जाति हत्या अपराधको रोकथाम र सजाय सम्बन्धी महासन्धि
महासभाको ९ डिसेम्वर १९४८ को प्रस्ताव नम्वर २६० ए ( महासभाको ९ डिसेम्वर १९४८ को प्रस्ताव नम्वर २६० ए (३) बाट ग्रहण गरी हस्ताक्षर र अनुमोदन वा ३) बाट ग्रहण गरी हस्ताक्षर र अनुमोदन वा सम्मिलनको लागि स्वीकृत र प्रस्तावित सम्मिलनको लागि स्वीकृत र प्रस्तावित लागू भएको मितिः धारा १३ अनुसार, १२ जनवरी १९५१ तदनुसार २८ पौष २००७ २८ पौष २००७
संविदाकारी पक्षहरु, संयुक्त राष्ट्र संघको भावना र उद्देश्य विपरित भएको र सभ्य विश्वद्वारा निन्दा गरिएको जाति हत्या अन्तर्राष्ट्रिय कानून अन्तरगतको एक अपराध हो भनी संयुक्त राष्ट्र संघको महासभाको ११ डिसेम्वर १९४६ को प्रस्ताव ९६ (१) मा घोषणा गरिएको कुरा विचार गरी, इतिहासको तमाम अवधिमा जाति हत्याले मानवतामा ठूलो क्षति पु¥याएको कुरालाई स्वीकार गर्दै
यस्तो घृणित सास्तिबाट मानव जातिलाई मुक्त गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको कुरामा विश्वस्त हुँदै, देहायका कुराहरुमा सहमत भएका छन्ः