Skip to contentSkip to left sidebar Skip to footer

अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१

अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१

नेपाल राजपत्रमा प्रकाशित मिति      -२०५१।८।१२

संशोधन
अपाङ्ग संरक्षण तथा कल्याण (पहिलो संशोधन) नियमावली, २०६९      -२०६९।९।२३

अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा २४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

२. परिभाषा

विषय वा प्रस· अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क)“ऐन ” भन्नाले अपा· संरक्षण तथा कल्याण ऐन, २०३९ सम्झनु पर्छ ।
(ख) “सञ्चालक समिति” भन्नाले अपा· घर सञ्चालन गर्नका लागि नियम ११ बमोजिम गठन भएको अपा· घर सञ्चालन समिति सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले नेपाल सरकार, शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय सम्झनु पर्छ ।

३. अपाङ्गपन निर्धारण समिति

(१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अपाङ्गको परिभाषा र अपाङ्गपन निर्धारणको लागि कुनै चिकित्सक नतोकिएकोमा मन्त्रालयले
सोही उपदफाको प्रयोजनको लागि अपाङ्ग कल्याणसंग सम्बन्धित संघ, संस्था, चिकित्सक र विशेषज्ञहरु समेत समावेश गरी सात जनासम्मको एक अपाङ्गपन निर्धारण समिति गठन गर्न सक्नेछ । यसरी गठन हुने समितिको अध्यक्ष, सदस्य र सचिवको नाम तथा निजहरुको पदावधि सोही समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम गठिन समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्नेछ ।

 

४. लगत राख्ने

गाउविकास समिति वा नगरपालिकाले आफ्नाे क्षेत्रभित्र रहेका अपा·हरुको लगत अधावधिक गरी राख्नु पर्नेछ ।
(२) समाज कल्याण अधिकृतले सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिका मार्फत स्थानीयस्तरमा कार्यरत अपा· कल्याण सम्बन्धी संघ, संस्था समेतको सहयोगमा अपा·हरुको प्रकृति र प्रकार अनुसारको अभिलेख तयार गरी त्यसको एक प्रति अनिवार्यरुपले मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले पनि सो अभिलेख समेतको आधारमा नेपाल …………. का अपा·हरुको प्रकृति र प्रकार अनुसारको राष्ट्रिय अभिलेख तयार गरी राख्नेछ ।
(३) केन्द्रीय तथ्याक विभागले राष्ट्रिय जनगणनामा स्पष्ट देखिने गरी अपा·को लगत खुलाउनु पर्नेछ ।

 

५. परिचयपत्र प्रदान गर्न सक्ने

समाज कल्याण अधिकृतले अपा·लाई ऐन तथा यस नियमावली बमोजिम सुविधा दिने प्रयोजनको लागि मन्त्रालयले तोकिदिए बमोजिमको
ढाचामा परिचयपत्र प्रदान गर्न सक्नेछ ।

६. समाज कल्याण अधिकृतको काम, कर्तव्य र अधिकार

समाज कल्याण अधिकृतको काम, कर्तव्य र अधिकार देखाय बमोजिम हुनेछ :–
(क) अपा·हरुको हित संरक्षण तथा अपा· कल्याण सम्बन्धी जिल्ला स्तरीय योजना र कार्यक्रम तर्जुमा गरी स्वीकृतिको निमित्त मन्त्रालयमा पेश गर्ने ।
(ख) मन्त्रालयको निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने ।
(ग) स्वीकृत कार्यक्रमको कार्यान्वयन स्थितिको मूल्याकन गर्ने र प्रगति विवरणहरु मन्त्रालयमा पठाउने ।

(घ) जिल्लाका अपा·हरुको हित संरक्षण र कल्याणको लागि आवश्यक स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको अधिकतम परिचालन गर्ने ।
(ङ) मन्त्रालयबाट तोकिदिए बमोजिमका अन्य कार्य गर्ने, गराउने ।

८. अपाङ्ग घरको स्थापना तथा सञ्चालन

(१) नेपाल सरकारले आवश्यकतानुसार नेपालको विभिन्न क्षेत्रहरुमा अपाङ्ग घरहरु स्थापना गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अपाङ्ग घरको स्थापना नभएसम्म अरु कुनै व्यक्ति वा संस्थाद्वारा सञ्चालित अपाङ्ग घरलाई पनि नेपाल सरकारले उपयोग गर्न सक्नेछ ।

तर यस उपनियममा लेखिएको कुनै कुराले त्यस्तो अपाङ्ग घरको सञ्चालनमा हस्तक्षेप गर्ने अधिकार नेपाल सरकारलाई भएको मानिने छैन ।

(३)समाज कल्याण अधिकृत वा प्रहरी कर्मचारी आफैले कुनै वृद्व अपाङ्ग वा असहाय अपाङ्ग फेला पारेमा वा अरु कुनै व्यक्तिले बुझाउन ल्याएमा त्यस्तो अपाङ्ग को सम्बन्धमा यथासम्भव तीन पुस्ते, नाम, थर ठेगाना, फोटो तथा शरिरमा रहेको कुनै विशेष चिन्ह सहितको विवरण र औंठाको छाप समेत लिई त्यस्तो अपाङ्गलाई नजिकको अपाङ्ग घरमा बुझाउनु पर्छ र सम्बन्धित अपाङ्ग घर प्रमुखले पनि बुझि लिनु पर्छ ।

(४) अपाङ्ग घर प्रमुखले वृद्ध अपाङ्ग वा असहाय अपाङ्गहरुलाई लिङ्गको आधारमा छुट्टाछुट्टै राख्नु पर्नेछ ।

(५) वेवारीस असहाय अपाङ्गको बाबु, आमा, नातेदार वा संरक्षक पत्ता लगाउने प्रयोजनको निमित्त समाज कल्याण अधिकृत, अपाङ्ग घर प्रमुख वा प्रहरी कार्यालयले त्यस्तो अपाङ्गको हुलिया तथा फोटो सहितको सूचना कुनै पत्रपत्रिकामा प्रकाशित गराउन वा सञ्चारको अन्य माध्यमबाट प्रसारण गराउन सक्नेछ ।

 

९. अपाङ्ग घर प्रमुख

(१) नेपाल सरकारले यस नियमावली बमोजिम स्थापित अपाङ्ग घरको प्रमुख भई काम गर्न कुनै व्यक्तिलार्ई अपाङ्ग घर प्रमुखको रुपमा नियुक्ति गर्न वा तोक्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम नियुक्ति वा तोकिएको अपाङ्ग घर प्रमुखको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।

१०. अपाङ्ग घर प्रमुखको काम, कर्तव्य र अधिकार

अपाङ्ग घर प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) अपाङ्ग घरको दीर्घकालीन नीति र योजना तर्जुमा गर्न सञ्चालक समितिलाई सहयोग गर्ने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप अपाङ्ग घरको वार्षिक कार्यक्रम र वजेट तयार गरी स्वीकृतिका लागि सञ्चालक समितिमा पेश गर्ने ।
(ग) सञ्चालक समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(घ) अपाङ्ग घरको दैनिक कार्य सञ्चालन गर्ने गराउने र त्यसको सुपरीवेक्षण गर्ने ।
(ङ) अपाङ्ग घरको कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गराउने र प्रगति विवरणहरु सञ्चालक समितिको बैठकमा पेश गर्ने ।
(च) अपाङ्ग घरको आर्थिक कारोवार गर्ने र सोको लेखा ठीकसंग राख्ने ।
(छ) सञ्चालक समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य कार्य गर्ने, गराउने ।

 

११. सञ्चालक समितिको गठन

(१) मन्त्रालयले अपा· घर सञ्चालन गर्नको निमित्त स्थानीय सामाजिक कार्यकर्ता, महिला सामाजिक कार्यकर्ता, चिकित्सक र शिक्षकहरु
मध्येबाट समेत सदस्य रहने गरी बढीमा सात जना सदस्यहरु भएको एक अपा· घर सञ्चालक समिति गठन गर्नेछ ।
(२) सञ्चालक समितिमा रहेन अध्यक्ष, सदस्य तथा सचिवको काम, कर्तव्य तथा निजहरुको पदावधि मन्त्रालयले उक्त समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ ।

१२. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार

सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) अपा· घरको दीर्घकालीन नीति र योजना तर्जुमा गरी स्वीकृतिको निमित्त समाज कल्याण अधिकृत मार्फत मन्त्रालयमा पेश गर्ने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम बनाई स्वीकृत गर्ने र सोको सञ्चालनार्थ आवश्यक स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको
परिचालन गर्ने ।
(ग) अपा· घरमा रहेका बृद्वा अपा· र असहाय अपा·हरुलाई वस्ने, सुत्ने, खाने लगाउने लगायतका अन्य सुविधा सम्बन्धमा उपयुक्त व्यवस्था गर्ने
गराउने ।
(घ) बृद्व अपा· वा असहाय अपा·हरुको शारीरिक एवं वौद्विक विकासको निमित्त मनोरञ्जन तथा सा“स्कृतिक कार्यक्रम लगायत अन्य अतिरिक्त
क्रियाकलापको व्यवस्था गर्ने गराउने ।
(ङ) अपा· घरको कार्य प्रगतिको समीक्षा एवं मूल्यांकन गर्ने, गराउने ।
(च) बृद्व अपा· वा असहाय अपा·हरुलाई नियमित स्वास्थ्य परीक्षण र आवश्यकतानुसार औषधोपचारको व्यवस्था मिलाउने ।
(छ) अपा· घरका सञ्चालन सम्बन्धमा मन्त्रालय वा समाज कल्याण अधिकृतले दिएका सुझाव तथा निर्देशनको पालना गर्ने, गराउने ।

 

१४. नेपाल सरकारले सहयोग उपलब्ध गराउने

नेपाल सरकारले अपा· कल्याण कार्यमा संलग्न गैर सरकारी एवं निजीस्तरमा सञ्चालिन संघ संस्था वा अपा· घरहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।

१५ शिक्षा तथा तालीमको व्यवस्था

(१) कुनै गैर सरकारी वा निजीस्तरमा सञ्चालित संस्थाले अपा·लाई शिक्षा एवं तालीमको व्यवस्था गर्ने भएमा मन्त्रालयले त्यस्तो
संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।
(२) मन्त्रालयले अपा·का बढीमा दुई जना सन्ततिलाई कुनै निश्चित स्तर सम्मको निःशुल्क शिक्षाको व्यवस्था गर्नेछ ।
(३)मन्त्रालयले अपा·ताको प्रकुृति र प्रकार अनुसार त्यस्ता अपा·हरुलाई शिक्षा दिनको लागि नेपाल …………… भित्र आवश्यक संख्यामा विशेष शिक्षा दिने विद्यालयको स्थापना र सञ्चालन गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम स्थापना भएका विद्यालयको सञ्चालन र त्यस्तो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था शिक्षा नियमावली, २०४९ मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेको कुनै संगठित संस्थाले प्रदान गर्ने प्राविधिक तथा व्यावसायिक तालीम अपा·हरुको निमित्त उपयोगी हुने भएमा त्यस्तो तालीममा उनीहरुको लागि पा“च प्रतिशत स्थान सुरक्षित गरिनेछ र यस किसिमको तालीममा अपा·हरुसंग कुनै किसिमको शुल्क लिइने छैन ।

१६. स्वास्थ्यपचार सम्बन्धी व्यवस्था

(१) नेपाल …………. भित्रका अस्पतालहरुमा अपा·हरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
(२) नेपाल ………. भित्रका पचास भन्दा बढी शैया भएका सरकारी अस्पतालहरुमा अपा·हरुको उपचारको निमित्त घटीमा दुईवटा निःशुल्क
शैयाको व्यवस्था गरिनेछ ।
(३) ६५ वर्ष नाघेका बृद्व अपा· तथा असहाय अपा·हरुको नेपाल………… भित्रका सरकारी अस्पतालहरुमा निःशुल्क औषधोपचारको
व्यवस्था गर्न सकिनेछ ।
(४) नेपाल सरकारको पूर्व स्वीकृति लिई कुनै गैर सरकारी अस्पतालले अपा·हरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क शैया वा औषधि उपचारको व्यवस्था गरेमा त्यस्तो अस्पताललाई मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।

१७. अपाङ्गलाई काममा प्राथमिकता दिनु पर्ने

(१) नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थाहरुले अपाङ्गहरुको शिक्षा, तालीम र
शारीरिक स्थिति अनुकूलको काममा तिनीहरुलाई प्राथमिकता दिनु पर्नेछ ।

(२) ऐनको अधीनमा रही नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थामा काम गर्ने अपाङ्ग कर्मचारी र अन्य कर्मचारी बीच पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरुको सम्बन्धमा कुनै किसिमको भेदभाव गरिने छैन ।

१८. आयकर छुट दिइने

(१) अपा·लाई रोजगारी दिने कारखानालाई सो कारखानाले अपा·लाई प्रदान गरेको तलव, भत्ता वा अन्य कनै सुविधा वा सहुलियतको अंकमा
प्रचलित कानूनको प्रक्रिया पुर्याई पूर्णरुपले आयकर छुट दिइनेछ ।
(२) कुनै कारखानाले अपा·लाई नियुक्त गर्न आफ्नाे कारखानाको यन्त्रमा गरिएको विशेष अदल बदल वा जडान गरिएका पार्टपूर्जाहरुको वापत भएको खर्चको अंकमा प्रचलित कानूनको प्रक्रिया पु¥याई पूर्ण रुपले आयकर छुट दिइनेछ ।

१९. अपाङ्ग सेवा कोषको व्यवस्था

(१) अपाङ्गहरुको शिक्षा, तालीम, स्वास्थ्योपचार र पुर्नस्थापना कार्यको लागि नेपाल सरकारले एउटा अपाङ्ग सेवा कोषको स्थापना गर्न
सक्नेछ र उक्त कोषमा देहाय बमोजिमको रकमहरु रहनेछन :–

(क)नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति संघ, संस्थाबाट प्राप्त दान, उपहार, चन्दा, सहयोग आदिको रकम ।
(ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

(२) अपाङ्ग सेवा कोषको नाउमा जम्मा रहेको रकम नेपालको कुनै बैंकमा खाता खोली राखिनेछ ।

(३)अपाङ्ग सेवा कोषको खाताको सञ्चालन र तत्सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ ।

२०. कानूनी सुविधा

कुनै अपा·ले मुद्दा मामिलाको सुनवाईको क्रममा कुनै किसिमको कानूनी सुविधा लिन चाहेमा निजलाई नेपाल सरकारबाट नियुक्त वैतनिक वकील मार्फत आवश्यक कानूनी सुविधा उपलब्ध गराउनेछ ।

 

२१ जग्गा आवादीको लागि शर्त वन्देज

ऐनको दफा १० को उपदफा (१) बमोजिम घरवास वा कृषि प्रयोजनको लागि अपा·लाई उपलब्ध गराउने जग्गा वेचविखन गर्न नपाइने शर्तमा उपलब्ध गराउन सकिनेछ ।

२२. अधिकार प्रत्यायोजन

मन्त्रालयले यस नियमावली बमोजिम आफुलाई प्राप्त अधिकार मध्ये सवै वा केही अधिकार प्रचलित कानून बमोजिम स्थापित कुनै संघ, संस्था वा मातहतका निकाय वा पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।