Skip to contentSkip to left sidebar Skip to footer

नेपाली पानी जहाज दर्ता नियमावली, २०२८

नेपाली पानी जहाज दर्ता नियमावली, २०२८

नेपाल राजपत्रमा प्रकाशित मिति                २०२८।११।१५

संशोधन
नेपाली पानी जहाज दर्ता (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
पानी जहाज दर्ता ऐन, २०२७ को दफा २९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायको नियमहरू बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “नेपाली पानी जहाज दर्ता नियमावली,
२०२८” रहेकोछ ।
(२) यो नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
(क) “ऐन” भन्नाले पानी जहाज दर्ता ऐन, २०२७ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले ऐनको दफा ४ को उपदफा (३) बमोजिम स्थापना भएको
नेपाल पानी जहाज कार्यालय सम्झनुपर्छ ।

५. दरखास्त दिन पाउने व्यक्ति

(१) नियम ३ बमोजिम दिइने दरखास्तमा देहायमा लेखिएका कुनै
व्यक्तिले दरखास्त गरी पेश गरेको हुनुपर्छ –
(क) त्यस्तो पानी जहाज कुनै एक व्यक्तिको मात्र स्वामित्व भए निजले वा
निजको अधिकृत प्रतिनिधि वा वारिसले, वा
(ख) एक भन्दा बढी व्यक्तिको स्वामित्व भए त्यस्ता सबै व्यक्तिहरूले वा
व्यक्तिहरूको अधिकृत प्रतिनिधि वा वारिसले, वा
(ग) कुनै संगठित संस्थाको स्वामित्व भए त्यस्तो संगठित संस्थाको
सञ्चालकहरूले वा सञ्चालक समितिले कुनै सञ्चालक वा व्यक्तिलाई
अधिकार दिएमा त्यस्तो अधिकृत प्रतिनिधिले ।
(२) उप–नियम (१) अनुसार अधिकृत प्रतिनिधि वा वारिसले दरखास्त दिंदा आफुलाई प्राप्त
अधिकारपत्र वा अख्तियारपत्र समेत पेश गर्नु पर्नेछ ।

६. स्वामित्व सम्बन्धी विवरण

नियम ३ अनुसार दिइने प्रत्येक दरखास्तको साथमा अनुसूची–३  बमोजिमको ढांचामा स्वामित्व सम्बन्धी विवरण समेत पेश गर्नु पर्नेछ ।

७. जहाज निर्माणको प्रमाणपत्र

कुनै नयाँ बनेको पानी जहाज दर्ता गर्नको लागि पेश गरिने दरखास्तको साथमा सो जहाज निर्माण गर्ने कम्पनीले प्रदान गरेको निर्माण सम्बन्धी प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ ।

८. अन्यत्र दर्ता भइरहेको पानी जहाज दर्ता गराउ“दा निस्सा प्रमाण पेश गर्नु पर्ने

अन्य मुलुकमादर्ता भइरहेको कुनै पानी जहाजलाई नेपाली पानी जहाजको रूपमा दर्ता गर्नको लागि दरखास्त
दिंदा सो जहाजको अघिल्लो दर्ता सम्बन्धी निस्सा प्रमाण र त्यस्तो जहाज उपर दर्ता गराउनेलाई
स्वामित्व प्राप्त भएको लिखित कागजपत्र समेत पेश गर्नु पर्नेछ ।

९. टनेज सम्बन्धी प्रमाणपत्र

कुनै पानी जहाज दर्ता गर्नको लागि दिइने दरखास्तको साथमा सो
जहाजको सम्बन्धमा सन् १९४७ मा ओस्लोमा भएको पानी जहाजको टनेज मापन सम्बन्धी
सन्धिपत्र अनुसार प्रदान गरिएको नवीनतम अन्तर्राष्ट्रिय टनेज प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।

१०. पानी जहाजको नाम

(१) कुनै पानी जहाज दर्ता गर्नको लागि दिइने दरखास्तमा सो पानी
जहाजको निमित्त प्रस्तावित नाम समेत उल्लेख गर्नुपर्छ ।
(२) उप–नियम (१) अनुसार प्रस्तावित नाम पहिले नै अरू पानी जहाजलाई प्रदान
गरिएको नामसंग मिल्दोजुल्दो भएमा वा राष्ट्रिय हितको दृष्टिबाट त्यस्तो नाम राख्न अनुपयुक्त हुने
भनी रजिष्ट्रारले ठहराएमा निजले सो नामको सट्टा अर्को नाम प्रस्ताव गर्न लगाउन सक्नेछ ।
(३) उप–नियम (१) र (२) अनुसार प्रस्तावित नाम स्वीकृत भएमा सो पानी जहाजलाई
सोही नामले दर्ता गरिनेछ ।
(४) यस नियम अनुसार एउटा पानी जहाजलाई प्रदान गरिएको नाम सो पानी जहाजको
दर्ता जुनसुकै कारणबाट समाप्त भए तापनि अर्को कुनै पानी जहाजलाई प्रदान गरिनेछैन ।
तर कुनै पानी जहाजको दर्ता कुनै कारणबाट बदर भै पछिबाट सोही पानी जहाज फेरि
दर्ता गर्नको लागि दरखास्त दिंदा साविकमा रहेको नाम राख्न यस नियमले बाधा पुर्याएको
मानिनेछैन ।

१२. पानी जहाजको दर्ता र त्यसको प्रमाणपत्र

(१) कुनै पानी जहाज दर्ता गर्नको लागि प्राप्त भएको दरखास्त र कागजपत्र जा“चबुझ गर्दा गर्न उपयुक्त देखिएमा रजिष्ट्रारले सो पानी
जहाजलाई नेपाली पानी जहाजको दर्ता किताबमा दर्ता गरिदिनेछ ।
(२) उपनियम (१) बमोजिम पानी जहाजलाई दर्ता गरेपछि पचास रुपैयाँ दस्तुर लिई
त्यस्तो पानी जहाजलाई अनुसूची–५ बमोजिम दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।

१३. दर्ता गर्नको लागि पेश गरिएका प्रमाणपत्रहरू कार्यालयमा राखिने

नियम १२ बमोजिम कुनै पानी जहाज दर्ता भएमा सो पानी जहाज दर्ता गर्ने सम्बन्धमा नियम ७, ८ र ९ बमोजिम पेश
गरिएका सक्कल प्रमाणपत्र निस्सा र लिखतहरू कार्यालयमै राखिनेछ ।

१४. राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्राप्त गर्नुपर्ने

(१) ऐनको दफा १६ को उप–दफा (१) को खण्ड
(क) बमोजिम अवस्थामा नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्रको लागि दरखास्त गर्न पाउने
व्यक्तिले सबैभन्दा नजिकको  नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयमा
अनुसूची–६ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तको साथमा पचास रुपैयाँ वा सो बराबर
मूल्यको स्थानीय मुद्रा दाखिल गर्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिम दिएको दरखास्तमा लेखिएको व्यहोरा ठीक ठहरे सम्बन्धित
वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयले त्यस्तो पानी जहाजलाई अनुसूची–७
बमोजिमको नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्नेछ ।
(४) उप–नियम (३) बमोजिम राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्ने
नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयले त्यस्तो प्रमाण पत्र प्रदान गरेको सूचना
यथाशीघ्र कार्यालयलाई दिनुपर्छ ।

१५. दर्ताको क्रमसंख्या

नियम १२ बमोजिम दर्ता गरिने प्रत्येक नेपाली पानी जहाजको परिचयकोनिमित्त अङ्क वा अक्षर वा दुवै भएको क्रम संख्या कायम गरी सोही क्रममा सो पानी जहाजलाई दर्ता गरिनेछ ।

१६. दर्ताको नाम पानी जहाजमा लेख्ने

(१) प्रत्येक नेपाली पानी जहाजमा सो जहाजको दर्ताकोनाम र दर्ताको स्थान समेत देवनागरी र रोमन लिपिमा सेतो तेल र·द्वारा कालो पृष्ठभूमिमाऐनको दफा १९ को उपदफा (३) अनुसार तोकिएको स्थानमा लेख्नु पर्छ ।
(२) उप–नियम (१) बमोजिम लेखिने प्रत्येक अक्षरहरुकाे  आकार र आपस्तको अन्तरको
नाम रजिष्ट्रारले तोकिदिए बमोजिमको हुनेछ । तर दर्ताको स्थान सम्बन्धी अक्षरहरुकाे
भन्दा नामको अक्षरकाे आकार स्पष्ट रूपमा ठूलो हुनुपर्नेछ र यी अक्षरहरकाे चौडाई दश सेन्टीमिटर
र उचाई चालिस सेन्टीमिटरभन्दा कम हुनेछैन ।
(३) यस नियम बमोजिम पानी जहाजमा लेखिने अक्षर जुन अनुपातमा कुनै जहाजमा
लेखिएकोछ सोही अनुपातमा सो जहाजको साथमा रहने डुङ्गा  तथा डिङ्गाेहरुमा पनि लेख्नु पर्नेछ ।

१७. पानी जहाजको नाममा परिवर्तन

(१) कुनै पानी जहाजलाई पहिलो पटक दर्ता गर्दाको नाममापरिवर्तन गर्न आवश्यक परेमा त्यस्तो परिवर्तन गर्नु परेको कारण स्पष्ट रूपमा उल्लेख गरी दश
रुपैयाँदस्तुर समेत राखी पानी जहाजको धनीले कार्यालयमा दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम नाम परिवर्तन गर्न खोजिएको पानी जहाज बन्धकीमा वा
कुनै भार वा प्रतिबन्धयुक्त भएमा त्यस्तो बन्धकी लिने साहू वा सम्बन्धित अन्य व्यक्तिको स्वीकृति
समेत त्यस्तो दरखास्त साथ पेश गर्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिम परेको दरखास्त उपर रजिष्ट्रारले जा“चबुझ गर्दा त्यस्तो नाम
परिवर्तन गर्न मुनासिब ठहराएमा सोही व्यहोरा निजले दर्ता किताबमा र प्रमाणपत्रमा जनाई
स्वीकृति दिनेछ ।

१८. अन्य विवरणमा हेरफेर

(१) पानी जहाजको टनेज, श्रेणी वा अन्य कुनै विवरणमा हेरफेर भएको
खण्डमा त्यस्तो हेरफेर भएको एक महिनाभित्र पानी जहाजको धनीले कार्यालयमा दरखास्तदिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तमा सो पानी जहाजको कुन कुन कुरामा के
कस्तो हेरफेर भएको हो सो खुलस्त लेख्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि रजिष्ट्रारले जाँचबुझ गर्दा
मुनासिब ठहरे त्यस्तो हेरफेरको व्यहोरा दर्ता किताबमा जनाई अघिल्लो दर्ताको प्रमाणपत्र खारेज
गरी पचास रुपैया“दस्तुर लिई पुनः अर्को दर्ताको प्रमाणपत्र प्रदान गर्नेछ ।

१९. स्वामित्वमा हेरफेर भएमा सूचना दिनुपर्ने

(१) ऐनको दफा २२ को अवस्थामा नियम ६बमोजिम पेश भएको स्वामित्व सम्बन्धी विवरणमा उल्लेखित कुनै व्यक्तिको स्वामित्व कुनै
कारणले अर्को व्यक्तिमा सर्न आएमा त्यस्तो स्वामित्व प्राप्त गर्ने व्यक्तिले तत्सम्बन्धी सूचनाकार्यालयलाई दिनुपर्नेछ ।
(२) उप–नियम (१) बमोजिमको सूचना प्राप्त भएपछि रजिष्ट्रारले आवश्यक जाँचबुझ
गरी त्यस्तो सूचना दिने व्यक्तिको नाउ“मा स्वामित्व दर्ता गर्न कुनै बाधा नदेखिएमा मुख्य दर्ता
किताबको स्वामित्व सम्बन्धी पानामा र दर्ताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिको नाउँ जनाइदिनेछ

२०. दर्ता किताबको निरीक्षण

कार्यालयमा रहेको पानी जहाजको दर्ता किताब हेर्न चाहने व्यक्तिले
पा“च रुपैया“ दस्तुर साथ राखी रजिष्ट्रारको समÔ दरखास्त दिनुपर्छ र रजिष्ट्रारले निजलाई
कार्यालयको समय भित्र आफ्नो रोहवरमा निरीÔण गराउन सक्नेछ ।

२१. दर्ता प्रमाणपत्र हराएमा अस्थायी प्रमाणपत्र लिनुपर्ने

(१) ऐनको दफा १६ को उपदफा (१) कोखण्ड (ख) बमोजिम कुनै नेपाली पानी जहाजको दर्ताको प्रमाणपत्र हराएमा क्षतिग्रस्त भएमा वा
त्यस्तो प्रमाणपत्रमा उल्लिखित विवरणहरूमा कुनै परिवर्तन भएमा सो पानी जहाजको माष्टर (मुख्य अधिकृत) ले भन्दा नजिकको  नेपाली वाणिज्य दुतावास वा कुटनैतिक कार्यालयमकारण समेत उल्लेख गरी दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तको साथ पचास रुपैया“ वा सो बराबरमूल्यको स्थानीय मुद्रामा दस्तुर दाखिला गर्नुपर्नेछ ।
(३) उप–नियम (१) बमोजिम दिएको दरखास्तमा उल्लेखित व्यहोरा मुनासिब ठहरेसम्बन्धित वाणिज्य दूतावास वा कुटनैतिक कार्यालयले नियम १४ बमोजिमको राष्ट्रियताकोअस्थायी प्रमाणपत्र प्रदान गर्नेछ ।

२२. जहाज सञ्चालन गर्ने संगठित संस्थाको नाम दर्ता गर्ने

(१) आफ्नै स्वामित्वमा रहेको वाभाडामा लिइएको नेपाली पानी जहाज सञ्चालन गर्न चाहने कुनै संगठित संस्थाले संगठितसंस्थाका रूपमा दर्ता भएको दर्ताको प्रमाणपत्रको प्रतिलिपि समेत राखी कार्यालयमा आफ्नव्यवसाय दर्ता गराउनु पर्छ । सो बमोजिम दर्ता नगरिएको संगठित संस्थालाई पानी जहाजसञ्चालन व्यवसाय गर्न दिइनेछैन ।
(२) यस नियम बमोजिम जहाज सञ्चालन गर्न आफ्नो व्यवसाय दर्ता नगराएको कुनैसंगठित संस्थालाई नेपाल सरकारबाट समय समयमा प्रदान गरिने पानी जहाज व्यवसायको विकास सम्बन्धी विशेष सुविधा प्रदान गरिनेछैन ।
(३) यस नियम बमोजिम व्यवसाय दर्ता गराउनको लागि अनुसूची – ८ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्छ र त्यस्तो संस्थाले ऐनको दफा २८ को योग्यता प्राप्त गरेको भएअनुसूची – ९ बमोजिमको प्रमाणपत्र प्रदान गरिनेछ ।

२३. भार तथा प्रतिबन्ध सम्बन्धमा सूचना दिनु पर्ने 

(१) यस नियमावली बमोजिम दर्ता भएको वादर्ता गर्नको लागि प्रस्तुत गरिएको पानी जहाजलाई बन्धकीमा दिइएको वा त्यस्तै अन्य कुनै
प्रकारको लिखतद्वारा पानी जहाज धनीको हक दावी सीमित गर्ने गरी राखिएकोमा वा ऐनको दफा २ को उप–दफा (१) मा उल्लेखित हक प्रदान गर्ने वा कायम गर्ने वा प्रतिबन्ध लगाउने गरीदिइएकोमा पानी जहाज दर्ता गर्नको लागि दिने दरखास्त साथै वा त्यस्तो कुरा भए गरेको ३०दिनभित्र कार्यालयमा सूचना दिनुपर्छ ।
(२) उप–नियम (१) मा उल्लेखित भार वा प्रतिबन्ध लिखित रूपमा तयार गरिएको त्यस्त लिखितमा भार वा प्रतिबन्धको मूल्याङ्कन अङ्क समेत उल्लेख भएको हुनुपर्छ । त्यस्तो सूचनाकोसाथमा सो लिखतको प्रमाणित प्रतिलिपि समेत प्रस्तुत गर्नु पर्नेछ ।
(३) यस नियम अनुसार प्राप्त भएका सूचनाहरूलाई रजिष्ट्रारले पानी जहाजको दर्ता किताबको भार तथा प्रतिबन्ध सम्बन्धी पानामा मिति र समयको क्रमअनुसार जनाई राख्नेछ ।

त्यस्तो भार वा प्रतिबन्धहरू मध्ये एकै समान कुरामा आपस्तमा अग्राधिकारको प्रश्न उठेमा सोहीपानामा जनिएको मिति र समयको करम अनुसार कायम गरिनेछ ।
तर त्यस्तो भार वा प्रतिबन्धको दायित्वको हद सम्बन्धित लिखतमा लेखिएको अङ्कभन्दा बढी हुनेछैन ।
(४) यस नियम अनुसार दर्ता भएको कुनै पानी जहाज बन्धकी वा करारद्वारा कुनै प्रयोजनको लागि लिइएकोमा त्यस्तो बन्धकी वा करारमा लिने व्यक्तिलाई सो पानी जहाज उपरको
स्वामित्व सम्बन्धी कुनै हक प्राप्त हुनेछैन र निजलाई सो पानी जहाज बिक्रि गर्ने वा रजिष्ट्रारको स्वीकृति भएमा बाहेक अन्य कुनै प्रकारबाट हस्तान्तरण गर्ने अधिकार हुनेछैन ।
(५) कुनै पानी जहाजको सम्बन्धमा यस नियमअनुसार दर्ता किताबको सम्बन्धित पानामा जनिएको कुनै भार वा प्रतिबन्ध समाप्त भएपछि सो कुराको सूचना यथाशीघ्र कार्यालयलाई
र त्यस्तो सूचना प्राप्त भएपछि रजिष्ट्रारले सोही कुरा दर्ता किताबको सम्बन्धित पानामा जनाउनेछ ।

२४. डुङ्गाकाे दर्ता

১(१) ऐनको दफा ७ बमोजिम दर्ता गरिने प्रत्येक डुङ्गा दर्ता गर्नको लागि त्यस्तो
डुङ्गा धनीले अनुसूची–१० बमोजिमको ढाँचामा कार्यालयमा दरखास्त दिनुपर्नेछ ।
(२) उप–नियम (१) बमोजिम डुङ्गा दर्ता गर्नको लागि पचास रुपैया“ दस्तुर दरखास्त साथ
पेश गर्नु पर्नेछ ।
(३) उप–नियम (१) बमोजिम परेको दरखास्त उपर जाँचबुझ गरी दर्ता गर्न उपयुक्त
देखेमा रजिष्ट्रारले सो डुङ्गा अनुसूची–११ बमोजिमको ढा“चाको डुङ्गा दर्ता किताबमा दर्ता
गर्नेछ र अनुसूची–१२ बमोजिमको ढाँचाको प्रमाणपत्र दिनेछ ।

२५. डुङ्गाकाे परिचयको चिन्ह

(१) नियम २४ अनुसार दर्ता गरिने प्रत्येक नेपाली डु·ाको परिचयकोचिन्हको रूपमा अङ्क वा अÔर वा दुवैको व्रmमले सूचीबद्ध गरी दर्ता किताबमा दर्ता गरिनेछ ।
(२) प्रत्येक नेपाली डु·ामा सो डुङ्गाकाे निमित्त दर्ता भएको परिचयको चिन्ह दाया“ बाया“
तर्फबाट प्रष्ट देखिनेगरी लेखिएको हुनुपर्नेछ ।

२६. नियमावलीका अन्य व्यवस्था लागू हुने

यस नियमावलीको नियम ८, १७, १९, २० र २३ मा पानी जहाजको सम्बन्धमा उल्लेखित व्यवस्थाहरू डु·ाको सम्बन्धमा पनि यथानुरूप लागू हुनेछ ।

२७. निरीकक्षक तथा कर्मचारीहरूको नियुक्ति

(१) यस नियमावली बमोजिम दर्ता गरिने नेपाली पानीजहाज वा डु·ाहरूको वर्गीकरण र त्यस सम्बन्धी अन्य व्यवस्थाहरूको सम्बन्धमा निरीक्षण गरीतत्सम्बन्धी योग्यता प्राप्त भएका नौ परिवहन निरीÔक वा कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(२) उप–नियम (१) बमोजिम नौ परिवहन निरीक्षक वा कर्मचारी नियुक्त नहुञ्जेल यस

नियमावली बमोजिम दर्ता गरिने कुनै पानी जहाज वा डु·ाहरूको सम्बन्धमा कुनै अन्तर्राष्ट्रिय
जहाज वर्गीकरण संस्था (इन्टरनेशनल क्लासि˚िकेशन सोसाइटी) ले प्रदान गरेको वर्गीकरणको
प्रमाणपत्रलाई नेपाल सरकारले मान्यता दिनेछ ।

२८. फारामहरू अंग्रेजी भाषामा पनि प्रयोग गर्न पाइने

यस नियमावलीको अनुसूचीहरूको फाराम र प्रमाणपत्रहरू रजिष्ट्रारले देवनागरी लिपिको नेपाली भाषाको साथै रोमन लिपिको अंग्रेजी
भाषाको अधिकृत अनुवाद समेत राखी तयार गराउन सक्नेछ ।

अनुसूची – १ व्यापारिक पानी जहाज दर्ताको दरखास्तपत्र

(नियम ३ संग सम्बन्धित)
व्यापारिक पानी जहाज दर्ताको दरखास्तपत्र

श्री रजिष्ट्रार,
नेपाल पानी जहाज कार्यालय,
काठमाडौं,

म / हामी निम्न लिखित विवरण भएको व्यापारिक पानी जहाजको धनी भएको हुँदा सो पानी
जहाज मेरो । हाम्रो नाममा पानी जहाजको दर्ता किताबमा दर्ता हुन अनुरोध गर्दछु । छौं ।

१. पानी जहाजको प्रस्तावित नाम ः–
२. पानी जहाजको विवरण ः–
(क) चालन शक्ति (जस्तो कि पाल, वाफ, टर्वाइन, डिजेल, ई.) अनुसारको पानी जहाजको किसिम
(ख) डेक, मस्तूल र फनेलको संख्या
(ग) ग्रस र नेट टनेज
(घ) पानी जहाजको प्रकार र त्यसलाई काम लगाइने उद्देश्य
(ङ) जहाज बनौट पदार्थ (जस्तो कि, काठ, कंक्रिट, फलाम, इस्पात, ई.)
(च) मुख्य आयामहरू ः–
सम्पूर्ण लम्बाई
सत्तरीको चौडाई
उचाई
(छ) चालन शक्तिको विवरण ः–
इन्जिनहरूको संख्या र प्रकार
सिलिण्डरको संख्या
हर्स पावर
ब्यायलरको संख्या र प्रकार
इन्जिन निर्माताको नाम
इन्जिन बनेको साल
(ज) पानी जहाज निर्माता
निर्माणको स्थान
(झ) पानी जहाज पानीमा उत्रेको साल
(ञ) ग्रीष्मभार रेखाले देखाउने भार वाहन क्षमता (ड्राफ्ट अन दि समर लोड लाईन)
(ट) ग्रीष्म भार रेखा (समर लोड लाईन) मा कूल वजन  क्षमता
(ठ) समर लोड लाइनबाट फ्री बोर्ड (इञ्च र सेन्टिमिटरमा)
(ड) जहाजको अधिकतम गति (वालास्टमा पूरा भार लादिएको अवस्थामा)
(ढ) राख्न सकिने यात्रुको संख्या‘
(ण) नौ परिवहनको सुरक्षाको निमित्त आवश्यक पर्ने नाविक र कर्मचारीको न्यूनतम
संख्या……………..
डेकमा………………..
इन्जिनमा………………..
रेडियो सेवामा…………….
खाना तथा भान्सा कार्यतर्फ………………….
स्वास्थ्य सेवा………………..
(त) अघि कहिं दर्ता गरिएको भए ः–
दर्ता गराएको स्थान
राष्ट्रियता
दर्ता नम्बर
३. स्वामित्व प्राप्त भएको तरीका
४. अस्थायी प्रमाणपत्र प्राप्त गरेको भए ः–
प्रमाणपत्र दिने कार्यालय
प्रमाणपत्रको नम्बर
प्रमाणपत्रको मिति
५. धनी वा धनीहरूको नाम र ठेगाना
उपरोक्त विवरणहरू ठीक दुरूस्त छन् झुठ्ठा ठहरेमा कानुन बमोजिम हुने सजाय सहुँला बुझाउँला ।
मिति ः– दरखास्तवालाको पूरा नाम
दस्तखत

अनुसूची – २ दर्ता दस्तुर

(नियम ४ संग सम्बन्धित)
दर्ता दस्तुर

१० ग्रस टनभन्दा बढी ५० टनसम्मको पानी जहाज पचहत्तर रुपैया“
५० ग्रस टनभन्दा बढी १०० टनसम्मको पानी जहाज एकसय पच्चीस रुपैया“
१०० ग्रस टनभन्दा बढी ५०० टनसम्मको पानी जहाज दुईसय रुपैया“
५०० ग्रस टनभन्दा बढीको पानी जहाजमा प्रत्येक सय टन वा अंशको पच्चीस रुपैया

अनुसूची – ३ स्वामित्व सम्बन्धी विवरण

(नियम ६ संग सम्बन्धित)
स्वामित्व सम्बन्धी विवरण

१. पानी जहाजको प्रस्तावित नाम ः–
२. एक्लो स्वामित्व भएमा स्वामित्व हुने व्यक्ति वा संगठित संस्थाको नाम ः–
स्थायी ठेगाना वा कारोबारको मुख्य स्थान ः–
अस्थायी ठेगाना वा कारोबारको अतिरिक्त स्थान ः–
नागरिकता वा राष्ट्रियता ः–
३. संगठित संस्था भएमा संगठित गर्ने कानुन ः–
४. संगठित संस्था भए सञ्चालक समितिको प्रत्येक सदस्यको नाम ः–
ठेगाना ः–
नागरिकता ः–
शेयर हिस्सा ः–
५. सह–स्वामित्वको भएमा प्रत्येक सह–स्वामित्वको माथिको प्रकरणहरू बमोजिमको विवरण र स्वामित्वको हिस्सा ः–

 

अनुसूची – ४ व्यापारिक पानी जहाजको दर्ता किताब

(नियम ११ संग सम्बन्धित)

नेपाल सरकार
निर्माण तथा यातायात मन्त्रालय
नेपाल पानी जहाज कार्यालय
काठमाडौं

व्यापारिक पानी जहाजको दर्ता किताब

मुख्य किताब (मेन बूक)
दोश्रो पाना
व्यापारिक पानी जहाजको दर्ता किताब
मुख्य किताब (मेन बूक)
समाविष्ट भाग नं………………………….
पानी जहाजको नाम………………………
व्रmम सूचक संख्या………………………..

 

तेश्रो पाना
क. विवरण सम्बन्धी पाना

 

अनुसूची – ५ पानी जहाज दर्ताको प्रमाणपत्र

(नियम १२ संग सम्बन्धित)

पानी जहाज दर्ताको प्रमाणपत्र

नेपाल सरकार
निर्माण तथा यातायात मन्त्रालय
नेपाल पानी जहाज कार्यालय
काठमाडौं

प्रमाणपत्र नं………………….

पानी जहाज दर्ता ऐन, २०२७ र सो अन्तर्गत बनेको नेपाली पानी जहाज दर्ता नियमावली, २०२८
अनुसार निम्नलिखित विवरण भएको………………………………नामको व्यापारिक पानी जहाजलाई
नेपालको प्रचलित कानुन र तिनमा उल्लेखित शर्त बन्देजमा रहने गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।

मिति ः– रजिष्ट्रार

 

अनुसूची – ६ अस्थायी प्रमाणपत्रका लागि दरखास्त

(नियम १४ संग सम्बन्धित)
अस्थायी प्रमाणपत्रका लागि दरखास्त

श्रीमान्,
………. नेपाली राजदूतावास र वाणिज्य दूतावास
…………………….
मैले । हामीले निम्न लिखित विवरण भएको पानी जहाजको स्वामीत्व प्राप्त गरेको हुनाले सो पानी
जहाजलाई नेपाली पानी जहाज कार्यालयमा दर्ता गराउने भएको । भएकोले उक्त पानी जहाजलाई नेपाली
राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गरिदिन हुन अनुरोध गर्दछु । गर्दछौं ।
१. पानी जहाजको नामः–
२. पानी जहाज खरीद भएको मिति र ठाउ“ ः–
३. पानी जहाज खरीद गर्ने व्यक्तिहरूको नाम र ठेगाना ः–
४. मास्टर (मुख्य अधिकृत) को नाम ः–
५. पानी जहाजको किसिम र प्रकार ः–
६. पानी जहाजको ग्रस र नेट टनेज ः–
७. पानी जहाजको मुख्य आयामहरू ः–
पूरा लम्बाई ः–
सत्तरीको चौडाई ः–
उचाई ः–
८. फ्रि बोर्डको आयाम ः–
९. पानी जहाजको निर्माता र निर्माण भएको स्थान ः–
१०. साविकका राष्ट्रियता ः–
११. बिक्रि गर्ने व्यक्ति वा संस्थाको नाम र ठेगाना ः–
१२. खरीद गर्न सि˚ारिस प्राप्त भएको मिति र नम्बर ः–
१३. पानी जहाजले भ्रमण गर्ने मुलुकहरू ः–
मिति ः– …………………. दरखास्तवालाको नाम
दस्तखत………………….

अनुसूची – ७ नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र

(नियम १४ संग सम्बन्धित)
नेपाल सरकार
परराष्ट्र मन्त्रालय

……….. नेपाली राजदूतावास । वाणिज्य दूतावास
(स्थान)

नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र
पानी जहाज दर्ता ऐन, २०२७ र सो अन्तर्गत बनेको नेपाली पानी जहाज दर्ता नियमावली, २०२८
अनुसार निम्नलिखित विवरण भएको‘नामको व्यापारिक पानी जहाजलाई नेपालको प्रचलित कानुन र
तिनमा उल्लेखित शर्त बन्देजमा रहने गरी नेपाली राष्ट्रियताको यो अस्थायी प्रमाणपत्र प्रदान गरिएको छ ।
यो प्रमाणपत्र ऐनको द˚ा १७ मा उल्लेखित अवधिसम्म बहाल रहनेछ ।
यो प्रमाणपत्र वहाल रहुन्जेलसम्म यसमा नामाङ्कित पानी जहाजलाई प्रचलित नेपाल कानुन
अनुसार नेपाल ………..को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्न पाउने अधिकार हुनेछ ।
१. पानी जहाजको नाम
२. पानी जहाज खरीद भएको मिति र ठाउ“ ः–
३. पानी जहाज धनीको नाम
ठेगाना
राष्ट्रियता
४. मास्टर (मुख्य अधिकृत) को नाम
ठेगाना
राष्ट्रियता
५. पानी जहाजको किसिम र प्रकार
६. पानी जहाजको टनेज ग्रस ः–
नेट ः–
७. पानी जहाजको मुख्य आयामहरू
पूरा लम्बाई
सत्तरीको चौडाई उचाई
८. फ्रि बोर्डको आयाम
 पहिलो संशोधनद्वारा झिकिएको ।
९. पानी जहाजको निर्माता
निर्माण स्थान
१०. अघिल्लो राष्ट्रियता
११. अघिल्लो दर्ताको स्थान
१२. बिव्रmी गर्ने व्यक्ति वा संस्थाको नाम र ठेगाना
१३. पानी जहाज भ्रमण गर्ने मुलुकहरू
मिति ः– ………………………… अस्थायी प्रमाणपत्र दिने अधिकारी

अनुसूची – ८ पानी जहाज सञ्चालन व्यवसायको लागि दरखास्त

(नियम २२ संग सम्बन्धित)
पानी जहाज सञ्चालन व्यवसायको लागि दरखास्त

श्री रजिष्ट्रार,
नेपाली पानी जहाज कार्यालय,
काठमाडौं

पानी जहाज सञ्चालन सम्बन्धी व्यवसाय गर्ने गरी संगठित संस्थाको स्थापना भएको हुँदा । पानी
जहाज सञ्चालन गर्न यस संस्था इच्छुक भएको हुँदा । त्यस कार्यालयको दर्ता किताबमा दर्ता गरिदिनु हुन
यो दरखास्त पेश गरिएको छ । व्यवसायको आवश्यक विवरण निम्न लेखिए अनुसार छ । पानी जहाज
सम्बन्धी प्रचलित नेपाल कानुनको अधीनमा रही व्यवसाय गर्न यो संस्था मञ्जुर गर्दछ ।

मिति ः–……………………                 दरखास्तवालाको नाम
दस्तखत
विवरण
१. संस्थाको नाम ः–
२. संस्थाको कारोवारको केन्द्रीय र शाखा कार्यालयको स्थानहरू ः–
३. संगठित गर्ने गरी प्रमाणपत्र दिने कार्यालय ः–……………….
४. संगठित गर्ने प्रमाणपत्रको नम्बर र मिति ः–……………………
५. संगठित संस्थाको प्रत्येक हिस्सेदारको नाम, राष्ट्रियता र हिस्साको संख्या वा प्रतिशत ः–……………………….
६. व्यवसायको प्रकार र विवरण ः–
७. व्यवसाय सञ्चालन गर्ने मुख्य स्थान ः–

अनुसूची – ९ पानी जहाज सञ्चालन व्यवसायको प्रमाणपत्र

(नियम २२ संग सम्बन्धित)
पानी जहाज सञ्चालन व्यवसायको प्रमाणपत्र

नेपाल सरकार
निर्माण तथा यातायात मन्त्रालय
नेपाल पानी जहाज कार्यालय
काठमाडौं

१. प्रमाणपत्र नं.
२. संस्थाको नाम र ठेगाना
३. व्यवसायको प्रकार र विवरण
४. व्यवसायको मुख्य स्थान
उपरोक्त संगठित संस्थालाई पानी जहाज सम्बन्धी प्रचलित नेपाल कानुनको अधीनमा रही पानी
जहाज सञ्चालनको व्यवसाय गर्न पाउने गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।

मिति ः–…………………………..                                                             रजिष्ट्रार

अनुसूची – १० डुङ्गा दर्ताको दरखास्तपत्र

(नियम २४ संग सम्बन्धित)
डुङ्गा दर्ताको दरखास्तपत्र

श्री रजिष्ट्रार,
नेपाल पानी जहाज कार्यालय,
काठमाडौं

म/हामी निम्नलिखित विवरण भएको डुङ्गाको धनी भएको हुँदा सो डुङ्गा मेरो । हाम्रो नाममा
डुङ्गाको दर्ता किताबमा दर्ता गरी दिन हुन अनुरोध गर्दछु । छौं ।

१. डुङ्गा धनीको पूरा नाम, ठेगाना र पेशा ः– …………………………
२. डुङ्गाको प्रस्ताविक नाम ः–……………………………..
३. डुङ्गा कहिले र कसरी प्राप्त भएको ः–…………………….
४. डुङ्गा निर्माण भएको स्थान र वर्ष ः–……………………….
(डुङ्गा बनाउनेको नाम र ठेगाना भए सो पनि)
५. डुङ्गाको प्रकार–पूर्ण खुला । डेक भएको । अद्र्धडेक भएको ः–……………………….
६. इन्जिनको वर्णन र प्रकार र अश्व शक्ति ः–…………………………
७. पूर्णरूपले लादिएको अवस्थामा डुङ्गाको अधिकतम गति ः–……………………
८. कुन कामको लागि प्रयोगमा ल्याइने हो ः–…………………………………………….
……………………………………………………………………………………………
९. पहिले रजिष्टर्ड भएको भए त्यसको नाम र रजिष्टर संख्या ः–………………………..
१०. डुङ्गा पहिले कसैको बन्धकीमा रहेको भए त्यसको विवरण ः–………………………….

मिति ः–………………………. दरखास्तवालाको नाम
दस्तखत

अनुसूची – ११ डुङ्गाको दर्ता किताब

(नियम २४ संग सम्बन्धित)
डुङ्गाको दर्ता किताब

क्रम संख्या ः–………………….

डुङ्गाको नामः–…………..
दर्ता भएको स्थान र मितिः–………………………

क) प्रकार ः– खुला डेक भएको वा अद्र्ध डेक भएकोः–…………………..
(ख) डु·ा बनेको वस्तु ः–………………………….
(ग) डु·ा पेटा–काठको वा मिश्रित ः–………………………
(घ) डु·ा बनेको स्थान र वर्ष ः–………………………….
(ङ) डु·ाको निर्माता र निर्माणको स्थान ः–…………………
(च) मस्तुल संख्या ः–………………………….
(छ) डु·ाको व्यवधान (ब्लकहेड) को संख्या ः–……………………
(ज) डु·ाको भित्री भागको संख्या ः–………………………….
(झ) रस्साबाट सुसज्जित भएको, नभएकोः–…………………

भार तथा प्रतिबन्धको विवरण

अनुसूची – १२ डुङ्गाको दर्ताकाे प्रमाणपत्र

(नियम २४ संग सम्बन्धित)
डुङ्गाको दर्ताकाे प्रमाणपत्र

नेपाल सरकार
निर्माण तथा यातायात मन्त्रालय
नेपाल पानी जहाज कार्यालय
काठमाडौं

प्रमाणपत्र नं. ः–…………………….
पानी जहाज दर्ता ऐन, २०२७ र पानी जहाज दर्ता नियमावली, २०२८ अनुसार निम्न लिखित
विवरण भएको……………………………………………………………………….नामको डुङ्गालाई नेपालको
प्रचलित कानुन र तिनको शर्त बन्देजमा रहने गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।
१. डु·ा धनीको नाम र ठेगाना र पेशा ः–………………………….
२. डु·ाको नाम ः–…………………………………
३. व्रmम सूची ः–……………………………………
४. दर्ता भएको स्थान ः–……………………………
५.डुङ्गाको आयात ः– (क) लम्बाई ः–……………………….
(ख) चौडाई ः–………………………….
(ग) गहिराई ः–………………………….
६. ग्रस टनेज ः–………………………………
७. रजिष्टर टनेज ः–……………………………
मिति ः–…………………….. रजिष्ट्रार