Skip to contentSkip to left sidebar Skip to footer

3. नियम

15. विशेषज्ञ सेवा लिन सक्ने

(१) महालेखा परीक्षकले आफूले सम्पादन गर्नुपर्ने कामको लागि सम्बन्धित विषयको विशेषज्ञको सेवा लिन सक्नेछ।

(२) महालेखापरीक्षकले आफूले सम्पादन गर्नुपर्ने कुनै काममा सहयोगका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै निकायमा कार्यरत विशेषज्ञ वा पदाधिकारीलाई खटाई पठाईदिन अनुरोध गर्न सक्नेछ।

(३) उपदफा (२) बमोजिम अनुरोध भई आएमा सम्बन्धित निकायले त्यस्तो विशेषज्ञ वा पदाधिकारीलाई महालेखापरीक्षकले तोकेको काममा खटाउनु पर्नेछ।

(४) उपदफा (१) बमोजिम विशेषज्ञको सेवा प्रदान गर्ने वा उपदफा (३) बमोजिम खटिएको विशेषज्ञ वा पदाधिकारीलाई महालेखापरीक्षकले तोके बमोजिमको पारिश्रमिक वा सुविधा दिइनेछ।15

22. बेरूजुमा कारबाही गर्ने

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको आय–व्यय तथा अन्य रकम कलमको लेखापरीक्षण गर्दा देखिएका त्रुटि तथा बेरूजुमा सम्बन्धित निकायले कानून बमोजिम कारबाही गर्नुपर्नेछ।

23. लेखा ढाँचा

सरकारी कार्यालयको कारोबारको लेखा महालेखापरीक्षकबाट स्वीकृत ढाँचामा राख्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको ढाँचा स्वीकृत गराउने तथा लागू गर्ने, गराउने कर्तव्य महालेखा नियन्त्रक कार्यालयको हुनेछ।

24. महालेखापरीक्षकले निर्देशन दिन सक्ने

(१) महालेखापरीक्षकले संविधान र यस ऐनको अधीनमा रही लेखा सम्बन्धी व्यवस्था मिलाउन वा नियमितता ल्याउनको लागि सम्बन्धित निकायलाई समय समयमा निर्देशन दिन सक्नेछ।

(२) महालेखापरीक्षकले संविधान र यस ऐनको अधीनमा रही लेखापरीक्षण सम्बन्धी व्यवस्थाका सम्बन्धमा सम्बन्धित नियमनकारी निकायलाई समय समयमा निर्देशन दिन सक्नेछ।

(३) महालेखापरीक्षकले यस ऐन बमोजिम सरकारी कार्यालय र सङ्गठित संस्थाको लेखापरीक्षण गर्न नियुक्त गरेका लेखापरीक्षकलाई लेखापरीक्षण गर्ने विषय, प्रतिवेदनमा समावेश गर्नुपर्ने विषय र प्रतिवेदनमा उल्लेख भएका विषयमा समय समयमा निर्देशन दिन सक्नेछ।

(४) यस दफा बमोजिम महालेखापरीक्षकले दिएको निर्देशनको पालना गर्नु त्यस्तो कार्यालय र सम्बन्धित पदाधिकारीको कर्तव्य हुनेछ।

25. कारबाहीको लागि लेखी पठाउन सक्ने:

(१) यस ऐन बमोजिम लेखापरीक्षण नगराउने, दफा १० र ११ बमोजिम नियुक्त लेखापरीक्षकलार्इ वित्तीय विवरण तथा लेखा उपलब्ध नगराउने, दफा १२ अनुसार लेखासँग सम्बन्धित कागजात पेश नगर्ने, तत्सम्बन्धित सूचना तथा जानकारी नदिने, दफा २३  बमोजिमको ढाँचामा लेखा नराख्ने, लेखापरीक्षण सम्बन्धी काम कारबाहीमा बाधा विरोध गर्ने तथा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन गर्ने सम्बन्धित कामको जिम्मेवारी तोकिएको पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीय कारबाही लगायतका प्रचलित कानून बमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले पदाधिकारी वा व्यक्तिलाई यथाशीघ्र कारबाही गरी महालेखापरीक्षकको कार्यालयलाई जानकारी गराउनु पर्नेछ।

नेपाली पानी जहाज दर्ता नियमावली, २०२८

नेपाल राजपत्रमा प्रकाशित मिति                २०२८।११।१५

संशोधन
नेपाली पानी जहाज दर्ता (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
पानी जहाज दर्ता ऐन, २०२७ को दफा २९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायको नियमहरू बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “नेपाली पानी जहाज दर्ता नियमावली,
२०२८” रहेकोछ ।
(२) यो नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
(क) “ऐन” भन्नाले पानी जहाज दर्ता ऐन, २०२७ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले ऐनको दफा ४ को उपदफा (३) बमोजिम स्थापना भएको
नेपाल पानी जहाज कार्यालय सम्झनुपर्छ ।

५. दरखास्त दिन पाउने व्यक्ति

(१) नियम ३ बमोजिम दिइने दरखास्तमा देहायमा लेखिएका कुनै
व्यक्तिले दरखास्त गरी पेश गरेको हुनुपर्छ –
(क) त्यस्तो पानी जहाज कुनै एक व्यक्तिको मात्र स्वामित्व भए निजले वा
निजको अधिकृत प्रतिनिधि वा वारिसले, वा
(ख) एक भन्दा बढी व्यक्तिको स्वामित्व भए त्यस्ता सबै व्यक्तिहरूले वा
व्यक्तिहरूको अधिकृत प्रतिनिधि वा वारिसले, वा
(ग) कुनै संगठित संस्थाको स्वामित्व भए त्यस्तो संगठित संस्थाको
सञ्चालकहरूले वा सञ्चालक समितिले कुनै सञ्चालक वा व्यक्तिलाई
अधिकार दिएमा त्यस्तो अधिकृत प्रतिनिधिले ।
(२) उप–नियम (१) अनुसार अधिकृत प्रतिनिधि वा वारिसले दरखास्त दिंदा आफुलाई प्राप्त
अधिकारपत्र वा अख्तियारपत्र समेत पेश गर्नु पर्नेछ ।

६. स्वामित्व सम्बन्धी विवरण

नियम ३ अनुसार दिइने प्रत्येक दरखास्तको साथमा अनुसूची–३  बमोजिमको ढांचामा स्वामित्व सम्बन्धी विवरण समेत पेश गर्नु पर्नेछ ।

७. जहाज निर्माणको प्रमाणपत्र

कुनै नयाँ बनेको पानी जहाज दर्ता गर्नको लागि पेश गरिने दरखास्तको साथमा सो जहाज निर्माण गर्ने कम्पनीले प्रदान गरेको निर्माण सम्बन्धी प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ ।

८. अन्यत्र दर्ता भइरहेको पानी जहाज दर्ता गराउ“दा निस्सा प्रमाण पेश गर्नु पर्ने

अन्य मुलुकमादर्ता भइरहेको कुनै पानी जहाजलाई नेपाली पानी जहाजको रूपमा दर्ता गर्नको लागि दरखास्त
दिंदा सो जहाजको अघिल्लो दर्ता सम्बन्धी निस्सा प्रमाण र त्यस्तो जहाज उपर दर्ता गराउनेलाई
स्वामित्व प्राप्त भएको लिखित कागजपत्र समेत पेश गर्नु पर्नेछ ।

९. टनेज सम्बन्धी प्रमाणपत्र

कुनै पानी जहाज दर्ता गर्नको लागि दिइने दरखास्तको साथमा सो
जहाजको सम्बन्धमा सन् १९४७ मा ओस्लोमा भएको पानी जहाजको टनेज मापन सम्बन्धी
सन्धिपत्र अनुसार प्रदान गरिएको नवीनतम अन्तर्राष्ट्रिय टनेज प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।

१०. पानी जहाजको नाम

(१) कुनै पानी जहाज दर्ता गर्नको लागि दिइने दरखास्तमा सो पानी
जहाजको निमित्त प्रस्तावित नाम समेत उल्लेख गर्नुपर्छ ।
(२) उप–नियम (१) अनुसार प्रस्तावित नाम पहिले नै अरू पानी जहाजलाई प्रदान
गरिएको नामसंग मिल्दोजुल्दो भएमा वा राष्ट्रिय हितको दृष्टिबाट त्यस्तो नाम राख्न अनुपयुक्त हुने
भनी रजिष्ट्रारले ठहराएमा निजले सो नामको सट्टा अर्को नाम प्रस्ताव गर्न लगाउन सक्नेछ ।
(३) उप–नियम (१) र (२) अनुसार प्रस्तावित नाम स्वीकृत भएमा सो पानी जहाजलाई
सोही नामले दर्ता गरिनेछ ।
(४) यस नियम अनुसार एउटा पानी जहाजलाई प्रदान गरिएको नाम सो पानी जहाजको
दर्ता जुनसुकै कारणबाट समाप्त भए तापनि अर्को कुनै पानी जहाजलाई प्रदान गरिनेछैन ।
तर कुनै पानी जहाजको दर्ता कुनै कारणबाट बदर भै पछिबाट सोही पानी जहाज फेरि
दर्ता गर्नको लागि दरखास्त दिंदा साविकमा रहेको नाम राख्न यस नियमले बाधा पुर्याएको
मानिनेछैन ।

१२. पानी जहाजको दर्ता र त्यसको प्रमाणपत्र

(१) कुनै पानी जहाज दर्ता गर्नको लागि प्राप्त भएको दरखास्त र कागजपत्र जा“चबुझ गर्दा गर्न उपयुक्त देखिएमा रजिष्ट्रारले सो पानी
जहाजलाई नेपाली पानी जहाजको दर्ता किताबमा दर्ता गरिदिनेछ ।
(२) उपनियम (१) बमोजिम पानी जहाजलाई दर्ता गरेपछि पचास रुपैयाँ दस्तुर लिई
त्यस्तो पानी जहाजलाई अनुसूची–५ बमोजिम दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।

१३. दर्ता गर्नको लागि पेश गरिएका प्रमाणपत्रहरू कार्यालयमा राखिने

नियम १२ बमोजिम कुनै पानी जहाज दर्ता भएमा सो पानी जहाज दर्ता गर्ने सम्बन्धमा नियम ७, ८ र ९ बमोजिम पेश
गरिएका सक्कल प्रमाणपत्र निस्सा र लिखतहरू कार्यालयमै राखिनेछ ।

१४. राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्राप्त गर्नुपर्ने

(१) ऐनको दफा १६ को उप–दफा (१) को खण्ड
(क) बमोजिम अवस्थामा नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्रको लागि दरखास्त गर्न पाउने
व्यक्तिले सबैभन्दा नजिकको  नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयमा
अनुसूची–६ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तको साथमा पचास रुपैयाँ वा सो बराबर
मूल्यको स्थानीय मुद्रा दाखिल गर्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिम दिएको दरखास्तमा लेखिएको व्यहोरा ठीक ठहरे सम्बन्धित
वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयले त्यस्तो पानी जहाजलाई अनुसूची–७
बमोजिमको नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्नेछ ।
(४) उप–नियम (३) बमोजिम राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्ने
नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयले त्यस्तो प्रमाण पत्र प्रदान गरेको सूचना
यथाशीघ्र कार्यालयलाई दिनुपर्छ ।

१५. दर्ताको क्रमसंख्या

नियम १२ बमोजिम दर्ता गरिने प्रत्येक नेपाली पानी जहाजको परिचयकोनिमित्त अङ्क वा अक्षर वा दुवै भएको क्रम संख्या कायम गरी सोही क्रममा सो पानी जहाजलाई दर्ता गरिनेछ ।

१६. दर्ताको नाम पानी जहाजमा लेख्ने

(१) प्रत्येक नेपाली पानी जहाजमा सो जहाजको दर्ताकोनाम र दर्ताको स्थान समेत देवनागरी र रोमन लिपिमा सेतो तेल र·द्वारा कालो पृष्ठभूमिमाऐनको दफा १९ को उपदफा (३) अनुसार तोकिएको स्थानमा लेख्नु पर्छ ।
(२) उप–नियम (१) बमोजिम लेखिने प्रत्येक अक्षरहरुकाे  आकार र आपस्तको अन्तरको
नाम रजिष्ट्रारले तोकिदिए बमोजिमको हुनेछ । तर दर्ताको स्थान सम्बन्धी अक्षरहरुकाे
भन्दा नामको अक्षरकाे आकार स्पष्ट रूपमा ठूलो हुनुपर्नेछ र यी अक्षरहरकाे चौडाई दश सेन्टीमिटर
र उचाई चालिस सेन्टीमिटरभन्दा कम हुनेछैन ।
(३) यस नियम बमोजिम पानी जहाजमा लेखिने अक्षर जुन अनुपातमा कुनै जहाजमा
लेखिएकोछ सोही अनुपातमा सो जहाजको साथमा रहने डुङ्गा  तथा डिङ्गाेहरुमा पनि लेख्नु पर्नेछ ।

१७. पानी जहाजको नाममा परिवर्तन

(१) कुनै पानी जहाजलाई पहिलो पटक दर्ता गर्दाको नाममापरिवर्तन गर्न आवश्यक परेमा त्यस्तो परिवर्तन गर्नु परेको कारण स्पष्ट रूपमा उल्लेख गरी दश
रुपैयाँदस्तुर समेत राखी पानी जहाजको धनीले कार्यालयमा दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम नाम परिवर्तन गर्न खोजिएको पानी जहाज बन्धकीमा वा
कुनै भार वा प्रतिबन्धयुक्त भएमा त्यस्तो बन्धकी लिने साहू वा सम्बन्धित अन्य व्यक्तिको स्वीकृति
समेत त्यस्तो दरखास्त साथ पेश गर्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिम परेको दरखास्त उपर रजिष्ट्रारले जा“चबुझ गर्दा त्यस्तो नाम
परिवर्तन गर्न मुनासिब ठहराएमा सोही व्यहोरा निजले दर्ता किताबमा र प्रमाणपत्रमा जनाई
स्वीकृति दिनेछ ।

१८. अन्य विवरणमा हेरफेर

(१) पानी जहाजको टनेज, श्रेणी वा अन्य कुनै विवरणमा हेरफेर भएको
खण्डमा त्यस्तो हेरफेर भएको एक महिनाभित्र पानी जहाजको धनीले कार्यालयमा दरखास्तदिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तमा सो पानी जहाजको कुन कुन कुरामा के
कस्तो हेरफेर भएको हो सो खुलस्त लेख्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि रजिष्ट्रारले जाँचबुझ गर्दा
मुनासिब ठहरे त्यस्तो हेरफेरको व्यहोरा दर्ता किताबमा जनाई अघिल्लो दर्ताको प्रमाणपत्र खारेज
गरी पचास रुपैया“दस्तुर लिई पुनः अर्को दर्ताको प्रमाणपत्र प्रदान गर्नेछ ।

१९. स्वामित्वमा हेरफेर भएमा सूचना दिनुपर्ने

(१) ऐनको दफा २२ को अवस्थामा नियम ६बमोजिम पेश भएको स्वामित्व सम्बन्धी विवरणमा उल्लेखित कुनै व्यक्तिको स्वामित्व कुनै
कारणले अर्को व्यक्तिमा सर्न आएमा त्यस्तो स्वामित्व प्राप्त गर्ने व्यक्तिले तत्सम्बन्धी सूचनाकार्यालयलाई दिनुपर्नेछ ।
(२) उप–नियम (१) बमोजिमको सूचना प्राप्त भएपछि रजिष्ट्रारले आवश्यक जाँचबुझ
गरी त्यस्तो सूचना दिने व्यक्तिको नाउ“मा स्वामित्व दर्ता गर्न कुनै बाधा नदेखिएमा मुख्य दर्ता
किताबको स्वामित्व सम्बन्धी पानामा र दर्ताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिको नाउँ जनाइदिनेछ

२०. दर्ता किताबको निरीक्षण

कार्यालयमा रहेको पानी जहाजको दर्ता किताब हेर्न चाहने व्यक्तिले
पा“च रुपैया“ दस्तुर साथ राखी रजिष्ट्रारको समÔ दरखास्त दिनुपर्छ र रजिष्ट्रारले निजलाई
कार्यालयको समय भित्र आफ्नो रोहवरमा निरीÔण गराउन सक्नेछ ।

२१. दर्ता प्रमाणपत्र हराएमा अस्थायी प्रमाणपत्र लिनुपर्ने

(१) ऐनको दफा १६ को उपदफा (१) कोखण्ड (ख) बमोजिम कुनै नेपाली पानी जहाजको दर्ताको प्रमाणपत्र हराएमा क्षतिग्रस्त भएमा वा
त्यस्तो प्रमाणपत्रमा उल्लिखित विवरणहरूमा कुनै परिवर्तन भएमा सो पानी जहाजको माष्टर (मुख्य अधिकृत) ले भन्दा नजिकको  नेपाली वाणिज्य दुतावास वा कुटनैतिक कार्यालयमकारण समेत उल्लेख गरी दरखास्त दिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तको साथ पचास रुपैया“ वा सो बराबरमूल्यको स्थानीय मुद्रामा दस्तुर दाखिला गर्नुपर्नेछ ।
(३) उप–नियम (१) बमोजिम दिएको दरखास्तमा उल्लेखित व्यहोरा मुनासिब ठहरेसम्बन्धित वाणिज्य दूतावास वा कुटनैतिक कार्यालयले नियम १४ बमोजिमको राष्ट्रियताकोअस्थायी प्रमाणपत्र प्रदान गर्नेछ ।

२२. जहाज सञ्चालन गर्ने संगठित संस्थाको नाम दर्ता गर्ने

(१) आफ्नै स्वामित्वमा रहेको वाभाडामा लिइएको नेपाली पानी जहाज सञ्चालन गर्न चाहने कुनै संगठित संस्थाले संगठितसंस्थाका रूपमा दर्ता भएको दर्ताको प्रमाणपत्रको प्रतिलिपि समेत राखी कार्यालयमा आफ्नव्यवसाय दर्ता गराउनु पर्छ । सो बमोजिम दर्ता नगरिएको संगठित संस्थालाई पानी जहाजसञ्चालन व्यवसाय गर्न दिइनेछैन ।
(२) यस नियम बमोजिम जहाज सञ्चालन गर्न आफ्नो व्यवसाय दर्ता नगराएको कुनैसंगठित संस्थालाई नेपाल सरकारबाट समय समयमा प्रदान गरिने पानी जहाज व्यवसायको विकास सम्बन्धी विशेष सुविधा प्रदान गरिनेछैन ।
(३) यस नियम बमोजिम व्यवसाय दर्ता गराउनको लागि अनुसूची – ८ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्छ र त्यस्तो संस्थाले ऐनको दफा २८ को योग्यता प्राप्त गरेको भएअनुसूची – ९ बमोजिमको प्रमाणपत्र प्रदान गरिनेछ ।

२३. भार तथा प्रतिबन्ध सम्बन्धमा सूचना दिनु पर्ने 

(१) यस नियमावली बमोजिम दर्ता भएको वादर्ता गर्नको लागि प्रस्तुत गरिएको पानी जहाजलाई बन्धकीमा दिइएको वा त्यस्तै अन्य कुनै
प्रकारको लिखतद्वारा पानी जहाज धनीको हक दावी सीमित गर्ने गरी राखिएकोमा वा ऐनको दफा २ को उप–दफा (१) मा उल्लेखित हक प्रदान गर्ने वा कायम गर्ने वा प्रतिबन्ध लगाउने गरीदिइएकोमा पानी जहाज दर्ता गर्नको लागि दिने दरखास्त साथै वा त्यस्तो कुरा भए गरेको ३०दिनभित्र कार्यालयमा सूचना दिनुपर्छ ।
(२) उप–नियम (१) मा उल्लेखित भार वा प्रतिबन्ध लिखित रूपमा तयार गरिएको त्यस्त लिखितमा भार वा प्रतिबन्धको मूल्याङ्कन अङ्क समेत उल्लेख भएको हुनुपर्छ । त्यस्तो सूचनाकोसाथमा सो लिखतको प्रमाणित प्रतिलिपि समेत प्रस्तुत गर्नु पर्नेछ ।
(३) यस नियम अनुसार प्राप्त भएका सूचनाहरूलाई रजिष्ट्रारले पानी जहाजको दर्ता किताबको भार तथा प्रतिबन्ध सम्बन्धी पानामा मिति र समयको क्रमअनुसार जनाई राख्नेछ ।

त्यस्तो भार वा प्रतिबन्धहरू मध्ये एकै समान कुरामा आपस्तमा अग्राधिकारको प्रश्न उठेमा सोहीपानामा जनिएको मिति र समयको करम अनुसार कायम गरिनेछ ।
तर त्यस्तो भार वा प्रतिबन्धको दायित्वको हद सम्बन्धित लिखतमा लेखिएको अङ्कभन्दा बढी हुनेछैन ।
(४) यस नियम अनुसार दर्ता भएको कुनै पानी जहाज बन्धकी वा करारद्वारा कुनै प्रयोजनको लागि लिइएकोमा त्यस्तो बन्धकी वा करारमा लिने व्यक्तिलाई सो पानी जहाज उपरको
स्वामित्व सम्बन्धी कुनै हक प्राप्त हुनेछैन र निजलाई सो पानी जहाज बिक्रि गर्ने वा रजिष्ट्रारको स्वीकृति भएमा बाहेक अन्य कुनै प्रकारबाट हस्तान्तरण गर्ने अधिकार हुनेछैन ।
(५) कुनै पानी जहाजको सम्बन्धमा यस नियमअनुसार दर्ता किताबको सम्बन्धित पानामा जनिएको कुनै भार वा प्रतिबन्ध समाप्त भएपछि सो कुराको सूचना यथाशीघ्र कार्यालयलाई
र त्यस्तो सूचना प्राप्त भएपछि रजिष्ट्रारले सोही कुरा दर्ता किताबको सम्बन्धित पानामा जनाउनेछ ।

२४. डुङ्गाकाे दर्ता

১(१) ऐनको दफा ७ बमोजिम दर्ता गरिने प्रत्येक डुङ्गा दर्ता गर्नको लागि त्यस्तो
डुङ्गा धनीले अनुसूची–१० बमोजिमको ढाँचामा कार्यालयमा दरखास्त दिनुपर्नेछ ।
(२) उप–नियम (१) बमोजिम डुङ्गा दर्ता गर्नको लागि पचास रुपैया“ दस्तुर दरखास्त साथ
पेश गर्नु पर्नेछ ।
(३) उप–नियम (१) बमोजिम परेको दरखास्त उपर जाँचबुझ गरी दर्ता गर्न उपयुक्त
देखेमा रजिष्ट्रारले सो डुङ्गा अनुसूची–११ बमोजिमको ढा“चाको डुङ्गा दर्ता किताबमा दर्ता
गर्नेछ र अनुसूची–१२ बमोजिमको ढाँचाको प्रमाणपत्र दिनेछ ।

२५. डुङ्गाकाे परिचयको चिन्ह

(१) नियम २४ अनुसार दर्ता गरिने प्रत्येक नेपाली डु·ाको परिचयकोचिन्हको रूपमा अङ्क वा अÔर वा दुवैको व्रmमले सूचीबद्ध गरी दर्ता किताबमा दर्ता गरिनेछ ।
(२) प्रत्येक नेपाली डु·ामा सो डुङ्गाकाे निमित्त दर्ता भएको परिचयको चिन्ह दाया“ बाया“
तर्फबाट प्रष्ट देखिनेगरी लेखिएको हुनुपर्नेछ ।

२६. नियमावलीका अन्य व्यवस्था लागू हुने

यस नियमावलीको नियम ८, १७, १९, २० र २३ मा पानी जहाजको सम्बन्धमा उल्लेखित व्यवस्थाहरू डु·ाको सम्बन्धमा पनि यथानुरूप लागू हुनेछ ।

२७. निरीकक्षक तथा कर्मचारीहरूको नियुक्ति

(१) यस नियमावली बमोजिम दर्ता गरिने नेपाली पानीजहाज वा डु·ाहरूको वर्गीकरण र त्यस सम्बन्धी अन्य व्यवस्थाहरूको सम्बन्धमा निरीक्षण गरीतत्सम्बन्धी योग्यता प्राप्त भएका नौ परिवहन निरीÔक वा कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(२) उप–नियम (१) बमोजिम नौ परिवहन निरीक्षक वा कर्मचारी नियुक्त नहुञ्जेल यस

नियमावली बमोजिम दर्ता गरिने कुनै पानी जहाज वा डु·ाहरूको सम्बन्धमा कुनै अन्तर्राष्ट्रिय
जहाज वर्गीकरण संस्था (इन्टरनेशनल क्लासि˚िकेशन सोसाइटी) ले प्रदान गरेको वर्गीकरणको
प्रमाणपत्रलाई नेपाल सरकारले मान्यता दिनेछ ।

चन्दा ऐन, २०३०

 

लालमोहर र प्रकाशन मिति

संशोधनगर्ने ऐन                                                              २०३०।५।१५१

१.न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३           २०४३।७।२४२

२.केही नेपाल ऐनसंशोधन गर्ने ऐन, २०५५                         २०५५।१०।७

प्रमाणीकरण र प्रकाशन मिति

३.गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६      २०६६।१०।७४

४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                 २०७२।११।१३

५.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५                                                                       २०७५।११।१९

 

 

 

२०३० सालको ऐन नं. ३

………….

                            चन्दा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः

सर्वसाधारण जनाताको सुविधा र आर्थिक हित कायम राख्न शैक्षिक, सामाजिक संस्था तथा अन्य विकास कार्यको लागि सर्वसाधारण जनताबाट प्राप्त हुने चन्दाको रकमको उपयोग तथा सञ्चालनलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले,श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

हेजिङ्ग सम्बन्धी नियमावली, २०७५

नेपाल राजपत्रमा प्रकाशित मिति
२०७५।११।१३

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस नियमावलीमा,—

(क) “ऐन” भन्नाले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्झनु पर्छ ।
(ख) “परियोजना” भन्नाले नियम ३ मा उल्लिखित परियोजना सम्झनु पर्छ ।
(ग) “बैङ्क” ण्भन्नाले नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ ।
(घ) “हेजिङ्ग” भन्नाले परियोजना कार्यान्वयनको लागि लगानीकर्ताले विदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैङ्कमा जम्मा गरेको हो सोही विनिमय दरमा सम्झौता बमोजिम लगानी फिर्ता लैजान पाउने गरी विदेशी मुद्राको विनिमय दर स्थिर गर्ने कार्य सम्झनु पर्छ ।

३. हेजिङ्ग सुविधा उपलब्ध गराउने

नेपाल सरकारले विदेशी ऋण लगानी हुने देहायका परियोजनाको लागि हेजिङ्ग सुविधा उपलब्ध गराउन सक्नेछः–

(क) एक सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलविद्युत उत्पादन,
(ख) २२० के.भि.ए. वा सोभन्दा बढी क्षमताका तीस किलोमिटरभन्दा लामो विद्युत प्रशारण लाइन निर्माण,
(ग) दश किलोमिटरभन्दा लामो रेल, मेट्रो तथा मोनो रेलमार्ग निर्माण,
(घ) पचास किलोमिटरभन्दा लामो द्रुतमार्ग निर्माण,
(ङ) नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरी तोकेका अन्य परियोजना ।

४. स्वीकृति लिनु पर्ने

नियम ३ बमोजिम हेजिङ्ग सुविधा प्राप्त गर्न चाहने परियोजनाले प्रचलित सङ्घीय कानून बमोजिम विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने स्वीकृति लिएको हुनु पर्नेछ ।

५. निवेदन दिनु पर्ने

(१) यस नियमावली बमोजिम हेजिङ्ग सुविधा प्राप्त गर्न चाहने परियोजनाले अनुसूची–१ बमोजिमको ढाँचामा बैङ्क समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदनसाथ देहायका कागजात संलग्न गर्नु पर्नेछः–

(क परियोजना कार्यान्वयन सम्बन्धमा सम्बन्धित निकायबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि,
(ख) परियोजनामा हुने लगानी सम्बन्धी सम्झौताको प्रतिलिपि,
(ग) नियम ४ बमोजिम विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने स्वीकृतिपत्रको प्रतिलिपि,
(घ) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
(ङ) नियम ३ को खण्ड (ङ) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले हेजिङ्ग सुविधा उपलब्ध गराउने भनी निर्णय गरेका परियोजनाको हकमा सम्बन्धित मन्त्रालयले दिएको जानकारीपत्रको प्रतिलिपि ।

६. निवेदन जाँचबुझ गर्नु पर्ने

(१) नियम ५ बमोजिम प्राप्त निवेदन उपर बैङ्कले आवश्यक विवरण र कागजात पूरा भए नभएको सम्बन्धमा जाँचबुझ गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा कुनै विवरण वा कागजात पूरा नभएमा वा कुनै विषयमा थप स्पष्ट पार्न आवश्यक देखेमा बैङ्कले निवेदकलाई त्यस्तो विवरण वा कागजात पेश गर्न वा सो सम्बन्धमा थप स्पष्ट गर्न लगाउन बढीमा पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सूचना प्राप्त भएमा निवेदकले बैङ्कले तोकेको अवधिभित्र आवश्यक विवरण वा कागजात वा कुनै विषयमा थप स्पष्ट गर्नु पर्ने भए सो समेत उपलब्ध गराउनु पर्नेछ ।

(४) उपनियम (३) र नियम ५ को उपनियम (२) बमोजिम प्राप्त विवरण वा कागजातका आधारमा निवेदन उपर जाँचबुझ गर्दा हेजिङ्ग सुविधा प्रदान गर्न नसकिने देखिएमा बैङ्कले सो सम्बन्धी निर्णयको लिखित जानकारी सात दिनभित्र निवेदकलाई दिनु पर्नेछ ।

७. स्वीकृति दिने

नियम ६ बमोजिम निवेदन जाँचबुझ गर्दा मागबमोजिम हेजिङ्ग सुविधा दिन मनासिब देखिएमा बैङ्कले देहायका शर्तको अधीनमा रही निवेदकलाई हेजिङ्ग सुविधा प्रदान गर्ने स्वीकृति दिनेछः–

(क) बैङ्कले निर्धारण गरेको परिवत्र्य विदेशी मुद्रामा ऋण लिने,
(ख) खण्ड (क) बमोजिम प्राप्त हुने विदेशी मुद्रा बैङ्कले तोकेको समयमा बैङ्क खातामा जम्मा गर्ने ।

८. विदेशी मुद्रा जम्मा गर्नु पर्ने

(१) नियम ७ बमोजिम स्वीकृति प्राप्त परियोजनाले विदेशी लगानी स्वरुप प्राप्त हुने विदेशी मुद्रा जम्मा गर्न बैङ्कमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि बैङ्कले निवेदकलाई विदेशी मुद्रा जम्मा गर्न बैङ्क खाता उपलब्ध गराउनेछ ।

(३) उपनियम (२) बमोजिम बैङ्कले उपलब्ध गराएको खातामा लगानीकर्ताले बैङ्कले तोकेको अवधिभित्र विदेशी मुद्रा जम्मा गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको खातामा विदेशी मुद्रा जम्मा भएपछि बैङ्कले त्यस्तो विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनिमय दर अनुसार नेपाली मुद्रामा परिवर्तन गरी परियोजनाको नाममा रहेको कुनै वाणिज्य बैङ्कको खातामा त्यस्तो परिवत्र्य नेपाली मुद्रा जम्मा गरिदिनेछ ।

९. विनिमय दर स्थिर (लक) गर्ने

(१) नियम ८ को उपनियम (३) बमोजिम बैङ्क खातामा जम्मा हुन आएको विदेशी मुद्रालाई बैङ्कले सोही नियमको उपनियम (४) बमोजिम जुन विनिमय दरमा नेपाली मुद्रामा परिवर्तन गरेको हो सो विनिमय दरमा हेरफेर वा घटबढ नहुने गरी स्थिर (लक) गर्नेछ ।

(२) उपनियम (१) बमोजिम स्थिर (लक) गरिएको विनिमय दरमा सम्झौता अनुसार विदेशी ऋण बापतको रकम फिर्ता भुक्तानी पाउने गरी बैङ्कले लगानीकर्तालाई हेजिङ्ग सुविधा उपलब्ध गराउनेछ ।

१०. हेजिङ्ग शुल्क

(१) अर्थ मन्त्रालयले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फिति जोखिम, परियोजनाको स्वपूँजी, ऋणको अंश, ऋण भुक्तानी गर्नु पर्ने अवधि र परियोजनाको प्रकृति समेतको आधारमा परियोजनासँग सम्बन्धित मन्त्रालय, बैङ्क र लगानीकर्तासँगको आपसी सहमतिमा हेजिङ्ग शुल्क निर्धारण गर्नेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारण भएको हेजिङ्ग शुल्क सम्बन्धित परियोजनाले बैङ्कमा बुझाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम हेजिङ्ग शुल्क प्राप्त गरेपछि बैङ्कले सम्बन्धित परियोजनालाई अनुसूची–२ बमोजिमको ढाँचामा हेजिङ्ग सोलुसन प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनुभन्दा अघि सम्झौता सम्पन्न भइसकेका परियोजनाको हकमा त्यस्तो सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम कार्यान्वयन हुनेछ र सम्झौतामा उल्लेख नभएकोमा उपनियम (१) बमोजिम निर्धारित हेजिङ्ग शुल्क बैङ्कमा बुझाउनु पर्नेछ ।