Skip to contentSkip to left sidebar Skip to footer

जीवनाशक विषादी नियमावली, २०५०

नेपाल राजपत्रमा प्रकाशित मिति

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५०।१०।२५

संशोधन,

१. जीवनाशक विषादी (पहिलो संशोधन) नियमावली २०६४।६।१४

जीवनाशक विषादी ऐन, २०४८ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी श्री नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “जीवनाशक विषादी नियमावली, २०५०” रहेको छ ।
(२) यो नियमावली ऐन लागू भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले जीवनाशक विषादी ऐन, २०४८ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले नेपाल सरकारद्वारा स्थापना भएको कार्यालय सम्झनु पर्छ ।
(ग) “कन्टेनर” भन्नाले विषादीलाई राख्न, छोप्न, बन्द गर्न, समावेश गर्न वा प्याक गर्नलाई प्रयोग गरिने भाँडा वा बट्टा वा पोका सम्झनु पर्छ ।
(घ) “सूचकपत्र (लेवल)” भन्नाले विषादी वा विषादी राखिएको कन्टेनर वा कन्टेनरको बाहिरी भागमा वा विषादीको पोकामा लेखिएको, छापिएको वा रेखांकन गरिएको विषादी सम्बन्धी सूचना सम्झनु पर्छ ।
(ङ) “निरीक्षक” भन्नाले ऐनको दफा १३ बमोजिम नियुक्त विषादी निरीक्षक सम्झनु पर्छ ।

३. विषादी पञ्जीकरणको लागि निवेदन दिनु पर्ने

३. विषादी पञ्जीकरणको लागि निवेदन दिनु पर्ने

(१) कुनै विषादी आयात, निर्यात, उत्पादन गर्न चाहने व्यक्तिर संस्था वा निकायले त्यस्तो कार्य गर्नु अघि त्यस्तो विषादीलाई ऐनको दफा ९ बमोजिम पञ्जीकरण गराउनको लागि समितिले तोकिदिएको ढाँचामा पञ्जीकरण दस्तुर ज्ञएक हजार रुपैया“ समेत संलग्न राखी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम विषादी पञ्जीकरण गर्न निवेदन दिने व्यक्ति, संस्था वा निकायले पञ्जीकरणको सम्बन्धमा कार्यालयले मागेको विषादीसँग सम्बन्धित आवश्यक प्राविधिक तथा अन्य जानकारीहरू उपलव्ध गराउनु पर्नेछ ।

 

४.  विषादी पञ्जीकरण गर्ने 

४.  विषादी पञ्जीकरण गर्ने

(१) नियम ३ बमोजिम विषादी पञ्जीकरण गराउनको लागि कुनै निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो विषादीबाट
मानिस वा पशुपंक्षीलाई वा पर्यावरणमा पर्ने असरलाई ध्यानमा राखी बिना कुनै शर्त वा शर्त सहित पञ्जीकरण गरी निवेदकलाई समितिले तोकिदिएको ढाँचामा विषादी पञ्जीकरणको प्रमाणपत्र दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको विषादी पञ्जीकरण प्रमाणपत्रको मान्यता अवधि पाँच वर्ष हुनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यालयले विषादी पञ्जीकरण गर्ने सम्बन्धमा निवेदकहरूसँग मागेको विषादीसँग सम्बन्धित तथ्यांकहरू प्राप्त नहुञ्जेलसम्म विषादी पञ्जीकरण गर्ने छैन ।

 

५. विषादी पञ्जीकरण गर्न इन्कार गर्न सक्ने

५. विषादी पञ्जीकरण गर्न इन्कार गर्न सक्ने

(१) कुनै विषादी पञ्जीकरण गर्न निवेदन दिने निवेदकले नेपालमा त्यस्तो विषादीको उपयोगको आवश्यकता प्रमाणित गर्न नसकेमा वा कार्यालयको दृष्टिकोणमा त्यस्तो विषादीको उपयोगले मानिस वा पशुपंक्षीलाई वा वातावरणमा प्रतिकूल असर पर्ने सम्भावना देखेमा सो को कारण उल्लेख गरी कार्यालयले त्यस्तो विषादीको पञ्जीकरण गर्न इन्कार गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कार्यालयले कुनै विषादी पञ्जीकरण गर्न इन्कार गरेमा त्यसको कारण सहितको सूचना निवेदकलाई दिनुपर्नेछ ।

(३) उपनियम (२) बमोजिमको सूचना प्राप्त गर्ने निवेदकले त्यस्तो निर्णयको पुनरावलोकन गर्न समितिसमक्ष लिखित रूपमा निवेदन दिन सक्नेछ र त्यस्तो निवेदनको सम्बन्धमा समितिले गरेको निर्णय अन्तिम हुनेछ ।

६. विषादीको पञ्जीकरण खारेज वा निलम्वन गर्न सक्ने

६. विषादीको पञ्जीकरण खारेज वा निलम्वन गर्न सक्ने

समितिको दृष्टिकोणमा नियम ४ बमोजिम पञ्जीकरण भएको विषादीको निरन्तर प्रयोग अप्रभावकारी ठहरिएमा वा त्यस्तो विषादीको  वातावरणमा प्रतिकूल असर पर्ने सम्भावना भएमा समितिले जुनसुकै समयमा पनि त्यस्तो विषादीको पञ्जीकरण खारेज गर्न वा कुनै खास समयसम्मको लागि निलम्वन गर्न सक्नेछ । त्यसरी खारेज वा निलम्वन गरिएको कुराको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।

 

७. विषादी पैठारीको विवरण पेश गर्नुपर्ने

७. विषादी पैठारीको विवरण पेश गर्नुपर्नेः

(१) विषादी पैठारी गर्न इजाजत प्राप्त प्रत्येक व्यक्ति, संस्था वा निकायले एक आर्थिक वर्षमा पैठारी गरेको विषादी, त्यसकोपरिमाण र मूल्य समेत उल्लेख गरी समितिले तोकिदिएको ढाँचामा प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वा समितिले माग गरेमा सो भन्दा अगावै कार्यालय समक्ष विवरण पेश गर्नुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम पैठारीकर्ताले विषादी पैठारीको विवरण नदिएमा त्यस्तो विषादीको पञ्जीकरण कार्यालयको सिफारिसमा समितिले रद्द गर्न सक्नेछ

८. कन्टेनर र सूचकपत्रको स्वीकृति

८. कन्टेनर र सूचकपत्रको स्वीकृति

(१) कुनै पनि विषादी विक्री वितरण गर्न चाहने व्यक्ति, संस्था वा निकायले कन्टेनर र सूचकपत्रको स्वीकृतिको लागि कन्टेनर र सूचकपत्रको नमूना समेत संलग्न राखी समितिले तोकिदिएको ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा कार्यालयले समितिले तोकिदिएको स्तर अनुरूप कन्टेनर भए नभएको र सूचकपत्रमा उल्लेख गरिनु पर्ने सबै कुरा उल्लेख भए नभएको यकिन गरी कन्टेनर र सूचकपत्र स्वीकृत गर्नु पर्नेछ ।

९. विक्री वितरण गर्न नहुने

९. विक्री वितरण गर्न नहुने

(१) वैज्ञानिक प्रयोग वा अनुसन्धानको प्रयोजनको लागि पैठारी गरिएको विषादी विक्री वितरण गर्नु हँुदैन ।
(२) कुनै पनि विषादी कार्यालयबाट स्वीकृत कन्टेनरमा नराखी विक्री वितरण गर्नु हुँदैन ।
(३) कुनै पनि विषादी कार्यालयबाट स्वीकृत सूचकपत्र नटाँसेको कन्टेनरमा राखी विक्री वितरण गर्नु हुँदैन ।

१०. इजाजतपत्र लिनुपर्ने

१०. इजाजतपत्र लिनुपर्ने

कुनै पनि व्यक्ति, संस्था वा निकायले विषादी विक्री गर्न, संश्लेषण गर्न वा छर्कने व्यवसाय गर्न चाहेमा समितिबाट इजाजतपत्र लिनु पर्नेछ

११. इजाजतपत्रको लागि निवेदन दिनु पर्ने 

११. इजाजतपत्रको लागि निवेदन दिनु पर्ने

कुनै व्यक्ति, संस्था वा निकायले नियम १० बमोजिम इजाजतपत्र लिन चाहेमा समितिले तोकिदिएको ढाँचामा ज्ञविषादीको खुद्रा
विक्रेताको इजाजतपत्रको लागि पा“च सय रुपैया“, विषादी छर्कने व्यवसायीको इजाजतपत्रको लागि पा“च हजार रुपैया“ र विषादी संश्लेषण गर्ने इजाजतपत्रको लागि दश हजार रुपैया“ समेत संलग्न राखी समिति समक्ष निवेदन दिनु पर्नेछ ।

१२.विषादीको खुद्रा विक्रेतालाई इजाजतपत्र दिने

१२.विषादीको खुद्रा विक्रेतालाई इजाजतपत्र दिने

 

(१) कुनै व्यक्ति, संस्था वा निकायले विषादीको खुद्रा विक्री गर्ने इजाजतपत्रको लागि समिति समक्ष निवेदन दिएमा समितिले निर्धारण गरेको मापदण्डका आधारमा आवश्यक जा“चबुझ गरी इजाजतपत्र दिन उपयुक्त देखेमा समितिले तोकेको ढा“चामा विषादीको खुद्रा विक्रेताको इजाजतपत्र दिनेछ ।
(२) विषादीको खुद्रा विक्रेताले इजाजतपत्रमा उल्लेख भएका शर्त र अवस्थाहरू पालन गर्नु पर्नेछ ।

१३. विषादी छर्कने व्यवसायीलाई इजातपत्र दिने

१३. विषादी छर्कने व्यवसायीलाई इजातपत्र दिने

(१) कुनै व्यक्ति, संस्था वा निकायले व्यवसायिक रूपमा विषादी छर्कनको लागि नियम ११ बमोजिम समिति समक्ष
इजाजतपत्रको लागि निवेदन दिएमा समितिले विषादी प्रयोगका सम्बन्धमा निर्धारण गरेको मापदण्डका अधीनमा रही तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी इजाजतपत्र दिन उपयुक्त देखेमा समितिले तोकेको ढाँचामा विषादी छर्कने व्यवसायीको इजाजतपत्र दिन सक्नेछ ।

(२) विषादी छर्कने व्यवसायीले इजाजतपत्रमा उल्लेख भएका शर्त र अवस्थाहरू पालन गर्नु पर्नेछ ।

१४. विषादी संश्लेषण गर्नेलाई इजाजतपत्र दिने

१४. विषादी संश्लेषण गर्नेलाई इजाजतपत्र दिने

(१) कुनै व्यक्ति, संस्था वा निकायले विषादी संश्लेषण गर्नको लागि नियम ११ बमोजिम समिति समक्ष इजाजतपत्रको लागि निवेदन दिएमा समितिले विषादी संश्लेषणका सम्बन्धमा निर्धारण गरेको मापदण्डको अधीनमा रही तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी इजाजतपत्र दिन उपयुक्त देखेमा समितिले तोकेको ढाँचामा विषादी संश्लेषण गर्ने इजाजतपत्र दिन सक्नेछ ।

(२) विषादी संश्लेषण गर्नेले इजाजतपत्रमा उल्लेख भएका शर्त र अवस्थाहरू पालना गर्नु पर्नेछ ।

१५. इजाजतपत्रको मान्यताको अवधि र नवीकरण

१५. इजाजतपत्रको मान्यताको अवधि र नवीकरण

(१) नियम १२, १३ वा १४ बमोजिम प्रदान गरिएको इजाजतपत्रको मान्यताको अवधि ज्ञतीन वर्षको हुनेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको इजाजतपत्रको अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र नवीकरण दस्तुर बापत विषादीको खुद्रा विक्रेताको इजाजतपत्रको लागि दुई सय रुपैया“, विषादी छर्कने व्यवसायीको इजाजतपत्रको लागि एक हजार रुपैया“ र विषादी संश्लेषण गर्ने इजाजतपत्रको लागि दुई हजार रुपैया“ संलग्न गरी नवीकरणको लागि समिति समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको म्याद समाप्त भएको मितिले तीस दिनभित्र इजाजतपत्र नवीकरण गर्न आएमा बिलम्व शुल्क बापत विषादी खुद्रा विक्रेताको इजाजतपत्रको लागि थप तीन सय रुपैया“, विषादी छर्कने व्यवसायीको इजाजतपत्रको लागि थप एक हजार पा“च सय रुपैया“ र विषादी संश्लेषण गर्ने इजाजतपत्रको लागि थप तीन हजार रुपैया“ लिई नवीकरण गरी दिनु पर्नेछ । यसरी नवीकरण गरिएको इजाजतपत्रको मान्यताको अवधि दुई वर्षको हुनेछ ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र नवीकरण नगराइएका इजाजतपत्र स्वतः रद्द हुनेछन् ।

१६. इजाजतपत्र रद्द गर्न सकिने

१६. इजाजतपत्र रद्द गर्न सकिने

नियम १२, १३ वा १४ बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले आफूले पालन गर्नु पर्ने शर्तहरू पूरा नगरेको देखिएमा त्यस्तो व्यक्ति, संस्था वा निकायले प्राप्त गरेको इजाजतपत्र समितिले रद्द गर्न सक्नेछ ।

१७. विषादी निरीक्षकलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने

१७. विषादी निरीक्षकलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने

(१) ऐनको दफा १३ बमोजिम नियुक्त भएका विषादी निरीक्षकहरूको पहिचानको लागि श्री नेपाल सरकारले निजहरूलाई कर्मचारी परिचयपत्र उपलब्ध गराउनेछ ।
(२) ऐन र यस नियमावली बमोजिम निरीक्षकले आफ्नो कर्तव्यको पालन गर्दा वा आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दा कसैले निजको परिचयपत्र हेर्न खोजेमा उपनियम (१) बमोजिम निजले प्राप्त गरेको कर्मचारी परिचयपत्र देखाउनु पर्नेछ ।

१८. निरीक्षकको काम, कर्तव्य र अधिकार

१८. निरीक्षकको काम, कर्तव्य र अधिकार

(१) निरीक्षकले आफ्नो कर्तव्य पालन गर्ने सम्बन्धमा जुनसुकै समयमा कुनै घर, जग्गा, सवारी, हवाईजहाज, कारखाना, वाणिज्य केन्द्र, भन्डार, टहरा आदिमा प्रवेश गरी कुनै पनि कागजात वा अभिलेखको जाँचबुझ वा निरीक्षण गर्न सक्नेछ ।

(२) ऐन र यस नियमावलीको व्यवस्थाको विपरीत कसैले विषादी पैठारी वा विक्री गरेमा निरीक्षकले त्यस्तो विषादी आफ्नो कब्जामा लिन सक्नेछ ।

१९. उप–समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि

१९. उप–समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि

(१)ऐनको दफा ६ को उपदफा (१) बमोजिम गठित उप–समितिहरूको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) विषादीको आयात, निर्यात, उत्पादन तथा विक्री वितरण गर्ने कार्यलाई सुचारुरूपले संचालन गर्नको लागि समितिलाई आवश्यक सल्लाह उपलव्ध गराउने ।

(ख) विषादीको आयात, निर्यात, उत्पादन तथा विक्री वितरण गर्ने कार्यलाई सुचारुरूपले संचालन गर्न समितिले तोकेको अन्य कार्यहरू गर्ने ।

(२) उप–समितिहरूको बैठक सम्बन्धी कार्यविधि समितिले तोकेबमोजिम हुनेछ

२०. निर्देशिका बनाई लागू गर्ने

२०. निर्देशिका बनाई लागू गर्ने ः

ऐन र यस नियमावलीको कार्यान्वयन प्रभावकारी ढंगबाट गर्न समितिले आवश्यकता अनुसार विषादीसँग सम्बन्धित कुराहरूका सम्बन्धमा निर्देशिका बनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिकाको पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।