Skip to contentSkip to left sidebar Skip to footer

तथ्याङ्क नियमहरु, २०४१

तथ्याङ्क नियमहरु, २०४१

नेपाल राजपत्रमा प्रकाशित मिति
२०४१।४।१५
संशोधन

तथ्याङ्क (पहिलो संशोधन) नियमहरु, २०६९ २०६९।९।२३

तथ्याङ्क ऐन, २०१५ को दफा १३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यीे नियमहरु बनाएको छ ।

२. परिभाषा

बिषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यी नियमहरुमा,–

(क) “ऐन” भन्नाले तथ्याङ्क ऐन, २०१५ सम्झनु पर्छ ।
(ख) “विभाग” भन्नाले केन्द्रीय तथ्याङ्क विभाग सम्झनु पर्छ ।
(ग) “संकलनकर्ता” भन्नाले तथ्याङ्क संकलन गर्ने, गराउने सरकारी कार्यालय, सरकारी स्वामित्व भएको वा यस उद्देश्यको लागि सरकारी सहायता प्राप्त संस्था वा स्वदेशी वा विदेशी व्यतिm वा संस्था सम्झनु पर्छ ।

३. महानिर्देशकको काम, कर्तव्य र अधिकार

(१) नेपाल सरकारबाट स्वीकृत भएका कुराहरुको तथ्याङ्क संकलन, प्रशोधन, संग्रह एवं सांख्यकीय सुधार, विश्लेषण र प्रकाशन गर्ने, गराउने महानिर्देशकको काम, कर्तव्य र अधिकार हुनेछ ।

(२) उपनियम (१) मा लेखिएका कुराको सर्वसामान्यतामा कुनै प्रतिकुल प्रभाव नपर्ने गरी महानिर्देशकले खास गरेर देहायका काम गर्न, गराउन सक्नेछः–

(क) तथ्याङ्क सम्बन्धी विषयमा नेपाल सरकारलाई सल्लाह दिने,
ख) नेपालराज्य वा त्यसको कुनै भागमा आर्थिक, सामाजिक र जनसंख्या इत्यादि जुनसुकै कुराको तथ्याङ्क सर्वेक्षण गर्ने र सो सम्बन्धी वितरण संकलन गर्ने, गराउने,
(ग) तथ्याङ्क सम्बन्धी प्रतिवेदन तयार गर्ने,
(घ) राष्ट्रिय गणनाहरु (जनसंख्या, कृषि, उद्योग, व्यापार, यातायात र अरु आवश्यक सबै किसिमको गणना) लिने प्रबन्ध मिलाउने र तिनको संचालन गर्ने,
(ङ) तथ्याङ्क सम्बन्धमा अनुसन्धान गरी राष्ट्रिय तथ्याङ्ककोस्तर बढाउने र तत्सम्बन्धी आंकडा (डाटा) प्रकाशित गर्ने,
(च) राष्ट्रिय तथ्याङ्कमा सुधार ल्याउनको लागि आवश्यक कार्यक्रम तयार पार्ने,
(छ) स्थायी रहनु पर्ने तथ्याङ्कको लगत राख्ने,
(ज) तथ्याङ्क सम्बन्धी कुरालाई संकलन गरी त्यसको प्रकाशन गर्ने ,
(झ) तथ्याङ्क सम्बन्धी समाचार तथा प्रकाशनको आदान, प्रदान र प्रचार तथा प्रसार गर्ने ।

४. तथ्याङ्क संकलन गर्न विभागको स्वीकृति लिनु पर्ने

(१) ऐनको दफा ७क. बमोजिम तथ्याङ्क संकलन गर्न स्वीकृतिको लागि संकलनकर्ताले अनुसूची बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमेजिम दरखास्त प्राप्त भएपछि विभागले आवश्यक छानविन गर्दा स्वीकृति दिन उपयुक्त ठहराएमा दर्ता किताबमा चढाई दर्ता नम्बर समेत उल्लेख गरी स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृति प्राप्त भएपछि संकलनकर्ताले प्रश्नावलीमा र तथ्याङ्कको प्रकाशनमा दर्ता नम्बर समेत उल्लेख गर्नु पर्छ ।

५. संशोध न गर्नु पर्दा अनुमति लिनु पर्ने 

(१) तथ्याङ्क संकलनकर्ताले नियम ४ को उपनियम (२) अनुसार विभागबाट स्वीकृति प्राप्त गरी सकेपछि तथ्याङ्क संकलन गर्र्र्ने क्षेत्र, तरिका, अवधि, प्रयोजन आदि सबै वा कुनैमा संशोधन गर्न आवश्यक परेमा त्यसको कारण सहित विभागमा दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएपछि विभागले आवश्यक छानविन तथा अध्ययन गरी संशोधन गर्न स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृति दिइसकेपछि विभागले आफनो दर्र्ता किताबमा संशोधन गर्नेछ ।

अनुसूची नियम ४ को उपनियम (१) सँग सम्बन्धित

तथ्याङ्क सङ्कलन आवेदनपत्र
श्री महानिर्देशकज्यू,
केन्द्रीय तथ्याङ्क विभाग,
काठमाडौं ।
मैले/हामीले ……………………. मन्त्रालय/विभाग/संस्था कार्यालयको मिति
……………….. को निर्णयानुसार तथ्याङ्क संकलन गर्ने भएकोले देहाय बमोजिमको विवरण
खुलाई स्वीकृतिको लागि निवेदन गरेको छु /छाेे ।
विवरण
१. संकलनकर्ताको नामः –
२. संकलनकर्ताको ठेगानाः –
३. संकलन गरिने तथ्याङ्कको विषयः –
४. तथ्याङ्क संकलनको उद्देश्यः –
(क) मुख्य उद्देश्यः –
(ख) गौण उद्देश्यः –
५. तथ्याङ्क संकलन गर्नु पर्ने आवश्यकता र कारणः – (छोटकरीमा खुलाउने )
६. तथ्याङ्क संकलन गरिने क्षेत्रः –
७. तथ्याङ्क संकलन गर्ने विधिको विवरणः –
८. संकलन कार्य शुरु हुने मितिः–
९. संकलन कार्य शुरु समाप्त हुने मितिः–
१०. संकलित तथ्याङ्क प्रकाशन गर्ने अनुमानित मितिः –
११. संकलन कार्यमा लाग्ने जम्मा खर्च रु………………… अक्षरुपी………………
१२. अन्य कुनै विवरण भए खुलाउनेः –
आवेदकको नामः –
ठेगानाः –
आवेदकको सहीः –
(छाप भए सो समेत )
मितिः –
संलग्न
१. प्रश्नावली र सोसँग सम्बन्धित नियम,
२. तथ्याङ्क प्रकाशनको ढाँचा
३. गणनाविधि/ सर्वेक्षण अनुमानविधि,
४. अन्य आवश्यक कागजात ।