Skip to contentSkip to left sidebar Skip to footer

दूरसंचार नियमावली, २०५४

दूरसंचार नियमावली, २०५४

नेपाल राजपत्रमा प्रकाशित मितिः                       २०५४।०७।१८

संशोधन
१. दूरसंचार (पहिलो संशोधन) नियमावली, २०५५ २०५५।११।१७
२. दूरसंचार (दोस्रो संशोधन) नियमावली, २०५८ २०५८।१२।१४
३. दूरसंचार (तेस्रो संशोधन) नियमावली, २०५९ २०५९।१।१२
४. दूरसंचार (चौथो संशोधन) नियमावली, २०६४ २०६४।६।१४
५. दूरसंचार (पाँचौ संशोधन) नियमावली, २०६८ २०६८।१०।२
६. दूरसंचार (छैठौं संशोधन) नियमावली, २०६९ २०६९।९।२३
दूरसंचार ऐन, २०५३ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका
नियमहरू बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :- (१) यी नियमहरूको नाम “दूरसंचार नियमावली, २०५४” रहेको
छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा  :-वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले दूरसंचार ऐन, २०५३ सम्झनु पर्छ ।
(ख) “निरीक्षक” भन्नाले ऐनको दफा १७ को उपदफा (२) बमोजिम निरीक्षण वा
जा“चबुझ गर्न प्राधिकरणबाट तोकिएको व्यक्ति वा निकाय सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले ऐनको दफा ४९ बमोजिमको रेडियो फ्रिक्वेन्सी नीति
निर्धारण समिति सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, सूचना तथा संचार मन्त्रालय सम्झनु
पर्छ ।

परिच्छेद – २ अध्यक्ष तथा सदस्यको योग्यता सम्बन्धी

३. अध्यक्ष तथा सदस्यको योग्यताः प्राधिकरणको अध्यक्ष तथा सदस्य हुनको लागि ऐनको दफा
५ को उपदफा (१) मा उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक
तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा दश वर्ष र सदस्यको
हकमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।

४. अध्यक्षको काम कर्तव्य र अधिकारः अध्यक्षको काम कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ :–
(क) प्राधिकरणको प्रशासनिक प्रमुखको रूपमा काम गर्ने,
(ख) प्राधिकरणको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरी गराई प्राधिकरणको
बैठकमा पेश गर्ने,
(ग) प्राधिकरणको कोषको रेखदेख तथा नियन्त्रण गर्ने,
(घ) प्राधिकरणको सम्पत्तिको स्याहार सम्भार गर्ने, गराउने,
(ङ) प्राधिकरण र नेपाल सरकार तथा अन्य संघ संस्था बीच सम्पर्क अधिकारीको
रूपमा काम गर्ने,
(च) ऐन वा यस नियमावली बमोजिम प्राधिकरणबाट प्रत्यायोजित अन्य काम
गर्ने, गराउने ।

५. अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तः अध्यक्षको पारिश्रमिक, सुविधा र
सेवाको अन्य शर्तहरू ऐन वा यस नियमावली अन्तर्गत बनाइने विनियममा तोकिए बमोजिम
हुनेछ र विनियमावली नबनेसम्म निजको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू नेपाल
सरकारले तोकिदिए बमोजिम हुनेछ ।

६. बैठक भत्ताः अध्यक्ष तथा सदस्यहरूले प्राधिकरणको प्रत्येक बैठकमा भाग लिए बापत
मन्त्रालयले तोकिदिए बमोजिमको रकम बैठक भत्ता पाउने छन् ।

परिच्छेद – ३ अनुमतिपत्र सम्बन्धी व्यवस्था

७. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः (१) ऐनको दफा २३ को उपदफा (१) बमोजिम
दूरसंचार सेवा संचालन गर्न चाहने नियम ८ बमोजिमको पू“जी, प्राविधिक निपुणता तथा पेशा
सम्बन्धी दक्षता भएका व्यक्तिले ऐनको दफा २२ को उपदफा (१) बमोजिम प्राधिकरणले
प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लिखित म्याद भित्र आफूले संचालन गर्न चाहेको
दूरसंचार सेवा सम्बन्धी आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजना
संलग्न गरी सो सूचनामा उल्लिखित कुराहरू समेत खुलाई अनुसूची – १ बमोजिमको
ढा“चामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा २३ को
उपदफा (२) बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको
दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र लिनको लागि अनुसूची – १ बमोजिमको ढा“चामा
जुनसुकै बखत प्राधिकरण समक्ष निवेदन दिन सकिनेछ ।
(३) ऐनको दफा २३ को उपदफा (३) बमोजिम ऐन प्रारम्भ हुनु अगावै नेपाल
सरकारबाट अनुमतिपत्र लिई दूरसंचार सेवा संचालन गरिरहेका व्यक्तिले अनुमतिपत्र लिनको
लागि ऐन प्रारम्भ भएको मितिले छ महिना भित्र अनुसूची (२) बमोजिको ढाचा“मा प्राधिकरण
समक्ष निवेदन दिनु पर्नेछ ।

८. अनुमतिपत्र लिन चाहिने पू“जी, प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षताः नियम ७
को उपनियम (१) बमोजिम अनुमतिपत्र लिनको लागि अनुसूची – ३ मा तोकिए बमोजिमको
पूजी र प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता हुनु पर्नेछ ।

९. आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजनामा खुलाउनु पर्ने
कुराहरूः नियम ७ को उपनियम (१) बमोजिम संलग्न गर्नु पर्ने आर्थिक तथा प्राविधिक
अध्ययन प्रतिवेदन र कार्य संचालन योजनामा निवेदकले अन्य कुराहरुको अतिरिक्त देहायका
कुराहरू अनिवार्य रूपले खुलाएको हुनु पर्नेछः–
(क) दूरसंचार सेवा संचालन गर्नको लागि आवश्यक पर्ने रकम,
(ख) लगानी गर्ने क्षमता,
(ग) दूरसंचार सेवाको लागि प्रयोग गरिने दूरसंचार प्रणाली, त्यसको गुणस्तर
तथा क्षमता,
(घ) दूरसंचार सेवा संचालन गर्दा जग्गा प्राप्ति गर्नु पर्ने भए सो र मुआव्जा दिनु
पर्ने भए क्षतिपूर्तिको रकम,
(ङ) कुनै व्यक्ति वा संस्थासँग सम्झौता गर्नु पर्ने भए सम्झौताका कुराहरू,
(च) दूरसंचार सेवाको संचालन विधि,
(छ) दूरसंचार सेवा संचालन गरे वापत ग्राहकसँग लिने शुल्कको रकम,
(ज) प्राधिकरणले तोकिदिएका अन्य आवश्यक कुराहरू ।

१०. अनुमतिपत्र दिनु पर्नेः (१) नियम ७ को उपनियम (१) बमोजिम अनुमतिपत्रको लागि कुनै
निवेदन परेमा प्राधिकरणले सो निवेदन र निवेदन साथ संलग्न कागजातहरू जा“चबुझ गर्नेछ
र त्यसरी जा“चबुझ गर्दा एकजना व्यक्ति मात्र त्यस्तो दूरसंचार सेवा संचालन गर्न योग्य
देखिएमा प्राधिकरणले त्यस्तो व्यक्तिसँंग वार्ताद्वारा अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर र
रोयल्टी निर्धारण गरी निवेदकलाई अनुसूची –४ बमोजिमको ढा“चामा अनुमतिपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जा“चबुझ गर्दा निवेदन दिने एक जना भन्दा बढी
व्यक्तिहरू त्यस्तो दूरसंचार सेवा संचालन गर्न योग्य देखिएमा प्राधिकरणले ती सबै
व्यक्तिहरूलाई अनुमतिपत्र दस्तुर, नविकरण दस्तुर र रोयल्टीका सम्वन्धमा बढाबढ गर्न
सुचना दिई बढाबढमा सबभन्दा बढी बोल कवोल गर्ने व्यक्तिलाई उपनियम (१) बमोजिम
अनुमतिपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र दिंदा प्राधिकरणले अनुमतिपत्रको लागि
निवेदन दिने व्यक्तिले कबूल गरेका अनुमतिपत्र दस्तुर, सो अनुमतिपत्र पहिलो पटक नविकरण
गरे बापत बुझाउने दस्तुर र अनुमतिपत्रको अवधिभर बुझाउन कबूल गरेको रोयल्टी रकम
हिसाब गर्दा सबभन्दा बढी रकम बुझाउन कबोल गर्ने व्यक्तिलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम दिईने अनुमतिपत्रको लागि कबूल गर्नु पर्ने
अनुमतिपत्र दस्तुर, अनुमतिपत्र नविकरण दस्तुर र रोयल्टीको न्यूनतम रकम प्राधिकरणले
ऐनको दफा २२ को उपदफा (१) बमोजिम प्रकाशन गरेको सूचनामा उल्लेख भए बमोजिम
हुनेछ ।
(५) नियम ७ को उपनियम (२) बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन परेमा
प्राधिकरणले सो निवेदन र निवेदन साथ संलग्न कागजात जा“चबुझ गर्नेछ र त्यसरी
जा“चबुझ गर्दा अनुमतिपत्र दिन उपयुक्त देखिएमा निवेदन दिने व्यक्तिलाई उपनियम (१)
बमोजिम अनुमतिपत्र दिनु पर्नेछ ।
(६) नियम ७ को उपनियम (३) बमोजिम अनुमतिपत्रको लागिकुनै निवेदन परेमा
प्राधिकरणले सो सम्बन्धमा आवश्यक जा“चबुझ गरी निवेदकलाई अनुसूची – ५ बमोजिमको
ढा“चामा अनुमतिपत्र दिनु पर्नेछ ।
(७) यस नियम बमोजिम अनुमतिपत्र दिंदा अपनाउनु पर्ने अन्य कार्यविधि
प्राधिकरणले तोके बमोजिम हुनेछ ।

११. अनुमतिपत्र दस्तुरः (१) नियम १० को उपनियम (५) र (६) बमोजिम दिईने अनुमतिपत्रको
लागि देहाय बमोजिमको अनुमतिपत्र दस्तुर लाग्नेछः–
(क) नियम १० को उपनियम (५) बमोजिम दिइने अनुमतिपत्रको लागि
अनुसूची – ६ मा तोकिए बमोजिमको दस्तुर,
(ख) नियम १० को उपनियम (६) बमोजिम दिइने अनुमतिपत्रको लागि
अनुसूची – ६(क) मा तोकिए बमोजिमको अनुमतिपत्र दस्तुर ।
(२) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले तिर्नुपर्ने अनुमतिपत्र दस्तुर
एकैपटक वा प्राधिकरणले तोके बमोजिम किस्ताबन्दीको आधारमा अनुमतिपत्रको अवधि भित्र
बुझाउनु पर्नेछ ।

परिच्छेद – ४ अनुमतिपत्रको नवीकरण, संशोधन र हस्तान्तरण

१२. अनुमतिपत्रको अवधि र नवीकरणः (१) अनुमतिपत्रको अवधी ऐनको दफा २५ को उपदफा
(१) को अधीनमा रही देहाय बमोजिमको हुनेछः–
(क) नियम १० को उपनियम (५) बमोजिम दिइने अनुमतिपत्रको अवधि
ऐनको दफा २३ को उपदफा (२) बमोजिम नेपाल राजपत्रमा
प्रकाशित सूचनामा तोकिए बमोजिम,
तर यो खण्ड प्रारम्भ हुनु अघि प्रदान गरिएका
अनुमतिपत्रको अवधि सोही अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ ।
(ख) नियम १० को उपनियम (१), (२) र (६) बमोजिम दिइने
अनुमतिपत्रको अवधि अनुमतिपत्रमा तोकिए बमोजिम ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले आफुले पाएको अनुमतिपत्र नवीकरण गर्न चाहेमा
सो अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा तीन महिना अगावै नियम १० को उपनियम
(१) र (२) बमोजिम पाएको अनुमतिपत्रको लागि आपूmले कबुल गरेको नवीकरण दस्तुर र
नियम १० को उपनियम (५) र (६) बमोजिम पाएको अनुमतिपत्र नवीकरणको लागि अनुसुची
–७ मा तोकिए बमोजिमको नवीकरण दस्तुर संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनु
पर्नेछ ।
(३) कुनै अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) बमोजिमको म्यादभित्र
अनुमतिपत्र नवीकरण गराउन निवेदन दिन नसकेको कारण खुलाई अनुमतिपत्र नवीकरणको

लागि अनुमतिपत्र वहाल रहने अवधिभित्रै प्राधिकरण समक्ष निवेदन दिएमा र त्यस्तो कारण
मनासिब देखिएमा प्राधिकरणले नवीकरण दस्तुरको पन्ध्र प्रतिशत थप दस्तुर समेत लिई
निजको अनुमतिपत्र नवीकरण गरिदिनेछ ।
(४) उपनियम (३) बमोजिमको म्याद भित्र पनि अनुमतिपत्र प्राप्त व्यक्तिले
अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र नवकिरण गरिने छैन ।

१३. अनुमतिपत्रमा संशोधन गर्न सकिनेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लेखित
कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा सो संशोधन गर्नु परेको कारण खुलाई अनुसूची – ८
बमोजिमको ढा“चामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन पर्न आएमा प्राधिकरणले सो सम्बन्धमा
आवश्यक जा“चबुझ गर्नेछ र त्यसरी जा“चबुझ गर्दा अनुमतिपत्रमा संशोधनको लागि दिईएको
कारण मनासिव र उचित देखिएमा अनुमतिपत्रमा मूलभुत कुरा फरक नपर्ने भएमा पन्ध्र
हजार रूपैंया“ दस्तुर लिई अनुमतिपत्रमा संशोधन गरिदिनु पर्नेछ ।

१४. अनुमतिपत्रको विक्री वा हस्तान्तरणः (१) ऐनको दफा २७ बमोजिम अनुमतिपत्र विक्री वा
अन्य तवरले हक हस्तान्तरण गरी लिन दिन चाहने व्यक्तिले आपसमा निर्धारित तत्सम्बन्धी
शर्त बन्देज समेत उल्लेख गरी स्वीकृतिको लागि अनुसूची – ९ बमोजिमको ढा“चामा
प्राधिकरण समक्ष संयुक्त निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन पर्न आएमा प्राधिकरणले सो सम्बन्धमा
आवश्यक जा“चबुझ गर्नेछ र त्यसरी जा“चबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक
देखिएमा प्राधिकरणले त्यसरी निवेदन दिने व्यक्तिहरूसँग थप विवरण वा जानकारी माग गर्न
सक्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन र निवेदन साथ संलग्न कागजात तथा
उपनियम (२) बमोजिम माग गरिएको थप जानकारी वा विवरण समेतवाट अनुमतिपत्र विक्री
वा अन्य तवरले हक हस्तान्तरण गरी दिन उचित देखेमा प्राधिकरणले निवेदकहरूसँग
अनुमतिपत्र दस्तुरको पा“च प्रतिशतले हुने रकम लिई अनुमतिपत्र विक्री वा अन्य तवरले हक
हस्तान्तरण गर्न स्वीकृति दिनु

परिच्छेद–५ अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू

 

१५. अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरूः (१) ऐन वा यस नियमावलीमा
उल्लिखित शर्तहरूको अतिरिक्त अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका शर्तहरू पालन गर्नु
पर्नेछः–
(क) प्राधिकरणले निर्धारण गरिदिएको गुणस्तर अनुसारको दूरसंचार
सम्बन्धी यन्त्र तथा उपकरण प्रयोग गरी ग्राहकलाई दूरसंचार सेवा
उपलव्ध गराउनु पर्ने ।
(ख) प्राधिकरणले समय समयमा तोकिदिएको न्यूनतम स्तर अनुरूप
दूरसंचार सेवा संचालन गर्नु पर्ने ।
(ग) एक अनुमतिपत्र प्राप्त व्यक्तिले जडान गरेको दूरसंचार सम्बन्धी
यन्त्र तथा उपकरण अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको सहमति बेगर
प्रयोग गर्न नहुने ।
(घ) बिजुलीको पोलबाट सकभर दूरसंचार लाइन वितरण नगर्ने र
बितरण गर्नु पर्ने भएमा पनि सम्बन्धित निकायको स्वीकृति लिई
बिजुलीबाट सुरक्षित हुने किसिमले मात्र बितरण गर्ने ।
(ङ) ……………..
(च) ग्राहकलाई दूरसंचार सेवा बितरण गर्दा ग्राहकस“ग गरिएको सम्झौता
अनुरूप दूरसंचार सेवा उपलव्ध गराउनु पर्ने ।
(छ) फ्रिक्वेन्सी प्रयोग हुने दूरसंचार सेवाको लागि अनुमतिपत्रमा
तोकिएको फ्रिक्वेन्सी मात्र प्रयोग गरी दूरसंचार सेवा संचालन गर्नु
पर्ने ।

(ज) ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा कुनै कारणले बिग्रेमा
प्राधिकरणले तोकिदिएको स्तर अनुरूप निशुल्क मर्मत सम्भार गर्नु पर्ने ।
(झ) ग्राहकहरूको सुविधा तथा जानकारीको लागि टेलिफोन डाइरेक्ट्री
लगायत दूरसंचार सम्वन्धी अन्य सामाग्री प्रकाशन गर्नु पर्ने ।
(ञ) अन्तर्राष्ट्रिय दूरसंचार संघ (आई.टि.यू.) ले दूरसंचार सेवा संचालन
सम्बन्धमा तोकिदिएको न्यूनतम स्तर अनुरूप हुने गरी दूरसंचार
सेवा संचालन गर्नु पर्ने ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेक अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा
संचालन गर्दा पालन गर्नु पर्ने अन्य शर्तहरू अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–६ निरीक्षण, प्रतिवेदन तथा कार्यान्वयन

१६. निरीक्षण वा जा“चबुझ गराउन सक्नेः प्राधिकरणले आवश्यक देखेमा अनुमतिपत्र प्राप्त
व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्बन्धमा
निरीक्षण वा जाँचबुझ गर्न गराउन सक्नेछ ।

१७. निरीक्षण वा जा“चबुझ गर्दा अपनाउनु पर्ने कार्यविधिः ऐन वा यस नियमावली बमोजिम
अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार
सेवाको सम्बन्धमा निरीक्षण वा जा“चबुझ गर्दा प्राधिकरणले कुनै विषय किटान गरी निरीक्षण
वा जा“चबुझ गर्न आदेश दिएकोमा बाहेक निरीक्षकले प्रचलित कानूनको अधीनमा रही
देहायका बिषयमा निरीक्षण वा जा“चबुझ गर्नु पर्नेछः–
(क) प्राधिकरणले निर्धारण गरेको गुणस्तर बमोजिमको दूरसंचार सम्बन्धी यन्त्र तथा
उपकरण प्रयोग गरी अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गरेको छ छैन,
(ख) प्राधिकरणले तोकिदिएको न्यूनतम स्तर अनुरूप दूरसंचार सेवा संचालन भएको छ छैन,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको सेवा शुल्क
उठाएको छ छैन,
(घ) अनुमतिपत्र प्राप्त व्यक्तिबाट ऐन वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने शर्त
अनुरूपको काम कारवाही भएको छ छैन ।

१८. निरीक्षकको अधिकारः नियम १७ बमोजिम निरीक्षण वा जा“चबुझको सिलसिलामा
निरीक्षकलाई देहाय बमोजिमको अधिकार हुनेछ :–
(क) दूरसंचार प्रणाली प्रयोग गरिएको ठा“उमा प्रवेश गर्न,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिसँग कुनै विवरण वा जानकारी माग गर्न,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा तथा
त्यस्तो सेवा संचालन गर्दा प्रयोग भएका दूरसंचार प्रणालीको गुणस्तर जाँच गर्न,
(घ) दूरसंचार सेवा संचालनमा संलग्न जुनसुकै व्यक्तिसँग वयान लिन,
(ङ) निरीक्षण वा जा“चबुझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिलाई दूरसंचार सेवा
संचालन सम्बन्धमा तत्काल कुनै आदेश दिन उपयुक्त देखिएमा सो दिन,
(च) निरीक्षण वा जा“चबुझ सम्बन्धमा आवश्यक अन्य काम गर्न ।
१८क.प्राधिकरणलाई जानकारी दिनु पर्नेः निरीक्षकले नियम १८ को खण्ड (ङ) बमोजिम
अनुमति प्राप्त व्यक्तिलाई कुनै आदेश दिएको भए त्यसको जानकारी तीन दिन भित्र
प्राधिकरणलाई दिनु पर्नेछ ।

१९. निरीक्षकको आदेश पालन गर्नु पर्नेः (१) निरीक्षकले नियम १७ बमोजिम निरीक्षण वा
जा“चबुझको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिलाई कुनै आदेश दिएकोमा सो आदेश
बमोजिमको काम गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले दिएको आदेश उपर चित्त नबुझने व्यक्तिले
तीस दिन भित्र प्राधिकरण समक्ष उजुरी दिन सक्नेछ र सो उजुरीका सम्बन्धमा प्राधिकरणबाट
भएको निर्णय अन्तिम हुनेछ ।

२०. प्रतिवेदन पेश गर्नु पर्नेः (१) नियम १७ बमोजिम निरीक्षण वा जा“चबुझ गरिसकेपछि
निरीक्षकले निरीक्षण वा जा“चबुझ सम्बन्धी विस्तृत प्रतिवेदन दश दिनभित्र प्राधिकरण
समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिने प्रतिवदेनमा अन्य कुराहरूको अतिरिक्त
देहायका कुराहरू खुलाएको हुनु पर्नेछ :–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध
गराएको दूरसंचार सेवा सम्बन्धमा निरीक्षण वा जा“चबुझ गरिएको विषय,
(ख) निरीक्षण वा जा“चबुझको सिलसिलामा कुनै प्राविधिक जा“च गरेको
भए कुन दूरसंचार प्रणालीको जा“च गरिएको हो सो विषय,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐन वा यस नियमावली बमोजिम पालन
गर्नु पर्ने शर्तहरू पालन गरे नगरेको छुट्टा छुट्टै विवरण,
(घ) अनुमतिपत्र प्राप्त व्यक्तिले कुनै शर्त पालन नगरेको भए के कति
कारणले पालन नगरेको हो सो विषय,
(ङ) निरीक्षण वा जा“चबुझको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिलाई
तत्काल कुनै काम गर्न आदेश दिएको भए सो आदेश दिएको विषय र
सो दिनाको कारण ।

२१. प्रतिवेदन कार्यान्वयन गर्नेः (१) नियम २० बमोजिमको प्रतिवेदन प्राप्त भएपछि प्राधिकरणले
सो सम्बन्धमा आवश्यक जा“चबुझ गर्नेछ र त्यसरी जा“चबुझ गर्दा थप जानकारी लिनु पर्ने
देखिएमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई विवरण वा कागजात पेश गर्न
आदेश दिन, आफु समक्ष उपस्थित गराई बयान लिन वा उपयुक्त सम्झेको अन्य कार्य गर्न
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जा“चबुझ गर्दा प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले
गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्बन्धमा अनुमतिपत्र
प्राप्त व्यक्तिलाई कुनै आदेश दिन उपयुक्त देखेमा सो अनुरूप काम गर्न मनासिब माफिकको
समय दिनेछ र त्यसरी दिइएको आदेश अनुरूप यथासमयमा काम गर्न सम्बन्धित अनुमतिपत्र
प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।

परिच्छेद–७ दूरसंचार सम्वन्धी विवाद र त्यसको समाधान

२२. प्राधिकरण समक्ष उजुरी दिन सक्नेः अनुमतिपत्र प्राप्त व्यक्तिहरू बीच वा अनुमतिपत्र प्राप्त
व्यक्ति र ग्राहक बीच दूरसंचार सेवा सम्बन्धमा कुनै विवाद परेमा त्यसबाट मर्का पर्ने पक्षले
त्यसको कारण समेत खुलाई प्राधिकरण समक्ष उजुरी दिन सक्नेछ ।

२३. अनुमतिपत्र प्राप्त व्यक्तिहरू बीच विवाद परेमा गर्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिहरू बीच
दूरसंचार सेवा सम्बन्धमा विवाद परी नियम २२ बमोजिम प्राधिकरण समक्ष उजुरी परेमा
प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिहरूलाई झिकाई आपसी छलफलबाट
विवादको समाधान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आपसी छलफलबाट विवादको समाधान हुन नसकेमा
प्राधिकरणले सो प्रयोजनको लागि अनुमतिपत्र प्राप्त व्यक्तिहरूको एक एक जना प्रतिनिधिहरू
र प्राधिकरणको एक जना प्रतिनिधि रहेको एक मध्यस्थ नियुक्त गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त मध्यस्थले विवादको समाधान गर्नको लागि
आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।
(४) उपनियम (२) बमोजिम नियुक्त मध्यस्थले पन्ध्र दिन भित्र विवादको समाधान
सम्बन्धमा आफ्नो निर्णय गरिसक्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मध्यस्थले गरेको निर्णय सम्बन्धित अनुमतिपत्र प्राप्त
व्यक्तिहरूलाई मान्य हुनेछ ।

२४. अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच विवाद परेमा गर्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्ति र
ग्राहक बीच दूरसंचार सेवा सम्बन्धमा विवाद परी नियम २२ बमोजिम प्राधिकरण समक्ष
उजुरी परेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहकलाई झिकाई दुबै
पक्षसँग छलफल गरी विवादको समाधान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आपसी छलफलबाट विवादको समाधान हुन नसकेमा
प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकलाई उपयुक्त सम्झेको कुनै आदेश
दिन सक्नेछ र सो आदेश अनुरूपको काम गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा
ग्राहकको कर्तव्य हुनेछ ।

परिच्छेद–८ विविध

२५. ग्रामीण क्षेत्रमा दूरसंचार सेवा संचालन गर्नु पर्नेः नियम १० को उपनियम
(१) र (२) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो कूल लगानीको पन्ध्र प्रतिशत ग्रामीण
क्षेत्रमा दूरसंचार सेवाको विकास, विस्तार र संचालनमा लगाउनु पर्नेछ ।

२६. रोयल्टी बुझाउनु पर्नेः (१) नियम १० को उपनियम (५) र (६) बमोजिम अनुमतिपत्र प्राप्त
व्यक्तिले आफुले गरेको बार्षिक कूल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष
रोयल्टीको रूपमा नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “वार्षिक कुल आम्दानी” भन्नाले
अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मुल्य अभिवृद्धि कर लगायत
अन्य अप्रत्यक्ष कर तथा दूरसंचार सम्बन्धी उपकरण विक्री गर्दा प्राप्त हुने रकम वाहेक
दूरसंचार सेवा प्रदान गरे वापत अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको आम्दानीलाई
जनाउँछ ।

२७. पुनरावेदन समितिः (१) ऐनको दफा ४८ बमोजिम पुनरावेदन गर्ने प्रयोजनको लागि देहाय
बमोजिमका सदस्यहरू रहेको एक पुनरावेदन समिति रहनेछः–
(क) पुनरावेदन अदालतको बहालवाला न्यायाधिश वा नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीको अधिकृत –अध्यक्ष
(ख) नेपाल सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणी वा
सो सरहको विशेषज्ञ अधिकृत –सदस्य
(ग) कानूनको क्षेत्रमा अनुभव प्राप्त गरेका अधिकृत
कर्मचारीहरूमध्येवाट नेपाल सरकारले तोकेको व्यक्ति –सदस्य
(२) मन्त्रालयले तोकेको अधिकृत कर्मचारीले पुनरावेदन समितिको सचिव भई काम
गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि तथा अन्य
व्यवस्था सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

२८. समितिको बैठक सम्बन्धी कार्यविधिः (१) समितिको बैठक समितिको अध्यक्षले तोकेको
मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित
भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा
समितिका सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा
अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(५) समितिको बैठकको निर्णय समितिको सचिवले अध्यक्षद्वारा प्रमाणित गराई
अद्यावधिक रूपमा राख्नु पर्नेछ ।
(६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम
हुनेछ ।

२९. रेडियो फ्रिक्वेन्सी निर्धारण तथा बा“डफा“ड गर्ने तरिका र कार्यविधिः (१) समितिले
अन्यर्राष्ट्रिय दूरसंचार संघ (आइ.टि.यू.) ले बा“डफा“ड गरेको फ्रिक्वेन्सीको अधीनमा रही
विभिन्न सेवाको लागि रेडियो फ्रिक्वेन्सीको निर्धारण तथा बा“डफा“ड गर्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले निर्धारण तथा बा“डफा“ड गरेको फ्रिक्वेन्सीको
अधीनमा रही दूरसंचार सेवाको लागि प्रयोग हुने फ्रिक्वेन्सी तोक्ने तथा वितरण गर्ने काम
प्राधिकरणले गर्नेछ ।

३०. फ्रिक्वेन्सी वितरण गर्दा शर्त तोक्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा सञ्चालन
गर्ने सम्बन्धमा फ्रिक्वेन्सी प्रयोग गर्दा पालन गर्नु पर्ने शर्तहरू प्राधिकरणले तोकिदिनेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको शर्त अनुरूप अनुमतिपत्र प्राप्त व्यक्तिले
फ्रिक्वेन्सीको प्रयोग गरे नगरेको सम्वन्धमा जा“चबुझ वा अनुगमन गर्ने अधिकार
प्राधिकरणलाई हुनेछ ।
(३) उपनियम (२) बमोजिम फ्रिक्वेन्सीको जा“चबुझ वा अनुगमन गर्दा अनुमतिपत्र
प्राप्त व्यक्तिले शर्त अनुरूप फ्रिक्वेन्सीको प्रयोग गरेको नदेखिएमा प्राधिकरणले अनुमतिपत्र
प्राप्त व्यक्तिलाई मनासिव समय दिई शर्त अनुसार फ्रिक्वेन्सी प्रयोग गर्न मौका दिनेछ ।
त्यसरी दिइएको समय भित्र पनि अनुमतिपत्र प्राप्त व्यक्तिले शर्त अनुरूप फ्रिक्वेन्सीको प्रयोग
नगरेमा प्राधिकरणले निजले प्रयोग गरेको फ्रिक्वेन्सीमा रोक लगाउन सक्नेछ ।

३१. दस्तुर बुभाउनु पर्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गर्ने सम्बन्धमा
फ्रिक्वेन्सी प्रयोग गर्दा समितिले तोकिदिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दस्तुर प्राधिकरणले नेपाल सरकारलाई बुझाउनु
पर्नेछ ।

३२. रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वय गर्ने कामः समितिले तय
गरेको रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वय सम्बन्धी नीति अनुरूप
समन्वय गर्ने काम मन्त्रालयको हुनेछ ।

३३. वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेः अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त
भएको तीन महिना भित्र आफुले संचालन गरेको दूरसंचार सेवाको विवरण र आफ्नो आय
व्ययको विवरण मान्यता प्राप्त लेखा परीक्षकद्वारा लेखा परीक्षण गर्न लगाई प्राधिकरण समक्ष
पेश गर्नु पर्नेछ ।

३४. विवरण अद्यावधिक राख्नु पर्नेः अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई उपलव्ध गराएको
दूरसंचार सेवा सम्बन्धी विवरण अद्यावधिक रूपमा तयार गरी राख्नु पर्नेछ र निरीक्षकले
आÏ नो निरीक्षण वा जाँचबुझको सिलसिलामा उक्त विवरण हेर्न चाहेमा देखाउनु पर्नेछ ।

३४क.आर्थिक प्रशासन सम्बन्धी कुराहरूः प्राधिकरणको आर्थिक प्रशासन सम्बन्धी कुराहरू
प्राधिकरणले बनाएको तत्सम्बन्धी विनियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।

३४ख. प्राधिकरणको संगठनात्मक स्वरुप तथा पदाधिकारी र कर्मचारीको सेवा शर्त :- प्राधिकरणको
संगठनात्मक स्वरुप तथा प्राधिकरणका अध्यक्ष, सदस्य र कर्मचारीको पारिश्रमिक, सुबिधा
तथा सेवा शर्त सम्बन्धी व्यवस्था मन्त्रालयको सहमति लिई प्राधिकरणले बनाएको विनियममा
व्यवस्था भए बमोजिम हुनेछ ।

३४ग. प्राधिकरणको वार्षिक कार्यक्रम :- प्राधिकरणले ऐन तथा यस नियमावली बमोजिम कार्य
सञ्चालन गर्नको लागि बनाएको वार्षिक कार्यक्रम मन्त्रालयको सहमति लिई स्वीकृत गर्नु
पर्नेछ ।

३५. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेः नेपाल सरकारले प्राधिकरणको सिफारिशमा
अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।

३६. खारेजी र बचाउः (१) देहायका नियमहरू खारेज गरिएका छन्ः–
(क) स्थानीय टेलिफोन नियमावली, २०२२
(ख) टेलिफोन कम्यूनिकेशन (अन्तरदेशिय) नियमावली, २०२३
(ग) टेलिकम्यूनिकेशन (अन्तर्राष्ट्रिय) नियमावली, २०२४ ।
(२) उपनियम (१) बमोजिमका नियमावलीहरू बमोजिम भए गरेका काम
कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।

 

अनुसूची–१ अनुमतिपत्रको लागि दिइने निवेदनपत्र

(नियम ७ को उपनियम (१) र (२) स“ग सम्बन्धित)

श्री नेपाल दूरसंचार प्राधिकरण
………………………………… ।
देहायको दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र पाउनको लागि निम्न विवरणहरू खुलाई यो
निवेदन गरेको छु ।
१. अनुमतिपत्र लिन चाहने व्यक्तिको :-
(क) नाम :-
(ख) ठेगाना :-
स्थायी :-
अस्थायी :-
२. दूरसंचार सेवाको किसिम :-
३. दूरसंचार सेवा संचालन गर्न लाग्ने :-
(क) अनुमानित पूँजी :-
(ख) प्रस्तावित लगानी :-
(ग) लगानीको श्रोत :-
४. दूरसंचार सेवा सम्वन्धमा :-
(क) काम शुरु गर्ने मिति :-
(ख) काम सम्पन्न गर्ने मिति :-
(ग) सेवाको माग र आपूर्तिको प्रक्षेपण :-
(घ) नेटवर्क विस्तार :-
(ङ) नेटवर्कमा प्रयोग गरिने प्रविधिको विवरण :-
(च) प्रदान गरिने सेवाको स्तर :-
५. दूरसंचार प्रणालीको :–
(क) निर्माता :-
(ख) आयात गरिने मुलुक :-
(ग) गुणस्तर :-
६. प्रयोग गर्न चाहेको फ्रिक्वेन्सी :-
७. ग्राहकलाई दूरसंचार सेवा उपलब्ध गराउन सकिने मिति :-
८. दूरसंचार सेवा संचालन गरिने क्षेत्र :-
(क) जिल्ला (ख) न.पा./गा.वि.स. (ग) वडा नंः–
९. दूरसंचार सेवा संचालन गर्दा हुने वार्षिक अनुमानित नाफा÷नोक्सान आदिको विवरण :-
(क) अनुमानित संचालन खर्चः
(ख) अनुमानित आयः
(ग) नाफा नोक्सानको हिसावः
(घ) महसुल दरः
१०. निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरू :-
(क) अनुमतिपत्र लिन चाहने व्यक्ति भए नागरिकताको प्रतिलिपि
(ख) अनुमतिपत्र लिन चाहने व्यक्ति संगठित संस्था भए सो संस्थाको नाम र सो संस्थाको
कानूनी स्थिति देखिने कागजात
(ग) प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता सम्बन्धी कागजात
(घ) आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजना
(ङ) प्राधिकरणद्वारा प्रकाशित सार्वजनिक सूचनामा वा नेपाल सरकारले ऐन वमोजिम नेपाल
राजपत्रमा सूचना प्रकाशन गरि तोकिदिए वमोजिमका कुराहरू ।
संगठित संस्थाको छाप :- निवेदकको,–
सही :-
नाम :-
ठेगाना :-
मिति :-

अनुसूची–२ अनुमतिपत्र लिनको लागि दिइने निवेदनपत्र

(नियम ७ को उपनियम (३) स“ग सम्बन्धित)

श्री नेपाल दूरसंचार प्राधिकरण
………………………………… ।
नेपाल सरकारबाट अनुमति प्राप्त गरी दूरसंचार सेवा संचालन गरिहेकोमा दूरसंचार ऐन,
२०५३ तथा दूरसंचार नियमावली, २०५४ वमोजिम अनुमतिपत्र लिनु पर्ने भएकोले देहायका
विवरणहरू खुलाई दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र पाउन निवेदन गर्दछु ।
१. अनुमतिपत्र लिन चाहने व्यक्तिकोः–
(क) नामः
(ख) ठेगानाः
स्थायीः
अस्थायीः
२. संचालन गरेको दूरसंचार सेवाको,–
(क) किसिमः
(ख) संचालन गरेको मितिः
३. दूरसंचार सेवा संचालन गर्दा लागेको,:–
(क) प्रस्तावित लगानीः
(ख) लगानीको श्रोतः
४. दूरसंचार प्रणालीको, –
(क) निर्माताः
(ख) आयात गरिएको मुलुकः
(ग) गुणस्तरः
५. प्रयोग गरेको फ्रिक्वेन्सीः–
६. दूरसंचार सेवा संचालन गरेवापत हुने वार्षिक अनुमानित नाफा÷नोक्सान आदिको विवरणः
(क) अनुमानित संचालन खर्चः
(ख) अनुमानित आयः
(ग) नाफा /नोक्सानको हिसाबः
(घ) महशुल दरः
७. निवेदन साथ संलग्न कागजातहरूः
(क) पहिला पाएको अनुमतिपत्रको प्रतिलिपिः
(ख) आवश्यक अन्य कागजातः
निवेदकको,–
संगठित संस्थाको छाप :                                                                                – सही :-
नामः–
ठेगानाः–
मितिः–

अनुसूची – ३ अनुमतिपत्र लिन चाहिने पुँजी, प्राविधिक निपुर्णता तथा पेशा सम्बन्धी दक्षता

(नियम ८ सँग सम्बन्धित)

दूरसंचार ऐन, २०५३ को दफा २३ को उपदफा (१) तथा दूरसंचार नियमावली, २०५४ को
नियम ७ को उपनियम (१) बमोजिम दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र लिन चाहने व्यक्तिसँग
देहाय बमोजिमको पूँजी र दूरसंचार सम्बन्धी देहाय बमोजिमको प्राविधिक निपुर्णता तथा पेशा
सम्बन्धी दक्षता हुनु पर्नेछः–
(अ) आवश्यक पर्ने कुल पूँजी ९ल्भत ध्यचतज०ः
१. नेपाल ………. भर स्थानीय टेलिफोन सेवा संचालन गर्नका लागि दुई अरब
रूपैयाँ,
२. नेपाल ………. भर सेलुलर टेलिफोन सेवा संचालन गर्नको लागि पचास करोड
रूपैयाँ,
३. अन्तर्देशीय ट्रंक सेवा संचालन गर्नको लागि पचास करोड रूपैयाँ,
४. अन्तर्देशीय ट्रंक र अन्तर्राष्ट्रिय ट्रंक सेवा संचालन गर्नको लागि पचहत्तर करोड
रूपैयाँ,
५. माथि उल्लिखित एकभन्दा बढी दूरसंचार सेवा संचालन गर्नको लागि एउटै
अनुमतिपत्र लिने भएमा दुई अरब रूपैयाँ,
६. अन्य दूरसंचार सेवा संचालन गर्न तथा कुनै खास स्थानमा दूरसंचार सेवा संचालन
गर्नको लागि लिने अनुमतिपत्रको लागि लाग्ने पूजी प्राधिकरणले तोक्नेछ ।
(आ) प्राविधिक निपुर्णता र पेशा सम्बन्धी दक्षताः
१. स्थानीय टेलिफोन सेवा संचालन गर्नको लागि कम्तीमा तीन वर्ष स्थानीय टेलिफोन
सेवा संचालन गरेको,

 

अनुसूची–४ दूरसंचार सेवा संचालन गर्न दिइने अनुमतिपत्र

(नियम १० को उपनियम (१), (२) र (५) सँग सम्बन्धित)

श्री…………………….
……………………….।
तपाईलाई दूरसंचार ऐन, २०५३ को दफा २३ को उपदफा (१) र (२) तथा दूरसंचार
नियमावली, २०५४ को नियम १० को उपनियम (१), (२) र (५) वमोजिम देहायको दूरसंचार सेवा
संचालन गर्न यो अनुमतिपत्र दिइएको छ ।
१. अनुमतिपत्र पाउने व्यक्तिको ट्ठ–
(क) नाम :-
(ख) ठेगाना :-
स्थायी :-
अस्थायी :-
२. अनुमतिपत्र दिइएको दूरसंचारको किसिम :-
३. दूरसंचार सेवा सम्बन्धमा :-
(क) काम संचालन गर्नु पर्ने मिति :-
(ख) काम सम्पन्न गर्नु पर्ने मिति :-
४. दूरसंचार प्रणालीको :-–
(क) निर्माता :-
(ख) आयात गरिने मुलुक :-
(ग) गुणस्तर :-
५. प्रयोग गर्ने फ्रिक्वेन्सी :-
६. ग्राहकलाई दूरसंचार सेवा उपलब्ध गराउने मिति :-
७. फ्रिक्वेन्सी प्रयोग गरे वापत बुझाउनु पर्ने वार्षिक रकम :-
८. दूरसंचार सेवा संचालन गरिने क्षेत्र :-
(क) जिल्ला : (ख) गा.वि.स./न.पा. (ग) वडा नं.
९. दूरसंचार सेवा विकास, विस्तार र संचालन गर्नु पर्ने ग्रामीण क्षेत्र :-
(क) जिल्ला : (ख) गा.वि.स./न.पा. (ग) वडा नंः–
१०. अनुमतिपत्र नम्बर :-
११. अनुमतिपत्र वहाल रहने अवधि :-
१२. अनुमतिपत्र नवीकरण गरे वापत बुझाउनु पर्ने वार्षिक दस्तुर :-
१३. नेपाल सरकारलाई बुझाउनु पर्ने वार्षिक रोयल्टीको रकम :-
१४. ग्रामिण क्षेत्रको दूरसंचार विकासको लागि वार्षिक रूपमा प्राधिकरणलाई रकम बुझाउनु पर्ने
भए सो रकम :-
१५. अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गर्दा वा फ्रिक्वेन्सी प्रयोग गर्दा पालन गर्नु
पर्ने शर्तहरू :

(क)
(ख)
(ग)
(घ)
कार्यालयको छाप :                                                                 अनुमतिपत्र दिने अधिकारीको :–
सही :
नाम :
पद :
कार्यालयः
मिति :

अनुसूची–५ दूरसंचार सेवा संचालन गर्न दिइने अनुमतिपत्र

(नियम १० को उपनियम (६) सँग सम्बन्धित)

श्री…………………….
……………………….।
तपाईलाई दूरसंचार ऐन, २०५३ को दफा २३ को उपदफा (३) तथा दूरसंचार नियमावली,
२०५४ को नियम १० को उपनियम (६) वमोजिम देहायको दूरसंचार सेवा संचालन गर्न यो
अनुमतिपत्र दिइएको छ ।
१. अनुमतिपत्र पाउने व्यक्तिको :–
(क) नाम :(ख) ठेगाना :
स्थायी :
अस्थायी :
२. अनुमतिपत्र दिइएको दूरसंचारको किसिम :३. दूरसंचार प्रणालीको ः
(क) निर्माता :
(ख) आयात गरिने मुलुक :
(ग) गुणस्तर :
४. प्रयोग गर्ने फ्रिक्वेन्सी :
५. फ्रिक्वेन्सी प्रयोग गरे वापत बुझाउनु पर्ने वार्षिक रकम :
६. दूरसंचार सेवा संचालन गरिने क्षेत्र :
७. अनुमतिपत्र नम्बर :
८. अनुमतिपत्र वहाल रहने अवधि :
९. अनुमतिपत्र नवीकरण गरे वापत बुझाउनु पर्ने नवीकरण दस्तुर :
१०. नेपाल सरकारलाई बुझाउनु पर्ने वार्षिक रोयल्टी रकम:
११. अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गर्दा वा फ्रिक्वेन्सी प्रयोग गर्दा पालन गर्नु
पर्ने शर्तहरू :
(क)
(ख)
(ग)
(घ)
कार्यालयको छाप :                                                                   अनुमतिपत्र दिने अधिकारीको :–
सही :
नाम :
पद :
कार्यालयः–
मिति :

अनुसूची – ६(क) अनुमतिपत्र वापत लाग्ने दस्तुर

(नियम ११ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)

दूरसंचार नियमावली, २०५४ को नियम १० को उपनियम (६) बमोजिम दिइने अनुमतिपत्रको लागि देहाय बमोजिम दस्तुर लाग्नेछः–
सि.नं. दूरसंचार सेवाको किसिम                                                           दस्तुर
१. इन्टर्नेट (इ–मेल सहित)                                                                     रु. १,००,०००।–
२. याक्स मेल                                                                                           रु. ४०,०००।–
३. ख्क्ब्त् प्रयोगकर्ता                                                                               रु. १,००,०००।–
४. स्थानीय डाटा नेटवर्क (व्यापारिक प्रयोगको लागि)                         रु. १५,००,०००।–
५. स्थानीय टेलिफोन सेवा                                                                     रु. ५,००,००,०००।–
६. अन्तर्देशीय ट्रंक टेलिफोन सेवा                                                          रु. ३,५०,००,०००।–
७. अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा                                                         रु. ६,२५,००,०००।–
८. अन्तर्देशीय टेलिग्राफ सेवा                                                                   रु. ५,००,०००।–
९. अन्तर्राष्ट्रिय टेलिग्राफ सेवा                                                               रु. २६,००,०००।–
१०. टेलेक्स सेवा                                                                                       रु. ३१,००,०००।–
११. लिज सर्किट सेवा                                                                              रु. १५,५०,०००।–
१२. याक्सिमिली (टेली याक्स) सेवा                                                     रु. ३,००,०००।–
१३. प्याकेज स्वीचिङ्ग डाटा सेवा                                                           रु. ३,००,०००।–
१४. अन्य दूरसंचार सेवाको लागि प्राधिकरणको सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना
प्रकाशन गरी तोके बमोजिमको रकम ।

अनुसूची – ७ अनुमतिपत्र नवीकरण गरे वापत लाग्ने दस्तुर

(नियम १२ को उपनियम (२) सँग सम्बन्धित)

दूरसंचार नियमावली, २०५४ को नियम १० को उपनियम (५) र (६) बमोजिम दिइने अनुमतिपत्र नविकरण गर्नको लागि देहाय बमोजिम दस्तुर लाग्नेछः–
सि.नं.     दूरसंचार सेवाको किसिम                                                       दस्तुर
१. इन्टर्नेट (इ–मेल सहित)                                                              रु. २,७०,०००।–
तर शैक्षिक र स्वास्थ्य संस्थाहरूको आन्तरिक प्रयोजनको लागि सम्बन्धित मन्त्रालयको
सिफारिशमा सञ्चालन गरिने ईन्टरनेट (ईमेल सहित) र काठमाण्डौ उपत्यका र
उपमहानगरपालिका, नगरपालिकासँग सिमाना जोडिएका गा.वि.स.हरू बाहेकका
गा.वि.स.हरूमा सञ्चालन गरिने इन्टरनेट (ईमेल सहित) सेवाको लागि रु. ९०।– अनुमतिपत्र
नवीकरण दस्तुर लाग्नेछ ।
२. इ–मेल                                                                         रु. १,८०,०००।–
३. अडियो टेक्ष्ट/भ्वाइस मेल                                          रु. १,८०,०००।–
४. भिडियो टेक्ष्ट                                                               रु. १,८०,०००।–
५. फ्याक्स                                                                          रु. १,८०,०००।–
६. VSAT
(क) …………………….
(ख) VSAT  प्रयोगकर्ता                                                    रु. २,२५,०००।–
तर शैक्षिक र स्वास्थ्य संस्थाहरूको आन्तरिक प्रयोजनको लागि सम्बन्धित मन्त्रालयको
सिफारिसमा ख्क्ब्त् प्रयोगकर्ता र काठमाडौ उपत्यका र उपमहानगरपालिका,
नगरपालिकासँग सिमाना जोडीएका गा.वि.स.हरू बाहेकका गा.वि.स.हरूमा स्थापना गरिने
VSAT प्रयोगकर्ता लाई ख्क्ब्त् सेवाको लागि रु. ९०।– अनुमतिपत्र नवीकरण दस्तुर
लाग्नेछ ।
७. अडियो कन्फरेन्सीङ्ग                                                  रु. ४५,०००।–
८. पे – फोन (PAy phone)                                            रु. २७,००,०००।–
९. प्रि – पेड कलिङ्ग कार्ड ( pre-paid calling)            रु. २७,००,०००।–
१०. नेटवर्क सेवा रु. २२,५०,०००।–
११. रेडियो पेजिङ्ग नेटवर्क
(क) नेपाल ……… भरी                                                        रु. ११,२५,०००।–
(ख) पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्र (काठमाडौं उपत्यका बाहेक) रु. ४,५०,०००।–
(ग) काठमाडौं उपत्यका                                                        रु. ४,५०,०००।–
(घ) पश्चिमाञ्चल विकास क्षेत्र                                              रु. २,७०,०००।–
(ङ) मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विकास क्षेत्र  रु. १,८०,०००।–
(च) कुनै निश्चित गा.वि.स.मा मात्र संचालन गर्ने भए          रु. ६७,५००।–
१२. ट्रंक मोवाइल रेडियो
(क) काठमाडौं उपत्यकामा                                                     रु. ४,५०,०००।–
(ख) पोखरा र विराटनगर उपमहानगरपालिका तथा विरगञ्ज, भैरहवा, भरतपुर र
नेपालगञ्ज नगरपालिकामा                                                   रु. २,२५,०००।–
(ग) अन्य क्षेत्रमा                                                                      रु. १,१२,५००।–
१३. स्थानीय टेलिफोन सेवा                                                     रु. ४,५०,००,०००।–
१४. अन्तर्देशीय ट्रंक टेलिफोन सेवा                                         रु. ३,१५,००,०००।–
१५. अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा                                       रु. ५,६२,५०,०००।–
१६. अन्तर्देशीय टेलिग्राफ सेवा                                                रु. ४,५०,०००।–
१७. अन्तर्राष्ट्रिय टेलिग्राफ सेवा                                              रु. २३,४०,०००।–
१८. टेलेक्स सेवा                                                                        रु. २७,९०,०००।–
१९. लिज सर्किट सेवा                                                                रु. १३,९५,०००।–
२०. याक्सिमिली (टेली याक्स) सेवा                                         रु. २,७०,०००।–
२१. प्याकेज स्वीचिङ्ग डाटा सेवा                                             रु. २,७०,०००।–
२१क. ग्लोवल मोवाइल पर्सनल कम्यूनिकेशन सिष्टम (Global Mobile Personal
Communication System)                                                 
रु. १४,००,०००।–
२१ख. निश्चित क्षेत्रभित्र मात्र सीमित रहने तार रहित टेलिसंचारमा आधारित  Limited Mobility  सेवा
(क) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अन्तर्गतको एरिया कोडभित्र           रु.५४,००,०००।–

(ख) मोरङ्ग, सुनसरी, धनुषा, चितवन, पर्सा, रूपन्देही, कास्की, बांके र कैलाली प्रत्येक
जिल्ला (आफ्नै एरिया कोड भित्र) को लागि प्रति जिल्ला                                      रु. २,७०,०००।–
(ग) खण्ड (क) र (ख) वाहेकका अन्य जिल्ला (आफ्नै एरिया कोड भित्र) को लागि प्रति
जिल्ला      रु. २,२५,०००।–
२२. अन्य दूरसंचार सेवाको लागि प्राधिकरणको सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना
प्रकाशन गरी तोके बमोजिमको रकम ।
भिडियो कन्फरेन्सिङ्ग सेवाको लागि              रु. १,३५,०००।–

अनुसूची–८ अनुमतिपत्रमा संशोधन गर्नको लागि दिइने निवेदनपत्र

(नियम १३ को उपनियम (१) सँग सम्बन्धित)

श्री नेपाल दूरसंचार प्राधिकरण
……………………………….।
मैले त्यस प्राधिकरणबाट मिति…………………… मा पाएको अनुमतिपत्रमा उल्लेखित देहाय
कुराहरूमा देहाय वमोजिम संशोधन गर्न आवश्यक परेकोले अनुमतिपत्रको प्रतिलिपि संलग्न गरी
निवेदन गरेको छु ।
१. अनुमतिपत्रमा भएका कुराहरू :-
(क)
(ख)
(ग)
(घ)
२. संशोधन गर्न खोजिएका कुराहरू र सो संशोधन गर्नु पर्नाको कारण :-
(क)
(ख)
(ग)
(घ)
संगठित संस्थाको छाप                                                            निवेदकको,–
सही :-
नाम :-
मिति :-

अनुसूची–९ अनुमतिपत्रको विक्री वा हस्तान्तरण गरी लिने दिने स्वीकृतिको लागि दिइने निवेदनपत्र

(नियम १४ को उपनियम (१) सँग सम्बन्धित)

श्री नेपाल दूरसंचार प्राधिकरण
………………………………. ।
मैले त्यस प्राधिकरणबाट मिति………………….मा पाएको अनुमतिपत्र ………. कारणले
……… ….जिल्ला……….गा.वि.स./न.पा……………….वडा नं…….बस्ने …… वर्ष …….को श्री
…………………. लाई विक्री/अन्य तवरले हक हस्तान्तरण गर्न चाहेकोले स्वीकृति पाउन सादर
अनुरोध गर्दछु ।
संगठित संस्थाको छाप :- अनुमतिपत्र विक्री वा हक हस्तान्तरण गर्न चाहने व्यक्तिकोः–
सही :-
नाम :-
ठेगाना :-
मिति :-
उपरोक्त लेखिए वमोजिम ………………….. ले मलाई ……………………. दूरसंचार सेवा
संचालन गर्ने अनुमतिपत्र विक्री/अन्य तवरले हक हस्तान्तरण गर्न चाहेको र सो अनुमतिपत्र मैले
किन्न÷अन्य तवरले हक हस्तान्तरण गरी लिन चाहेकोले सो अनुमतिपत्र मेरो नाममा विक्री ÷अन्य
तवरले हक हस्तान्तरण गरी लिन स्वीकृति पाउन सादर अनुरोध गर्दछु ।
संगठित संस्थाको छाप :                                अनुमतिपत्र किन्ने वा हक हस्तान्तरण गरि लिन चाहने व्यक्तिकोः

सही :-
नाम :-
ठेगाना :-
मिति :-
निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरू:–
(क) अनुमतिपत्रको प्रतिलिपि ।
(ख) अनुमतिपत्र लिन दिन चाहने व्यक्ति भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(ग) अनुमतिपत्र विक्री वा हक हस्तान्तरण गरी दिन चाहेको कारण सम्बन्धी विस्तृत विवरण ।
(घ) अनुमतिपत्र लिन दिन चाहने व्यक्तिहरू बीच आपसमा निर्धारित तत्सम्बन्धी शर्त बन्देज ।
(ङ) अनुमतिपत्र विक्री गर्ने वा अन्य तवरले हक हस्तान्तरण गरी दिने व्यक्तिले दूरसंचार सेवा
संचालन गर्न छुट्टयाएको पूँजी, निजको प्राविधिक निपुणता र पेशा सम्बन्धी दक्षता ।
(च) अनुमतिपत्र किन्ने वा अन्य तवरले हक हस्तान्तरण गरी लिन चाहने व्यक्तिको दूरसंचार सेवा
संचालन सम्बन्धी कार्य संचालन योजना ।
(छ) अन्य आवश्यक कुराहरू ।