसार रेविजको खोप दिएको हुँ । खोप लगाइएको दिनमा सो
पशु स्वस्थ्य भएको पाइएको थियो । (I the undersigned declare herewith that
I have vaccinated the animal described in Part 2 against rabies as shown
below. The animal was found to be healthy on the day of vaccination.)


५ सिरोलजिकल परीक्षण (Serological Testing) :

तल सहिछाप गर्ने म यो घोषणा गर्दछु कि माथि भाग २ मा वर्णन गरिएको
पशुको रगतको नमूना मैले लिई आधिकारिक प्रयोगशालामा न्यूट्रिलाइजिङ्ग
एण्टिवडी टाइटेशन परीक्षण गराउँदा निम्न अनुसारको नतीजा पाइएको छ । (I
the undersigned declare herewith that I have taken a blood sample from the animal
described in Part 2 and have received the following result from the official diagnostic
laboratory which has carried out the neutralising antibody titration test.)

६. क्लिनिकल परीक्षण (Clinical Examination) :
तल सहिछाप गर्ने म यो घोषणा गर्दछु कि भाग २ मा वर्णन गरिएको पशुलाई निम्न मितिमा परीक्षण गरेको हुँ र परीक्षणमा उक्त पशु स्वस्थ्य भएको पाएको छु ।  (I the undersigned declare herewith that I have examined on the date indicated
below the animal described in Part 2 and have found it to be clinically healthy.)

फाराम–२

(नियम १० को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)
घर पालुवा तथा जङ्गली पशुको लागि स्वास्थ्य प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government Of Nepal

िकृषि मन्त्रालय
Ministry of Agriculture

पशु सेवा विभाग
Department of Livestock Services

पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check Post

घर पालुवा तथा जङ्गली पशुको लागि स्वास्थ्य प्रमाणपत्र
Health Certificate for Domestic or Wild animals

निकासी गर्ने देश  (Exporting Country) : ………………………….

मन्त्रालय  (Ministry) : ………………………………………………….

विभाग  (Department) : …………………………………………………

जिल्ला  (District) : ……………………………………………………..

१. पशु (हरू) को पहिचान (Identification of the animal/s) :

कानमा लगाईएको
चिन्ह (Ear Mark)

जात
(Breed)
लिङ्ग
(Sex)
उमेर
(Age)
२. पशु (हरू) को उत्पत्ति (Origin of the animal/s) :

निकासीकर्ताको नाम तथा ठेगाना (Name and address of exporter)
:……………………..

पशु (हरू) को उत्पत्ति स्थान (Place of origin of the animal/s) :
……………………………

३. पशु (हरू) को गन्तव्य स्थान (Destination of the animal/s) :

पाउनेको नाम र ठेगाना (Name and address of consignee) :
…………….………………..

ढुवानी साधनको प्रकृति तथा पहिचान (Nature and identification of
means of transport) : ………………..

४. सेनिटरी जानकारी (Sanitary information) :

तल सहिछाप गर्ने म भेटनरी अधिकृत यो प्रमाणित गर्दछु कि माथि उल्लेख
गरिएको पशु (हरू) आज …….. मा परीक्षण गर्दा (The undersigned
Official Veterinarian certifies that the animal/s described above and
examined on this day) :

कुनै पनि रोगको लक्षण नभएको पाइयो (shows/show no clinical sign of
disease);

निम्न आवश्यकताहरू पूरा गरेको पाइयो (आवश्यक भएमा) * (satisfies/ satisfy
the following requirements (if applicable)*

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at)………
मिति (on) : ………..

क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of
quarantine Officer) :…………………

सहिछाप (Signature)……………………….

८यी शर्तहरू निकासी र पैठारी गर्ने मुलुकहरू बीच भेटनरी सेवा सम्बन्धी
सहमति भए अनुसार हुनेछ । (These conditions are agreed conditions
between the Veterinary Services of the importing and exporting countries)

फाराम–३

(नियम १० को उपनियम (२) को खण्ड (ग) सँग सम्बन्धित)
पशुको वीर्यको लागि स्वास्थ्य प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government of Nepal

िकृषि मन्त्रालय
Ministry of Agriculture

पशु सेवा विभाग
Department of Livestock Services

पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check Post

पशुको वीर्यको लागि स्वास्थ्य प्रमाणपत्र
Health Certificate for Semen of animals

निकासी गर्ने मुलुक (Exporting Country) : …………………….

मन्त्रालय (Ministry) : ……………………………………………..

विभाग (Department) : ……………………………………………

जिल्ला (District) : ………………………………………………….

१. दाता पशुको बारेमा जानकारी (Information Concerning the Donor animal) :

जाती (Species) …………………………………………

जात (Breed) : …………………………….

नाम (Name) : …………………………….
जन्म मिति (Date of Birth) : ………………
जन्मस्थान (Place of Birth) : …………………
रजिष्टर्ड किताबमा दर्ता  (Registered entry in the Herd/stutbook) :
………………….
पशुलाई कृत्रिम गर्भाधानको लागि स्वीकृति पाएको मिति(Date of approval of
animal for AI purposes) : ……………….

२. वीर्य सम्बन्धी विवरण (Information Concerning the Semen) : ……………..
संकलन गरेको मिति (Date of Collection) : ………….
निकासी गरिने वीर्यको संख्या तथा प्याक (Quantity and Packaging of
Exporting Semen
) : ……………………………

३. वीर्यको उत्पत्ति (Origin of the Semen) :

कृत्रिम गर्भादान केन्द्र वा निकासी कर्ताको नाम र ठेगाना (Name and Address
of AI Center or Exporter
) : …………

४. वीर्यको गन्तव्य स्थान (Destination of the Semen) : ………

पाउनेको नाम र ठेगाना

(Name and Postal Address of Consignee) :……………………

ढुवानी गर्ने साधनको प्रकृति तथा पहिचान (Nature and Identification of
Means of Transport
) : ……………….

५. सेनीटरी जानकारी (Sanitary Information) :

तल सहिछाप गर्ने म भेटनरी अधिकृत यो प्रमाणित गर्दछु कि वीर्य संकलन
गरिएको पशुमा (The undersigned official veterinarian certifies that the
donor animal
)

वीर्य संकलन गर्ने दिनमा रोगको कुनै लक्षण देखिएको छैन (shows no sign of
disease on the day of collection
):

निम्न आवश्यकताहरू समेत पूरा गरेको छ (आवश्यक परेमा)
(satisfy/satisfies the following requirements (if applicable)*

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at) ……….
मिति (on) : ………….

क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of Quarantine
Officer
) :………………….

सहिछाप (Signature) ……………………….

८ यी शर्तहरू निकासी र पैठारी गर्ने मुलुकहरू बीच भेटनरी सेवा सम्बन्धी
सहमति भए अनुसार हुनेछ (These conditions are agreed conditions
between the Veterinary Services of the importing and exporting
countries
)

फाराम–४

(नियम १० को उपनियम (२) को खण्ड (घ) सँग सम्बन्धित)
पशुको मासुको लागि सेनेटरी प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government Of Nepal

कृषि मञ्त्रालय
Ministry of Agriculture

पशु सेवा विभाग
Department of Livestock Service

पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quaramtine Check Post

पशुको मासुको लागि सेनेटरी प्रमाणपत्र
Sanitary Certificate for Meat of Domestic Animals

निकासी गर्ने मुलुक (Exporting Country) : ……………….

मन्त्रालय (Ministry) : ……………… ………………….

विभाग (Department) : ……………… ………………….

जिल्ला (District) : ……………… ………………….

१. मासुको पहिचान (Identification of the meat) : ……………… ………………….

मासुको हिस्साको किसिम (Type of Portions of meat) : ……………… ………………….

पोकाको किसिम (Type of Package) : ……………… ………………….

पोकाको संख्या (Number of objects or Packages) : ……………… ………………….

खुद तौल (Net weight) : …………………………….

२. मासुको उत्पति

(Origin of the meat) :

स्वीकृति प्राप्त पशु बधशाला वा मासु प्रशोधन गर्ने संस्थाको ठेगाना 

Address/es of approved abattoir or cutting-up establishment/s ………………………….

३. मासुको गन्तव्य स्थान

(Destination of the meat) :

मासु पठाउने ठाउँ (The meat is being sent from) : …………
चलान भएको ठाउँ : (Place
of dispatch)

सम्म (to) : ………

देश र गन्तव्य स्थानको नाम (country and place of destination)

ढुवानी साधनको प्रकृति तथा पहिचान (Nature and identification of means of transport) : ..

निकासीकर्ताको नाम र ठेगाना (Name and address of exporter) : ………………….

पाउनेको नाम र ठेगाना (Name and address of consignee) : ……………………………

४. उपभोग योग्यताको प्रमाण्ीाकरण (Attestation of wholesomeness) :……………………….

तल सहिछाप गर्ने म भेटनरी अधिकृत प्रमाणित गर्दछु कि (The undersigned Official
Veterinarian certifies that) :

माथि उल्लेख गरिएका मासु, मासुको पोकाहरू मानव उपभोगको लागि उपयुक्त देखिन्छ
(The meat, packages of meatreferred to above is considered to be fit for human
consumption) :

मासु प्रशोधन गर्ने स्थानमा मासु काटिएका हो (The meat was cut-up in a cutting-up
establishment) :

निम्न आवश्यकताहरू यो मासुले पूरा गरेको छ (आवश्यक परेमा : The meat satisfies
the following requirements (if applicable)…………..

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at) ………..
मिति (on) ………

क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of Quarantine Officer)
………………………….

सहिछाप (Signature) ……………

आवश्यक नपर्ने जति केर्नुहोस् (Delete where not applicable)

यी शर्तहरू निकासी र पैठारी गर्ने मुलुकहरू बीच भेटनरी सेवा सम्बन्धी सहमति भए
अनुसार हुनेछ । (These conditions are agreed conditions between the Veterinary Services of
the importing and exporting countries.)

फाराम–५

(नियम १० को उपनियम (२) को खण्ड (ङ) सँग सम्बन्धित)
पशु आहारा, औद्योगिक वा औषधिको रुपमा प्रयोग हुने पशुजन्य पदार्थको लागि
सेनेटरी प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government Of Nepal
कृषि मन्त्रालय
Ministry of Agriculture
पशु सेवा विभाग
Department of Livestock Services
पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check post

पशु आहारा, औद्योगिक वा औषधिको रुपमा प्रयोग हुने पशुजन्य पदार्थको लागि सेनेटरी प्रमाणपत्र
Sanitary Certificate for Products of Animal Origin destined for use in Animal Feeding, or
for Industrial or Pharmaceutical use

निकासी गर्ने मुलुक (Exporting Country) : ………
मन्त्रालय (Ministry) : ……………………………
विभाग (Department) : ……………………………
जिल्ला (District) : ………………………………

१. पदार्थ को पहिचान (Identification of the product) :

पोकाको संख्या (Number of package) : ………………

पहिचान चिन्ह (Identification marks) : … ……………….

खुद तौल (Net weight) : ………………………………

२. पदार्थको उत्पत्ति (Orgin of the products):

पदार्थ उत्पादन भएको संस्थाको ठेगाना ( Address of the establishment of orgin)……………………………

३. पदार्थको गन्तव्य स्थान(Destination of the products):

उपरोक्त अनुसारको पदार्थ पठाइएको ठाउँ The above mentioned products is being
sent from) : ……………..

चलान भएको ठाउँ (place of dispatch)  सम्म (to) : ………

देश र गन्तव्य स्थान (country and place of destination)]

ढुवानी साधनको प्रकृति तथा पहिचान (Nature and identification of means of
transport) : ………………..

निकासी कर्ताको नाम र ठेगाना (Name and address of exporter): ………………….

पाउनेको नाम र ठेगाना (Name and address of consignee) : ………………………….

४. सेनेटरी जानकारी (Sanitary information) :

तल सहिछाप गर्ने म भेटनरी अधिकृत प्रमाणित गर्दछु कि माथि वर्णन गरिएको पदार्थले
निम्न आवश्यकताहरू पूरा गरेको छ (आवश्यक भएमा)ृ [The undersigned Official
Veterinarian certifies that the products described above satisfy the following
requirements (if applicable)]

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at) ………. मिति (on) ………..

क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of Quarantine Officer)
…………………………….

सहिछाप (signature) ……………………………

यी शर्तहरू निकासी पैठारी गर्ने मुलुकहरू बीच भेटनरी सेवा सम्बन्धी सहमति भए
अनुसार हुनेछ (These conditions are agreed conditions between the Veterinary
Services of the importing and exporting countries)

फाराम–६

(नियम १० को उपनियम (२) को खण्ड (च) सँग सम्बन्धित)
पंक्षीका लागि स्वास्थ्य प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government of Nepal

कृषि मन्त्रालय
Ministry of Agriculture

पशु सेवा विभाग
Department of Livistock Service

पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check post

घोडा जातिका पशुको लागि स्वास्थ्य प्रमाणपत्र
Animal Health Certificate for Birds

निकासी गर्ने मुलुक (Exporting Country) : ………

मन्त्रालय (Ministry) : ……………………………

विभाग (Department) : ……………………………

जिल्ला (District) : ………………………………

१. पशुको पहिचान (Destination of the animal/s):………………………………………

जाति                      उमेर                                   लिंग                                   जात                                           चिन्ह तथा विवरण

(Species) (Age) (sex) (breed) (Mark and description)

२. पशुको उत्पति  (Orgin of the animal/s:

निकासीकर्ताको नाम र ठेगाना(Name and address of exporter)…………………………..

गन्तव्य मुलुक (Country of destination) : ………………
३.पशुको उत्पत्ति स्थान  ( destination of animal/s) : ………………
पाउनेको नाम र ठेगाना (Name and address of consignee) :…………………………

ढुवानी साधनको प्रकृति तथा पहिचान (Nature and identification of means of
transport) :………………

गन्तव्य मुलुक (Country of destination) ……………….

४. सेनिटरी जानकारी (Sanitary information) :

तल सहिछाप गर्ने म भेटनरी अधिकृत प्रमाणित गर्दछु कि आजका मितिमा परीक्षण
गरिएको माथि उल्लेखित पंक्षीमा (The undersigned Official Veterinarian certifies that
the bird/s described above and examined on this day) :

a.कुनै पनि रोगका लक्षणहरू छैनन् (show/s no clinical sign of disease);
b.निम्न आवश्यकताहरू पूरा गरेका छन् (आवश्यक भएमा) (satisfy/ies the
following requirements).

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at) ………. मिति (on) ………..
क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of Quarantine Officer)
……………………………….

सहिछाप (Signature) ………………………

प्रजननको प्रयोजनका पशुहरूका लागि अलग अलग प्रमाणपत्र दिनु पर्नेछ (It is
(It is recommended that individual certificates be drwan up for breeding animal)

यी शर्तहरू निकासी पैठारी गर्ने मुलुकका बीच भेटनरी सेवा सम्बन्धी सहमति भए
अनुसार हुनेछ (These conditions are agreed conditions between the Veterinary
Services of the importing and exporting countries)

फाराम–७

(नियम १० को उपनियम (२) को खण्ड (छ) सँग सम्बन्धित)
पंक्षीका लागि स्वास्थ्य प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government of Nepal

कृषि मन्त्रालय
Ministry of Agriculture

पशु सेवा विभाग
Department of Livistock Service

पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check post

पंक्षीका लागि स्वास्थ्य प्रमाणपत्र
Animal Health Certificate for Birds

निकासी गर्ने मुलुक (Exporting Country) : ………

मन्त्रालय (Ministry) : ……………………………

विभाग (Department) : ……………………………

जिल्ला (District) : ………………………………

१. पंक्षीको पहिचान (Identification of the bird/s):

संख्या                        पहिचान                          चिन्ह                              लिंग                                    उमेर

(Number) (Marks) (Species) (sex) (Age)

२. पंक्षीको उत्पति (Orgin of the bird/s:

निकासीकर्ताको नाम र ठेगाना(Name and address of exporter)…………………………..

पंक्षीको उत्पत्ति स्थान (Destination of the birs/s):………………………………………

गन्तव्य मुलुक (Country of destination) : ………………
३. पंक्षीको गन्तव्य स्थान (Country of destination) : ………………
पाउनेको नाम र ठेगाना (Name and address of consignee) :…………………………

ढुवानी साधनको प्रकृति तथा पहिचान (Nature and identification of means of
transport) :………………

गन्तव्य मुलुक (Country of destination) ……………….

४. सेनिटरी जानकारी (Sanitary information) :

तल सहिछाप गर्ने म भेटनरी अधिकृत प्रमाणित गर्दछु कि आजका मितिमा परीक्षण
गरिएको माथि उल्लेखित पंक्षीमा (The undersigned Official Veterinarian certifies that
the bird/s described above and examined on this day) :

कुनै पनि रोगका लक्षणहरू छैनन् (show/s no clinical sign of disease);
निम्न आवश्यकताहरू पूरा गरेका छन् (आवश्यक भएमा) (satisfy/ies the
following requirements). (if applicable)

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at) ………. मिति (on) ………..
क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of Quarantine Officer)
……………………………….

सहिछाप (Signature) ………………………

यी शर्तहरू निकासी पैठारी गर्ने मुलुकका बीच भेटनरी सेवा सम्बन्धी सहमति भए
अनुसार हुनेछ (These conditions are agreed conditions between the Veterinary
Services of the importing and exporting countries)

अनुसूची – ३ फाराम–८

(नियम १० को उपनियम (२) को खण्ड (ज) सँग सम्बन्धित)
विभिन्न पंक्षीका फुल तथा एक दिने चल्ला वा भर्खर कोरलिएका चल्लाको लागि
स्वास्थ्य प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
Government of Nepal
कृषि मन्त्रालय
Ministry of Agriculture
पशु सेवा विभाग
Department of Livestock Services
पशु क्वारेन्टाइन चेक पोष्ट
Animal Quarantine Check Post
विभिन्न पंक्षीका फुल तथा एक दिने चल्ला वा भर्खर
कोरलिएका चल्लाको लागि स्वास्थ्य प्रमाणपत्र
Health Certificate for Day-Old Chicks, Turkey Poults, other
Newly-Hatched Avian Species and Hatching Eggs

निकासी गर्ने मुलुक (Expoting Country) : ……………………………

मन्त्रालय (Ministry) : ……………………………………………………..

विभाग (Department) : ……………………………………………………

जिल्ला (District) : ………………………………………………………….

१. पंक्षी वा चल्ला कोरल्ने फुलको पहिचान( Identification of the birds/s or hatching egg/s:

संख्या                                       चिन्ह                                            जाति                                           जात

(Number) (Mark) (Species) (Breed)

२. पंक्षी वा चल्ला कोरल्ने फुलको उत्पत्ति

(Identification of the bird/s) :

उत्पादन गर्ने फर्मको नाम र ठेगाना * ( Name and Adress of extablishment of Orgin*):…………………..वा ह्याचरीको नाम*(or of the hatchery* )

निकासीकर्ताको नाम र ठेगाना (Name and address of exporter) : ……………………………………..

३. पंक्षी वा कोरल्ने फुलको गन्तव्य स्थान

Destination of the bird/s or hatching egg/s

गन्तव्य मुलुक (Country of destination) : ……………………

पाउनेको नाम र ठेगाना (Name and address of consignee) : …………………

ढुवानी साधनको प्रकृति तथा पहिचान (Nature and identification of means of
transport) : .………………..

बन्द साधनको किसिम (type of containers) : ………………….

४. सेनिटरी जानकारी (Sanitary information) :

तल सहिछाप गर्ने म भेटनरी अधिकृत यो प्रमाणित गर्दछु कि यहाँ उल्लेख
गरिएको चल्ला वा चल्ला कोरल्ने फुल (The undersigned Official Veterinarian
certifies that the day old chicks, Turkey poults or hatching eggs) :

नियमित निरीक्षण गरिने गरेको ह्याचरी वा फर्म बाट आएका हुन्
(come from an establishment or a hatchery which is regularly inspected);
ती ह्याचरी वा फर्म ले निम्न आवश्यकताहरू पूरा गरेका छन् (आवश्यक
भएमा) come from an extablishment or a hatchery which satisfies the
following requirements (if applicable)

कार्यालयको छाप (Official stamp) :

जारी गरिएको स्थान (Issued at) ……….  मिति (on) : ………..

क्वारेन्टाइन अधिकृतको नाम तथा ठेगाना (Name and address of Quarantine
Officer) : ………………………….

सहिछाप (Signature)………………………….

नचाहिने जति केर्नुहोस् (Delete where not applicable)

यी शर्तहरू निकासी र पैठारी गर्ने मुलुकका बीच भएको भेटनरी सेवा सम्बन्धी
सहमति भए अनुसार हुनेछ (These conditions are agreed conditions between the
Veterinary Services of the importing and exporting countries)

अनुसूची – ४

(नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
सिफारिसपत्रको लागि दिने निवेदनको ढाँचा
मिति : ……………..
श्री महानिर्देशकज्यू,
पशु सेवा विभाग ।
विषय :– सिफारिसपत्र पाउँ ।
मैले/हामीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १७ अनुसार तल उल्लेख गरे बमोजिमको उद्योग स्थापना गर्न लागेको हुँदा सिफारिसपत्र पाउन अनुरोध गर्दछु/गर्दछौं ।
स्थापना गर्न लागेको उद्योग :
१. जैविक पदार्थ :
२. चल्ला :
३. माछाका भुरा उत्पादन (ह्याचरी) :
४. पशु दाना :
५. मासु प्रशोधन :
नाम :
सही :
ठेगाना :
द्रष्टव्य : सिफारिसपत्रको लागि निवेदनसाथ संलग्न हुनु पर्ने कागजातहरू विभागले तोके अनुसार हुनेछ ।

अनुसूची – ५

(नियम १२ को उपनियम (२) सँग सम्बन्धित)
सिफारिसपत्रको ढाँचा
नेपाल सरकार
कृषि मन्त्रालय
पशु सेवा विभाग
विषय :– सिफारिसपत्र ।
मिति :……………..
श्री ……………………
………………………..
तपाईको मिति ……………. को निवेदनमा कारवाही हुँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १७ अनुसार तपाईलाई निम्न बमोजिमको उद्योग स्थापना गर्नको लागि यो सिफारिसपत्र प्रदान गरिएको छ ।
१. ……………………….
२. ………………………
३. ………………………
४. ……………………….
……………..
अधिकृतको दस्तखत

अनुसूची – ६

(नियम १३ को उपनियम (१) सँग सम्बन्धित)
सिफारिसपत्रको लागि दिइने निवेदनको ढाँचा
मिति : ……………..
श्री महानिर्देशकज्यू,
पशु सेवा विभाग ।
विषय :– सिफारिसपत्र पाउँ ।
मैले/हामीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १८ अनुसार निम्न कुराहरू निकासी/पैठारी गर्न लागेको हुँदा सिफारिसपत्र पाउन अनुरोध गर्दछु/गर्दछौं ।
निकासी/पैठारी गर्न चाहेको :
१. जैविक पदार्थ :
२. चल्ला :
३. माछाका भुरा :
४. पशु दाना :
निवेदकको
नाम :
सही :
ठेगाना :
द्रष्टव्य : सिफारिसपत्रको लागि निवेदनसाथ संलग्न हुनु पर्ने कागजातहरू विभागले तोके अनुसार हुनेछ ।

अनुसूची – ७

(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
सिफारिसपत्रको ढाँचा
नेपाल सरकार
कृषि मन्त्रालय
पशु सेवा विभाग
विषय :– सिफारिसपत्र ।
मिति : ……………..
श्री ……………………
……………………….
तपाईको मिति ……………. को निवेदनमा कारवाही हुँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १८ अनुसार तपाईलाई निम्न बमोजिमकोनिकासी/पैठारी गर्ने  प्रयोजनको लागि यो सिफारिसपत्र प्रदान गरिएको छ ।
१. ……………………….
२. ………………………
३. ………………………
४. ……………………….
………………
अधिकृतको दस्तखत

अनुसूची – ८

(नियम १६ को उपनियम (१) सँग सम्बन्धित)
अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा
मिति :……………..

श्री महानिर्देशकज्यू,
पशु सेवा विभाग ।
विषय :– अनुमतिपत्र पाउँ ।
मैले/हामीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १९ अनुसार जैविक पदार्थ/चल्ला/माछाका भुरा विक्री, वितरण, मासु प्रशोधन गर्न चाहेको हुँदा अनुमतिपत्र पाउन अनुरोध गर्दछु/गर्दछौं ।
निवेदकको–
नाम :
सही :
ठेगाना :
द्रष्टव्य : अनुमतिपत्रको लागि निवेदनसाथ संलग्न हुनु पर्ने कागजातहरू विभागले तोके अनुसार हुनेछ ।

अनुसूची – ९

(नियम १६ को उपनियम (२) सँग सम्बन्धित)
अनुमतिपत्रको ढाँचा
नेपाल सरकार
कृषि मन्त्रालय
पशु सेवा विभाग

विषय :– अनुमतिपत्र ।

मिति : ……………..
श्री …………………..
………………………

तपाईको मिति ……………. को निवेदनमा कारवाही हुँदा पशु स्वास्थ्य तथापशु सेवा ऐन, २०५५ को दफा १९ अनुसार तपाईलाई निम्न बमोजिमको  विक्री/वितरण/मासु प्रशोधन गर्न पाउने गरी यो अनुमतिपत्र प्रदान गरिएको छ ।
१. ……………………….
२. ………………………
३. ………………………
………….
अधिकृतको दस्तखत

अनुसूची – १०

(नियम २० को उपनियम (२) सँग सम्बन्धित)
सूचित गर्नुपर्ने रोगहरूको विवरण
(१) एन्थ्राक्स
(२) एट्रोफ्रिक राइनाइटिस्
(३) एजोकाइज डिजिज्
(४) वोभाइन ब्रुसेल्लोसिस्
(५) वोभाइन ट्युवरक्लोसिस्
(६) वफेलो पक्स
(७) क्याप्राईन एण्ड ओभाईन व्रुसेल्लोसिस्
(८) क्लासिकल स्वाइन फिभर
(९) कन्टाजियस् वोभाईन प्ल्यूरोन्यूमोनिया
(१०) कन्टाजियस् क्याप्राईन प्ल्यूरोन्यूमोनिया
(११) ओभाइन इपिडिडिमाइटिस्
(१२) ओभाइन फुटरट
(१३) पेष्टिस डेस् पेटिटिस रुमिनान्ट्स् (पि.पि.आर.)
(१४) पोर्साइन व्रुसेल्लोसिस्
(१५) रिण्डरपेष्ट
(१६) सिप एण्ड गोट पक्स
(१७) एभिएन इन्फ्लुइन्जा÷फाउल प्लेग
(१८) एभिएन ट्युवरकुलोसिस्
(१९) चिकन भाइरल इन्फेन्सियस् एनिमिया
(२०) डक भाइरल ईन्टेराइटिस (डक प्लेग)
(२१) डक भाइरल हेपाटाइटिस्
(२२) ग्ल्याण्डर्स

अनुसूची – ११

अनुसू ची – – ११
(नियम २१ सँग सम्बन्धित)
जैविक पदार्थको उत्पादन, विक्री वितरण वा पैठारी गर्न निवेदन दिँदा उपलव्ध
गराउनु पर्ने विवरण
(१) उत्पादन गर्नेको नाम र ठेगाना(Name and address of the producer)

(२) जैविक पदार्थको व्यापारिक तथा जेनेरिक नाम (Trade and generic name of thebiologicals)
(३) जैविक पदार्थको भौतिक तथा रसायनिक बनावट तथा जैविक गुण र प्रभाव गर्ने
तरीका (Physical, chemical and biological properties and mechanism of action of the biologicals)
(४) जैविक पदार्थको प्रतिकारात्मक, उपचारात्मक वा रोग पहिचानको गुणात्मक विवरण
(Description of the prophylactic, curative or diagnostic properties of the biologicals)
(५) जैविक पदार्थमा हानीकारक असर नभएको रोग प्रतिकारात्मक, असर तथा अन्य
नकारात्मक असर बारे तथ्याङ्क(Data on harmlessness effect, immunogenic effect and side effects of biologicals)

(६) गुणात्मक र संख्यात्मक नियन्त्रण गरिने तरीकाको विवरण (Description of methods of qualitative and quantitative control [efficacy, quality and safety])
(७) जैविक पदार्थको रोग प्रतिकारात्मक गर्न वा प्रभावकारी रोग विश्लेषण गर्न सक्ने
क्षमता बारे अन्य समान उत्पादनसंग तुलनात्मक विवरण (केही भए)[Comparative assessment of the biologicals on immunological or diagnostic effectiveness in comparison with other similar preparations (if any)]

(८) अन्य जैविक पदार्थ वा भेटनरी औषधिहरूसँग एकैसाथ प्रयोग हुन सक्ने वा नसक्ने
बारे विवरण ९क्ष्लमष्अबतष्यलक, (Indications, contra-indications, and compatibility with other biologicals and
veterinary drugs)
(९) जैविक पदार्थ उत्पादन, ढुवानी, सञ्चय र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू
(Precautions that must be observed during the production, transportaion, storage and use of the biologicals)
(१०) जैविक पदार्थको बनावट, प्रयोग विधि, मात्रा, सञ्चय र प्याकिङ्ग सम्बन्धी निर्देशनहरू
(Instructions concerning the use of the biological preparation, ways of application, dosage, storage and packing)
कतयचबनभ बलम उबअपष्लन०
(११) विक्री गरिने प्याकेजमा उल्लेख हुुने कुराहरू(Label on the trade packing)
(१२) अन्य आवश्यक कुरा (कुनै भए) ृ[Other information (if any)]