Skip to contentSkip to left sidebar Skip to footer

पशु बधशाला र मासु जा“च नियमावली,२०५७

नेपाल राजपत्रमा प्रकाशित मिति

२०५७।१०।९
पशु वधशाला र मासु जाच ऐ्न, २०५५ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “पशु वधशाला र मासु जाच नियमावली,२०५७” रहेकोछ ।
(२) यो नियमावली, ऐन प्रारम्भ भएको क्षेत्रमा ऐन प्रारम्भ भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले पशु वधशाला र मासु जाच ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “विभाग” भन्नाले नेपाल सरकारको पशु सेवा विभाग सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले जिल्ला पशु सेवा कार्यालय सम्झनु पर्छ ।
(घ) “स्थानीय निकाय” भन्नाले गाउ“ विकास समिति वा नगरपालिका सम्झनु पर्छ ।

३. गैर सरकारी क्षेत्रमा पशु वधशालाको स्थापना

(१) गैर सरकारी क्षेत्रमा पशु वधशाला स्थापना र सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले इजाजतपत्रका लागि योजनाको प्रस्ताव र स्थानीय निकायको सिफारिस सहित अनुसूची–१ बमोजिमकोढांचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले सो विषयमा आवश्यक जा“चबुझ गरी आप्नो राय सहित त्यस्तो निवेदन प्राविधिक परामर्शका लागि विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएपछि विभागले आवश्यक अध्ययन गरी प्राविधिक परामर्श सहित सम्पूर्ण कागजात सम्बन्धित कार्यालयमाफिर्ता पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम विभागबाट प्राप्त प्राविधिक परामर्शकोआधारमा पशु वधशाला स्थापना र सञ्चालन गर्न दिन उपयुक्त देखिएमा कार्यालयले एक हजार रुपैया“ दस्तुर लिई निवेदकलाई अनुसूची–२ बमोजिमको ढांचामा इजाजतपत्र दिनु पर्नेछ ।
(५) गैर सरकारी क्षेत्रमा पशु वधशाला स्थापना र सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आपूले स्थापना र सञ्चालन गरेको पशु वधशालाको लागि ऐन र यस नियमावली बमोजिम आवश्यक मासु निरीक्षकको व्यवस्था आफैले गर्नु पर्नेछ ।
(६) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि स्थापना भएका पशुवधशालाले समेत यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र इजाजतपत्र लिइ सक्नु पर्नेछ ।

४. पशु वधशाला स्थापना र सञ्चालन

(१) पशु वधशालाको स्थापना र सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड देहाय बमोजिमको हुनुपर्नेछ :

(क) वध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी वध गर्न योग्य पशु राख्ने छुट्टा छुट्टै स्थानको व्यवस्था भएको,
(ख) विरामी पशु राख्ने अलग्ग स्थानको व्यवस्था भएको,
(ग) वध गर्नुभन्दा अघि पशुको स्वास्थ्य परीक्षण (एन्टिमोर्टम एक्जामिनेशन) गर्नकोलागि आवश्यक स्थानको व्यवस्था भएको,
(घ) वध गर्नु भन्दा अघि वेहोस बनाउने (स्टनीङ्ग), वध गरेपछि रगत निर्थोर्ने (ब्लिडिङ्ग), छाला काड्ने, खुइल्याउने, मासु सफा गर्ने तथा आन्द्रा भुंडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको,
(ङ) पशु वध गरिसकेपछि मासु परीक्षण (पोष्टमार्टम एक्जामिनेशन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु (कन्डेम्ड मिट) तह लगाउने स्थानको व्यवस्था भएको,
(च) आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था गरिएको,
(छ) वध गर्न ल्याइएका पशुबाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको,
(ज) पशु वधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको,
(झ) पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, वध गरिने स्थान, मासु परीक्षण गर्ने स्थानको भूई सजिलैस“ग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको,
(ञ) पशु वधशालामा आप्नो पशुको वध गरेको हेर्न चाहनेका लागि पशु वध गरिने स्थानमा प्रवेश नगरीकन यस्तोकार्य हेर्न सकिने व्यवस्था मिलाइएको,
(ट) मासु सुरक्षितसाथ राख्नको लागि अवश्यक शीत भन्डारको व्यवस्था भएको,
(ठ) वध गरिने पशु ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन राखिने स्थान पक्की, सजिलैस“ग सफा गर्न सकिने र वधशाला भन्दा अलग्ग निर्माण गरिएको,
(ड) पशु वध गरिने स्थानमा,–

(१) टेवुलको सतह खिया नलाग्ने भएको,
(२) मासु झुण्डयाउन प्रयोग हुने रेल (मिट रेल्स) ग्याल्भेनाइज्ड नगरिएको,
(३) अचानो बाहेक अन्य वेञ्च र टेवुलको सतहमा काठ प्रयोग नगरिएको,
(४) वध गरिएको पशु झुण्डयाउन आवश्यक पर्ने घिर्नी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको,
(५) प्रयोग गरिने हतियार, औजार तथा उपकरण खिया नलाग्ने किसिमको भै निर्मलीकरण (स्टेरिलाइजेशन) गर्ने सुविधा भएको।
(ढ) पशु वध गरिने स्थानमा देहायका सामग्रीहरु प्रयोग गनै पाइने छैन :–

(१) तामा र सो मिसिएको ढलौट तथा क्याड्मियम प्रयोग गरिएको हतियार तथा उपकरणकहरु,
(२) पालिस वा इनामेल लगाइएका भा“डा, हतियार तथा उपकरणहरु,
(३) शिशा (लिड) युृक्त भाडा तथा उपकरपणहरु ।
(ण) देहायका पशु वध गर्ने स्थान छुटृा छुट्टै हुनु पर्नेछ :–
(१) भेडा । बाख्रा । च्याङ्ग्रा
(२) रांगो । भैसी
(३) बंगुर । सुंगुर
(४) पंक्षी जाती
(२) पशु वधशालाभित्र प्रवेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा निर्धारित पहिरन र जुत्ता (रबर बुट) लगाएर मात्र प्रवेश गर्नु पर्नेछ ।
(३) क्षयरोग, छाला सम्बन्धी रोग तथा अन्य संक्रामक रोग लागेको व्यक्तिलाई पशुबधशालाभित्र प्रवेश गर्न वा कार्य गर्न दिइने छैन ।
(४) पशु वधशालामा पशु वध गर्ने कार्य समाप्त भएको आठ घण्टाभित्र वध गरिएको पशुको मल, मुत्र, रगत, भुत्ला जस्ता खेरजाने भाग तथा फोहर मैला उपयुक्त तरीकाले हटाउने, नष्ट गर्ने वा तह लगाउने कार्य गर्नु पर्नेछ ।
(५) पशु वधशालामा वध गरिने प्रत्येक पशुलाई पहिचान गर्न सक्ने गरी पहिचान चिन्ह दिनु पर्नेछ ।
(६) पशु वधशालाभित्र प्रयोग भएका कपडा, हतियार वा औजार क्षयरोगको शंका गरिएको पशुको मासुमा प्रयोग भएकोमा आधा घण्टासम्म लुगा धुने सोडा राखिएको पानीमा उमालेर मात्र पुनः प्रयोगमा ल्याउनु पर्नेछ ।
(७) वध गरिएको पशुको कुनै पनि अंग र झिल्ली जस्तो पदार्थ (सेरस मेम्व्रेन) मासु निरीक्षकले निरीक्षण नगरेसम्म शरीरबाट छुट्याउन पाइने छैन ।
(८) वध गरिएको पशुको मासुमा देखिएको कुनै रोगको पहिचन वा चिन्ह
मासु निरीक्षकको आदेश बिना पानीले धोएर, पुछेर, खुर्केर वा अन्य कुनै तरिकाबाट हटाउन पाइने छैन ।
(९) पशु वधशालाभित्र काम गर्ने व्यक्तिको प्रत्येक छ । छ महिनामा स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र मासु सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।

५. मासु बिक्रेताले इजाजत पत्र लिनु पर्ने

(१) मासु बिक्रेताको रुपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले सोको लागि स्थानीय निकाय समक्ष अनुसूची–३ बमोजिमको ढांचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएपछि स्थानीय निकायको प्रमुखले कार्यालयमा पत्राचार गरी कार्यालयले तोकेको मासु निरीक्षक वा मासु सुपरीवेक्षकबाट मासु बिक्री गर्ने स्थानको निरीक्षण गराई प्रतिवेदन प्राप्त गरेपछि मासु विक्रेताको इजाजतपत्र दिन उपयुक्त देखिएमा एकसय रुपैंयां दस्तुर लिई नुसूची–४ बमोजिमको ढांचामा दरखास्तवालालाई इजाजतपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र प्रदान गरेपछि स्थानीय निकायले सोको जानकारी कार्यालयलाई दिनु पर्नेछ ।

६. अन्य स्थानमा पशु वध गर्ने

(१) ऐनको दफा ९ को उपदफा (२) बमोजिम पशु वध गर्ने स्थान र समय तोक्दा मासु सुपरीवेक्षकले स्थानीय निकायस“ग परामर्श गरी देहायको मापदण्ड भएको स्थान तोक्नु पर्नेछ :–

(क) पशु वध गर्ने स्थानको भुई सजिलैस“ग सफा गर्न सकिने, पानी नजम्ने र नसोस्ने किसिमले पक्की गरी निर्माण गरिएको,
(ख) पशु वध गर्ने स्थानमा बाहिरबाट कुनै जनावर पस्न नसक्ने व्यवस्था मिलाइएको,
(ग) वध गरिएको पशुलाई भुण्ड्याएर छाला काढ्ने र मासु सफा गर्ने सुविधा भएको,
(घ) स्वच्छ पानीको सुविधा भएको,
(ङ) पशु वध गर्ने स्थानबाट निस्कने फोहर मैला वातावरणलाई असर नपर्ने गरी तह लगाउने व्यवस्था भएको,
(च) उपयुक्त छाना भएको ।

(२) उपनियम (१) बमोजिमको स्थानमा पशु वध गर्दा वध गर्नु अघि (एन्टिमोर्टम) र वध गरेपछि (पोष्टमार्टम) को परीक्षण गर्दा अपनाउनु पर्ने प्रक्रिया अनुसूची–५ र अनुसूची–६ बमोजिम हुनेछ ।

७. शंकास्पद मासुसुरक्षितसाथ राख्ने

(१) मासु निरीक्षणको सिलसिलामा कुनै मासु मानिसको उपभोगका लागि शंकास्पद देखिएमा मासु निरीक्षकले त्यस्तो मासु परीक्षण भई नआएसम्म बिक्री बितरणमा रोक लगाउनेछ ।
(२) वध गरिएको पशुको मासु वा सोको कुनै भाग मानिसको उपभोगका लागि उपयुक्त नदेखिएमा सम्बन्धित पशु वधशाला संचालकले मासु निरीक्षक वा मासु सुपरीवेक्षकको रोहवरमा त्यस्तो मासु तह लगाउनु वा नष्ट गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम शंकास्पद देखिएको मासु परीक्षण भए नआएसम्म त्यस्तो मासु सुरक्षित साथ राख्ने र शंकास्पद देखिएको मासु तत्काल परीक्षण गर्न  आवश्यक प्रयोगशाला र उपकरणको व्यवस्था सम्बन्धित पशु वधशालामा नै भएको हुनुपर्नेछ ।

८. मासु बिक्रेताले पालन गर्नुपर्ने शर्त

मासु बिक्रेताले देहाय बमोजिमका शर्त पालन गर्नु पर्नेछः–

(क) आप्नो पसलबाट बिक्री गरिने मासु नियम १५ अनुसारको छाप वा चिन्ह लागाइएको हुनुपर्ने,
(ख) छाप वा चिन्ह लागाइएको मासुको अंश बिक्रीको अन्तिम समयसम्म देखिने गरी राख्नु पर्ने,
(ग) मासुमा पानी छर्कन वा मासु पानीमा डुबाउन वा पानीमा भिजाइएको कपडाले छोप्न नपाइने,
(घ) मासु झुण्ड्याउंदा छाना, भित्ता, भुई वा खम्वामा नछोइने गरी झुण्ड्याउनु पर्ने,
(ङ) मासु तौलने ढक तराजुहरु अन्य वस्तु वा भुईमा लसपस नहुने गरी राख्नु पर्ने,
(च) प्रयोग नभएको अवस्थामा अचानो तथा टेबुल सफास“ग रहने गरी छोप्नु पर्ने,
(छ) मासुको आकर्षण बढाउन वा मासु सड्नबाट बचाउन कुनै प्रकारको रंग, औषधि वा रसायन प्रयोग नगर्ने,
(ज) वध गरिएको पशुको भित्रयांश, आन्द्रा भुंडी, टाउको, खुट्टी, रक्ति जस्ता भाग मासु पसलमा नै राखी बिक्री गर्न चाहेमा मासुस“ग लसपस नहुने गरी अलग्गै राखी बिक्री गर्न पर्ने,
(झ) मासु बिक्री गर्ने पसल देहाय बमोजिम निर्माण गरिएको हुनु पर्नेछ :–

(१) बिक्री कक्ष पानी नजम्ने र नसोस्ने गरी सजिलैस“ग सफा गर्न सकिने र चरा, किरा, मुसा प्रबेश गर्न नसकिने गरी बनाइएको,

(२) पसलको भित्ता पक्का खालको र सजिलैस“ग सफा गर्न सकिने तथा सिलिङ धुलो मैलो नखस्ने र पानी नतप्किने गरी बनाइएको,

(३) तौल गर्नको लागि प्रयोग हुने तराजु झुण्ड्याइएको वा अलग्गै टेबुलमा राखिएको र पर्याप्त स्थान भएको,

(४) खेर गएको मासुका टुक्रा, तरल पदार्थ वा अन्य पदार्थ सहज किसिमले तह लगाउने व्यवस्था मिलाइएको,

(५) मासु राख्ने टेबुल वा दराज किरा वा धुलो पस्न नसक्ने गरी जाली वा शिशा लगाइएको र जमिनभन्दा कम्तीमा पचास सेन्टीमिटर उचाई भएको ।

९. वध गर्नु अघि पशु जाच गर्ने कार्यविधि

(१) पशु वधशालामा वध गर्न ल्याइएका पशु वध गर्नु अघि जाच गर्ने कार्यविधि अनुसूची–५ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम जाच गर्दा कुनै पशुमा देहायका अवस्था भेटिएमा उक्त पशु वध गर्न पाइने छैन :–

(क) कुनै संक्रामक रोगको लक्षण देखिएमा,
(ख) ज्वरो आएको भएमा,
(ग) सुकेनासको स्थिति भएमा,
(घ) गर्भवती भएको कुनै लक्षण देखिएमा,
(ङ) दुध खाने अवस्थाको बच्चा साथमा भएमा ।

१०. वध गरिसकेपछि मासुको परीक्षण गर्ने कार्यविधि

(१) पशु वधशालामा पशुकोवध गरिसकेपछि मासु परीक्षण गर्ने कार्यविधि अनुसूची–६ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम परीक्षण गर्दा कुनै पशुको मासुमा क्षयरोग भेटिएमा अनुसूची–७ बमोजिम र अन्य रोग भेटिएमा अनुसूची–८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।

११. मासु निरीक्षकको काम, कर्तव्य र अधिकार

(१) ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त मासु निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ :–
(क) पशु वधशाला सञ्चालनको लागि निर्धारित समयमा उपस्थिति रहने,
(ख) पशु वध गरिनु अघि जा“च (एन्टिमोर्टम एक्जामिनेशन) गर्ने,
(ग) पशुृ वध गरिसकेपछि मासुको परीक्षण तथा जा“च गर्ने,
(घ) मासुमा खान अयोग्य वा रोगी भाग वा अंग भेटिएमा त्यस्तो भाग वा अंग हटाउने वा हटाउन लगाउने,
(ङ) मासुमा नियम १५ बमोजिम छाप लगाउने,
(च) मासु विक्री गर्ने पसल वा मासु ओसार पसार गर्ने साधनको निरीक्षण गर्ने,
(छ) वध गरिपएका पशुहरुको विवरण विभागले निर्धारण गरेको ढांचामा राख्ने,
(ज) पशु वधशालाको सररफाइ तथा निःसंक्रमण कार्य हरेक दिन गरे नगरेको निरीक्षण गर्ने,
(झ) शंकास्पद देखि छुट्याइएको मासु तुरुन्त परीक्षण गरी उपभोगका लागि योग्य छ छैन निश्चित गर्ने,
(ञ) उपभोगका लागि योग्य नदेखिएको मासु र अन्य खेर जाने वस्तुहरु उपयुक्त तरिकाले तह लगाउन वा नष्ट गर्न लगाउने,
(ट) प्रत्येक महिनाको अन्तमा आपूले थाहा पाएको इपिडिमियोलोजी सम्बन्धी प्रतिवेदन सम्बन्धित सुपरीवेक्षक समक्ष पेश गर्ने,
(ठ) यस नियमावली बमोजिम पशु वधशाला सञ्चालक र मासु बिक्रेताले पालन गर्नुपर्ने शर्तहरु पलन नगरेमा त्यस्तो पशु वधशाला तथा मासु पसलको सञ्चालकलाई कारवाही गर्न सिफारिस गर्ने,
(ड) मासु परीवेक्षकले लगाए अहएका अन्य काम गर्ने ।
(२) मासु निरीक्षकले आप्नो कामको लागि आवश्यक पर्ने सामग्री, औजार तथा उपकरण आपूसग राख्नु पर्नेछ ।

१२. मासु सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार

ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मासु सुपरीवेक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) समय समयमा पशु वधशालाको निरीक्षण गरी आवश्यकता अनुसार निर्देशन दिने,
(ख) मासु जाच सम्बन्धी कार्य, सरसफाई तथा निःसंक्रमणको कार्य उपयुक्त तरिकाबाट भए नभएको सुपरीवेक्षण गर्ने,
(ग) मासु निरीक्षकलाई आवश्यक प्राविधिक राय, सुझाव तथा निर्देशन दिने,
(घ) मासु विक्री गर्ने स्थल तथा ढुवानी गर्ने साधनको सुपरीवेक्षण गर्ने,
(ङ) पशु वधशाला वा मासु बिक्री गर्ने स्थलको सुपरीवेक्षणको क्रममा कुनै पशु वधशाला ऐन तथा यस नियमावली अनुरुप सञ्चालन भएको नपाइएमा सोको सञ्चालन बन्द गराई इजाजतपत्र दिने निकायलाई सो सम्बन्धी जानकारी गराउने,
(च) मासु निरीक्षकले ऐन तथा यस नियमावली बमोजिम सम्पन्न गर्नु पर्ने कार्य गरेको नपाइएमा मनासिव माफिकको कारण सहित निजको इजाजतपत्र रद्द गर्न विभाग समक्ष सिफारिश गर्ने,
(छ) नेपाल सरकारले समय समयमा निर्देशन गरेका अन्य कार्य गर्ने

१३. मासुको ओसार पसार

(१) मासु ओसार पसार गर्दा ओसार पसार गर्ने साधन देहाय बमोजिमको हुनु पर्नेछ :–

(क) मासु ओसार पसार गर्ने साधनको भित्री भागमा प्रयोग गरिएको सबै सामग्रीहरु खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने, सजिलैसग सफा गर्न सकिने र निःसंक्रमण गर्दा प्रयोग गरिने रसायनले कुनै असर नपर्ने खालको भएको,
(ख) मासु ओसार पसार गर्ने साधनमा जडित भ्याल ढोकाहरु राम्ररी बन्द गर्न सकिने किसिमको भएको,
(ग) मासु ओसार पसार गर्नुपर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको,
(घ) मासु ओसार पसार गर्दा मासु राख्न प्रयोग हुने भांडोको भित्री भाग, औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको ।

(२) मासु ओसार पसार गर्दा देहाय बमोजिमको व्यवस्था मिलाइएको हुनु पर्नेछ :–
(क) मासुको ओसार पसार खुल्ला रुपमा गर्न नपाइने,
(ख) मासुसग आन्द्रा भुंडी, भित्र्यांश, टाउको, खुट्टी जस्ता पदार्थ ओसार पसार गर्नु परेमा मासुसग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानु पर्ने,
(ग) मासु ओसार पसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरिएको हुनुपर्ने,
(घ) ओसार पसार हुने मासुको कुनै पनि भाग जमिन वा खुला ठाउमानछोइएको र अन्य कुनैवस्तुबाट दुषित नभएको हुनुपर्ने,
(ङ) मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने व्यक्ति क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने ।।

१४. निःसंक्रमण गर्नु पर्ने

पशु वधशाला सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आप्mनो पशु वधशाला प्रत्येक दिन अनुसूची–९ मा उल्लेख भए बमोजिमको कार्यविधि अपनाई निःसंक्रमण गर्नु पर्नेछ ।

१५. छाप वा चिन्ह लगाउनु पर्ने

(१) यस नियमावली बमोजिम वध गरिएको पशुको मासु जाच गरिसकेपछि मासुमा अनुसूची–१० बमोजिमको ढांचामा आवश्यकता अनुसार छाप वा चिन्ह लगाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम मासुमा छाप वा चिन्ह लगाउन प्रयोग गरिने मसी नमेटिने र जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने किसिमको हुनु पर्नेछ ।

(३) मासु निरीक्षक बाहेक अरु व्यक्तिले मासुमा छाप वा चिन्ह लाउन पाउने छैन ।

१६ जाच गराउंदा लाग्ने दस्तुर

(१) नेपाल सरकारले स्थापना गरेको पशु वधशालामा वध गर्नको लागि ल्याइएको पशु वा त्यसको मासु जाच गर्दा लाग्ने दस्तुर अनुसूची–११ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर सरकारी क्षेत्रमा स्थापित पशु वधशालामा पशु र मासु जाच गर्दा लाग्ने दस्तुर त्यस्तो पशु वधशालाको सञ्चालकले निर्धारण गरे बमोजिम हुनेछ ।

१७. मासु निरीक्षक भई काम गर्न अनुमति लिनुपर्ने

(१) ऐनले तोकेको शैक्षिक योग्यता भएको व्यक्तिले मासु निरीक्षक भई काम गर्नकोलागि विभागबाट अनुमतिपत्र प्राप्त गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुपतिपत्र दिने सम्बन्धी व्यवस्था नेपाल सरकारले निर्धारण गर्नेछ ।

(३) उपनियम (१) बमोजिम अनुमतिपत्र दिंदा नेपाल सरकारले आवश्यकता अनुसार मासु निरीक्षकले गर्नुपर्ने काम किटान गर्न सक्नेछ ।

१८. मुद्दाको तहकिकात र दायरी

ऐन अन्तर्गतको कसूरको अनुसन्धान तथा तहकिकात नेपाल सरकारले तोकेको मासु निरीक्षकले गर्नेछ र अनुसन्धान तथा तहकिकातको कार्य पूरा भएपछि सरकारी वकीलको राय सल्लाह लिई मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।

२०. पुनरावेदन

नियम १९ बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा चित्त नबुभ्ने पक्षले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

२१ संहिता वा निर्देशका बनाई लागू गर्न सक्ने

ऐन र यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्नका लागि विभागले आवश्यक संहिता तथा प्राविधिक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

अनुसूची–१

(नियम ३ को उपनियम (१) स“ग सम्बन्धित)
पशु वधशाला स्थापना गर्नको लागि दिइने दरखास्त फाराम
श्री कार्यालय प्रमुख मिति ः
जिल्ला पशु सेवा कार्यालय,
. . . . . . . . .
बिषय ः पशु वधशाला स्थापना गर्न इजाजत पाउ“ ।
मैले । हामीले निम्न ठेगानामा पशु वधशाला स्थापना गरी सञ्चालन गर्न लागेको
हुंदा सो कार्यको लागि इजाजतपत्र पाउ“ ।
प्रचलित कानून तथा पशु वधशाला र मासु जा“च ऐन, २०५५ र पशु वधशाला र
मासु जा“च नियमावली, २०५७ को परिधि भित्र रही काम गर्नेछु । छौ ।
निवेदकको,–
नाम ः
सही ः
ठेगाना ः
पशु वधशाला निर्माण गरिने ठाउ“को ठेगाना ः
अञ्चल ः
जिल्ला ः
नगरपालिका । गाउ“ विकास समिति ः
वडा नं. ः
वध गरिने पशुको किसिम ः
वध गरिएको पशुको मासु बिक्री गरिने क्षेत्र ः

अनुसूची–२

(नियम ३ को उपनियम (४) स“ग सम्बन्धित)
पशु वधशाला स्थापना तथा सञ्चालन गर्ने इजाजपतत्र
क्रमसंख्या . . . . . .. पत्र संख्या । च.नं.ः . . . .
तपाई श्री । श्रीमती . . . . . . .. . .. . . .. लाई पशु वधशाला र मासु जा“च ऐन,
२०५५ तथा पशु वधशाला र मासु जा“च नियमावली, २०५७ बमोजिम पशु वधशाला
स्थापना तथा सञ्चालन गर्न यो इजाजतपत्र प्रदान गरिएको छ । उक्त ऐन र नियमावलीको
अधीनमा रही पशु बधशालाको स्थापना र सञ्चालन गर्नु होला ।
(१) वधशालाको नाम र ठेगाना ः
(२) सञ्चालनकर्ताको नाम ः
(३) ठेगाना (क) स्थायी ः
(ख) अस्थायी ः
(४)ं बाबुको नाम ः
(५) बाजेको नाम ः
(६) वध गरिने पशुको किसिम ः
(७) वधशालाको दैनिक क्षमत ः
(८) सही ः
(९) औठाको छाप

 

१०. इजाजतपत्र पाउनेको फोटो ः       । संस्था भए छापः                          इजाजतपत्र दिने अधिकारीको,–
सहीः
नाम ः
पद ः
कार्यालयः
कार्यालयको छापः

अनुसूची–३

(नियम ५ को उपनियम (१) स“ग सम्बन्धित)
मासु पसल सञ्चालन गर्नको लागि दिइने दरखास्त फाराम
श्री अध्यक्ष । प्रमुखज्यू मिति ः
. . . . . . . .
.. . . . . . . .
विषयः मासु बिक्री पसल राख्न इजाजत पाउ“ ।
मैले । हामीले निम्न ठेगानामा मासु बिक्री गर्ने पसल स्थापना गरी सञ्चालन गर्न
लागेको हुंदा सो कार्यको लागि इजाजतपत्र पाउंन यो निवेदन पेश गरेको छु । छौ ।
प्रचलित कानून तथा पशु वधशाला र मासु जा“च ऐन,२०५५ र पशु वधशाला र
मासु जा“च नियमावली, २०५७ को परिधि भित्र रही काम गर्नेछु । छौ ।
निवेदकको,–
नामः
सही ः
ठेगाना ः
मासु पसल राखिने ठाउ“को ठेगाना ः
अञ्चल ः
जिल्ला ः
नागरपालिका । गाउ“ विकास समिति ः
वडा नं. ः
बिक्री गरिने मासुको किसिम ः

अनुसूची–४

(नियम ५को उपनियम (२ स“ग सम्बन्धित)
मसु पसल सञ्चालन गर्ने इजाजतपत्र
क्रमसंख्या . . . . . .. पत्र संख्या । च.नं.ः . . . .
तपाई श्री । श्रीमती . . . . . . .. . .. . . .. लाई पशु वधशाला र मासु जा“च ऐन,
२०५५ तथा पशु वधशाला र मासु जा“च नियमावली, २०५७ बमोजिम यो इजाजतपत्र
प्रदान गरिएको छ । उक्त ऐन र नियमावलीको अधीनमा रही मासु पसलको सञ्चालन गर्नु
होला ।
(१) मासु पसलको नाम र ठेगाना ः
(२१) सञ्चालनकर्ताको नाम ः
(३) ठेगाना (क) स्थायी ः
(ख) अस्थायी ः
(४) बाबुको नाम ः
(५) बाजेको नाम ः
(६) बिक्री गरिने मासुको किसिम ः
(७) सही ः
(८) औठाको छाप
दाया“ बाया“

 

 

१०. इजाजतपत्र पाउनेको फोटो ः                                 । संस्था भए छापः                                 इजाजतपत्र दिने अधिकारीको,–
सहीः
नाम ः
पद ः
कार्यालयः
कार्यालयको छापः

अनुसूची–५

(नियम ६ उपनियम (२) र नियम ९ को उपनियम (१) स“ग सम्बन्धित)
पशु वध गर्नु पूर्व जा“च गर्ने कार्यविधि
(क) चौपायको लागि –
(१) वध गर्नको लागि ल्याइएको पशुमा संक्रामक रोगको लक्षणको लागि परीक्षण
गर्नु पर्नेछ । कुनै पनि पशुमा यस्तो लक्षण लेखिएमा वधशालामा प्रवेश गर्न रोक
लगाउनु पर्नेछ ।
(२) कुनै पनि पशुलाई सम्भव भएसम्म वध गुर्न पूर्व २४ घण्टासम्म आराम दिनु
पर्नेछ र वध गर्ने १२ घण्टा पहिले देखि पानी वाहेक अन्य आहार दिन रोक्नु
पर्नेछ ।
(३) कुनै पनि पशुमा संक्रामक रोग लागेको शंका लागेमा सो कुरा तत्काल मासु
सुपरिवेक्षकलाई सूचना गर्नु पर्नेछ र निजको निर्देशन अनुसार बांकी कार्य गर्नु
पर्नेछ ।
(४) वध गर्नु पूर्व कुनै पशुको मृत्यु भएमा पट्के रोग (ब्लतजचबह) को लागि
रगतको परीक्षण गर्नु पर्नेछ ।
(५) पशुको जा“च गर्दा निम्न विवरणहरु राम्ररी हेरी रेकर्ड समेत गर्नु पर्नेछः–
(क)पशुको जाति, लिङ्ग, रंङ, उमेर,
(ख) शारिरीक तापक्रम (जरुरी भएमा),
(ग) पशुको साधारण स्वास्थ्य तथा मासुमा असर पर्ने खालको रोगको लक्षणहरु,

(घ) कुनै पनि संक्रामक वा सरुवा रोगमा देखिने लक्षण ।
(६) निम्न कुराहरुमा विशेष ध्यान दिनु पर्नेछ ः–
(क)शारिरीक अवस्था (जस्तै सुनिएको वा सुकेनास स्थिति),
(ख) पशुको उभिने र हिडाईको चाल,
(ग) पशुको शारिरीक प्रकृति र प्रतिक्रिया,
(घ) छाला तथा रौंहरुको अवस्था,
(ङ) पाचन प्रणालीका अंगहरु (ओठ, मूख, मलद्धार, गोवर) उग्राउने वा नउग्राउने
आदि
(च) थुन, कल्चौडा र मुत्र प्रणालीका देखिने भागहरु र
(छ) नाम र श्वास प्रश्वास ।
(ख) पंक्षी जातिका लागि –
(१) फार्मको रेकर्डको आधारमा पंक्षीहरुको वध गर्नु पूर्वको स्वास्थ्य जा“च प्रक्रिया
पूरा गरी मासु निरीक्षकले उक्त हुलका पंक्षीहरुलाई वध गर्न अनुमति दिइनेछ ।
(२) जनस्वास्थ्यमा असर पर्ने कुनै रोगको लक्षण देखा परेमा मासु निरीक्षकले त्यस्तो
पंक्षीलाई वध गर्न अनुमति दिने छैन ।

अनुसूची–६

(नियम ६ को उपनियम (२) र नियम १० को उपनियम (१) स“ग सम्बन्धित)
पशु वधपछि मासुको परीक्षण विधि
मासु परीक्षण गर्दा प्राकृतिक प्रकाशमा वा सोही बरावरको प्रकाश भएको स्थानमा देहाय
बमोजिम गर्नु पर्नेछ ः–
क) ठुलो पशुहरु जस्तै रांगो, भैसी, बंगुरको हकमा –
(१) टाउको ः टाउको परीक्षण गर्दा जिभ्रोको सतह, ताल (Palate), घांटीको
लिम्फनोड ( lymphnode ) हरुको र दुवैपट्टीको गालाको मासु आवश्यक परे
चिरेर,
(२) फोक्सो ःकोक्सो र फोक्सोस“ग सम्बन्धित ब्रोन्कियल तथा मेडिएस्टिनल
लिम्फनोड ( bronchial lymphnode / mediastinal lymphnode ) हरु
रोग भएको शंका लागेका चिरेर,
(३) मुटु ः मुटुको खोल ( pericardium ) खोली र आवश्यक देखिएमा चिरेर,
(४) कलेजो ः कलेजोको सतह र यसमा रहेका बस्तु तथा कजेजोसंगै रहेको
लिम्फनोड्स आवश्यक परे पित्त नलीलाई चिरेर,
(५) भुंडी, आन्द्रा तथा फियो ः बाहिरी र आवश्यक परे भित्री भाग समेत र
फियोका सतहमा रहेका वस्तुहरुको अतिरिक्त आन्द्रा तथा भुंडीको नजिकका
लिम्फानोड र पेटको जालो ( omentum ),
(६) मृगौलाहरु ः मृगौलाको लिम्फनोड तथा एड्निल ग्ल्याण्डको जा“च पछि मात्र
मृगौलाहरु छुठ्याउने र आवश्यक परेमा मात्र मृगौलाहरु खोलेर वा चिरेर,
(७) पाठेघरः पाठेघरको नली, डिम्वाशय, पिसाव थैली आदि अंगहरुमा कुनै रोगको
शंका देखिए चिरेर,
(८) कल्चौडा ः छामेर वा हेरेर कल्चौडाको र थुनको फेदमा चिरेर,
(९) अण्डकोष तथा लिङ्ग ः अण्डकोष तथा लिङ्गको बाहिरी सतह तथा सम्बन्धित
लिम्फनोड,
(१०) वध गरिएको पशुको बांकी शरीर निरक्षण गर्ने र ह्रयाकुला, करङ्ग, ढाड
शुषुम्ना, अगाडिको खुट्टाको पाताको जोर्नी, पुठ्ठे हड्डीमा रहेको मासुलाई
नबिगारिकन चिरेर पिलो तथा सिष्टको लागि जा“च गर्ने ।
(ख) साना पशु जस्तै भेडा । वाख्राको हकमा –
भेडा । वाख्राको परीक्षण विधि पनि रांगो । भैंसीको सरह नै हुनेछ । तर ठाउ“को मुटु,
पल्मोरी लिम्फनोड ( pulmonary pymphode ) र शरिरका अन्य लिम्फनोड(lymphode )
हरु शंका लागेमा मात्र चिरेर निरीक्षण गर्ने ।
(ग) पंक्षीको हकमा –
(१) वध गरिएका सबै पंक्षीहरुको मासु एकै पटक जा“च गर्न सकिने र आन्द्रा भुंडी
तथा टाउको मूल शरीरबाट अलग नगरी जा“च गर्ने,
(२) मासु निरीक्षकले जा“च गरी सकेपछि भिसेरा र अन्य खान अयोग्य भागहरु
तुरुन्त मूल अंङ्गबाट हटाउने,
(३) वध गरिएको पंक्षीको मासु निम्न अवस्थामा खानको लागि अयोग्य हुनेछ ः–
(क) जनस्वास्थ्यमा असर पार्ने संंक्रामक रोग लागेको पाइएमा,
(ख) दीर्घ परजिवी रोग लागेको पाइएमा,
(ग) असामान्य रंग तथा वासना । गन्ध भएमा,
(घ) शरीरका अंगमा धेरै गिर्खाहरु भेटिएमा,
(ङ) मासु फोहर भुईमा परी दुषित भएमा, र
(च) जलग्रह ९बकअष्तभक) भएको पाइएमा ।

अनुसूची–७

(नियम १० को उपनियम (२) स“ग सम्बन्धित
क्षयरोग भेटिएमा अपनाउनु पर्ने कार्यविधि
१. क्षयरोग भेटिएमा गर्नु पर्ने कार्य ः–
(१) क्षयरोगको लिजन जनरलाइज्ड भएको पाइएमा मासु पूर्णरुपमा उपभोग अयोग्य
गर्ने ।
(२) निम्न अवस्थामा क्षयरोग भएको अंग वा भाग मात्र उपभोग अयोग्य गर्ने ः–
(क) क्षयरोगको लिजन लोकलाइज्ड ( lesion localized ) भएर रहेको
अवस्थामा यस्तो लिजनसंगै जोडिएर रहेको मासुको केही अंश पनि
अयोग्य
( condemned )हुनेछ । जस्तै पेराइटल प्ल्यूरा ( parietal
pleura
) वा पेरिटोनियम ( peritonium ) मा रहेको क्षयरोगको
लिजन,
(ख) क्षयरोगको लिजन हेर्दा हतियार, औजार वा पदार्थद्वारा संसर्गमा आएको
वा दुषित भएको अंश,
(ग) टाउकोमा क्षयरोगको लिजन पाइएमा पुरै टाउको उपभोग अयोग्य गर्ने,
(घ) सम्बन्धित अंगको लिम्फनोडमा क्षयरोगको लिजन पाइएमा सोअंग पनि
उपभोग अयोग्य गर्ने,
(ङ) आन्द्रा तथा सोस“ग जोडिएर रहेका अन्य अंशमा क्षयरोगको लिजन
भेटिएमा त्यस्तो अंग र अंश पुरै उपभोग अयोग्य गर्ने ।

अनुसची–८

(नियम १०को उपनियम (२) स“ग सम्बन्धित)
(क्षयरोग बाहेक अन्य रोग भेटिएमा अपनाउनु पर्ने कार्यविधि)
(क) निम्न अवस्थामा पूरै मासु वा अंग वा अंश वा रगत वउपभोग अयोग्य गरी जफत
गरिनेछ –
(१) एक्टिनोमाइकोसिस् (Acinomycosis_)
र एक्टिनोवेसिलोसिस्( Actnobaillosis )
को जनरलाइज्ड अवस्था भेट्टिएमा, तर जनरलाइज्ड अवस्था नभएको खण्डमा
सवन्धित अंग वा अंश मात्र हटाएर योग्य भनी चिन्ह दिन सकिनेछ,
(२) मांसपेशीमा मल्टिपल ट्यूमर Multiple tumor )
(३) सुकेनास अवस्था र सार्थै रक्त अल्पता ( Anaemia ),
(४) पटके रोग ( Anthrax ),
(५) चरचरे रोग ( Black quarter ),
(६) सिष्टिसर्कस वोभिस ( Cystcitrcus bovis ),
(७) मिज्ली पोर्क Measiy pork),
(८) जनरल ड्रप्सी ( General dropsy ),
(९) जनरल प्याथोलोजिकल इमासिएसन ( General pathological Emaciation ),
(१०) एक्यूट स्वाइन इरिसिपेल्स ( Acute Swine Erysipelas ),
(११) भ्यागुते रोग ( Haemorrhegic Septicaemia ),
(१२) प्रोनाउन्स्ड जण्डिस ( pronounced jaundice ),
१३) रक्त अल्पता (ब्लबझष्ब) र इमासिएसन ( Emaciation ) भएको प्यारा
यूवरकुलोसिस् ( paratuberculosis ),
(१४) म्यामाइटिस Mammitis ),
(१५) एक्यूट एण्ड सेप्टिक मेट्राइटिस् ( Acutr and Septic Metritis ),र सेप्टिक
पेरिकार्डाटिस ( Septic Pericarditis ),
(१६) एक्यूट र । वा डिप्mयुज्ड सेपिटक पेरिटोनाइटिस् ( Acute and /or Diffused
septic peritonitis
),
(१७) सेप्टिसेमिया वा सेप्टिक इन्टोक्सिकेशन ( Septicaemia or Septic
intoxication
),
(१८) ग्याड्ग्रीनस न्यूमोनिया ( Gangerenous Pneumonia ),
(१९) पाइमिया ( Pyaemia ),
(२०) रेविज ( Rabies ),
(२१) जनरलाइज्ड मेलानोसिस् वा अन्य जनरलाइज्ड पिग्मेन्टेशन
( Generalized melanosis Or any generalized pigmentation ),
(२२) गौगोटी ( Rinderpest ),
(२३) जनरलाइज्ड सार्कोसिष्ट ( Generalized Sarcocysts ),
(२४)स्वाइन फिभर ( Swine Fever ),
(२५) टिटानस् ( Tetanus ),
(२६) ट्रिकिनोसिस् (त्च Trichinosis ),
(ख) क्रमसंख्या (क) को (१) देखि (२६) सम्म उल्लेख गरिए बाहेक अन्य रोग वा
प्याथोजेनिक अवस्था (एबत रोग लागेको अंग वा अंश मात्र उपभोग अयोग्य
गरिनेछ–
(१) लोकलाइज्ड एक्टिनोमाइकोसिस् र एक्टिनोवेसिलोसिस्,
(२) सिष्टसर्कस वोभिस,
(३) मिज्ली पोर्क,
(४) लोकलाइज्ड मेलानोसिस् तथा पिग्मेन्टेशन ।

अनुसूची–९

(नियम १४ स“ग सम्बन्धित)
पशु वधशाला निःसंक्रमण गर्ने विधि
निःसंक्रमण गर्दा निःसंक्रमण गरिने बस्तुको प्रकृति हेरी देहायको कुनै रासायनिक वा भौतिक
विधि प्रयोग गर्नु पर्नेछ ः–
१. चुन – पानीमा २० प्रतिशतको घोल ।
२. सोडियम कार्बोनेट – पानीमा ५ देखि ८ प्रतिशतको घोल ।
३. सोडियम हाइड्रोक्लोराइड – पानीमा १ देखि ५ प्रतिशतको घोल । आवश्यक परेमा
५ प्रतिशतको चुनको घोल समेत मिलाएर प्रयोग गर्न सकिनेछ ।
४. फिनोलिक एसिड – पानीमा ३ देखि ५ प्रतिशतको घोल ।
५. फिनोलिक एसिड दर सल्फयुरिक एसिडको समिश्रण भएको घोल – एक लिटर
पानीमा पचास मिलिलिटर समिश्रणको घोल ।
६. फर्मालिन – ४० प्रतिशतको फर्मालिन झोललाई पानीमा ५ प्रतिशतको घोल ।
७. सोडियम हाइपोक्लोराइड – पानीमा १ देखि ३ प्रतिशतको घोल ।
८. पाराबैजनी किरण (अल्ट्राभायोलेट लाइट) – कम्तीमा लगातार दुई घण्टा प्रयोग ।
९. आगोको ताप – ब्लो ल्याम्पको प्रयोग ।
१०. अटोक्लेभ वा पानीमा उमालेर ।
द्रष्टव्य ः निःसंक्रमणका उपलब्ध अन्य उत्पादनकहरु अवस्था हेरी प्रयोग गर्न सकिनेछ ।

अनुसूची–१०

(नियम १५ को उपनियम (१) स“ग सम्बन्धित)
मासुमा लगाउने छाप वा चिन्हहरुको विवरण
१ खान योग्य देखिएमा – “योग्य ” चिन्ह
२. खान अयोग्य देखिएमा – “अयोग्य ×” चिन्ह
३. थप परीक्षण गर्नुपर्ने भएमा – “रोक्का ?” चिन्ह
४. विभिन्न पशुको मासु चिनाउनको लागिः
(क) बाख्रा जातिको मासु – बोका । खसी । बाख्रा
(ख) भेडाको मासु – भेडा । भेडी
(ग) सुंगुर । बंगुरको मासु – सुंगुर । बगुर
(घ) रांगो । भैसीको मासु – रांगो । भैसी
(ङ) पंक्षीको मासु – कुखुरा । हांस वट्टाइ
(च) खरायोको मासु – खराया

अनुसूची–११

(नियम १६ को उपनियम (१) स“ग सम्बन्धित)
दस्तुर
पशु वधशाला वा पशु वधस्थानमा पशु र मासु जा“च गर्दा लाग्ने दस्तुर
१. रांगो । भैसी रु. २५।०० प्रति गोटा
२. भेडा । बाख्रा रु. १५।०० प्रति गोटा
३. बंगुर रु. २०।०० प्रति गोटा
४. खरायो रु. २।०० प्रति गोटा
५. पंक्षी रु. १।०० प्रति वोटा