परिच्छेद –३
कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था
८. कार्यकारी प्रमुखको छनौट प्रक्रिया ः
(१) कार्यकारी प्रमुखको नियक्तिको लागि उपयुक्त उम्मेदवारको छनौट गरी सिफारीस गर्न समितिले ऐनको दफा ९ को उपदफा (२) को खण्ड
(छ) वमोजिम मनोनित भएका सदस्यहरु मध्येवाट तीन जनाको एक छनौट उपसमितिको गठन गर्नेछ ।
(२) उपनियम (१) वमोजिम गठीत छनौट उप समितिले सार्वजनिक रुपमा दरखास्त आव्हान गरी ऐनको दफा १४ को उपदफा (१) वमोजिम योग्यता पुगेका व्यक्तिहरुको सूचि तयार गरी सूचिमा नाम समावेश भएका व्यक्तिहरु मध्येवाट पर्यटन क्षेत्रमा विशेष योग्यता तालिम तथा अनुभव प्राप्त गरेका व्यक्तिहरु मध्ये तीनजना उम्मेदवारको नाम कार्यकारी प्रमुखको पदमा नियुक्तिको लागि समिति समक्ष सिफारीस गर्नु पर्नेछ ।
९. कार्यकारी प्रमुखको नियुक्ति ः
(१) नियम ८ को उपनियम (२) वमोजिम समिति समक्ष सिफारीस गरिएका व्यक्तिहरु मध्ये समितिले उपयुक्त देखेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्ति गर्नेछ ।
(२) उपनियम (१) वमोजिम कार्यकारी प्रमुखमा नियुक्त भएको व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए निजले त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनु पर्नेछ । र यसरी अवकाश नलिएमा त्यस्तो नियृुक्ति स्वत वदर हुनेछ ।
१०. कार्यकारी प्रमुखको पारिश्रमिक, सुविधा र सेवाहरुको शर्तहरु ः कार्यकारी प्रमुखको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरु विनियममा व्यवस्था भए वमोजिम हुनेछ ।
११. कार्यकारी प्रमुखको कार्य सम्पादन मुल्याङकन ः
(१) समितिले प्रत्येक वर्ष कार्यकारी प्रमुखको कार्य सम्पादन मुल्यांकन गर्नेछ ।
(२) उपनियम (१) वमोजिम गरिने कार्य सम्पादन मुल्यांकनको आधार समितिले तोके वमोजिम हुनेछ ।
१२. कार्यकारी प्रमुखलाई पदवाट हटाउँदा अपनाउने पर्ने प्रकृया ः
(१) कार्यकारी प्रमुखले ऐनको दफा १४ को उपदफा (४) अनुरुप कार्य सम्पादन नगरेमा समितिले सो कुराको जाँचवुझ गर्न समितिको सदस्य समेत रहेको एक तीन सदस्यीय जाँचवुझ उप–समिति गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जाँचवुझ उप–समितिले जाँचवुझको सिलसिलामा कार्यकारी प्रमुख तथा अन्य सम्बन्धित व्यक्तिहरुलाई आपूm समक्ष उपस्थित गराई आवश्यक सोधपुछ गर्न, वयान लिन तथा आवश्यक कागजात तथा प्रमाण पेश गर्न लगाउन सक्नेछ ।
(३) जाँचवुझ उप–समितिले जाँचवुझको कार्य समाप्त भएपछि आफ्नो राय सहित जाँचवुझको प्रतिवेदन समितिलाई वुझाउनु पर्नेछ ।
(४) उपनियम (३) वमोजिम जाँचवुझ उप–समितिले पेश गरेको जाँचवुझको प्रतिवेदनवाट कार्यकारी प्रमुखले बोर्डलाई हानी नोक्सानी पु¥याइ बोर्डको हित विपरित हुने गरी कुनै काम कारवाही गरेको वा समितिको नीति निर्देशन अनुरुप कार्य सम्पादन नगरेको देखिएमा समितिले कार्यकारी प्रमुखलाई स्पष्टीकरण पेश गर्न कारण र आधार खोली मनासिव माफिकको समय दिई सूचना दिनु पर्नेछ । सो म्याद भित्र कार्यकारी प्रमुखले कुने स्पष्टीकरण पेश नगरेमा वा निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले कार्यकारी प्रमुखलाई पदवाट हटाउन सक्नेछ ।
(५) यस नियम वमोजिम कार्यकारी प्रमुख उपर लागेको आरोपको जाँचवुझ गर्न जाँचवुझ उप– समिति गठन भएपछि जाँचवुझको काम नसकिएसम्म कार्यकारी प्रमुखले पदीय कर्तव्य पालन गरेमा बोर्डको हित विपरित हुने भन्ने कुरा समितिलाई लागेमा समितिले कार्यकारी प्रमुखलाई पदीय काम कारोवार गर्नवाट रोक लगाउन वा निलम्वन गर्न सक्नेछ ।
(६) कार्यकारी प्रमुखले जानी जानी बोर्डलाई हानी नोक्सानी पु¥याएको कुरा प्रमाणित भएमा निजवाट त्यस्तो हानी नोक्सानी असूल उपर गर्न बोर्डले आवश्यक कारवाही चलाउनु पर्नेछ ।
१३. कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकार ः ऐनको दफा १५ मा उल्लेखित काम कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।
(क) ऐन, यस नियमावली र विनियम वमोजिम बोर्डको आर्थिक, प्रशासनिक तथा अन्य कामहरु गर्ने ।
(ख) बोर्डको तर्फवाट नेपाल सरकार, स्वदेशी तथा विदेशी व्यक्ति र निकायहरुसँग सम्पर्क अधिकारीको हैसियतले कार्य गर्ने ।
(ग) बोर्डवाट स्वीकृत दीर्घकालीन तथा अल्पकालीन योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको क्रममा आवश्यक अनुगमन तथा मुल्यांकन गर्ने गराउने ।
(घ) खण्ड (ग) वमोजिम योजना तथा कार्यक्रमहरुको कार्यान्वर्यन, अनुगमन र मूल्यांकनको क्रममा देखा परेका नीतिगत समस्याको समाधानको लागि आवश्यक सुझावहरु समेत तयार गरि स्वीकृतिको लागि बोर्डमा पेश गर्ने ।
(ङ) अध्यक्षसँग परामर्श गरी समितिको वैठकमा पेश गरिने कार्यसूचि तयारगर्ने ।
(च) समितिले गरेका प्रत्येक निर्णयहरुको अभिलेख लगायत बोर्डले गर्न प्रत्येक काम, कारोवासँग सम्बन्धित कागजातहरु अद्यावधिक गरी सुरक्षित राख्न लगाउने ।
(छ) अध्यक्ष तथा समितिले दिएका निर्देशनहरु पालन गर्ने, गराउने ।
(ज) बोर्डको चल, अचल सम्पत्तिको सुरक्षा तथा आवश्यक प्रवन्ध गर्ने ।
(झ) बोर्डले निर्धारण गरेका अन्य काम कारवाही गर्ने ।