Skip to contentSkip to left sidebar Skip to footer

घर जग्गा कर नियमहरू, २०२०

घर जग्गा कर नियमहरू, २०२०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०२०।५।१७
संशोधन
घर जग्गा (पहिलो संशोधन) नियमहरु, २०७० २०७०।१।३०
घर जग्गा कर ऐन, २०१९ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छः–

२. परिभाषा

 

विषय वा प्रसग‌ंले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “ऐन” भन्नाले घर जग्गा कर ऐन, २०१९ सम्झनु पर्छ ।
(ख) “करदाता” भन्नाले घर जग्गा कर बुझाउनु पर्ने कर्तव्य भएका व्यक्तिलाई सम्झनु पर्छ ।
(ग) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।

३. विवरण दाखिल गर्ने

३. विवरण दाखिल गर्ने

(१) ऐनको दफा ४ को उपदफा (१) र (३) बमोजिमको शहरी क्षेत्रको घर जग्गाको विवरण दाखिल गर्दा करदाताले अनुसूची १ मा तोकिएको ढाँचामा दाखिल गर्नु गराउनु पर्छ । कुनै सालको अनुसूची १ बमोजिमको ढाँचामा कुनै घर जग्गाको विवरण एक पटक कर अड्डामा दाखिल गरी वा गराई सकेको करदाताले सो विवरण बमोजिमको घर जग्गामा कुनै थपघट भएमा बाहेक हरेक सालमा विवरण दाखिल गर्दा अनुसूची १ बमोजिमकै विवरण दाखिल नगरी साविकमा दिएको विवरण कायम गरी रीतपूर्वकको लिखित सूचनासम्म दिनु पर्याप्त हुनेछ ।

४. घर जग्गा मूल्याङ्कन समितिको गठन

४. घर जग्गा मूल्याङ्कन समितिको गठन

(१) नेपाल सरकारले ऐनको प्रयोजनको निमित्त सोही ऐन अन्तर्गत तोकिराखेको हरेक शहरी क्षेत्रको लागि समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एउटा घर जग्गा मूल्याङ्कन समिति (यस पछि समिति भनिएको) गठन गर्न सक्नेछ ।

(२) उपनियम (१) अन्तर्गत गठन भएको समितिमा कमसेकम एक जना इन्जिनीयर वा ओभरसियर सदस्य रहनेछ ।

(३) उपनियम (१) अन्तर्गत गठन भएको कुनै समितिको यी नियमहरू अन्तर्गतको काम सकिएपछि स्वतः खारेज भएको माानिनेछ ।

५. घर जग्गा मूल्याङ्कन तालिका तयार गर्ने

५. घर जग्गा मूल्याङ्कन तालिका तयार गर्ने

(१) शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कन गर्नको लागि नियम ४ बमोजिम गठित समितिले देहायमा लेखिएको सिद्धान्तको आधारमा ठाउँ ठाउँको निरीक्षण गरी मूल्याङ्कन तालिका तयार गरी नेपाल सरकारमा पेश गर्नेछ ।

(क) सम्बन्धित शहरी क्षेत्रभित्र नयाँ घर बनाउँदा तत्काल लाग्ने माल सामानाको मोल तथा ज्यामी, सिकर्मी, डकर्मी, ज्याला र घर

बनाउनलाई चाहिने कुरा समतेको विचार गरी प्रति वर्गफूटको कति खर्च लाग्छ । सम्पूर्ण शहरी क्षेत्रको निमित्त त्यसको औसत

लागत खर्च (एभरेजकष्ट) को आँकडा अनुसूची–२ मा लेखिए बमोजिम तयार गर्ने,

 

(ख) सम्बन्धित शहरी क्षेत्रको व्यापारिक स्थिति, शिक्षण संस्था, पानी बिजुलीको सुविधा, मनोरञ्जनको साधन, ढल जस्ता गृहस्थ

जीवनको आधुनिक सुविधाहरू आदिको आधारमा सम्पूर्ण शहरी क्षेत्रलाई आवश्यक जति अञ्चलमा विभाजित गरी ती अञ्चलहरू मध्ये सबभन्दा कम महत्वको अञ्चलमा माथि खण्ड

(क) बमोजिम तयार भएको औसत लागत खर्च कायम गरी बाँकी अरु अञ्चलमा रहेको घरहरूलाई कति प्रतिशतको हिसावले थप्नुपर्ने हो विस्तृत सर्भेक्षण गरी ठहराई अनुसूची–३ मा लेखिए बमोजिम तालिका सूची तयार गर्ने,

(ग) कुनै सडकको दायाँ बायाँ मोहडाको घरको मोल गल्ली वा चोक भित्रको घरहरूभन्दा बढी हुने र शहरको मुख्य सडकमा रहेकोे

घर जग्गाको मोल अरु घर जग्गा भन्दा बढी हुने हुँदा यस्ता महत्वपूर्ण र मुख्य मुख्य सडकको नाम समेत त्यसको अगल वगल मोहडामा रहेकोे घर जग्गाहरूलाई माथि खण्ड (ख) मा उल्लिखित भएका औसत लागत खर्च औ महत्व तालिकामा कति प्रतिशत बढी थप्नु पर्ने हो ? विभिन्न ठाउँ तथा सडकको निरीक्षण गरी ठहराई अनुसूची–४ मा लेखिए बमोजिमको तालिका सूची तयार गर्ने,

(घ) माथि लेखिएको खण्ड (क), (ख) र (ग) मा उल्लेख गरिए बमोजिम तालिकाको आधारमा नयाँ घरको मोल कायम हुन आएपछि स्थानीय आवहवा र त्यस स्थानको अरु वस्तुस्थिति समेतको विचार गरी पुराना घरको निमित्त माथि खण्ड(क) बमाोजिमको आँकडाको साल एकको कति प्रतिशतसम्म टुटुफुट अङ्क (डिप्रिसियशन) मिन्हा दिनु पर्ने र यसै किसिमको मिन्हा कति सालसम्म दिनु पर्ने हो सो कुराको यकिन गरी अनुसूची ५ मा लेखिए बमोजिम सूची तयार गर्ने,

(ङ) घरको साथ जग्गा भएमा सो घरको महत्वको हिसाबबाट माथि खण्ड (क), (ख) र (ग) को सिद्धान्त अनुसार त्यस्तो जग्गाको

पनि औसत मोल अञ्चल महत्व तथा सडक महत्व आँकडा तयार गर्ने ।

(२) उपनियम (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा उल्लेख गरेको तालिकाबाट घर जग्गाको मोल कायम गरी हुन आएको रकम त्यस्तो जग्गाको मोल कायम भएको मानिने छ र समितिले सबै विवरण खोली कर विभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश भएको आँकडा र मूल्याङ्कन गरिएको घर जग्गाको मोलमा नेपाल सरकारले हेरफेर गर्न चाहेमा सो समेत गरी शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कन तालिकामा जनसाधारणले हेर्न सक्ने गरी हरेक कर अड्डाको सूचना पाटीमा टाँसिने छ ।

(४) उपनियम (३) अन्तर्गत प्रकाशित गरिएको स्वीकृत मूल्याङ्कन सूची ( तालिका) नेपाल सरकारको अर्को आदेश नभएमा सो प्रकाशित भएको मितिले ५ वर्षसम्मलाई मान्य हुनेछ ।

६. घर जग्गाको मूल्याङ्कन र कर निर्धारण

 

(१) नियम ३ बमोजिम कुनै करदाताको घर जग्गाको विवरण प्राप्त भएपछि कर अधिकृतले नियम ५ को उपनियम (३) बमोजिम प्रकाशित मूल्याङ्कन तालिका बमोजिम त्यस्तो घर जग्गाको मूल्याङ्कन अनुसूची ६ बमोजिम गर्नेछ ।

(२) रजिष्ट्रेशन पास भई खरीद बिक्री भएको कुनै घर जग्गाको मूल्याङ्कन गर्दा रजिष्ट्रेशन पास भएको मोलको अङ्क उपनियम (१) बमोजिमको मूल्याङ्कन अंक भन्दा बढी भएमा उपनियम (१) बमोजिमको हुन आएको मोलमा कर निर्धारण नगरी रजिष्ट्रेशन पास भएको मोलको अङ्क नै कायम राख्नु पर्छ ।
(३) कर अधिकृतले उपनियम (१) बमोजिम मूल्याङ्कन गरिसकेपछि सो मूल्याङ्कन बमोजिम करको अंक निर्धारण गरी कर निर्धारण आदेशमा घर जग्गा कर कसरी निर्धारण भएको छ ? सो को स्पष्ट विवरण छोटकरीमा दिनु पर्छ ।

७. ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझ

७. ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझ

(१) ऐनको दफा ११ बमोजिम कुनै व्यक्तिले कर अधिकृत छेउ सूचना दिएकोमा कर अधिकृतको सूचना अनुसार सो व्यत्ति आफै वा निजको वारिस उपस्थित हुन आएमा कर अधिकृतले सनाखत गरी निजसँग रहेको सबूद प्रमाण सबै बुझ्नेछ । निज वा निजको वारिस उपस्थित हुन नआएमा कर अधिकृतले आफनो मातहतको कर इन्स्पेक्टरद्वारा बुझ्न लगाउनेछ । यसरी बुझी आएको व्यहोराबाट कारवाई चलाउनु पर्ने भन्ने कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक कारवाई चलाउनेछ । कारवाई चलाउनलाई पर्याप्त सबूद प्रमाण छैन भन्ने लागेमा छोटकरीमा आफ्नो ठहर व्यक्त गरी त्यस्ता सूचना दिने व्यक्तिको रिकर्ड आफनै कार्यालयमा राख्नु पर्छ ।

(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असूल उपर भएमा ऐन बमोजिम पाउने इनाम दिनालाई कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत प्रतिवेदन पेश गर्नेछ ।

(३) कुनै व्यक्तिले एक पटक सूचनासम्म दिई पछि बोलाएको बखत कर अधिकृत कहाँ उपस्थित हुन आएन वा वारिस पनि पठाएन वा निज वा निजको वारिस उपस्थित भए तापनि कुनै सबूद प्रमाण पनि पेश गरेन भने त्यस्ता व्यक्ति इनामको हकदार हुनेछैन ।

८. घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा 

८. घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा

ऐनको दफा ७ अन्तर्गत कुनै व्यक्तिको घर जग्गाको मूल्याङ्कन र त्यसमा घर जग्गाको कर निर्धारण गर्दा कर अधिकृतले निम्नलिखित कुराहरूको विचार राख्नु पर्छ ः–

(क) कर इन्स्पेक्टर वा अरु कसैको गोप्य प्रतिवेदन परेकोे भए सो प्रतिवेदन,
(ख) कर इन्स्पेक्टर वा अरु कसैद्वारा प्राप्त त्यस्ता घर जग्गाको कुनै नाप, नक्सा वा सरजमीन मुचुल्का, र
(ग) कर अधिकृतले ठानेका अन्य कुनै उचित आधार ।

९. घर जग्गा कर माफी गराउन पुर्‍याउनु पर्ने विधि

९. घर जग्गा कर माफी गराउन पुर्‍याउनु पर्ने विधि

(१) ऐनको दफा १० को उपदफा (२) मा उल्लिखित कार्यमा लगाइएका घर जग्गा सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बहालमा बसी आएको भए त्यस्ता घर जग्गाको लाग्ने घर जग्गा कर माफी गरिने छैन । बहाल लिने व्यक्तिले दिनु पर्छ ।

(२) शहरी क्षेत्रको भत्के बिग्रेको कुनै घरको कुनै सालको कर माफी गराउन त्यस्तो भत्के बिग्रेको घर जग्गा धनीको दरखास्त परेमा कर अधिकृतले नाप नक्सा सहित जाँचबुझ गराई फरक नपर्ने गरी आफ्नै ठहर सहित कर विभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयमा कर माफिको लागि पेश गर्नुपर्छ ।

 

१०. नेपाल …….. बाहिर बसोबास गरेका करदाताको घर जग्गाको मूल्याङ्कन

 

नेपाल …….. बाहिर बसोबास गरेका कुनै करदाताले आफ्नो घर जग्गा भएको शहरी क्षेत्रभित्रको इलाकाको कर अधिकृतद्वारा घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गराउन चाहेमा कर डाइरेक्टरले सो इलाकाको कर अधिृकतद्वारा कारवाई गराउन सक्नेछ ।

११. रजिष्ट्रेशन पास गर्ने माल अड्डा अथवा रजिष्ट्रेशन अड्डाले गर्नुपर्ने काम

११. रजिष्ट्रेशन पास गर्ने माल अड्डा अथवा रजिष्ट्रेशन अड्डाले गर्नुपर्ने काम

(१) शहरी क्षेत्रभित्रका कुनै घर जग्गा रजिष्ट्रेशन पास गराउन रजिष्ट्रेशनको ऐन बमोजिम कुनै व्यक्तिले दरखास्त दिन आएमा त्यस्तो घर जग्गा समेत शहरी क्षेत्रभित्र अरु कुनै घर जग्गा भए सो समतेको हिसाब गरी त्यस्ता घर जग्गाहरूको मोल रु. ५०,०००।– भन्दा बढी हुने देखिन आएमा अञ्चल कर अधिकृतको छोड् पूर्जी बेगर रजिष्ट्रेशन अड्डाले रजिष्ट्रेशन पास गर्नु गराउनु हुँदैन ।

(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि रु. ५०,०००। भन्दा घटीको जुनसुकै घर जग्गा पनि कुनै व्यत्तिले प्रकाशित कुनै पनि शहरी क्षेत्रभित्रमा अरु कुनै घर जग्गा नभएको व्यहोराको लिखत गरी अड्डामा दिएको सो व्यहोरा झुठ्ठा ठहरेमा प्रचलित ऐन बमोजिम कारवाई हुने गरी रजिष्ट्रेशन पास गरी दिन हुनेछ ।

१२. विवरण संशोधन

१२. विवरण संशोधनः

(१) ऐन वा नियमहरू बमोजिम पहिलो पटक कर अड्डामा पेश भएको शहरी क्षेत्रको घर जग्गाको विवरण सच्याउन कुनै करदाताले मागेमा कर निर्धारण आदेश भइसकेकोमा ऐन बमोजिम लाग्ने करको १० प्रतिशत बढी कर त्यस्तो करदाताबाट असूल गर्ने गरी कर अधिकृतले विवरण सच्याउन दिन सक्नेछ । यसरी विवरण सच्याउन दिंदा अर्को रीतपूर्वकको विवरण भरी पेश गर्नु गराउनु पर्छ । केवल पत्र पठाएर संशोधन गरेकोमा कुनै मान्यता दिइने छैन ।

(२) उपनियम (१) बमोजिम विवरण सच्याउन दिए बापतमा लागेको थप कर घर जग्गा कर निर्धारण गर्दा निर्धारण आदेशमा तोकिएको हुनु पर्छ र यो थप कर घर जग्गाको करको रकमसाथ एकमुष्ट दाखिल गर्नु र गर्न लगाउनु पर्छ ।

(३) ऐन बमोजिमको विवरणसम्म प्राप्त भई त्यसमा कर निर्धारण भइनसकेमा कुनै सम्बन्धित व्यक्तिले सच्याउन मागेमा यस्तोमा आवश्यक परे जाँच्न लगाई कर अधिकृतले उपनियम (१) बमोजिम कुनै थप कर नलगाई विवरण संशोधन गर्न दिन सक्नेछ ।

 

१३. अन्य काम

 

(१) कर अधिकृतले आफनो अञ्चलको सदर मुकाममा घर जग्गा कर सम्बन्धी काम सकिएपछि आफनो सालभरको कार्यक्रम अनुसार कर विभागमा सूचना गरी अञ्चलका विभिन्न स्थानमा भ्रमण गर्दै ठाउँ ठाउँमा मुकाम गरी घर जग्गा कर निर्धारण र कर दाखिल गर्ने ओदश करदातालाई दिनेछ ।

(२) कर अधिकृत नभएका इलाकामा बस्ने करदाताले जिल्लाको जिल्ला प्रशासन कार्यालय वा माल अड्डामा ऐन वा यी नियमहरू बमोजिमको विवरण दाखिल गर्न सक्नेछ । जिल्ला प्रशासन कार्यालयमा वा माल अड्डामा कर असूली सम्बन्धी काम गर्ने एक वा एकभन्दा बढी कर्मचारी रहन सक्नेछन् । निजहरूले घर जग्गा कर निर्धारण गर्ने बाहेक कर सम्बन्धी अरु सबै काम गर्नेछन् र निजहरू
अञ्चल कर अधिकृतका मातहतमा रहने छन् ।

(३) घर जग्गा कर तिर्नुपर्ने भन्ने लागेका व्यक्तिहरूको तथ्यांक संकलन गर्ने कर अधिकृतको आदेश बमोजिम अञ्चल वा विभिन्न स्थानमा रहेका कुनै पनि घर जग्गा कर लाग्ने घर जग्गाको सरजमीन जाँचबुझ गर्न र आफूलाई ठेकिएको कामको फाँटवारी लिई कर अधिकृतको मातहत रही काम गर्नु उपनियम (२) मा लेखिएका कर्मचारीहरूको कर्तव्य हुनेछ । निज कर्मचारीहरूसँग कर डाइरेक्टर वा अञ्चल कर
अधिृकतले दस्तखत गरी राखेको तस्वीर सहितको परिचयपत्र रहनेछ ।

(४) कर अधिकृतमा रहनु पर्ने घर जग्गा करको रजिष्टरको ढाँचा कर डाइरेक्टरले सूचित आदेशद्वारा समय समयमा तोकिदिए बमोजिम हुनेछ । सो आदेशमा उल्लेख भएका विभागीय निर्देशनको पालना गरी कर असूली सम्बन्धी जाहेरी सोही आदेशमा तोकिए बमोजिम ठीक ठीक समयमा पठाउनु पर्छ र सो जाहेरीमा फाँटको इन्स्पेक्टरको समेत दस्तखत भएको हुनु पर्छ ।

१४. दण्ड जरीवानाको रकम असूल उपर गर्ने 

१४. दण्ड जरीवानाको रकम असूल उपर गर्ने

 

कर अधिकृतले ऐन अन्तर्गत कुनै व्यक्तिलाई तोकेको दण्ड जरीवानाको रकम सो व्यक्तिबाट असूल उपर गर्न निजलाई ३५ दिनको म्याद दिनु पर्छ र सो म्याद भित्र पनि रुपैयाँ दाखिल गरेको निस्सा कर अधिकृतमा प्राप्त हुन नआएकोमा कर अधिकृतको सूचना अनुसार माल अड्डाले अथवा नेपाल सरकारले तोकिदिएको अधिकारीले प्रचलित नेपाल कानुनको कार्य प्रणाली बमोजिम त्यस्ता करदाताको जायजात समेतबाट असूल उपर गरी लिनेछ ।

१५. आदेश जारी गर्न सक्ने

१५. आदेश जारी गर्न सक्ने ः

 

ऐन र यी नियमहरू अनुसार अवस्था विचार गरी नेपाल सरकारले कर असूली सम्बन्धी कुनै नयाँ कार्यविधि अपनाई अथवा त्यसलाई स्पष्ट
गर्दै नेपाल राजपत्रमा सूचनाहरू प्रकाशित गर्न सक्नेछ ।

अनुसूची–१ ऐनको दफा ४ र नियम ३ बमोजिम दाखिल गर्नु पर्ने घर जग्गाको विवरण

ऐनको दफा ४ र नियम ३ बमोजिम दाखिल गर्नु पर्ने घर जग्गाको विवरण

श्री कर अधिकृत… … …
कर अड्डा… … …

महाशय,

घर जग्गा कर ऐन, २०१९ को दफा ४ र घर जग्गा कर नियमहरू, २०२० को नियम ३ बमोजिम मैले/हामीले आर्थिक वर्ष …….. ……… ……… निमित्त तपसिलमा लेखिए बमोजिमको घर जग्गाको विवरण दाखिला गरेको छु (छौं) । सो ऐन र नियम बमोजिम घर जगगा कर निर्धारण होस् । मैलेर/हामीले कर निर्धारण आदेश पाएको मितिले ऐनको म्याद भित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने करको रकम बुझाउँला ।

तपसील
१. घर जग्गाको संख्या … … … … … …
२. प्रत्येक घर जग्गाको चार किल्ला … … … … … …
३. घर जग्गा रहेको स्थान (टोल) र ब्लक नम्बर … … … … … …
४. घरको साथमा खाली जग्गा घरले चर्चेको जग्गा समेत लम्बाई फीट … … … … … चौडाई फीट … … विगाहा वा रोपनी … … … … … …
५. घर जग्गाको क्याम्पा सडकमा जोडिएको भए सडकको नाम … … … … … …
६. (क) घर जग्गा खरीद भएको मोल र मिति … … … … … …
७. (ख) ” ” ” ” ” निस्सा … … … … … …
८. घर जग्गा बहालमा दिइ राखेको भए बहाल वापत पाउने रकम मिति र घर हिस्सा … … … … … …
९. घर जग्गाको अंशियारहरूको नाम वतन … … … … … …

अनुसूची (१)