नेपाली सैनिक अल्पसेवा नियमावली, २०४१
नेपाल राजपत्रमा प्रकाशित मिति
२०४१।९।२४
संशोधन
सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३०
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
नेपाल राजपत्रमा प्रकाशित मिति
२०४१।९।२४
संशोधन
सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३०
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
(१) यी नियमहरूको नाम नेपाली सैनिक अल्पसेवा नियमावली, २०४१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “प्रवर समिति” भन्नाले सैनिक प्राविधिक सेवा नियमहरू, २०१९ को नियम ४ बमोजिम गठन हुने प्रवर समिति सम्झनुपर्छ ।
(ख) “प्राविधिक पद” भन्नाले नेपाली सेनाको प्राविधिक उप–सेनानी र प्राविधिक सह–सेनानीको पद सम्झनुपर्छ ।
(ग) “बेसिक तालीम” भन्नाले जङ्गी अड्डाबाट बेसिक तालीम भनी निर्धारण गरेको तालीमलाई सम्झनुपर्छ ।
(१) प्रवर समितिले सैनिक प्राविधिक सेवा नियमहरू, २०१९ मा तोकिएका योग्यता भएका व्यक्तिमध्येबाट छनौट गरी प्राविधिक उप–सेनानीमा नियुक्तिको लागि सिफारिश गर्नेछ ।
(२) उप–नियम (१) बमोजिम सिफारिश गरिएको उम्मेदवारलाई नेपाल सरकारले नियुक्ति दिनेछ ।
अल्पसेवाको अवधि पाँच वर्षको हुनेछ ।
अल्पसेवामा नियुक्ति भएको व्यक्ति प्रवर समितिको सिफारिशमा नेपाली सेनाको रिक्त प्राविधिक पदमा स्थायी नियुक्ति हुन सक्नेछ ।
अल्पसेवाको प्राविधिक उप–सेनानीमा दुई वर्षको सेवा अवधि पूरा गरी सकेका र बेसिक तालीम प्राप्त गरेका व्यक्तिलाई अल्पसेवाको प्राविधिक सह–सेनानीमा बढुवा गर्न सकिनेछ ।
नियम ५ बमोजिम स्थायी नियुक्ति भएमा अल्पसेवामा रही काम गरेको पूरै अवधि स्थायी सरह गणना गरिनेछ ।
अल्पसेवामा काम गर्ने व्यक्तिले नेपाली सेनाले पाउने सबै सहुलियत र सुविधा पाउनेछ ।
यस नियमावलीमा लेखिएको कुरा यसै नियमावली बमोजिम र अन्य कुरा सैनिक सम्बन्धी प्रचलित कानुन बमोजिम हुनेछ ।